काठमाडौं । विश्व बैंक समूह अन्तर्गत अन्तर्राष्ट्रिय विकास संघ (आईडीए) २१ को तेस्रो बैठक मंगलबारदेखि काठमाडौंमा सुरु हुँदैछ । विश्व बैंक समूहले नेपालमा आयोजना गरेको यो अहिलेसम्मकै ठूलो बैठक हो । ४ असारदेखि ७ असार ९१८ जुनदेखि २१ जुन २०२४० सम्म बैठक काठमाडौंमा चल्नेछ । नेपालले गरेको प्रस्तावलाई विश्व बैंक व्यवस्थापनले स्वीकार गरी नेपालमा सञ्चालन… Continue reading विश्व बैंक समूहको अहिलेसम्मकै ठूलो सम्मेलन भोलीबाट नेपालमा
Category: विश्व
रुसी रोक्का सम्पत्तिबाट युक्रेनलाई ५० अर्ब डलर दिन जी ७ राष्ट्र सहमत
काठमाडौं । संसारका सबैभन्दा धनी राष्ट्रहरूको समूह जी७ (जीसेभन) ले रोक्कामा राखिएको रुसी सम्पत्तिबाट रुसी सेनासँग लड्न सघाउन युक्रेनलाई ५० अर्ब डलर उपलब्ध गराउने सहमति गरेको छ। अमेरिकी राष्ट्रपति जो बाइडनले उक्त निर्णय रुसलाई हामी पछाडि हट्ने छैनौ भनेर सम्झना दिलाउने अर्को कदम हुने बताए। तर मस्कोले प्रत्युत्तर दिन ूनिकै पीडादायी’ कदम चाल्ने चेतावनी दिएको… Continue reading रुसी रोक्का सम्पत्तिबाट युक्रेनलाई ५० अर्ब डलर दिन जी ७ राष्ट्र सहमत
विश्व बैंक समूहको अन्तराष्ट्रिय विकास संघको बैठक नेपालमा हुने
काठमाडौं । विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास सङ्घ (आईडीए) को २१ औँ बैठक नेपालमा हुने भएको छ । नेपालमा हुन लागेको यो विश्व बैंकको अहिलेसम्मकै ठूलो कार्यक्रम हो । आउँदो असार ४ देखि ७ गतेसम्म काठमाण्डौमा हुने बैठकको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नेछन् । आईडीएको २१ औँ बैठक आयोजना गर्न विभिन्न देशले प्रस्ताव पेश… Continue reading विश्व बैंक समूहको अन्तराष्ट्रिय विकास संघको बैठक नेपालमा हुने
भारतीय प्रधानमन्त्रीले लिए सपथ, प्रचण्ड सहभागी
काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवनमा भएको भव्य शपथ समारोहमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका साथै विभिन्न देशका प्रमुख पनि उपस्थित थिए । प्रधानमन्त्री मोदीले आइतबार नै ७२ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । जसमा ३१ क्याबिनेट मन्त्री छन्, ५ स्वतन्त्र प्रभाव र ३६ राज्यमन्त्री छन्… Continue reading भारतीय प्रधानमन्त्रीले लिए सपथ, प्रचण्ड सहभागी
मोदीले गरे नेहरुसँग बराबरी
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगातार तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्ने निश्चित भएको छ । उनको दल भाजपा नेतृत्वको गठबन्धनले बहुमत पाएको छ । मोदी सन् २०१४ देखि २०१९सम्म र २०१९ देखि २०२४सम्म लगातार दुई कार्यकाल सरकारको नेतृत्व गरिसकेका छन् । अब उनी तेस्रो कार्यकालका लागि सरकारको नेतृत्वमा हुनेछन् । भारतीय जनता पार्टीका अध्यक्ष… Continue reading मोदीले गरे नेहरुसँग बराबरी
भारतमा मोदीको लोकप्रियता घट्यो, तर गठबन्धनले पायो बहुमत
