गाजामा मारिए झण्डै ३० हजार सर्वसाधारण

काठमाडौं । इजरायली सेनाको आक्रमणबाट गत २४ घण्टामा ७६ जनाको हत्या भएसँगै गाजा पट्टीमा मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या २९ हजार ९५४ पुगेको हमासको स्वास्थ्य मन्त्रालयले बुधबार जनाएको छ । मन्त्रालयका अनुसार आक्रमणवाट ११० जना घाइते भएका छन् । इजरायल–हमास द्वन्द्व शुरु भएदेखि हालसम्म प्यालेस्टिनी घाइतेहरूको कुल सङ्ख्या ७० हजार ३२५ पुगेको छ । केही पीडितहरू… Continue reading गाजामा मारिए झण्डै ३० हजार सर्वसाधारण

भारतमा क्रिकेटरको वर्गिकरण, चार खेलाडी परे ए-प्लसमा

काठमाडौं । भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बिसिसिआई) क्रिकेटरको वर्गिकरण गरी सार्वजनिक गरेको छ । कप्तान रोहित शर्मा, विराट कोहली, जसप्रित बुमराह र रविन्द्र जडेजा ए प्लस श्रेणीमा पर्न सफल भएका छन् । बोर्डले नयाँ वार्षिक केन्द्रीय सम्झौता सार्वजनिक गर्दै चार खेलाडी उच्च स्थानमा रहेको बताएको हो । उनीहरु अघिल्लो वर्ष पनि ए प्लसमै थिए। नयाँ… Continue reading भारतमा क्रिकेटरको वर्गिकरण, चार खेलाडी परे ए-प्लसमा

भारतले अन्तरिक्षमा मानव चालित यान पठाउँदै, वायुसेनाका चार चालक छानिए

ANI

काठमाडौं । भारतले आगामी वर्ष अन्तरिक्षमा पहिलो मानवचालित यान पठाउने भएको छ । अन्तरिक्षयात्रा गर्न योग्य चार जनाको नाम सार्वजनिक भएको छ । उनीहरू भारतीय वायुसेनाका विमानचालक हुन्। गगनयान नामक उक्त अन्तरिक्षयानमा तीमध्ये तीन जनालाई अन्तरिक्षयात्रीका रूपमा पठाउने भारतको लक्ष्य छ। उक्त यान ४०० किलोमिटरमाथि पृथ्वीको कक्षमा पुग्ने र तीन दिनपछि फिर्ता हुने छ। भारतीय… Continue reading भारतले अन्तरिक्षमा मानव चालित यान पठाउँदै, वायुसेनाका चार चालक छानिए

चन्द्रमामा चिसो सकिएपछि ब्यूँतियो जापानी यान

JAXA

काठमाडौं । चन्द्रमामा अवतरण गरेको जापानी अन्तरिक्षयानको ल्यान्डर यान त्यहाँ चिसो सकिएसँगै ब्यूतिएको छ । यसले यान सक्रिय रहेको सङ्केत प्राप्त भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन् । बीबीसीका अनुसार ऊर्जा प्रणालीमा समस्या उत्पन्न भएपछि र चन्द्रमामा रात परेपछि उक्त ल्यान्डरले काम नगर्ला कि भन्ने डर जापानी अन्तरिक्ष निकाय (जाक्सा)लाई थियो । जाक्साका अनुसार चन्द्रमामाा रात… Continue reading चन्द्रमामा चिसो सकिएपछि ब्यूँतियो जापानी यान

