अंग्रेजी भाषा हो कि सीप ?

मैले “अँग्रेजी भाषा होइन” भनेर लेखें भने विवादास्पद बन्न सक्छ । यो “भाषा भन्दा बढी सीप हो” भनें भने अलि कम बिवाद होला । दुबैको साथसाथै ‘व्यक्तित्व’ हो भनें भने धेरैलाई ठीकै लाग्ला । जुन चिज वा ज्ञानले जिविकोपार्जनको लागि आम्दानीमा मद्दत गर्छ त्यो ‘सीप’ हो । जुन वस्तु ग्रहण गर्दा वा देखाउँदा वा व्यक्त… Continue reading अंग्रेजी भाषा हो कि सीप ?

प्रधानमन्त्री ओलीद्वारा आसन्न चीन भ्रमणबारे सदनलाई जानकारी

१३ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मित्रराष्ट्र चीनको तियान्जिन सहरमा आयोजना हुने शाङ्घाई सहयोग सङ्गठन (एससिओ) को शिखर सम्मेलनमा भाग लिन जनवादी गणतन्त्र चीनको आफ्नो आसन्न भ्रमणबारे आज प्रतिनिधिसभाको बैठकमा जानकारी गराएका छन् । उनले यस भ्रमणबाट नेपाल र जनवादी गणतन्त्र चीनबीचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ र मैत्रीपूर्ण बनाउन सहयोग पुग्ने बताए ।… Continue reading प्रधानमन्त्री ओलीद्वारा आसन्न चीन भ्रमणबारे सदनलाई जानकारी

पूर्वराष्ट्रपति भण्डारी पार्टीविरुद्ध यसरी लाग्नुुहोला भन्ने कल्पना गरेको थिइनँः अध्यक्ष ओली

१२ भदौ, काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले यही भदौ ११ गते पार्टीको आसन्न दोस्रो विधान महाधिवेशनको पूर्वसन्ध्यामा काठमाडौँ जिल्लाबाट प्रतिनिधित्व गर्ने महाधिवेशन प्रतिनिधिसँगको भेटघाटमा व्यक्त गरेको भनाइका सन्दर्भमा कतिपय ‘अनलाइन’ र सामाजिक सञ्जालमा सम्प्रेषित सूचनाका सम्बन्धमा प्रधानमन्त्रीको सचिवालयको ध्यानाकर्षण भएको जनाएको छ । उक्त कार्यक्रम कुनै प्रशिक्षणमूलक नभई… Continue reading पूर्वराष्ट्रपति भण्डारी पार्टीविरुद्ध यसरी लाग्नुुहोला भन्ने कल्पना गरेको थिइनँः अध्यक्ष ओली

नेपालको लिपुलेकका विषयमा चीन–भारतबीच भएको सहमतिबारे कुरा उठाइने

११ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी चीन भ्रमणका क्रममा चीनका राष्ट्रपति र भारतका प्रधानमन्त्रीसँग हुने भेटवार्तामा नेपालको लिपुलेकका विषयमा चीन–भारतबीच भएको सहमतिबारे कुरा उठाइने जनाइएको छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले साङ्घाई सहयोग सङ्गठन (एसइओ) शिखर सम्मेलनमा भाग लिन चीन जाने सिलसिलामा सो… Continue reading नेपालको लिपुलेकका विषयमा चीन–भारतबीच भएको सहमतिबारे कुरा उठाइने

तीज भावनात्मक एकता, माया, करूणा र सृजनात्मकताको प्रतीकः राष्ट्रपति

तिजको दिन मङ्गलबार बिहान भिसमिसे उज्यालोमै काठमाडौँस्थित पशुपतिनाथ मन्दिरमा पूजाअर्चना गर्न आएका भक्तजन । तस्बिर : हरिराम भेटुवाल / रासस

