एसीसी प्रिमियर कप : मलेसियामाथि नेपालको जित

काठमाडौं । नेपालले एसीसी प्रिमियर कप २०२४ मा मलेसियालाई ५ विकेटले हराउँदै विजयी सुरुवात गरेको छ । १४४ रनको लक्ष्य पछ्याएको नेपालले १९।२ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा गुलशन झाले ७ बलमा १ चौका र २ छक्कासहित १९ तथा सन्दीप जोरा १२ रनमा नट आउट रहे ।कप्तान रोहित पौडेल २४ बलमा… Continue reading एसीसी प्रिमियर कप : मलेसियामाथि नेपालको जित

आइपीएल : मुम्बईको सानदार ब्याटिङ, आरसीबी पराजित

काठमाडौं । तीव्र गतिका बलर जस्प्रित बुमराहको घातक बलिङ र शीर्षक्रमका ब्याटरको उत्कृष्ट प्रदर्शनमा मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा रोयल च्यालेन्जर्स बेंगलोरमाथि ७ विकेटको सानदार जित निकालेको छ । १९७ रनको लक्ष्य मुम्बईले १५.३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । मुम्बईका ईशान किशनले ३४ बलमा ७ चौका र ५ छक्कासहित सर्वाधिक… Continue reading आइपीएल : मुम्बईको सानदार ब्याटिङ, आरसीबी पराजित

एसिया कप छनोटका लागि महत्वपूर्ण खेल प्रिमियर कप आजबाट, नेपालको खेल मलेसियासँग

काठमाडौं । नेपालले एसीसी प्रिमियर कपमा आज मलेसियासँग खेल्दैछ । खेल दिउँसो ४ः१५ मा ओमानको अल अमरेत मैदानमा सुरु हुनेछ । नेपाल उपाधि दाबेदार टोली हो । समूह ‘ए’ मा नेपाल, हङकङ, कतार, मलेसिया र साउदी अरेविया छन् । समूह ‘बी’ मा ओमान, युएई, कम्बोडिया, बहराइन र कुवेत छन् । प्रतियोगिता विजेताले टि–२० विश्वकपपछि हुने… Continue reading एसिया कप छनोटका लागि महत्वपूर्ण खेल प्रिमियर कप आजबाट, नेपालको खेल मलेसियासँग

पीएसजीमाथि बार्सिलोनाको जित

काठमाडौं । युरोपियन च्याम्पियन्स लिगअन्तर्गत क्वार्टरफाइनलको पहिलो लेगमा स्पेनिस क्लब बार्सिलोनाले फ्रेञ्च क्लब पिएसजीलाई हराएको छ । बुधबार राति सम्पन्न खेलमा बार्सिलोनाले ३–२ गोलको जित हात पारेको हो । खेलको ३७ मिनेटमा राफिन्हाले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । ४८ मिनेटमा पिएसजीका लागि डेम्बेलेले बराबरी गोल गरे । ५१ मिनेटम भिटिन्हाले गोल गरेपछि पिएसजीले खेलमा… Continue reading पीएसजीमाथि बार्सिलोनाको जित

आइपीएल : राजस्थानको पहिलो हार, गुजरातले निकाल्यो पहिलो जित

काठमाडौं । अन्तिम बलमा राशिद खानले चौका हानेपछि गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग(आईपीएल)मा राजस्थान रोयल्समाथि तीन विकेटको रोमाञ्चक जित हात पारेको छ । राजस्थानको यो पहिलो हार हो । १९७ रनको लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्‍यो । गुजरातको जितमा ओपनर शुभमन गिलले ४४ बलमा ६ चौका र २ छक्कासहित सर्वाधिक… Continue reading आइपीएल : राजस्थानको पहिलो हार, गुजरातले निकाल्यो पहिलो जित

आइपीएल : पन्जावमाथि हैदरावादको कठिन जित

काठमाडौं । आईपीएलमा सनराइज हैदराबादले पञ्जाब किंग्समाथि २ रनको कठिन जित निकालेको छ । १८३ रनको लक्ष्य पछ्याएको पञ्जाबले ६ विकेट गुमाएर १८० रनमात्रै बनाएपछि हैदराबाद २ रनले विजयी भएको हो । पञ्जाबका शंकर सिंहले अविजित ४६ रन बनाए पनि टिमलाई जिताउन सकेनन् । यस्तै, आशुतोष शर्माले ३३, साम कुरनले २९, सिकन्दर राजाले २८, जितेश… Continue reading आइपीएल : पन्जावमाथि हैदरावादको कठिन जित