रुस-युक्रेन युद्धमा ३१ हजार युक्रेनी सैनिकको मृत्यु

काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँगको युद्धमा हालसम्म आफ्नो देशका ३१,००० सैनिकको ज्यान गइसकेको पुष्टी गरेका छन् । उनले रुसलाई सैन्य योजना बनाउन सहयोग पुग्न सक्ने भनी घाइतेहरूको सङ्ख्या भने सार्वजनिक गरेनन्। सामान्यतया युक्रेनले मृत्युको सङ्ख्या सार्वजनिक गर्दैन र अन्य स्रोतहरूले हाल बताइएको भन्दा धेरै जनाले ज्यान गुमाइसकेको अनुमान गरेका छन्। अमेरिकी अधिकारीहरूले गत… Continue reading रुस-युक्रेन युद्धमा ३१ हजार युक्रेनी सैनिकको मृत्यु

भारतीय युवा पनि रुसी सेनामा भर्ती भएको पुष्टी

काठमाडौं । भारतीय युवाहरु समेत रुसी सेनामा भर्ती भएको पुष्टी भएको छ । लाखौँ रुपैयाँ कमाउने आशामा भारतबाट रुस पुगेका युवा समस्यामा परेपछि यो जानकारी सार्वजनिक भएको बीबीसीले जनाएको छ । कामको प्रलोभनमा आफूलाई एजेन्टहरूले रुस बोलाएर सेनामा भर्ती गराएको केही युवाको दाबी छ। एजेन्टहरूले सेनामा नभई हेल्पर र सुरक्षागार्डको जागिर दिने भनेर आफूहरूलाई रुस… Continue reading भारतीय युवा पनि रुसी सेनामा भर्ती भएको पुष्टी

माल्टामा आप्रवासी बोकेको डुंगा दुर्घटना, कैयौं हताहत

File Image Source : AP/ REPRESENTATIONAL

काठमाडौं । माल्टामा आप्रवासी बोकेको डुंगा पल्टिएर भएको दुर्घटनामा कैयौं मानिसको ज्यान गएको छ । उद्धार कार्यको क्रममा माल्टाको किनारमा आप्रवासी डुंगा पल्टिँदा पाँच जनाको मृत्यु भएको पुष्टी भइसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । आठ जना घाइते भएका छन् । माल्टाको सशस्त्र बल (एएफएम)ले यसको पुष्टी गरेको हो । करिव ७ दशमलव ६ मिटर लामो… Continue reading माल्टामा आप्रवासी बोकेको डुंगा दुर्घटना, कैयौं हताहत

रुस-युक्रेन युद्धको दुई वर्ष पुरा

Efrem Lukatsky–AP

काठमाडौं । रुस युक्रेन युद्धको दुई वर्ष पुरा भएको छ । रुसी राष्ट्रपति भलादमिर पुटिनले सुरु गरेको पूर्ण आकारको अतिक्रमणको दुई वर्ष पूरा भई तेस्रो वर्ष सुरु भएको हो । यद्दपी युद्ध भने जारी छ । पछिल्लो समय युक्रेनी सहरहरूमा थप रुसी हमला भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । युक्रेनलाई सैन्य सहायता दिन ढिलो भइरहँदा… Continue reading रुस-युक्रेन युद्धको दुई वर्ष पुरा

युक्रेनको हवाई हमलामा कम्तिमा ६० रुसी सैनिकको ज्यान गयो

काठमाडौं । अधिनस्थ पूर्वी युक्रेनस्थित एउटा सैनिक प्रशिक्षण क्षेत्रमा गरिएका दुईवटा क्षेप्यास्त्र हमलामा परी कम्तीमा ६० जना रुसी सैनिकहरू मारिएको विवरणमा जनाइएको छ। घटनाबारे जानकार स्रोतहरूले बीबीसीलाई बताएअनुसार एकजना वरिष्ठ रुसी कमान्डरको स्वागतका लागि दोनेत्स्क क्षेत्रमा सैनिकहरू भेला भएका थिए। ठूलो सङ्ख्यामा हताहती भएको उक्त घटनासम्बन्धी भिडिओ फुटेजमा देखिन्छ। बीबीसीले त्यसको आधिकारिकता पुष्टि गर्ने प्रयास… Continue reading युक्रेनको हवाई हमलामा कम्तिमा ६० रुसी सैनिकको ज्यान गयो

