५ असार, काठमाडौं । परराष्ट्र मन्त्रालयले इजरायल र इरानबीचको द्वन्द्वका कारण पछिल्ला केही दिनमा विकसित घटनाक्रमपछि नेपाली नागरिकलाई ती देशमा यात्रासम्बन्धी जानकारी (ट्राभल एडभाइजरी) जारी गरेको छ । मन्त्रालयले बुधबार विज्ञप्तिमार्फत नेपालबाट इजरायल, इरान वा मध्यपूर्वका अन्य मुलुक भ्रमण वा वैदेशिक रोजगारीमा जान चाहनुहुने नेपाली नागरिकका सो जानकारी जारी गरेको हो । इजरायल र इरानको… Continue reading परराष्ट्र मन्त्रालयद्वारा मध्यपूर्व एसियाका लागि ‘ट्राभल एडभाइजरी’ जारी
Category: विश्व
सयौँ युरोपेली इजरायलबाट स्वदेश फिर्ता
एजेन्सी५ असार, काठमाडौं । इरानसँगको द्वन्द्व चर्किरहेका बेला युरोपेली मुलुकहरूले बुधबार इजरायलबाट आफ्ना सयौँ नागरिकलाई स्वदेश फर्काएका छन् । जर्मनीको विदेश मन्त्रालयका प्रवक्ता क्रिश्चियन वाग्नरका अनुसार जोर्डनमा चार्टर्ड गरिएको व्यावसायिक उडानमार्फत करिब २०० जनालाई जर्मनीले ल्याउने अपेक्षा गरिएको छ । अम्मानबाट दोस्रो उडान बिहीबारका लागि तय भएको उनले बताए । रोममा इटालीका विदेशमन्त्री एन्टोनियो ताजानीले… Continue reading सयौँ युरोपेली इजरायलबाट स्वदेश फिर्ता
इरानले कुनै हालतमा आत्मसमर्पण गर्दैनः खामेनी
एजेन्सी५ असार, काठमाडौं । इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मागअनुसार इरानले कहिल्यै आत्मसमर्पण नगर्ने बताएका छन् । ट्रम्पले संयुक्त राज्य अमेरिकाले खामेनीको कहाँ लुलेका छन् भन्ने अमेरिकालाई थाहा भएको र चाहेमा उनको हत्या गर्न सक्ने दावी गर्दै इरानले तत्काल ‘बिनाशर्त आत्मसमर्पण’ गर्नुपर्ने बताएको केही घण्टापछि इरानी सवोच्च नेता खामेनीको उक्त… Continue reading इरानले कुनै हालतमा आत्मसमर्पण गर्दैनः खामेनी
ट्रम्प भन्छन् : इरानविरूद्धको युद्धमा संलग्न हुने वा नहुनेबारे विचार गरिरहेको छु
एजेन्सी५ असार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि इजरायली आक्रमणमा अमेरिका सहभागी हुने वा नहुनेबारे आफूले विचार गरिरहेको बताएका छन् । ह्वाइट हाउसमा नयाँ झण्डाको पोल राखिएको अवलोकन गर्दै ट्रम्पले इरानसँग आफ्नो धैर्य ‘समाप्त भइसकेको’ र इस्लामिक गणतन्त्र इरानको ’निःशर्त आत्मसमर्पण’ का लागि आफ्नो आह्वान दोहोर्याए । “इरानमा प्रत्यक्ष संलग्न हुने वा नहुने के… Continue reading ट्रम्प भन्छन् : इरानविरूद्धको युद्धमा संलग्न हुने वा नहुनेबारे विचार गरिरहेको छु
लिबियामा डुङ्गा डुब्दा कम्तीमा ६० आप्रवासीको मृत्यु भएको आशङ्का
५ असार, काठमाडौं । लिबियाको तटीय क्षेत्रमा पछिल्लो एक सातामा एक जोडी जहाज दुर्घटना हुँदा कम्तीमा ६० आप्रवासीको मृत्यु भएको अनुमान गरिएको अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आइओएम) ले जनाएको छ । गत जुन १२ मा त्रिपोलीमा रहेको लिबियाको बन्दरगाह नजिकै पहिलो डुङ्गा दुर्घटना हुँदा महिला र बालबालिकासहित २१ जना बेपत्ता भएको र जीवित रहेका पाँच जना… Continue reading लिबियामा डुङ्गा डुब्दा कम्तीमा ६० आप्रवासीको मृत्यु भएको आशङ्का
