काठमाडौं । ग्रीसको रोड्स द्वीपमा जारी भयानक आगलागीका कारण हजारौं मानिस प्रभावित बनेका छन् । अत्यधिक तापमानका कारण यूरोप अहिले अति प्रभावित छ । त्यसमाथि ग्रीसमा आगलागीले सताइरहेको छ । जंगलमा लागेको आगोका कारण अहिलेसम्म पर्यटकसहित हजारौ मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । मुलुकको दमकल विभागले यो आगोले अहिलेसम्मकै चूनौतिपूर्ण परिस्थिति सिर्जना गरेको जनाएको छ… Continue reading भयानक आगलागीसँगै जुध्दै ग्रीस, मानिसहरुको उद्धार जारी
Category: विश्व
इण्डोनेसियामा कुकुर र बिरालोको मासु बेच्न प्रतिवन्ध
जाकार्ता । इण्डोनेशियाको सुलावेसी टापुको कुख्यात पशु बजारमा अब कुकुर–बिरालोको मासु किनबेच नहुने भएको छ । मासुका निम्ति पाशविकरुपमा ती पशु मारिएका भन्दै पशुअधिकारवादीले त्यसको अन्त्यका लागि वर्षौँदेखि कुकुर–बिरालो बचाऊ अभियान थालेका थिए । चमेरा, मुसा, सर्प र बाँदरको मासुसँगै कुकुर र बिरालोको मासु पनि बिक्रीमा राखिने गरेको थियो । शुक्रबारदेखि कुकर, बिरालोको मासु बेच्न… Continue reading इण्डोनेसियामा कुकुर र बिरालोको मासु बेच्न प्रतिवन्ध
बंगलादेशमा डेंगुबाट १५५ जनाको मृत्यु
काठमाडौं । बङ्गलादेशमा डेंगुबाट मृत्यु हुनेको सङ्ख्या १५५ पुगेको छ । बिहीबार थप नौ जनाको मृत्यु भएसँगै डेंगु ज्वरोबाट ज्यान गुमाउनेको सङ्ख्या एक सय ५५ पुगेको स्वास्थ्य सेवा महानिर्देशनालय जनाएको छ । स्वास्थ्य मन्त्रालय अन्तर्गतको डिजीएचएसले दिएको तथ्याङ्कअनुसार जुलाईको पहिलो २० दिनमा गत महिना पाँच हजार नौ सय ५६ जनामा लामखुट्टेको टोकाइबाट सर्ने रोगबाट सङ्क्रमित… Continue reading बंगलादेशमा डेंगुबाट १५५ जनाको मृत्यु
इराकले निकाल्यो स्वीडेनका राजदूत
काठमाडौं । स्वीडेनको राजधानी स्टकहोममा कुरान जलाइएको विरोधमा इराकले स्विडेनका राजदूतलाई देश निकाला गरेको छ । कुरान जलाइएको विरोधमा बिहीबार बग्दादमा विशाल प्रदर्शन भएको छ । मध्य बगदादमा रहेको स्विडेनको दूतावासमा प्रदर्शनकारीहरूले आक्रमण गरी आगो लगाएका थिए । सामाजिक सञ्जाल सार्वजनिक भएका भिडियोमा स्विडेनको दूतावासभित्र प्रदर्शनकारीहरूको ठूलो भीड लागेको र त्यहाँबाट धुवाँको मुस्लो निस्किएको देखिएको… Continue reading इराकले निकाल्यो स्वीडेनका राजदूत
मणिपुरमा महिलामाथि अमानवीय यौन उत्पिडनको भिडियो सार्वजनिक, भारतभर आक्रोस