स्पेनमा पूर्व रुसी पाइलटको हत्या

EPA\BBC

काठमाडौं । स्पेनमा पूर्वरुसी पाइलटको हत्या गरिएको छ । गत वर्ष भागेर युक्रेन गएका रुसी हेलिकप्टर पाइलटको स्पेनमा हत्या गरिएको अन्तर्राष्टिय सञ्चारमाध्यमले जनाएका छन् । गत वर्ष अगस्टमा म्याक्सीम कुज्मीनोभले युक्रेनी क्षेत्रमा हेलिकप्टर उडाएका थिए र उनी आफैँले युक्रेनसमक्ष आत्मसमर्पण गरेका थिए। गत साता अलिकान्टीनजिकै मारिएका एक व्यक्तिको परिचय स्पेनी प्रहरीले सार्वजनिक रूपमा खुलाएको छैन।… Continue reading स्पेनमा पूर्व रुसी पाइलटको हत्या

इजरायलको आक्रमणबाट गाजामा झण्डै २९ हजार सर्वसाधारणको मृत्यु

काठमाडौं । गाजा पट्टीमा मृत्यु हुने प्यालेस्टाइनीहरूको सङ्ख्या २८ हजार ९८५ पुगेको छ । मृतकमध्ये अधिकांश महिला, बालबालिका तथा निर्दोष सर्वसाधारण रहेका प्यालेष्टिनी प्रशासनले दाबी गर्दै आएको छ । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले आइतबार जनाए अनुसार गत अक्टोबर ७ मा शुरु भएको इजरायल–हमास द्वन्द्वपछि तटीय क्षेत्रमा ६८ हजार ८८३ प्यालेस्टाइनीहरू घाइते भएका छन् । इजरायली… Continue reading इजरायलको आक्रमणबाट गाजामा झण्डै २९ हजार सर्वसाधारणको मृत्यु

पपुवा न्यू गिनीमा गोली हानेर ५३ जनाको हत्या

काठमाडौं । पपआ न्यू गिनीमा दुई आदिवासी समुदायबीच हिंसा भड्किँदा ५३ जनाको हत्या भएको छ । अष्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसन (एबीसी) का अनुसार सबैको गोली हानेर हत्या भएको हो । यो घटना सुदूर हाइल्याण्ड क्षेत्रमा पर्ने एंगा प्रान्तमा आइतबार भएको हो । समाचार एजेन्सी एपीका अनुसार घात लगाएर बसेकाहरुले एक्कासी आक्रमण गरेका थिए । एपीले यस… Continue reading पपुवा न्यू गिनीमा गोली हानेर ५३ जनाको हत्या

भारतीय नागरिकलाई मेक्सिको हुँदै अमेरिका पुर्याउने गिरोह नेपालमा पक्राउ

काठमाडौं । नेपालबाट अवैध रुपमा मेक्सिको हुँदै ११ भारतीयहरूलाई अमेरिका पठाउन सक्रिय रहेको आरोपसहित प्रहरीले ८ जना भारतीयलाई पक्राउ गरेको छ। उनीहरूमाथि अनुसन्धान गरिरहेको काठमाडौं प्रहरी परिसरले उक्त गिरफ्तारीबारे बिहीवार पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो। उनीहरूलाई नक्कली कागजपत्र बनाउन सहयोग गरेको भन्दै एक जना नेपाली पनि पक्राउ परेका छन्। अमेरिका जान भनेर नेपाल ल्याइएका… Continue reading भारतीय नागरिकलाई मेक्सिको हुँदै अमेरिका पुर्याउने गिरोह नेपालमा पक्राउ

आँधीले अष्ट्रेलियामा जनजीवन प्रभावित, क्षति कति ?

