दुबई, १९ फागुन (रासस–एएफपी) । दुबई र अबु धाबी विमानस्थलहरूसहित खाडी क्षेत्रमा इरानले आक्रमण गर्न थालेपछि रद्द गरिएको तीन दिनपछि सोमबार साँझबाट पुनः ‘सीमित’ उडानहरू सुरु हुने आबुधावी विमानस्थल प्रशासनले जानकारी गराएको छ। “दुबईले ‘दुबई अन्तर्राष्ट्रिय विमानस्थल (डिएक्सबी)’ र ‘दुबई वल्र्ड सेन्ट्रल–अल मकतूम’ अन्तर्राष्ट्रिय विमानस्थल (डिडब्ल्यूसी)बाट उडानहरू सीमित रूपमा पुनः सुरु गर्ने घोषणा गरेको छ।… Continue reading दुबई विमानस्थलले पुनः ‘सीमित’ उडानहरू सुरु गर्ने
Category: घूमघाम
उडान खुल्ने प्रतीक्षामा काठमाडौं विमानस्थलमा अलपत्र यात्री
मधु शाही–राससकाठमाडौँ, १७ फागुनः बर्दियाका किशोर पुन शनिबार रोजगारीका लागि कतार जाँदै थिए । त्यसैले हातमा पासपोर्ट र नेपाल एयरलाइन्सको टिकट बोकेर उनी समयमै विमानस्थल पुगेका थिए । तर उनी कतार जाने भने पाएनन् । विमानस्थल आएपछि उनलाई नेपाल वायुसेवा निगमले हवाई उडान स्थगित भएको सूचना दियो । उनी आइतबार दिउँसो विमानस्थलमा अलपत्र अवस्थामा भेटिए… Continue reading उडान खुल्ने प्रतीक्षामा काठमाडौं विमानस्थलमा अलपत्र यात्री
जाडो छल्न आएका चरा फर्किन थाले
चितवन, १५ फागुनः जाडो छल्न हिमालपारिबाट आएका चरा फर्किन थालेका छन् । जाडो मौसम सुरु भएसँगै गत असोजबाट आउन सुरु गरेका चरा गर्मी सुरु भएसँगै फर्किन थालेका हुन् । चितवन राष्ट्रिय निकुञ्जलगायत आसपासका सिमसार क्षेत्रमा हाँस प्रजातिका चरा जाडो छल्न आउने गर्दछन् । हरेक वर्ष अक्टोबरमा आउने ती चरा गर्मी सुरु भएसँगै फर्कन थालेका हुन्… Continue reading जाडो छल्न आएका चरा फर्किन थाले
धार्मिक एकताको नमूना : म¥याङडाँडामा त्रि–धार्मिक संरचना निर्माण
भोजपुर, १४ फागुनः धार्मिक विविधताबीच एकता, सहअस्तित्व र आपसी सद्भाव कायम गर्ने उद्देश्यले जिल्लाको अरुण गाउँपालिकास्थित म¥याङडाँडामा त्रि–धार्मिकस्थल निर्माण गरिएको छ । यहाँ एउटै परिसरमा हिन्दू, बौद्ध र किरात धर्मसँग सम्बन्धित संरचनाहरू निर्माण गरिएका हुन् । धर्मका नाममा विभाजन होइन, एकता र सहिष्णुताको सन्देश प्रवाह गर्ने लक्ष्यसहित अरुण आध्यात्मिक प्रतिष्ठानले करिब ५० रोपनी क्षेत्रफलमा फैलिएको… Continue reading धार्मिक एकताको नमूना : म¥याङडाँडामा त्रि–धार्मिक संरचना निर्माण
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा फागुन २३ गतेदेखि बाघ गणना
दोधारा चाँदनी (कञ्चनपुर), १३ फागुन : शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा फागुन २३ गतेदेखि बाघ गणनाको तयारी गरिएको छ । निर्वाचनलगत्तै शुक्लाफाँटा निकुञ्ज र आरपास क्षेत्रमा बाघ गणना गरिने शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले जानकारी दिए । “प्रतिनिधिसभा सदस्य निर्वाचनमा निकुञ्ज कर्मचारीसमेत खटिने भएकाले बाघ गणना चुनावपछि गर्ने निर्णय गरिएको छ”, उनले भने, “२३ गतेदेखि… Continue reading शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा फागुन २३ गतेदेखि बाघ गणना
