मेसीको प्रक्षेपण : ब्राजिल, फ्रान्स र इंल्याण्ड विश्वकपका मूख्य दावेदार

काठमाडौं । अर्जेन्टिनाइन कप्तान लिओनल मेसीले ब्राजिल, फ्रान्स र इंग्ल्याण्ड विश्वकप २०२२ का मुख्य दाबेदार रहेको बताएका छन् । अन्य देशले भने अर्जेण्टिनालाई दोदार मानिरहेका छन् । पेरिस सेन्ट जर्मेनबाट खेल्ने ३५ वर्षीय फरवार्ड कतारमा विश्वकप जित्दै खेल करिअरलाई सुखद बनाउन र अर्जेन्टिनालाई १९८६ पछि पहिलो ट्रफी जिताउन लयमा छन् । ‘जब हामी दाबेदारबारे कुरा… Continue reading मेसीको प्रक्षेपण : ब्राजिल, फ्रान्स र इंल्याण्ड विश्वकपका मूख्य दावेदार

विश्वकपमा पहिलो पटक महिला रेफ्री

काठमाडौं । आगामी ४ मंसिरबाट कतारमा शुरु हुने विश्वकप फूटबल धेरै अर्थमा पृथक रहनेछ । यसमध्ये एक हो, महिला रेफ्री । पहिलोपल्ट विश्वकपका खेल महिला रेफ्रीले खेलाउने निश्चित भएको छ । यो विश्वकप इतिहासकै कीर्तिमान हुने छ । इतिहास फ्रान्सकी स्टेफेनी फ्रापार्ट, रुवान्डाकी सलिमा मुकानसन्गा र जापानकी योसिमी यामाशिताको नाममा लेखिँदैछ । अन्तर्राष्ट्रिय फुटबल महासंघ… Continue reading विश्वकपमा पहिलो पटक महिला रेफ्री

नेपाल युएईसँग ८४ रनले पराजित, डेब्यू खेलमै साउदको अर्धशतक

काठमाडौं । नेपाल भ्रमणमा रहेको यूएईले आफ्नो पहिलो एक दिवसीय खेल ८४ रनले जितेको छ । तीन एक दिवसीय क्रिकेट शृंखलाअन्तर्गत पहिलो खेलमा यूएईले नेपाललाई फराकिलो रन अन्तरले पराजित गरेको हो । २६४ रनकाे लक्ष्य पछ्याएकाे नेपालले ५० ओभर नै ब्याटिङ गरे पनि नाै विकेट गुमाउँदै १७९ रन मात्र बनाउन सक्याे । नेपालका लागि दीपेन्द्रसिंह… Continue reading नेपाल युएईसँग ८४ रनले पराजित, डेब्यू खेलमै साउदको अर्धशतक

युएईले दियो नेपाललाई २६४ रनको लक्ष्य, मुस्तफाको अर्धशतक

काठमाडौं । नेपाल भ्रमणमा रहेको युएईले २६४ रनको लक्ष्य दिएको छ। त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको युएईले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २६३ रन बनाएको हो। यूएईका लागि ७३ बलको सामना गरेका मुस्ताफाले सात चौकासहित ५३ रनको अर्धशतकीय इनिङ खेले। त्यसअघि पहिलो विकेटका लागि ७५ रनको साझेदारी गर्दै मुहम्मद वासिमले ४४… Continue reading युएईले दियो नेपाललाई २६४ रनको लक्ष्य, मुस्तफाको अर्धशतक

पाकिस्तानलाई हराउँदै इङ्ल्याण्डले जित्यो टी-२० विश्वकप

काठमाडौं । इंग्ल्याण्डले आईसीसी टी–२० विश्वकपको उपाधि जितेको जितेको छ । फाइनलमा पाकिस्तानलाई ५ विकेटले पराजित गर्दै इङ्ल्यान्डले दोस्रो पटक आईसीसी टी–२० विश्वकपको उपाधि जितेको हो । आइतबार मेलबर्न क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ३७ रनको योगफल तयार गरेको थियो। जवाफी ब्याटिङमा उत्रिएको इङ्ल्यान्डले… Continue reading पाकिस्तानलाई हराउँदै इङ्ल्याण्डले जित्यो टी-२० विश्वकप