आइपीएल : चेन्नईसँग हार्यो कोलकाता

काठमाडौं । चेन्नाइ सुपर किंग्सले इन्डियन प्रिमियर लिग ९आईपीएल० २०२४ मा कोलकाता नाइट राइडर्सलाई ७ विकेटले हराएको छ । कोलकाताको यो पहिलो हार हो । १३८ रनको लक्ष्य चेन्नाइले १७।४ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्‍यो । चेन्नाइका कप्तान ऋतुराज गायकवाडले ५८ बलमा ९ चौकासहित सर्वाधिक ६७ रनमा नट आउट रहे । रचिन रविन्द्र १५,… Continue reading आइपीएल : चेन्नईसँग हार्यो कोलकाता

टेस्ट राष्ट्र वेस्ट इण्डिजको टोली नेपाल भ्रमणमा आउने

काठमाडौं । टेस्ट टोली वेस्टइन्डिजको ए टोली नेपालसँग पाँच टी–२० खेलका लागि काठमाडौं आउने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले वेस्टइन्डिज पाँच टी–२० खेल खेल्न नेपाल आउने बताएको छ । नेपाल र वेस्टइन्डिजबीचको खेल अप्रिल २५ देखि मे ५ सम्म हुने भएको छ । वेस्टइन्डिज पहिलो पटक नेपाल भ्रमणमा आउन लागेको हो । नेपालले… Continue reading टेस्ट राष्ट्र वेस्ट इण्डिजको टोली नेपाल भ्रमणमा आउने

वेस्ट इण्डिजका रोड्रिक ओ’ इस्टविक बने नेपाली टोलीका बलिङ प्रशिक्षक

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीको बलिङ सल्लाहकार प्रशिक्षकमा वेस्ट इन्डिजका रोड्रिक ओ’ इस्टविक नियुक्त भएका छन् । टी–२० विश्वकपको तयारीमा रहेको नेपाली टोलीको प्रशिक्षणलाई ध्यानमा राखी नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइतबार इस्टविकलाई बलिङ सल्लाहकार प्रशिक्षक नियुक्त गरेको हो । इस्टविकले लामो समय वेस्ट इन्डिजको सियिनर टोलीमा रहेर काम गरेका छन् । ‘‘नेपालको राष्ट्रिय… Continue reading वेस्ट इण्डिजका रोड्रिक ओ’ इस्टविक बने नेपाली टोलीका बलिङ प्रशिक्षक

आइपीएलमा मुम्बईको पहिलो जित

काठमाडौं । पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा पहिलो जित निकालेको छ । मुम्बईले आइतबार दिल्ली क्यापिटल्सलाई २९ रनले हराउन सफल भयो । २३५ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ८ विकेट गुमाउँदै २०८ रन बनायो । दिल्लीका ट्रिस्टन स्टब्सले २५ बलमा ३ चौका र ७ छक्कासहित ७१ रनमा नट… Continue reading आइपीएलमा मुम्बईको पहिलो जित

गुजरातलाई हराउँदै नेपालले जित्यो ‘एसएमएस फ्रेन्डसिप कप’ को उपाधि

काठमाडौं । भारतमा जारी एसएमएस फ्रेन्डसिप कप टी–२० प्रतियोगिताको उपाधि नेपालले जितेको छ । आइतबार गुजरात क्रिकेट एसोसियसनको टिमसँगको उपाधि भिडन्तमा नेपालले १८ रनले बाजी मारेको हो। एक सय ७७ रनको लक्ष्य पाएको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर एक सय ५८ रन मात्र जोड्न सक्यो। नेपालका अविनाश बोहराले ३ र दीपेन्द्रसिंह ऐरीले २… Continue reading गुजरातलाई हराउँदै नेपालले जित्यो ‘एसएमएस फ्रेन्डसिप कप’ को उपाधि

नेपाल ए पराजित, सिरिज आयरल्यान्डको ‘क्लिनस्विप’

काठमाडौं । तेस्रो तथा अन्तिम एकदिवसीय क्रिकेट प्रतियोगितामा आइतबार आयरल्यान्ड ‘ए’ ले नेपालको ‘ए’ टोलीलाई ६९ रनले हराएको छ । योसँगै तीन खेलको सिरिजमा नेपाल ए ले ‘क्लिनस्विप’को हार व्यहोरेको छ । २८५ रनको लक्ष्य पछ्याएको नेपाल ३९.४ ओभरमा २१५ रनमा अल आउट भयो । ओपनर अर्जुन कुमालले ११८ बलमा १४ चौकासहित १०२ रनको शतकीय… Continue reading नेपाल ए पराजित, सिरिज आयरल्यान्डको ‘क्लिनस्विप’