काठमाडौं । शक्तिशाली आँधीका कारण पूर्वी अष्ट्रेलियामा एक लाख ७४ हजार घर तथा व्यवसायमा क्षति पुगेको अधिकारीले बताएका छन् । भिक्टोरिया राज्यको ठूलो भूभागमा मङ्गलबार खराब मौसमका कारण १५० किलोमिटर प्रतिघण्टा (९० माइल प्रतिघण्टा) भन्दा बढीको हुरी चलेको राज्य सरकार र आपतकालीन सेवाहरूले बताएका छन् । भिक्टोरिया प्रहरीले एक विज्ञप्ति जारी गर्दै ५० वर्षीय एक… Continue reading आँधीले अष्ट्रेलियामा जनजीवन प्रभावित, क्षति कति ?

रुसी सेनामा भर्ती भई मारिएका नेपालीका परिवारले क्षतिपूर्ति पाउने

काठमाडौं । रुसको सेनामा भर्ती भएर युद्धका क्रममा मारिएका नेपाली नागरिकले पाउनुपर्ने क्षतिपूर्ति सरकारी संयन्त्रबाटै आउने भएको छ । रुसी सरकारले गरेको यो निर्णयसँगै हालसम्म रुसी सेनामा भर्ती भएर युद्धमा मारिएको पुष्टि भएका १० जना नेपाली नागरिकका परिवारले क्षतिपूर्ति पाउने भएका हुन् । त्यसरी युद्धमा मारिएका नागरिकको परिवारलाई दिनुपर्ने क्षतिपूर्तिको प्रक्रिया रुसमा रहेको नेपाली दूतावासमार्फत गर्न… Continue reading रुसी सेनामा भर्ती भई मारिएका नेपालीका परिवारले क्षतिपूर्ति पाउने

मुस्लिम देश यूएईमा बन्यो भब्य हिन्दु मन्दिर, मोदीले गरे उद्घाटन

GETTY IMAGES\BBC

काठमाडौं । मुस्लिम देश यूएईले भब्य हिन्दु मन्दिर बनाएर संसारलाई आश्चर्यचकित बनाएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी दुईदिने भ्रमणका लागि मङ्गलवार यूएई पुगेका छन्। उनले बुधवार त्यहाँ एउटा हिन्दू मन्दिरको उद्घाटन गरे । उक्त मन्दिरको उद्घाटनबारे अहिले भारत र अन्यत्र पनि चर्चा भइरहेको छ। सन् २०१५ यता प्रधानमन्त्री मोदीको यो सातौँ यूएई भ्रमण हो।… Continue reading मुस्लिम देश यूएईमा बन्यो भब्य हिन्दु मन्दिर, मोदीले गरे उद्घाटन

भारतमा पुनः चर्कियो किसान आन्दोलन, मोदी सरकारलाई चूनौति

Photo : DNA India

काठमाडौं । भारतमा आफूले फलाएको अन्नबालीले उचित मूल्य नपाएको भन्दै विभिन्न राज्यमा किसान आन्दोलन चर्किएको छ । आन्दोलनकारी दिल्लीतिर अघि बढ्दै जाँदा सरकारले दिल्लीमा निषेधाज्ञा तोकेको छ । साथै विभिन्न स्थानमा प्रहरीले अश्रुग्यास प्रहार गरेको छ। सन् २०२० मा पनि किसानहरूले दिल्लीको सीमामा कैयौँ दिनसम्म धर्ना दिएका थिए। त्यस बेला उनीहरूले एउटा विवादित कृषि कानुनको… Continue reading भारतमा पुनः चर्कियो किसान आन्दोलन, मोदी सरकारलाई चूनौति

के भारतले म्यानमार सीमामा तारबार लगाउँदैछ ?