काठमाडौं । पूर्वी भारतको मणिपुर राज्यमा दुई महिलालाई पुरुषहरूको समूहले निर्वस्त्र बनाएर सडकमा हिँडाएको भिडिओ सार्वजनिक भएपछि भारतभर चर्को आक्रोश उत्पन्न भएको छ। प्रहरीले पीडित महिलाहरूमाथि सामूहिक बलात्कार भएको मुद्दा अघि बढाइएको र एक आरोपितलाई पक्राउ गरिएको जनाएको छ। अर्का एक सन्दिग्ध व्यक्तिको खोजी भइरहेको छ। सांसदहरूले उक्त घटनाबारे छलफल गरिनुपर्ने माग गरेपछि बिहीवार भारतको… Continue reading मणिपुरमा महिलामाथि अमानवीय यौन उत्पिडनको भिडियो सार्वजनिक, भारतभर आक्रोस
भारतले बासमतीबाहेकका चामलको निर्यातमा लगायो रोक
काठमाडौं । भारतले चामल निर्यातमा प्रतिबन्ध लगाएको छ । भारतको विदेश व्यापार महानिर्देशनालयले एक सूचना जारी गर्दै गैरबासमती सबै प्रकारका सेतो चामल निर्यातमा प्रतिबन्ध लगाएको हो । ‘निर्यात नीतिअनुरुप गैरबासमती सेतो चामल स्वतन्त्र रुपमा निर्यात गर्न प्रतिबन्ध गरिएको छ’ महानिर्देशनालयको सूचनामा भनिएको छ । सो सूचना जारी हुनुअघि नै निर्यातका लागि लोड भइसकेको अवस्थाका हकमा… Continue reading भारतले बासमतीबाहेकका चामलको निर्यातमा लगायो रोक
महिला विश्वकप आयोजक न्यूजिल्याण्डमा खेल अगाडी गोलाबारी, कम्तिमा २ जना मारिए
काठमाडौं । न्युजिल्यान्डको अकल्यान्डमा गोलाबारी हुँदा दुई जनाको ज्यान गएको छ । प्रहरी अधिकारीसहित ६ जना घाइते भएका छन् । एक जना बन्दुकधारीले अकल्यान्डको एक निर्माणस्थल क्षेत्रको व्यस्त सडकमा गोली चलाउँदा दुई जनाको ज्यान गएको बीबीसीले जनाएको छ । स्थानीय प्रहरीका अनुसार घटनामा बन्दुकधारी पनि मारिएका छन् । अकल्यान्डको इडन पार्कमा फिफा महिला विश्व कप… Continue reading महिला विश्वकप आयोजक न्यूजिल्याण्डमा खेल अगाडी गोलाबारी, कम्तिमा २ जना मारिए
मोदी विरुद्ध २६ दलको मोर्चावन्दी
काठमाडौं । भारतमा २६ वटा विपक्षी दलका नेताहरू अर्को वर्ष हुन लागेको आमनिर्वाचनका लागि नरेन्द्र मोदीविरुद्ध रणनीति बलियो बनाउन भन्दै बैठक गरेका छन्। उक्त बैठकमा कङ्ग्रेस आईकी सोनिया गान्धी र दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल लगायका शीर्षस्थ विपक्षी नेता सहभागी छन्। उनीहरूले गठबन्धनको नाम इन्डियन न्याश्नल डेभलपमेन्ट इन्क्लुसिभ अलाइन्स (इन्डिया) तय गरेको जनाएका छन् । मङ्गलवार… Continue reading मोदी विरुद्ध २६ दलको मोर्चावन्दी
अन्न निर्यात रोक्ने रुसको घोषणा, के पर्छ प्रभाव ?
काठमाडौं । रुसले ब्ल्याक सीहुँदै अन्न निर्यात गर्ने सम्झौता समाप्त भएको घोषणा गरेको छ । गएरातिदेखि समाप्त हुने सम्झौतालाई क्रेमलिनले हिजो नै म्याद समाप्त भएको बताएको हो । रुसले लामो समयदेखि युक्रेनमा आक्रमण गर्दै आएको छ । आफूले अघि सारेका सर्तहरू पूरा भएमा पुनः सम्झौतामा फर्कनसक्ने पनि रुसले स्पष्ट गरेको छ । यो घोषणापछि रुसले… Continue reading अन्न निर्यात रोक्ने रुसको घोषणा, के पर्छ प्रभाव ?