गुल्मीमा हवाई उडान कटौती , अब सातामा तीनपटक मात्र
गुल्मी, १० फागुनः यहाँको रेसुङ्गा विमानस्थलमा अबदेखि सातामा तीनपटकमात्र हवाई उडान गरिने भएको छ । नेपाल वायु सेवा निगमले यसअघि गुल्मीमा बिहीबार हुँदै आएको हवाई उडानको तालिकामा परिवर्तन गरेको हो । नेपाल वायु निगमले यसअघि आइतबार, मङ्गलबार, बिहीबार र शनिबार गरी सातामा चारपटक उडान गर्दै आएको थियो । उडान तालिकामा परिवर्तन गरेसँगै अबदेखि आइतबार, मङ्गलबार… Continue reading गुल्मीमा हवाई उडान कटौती , अब सातामा तीनपटक मात्र
प्रधानमन्त्री कार्कीद्वारा मायादेवी मन्दिरको दर्शन
लुम्बिनी, ९ फागुनः प्रधानमन्त्री सुशीला कार्कीले आज लुम्बिनीस्थित मायादेवी मन्दिरका साथै थाइल्याण्ड सरकारले निर्माण गरेको गुम्बा, सङ्ग्रहालय, बज्रयान मन्दिर र विश्वशान्ति स्तुपको अवलोकन गरेकी छिन् । निर्वाचन तयारीबारे सम्बद्ध निकायहरुसँग जानकारी लिने सिलसिलामा रुपन्देहीको भ्रमणपछि प्रधानमन्त्री लुम्बिनी आएकी हुन् । प्रधानमन्त्रीलाई लुम्बिनी विकास कोषका सदस्य–सचिव दीपक श्रेष्ठलगायत पदाधिकारीले स्वागत गर्दै लुम्बिनीको गुरुयोजना र कोषका गतिविधिबारे… Continue reading प्रधानमन्त्री कार्कीद्वारा मायादेवी मन्दिरको दर्शन
धौलागिरि आइसफल जोड्ने पदमार्ग निर्माण
म्याग्दी, ९ फागुनः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोवादेखि धौलागिरि आइसफल जोड्ने पदमार्ग निर्माण थालिएको छ । अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षमा बिनियोजन गरेको रु १० लाख बजेटबाट उपभोक्ता समितिमार्फत पदमार्ग निर्माण थालिएको हो । उपभोक्ता समितिका अध्यक्ष विकास पुनले फागुन पहिलो सातासम्म गरेकदेखि गुन्थली भिर, देउराली डाडा, ठूलोखानी, भित्रे वन, ठुलो घैरा भ¥याङ हुँदै भिरखर्कसम्म पदमार्ग… Continue reading धौलागिरि आइसफल जोड्ने पदमार्ग निर्माण
मनोरम दृश्य एकै यात्रामा अवलोकन गर्न सकिने भोजपुरको मुन्दुम पदमार्ग
भोजपुर, ९ फागुनः मुन्दुम पदमार्ग पूर्वी नेपालको एक रमणीय र सहज पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ । प्राकृतिक सौन्दर्यले भरिपूर्ण यस पदमार्गमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण दिनानुदिन बढ्दो छ । अग्ला पहाडी डाँडाकाँडा, चम्किला हिमश्रृङ्खला र तराईका समथर फाँटको मनोरम दृश्य एकै यात्रामा अवलोकन गर्न सकिने भएकाले यो पदमार्ग पर्यटकको रोजाइँमा पर्न… Continue reading मनोरम दृश्य एकै यात्रामा अवलोकन गर्न सकिने भोजपुरको मुन्दुम पदमार्ग
स्टकहोममा १७औँ शताब्दीको जहाज पुनः सतहमा
स्टकहोम, ६ फागुन (रासस–एएफपी) । बाल्टिक सागरको जलस्तर असामान्य रूपमा घटेपछि मध्य स्टकहोममा करिब चार सय वर्षदेखि पानीमुनि गाडिएको १७औँ शताब्दीको स्विडेनी नौसैनिक जहाजको भग्नावशेष फेरि सतहमा देखा परेको छ । लामो समयसम्म लुकेको इतिहास एकाएक उजागर हुँदा समुद्री पुरातत्त्वविद्हरूले यसलाई महत्त्वपूर्ण खोजका रूपमा लिएका छन् । क्यास्टेलहोलमेन टापु आसपास पानीको सतह घटेसँगै जहाजको राम्रोसँग… Continue reading स्टकहोममा १७औँ शताब्दीको जहाज पुनः सतहमा
