‘म कसरी तानाशाह भएँ, निर्वाचनबाटै जनताले पुरस्कृत गर्ने कि सजाय दिने टुंगो गर्छन्’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनको निर्णय कुनै हालतमा असंवैधानिक हुन नसक्ने बताएका छन्। अपांगता भएका व्यक्तिहरुसँगको अन्तरक्रियामा बोल्दै प्रधानमन्त्री ओलीले स्थिरताको लागि ताजा जनादेशमा जाँदा संबिधान विरोधी काम नहुने भएको बताएका छन् । प्रतिनिधिसभा विघटन गरेर आफूले हातमा शासन नलिएको पनि उनले बताए। ‘मैले आफ्ना हातमा शासन लिएको भए पो तानाशाही हुन्थ्यो,… Continue reading ‘म कसरी तानाशाह भएँ, निर्वाचनबाटै जनताले पुरस्कृत गर्ने कि सजाय दिने टुंगो गर्छन्’

‘प्रतिगमनविरूद्ध सबै जनता जागिसके, सुत्नेवाला छैनन्’- प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तीन वर्षमा पनि प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुधार्न नसकिएको बताएका छन् । शुक्रबार काठमाडौंमा भएको प्रर्दशनपछि सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री अ‍ोलीलाई सम्झाई–बुझाई गर्दा पनि उनको प्रवृत्तिलाई ठिक गर्न सकिएको बताएका छन् । ‘सत्ता प्राप्तपछि सहमतिअनुसार एउटा पनि काम नगर्ने लक्षण देखिएको… Continue reading ‘प्रतिगमनविरूद्ध सबै जनता जागिसके, सुत्नेवाला छैनन्’- प्रचण्ड

प्रतिनिधिसभा पुन:स्थापना हुँदैन, देश निर्वाचनमा गइसक्यो रोक्छ कसले ?

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केपी ओली समूहका महासचिव विष्णु पौडेलले सरकारले निर्वाचनका लागि आवश्यक पर्ने बजेटको व्यवस्था गर्न तयार रहेको बताएका छन् । बिहीबार ओली निकट प्रेस संगठन नेपालको भेलालाई सम्बोधन गर्दै निर्वाचन आयोग, सुरक्षा निकाय र सबै राजनीतिक दलहरु निर्वाचनका लागि तयार रहेको बजेटले नरोकिने बताएका हुन् । ‘नेपाली समाज नयाँ निर्वाचनतर्फ… Continue reading प्रतिनिधिसभा पुन:स्थापना हुँदैन, देश निर्वाचनमा गइसक्यो रोक्छ कसले ?

रगत र प्लेट्लेट्स गरी १० महिनाको अवधिमा २३ पटक दान; इच्छाशक्ति भए सम्भव

अर्जुन मैनाली, न्यूयोर्क साधारणतया रक्तदानको माध्यमबाट कोरोना भाईरस सर्दैन । किनकी यो श्वास प्रश्वासको माध्यमबाट सर्दछ । सम्भावित रक्तदाता अर्कै सहर वा राज्यबाट आएको भए दुई हप्ता रक्तदान नगर्न भनिन्छ । कोरोना लागेका शंकास्पद ब्यक्तिसँग संपर्क भएकालाई पनि रक्तदान नगर्न भनिन्छ । मुखमा मास्क लगाइ राख्न र छिन-छिनमा साबुन पानीले हात धुन लगाइन्छ । यसरी… Continue reading रगत र प्लेट्लेट्स गरी १० महिनाको अवधिमा २३ पटक दान; इच्छाशक्ति भए सम्भव

आफ्नो कदमबारे सफाई दिन प्रधानमन्त्रीले आज राष्ट्रिय सभामा सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रिय सभा बैठकलाई सम्बोधन गर्ने भएको छन् । प्रतिनिधिसभा विघटनपछि चौतर्फी आलोचनाको शिकार बनेका प्रधानमन्त्रीले यो कदमबारे एक्लै प्रतिकार गरिरहेका छन् । सोही सन्दर्भमा उनले यसबारे संचारमाध्यम, आमसभाबाट बोलिरहेका छन् । आज उनी राष्ट्रिय सभामा बोल्ने भएका हुन् । संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने… Continue reading आफ्नो कदमबारे सफाई दिन प्रधानमन्त्रीले आज राष्ट्रिय सभामा सम्बोधन गर्ने