पहिलो पटक विश्वकप आयोजना गर्दै नेपाल

काठमाडौं । नेपालले पहिलो पटक आइसीसी विश्वकप क्रिकेट आयोजना गर्ने भएको छ। आइसीसीले सन् २०२७ मा हुने यू-१९ महिला विश्वकपको सहआयोजक राष्ट्रको रूपमा नेपाललाई राखेको छ। उक्त विश्वकप संयुक्त रूपमा बांग्लादेश र नेपालले आयोजना गर्नेछन्। नेपालले कुनै पनि विश्वकपको आयोजना गर्न लागेको यो पहिलो पटक हो। आइसीसी बोर्ड बैठकले नेपालसहित बंगलादेश, श्रीलंका, मलेसिया, थाइल्याण्ड, जिम्बावे… Continue reading पहिलो पटक विश्वकप आयोजना गर्दै नेपाल

टी-२० विश्वकपको फाइनल आज, पाकिस्तान र इङ्ल्याण्ड भिड्दै

मेलवर्न । आईसीसी टी–२० विश्व कप क्रिकेटको उपाधिका लागि आज खेल हुँदैछ । उपाधीका लागि इङ्ल्यान्ड र पाकिस्तान भिड्दैछन् । फाइनल खेल अस्ट्रेलियाको मेलबर्न मैदानमा नेपाली समय अनुसार दिउँसो पौने दुई बजे सुरु हुँदैछ । इङ्ल्यान्ड र पाकिस्तान तेस्रो पटक फाइनलमा पुगेका छन् । यो संस्करणको विजेताले दोस्रो पटक उपाधि जितेर वेस्ट इन्डिजसँगको रेकर्ड बराबरी… Continue reading टी-२० विश्वकपको फाइनल आज, पाकिस्तान र इङ्ल्याण्ड भिड्दै

दक्षिण कोरियाले घोषणा गर्यो विश्वकप खेल्ने टीम

काठमाडौं । दक्षिण कोरियाले विशवकप खेल्ने टीमको घोषणा गरेको छ । कोरियाले ह्युङ मिन सनको कप्तानीमा मंसिर ४ गतेबाट कतारमा सुरू हुने फिफा विश्वकपको लागि टोली घोषणा गरेको हो । मुख्य प्रशिक्षक पाउलो बेन्टोले अनुहारको चोटमुक्त हुने क्रममा रहेका इंग्लिस क्लब टोटेनहम हटस्परका फरवार्ड सनको कप्तानीमा २६ सदस्यीय टोली घोषणा गरेका छन् । च्याम्पियन्स लिगअन्तर्गत… Continue reading दक्षिण कोरियाले घोषणा गर्यो विश्वकप खेल्ने टीम

मेसीको नेतृत्वमा अर्जेण्टिनाद्धारा विश्वकप खेल्ने टीम घोषणा

Getty Images

काठमाडौं । अर्जेण्टिनाले विश्वकप खेल्ने टीमको घोषणा गरेको छ । सिनिरयर खेलाडी एन्जल डि मारिया तथा चोटग्रस्त पाउलो डिबला समेत अहिले टीममा समेटिएका छन् । विश्वकप ४ मंसिरबाट कतारमा शुरु हुँदैछ । प्रशिक्षक लिओनल स्कोलानीले शुक्रबार अर्जेन्टिनाको अन्तिम टोली घोषणा गरेका हुन् । यो विश्वकप स्टार फुटबलर लिओनल मेसीका लागि अन्तिम विश्वकप हुँदैछ । विश्वका… Continue reading मेसीको नेतृत्वमा अर्जेण्टिनाद्धारा विश्वकप खेल्ने टीम घोषणा

रोहित पौडेल बने नेपाली क्रिकेट टीमको नयाँ कप्तान

काठमाडौं । नेपाली क्रिकेट टीमको नयाँ कप्तानको जिम्मेवारी रोहित पौडेलले प्राप्त गरेका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले रोहितकुमार पौडेललाई नयाँ कप्तान नियुक्त गरेको हो । सन्दीप लामिछाने निलम्बनमा परेपछि राष्ट्रिय टिमको कप्तान पद रिक्त थियो । क्रिकेट संघले शुक्रबार साँझ रोहितलाई कप्तानको जिम्मेवारी दिएको हो । नेपालले यही कात्तिक २८ देखि घरेलु मैदान युएईविरुद्ध… Continue reading रोहित पौडेल बने नेपाली क्रिकेट टीमको नयाँ कप्तान