इजरायल र इरानमा रहेका नेपालीको आवश्कता अनुसार सहयोग गरिने
४ असार, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले इजरायल र इरानबीच हाल विकसित परिस्थितिका कारण रोजगारीमा रहेका नेपाली श्रमिकको सुरक्षा र सम्भावित जोखिम न्यूनीकरणका लागि कूटनीतिक नियोगलाई आवश्यक तयारी गर्न परराष्ट्र मन्त्रालय समक्ष अनुरोध गर्ने निर्णय गरेको छ । श्रम मन्त्रालयका सचिव कृष्णहरि पुस्करको संयोजकत्वमा बसेको सरोकारवालाको बैठकले नेपाली नियोगमार्फत इजरायल, इरान र… Continue reading इजरायल र इरानमा रहेका नेपालीको आवश्कता अनुसार सहयोग गरिने
सरकारले विश्व बैंकबाट ५० अर्ब ५१ करोड ऋण लिने
४ असार, काठमाडौं । सरकारले विभिन्न आयोजनाका लागि विश्व बैंकबाट प्राप्त हुने रु ५० अर्ब ५१ करोड सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ । रणनीतिक सडक सञ्जाल तथा व्यापारिक मार्ग सुधार आयोजना र पुल सुधार तथा कार्यक्रमका लागि उक्त रकम स्वीकार गरिएको हो । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङका अनुसार… Continue reading सरकारले विश्व बैंकबाट ५० अर्ब ५१ करोड ऋण लिने
नयाँदिल्ली हुँदै खाडीमूलुक जान लागेका पाँच जना नियन्त्रणमा
४ असार, वीरगञ्ज । सशस्त्र प्रहरी बल नेपाल पर्साले अवैधरूपमा भारतीय नाका हुँदै खाडीमूलुक जान लागेका चार महिलासहित एक पुरुषलाई ठोरीबाट नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल नेपाल बिओपी ठोरीबाट खटिएका सशस्त्र प्रहरीले शङ्का लागेर जाँच गर्ने क्रममा अवैध बाटो हुँदै खाडीमूलुक कुबेत र ओमन जान लागेका उनीहरुलाई पक्राउ गरेको हो । “पक्राउ परेकामध्ये… Continue reading नयाँदिल्ली हुँदै खाडीमूलुक जान लागेका पाँच जना नियन्त्रणमा
तेहरान खाली गराउन आह्वान गरेलगत्तै बीचमै जी सेभेन बैठक छाडेर फर्किँदै ट्रम्प
४ असार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प शक्तिशाली तथा सम्पन्न देशहरूको समूह जी सेभेनको महत्त्वपूर्ण शिखर बैठक चाँडै छाडेर वाशिङ्टन फर्कन लागेको ह्वाइट हाउसले बताएको छ। ट्रम्पका प्रवक्ताका अनुसार क्यानडामा रात्रिभोज लगत्तै उनी फर्कने छन्। मध्यपूर्वमा इरान इजरेल युद्धले चर्किएको तनावका माझ उनी फर्कन लागेको बताइएको छ। यसअघि ट्रम्पले आफ्नो सामाजिक सञ्जालमा एक सन्देश… Continue reading तेहरान खाली गराउन आह्वान गरेलगत्तै बीचमै जी सेभेन बैठक छाडेर फर्किँदै ट्रम्प
किएभमा रुसी हमलामा १४ जनाको मृत्यु, दर्जनौँ घाइते
४ असार, काठमाडौं । युक्रेनमा भएको रुसी आक्रमणमा कम्तीमा १४ जनाको मृत्यु भएको र दर्जनौँ घाइते भएको अधिकारीहरूले मङ्गलबार बताएका छन् । ओडेसा र चेर्निगिभ क्षेत्रहरूमा थप घाइते भएको रिपोर्ट गरिएको छ । “आज राति राजधानीका विभिन्न जिल्लाका २७ वटा स्थानमा शत्रुले आक्रमण गरेको छ”, गृहमन्त्री इगोर क्लिमेन्कोले टेलिग्राममा लेखेका छन्, “आवासीय भवन, शैक्षिक संस्था… Continue reading किएभमा रुसी हमलामा १४ जनाको मृत्यु, दर्जनौँ घाइते
