साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो

File : (Photo by ANDREW CABALLERO-REYNOLDS / AFP)

वासिङ्टन, वैशाख २४ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलघाँटी हुँदै आवतजावत गर्ने व्यावसायिक जहाजलाई सुरक्षा एस्कोर्ट उपलब्ध गराउने महत्त्वाकांक्षी नौसैनिक योजना अचानक स्थगित गरेका छन् । साउदी अरेबियाले अमेरिकी सैन्य विमानलाई आफ्नो हवाई क्षेत्र प्रयोग गर्न तथा प्रिन्स सुल्तान एयरबेस सञ्चालनमा ल्याउन अनुमति दिन अस्वीकार गरेपछि उक्त योजना रोकिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्… Continue reading साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो

इन्डोनेसियामा बस–ट्याङ्कर ठोक्किँदा १६ जनाको मृत्यु

जकार्ता, वैशाख २४ गते । इन्डोनेसियाको सुमात्रा टापास्थित ट्रान्स–सुमात्रा राजमार्गमा बुधबार यात्रुवाहक बस र इन्धन बोकेको तेल ट्याङ्कर एकआपसमा ठोक्किँदा भीषण आगलागी भएको छ । दुर्घटनामा कम्तीमा १६ जनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन् । अधिकांश पीडित सवारीभित्रै च्यापिएर जलेका कारण उद्धार कार्य निकै कठिन बनेको अधिकारीहरूले बताएका छन् । दक्षिण… Continue reading इन्डोनेसियामा बस–ट्याङ्कर ठोक्किँदा १६ जनाको मृत्यु

इरानसँगको युद्ध छिट्टै समाप्त हुने ट्रम्पको दावि

File : US President Donald Trump speaks with reporters prior to boarding Marine One as he departs from the South Lawn of the White House in Washington, DC, on April 11, 2026. President Donald Trump is on his way to Florida to attend an UFC event. (Photo by Mandel NGAN / AFP)

२४ वैशाख, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध छिट्टै समाप्त हुने बताएका छन् । जर्जियाको गभर्नर पदका लागि रिपब्लिकन उम्मेदवार बर्ट जोन्सको समर्थनमा आयोजित कार्यक्रममा ट्रम्पले यस्तो दाबी गरेका हुन् । उनले आफू होर्मुज स्ट्रेट र इरानको परमाणु कार्यक्रमबारे सम्झौताको प्रयासमा रहेको पनि बताए । सीएनएनका अनुसार इरानले बिहीबार मध्यस्थकर्ताहरूलाई अमेरिकी प्रस्तावबारे आफ्नो… Continue reading इरानसँगको युद्ध छिट्टै समाप्त हुने ट्रम्पको दावि

ट्रम्प भन्छन् : इरानसँगको वार्ता प्रगति उन्मुख

File : (Photo by ANDREW CABALLERO-REYNOLDS / AFP)

२३ वैशाख, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज क्षेत्र पुनः सञ्चालन गर्न सुरु गरिएको अमेरिकी अभियान अस्थायी रूपमा रोकिएको घोषणा गरेका छन्। पाकिस्तानसहित अन्य देशहरूको ‘अनुरोध’ तथा इरानका प्रतिनिधिहरूसँग ‘पूर्ण र अन्तिम सम्झौतामा उल्लेखनीय प्रगति भएको’ भन्दै उनले मंगलबार राति ट्रुथ सोसियल प्लेटफर्ममार्फत यस्तो घोषणा गरेका हुन्। उनले लेखेका छन्, ‘नाकाबन्दी पूर्ण रूपमा यथावत्… Continue reading ट्रम्प भन्छन् : इरानसँगको वार्ता प्रगति उन्मुख

भारतको पश्चिम बंगला र आसाममा विजेपीलाई ऐतिहासिक सफलता

२२ वैशाख, काठमाडौं । भारतको पश्चिम बंगाल राज्यमा भारतीय जनता पार्टी (भाजपा) बहुमततर्फ अग्रसर भएको छ । २ सय ९४ निर्वाचन क्षेत्रमध्ये २३ र २९ अप्रिलमा २ सय ९३ क्षेत्रमा निर्वाचन सम्पन्न भएको थियो । मतगणना जारी रहदाँ भाजपा १ सय ३८ क्षेत्रमा विजयी भइसकेको छ । त्यस्तै, ६९ क्षेत्रमा अघि छ । अहिलेको मतपरिणाम… Continue reading भारतको पश्चिम बंगला र आसाममा विजेपीलाई ऐतिहासिक सफलता

