Category: बिचार

  • कांग्रेस बदल्न पद त्याग गर्न पनि तयार छु : गगन थापा

    कांग्रेस बदल्न पद त्याग गर्न पनि तयार छु : गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू कांग्रेस बदल्ने अभियानमा लागेको बताएका छन् । नेपाली कांग्रेस दोलखा–काठमाडौं सम्पर्क समितिले शनिवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा महामन्त्री थापाले कांग्रेस बदल्न आफू महामन्त्री पद त्याग गर्न पनि तयार रहेको बताए ।

    एउटै व्यक्ति ५–६ पटक प्रधानमन्त्री बन्ने कुराले पार्टी नचल्ने भएकाले कांग्रेस, एमाले र माओवादी जस्ता पुराना पार्टीहरु आज एकसाथ सङ्कटमा पर्न गएको उनको भनाई छ । आफूले व्यक्तिको नभइ पार्टीनै बदल्ने कुरा गरेको बताए । थापाले प्रजातन्त्रमा एउटै व्यक्ति पटकपटक प्रधानमन्त्री हुने कुनै पनि देश नभएको दाबी समेत गरे ।

    दाग लागेको कांग्रेसको महामन्त्री बन्नुभन्दा सफा कांग्रेसको कार्यकर्ता भएर बस्नु उचित भएको उनको भनाइ छ । महामन्त्री थापाले कांग्रेस बदलिए मात्रै देश बदलिने भएकाले कांग्रेस बदल्ने अभियानमा जुट्न पार्टीका नेता, कार्यकर्तालाई आग्रह गरे ।

  • धान दिवसमा प्रधानमन्त्रीको सन्देश

    धान दिवसमा प्रधानमन्त्रीको सन्देश

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले धान चामलमा आत्मनिर्भर हुने दिशामा योगदान गर्न सम्पूर्ण देशवासीहरुमा आह्वान गरेका छन् । जलवायु अनुकूलित धानका जातहरु, उत्पादन प्रविधिहरुको विकास र अवलम्बनमार्फत् दिगो रुपमा धान उत्पादन बढाउन सकिने उनको भनाइ छ ।


    राष्ट्रिय धान दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री प्रचण्डले यथास्थितिमा धान उत्पादन वृद्धिको लक्ष्य पूरा हुन कठिन हुने भन्दै जलवायु अनुकूलका धानका जातको खेतीमा जोड दिएका हुन् । उनले भनेका छन्, ‘जलवायु अनुकूलित धानका जात र खेती प्रविधिको विकास र कृषकस्तरमा प्रविधि हस्तान्तरणलाई अझ बढी व्यवस्थित बनाउनुका साथै यसको गति बढाउनु अत्यावश्यक छ ।’

    पछिल्लो समय जलवायु परिवर्तनका कारण सुख्खा खडेरी, अतिवृष्टि, असमयको वर्षा, बाढी पहिरो, रोग तथा किराको प्रकोप आदि बढ्दा धान उत्पादनमा नकारात्मक असर बढ्दै गएकाले जलवायु अनुकूलका धानका जात र खेती प्रविधिको विकास गर्नुपर्ने प्रधानमन्त्रीको भनाइ छ । त्यसैले सरकारले यस वर्षको राष्ट्रिय धान दिवसको नारा ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ तय गरेको छ ।

  • एमाले सचिव  भट्टराईमाथि इलाममा कालो झण्डा देखाइयो

    एमाले सचिव भट्टराईमाथि इलाममा कालो झण्डा देखाइयो

    काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले एमाले र एमालेको नेतृत्वलाई हमला गरेर कोशी प्रदेशको समस्या हल नहुने बताएका छन् । प्रदेशको नाम कोशी राखेको विरोधमा आन्दोलन गरिरहेको समूहले भट्टराईलाई इलाममा कालो झण्डा देखाएका थिए । आफूलाई कालो झण्डा देखाएको प्रशंग उल्लेख गर्दै भट्टराईले समाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘एमाले र एमालेको नेतृत्वलाई हमला गरेर कोशी प्रदेशको समस्या हल हुँदैन ।’

    उनले बिरोध शान्तिपूर्ण मान्यताभित्र हुनुपर्ने बताउँदै उत्तेजनात्मक, निषेधकारी र हिंसात्मक तरिका मान्य नभएको बताएका छन् । ‘आज मलाई कालो झन्डा देखाउनेहरुको अधिकारका लागि म स्वयम र मजस्ता लाखौंले लडेर ल्याएको बिरोध गर्ने अधिकारको अभ्यास उहाँहरुले गर्नु भएकोमा लोकतन्त्रको संघर्समा हामीले बिताएको समयले सार्थकता पाएको अनुभुती भएको छ,’ उनले लेखेका छन् ।

    मदन भण्डारी फाउण्डेसन ईलामले ७२ औ मदन जयन्तीका अवसरमा आयोजना गरेको अन्तक्रिया कार्यक्रममा जाँदै गर्दा ईलाम बजारमा केही व्यक्तिले कालो झण्डा देखाएका हुन् ।

  • चित्त नबुझे नयाँ सरकार बन्छ : गगन थापा

    चित्त नबुझे नयाँ सरकार बन्छ : गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गठबन्धन फेरिनु र नयाँ सरकार बन्नु नौलो कुरा नभएको बताएका छन् । काठमाडौंमा(४ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले अहिलेको गठबन्धनले चित्त बुझ्ने गरी काम नगरे फेर्न सकिने बताए । ‘हामी अहिले एक गठबन्धनमा छौँ, गठबन्धन ठीक ढंगले गएन, चित्त बुझेन भने गठबन्धन बदलिन्छ । नयाँ सरकार बन्छ, कुनै अनौठो कुरा भएन । बन्छ, भत्किन्छ, भइराख्छ,’ उनले भने ।

    उनले अहिले केही कम्युनिस्टहरू मिलेर समाजवादी मोर्चा बनाएको बताउँदै त्यसमा एमाले मिसिए पनि कांग्रेसलाई फरक नपर्ने बताए । उनले नेपाली कांग्रेसले सरकार छोड्नुपर्छ कि भन्ने डरले चुनावअघि नै गठबन्धन गर्नु गलत भएको पनि बताए । उनले सरकार छोड्न परे पनि नडराइकन एक्ला एक्लै चुनाव लड्न कांग्रेस तयार हुनुपर्ने बताए ।

    ‘चुनावमा लागेको एउटा व्यक्ति ज्यान गुमाउन तयार छ तर सरकार गुमाउन तयार भएनौँ,’ थापाले भने, ‘के हुन्थ्यो कम्युनिस्ट पार्टी मिलेर ? १० वर्ष सरकार चल्थ्यो, चलोस्, समाजवादीमा एमाले पनि थपियोस्, चलोस्, एक्लै लड्छ काँग्रेस ।’

  • माधव नेपाल भन्छन् : ओलीले कांग्रेससँग मिलेर सरकार बनाउन खोज्दैछन्

    माधव नेपाल भन्छन् : ओलीले कांग्रेससँग मिलेर सरकार बनाउन खोज्दैछन्

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट सरकारलाई ढालेर दलाल पुँजीवादी कांग्रेससँग सरकार बनाउन तयारी गरिरहेको बताएका छन्। शुक्रबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

    उनले भने, ‘नेकपा एमालेका अध्यक्ष केपी ओली अहिले बर्बराइरहेको तपाईहरुले सुनिरहनुभएको छ। कस्तो बिडम्वना होला, कस्तो चरित्र होला, अहिले कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा रहेको सरकारलाई ढालेर शेरबहादुर, दलाल पुँजीवादसँग उदार पुँजीवादसँग, काल्पनिक समाजवादसँग मात्र आफूलाई जोडेका छन्। उसलाई अघि बढाउन खोजिरहेका छन्।’

    उनले ओलीले नेपाली काँग्रेसलाई प्रभावित पारेर काँग्रेसले नै सरकार चलाओस्, साथ दिन तयार छु जस्ता अभिव्यक्ति दिइरहेको आरोप लगाए। उनले भने, ‘समाजवादी शक्तिलाई एकतावद्ध बनाउन चाहेन, अहिले पनि उसले के गर्न चाहिरहेको छ भने आजको पत्रिकामा पढ्नुभएको होला, केपी ओलीले नेपाली काँग्रेसलाई प्रभावित पारेर काँग्रेसले नै सरकार चलाओस्, साथ दिन तयार छु भनिरहेको छ।’ उनले आफ्नो पार्टी नेपालको राजनीतिमा महत्वपूर्ण शक्तिको रुपमा उदाएको दाबीसमेत गरे। उनले एमालेले समाजवादी मोर्चा बनाएकोमा धन्यवाद दिनुपर्ने ठाउँमा आफूहरुले गरेको कदमलाई पनि सहन नसकेको बताए।

    ‘अहिले हाम्रो पार्टी नेपालको राजनीतिमा एउटा महत्वपूर्ण शक्तिको रुपमा उदाएको छ। हामीले चालिरहेको कदमलाई सकारात्मक रुपमा लिनुपर्नेमा समाजवादी शक्तिलाई एकतावद्ध बनाएर समाजवाद विरोधी शक्तिलाई एक्लो बनाउने काममा लाग्नुपर्ने, बिस्तार गर्न शुभकामना दिनुपर्ने, हामीले त गरेनौँ, तपाईहरुले गर्नुभयो भन्नुपर्ने हो। ठूलो पार्टीले गर्नुपर्ने हो तर चाहेन, कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध बनाउन चाहेन।’ अध्यक्ष नेपालले नेपाली काँग्रेस काल्पनिक समाजवादी, उदार पुँजीवादी र दलाल पुँजीवादी पार्टी भएको आरोप लगाए ।

  • विद्यालय बन्द गराएमा मुद्दा लगाउने बालेनको चेतावनी

    विद्यालय बन्द गराएमा मुद्दा लगाउने बालेनको चेतावनी

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले विद्यालय बन्द गरे कारबाही गर्ने चेतावनी दिएका छन् । नेपाल विद्यालय कर्मचारी परिषद्ले भोलिदेखि अनिश्चितकालीन विद्यालय बन्द गर्ने घोषणा गरेको प्रसङ्गलाई लिएर मेयर शाहले चेतावनी दिएका हुन् । सेवा सुविधा बढाउनुपर्ने लगायतका माग राखेर आन्दोलन गर्दै आएका सामुदायिक विद्यालयका कर्मचारी तथा प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी शिक्षक)हरुले भोलिदेखि सामुदायिक विद्यालय बन्दको घोषणा गरेका छन् ।

    आज सामाजिक सञ्जालमा स्टाटस लेख्दै मेयर शाहले काठमाण्डौ महानगरभित्रका सबै विद्यालयहरुमा नियमित कक्षा सञ्चालन गर्न निर्देशन दिएका छन् । यदि कक्षा सञ्चालन नगरेमा कारबाही गर्ने उनको चेतावनी छ । उनले विद्यालयमा उपस्थित नहुने शिक्षक तथा कर्मचारीलाई शिक्षा ऐन अनुसार पदबाट हटाउने र कक्षा सञ्चालनको पहल नभएमा विद्यालय व्यवस्थापन समिति विघटन गर्ने चेतावनी दिएका छन् ।

    उनले नेपाल सरकारले २०६८ साल जेठ ११ गते विद्यालयलाई शान्तिक्षेत्र घोषणा गरेको स्मरण गराउँदै विद्यालय बन्द, हडताल र पठनपाठनमा अवरोध गर्ने जस्ता क्रियाकलापहरू गर्न नहुने बताए । यस्तै, कुनै संस्थाले बल प्रयोग गरी बन्द गरेको खण्डमा नेपाल प्रहरीसँग समन्वय गरी पक्राउ गर्न लगाएर लगाएर फौजदारी मुद्दा चलाउन पहल गरिने पनि मेयर शाहले चेतावनी दिए ।

  • रुस विरुद्ध प्रत्याक्रमण सुरु भएको युक्रेनी राष्ट्रपतिको संकेत

    रुस विरुद्ध प्रत्याक्रमण सुरु भएको युक्रेनी राष्ट्रपतिको संकेत

    काठमाडौं । राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसविरुद्ध युक्रेनको बहुप्रतीक्षित प्रत्याक्रमण सुरु भएको पुष्टि गर्ने गरी बोलेका छन्। उनले भने, ‘प्रत्याक्रमण र रक्षात्मक कारबाहीहरू भइरहेका छन्।’ तर युक्रेनी राष्ट्रपतिले कुन तहमा र कहाँ प्रत्याक्रमण भइरहेको भनेर विस्तृतमा कुरा नगर्ने बताएका छन्। ती प्रतिक्रियाहरू युक्रेनको दक्षिण र पूर्वी भागमा लडाइँ चर्किएपछि र व्यापक रूपमा हुने भनिएको प्रत्याक्रमणका चर्चामाझ आएका हुन्। युक्रेनी फौजहरू देशको पूर्वमा बक्मुत नजिकै र दक्षिणतर्फ जापोरिज्या नजिकै अगाडि बढिरहेको बताइएको छ।

    उनीहरूले रुसी निशानामा लामो दूरीको क्षेप्यास्त्र हमलाहरू समेत गरिरहेको बताइएको छ। तर अग्रमोर्चाको वास्तविकताको आकलन गर्ने काम जटिल छ।
    युद्धरत दुवै पक्षले परस्पर विरोधी विवरण दिइरहेका पाइन्छन्स् युक्रेनले प्रगति गरिरहेको दाबी गरेको छ र रुसले हमलालाई परास्त गरिरहेको जनाउँछ। जस्टिन ट्रुडो घोषणाबिनै किएभ नयाँ सैन्य सहायता घोषणा गरेका छन् ।

    मस्को नजिकैको रुसको कलुगा क्षेत्रका गभर्नरले टेलिग्राममा लेख्दै स्ट्रेलकोभ भन्ने गाउँमा आइतवार बिहानै एउटा ड्रोन दुर्घटना भएको लेखेका छन्। बीबीसीले स्वतन्त्र रूपमा त्यसको पुष्टि गर्न सकेको छैन। शुक्रवार प्रसारित एक भिडिओ अन्तर्वार्तामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी फौजले प्रत्याक्रमण सुरु गरे पनि अगाडि बढ्ने प्रयासहरू धेरैजनाको हताहतीबिच असफल भएको बताएका छन्। शनिवार क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोसँग वार्ता गरेपछि किएभमा बोल्दै जेलेन्स्कीले रुसी नेताका शब्दलाई रोचक बताए।

    जेलेन्स्कीले रुसले ूउनीहरूसँग लामो समय बाँकी नरहेकोू अनुभूत गर्नु महत्त्वपूर्ण रहेको बताए। उनले रुसी सैन्य कमान्डरहरू सकारात्मक मुडमा रहेको भन्दैूपुटिनलाई त्यो कुरा बताइदिनू भने। ट्रुडोले घोषणाबिनै किएभ पुगेर ५० करोड क्यानेडिअन डलर बराबरको नयाँ सैन्य सहायता घोषणा गरेका छन्।
    वार्तापछि जारी गरिएको एक संयुक्त विज्ञप्तिमा क्यानडाले ूअवस्थाहरूले दिँदाको अवस्थामा सक्दो छिटोू नेटो सदस्य हुन सघाउने उल्लेख छ।