इजरायली सेनाको आक्रमणमा गाजामा सहायता स्थल नजिक ५० जनाको मृत्यु
एजेन्सी४ असार, काठमाडौं । गाजाको नागरिक सुरक्षा एजेन्सीले मङ्गलबार इजरायली सेनाले क्षेत्रको दक्षिणमा खान युनिसको सहायता वितरण स्थल नजिकै भेला भएका कम्तीमा ५० जनाको हत्या गरेको बताएको छ । नागरिक सुरक्षा प्रवक्ता महमुद बासलका अनुसार बिहान एक परोपकारी सहायता केन्द्रमा पिठो लिन हजारौँ प्यालेस्टिनी भेला हुँदा कम्तीमा ५० जनाको मृत्यु भएको र दुई सयभन्दा बढी… Continue reading इजरायली सेनाको आक्रमणमा गाजामा सहायता स्थल नजिक ५० जनाको मृत्यु
भारतद्वारा नागरिकहरूलाई तेहरान छोड्न चेतावनी जारी
३ असार, काठमाडौं । भारतले मङ्गलबार आफ्ना नागरिकहरूलाई तेहरान छोड्न आग्रह गरेको छ । इरान इजरायली बमबारीको अधीनमा आएकाले केही नागरिकले पहिले नै इरानी सीमा पार गरिसकेका छन् । जवाफी आक्रमण सुरु गरेको इरानमाथि आक्रमण सुरु गरेको चार दिनपछि इजरायलले आफ्नो आक्रमण जारी राख्ने वाचा गरेपछि नयाँदिल्लीले भारतीय विद्यार्थीहरू पहिले नै तेहरान छोडेर गएको बताएको… Continue reading भारतद्वारा नागरिकहरूलाई तेहरान छोड्न चेतावनी जारी
इरानको भूमिगत नातान्ज ‘आणविक स्थल’मा इजरायली आक्रमणः आइएइए
३ असार, काठमाडौं । इजरायलले गरेको आक्रमणका क्रममा इरानको नातान्ज आणविक स्थलको भूमिगत भागमा ‘प्रत्यक्ष प्रभाव’ परेको संयुक्त राष्ट्रसङ्घको आणविक निगरानी निकायले मङ्गलबार जनाएको छ । अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए) ले युरेनियम संवद्र्धन केन्द्रको जमिनभन्दा माथिको भाग र विद्युतीय संरचनामा क्षति पुगेको प्रारम्भिक अनुमान गर्दै यसको कुनै सङ्केत नभएको बताएको थियो । “शुक्रबारको आक्रमणपछि… Continue reading इरानको भूमिगत नातान्ज ‘आणविक स्थल’मा इजरायली आक्रमणः आइएइए
ट्रम्पले इरानविरुद्ध ‘थप कदम’ चाल्न सक्ने उपराष्ट्रपति भान्सको भनाइ
३ असार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको आणविक कार्यक्रम रोक्न ‘थप कदम’ चाल्न आवश्यक रहेको निर्णय गर्न सक्ने उपराष्ट्रपति जेडी भान्सले मङ्गलबार बताएका छन् । भान्सले एक्समा लेखेका छन्, “राष्ट्रपतिले हाम्रो सेनाको ध्यान हाम्रा सेनाको सुरक्षा र हाम्रा नागरिकको सुरक्षामा केन्द्रित गर्न उल्लेखनीय संयम देखाएका छन्, उनले इरानी युरेनियम संवद्र्धन अन्त्यका लागि थप… Continue reading ट्रम्पले इरानविरुद्ध ‘थप कदम’ चाल्न सक्ने उपराष्ट्रपति भान्सको भनाइ
एयर इण्डिया दुर्घटनामा मारिनेको संख्या २७० पुग्यो
काठमाडौं । भारतको अहमदाबादमा बिहीवार भएको एयर इन्डिया विमान दुर्घटनामा मारिएका २७० जनाको शव भेटिएको चिकित्सकले बताएका छन् । लन्डन गन्तव्य रहेको उक्त विमान उड्ने बित्तिकै आवासीय क्षेत्रमा खसेको थियो। २४२ यात्रु तथा चालक दलका सदस्यमध्ये एकजना ब्रिटिश यात्रुबाहेक सबैको मृत्यु भएको थियो। दुर्घटनामा जमिनमा कति मारिए भनेर यकीन जानकारी बटुल्ने काम भइरहेको अधिकारीहरूले बताएका… Continue reading एयर इण्डिया दुर्घटनामा मारिनेको संख्या २७० पुग्यो
