Category: बिचार

  • उपनिर्वाचन केही नेतालाई सत्तामा पुर्याउने भर्याङ बन्यो : भट्टराई

    उपनिर्वाचन केही नेतालाई सत्तामा पुर्याउने भर्याङ बन्यो : भट्टराई

    काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले नेपालमा चुनाव र उपचुनाव नेताहरूलाई जसरी पनि सत्तामा पुर्‍याउने भर्‍याङ बन्न लागेको बताएका छन् । अध्यक्ष भट्टराईले ट्वीट गर्दै चुनाव केही वर्ष र महिनामा अमूक पार्टी र नेतालाई सत्तामा पुर्‍याउने र राज्यदोहनको लाइसेन्स दिने कर्मकाण्ड भएको बताएका हुन् ।

    उनले जनताद्वारा जनताका निम्ति जनताको सार्वभौमसत्ताको अभ्यास गर्ने पवित्र विधि र अवसर चुनाव भएपनि पछिल्लो समय केही नेतालाई जसरी पनि सत्तामा पुर्‍याउने भर्‍याङ बन्दै गइरहेको र यसलाई रोक्नुपर्ने बताए। आगामी बैशाख १० गते चितवन, तनहुँ र बारामा उपनिर्वाचन हुँदैछ। उपनिर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ।

  • अब मुलुकले गति लिन्छ : प्रधानमन्त्री

    अब मुलुकले गति लिन्छ : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मूलभूत रूपमा सरकार पूर्ण भएकाले अब देशको विकास निर्माणमा गति लिने बताएका छन् । शुक्रबार रिपोर्टस क्लब नेपालको २५ औँ स्थापना दिवसको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । उनले भने, ‘‘अहिले नयाँ–नयाँ राजनीतिक समीकरण बनिरहेको छ । आजमात्रै सरकारलाई पूर्णता दिने क्रममा हामी मूलभूत रूपमा सरकार पूर्ण भएको छ, अब यसले गति लिनुपर्छ । देश अहिले आर्थिक रूपमा अप्ठ्यारो स्थितिबाट गुज्रेको छ । राजनीतिक स्थायित्वको कुरा पनि छ । सुशासनको कुरा पनि छ ।’’

    उनले देश अहिले आर्थिक रूपमा अप्ठ्यारो स्थितिबाट गुज्रेको भए पनि श्रीलङ्का बन्ने स्थितिमा नरहेको दाबी गरे । प्रधानमन्त्रीले आफूले तेस्रो कार्यकालका रूपमा प्रधानमन्त्री भएर लगभग एक सय दिन पूरा गरेको अनुभवका आधारमा हरेक क्षेत्रमा सुधार गर्न सकिने अनुभव पाएको बताए । उनले अर्थतन्त्रको स्थितिमा गएको तीन महिनामा रेमिट्यान्सको स्थितिमा धेरै सुधार भएको जानकारी दिए । उनले तीन महिनामा रेमिट्यान्स, राजश्व सङ्कलनमा गुणात्मक सुधार भएको दाबी गरे । उनले पछिल्लो तीन महिनामा विदेशी मुद्रा सञ्चितामा देश धेरै राम्रो स्थितिमा आइसकेको बताए ।

  • आफ्नो भ्रमणलाई सवारी नभन्न राष्ट्रपतिको आग्रह

    आफ्नो भ्रमणलाई सवारी नभन्न राष्ट्रपतिको आग्रह

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो भ्रमणलाई ‘सवारी’ शब्द प्रयोग नगर्न आग्रह गरेका छन् । आइतबार गोरखा दरबारको अवलोकन र गोरखकालीमा पूजापाठपछि गोरखा संग्रहालय परिसरमा जिल्लाका सरोकारवालासँग भेट गर्दै उनले यस्तो आग्रह गरेका हुन् । ‘सवारी शब्दको रुढ मिनिङ हुन्छ, यसलाई सामन्तवादको प्रतीकको रुपमा लिइन्छ,’ उनले भने, ‘त्यसैले अघिपछि गाडीको सन्दर्भमा प्रयोग गरेपनि भ्रमणको सन्दर्भमा सवारी शब्द प्रयोग नगरौं ।’

    सवारी शब्दको ठाउँमा आवागमन शव्द प्रयोग गर्न उनले आग्रह गरे । गणतन्त्र र राजतन्त्रको राष्ट्राध्यक्षबीच फरक हुने भन्दै पौडेलले आफूले यस्ता विषय राष्ट्रपति चुनावकै बेलादेखि हेक्का राख्दै आएको समेत बताए । राष्ट्रियता र प्रजातन्त्रको संरक्षण र सम्वद्र्धन गर्ने आफ्नो प्रमुख जिम्मेवारी र कर्तव्य रहेको उनले बताए ।

    नेपालको तेस्रो राष्ट्रपति निर्वाचित भएपश्चात काठमाडौ बाहिरको पहिलो भ्रमण ऐतिहासिक र धार्मिक महत्वको जिल्ला गोरखामा गर्न पाएको भन्दै उनले खुशी व्यक्त गरे । ठूलोआँगनस्थित पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेका पौडेलले आफूले गोरखामा राम शाह र बिसे नगर्ची पनि सम्झिएको बताए ।

    ‘गोरखा आएर मैले रामशाहको न्यायको कुरा पनि सम्झेको छु, बिसे नगर्चीको कर्तव्यबोध पनि सम्झेको छु, मलाई गोरखामा स्वागत गर्नुहुने सबैलाई धन्यवाद दिन चाहन्छु,’ उनले भने ।

  • महिलालाई स्वरोजगार बनाऔं : प्रधानमन्त्री

    महिलालाई स्वरोजगार बनाऔं : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले महिला उद्यमशीलता र स्वरोजगारलाई विकास गर्न भएका प्रयासहरू घनीभूत बनाउन जरुरी भएको बताएका छन् । ११३औं अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा प्रधानमन्त्री दाहालले आज जारी शुभकामना सन्देशमा महिला दिदीबहिनीलाई सम्मानपूर्वक व्यवहार गर्ने संस्कृतिको विकास गरी समान अधिकार र राज्यका सबै अङ्गमा समानुपातिक प्रतिनिधित्वका साथै अर्थपूर्ण नेतृत्व स्थापित गर्न थप प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्दै शुभकामना व्यक्त गरेका छन् ।


    ‘राजनीतिक अधिकारले त्यतिबेला मात्र सार्थकता प्राप्त गर्दछ, जतिबेला उक्त अधिकारले जनताको जीवनमा सकारात्मक प्रभाव पार्दछ, सामाजिक मान्यता र परम्परामा परिवर्तन ल्याउँछ, सांस्कृतिक रूपान्तरणको आधारशिला खडा गर्दछ’, शुभकामना सन्देशमा भनिएको छ, ‘महिलाको राजनीतिक अधिकारका साथै आर्थिक अधिकारमा समानता, आत्मनिर्भर र स्वरोजगारको प्रबन्ध, बदलिएको राजनीतिक व्यवस्थाअनुरूप सामाजिक व्यवस्था रूपान्तरणमा हस्तक्षेप महत्त्वपूर्ण हुन्छ ।’

    मुक्ति, समानता र स्वतन्त्रताको आकङ्क्षासहित सुरु भएको महिला आन्दोलन र प्राप्त अधिकारको स्मरण र सम्मानस्वरूप विश्वभरि प्रत्येक वर्ष मार्च ८ मा मनाउँदै आएको अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा स्वेदश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनीमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री दाहालले नेपालको राजनीतिक परिवर्तनका हरेक आन्दोलनमा महिलाहरूको निर्णायक सहभागिता र गुरुत्वपूर्ण नेतृत्व रहिआएको स्मरण गरेका छन् ।

    ‘लोकतन्त्र प्राप्तिका आन्दोलन होस् वा महान् जनयुद्ध र ऐतिहासिक आन्दोलनलगायतका गौरवपूर्ण सङ्घर्षहरू हुन्, ती सबै आन्दोलनमा महिलाहरूको सहभागिता, नेतृत्व एवं बलिदानीपूर्ण सङ्घर्षको जगमा नै हामीले सङ्घीय लोकतान्त्रिक गणतन्त्र र समाजवादोन्मुख संविधान प्राप्त गरेका छौं’, सन्देशमा भनिएको छ, ‘यो गौरवपूर्ण सङ्घर्ष र ऐतिहासिक उपलब्धि नेपाल र नेपालीका लागि मात्र नभएर मुक्ति, समानता र स्वतन्त्रता चाहने विश्वभरिका जनसमुदायका निम्तिसमेत प्रेरणादायी छ ।’

    जनताको वीरतापूर्ण सङ्घर्ष र बलिदानको बलमा नेपालले विश्वमै अग्रणी संविधान प्राप्त गरेको छ । नेपालको संविधानले अंश र वंशमा महिलालाई समान अधिकारका साथै नीति निर्माण र राज्य सञ्चालनका सम्पूर्ण अङ्गहरूमा सम्मानजनक र समानुपातिक प्रतिनिधित्व स्थापित गरेको सन्देशमा उल्लेख छ ।

    ‘संविधानले राष्ट्रपति र उपराष्ट्रपतिमध्ये, सभामुख र उपसभामुखमध्ये, राष्ट्रियसभाको अध्यक्ष र उपाध्यक्षमध्ये एकजना महिला हुनैपर्ने संवैधानिक व्यवस्था मात्र गरेको छैन’, शुभकामना सन्देशमा भनिएको छ, ‘सङ्घीय र प्रादेशिक संसद्मा ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गर्नाका साथै स्थानीय तहका प्रमुख र उपप्रमुख, अध्यक्ष र उपाध्यक्षमध्ये एकजना महिला हुनैपर्ने व्यवस्था गरेको छ ।’

    सम्पत्ति, कानूनी उपचार, आयआर्जन र वृत्तिविकासका क्षेत्रमा समेत महिलालाई प्राथमिकता दिएको र लैङ्गिक समानताका पक्षधर परिवर्तनकारी शक्तिका निम्ति यो अधिकार पर्याप्त नभए पनि विश्वभरिको व्यवस्था र अभ्यासका दृष्टिले गुणात्मक रहेको तथ्य स्मरण गर्नेपर्ने प्रधानमन्त्री दाहालले सन्देशमा उल्लेख छ ।

  • सशक्तीकरण र समानताका क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धि विशिष्ट छन् :राष्ट्रपति

    सशक्तीकरण र समानताका क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धि विशिष्ट छन् :राष्ट्रपति

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले महिला सशक्तीकरण र लैङ्गिक समानताका क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धि विश्व महिला आन्दोलनकै निम्ति विशिष्ट रहेको बताएकी छन् । राष्ट्रपति भण्डारीले ११३ औँ अन्तर्राष्ट्रिय महिला दिवस (८ मार्च) को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दै यस्तो बताएकी हुन् ।