सरकारको कदमबारे देउवाको ढुलमुले नीति, कांग्रेस भित्रै आक्रोस

काठमाडौं । शुक्रबार जब नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले आफ्ना नेताहरुलाई संसद पुनस्र्थापना बारे नबोल्ने निर्देशन दिए, त्यसपछि सामाजिक संजालमा उनिविरुद्ध कांग्रेस पंक्तिबाट तिब्र आलोचना शुरु भयो । कतिपयले लोकतन्त्रलाई सबैभन्दा बढी खतरा यदी कोहीबाट छ भने त्यो नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबाट सम्म भन्न भ्याए । किनकी उनी पदका लागि असंवैधानिक कदम चालेका… Continue reading सरकारको कदमबारे देउवाको ढुलमुले नीति, कांग्रेस भित्रै आक्रोस

प्रतिनिधि सभा विघटनपछि नेपाली कांग्रेसको आगामी बाटो

रविन तुम्वाहाङ्फे, कनेक्टिकट नेपालका प्रधानमन्त्री केपी ओलीद्वारा प्रतिनिधि सभा विघटन प्रस्तावलाई राष्ट्रपतिद्वारा संबिधान संरक्षकको नाताले आवश्यक छलफल गर्नु पर्ने थियो । संविधानका ज्ञाताहरु र स्वयंम प्रधानमंत्री सहित विभिन्न पार्टीका राजनैतिक दलका नेताहरुसंग परामर्श गरी संविधान सम्मत नभएको प्रस्तावलाई घनिभुत रुपमा छलफल गर्नको लागि जनताद्वारा निर्वाचित प्रतिनिधि सभामा कम्तिमा एक पटक पठाउनु पर्नेमा त्यसो नगरि हतास… Continue reading प्रतिनिधि सभा विघटनपछि नेपाली कांग्रेसको आगामी बाटो

संबिधानको सम्मान गर्न नसके पनि अपमान नगरौं

महेश्वर घिमिरे, न्युयोर्क लाखौं नेपाली जनताको त्याग, संघर्ष र बलिदानबाट ल्याइएको संघीय लोकतान्त्रिक गणतन्त्र ईतिहासको सबैभन्दा महत्वपूर्ण राजनैतिक परिवर्तन हो । त्यसबाट बनेको संविधान र यसको उपलव्धि भनेको नेपालको राज्य संयन्त्रको साँचो हो । नेपाली जनताको वर्तमान र भविष्य हो । भूतपूर्व प्रधानमन्त्री स्व. मनमोहन अधिकारीदेखि स्व.गिरिजासम्मले गरेका संसद बिघटनमा आजको गणतान्त्रिक संविधानको कुनै सरोकार… Continue reading संबिधानको सम्मान गर्न नसके पनि अपमान नगरौं

प्रमुख तीन दलले भने : संसद विघटन संविधान माथिको आक्रमण

काठमाडौं । सरकारको सिफारिसमा राष्ट्रपतिबाट भएको संसद विघटन संविधानमाथिको आक्रमण भएको प्रमुख तीन दलले निष्कर्ष निकालेका छन् । आज नेपाली कांग्रेसले आह्वान गरेको सर्वदलीय बैठकमा उपस्थित भएका मूख्य तीन दलले यस्तो निष्कर्ष निकालेका हुन् । सरकारको कदमबारे धारणा बनाउन आज संयुक्त बैठक बसेको थियो । नेपाली कांग्रेसको आह्वानमा उसैको पार्टी कार्यालय सानेपामा बसेको बैठकमा नेपाल… Continue reading प्रमुख तीन दलले भने : संसद विघटन संविधान माथिको आक्रमण

कोभिड खोप विश्वव्यापी सार्वजनिक वस्तु हुनुपर्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वभरका मानिसहरुको ज्यान जोखिममा परेको यस समय निर्माण हुने खोप विश्वव्यापी सर्वसुलभ उपलब्धताको वातावरण बनाउनु पर्नेमा जोड दिएका छन् । कोभिड १९ का कारण सम्पूर्ण मानव समुदाय नै संकटमा परेको समय जीवन रक्षाका खोप अधिकतम नाफाका माध्यम हुन नसक्ने समेत उनले बताए । कोभिड–१९ सम्बन्धी संयुक्त राष्ट्रसंघको विशेष महासभालाई… Continue reading कोभिड खोप विश्वव्यापी सार्वजनिक वस्तु हुनुपर्छ : प्रधानमन्त्री