स्ट्रेट अफ होर्मुजमा अमेरिकाले इरानका ७ डुंगामाथि गर्यो आक्रमण

File : (260311) -- BANGKOK, March 11, 2026 (Xinhua) -- A fire breaks out on a Thai cargo ship after it was struck in the Strait of Hormuz on March 11, 2026. A Thai cargo ship came under attack on Wednesday while sailing in the Strait of Hormuz, said the Royal Thai Navy. So far, 20 crew members have been rescued and taken to Oman for settlement. (Royal Thai Navy/Handout via Xinhua)

२२ वैशाख, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले स्ट्रेट अफ होर्मुजमा इरानका सात वटा ‘फास्ट बोट’ भनिने डुंगाहरुमा आक्रमण गरेको बताएका छन् । ट्रम्पले भनेका छन्, ‘हामीले सात वटा साना डुङ्गा (उनीहरूले फास्ट बोट भन्ने गरेका छन्) लाई ढालेका छौं । उनीहरूसँग अब यही मात्रै बाँकी छ ।’ प्रायः बन्दजस्तै बनेको यस जलमार्गबाट अलपत्र… Continue reading स्ट्रेट अफ होर्मुजमा अमेरिकाले इरानका ७ डुंगामाथि गर्यो आक्रमण

इरान–अमेरिका द्धन्द्ध पुनः बढ्दै : यूएईको सरकारी तेल ट्यांकरमा आक्रमण

File : TOPSHOT - Smoke rises from the direction of an energy installation in the Gulf emirate of Fujairah on March 14, 2026. Smoke could be seen rising from the direction of a major UAE energy installation on March 14, in what appeared to be the latest strike targeting the Gulf's petroleum facilities hours after the US struck Iran's Kharg Island. (Photo by AFP) /

२२ वैशाख, काठमाडौं । यूएईको विदेश मन्त्रालयले आफ्नो सरकारी तेल कम्पनीसँग सम्बन्धित ट्यांकरमा आक्रमण भएको जनाएको छ । फुजैराहस्थित तेल बन्दरगाहमा भएको यस आक्रमणबाट ठूलो आगलागी भएको र तीन जना घाइते भएको अधिकारीहरूले बताएका छन् । यूएईले आफ्नो हवाई प्रतिरक्षा प्रणालीले १२ वटा ब्यालिस्टिक क्षेप्यास्त्र, तीन वटा क्रुज मिसाइल र चार वटा ड्रोन रोकेको जनाएको… Continue reading इरान–अमेरिका द्धन्द्ध पुनः बढ्दै : यूएईको सरकारी तेल ट्यांकरमा आक्रमण

एटलान्टिक महासागरमा पानीजहाज भित्र ३ को मृत्यु, हान्ता भाइरस पुष्टि

२१ वैशाख, काठमाडौं । एटलान्टिक महासागरमा सञ्चालित एक पानीजहाजमा तीन जनाको मृत्यु भएको छ । मृतकमध्ये कम्तीमा एक जनामा मुसाबाट सर्ने दुर्लभ रोग ‘हान्ताभाइरस’ पुष्टि भएको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का अनुसार अर्जेन्टिनाको उशुआयाबाट केप भर्डेतर्फ गइरहेको एमभी होन्डियस क्रुज जहाजमा हान्ताभाइरसको सम्भावित प्रकोपबारे अनुसन्धान भइरहेको छ । आइतबार सार्वजनिक वक्तव्यमा डब्लूएचओले एक जनामा… Continue reading एटलान्टिक महासागरमा पानीजहाज भित्र ३ को मृत्यु, हान्ता भाइरस पुष्टि

