टर्कीमा शक्तिशाली भूकम्प, क्षतिको विवरण आउँदै

काठमाडौं । टर्कीमा शक्तिशाली भूकम्प गएको छ । सिरियाको सिमाना नजिक टर्कीको दक्षिणपूर्वी क्षेत्र गाजियनटेपमा शक्तिशाली भूकम्प गएको अन्तर्राष्ट्रय सञ्चारमाध्यमले जनाएका छन् । स्थानीय समय अनुसार बिहान ४ः१७ मा गाजियनटेप सहर नजिक १७।९ किलोमिटर (११ माइल) गहिराईमा ७.८ रेक्टर स्केलको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षणले जनाएको छ। भुकम्प भएको केही समयपछि टर्कीमा शक्तिशाली परकम्पहरूसमेत महसुस… Continue reading टर्कीमा शक्तिशाली भूकम्प, क्षतिको विवरण आउँदै

इयू आयुक्त जुट्टा नेपाल भ्रमणमा आउने

काठमाडौं । अन्तर्राष्ट्रिय साझेदारीका लागि यूरोपेली यूनियन (ईयू) कि आयुक्त जुट्टा उर्पिलाइनेन एक दिने भ्रमणका लागि नेपाल आउने भएकी छन् । ईयूको काठमाडौंस्थित दूतावासका अनुसार पोषण, शिक्षा र ग्रिन रिकभरीलगायत एजेन्डामा छलफल गर्न आयुक्त उर्पिलाइनेन ८ फेब्रुअरीमा नेपाल आउने छिन् ।आयुक्त उर्पिलेनेनले भ्रमणका क्रममा नेपाली नेताहरुसँग भेटघाट गर्ने र ईयूका विभिन्न कार्यहरूको सुरुआत गर्ने बताइएको… Continue reading इयू आयुक्त जुट्टा नेपाल भ्रमणमा आउने

पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफको निधन

एजेन्सी । पाकिस्ताका पूर्व सेना प्रमुख तथा पूर्व राष्ट्रपति परवेज मुसर्रफको निधन भएको छ। पाकिस्तानी सेनाले‍ यसको पुष्टि गरेको छ। पाकिस्तानी सेनाले मुसर्रफको आत्माको शान्तिको कामना गरेको छ। समाचार एजेन्सी रोयटर्सका अनुसार ७९ वर्षीय मुसर्रफको लामो समयदेखिको बिरामीका कारण दुबईको एक अस्पताल निधन भएको छ। उनको दुबईकोअस्पतालमा उपचार भइरहेको थियो। परवेज मुसर्रफ २० जुन २००१… Continue reading पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफको निधन

चिलीमा अत्यधिक गर्मीका कारण कम्तिमा १३ को मृत्यु

Martin Bernetti / AFP / Getty

काठमाडौं । चिलीमा अत्यधिक गर्मीका कारण कम्तिमा १३ जनाको ज्यान गएको छ । मौसम विभागले आगामी दिनमा स्थिति थप बिग्रने चेतावनी दिएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् । गर्मीको लहरका कारण चिलीका करिब १४ हजार हेक्टर (३५ हजार एकड) क्षेत्रफलमामा आगो फैलिएको छ । आगलागीमा हालसम्म १३ जनाको मृत्यु भएको हो । राजधानी सान्टियागोबाट करिब… Continue reading चिलीमा अत्यधिक गर्मीका कारण कम्तिमा १३ को मृत्यु

नयाँ दिल्लीको सडकबाट एक साथ हटाइंदैछ ५४ लाख कार, यस्तो छ कारण

नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीको सडकमा गडिरहेका ५४ लाख भन्दा धेरै गाडी अब हटाइने भएको छ । भेइकल स्क्रेप पोलिसी अन्तर्गत दिल्ली परिवहन विभागले यस्तो कदम उठाउन लागेको हो । सवारी साधन चलाउन तोकिएको भन्दा बढी समय नाघेका कारहरु यसरी कारवाहीमा पर्ने भएका हुन् । भारतको राजधानीसहितका शहर अधिक प्रदुषणका कारण विभिन्न स्वास्थ्य… Continue reading नयाँ दिल्लीको सडकबाट एक साथ हटाइंदैछ ५४ लाख कार, यस्तो छ कारण