१० भदौ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तीज पर्व भावनात्मक एकता, माया, करूणा र सृजनात्मकताको प्रतीकका रूपमा समेत रहेकाले यसको संरक्षण र प्रवद्र्धन गर्नु आवश्यक रहेको बताएका छन् । नेपाली हिन्दू महिलाको महान पर्व हरितालिका (तीज), २०८२ को अवसरमा शुभकामना सन्देश दिँदै उनले स्वदेश तथा विदेशमा रहनुभएका नेपाली महिला दिदीबहिनीमा सुख, शान्ति, समृद्धि एवं धार्मिक,… Continue reading तीज भावनात्मक एकता, माया, करूणा र सृजनात्मकताको प्रतीकः राष्ट्रपति

व्रत, संयम र आत्मअनुशासनसँग तीज पर्व गहिरो रूपमा जोडिएको छ : प्रधानमन्त्री

तिजको दिन मङ्गलबार बिहानै काठमाडौँस्थित पशुपतिनाथ मन्दिरमा पूजाअर्चना गर्न आएका भक्तजन र पशुपतिनाथ मन्दिर क्षेत्र । तस्बिर: हरिराम भेटुवाल / रासस

१० भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हरितालिका (तीज)को अवसरमा सबै दिदीबहिनीहरूलाई शुभकामना व्यक्त गरेका छन् । उनले नेपाली हिन्दू महिलाको महान् पर्व हरितालिका २०८२ का अवसरमा आज सामाजिक सञ्जालमार्फत शील, सौजन्य र उदारताको पर्व हरितालिका तीजको सबैलाई शुभकामना व्यक्त गरेका हुन् ।उनले भनेका छन्, “संयुक्त परिवार संस्कृतिको सुगन्ध बोकेको हरितालिका तीजले सबैको परिवारमा… Continue reading व्रत, संयम र आत्मअनुशासनसँग तीज पर्व गहिरो रूपमा जोडिएको छ : प्रधानमन्त्री

एमालेले कसैको सदस्यता खोसेको छैन : अध्यक्ष ओली

६ भदौ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आमजनता पार्टी (आजपा)का वरिष्ठ उपाध्यक्ष उपेन्द्र साहसहित विभिन्न नेता कार्यकर्तालाई आज पार्टी प्रवेश गराएका छन् । पार्टी केन्द्रीय कार्यालय, ललितपुरको च्यासलमा आयोजित कार्यक्रममा एमालेका पूर्वकेन्द्रीय सदस्यसमेत रहेका साहसहितका नेता तथा कार्यकर्तालाई उनले एमाले पार्टीमा प्रवेश गराए । सो अवसरमा आजपाका स्थायी… Continue reading एमालेले कसैको सदस्यता खोसेको छैन : अध्यक्ष ओली

सुशासन कायम गर्ने अभियानमा छौँ : अध्यक्ष दाहाल

६ भदौ, कास्की । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा सुशासन कायम गर्ने अभियानमा आफ्नो पार्टी लागेको बताएका छन् । तीजका अवसरमा पोखरा महानगरपालिका–१ स्थित पुरानो टुँडिखेलमा आजदेखि सुरु भएको ऐतिहासिक टुँडिखेल तीज महोत्सवको तेस्रो संस्करण उद्घाटन गर्दै उनले आफू सरकारमा रहँदा सुशासन अभियान सुरु गरेको र अहिले पनि… Continue reading सुशासन कायम गर्ने अभियानमा छौँ : अध्यक्ष दाहाल

संसदमा उठ्यो लिपुलेक विवाद : नेपालको सहमतिबिना भारत र चीनबीचको सम्झौता अस्वीकार्य