नेपालले जित्यो महिला साफ यु-१५ को उपाधी

काठमाडौं । नेपाल साफ यू–१५ महिला च्याम्पियन बनेको छ । डवल राउन्ड रोविन लिगको अन्तिम खेलमा शुक्रबार घरेलु टोली बंगलादेशलाई १–१ गोलको बराबरीमा रोक्दै नेपालले पहिलो पटक उपाधि जितेको हो। नेपालका लागि सुशिला केसीले गोल गरिन्। बंगलादेशका लागि रुमा अख्तरले बराबरी गोल फर्काइन्। पहिलो हाफमै १–० ले अग्रता लिएको नेपालले दोस्रो हाफमा उक्त अग्रता जोगाउन… Continue reading नेपालले जित्यो महिला साफ यु-१५ को उपाधी

नेदरल्याड्सले घोषणा गर्यो विश्वकप खेल्ने टीम

काठमाडौं । कतारमा नोभेम्बर २० देखि सुरु हुने फिफा विश्वकप फुटबलका लागि नेदरल्याण्ड्सले टिम घोषणा भएको छ । प्रशिक्षक लुई भान हालले शुक्रबार २६ सदस्यीय टोली घोषणा गरेका हुन् । टिममा स्भेन बुटम्यान र राएन ग्राभेनबच भने समेटिएनन् । युवा स्टार जाभी सिमोन्सले टिममा स्थान बनाए । समूह ए मा रहेको नेदरल्यण्ड्सले नोभेम्बर २१ मा… Continue reading नेदरल्याड्सले घोषणा गर्यो विश्वकप खेल्ने टीम

विश्वकपमा पोर्चुगलको कप्तानी रोनाल्डोले गर्ने, यस्तो बन्यो टीम

काठमाडौं । पोर्चुगलले आगामी विश्वकपका लागि टोली घोषणा गरेको छ । क्रिस्टियानो रोनाल्डोको कप्तानीमा पोर्चुगलले आगामी मंसिर ४ गतेदेखि कतारमा हुने फिफा विश्वकप २०२२ को लागि अन्तिम टोली घोषणा गरेको हो । मुख्य प्रशिक्षक फर्नान्डो सान्तोषले रोनाल्डोको कप्तानीमा बिहीबार राति २६ सदस्यीय टोली घोषणा गरेका हुन्। अनुभवी मिडफिल्डर जोआओ माउटिन्हो, गोन्कालो गुएडेस र पिएसजीका मिडफिल्डर… Continue reading विश्वकपमा पोर्चुगलको कप्तानी रोनाल्डोले गर्ने, यस्तो बन्यो टीम

यस्तो छ जर्मनीको विश्वकप खेल्ने टीम

काठमाडौं । चार पटकको च्याम्पियन जर्मनीले कतार फिफा विश्वकप फुटबलका लागि टोलीको घोषणा गरेको छ । मुख्य प्रशिक्षक हान्सी फ्लिकले बिहिबार कतार विश्वकप खेल्ने २६ सदस्यीय जर्मन टोलीको घोषणा गरेका हुन् । जर्मनी टोलीमा बोरुसिया डर्टमण्डका युसोउफा मोउकोको र वेर्डर ब्रेमेनका निकलस फुल्करग पहिलो पटक परेका छन् । जर्मनीका अनुभवी डिफेण्डर माट ह्युमल्स भने यसपटकको… Continue reading यस्तो छ जर्मनीको विश्वकप खेल्ने टीम

भारतलाई १० विकेटले हराउँदै इंग्ल्याण्ड टी-२० विश्वकपको फाइनलमा

काठमाडौं । भारतलाई १० विकेटले हराउँदै टी-२० विश्वकपको फाइनलमा पुगेको छ । कप्तान जोस बटलर र एलेक्स हेल्सको शानदार ब्याटिङले इंग्ल्याण्ड फाइनलमा पुगेको हो । इंग्ल्याण्डले उपाधिको लागि आइतबार पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । एडेलेड ओभरमा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ६८ रनको योगफल तयार गरेको थियो।… Continue reading भारतलाई १० विकेटले हराउँदै इंग्ल्याण्ड टी-२० विश्वकपको फाइनलमा