डिजिटल रूपान्तरणमा चीनको बढ्दो प्रभाव

२० वैशाख, काठमाडौँ । चीनको फुझोउ शहरमा आयोजित नवौं डिजिटल चीन शिखर सम्मेलनमा उन्नत प्रविधि र डेटा विकासका विविध प्रयोगहरू प्रस्तुत गरिएका छन् । करिब ५६ हजार वर्ग मिटर क्षेत्रफलमा फैलिएको प्रदर्शनीमा मानवजस्तै रोबोटहरूले आगन्तुकलाई स्वागत गरेका छन्, जहाँ लेखन गर्ने, चिया बनाउने तथा खेल खेल्ने रोबोटहरूले वास्तविक जीवनमा प्रविधिको प्रयोग देखाएका छन् । आगलागीजस्ता… Continue reading डिजिटल रूपान्तरणमा चीनको बढ्दो प्रभाव

रुसका भित्री इलाकामा क्षति गर्दै युक्रेनी ड्रोन

File Photo : AP

२० वैशाख, काठमाडौं । युक्रेनी ड्रोनहरूले रुसका भित्री इलाकासम्म पुगेर तेल प्रशोधन केन्द्रहरूमा आक्रमण गरिरहेका छन् । आक्रमणबाट उडेको बाक्लो धूवाँ अन्तरिक्षबाटै देखिएको थियो । यसले ब्ल्याक सी किनारका पर्यटकीय क्षेत्रहरूमा विषाक्त वर्षा गराइरहेको छ । यी आक्रमणहरूको उद्देश्य मस्कोको तेल निर्यात घटाउनु हो । किनकि, तेल बिक्रीबाट प्राप्त रकमलाई रुसले युक्रेनविरुद्धको युद्धमा लगाइरहेको छ… Continue reading रुसका भित्री इलाकामा क्षति गर्दै युक्रेनी ड्रोन

इजरायली आक्रमणमा लेबनानमा हरेक दिन मानवीय क्षति

२० वैशाख, बेरुत । दक्षिणी लेबनानमा भएको इजरायली आक्रमणमा १३ जनाको मृत्यु भएको लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ । लेबनानको हबबुसमा भएको आक्रमणमा एक जना बच्चा र दुई महिलासहित आठ जनाको मृत्यु हुनुका साथै अन्य २१ जना घाइते भएको मन्त्रालयले जनाएको छ । यसैगरी जररियामा भएको अर्को आक्रमणमा दुई जना महिलासहित चार जनाको मृत्यु भएको… Continue reading इजरायली आक्रमणमा लेबनानमा हरेक दिन मानवीय क्षति

मध्यपूर्वका अमेरिकी सैनिक अखडामा इरानी आक्रमणबाट व्यापक क्षति

File : TOPSHOT - Smoke rises from the direction of an energy installation in the Gulf emirate of Fujairah on March 14, 2026. Smoke could be seen rising from the direction of a major UAE energy installation on March 14, in what appeared to be the latest strike targeting the Gulf's petroleum facilities hours after the US struck Iran's Kharg Island. (Photo by AFP) /

वासिङ्टन, वैशाख २० । अमेरिका र इरानबिच सुरु भएको युद्धका क्रममा मध्यपूर्व क्षेत्रमा रहेका अमेरिकी सैन्य संरचनामा ठूलो क्षति पुगेको एक अनुसन्धानले देखाएको छ । फेब्रुअरी २८ देखि सुरु भएको अमेरिका–इजरायल र इरानबिचको द्वन्द्वका क्रममा इरान र उसका सहयोगीले कम्तीमा ८ देशमा फैलिएका १६ अमेरिकी सैन्य स्थलमा आक्रमण गरी क्षति पुर्याएका छन् । समाचार प्रतिवेदनअनुसार,… Continue reading मध्यपूर्वका अमेरिकी सैनिक अखडामा इरानी आक्रमणबाट व्यापक क्षति

अमेरिकाले क्यूवामाथि लगायो आर्थिक नाकावन्दी

File : (Photo by ANDREW CABALLERO-REYNOLDS / AFP)