अमेरिका, म र रिपव्लिकन

योगेश आदी [email protected] सन् २००७ मा मलाई अमेरिकी डिभी चिट्ठा पर्यो । अमेरिकाको बारेमा थप रुचि बढ्यो । जर्ज डब्लु बुस राष्ट्रपति थिए । कार्यकाल सम्हालेकै वर्ष ९११ को घटना र रस्सियन अर्थतन्त्रको विश्वब्यापि असरको कारण अमेरिकी अर्थतन्त्र पनि खस्कदो थियो । यसै कारण बुसलाई सबैले अभागी राष्ट्रपति भन्दथे । सहानुभुति स्वरुप मैले केही नबुझी… Continue reading अमेरिका, म र रिपव्लिकन

बलात्कारको बढ्दो बिकृति र मृत्यूदण्डको माग

कल्पना शाक्य / अधिवक्ता सोह्रौं शताब्दीमा महारानी एलिजाबेथ प्रथमको शासनकालमा बेलायतमा पाकेटमारलाई सार्वजनिक स्थलमा झुण्ड्याएर मारियो । उद्देश्य थियो त्यो भयानक दृष्य देखेर अब उप्रान्त कसैले चोरी गर्ने दुस्साहस नगरोस । हजारौं मानिसहरुले पाकेटमारलाई झुण्डाइएको दृष्य त्रास मिश्रित उत्सुकताका साथ हेरे । सबैको ध्यान झुण्ड्याइएको ब्यक्तितर्फ खिचिएको मौका छोपेर त्यही भिडमा एक ब्यक्तिको पाकेट मारियो… Continue reading बलात्कारको बढ्दो बिकृति र मृत्यूदण्डको माग

अमेरिकी चुनाव – यो २०१६ को भाग २ होइन, प्रभात भट्टराईको विश्लेषण

चार बर्ष अघि सबै ढुक्क थिए- अमेरिकी राष्ट्रपतिमा हिलारी क्लिन्टन बिजयी हुँदैछिन् । विपक्षी डोनाल्ड ट्रम्प समेत आफ्नो पराजयमा निश्चित थिए । न्यूयोर्क टाइम्सका अनुसार चुनाव जितेमा जनतालाई सम्बोधन गर्ने भाषणको ड्राफ्ट समेत ट्रम्पले तयार पारेका थिएनन् । तर, जब ‘रष्ट वेल्ट’ भनेर चिनिने मध्य पश्चिम अमेरिकी क्षेत्रको मतगणना हुन थाल्यो माहोल एकाएक फेरियो ।… Continue reading अमेरिकी चुनाव – यो २०१६ को भाग २ होइन, प्रभात भट्टराईको विश्लेषण

आप्रवासीका लागि ट्रम्प विजय यस कारण जोखिम! प्रभात भट्टराईको लेख

राष्ट्रपतिका रुपमा ह्वाइट हाउसमा डोनाल्ड ट्रम्पको चार बर्षे प्रहसन अब अन्तिम चरणमा पुगेको छ । यो अवधिमा ट्रम्पले एक होइन अनेक चर्तिकला देखाए । अन्तराष्ट्रिय नजरमा अमेरिकी छवि रसातलमा पुर्याए । निर्वाचित हुने वित्तिकै एक धर्म विशेषलाई लक्षित गरि अमेरिका प्रवेशमा रोक लगाए । हुँदा हुँदा अमेरिकी राष्ट्रपतिले ह्वाइट हाउस पोडियमबाट जनतालाई शरिरमा ब्लिज पठाएर… Continue reading आप्रवासीका लागि ट्रम्प विजय यस कारण जोखिम! प्रभात भट्टराईको लेख