    ट्रुडोले जुलाई महिनामा लिथुआनियामा हुने नेटो सम्मेलनमा त्यसबारे छलफल गरिने समेत बताएका छन्। यसैबीच पछिल्ला दिनमा मुख्य दक्षिणी क्षेत्र जापोरिज्यामा लडाइँ चर्किएको रुसी अधिकारीहरूले जनाएका छन्। युक्रेनी फौजहरूले दक्षिणतर्फ केन्द्रित हुँदै रुसी फौजलाई विभाजित गर्न चाहिरहेको ठानिएको छ। उनीहरू रुसलाई क्राइमियासँग जोड्ने कब्जा गरिएको भूभागको नियन्त्रण तोड्न खोजिरहेको ठानिएको छ।

    त्यस क्षेत्रमा अग्रसरता बढाउने आशालाई गत साता देशको दक्षिणमा पर्ने कखोभ्का बाँध ध्वस्त भएपछि सिर्जना भएको ठूलो डुबानले प्रभावित पार्न सक्छ। उक्त डुबान ड्नीप्रो नदिको दुवैतर्फ झण्डै ५९६ वर्गकिलोमिटर क्षेत्रमा फैलिएको छ। आफ्नो रात्रीकालिन सम्बोधनका क्रममा जेलेन्स्कीले डुबानमा परेको खेअर्सन र मिकोलाइभ क्षेत्रहरूबाट ३ हजार मानिसहरूको उद्धार गरिएको बताए।

    नेटो र युक्रेनी सेनाले रुसले उक्त बाँध ध्वस्त पारेको आरोप लगाएका छन् भने रुसले युक्रेनललाई नै दोष दिएको छ। तर बीबीसीका पोल एडम्सका अनुसार त्यस बाँध नियन्त्रण गरेका रुसी फौजले नै त्यसलाई ध्वस्त पारेका हुनसक्ने सम्भावना उच्च छ। यसले जारी प्रत्याक्रमणका बेला युक्रेनी फौजलाई उक्त नदी पार गर्न थप कठिन हुने बताइन्छ। बीबीसी

  • प्रचण्डको पशुपति यात्रामा बाबुरामको शंका

    प्रचण्डको पशुपति यात्रामा बाबुरामको शंका

    काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले मन्त्रिपरिषद्का सदस्यहरू एकसाथ धार्मिक स्थलमा जाँदा प्रश्न उठ्ने बताएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार पशुपतिनाथ मन्दिर पुगेका थिए। प्रधानमन्त्री अर्थमन्त्री प्रकाशशरण महत, परराष्ट्रमन्त्री एनपी साउद, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, ऊर्जा, जलस्रोत तथा सिञ्चाइमन्त्री शक्ति बस्नेतसहित पशुपतिनाथको मन्दिर पुगेका हुन्।

    डा. भट्टराईले त्यसरी जाँदा राजनीतिक हुने टिप्पणी गरेका हुन्। ‘कोही एक्लै वा सपरिवार कुनै धार्मिक स्थल जाँदा प्रश्न उठाउन मिल्दैन। त्यो उसको निजी आस्थाको कुरा हो,’ उनले फेसकुकमा लेखेका छन्, ‘तर जब पूरै मन्त्रिमण्डल एकैसाथ र एउटा शृंखलामा धार्मिक स्थल जान्छ त्यो राजनीति हुन्छ र प्रश्न उठ्छ ।’ यता प्रधानमन्त्रीको सचिवालयले भ्रमण विशुद्ध अवलोकनका लागि भएको बताएको छ।

    पछिल्लो समय संस्कृति, पर्यटनमन्त्री सुदन किराती आफैँ सक्रिय भएर पाशुपत परिसरमा नियमित सरसफाइ गर्दै आएका छन्। पशुपति क्षेत्रको सफाइलाई अभियानकैरूपमा अघि बढाउने उनको अठोट छ। त्यसका अलावा पशुपतिभित्रका बेथिति हटाउने र पशुपति क्षेत्र विकास कोषलाई उत्तरदायी बनाउने कार्यमा सरकार उत्तिकै क्रियाशील रहेकाले प्रधानमन्त्री निरीक्षणका लागि गएको सचिवालयको भनाइ छ।

  • वैदेशिक रोजगारीमा गएका नेपालीको हितमा सरकार क्रियासिल छ : प्रधानमन्त्री

    वैदेशिक रोजगारीमा गएका नेपालीको हितमा सरकार क्रियासिल छ : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले वैदेशिक रोजगारीमा गएका नेपालीहरूको हितका लागि आफूले सबैभन्दा बढी ध्यान दिएको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित रिटर्नी सेन्टर नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले आफूले सबैभन्दा बढी ध्यान वैदेशिक रोजगारीमा गएका नेपालीहरूको हित र रक्षाका लागि दिएको बताए ।

    विदेशमा रहेका नेपालीहरूलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने काम अगाडि बढाएको प्रधानमन्त्री दाहालको भनाइ छ । त्यस्तै विदेशस्थित नेपाली दूतावासहरुमा श्रमिक हेल्प डेस्कको व्यवस्था, अनलाइन माध्यमबाटै श्रम स्वीकृति लिने व्यवस्था, वैदेशिक रोजगारीका क्रममा बन्धक बनाइएका, अलपत्र परेका नेपालीहरूको उद्धारलगायतका महत्वपूर्ण कामहरू अगाडि बढाएको पनि उनले उल्लेख गरे ।

    प्रधानमन्त्री दाहालले वैदेशिक रोजगारीका क्रममा अंगभंग वा मृत्यु भएका नागरिकका परिवारका लागि शिक्षा र स्वास्थ्यमा राज्यले अभिभावकीय भूमिका खेल्ने बताए ।

    उनले भारत र तेस्रो मुलुकबाट वैदेशिक रोजगारीमा गएका नेपालीहरूले भोग्दै आएका समस्या र दुःख, कष्टको सहजीकरण र सम्बोधन गर्न सरकार गम्भीर रूपले लागिरहेको जानकारी गराए । प्रधानमन्त्री दाहालले आफ्नो भारत भ्रमणको सन्दर्भमा उल्टोपाल्टो पारेर भ्रम फैलाउन लागिएको भन्दै सचेत हुन आग्रहसमेत गरे । उनले जसले देशमा राजनीतिक परिवर्तन ल्यायो उसले मात्रै देशलाई एकताबद्ध गर्न सक्ने बताए ।

    ‘जुन शक्ति र विचारले यति ठूलो परिवर्तन नेपालमा सम्भव तुल्यायो । अब त्यही विचार, त्यही प्रवृत्ति र शक्तिले मात्रै राष्ट्रलाई एकताबद्ध गर्न सक्छ । आत्मनिर्भर अर्थतन्त्रको विकास गर्नसक्छ । नयाँ योजना र भिजनसहित देशलाई लानसक्छ भन्नेकुरा हामीले साबित गर्न सकेनौँ भने देश दुर्घटनामा पर्ने खतरा छ,’ उनले भने । उनले वैदेशिक रोजगारीबाट नेपाल फर्किएकाहरुका लागि सबै स्थानीय तहमार्फत अवसरहरूको सिर्जना गरिने बताए ।

  • आफु तेस्रो पटक सभापति नबन्ने कांग्रेस सभापतिको स्पष्टीकरण

    आफु तेस्रो पटक सभापति नबन्ने कांग्रेस सभापतिको स्पष्टीकरण

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू तेस्रोपटक सभापतिमा उठ्न नपाउने भएकाले डर नराख्न नेताहरुलाई सुझाव दिएका छन् । चितवनमा भएको डेमोक्रेटिक लयर्स एसोसिएसनको ११औं महाधिवेशनमा तेस्रोपटक पार्टी सभापति लड्न आफू नपाउने बताएका हुन् । कांग्रेसको विधान अनुसार दुईपटक भन्दा बढी सभापति हुन नपाउने व्यवस्था छ ।

    विधानको उक्त व्यवस्था हटाउने पक्षमा आफू नरहेकाले नेताहरुले डर नराख्न उनले आग्रह गरेका छन् । एमालेले ७० वर्ष उमेर हद हटाएको बताउँदै देउवाले कांग्रेसमा रहेको व्यवस्था हटाउने पक्षमा आफू नरहेको स्पष्टीकरण दिए । पार्टी भित्रका सबै मिल्नुको विकल्प नरहेको पनि देउवाले बताए ।

    कांग्रेसको शुभेच्छुक संस्था डीएलएको ११ महाधिवेशन शुक्रबारबाट सुरु भएको छ । देउवाले निर्वाचनमा सकेसम्म सहमतिपूर्ण नेतृत्व चयन गर्न सुझाव दिएका छन् । सर्वसम्मत हुन नसके चुनावमा जान र स्वच्छ प्रतिस्पर्धा गर्न सुझाव दिए ।

  • अखण्ड भारतको नक्साबारे भारतीय विदेश मन्त्रीले यस्तो दिए स्पष्टीकरण

    अखण्ड भारतको नक्साबारे भारतीय विदेश मन्त्रीले यस्तो दिए स्पष्टीकरण

    काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशङ्करले ‘अखण्ड भारत’ नक्साबारे छिमेकी मुलुकहरूले बुझिसकेको बताएका छन्। बिहीबार नयाँ दिल्लीमा पत्रकारहरूसँग कुराकानी गर्दै मन्त्री जयशंकरले ुअखण्ड भारतु को नक्साबारे सरकारका प्रवक्ताले पनि स्पष्ट पारिसकेको बताउँदै छिमेकी मुलुकहरूले बुझिसकेकोमा आफू विश्वस्त रहेको बताए। जयशंकरले यस्ता विषयलाई राजनीतिक विषय बनाउन नहुने पनि बताए। ‘मलाई लाग्दैन कि राजनीतिक विषय बन्नुपर्छ, हाम्रा छिमेकी देशहरू यस्ता कुरा बुझ्छन्। त्यसबारे स्पष्टीकरण चाहिन्छ भने पनि कुनै ठूलो कुरा होइन,’ उनले भने।

    उनले नक्साकै तल साइनबोर्डमा ऐतिहासिक अशोक साम्राज्यको नक्साका बारेमा वर्णन गरिएको समेत बताए। भारतको नवनिर्मित संसद् भवनमा राखिएको उक्त भित्ते नक्सामा नेपालको समेत केही भूभाग समेटिएको भन्दै नेपालमा सडकदेखि संसदसम्म त्यसको विरोध भइरहेको छ। भारतले संसद भवनमा ुअखण्ड भारतु को नक्सा राखेपछि काठमाडौं महानगरका मेयर बालेन शाहले पनि आफ्नो कार्यकक्षमा ुग्रेटर नेपालु को नक्सा राखेका छन्।

  • नेपाली पर्यटनलाई विश्व बजारमा प्रतिस्पर्धी बनाइन्छ : प्रचण्ड

    नेपाली पर्यटनलाई विश्व बजारमा प्रतिस्पर्धी बनाइन्छ : प्रचण्ड

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली पर्यटनलाई विश्व बजारमा प्रतिस्पर्धात्मक बनाउन सरकारले सहयोग गर्ने बताएका छन् । राजधानीमा मङ्गलबारदेखि सुरु भएको चारदिने हिमालयन ट्राभल मार्ट उद्घाटन कार्यक्रममा बोल्दै उनले नेपाललाई पर्यटकको प्रमुख गन्तव्यका रूपमा विकास गर्न पर्यटन पूर्वाधारमा लगानी गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

    उनले भने, “आर्थिक समृद्धिको दरिलो आधार पर्यटन क्षेत्रको प्रवर्धन सरकारको मुख्य प्राथमिकतामा रहेको छ । नेपाललाई हिमालय क्षेत्रको मुख्य प्रवेश मार्गका रूपमा स्थापित गर्न यस्ता कार्यक्रमले हिमालय क्षेत्रको पर्यटकीय सम्भावनालाई थप प्रचारप्रसार तथा प्रवर्धन गर्न मद्दत पुग्दै आएको छ ।”


    पर्वतीय पर्यटन क्षेत्रको विकाससँगै नेपालको मौलिक संस्कृति, सांस्कृतिक विविधता, प्राकृतिक सौन्दर्य तथा सम्पदा क्षेत्रको प्रवर्धनमार्फत पर्यटकीय सम्भावना र गतिविधिलाई विश्व बजारमा चिनाउँदै लैजानुपर्ने उनले बताए । नेपाललाई योग र ध्यान केन्द्र बनाउन बजारीकरण र प्रवर्धन गर्न आवश्यक रहेकोमा उनको जोड थियो ।

    प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको आयोजनामा हुँदै आएको ट्राभल मार्ट नेपालको पर्यटनलाई विश्व बजारमा प्रवर्धन गर्ने थलोका रूपमा सफल रहँदै आएको धारणा व्यक्त गर्नुहुँदै प्रधानमन्त्रीले यसबाट महामारीपछिको पर्यटन पुनरुत्थान अभियानमा समेत सहयोग पुग्ने बताए ।

    पाटा नेपाल च्याप्टर अध्यक्ष विभूति चन्द ठकुरीले मार्टमा सहभागी देश विदेशका विज्ञ पर्यटन व्यवसायीले पर्यटकीय सम्भावनाका विविध आयामबारे दिने प्रस्तुतीकरणले नेपाललाई विश्व बजारमा पहिचान गराउन प्रवर्धनात्मक गतिविधिमा बल पुग्ने बताए । उनले भने, “रिकनेक्टिङ, रिबिल्डिङ र रिइन्भिगोरेटिङ भन्ने मूल नारासाथ सुरु भएको मार्टमार्फत अन्तरदेशीय पर्यटन प्रवद्र्धन र सम्भावित बजारमा प्याकेज बिक्री वितरणमा उपयोगी हुने विश्वास लिएका छौँ ।”

    नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक धनञ्जय रेग्मीले नेपालको पर्यटनलाई विश्व बजारमा प्रवर्धन गर्न मार्टले महत्त्वपूर्ण भूमिका खेल्ने बताए । विश्व चर्चित ब्लगर्स, बायर्स र सञ्चारमाध्ययमको जमघटमार्फत नेपालको पर्यटन प्रवर्धनमा मेला कोसेढुङ्गा साबित हुने उनले बताए ।

    पाटा नेपाल च्याप्टरका प्रमुख कार्यकारी अधिकृत सुरेश बडालले यो संस्करणमा नेपालबाहेक २५ देशका झन्डै एक सय आगन्तुक आएको बताए । पर्यटन क्षेत्रका क्रेता र बिक्रेताहरू आउने नेपालकै सबैभन्दा महत्त्वपूर्ण कार्यक्रम भएकाले कार्यक्रममा धेरैको चासो रहेको उनको भनाइ छ । मार्टमा २५ देशका चार सयभन्दा बढी प्रतिनिधिको सहभागिता रहने छ । जसमा ५० क्रेता र ५० बिक्रेताले सहभागिता जनाउँदै छन् ।

  • असल कृषि र पशुपालन अभ्यास अवलम्बन गर्न प्रधानमन्त्रीको आह्वान

    असल कृषि र पशुपालन अभ्यास अवलम्बन गर्न प्रधानमन्त्रीको आह्वान

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले किसानहरुलाई असल कृषि र पशुपालन अभ्यास अवलम्बन गर्न आह्वान गरेका छन् । विश्व खाद्य स्वच्छता दिवसको अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री प्रचण्डले उक्त आह्वान गरेका हुन् । नागरिकको जीवन रक्षाका लागि खाद्य स्वच्छताको सुनिश्चितता हुनु जरुरी भएको भन्दै उनले भनेका छन्, ‘म देशका सम्पूर्ण किसान दिदीबहिनी तथा दाजुभाइहरुमा सधैं असल कृषि र पशुपालन अभ्यास अवलम्बन गर्न आह्वान गर्दछु ।’