    ‘महिला सशक्तीकरण र लैङ्गिक समानताका क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धि विश्व महिला आन्दोलनकै निम्ति विशिष्ट रहेको छ, यद्यपि महिलाको नेतृत्व विकास, अवसरको समतामूलक उपलब्धता र वितरण तथा आर्थिक प्रगतिका क्षेत्रमा तय गर्नुपर्ने लामो यात्रा बाँकी नै छ’, शुभकामना सन्देशमा भनिएको छ, ‘यस सन्दर्भमा महिलाको सहभागिता र प्रतिनिधित्व गर्न संविधानमार्फत हामीले व्यवस्था गरेका संरचनात्मक आधारले सकारात्मक परिणाम ल्याउन थालेको पक्षलाई हृदयङ्गम गर्नु सान्दर्भिक हुन्छ, यसको फलस्वरूप मुलुकका तीनै तहका सरकार, संसद् र नीति निर्माणका निकायमा महिलाको भूमिका सुदृढ हुँदै गएको छ, यसबाट नेपाली महिलाको प्रतिष्ठा क्रमशः अभिवृद्धि हुँदै गएको छ भन्ने मलाई लाग्दछ ।’

    अन्तर्राष्ट्रिय महिला दिवसले महिलाविरूद्ध हुने सबै प्रकारका हिंसा, विभेद, उत्पीडन एवं समाजमा विद्यमान विकृत प्रथा र परम्परालाई निर्मूल गर्दै समानता र न्याय सुनिश्चित गर्न सबैमा थप ऊर्जा र उत्साह प्राप्त हुने विश्वाससहित शुभकामना सन्देशमा राष्ट्रपति भण्डारीले महिला सशक्तीकरण, प्रतिनिधित्व र सहभागितालाई लैङ्गिक समानता हासिल गर्ने प्रमुख माध्यमका रूपमा लिनुपर्नेमा जोड दिएकी छन् ।

    ‘राष्ट्र, समाज र परिवारप्रतिको अधिकार एवं दायित्वलाई महिला र पुरुष दुवैमा बराबर वितरण हुने परिवेशको निर्माण गर्नु लैङ्गिक समानताको अभिप्राय हो’, सन्देशमा भनिएको छ, ‘त्यसकारण महिला र पुरुष दुवैको साझा सरोकारको विषय भएको हुनाले महिला सशक्तीकरणका निम्ति दुवैको समान र सक्रिय भूमिका आवश्यक रहेकोतर्फ म विशेष जोड दिन चाहन्छु ।’

    अन्तर्राष्ट्रिय महिला दिवसले विश्व महिला आन्दोलनको आरम्भलाई स्मरण गर्दै महिलाको न्यायपूर्ण हक र अधिकारका क्षेत्रमा हालसम्म प्राप्त उपलब्धि संस्थागत गर्न हामीलाई अभिप्रेरित गर्ने विश्वास राष्ट्रपति गरेकी छन् । विज्ञान र प्रविधिको क्षेत्रमा महिलाको पहुँच स्थापित गर्ने उद्देश्यले यस वर्षको अन्तर्राष्ट्रिय महिला दिवसका सन्दर्भमा नेपालले ‘लैङ्गिक समानताको बलियो आधारः सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ भन्ने राष्ट्रिय सङ्कल्प निर्धारण गरेको छ ।

    यस वर्षको राष्ट्रिय सङ्कल्पले एकातिर सूचना तथा सञ्चार प्रविधिको विकास र विस्तारबाट प्राप्त अवसरमा महिलाको सहभागिता अभिवृद्धि गर्न जोड दिएको छ भने अर्कोतिर पछिल्लो समयमा बढ्दै गएको प्रविधिको दुरुपयोगबाट महिलाविरुद्ध हुने हिंसालाई नियन्त्रण गर्नसमेत सम्बद्ध पक्षको ध्यानाकर्षण गरेको छ ।

    ‘डिजिटल प्रविधिको उपयोगमा महिलाको पहुँचमार्फत सार्वजनिक सेवा प्रवाह, उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्न गुणात्मक प्रगति हासिल गर्न सकिन्छ’, सन्देशमा भनिएको छ, ‘नवप्रवर्तन तथा प्रविधिको विकासमा महिलाको योगदानलाई कदर गर्दै, सामाजिक तथा संरचनात्मक रूपान्तरणद्वारा मुलुकको समृद्धि र दिगो विकासतर्फ अग्रसर रहनका निम्ति यसबाट हामीलाई थप प्रेरणा प्राप्त हुने विश्वास व्यक्त गर्दछु ।’

  • पूर्वराजा भन्छन् : मुलुक अधोगतीमा छ, सहकार्य गरौं

    पूर्वराजा भन्छन् : मुलुक अधोगतीमा छ, सहकार्य गरौं

    काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक दलहरुसँग सहकार्यको प्रस्ताव राखेका छन् । मुलुक अधोगतिमा लागेको भन्दै प्रजातन्त्र जोगाउन राजनीतिक दल र राजसंस्थाबीच सहकार्य गर्नुपर्ने बताएका हुन् । प्रजातन्त्र दिवशको अवसरमा शनिबार एक वक्तज्य जारी गर्दै पूर्वराजा ज्ञानेन्द्रले भनेकेका छन्, ‘अब यो देश जोगाउन प्रजातन्त्रका लागि अपरिहार्य राजनीतिक दलहरु र लामो समय देशभक्तिपूर्ण ऐतिहासिक विरासत बोकेको राजसंस्था आएर आपसी विश्वासका साथ सहकार्यका लागि बिलम्ब गर्नु हुँदैन ।’

    पछिल्ला वर्षहरुमा देशको दीर्घकालीन शान्ति, स्थिरता र अन्तर्राष्ट्रिय सम्मान र सार्वभौमिकता चिरा पर्न थालेको र कुशासन, भ्रष्टाचार, आर्थिक शिथिलता र सामाजिक बिग्रहको स्थिति देखापरेको उनको निष्कर्ष छ । राज्य सत्ताको बागडोर ज(जसका हातमा परे पनि जनताको सुख, शान्ति र राष्ट्रको समृद्धिमा योगदान नपुगेको उनको भनाइ छ ।

    बहुसंख्यक नेपाली जनताले चाहेको निर्णय स्वीकार्ने राजसंस्थाको परम्परा रहेको, तर मुलुक प्रतिकुल अवस्थामा रहेकाले मौन रहन नसक्ने उनले बताएका छन् । पूर्वराजा ज्ञानेन्द्रको वक्तव्यमा भनिएको छ, ‘शोकाकुल अवस्थाको अत्यन्तै प्रतिकुल पलहरुमा पनि हामीले संयमता र देशभक्ति गुमाएनौं र देश छोडेर पनि गएनौं । तर नेपालको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं ।’

  • भ्रष्टाचारविरुद्ध सरकार हदैसम्म निर्मम हुन्छ: काठमाडौं

    भ्रष्टाचारविरुद्ध सरकार हदैसम्म निर्मम हुन्छ: काठमाडौं

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारविरुद्ध सरकार हदैसम्म निर्मम हुने बताएका छन् ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२औं स्थापना दिवसमा शनिबार आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले मुलुकको विकास, नागरिकको हित अभिवृद्धि र सुशासन कायम गर्न भ्रष्टाचार नियन्त्रण अपरिहार्य भएको बताए ।

    अख्तियार स्वतन्त्र, निष्पक्ष र निर्भीक तवरले भ्रष्टाचार र अनियमितताविरुद्ध अनुसन्धान गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन दृढताकासाथ अगाडि बढ्नेमा आफू विश्वस्त रहेको उनले बताए ।

    सेवा प्रवाह गर्ने सार्वजनिक निकायहरुमा ढिलासुस्ती, हैरानी तथा अनुचित लेनदेनलाई न्यूनीकरण गर्न कार्ययोजना बनाई काम थालेको उनले बताए । उनले अघि भने, ‘कुनै पनि कालखण्डमा भएका भ्रष्टाचार र जो कोही भ्रष्टाचारीमाथि कानूनी कारबाही अगाडि बढाउने प्रतिबद्धता सरकारले गरेको छ ।’

  • म भाषण होइन, काम गर्न आएको हुँ : प्रधानमन्त्री

    म भाषण होइन, काम गर्न आएको हुँ : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले यो कार्यकालमा जनता र देशको पक्षमा काम गरेर प्रस्तुत हुने प्रतिज्ञा गरेको बताएका छन् । चितवनको नारायणी नमूना माध्यमिक विद्यालयको हिरक महोत्सव समारोहलाई शनिबार सम्बोधन गर्दै उनले अर्थतन्त्रको सुधार र सुशासनको पक्षमा काम गर्ने बताएका हुन् ।
    मन्त्रिपरिषद्को पहिलो बैठकबाट नै अर्थतन्त्र सुधार लगायतका विषयमा कामको सुरुवात गरेको प्रधानमन्त्री दाहालको भनाइ थियो ।

    प्रधानमन्त्री बनेपछि पहिलोपटक गृहजिल्ला चितवन पुगेका दाहालले भने, ‘मैले यो पटक हरेक दिन देश, जनता, सुशासन र विकासको पक्षमा काम गर्दै जाने प्रतिज्ञा गरेको छु । नेपाल र नेपाली जनताको आवश्यकतालाई सम्बोधन गर्दै जाने प्रतिबद्धता लिएको छु । मेरो बाँकी जीवन सुशासन र विकासको निम्ति समर्पित गर्ने भनेर प्रतिबद्धता गरेको छु ।’

    प्रधानमन्त्री दाहालले भाषण गर्नेभन्दा पनि काम गर्ने आफ्नो प्रतिज्ञा रहेको बताए । ‘मैले यसपटक भाषण कम, काम र जनताको सेवा धेरै गरेर प्रस्तुत हुने प्रतिज्ञा गरेको छु, उनलदे भने । पहिलो मन्त्रिपरिषद्बाट देशको अगाडि रहेको अर्थतन्त्रमा सुधार र सुशासन कायम गर्नुपर्ने ऐतिहासिक आवश्यकताका क्षेत्रमा निर्णय लिएको उनले बताए ।

    भ्रष्टाचार र बेथिति नियन्त्रण तथा जनताले विभिन्न ठाउँमा पाइरहेका सास्तिहरूलाई अन्त्य गर्ने निर्णय पनि पहिलो मन्त्रिपरिषद्बाट गरिएको उनले बताए । आगामी दिनमा पनि जनतालाई पिरमर्का पर्ने कुनै पनि निर्णय नगर्ने बताउँदै प्रधानमन्त्री दाहालले भने, ‘सुशासन र समृद्धिको नयाँ युगको सुत्रपात गर्न एकजुट हौं भनेर अपील गर्न चाहन्छु ।’