काठमाडौं । भारतमा १८ औं लोक सभा निर्वाचनको मतगणना सम्पन्न हुँदा प्रधानमन्त्री नरेन्द्र मोदीको लोकप्रियता घटेको देखिएको छ । निर्वाचन आयोगका अनुसार भाजपा नेतृत्वको सत्ता गठबन्धन (एनडीए)ले २९३ सिट जितेको छ । जुन सरकार बनाउने सहज बहुमत हो । कांग्रेस नेतृत्वको विपक्षी गठबन्धन (इण्डिया) गठबन्धनले २३१ सिट जित्न सफल भयो । भाजपा एक्लैले बहुमत हासिल… Continue reading भारतमा मोदीको लोकप्रियता घट्यो, तर गठबन्धनले पायो बहुमत
बलियो टोली इंल्याण्डविरुद्ध स्कटल्याण्डको सानदार प्रदर्शन, तर वर्षा बाधक
काठमाडौं । आईसीसी टी–२० पुरुष क्रिकेट विश्वकपअन्तर्गत इंग्ल्याण्ड र स्कटल्याण्डबीचको खेल रद्ध भएको छ । बार्बाडोसस्थित केनसिङ्गटन ओभलमा भएको खेल सुरु भएपनि नतिजा आउन नसकेपछि दुवै टोलीले १–१ अंक पाए । वर्षाका कारण निर्धारित समयमभन्दा आधा घण्टा ढिला सुरु भएको खेलमा स्कटल्याण्डले टस जितेर पहिले ब्याटिङ गरेको थियो । स्कटल्याण्डले ६।२ ओभरमा कुनै विकेट नगुमाई… Continue reading बलियो टोली इंल्याण्डविरुद्ध स्कटल्याण्डको सानदार प्रदर्शन, तर वर्षा बाधक
भारतमा निर्वाचनको मतगणना सुरु, मोदीलाई ह्याट्रिक मत आउला ?
काठमाडौं । भारतको १८औं लोक सभा निर्वाचनको मतगणना आजबाट सुरु हुँदै छ । मतगणना स्थानीय समय अनुसार बिहान ८ बजेदेखि सुरु गभएको छ । लोक सभामा कुल ५४२ सिट छन् । लोक सभा निर्वाचनमा भाजपा नेतृत्वको एनडीए गठबन्धन र कांग्रेस नेतृत्वको इन्डिया गठबन्धन मुख्य प्रतिस्पर्धामा छन् । निर्वाचन सकिएलगत्तै सार्वजनिक भएका मत सर्वेक्षणमा यसपटक पनि… Continue reading भारतमा निर्वाचनको मतगणना सुरु, मोदीलाई ह्याट्रिक मत आउला ?
श्रीलंकामा बाढी -पहिरो, कम्तिमा ७ जनाको मृत्यु
काठमाडौं । श्रीलंकमा बाढी र पहिरोमा परी कम्तिमा ७ जनाको मृत्यु भएको छ । आपतकालिन प्रवन्धन केन्द्रले सो जानकारी गराएको हो । कोलम्बो भन्दा बाहिर पर्ने सितावामा एकै परिवारका तीन जना बाढीमा परेको समाचार छ । श्रीलंकाका कतिपय स्थानमा विजुली बन्द भएको छ । सोमबार विद्यालयहरु बन्द गरिएका छन् । कुल ९ जिल्लामा भूस्खलनको चेतावनी… Continue reading श्रीलंकामा बाढी -पहिरो, कम्तिमा ७ जनाको मृत्यु
सिक्किममा क्रान्तिकारी मोर्चाको जादु, ३२ सिटमा ३१ जित
काठमाडौं । सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) ले सिक्किम विधानसभामा जादु देखाएको छ । अप्रिल १९ मा सम्पन्न विधानसभा चुनावको नतिजा आइतबार सार्वजनिक भएको छ । भारतीय निर्वाचन आयोगका अनुसार एसकेएमले कुल ३२ सिटमध्ये ३१ सिटमा जित निकालेको छ । पूर्वमुख्यमन्त्री पवन चाम्लिङ नेतृत्वको सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ)ले १ सिटमा मात्र जित निकाल्न सक्यो । पूर्वमुख्यमन्त्री… Continue reading सिक्किममा क्रान्तिकारी मोर्चाको जादु, ३२ सिटमा ३१ जित
भारतमा निर्वाचनको दिन गर्मीका कारण ३३ कर्मचारीको मृत्यु