नेपालले गुजरातलाई दियो १७७ रनको लक्ष्य

काठमाडौं । ‘एसएमएस फ्रेन्ड्सिप कप’ त्रिकोणात्मक टी-२० क्रिकेट शृङ्खला नेपाली टोलीले उपाधि जित्न गुजरातलाई १७७ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिंङ गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाउदै १७६ रन बनाएको हो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्बाधिक ७४ रन बनाएका थिए । त्यस्तै आसिफ सेखले ३४, कुशल मल्लले १९. दिपेन्द्र… Continue reading नेपालले गुजरातलाई दियो १७७ रनको लक्ष्य

नेपाल ‘ए’ लाई २८५ रनको लक्ष्य, डोहेनीको शतक

काठमाडौं । स्टेफन डोहेनीको शतकप्रेरित आयरल्यान्ड वुल्भ्सले अन्तिम एकदिवसीय खेलमा नेपाल ‘ए’ सामु २८५ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर बलिङ गरेको नेपालबिरुद्व आयरल्यान्डले ५० ओभरको समाप्तिमा ९ विकेट गुमाएर २८४ रन बनायो । आयरल्यान्डका लागि ओपनर स्टेफिन डोहेनीले शतक प्रहार गरे। उनले १०७ रन जोड्ने क्रममा १२९ बलमा ८ चौका र २… Continue reading नेपाल ‘ए’ लाई २८५ रनको लक्ष्य, डोहेनीको शतक

फ्रेण्डसिप कप उपाधी भिडन्त आज, नेपाल र गुजरात भिड्दै

काठमाडौं । भारतमा जारी नेपाली राष्ट्रिय क्रिकेट टोलीले एसएमएस फ्रेण्डसिप कप टी २० प्रतियोगिताअन्तर्गत आज उपाधिका लागि गुजरात क्रिकेट एसोसिएसनसँग खेल्दैछ । खेल गुजरातको वापीमा दिउँसो पौने ३ बजे शुरू हुनेछ। नेपालले पहिलो खेलमा गुजरातलाई ८ विकेटले, दोस्रो खेलमा बरोडालाई २७ रनले र तेस्रो खेलमा गुजरातलाई ८ रनले पराजित गरेको थियो । शुक्रबार सम्पन्न चौथो… Continue reading फ्रेण्डसिप कप उपाधी भिडन्त आज, नेपाल र गुजरात भिड्दै

राजस्थानको लगातार चौथो जित, बेंग्लोर हार्यो

काठमाडौं । ओपनर जस बटलरको शतकमा राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा रोयल च्यालेन्जर्स बेंग्लोरमाथि ६ विकेटको जित हात पारेकोछ । १८४ रनको लक्ष्य राजस्थानले १९.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो । राजस्थानको जितमा जस बटलरले ५८ बलमा ९ चौका र ४ छक्कासहित सर्वाधिक १०० रनमा अविजित रहे । कप्तान संजु स्यामसन ४२ बलमा… Continue reading राजस्थानको लगातार चौथो जित, बेंग्लोर हार्यो

नेपाल-ए र आयरल्याण्ड-ए बीच आज खेल

काठमाडौं । नेपाल ए ले तेस्रो तथा अन्तिम एक दिवसीय खेलमा आज आयरल्यान्ड ए विरुद्ध खेल्दैछ । खेल बिहान साढे ९ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ । नेपाल पहिलो खेलमा २१ रन र दोस्रोमा ११४ रनले पराजित भएको थियो । पहिलो खेलमा १५८ रनको लक्ष्य पछ्याएको नेपाल १३६ रनमा अल आउट भएको थियो ।… Continue reading नेपाल-ए र आयरल्याण्ड-ए बीच आज खेल

आइपीएल : चेन्नईको लगातार दोस्रो हार

काठमाडौं । इन्डिएन प्रिमिर लिग (आईपीएल)को जारी सिजनमा चेन्नाई सुपर किंग्सले दोस्रो हार व्यहोरेको छ । शुक्रबार राति भएको खेलमा चेन्नाईलाई सनराइजर्स हैदराबादले ६ विकेटले पराजित गरेको हो । चेन्नाईले दिएको १६६ रनको लक्ष्य हैदराबादले १८.१ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो । हैदराबादलाई जिताउन ऐडन मार्क्रमले ५०, ओपनर अभिषेक शर्माले ३७, ट्राभिस हेडले ३१,… Continue reading आइपीएल : चेन्नईको लगातार दोस्रो हार