  • दौरा-सुरवालमार्फत प्रचण्डले दिन खोजेको सन्देश

    दौरा-सुरवालमार्फत प्रचण्डले दिन खोजेको सन्देश

    काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्णय गर्न माहिर मानिन्छन् । मुलुक अनिर्णयको बन्दी बनेको धेरै पलहरुमा उनले गाठो फुकाउने काम गरेका छन् । पछिल्लो समय यस्तै निर्णयमार्फत मुलुकको कार्यकारी पदमा पुगेका प्रचण्डले पुनः एक पटक सबैको ध्यान आकर्षित गरेका छन् । त्यो हो, पोशाक । उनी यसअघि २०६५ र २०७३ सालमा गरी दुई पटक प्रधानमन्त्री बनिसकेका छन् ।

    पहिलो कार्यकाल सत्ताको स्वाद नै चाख्न नपाई सेनापति काण्डका कारण राजिनामा गरेका उनले दोस्रंो कार्यकालमा भने लोडसेडिङ अन्त्यसहितका दूरगामी काम गरेका थिए । तेस्रो कार्यकाल उनका अगाडी अझ विषम परिस्थति छ । मानिसहरुमा सरकारले काम गर्छ भन्ने विश्वास मरिसकेको छ । यो अवस्थामा कार्यकारी पदमा पुग्दै गर्दा प्रचण्डले राष्ट्रिय पोशाकमार्फत एक साथ धेरै आलोचकको मुख थुन्ने प्रयास गरेका छन् ।

    उनी युद्धमा हुँदा दौरा सुरवाललाई पहाडे सामन्ती पोशाकको संज्ञा दिने माओवादी नेताहरुले यस पोशाकलाई झट्ट स्वीकार गरेका थिएनन् । सोमबार प्रचण्डले पहिलो पटक दौरा सुरवाल लगाएका थिए । तर, उनले यसमार्फत राष्ट्रिय एकताको सन्देश भने प्रवाह गरेका छन् ।

  • जन्मदिवस; तिथी, मिति र जंको

    जन्मदिवस; तिथी, मिति र जंको

    योगेश आदी

    जन्मदिन मनाउनु भनेको जन्मेको दिनको सम्मान र आफुप्रतिको गर्वानुभूति प्रकट गर्नु हो । पश्चिमा संस्कृतिमा बलिरहेको मैनबत्ति फुकेर मैनबत्तिको धुँवाले ‘प्रार्थना’ भगवानसम्म पूर्याउँछ भन्ने मान्यतासँगै मुख मिठो पार्न केक काटेर मनाउँने गर्दछन् भने नेपालमा अभिभावकको हातबाट सगुन र आशिर्वाद थापेर मनाइने चलन छ । विश्वको अधिकाँश देशमा जन्मदिन जन्मेको मितिमा मनाउँने गर्दछन् भने नेपालमा अझैपनि कतिपयले जन्मतिथीको आधारमा मनाउँने गर्दछन् ।

    तपाई जन्मदिन जन्मेको तिथी पारेर मनाउनु हुन्छ कि कागजपत्रमा भएको मिति पारेर ?

    नेपाल र भारतमा वैदिक समयतालिका अर्थात पञ्चाङ्ग अनुसार जन्मेको तिथी पारेर जन्मदिवस मनाउनेहरु मनग्ये भेटिन्छन् । मेरै बुवाको जन्मदिन पनि तिथीमा मनाउँने भएकोले वर्षैपिच्छे फरक मितिमा पर्ने गर्दछ किनकि ‘समये बजी पूर्णीमा’ हरेक वर्ष फरक मितिमा पर्ने गर्दछ । जतिबेला जन्मको अभिलेख राख्ने चलन थिएन त्यतिबेला तिथी सम्झिनलाई सजिलो माध्यायम थियो । घाम हेरेर महिना र छायाँ हेरेर समय अनुमान लगाउने पुस्तालाई तिथी सजिलो र भरपर्दो उपाय थियो । मितिमा मनाउने हरेक वर्ष एकैदिन जन्मदिवस् मनाउँछन् भने तिथीमा मनाउँनेले फरक दिनमा ।

    आखिर के हो तिथी ?

    तिथी एउटा अवधि हो । पृथ्वीबाट चन्द्रमाको दुई वटा अनुहार देखिन्छ; कृष्ण पक्ष र शक्ल पक्ष । हरेक दिन सुर्य र चन्द्रमाबीचको देशान्तर दुरी १२ डिग्रीले फरक पर्दै १५ दिनमा पूर्ण चन्द्रमा हुनेतर्फ जानेक्रम शुक्ल पक्ष हो भने औंसीतर्फ बढ्ने अवधि कृष्ण पक्ष हो । शुक्ल पक्ष र कृष्ण पक्ष दुबैको १५ दिनलाई प्रथमा, द्वितिया, तृतिया… गर्दै पूर्णिमा र औंसीसम्म गरी १ महिना पुरा मानिन्छ । जसअनुसार परापूर्वकालमा जन्ममिति सम्झिने आधार तिथी थियो । बर्तमान अवस्थामा मिति लोकप्रिय बन्नुका कारण सहज र प्रभावकारी भएर नै हो । जन्मदिन मनाउनु भनेको जन्मेको दिनको सुखद स्मरण गर्नु हो । तिथी र मिति जुन छानेपनि स्मृतिमा एक उत्सव मनाउनु न हो ।

    कुन आधिकारिक र प्रभावकारी ?

    उमेर एक नम्बर मात्र हो । क्रोनोलोजिकल उमेरले केही म्याटर गर्दैन भन्ने जमानामा तिथी र मितिले खासै फरक पार्दैन । यद्यपि ग्रह न नक्षत्रको प्रभाव हेरेर धातु र पत्थर लगाउने जमातले तिथीमात्र वास्तविक उमेर हो भन्ने तर्क राख्दछन् । वास्तवमा नेपालको हकमा प्रायश: नेवारी समुदायले तिथी अनुसार जन्मोत्सव मनाउँछन् । तिथी अनुसार जन्मदिन र जन्मबर्ष गणना गर्ने भएकोले नै नेवार समुदायले जंको मनाउँने गरेको भेटिन्छन् ।

    जंको के हो ?

    जंको नेवारी परंपरागत शब्द हो । यसलाई “बुढा पास्नि” पनि भन्ने गरिन्छ । यो लोग्नेको उमेरको आधारमा श्रीमान श्रीमतीको सामुहिक मनाइने गरिन्छ । नेवार पुरुषको उमेर ७७, ८१, ८८, ८९ र १०५ वर्ष पुग्दै गए अनुसार एकै व्यक्तिको ५ पटकसम्म मनाउने गरिन्छ । जन्को नेवारी पुरेत अर्थात गुवाजूका अनुसार लुनार पात्रोको आधारमा तय गरिन्छ । जंकोमा पनि दोश्रो जन्कोलाई जीवनकालमा १००० वटा पूर्ण चन्द्रमाको दर्शन गरिएको भन्ने आधारमा ‘चन्द्ररथारोहण’ नाम दिएर मनाइन्छ । “सहस्र चन्द्र दर्शन” नै हजार चन्द्रमाको दर्शनको प्रतिकात्मक अवसर हो । लुनार पात्रो अनुसार एक महिनामा २९.५३ दिन हुन्छ । जसअनुसार १००० पूर्ण चन्द्रमा बन्न २९५३० दिनहरु आवश्यक पर्दछ । यसरी ८० वर्ष १० महिना बन्न जान्छ । ८१ बर्षको जन्को मनाउनु पूर्व देखिने थप ३ पूर्ण चन्द्रमाले शारिरीक र आध्यात्मिक शक्ति प्रदान गर्दछ भन्ने मान्यता पनि रहेको छ ।

  • प्रधानमन्त्रीको अठोट : भ्रष्टाचार हुनै दिँदैनौं

    प्रधानमन्त्रीको अठोट : भ्रष्टाचार हुनै दिँदैनौं

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भ्रष्टाचार नियन्त्रणका लागि निरोधात्मक, प्रवर्द्धनात्मक र उपचारात्मक उपायलाई सँगसँगै कार्यान्वयनमा उतार्नु पर्ने बताएका छन् । भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज शुभकामना सन्देश दिंदै प्रधानमन्त्री देउवाले भनेका छन्, ‘भ्रष्टाचार नियन्त्रणका लागि निरोधात्मक, प्रवर्द्धनात्मक र उपचारात्मक तीनवटै उपायहरुलाई सँगसँगै कार्यान्वयनमा उतार्न आवश्यक छ । कानुनको पालना, सार्वजनिक निकायहरुको सुदृढीकरण, जवाफदेही र पारदर्शी कार्यप्रणाली, सार्वजनिक खरिद प्रणालीमा शुद्धता जस्ता विषयले भ्रष्टाचार नियन्त्रणमा महत्वपूर्ण सहयोग पुर्‍याउने भएकाले यसतर्फ ध्यान दिन म सबैलाई आग्रह गर्न चाहन्छु ।’

    साथै उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, न्यायिक निकायहरु लगायतका निकायहरुको संस्थागत सुदृढीकरण, अनुसन्धान पद्धतिमा निरन्तर सुधार तथा न्याय निरुपणमा संवेदनशीलता जस्ता पक्षमा पनि गम्भीरतापूर्वक ध्यान दिन जरुरी रहेको उल्लेख गरेका छन् ।

    प्रधानमन्त्री देउवाले भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धनलाई विशेष महत्व दिंदै आएको बताएका छन् । ‘यसप्रति सरकारको प्रतिबद्धता अविचलित रहेको छ,’ उनले भनेका छन्, ‘विकास आयोजना व्यवस्थापन तथा सार्वजनिक सेवा प्रवाहमा सुशासन कायम गर्दै भ्रष्टाचार हुनै नदिनेतर्फ सरकारको अठोट छ ।’ उनले सार्वजनिक सेवालाई पारदर्शी, जवाफदेही र नागरिकमैत्री बनाउँदै जाने प्रतिबद्धता पनि जनाएका छन् ।

    प्रधानमन्त्री देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायत सबै सरकारी निकाय, बुद्धिजीवी, नागरिक समाज र सञ्चारकर्मीहरुलाई आगामी दिनमा आपसी समन्वय, सहकार्य र साझेदारीमा भ्रष्टाचार नियन्त्रण अभियान अघि बढाउन आह्वानसमेत गरेका छन् ।

    भ्रष्टाचार बहुआयामिक र जटिल विषय : प्रमुख आयुक्त राई

    यसैगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईले पनि शुभकामना सन्देश दिंदै भ्रष्टार रोकथामका लागि सरकारी, निजी र गैरसरकारी क्षेत्रका निकाय एवं पदाधिकारीका साथै सबै नागरिकको निरन्तर सहयोग जरुरत पर्ने बताएका छन् । भ्रष्टाचार बहुआयामिक र जटिल विषय बनेको भन्दै उनले यसको रोकथामका लागि सबैको सहयोगको अपेक्षा गरेका हुन् ।