सिक्किमका नेपालीभाषी ‘विदेशी आप्रवासी’ भएको अदालतको फैसला

काठमाडौं । कुनै बेला अलग्गै देश रहेको सिक्किम भारतमा बिलय भएको चार दशक भइसक्यो । तर भारतीय सर्वोच्च अदालतले त्यहाँका नेपालीभाषी जनतालाई आप्रवासी विदेशीको हैसियत दिँदै फैसला गरेको छ । त्यसको विरोधमा अहिले सिक्किमभरी विरोध प्रदर्शन भइरहेको छ । भारतीय सर्वोच्च अदालतले पछिल्लो एक फैसलामा सिक्किममा रहेका नेपाली भाषा बोल्ने नागरिकलाई आप्रवासी र विदेशी करार… Continue reading सिक्किमका नेपालीभाषी ‘विदेशी आप्रवासी’ भएको अदालतको फैसला

युक्रेनले भन्यो : रुसले २४ फेब्रुअरीमा ठूलो आक्रमणको योजना बनाइरहेको छ

Efrem Lukatsky–AP

काठमाडौं\बीबीसी । युक्रेनका रक्षामन्त्रीले रुसले पुनः ठूलो आक्रमणको तयारी गरिरहेको र त्यो फेब्रुअरी २४ मा सुरु हुन सक्ने चेतावनी दिएका छन्। अलेक्सी रेज्निकोफले मस्कोले हजारौँ सेनालाई तयारी अवस्थामा राखेको र गत वर्ष आक्रमण सुरु गरेको वार्षिकोत्सव मनाउन केही प्रयास गर्न सक्ने बताए। फेब्रुअरी २३ मा सेनाहरूप्रति समर्पित उत्सव मनाइने रुसी डिफेन्डर अफ फादरल्यान्ड डेकै सेरोफेरोमा… Continue reading युक्रेनले भन्यो : रुसले २४ फेब्रुअरीमा ठूलो आक्रमणको योजना बनाइरहेको छ

भारतीय धर्म गुरु आशारामलाई बलात्कार मुद्दामा जन्मकैद

BBC

काठमाडौं । एक भारतीय अदालतले स्वघोषित आध्यात्मिक गुरु आसाराम बापूलाई आफ्ना एक अनुयायीलाई बलात्कार गरेकामा जन्मकैदको सजाय सुनाएको छ। पश्चिम भारतीय राज्य गुजरातस्थित आफ्नो आश्रममा सन् २००१ र सन् २००६ बिचमा ती महिलालाई बारम्बार दुर्व्यवहार गरेको आरोपमा उनी दोषी पाइएका हुन्। ८१ वर्षे उनलाई सन् २०१८ मै एक १६ वर्षीय किशोरीलाई बलात्कार गरेको अभियोगमा आजीवन… Continue reading भारतीय धर्म गुरु आशारामलाई बलात्कार मुद्दामा जन्मकैद

पाकिस्तान विष्फोटमा मारिने १ सय नाघ्यो, अधिकांश प्रहरी

कराँती । पाकिस्तानको पेशावरस्थित एउटा मस्जिदमा प्रार्थना गरिरहेका प्रहरीअधिकारीलाई निसाना बनाएर गरिएको आत्मघाती बम विस्फोटनमा मृत्यु हुनेको सङ्ख्या १ सय नाघेको छ । पाकिस्तानको प्रहरी मुख्यालय नजिक रहेको मस्जिद विस्फोटको भग्नावशेषबाट मंगलवार उद्धारकर्ताले पुरिएका मानिसको खोजी गरेका थिए। सो क्रममा नौ जनालाई जीवितै फेला पारिएको छ । घटनामा परी २ सयभन्दा बढी मानिस घाइते भएका… Continue reading पाकिस्तान विष्फोटमा मारिने १ सय नाघ्यो, अधिकांश प्रहरी

भारतको झारखण्डमा अपार्टमेन्टमा लाग्यो आगो, कम्तिमा १४ जनाको मृत्यु

नयाँ दिल्ली । भारतको झारखण्डमा एक अपार्टमेन्टमा आगलागी हुँदा कम्तिमा १४ जना मारिएका छन् । धनबाद भन्ने स्थानमा पर्ने एक अपार्टमेन्टमा आगो लागेको भारतीय सञ्चारमाध्यमले लेखेका छन् । धनवाद जिल्लाको शक्तिमन्दिर रोडस्थित आशिर्वाद टावरमा आगो लाग्दा १४ जनाको मृत्यु भएको समाचार एजेन्सी एएनआईले जनाएको छ । भारतीय टेलिभिजन च्यानल आजतकले भने ११ महिला, ३ बच्चा… Continue reading भारतको झारखण्डमा अपार्टमेन्टमा लाग्यो आगो, कम्तिमा १४ जनाको मृत्यु