पर्यटकीय गाउँ धम्पुसमा थपियो पर्यटकीय आकर्षण आलडाँडा उद्यान
कास्की, ५ फागुनः कास्कीको माछापुच्छ्रे गाउँपालिका–७ को पर्यटकीय गाउँ धम्पुसमा आलडाँडा उद्यान (पार्क) निर्माण गरिएको छ । पर्यटकीय गाउँका रूपमा राष्ट्रिय अन्तरराष्ट्रिय क्षेत्रमा परिचित धम्पुसमा यस उद्यानले थप पर्यटन आकर्षण बढाउने र पर्यटकको बसाइ लम्ब्याउने अपेक्षा गरिएको छ । उद्यानमा बसेर आरामसहित मनोरम दृश्यावलोकन गर्न सकिने छ । उद्यानमा धम्पुस ब्रेकन भगिनि सम्बन्ध स्थापनाको स्मारक… Continue reading पर्यटकीय गाउँ धम्पुसमा थपियो पर्यटकीय आकर्षण आलडाँडा उद्यान
पर्यटन बोर्ड र जापानको वाकायामाबीच दिगो पर्यटन सहकार्यमा समझदारी
काठमाडौँ, ४ फागुनः नेपाल र जापानबीच पर्यटन कूटनीतिलाई सुदृढ बनाउने उद्देश्यले नेपाल पर्यटन बोर्ड र जापानको वाकायामा प्रिफेक्चरबीच पर्यटन सहकार्यसम्बन्धी समझदारीपत्र (एमओयु)मा हस्ताक्षर भएको छ । आज भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डको सभाहलमा आयोजित कार्यक्रममा दुवै पक्षले संयुक्त प्रवद्र्धन, ज्ञान आदान–प्रदान तथा दिगो पर्यटन विकासका क्षेत्रमा सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् । समझदारीपत्रमा नेपाल पर्यटन बोर्डका… Continue reading पर्यटन बोर्ड र जापानको वाकायामाबीच दिगो पर्यटन सहकार्यमा समझदारी
चीनले क्यानडा र बेलायती नागरिकका लागि निःशुल्क भिसा नीति लागू गर्ने
बेइजिङ, ४ फागुन (रासस–एएफपी) । चीनले क्यानडा र बेलायतका साधारण राहधानीधारक नागरिकलाई लक्षित गरी भिसा मुक्त नीति लागु गर्ने निर्णय गरेको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता आइतबार भने, “सीमापारबाट चीनको यात्रालाई थप सहज बनाउन चीनले सन् २०२६ फेब्रुअरी १७ देखि क्यानडा र बेलायतका साधारण राहदानी धारकहरूलाई भिसा–मुक्त नीति विस्तार गर्ने निर्णय गरेको छ।” प्रवक्ताका अनुसार… Continue reading चीनले क्यानडा र बेलायती नागरिकका लागि निःशुल्क भिसा नीति लागू गर्ने
महाशिवरात्रिको पूर्वसन्ध्यामा पशुपतिमा शोभायात्रा
काठमाडौँ, २ फागुनः महाशिवरात्रिको पूर्वसन्ध्यामा पाशुपत क्षेत्रमा आज शोभायात्रा आयोजना गरिएको छ । पशुपति क्षेत्र विकास कोषको आयोजनामा शोभायात्रा गरिएको हो । शोभायात्रामा स्वदेशी तथा विदेशबाट आउनुभएका साधुसन्त र स्थानीय भक्तजनको सहभागिता थियो । पाशुपत क्षेत्रका प्रायः सबै भागमा शोभायात्रा गरिएको थियो । शोभायात्रामा धामीझाँक्रीको पनि सहभागिता थियो । महाशिवरात्रि भोलि हो । कोषले महाशिवरात्रिमा… Continue reading महाशिवरात्रिको पूर्वसन्ध्यामा पशुपतिमा शोभायात्रा
पाटन दरबार सङ्ग्रहालय अवलोकन गर्न अब अनलाइनबाटै टिकट