    ‘मुलुकको सर्वाङ्गीण विकासका साथै अन्तर्राष्ट्रिय स्तरमा राष्ट्रको छवि प्रवर्द्धन गर्न उपयुक्त सबै क्षेत्रबाट निरन्तर साथ, समर्थन, समन्वय र सहयोग प्राप्त गर्न जरुरी छ,’ प्रमुख आयुक्त राईले भनेका छन्, ‘त्यसो हुन सकेमा मात्र भ्रष्टाचारसँग सम्बन्धित विभिन्न सूचक एवं परिसूचकमा उल्लेखनीय सुधार ल्याउन सकिन्छ ।’

    भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसले अख्तियारलाई थप ऊर्जावान र क्रियाशील बनी भ्रष्टाचार विरुद्ध सक्रिय रहन प्रेरणा दिएको पनि उनले उल्लेख गरेका छन् ।

    उनले भ्रष्टाचार नियन्त्रण तथा सदाचार प्रवर्द्धन गरी सुशासन कायम गर्ने राज्यको नीतिलाई व्यवहारमा रुपान्तरण गर्न आयोगले नेतृत्वदायी भूमिका निर्वाह गर्ने बताएका छन् ।

  • विद्युत खपत बढाउन पूर्वाधारमा लगानी गरिरहेका छौं : कुलमान

    विद्युत खपत बढाउन पूर्वाधारमा लगानी गरिरहेका छौं : कुलमान

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बिजुली खपत बढाउनका लागि प्राधिकरणको लगानी विद्युतीय पूर्वाधार विकासमा केन्द्रित गरेको बताएका छन् । बिहीवार नेपाल विद्युतीय व्यवसायी महासङ्घले आयोजना गरेको ‘फिन इलेक्ट्रो टेक २०२२’ प्रदर्शनी कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक घिसिङले सरकार र प्राधिकरणले विद्युतीय आवश्यक पूर्वाधारको विकासका लागि लगानी केन्द्रित गरेको बताए । उनले नेपालमा उत्पादन भएको बिजुली नेपालमा नै खपत बढाउनका लागि विभिन्न ईभी एक्स्पो भइरहेको बताए ।

    बिजुली खपतका लागि चार्जिङ स्टेशन विस्तार र इन्डक्शन चुलोलाई प्राथमिकता दिँदै आएको उनको भनाई छ । उनले भने, ‘अहिले नेपालमा नै विद्युत् खपत बढाउनका लागि ईभी एक्स्पोदेखि ईभीको प्रमोशन भएको छ । चार्जिङ स्टेशनहरू बढेको छ । प्राधिकरणले इन्डक्शन कुकिङको कुरा गरिरहेको छ । सरकार र प्राधिकरण विद्युतीय आवश्यक पूर्वाधारको विकासका लागि निरन्तर लागिरहेका छ ।’

    घिसिङले विद्युत् प्रसारण, वितरण र सब–स्टेशनको विकास नभइ बिजुली खपत बढाउन नसक्ने पनि बताए । उनले प्राधिकरण गुणस्तरीय बिजुली र चाहे जति बिजुली वितरण गर्ने विद्युतीय पूर्वाधार निर्माण गर्ने चरणमा रहेको बताए । गाउँ–गाउँमा शतप्रतिशत विद्युतीकरण गर्ने सरकारको नीति तथा कार्यक्रमअनुसार पूरा गर्ने चरणमा प्राधिकरण पुगेको उनको भनाइ छ ।

    कार्यकारी निर्देशक घिसिङले अबको दुई वर्षपछि नेपालले बिजुली किन्नुपर्ने अवस्था नआउने दाबी गे । उनले वर्षाको समयमा बिजुली निर्यात गरिरहेको भन्दै त्यसो गर्नु सरकारको सफलता नभए पनि खपत नभएको बिजुलीलाई खेर फाल्नुभन्दा निर्यात गर्नु राम्रो भएको बताए ।

  • व्यवसायी सडकमा होइन, उद्योग व्यवसायमा लाग्नु पर्यो : अर्थमन्त्री

    व्यवसायी सडकमा होइन, उद्योग व्यवसायमा लाग्नु पर्यो : अर्थमन्त्री

    अर्थमन्त्री जनार्दन शर्माले उद्योगी, व्यवसायी सडक आन्दोलनमा नभई उद्योग व्यवसायमा लाग्नुपर्ने बताएका छन् । बिहीबार काठमाडौंमा भएको ‘फिन इलेक्ट्रिक टेक २०२२’ प्रदर्शनी कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले उद्योगी व्यवसायीका समस्या समाधानको लागि सरकार गम्भीर रहको भन्दै उद्योगी व्यवसायी सडक आन्दोलनमा नभई उद्योग व्यवसायमा लागेर उत्पादन बढाउनुपर्ने बताए ।

    उनले सरकारले तरलता तथा बैङ्क ब्याजदर वृद्धि लगायतले उद्योग व्यवसायीका समस्या समाधानको लागि निजी क्षेत्र, राष्ट्र बैङ्क, वाणिज्य मन्त्रालय र अर्थ मन्त्रालयका प्रतिनिधि सहितको कार्यदल दिएको सुझावका आधारमा काम भइरहेको बताए । मन्त्रिपरिषद्मा सरकारको निजी क्षेत्रका समस्या समाधान गर्न हस्तक्षेप गर्नुपर्ने माग राखेको भन्दै उनले उद्योगी व्यवसायीले सडक रोज्नु नहुने बताए ।

    उनले सरकार व्यवसायीका समस्या समाधान गर्ने नीति निर्माण गर्न निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको समेत बताए । मन्त्री शर्माले व्यवसाय नै छोडेर सडकमा आन्दोलन गर्ने व्यवसायीको काम नभएकोसमेत बताए । बैङ्कको ब्याजदर वृद्धि, चालु पुँजी कर्जा निर्देशिकाको सन्दर्भमा सरकारले गम्भीरतापूर्वक छलफल गरिरहेको उनको भनाई छ ।

  • माओवादीले गठबन्धनको विकल्प सोचेको छैन : महासचिव गुरुङ

    माओवादीले गठबन्धनको विकल्प सोचेको छैन : महासचिव गुरुङ

    काठमाडौं । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले माओवादीले सत्ता गठबन्धनको विकल्प नखोजेको स्पष्टीकरण दिएका छन् । आइतबार पदाधिकारी बैठकपछि उनले सरकार गठन गर्ने सन्दर्भमा माओवादीले सत्तारुढ गठबन्धनको विकल्प नखोजेको स्पष्ट पारे । गठबन्धनको विकल्पका बारेमा छलफल नै नभएको उनको भनाई छ । गठबन्धन यथावत भएकाले त्यहीँबाट प्रयास हुने कुरा स्वभाविक भएको उनको भनाई छ । सत्तारुढ गठबन्धनमा भएका दलहरुसँग छलफल नै नभएको भन्दै महासचिव गुरुङले गठबन्धन तोडिनुपर्ने कुनै कारण समेत नभएको बताए ।

    ‘गठबन्धनमा विमति, असहमति भइसकेको अवस्था त होइन, गठबन्धन तोड्नुपर्छ भन्ने कुरा त होइन, पार्टीले गठबन्धनको विकल्प सोचिसकेको छैन’ उनले सञ्चारकर्मीसँग भने । शनिबार माओवादी पदाधिकारी बैठकपछि उपाध्यक्ष कृष्णबहादुर महराले सरकार गठनका लागि सबै विकल्प खुला गरेको बताएका थिए । चुनावको प्रारम्भिक समीक्षा गरेको माओवादीले सत्तारुढ गठबन्धन केही कमी कमजोरीका बाबजुद मूलभूत रुपमा सफल भएको प्रारम्भिक निश्कर्ष निकालेको बताइएको छ ।

  • दोहोरो अंकले बढ्यो नेप्से, कारोबारमा रकममा सुधार

    दोहोरो अंकले बढ्यो नेप्से, कारोबारमा रकममा सुधार

    काठमाडौं । शेयर बजारमा झिनो अंकले बढेको छ । साताको कारोबारको अन्तिमदिन शेयर बजार मापक सूचक(नेप्से) ११.२२ अंकले बढेर १९६१.०६ विन्दुमा पुगेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीवार २३८ कम्पनीको १ अर्ब ३२ करोड २९ लाख ७२ हजार १८५ रुपैयाँ बराबरको ३८ लाख ६५ हजार ९६१ कित्ता शेयर किनबेच भएका छन् ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको छ । बुधवार ८४ करोड २६ लाख ९५ हजार ३०१ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

    आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये १० वटा बढेको छ भने अन्य घटेको छ ।

    जीवन बीमा समूह सबैभन्दा धेरै १.२८ प्रतिशतले बढेको छ ।

    दोहोरो अंकले बढेको बजारमा आज धौलागिरी लघुवित्तको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका शेयर धनीले ठ्याककै १० प्रतिशत कमाएका छन् ।

    आज नबिल बैंकको सर्वाधिक कारोबार भएको छ । यसको झन्डै साढे १४ करोडकोे शेयर किनबेच भएको छ । त्यस्तै, एनसीसी बैंकको प्रमोट सेयर ८ करोड र हिमाल दोलखा हाइड्रोेपावर साढे ७ करोड बढीको कारोबार भएको छ ।

  • जनताको अभिमत : पार्टी होइन पात्र

    जनताको अभिमत : पार्टी होइन पात्र

    काठमाडौं । प्रतिनिधिसभा र तथा प्रदेश सभाको प्रारम्भिक नतिजाहरु आउने क्रम जारी छ । सोमबार अबेरसम्म करीव १ सय निर्वाचन क्षेत्रको प्रारम्भक नतिजा आएको छ । जसमा कांग्रेस र एमालेबीच पहिलो हुने होडबाजी चलिरहेको छ । पुराना पार्टीलाई रवी लामिछानेको दल राष्ट्रिय स्वतन्त्र पार्टीले उत्तिकै चूनौति दिइरहेको छ । गठबन्धन गरेर गएका दलहरुलाई समेत जनताले पत्याएनन् । जसका कारण माओवादी केन्द्र र समाजवादी पार्टीले सोचेजति मत नपाएको देखिएको छ ।

    सोमबार सम्मको ट्रेण्ड अनुसार यस पटक जनताले पार्टी भन्दा पात्र हेरेको पाइएको छ । यसअघि पदमा नबसेका, जनताबाट आलोचित नभएका र परीक्षण नै हुन बाँकी व्यक्तिहरुले पार्टी भित्र र स्वतन्त्रमा समेत भोट पाइरहेको मत परिणामले देखाएको छ । मुस्ताङमा नेपाली कांग्रेसका योगेश गौचनले २९ वर्षको उमेरमै सांसद जित्न सफल भएका छन् । यो नै यस चुनावको पहिलो परिणाम हो । तराईमा सीके राउतलेजनमत पार्टीमार्फत जसपाका उपेन्द्र यादवलाई कडा टक्कर दिइरहेका छन् । उनको पार्टीले सप्तरीसहित तराईका विभिन्न जिल्लामा अग्रता लिएको छ ।

