स्विट्जरल्यान्डलाई ३–१ ले हराउँदै अर्जेण्टिना सेमिफाइनलमा

Argentina's Alexis Mac Allister (20) celebrates after scoring his side's opening goal during the World Cup quarterfinal soccer match between Argentina and Switzerland in Kansas City, Mo., Saturday, July 11, 2026. (AP Photo/Ed Zurga)

२८ असार, काठमाडौं । साविक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । अमेरिकाको कान्सास सिटी स्टेडियममा आइतबार बिहान भएको अन्तिम क्वार्टरफाइनल खेलमा स्विट्जरल्यान्डलाई ३–१ ले पराजित गर्दै अर्जेन्टिना सातौंपटक विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको हो । अर्जेन्टिनाको जितमा एलेक्सिस म्याक एलिस्टर, जुलियन अल्भारेल र लाउटारो मार्टिनेजले गोल गरे । खेलको १०औं मिनेटमा एलिस्टरले गोल गर्दै अर्जेन्टिनालाई पहिलो अग्रता दिलाएका थिए । कप्तान लियोनल मेसीले गरेको कर्नर प्रहारलाई एलिस्टरले हेडरमार्फत गोल गरेका हुन् ।

स्विट्जरल्यान्डले ६७औं मिनेटमा बराबरी गोल फर्कायो । रिकार्डो रोड्रिगको असिस्टमा डान एनडोयेले गोल गर्दै स्विट्जरल्यान्डलाई बराबरीमा फर्काए ।

खेलको ७२औं मिनेटमा ब्रेल एम्बोलोले दोहोरो पहेँलो कार्ड खाँदै बाहिरिएपछि स्विट्जरल्यान्ड १० खेलमा झरेको थियो । निर्धारित ९० मिनेटमा १–१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलियो । अल्भारेलले डिबक्सभन्दा बाहिरबाट उत्कृष्ट प्रहार गर्दे गोल गर्न सफल भए । इन्जुरी समयमा लाउटारो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई ३–१ को जित निकाले । अब अर्जेन्टिनाले फाइनल प्रवेशका लागि इंग्ल्यान्डसँग खेल्नेछ ।