आइएमएफको प्रक्षेपण : विश्व अर्थतन्त्रमा २.९ प्रतिशत मात्र वृद्धि

काठमाडौं । सन् २०२३ मा विश्व अर्थतन्त्र २.९ प्रतिशत रहने अनुमान अन्तर्राष्ट्रिय मुद्रा कोषले गरेको छ । यसअघि विश्व बैंकले १.७ प्रतिशत मात्र आर्थिक वृद्धिदर हुने अनुमान गरेको थियो । आईएमएफका अनुसार यस वर्ष मन्दीमा जाने अर्थतन्त्र आगामी वर्ष सन् २०२४ मा भने ३.१ प्रतिशत वृद्धिदर प्राप्त हुनेछ । सन् २०२२ मा ग्लोबल ग्रोथरेट ३.४… Continue reading आइएमएफको प्रक्षेपण : विश्व अर्थतन्त्रमा २.९ प्रतिशत मात्र वृद्धि

उडिरहेको जहाजमा एक महिलाको हंगामा

मुम्बई । उडिरहेको जहाजमा एक महिलाले हंगामा मच्याएको समाचार भारतीय सञ्चारमाध्यमले प्रकाशित गरेका छन् । आबुधावीबाट मुम्बई आइरहेको भिस्तारा एयरको जहाजकी एक महिला यात्रुले यस्तो हर्कत गरेकी हुन् । समाचार अनुसार इटालीमा रहने ती महिलाले उडानका दौरान क्रु मेम्बरलाई गाली दिएका थिइन् । त्यसपछ उनली मारपिटमा उत्रिइन् । केहीबेरपछि आफ्नो कपडा खोलेर नग्न अवस्थामा करिडोरमा… Continue reading उडिरहेको जहाजमा एक महिलाको हंगामा

पेशावर विष्फोटमा ज्यान गुमाउनेको संख्या ५९ पुग्यो

कराँची । पाकिस्तानको पेशावरमा भएको शक्तिशाली बम विस्फोटमा ज्यान गुमाउनेको संख्या ५९ पुगेकेछ । घटनामा अझै ५० जनाभन्दा बढी मानिस घाइते छन्। स्थानीय समय अनुसार सोमबार दिउँसो करिब साढे १ बजे भरिभराउ मस्जिदमा विस्फोट गराइएको हो । मृत्यु हुनेमा अधिकांश प्रहरी अधिकारी छन्। उत्तर पश्चिमी सहर पेशावरमा प्रहरी मुख्यालय रहेको र अन्य सरकारी भवनहरूसँगै उच्च… Continue reading पेशावर विष्फोटमा ज्यान गुमाउनेको संख्या ५९ पुग्यो

अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया पाटन भ्रमणमा

काठमाडौं । नेपाल भ्रमणका सिलसिलामा अमेरिकी विदेश मन्त्रालयको राजनीतिक मामिला हेर्ने उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्ड सोमबार पाटन क्षेत्रको भ्रमण गरेकी छिन् । आइतबार नेपाल आएकी उनले सोमबार बिहान बालुवाटारमा प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेकी थिइन् । त्यसलगत्तै धुम्बाराही पुगेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटेकी उनी त्यसपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगिन् ।… Continue reading अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया पाटन भ्रमणमा

पाकिस्तानको मस्जिदमा आत्मघाती हमला २८ जनाको मृत्यु, १५० बढी घाइते

एजेन्सी । पाकिस्तानको पेसावर सहरको मस्जिदमा आत्मघाती बम विष्फोट हुँदा २८ जनाको मृत्यु भएको छ । सोमबार दिउँसो नमाजको समयमा उपासकहरूले खचाखच भरिएको बेला भएको विष्फोटमा १५० भन्दा बढी व्यक्ति घाइते भएका छन् । भवनको एक भाग ध्वस्त भएको छ र अधिकारीहरूले भग्नावशेषमुनि मानिसहरू पुरिएको बताएका छन्। अन्य धेरैलाई स्थानीय अस्पतालमा लगिएको छ। विस्फोटको कारण… Continue reading पाकिस्तानको मस्जिदमा आत्मघाती हमला २८ जनाको मृत्यु, १५० बढी घाइते