काठमाडौं । देशभर बढिरहेको गर्मीबिच भारतमा निर्वाचनको अन्तिम दिन एकै राज्यका ३३ जना मतदान स्थलमा खटिएका कर्मचारीहरूको हृदयाघातका कारण मृत्यु भएको छ । निर्वाचन अधिकारीले दिएको जानकारीअनुसार ती कर्मचारीको गर्मीका कारण मृत्यु भएको हो । भारतको विभिन्न ठाउँमा ४५ डिग्री सेल्सियसभन्दा माथिको तापक्रम रहेको छ । सोही कारण धेरैको मृत्यु भएको खबर आइरहेको छ ।… Continue reading भारतमा निर्वाचनको दिन गर्मीका कारण ३३ कर्मचारीको मृत्यु
जेल फर्किए केजरीवाल
काठमाडौं । भारतको नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल तिहाड जेलमा फर्किएका छन् । भारतको सर्वोच्च अदालतले १० मेमा केजरीवाललाई लोकसभा निर्वाचनका लागि अन्तरिम जमानतमा छाड्न आदेश दिएको थियो । २१ दिनका लागि बाहिर रहेका केजरीवाल आइतबार तिहाड जेल फर्किएको एनडीटीभीले उल्लेख गरेको छ । उनले भनेका छन्, ‘मलाई २१ दिनको लागि सर्वोच्च अदालतले बाहिर रहन… Continue reading जेल फर्किए केजरीवाल
हमासलाई अत्य नगरेसम्म युद्ध नरोकिने इजरायली प्रधानमन्त्रीको दावि
काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले शनिबार गाजा युद्ध अन्त्य गर्न अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रस्तुतीपछि द्वन्द्वको एक हिस्साको रूपमा हमासको बिनास नभएसम्म युद्धको अन्त्ये नहुने दाबी गरेका छन् । युद्ध अन्त्य गर्न इजरायलको अवस्था परिवर्तन नभएको जनाउँदै इजरायली नेताले हमासको बिनासले सबै बन्धकलाई मुक्त गर्ने र इजरायललाई खतरा नभएको सुनिश्चित गर्ने विज्ञप्तिमार्फत जनाएका छन्… Continue reading हमासलाई अत्य नगरेसम्म युद्ध नरोकिने इजरायली प्रधानमन्त्रीको दावि
भारत निर्वाचन : सर्वेक्षणको नतिजा मोदीको पक्षमा
काठमाडौं । भारतको लोक सभा चुनावको मतगणना सुरु हुनु अगाडि मत सर्वेक्षणका नतिजा सार्वजनिक हुन थालेका छन् । अहिलेसम्म भएका एक दर्जन मत सर्वेक्षणले नरेन्द्र मोदीले प्रधानमन्त्री पदमा ह्याट्रिक गर्ने देखिएको छ । विभिन्न न्यूज एजेन्सी र च्यानलहरुले भाजपा नेतृत्वको एनडीए गठबन्धनले बहुमत ल्याउने र विपक्षी कांग्रेस नेतृत्वको इन्डिया गठबन्धन हार्ने सर्वेक्षण गरेका छन् ।… Continue reading भारत निर्वाचन : सर्वेक्षणको नतिजा मोदीको पक्षमा
भारतमा भीषण गर्मी, कम्तिमा ६० जनाको मृत्यु
काठमाडौं । भारतमा भीषण गर्मीले कम्तिमा ६० जनाको मृत्यु भएको आंकडा सार्वजनिक भएको छ । यो संख्या अझै धेरै हुन सक्ने अनुमान अधिकारीहरुले गरेका छन् । भारतीय सञ्चारमाध्यमहरुका अनुसार हिटवेवको सबैभन्दा धेरै असर विहार, राजस्थान, आन्द्र प्रदेश र ओडिशामा देखिएको छ । राष्ट्रिय रोय नियन्त्रण केन्द्रले ६० जनाको मृत्यु भएको विवरण सार्वजनिक गर्दै यो यकिन… Continue reading भारतमा भीषण गर्मी, कम्तिमा ६० जनाको मृत्यु
भारतमा बस दुर्घटना, कम्तिमा २२ जनाको मृत्यु