पाकिस्तानद्वारा इरानसँगको सीमा बन्द
एजेन्सी३ असार, काठमाडौं । पाकिस्तानले छिमेकी मुलुक इरानसँग जोडिएका आफ्ना सबै सीमा नाका अनिश्चित कालका लागि बन्द गर्दै आफ्ना नागरिकलाई इरान प्रवेशमा रोक लगाएको प्रान्तीय अधिकारीहरूले सोमबार बताएका छन् । इजरायल र इरानबीच तीव्र आक्रमण प्रत्याक्रमण चलिरहेका समय अर्को सूचना नभएसम्मका लागि सीमा नाका बन्द गरेको हो । सीमा वन्दपछि पनि इरानबाट स्वदेश फर्कन चाहने… Continue reading पाकिस्तानद्वारा इरानसँगको सीमा बन्द
इरान– इजरायल तनावबीच अमेरिकी युद्धपोत मध्यपूर्वतर्फ जाँदै
एजेन्सी३ असार, काठमाडौं । अमेरिकी युद्धपोतवाहक युएसएस निमित्जले भियतनाममा रोकिने योजना रद्द गर्दै सोमबार दक्षिणपूर्वी एसियाबाट मध्यपूर्वतर्फ प्रस्थान गरेको छ। इजरायल र इरानबीच युद्ध भइरहेका बेला अमेरिकी उपस्थिति बढाउन युएसएस निमित्ज मध्यपूर्वतर्फ जान लागेको हो । मरिन ट्राफिकका अनुसार स्थानीय समयानुसार १३ः४५ बजे उक्त विमान मलाक्का स्ट्रेट हुँदै हिन्द महासागरतर्फ गइरहेको थियो । भियतनामी सरकारका… Continue reading इरान– इजरायल तनावबीच अमेरिकी युद्धपोत मध्यपूर्वतर्फ जाँदै
अमेरिकी हतियार किन्ने विषयमा राष्ट्रपति ट्रम्पसँग छलफल गरिने : जेलेन्स्की
एजेन्सी३ असार, काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले जी–७ शिखर सम्मेलनका क्रममा अमेरिकी हतियार किन्ने विषयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग छलफल गर्ने बताएका छन् । युक्रेनी नेता जेलेन्स्कीले जी ७ शिखर सम्मेलनका लागि क्यानाडा जाने क्रममा भियनामा पत्रकारसँग भने, “हामी आज अमेरिकासँग थप सहायताका बारेमा कुरा गर्नेछैनौ । वास्तवमा, बैठकमा मैले राष्ट्रपति ट्रम्पसँग छलफल गर्ने… Continue reading अमेरिकी हतियार किन्ने विषयमा राष्ट्रपति ट्रम्पसँग छलफल गरिने : जेलेन्स्की
इजरायलद्वारा इरानी टेलिभिजन कार्यालयमा आक्रमण, आक्रमणपछि पुनः प्रत्यक्ष प्रसारण सुरु
एजेन्सी२ असार, काठमाडौं । इरानको सरकारी टेलिभिजनले सोमबार इस्लामिक रिपब्लिक अफ इरान ब्रोडकास्टिङ (आईआरआईबी) को भवनमा आक्रमण गरेको छ । आईआरआईबीले आफ्नो केन्द्रीय कार्यालयमा आक्रमण भएको केही छिन पछि नै पुनः प्रत्यक्ष प्रसारणमार्फत् सेवा सुरू गरेको छ । सरकारी स्वामित्वको प्रसारण सेवा आईआरआईबीका एक वरिष्ठ अधिकारीले भने, “इरानी राष्ट्रको शत्रु यहुदी शासनले केही मिनेट अघि… Continue reading इजरायलद्वारा इरानी टेलिभिजन कार्यालयमा आक्रमण, आक्रमणपछि पुनः प्रत्यक्ष प्रसारण सुरु
इजरायल–इरानबीच भीषण युद्ध जारी, हवाई उडान प्रभावित