भारतीय सेनाका दुई लडाकु विमान दुर्घटनाग्रस्त

काठमाडौं । भारतको राजस्थानस्थित भरतपुरमा भारतीय सेनाका दुई वटा लडाकु विमान दुर्घटनामा परेका छन् । उच्चैन थाना इलाकाको पिंगोरा रेल्वे स्टेसन नजिक शनिबार बिहान साढे १० बजे विमान दुर्घटनामा परेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतीय सेनाको सो विमान आज बिहान उत्तर प्रदेशको आगरा वायुसेना स्टेसनबाट उडेको थियो । भारतीय सञ्चार माध्यमका अनुसार दुर्घटनालगत्तै त्यहाँ… Continue reading भारतीय सेनाका दुई लडाकु विमान दुर्घटनाग्रस्त

पृथ्वी नजिकैबाट गयो क्षुद्रग्रह, ठूलो दुर्घटना टरेको खगोलविद्को भनाई

काठमाडौं । खगोलविदहरुका अनुसार एउटा ठूलो दुर्घटना टरेको छ । केही समयअघि मात्रै एउटा ठूलो क्षुद्रग्रह एस्टेरोइड पृथ्वीको नजिकै भएर गएको छ। एउटा मिनिबस जत्रो आकारको उक्त क्षुद्रग्रह वा अन्तरिक्ष चट्टानलाई २०२३ बीयू नाम दिइएको छ र त्यो दक्षिण अमेरिका महादेशको दक्षिणी कुनामाथिको आकाशभन्दा पनि माथि अन्तरिक्षबाट पार भएर गएको छ। उक्त क्षुद्रग्रह पृथ्वीभन्दा ३,६००… Continue reading पृथ्वी नजिकैबाट गयो क्षुद्रग्रह, ठूलो दुर्घटना टरेको खगोलविद्को भनाई

इजरायलमा बन्दुकधारीले लिए ७ को ज्यान

काठमाडौं । इजरायलको पूर्वी जेरुसेलममा बन्दुकधारीको आक्रमणमा कम्तीमा सातको मृत्यु भएको छ । घटनामा दश जना गम्भीर घाइते भएका छन् । इजरायली सेनाले बिहीवार उत्तरी वेस्ट बैंकको जेनिन शरणार्थी शिविरमा आक्रमण गरेको २४ घण्टा नबित्दै जेरुसेलममा गोली हानाहान भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन् । जेनिन शरणार्थी शिविरमा भएको आक्रमणमा ९ जना प्यालेस्टिनी मारिएका छन् ।… Continue reading इजरायलमा बन्दुकधारीले लिए ७ को ज्यान

उडान डिले भएको झोकमा जब यात्रुले दिए विमान हाइज्याकको झुटो खबर

नयाँ दिल्ली । दुबईबाट भारतको जयपुर आइरहेको एक विमान भारतको नयाँ दिल्ली अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्यो । त्यसपछि एक यात्रुले ट्वीट नगरे, दुबईबाट जयपुर गइरहेको फ्लाइट अपहरणमा परेको छ । त्यसपछि यो खबर भाइरल भयो । वास्तवमा जहाज जयपुरको मौसम खराबीका कारण दिल्ली डाइभर्ट भएको थियो । पौने १० बजे दिल्ली अवतरण भएको जहाजले १… Continue reading उडान डिले भएको झोकमा जब यात्रुले दिए विमान हाइज्याकको झुटो खबर

नेपाली क्रिकेटरलाई पहिलो आइसीसी अवार्ड, आसिफले जिते ‘आईसीसी स्पिरिट अफ क्रिकेट अवार्ड’

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर आसिफ शेखले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को प्रतिष्ठित ‘आईसीसी स्पिरिट अफ क्रिकेट अवार्ड’ (खेल भावना अवार्ड) जित्न सफल भएका छन् । यो कुनै पनि नेपालीले जितेको आइसीसी स्तरको पहिलो अवार्ड हो । नेपाली क्रिकेट खेलाडी आसिफलाई यस अवार्ड प्रदान गरिएको आईसीसीले जनाएको छ । आईसीसीका अनुसार गतवर्ष फागनुमा… Continue reading नेपाली क्रिकेटरलाई पहिलो आइसीसी अवार्ड, आसिफले जिते ‘आईसीसी स्पिरिट अफ क्रिकेट अवार्ड’