५ काठमाडौँ, ५ भदौस् मुलुकका सबै राजनीतिक दलका नेताहरुले त्रिदेशीय समझदारीबिना भारत र चीनबीच भएको सीमा व्यापार सम्झौता नेपाललाई अस्वीकार्य भएको बताएका छन् । नेताहरुले परिपक्व कूटनीतिक प्रयास र सर्वपक्षीय सहमतिका साथ सोसम्बन्धी समस्याको समाधान खोज्नुपर्नेमा जोड दिए । भारत र चीनबीच भएको सो सहमतिले नेपालको सार्वभौमिकता, स्वाधिनता र भौगोलिक अखण्डतामाथि प्रहार गरेको उल्लेख गर्दै… Continue reading संसदमा उठ्यो लिपुलेक विवाद : नेपालको सहमतिबिना भारत र चीनबीचको सम्झौता अस्वीकार्य

माओवादी अध्यक्ष दाहालले भेटे रवि लामिछाने

४ भदौ, पाटन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज नख्खु कारागार पुगेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग भेट गरेका छन् । उनले लामिछानेसँग भेटगरी कारागारको बसाइका बारेमा जानकारी लिनुका साथै बसाइमा भएको असहजता र सहजताका विषयमासमेत चासो राख्नुभएको दाहालको सचिवालय सदस्य दिपक भण्डारीले जानकारी दिए ।… Continue reading माओवादी अध्यक्ष दाहालले भेटे रवि लामिछाने

रासायनिक मल वितरणमा हुने अनियमितता रोक्न कृषि मन्त्रीको निर्देशन

३ भदौ, जनकपुरधाम । भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री रामनाथ अधिकारीले नेपालको अन्न भण्डार मधेस प्रदेशका किसानलाई रासायनिक मलको वितरण गर्दा हुने समस्या तथा अनियमितता रोक्न निर्देशन दिएका छन् । मधेस प्रदेश सुक्खाग्रस्त घोषणा भएपछि विभिन्न पार्टीका सांसदसहित मधेस प्रदेशको स्थलगत निरीक्षण तथा छलफलका लागि आएका मन्त्री अधिकारीले मल वितरणको समस्या दिगो रूपमा समाधान गर्न… Continue reading रासायनिक मल वितरणमा हुने अनियमितता रोक्न कृषि मन्त्रीको निर्देशन

लोकतान्त्रिक व्यवस्थालाई सुदृढ बनाउन सञ्चारमाध्यमको योगदान महत्त्वपूर्ण हुन्छः पूर्वराष्ट्रपति भण्डारी

२ भदौ, मोरङ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सञ्चारमाध्यमले लोकतान्त्रिक व्यवस्थालाई सुदृढ बनाउन महत्त्वपूर्ण योगदान पु¥याउँदै आएको बताएकी छिन् । विराटनगरबाट प्रकाशित हुने उद्घोष दैनिकको २१औँ वार्षिकोत्सवका अवसरमाआज आयोजित कार्यक्रममा उनले स्थानीय सञ्चारमाध्यमले लोकतान्त्रिक व्यवस्थाको अभ्यासलाई सुदृढ बनाउने भएकाले यसको संरक्षण र सबलीकरण गर्नु सबैको साझा जिम्मेवारी भएको धारणा राखिन् । पूर्वराष्ट्रपति भण्डारीले सञ्चारमाध्यमले ओझेलमा परेका… Continue reading लोकतान्त्रिक व्यवस्थालाई सुदृढ बनाउन सञ्चारमाध्यमको योगदान महत्त्वपूर्ण हुन्छः पूर्वराष्ट्रपति भण्डारी

कांग्रेस सबै जातजाति, भाषाभाषी एवं हरेक क्षेत्रका नागरिकको विश्वासको केन्द्रः सभापति देउवा

३० साउन, पाटन । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेस सबै जातजाति, भाषाभाषी एवं हरेक क्षेत्रका नागरिकको विश्वासको केन्द्र भएको बताए । पार्टीको केन्द्रीय कार्यालय सानेपामा आज आयोजित नेपाल राष्ट्रिय मगर सङ्घको तेस्रो राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा सभापति देउवाले नेपाली कांग्रेस आफ्नो आर्दश, मूल्य र मान्यताअनुरुप राष्ट्रियता, लोकतन्त्र, समाजवादप्रति प्रतिबद्ध रहँदै आदिवासी… Continue reading कांग्रेस सबै जातजाति, भाषाभाषी एवं हरेक क्षेत्रका नागरिकको विश्वासको केन्द्रः सभापति देउवा