काठमाडौं । भारतको जम्मुमा तीर्थयात्री सवार बस दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ । ६९ जना घाइते भएका छन् । समाचार एजेन्सी पीटीआईका अनुसार जम्मु–पुँछ राजमार्ग अन्तर्गत चोकीचोरा भन्ने स्थानमा विहीबार बस दुर्घटना भएको हो । बस करिब १५० फिट तल खसेको छ । भारतीय सञ्चार माध्यमहरुका अनुसार उत्तर प्रदेशको हाथरस र राजस्थानका करिब… Continue reading भारतमा बस दुर्घटना, कम्तिमा २२ जनाको मृत्यु
५२.३ डिग्री सेल्सियस माथि पुग्यो दिल्लीको तापक्रम
एजेन्सी । भारतको नयाँ दिल्लीस्थित मौसम विभागले अहिलेसम्मकै सबभन्दा उच्च तापक्रम मापन गरेको छ। भारतीय समाचार संस्था एनडिटिभीका अनुसार दिल्लीको मुन्गेशपुरमा बुधबार दिउँसो साढे २ बजेको तापक्रम ५२.३ डिग्री सेल्सियस पुगेको हो। भारतका अन्य ठाउँमा पनि उच्च तापक्रम मापन भएका छन्। राजस्थानको फलोडीमा ५१ डिग्री मापन भएको थियो। हरियानाको सिर्सामा पनि ५०.३ डिग्री सेल्सियस मापन… Continue reading ५२.३ डिग्री सेल्सियस माथि पुग्यो दिल्लीको तापक्रम
भारतमा रेमल चक्रवातका कारण २७ जनाको मृत्यु
काठमाडौं । भारतको मिजोरम राज्यमा रेमल चक्रवातबाट २७ जनाको मृत्यु भएको छ । सो क्षेत्रमा पानी र बिजुलीको आपूर्ति पनि प्रभावित भएको छ । मिजोरममा रेमल चक्रवातको प्रभावका कारण भारी वर्षा भएको थियो । सोही वर्षापछि पहिरो गएको र पहिरोमा च्यापिएर २७ जनाको मृत्यु भएको मिजोरम सरकारको सूचना तथा जनसम्पर्क विभागले सामाजिक सञ्जाल एक्समार्फत् जानकारी… Continue reading भारतमा रेमल चक्रवातका कारण २७ जनाको मृत्यु
गाजामा इजरायलले गर्यो आक्रमण, दर्जनौं मारिए
काठमाडौं । रफाहस्थित एउटा शरणार्थी शिविरमा आइतवार भएको विस्फोटनमा दर्जनौँ मानिस हताहत भएको गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ। इजरेल डिफेन्स फोर्सेस (आईडीएफ) ले रफाहमा हमासले प्रयोग गरेको एउटा ठाउँलाई निसाना बनाउँदै हमला गरिएको जनाएको छ। आईडीएफले उक्त घटनाको समीक्षा भइरहेको जनाएको छ। त्यसअघि हमासले रफाहबाट तेल अभिभतर्फ आठवटा रकेट प्रहार गरेको थियो। ज्यानुअरी… Continue reading गाजामा इजरायलले गर्यो आक्रमण, दर्जनौं मारिए
गुजरातमा गेमजोनमा आगलागी, कम्तिमा २८ जनाको मृत्यु
काठमाडौं । भारत गुजरातको राजकोट शहरस्थित एक गेम जोनमा आगलागी भएको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार दुर्घटनामा १२ बालबालिकासहित २८ जनाको मृत्यु भएको छ । २५ जनालाई सुरक्षित बाहिर निकालिएको खबर छ । शनिबार अपराह् साढे ४ बजेतिर राजकोटको कालावड रोडस्थित टीआरपी गेम जोनमा लागेको आगो ३ घण्टाको प्रयासपछि नियन्त्रणमा आएको छ । भारतीय सञ्चार… Continue reading गुजरातमा गेमजोनमा आगलागी, कम्तिमा २८ जनाको मृत्यु
भियतनाममा अपार्टमेन्टमा आगलागी, कम्तिमा १४ जनाको मृत्यु