२ असार, काठमाडौं । इजरायली सेनाको सैन्य अभियानको जवाफमा इरानले दुई रातसम्म घातक क्षेप्यास्त्र आक्रमण गरेपछि इजरायली अधिकारीहरूले आइतबार लगातार तेस्रो दिन देशको हवाई क्षेत्र बन्द गरिएको बताएका छन्। इजरायली यातायात र विदेश मन्त्रालयले जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ, “सुरक्षा स्थितिका कारण र सुरक्षा अधिकारीहरूको निर्देशनअनुसार इजरायली हवाई क्षेत्र हाल नागरिक उड्डयनका लागि बन्द… Continue reading इजरायल–इरानबीच भीषण युद्ध जारी, हवाई उडान प्रभावित
अहमदावाद विमान दुर्घटनाः दोस्रो ‘ब्ल्याक बक्स’ पनि भेटियो
२ असार, काठमाडौं । भारतको अहमदाबाद शहरको आवासीय क्षेत्रमा बिहीबार दुर्घटनाग्रस्त विमानको दोस्रो ‘ब्ल्याक बक्स’ पनि आइतबार भेटिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीका वरिष्ठ सहयोगी पिके मिश्रले जहाज दुर्घटनापूर्वको जहाजभित्रको जानकारी राख्ने दुबै ‘ब्ल्याक बक्स’ भेटिएको पु्ष्टि गरे । यसअघि गत शुक्रबार पहिलो ‘ब्ल्याक बक्स रेकर्डर’ भेटिएको थियो । अहमदावादबाट बेलायतको लण्डनतर्फ जाँदै गरेको एयर… Continue reading अहमदावाद विमान दुर्घटनाः दोस्रो ‘ब्ल्याक बक्स’ पनि भेटियो
भारतको उत्तराखण्डमा हेलिकप्टर दुर्घटना, ५ जनाको मृत्यु
काठमाडौं । भारतको उत्तराखण्ड प्रदेशको रुद्रप्रयागमा हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । केदारनाथ मन्दिर दर्शन गरेर फर्किंदै गरेका यात्रुहरु सवार हेलिकोप्टर दुर्घटनामा परेको हो । दुर्घटनामा पाइलट र बच्चासहित पाँच जनाको मृत्यु भएको दैनिक भाष्करले जनाएको छ । मुख्यमन्त्री पुष्करसिंह धामीका अनुसार दुर्घटनास्थलमा खोज तथा उद्धार टोली परिचालित भइसकेका छन् । भारतीय… Continue reading भारतको उत्तराखण्डमा हेलिकप्टर दुर्घटना, ५ जनाको मृत्यु
अमेरिकाको मिनेसोटामा डेमोक्र्याटिक सांसदको गोली हानी हत्या, एक घाइते
एजेन्सी१ असार, काठमाडौं । अमेरिकाको मिनेसोटा राज्यमा शनिबार बिहान एक बन्दुकधारीले डेमोक्र्याटिक पार्टीका दुई सांसदमाथि गोली चलाउँदा एक सांसदको मृत्यु भएको छ भने एक सांसद्सहित अन्य एक जना घाइते भएका छन् । रिपब्लिकन राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिको विरोधमा हजारौं मानिस सडकमा उत्रने तयारी गरिरहेका बेला संयुक्त राज्य अमेरिकामा गहिरो राजनीतिक विभाजनको समयमा गोली हानाहान भएको… Continue reading अमेरिकाको मिनेसोटामा डेमोक्र्याटिक सांसदको गोली हानी हत्या, एक घाइते
इजरायली आक्रमणबाट इरानको आणविक कार्यक्रममा कति क्षति पुग्ला ?
एजेन्सी१ असार, काठमाडौं । इरानले आणविक अस्त्र विकास गर्न खोजिरहेको आशङ्काका बीच इजरायलले इरानमाथि गरेको आक्रमणले इरानको आणविक केन्द्रलाई निशाना बनाएको छ । विज्ञहरूले एएफपीलाई बताएअनुसार यी आक्रमणहरूले इरानको आणविक कार्यक्रमलाई केही क्षति पु¥याएको हुन सक्छ तर इजरायलले घातक प्रहार गर्ने सम्भावना कम छ । संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए) ले इरानी अधिकारीहरूबाट… Continue reading इजरायली आक्रमणबाट इरानको आणविक कार्यक्रममा कति क्षति पुग्ला ?