EPA\BBC

काठमाडौं । भारतले म्यानमारसँगको खुला सीमाामा तारबार लगाउने योजना बनाइरहेको विवरण सार्वजनिक भएको छ । गृहमन्त्री अमित शाहले केही साताअघि छिमेकी देश म्यान्मारसँगको खुला सीमामा छेकबार लगाउने योजना घोषणा हुन् । भारतले अप्ठ्यारो खेप्नुपरेको १,६४३ किलोमिटर लामो सीमालाई “बाङ्ग्लादेशसँगको सीमामा छेकबार लगाए जसरी” सुरक्षित बनाउने उनको भनाइ छ । भारत र बाङ्ग्लादेशबीच त्योभन्दा झन्डै दुईगुना… Continue reading के भारतले म्यानमार सीमामा तारबार लगाउँदैछ ?

इजरायलले जागामा गर्यो व्यापक नरसंहार, थप १ सय भन्दा बढीको मृत्यु

काठमाडौं । इजरायली सेनाले गाजाको रफाह सहरका विभिन्न स्थानमा गरेका आक्रमणमा करिब एक सय प्यालेस्टिनी मारिएका छन् । मृत्यु हुनेमध्ये कैयौं बालबालिका तथा महिला छन् । प्यालेस्टाइनको रेड क्रेसन्ट सोसाइटीले रफाहमा भीषण आक्रमण गरिएको र कम्तीमा सय जनाको ज्यान गएको जनाएको छ । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले भने ६७ जनाको मृत्यु भएको पुष्टि गरेको छ । यसअघि अमेरिकी राष्ट्रपति… Continue reading इजरायलले जागामा गर्यो व्यापक नरसंहार, थप १ सय भन्दा बढीको मृत्यु

प्यालेस्टाइन शरणार्थी बसेको शहरमा आक्रमणको योजनामा इजरायल, अन्तर्राष्ट्रिय समुदायको आपत्ति

REUTERS

काठमाडौं । प्यालेस्टिनी शरणार्थीले भरिएको दक्षिणी गाजास्थित रफाह सहरमा इजरायलले आक्रमणको योजना बनाएको छ । यसप्रति अन्तर्राष्ट्रिय समुदायले चिन्ता र चेतावनी दिइरहेका छन् । ब्रिटिश विदेशमन्त्री डेभिड क्यामेरोनले इजरेली योजनाका कारण त्यस क्षेत्रमा आश्रय लिइरहेका गाजाका आधाभन्दा बढी जनसङ्ख्यालाई असर पर्न सक्ने बताएको बीबीसीले लेखेको छ । डच विदेशमन्त्री हान्क ब्राउन्स स्लटले इजरेली योजनाबाट धेरै… Continue reading प्यालेस्टाइन शरणार्थी बसेको शहरमा आक्रमणको योजनामा इजरायल, अन्तर्राष्ट्रिय समुदायको आपत्ति

पाकिस्तानमा इमरान खानको पार्टीका स्वतन्त्र उम्मेदवारले जिते १०१ सिट

bbc

काठमाडौं । पाकिस्तानमा जेल जिवन बिताइरहेका पूर्व प्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तेहरिक–इ–इन्साफ (पिटिआई) समर्थित स्वतन्त्र उम्मेदवारहरूले १०१ सिटमा जित हात पारेको छ । प्रतिनिधि सभाका २६६ सिटका लागि भएको मतदानमा गतरातसम्म २६४ क्षेत्रको नतिजा आएको छ । एक सिटको निर्वाचन रद्द भएको । एक क्षेत्रमा मतगणना स्थगित भएको छ। निर्वाचन आयोगले उनीहरूको चुनाव चिह्न… Continue reading पाकिस्तानमा इमरान खानको पार्टीका स्वतन्त्र उम्मेदवारले जिते १०१ सिट

पाकिस्तानमा कुनै पनि दलले ल्याएनन् बहुमत, सेनाको भूमिका शंकास्पद

काठमाडौं । पाकिस्तानमा कुनै पनि दलले बहुमत ल्याउन नसकेको बताइएको छ । आम चुनावको अधिकांश नतिजा आइसक्दा कुनै पनि दलले स्पष्ट बहुमत ल्याउन सकेका छैनन् । जेलमा रहेका पूर्व प्रधानमन्त्री इमरान खानले बिहीवारको चुनावमा जित हासिल गरेको दाबी गरेका छन्। उनको साथ पाएका स्वतन्त्र उम्मेदवारहरूले हालसम्म सबैभन्दा धेरै स्थानमा जितेका छन् । तर अर्का पूर्व… Continue reading पाकिस्तानमा कुनै पनि दलले ल्याएनन् बहुमत, सेनाको भूमिका शंकास्पद

यूरोपमा किन फैलिरहेको छ किसान आन्दोलन ?