नेपाल र पाकिस्तान खेलको टिकट मुल्य १ हजार र ५ सय, एक भाग्यमानीलाई विश्वकपको खेल हेर्न अवसर

काठमाडौं । पाकिस्तानसँग हुने मैत्रीपूर्ण खेलका लागि टिकटदर तोकिएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार पत्रकार सम्मेलन गर्दै पाकिस्तानसँगको मैत्रीपूर्ण खेलका लागि साधारणतर्फ ५ सय र भीआईपीतर्फ १ हजार रुपैयाँ टिकट दर तोकेको हो। यस्तै भीभीआईपी टिकटतर्फ ८० वटा टिकट छुट्टायाइएको छ। सो खेलको एक भाग्यमानी दर्शकले कतारमा हुने विश्वकपको ब्राजिल र क्यामरुनबीचको… Continue reading नेपाल र पाकिस्तान खेलको टिकट मुल्य १ हजार र ५ सय, एक भाग्यमानीलाई विश्वकपको खेल हेर्न अवसर

टी–२० क्रिकेट विश्वकपको फाइनलमा पुग्यो पाकिस्तान

काठमाडौं । पाकिस्तान आइसिसी पुरूष टी–२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ। सिड्नीमा बुधबार भएको पहिलो सेमिफाइनलमा न्यूजिल्याण्डलाई ७ विकेटले हराउँदै पाकिस्तान तेस्रो पटक विश्वकपको उपाधि नजिक पुगेको हो। न्यूजिल्याण्डले दिएको १५३ रनको मध्यम लक्ष्य पाकिस्तानले ५ बल बाँकी हुँदा मात्र ३ विकेट गुमाएर पुरा गर्‍यो। पाकिस्तानको जितमा कप्तान बाबर अजाम र मोहम्मद रिजवानले उत्कृष्ट पारी… Continue reading टी–२० क्रिकेट विश्वकपको फाइनलमा पुग्यो पाकिस्तान

विश्वकपका लागि ब्राजिलको टीम घोषणा

काठमाडौं । नोभेम्बर २० बाट कतारमा सुरु हुने फिफा विश्वकप फुटबलका लागि ब्राजिलले टिम घोषणा गरेको छ । ब्राजिलले सोमबार २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । ब्राजिल सर्वाधिक पाँच पटकको विश्व च्याम्पियन हो । ब्राजिलले अनुभवी र युवा खेलाडीको मिश्रणमा बलियो टोली बनाएको छ । पछिल्लो पटक २००२ मा एसियामै… Continue reading विश्वकपका लागि ब्राजिलको टीम घोषणा

बंगलादेशलाई हराउँदै पाकिस्तान टी–२० विश्वकपको सेमिफाइनलमा

काठमाडौं । बंगलादेशलाई ५ विकेटले हराउँदै पाकिस्तान आईसीसी टी–२० विश्वकपको सेमिफाइनल पुगेको छ । आइतबार सम्पन्न खेलमा बंगलादेशलाई ५ विकेटले हराउँदै पाकिस्तान समूह ‘२’ को उपविजेताको रूपमा सेमिफाइनलमा प्रवेश गरेको हो । समूह चरणको अन्तिम खेलमा बंगलादेशले दिएको १ सय २८ रनको लक्ष्य पाकिस्तानले १८.१ ओभरमा ५ विकेटको क्षतिमा भेट्टायो । उसका लागि मोहम्मद रिजवानले… Continue reading बंगलादेशलाई हराउँदै पाकिस्तान टी–२० विश्वकपको सेमिफाइनलमा

स्टार फुटबलर पिकेले लिए सन्यास, अन्तिम खेलमा जित उपहार

काठमाडौं । स्पेनिस स्टार डिफेन्डर जेरार्ड पिकेले व्यवसायिक फुटबलबाट सन्यास लिएका छन् । उनको अन्तिम खेलमा बार्सिलोनाले स्पेनिस ला लिगामा जित उपहार दिएको छ । बार्सिलोनाले घरेलु मैदानमा अल्मेरियालाई २–० ले हराउँदै तालिकाको शीर्ष स्थानमा उक्लियो । बार्सिलोनाको जितमा औसमाने डेम्वेले र फ्रान्की डि जोङले गोल गरे। यहीँ खेलबाट डिफेन्डर पिकेले व्यवसायिक खेल करियर यही… Continue reading स्टार फुटबलर पिकेले लिए सन्यास, अन्तिम खेलमा जित उपहार