नागरिकलाई नियन्त्रण गर्नेभन्दा सचेत बनाउनुपर्नेः महामन्त्री थापा

२९ साउन, पाटन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले डिजिटल माध्यमको दुरुपयोग रोक्ने सन्दर्भमा नागरिकलाई नियन्त्रण गर्ने भन्दा सचेत बनाउन जरुरी रहेको बताएका छन् । पार्टीको सूचना, सञ्चार तथा प्रचार विभागद्वारा पार्टीको केन्द्रीय कार्यालय सानेपामा आज आयोजित ‘डिजिटल प्लेटफर्मको प्रयोग, प्रभाव र असर’ विषयक अन्तरक्रियात्मक तालिमको समापनमा महामन्त्री थापाले गलत र मिथ्या सूचना र डिजिटल… Continue reading नागरिकलाई नियन्त्रण गर्नेभन्दा सचेत बनाउनुपर्नेः महामन्त्री थापा

प्रधानमन्त्रीद्वारा तुर्कमेनिस्तान भ्रमणबारे सदनलाई जानकारी

२८ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तुर्कमेनिस्तानको अवाजा सहरमा सम्पन्न भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा नेपालको उच्चस्तरीय सहभागिताले यी मुलुकप्रति नेपालको गम्भीर चासो प्रतिविम्बित भएको संसद्लाई जानकारी गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा समय लिएर प्रधानमन्त्री ओलीले यही साउन २०–२३ मा भएको सो सम्मेलनका लागि आफ्नोे नेतृत्वको नेपाली प्रतिनिधिमण्डलको भ्रमणबारे जानकारी… Continue reading प्रधानमन्त्रीद्वारा तुर्कमेनिस्तान भ्रमणबारे सदनलाई जानकारी

कांग्रेसले सहिदलाई सधैँ सम्मान गर्छ : सभापति देउवा

सभापति देउवा-सम्बोधन काठमाडौँ, २७ जेठ : नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा नेपाली कांग्रेसको आपूर्ति तथा उपभोक्ता विभागद्वारा मङ्गलबार काठमाडौँमा आयोजित आ.व. २०८२/८३ को बजेट यसले उपभोक्ता बजार आपूर्ति श्रृङ्खलामा पार्ने प्रभाव विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै ।तस्बिर : गोपाल दाहाल/रासस

२७ साउन, दमौली । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसले सधैँ सहिदको उच्च सम्मान गर्ने बताएका छन् । सहिद कल्याण खनालको २३ औँ स्मृति दिवसको अवसरमा तनहुँको भिमाद नगरपालिका–६ मा आज आयोजित स्मृतिसभामा सभापति देउवाले सहिदको योगदानकै कारण पार्टी आजको स्थितिसम्म आइपुगेको बताउँदै सहिदलाई कहिल्यै बिर्सन नहुने बताए । सभापति देउवाले भने, “पार्टीका… Continue reading कांग्रेसले सहिदलाई सधैँ सम्मान गर्छ : सभापति देउवा

प्रधानमन्त्रीको निर्देशन : सबै भूमिहीनलाई लालपुर्जा दिलाएर इतिहास रच्नुस्

२७ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार स्थिर भएकाले ढुक्कका साथ काम गर्दै सबै भूमिहीनलाई लालपुर्जा दिलाएर इतिहास रच्न भूमि समस्या समाधान आयोगका केन्द्र र जिल्लाका पदाधिकारीहरूलाई आग्रह गरेका छन् । आयोगको वार्षिक समीक्षा गोष्ठीलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पूर्णताः दिन बाँकी सबै जिल्लास्थित आयोगहरूलाई अबको दुई साताभित्र पूर्णता दिन पनि… Continue reading प्रधानमन्त्रीको निर्देशन : सबै भूमिहीनलाई लालपुर्जा दिलाएर इतिहास रच्नुस्