दक्षिण कोरियामा भारी वर्षा र डुबान, कम्तिमा ३७ जना मारिए
काठमाडौं । दक्षिण कोरियामा पछिल्लो एक सातामा परेको मुसलधारे वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३७ पुगेको छ भने नौ जना बेपत्ता भएका छन् । दक्षिणपूर्वी उत्तरी ग्योङसाङ प्रान्त र मध्य चुङचेओङ प्रान्तमा बर्षाजन्य विपत्तिका कारण मृत्यु भएका ३७ जनाको शव फेला परेको केन्द्रीय विपद् तथा सुरक्षा प्रतिकार्य मुख्यालयले जनाएको छ । प्रान्तहरूका लागि भारी वर्षाको… Continue reading दक्षिण कोरियामा भारी वर्षा र डुबान, कम्तिमा ३७ जना मारिए
ट्वीटरको आम्दानी आधाले घटेको मस्को स्वीकारोक्ति
काठमाडौं । ट्वीटरका मालिक एलन मस्कले विज्ञापनबाट हुने आम्दानी आधाले कम भएपछि नगद आम्दानीमा घाटा भएको बताएका छन् । एक ट्वीटको जवाफ दिने क्रममा मस्कले विज्ञापन राजश्वमा करिब ५० प्रतिशत गिरावट आएको बताउँदै भनेका छन्, ‘हाम्रो नगद प्रवाह अहिले पनि नकारात्मक छ ।’ उनले थप केही काम गर्नका लागि पहिले नगद प्रवाहलाई सकारात्मक बनाउनुपर्ने बताएका… Continue reading ट्वीटरको आम्दानी आधाले घटेको मस्को स्वीकारोक्ति
एसीसी इमर्जिङ टिम्स एसिया कप : आज नेपाल र भारत ए भिड्दै
काठमाडौं । श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले आफ्नो दोस्रो खेल आज भारत ए सँग खेल्नेछ । डे नाइटमा खेलाइने यस खेल कोलोम्बोस्थित आर प्रेमदासा स्टेडियममा हुनेछ । खेल दिउँसो २ बजे सुरु हुनेछ । डे नाइट खेल भएकोले नेपाली टोलीले यस खेलका लागि आइतबार नाइटमा अभ्यास समेत गरेको थियो । समूह बी… Continue reading एसीसी इमर्जिङ टिम्स एसिया कप : आज नेपाल र भारत ए भिड्दै
अमेरिकी क्लबमा औपचारिक रुपमा आवद्ध भए लियोनल मेसि
काठमाडौं । अर्जेन्टाइन स्टार लिओनल मेसीले एमएसएल क्लब इन्टर मियामीसँग आधिकारिक रुपमा अनुबन्ध भएका छन् । ३६ वर्षीय मेसीले इन्टर मियामीसँग शनिवार २०२५ सम्मका लागि सम्झौतामा हस्ताक्षर गरेका हुन् । सात पटकको बाडोन डे’ओर विजेता मेसीले गत सिजनको अन्त्यपछि फ्रेन्च क्लब पीएसजी छाडेका थिए । मेसीले नयाँ सुरुवातका लागि उत्साहित रहेको बताएका छन् । ‘… Continue reading अमेरिकी क्लबमा औपचारिक रुपमा आवद्ध भए लियोनल मेसि
अतिप्रभावित अफ्रिकामै एड्स उन्मुलनतर्फ
काठमाडौं । संयुक्त राष्ट्रसङ्घको एउटा नयाँ प्रतिवेदनले महत्त्वपूर्ण स्वास्थ्य कार्यक्रमहरूले पूर्ण रूपमा आर्थिक स्रोत प्राप्त गरेपछि सन् २०३० सम्ममा संसारबाट एड्स उन्मुलन हुने दिशामा रहेको जनाएको छ। एचआईभी लागेका ६५ प्रतिशत मानिसहरू सब(सहारा अफ्रिकामा बस्छन्। सो क्षेत्रले एड्सको उन्मुलनको क्षेत्रमा ठूलो फड्को मारेको छ। बोत्स्वाना, इस्वाटीनी, रुवान्डा, तान्जिनिया र जिम्बाब्वेले ’९५(९५(९५’ लक्ष्य पुरा गरिसकेको यूएनएड्सले… Continue reading अतिप्रभावित अफ्रिकामै एड्स उन्मुलनतर्फ