काठमाडौं । भियतनामको राजधानी हनोईमा साँघुरो गल्लीमा रहेको एउटा अपार्टमेन्टमा राति भएको आगलागीमा १४ जनाको मृत्यु भएको छ । अन्य छ जना घाइते भएको सरकारी सञ्चारमाध्यमले बताएको छ । मध्य हनोईमा रहेको अपार्टमेन्ट भवनसम्म मात्र दुई मिटर चौडा गल्लीमार्फत पुग्न सकिन्थ्यो । यसबाट दमकल त्यहाँ पुग्न नसकेपछि अग्निनियन्त्रकहरूले पाइपमार्फत आगो निभाएको सरकारी सञ्चारमाध्यमले बताएको छ… Continue reading भियतनाममा अपार्टमेन्टमा आगलागी, कम्तिमा १४ जनाको मृत्यु
भारतको केमिकल उद्योगमा आगलागी, कम्तिमा ८ जना मारिए
काठमाडौं । भारतको महाराष्ट्रस्थित एक केमिकल फ्याक्ट्रीमा आगलागी हुँदा आठ जनाको जनाको मृत्यु भएको छ । ६० जना घाइते भएका छन् । मुख्यमन्त्री एकनाथ सिन्धेले यो घटनालाई दुर्भाग्यपूर्ण भन्दै मृतकका परिवारलाई पाँच–पाँच लाख रुपैयाँ राहत र घाइतेको निःशुल्क उपचार गर्ने बताएका छन् । भारतीय सञ्चार माध्यमहरुका अनुसार महाराष्ट्रको ठाणे जिल्लास्थित औद्योगिक विकास निगम क्षेत्रको अमुदान… Continue reading भारतको केमिकल उद्योगमा आगलागी, कम्तिमा ८ जना मारिए
ताइवानलाई घेर्दै छ चीन, आक्रमणको तयारी हो ?
काठमाडौं । ताइवानको नयाँ राष्ट्रपतिमा विलियम लाईले शपथ लिएको तीन दिनपछि चीनले उक्त प्रायःद्वीपवरपर सैन्य अभ्यास सुरु गरेको छ। चिनियाँ जनमुक्ति सेनाका प्रवक्ता ली सीले उक्त अभ्यासलाई ‘पृथकुतावादी गतिविधिहरू’ विरुद्धको कठोर सजाय भनेका छन्। चीनको सैन्य अभ्यास बिहीवार सबेरैबाट सुरु भएको हो। चीनसँगको सम्बन्ध हेर्ने ताइवानको सरकारी निकायले नेतृत्वले ताइवानको स्वतन्त्रता र लोकतान्त्रिक पद्धतिको प्रतिरक्षा… Continue reading ताइवानलाई घेर्दै छ चीन, आक्रमणको तयारी हो ?
विश्वकप अगाडी क्यानडाले बर्खास्त गर्यो ‘हेडकोच’
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेट शुरु हुनु केही दिनमात्र बाँकी रहँदा क्यानडाले मुख्य प्रशिक्षक पुबुदु दासानायकेलाई पदबाट बर्खास्त गरेको छ । सन् २०२२ को जुलाई महिनादेखि मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेका पुबुदुलाई क्यानडाले पदबाट हटाएको क्रिकेटसम्बन्धी जानकारी दिने वेबसाइट क्रिकबजले जनाएको छ । श्रीलङ्का र क्यानडाका पूर्वखेलाडीसमेत रहेका पुबुदु यसअघि सन् २०११ देखि २०१५ सम्म… Continue reading विश्वकप अगाडी क्यानडाले बर्खास्त गर्यो ‘हेडकोच’
तीन यूरोपेली मुलुकले दिए प्यालेष्टाइनलाई अलग राष्ट्रको मान्यता
काठमाडौं । आयरल्यान्ड, नर्वे र स्पेनले मे २८ तारिखबाट प्यालेस्टाइनलाई राज्यको रूपमा औपचारिक मान्यता दिने घोषणा गरेका छन्। स्पेन र आयरल्यान्डले आफूहरूको निर्णय इजरेलको विपक्षमा र हमासको पक्षमा नभई शान्तिप्रति समर्थन भएको बताएका छन्। तर उक्त कदमप्रति आक्रोशपूर्ण प्रतिक्रिया जनाउँदै इजरेलले त्यसको अर्थ सो क्षेत्रमा थप अस्थिरता हुनु रहेको प्रतिक्रिया दिएको छ। इजरेलले आयरल्यान्ड, नर्वे… Continue reading तीन यूरोपेली मुलुकले दिए प्यालेष्टाइनलाई अलग राष्ट्रको मान्यता
सिंगापुर एयरलाइन्सको जहाजमा उड्दाउड्दै अत्यधिक झट्का, एक जनाको मृत्यु