Around 150 tractors massed in Orte, around one hour north of Rome © Andrea BERNARDI / AFP

काठमाडौं । फ्रान्सबाट शुरु भएको किसान आन्दोलन युरोपका धेरै देशमा फैलिएको छ । फ्रान्ससहित इटली, पोल्यान्ड, स्पेन, बुल्गेरियालगायत देशमा किसानले प्रदर्शन गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । युरोपेली युनियनभन्दा बाहिरका देशबाट भइरहेको सस्तो आयातको विरूद्धमा उनीहरुले प्रदर्शन गरेको समाचारमा उल्लेख छ । इटलीमा शुक्रवार ट्र्याक्टरसहितका हजारौँ किसानले रोममा प्रदर्शन गरे । केही घण्टापछि इटलीकी प्रधानमन्त्री… Continue reading यूरोपमा किन फैलिरहेको छ किसान आन्दोलन ?

पाकिस्तानको मतगणनामा के आइरहेको छ नतिजा ?

काठमाडौं । पाकिस्तानमा बिहीवार सम्पन्न आमनिर्वाचनको मतगणना जारी रहँदा जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी तहरिक–ए(इन्साफ पीटीआई समर्थित स्वतन्त्र उम्मेदवारहरूले अग्रता लिएका छन्। शुक्रवार साँझसम्म देशका कुल निर्वाचन क्षेत्रमध्ये आधा क्षेत्रको मतपरिणाम पाकिस्तानको निर्वाचन आयोगले सार्वजनिक गरेको छ। तीमध्ये सबैभन्दा धेरै ७० भन्दा धेरै क्षेत्रमा खानको दल समर्थित स्वतन्त्र उम्मेदवारहरू निर्वाचित भएको बीबीसी उर्दूले जनाएको… Continue reading पाकिस्तानको मतगणनामा के आइरहेको छ नतिजा ?

शिवसेना नेताको भारतमा फेसबुक लाइभकै दौरान गरियो गोली हानेर हत्या

काठमाडौं । भारतको मुम्बईमा शिवसेनाका नेता एवम् पूर्वपार्षद अभिषेक घोषालकरको गोली हानेर हत्या गरिएको पुष्टी भएको छ । फेसबुक भिडियो लाइभमा कुराकानी गरिरहेका बेला उनीमाथि उनकै साथी मोरिसले गोली चलाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अभिषेकलाई गोली हानेपछि मोरिसले पनि आफैंलाई गोली हानेर आत्महत्या गरेको भारतीय मिडियाहरुले जनाएका छन् । अभिषेकमाथि गोली लागेको भिडियो सामाजिक… Continue reading शिवसेना नेताको भारतमा फेसबुक लाइभकै दौरान गरियो गोली हानेर हत्या

पाकिस्तानमा इमरान खानको पार्टीलाई प्रारम्भिक अग्रता

काठमाडौं । पाकिस्तानमा बिहीबार भएको आम निर्वाचनको मत गणना जारी रहँदा पूर्वप्रधानमन्त्री इमरान खान नेतृत्वको पार्टी पीटीआई समर्थित उम्मेदवारहरु अगाडि देखिएका छन् । पाकिस्तानी सञ्चारमाध्यमहरुका अनुसार १२० सिटमा पीटीआई समर्थित स्वतन्त्र उम्मेदवार अगाडि छन् । पीटीआईका अध्यक्ष गौहर रजाले आफूहरु १५० भन्दा बढी सिटमा अगाडि रहेको दाबी गरेका छन् । उनले जेलमा रहेका कैदी (इमरान… Continue reading पाकिस्तानमा इमरान खानको पार्टीलाई प्रारम्भिक अग्रता