भारतले चन्द्रमामा पठायो आफ्नै चन्द्रयान
काठमाडौं । भारतको चन्द्रयान–३ को सफल प्रक्षेपण भएको छ । दक्षिण भारतमा रहेको सतिश धावन अन्तरिक्ष केन्द्रबाट भारतीय समय अनुसार दिउँसो दुई बजेर ३५ मिनेटमा एलभीएम ३ रकेटले चन्द्रयानलाई अन्तरिक्षमा लगेको छ । प्रक्षेपण सफल भएपछि भारतीय अन्तरिक्ष संस्था इसरोका प्रमुख एस सोमनाथले प्रक्षेपण मिसन सफल भएको बताएका छन् । प्रमुख एस सोमनाथका अनुसार अगस्टको… Continue reading भारतले चन्द्रमामा पठायो आफ्नै चन्द्रयान
आइसीसीले अब महिला र पुरुष प्रतियोगितामा समान पुरस्कार दिने
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले महिला र पुरुषको पुरस्कार राशी बराबर हुने ऐतिहासिक घोषणा गरेको छ । दक्षिण अफ्रिकाको डर्नमा भएको वार्षिक सम्मेलनमा आईसीसीले आफ्ना सबै महिला र पुरुष टोलीको पुरस्कार रकम समान बनाउने घोषणा गरेको हो । यस निर्णियपछि अब महिला र पुरुषको उस्तै किसिमको प्रतियोगिता विजेता लगायतले पाउने पुरस्कार रकम पनि बराबर… Continue reading आइसीसीले अब महिला र पुरुष प्रतियोगितामा समान पुरस्कार दिने
यमुना नदीको जलसतह बढ्दा दिल्लीमा बाढी
काठमाडौं । यमुना नदीको जलसतह बढ्दै गएपछि भारतको राजधानी दिल्लीका सयौँ बासिन्दालाई अन्यत्र सारिएको छ। मुख्यमन्त्री अरविन्द केजरीवालले जलसतह ४५ वर्षयताकै उच्च विन्दुमा पुगेको र ‘‘खतराको तह’’ पार गरिसकेको बताएका छन्। अधिकारीहरूका अनुसार जुन महिनाबाट सुरु भएको मनसुनका बेला दिल्ली नजिकका केहीले पछिल्ला वर्षहरूमा हालसम्मकै अधिक वर्षा भएको महसुस गरेको बताएका छन्। स्थानीय सञ्चारमाध्यमहरूका अनुसार… Continue reading यमुना नदीको जलसतह बढ्दा दिल्लीमा बाढी
युक्रेन बन्न सकेन नेटोको सदस्य, यस्तो छ कारण
काठमाडौं । उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो) को दुई दिन चलेको सम्मेलनमा प्रमुख राष्ट्रहरूले युक्रेनलाई थप हतियार सहयोगको प्रतिबद्धता जनाएका छन् । लिथुआनियाको विलनियसमा मंगलबार र बुधबार भएको सम्मेलनमा युक्रेनको सदस्यता मुख्य विषय बनेको थियो । तर, स्विडेन नयाँ सदस्य बन्ने निश्चित भए पनि युक्रेनलाई सदस्यता दिनेबारेमा भने सम्मेलनले कुनै निर्णय गरेन । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सदस्यता… Continue reading युक्रेन बन्न सकेन नेटोको सदस्य, यस्तो छ कारण
आइएससँग सम्बन्ध रहेको भन्दै टर्कीले २२ जना विदेशीलाई पक्रियो