हिमनदी पग्लने क्रम रोक्न मिलेर काम गर्न विश्व समुदायलाई प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओली ‘भूपरिवेष्टित मुलुकको दिगो पूर्वाधार, सम्पर्क सञ्जालको सबलीकरण र अवरोधरहित पारवहन प्रणाली’ विषयक उच्चस्तरीय विषयगत राउण्ड टेबललाई सम्बोधन गर्नुहुँदै । भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनको अन्तिम दिन आज प्रधानमन्त्रीले उक्त सत्रलाई सम्बोधन गर्नुभएको हो । तस्बिर सौजन्यः प्रधानमन्त्रीको सचिवालय/रासस

रासस२२ साउन, तुर्कमेनिस्तान । प्रधानमन्त्री केपी शर्मा ओलीले हिमनदी पग्लने गतिलाई कम गर्न सँगै मिलेर काम गर्न विश्व समुदायलाई आग्रह गरेका छन् । हिमनदी पग्लँदा भूपरिवेष्टित विकासशील राष्ट्रहरूलाई पार्ने जलवायु परिवर्तनको असरसम्बन्धी ‘साइड इभेन्ट’लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ठोस कार्यहरूद्वारा हाम्रा हिमालयलाई बचाउन सकिने बताए । “हिमालका आवाजहरु पग्लने बरफमुनि मरेर नजाओस् । हिमालको रक्षाका… Continue reading हिमनदी पग्लने क्रम रोक्न मिलेर काम गर्न विश्व समुदायलाई प्रधानमन्त्रीको आग्रह

जलवायु परिवर्तनका कारण उत्पन्न प्रकोपको सामना गर्न विश्वव्यापी साझेदारीका लागि प्रधानमन्त्रीको आह्वान

प्रकाश सिलवाल–रासस२१ साउन, तुर्कमेनिस्तान । प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तनका कारण उत्पन्न चुनौतीहरुको सामनाका लागि विश्वव्यापी सहकार्य र साझेदारी बढाउन जोड दिएका छन् । भूपरिवेष्ठित विकासशील राष्ट्रहरू ९एलएलडिसी० को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका क्रममा आज आयोजित ‘जलवायु परिवर्तनका कारण सिर्जित प्रकोपमा भूपरिवेष्ठित विकासशील देशहरुले अवलम्बन गर्नुपर्ने अनुकूलन क्षमताको अभिवृद्धि र लचिलोपन’ विषयका छलफल सत्रलाई… Continue reading जलवायु परिवर्तनका कारण उत्पन्न प्रकोपको सामना गर्न विश्वव्यापी साझेदारीका लागि प्रधानमन्त्रीको आह्वान

अमेरिकी सपना बिट मार्दै न्यूयोर्क छोडें

आरएल श्रमजीवी अमेरिकी सपना त्याग्नु परेको परिस्थितिको निरन्तरता स्वरुप मामाले मलाई न्यूयोर्कको जेएफके एयरपोर्ट जाने एयर ट्रेनमा बिदाइ गरेपछि म एक्लै भएँ । सकी–नसकी लगेज घिसार्दै एयरट्रेन समातेर टर्मिनल ८ मा उत्रिएँ । धेरै बेर लगाएर आफैंले अनलाइनबाटै बर्डिङ्ग पास निकालेर चेक इन गर्न लाइनमा बसेको मात्रै थिएँ । अचानक बनेपाको राधाप्यारी नकर्मीको स्वर जस्तो… Continue reading अमेरिकी सपना बिट मार्दै न्यूयोर्क छोडें

थर परिवर्तन : परम्परा कि पहिचानमाथि हस्तक्षेप ?