२० वैशाख, न्युयोर्क — अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबा सरकारमाथि थप कडा आर्थिक प्रतिबन्ध लगाउने उद्देश्यसहित नयाँ कार्यकारी आदेश जारी गरेका छन् । पहिलेदेखि लागू रहेका प्रतिबन्धहरूलाई अझ विस्तार र कडाइका साथ लागू गर्नेगरी उनले नयाँ आदेश जारी गरेका हुन् । यस आदेशअनुसार अमेरिकाभित्र रहेका अमेरिकी नागरिक, संस्था वा व्यक्तिको नियन्त्रणमा रहेका क्युबासँग सम्बन्धित व्यक्तिहरूका… Continue reading अमेरिकाले क्यूवामाथि लगायो आर्थिक नाकावन्दी

इरानबाट तेल किन्ने कम्पनीहरुमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनले नमान्ने

२० वैशाख, काठमाडौं । इरानबाट तेल किन्ने पाँच कम्पनीमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनले नमान्ने घोषणा गरेको छ । चीनको वाणिज्य मन्त्रालयले वक्तव्य जारी गर्दै अमेरिकाले लगाएको प्रतिबन्ध नमान्ने घोषणा गरेको हो । वक्तव्यमा भनिएको छ, ‘यी प्रतिबन्धहरूले अन्य देशहरूसँग सामान्य आर्थिक तथा व्यापारिक गतिविधि सञ्चालन गर्न चिनियाँ कम्पनीहरूलाई रोक लगाउँछन् । यसले अन्तर्राष्ट्रिय कानुन र… Continue reading इरानबाट तेल किन्ने कम्पनीहरुमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनले नमान्ने

इजरायलका लागि जासुसी गरेको आरोपमा इरानद्वारा दुई जनालाई मृत्युदण्ड

तेहरान, वैशाख २० । इरानले इजरायलका लागि जासुसी गरेको आरोपमा शनिबार दुई जनालाई मृत्युदण्ड दिएको इरानी अदालतले जनाएको छ । यघौब करिम्पोर र नासेर बेक्रजादेहलाई गुप्तचरलाई सहयोग गरी जासुसी गरेको अपराधमा दोषी ठहर गरी मृत्यु दण्ड दिएको अदालतको वेबसाइट उल्लेख गरिएको छ । यद्दपी उनीहरुलाई कहिले पक्राउ गरिएको थियो भन्ने विषय भने स्पष्ट हुन सकेको… Continue reading इजरायलका लागि जासुसी गरेको आरोपमा इरानद्वारा दुई जनालाई मृत्युदण्ड

अमेरिकाले जर्मनीबाट करिब पाँच हजार सेना फिर्ता गर्ने घोषणा

file Photo : REUTERS/Mohamad Torokman

वासिङ्टन, वैशाख १९ गते । जर्मनीबाट करिब पाँच हजार सैनिक फिर्ता गर्ने कार्य आगामी छ देखि १२ महिनाभित्र पूरा हुने अपेक्षा गरिएको पेन्टागनका प्रवक्ता सन पार्नेलले बताएका छन् । मध्यपूर्व युद्धका कारण ट्रान्सएटलान्टिक सम्बन्धमा दरार बढ्दै जाँदा नेटोले शनिबार जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्ने वाशिङ्टनको निर्णयलाई बुझ्नका लागि अमेरिकासँग समन्वय गरिरहेको बताएको छ ।… Continue reading अमेरिकाले जर्मनीबाट करिब पाँच हजार सेना फिर्ता गर्ने घोषणा

नेपाल सरकारसँग प्रवास विभाग अमेरिकाद्वारा गैरआवासीय नेपाली सम्बन्धि विवादास्पद विधेयक तत्काल फिर्ता लिन माग

न्यूयोर्क । रास्वपा समर्थकहरूको विश्व संजाल प्रवास नेपाली सम्पर्क विभाग अमेरिकाले झण्डै दुईतिहाईको आफ्नै दल रास्वपाको बालेन सरकारले छलफलको लागि भन्दै जारी गरेको विवादास्पद ‘गैरआवासीय नेपाली सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ ले समस्त प्रवासी नेपालीहरूको सपना, आकांक्षा र योजनामा कुठाराघात गरेको भन्दै सो विधेयकमा समावेश विवादास्पद प्रावधानहरू तत्काल फिर्ता लिन आग्रह गरेको… Continue reading नेपाल सरकारसँग प्रवास विभाग अमेरिकाद्वारा गैरआवासीय नेपाली सम्बन्धि विवादास्पद विधेयक तत्काल फिर्ता लिन माग