    अखाद्य तथा गुणस्तरहीन खाद्य वस्तुको उपभोगले आम जनसमुदायको स्वास्थ्यमा प्रतिकुल असर पर्ने हुँदा खाद्य वस्तुको उत्पादन, उपभोग तथा बजारीकरणमा स्वच्छता र गुणस्तर कायम राख्ने कार्यलाई सरकारले उच्च प्राथमिकता दिँदै आएको उनले शुभकामना सन्देशमा उल्लेख गरेका छन् । साथै नागरिकको गुणस्तरीय खाद्य वस्तु उपभोग गर्न पाउने अधिकार, खाद्य प्रणालीमाथिको सहज एवम् सुलभ पहुँच र स्वास्थ्य रक्षालाई आफूले सधैं उच्च प्राथमिकतामा राखेको उनले बताएका छन् ।

    खाद्य प्रशोधन उद्योगमा सधैं असल गुणस्तरयुक्त उत्पादन अभ्यास अवलम्बन गर्दै प्रभावकारी नियमन एवम् स्वीकृत मापदण्डहरुको कार्यान्वयनमा ध्यान दिन पनि प्रधानमन्त्री प्रचण्डले विशेष आग्रह गरेका छन् । हरेक वर्ष ७ जुनका दिन विश्व खाद्य स्वच्छता दिवस मनाउने गरिन्छ । संयुक्त राष्ट्र संघले वर्ष २०२३ को लागि ‘खाद्य स्वच्छताले जीवन बचाउँछ’ भन्ने अन्तर्राष्ट्रिय नारा तय गरेको छ । नेपालमा ‘खाद्य पदार्थमा मापदण्ड, जीवन रक्षाको आधारस्तम्भ’ भन्ने नारासहित जेठ १८ गतेदेखि २४ गतेसम्म साताव्यापी रुपमा यो दिवस मनाइँदै छ ।

  • रेल दुर्घटनाका दोषिलाई कडा कारवाही गर्ने प्रधानमन्त्री मोदीको आह्वासन

    रेल दुर्घटनाका दोषिलाई कडा कारवाही गर्ने प्रधानमन्त्री मोदीको आह्वासन

    काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ओडिशामा भएको घातक रेल दुर्घटनाका दोषीलाई कडा सजाय दिइने बताएका छन्। देशको पूर्वी राज्य ओडिशामा शुक्रवार साँझ रेलहरू एकआपसमा ठोकिँदा कम्तीमा २८८ जनाको मृत्यु र १,००० जना घाइते भएको अधिकारीहरूले बताएका छन्। उक्त राज्यको बालासोर जिल्लामा दुर्घटना भएको हो। एउटा यात्रुवाहक रेल शुक्रवार अबेर पटरीबाट बाहिर खसेको र त्यो अरू रेलहरूमा ठोकिन पुगेको ठानिएको छ। यो भारतमा भएको विगत चार दशकयताकै सबैभन्दा खराब रेल दुर्घटना हो।

    उक्त दुर्घटनाको कारण हालसम्म स्पष्ट हुन सकेको छैन। यद्यपि भारतका एकजना केन्द्रीय मन्त्रीले दुर्घटनाको कारण प्राविधिक भएको बताएका छन्। ओडिशाका मुख्यसचिव प्रदीप जेनाले घटनास्थलमा २०० वटाभन्दा बढी एम्बुलेन्स, दर्जनौँ चिकित्सक र नर्सहरूलाई घटनास्थल पठाइएको जनाएका छन्।

    मृतकको सङ्ख्या अझै बढ्न सक्ने अधिकारीहरूले बताएका छन्। भारतीय रेलवेका अनुसार कोरोमण्डल एक्सप्रेस र हावडा सुपरफास्ट एक्सप्रेस आपसमा जुध्न पुगेका थिए। शनिवार दिउसो घटनास्थल पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनाबाट आफू अत्यन्त दुःखी भएको बताएका छन्।

    उनले मृतकका परिवारप्रति समवेदना व्यक्त गरेका छन्। उनले ट्विटरमा लेखेका छन्, दुर्घटना स्थलमा उद्धारकार्य जारी छ र प्रभावितहरूलाई सम्भव भएसम्म सहयोग गरिँदै छ। गृहमन्त्री अमित शाहले घटना अत्यन्त पीडादायी भनेका छन्। दुर्घटनापछि ओडिशा राज्यमा एक दिनको शोकको घोषणा गरिएको छ।

  • विदेशमा बस्ने नेपालीको अधिकार संरक्षण गर्न प्रतिवद्ध छौं : प्रधानमन्त्री

    विदेशमा बस्ने नेपालीको अधिकार संरक्षण गर्न प्रतिवद्ध छौं : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशमा बसोबास गर्ने नेपालीलाई मतदान गर्ने अधिकार दिन सरकार प्रतिबद्ध रहेको बताएका छन् । चारदिने भारत भ्रमणका क्रममा बुधबार नयाँदिल्ली आएका उनले नेपाली दूतावासमा नेपाली समुदायसँगको छलफलका क्रममा विदेशमा रहेकाहरुलाई मताधिकारको प्रत्याभूत गर्ने बताएका हुन् ।

    प्रधानमन्त्री प्रचण्डले भारतमा रहेका नेपाली समुदायलाई स्वदेश फर्केर नेपालको विकासका लागि योगदान दिन आग्रह गरे । आफूहरुले देशको अर्थतन्त्र पुनरुत्थान गर्ने काम गरिरहेको उनले बताए । मुलुकको आर्थिक, सामाजिक रुपान्तरण, भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने पनि प्रधानमन्त्री प्रचण्डले बताए ।

  • भारतीय संसदको नक्साबारे आधिकारिकता बुझ्छु : प्रधानमन्त्री

    भारतीय संसदको नक्साबारे आधिकारिकता बुझ्छु : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतको नयाँ संसद भवनमा राखिएको नयाँ नक्साको आधिकारिकता बुझ्ने बताएका छन्। भारतीय संसद भवनको नक्सामा नेपालको लुम्बिनी, कपिलवस्तु र विराटनगरको नाम समेत उल्लेख भएको विषयमा मंगलबार माओवादी केन्द्रको संसदीय दलको बैठकमा कुरा उठेको थियो। सांसदहरु पूर्णबहादुर घर्ती, लेखनाथ दाहाल, माधव सापकोटा लगायतले नेपाली भूमि भारतको नक्सामा समावेश भएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए। प्रचण्डको जवाफ उद्धृत गर्दै एक सांसदले भने, ‘मैले पनि न्युज सुनेको हुँ, थप बुझौंला। आधिकारिकता के हो बुझ्छु।’

    सांसद लेखनाथ दाहालले संसदीय दलको बैठकमा भारतको संसद भवनमा राखिएको नक्साको विषय उठेको तर आधिकारिकता पुष्टि नभएको बताएका छन् । उनका अनुसार सहमति हुने तर कार्यान्वयन नहुने सम्झौता नगर्न प्रधानमन्त्री प्रचण्डलाई सांसदहरुको सुझाव छ। ‘सहमति गर्ने कार्यान्वयन नहुने नहोस्। यही वर्ष कार्यान्वयन हुने मात्रै सहमति गरौं। मल कारखाना, उर्जा र हवाई रुटको कुरामा केन्द्रित हुँदा कार्यान्वयन हुने र प्रतिफल प्राप्त हुनसक्ने हुन सक्छ’, सांसदहरुको सुझावबारे दाहालले भने। प्रधानमन्त्री प्रचण्ड चारदिने भ्रमणका लागि बुधबार भारत जाँदैछन्।आफ्नो भ्रमणबारे जानकारी गराउँदै उनले नकारात्मक र तत्काल कार्यान्वयन नहुने विषय अगाडि नबढ्ने बताएका छन्।

  • ‘महिलामाथि हुने व्यवहारगत विभेद हट्न नसक्नु चूनौति’

    ‘महिलामाथि हुने व्यवहारगत विभेद हट्न नसक्नु चूनौति’

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको संविधानले लैङ्गिक विभेदको अन्त्य गर्ने संकल्प गरे पनि महिलामाथि हुने व्यवहारगत विभेद हट्न नसक्नु चुनौती भएको बताएका छन्। पाँचौं राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा उनले सबै किसिमका हिंसा, विभेद र शोषणको अन्त्य गर्दै समतामूलक राष्ट्र निर्माणमा एक जुट हुन आग्रह गरेका हुन्।

    ‘विभिन्न नीतिगत, कानूनी तथा कार्यक्रमका प्रयासका बावजुद महिलामाथि हुने व्यवहारगत विभेद हट्न नसक्नु, अशिक्षा, हानिकारक अभ्यास, लैङ्गिक विभेद तथा हिंसालाई बढावा दिने खालका सामाजिक मूल्य मान्यता, प्रथा परम्परा कायमै रहनु, महिला तथा बालबालिका माथि घरेलु, यौनजन्य तथा लैङ्गिकतामा आधारित हिंसा विद्यमान हुनु हाम्रा लागि चुनौतीका रूपमा रहेका छन्,’ उनले सन्देशमा भनेका छन्।

    महिलाको आर्थिक तथा सामाजिक जीवनमा सारभूत लैङ्गिक समानता कायम गर्नु अहिलेको दायित्व भएको प्रधानमन्त्री प्रचण्डले बताए। ‘राज्यको सबै तह र निकायहरूमा लैङ्गिक दृष्टिकोणलाई मूलप्रवाहीकरण गरी लैङ्गिक उत्तरदायी शासन पद्धति संस्थागत गर्न संघ, प्रदेश र स्थानीय तहबीच लैङ्गिक समानता सम्बन्धी नीति, योजना तथा कार्यक्रमहरूमा सामञ्जस्यता कायम गर्नु, पारिवारिक र आर्थिक तथा सामाजिक मूल्य मान्यता र लैङ्गिक भूमिकामा परिवर्तन ल्याउन महिलामाथि हुने सबै किसिमका हिंसा, विभेद र शोषणको अन्त्य हुनु आवश्यक छ,’ उनले शुभकामना सन्देशमार्फत भनेका छन्।

  • अखण्ड भारतको नाममा भारतले संसद भवनमा राखेको नक्साप्रति नेपालको आपत्ति

    अखण्ड भारतको नाममा भारतले संसद भवनमा राखेको नक्साप्रति नेपालको आपत्ति

    काठमाडौं । भारतले अखण्ड भारतको नाममा आफ्नो नयाँ संसद भवनमा राखेको नक्साप्रति नेपालमा तिव्र विरोध सुरु भएको छ । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नेसपा) अध्यक्ष डा. बाबुराम भट्टराईले भारतको नयाँ संसद भवनमा राखिएको ‘अखण्ड भारत’को नक्साले नेपाल लगायतका छिमेकी मुलुकसँगको सम्बन्ध बिगार्ने बताएका छन् । त्यसैले सो नक्साको अभिप्रायबारे भारतीय नेतृत्वले जानकारी दिनुपर्ने उनले उल्लेख गरेका छन् ।

    भारतले हालै उदघाटन गरेको नयाँ संसद भवनमा ‘अखण्ड भारत’को नाममा नक्सा राखिएको छ । सो नक्सामा नेपाल र पाकिस्तानका भूभागसमेत उल्लेख छ । नक्साभित्र नेपालका लुम्बिनी र कपिलवस्तु तथा भारतबाट छुटेर बनेको पाकिस्तानको तक्षशिलालाई स्पष्ट देखाइएको छ ।


    यसबारे पूर्वप्रधानमन्त्री भट्टराईले ट्वीटरमा लेखेका छन्, ‘अखण्ड भारतको विवादास्पद नक्साले नेपाल लगायतका छिमेकमा अनावश्यक र हानिकारण कूटनीतिक विवाद निम्ताउन सक्छ । यसले भारतका निकटतम छिमेकीहरुबीचको द्विपक्षीय सम्बन्धलाई बिगार्ने र अविश्वास बढाउने सम्भावना छ । त्यसैले भारतीय नेतृत्वले यस नक्साको वास्तविक अभिप्रायलाई समयमै जानकारी दिनु बुद्धिमानी हुन्छ ।’

  • ‘वंशवादी सामन्ती प्रणालीको अन्त्य गरी जनताको व्यवस्था स्थापित भएको दिन’

    ‘वंशवादी सामन्ती प्रणालीको अन्त्य गरी जनताको व्यवस्था स्थापित भएको दिन’

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वंशवादी सामन्ती प्रणालीको अन्त्य गरी जनताको व्यवस्था स्थापित हुनु सामान्य नभएको बताएका छन्।
    गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री प्रचण्डले संयौं वर्षदेखिको वंशवादी सामन्ती प्रणालीलाई अन्त्य गरी जनताको व्यवस्था स्थापना गरिएको घटना सामान्य नरहेको बताउँदै आजको दिनलाई ऐतिहासिक दिनका रूपमा स्मरण गर्नुपर्ने बताए। प्रधानमन्त्री प्रचण्डले गणतान्त्रिक व्यवस्था संस्थागत हुँदै गएको र यसलाई थप मजबुत बनाउन राजनीतिक दल र जनताबीच एकता र सहकार्य आवश्यक रहेको बताएका हुन्।

    उनले संविधान र गणतन्त्र सर्वस्वीकार्य बन्दै जानु, मौलिक हकको कार्यान्वयनमार्फत जनताले पाउने आधारभूत सेवा सहज बन्दै जानु, सयौँ वर्षदेखि उत्पीडनमा पारिएका वर्ग, जाति, भाषा, धर्म, क्षेत्र, लिङ्ग र संस्कृतिका समुदायको अधिकार स्थापित हुँदै नेपाल राज्यप्रतिको उनीहरूको अपनत्व बलियो बन्दै जानु गणतान्त्रिक व्यवस्था संस्थागत हुँदै गएको देखिने बलिया आधार रहेको बताएका छन्।

    उनले गणतन्त्र दिवसको अवसरमा जनयुद्ध, ऐतिहासिक जनआन्दोलन, मधेस आन्दोलनसहित सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि भएका तमाम आन्दोलनमा आफ्नो अमूल्य जीवन बलिदान गर्नुहुने ज्ञात अज्ञात सहिदप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्।

    प्रधानमन्त्रीले गणतन्त्रलाई संस्थागत गर्ने क्रममा कैयन चुनौती देखिए पनि नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई समावेशी लोकतन्त्रको अभ्यास गर्ने उत्कृष्ट व्यवस्थाका रूपमा स्थापित गर्न पहल गरिरहेको बताए।

    हामी आज स्वतन्त्र, सार्वभौमसत्ता सम्पन्न एवं गणतान्त्रिक देशका सम्मानित र सार्वभौम नागरिक भएका छौँ, प्रधानमन्त्री प्रचण्डले भने, जनताबाट चुनिएका जनप्रतिनिधिबाट आज मुलुकको शासनप्रणाली सञ्चालित भइरहेको छ। विना भेदभाव सबै नेपालीलाई समान हक, समान अवसर र समान हैसियत प्रदान गर्ने संवैधानिक सुनिश्चितता हुनसक्नु गौरवको विषय हो ।


    प्रधानमन्त्री प्रचण्डले संविधान र व्यवस्थाअनुरुप सञ्चालित सरकार लगायत सबै पक्षको ध्यान अब गणतान्त्रिक व्यवस्थाका अभिष्ट पूरा गर्नतिर केन्द्रित हुनुपर्ने र हुँदै गएको पनि बताए। उनले नागरिक हकअधिकारको पूर्ण सुनिश्चितता गर्दै छोटो समयमा मुलुकलाई आर्थिक सामाजिक रूपमा एक सबल र समुन्नत राष्ट्र बनाई जनताको जीवनस्तरमा उल्लेखनीय सुधार ल्याउने सरकारको प्रयासले क्रमशः आकार लिन थालेको बताए।