विराट कोहली टी-२० विश्वकपमा सर्वाधिक रन बनाउने खेलाडी

काठमाडौं । भारतीय पूर्व कप्तान विराट कोहलीले टी-२० विश्वकपमा सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् । महेला जयवर्धनेले बनाएको रेकर्ड तोड्दै कोहलीले टी-२० विश्वकपमा सर्वाधिक रन बनाउने खेलाडी बनेका हुन् । टी–२० विश्वकपमा सर्वाधिक रन बनाउने क्रममा बुधबार नोभेम्बर २ मा बंगलादेशविरूद्ध थप १६ रन बनाउँदै टी–२० विश्वकपमा सर्वाधिक रन बनाउने खेलाडी बने । टी–२०… Continue reading विराट कोहली टी-२० विश्वकपमा सर्वाधिक रन बनाउने खेलाडी

टी–२० विश्वकप: अफगानिस्तान बाहिरियो, श्रीलंकाको आशा जीवितै

काठमाडौं । अफगानिस्तान टी-२० विश्वकपबाट बाहिरिएको छ । मंगलबार भएको समूह-१ को खेलमा श्रीलंकासँग ६ विकेटले पराजित हुँदै अफगानिस्तान जारी टी-२० विश्वकप क्रिकेटबाट बाहिरिएको हो । १४५ रनको विजयी लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको श्रीलंकाले १८.३ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य भेट्याएको हो । श्रीलंकाका लागि धनन्जय डे सिल्भाले ४२ बलमा ६ चौका र दुई… Continue reading टी–२० विश्वकप: अफगानिस्तान बाहिरियो, श्रीलंकाको आशा जीवितै

नेपाल र यूएईले एकदीवसीय शृङ्खला खेल्ने

काठमाडौं । नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई)बीच तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला हुने भएको छ । सबै खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने नेपाल क्रिकेट सङ्घले जनाएको छ । नेपाल र यूएईबीचको पहिलो एकदिवसीय नोभेम्बर १४ मा हुने तालिका छ । यस्तै दोस्रो खेल नोभेम्बर १६ मा र तेस्रो तथा अन्तिम खेल नोभेम्बर… Continue reading नेपाल र यूएईले एकदीवसीय शृङ्खला खेल्ने

टी- २० विश्वकप: जिम्बावेमाथि बंगलादेशको रोमाञ्चक जित

काठमाडौं । अष्ट्रेलियामा जारी आईसीसी टी-२० क्रिकेट विश्वकपअन्तर्गत आइतबार भएको खेलमा बंगलादेशले रोमाञ्चक जित निकालेको छ । अष्ट्रेलियाको ब्रिसबेन स्टेडियममा सम्पन्न खेलमा बंगलादेशले ३ रनको जित निकालेको हो। आइतबारको खेलमा १५१ रनको लक्ष्य पछ्याएको जिम्बाबे निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १४७ रनमा समेटिएको हो। यसअघि पहिला ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ७ विकेटको… Continue reading टी- २० विश्वकप: जिम्बावेमाथि बंगलादेशको रोमाञ्चक जित

विश्वकप क्रिकेटमा आज हेभिवेट प्रतिस्पर्धा, भारत र पाकिस्तान भिड्दै

काठमाडौं । अष्ट्रेलियामा जारी आईसिसी पुरूष टी–२० विश्वकप क्रिकेटमा आज चिरपरिचित प्रतिद्वन्द्वी पाकिस्तान र भारत भिड्दैछन् । क्रिकेटमा यी दुई बीचको खेल केवल खेलका रुपमा मात्र रहँदैन, यसले विश्वभर दुई खेमा सिर्जना गर्छ । मेलबर्नमा हुने खेललाई मौसमले प्रभाव पार्नसक्ने अनुमानका बीच दुई टीम पहिलो खेल आफ्नो पक्षमा पार्ने तयारीमा छन् । भारत र पाकिस्तानबीचको… Continue reading विश्वकप क्रिकेटमा आज हेभिवेट प्रतिस्पर्धा, भारत र पाकिस्तान भिड्दै