दक्षिण सुडानमा ७८ लाख मानिस खाद्य असुरक्षामा

न्युयोर्क, वैशाख १७ । दक्षिण सुडानमा बढ्दो भोकमरी सङ्कटका कारण सन् २०२६ अप्रिलदेखि जुलाईसम्म ७८ लाख मानिसलाई चरम खाद्य असुरक्षाको अवस्थामा धकेल्ने चेतावनी अन्तर्राष्ट्रिय संस्थाले दिएका छन् । संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ), विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) र संयुक्त राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ) ले आफ्नो पछिल्लो एकीकृत खाद्य सुरक्षा वर्गीकरण (आइपिसी) रिपोर्ट… Continue reading दक्षिण सुडानमा ७८ लाख मानिस खाद्य असुरक्षामा

भारतले खर्बौ लगानीको योजना बनाएको निकोबार परियोजनामा किन भइरहेको छ विवाद ?

नयाँदिल्ली, वैशाख १७ । भारतको रणनीतिक रूपमा महत्त्वपूर्ण ग्रेट निकोबार टापुमा प्रस्तावित बहु–अर्ब डलरको मेगापोर्ट तथा सहर विकास योजनाले राजनीतिक, वातावरणीय र मानवअधिकार सम्बन्धी गम्भीर बहस चर्काएको छ । विपक्षी नेता राहुल गान्धीले यस परियोजनालाई ‘विकासको नाममा विनाश’ भन्दै कडा आलोचना गरेका छन् र यसविरुद्ध अभियान चलाउने सङ्केत दिएका छन् । नयाँदिल्लीबाट करिब तीन हजार… Continue reading भारतले खर्बौ लगानीको योजना बनाएको निकोबार परियोजनामा किन भइरहेको छ विवाद ?

दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनको सजाय बढाइयो

सियोल, वैशाख १७ । दक्षिण कोरियामा पूर्वराष्ट्रपति युन सुक योलविरुद्धको कानुनी कारबाही थप कठोर बन्दै गएको छ । न्याय प्रक्रियामा अवरोध पुर्‍याएको अभियोगमा पहिले दिइएको पाँच वर्षको जेल सजायलाई उच्च अदालतले बढाएर सात वर्ष पुर्‍याएको छ । यसले उहाँमाथिको कानुनी सङ्कट अझ गहिरिएको सङ्केत दिएको छ । सियोल उच्च अदालतले बुधबार गरेको फैसलामा युनको कार्यलाई… Continue reading दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनको सजाय बढाइयो

मेटामाथि इयूको बालसुरक्षा उल्लंघनको आरोप

China-Meta-Manus

लन्डन, वैशाख १७ । युरोपेली सङ्घ (इयू)ले सामाजिक सञ्जालमार्फत बालबालिकाको सुरक्षामा गम्भीर कमजोरी देखिएको भन्दै प्रविधि कम्पनी मेटामाथि औपचारिकरूपमा दबाब बढाएको छ । नियामकले फेसबुक र इन्स्टाग्राम जस्ता प्लेटफर्ममा कम उमेरका प्रयोगकर्तालाई रोक्न असफल भएको निष्कर्ष सार्वजनिक गर्दै कडा कारबाहीको चेतावनी दिएका छन् । इयुको कार्यकारी निकाय युरोपेली आयोगले बुधबार सार्वजनिक गरेको प्रारम्भिक मूल्याङ्कनमा मेटाले… Continue reading मेटामाथि इयूको बालसुरक्षा उल्लंघनको आरोप