रमेश प्रसाईंको बोलिबाण र शव्द चयनको पाठ

योगेश आदी / [email protected] मेरो अधिकार कति ? मलाई के के भन्न मिल्दैन । कुन सम्बोधन मेरो अपमान हो ? मेरो बारेमा के के कुरा खोल्न म बाध्य छैन ? यो सबै व्यक्तिको कानूनन: अधिकार हो । चेतना र विवेकको स्तरले आफ्नो महत्व बोध गराएपछि आत्मसम्मानित जीवनको शुरुवात हुन्छ । आशय गलत नभएपनि कतिपय अवस्थामा हामीले… Continue reading रमेश प्रसाईंको बोलिबाण र शव्द चयनको पाठ

प्रचण्डको विलोपिकरण र अविश्वासको विकेन्द्रिकरण

पुरुषोत्तम लम्साल / हाल: अमेरिका वर्तमान नेकपाका एकजना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २०६४ साल पौष १८ गतेको एउटा सार्वजनिक भाषणमा भनेका थिए, ‘माक्र्सवाद भनेको हो पनि र होइन पनि ।’ प्रचण्डको भनाईको आशय ‘माक्र्सवाद ब्यावहारिक प्रयोग हुन पनि सक्छ र सन्दर्भ अनुसार परिवर्तन पनि हुनसक्छ’ भन्ने थियो । यो भनाईको आशय र अर्थ ‘माक्र्सवाद नै… Continue reading प्रचण्डको विलोपिकरण र अविश्वासको विकेन्द्रिकरण

शेयर बजार र पम्प एण्ड डम्पको खतरा

सरोज सिग्देल शेयरबजार अर्थात् पूँजी बजारलाई अर्थतन्त्रको प्रतिविम्व र तरलता सन्तुलन गराउने वित्तीय औजारको रूपमा विकास गर्ने उदेश्यले नेदरल्याण्डमा सन् १६०२ मा आम्स्टरडम स्टक एक्सचेञ्ज स्थापना भई सन् १६०६ मा डच ईस्ट इन्डिया कम्पनी Dutch East India Company (VOC) को धितोपत्र जारी गरेर धितोपत्र बजारको सुरू भएको विश्व इतिहास छ । आम्स्टरडम स्टक एक्सचेञ्ज नेदरल्याण्ड… Continue reading शेयर बजार र पम्प एण्ड डम्पको खतरा

नेपालमा लघुवित्त क्षेत्रका चुनौति र समाधानका प्रयास

सुर्य नारायण पुरी, काठमाडौं नेपाल राष्ट्र बैंकमा दर्ता भएर आधिकारिक वित्तीय कारोबार गर्ने सँस्थाहरु मध्ये ‘लघुवित्त वित्तीय संस्था’ राष्ट्र बैंकको वर्गिकरण अनुसार ‘घ’ वर्गमा पर्ने वित्तीय संस्था हो । लघुवित्त वित्तीय संस्थाहरुको सेवा-लक्ष भनेको पिछडिएका समुदाय र दुर्गम क्षेत्र जहाँ बैंक तथा वित्तीय पहुँच कम हुने गर्दछ । यसले खासगरी सानो पुँजी सम्बन्धि कारोवारो गर्ने… Continue reading नेपालमा लघुवित्त क्षेत्रका चुनौति र समाधानका प्रयास

न्यायाधिशको स्वविवेकीय प्रयोगको अभ्यास; रञ्जन कोइराला काण्ड

कल्पना शाक्य  (अधिवक्ता) २०६८ सालमा गीता ढकालको नियोजित हत्या गरी लुकाएर लास जलाइयो भनि निजकै पति पूर्व डिआईजी रञ्जन कोईरालाको मुद्दामा काठमाडौं जिल्ला अदालत र उच्च अदालतले सर्वस्व सहित जन्म कैदको फैसला सुनाएको थियो । हाल सो फैसला चर्को पर्ने देखिएकोले भनि उच्च न्यायालयबाट सजायावधि घटाएर साढे आठ वर्ष कैद सुनाई तत्कालै उनलाई रिहाई गरियो… Continue reading न्यायाधिशको स्वविवेकीय प्रयोगको अभ्यास; रञ्जन कोइराला काण्ड