इराकस्थित अमेरिकी सैन्य संरचनामा आक्रमण नगर्न तेहरानसँग बग्दादको आग्रह
३१ जेठ, काठमाडौं । वासिङ्टनको सहयोगी इजरायल र इरानबीच झडप भइरहेका बेला बग्दादले तेहरानलाई इराकी भूमिमा अमेरिकी स्वार्थलाई निशाना नबनाउन आग्रह गरेको एक वरिष्ठ सुरक्षा अधिकारीले शनिबार बताए । बग्दादको सरकार तेहरानको नजिकको सहयोगी हो तर इरानको कट्टर शत्रु संयुक्त राज्य अमेरिकाको रणनीतिक साझेदार पनि हो । इराकमा लगभग दुई हजार ५०० अमेरिकी सैनिकहरू छन्… Continue reading इराकस्थित अमेरिकी सैन्य संरचनामा आक्रमण नगर्न तेहरानसँग बग्दादको आग्रह
वुटिप टाइफुनका कारण भियतनाममा तीन जनाको मृत्यु
एजेन्सी३१ जेठ, काठमाडौं । वुटिप टाइफुनका कारण मध्य भियतनाममा आएको बाढीमा परी तीन जनाको मृत्यु भएको भियतनाम समाचार एजेन्सीले शनिबार जनाएको छ । एजेन्सिका अनुसार बाढीमा क्वाङ त्रि प्रान्तको ट्रिउ फोङ जिल्लामा दुई जनाको मृत्यु भएको छ भने हाइ लाङ जिल्लामा एक जनाको डुबेर मृत्यु भएको छ। छिमेकी क्वाङ बिन्ह प्रान्तमा, उद्धार टोलीले मौसमको अवस्था… Continue reading वुटिप टाइफुनका कारण भियतनाममा तीन जनाको मृत्यु
इरानद्वारा इजरायलमा जवाफी आक्रमणमा अहिलेसम्म के के भयो ?
३१ जेठ, काठमाडौं । इस्लामिक गणतन्त्र इरानको आणविक र सैन्य सुविधालाई लक्षित गरी इजरायलले गरेको आक्रमण पछि इरानले शनिबार इजरायलमा जवाफी आक्रमण गरेको छ । शनिबार इजरायली सेनाले बासिन्दाहरूलाई सुरक्षित आश्रयमा शरण लिन आह्वान गर्दै इरानबाट दर्जनौँ क्षेप्यास्त्र प्रहार गरिएको बताएको छ । इरानले इजरायलका दर्जनौँ लक्ष्यहरूमा आक्रमण गर्दा तेल अवीवको डाउनटाउनका भवनहरू माथि धुवाँ… Continue reading इरानद्वारा इजरायलमा जवाफी आक्रमणमा अहिलेसम्म के के भयो ?
तस्वीरमा यस्तो देखियो मध्यरातमा इरानले इजरायलमाथि गरेको जवाफी हमला
३१ जेठ, काठमाडौं । इजरायली हमलाको जबाफमा इरानले गतराती इजरायलमा बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ। हमला जारी रहँदा इजरायली सहरहरूमा बारम्बार साइरनका आवाज सुनिएका छन् । बीबीसीका संवाददाताले तेल अभिभको आकाशमाथि कालो धुवाँ उठिरहेको बेला जेरुसलेममा विस्फोटको आवाज सुनिएको बताएका छन्। अन्य इजरायली सहरमा समेत ठूला विस्फोटका आवाज सुनिएका विवरण आएका छन्। जबाफी हमलामा परेर… Continue reading तस्वीरमा यस्तो देखियो मध्यरातमा इरानले इजरायलमाथि गरेको जवाफी हमला
इरानले इजरायलमाथि गर्यो जवाफी हमला, केही हताहतीको खबर
३१ जेठ, काठमाडौं । इजरायली हमलाको जबाफमा इरानले गतराती इजरायलमा बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ। हमला जारी रहँदा इजरायली सहरहरूमा बारम्बार साइरनका आवाज सुनिएका छन् । बीबीसीका संवाददाताले तेल अभिभको आकाशमाथि कालो धुवाँ उठिरहेको बेला जेरुसलेममा विस्फोटको आवाज सुनिएको बताएका छन्। अन्य इजरायली सहरमा समेत ठूला विस्फोटका आवाज सुनिएका विवरण आएका छन्। जबाफी हमलामा परेर… Continue reading इरानले इजरायलमाथि गर्यो जवाफी हमला, केही हताहतीको खबर
इजरायलमाथि बदला लिने तेहरानको वाचा
एजेन्सी३१ जेठ, काठमाडौं । इजरायलले शुक्रबार इरानमाथि हवाई आक्रमणको शृङ्खला सञ्चालन गर्दै तेहरानका आणविक र सैन्य स्थलहरू सहित एक सय वटा लक्ष्यमा आक्रमण गरेको छ । साथै आक्रमणमा सशस्त्र बलका प्रमुख, इरानका रिभोलुसनरी गार्डका प्रमुख र शीर्ष आणविक वैज्ञानिकहरूको मृत्यु भएको छ । इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीले इजरायललाई उसले आक्रमणका लागि ‘कटु र… Continue reading इजरायलमाथि बदला लिने तेहरानको वाचा