मध्यपूर्व युद्ध सुरु भएदेखि इरानद्वारा २१ जनालाई मृत्युदण्ड, चार हजार पक्राउ

जेनेभा, वैशाख १७ । इरानले मध्यपूर्व युद्ध सुरु भएदेखि कम्तिमा २१ जनालाई मृत्युदण्ड दिनुका साथै चार हजार भन्दा बढीलाई पक्राउ गरेको संयुक्त राष्ट्रसङ्घले बुधबार जनाएको छ । गत फेब्रुअरीको अन्त्यमा भएको आक्रमणको कारण युद्ध सुरु भएदेखि सन् २०२६ जनवरीमा विरोध प्रदर्शनको क्रममा कम्तिमा नौ जनालाई मृत्युदण्ड दिइएको जनाइएको छ । यसै गरी थप १० जनालाई… Continue reading मध्यपूर्व युद्ध सुरु भएदेखि इरानद्वारा २१ जनालाई मृत्युदण्ड, चार हजार पक्राउ

सन् २०३० सम्म २५ हजार महिला शिक्षक तथा स्वास्थ्यकर्मी गुमाउँदै अफगानिस्तान

File : Zabihullah Mujahid, the Taliban government's chief spokesman, speaks during a press conference at the Government Media and Information Center in Kabul, Afghanistan, Sunday, Oct. 12, 2025. (AP Photo/Siddiqullah Alizai)

काबुल, वैशाख १६ गते । पछिल्लो समयमा अफगानिस्तानले सार्वजनिक सेवामा महिलाको गम्भीर र बढ्दो अभावको सामना गरिरहेको जनाइएको छ । बालिका तथा केटीको शिक्षा र महिलाको रोजगारीमा प्रतिबन्धका कारण सन् २०३० सम्ममा २५ हजार भन्दा बढी महिला शिक्षक र स्वास्थ्य कार्यकर्ता गुमाउने संयुक्त राष्ट्रसङ्घीय एजेन्सी युनिसेफले चेतावनी दिएको छ । युनिसेफले अफगानीस्तानको पछिल्लो परिस्थितिलाई दोहोरो… Continue reading सन् २०३० सम्म २५ हजार महिला शिक्षक तथा स्वास्थ्यकर्मी गुमाउँदै अफगानिस्तान

ट्रम्प भन्छन् : इरान ध्वस्त हुने अवस्था नजिक छ

१६ वैशाख, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान ध्वस्त हुने अवस्थाको नजिक पुगेको र सकेसम्म छिटो स्ट्रेट अफ होर्मुज खुलाउन चाहिरहेको दाबी गरेका छन् । ट्रम्पले सामाजिक सञ्जालमा लेख्दै इरानले अमेरिकालाई आफू ‘ध्वस्त हुने अवस्था’ (स्टेट अफ कोल्याप्स) मा पुगेको जानकारी दिएको बताएका हुन् । उनले भनेका छन्– समुद्री आवागमन सामान्य बनाउन इरान छिट्टै… Continue reading ट्रम्प भन्छन् : इरान ध्वस्त हुने अवस्था नजिक छ

इन्डोनेसियामा रेल दुर्घटना, कम्तिमा १४ जनाको मृत्यु

जकार्ता, वैशाख १६ । इन्डोनेसियाको पश्चिमी जाभाको बेकासीमा दुई वटा रेलहरू एक आपसमा ठोक्किएर दुघर्टना हुँदा १४ जनाको मृत्यु हुनुका साथै ८४ जना घाइते भएको स्थानीय अधिकारीहरूले मङ्गलबार बताएका छन् । दुर्घटनापछि इन्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबिआन्तोले बेकासीको अस्पतालमा पीडितहरूलाई भेटी समवेदना व्यक्त गर्दै दुखद घटनाको सिग्र अनुसन्धान गर्ने प्रतिवद्धता व्यक्त गरे । रेल अपरेटर तथा… Continue reading इन्डोनेसियामा रेल दुर्घटना, कम्तिमा १४ जनाको मृत्यु