ललितपुर, १ फागुन । विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक तथा सांस्कृतिक महत्त्व बोकेको पाटन दरबार सङ्ग्रहालय अवलोकनका लागि अब घरमै बसेर अनलाइन टिकट बुकिङ गर्न सकिने भएको छ । दरबार सङ्ग्रहालय प्रशासनले स्वदेशी तथा विदेशी पर्यटकलाई लक्ष्य गर्दै अनलाइन टिकट प्रणाली लागू गर्ने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । पाटन दरबार सङ्ग्रहालयका प्रमुख सुरेशमान… Continue reading पाटन दरबार सङ्ग्रहालय अवलोकन गर्न अब अनलाइनबाटै टिकट
नयाँ वर्षले चीनमा यात्राको रेकर्ड तोड्ने सङ्केत
बेइजिङ, २९ माघ (रासस–एपी) । चन्द्र नयाँ वर्ष नजिकिँदै जाँदा चीनभर वार्षिक यात्राको भीड सुरु भएको छ, जसलाई संसारकै सबैभन्दा ठूलो मानव आवागमन मानिन्छ । सरकारले ४० दिनको यात्राअवधिमा करिब नौ अर्ब ५० करोड यात्राहरू हुने अनुमान गरेको छ । यो हालसम्मकै उच्च सङ्ख्या हो । सिचुआन प्रान्तको राजधानी चेङ्दु घर भएका लिउ झिक्वान बेइजिङबाट… Continue reading नयाँ वर्षले चीनमा यात्राको रेकर्ड तोड्ने सङ्केत
हिमालयन ह्वाइटवाटर च्यालेञ्ज फागुन १४ देखि
काठमाडौँ, २८ माघः आगामी फागुन १४ देखि १६ गतेसम्म ‘२४औँ हिमालयन ह्वाइटवाटर च्यालेञ्ज, २०२६ तथा ‘५०औँ अन्तरराष्ट्रिय ह्वाइटवाटर र्याफ्टिङ र कायाकिङ महोत्सव’ त्रिशूली नदीमा आयोजना हुने भएको छ । नेपाल एशोसिएसन अफ र्याफ्टिङ एजेन्सिज ९नारा० ले नेपाल पर्यटन बोर्डको सहकार्यमा महोत्सव आयोजना गर्ने भएको हो । अजा यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रतियोगितामा ३० अन्तरराष्ट्रिय र… Continue reading हिमालयन ह्वाइटवाटर च्यालेञ्ज फागुन १४ देखि
‘राउण्ड फेवा, भ्युफेवा’ पदमार्ग प्रवर्द्धन
गण्डकी, २७ माघः हाइकर्स क्लब नेपालले पोखरा र आसपासका गन्तव्यको प्रवर्द्धन गर्ने उद्देश्यका साथ विगत सात वर्षयता सञ्चालन गर्दै आएको हाइकिङको ६७औँ शृङ्खला फेवाताल किनाराको पदमार्ग ‘राउण्ड फेवा, भ्युफेवा’ मा सरसफाइसहित सम्पन्न गरेको छ । हरेक महिनाको तेस्रो शनिबार गर्दै आइएको हाइकिङको यो शृङ्खला फेवातालको किनारस्थित रानिवनभित्रको पदमार्ग ‘राउन्ड फेवाः भ्यु फेवा’को सरसफाइसहित सम्पन्न गरिएको… Continue reading ‘राउण्ड फेवा, भ्युफेवा’ पदमार्ग प्रवर्द्धन
लुम्बिनीमा लापरबाही -शान्तिको जन्मभूमिमा शासनको असफलता
कुमार न्यौपानेहाल : न्युयोर्क लुम्बिनी– भगवान गौतम बुद्धको जन्मभूमि, करुणा, अहिंसा र शान्तिको विश्वव्यापी केन्द्र । युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत यो पवित्र भूमि सम्पूर्ण मानव सभ्यताको साझा धरोहर हो । तर, आज यही लुम्बिनी व्यवस्थापकीय असक्षमता, राजनीतिक हस्तक्षेप, भ्रष्टाचार र अदूरदर्शी सोंचको ज्वलन्त उदाहरण बनेको छ । शान्तिको सन्देश बोकेको भूमि आफैं अराजकता, अव्यवस्था… Continue reading लुम्बिनीमा लापरबाही -शान्तिको जन्मभूमिमा शासनको असफलता
आलेखः हिउँले ढाकिएको छाङ्रूमा पहरा गर्दै सशस्त्र
दार्चुला, २२ माघः कठोर जाडोकाबीच पनि हतियारसहित गस्तीमा निस्किएका उनीहरू राष्ट्रको सीमालाई सुरक्षित राख्न निरन्तर सक्रिय छन् । भारी हिउँमा बुट गाड्दै अघि बढ्नु सजिलो पनि छैन । प्रत्येक पाइला जोखिमसँग जोडिएको छ । चिप्लो जमिन, हिमपहिरोको सम्भावना र शून्य नजिकैको तापक्रमबीच पनि उहाँहरूको कदम रोकिँदैन् । दार्चुलाको व्यास गाउँपालिका–१ छाङरूस्थित सशस्त्र प्रहरी बल नेपाल… Continue reading आलेखः हिउँले ढाकिएको छाङ्रूमा पहरा गर्दै सशस्त्र