    काठमाडौं उपत्यकासहित शहरी इलाकामा समेत जनताले नयाँ स्वाद चाख्न चाहेको सन्देश दिएका छन् । जसको नतिजा ब्यालेटमा देखिन थालेको छ । यस पटक विभिन्न पेशा, व्यवसायमा दक्षता हाँसिल गरेका उम्मेदवारले संसदमा प्रतिनिधित्व गर्ने संकेत समेत देखिएको छ । ललितपुर ३ बाट अग्रता लिइरहेकी तोसीमा कार्की डाक्टर हुन् । काठमाडौं २ बाट अग्रता लिइरहेकी सोविता गौतम वकिल हुन् । यद्दपी सोमबारसम्म प्रारम्भिक नतिजा मात्र आएको हो । देशैभरबाट आउने परिणामले मात्र जनमतलाई अझ स्पष्टसँग विश्लेषण गर्न सकिन्छ ।

  • कांग्रेसले ३०–३२ सीट मात्र जित्छ : ओली

    कांग्रेसले ३०–३२ सीट मात्र जित्छ : ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अबको चुनावमा नेपाली कांग्रेसले ३०–३२ सिट मात्र जित्ने बताएका छन् । कैलालीको लम्कीमा एमालेले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै ओलीले भने, ‘कांग्रेसले १६५ मध्ये ८७ ठाउँमा मात्र उम्मेदवार बनाएकाले ३०–३२ सिट मात्र जित्छ, उनीहरुलाई बहुमत ल्याउन कठिन छ, बहुमत ल्याउने एमालेले नै हो ।’

    पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले सत्तारुढ गठबन्धनसँग भावी प्रधानमन्त्री बन्ने मान्छे नै नभएको दाबी गरे । अगामी निर्वाचनबाट बन्ने सरकारको नेतृत्व कसले हाँक्छ र गठबन्धनको नेता को हो भन्ने जवाफ उनीहरुसँग नभएको टिप्पणी उनले गरेका छन् । उनले सरकार बनाउँछौँ भन्ने विश्वास नभएकै कारण गठबन्धनले हाम्रो प्रधानमन्त्री फलानो हुन् भनेर भन्न नसकेको दाबी गरे ।

    ‘गठबन्धन की ठगबन्धनको अगामी कार्यक्रम के हो ? सरकार कसले हाक्छ ? नेता को हो ? एमालेले जस्तै गठबन्धनले फलानो हाम्रो प्रधानमन्त्री हो भनेर किन भन्न सक्दैन,’ ओलीले भने, ‘किनकी उनीहरुलाई सरकार बनाउँछौं भन्ने विश्वाव नै छैन । सरकार बनाउँदा पनि कुन पार्टीको कार्यक्रम लागु गर्ने त्यो छैन । त्यसैले यो गठबन्धनलाई विदा गरौं।’

  • रुसलाई घातक हतियार प्रयोग गर्नबाट रोक्न विश्वले तत्काल कदम चाल्नुपर्छ : जेलेन्स्की

    रुसलाई घातक हतियार प्रयोग गर्नबाट रोक्न विश्वले तत्काल कदम चाल्नुपर्छ : जेलेन्स्की

    काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मस्कोलाई घातक अस्त्र प्रयोग गर्नबाट रोक्न विश्वले तत्काल कदम चाल्नुपर्ने बताएका छन्। बीबीसीलाई दिएको अन्तर्वार्तामा उनले रुसी अधिकारीहरूले पछिल्ला दिनमा दिएका अभिव्यक्ति पूरै पृथ्वीको निम्ति जोखिमपूर्ण भएको बताएका हुन् । युक्रेनी राष्ट्रपतिले रुसलाई परमाणुअस्त्र प्रयोग गर्नबाट रोक्न अहिलेदेखि नै थप प्रतिबन्धहरू लगाइनुपर्ने बताए। क्रेम्लिनले युक्रेनमा परमाणु युद्धबारे रुसी समाजलाई तयार पार्न थालेको पनि उनले बताए।

    युक्रेन युद्धमा रुसको परम्परागत युद्ध फौजले निरन्तर विफलता बेहोरेको हुनाले त्यसो गरिएको उनले बताए। युक्रेनको जापोरिज्या परमाणु केन्द्र कब्जा गरेर मस्कोले त्यसतर्फ कदम चालिसकेको जेलेन्स्कीले बताएका छन्। बीबीसीसँगको अन्तर्वार्तामा राष्ट्रपति जेलेन्स्कीले आफूले रुसमाथि सैन्य आक्रमण गर्न नभनेको बताएका छन्। आफ्नो हालैको अभिव्यक्तिलाई गलत रूपमा अनुवाद गरिएको उनले बताए।

    आफूले रुसलाई रोक्नेगरि कारबाही गर्न भनेको तर त्यसको अर्थ रुसमाथि आक्रमण नभइ थप प्रतिबन्धात्मक कारबाही रहेको उनले बताए। बिहीवार एक अनलाइन कार्यक्रममा उनले गरेको टिप्पणीलाई लिएर क्रेम्लिनले चर्को प्रतिक्रिया दिएको थियो। रुसमाथि आक्रमण गर्न उक्साएको भन्दै क्रेम्लिनका प्रवक्ता डिमित्री पेस्कोफले त्यसलाई अर्को विश्वयुद्ध निम्त्याउने अपिललको सङ्ज्ञा दिएका थिए।

    पछिल्ला साताहरूमा युक्रेनी सेनाले सफल प्रत्याक्रमण गर्दै रुसको कब्जाबाट ठूलो क्षेत्रफल फेरि खोसेको छ। ती विफलताका कारण रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको चारवटा क्षेत्रलाई रुसमा गाभेको युक्रेनको भनाइ छ।


    रुसको उक्त कार्य अवैध भएको भन्दै व्यापक विरोध भइरहे तापनि त्यसले सात महिना लामो युद्ध झनै चर्कने खतरा बढेको बताइन्छ। यी घटनाक्रमका माझ राष्ट्रपति पुटिन तथा वरिष्ठ रुसी अधिकारीहरूले ती क्षेत्रको सुरक्षाका लागि परमाणुअस्त्र ( खासगरी अलि सानो परमाणुअस्त्र ) प्रयोग हुनसक्ने सङ्केत गरेका छन्।

  • एमाले मात्र राष्ट्रिय पार्टी हो : अध्यक्ष ओली

    एमाले मात्र राष्ट्रिय पार्टी हो : अध्यक्ष ओली

    काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा राष्ट्रिय पार्टी भनेको एमाले मात्र भएको बताएका छन्। विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले राष्ट्रिय पार्टी भएकाले सबैको आकर्षणको केन्द्र र विभिन्न पार्टी परित्याग गरेर एमाले प्रवेश गर्ने लहर चलेको दावि गरे ।

    अध्यक्ष ओलीले भने, ‘निर्वाचन लड्ने आँट एमाले मात्र गर्छ, यो रिले रेस होइन म्याराथन दौडिने पार्टी हो।’ उनले यो ढोडको लौरो टेक्ने पार्टी होइन आफ्नै खुट्टामा भर परेर हिँड्ने पार्टी भएकाले आगामी निर्वाचनमा बहुमत ल्याउने जिकिर गरे।

    अध्यक्ष ओलीले एमालेको एजेण्डाले देश, जनता, शान्ति, सुव्यवस्था, भ्रष्टाचार नियन्त्रण, विकास र जनताको सेवा एवं हितलाई सम्बोधन गर्ने भएकाले निर्वाचनमा जनताले यसैको पक्षमा मतदान गर्ने विश्वास व्यक्त गरे।उनले आगामी प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनमा केही सिटमा अन्य विचार मिल्ने पार्टीसँग सहमति कायम हुनेसक्ने बताए।

    रासस

  • बाबुराम भट्टराईसँग सहकार्य लामो समयसम्म चल्छ : प्रचण्ड

    बाबुराम भट्टराईसँग सहकार्य लामो समयसम्म चल्छ : प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले डा. बाबुराम भट्टराईसँगको सहकार्य लामो समयसम्म जाने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रचण्डले आफूहरुको सहकार्य चुनावसम्म मात्र नभएको बताए । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीले एउटै चुनाव चिह्नमा प्रतिस्पर्धा गर्दैछन् । प्रचण्डले देशलाई समृद्धिको विकासको नयाँ मोडल दिनु पर्छ भनेर सहकार्य गरिएको बताए ।

    संविधान जारी भएपछि बाबुराम भट्टराईले वैकल्पिक राजनीतिको र आफूले नेकपा एमालेसँग एकताको छुट्टाछुट्टै प्रयोग गरेको तर ती दुबै व्यवहारतः सफल नभएको भन्दै प्रचण्डले अब फेरि बाबुरामसँग मिल्ने बताए । प्रचण्ड र बाबुराम एक ठाउँमा हुँदा लाखौं करोडौं जनता एक ठाउँमा हुने उनको भनाई छ । प्रचण्ड र बाबुराम इतिहासले पैदा गरेको नेतृत्वहरु र युगान्तकारी भूमिका खेल्ने नेताहरु भन्दै प्रचण्डले उनीहरु अलग हुँदा कसरी आन्दोलन नै नराम्रोसँग धक्का खाँदो रहेछ र क्रान्तिकारीहरु हेपिँदा रहेछन् भन्ने अहिले भोगिरहेको बताए ।

  • जनभावना अनुसार काम गर्न सरकार कट्टीवद्ध छ : प्रधानमन्त्री

    जनभावना अनुसार काम गर्न सरकार कट्टीवद्ध छ : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जनताको चाहनाअनुरुप नेपालको संविधानले विगतमा नेपाली समाजमा रहेका छुवाछूत, विभेद र उत्पीडनजस्ता सामाजिक विकृति तथा विसङ्गतिलाई अन्त्य गरेको उल्लेख गरेका छन् । उनले संविधानले जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजको निर्माण गर्दै बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताएका छन् ।

    आठौँ संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा सबै नेपालीमा शुभकामना व्यक्त गर्दै उनले मुलुकको शासकीय सुधारका लागि विभिन्न कालखण्डमा भएका लोकतान्त्रिक आन्दोलनमा अग्रणी भूमिका निर्वाह गर्ने क्रममा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञातअज्ञात शहीदप्रति उच्च सम्मान व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् ।

    नेपाली कांग्रेसका सभापतिसमेत रहनुभएका प्रधानमन्त्री देउवाले कांग्रेसको नेतृत्व तथा नेपाली जनताको पूर्ण समर्थन, सङ्घर्ष र बलिदानबाट असोज ३ गते, २०७२ मा घोषणा भएको नेपालको संविधान हाम्रो सङ्घर्षपूर्ण लोकतान्त्रिक आन्दोलनको एउटा ऐतिहासिक एवं महत्वपूर्ण उपलब्धि भएको उल्लेख गरेका छन् ।