बैँकले खातावालालाई नै उपस्थित गराउन भनेपछि बहिनीको कङ्काल लिएर पुगे दाजु

ओडिशा, वैशाख १६ । भारतको ओडिशा राज्यस्थित केन्दुझार जिल्लामा मानवीय संवेदनालाई नै स्तब्ध बनाउने एउटा घटना सार्वजनिक भएको छ । स्थानीय एक ग्रामीण बैँकले आफ्नी मृत बहिनीको खातामा रहेको रकम भुक्तानी दिन अस्वीकार गरेपछि एक व्यक्तिले चिहान खनेर बहिनीको अस्थिपञ्जर नै बैँक पुर्‍याएका हुन् । टाइम्स अफ इन्डियाका अनुसार, केन्दुझार जिल्लाको डियानाली गाउँका ५० वर्षीय… Continue reading बैँकले खातावालालाई नै उपस्थित गराउन भनेपछि बहिनीको कङ्काल लिएर पुगे दाजु

मालीका रक्षामन्त्री आत्मघाती विष्फोटमा गरी मारिए

१४ वैशाख, काठमाडौं । पश्चिम अफ्रिकी मुलुक मालीका रक्षामन्त्री सादियो केमाराको एक आत्मघाती ट्रक विष्फोटमा मृत्यु भएको छ । राजधानी बमाको नजिकै रहेको निवासमा भएको आत्मघाती ट्रक विष्फोटमा उनको मृत्यु भएको हो । रक्षामन्त्री केमाराका परिवारले उनको मृत्यु आत्मघाती ट्रक विष्फोटमा भएको पुष्टि गरेको बीबीसीले जनाएको छ । बीबीसीका अनुसार घटनाको केही घण्टापछि मालीको सरकारी… Continue reading मालीका रक्षामन्त्री आत्मघाती विष्फोटमा गरी मारिए

इराकमा लगातार ड्रोन आक्रमण, नागरिक क्षेत्रमा ठुलो क्षति

File

बग्दाद, वैशाख १३ गते । इराकको अर्ध–स्वायत्त कुर्दिस्तान क्षेत्रमा फेब्रुअरी २८ देखि अप्रिल २० सम्म ड्रोन र क्षेप्यास्त्रबाट ८०९ आक्रमण भएको स्थानीय अधिकारीहरूले बताएका छन् । ती आक्रमणमा २० जना सर्वसाधारणको मृत्यु भएको छ भने १२३ जना घाइते भएका छन् । कुर्दिस्तान क्षेत्रीय सरकारको सञ्चार तथा सूचना विभागले जारी गरेको विज्ञप्ति अनुसार अधिकांश आक्रमण नागरिक… Continue reading इराकमा लगातार ड्रोन आक्रमण, नागरिक क्षेत्रमा ठुलो क्षति

कोलम्बियामा बम आक्रमण : ७ जनाको मृत्यु, २० भन्दा बढी घाइते

दबोगोटा, वैशाख १३ गते । कोलम्बियाको काउका विभागस्थित काजिबियो नगरपालिकामा शनिबार भएको बम आक्रमणमा कम्तीमा सात जनाको मृत्यु भएको छ भने बीसभन्दा बढी व्यक्ति घाइते भएका छन् । रिपोर्टका अनुसार काली र पोपायान जोड्ने पान(अमेरिकी राजमार्गको एल टुनेल क्षेत्रमा गुडिरहेको बसमा बम प्रहार गरिएको थियो, जसले बसको छाना र झ्यालमा गम्भीर क्षति पुर्याएको छ साथै… Continue reading कोलम्बियामा बम आक्रमण : ७ जनाको मृत्यु, २० भन्दा बढी घाइते

इरानले दबाबमा परेर वार्ता गर्ने छैनः इरानी राष्ट्रपति

तेहरान, वैशाख १३ गते । इरानका राष्ट्रपति मसूद पेजेश्कियानले आफ्नो देशले दबाब, धम्की र घेराबन्दीको वातावरणमा कुनै पनि प्रकारको वार्ता नगर्ने बताएका छन् । उनले अमेरिकी प्रतिबन्ध र आक्रमणको चेतावनीप्रति सङ्केत गर्दै पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफसँगको फोनवार्तामा भने, “दबाब, धम्की र घेराबन्दीको वातावरणमा कुनै पनि प्रकारको वार्ता हुन सक्दैन ।” कुराकानीका क्रममा उनले अमेरिकाले लगातार… Continue reading इरानले दबाबमा परेर वार्ता गर्ने छैनः इरानी राष्ट्रपति