लेकसाइड क्षेत्रलाई पर्यटनमैत्री बनाउन अभियान
गण्डकी, २० माघ : पर्यटन राजधानी पोखराको मुख्य पर्यटकीय गन्तव्य लेकसाइड क्षेत्रमा पर्यटनमैत्री वातावरण बनाउन पोखरा पर्यटन परिषद्ले अभियान सुरु गरेको छ ।लेकसाइड आएका पर्यटकहरू पूर्ण रूपमा सुरक्षित महसुस गरी यस क्षेत्रमा आवतजावत गर्न सकुन् भन्ने उद्देश्यका साथ सरोकारवाला निकायसँग समन्वय एवं साझेदारी बढाउँदै अभियान सुरु गरिएको हो । लेकसाइड क्षेत्रलाई पर्यटनमैत्री एवं पूर्ण सुरक्षित… Continue reading लेकसाइड क्षेत्रलाई पर्यटनमैत्री बनाउन अभियान
अवरुद्ध कागबेनी–मुक्तिनाथ सडकको हिउँ पन्छ्याउन सुरु
राससमुस्ताङ, १५ माघः भारी हिमपातका कारण अवरुद्ध कागबेनी–मुक्तिनाथ सडक खुलाउन पहल थालिएको छ । जिल्ला प्रशासन कार्यालय र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको समन्वयमा कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडक आयोजनाको डोजर परिचालन गरी भर्खरै सडक खुलाउने पहल भएको छ । वारागुङ मुक्तिक्षेत्र–४ का वडाध्यक्ष कर्माघ्याचो गुरुङको उपस्थितिमा अवरुद्ध कागबेनी–मुक्तिनाथ सडकको हिउँ सफा गर्ने काम सुरु गरिएको छ ।… Continue reading अवरुद्ध कागबेनी–मुक्तिनाथ सडकको हिउँ पन्छ्याउन सुरु
नेपालमा हिमपातको सुन्दर दृष्य (६ तस्वीरमा)
१४ माघ, काठमाडौं । नेपालमा आज रातीबाटै उच्च पहाडी र हिमाली भेगमा हिमपात सुरु भएको छ । पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावले मौसम अदलीबदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशका उच्च पहाडी तथा हिमाली भागमा पूर्णतया बादल लाग्ने र बाँकी भेगका पहाडी तथा तराईमा बादल लाग्ने सम्भावना… Continue reading नेपालमा हिमपातको सुन्दर दृष्य (६ तस्वीरमा)
न्युयोर्कको ट्राभल एन्ड एडभेन्चर शोमा नेपालको प्रवर्द्धन
काठमाडौँ, १३ माघः नेपाल पर्यटन बोर्ड (एनटिबी) ले संयुक्त राज्य अमेरिकामा नेपालको पर्यटन प्रवर्द्धनलाई थप सुदृढ बनाउने उद्देश्यसहित न्युयोर्कमा आयोजित ट्राभल एन्ड एडभेन्चर शो २०२६ मा सहभागिता जनाएको छ । उक्त कार्यक्रम २४–२५ जनवरी २०२६ मा जेकब के जाभिट्स कन्भेन्सन सेन्टर, न्युयोर्कमा सम्पन्न भएको हो । नेपालका लागि अमेरिका एक महत्त्वपूर्ण स्रोत बजार रहँदै आएको… Continue reading न्युयोर्कको ट्राभल एन्ड एडभेन्चर शोमा नेपालको प्रवर्द्धन
‘ब्लु हिल’मा पर्यटकीय पूर्वाधार निर्माण गरिँदै
गलकोट (बागलुङ), १३ माघः बागलुङ नगरपालिकाको गौरवको आयोजनाका रूपमा रहेको बागलुङ नगरपालिका–९ स्थित ‘ब्लु हिल’मा अहिले पूर्वाधार निर्माणलाई तीव्रता दिइएको छ । आगामी असार मसान्तसम्म दुई करोड ५० लाख बराबरको भौतिक संरचना तयार हुनेगरी तीव्र गतिमा निर्माण भइरहेको हो । यसअघि बागलुङ नगरपालिकाले जग्गा व्यवस्थापन, शौचालय तथा सत्तल निर्माणमा रु ७० लाख खर्च गरिसकेको छ… Continue reading ‘ब्लु हिल’मा पर्यटकीय पूर्वाधार निर्माण गरिँदै