काठमाडौं । टर्कीमा २२ जना विदेशी नागरिक पक्राउ परेका छन् । टर्कीको सुरक्षा निकायले विद्रोही समूह इस्लामिक स्टेट ९आईएस० सँग सम्बन्ध रहेको आरोपमा २२ जना विदेशी नागरिकलाई पक्राउ गरेको हो । सरकारले चलाएको आतङ्कवादविरोधी अभियानका क्रममा उनीहरू पक्राउ परेका त्यहाँको समाचार समिति अनादोलुलाई उद्धृत गरी चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । आईएससँग सम्बन्ध रहेका… Continue reading आइएससँग सम्बन्ध रहेको भन्दै टर्कीले २२ जना विदेशीलाई पक्रियो
भारतमा पहिरोमा परि एकै परिवारका तीन नेपालीको मृत्यु
काठमाडौं । भारतमा पहिरोका कारण एकै घरका तीन जनाको मृत्यु भएको छ। भारतको हिमाञ्चल प्रदेश, सिम्ला जिल्लाको क्यारामा गएको पहिरोमा पुरी तीन जना नेपालीको मृत्यु भएको हो। रूकुम पश्चिमको त्रिवेणी गाउँपालिका ९ खहरेका ५० वर्षीय देबहादुर वली, उनकी ४८ वर्षीया श्रीमती भिमा वली र १६ वर्षीय कान्छो छोरा मोहन वलीको सोमबार बिहान मृत्यु भएको आफन्त… Continue reading भारतमा पहिरोमा परि एकै परिवारका तीन नेपालीको मृत्यु
भारतको पहाडी भेगमा बाढी र पहिरोले वितण्डा
काठमाडौं । भारतमा भारी वर्षाका कारण जनजीवन अस्तव्यस्त भएको छ । दुई दिनदेखिको वर्षाले दिल्ली, उत्तरप्रदेश लगायतका राज्यको जनजीवन प्रभावित भएको छ । गाजियावाद, बागपत, मेरठ, शामली, मुजफ्फरनगर लगायतका जिल्लामा १० जुलाई (आज)देखि १५ जुलाई (३० गते)सम्म सबै विद्यालय बन्द गरिएको छ । नोयडामा पनि आज सबै स्कुल बन्द छन् । बन्द अवधिभर अनलाइनमार्फत् पढाइ… Continue reading भारतको पहाडी भेगमा बाढी र पहिरोले वितण्डा
सिरियाले बीबीसी माथि लगायो गम्भीर आरोप, मान्यता खारेज
काठमाडौं । सिरिया सरकारले बीबीसीमाथि पक्षपातपूर्ण तथा भ्रामक रिपोर्ट प्रसारण गरेको आरोप लगाएको छ । उसले बीबीसी पत्रकारको मान्यता पनि रद्द गरिदिएको छ । सिरियाको सूचना मन्त्रालयले बीबीसीले व्यवसायिक आचरणको पालनामा चुचेको बताएको छ । हालै ड्रग कारोबारबारे बीबीसीले एक रिपोर्ट बनाएको थियो । जसमा केप्टागोन ड्रगको कारोबार र राष्ट्रपति बशर अल असदको परिवारबीच सम्बन्ध… Continue reading सिरियाले बीबीसी माथि लगायो गम्भीर आरोप, मान्यता खारेज
सुडानमा हवाई हमला, कम्तिमा २२ जनामा मारिए
काठमाडौं । सुडानमा हवाई हमला भएको छ । जसमा परी कम्तिमा २२ जनाको मृत्यु भएको छ । हवाई हमला सुडानको राजधानी खार्तुमको छिमेकी शहर ओमडुरमनको आवासीय क्षेत्रमा शनिबार भएको थियो । सो हमलाबाट २२ जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै अलजजिराले लेखेको छ । सुडानी सेना र एक विद्रोही अर्धसैनिक संगठन आरएसएफबीच एक… Continue reading सुडानमा हवाई हमला, कम्तिमा २२ जनामा मारिए
१ सय २० भन्दा धेरै देशमा प्रतिवन्धित घातक बम अमेरिकाले युक्रेनलाई उपलब्ध गराउने