  • पूर्वराजालाई झलनाथको आग्रह : राजतन्त्र फर्कने सपना नदेख्नुहोस

    पूर्वराजालाई झलनाथको आग्रह : राजतन्त्र फर्कने सपना नदेख्नुहोस

    काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई मन्दिरमा पूजा गरेर राजतन्त्र फर्किने सपना नदेख्न चेतावनी दिएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले पूर्वराजाको गतिविधिबाट लोकतन्त्र कमजोर हुने स्थिति नरहेको बताए । पछिल्लो समय पूर्वराजा ज्ञानेन्द्र सार्वजनिक कार्यक्रममा सहभागी हुने र मन्तव्य दिने गर्दै आइरहेका छन् । उनी इटहरी, धनगढी लगायतका ठाउँमा आयोजित नागरिक अभिनन्दनमा सहभागी भएर भाषण गरेका थिए ।

    ‘हाम्रा पूर्वराजा ज्ञानेन्द्र शाह अहिले विभिन्न ठाउँमा हिँड्दैछन् । अहिले सामान्य जनता हुन् । उनी मन्दिरमा जान्छन्, मन्दिरमा आस्थाका मानिस छन्, त्यो ठाउँमा गएर भावनालाई प्रयोग गर्न जान्छन्, अभिनन्दनका कुरा छन्, एक्सरसाइज त गर्नुस् तर हिजोको गद्दी फिर्ता आउँछ भन्ने सपना नदेख्नुस् । राप्रपाको अध्यक्ष बन्नुस्, वा एउटा पार्टी खोल्नुस्, त्यो लोकतन्त्रको पाटो हो, मन्दिरमा पूजा गरेर राजतन्त्र फर्किंदैन’ उनले भने ।

    पूर्वप्रधानमन्त्री खनालले गणतन्त्र आएको १५ वर्षका उपलब्धिहरुको समीक्षा हुन जरुरी रहेको पनि बताए । राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै खनालले ढोल र घण्टी अराजकताको संकेत भएको टिप्पणी गरे । खनालले भने, ‘यो १५ वर्षको समीक्षा गर्दै अब देशलाई अघि बढाउनुपर्छ । यी चिजलाई सच्याउन सकिएन भने देशमा अराजकता सिर्जना हुन्छ । कोही घण्टी बजाउँदै हिँड्लान्, कोही ढोल बजाउँदै हिँड्लान्, कोही मादल बजाउँदै हिँड्लान् । यो प्रकारको एउटा अवस्था आउँछ । ढोल र घण्टीहरु भनेका अराजकताका संकेतहरु हुन् ।’

    पूर्वप्रधानमन्त्री खनालले नक्कली भूटानी शरणार्थी प्रकरणको अनुसन्धान बिथोलिए देशभर आन्दोलन हुने चेतावनी दिए । उनले अनुसन्धानलाई कुनै बहानामा रोक्ने प्रयास भए जनताले सहन नसक्ने पनि बताए ।

    ‘नक्कली भुटानी शरणार्थीको केस जुन छ अहिले, यो एउटा लज्जास्पद कुरा हो, देशको अस्मिता गएको छ । संलग्न देखिएका मानिसलाई धिक्कार छ । यो लज्जास्पद छ’ खनालले भने, ‘यो अनुसन्धानलाई अन्तिमसम्म लगियोस्, यसमा कुनै बाधा खडा गरियो भने र अुनसन्धान प्रक्रियालाई पूर्ण रुपले टुंगोमा लैजानबाट वञ्चित गरियो भने नेपाली नेपाली जनताले सहन गर्नेवाला छैनन् । आन्दोलनको सम्भावना छ ।’

  • भारत भ्रमणमा नयाँ रेकर्ड बनाउने तयारी छ : प्रधानमन्त्री

    भारत भ्रमणमा नयाँ रेकर्ड बनाउने तयारी छ : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छिट्टै हुन लागेको भारत भ्रमणमा नयाँ रेकर्ड बनाउने गरी काम हुने दाबी गरेका छन् । अखिल नेपाल ट्रेड युनियन महासंघको आठौं महाधिवेशनबाट निर्वाचित कार्यसमितिको सपथग्रहरण समारोहलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै प्रचण्डले नयाँ रेकर्ड बनाउने गरी भारत भ्रमणको तयारी भइरहेको बताएका हुन् ।

    ‘हामीलाई दबाव छ । तर जनताको साथ छ । सरकारको काममा जनताको उत्साह देखिएको छ’ उनले भने, ‘युद्धको बेला पनि घेराबन्दी र सखाप पार्ने रणनीति चिरेरै आएका हौं । अहिले पनि घेराबन्दी चिरेर अगाडि बढ्छौं ।’ प्रधानमन्त्री प्रचण्डले अहिले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि हिलो छ्याप्ने कोशिस भइरहेको पनि टिप्पणी गरे ।

    ‘नेपाली जनताले झन्डै ७ दशक भन्दा बढी संघर्ष गरेर प्राप्त परिवर्तनलाई उल्ट्याउने, संघीय लोकतान्त्रिक गणतन्त्रमाथि हिलो छ्याप्ने कोशिस भइरहेको छ । १२ बुँदे समझदारी हुँदै विस्तृत शान्ति सम्झौता र संविधानको घोषणामा एकसाथ उभिएका दलहरु फेरि एक ठाउँ उभिनुपर्ने स्थिति आउनसक्छ भनेर बसेका हौं’ उनले भने । प्रधानमन्त्री प्रचण्डले सरकारले अहिले राजश्व वृद्धि गर्न र अर्थतन्त्रलाई सुदृढ बनाउन पहल थालेको पनि बताए ।

    ‘पुँजीबजार सम्बन्धी त्यहाँ हुने सबै सेटिङहरुलाई हामीले भत्काएका छौँ । राजश्व वृद्धि गर्न त्यसलाई अलि सुदृढ गर्न कडा कदम चाल्नेतिर अघि बढेका छौँ । रेमिट्यान्सको वृद्धि गर्न गम्भीर कदम चालेका छौँ’ उनले भने ।

  • नक्कली भुटानी शरणार्थी काण्डमा गगन थापाले दिए पहिलो प्रतिक्रिया

    नक्कली भुटानी शरणार्थी काण्डमा गगन थापाले दिए पहिलो प्रतिक्रिया

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नक्कली भुटानी शरणार्थी काण्डमा पहिलो प्रतिक्रिया दिएका छन् । उनले भ्रष्टाचारविरूद्धको अभियान र नक्कली भुटानी शरणार्थी प्रकरणबारे उनले दुई पेज लामो धारणा सार्वजनिक गरेका हुन्।

    नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टीका केन्द्रीय तहदेखि विभिन्न जिम्मेवारीमा रहेका व्यक्तिहरू संलग्न रहेको आरोपमा पक्राउ परिसकेपछि अब यो पक्राउ परेका व्यक्तिको निजी विषय रहेको भन्दै उनले मुद्दा लाइसकेपछि मुद्दाको अन्तिम किनारा नलागेसम्म जुनसुकै तहको जिम्मेवारीमा रहेको व्यक्ति स्वतः पार्टीको जिम्मेवारीबाट अलग रहनुपर्ने अन्यथा पार्टीले निलम्बन गर्नुपर्ने धारणा राखेका छन् ।


    उक्त प्रकरणमा कांग्रेस नेता बालकृष्ण खाण पक्राउ परेका छन्। उनी पक्राउ परेता पनि कांग्रेसले अहिलेसम्म भने पार्टीबाट निलम्बन गरेको छैन। उनले नेपाली जनताको बलिदानीपूर्ण संघर्षका कारण युगान्तकारी राजनीतिक परिवर्तन भएको भन्दै नेपाली जनताको अपेक्षा अनुसार आर्थिक विकास, सामाजिक रूपान्तरण र सुशासनको प्रत्याभूति हुन नसकेको बताएका छन् । यसो हुन नसक्नुमा एउटा प्रमुख कारण भ्रष्टाचार र कुशासन भएको उनको निष्कर्ष छ ।


    उनले भनेका छन्, ‘विगत लामो समयदेखि हाम्रो शासकीय संरचनामा प्रवृत्ति कै रूपमा जरो गाडेर बसेको भ्रष्टाचार र कुशासनले गर्दा सरकार, राजनीतिक दल, राजनीतिकर्मी, नीति निर्माता, कर्मचारीतन्त्र लगायत राज्यका निकायप्रति व्यापक असन्तुष्टि, आक्रोश र वितृष्णा छ।’ यस्तो प्रवृत्तिविरूद्ध पछिल्ला दिनमा नागरिक तहमा प्रतिरोध प्रारम्भ भएको भन्दै उनले यसलाई जायज र स्वाभाविक भनेका छन् ।

    यसका विरूद्ध भइरहेका तमाम नागरिक आन्दोलन र अभियानप्रति ऐक्यबद्धता प्रकट समेत उनले गरेका छन् । उनले अगाडी भनेका छन्, ‘अब कुनै पनि व्यक्ति, समूह वा राजनीतिक दल कि यो प्रतिरोधमा नागरिकका साथ उभिनुपर्छ कि भ्रष्टहरूको समर्थनमा, बीचको बाटो कसैसँग पनि छैन।’

    नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर लैजाने पछिल्लो प्रकरणको अनुसन्धानका क्रममा ठगी गिरोहको भिआइपी जालो र भ्रष्टाचारको संगठित प्रवृत्ति उजागर भएको भन्दै उनले यो प्रकरण सबैको मापन गर्ने विषय बनेको बताए ।
    उनको धारणा यस्तो छ :
    १. नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर लैजाने प्रकरण ठगीको विषय मात्र होइन यो संगठित अपराध हो, मानव बेचबिखन हो। यो नेपाली नागरिकको अनादर मात्र होइन देशद्रोह नै हो। तसर्थ, यस्तो जघन्य अपराधमा संलग्न जो कोही हुन्, हदैसम्मको सजायका भागिदार छन्।

    २. हालसम्म यस प्रकरणमा सरकार र नेपाल प्रहरीले गरेको प्रयास प्रशंसनीय छ। अपराधमा संलग्न जोसुकै हुन, जुनसुकै परिवार, पद र पार्टीका किन नहुन्, निष्पक्ष छानबिन हुनुपर्छ। कुनै पनि बहानामा अनुसन्धान अवरोध, ढिलासुस्ती, दबाब वा प्रभाव पारिनु हुँदैन। पर्दा पछाडिबाट त्यस्तो दुष्प्रयास गर्नेहरूको भण्डाफोर गर्नुपर्छ।

    ३. विधिको शासन र कानूनको दृष्टिमा सबै नागरिकहरू समान हुन्छन्। अपराधमा संलग्न भैसकेपछि अपराधको दल, वर्ण, जात, लिङ्ग वा समुदाय हुँदैन, हुनुहुँदैन। दोषी छ भने जस्तोसुकै शक्तिशाली र प्रभावशालीले पनि उन्मुक्ति पाउनु हुँदैनस तर निर्दोष छ भने अन्यायमा पनि पर्नु हुँदैन। अनुसन्धानको स्वतन्त्र र स्वाभाविक दिशाले निर्दिष्ट गरेको अन्तिम विन्दुसम्मै अनुसन्धान हुनुपर्छ।

    ४. विधिको शासनको स्थापित मान्यता र अभ्यास अनुसार फौजदारी अभियोग र भ्रष्टाचारको मुद्दामा कुनै व्यक्ति अनुसन्धानको दायरामा आएपछि उक्त व्यक्ति सार्वजनिक पद वा भूमिकाबाट स्वतः निलम्बित हुन्छ, हुनुपर्छ। पदमा भएको व्यक्तिले आफूलाई त्यसबाट अलग राख्नुपर्छ अन्यथा सम्बन्धित निकायले अलग गराएर स्वतन्त्र अनुसन्धानको मार्ग प्रशस्त गर्नुपर्छ। अनुसन्धानबाट निर्दोष साबित भए पुनर्स्थापना हुन्छ नै। यो कानूनमात्र होइन न्यूनतम नैतिक विषय पनि हो। नक्कली भुटानी शरणार्थी प्रकरणमा यो नै नेपाली कांग्रेस पार्टीको धारणा हो। नेपाली कांग्रेस पार्टीका लाखौं आम सदस्यहरूको धारणा हो।

    नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टीका केन्द्रीय तहदेखि विभिन्न जिम्मेवारीमा रहेका व्यक्तिहरू संलग्न रहेको आरोपमा पक्राउ परिसकेपछि अब यो पक्राउ परेका व्यक्तिको निजी विषय हो। पार्टीमा क्रियाशील कुनै व्यक्ति भ्रष्टाचार
    वा अपराधमा संलग्न हुन सक्छ। तर, थाहा भएको दिन पार्टीले त्यसको भारी बोक्न सक्दैन, बोक्नु हुँदैन।

    पार्टीको तर्फबाट हामीले भन्ने यतिमात्र हो( अनुसन्धान निष्पक्ष हुनुपर्छ, निर्दोष पर्नुहुन्न, दोषीले सजाय पाउनुपर्छ। दोषी र निर्दोष छुट्टयाउने कानूनी प्रक्रियाबाट हो। यति गम्भिर आरोप लाइसकेपछि मुद्दाको अन्तिम किनारा नलागेसम्म जुनसुकै तहको जिम्मेवारीमा रहेको व्यक्ति स्वतः पार्टीको जिम्मेवारीबाट अलग रहनुपर्छ अन्यथा पार्टीले निलम्बन गर्नुपर्छ।

    पार्टी सभापति, पदाधिकारीसँगको बैठक, सार्वजनिक मञ्चहरूमा मैले यो विचार राखेको छु। पार्टीभित्र, बाहिर, औपचारिक, अनौपचारिक बैठक सबैमा हिजो पनि, आज पनि र भोली पनि मेरो धारणा यही नै रहनेछ। पार्टीका कतिपय साथीहरूबाट नेपाली कांग्रेसको यस्तो परम्परा नभएको भन्ने विचार पनि आएका छन् । यसमा पनि म प्रष्ट छु( गलत परम्परा तोडिनु पर्छ। परम्पराका नाममा घातक प्रवृत्तिलाई पार्टीले बोक्न सक्दैन, बोक्नु हुँदैन। मेरो यो विचारलाई पार्टीको विचार बनाउन म निरन्तर लागेको छु, लागिरहनेछु। अतः हामी कांग्रेस प्रष्ट हुनुपर्छ ।

    १. नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेस र यस पार्टीसँग आबद्ध कुनै पनि सदस्यले छानबिन प्रक्रियालाई सघाउने हो, आरोपित व्यक्ति निर्दोष भए छुट पाउँछ, अपराध गरेको भए कानून बमोजिमको सजाय पाउनै पर्छ।

    जबसम्म अनुसन्धान हुन्छ, निलम्बन हुने कुरा स्वाभाविक हो र पार्टीका साथीहरूले त्यही अनुसार बुझ्नुपर्छ। परम्पराका नाममा यसलाई अपव्याख्या गर्ने, सामान्यीकरण गर्ने, र पार्टीको कुनै पनि तह, पद वा सांगठनिक संरचनालाई दुरूपयोग गरेर पक्षधरता लिने काम तत्काल रोकिनु पर्छ।

    २. नक्कली भुटानी शरणार्थी प्रकरण मात्रै होइन, अख्तियारको दुरूपयोग, भ्रष्टाचार, आर्थिक अनियमितता, सार्वजनिक पदको दुरुपयोग जस्ता विगतमा भएका अन्य मुद्दाहरूको पनि निष्पक्ष अनुसन्धान र छानबिन गरी दोषीलाई कारवाही गर्न र सुशासन कायम गर्न दृढतापूर्वक नेपाली कांग्रेसले नेतृत्व लिनुपर्छ।