    यस उपलब्धि हासिल गर्नका लागि भएका सङ्घर्षहरूमा शारीरिक, भौतिक, आर्थिक र मनोवैज्ञानीक क्षति व्यहोर्नुभएका महानुभावलाई उच्च सम्मानपूर्वक स्मरण गर्दै उनले प्राकृतिक विपत् र कोभिड–१९ को महामारीबाट अल्पायुमै ज्यान गुमाउनुभएका दिदीबहिनी तथा दाजुभाइलगायत सबैमा श्रद्धासुमन अर्पण गरेका छन् ।

    कांग्रेस नेतृत्वको सरकार मुलुकमा सङ्घीय लोकतन्त्रिक प्रणालीलाई थप मजबुत पार्ने तथा संविधानको रक्षा र पालना गर्ने काममा निरन्तर क्रियाशील र प्रतिबद्ध रहेको उनले बताएका छन् । ‘सरकारले यसै वर्ष स्थानीय तहको आवधिक निर्वाचन सफलतापूर्वक सम्पन्न गरेको छ भने आगामी मङ्सिर ४ गते हुने सङ्घ र प्रदेशको निर्वाचनबाट संविधानले आत्मसात् गरेको लोकतन्त्र र मानव अधिकारका विश्वव्यापी मान्यता तथा सबैको हक र अधिकार व्यावहारिक रुपमा स्थापित हुनेछ’, उनले शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।

    प्रधानमन्त्री देउवाले संविधानको कार्यान्वयन गर्दै हाम्रा साझा हक अधिकारलाई स्थापित गर्ने तथा मातृभूमिको विकास र समुन्नतिलाई सुनिश्चित गर्ने दिशामा सदा झैँ सम्पूर्ण नेपाली नागरिकको साथ, सहयोग र समर्थन प्राप्त हुने विश्वास लिएका छन् । उनले सरकार संविधानको मर्म र भावनालाई जनताको जीवनमा महसुस हुनेगरी कार्यान्वयन गर्न प्रतिबद्ध रहेको बताएका छन् ।

  • संविधानले नेपालीलाई एकताको सुत्रमा बाँधेको छ : राष्ट्रपति

    संविधानले नेपालीलाई एकताको सुत्रमा बाँधेको छ : राष्ट्रपति

    काठमाडा\रासस । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवस तथा राष्ट्रिय दिवस, २०७९ का अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै संविधानले नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताएकी छन् । शुभकामना सन्देशमा राष्ट्रपति भण्डारीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनार्थ भएका विभिन्न आन्दोलनका क्रममा जीवन उत्सर्ग गर्ने शहीदप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै मुलुकमा लोकतान्त्रिक प्रणालीको जग बसाल्न पथ प्रदर्शन गर्ने सम्पूर्ण अग्रजप्रति सम्मान प्रकट गरेकी छन् ।

    ‘नेपाली जनताको दशकौँ लामो सङ्घर्ष र बलिदानको फलस्वरूप २०७२ साल असोज ३ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको ऐतिहासिक उपलब्धिको सम्झना र सम्मान गर्न आज हामी संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइरहेका छौँ’ सन्देशमा भनिएको छ, ‘वर्तमान संविधानले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छ ।’

    उनले संविधानद्वारा सुनिश्चित गरिएका मौलिक अधिकारको कार्यान्वयन गरी राज्यबाट प्राप्त हुने सेवा र सुविधामा सबै नागरिकको समान पहुँच स्थापित गर्नुपर्नेमा जोड दिँदै नवस्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र सुदृढीकरण गर्न मुलुकको राष्ट्रिय एकता, अखण्डता र जनतामा निहित सार्वभौमसत्तालाई सर्वोपरि राख्न आवश्यक रहेको उल्लेख गरेकी छन् ।

    ‘देशको हित र जनताको उन्नतिभन्दा ठूलो हाम्रो अर्को कुनै लक्ष्य हुन सक्दैन । यही भावनाबाट अनुप्राणित भई संविधानको पालना र कार्यान्वयन गर्न राज्यका सबै अङ्गहरूले निष्पक्ष र न्यायपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दछु’ राष्ट्रपति भण्डारीले भनिन्, ‘संविधान जारी भएपश्चात् प्रतिनिधिसभा तथा प्रदेशसभाको दोस्रो निर्वाचन आगामी मङ्सिर ४ गते सम्पन्न हुन गइरहेको छ । आम निर्वाचनमा सक्रियतापूर्वक सहभागी भई आफ्नो लोकतान्त्रिक अधिकारको सदुपयोग गर्नमा सबै मतदाताहरूमा हार्दिक अपिल गर्दछु ।’

    उनले शान्तिपूर्ण, निष्पक्ष र स्वतन्त्र वातावरणमा मतदान गर्न पाउने नागरिक अधिकार सुनिश्चित गर्न नेपाल सरकार, निर्वाचन आयोग, सुरक्षा निकाय, राजनीतिक दल, सञ्चारमाध्यमका साथै सम्पूर्ण जनसमुदायमा आह्वान पनि गरेकी छन्।

  • उमेर उच्छश्रृखलता र अपराध

    उमेर उच्छश्रृखलता र अपराध

    कल्पना शाक्य
    अधिवक्ता

    शिशु अवस्था, बाल्यकाल, किशारावस्था, यौवन, परिपक्वता र बृद्धावस्था मानिसले जिवनकालमा पार गर्ने उमेरका चरणहरु हुन् । हरेक उमेरको आफ्नै विशेषता छन्, अधिकार र दायित्व छन् । उमेरका यी चरणहरुमध्ये किशोरावस्था सबैभन्दा सम्बेदनशिल मानिन्छ । किनभने बढी रम्ने, रमाउने, मै मात्र ठिक, क्षणिक रमाईलो र आकर्षणमा मात्र भुल्न खोज्ने जस्ता लक्षण यो उमेर समूहमा स्वभाविक रुपमा देखिन्छ ।

    मानिसको शरीरमा निधार पछाडी मस्तिष्कको भागमा रहेको Prefrontal Cord हो जसको मुख्य काम भविष्यको बारेमा नसोची तुरुन्तै मजा आउने काममा रमाउने ईच्छाहरुलाई रोक्नु हो । । २० वर्ष उमेर नपुग्दासम्म आफ्नो लागी सही र गलत छुट्याउन सक्ने गरी यो अङ्ग पूर्ण विकसित भईसकेको हुँदैन । किशोर किशोरीमा यो अङ्गको विकास नभईसकेको हुँदा उनीहरु, तुरुन्तै आनन्द दिने कुराहरुमा आकर्षित हुन्छन् ।

    एउटा ब्यक्ति आफ्नो एउटै जीवनमा धेरै ब्यक्ति, विचार, ठाउँ, चिजबस्तुप्रति आकर्षित हुनु प्राकृतिक विशेषता नै हो । आखाँबाट मनमा उत्रेर ओठबाट वाह शब्द निस्कन्छ भने त्यो नै आकर्षण हो । बाह्य रुप, बिचार बौद्धिकता, ब्यबहार, साहस, लगनशिलता, मिलनसारिता आदी जुनसुकै कुराको आकर्षणले मानिसलाई खिच्दछ तसर्थ बिपरित लिङ्ग र यौनसम्म मात्र आकर्षणलाई सिमीत गरेर बुझ्नु बैचारिक संकुचताको पराकाष्ठ हो तर पनि आकर्षणकै बहकावमा बहकिएर धेरै अपराध घटित भईरहेको परिप्रेक्षमा यहाँ यौन अपराधकै चर्चा गरिएको छ ।

    नैतिकताको कसीमा उभिएर हेर्ने हो भने भरोसा तोड्नु जस्तो ठूलो अपराध अर्को हुन सक्दैन । तर अहिले हाम्रो समाजमा बारबार भरोसा तोडिएका घटनाहरु सार्वजनिक भईरहेका छन् । कहिले आफ्नै संरक्षकबाट त कहिले आफ्नै प्रेमीबाट यौन दुर्व्यवहारको शिकार भएका घटना दिनप्रतिदिन बढ्दै जान थालेपछि आफ्नो प्रभावमा रहेका व्यक्तिबाट आफ्नो स्वार्थ पुरा गराउने कार्यलाई नेपालको कानुनले समेत अपराधको परिभाषाभित्र समेट्यो । यौन सम्बन्ध स्थापित गर्नको लागी योग्य उमेर निर्धारण गर्यो । यसो गर्नुको मकसद ब्यक्ति शारीरिक वा मानसिक रुपमा त्यसको लागी तयार भईसकेको होस् भन्ने नै हो । तसर्थ निश्तित उमेर नपुगेसम्म सहमतीले पनि शारीरिक सम्बन्ध कायम गराउन नहुने व्यवस्था कानुनले गर्यो ।

    वर्तमान कानुनी व्यवस्था अनुसार दुबैको सहमतिमा नै भएको सम्बन्ध पनि जबरजस्ती करणीको अपराध हुने अवस्थाहरु ;

    मुलुकी फौजदारी अपराध संहिता, २०७४ को दफा २१९ को उपदफा (२) : “कसैले मञ्जुरी लिएर भए पनि अठार वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा ।

    दफा २१९ को उपदफा (२) (क) : करकाप, अनुचित प्रभाव, डर, त्रास, झुक्यानमा पारी वा अपहरण गरी वा शरीर बन्धक लिई लिएको मञ्जुरीलाई मञ्जुरी मानिने छैन ।

    दफा २२२ को उपदफा (१) आफ्नो संरक्षण वा सुरक्षामा रहेको व्यक्तिसँग करणी गरेमा ।

    दफा २२३ : कार्यालय वा पेशागत सेवा प्राप्त गर्ने व्यक्तिसँग करणी गरेमा ।

    (तसर्थ विवाह गर्ने झुठो प्रलोभन दिएर केटिको मञ्जुरी लिई सम्बन्ध बनाएता पनि बलात्कार नै ठहर्छ)

    कानुनी व्यवस्थाका विवादीत पाटोहरु : १)​हाम्रो कननुनले १८ वर्ष मुनिका किशोरीसँग सहमतिमै शारीरिक सम्बन्ध बनाउँदा उमेर पुगेका पुरुषलाई सजाय हुने व्यवस्था भए जसरी १८ वर्ष मुनिका पुरुषसँग उमेर पुगेका महिलाले शारिरिक सम्बन्ध कायम राख्दा सो व्यवहारलाई अपराधभित्र नसमेटेको हुँदा सजायको कुनै गुञ्जायश रहेको देखिदैन । यसले गर्दा कानुन बिभेदकारी देखिन्छ ।