केन्याली नेतामाथि लाग्यो १९१ जना बालबालिकाको हत्या अभियोग

काठमाडौं । मालिन्दी उच्च अदालतले केन्याली ईसाई पन्थ नेता पल नथेन्ज म्याकेन्जी र अन्य २९ जना संदिग्धलाई एक सय ९१ बालबालिकाको हत्या गरेको अभियोग लगाएको सिएनएनले बताएको छ । गत वर्ष पूर्वी केन्याको शाकाहोला जङ्गलबाट शव निकालिएको थियो । त्यहाँ म्याकेन्जी र उहाँका सहयोगीहरूमाथि मृत्यु संस्कार सञ्चालन गरेको आरोप लगाइएको थियो । महिनौँसम्म खोजी गरेपछि… Continue reading केन्याली नेतामाथि लाग्यो १९१ जना बालबालिकाको हत्या अभियोग

हिंसाका बीच पाकिस्तानमा आज आम निर्वाचन, नयाँ प्रधानमन्त्री छानिने

bbc

काठमाडौं । पाकिस्तानमा आज आम निर्वाचन हुँदैछ । निर्वाचनको पूर्वसन्ध्यामा हिंसात्मक घटना बढेका छन् । उता सरकारले सुरक्षा प्रवन्ध कडा बनाएको बताएको छ । बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय तोकिएको छ । निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गराउन सुरक्षाकर्मीहरुसहित ६ लाख ५० हजार जना घटिएको रेडियो पाकिस्तानले उल्लेख गरेको छ । पाकिस्तान निर्वाचन… Continue reading हिंसाका बीच पाकिस्तानमा आज आम निर्वाचन, नयाँ प्रधानमन्त्री छानिने

पाकिस्तानमा बम विष्फोट, कम्तिमा दुई दर्जन मारिए

bbc

काठमाडौं । पाकिस्तानको बलोचिस्तान प्रान्तमा दुईटा बम विस्फोटन हुँदा कम्तीमा २२ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। पाकिस्तानमा बिहीवार निर्वाचन हुन लागेको छ। पहिलो विस्फोटन पिशिन जिल्लामा एक स्वतन्त्र उम्मेदवारको कार्यालयअगाडि भएको थियो। त्यसमा परी १४ जनाको मृत्यु भयो। दोस्रो विस्फोटन त्यहाँबाट १५० किलोमिटर टाढा अवस्थित किल्ला सैफ उल्लाह जिल्लामा भएको बताइएको छ। त्यसमा परी… Continue reading पाकिस्तानमा बम विष्फोट, कम्तिमा दुई दर्जन मारिए

नाइजेरियामा विवाह समारोहबाटै ३५ महिलाको अपहरण

file

काठमाडौं । उत्तरपश्चिमी नाइजेरियामा एउटा विवाहबाट फर्किरहेका पाहुनाहरूलाई अपहरणकारीहरूले अपहरण गरेपछि कम्तीमा ३५ महिला बेपत्ता भएको अधिकारीहरूले सोमबार बताएका छन् । कटसिना राज्यमा भएको सामूहिक अपहरण अफ्रिकाको सबैभन्दा धेरै जनसङ्ख्या भएको मुलुक नाइजेरियामा हालै भएका अपहरणको शृङ्खलामा पछिल्लो सबैभन्दा ठूलो हो । प्रहरी प्रवक्ता अबुबकर अलियुले बिहीबार राति साबुवा क्षेत्रमा विवाहबाट फर्किरहेका माथि संदिग्ध हतियारधारी… Continue reading नाइजेरियामा विवाह समारोहबाटै ३५ महिलाको अपहरण