    ३. भ्रष्टाचारको एउटा महत्वपूर्ण कारण र आधार नीतिगत भ्रष्टाचार बनेको छ। नीतिगत विषयमा ठूला र शक्तिशाली भ्रष्टाचारका कार्य भइरहेका प्रसंग उठेका छन्। त्यसैले, विगतमा नीतिगत निर्णयका नाममा तामेलीमा रहेका वा अनुसन्धानको दायरामा नआएका भ्रष्टाचारका विषयहरू समेत अनुसन्धानको दायरामा ल्याउनु पर्छ। भ्रष्टाचार सम्बन्धी कसुरमा हदम्याद हटाउनु पर्छ।

    यसका निम्ति संसदमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र भ्रष्टाचार सम्बन्धी दुइटा ऐन संशोधन विधेयक विचाराधीन छन्। हामी नेपाली कांग्रेसका सांसदहरूले यी विषयलाई संशोधनमा राखेका छौं। यी विषय लगायत भ्रष्टाचारको जालो तोड्ने र सुशासन कायम गर्ने बलियो कानूनी, संरचनागत र संस्थागत सुधार गर्ने जुन वातावरण ऐले बनेको छ, त्यसको नेतृत्व र अग्रसरता कांग्रेसले नै लिनुपर्छ।

    अन्त्यमा, अनुहारमा दाग लागेपछि ऐना जतिपटक पुछे पनि अनुहारको दाग पुछिँदैन, अनुहारकै दाग पुछ्नु पर्छ। त्यसका लागि पार्टीभित्र शुद्धीकरणको अपरिहार्यतालाई बोध गर्दै पार्टीका प्रत्येक सदस्यले दृढ संकल्प गर्ने बेला आएको छ। सुशासन र सदाचार नै समुन्नत नेपाल निर्माणको आधारशिला हुन्। त्यसैले तिनको पक्षमा दृढतापूर्वक उभिन र जहाँ हुनुहुन्छ त्यहीबाट भ्रष्टाचार र कुशासनका विरुद्धमा पार्टीभित्र र बाहिर आवाज उठाउन दबाब दिन र खबरदारी गर्न पार्टीका सम्पूर्ण साथीहरूलाई आग्रह गर्दछु । जय नेपाल…

  • उपनिर्वाचनको नतिजापछि कांग्रेस महामन्त्रीको प्रतिक्रिया : रुपान्तरणको सन्देश

    उपनिर्वाचनको नतिजापछि कांग्रेस महामन्त्रीको प्रतिक्रिया : रुपान्तरणको सन्देश

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उपनिर्वाचनको परिणामले दलहरुलाई रुपान्तरित हुन सन्देश दिएको बताएका छन् । यो सन्देश अनुरुप आफूलाई बदलेर नयाँ ढंगले जुट्ने उनले बताएका छन् । महामन्त्री शर्माले ट्वीटरमा लेखेका छन्, ‘परिणामले हामीलाई रुपान्तरित हुन सन्देश दिएको छ । देशको समय बदल्न नेतृत्व गरेको दलले बदलिएको समय अनुरुप आफूलाई बदल्नुछ ।’ मतदाताको प्रत्येक मतलाई सम्मान गर्ने बताउँदै उनले लेखेका छन्, ‘नवीन अभियानमा, नयाँ ढंगले जुट्नेछौं हामी ।’

    प्रतिनिधि सभा उपनिर्वाचन भएका तीन वटा क्षेत्रमध्ये चितवन २ र तनहुँ १ रास्वपाले तथा बारा २ जसपाले जितेका छन् । कांग्रेसले उपनिर्वाचनका लागि चितवनमा महामन्त्री विश्वप्रकाश शर्मालाई र तनहुँमा अर्का महामन्त्री गगन थापालाई खटाएको थियो । चितवन र तनहुँमा कांग्रेस उम्मेदवारले लज्जास्पद हार व्यहोरे । बारामा भने कांग्रेसले जसपाका उपेन्द्र यादवलाई समर्थन गरेको थियो ।

  • समृद्धिको लक्ष्य हाँसिल गर्न सरकार कट्टिवद्ध छ : प्रधानमन्त्री

    समृद्धिको लक्ष्य हाँसिल गर्न सरकार कट्टिवद्ध छ : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार संविधानप्रदत्त अधिकारको व्यवस्थित कार्यान्वयनमार्फत सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्य हासिल गर्न दृढ सङ्कल्पित रहेको बताएका छन्। इस्लाम धर्मावलम्बीको पर्व इद (इदुल फित्र) को अवसरमा आज शुभकामना दिँदै उनले संविधानमा व्यवस्था भएबमोजिमका अधिकारको दृढतापूर्वक कार्यान्वयन गरी बलियो राष्ट्रिय एकतामार्फत राष्ट्रिय स्वाधीनता र स्वाभिमानलाई सुदृढ गर्नु राष्ट्रिय कार्यभार हुन आएको बताए।

    उनले नेपाली जनताको लामो त्याग र बलिदानबाट निर्मित नयाँ संविधानले विविधतायुक्त नेपाली समाजको आत्मसातीकरणसहित सबै जाति, भाषा, धर्म, संस्कृति र पहिचानलाई समान संवैधानिक अधिकार प्रदान गरेको उल्लेख गरेका छन्। इद इस्लाम समुदायको सबैभन्दा ठूलो एवं महत्वपूर्ण पर्व भएको स्मरण गर्दै प्रधानमन्त्री दाहालले मुस्लिम समुदायले यस पर्वलाई आपसी सद्भाव, सहकार्य, विश्वास एवं साझा उद्देश्य प्राप्तिको महत्वपूर्ण अवसरका रूपमा मनाउँदै आएका बताए।

    ‘बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विशेषतायुक्त नेपाल र नेपाली समाजका निम्ति इदलगायतका पर्वहरू कुनै समुदाय विशेषका मात्र पर्व नभएर राष्ट्रिय पर्वका रूपमा स्थापित छन्,’ सन्देशमा उनले भनेका छन्, ‘मानव जातिले जीवनवृत्तिका क्रममा प्राप्त गरेका अनुभव, शिक्षा र ज्ञानको समुच्चय प्रक्रियाबाट नै चाडपर्वहरू विकसित र स्थापित हुँदै आएका छन्।’

    प्रधानमन्त्री दाहालले इद पर्वले संविधानको प्रभावकारी कार्यान्वयनमार्फत बलियो राष्ट्रिय एकता, समुन्नत एवं समृद्ध नेपाल निर्माण गर्ने राष्ट्रिय अभियानमा थप प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् । उनले मुस्लिम समुदायलगायत सम्पूर्ण नेपालीमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि एवं निरन्तर प्रगतिको कामना गरेका छन्।

  • गैर आवासीय नेपाली संघ अमेरिकाको सदस्यता अभिवृद्धि कार्यक्रमको प्रभावकारिता

    गैर आवासीय नेपाली संघ अमेरिकाको सदस्यता अभिवृद्धि कार्यक्रमको प्रभावकारिता

    बिष्णु सिंह ‘बैजु’ (आजीवन सदस्य )

    कुनै पनि मानव, पशुपन्छी, किरा फ़ट्याङ्ग्रा कुनै न कुनै अन्य बस्तु, सेवा, सुबिधा, लाभ, मनोरंजन इत्यादि प्राप्त हुने आशाले कुनै संस्था, बस्तु, स्थान, प्रकृतिसंग आकर्षित हुने गर्दछन । जस्तो: रंगीचंगी फुलहरुले आफ्नो सुगन्ध फैलाएर माहुरीलाई आफूतर्फ आकर्षित गर्दछन। नेपालका सुन्दर हिमाल, झर्ना, ताल, पशुपन्छी, कला संस्कृतिले बिदेशी पर्यटकलाई आकर्षित गर्दछ। मिठो गीत संगीतले श्रोतालाई आकर्षित गर्दछ। त्यस्तै बुढखाडाहरुबाट वाक्क दिक्क भएका नेपालीहरु अहिले युवाहरुको आकर्षणले राष्ट्रिय स्वन्तन्त्र पार्टिमा स्वतस्फुर्तरुपमा सदस्यता लिईरहेका छन। त्यसैले भन्न सकिन्छ कि आफूतर्फ आकर्षित गर्नेले आफुमा केही न केही गुण निहीत गरेको हुन्छ।

    गैर आवासीय नेपाली संघ (एन आर एन) अन्तराष्ट्रिय, राष्ट्रिय र राज्य तिन तहमा विभाजित छ। गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाले अमेरिकामा रहेका नेपालीहरुलाई आफूप्रति आकर्षित गरि आफ्नो सदस्य संख्या बढाउन प्रयत्न गरेको छ। त्यसैका लागि अहिले प्रत्येक राज्यमा सदस्यता अभिबृद्धि कार्यक्रम गर्न बरिष्ठ उपाध्यक्ष कृष्ण जीवि पन्थ, मेम्बरशिप ड्राईभ चियर (उपाधक्ष्य) दिलु पराजुली, उपाध्यक्ष गोपेंद्र भट्टराई लगायत अन्य पदाधिकारीहरु देश दौडाहामा छन।

    “जब भर्यो राति अनि बुढि ताँति” भन्ने उखान चरितार्थ गर्ने एनआरएनएको सदस्यता अभिबृद्धि कार्यक्रम हरेक दुई-दुई बर्षमा ठिक चुनाव ताका गरिन्छ। अरुबेला को, को हुन् र कहाँ छन केही सिमितलाइ बाहेक, अरु सदस्यहरुलाई थाहा हुदैन।

    यसै सन्दर्भमा गत अप्रिल १५ मा गैर आवाशीय नेपाली संघ (एनआरएनए) अमेरिकाले न्युयोर्कमा आफ्नो न्युयोर्क च्याप्टर मार्फत सदस्यता अभिबृद्धिको लागि एक अन्तरक्रिया कार्यक्रम आयोजना गर्यो। यो कार्यक्रम आगामी जुलाईमा २०२३-२५ कार्यकालको लागि हुने निर्वाचनलाई लक्षित गरि गरिएको हो। एनआरएनएको नयाँ सदस्यता लिने म्याद मे १५, २०२३ सम्म तोकिएको छ।

    न्युयोर्क च्याप्टरमा को को पदाधिकारी छन, कहिले आए र कहिले तिनको म्याद सकिदैछं, त्यही न्युयोर्कका सदस्यहरुलाई जानकारी छैन। यसको मुख्य कारण सोच बिचार नगरी पद ओगटन पदमा आउने च्याप्टरका पदाधिकारीले गर्दा उनीहरुलाई सदस्यहरुले चिन्दैनन्। अनि केही गर्न नसकेपछि सदस्यहरुले उनीहरुलाई चिन्ने अवसर नै भएन। यस्तै रोग गैर आवाशीय नेपाली संघ अमेरिकामा पनि छ।

    एक ८२ बर्षीय बृद्धको मुख्य आतिथियमा अन्तरक्रिया कार्यक्रम न्युयोर्क च्याप्टरले संचालन गरेको थियो। कार्यक्रममा प्रमुख अतिथि एन आर एन का संरक्षक खगेन्द्र जिसी, अतिथि आनन्द बिष्ट, आई सिसी सदस्य संजिव श्रेष्ठ, बिस्वराज बास्तोला, दुर्गेश जंग कार्की, बिकास उप्रेती,रामहरि जोशी, मृदुला कोइराला अनि गोर्खा समाज, दर्शन ठकुरी समाज, पर्वत समाज, शेर्पासंघ, तामाङ्ग संघ यस्तै बिभिन्न जातिय, संघ सस्थाबाट आएका केहि व्यक्तिहरुको उपस्थिति थियो। तर “नेपालको लागि नेपाली भन्ने” नारा बोकेको एनआरएनएमा नेपालको लागि आवाज उठाउने नेपालीलाई आवस्यक ठानिएको थिएन। तिनको आशंन ग्रहण हुने कुरो नै भएन।

    एन आर एन अमेरिकाले अप्रिल १५ मा कार्यक्रम गरेको सत्यनारायण मन्दिरको हलमा अप्रिल १४ मा ४८ वटा जात जातिका संघ संस्थाहरुले संयुक्त नयाबर्ष २०८० शुभकामना आदान-प्रदान कार्यक्रम गरेका थिए। जसमा दुई दर्जन मिडियाले स्पोन्सर गरेको भनिएको थियो। तर कार्यक्रम हुदा मुश्किले ४० जना देखिए । अझ अच्चम्म लाग्ने कुरो त ४८ सस्था मध्यका एक जीपी फ़ाउण्डेशन उपस्थित नै भएको थिएन। बरु सोही समयमा नजिकै अर्को स्थानमा फ़ाउण्डेशनले आफ्नो छुट्टै कार्यक्रम गरि ४८को कार्यक्रमलाई काउण्टर दिएको थियो।

    आईसिसि, एन सी सीदेखि च्याप्टरसम्म सबैको आ-आफ्नो गुनासो:
    नेपालमा बिभिन्न पार्टीहरुको संयुक्त गठबन्धन सरकार बने झैँ अहिले एन आर एन अन्तराष्ट्रिय संघ, काठमाण्डौंमा पनि गैर आवासीय भनाउँदाले पनि बिभिन्न पार्टीकै प्रतिनिधित्व गर्दै गठबन्धन कार्य समिति बनाएका छन र तिन संयुक्त अध्यक्षहरु बनेका छन। त्यहाँ सिमित गुटका व्यक्तिको बोलबाला चल्ने र अरु चुनिएर गएका सदस्यहरुको अवहेलना हुने तथ्य आईसिसि सदस्य संजीव श्रेष्ठले कार्यक्रममा व्यक्त गरे। उनलाई मिटिङ्गमा समेत नडाक्ने र डाकिहाले पनि ८ -९ घण्टा पछि बल्ल छोटो समय दिएर बोल्न दिने गरेको बताए।

    एनसिसिका बिभिन्न बक्ताहरुले बोल्दा पनि चुनाव ताका हुने बिभिन्न धाँधली, पैसा दिएर वा आफैले सदस्य शुल्क तिरेर सदस्य बनाउने र आफ़्नो पक्षमा मतदान गर्न लगाउने बारे बताए। साथै कार्यक्रमको लागि आवश्यक खर्च नगरिने तर बिना कामको फजुल खर्च गर्ने बारे पनि गुनासो सुनियो।

    कार्यक्रम आयोजक न्युयोर्क च्याप्टरका सभापतिले पनि कार्यक्रम समापन गर्दा केन्द्रले बजेट नदिने अनि आर्थिक अभावले केही गर्न नसकिएको गुनासो पोखे। सानोतिनो कार्यक्रम गर्न फ़ण्डरेज पनि गर्न नजान्नेले एन आर एनको नेतृत्व गर्नु त “नाच्न न नजान्नेलाइ आगन टेड़ो” भन्ने उखान चरितार्थ भयो। २०२० साल ताका कोभिडको महामारी चल्दा त्यतिबेलाका न्युयोर्क च्याप्टर सभापति रामहरी अधिकारी आफुले सक्दो औषधि र फलफुल लिएर बिरामी सदस्यहरुको ढोका ढोकामा पुगेको उदाहरण एक आजीवन सदस्यले (यो लेखक) बताए। त्यसैले “खाने मुखलाई जुंगाले छेक्दैन” त्यसैले एन आर एनको नेतृत्व गर्न काम गर्ने क्षमता र जाँगर दुवै चाहिन्छ। पद ओगटनको लागि पदमा जाने होईन।