प्रवीण गिरी सरको सम्झनामा

पुरुषोत्तम लम्साल  “हुत्तिनपर्ने ठाउँमा हुत्तिन पर्छ, बत्तिन पर्ने ठाउँमा बत्तिन पर्छ, जहाँ अडिन पर्ने हो त्याँ अडिन पर्छ, ठूलो फ्रेमवाला चश्माबाट तीखा दृष्टी मतिर फालेर प्रवीण सरले थपे – लय खोज्दा भाव पोलेर खाने बानी हटाइदेऊ, जहाँ ठोक्नपर्ने हो त्यहाँ घनै ठोक्नपर्छ।” गिरी सरका ‘यार’ कमल प्रधान सर छेऊमा हुनुहुन्थ्यो। ‘यार’कै शैलीमा कमल सरले अलि… Continue reading प्रवीण गिरी सरको सम्झनामा

नेकपाको राइदालो र छिरोलिएको पराल

पुरुषोत्तम लम्साल [email protected] गाउँमा एउटा कथा थियो । मियोमा बाँधिएका गोरु आपसमा विपरीत दिशाबाट घुमे पनि माडिने त पराल नै हो । पराल माडिन्छ भनेर घरधनीले चारतिर फर्किएका गोरुहरुलाई त्यत्तिकै छाडिदिए । केहीबेर यत्तिकै भयो । गोरुहरु आफ्नै तालमा घुमिरहे, पराल केही डल्लो परिरह्यो, लाठे बिंडी तन्काउन निस्किए । फर्कंदा मियोमा चारै गोरु घाँटी कस्सिएर… Continue reading नेकपाको राइदालो र छिरोलिएको पराल

ओलीका अस्त्र र महाराजका ‘रफुभर’

पुरुषोत्तम लम्साल, भर्जिनिया चलन नबिलाएको भए गाउँमा अझै पनि रफू भरिन्छ होला । फेसनको दुनियाँमा चाँहि च्यातिएको, प्वाल परेको, भ्वांग देखिने ठाउँमा पनि कहिले धागोको आडमा त कहिले कपडाको अर्को टुक्रा राखेर रफु भर्ने चलन थियो । यो भनेको मूलतः लाज (भित्री अंग) बाहिरबाट नदेखियोस भनेर दुनियाको आँखामा छारो हाल्ने प्रपञ्च हो । यो रफु… Continue reading ओलीका अस्त्र र महाराजका ‘रफुभर’

बुईगलमा छौंडा पालेर शान्तिको कुरा ?

पुरुषोत्तम लम्साल, भर्जिनिया नेकपा एमाले र माओवादी केन्द्रको बहूमत समूहको एकीकरणपछि बनेको सग्लो नेकपाले संघीय नेपालको पहिलो आमनिर्वाचनमा सुविधाजनक बहूमत प्राप्त गर्यो । अर्थात पार्टी एकताको अन्तर्य र अभिष्ट दुबै सिद्ध भयो । खड्गप्रसाद (केपी) ओली दोश्रो पटक देशको प्रधानमन्त्री बने । ओली नेतृत्वको सरकार दुई तिहाईको बहुमतप् राप्त सरकारमा दर्ज भयो । तर, जसै… Continue reading बुईगलमा छौंडा पालेर शान्तिको कुरा ?

पोजेटिभपछि फेरी पोजेटिभको पोजेटिभ अनुभव

बिदुर बिष्ट, न्युयोर्क कोरोना भाइरससँगै भाईरल हुन त मन थिएन तथापी आफ्नै केही प्रत्यक्ष अनुभव राखेर आईडल बनौं कि भन्ने कोशिस गरेको मात्र हुँ । यस विषयको बिज्ञ त होईन तर अनभिज्ञ पनि छैन – म !  कोरोनाको कहर फैलने शुरूवाति दिनहरूमा मैले प्राय: हाँसो ठट्यौलो गर्दै मजाक मै यो भाईरसलाई उडाई रहेको थिएँ ।… Continue reading पोजेटिभपछि फेरी पोजेटिभको पोजेटिभ अनुभव

कोरोना एण्टिबडीले उब्जाएको भ्रममा; म

योगेश आदी  यसपटक लेख्नै पर्ने नैतिक दबाब परेपछि लेख्दैछु । मेरो कोभिड १९ एण्टिबडी टेष्टको रिजल्टले केही भ्रम उब्जाएको छ । न्यूयोर्क सहर कोरोनाभाइरसको एपिसेण्टर बनेको ३ महिनापछि पारिवारिक बटालिएन लिएर म कोभिड १९ एण्टिबडी टेष्ट गर्न गएँ । न्युयोर्कमा कोरोनाले ताण्डव मच्चाइराख्दा संसारको आँखाको तारो बनेको एल्महर्ष्ट हस्पिटल नै छानें । अझैपनि त्यो एरिया… Continue reading कोरोना एण्टिबडीले उब्जाएको भ्रममा; म