    २)​ बालिग हुने उमेरको हद १६ वर्षबाट १८ बर्षको बनाईदिदा १७ वर्षकी किशोरीसँग सहमतिमा सम्बन्ध बनाउँदा कसुर ठहर्ने कानुनले गर्दा धेरै किशोर तथा युवाहरु बलात्कार जस्तो जघन्य अपराधमा अपराधी घोषित भईरहेको वर्तमान परप्रेक्षसँग धेरैको असन्तुष्टि रहेको ।

    कानुनको स्पष्ट व्यवस्थाको कारण सो कानुन यथावत रहेसम्म परिपालना गर्नुको बिकल्प छैन । भोलिको दिनमा यो कानुन परिवर्तन गर्न जरुरी छ/छैन? भन्ने विषयमा सामाजिक बहस चलाउन सकिन्छ ।

    सामाजिक मनोविज्ञान :

    जैविक बाहेक अन्य सामाजिक, मनोबैज्ञानिक कारणहरुले गर्दा पनि किशोर किशोरीहरु गलत बाटेमा लाग्न सक्छन् । छोरी मान्छेले आँट दिएपछि छोरा मान्छेले बाँकी राख्छ र? किन उत्ताउलो हुनु? , छोटा लुगा लगाउनु ? , राति राति हिड्नु ? किन अहिलेदेखि प्रेम गर्नु ? यसो गरेपछि त, उसो गरेपछि त केटा मान्छेले बाँकी राख्छ त? आफुलाई जोगाएर, लुकाएर राख्न नसक्नुमा दोष केटीकै भएन र ? झट्ट हेर्दा त छोरीलाई भएभरको दोष दिई पुरुषको पक्षपोषण गरेजस्तो देखिए पनि यस्तो मानसिकताले छोरा मान्छेलाई त झन पशुसँग तुलना गरिरहेको छ, वास्तवमा । मान्छेले जसरी बाघ भालुसँग आफुलाई जोगाएर राख्दछ त्यसरीनै महिलाले आफुलाई पुरुषबाट जोगाएर राख्नुपर्ने मान्यताको प्रतिनिधित्व यस्तो मनोविज्ञानले गरिरहेको छ । पुरुषसँग पनि विवेक हुन्छ, गर्न हुने र नहुने काम छुट्याउनु पर्छ, असल पुरुषले कानुन उल्लङ्खन गर्दैन, गर्न हुँदैन भनेर सोच्न सम्म नसक्नुले पुरुषलाई विवेकशिल मानिस होईन बरु आफुभन्दा निर्बललाई झम्टिहाल्ने पशु ठानिरहेको छ ।

    अन्त्यमा;
    जब जब महिला बिरुद्ध पुरुषद्वारा हुने हिंसाका घटना बाहिर आँउछन् तब तब समाज ठ्याक्कै बिपरित दुई ध्रुवमा बाडिन्छन्, एकथरी महिलालाई सत्तोसराप गर्छन् अर्काथरी पुरुषलाई । गल्ति महिलाबाट पनि हुन्छ पुरुषबाट पनि । तर गल्ति र अपराध फरक कुरा हुन् । विश्वास नगर्नुपर्ने मानिसलाई विश्वास गरेर आफ्नो आत्मसम्मानको बली चढाई सजिलैसँग आफुलाई सुम्पदा त्यहाँ गल्ति भईरहेको हुन्छ तर त्यो विश्वासको घाँटी रेट्दा अपराध हुन्छ । गल्ति गर्नेले माफी पाउँछ तर अपराधीले कानुन अनुसारको सजाय भोग्नै पर्दछ ।

    हामीले पक्ष र बिपक्षमा चरमबादी भएर उभिनु भन्दा अगाडी यो बिर्सनु हुँदैन कि हरेक घरमा छोरा पनि छ, हरेक घरमा छोरी पनि छ । छोराछोरी दुबैलाई आत्म सम्मानको बारेमा सिकाउनु जरुरी छ । संसारमा सबै मानिस बिशेष छन्, ऊ जस्तो न कोही थियो न कोही हुनेछ यति कुरा छोरीहरुले जानेका भए कसैलाई भगवान नै सम्झिएर उसका अगाडि लम्पसार पर्ने थिएनन् होला । कसैले विश्वास गरेपछि त्यो विश्वास डगमगाउन दिनु हुँदैन, आफुभन्दा कमजोरलाई सुरक्षा प्रदान गर्नुपर्छ, आफ्नो संरक्षणमा रहेकालाई जोगाउनु मेरो दायित्व हो, ईज्जत छोरा मान्छेको पनि गहना हो भन्ने कुरा छोराले जानेका भए अवश्य पनि बालिका बलात्कारका घटनाहरु बढ्ने थिएनन् होला ।

  • अदालतको परमादेशबाट प्रतिनिधिसभा ब्यूतिनु असंवैधानिक कदम हो : ओली

    अदालतको परमादेशबाट प्रतिनिधिसभा ब्यूतिनु असंवैधानिक कदम हो : ओली

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतको परमादेशबाट प्रतिनिधिसभा पुनःस्थापनालाई असंवैधानिक कदम भनेका छन् । शनिबार प्रतिनिधिसभा अधिवेशनको अन्तिम बैठकलाई सम्बोधन गर्दै ओलीले वर्तमान सरकारको पालामा भ्रष्टाचारसमेत बढेको बताए ।
    आफ्नो सरकारले गत वर्ष वैशाख १७ र २७ गते चुनाव घोषणा गर्नु प्रतिगमन नभएको पनि उनले दोहोर्‍याए ।

    उनले भने, ‘गत वर्ष वैशाख १७ र २७ गते चुनाव गर्दा प्रतिगमन कहाँ आउँथ्यो । निर्वाचनमा जानुलाई प्रतिगमन भनिँदैन । परमादेशबाट असंवैधानिक तरिकाले सरकार गठन गरिनुचाहिँ प्रतिगमन हो ।’ त्यसअघि प्रधानमन्त्रीले परमादेशकै कारणले सदनमा ओलीसँग संसद्‍मा भेट भएको बताएका थिए ।

    त्यसै प्रसंगलाई उप्काउँदै ओलीले भने, ‘आज छुट्टिने बेलामा के कठोर बोली बोल्नु छ र, प्रधानमन्त्रीले यस्सो कुरा उठाउनु भएको भएर मात्र बाटो बिराउला कि भनेर त्यसलाई सही बाटोमा लैजान मात्र भनेको हुँ । अहिले भ्रष्टाचार त के कुरा गर्नु र ? …भन्दा देख्नेलाई लाजु एउटा नेपालीमा उखान छ त्यसको आधी मात्र भनेको । भ्रष्टाचारको उन्मूलन संविधान र कानुनबमोजिमको राज जनताले आकांक्षा गरेका हुन्छन् ।बाहिरबाहिर एकथोक भनिने र भित्रभित्र अर्कोथोक गरिने अपेक्षा गरेका हुँदैन जेहोस् सम्माननीय प्रमले यसो कुरा उप्काउनु भएको हुनाले मात्र यो कुरा भनेको हुँ ।’

    प्रतिनिधिसभाको कार्यकाल असोज १ (शनिबार) मा सकिँदै छ । शुक्रबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभाको यो अधिवेशन असोज १ गते मध्यराति १२ बजेबाट अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरिसकेको छ ।

  • परमादेशकै कारण ओलीसँग संसदमा भेट भएको हो : प्रधानमन्त्री

    परमादेशकै कारण ओलीसँग संसदमा भेट भएको हो : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वोच्च अदालतको परमादेशले गर्दा नै एमाले अध्यक्ष केपी शर्मा ओलीसँग संसद्‍मा भेट भएको बताएका छन् । संसद्‍ बैठकमा बोल्दै प्रधानमन्त्री देउवाले भने ओलीसँग काम गर्ने अवसर मिलेको बताए ।

    ‘हुन त हाम्रो प्रतिपक्ष दलको नेताले परमादेशको सरकार भनेर भन्नु हुन्छ । यो संसद्‍ नै परमादेशबाट आएको हो । जसमा उहाँहरू र म काम गर्न पाइरहेका छौं । परमादेश नभएको भए उहाँ र हामी सँगै बसेर काम गर्न पाउने थिएनौं । विधेयक पारित गर्न सक्दैनथ्यौं । परमादेशले भेट गर्ने मौका दिएको छ,’ देउवाले भने ।

    यस क्रममा देउवाले सरकारले राम्रो उपलब्धी हासिल गरेको पनि दाबी गरे । ‘संविधान जारी भएपछि संघ, प्रदेश र स्थानीय तहको निर्वाचन गर्ने अवसर प्राप्त भयो । यसमा महत्त्वपूर्ण कार्यमा गठबन्धनका सबै दललाई स्मरण गर्न चाहन्छु, ‘गणतन्त्र आएपछि संसद्‍ पहिलो पटक विघटन भयो,’ उनले भने ‘जनताले संघर्षबाट ल्याएको संविधानलाई रक्षा गर्नका लागि सहकार्य गरेर संविधान बमोजिम मात्रै चल्नुपर्छ ।’

  • शहरी श्रमिकको व्यवस्थापन गर्न बालेनलाई बाबुराम भट्टराईको सुझाव

    शहरी श्रमिकको व्यवस्थापन गर्न बालेनलाई बाबुराम भट्टराईको सुझाव

    काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले काठमाडौं महानगरका मेयर बालेन शाहसँग स्वरोजगार श्रमिकका लागि ठाउँ र समय तोकेर व्यवस्थापन गर्न माग गरेका छन्। पछिल्लो समय मेयर शाहले चलाएका अभियानको प्रशंसा र समर्थन गर्दै भट्टराईले स्वरोजगार श्रमिकको बाध्यता बुझ्न आग्रह गरेका हुन् ।

    ‘काठमाडौं महानगरपालिकालाई व्यवस्थित गर्ने, मृतप्रायः बनेका नदीलाई पुनर्जीवन दिने आदि मेयर बालेन शाहका पहल प्रशंसनीय छन्,’ उनले शुक्रबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘फुटपाथ पनि व्यवस्थित गर्नुपर्छ । तर संसारभर स्वरोजगार श्रमिकहरू फुटपाथ वा सार्वजनिक ठाउँमा व्यवसाय गर्न बाध्य हुन्छन्। अतः निश्चित ठाउँरसमय तोकेर तिनको व्यवस्थापन गर्नैपर्छ।’

  • विदेशी लगानी भित्राउन बोर्डको भूमिका महत्वपूर्ण : प्रधानमन्त्री

    विदेशी लगानी भित्राउन बोर्डको भूमिका महत्वपूर्ण : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विदेशी लगानी आकर्षण र सहजीकरणका लागि लगानी बोर्डले परिपक्व भूमिका निर्वाह गरेको बताएका छन् ।
    बुधबार लगानी बोर्डले आयोजना गरेको दीगो पूर्वधार लगानी फोरमको उद्घाटन सत्रमा बोल्दै प्रधानमन्त्री देउवाले विदेशी लगानी आकर्षण गर्न बोर्डले सकारात्मक भूमिका खेलेको बताएका हुन् । प्रधानमन्त्री देउवाले शून्य कार्बन उत्सर्जनको लक्ष्य प्राप्तिका लागि साध्य र साधन तयार हुनुपर्ने बताए ।