    नेपालको लागि बोल्ने नेपालीले बोल्दा प्रशंगवस जनसम्पर्क समितिको कुरो बोल्दा न्युयोर्क च्याप्टरका सभापतिले लौ माईकको लाइन काटिदिनु भन्न पछि परेका थिएनन। तर पछि त जनसम्पर्क समितिकै आनन्द बिष्टलाई बोल्न अनुरोध गरे। अनि उनले लामो भाषण गर्दै बिदेशी नागरिकता लिएको रविको एकै दिनमा नेपाली नागरिकता पाउने । तर उनले ग्रिनकार्ड छोडेर तिन महिना कुर्नुपर्ने तर्कसंगत नभएको ब्याख्या गरिदिए। उनलाई कुनै दवाब नदिएर न्युयोर्क च्याप्टरका सभापतिले बोल्न दिई नै रहे। त्यस्तै अरु ठुलाले बोल्दा पनि समयको कुनै पावन्दी थिएन। यसबाट के बुझियो भने च्यप्टरकाले सिर्फ चाकडी देखाउन जानेका रहेछन।

    नेपालको संबिधान २०७२ को भाग २, धारा १४ मा दक्षिण एशिया बाहेकको बिदेशी मुलुकको नागरिकता लिएको नेपालीलाई संघीय कानुन बमोजिम सामाजिक, आर्थिक र सांस्कृतिक अधिकार सहितको नागरिकता दिने सकिने व्यवस्था छ। तर दिने पर्छ भन्ने बाध्यता छैन। त्यस्तै संविधानको कुनै धारा संशोधन गर्नुपर्ने भए सम्बिधानको भाग ३१, उपधारा २ बमोजिम संसद्को कुनै समितिमा प्रस्ताव प्रेश गर्न सकिन्छ। एन आर एनका संरक्षक खगेन्द्र जिसी नेपाल सरकारको परराष्ट्र मन्त्रालय र एन आर एनबीच सयोजन गर्ने कार्यमा नियुक्त छन। तर उनले संबिधानमा भएको व्यवस्था अनुरुप परराष्ट्र मन्त्रालय मार्फत के कार्य गरे भनि यो लेखकले प्रश्न गर्दा उनले केही जवाफ दिएनन। बरु उनि त अमेरिकाको नागरिकता र नपालको पनि बंशजको नागरिकता हुनुपर्ने भन्ने अडानमा छन। सपना देखेर मात्र त भएन नि ! साकार पार्नलाइ समय , परिस्थिति मिल्नु पर्यो र केही गर्नु पनि सक्नु पर्यो नि।

    मेम्बरशिप ड्राईभ चियर (उपाधक्ष्य) दिलु पराजुलीले त आफुलाई दिएको जिम्मेवारी बहन गर्न हरसम्भव सदस्यता अभिबृद्धि कार्यक्रमको औचित्य पुष्टि गर्ने भईहाले। र उनले बिभिन्न तर्कका साथ् पुष्टि गरे पनि।

    सुझाव :

    भ्रष्टाचारीहरुले कब्जा जमाएको ललिता निवासको सरकारी जग्गामा एन आर एन आइसिसिको भवन ठडिनु नै नेपाली जनताको आखामा एन आर एन कसिंगर बनेको छ। ललिता निवासको सरकारी जग्गा हडप्ने बिरुध्ध अख्तियार अनुसन्धान आयोगको मुद्दा चलिरहेको छ। एन आर एन ए ले सो भवनमा नेपाल सरकार र अन्य दात्रि संस्थासंग मिलेर सर्वसाधारण नेपालीको लागि एक आधुनिक निशुल्क अस्पताल बनाई बार्षिक बजेट नियमित दिन सके एन आर एन को “नेपालको लागि नेपालि भन्ने नारा ” सफल हुन्छ। अनि एन आर एन को सम्मान नेपाली जनतामा स्वत बढेर जानेछ। एन आर एन ले अनावस्यक खर्च गरेर काठमाण्डुमा कार्यालय राख्नु कुनै औचित्य छैन। अनि एन आर एन अमेरिकाले यस्ता आलुपाणे सदस्यता अभिबृधि कार्यक्रम गर्नुपर्ने जरुरत पर्दैन। एन आर एन लाई खोजि खोजि यसको सदस्य बन्न गैर आवाशियहरु लालायित हुनेछन।

    एक सफल सदस्यता अभिबृधि कार्यक्रमले लक्षित समुदायलाइ आकर्षित गरि नया सदस्य बनाउन सक्छ। त्यस्तै भईरहेका सदस्यहरुको संस्था भक्ति, आस्था बिस्वास जगाउन सक्छ, र तिनैको सिफारिसमा भविष्यमा नया सदस्यहरु संस्थामा जोडिन आउछन। तर यो तथ्यलाई सदस्यता अभिबृधि कार्यक्रम गर्नेहरुले बुझेको जस्तो देखिएन। बिभिन्न जात जात्तिका समुदायको आ-आफ्ना गुठि भोज भत्तेर, स्वार्थ, मान्यता हुन्छन। अनि ति जातिय संस्थामा पनि गुट उपगुट देखिन्छ। त्यसैले हेर्नोस पहिले एक नेवा गुठि थियो। अहिले त्यो कतिवटा भयो थाहा छैन। अनि आफ्नो स्वार्थ र फाईदाको लागि एनजीओ खोलि बसेकालाइ लक्षित गरि सदस्यता अभिबृधि कार्यक्रम गर्न बिना क्षमताका पद मात्र ओगटि बसेका न्युयोर्क च्याप्टर मार्फत गरिनुले सदस्यता अभिबृधि कार्यक्रमको कुनै प्रभावकारिता देखिएन।

  • नयाँ वर्षले राष्ट्रका क्षमता उजागर गर्न सकोस : प्रधानमन्त्री

    नयाँ वर्षले राष्ट्रका क्षमता उजागर गर्न सकोस : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ वर्षमा विश्वास, आशा र साहसका साथ राष्ट्रका कमजोरी नभई राष्ट्रका क्षमता उजागर गर्ने बताएका छन्। नयाँ वर्ष २०८० को अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री दाहालले सिङ्गो राष्ट्रको साझा सङ्घर्ष र सङ्कल्पबाट यो वर्ष केवल क्यालेन्डर परिवर्तन मात्रै होइन राष्ट्रको आर्थिक र सामाजिक जीवनमा पनि रचनात्मक परिवर्तन ल्याउने संकल्प गरेका छन्।

    उनले परम्परागत प्रकृतिको विकासको मोडेल र योजना तर्जुमा प्रक्रियामा क्रमभङ्ग गर्न गइरहेको बताउन एउटा सकारात्मक वातावरण बनिरहेको बताएका छन्। ‘बैंक ब्याजदर कम हुँदै गएको छ, व्यवसायीहरूको बैंक ब्याजसम्बन्धी चिन्तालाई सम्बोधन गर्न सकारात्मक छलफल भइरहेको छ, राजश्व सङ्कलनमा वृद्धि भइरहेको छ, तर हाम्रै पुस्ता र नयाँ पिँढीको गुणस्तरीय भविष्यका लागि हामीले अझै धेरै मेहेनत गर्नुछ,’ शुभकामना सन्देशमा भनिएको छ।

    उनले सामूहिकताको संस्कृति विकास गर्दै थुप्रै चुनौतीलाई सहमति र सहकार्यबाट परास्त गरेका सफल अनुभव व्यक्त गर्दै नयाँ वर्षलाई पनि सहमति र सहकार्यमार्फत समृद्ध नेपालको आधार निर्माण गर्ने वर्षका रूपमा मनाउन आम जनसमुदायमा विशेष अपिल गरेका छन्। निर्देशनको तहलाई कार्यान्वयनमा लैजान परम्परागत अवरोधबीच पनि यो बीचमा सकारात्मक सुरुआत भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले अर्थतन्त्रमा देखिएका सङ्कट र चुनौती क्रमशः कम हुँदै गएको बताए।

    ‘वैदेशिक रोजगार व्यवस्थित हुँदै गएको छ, श्रमिकको अधिकार सुरक्षित गर्न महत्त्वपूर्ण सामाजिक सुरक्षा अभियानमा उनीहरू जोडिएका छन्, नागरिकले प्राप्त गर्ने सेवाहरू झन्झटमुक्त बनाउने अभियान सुरु भएको छ,’ प्रधानमन्त्रीले भनेका छन्। उनले राष्ट्रले आफूलाई दिएको भूमिकामाथि आभार प्रकट गर्दै प्रधानमन्त्रीका रूपमा समस्त नेपाली जनसमुदायसँग नयाँ वर्षका हरेक दिन र हरेक क्षण संविधानको कार्यान्वय, गणतन्त्रको सुदृढीकरण, स्थिरता र समृद्धिका लागि समर्पित हुने प्रतिबद्धता व्यक्त गरे।

    ‘हरेक नयाँ वर्ष एउटा सुरुआत हो, विगतको समीक्षासहित नयाँ सङ्कल्प गर्ने दिन हो, हामीले आत्मसमीक्षा गर्नैपर्छ तर हामीलाई निराश हुने छुट छैन,’ शुभकामनामा सन्देशमा उल्लेख छ । उनले २०८० लाई राष्ट्रिय उपलब्धिहरूको ऐतिहासिक वर्ष बनाउने प्रणसहित समस्त नेपाली जनसमुदायको शान्ति, प्रगति र सुस्वास्थ्यको कामनासमेत गरेका छन्।

  • मैले यसकारण रोक्ने निर्णय लिँए सिंहदरबारको फोहोर : बालेन

    मैले यसकारण रोक्ने निर्णय लिँए सिंहदरबारको फोहोर : बालेन

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले सिंहदरबारभित्रको फोहोर नउठाउने भनेर गरेको घोषणाको पक्ष र विपक्षमा बहस जारी रहेको बेला उनले यो बाध्यात्मक भनेर स्पष्टीकरण दिएका छन् । आफूले सुधारका लागि बारम्बार प्रयास गरे पनि सरकारी निकायबाट त्यसको बेवास्ता र लापरबाही भएकाले उक्त निर्णय लिनुपरेको बालेनको भनाइ छ ।

    आफूले सुधारका लागि गरेको प्रयासको फेहरिस्त सामाजिक सन्जालमार्फत् सार्वजनिक गर्दै उनले लेखेका छन्, ‘संघीय सरकारका रुपमा रहेको सिंहदरबारले जनजिविकाका कुरामा स्थानीय सरकारसँग समन्वय गर्न चाहेको पटक्कै महसुस हुन्न । पटक पटकको कोशिस पछि ९ महिनामा पटक(पटक पहल गर्दा पनि समन्वय गर्न र समन्वय भएका कुराहरु कार्यान्वयन गर्न मुस्किल परेको अवस्था छ ।’

    उनी अगाडि लेख्छन्, ‘केही दिन अगाडि बाध्य भएर सिंहदरबारको फोहोर नउठाउने निर्णय गर्नु पर्‍यो । त्यो लहडमा अनायासै गरिएको निर्णय थिएन, बारम्बार गरिएको प्रयासमाथिको वेवास्ता, गैरजिम्मेवारी र लापरवाहीको अहिलेसम्मको निष्कर्ष थियो । जसका कारणले त्यो बाध्यात्मक कदम उठाउनु परेको थियो ।’

    बालेनले आफूले गरेका सुधारका प्रयास र सरकारी निकायबाट भएका बेवास्ताका १४ उदाहरण पनि लेखेका छन् :

    १. गृह मन्त्रालय :अव्यवस्थित बस्ती व्यवस्थापन, ट्राफिक लाइट व्यवस्थापन, मूर्ति चोरी – ३ मन्त्रीसँग पटक पटक पहल, सहमति भएर माइन्युट समेत भइसकेको तर कार्यान्वयन नभएको ।

    २. परराष्ट्र मन्त्रालय : विदेशी नियोगले मिचेको फुटपाथ व्यवस्थापन गर्न पत्राचार


    ३. शिक्षा मन्त्रालय : सरकारी विद्यालयको लागि डिजिटल टिभी, शिक्षक सरुवा तथा शिक्षकलाई समयमै तलब दिने सम्बन्धमा – दुई मन्त्रीसँग विभिन्न चरणमा कुरा हुँदा पनि कुरा अगाडि नबढेको .

    ४. स्वास्थ्य मन्त्रालय : सरकारी अस्पताल सरसफाइ, बिमा, सर्वोच्च अदालतले दिएको मन्त्रालयको माथिल्लो तल्ला भत्काउने आदेशको पालना, राष्ट्रिय एम्बुलेन्स ९१०२० को काठमाडौँ उपत्यकाभरी सेवा दिनलाई बजेट व्यवस्थापन -दुई मन्त्रीसँग विभिन्न चरणमा पहल गरिएको ।

    ५. पर्यटन तथा नागरिक उड्ययन : एयरपोर्टको नक्सा पास, एयरपोर्टको बर्खाको पानीले गर्दा पेप्सीकोला क्षेत्र डुबानको समाधान, एयरपोर्टमा रहेको नेपाल संवत् सुरु भएको ठाउँमा मूर्ति र पार्क बनाउन पहल-दुई मन्त्रीलाई पटक पटक पहल गरिएको ।

    ६: अर्थ मन्त्रालय : ५२ वर्षदेखि तिनकुनेमा सरकारले जग्गा मिचे पनि जग्गाधनीलाई मुआब्जा दिन आनाकानी, महानगरले पाउनु पर्ने घरबहाल कर नेपाल सरकारले उठाएकोबारे, याङ्ग्री र लार्के खोलाको पानी मेलम्चीमा जोडेर १२ महिना नै काठमाडौमा मेलम्चीको पानी ल्याउने कार्यक्रम – २ मन्त्रीसँग पटक पटक पहल

    ७: सहरी विकाश स् खोला कोरीडोर, खोला सरसफाइ, खोलामा फोहोर प्रशोधन प्लान्ट, अन्डर पास, बन्चरेमा लिचेडको व्यवस्थापन, माटो क्यापिङको व्यवस्थापन अनि साइटको ग्यास पाइपको व्यवस्थापन, वैकल्पिक बाटोको व्यवस्थापन, काठमाडौंमै फोहोर व्यवस्थापन गर्न कानुन र जग्गा – ४ मन्त्रीसँग पटक पटक पहल ।

    ८: भौतिक यातायात स् रिङरोड बिस्तार, उपत्यका यातायात प्राधिकरण गठन( दुई मन्त्रीहरूसँग पटक पटक पहल ।

    ९: सूचना तथा सञ्चार स् क्ष्क्ए र टेलिकमबिच एकीकृत पूर्वाधार सञ्चालनबारे जसले गर्दा देशभर पोलमा तार व्यवस्थापन गर्न सकियोस् – २ मन्त्रीसँग पहल

    १०: ऊर्जा मन्त्रालय : सडक बत्ती अव्यवस्थित रहेकोलाई व्यवस्थापनमा सहयोग – २ मन्त्रीसँग पहल

    ११: खानेपानी :मेलम्चीको पानी र पाइप व्यवस्थापनको उचित व्यवस्थापन पहल-२ मन्त्रीसँग पटक पटक पहल

    १२: भूमिसुधार मन्त्रालय : सहकारी नियमावली, सहकारी कानुन, सार्वजनिक जग्गा संरक्षण – मन्त्रीसँग पटक पटक पहल

    १३. संघीय मामिला : तिनकुने विवाद पहल, कर्मचारी सरुवा-दुई मन्त्रीसँग पटक पटक पहल
    १४. कृषि मन्त्रालय : मल खरिद तथा उपत्यकामा आउने तरकारीको परिक्षण – मन्त्रीसँग पटक पटक पहल ।

    यी १४ मन्त्रालयका उदाहरण दिंदै बालेनले प्रश्न गरेका छन्, ‘५०० मिटरको दुरीमा रहेको स्थानीय सरकारले जनजीविकाका सवालमा उठाएका यस्ता मुद्दा त अगाडि बढ्दैनन्, सुनेको नसुनै हुन्छ भने दुरदराजका स्थानीय तहहरुमा भएको नीतिगत अफ्ठ्यारा, कार्यक्षेत्रको विवाद लगायतका कुराहरुको सम्बोधनको अवस्था कस्तो होला ?