पोखरामा चम्किइन् जयरानी,जितिन् पाँच स्वर्ण

काठमाडौं । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको एथलेटिक्समा त्रिभुवन आर्मी क्लबकी जयरानी थारुले पाँच स्वर्णपदक जित्न सफल भएकी छन् । बिहीबार सम्पन्न एथलेटिक्समा जयरानीले टिम स्पर्धामा दुई र एकल स्पर्धामा तीन स्वर्णपदक जितेकी हुन् । जयरानीले एकल स्पर्धातर्फ ४०० मिटर महिला हडल्स, १०० मिटर महिला हडल्स, महिला लङजम्पतर्फमा स्वर्णपदक जितेकी हुन् ।

प्याराग्लाइडिङ दुर्घटनामा मृत्यु भएका निसिमलाई मानार्थ स्वर्ण पदक

काठमाडौं । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत क्रस कन्ट्री प्याराग्लाइडिङका क्रममा मृत्यु भएका निसिम थापालाई मानार्थ स्वर्ण पदक दिइएको छ। खेलकुद मन्त्री महेश्वर जंग गहतराजले निसिमका काकालाई स्वर्ण पदक हस्तान्तरण गरेका हुन्। उनको नाममा पोखरा रंगशालामा अर्धकदको शालिक बन्नेछ। असोज ३० गते प्याराग्लाइडिङ गर्दा गर्दै खसेर घाइते भएका आर्मी क्लबका खेलाडी निसिमको मृत्यु भएको थियो।निसिमको मृत्यु… Continue reading प्याराग्लाइडिङ दुर्घटनामा मृत्यु भएका निसिमलाई मानार्थ स्वर्ण पदक

राष्ट्रिय खेलकुदमा आर्मीको दवदवा, अहिलेसम्म जित्यो १५० स्वर्ण

पोखरा । गण्डकी प्रदेशमा चलिरहेको नवौं संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपाल आर्मीको दवदवा कायम छ । नवौंमा ११ टिमका ६ हजार १ सय ५७ खेलाडीले ४०४ स्वर्ण पदकका लागि ३६ खेलमा प्रतिस्पर्धा गरिरहेका छन्। अहिलेसम्म विभागीय टोली त्रिभुवन आर्मी क्लबले सर्वाधिक १५० स्वर्णसहित ३१४ पदक जितेर शीर्ष स्थानमा छ। आर्मीले ९४ रजत र ७० कास्य… Continue reading राष्ट्रिय खेलकुदमा आर्मीको दवदवा, अहिलेसम्म जित्यो १५० स्वर्ण

आगामी राष्ट्रिय खेलकुदको आयोजक कर्णाली प्रदेश

फोटो: कान्तिपुरबाट

पोखरा । दशौं संस्करणको बृहत राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजक कर्णाली प्रदेश हुने भएको छ । गण्डकी प्रदेशमा भइरहेको नवौं राष्ट्रिय खेलकुदको समापनको पूर्वसन्ध्यामा बुधबार पोखराको होटल बाराहीमा बसेको राष्ट्रिय खेलकुद परिषदको बोर्ड बैठकले दशौंको मिति र स्थान तय गरेको हो । दशौं राष्ट्रिय खेलकुद २०८१ सालमा कर्णाली प्रदेशमा आयोजना हुने निर्णय भएको हो । महिना… Continue reading आगामी राष्ट्रिय खेलकुदको आयोजक कर्णाली प्रदेश

राष्ट्रिय खेलकुदको समापन आज

पोखरा । गण्डकी प्रदेशमा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन बिहीबार हुँदैछ । ‘एकताबद्ध देश, खेलकुदको सन्देश’ भन्ने नाराका साथ असोज २८ गते औपचारिक उदघाटन भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता पोखरा रंगशालामा बिहीबार विशेष समारोह आयोजना गरी समापन हुनेछ । समापनमा समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थित हुने कार्यक्रम छ । पोखरा रंगशालामा पुरुष फुटबल फाइनल… Continue reading राष्ट्रिय खेलकुदको समापन आज