बेइजिङ–अबुधाबी सिधा उडान सुरु
बेइजिङ, १२ माघ (रासस–एएफपी) । चीनको राजधानी बेइजिङ र संयुक्त अरब इमिरेट्स (युएई) को अबुधाबी बीचको सिधा हवाई मार्ग सुरु गरिएको छ । यो चिनियाँ एयरलाइनद्वारा संचालित दुई राजधानीहरू बीचको पहिलो सीधा सम्पर्क हो। बोकेर एयर चाइनाको बोइङ ७८७ विमानले २७८ यात्रु लिएर गरेको पहिलो उडान शनिबार राति अबुधाबीस्थित जायद अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो… Continue reading बेइजिङ–अबुधाबी सिधा उडान सुरु
लुम्बिनीका विद्युतीय पोलमा राष्ट्रिय झण्डा
देवदह (रुपन्देही), १२ माघः रुपन्देहीको सीमा नाका बेलहियानाका हुँदै नेपाल आउने पर्यटकलाई राष्ट्रिय झण्डाबाट स्वागत गरिने भएको छ । यसका लागि बेलहिया गाउँ समाजले आइतबार बेलहियादेखि डण्डा खोला पुलसम्मका पोलहरुमा झण्डा राखेको हो । मुलुकमा प्रवेश गरेपछि नेपाल आइपुगेको अनुभूति होस् भन्ने उद्देश्यले मुख्य प्रवेशद्वारदेखि डण्डाखोला पुलसम्म विद्युतीय पोलमा करिब १०० झण्डा राखिएको हो ।… Continue reading लुम्बिनीका विद्युतीय पोलमा राष्ट्रिय झण्डा
चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघ गणना : एकभाग बाँकी
चितवन, १२ माघः चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा गत पुस ३ गतेदेखि सुरु भएको बाघ गणनाको दोस्रो भागको काम सकिएको छ । चितवन र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटा ब्लक बनाएर गाणना गरिँदैछ । यसभित्र तीन भाग बनाइएको थियो । निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार दोस्रो भागकोसमेत गणना सकेर क्यामेरा निकाल्ने काम सुरु गरिएको… Continue reading चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघ गणना : एकभाग बाँकी
‘गोल घर’ संरक्षण गर्दै उद्योग वाणिज्य सङ्घ
वालिङ (स्याङ्जा), १२ माघः पछिल्ला वर्षहरुमा गाउँ तथा सहरमा पक्की घर बन्दै गएका छन् । केही वर्षअघिसम्म विशेष गरी सहर बजारमा पक्की आधुनिक घर बन्ने गरेपनि पछिल्ला वर्षमा गाउँ गाउँमा पनि पुराना घर भत्काएर नयाँ पक्की घर बनाउने क्रम बढ्दो छ । बजार तथा गाउँ गाउँमा पक्की घर बन्नेक्रम बढ्दै गएपछि पुराना र लोप हुनलागेका… Continue reading ‘गोल घर’ संरक्षण गर्दै उद्योग वाणिज्य सङ्घ
पर्यटकीय गन्तव्य बन्दै रसुवा, छ महिनामा ३२ हजार बढीले गरे भ्रमण
रसुवा, २ माघ । हिमाली जिल्ला रसुवामा पछिल्लो छ महिनामा ३२ हजार ६७२ पर्यटकले भ्रमण गरेका छन् । ऐतिहासिक एवम् धार्मिक हिसाबले महत्वपूर्ण गोसाइँकुण्ड क्षेत्र र प्राकृतिक दृष्टिकोणले मनोरम एवम् सुन्दर लाङटाङ क्षेत्र घुम्न आउने पर्यटकको उपस्थिति बढी देखिन्छ । लाङ्टाङ राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत श्यामकुमार शाहका अनुसार चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म… Continue reading पर्यटकीय गन्तव्य बन्दै रसुवा, छ महिनामा ३२ हजार बढीले गरे भ्रमण