    उनी थप प्रश्न गर्छन्, ‘जुन सरकारले अर्को सरकार र जनप्रतिनिधिको कुरा सुन्दैन, बुझ्दैन र प्राथमिकतामा पार्दैन भने त्यसलाई एकअर्काको अस्तित्व स्विकारेको भनेर कसरी मान्ने रु संघीय सरकार संघीयताको सुदृढीकरणमा छ भन्ने कसरी मान्ने र?’

    मेयर बालेनले स्थानीय समस्याहरु स्थानीय तहमा नै समाधान हुन सकुन् र संघीय सरकारले त्यसलाई प्राथमिकतामा राखेर गाँठो फुकाइदिओस् भन्ने चाहेको बताएका छन् । देश विकेन्द्रीकरणको उच्चतम् लोकतान्त्रिक व्यवस्था मानिने संघीयतामा गए पनि त्यसको अनुभूति हुने गरी कार्यान्वयन नभएको उनको भनाइ छ ।

    सिंहदरबारको फोहोर नउठाउने निर्णय गर्नुको कारणबारे अन्त्यमा बालेनले लेखेका छन्, ‘असमन्वयकारी भूमिकाले थुप्रिएको समस्याको चाङ सिंहदरबारले फोहोरमा देखोस् भनेर फोहोर नउठाइएको हो । यो दबाव आवश्यक छ भन्नेमा सायदै दुईमत रहला ।’

  • ढाकारामको अडियो सार्वजनिक भएपछि रविको प्रतिक्रिया : रास्वपा भ्रष्टलाई जोगाउने पार्टी होइन

    ढाकारामको अडियो सार्वजनिक भएपछि रविको प्रतिक्रिया : रास्वपा भ्रष्टलाई जोगाउने पार्टी होइन

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले ढाका कुमार श्रेष्ठको अडियो प्रकरणलाई चुनावी हतियारको रुपमा प्रयोग गर्न खोजिएको बताएका छन् । उनले रास्वपा भ्रष्टलाई जोगाउने पार्टी नभएको भन्दै दण्डित गर्ने प्रतिक्रिया दिएका छन् । रास्वपाका सांसद डा.ढाका कुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो आइतबार सार्वजनिक भएको थियो । सो अडियोमा श्रेष्ठले रविको नाम लिँदै आफू स्वास्थ्यमन्त्री बन्न लागेको र त्यसका लागि रविलाई दुई करोड बुझाउनुपर्ने बताएका छन् ।

    चितवन क्षेत्र नम्बर २ मा उपनिर्वाचनमा प्रतिस्पर्धा गर्न लागेका लामिछानेले त्यही अडियोलाई चुनावी हतियार बनाउन खोजिएको बताएका हुन् । लामिछानेले सामाजिक सन्जालमा लेखेका छन्, ‘अब यसलाई चुनावी हतियार बनाउँदै थप आक्रमणका लागि भएभरको शक्ति लगाइँदै छ ।’

    रविले पैसाको लेनदेन हुनु त परेको कुरा, लेनदेनको कुरा मात्र गर्दा पनि नसहने बताएका छन् । उनले सामाजिक सन्जालमा लेखेका छन्, ‘ढुक्क हुनुस् रास्वपा भ्रष्टलाई राख्ने, जोगाउने, पाल्ने पार्टी होइन । पैसाको लेनदेन हुनु त परको कुरा लेनदेनको कुरा मात्र गर्दा पनि हामी सहदैनौं । कडाभन्दा कडा कारवाही गर्छौं । बेथितिको बचाउ गर्दैनौं । बरु उदाङ्दो पारी दण्डित गर्छौं । २ करोड त के पृथ्वी भरीको पैसा दिन्छु भने पनि मसँग यो धन्दा चल्दैन भन्ने सबलाई थाहा छ ।’


    रास्वपा नयाँ पार्टी भएकाले मान्छे चिन्न गाह्रो भएको बताएका छन् । तर नयाँ भए पनि पार्टीमा विधि भएकाले चिन्ता गर्न नपर्ने उल्लेख गरेका छन् । ‘हो, पार्टी नयाँ छ, मान्छे चिन्न गाह्रो छ तर नयाँ भए पनि पार्टीमा विधि छ र त चिन्ता गर्नु पर्दैन । रगत पसिना बगाएर हामीले बनाएको पार्टी हो, आँधी हुरी सुनामी छेक्न सक्नु पर्छ,’ लामिछानेले लेखेका छन्, ‘‘आलु कुहिएको भेटिए त्यसलाई फालेर बोरा जोगाउन मलाई आउँछ ।’

  • संविधानको पृष्ठभूमिमा संयुक्त सरकारको प्राथमिकता र नीति कार्यक्रमको प्रभावकारिता

    संविधानको पृष्ठभूमिमा संयुक्त सरकारको प्राथमिकता र नीति कार्यक्रमको प्रभावकारिता

    बिष्णु सिंह (बैजु)

    देशको सामाजिक आर्थिक कारणले राजनीतिक बिद्रोह हुन्छ। अनि राजनीतिक परिवर्तन भए लगतै सामाजिक आर्थिक परिवर्तनको लागि शिघ्र अगाडि बढ्नु जरुरी हुन्छ । नत्र राजनीतिक परिवर्तनको उपलब्धि शुन्य हुने र झनै बढी सामाजिक आर्थिक बिकृति र बिचलन बढ्ने हुन्छ। नेपालको सन्दर्भमा त्यस्तै भएको छ। २०४६ को परिवर्तनले केही सामाजिक आर्थिक परिवर्तन दिन सकेन। त्यसैले २०५२ फागुन १ मा राजतन्त्र हटाई गणतन्त्र स्थापना गर्ने उद्देस्यका साथ् माओबादीको जन्म भई बिद्रोह सुरु भयो। २०६३ मङ्सिर ५ मा बृहतर शान्ति सम्झौता गरि बिद्रोह टुङ्गियो। अनि जेठ १५, २०६५ मा राजतन्त्र हटेपछि भाद्र २, २०६५ बहुमतले प्रचण्ड प्रधानमन्त्री बने। अनि अर्थमन्त्रि बाबुराम बन्न पुगे। बिद्रोह र क्रान्ति गरि आएका नेताहरुबाट जनताले ठुलो सामाजिक आर्थिक परिवर्तनको आशा र भरोशा गरेका थिए। त्यतिबेला यिनले न्युनतम प्राथमिकता र न्युनतम सामाजिक आर्थिक परिवर्तनमा ध्यान दिनुको सट्टा सेनापति कटुवाल हटाउन प्राथमिकता दिदा नौ महिनामै प्रधानमन्त्री खुस्किन पुगे, र जनता निराश हुनु स्वाभाविक भयो। साथै राष्ट्रपतिले पनि आफ्नो सिमा नाघी प्रधानमन्त्रीको सिफारिसलाई लत्याईदिदा त्यो चलन राष्ट्रपति भण्डारी सम्म आईपुग्यो। सरकार सधै अस्थिर भएर जनताको सामाजिक आर्थिक परिवर्तनमा निकै ठुलो कुठाराघात भई हाल देश निकै ठुलो आर्थिक संकटमा देखिएको छ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको संयुक्त सरकारले तिन महिनाअघि संयुक्त सरकारको साझा कार्यक्रम प्रस्तुत गरेको थियो। तर गत चैत्र २३, २०२३ मा दोस्रो साझा कार्यक्रम प्रस्तुत गरिएको छ। यसरी एउटै नेतृत्वले तिन महिना भित्रै अर्को साझा कार्यक्रम प्रस्तुत गर्नुको मुख्य कारण भनेको संयुक्त सरकारको साझेदारहरु फेरिनु नै हो भन्ने स्पष्ट बुझ्न सकिन्छ। यद्यपि अहिले सरकारबाट बाहिरिएका एमालेले कार्यक्रमको बिरोध गरेको छ। तर अहिले सत्ता गठबन्धन फेरिएको छ। गत मंगसिर ४ को चुनावमा जनतालाई बिभिन्न कार्यक्रम देखाई जनतासंग भोट मागेको काग्रेसलाई जनताले पहिलो पार्टि बनाईदिए। प्रथम पार्टी बनेको नेपाली कांग्रेस अहिले सरकारको साझेदार बनेको अवस्थामा कांग्रेसले घोषणापत्रमा जनतासंग बाचा गरेको कुराहरु कार्यक्रममा समावेश नै नगरी सरकारमा जानुको कुनै औचित्य हुदैन। साथै अन्य आठ पार्टीहरु पनि गठबन्धन सरकारमा छन। तिनका पनि केही न केही कार्यक्रम आगामी पाच बर्ष भित्र गर्नु नै पर्छ। नत्र तिनलाई पनि अर्को चुनावमा जनतताले प्रश्न गर्ने नै छन। तसर्थ सबैलाई चित्त बुझ्ने गरि दश पार्टिहरुले आपसी छलफल गरि संबिधानमा स्थापना भएको व्यवस्था र बिगतमा संसदले घोषणा गरेको कुराहरुलाई समावेश गरि संयुक्त सरकारको प्राथमिकता र नीति कार्यक्रम जारी गरिएको छ। तापनि एमाले गठबन्धनमा रहदाको धेरै सयुक्त कार्यक्रमहरुलाई निरन्तरता दिएको छ। यसको कारण हो नेपालको संबिधान सबै पार्टीहरुले समान रुपमा कार्यान्वन गर्नु अनिवार्य हुन्छ। संविधानको पृष्ठभूमिमा संयुक्त सरकारको प्राथमिकता र नीति कार्यक्रम बनेको हुनाले एमाले सरकारमा रहे पनि र नरहेपनि कार्यक्रमले निरन्तरता पाएको छ।

    उदाहरणको लागि जनआन्दोलनपछिको पुन:स्थापित एमाले लगायत सबै पार्टिहरुको संयुक्त संसदले २०६३ साल जेठ २१ गते नेपाललाई छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको थियो । त्यस्तै व्यवस्थापिका संसदले ०६८ जेठ १० गतेका दिन जातीय भेदभाव तथा छुवाछूतको कसुर र सजायको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक ०६८ पारित गरेको थियो । कानूनमा जातीय विभेद अन्त्य भएपनि व्यवहारिक रुपमा कार्यान्वयन नभएको अधिकारकर्मीको भनाई छ । साथै नेपालमा दैनिक रुपमा जातीय भेदभाव सम्बन्धि घटना घटेको समाचार देश-बिदेशमा बस्ने सबै नेपाली र बिदेशीहरुले समेत पढिनै रहेकाछन। यसले सबै पार्टीहरु, समाज र देशलाई निकै लज्जास्पद, अपमानित, असभ्य र मानवअधिकारबिहींन राष्ट्र बनाएको छ।

    त्यसैले अहिले दशैँ पार्टिहरुले संयुक्त हस्ताक्षर गरि प्रकाशित यो साझा न्युनतम कार्यक्रमको प्राथमिकतामा समाजमा विद्यमान सबै प्रकारका जातिय, बर्गीय, क्षेत्रीय बिभेदहरु हटाई स्वतन्त्र एवं न्यायमा आधारित सामाजिक व्यवस्था निर्माण गर्ने उल्लेख गरिएको छ।

    बिदेशमा बस्ने नेपाली नागरिकहरु सक्षम र चेतनशील छन भन्नेमा दुइमत छैन। त्यस्ता नेपाली नागरिकहरुले बिदेशमा श्रम गरी पठाएको
    रेमिट्यान्स नेपालको बिदेशी मुद्राको मुख्य आम्दानीको श्रोत बनेको छ। तर हालसम्म उनीहरु मतदान गर्ने आफ्नो सबैधानिक अधिकारबाट बन्चित छन। जसले गर्दा केही योगदान नभएका, सक्षमता नभएका, गलत व्यक्तिहरु दोह्रिएर चुनाव जिति आईरहेका छन। यदि बिदेशमा बस्ने नेपालीले मतदान गर्न पाए भने यो अवस्थामा परिवर्तन आउने छ।

    बिगत २०१२ देखि २०२२ सम्म, १० बर्षको भ्रष्टाचारको तथ्यांक हेर्ने हो भने नेपालको भ्रष्टाचार बर्षेनि बढेको छ। १८० भ्रष्टाचारी मुलुकहरु मध्ये नेपाल भ्रष्टाचारको ११० स्थानमा पर्दछ। मरेको सिनोलाई बिभिन्न जनावरहरुले लुछेको झैँ देश भ्रष्टाचारिहरुले लुछेर अब देश ठुलो ऋणमा डुबेको छ। सन् २०२१/२२ आर्थिक सर्वेक्षण अनुसार नेपालमा जन्मने बच्चाले जन्मदा नै टाउकोमा ६३,३१० रुपियाको रिण बोकेर जन्मन्छ। मानिस नांगो जन्मन्छ र नांगै यो धर्तीबाट बिदा हुन्छ भन्ने गलत साबित भएको छ। किनकि नेपालमा ऋण बोकेर जन्मन्छ र ऋण नतिरिकनै मरेर जान्छ।
    भ्रष्टाचारले देश थान्गथिलो भएको छ। त्यसैले भ्रष्टाचारलाई छानबिन गरि कडा कारवाही गर्ने पनि यी पार्टिहरुले प्राथमिकतामा राखेका छन।

    बिकास, निर्माण, उद्योग धन्दा, ब्यापार ओरालो लागेको छ। तर भ्रष्टाचारीहरुलाई समाएको, बिगो, दण्ड जरिवाना असुलउपर गरेको, जेल हालेको कहिले सुनिदैन। शिक्षामा लगानी गर्नु भनेको बेरोजगार हुन् लगानी गर्नु जस्तो भएको छ। त्यसैले अहिले नेपालका अधिकांस युवा-युवतीहरुलाई नेपालमा बस्न मन नलागी पलायन भईरहेका छन।

    नेपालीहरुले आफ्नो देशको नेपाली नागरिकता पाउन निकै कठिनाइ भोग्नु परेको छ । सरकारी कामकाजमा ढिलासुस्ती भई जनतालाई सास्ति भोग्नु परिरहेको छ। पारदर्शी नियम, कानुन, कार्यविधि बनाई सो अनुसार जनतालाई सुसुचित गरि सरकारले कार्य गर्नु पर्ने अनिवार्य छ। अनिमात्र जनताले सरकारी सेवा लिन सुबिधा हुनेछ।

    देशलाई आर्थिक कठिनाइ भएको बेला अनावस्यक पुरुस्कार र तक्मा दिनुको कुनै औचित्य छैन। त्यस्तै सरकारी खर्च एकदम अनियमित भएको छ। करोडौको सरकारी गाडिहरु, फर्निचर, अनेकौ सामानहरु प्रयोग नगरी थन्किरहेको छ। मन्त्रि आएपछि नयाँ गाडी, फर्निचर किन्ने र कमिशन खाने प्रचलन छ। यस्ता वाहियात खर्च कटौति गर्न एकदम जरुरि भएको छ। बिदेशी आयात नियन्त्रण गरि, स्वदेशी उत्पादन बढाउने र निर्यात प्रवर्धन गर्ने तर्फ जोडदिनु जरुरि छ।

    यी र यस्तै अनेकन सबिधान र देशको बर्तमान परिस्थितिले निर्देश गरेको बिषयहरुलाई दश पार्टिहरुले संयुक्त सरकारको प्राथमिकता र साझा न्युनतम कार्यक्रम निर्धारण गरिएको छ। यो साझा कार्यक्रम पाँच बर्षसम्म निरन्तर आलोपालो हुने सबै प्रधानमन्त्रीहरुले निरन्तर चलाउन भन्ने जनताले अपेक्षा गरेको बुझिन्छ। अब पनि सत्ताको लागि कुकुरले तुर्तुरी झारेको जस्तो सरकार बन्ने जनताको नजरमा ति घृणाको पात्र मात्र हुनेछन। त्यसैले साझा कार्यक्रमलाई प्रभावकारी बनाउन सबै पार्टीहरुले साझा कार्यक्रममा लेखिए बमोजिम गठबन्धन्लाई सही सलामत राखी पाँच बर्षमा जनताको सामाजिक आर्थिक अवस्था परिवर्तन भएको महशुस गराउन सके मात्र यो कार्यक्रम कागजको खोष्टो नभई साच्चिकै कार्यक्रम रहेछ भन्ने जनताले महशुस गर्नेछन।

  • शेयर बजारका धर्काहरु किन सधैं तलमाथि तलमाथि गरिरहन्छन् ?