डा. तारू कार्कीविवाह हाम्रो समाजमा जीवनको अत्यन्तै महत्वपूर्ण मोड हो । विवाह पद्धति समाजले स्थापना गरेको संस्था हो । विवाहसँगै नयाँ नाता, नयाँ जिम्मेवारीको सुरुवातहरु जीवनमा जोडिन्छन् । यिनै सुरुवातहरुसँगै आइरहन्छन् केही पुराना परम्पराहरु पनि– जसमध्ये एउटा हो, महिलाले विवाहपछि आफ्नो थर परिवर्तन गर्नुपर्ने चलन । तर, के थर परिवर्तन वास्तवमै आवश्यक छ ? के… Continue reading थर परिवर्तन : परम्परा कि पहिचानमाथि हस्तक्षेप ?

सबै नेपालीले खुसीका साथ खीर खान पाउने वातावरण बनाउन लागौँः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओली नेकपा (एमाले) को साहित्य, कला तथा संस्कृति विभागद्वारा काठमाडौँमा आज आयोजित स्रष्टा भेटघाट तथा खीर खाने कार्यक्रममा मन्तव्य राख्नुहुँदै । तस्बिर सौजन्यः प्रधानमन्त्रीको सचिवालय/रासस

१५ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपालीले खुसीका साथ हरेक साउन १५ मा खीर खाने वातावरण निर्माण गर्नुपर्ने बताएका छन् । नेकपा (एमाले) को साहित्य, कला तथा संस्कृति विभागद्वारा आज आयोजित स्रष्टा भेटघाट तथा खीर खाने कार्यक्रममा प्रधानमन्त्री ओलीले सबै नेपालीले यस दिनमा खुसीका साथ खीर खाने वातावरण निर्माणमा लाग्न सबैसँग आग्रह… Continue reading सबै नेपालीले खुसीका साथ खीर खान पाउने वातावरण बनाउन लागौँः प्रधानमन्त्री

देश विकासका लागि सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री ओली

१३ साउन, सुदूरपश्चिम । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार देश विकासका लागि प्रतिबद्ध रहेको बताएका छन् । कैलालीको पूर्वी क्षेत्रमा निर्माणाधीन राष्ट्रिय गौरवको रानीजमरा कुलरिया सिँचाइ आयोजनाको दोस्रो चरणमा निर्माण पूरा भएको सिँचाइ प्रणाली र विद्युत्गृहको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले देशमा परिर्वतन ल्याउन योगदान गरेका दुई ठूला दलको अहिलेको सरकार स्थिरता, स्थायित्व कायम… Continue reading देश विकासका लागि सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री ओली

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पत्रकार सम्मेलन, के थियो सन्देश ?

९ साउन, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज पत्रकार सम्मेलन गरेकी छिन् । सो क्रममा उनले आफ्नो राजनीतिक सक्रियता र सदस्यता नवीकरणबारे नेकपा एमालेले गरेको निर्णयप्रति पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले असन्तुष्टि जनाइन् । गत ५ र ६ गते बसेको नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले भण्डारी राजनीतिमा सक्रिय हुन नसक्ने निष्कर्षसहित सदस्यता नवीकरण नहुने निर्णय गरेको थियो… Continue reading पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पत्रकार सम्मेलन, के थियो सन्देश ?