नेपाल ‘ए’ ६० रनमै अलआउट, लज्जास्पद ब्याटिङले गुमायो सिरिज

काठमाडौं । दोस्रो एकदिवसीय श्रृंखला अन्तरगत आयरल्यान्ड उल्भ्सविरुद्ध १७५ रनको लक्ष्य पछ्याएको नेपाल ए ले लज्जास्पद हार व्यहोरेको छ । लगातार दोस्रो खेलमा पराजित हुने क्रममा नेपालले शुक्रबार ११४ रनको हार बेहोर्‍यो। यससँगै तीन खेलको सिरिज आयरल्यान्ड ए ले एक खेल अगावै जितेको छ । नेपालका लागि भीम सार्कीले १७ र विनोद भण्डारीले १६ रन… Continue reading नेपाल ‘ए’ ६० रनमै अलआउट, लज्जास्पद ब्याटिङले गुमायो सिरिज

आइपीएल : गुजरातमाथि पञ्जावको प्रभावशाली जित

काठमाडौं । पन्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा गुजरात टाइटन्समाथि ३ विकेटको रोमान्चक जित हात पारेको छ । २ सय रनको लक्ष्य पन्जाबले १९.५ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो । पन्जाबका शशांक सिंहले २९ बलमा ६ चौका र ४ छक्कासहित सर्वाधिक ६१ रनको अविजित इनिङ खेले । आशुतोष शर्मा १७ बलमा ३… Continue reading आइपीएल : गुजरातमाथि पञ्जावको प्रभावशाली जित

भारतमा बरोडा र नेपाली टीम बीच आज खेल

काठमाडौं । नेपालले भारतमा जारी एसएमएस फ्रेन्डसिप टी–२० कप क्रिकेटमा आज बरोडासँग खेल्दैछ । खेल दिउँसो २ः४५ मा सुरु हुनेछ । नेपाल सुरुवाती तीन खेलमा जितका साथ फाइनलमा पुगेको छ । बरोडा सुरुवाती तीन खेलमा हारका साथ फाइनल दौडबाट बाहिरीसकेको छ । नेपालले फाइनल आइतबार गुजरातसँग खेल्ने छ । पहिलो खेलमा नेपालले बरोडालाई २७ रनले… Continue reading भारतमा बरोडा र नेपाली टीम बीच आज खेल

नेपाल ए र आयरल्याण्ड ए बीच आज खेल

काठमाडौं । नेपाल ‘ए’ले दोस्रो एकदिवसीय क्रिकेट आज आयरल्यान्ड ‘ए’सँग खेल्दैछ । खेल बिहान साढे ९ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुनेछ ।नेपाल पहिलो खेलमा २१ रनले पराजित भएको थियो । तीव्र गतिका बलर कमलसिंह ऐरीले ह्याट्रिकसहित चार विकेट लिएपछि आयरल्यान्ड १५७ रनमा अल आउट भएको थियो । तर म्याथ्यु हम्फ्रेजले ५ र लियाम… Continue reading नेपाल ए र आयरल्याण्ड ए बीच आज खेल

फिफा वरीयतामा नेपाल तीन स्थान खस्कियो

काठमाडौं । फिफा वरीयतामा नेपाल तीन स्थान खस्किएको छ । फिफा विश्वकप–२०२६ छनोटको दोस्रो चरणका खेलमा खराब नतिजा निकालेपछि नेपाल घटुवामा परेको हो । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार अद्यावधिक गरेको वरीयताअनुसार नेपाल हाल १७८ औं स्थानमा छ । यसअघि नेपाल वरीयताको १७५औं स्थानमा थियो । वरीयतामा भारत चार स्थान खस्किएको छ भने दक्षिण… Continue reading फिफा वरीयतामा नेपाल तीन स्थान खस्कियो

दिल्लीविरुद्ध कोलकाताको प्रभावशाली जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्स (केकेआर)ले दिल्ली क्यापिटल्स (डीसी)लाई १०६ रनको फराकिलो अन्तरले पराजित गरेको छ । यो जितसँगै तीन खेलबाट ६ अंक जोडेको केकेआर शीर्ष स्थानमा रहेको छ भने दिल्ली ४ खेलबाट २ अंक जोडेर ९औं स्थानमा छ । कोलकाताले दिएको २७३ रनको विशाल लक्ष्य पछ्याएको दिल्ली १७.२ ओभर… Continue reading दिल्लीविरुद्ध कोलकाताको प्रभावशाली जित