    शेयर बजारका धर्काहरु किन सधैं तलमाथि तलमाथि गरिरहन्छन् ?

    सरोज सिग्देल, टेक्सस

    सेयर बजारको राम्रो पक्षः यसले लगानी गर्ने र पैसा बनाउने अवसर दिन्छ । पैसा बन्न सकेन भने त्यसको कारण बजारमा नभइ आफैमा खोज्नु राम्रो हुन्छ । सामान्यतया माग तथा आपूर्तिले बजारको मूल्य निर्धारण गर्ने गर्दछ लगानीकर्ताहरु कम मूल्यमा खरिद गरी बढी मूल्यमा बिक्री गर्दै बजारबाट मनग्य नाफा कमाउन चाहन्छन् यसैबीच हरेक गर्ता र विक्रेताबीच हुने घम्साघम्सी माटो नै सेयर बजारका धर्काहरु निर्धारण हुन थाल्छ तसर्थ शेयर बजार बन्द भएको अवस्थामा वाहेक कहिले पनि स्थिर हुन सक्दैन ।

    माग र आपूर्ति बजारमा आधारित तत्व भएतापनि यसमा नीति-नियमहरुले प्रभाव पारिरहेका हुन्छन् तसर्थ बजारको विषयमा कसैले पनि पूर्वानुमान गर्न सक्दैन, यदि कसैको अनुमान मिल्यो भने त्यो संयोग मात्र हो । यस्तो अनुमान पटक पटक मिल्न पनि सक्दैन । शेयर बजार स्थिर भएन र स्थिर बनाउन सरकारले केही यस्ता कदमहरू चालेन भन्ने गुनासा धेरैको मुखबाट सुनिन्छ । वास्तबमा जुन बजार स्थिर हुन सक्दैन त्यसलाई स्थिर बनाउन के कदम चाल्नु पर्यो र ? बरु केही त्यस्ता केही कदमहरु चाल्न सकिन्छ जसले शेयर बजारमा लागेका र लाग्ने सोच बनाएका व्याक्तिहरुलाई सजिलो होस्, सुबिधायुक्त होस् र बिकल्पहरुको छनौट गर्ने सुविधा होस् ।

    पूँजीबजार एक यस्तो बजार हो जसले कुनै लगानीकर्ताको जिन्दगी बदल्न सक्छ र लगानीकर्ताले साँचो सफलता तथा स्थायी सुखको महसुस तब गर्छन, जब उनीहरु शेयर बजार बारे केही सिकेर, बुझेर लगानी गर्दछन् । केही यस्ता कारकहरु छन् जसले शेयर बजारलाई अत्याधिक अस्थिर बनाई दिन्छ । सेयरको मूल्य घटेर तल आउँछ, त्यसबेला सोही रकमले बढी कित्ता सेयर किन्छ र गलत समयमा सेयर किन्दाको जोखिमलाई कम गरिरहेको हुन्छ ।
    शेयर बजारको धर्का तलमाथि पार्ने कारकहरू:

    आर्थिक तथा मौद्रिक नीतिहरु:

    आर्थिक तथा मौद्रिक नीतिहरु, जस्तै तरलता, ब्याज दर, मुद्रास्फीति र कुल ग्राहस्थ उत्पादन (जीडीपी) को वृद्धि आदिले शेयर बजारमा महत्वपूर्ण प्रभाव पार्न सक्छ। यी कारकहरूमा भएको परिवर्तनले शेयर बजारमा सम्भावना र अनिश्चितता निम्त्याउछ फलतः शेयर बजारमा धेरै नै अस्थिरता आउछ । जस्तै गत बर्षदेखि देखिएको तरलता संकटका कारण ऋण पाउन मुस्किल, ब्याजदर बृद्धि, नियमाकीय बन्धन आदिले शेयरबजार तिव्र ओरालो लागेको कुरा भुल्न हुदैन ।

    कम्पनीहरूको वित्तीय अवस्था र इतिहास:

    कम्पनी सम्बन्धि निर्णयहरु सञ्चालक समितिले आवश्यकताअनुसार लगानीकर्ताहरूको हितमा नै गर्ने गर्दछन् तर कम्पनीहरूको कार्य सम्पादनले पनि शेयर बजारलाई असर गर्दछ । कम्पनीको ब्यवसाय, आय, ब्यय, व्यवस्थापन परिवर्तन र अन्य कम्पनी सम्बन्धित विशेष समाचारहरूले शेयर मूल्यमा उतार चढाव ल्याउछ । जस्तो कि हालै भारतमा भारतीय अर्बपति गौतम अडानीको अडानी ग्रुप माथि हिंडेनबर्गले लगाएका आरोपहरुका कारण पछिल्लो समय यो ग्रुपका लिस्टेड कम्पनीहरुको भ्यालुएसन आधा भन्दा धेरैले घटेको मात्र छैन कि भारतीय वित्तीय क्षेत्रमा उत्पन्न तरंगले विश्वमा भारतीय अर्थतन्त्रको ‘इमेज’ मा कुनै असर पर्दैन है भनेर भारतीय बित्त मन्त्री निर्मला सीतारमणले बताउनु परेको छ ।

    राजनैतिक परिवेशहरु:

    रोजगारी, अर्थतन्त्र, उद्योग , ब्यापार, जनताको जीवन स्तर, निर्यात, बिकाश, राजनीतिक घटनाक्रम र नीतिहरूले पनि शेयर बजारलाई असर गर्छ । सरकारी निति, नियम, निर्वाचन र अन्तर्राष्ट्रिय सम्बन्धहरूमा भएको परिवर्तनले शेयर बजारमा अनिश्चितता, अस्थिरता र सम्भावना सिर्जना गर्छ । जस्तैः नयाँ सरकार बनेपछि आएका अर्थमन्त्रीका कारण लगानीकर्ताको मनोविज्ञानमा परिवर्तन देखिएको छ । त्यसैगरी केन्द्रिय बैंकका गर्भनरको शेयर बजार प्रतिको भाषा पनि फेरिएको छ ।

    बजार भावनाः

    लगानीकर्ताहरूको समग्र मूड र मनोवृत्तिले पनि शेयर बजारलाई असर गर्छ । कुनै कालखण्ड वा क्षण भरमा जब लगानीकर्ताहरू आशावादी हुन्छन्, शेयरको मुल्य बढ्छ, तर जब तिनीहरू निराशावादी हुन्छन्, तब शेयरको मुल्य घट्छ । जस्तै भारतीय अर्बपति गौतम अडानीको अडानी ग्रुप माथि हिंडेनबर्गले लगाएका आरोपहरु (जुन पुष्टी हुनै बाँकी छ) का कारण पछिल्लो समय यो ग्रुपका लिस्टेड कम्पनीहरुको भ्यालुएसन आधा भन्दा धेरैले घटेको छ ।

    लगानीकर्ताहरूको मनोबल:

    यो एउटा भनाइ छ, अर्थतन्त्रमा सुधार आउनु अगाडि नै सेयर बजार बढ्न सुरु गर्छ भने मन्दी आउनु अगाडी नै सेयर बजार घट्न सुरु गर्छ । कतिपय सिकाइहरु धेरै महँगो हुन्छ,लगानीकर्ताहरूको भावनाहरू जस्तै डर, लोभ र झुण्ड मानसिकताले शेयर बजारलाई असर गर्छ । यस्ता भावनाहरूले अत्यधिक प्रतिक्रिया र तर्कहीन व्यवहार निम्त्याउन सक्छ जसले शेयरको मुल्यमा उतारचढाव ल्याउछ । जस्तै शेयर बजार छिटो छिटो बढिरहेको बेला नयाँ नगानीकर्तालाई यस्तो लाग्दछ कि सबै भन्दा चाडै पैसा कमाउने ठाँउ शेयर बजार नै हो र उनीहरुमा यति धेरै लोभ उत्पन्न हुन्छ कि शेयरको सही मुल्य पाउदा पनि बेन्च सक्दैन् बरु ऋण लिएर खरिद गर्न हौसिन्छन् । त्यसैगरी बजार झर्दा पनि उनीहरु असाध्यै धेरै डर मान्छन् ।

    प्रतिकूल प्राकृतिक अवस्था:

    लगानी गर्ने या नगर्ने भन्ने विकल्प हुन सक्छन तर ऋण लिएर तिर्दिन भन्ने विकल्प हुन सक्दैन । आँधी, भूकम्प र महामारी जस्ता प्राकृतिक प्रकोपहरूले पनि शेयर बजारलाई असर गर्छ । तिनीहरूले आपूर्ति शृङ्खलाहरू अवरुद्ध गर्न सक्छन्, जसले गर्दा सुचिकृत कम्पनीहरूले आय गुमाउन सक्छन र शेयरको मुल्यमा कमी आउन सक्छ । यसको अर्को पाटो यस्तो प्राकृतिक प्रकोपमा अन्य आर्थिक गतिबिधीहरु ठप्प हुँदा सेयर बाजारलाई भने फाईदा मिलेको छ । जस्तो कि कोरोना महामारीमा अन्य आर्थिक गतिविधि ठप्प हुँदा सिर्जित पर्याप्त तरलताको कारण शेयर बजारमा प्रशस्त लगानीकर्ता थपिए, सहुलियत ऋण पाएको कारण शेयरको माग अत्याधिक बृद्धि भई शेयरको मुल्य बढ्यो ।

    मूल्य निर्धारण अनुमान:

    सबै लगानीकर्ताहरु आफैंमा पनि एक प्राविधिक र आधारभूत विश्लेषक पनि हुन् । लगानीकर्ताहरु जहिलेपनि आफैले स्वःअध्ययन वा बिष्लेषण विश्लेषण गरी बजारबाट मुनाफा कमाउँछु भन्ने उद्देश्यले प्रवेश गरेका हुन्छन् तसर्थ सबै लगानीकर्ता आफैंमा प्राविधिक तथा आधारभूत विश्लेषक पनि हुन् ।
    माथि उल्लेखित कारणहरूलाई नियमित अध्ययन र त्यसमा हुन सक्ने परिवर्तनको विषयमा केही हदसम्म बुझ्ने भएकाले उनीहरुमा एक किसिमको मूल्य पूर्वानुमान गर्ने क्षमताको विकास भएको हुन्छ सोही कारण निश्चित विन्दुमा प्रवेश गर्ने र बाहिरिने प्रक्रिया निरन्तर चलिरहन्छ यसैकारणले पनि सेयर बजारको शेयरबजार धारका हरुलाई नियमितरुपमा माथि तल माथि तल गराइरहन्छ ।

    योजना र लगानी:
    पैसा खर्च गर्नका लागि मात्र हैन लगानीका लागि पनि हो । आफ्नो लगानी र जोखिम नियन्त्रण गर्न सके पनि सरकारी नीति नियन्त्रण गर्न सकिन्न । नियमित रुपमा तालिका बनाएर सेयर किन्दा जुन बेला सेयरको मूल्य माथि हुन्छ, त्यसबेला हाम्रो पैसाले कम कित्ता सेयर किन्छ । तर, जब सेयरको मूल्य घटेर तल आउँछ, त्यसबेला सोही रकमले बढी कित्ता सेयर किन्छ र गलत समयमा सेयर किन्दाको जोखिमलाई कम गरिरहेको हुन्छ । यो रणनीतिले आवेश र उत्तेजनाका कारण गलत समयमा एकमुष्ट लगानी गर्छु भन्ने सोचले पनि धर्काहरु तलमाथि गरिरहन्छन्।

    निष्कर्ष;

    शेयर बजार एक प्रणाली हो जसले सुतेको मान्छे र सुस्ताएको अर्थतन्त्र उठाउने काम गर्दछ। मार्केटलाई सही अनुमान लगाउन सक्ने हो भने यसबाट धेरै पैसा बनाउन सक्छौ । लगानीकर्ताले बजार कुन बेला बढ्छ र कुन बेला घट्छ भन्ने सहीअनुमान लगाउन सक्छन र सोहि अनुसार बजार न्यूनतम विन्दुमा पुगेका बेला किन्ने गर्छन र उच्चतम विन्दुमा पुगेका बेला बेच्छन ।के वास्तव मै मार्केट टाइमिङ गर्न सकिन्छ त भन्ने बारेमा भिन्न भिन्न तर्क र अनुसन्धानहरु भएकाछन । विभिन्न अनुसन्धानकर्ता र विद्धानहरु भन्छन ‘मार्केट टाइमिङ गर्नु असम्भव प्राय नै हुन्छ । एक पटक वा दुइ पटक गर्न सक्नु बेग्लै कुरा हो तर एउटा निश्चित समय सम्म मार्केट टाइमिङ गरि रहन सक्नु असम्भव प्राय हुन्छ ।’ यस्तै विचार पिटर मालोक आफ्नो कितावमा व्यक्त गर्छन । उनी भन्छन ”मार्केट टाइमिङले काम गर्दैन । बजारमा राम्रो नाफा कमाउनका लागि मार्केट टाइमिङ गर्ने जस्तो गल्ति लगानीकर्ताले गर्नु हुदैन ।” मार्केट टाइमिङ गर्ने काम सामान्य मानिसको कल्पना भन्दा बाहिरको कुरा पनि हो । तर अल्पकालिन कारोबारहरु मार्केट टाइमिङलाई लगानीको प्रमुख रणनीतिका रुपमा लिन्छन ।
    कारोवार वा लगानी जहिले पनि आफैले स्वअध्ययन वा बिष्लेषण गरेर वा बित्तीय जानकारको सहयोगमा मात्र गर्नुपर्दछ । आवश्यक नीति, नियम तथा कार्यक्रमहरुको तर्जुमा, भएका नीति, नियम, निर्देशिकाहरुको परिमार्जन, कार्यान्वयन, नियमन, निरिक्षण तथा सुपरिवेक्षण गर्ने क्षमतामा ह्स आउने गरी नियमाक निकायले खुला आगमन र खुला वर्हिगमन भन्दै वास्तबिक आवस्यकता र दीर्घकालीन दृष्टीकोणलाई ध्यान नदिई वा बिस्तृत अध्ययन विनै लहडको भरमा ईजाजतपत्र बाँढेर पुँजी बजारलाई थप भद्रगोल पार्नु पनि हुदैन तसर्थ शेयर बजारका धर्काहरु किन सधैं तलमाथि तलमाथि गरिरहन्छन् ।

    (लेखक:नेपाली समाज टेक्सासका आर्थिक कार्य समिति संयोजक का साथै आधारभूत विश्लेषक पनि हुन्।)