तराईमा तत्काल ५ सय डिप बोरिङ जडान गर्ने प्रधानमन्त्रीको घोषणा

९ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सुक्खाग्रस्त मधेशमा तत्कालीन समस्या समाधानका लागि ५ सय डिप बोरिङ जडान गर्ने घोषणा गरेका छन् । शुक्रबार महोत्तरीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । एउटा डिप बोरिङबाट ६० बिघा क्षेत्रफल सिंचाई गर्न सकिने उनले बताए । ‘हामी अहिले तत्काल केही डिप बोरिङहरू जडान… Continue reading तराईमा तत्काल ५ सय डिप बोरिङ जडान गर्ने प्रधानमन्त्रीको घोषणा

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज पत्रकार सम्मेलन गर्दै

९ साउन, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज पत्रकार सम्मेलन आयोजना गर्दैछिन् । उनले बबरमहलस्थित कार्की बैंक्वेटमा दिउँसो ३ बजे पत्रकार सम्मेलन आयोजना गर्न लागेकी हुन् । उनले एमालेले पार्टी राजनीतिमा आउन रोक लगाउँदै पार्टी सदस्यता समेत खारेज गरिदिएको विषयमा आफ्नो धारणा सार्वजनिक गर्ने तयारी छ । साउन ५ र ६ गते बसेको केन्द्रीय कमिटी… Continue reading पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज पत्रकार सम्मेलन गर्दै

पुष्पलाललाई यसरी सम्झिए प्रधानमन्त्रीले

७ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पलाललाई तत्कालीन तानाशाही सत्ताले मुलुकमा प्राण त्याग्ने अवसर समेत नदिएको स्मरण गरेका छन् ।बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाललाई स्मरण गरेका हुन् । आज पुष्पलाल स्मृति दिवस हो । हिजो नेपाली कांग्रेसका संस्थापक नेता तथा पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको स्मृति दिवस… Continue reading पुष्पलाललाई यसरी सम्झिए प्रधानमन्त्रीले

प्रचण्डले जनार्दनलाई लक्षित गर्दै भने : सिंगौरी खेल्न पाए हुन्थ्यो जस्तो गर्छन्

७ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले पनि पार्टीभित्र केही नेताहरू सिंगौरी खेल्न पाए हुन्थ्यो भनेर लागिरहेको टिप्पणी गरेका छन् । पुष्पलाल स्मृति दिवसको अवसरमा आज काठमाडौंस्थित राष्ट्रिय सभागृहमा आयोजित विचार गोष्ठीलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । उपमहासचिव जनार्दन शर्माले पार्टी नेतृत्व र विधिमाथि प्रश्न उठाइरहेको बेलामा… Continue reading प्रचण्डले जनार्दनलाई लक्षित गर्दै भने : सिंगौरी खेल्न पाए हुन्थ्यो जस्तो गर्छन्

रास्वपा र राप्रपालाई सभामुखको आग्रह : संसद्‌मा अवरोध नगरिदिनुस्

६ साउन, काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधि सभामा जारी अवरोध खुलाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई आग्रह गरेका छन् । मंगलबार दिउँसो सभामुख घिमिरेले कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियासहित रास्वपा र राप्रपाका नेताहरूसँग छलफल गरेका हुन् । छलफलमा रास्वपा कार्यवाहक सभापति डीपी अर्याल र राप्रपा उपाध्यक्ष बुद्धिमान… Continue reading रास्वपा र राप्रपालाई सभामुखको आग्रह : संसद्‌मा अवरोध नगरिदिनुस्

पार्टीको बारेमा बुझाउन पुस्तकालयको भूमिका महत्त्वपूर्ण हुनेछ : सभापति देउवा

५ साउन, पाटन । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले महामन्त्री गगन थापाले पुस्तकालय व्यवस्थापन गरेर अत्यन्तै राम्रो काम गरेको बताएका छन् । नेपाली कांग्रेसको पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभागद्वारा पुस्तकालय स्थापना र सहयोगी दाताहरुलाई सम्मान कार्यक्रममा सभापति देउवाले प्रतिस्पर्धी पार्टीहरुको भन्दा नेपाली कांग्रेसको सिद्धान्त राम्रो भएको उल्लेख गर्दै आमजनमानसमा बुझाउन पुस्तकालयको… Continue reading पार्टीको बारेमा बुझाउन पुस्तकालयको भूमिका महत्त्वपूर्ण हुनेछ : सभापति देउवा