अमेरिकी भेदभाव भर्सेस नेपाली भेदभाव

योगेश आदी रामराज्यको परिकल्पना भित्र भेदभाव शब्द अटाएको थियो भने तिमी कस्को राज्यमा बस्छौ र भेदभाव रहित समाजको कल्पनामा गर्न ?  कुरा सुरु गरौं – अमेरिकाको । अमेरिकाको पनि न्युयोर्क सहरको । न्युयोर्क सहरका नेपाली चेलीबेटीहरुले लिइरहने नाम मध्येको एउटा नाम ‘रानीको पार्लर’ हो । ती भारतीय महिलाको न्युयोर्कमा १५/१६ ओटा जति ब्युटी पार्लरहरु छन्… Continue reading अमेरिकी भेदभाव भर्सेस नेपाली भेदभाव

न्युयोर्क सहर छाडेर जानेको हकमा

योगेश आदी जहाँ बस्यो त्यहींको चासो र सरोकार बढी हुन्छ । न्युयोर्कको समाचार बनेपछि कतिपयले मलाई फोन गर्छन वा सम्झन्छन् । न्यूयोर्कबाट अन्त बसाई सर्ने मानिसहरुको गत एप्रिल महिनामा मात्र ८१ हजार ओटा ‘ठेगाना परिवर्तन सम्वन्धि अनुरोध’ प्राप्त भएको सुचना अमेरिकाको हुलाक बिभागले निकालेपछि सनसनी फैलिएको छ । मेरो चासो भने न्युयोर्कका नेपाली समुदायमा गएर… Continue reading न्युयोर्क सहर छाडेर जानेको हकमा

स्पेनिश फ्लु र कोभिड् – १९

विजय खनाल, टेक्सस  आजभन्दा १०१ बर्ष अगाडि सन् १९१८ सालमा आएको स्पेनिश भाइरसको महामारी सम्बन्धि रोचक जानकारी पढि सकेपछि पाठकहरुलाई बिद्यमान कोरोना फिका लाग्न सक्छ । विश्वमा यतिवेला कोरोना भाइरस (कोविड-१९) को महामारी फैलिएको अवस्था छ । तर यस्तो महामारी यो नै पहिलो भने होइन । यस अघि बिश्वले यो भन्दा पनि डरलाग्दा महामारीहरु मानव… Continue reading स्पेनिश फ्लु र कोभिड् – १९

अघि ‘सर’ पछि ‘सर’ : व्यङ्ग्यात्मक लेख

अर्जुन दाहाल / नून चिनी पानी (अभियन्ता) मैले पहिला सुनेको ‘सर’ शब्दले बिद्यालयमा पढाउने गुरुबा भनेर बुझ्दथें । आफु १० कक्षा पढ्दै गर्दा मेरो मावली गाउँ साब्लाखु पुगेको बेला मलाई पाको देखे कि कुन्नी केही मित्रले ‘सर’ भनेर बोलाउनु भयो । म अलमल्ल परें । टोपी देखेर होकि भनेर टोपी गोजीमा कोचें । केही बोलिन… Continue reading अघि ‘सर’ पछि ‘सर’ : व्यङ्ग्यात्मक लेख

कुट्न पाइने सम्वन्ध

अच्युत सिग्देल, न्यूयोर्क दशैंको बिदा थियो । स्कूल बन्द थियो । पचास साठी जनाको समुह चौतारीको चिया पसलमा चिया पिएर गफ चुट्दै थिए । एक जना सिमलीको लठ्ठी लिएर सुस्तरी आफ्नै चालमा पसल भित्र छिरे । उनी गोठालो जान लागेको, हलो जोत्न जान लागेको वा टेक्ने लट्ठी लिएको कसैले सोधखोज गरेन । न त रोकतोक वा… Continue reading कुट्न पाइने सम्वन्ध