७४ औं गणतन्त्र दिवस मनाउँदै भारत

काठमाडौं । भारत आज ७४औँ गणतन्त्र दिवस मनाउँदैछ । यस अवसरमा प्रधानमन्त्री र राष्ट्रपति सवार हुने विशेष परेडका लागि दिल्लीमा सुरक्षा व्यवस्था कडा पारिएको छ । यस वर्ष दिवसका अवसरमा इजिप्टका राष्ट्रपति अब्देल फतह अल सीसी मुख्य अतिथिका रुपमा सहभागी हुने कार्यक्रम रहेको बताइएको छ । भारतले हरेक वर्ष जनवरी २६ तारिखलाई गणतन्त्र दिवसका रुपमा… Continue reading ७४ औं गणतन्त्र दिवस मनाउँदै भारत

क्यालिफोर्निया : आफु नियमित जाने नाचघरमै गोली हानेर लिए ७२ वर्षिय वृद्धले ११ जनाको ज्यान

क्यालिफोर्निया\बीबीसी। संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया राज्यमा भएको घातक गोलीकाण्डमा मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ। उपचारका क्रममा रहेका थप एक जनाको अत्यधिक चोटका कारण मृत्यु भएको अधिकारीहरूले बताएका छन्। गोलीकाण्डमा नौ जना घाइते भएका छन्। उक्त संलग्न भएको आशङ्का गरिएका व्यक्तिको परिचय खुलेको प्रहरीले जनाएको छ। चान्द्रमानअनुसार मनाइने चिनियाँ नववर्षको उत्सव मनाउन आयोजित कार्यमक्रमपछि लस… Continue reading क्यालिफोर्निया : आफु नियमित जाने नाचघरमै गोली हानेर लिए ७२ वर्षिय वृद्धले ११ जनाको ज्यान

पीएसजीका लागि एम्बाप्पे एक्लैले गरे ५ गोल

पेरिस । पेरिस सेन्ट जर्मेन (पिएसजी)का लागि केलियन एमबाप्पे एक्लैले ५ गोल गरेका छन् । फ्रेन्च कप फुटबलमा पाएस डी कासेलाई फराकिलो अन्तरले हराउने क्रममा उनले गोल गरेका हुन् । पीएसजी अन्तिम १६ मा प्रवेश गरेको छ। सोमबार राति भएको खेलमा छैटौँ श्रेणीको पाएस डी कासेललाई ७–० गोल अन्तरले हराउँदै पिएसजी अन्तिम १६ मा प्रवेश… Continue reading पीएसजीका लागि एम्बाप्पे एक्लैले गरे ५ गोल

क्यालिफोर्नियामा गोलीकाण्ड मच्याउने व्यक्ति ७२ वर्षीय हुउ क्यान

क्यालिफोर्निया । अमेरिकाको क्यालिफोर्नियामा गोलीकाण्ड मच्याउने व्यक्ति ७२ वर्षीय हुउ क्यान ट्रान रहेको खुलेको छ । आइतबार भएको यो घटनामा १० जनाको मृत्यु भएको थियो । क्यालिफोर्नियाको लस एन्जलस सहरको एक डान्स क्लबमा ती व्यक्तिले गोली चलाएका थिए । मृत्यु हुनेमा पाँच जना महिला र पाँच जना पुरुष रहेका छन् । घटनामा अन्य १० जना… Continue reading क्यालिफोर्नियामा गोलीकाण्ड मच्याउने व्यक्ति ७२ वर्षीय हुउ क्यान

बीबीसीले नरेन्द्र मोदीबारे बनाएको वृत्तचित्रमा भारत सरकारले किन लगायो रोक ?

नयाँ दिल्ली । भारतको सूचना र प्रसारण मन्त्रालयले प्रधानमन्त्री नरेन्द्र मोदीमाथि बीबीसीले निर्माण गरेको वृत्तचित्रको पहिलो एपिसोडलाई यूट्यूब र ट्विटरमा ब्लक गर्न भनेको छ । मन्त्रालयले उक्त भिडिओको लिङ्क शेयर गर्ने ट्विटर पोस्टहरूलाई पनि हटाउन निर्देशन दिएको स्वयमः बीबीसीले जनाएको छ । इकोनोमिक टाइम्स खबरलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाए अनुसार ‘इन्डियाः द मोदी क्वेशन’… Continue reading बीबीसीले नरेन्द्र मोदीबारे बनाएको वृत्तचित्रमा भारत सरकारले किन लगायो रोक ?