    यो उद्देश्य प्राप्तिका लागि विकास साझेदारहरूलाई सहयोग बढाउन प्रधानमन्त्री देउवाले आह्वान पनि गरे । कार्यक्रममा प्रधानमन्त्रीले बोर्डले सञ्चालनमा ल्याएको डिजिटल एकल बिन्दु सेवाको पनि उद्घाटन गरे । प्रधानमन्त्री देउवाले लगानी बोर्डको परियोजना बैंक निर्देशिका पनि सार्वजनिक गरेका छन् । सार्वजनिक–निजी साझेदारीमा कार्यान्वयन गरिने प्राविधिक र आर्थिक दृष्टिले सम्भाव्य लगानी योग्य परियोजनाहरूको संग्रहको सूची निर्दशिकामा समेटिएका छन् ।

  • बालबालिकाको संरक्षण परिवार र राज्य दुबैको दायित्व हो : प्रधानमन्त्री

    बालबालिकाको संरक्षण परिवार र राज्य दुबैको दायित्व हो : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बालबालिकाको संरक्षण र विकासमा परिवार तथा राज्य दुवैको भूमिका महत्वपूर्ण हुने बताएका छन्। उनले बालबालिकाको अधिकारको संरक्षण गर्दै बालमैत्री राष्ट्र निर्माणका लागि प्रत्येक घर परिवार तथा समुदाय, स्वास्थ्य सेवा तथा विद्यालय बालमैत्री हुन जरुरी रहेकोसमेत बताए। प्रधानमन्त्री देउवाले राष्ट्रिय बाल दिवस, २०७९ का अवसरमा देशभरका सम्पूर्ण बालबालिकामा बधाई तथा शुभकामना व्यक्त गर्दै उनीहरूको सुखद् र उज्ज्वल भविष्यको कामना गरेका छन्।

    राष्ट्रिय बाल दिवस, २०७९ ‘बालमैत्री समाजको आधार– जिम्मेवार परिवार, उत्तरदायी सरकार’ भन्ने नाराका साथ मनाउन लागिएको छ। नेपालको संविधानले बालबालिकाको हकलाई मौलिक हकको रूपमा आत्मसात् गर्दै प्रत्येक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालन–पोषण, उचित स्याहार, खेलकुद, मनोरञ्जन तथा सर्वाङ्गीण व्यक्तित्व विकासको हक हुने लगायतका कुराको प्रत्याभूति गरेको छ।

    बालबालिका राष्ट्रका कर्णधार, भोलिका नीति निर्माता तथा देश र समाजका परिवर्तनका संवाहक भएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले बालबालिकालाई संविधान र कानूनले प्रत्याभूत गरेका सबै किसिमका हकअधिकार निर्वाध उपभोग गर्नसक्ने व्यवस्था सुनिश्चित गर्न सरकार लागि परेको बताए।

    उनीहरूलाई उचित शिक्षा दीक्षा दिई असल जिम्मेवार, देशभक्त र उत्पादनशील नागरिकका रूपमा तयार गर्न सबैले जोड दिन आवश्यक रहेकोसमेत उनले बताए। ‘बालबालिकाको शिक्षा, स्वास्थ्य, पालनपोषण, उचित स्याहार, मनोरञ्जन, खेलकुद तथा सर्वाङ्गीण व्यक्तित्व विकासको लागि नेपाल सरकारले नीतिगत, कानूनी, संस्थागत र संरचनागत व्यवस्था गर्दै विभिन्न कार्यक्रमको तर्जुमा एवं कार्यान्वयन गर्दै आइरहेको छ’, उनले भने।

    मुलुक सङ्घीय शासन प्रणालीमा रुपान्तरित भएको वर्तमान परिप्रेक्ष्यमा बालबालिकाको समय हकअधिकारको संरक्षण एवं विकासमा सङ्घका अतिरिक्त प्रदेश र स्थानीय सरकारले पनि उत्तिकै जिम्मेवारीबोधका साथ काम गर्नुपर्ने खाँचो उनले औँल्याए। बालबालिकाको हकअधिकारको संरक्षण र बालमैत्री समाज निर्माणका लागि तीनै तहका सरकारबीच पारस्परिक सहयोग, समन्वय र सहकार्य अनिवार्य रहेको प्रधानमन्त्री देउवाको भनाइ छ।

    बालबालिकाको उज्ज्वल भविष्यका लागि घर परिवार, समाज एवं सबै सरोकारवाला जिम्मेवार बन्नु आवश्यक रहेको बताउँदै उनले सबैको साझा लक्ष्य र गन्तव्य भनेको बालअधिकार सुनिश्चित भएको बालमैत्री राष्ट्र निर्माण गर्नुपर्ने बताए। बालबालिकाको अधिकारको सम्मान, संरक्षण र प्रवद्र्धन गरी बालबालिकाको सर्वोत्तम हित कायम गर्नु सबैको दायित्व भएको बताउँदै प्रधानमन्त्री देउवाले सबैको साझा प्रयास, सहयोग, समन्वय र सहकार्यबाट मात्र बाल अधिकार सुनिश्चित भएको बालमैत्री समाज निर्माण गर्न सकिन्छ भन्ने अपेक्षा गरेका छन्।

    उनले दिवसका अवसरमा बालबालिकाको हकअधिकार र कल्याणका क्षेत्रमा कार्यरत सरोकारवाला निकायलाई आगामी दिनमा बालबालिकाको हकअधिकारको संरक्षण र विकासमा अझ बढी जिम्मेवार भई कार्य गर्न थप ऊर्जा र प्रेरणा मिलोस् भन्ने कामनाका साथ सबैमा शुभकामना व्यक्त गरेका छन्।

  • नेपालप्रति महारानी एलिजावेथको अगाध आत्मियता थियो : ज्ञानेन्द्र शाह

    नेपालप्रति महारानी एलिजावेथको अगाध आत्मियता थियो : ज्ञानेन्द्र शाह

    काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले बेलायती महारानी एलिजावेथको निधनमा दुःख व्यक्त गरेका छन्। शुक्रबार एक शोक वक्तव्य निकाल्दै उनले महारानी एलिजावेथको नेपालप्रति अगाध आत्मियता रहेको बताएका हुन् । ‘संयुक्त अधिराज्यकी महारानी एलिजावेथ द्वितीयको निधनको खबर सुनेर हामीलाई दुःख लागेको छ। स्वर्गीय महारानी राजगद्दीमा ७ दशक अवधि विराज भएर उहाँले शालीन र उच्च राजकीय मूल्य निर्वाह गरिबक्सेको कुरा सदा स्मरणीय छ।

    साथै, नेपालप्रति उहाँको अगाध आत्मीयता पनि सदा उल्लेख्य छ,’ पूर्वराजा शाहले भनेका छन्,‘ नेपाल र संयुक्त अधिराज्यबीच दुई शताब्दिभन्दा बढी समयदेखि स्थापित भएको दौत्य सम्बन्धको स्मरण गर्दै विभिन्न भ्रमणका अवसरमा स्वर्गीय महारानीसँगको भेट वार्तालाई गहनतम् प्राथमिकता दिएका छौं।’ उनले एलिजावेथप्रति श्रद्धाञ्जली प्रकट गर्दै शोक सन्तप्त राजपरिवार, बेलायती सरकार एवं बेलायती जनताप्रति समवेदना प्रकट गरेका छन्।

    एलिजावेथको बिहीबार ९६ वर्षको उमेरमा निधन भएको थियो। गद्दी सम्हालेपछि एलिजावेथ पहिलो पटक सन् १९६१ (विस २०१७) मा तत्कालीन राजा महेन्द्रको निमन्त्रणामा नेपाल आएकी थिइन्। त्यतिबेला नेपाल र बेलायतका राजपरिवारबीच भ्रमणको आदान–प्रदान हुन्थ्यो। दोस्रो पटक एलिजावेथले २०४२ फागुनमा नेपालको राजकीय भ्रमण गरेकी थिइन्। त्यतिबेला राजा वीरेन्द्रले उनलाई नेपाल भ्रमणको निम्तो दिएका थिए।

    आफ्नो शासनकाल एलिजावेथले सबै कमनवेल्थ देशहरूको भ्रमण गरेकी थिइन्। विभिन्न देशमा उनको लोकप्रियता बढ्दो थियो। नेपाल कहिले पनि उपनिवेश नभए पनि गोर्खा भर्तीका कारण नेपाल र बेलायतको सम्बन्ध गहिरो थियो। बेलायत र नेपालको त्यही विशेष सम्बन्धका कारण महारानी एलिजावेथ दुई पटक नेपाल आएकी हुन्।

  • भोटका लागि एमालले नागरिकता विधेयकमा पाखण्डी प्रचार गरिरहेको छ : प्रचण्ड

    भोटका लागि एमालले नागरिकता विधेयकमा पाखण्डी प्रचार गरिरहेको छ : प्रचण्ड

    भरतपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नागरकिता विधेयकबारे एमालले भोटका लागि पाखण्डी प्रचार गरिरहेको बताएका छन् । विधेयकका प्रावधान एमालेले ल्याएको अध्यादेश भन्दा फरक नभएको भन्दै अहिले उसले गरिरहेको प्रचार केवल भोटका लागि भएको प्रचण्डको भनाई छ । बुधबार भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले नेकपा एमालेले भोट बटुल्न गलत प्रचार गरेको बताएका हुन् ।

    विधेयकमा आमाबुवा दुवै नेपालको नागरिक भएका छोराछोरीले नागरिकता पाउने विषय मात्र नयाँ भएको समेत स्पष्ट पारे । केपी शर्मा ओली प्रधानमन्त्री हुँदा लगिएको अध्यादेशमा भएका व्यवस्थाभन्दा कुनै फरक नभएको भन्दै उनले अगाडी भने, ‘ती मान्छेहरू जसले यही विधेयकलाई पोहोर अध्यादेशका रूपमा लगेका थिए तिनीहरूले नै यसलाई राष्ट्रघाती भन्नुभन्दा बेइमानी र अनैतिक केही हुँदैन ।’

    राज्यव्यवस्था तथा सुशासन समितिको प्रस्ताव सदनमा लैजान पनि तत्कालीन नेकपाका अध्यक्ष ओली र एमाले गुटले नै नमानेको उनले बताए । एमालेले चुनावलाई हेरेर गलत प्रचार गरिहेको छ भन्दै उनले भने, ‘राष्ट्रवादको मुकुण्डो लगाएर भोट बटुल्न सकिन्छ कि भनेर दुस्साहस गरिररहेका छन् । तर नेपाली जनता सचेत भइसकेका छन्, बुझिसकेका छन् । यस्ता पाखण्डी प्रचारको पछि लाग्दैनन् ।’