भारतमा नेपाली टीमको लगातार तेस्रो जित, पुग्यो फाइनलमा

काठमाडौं । आइसिसी टी–२० विश्वकप २०२४ को तयारीका लागि भारतमा रहेको नेपाली क्रिकेट टिम लगातार तेस्रो जित निकालेको छ । बुधबार नेपालले भारतको स्टेट टिम गुजरातलाई ८ रनले पराजित गर्‍यो। जितसँगै नेपालले अन्तिम खेलअघि फाइनलमा स्थान पक्का गरेको छ। नेपालले शुक्रबार समूहको अन्तिम खेलमा बरोडासँग खेल्नेछ। नेपालले दिएको १८२ रनको लक्ष्य पछ्याएको गुजरातले ७ विकेटको… Continue reading भारतमा नेपाली टीमको लगातार तेस्रो जित, पुग्यो फाइनलमा

खेलकुदमा बजेट बढाउने प्रचण्डको घोषणा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेलकुद क्षेत्रमा बजेटको सिलिङ बढाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।’बुधवार राष्ट्रिय खेलकुद परिषद् ९राखेप० को ६०औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् । उनले खेलाडीहरुलाई प्रोत्साहन गर्न पुरस्कार मन खोलेर दिनुपर्ने पक्षमा आफू रहेको पनि बताए । उनले पुरस्कार दिन बाँकी रकम तत्काल निकासा हुने… Continue reading खेलकुदमा बजेट बढाउने प्रचण्डको घोषणा

ब्याटिङ नचल्दा आयरल्यान्ड वुल्भ्सविरुद्ध नेपाल ‘ए’ २१ रनले पराजित

काठमाडौं । ब्याट्सम्यानहरुले गतिलो प्रदर्शन गर्न नसकेपछि आयरल्यान्ड ‘ए’ विरुद्धको पहिलो एकदिवसीय खेलमा नेपालको ‘ए’ टोली २१ रनले पराजित भएको छ । बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा वुल्भ्सले प्रस्तुत गरेको १५८ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल २५.३ ओभरमा १३६ रनमै समेटियो । नेपालका साहब आलमले सर्वाधिक ३७ रन बनाए । देव खनाल २६… Continue reading ब्याटिङ नचल्दा आयरल्यान्ड वुल्भ्सविरुद्ध नेपाल ‘ए’ २१ रनले पराजित

आयरल्याण्ड वुल्भ्सले नेपाल ‘ए’ लाई दियो १५८ रनको लक्ष्य, ऐरीको ह्याट्रिक

काठमाडौं । आयरल्याण्ड ‘ए’ विरुद्धको पहिलो एकदिवसीय खेलमा नेपाल ‘ए’लाई जितका लागि १५८ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको आयरल्यान्डले ३८.३ ओभरमा सबै विकेट गुमाउँदै १५७ रन बनाएको हो। खेलमा नेपाल ‘ए’का बलर कमलसिंह ऐरीले ह्याट्रिक विकेट लिएका हुन् । उनले ३९ औं ओभरको खेलमा लगातार बलमा तीन… Continue reading आयरल्याण्ड वुल्भ्सले नेपाल ‘ए’ लाई दियो १५८ रनको लक्ष्य, ऐरीको ह्याट्रिक

नेपाल-ए र आयरल्याण्ड-ए बीच आजबाट एक दिवसीय खेल

काठमाडौं । नेपाल ए ले पहिलो एक दिवसीय अभ्यास खेलमा आज आयरल्यान्ड ए सँग खेल्दैछ । खेल बिहान ९ : ३० मा त्रिवि क्रिकेट मैदानमा सुरु हुँदैछ । नेपाल र आयरल्यान्ड ए बीच तीन एक दिवसीय खेलको सिरिज हुनेछ । सिनियर टोलीसँग दुई टी २० खेलमा आयरल्यान्ड दुवै खेलमा हारेको थियो । नेपाल ए सँग… Continue reading नेपाल-ए र आयरल्याण्ड-ए बीच आजबाट एक दिवसीय खेल

नेपाल र गुजरातबीच आज खेल, फाइनल पुग्ने लक्ष्य

काठमाडौं । भारत भ्रमणमा रहेको नेपालले एसएमएस फ्रेन्डसिप कपअन्तर्गत तेस्रो खेलमा आज गुजरातसँग खेल्दैछ । खेल दिउँसो २ः४५ मा सुरु हुनेछ । नेपालले पहिलो खेलमा गुजरातलाई ८ विकेट र दोस्रो खेलमा बरोडालाई २७ रनले हराएको थियो । नेपाल आजको खेलमा विजयी भएमा एक खेलअगावै फाइनलमा पुग्नेछ । उता गुजरातले बरोडालाई ५ विकेटले हराएको थियो ।… Continue reading नेपाल र गुजरातबीच आज खेल, फाइनल पुग्ने लक्ष्य