अमेरिकामा पुनः अन्धाधुन्ध गोली काण्ड, कम्तिमा १० जना मारिए

काठमाडौं । अमेरिकाको दक्षिणी क्यालिफोर्नियाको एक एसियाली सहरमा गोली चल्दा कम्तिमा पनि १० जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । बीबीसीका अनुसार घटनामा थप १० जना घाइते छन् । स्थानीय समुदायले ‘लुनार नयाँ वर्ष’ मनाइरहेका बेला मोन्टेरी पार्कमा रहेको एक नृत्य स्थलमा बन्दुकधारीले गोली चलाएको प्रहरीले जनाएको छ। लस एन्जलस काउन्टी शेरिफ डिपार्टमेन्टका क्याप्टेन… Continue reading अमेरिकामा पुनः अन्धाधुन्ध गोली काण्ड, कम्तिमा १० जना मारिए

अमेरिकी राष्ट्रपतिको घरमा एफबीआईले मार्यो छापा

Andrew Burton/Getty Images

काठमाडौं\एजेन्सी । अमेरिकाका राष्ट्रपति जो बाइडनको निवासमा एफबीआईले छापा मारेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार सो क्रममा गोप्य सरकारी दस्ताबेजहरू जफत भएको छ । अमेरिकी न्याय विभाग (डीओजे) अन्वेषकहरूले डेलावेयरस्थित राष्ट्रपति वाइडेनको घरमा १३ घन्टासम्म खोजी गरेका छन् । यस क्रममा चिन्ह लगाएर राखिएका ६ वटा थप गोप्य कागजात फेला पारेको समाचार संस्था एपीलाई उदृत… Continue reading अमेरिकी राष्ट्रपतिको घरमा एफबीआईले मार्यो छापा

इरानको रेभलुशन गार्ड कोरलाई आतंकवादी संगठन घोषणा गर्ने तयारी

लण्डन । यूके र ईयूले इस्लामिक रेभलुशन गार्ड कोर (आईआरजीसी) लाई छिटै आतङ्कवादी सङ्गठन घोषणा गर्ने सक्ने बीबीसीले लेखेको छ । आईआरजीसी इरानको सैन्य, राजनीतिक र आर्थिक बल हो जसले देशभित्र सत्ताका लागि रहेका खतराको सामना गर्छ भने देशबाहिर उसको सामर्थ्यलाई देखाउँछ। यूकेका विदेशमन्त्री जेम्स क्लेभर्लीले अलीरेजा अकबरीलाई इरान सरकारले मृत्युदण्ड दिएपछि आईआरजीसीलाई आतङ्कवादी सङ्गठन… Continue reading इरानको रेभलुशन गार्ड कोरलाई आतंकवादी संगठन घोषणा गर्ने तयारी

बेलायतका प्रधानमन्त्री ऋषि सुनक परे ट्राफिक कारवाहीमा

लण्डन । बेलायतका प्रधानमन्त्री ऋषि सुनक ट्राफिक कारवाहीमा परेका छन् । कारको सिट बेल्ट नलगाएको भन्दै प्रहरीले उनलाई जरिबाना गराएको छ । सामाजिक सञ्जालमा भिडियो खिच्ने क्रममा चलिरहेको कारमा सिट बेल्ट नलगाएको भेटिएपछि प्रधानमन्त्री सुनकलाई जरिबाना गरिएको हो । लन्कशायर प्रहरीले लन्डनका ४२ वर्षीय पुरुषलाई निश्चित जरिबानाको ससर्त प्रस्ताव जारी गरेको जनाएको बीबीसीले लेखेको छ… Continue reading बेलायतका प्रधानमन्त्री ऋषि सुनक परे ट्राफिक कारवाहीमा

जहाज दुर्घटनाका कारण इयूको कालोसूची अझै लम्बिने, नआउने भयो मूल्यांकन टोली

काठमाडौं । नेपालमाथि यूरोपेली यूनियनको कालोसूची अझै लम्बिने भएको छ । उड्डयन सुरक्षाबारे ‘अनसाइट मूल्यांकन’ गर्न नेपाल आउने योजनामा रहेको युरोपेली युनियनले तत्कालका लागि नेपाल भ्रमण रोकेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र नेपालका लागि युरोपेली युनियनका राजदूत नोना डेप्रेजले शुक्रबार एक संयुक्त विज्ञप्ति जारी गर्दै ईयूको अनसाइट मूल्यांकन तत्कालका रोकिएको… Continue reading जहाज दुर्घटनाका कारण इयूको कालोसूची अझै लम्बिने, नआउने भयो मूल्यांकन टोली