काठमाडौं । सिंगापुर एयरलाइन्सको बोइङ ७७७–३०० इआर जहाजमा उड्दा उड्र्द आएको घातक झड्काका कारण मानवीय क्षति भएको छ । मंगलबार लण्डनबाट सिंगापुर आइरहेको जहाजमा प्राविधिक समस्या देखिएको थियो । जहाजमा २११ जना यात्रु र १८ जना चालक दलका सदस्य थिए । मृत्यु हुनेमा ७३ वर्षीय बेलायती नागरिक छन्। १८ जना घाइते अस्पताल भर्ना भएका छन्… Continue reading सिंगापुर एयरलाइन्सको जहाजमा उड्दाउड्दै अत्यधिक झट्का, एक जनाको मृत्यु
आजबाट आइपीएलका क्वालिफायर खेल हुँदै
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत पहिलो क्वालिफायरमा आज कोलकाता नाईट राइडर्स र सनराइजर्स हैदराबाद खेल्दैछन् । खेल अहमदाबादमा नेपाली समयअनुसार राति पौने ८ बजे शुरु हुनेछ । फाइनल पुग्नका लागि हुने पहिलो क्वालिफायर खेलमा सबैभन्दा महङ्गा दुई अष्ट्रेलियाली खेलाडी प्याट कमिन्स र मिचेल स्टार्क आमनेसामने हुँदैछन् । हैदराबादले कप्तान कमिन्सका लागि अक्सनमा… Continue reading आजबाट आइपीएलका क्वालिफायर खेल हुँदै
को हुन् हेलिकप्टरमा परी ज्यान गुमाउने राष्ट्रपति इब्राहिम रइसी ?
काठमाडौं । इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनेईको निकट रहेका राष्ट्रपति इब्राहिम रइसी कट्टर धार्मिक नेता थिए। सन् २०२१ को चुनावमा उनको जितसँगै इरानका हरेक क्षेत्रमा रूढिवादीहरूको नियन्त्रण बढेको मानिन्छ। सत्तामा आउनुअघि उनी न्यायालयका प्रमुख थिए। उनले हसन रुहानीलाई प्रतिस्थापन गरेका थिए। उनी सत्तामा आउँदा इरान आर्थिक समस्या र क्षेत्रीय तनावसँगै आणविक हतियारको मामिलामा विश्वशक्तिहरूबाट… Continue reading को हुन् हेलिकप्टरमा परी ज्यान गुमाउने राष्ट्रपति इब्राहिम रइसी ?
इरानका राष्ट्रपतिको हेलिकप्टर दुर्घटनामा निधन, पाँच दिन शोक घोषणा
काठमाडौं । हेलिकोप्टर दुर्घटनामा राष्ट्रपति इब्राहिम रइसीको मृत्यु भएपछि इरानले पाँचदिने राष्ट्रिय शोक घोषणा गरेको छ। आइतवार देशको पहाडी क्षेत्रमा भएको दुर्घटनामा राष्ट्रपतिका साथै विदेशमन्त्री लगायतका ज्यान गएको हो। मृत्युप्रति इरानका नजिकका साझेदार रुस, हमास, हिज्बुल्लाह लगायतले गहिरो शोक व्यक्त गरेका छन् । फ्रान्स, युरोपेली सङ्घ, साउदी अरब लगायतका देशले पनि समवेदना दिएका छन्। उता,… Continue reading इरानका राष्ट्रपतिको हेलिकप्टर दुर्घटनामा निधन, पाँच दिन शोक घोषणा
इरानका राष्ट्रपति सवार हेलिकप्टर दुर्घटनामा
काठमाडौं । इरानका राष्ट्रपति इब्राहिम रैसी सवार हेलिकप्टर दुर्घटनामा परेको छ । बीबीसीका अनुसार अजरबैजानस्थित एक कार्यक्रमबाट फर्किने क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो । इरानका गृहमन्त्री अहमद वाहिदीले राष्ट्रपति रायसी र विदेशमन्त्री हेलिकप्टरमा सवार रहेको पुष्टि गरेका छन् । अलजजिराले खराब मौसमका कारण हेलिकप्टर दुर्घटनामा परेको आशंका गरिएको उल्लेख गरेको छ । राष्ट्रपति रैसी सवार… Continue reading इरानका राष्ट्रपति सवार हेलिकप्टर दुर्घटनामा