काठमाडौं । अमेरिकाले सर्वसाधारणको ज्यान लिएको इतिहास भएको क्लस्टर बमहरू युक्रेनलाई उपलब्ध गराउने भएको छ । यस निर्णयको राष्ट्रपति जो बाइडनले बचाउ गरेका छन्। यसअघि अमेरिकाले विवादास्पद क्लस्टर बमहरू आपूर्तिका लागि युक्रेनले गरेको आग्रह स्वीकार गरेको विवरणहरू सार्वजनिक भएका थिए। विमानबाट खसालिने वा जमिनबाटै प्रक्षेपण गर्न सकिने यो अस्त्रबाट साना बमहरू निस्किन्छन्। राष्ट्रपतिले यस्तो निर्णय… Continue reading १ सय २० भन्दा धेरै देशमा प्रतिवन्धित घातक बम अमेरिकाले युक्रेनलाई उपलब्ध गराउने
अमेरिकामा अन्धाधुन्ध गोली काण्ड, कम्तिमा चार जना मारिए
काठमाडौं । अमेरिकाको पेन्सिलभेनिया प्रान्तको फिलाडेल्फियामा गोली चल्दा चार जनाको मृत्यु भएको छ । आक्रमणकारीलाई हिरासतमा लिइएको र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । प्रत्यक्षदर्शीका अनुसार बुलेटप्रुफ ज्याकेट लगाएका एक व्यक्तिले अन्धाधुन्द गोली चलाएका थिए । आठ जनालाई गोली लागेको थियो । तीमध्ये चार जनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन्… Continue reading अमेरिकामा अन्धाधुन्ध गोली काण्ड, कम्तिमा चार जना मारिए
साफको फाइनलमा भारत र कुवेत भिड्ने
काठमाडौं । आठपल्टको च्याम्पियन भारत र कुवेतबीच साफ च्याम्पियनसिप २०२३ को फाइनल हुने भएको छ । डिफेन्डिङ च्याम्पियन भारतले शनिबार राति दोस्रो सेमिफाइनलमा लेबनानलाई टाइब्रेकरमा ४–२ ले पराजित गर्यो । त्यसअघि कुवेतले पहिलो सेमिफाइनलमा बंगलादेशमाथि १–० को जित निकालेको थियो । फाइनल मंगलबार हुनेछ । भारत र कुवेत एउटै समूहमा थिए । लिग चरणको खेल बराबरीमा टुंगिएको थियो । फाइनल पुग्नेक्रममा… Continue reading साफको फाइनलमा भारत र कुवेत भिड्ने
फ्रान्सका राष्ट्रपतिले किन रोके जर्मनी भ्रमणको कार्यक्रम ?
काठमाडौं । एक किशोरलाई प्रहरीले गोली हानेर हत्या गरेपछि फ्रान्समा चर्किएको विरोध प्रदर्शनपछि फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले आफ्नो जर्मनीको लागि तय भएको भ्रमण स्थगित गर्ने निर्णय गरेका छन् । जर्मनीका राष्ट्रपति फ्रान्क वाल्टर स्टेनमियरका प्रवक्ताले राष्ट्रपति म्याक्रोँले जर्मनीको राजकीय भ्रमण अर्को मितिमा सार्न आग्रह गरेको पुष्टि गरेका छन् । स्टेनमियरको कार्यालयका अनुसार म्याक्रोँले शनिबार जर्मन… Continue reading फ्रान्सका राष्ट्रपतिले किन रोके जर्मनी भ्रमणको कार्यक्रम ?
बंगलादेशलाई हराउँदै कुवेत साफको फाइनलमा
काठमाडौं । बंगलादेशलाई अतिरिक्त समयमा पराजित गर्दै आमन्त्रित टोली कुवेत भारतमा जारी साफ च्याम्पियनसिप २०२३ को फाइनलमा प्रवेश गरेको छ ।बेंगलुरुस्थित कान्तिराव स्टेडियममा शनिबार भएको पहिलो सेमिफाइनलमा कुवेतले बंगलादेशलाई १–० ले पराजित गरेको हो । कुवेतका लागि अब्दुल्लाह अलब्लाउसीले अतिरिक्त समयमा गोल गरे । निर्धारित ९० मिनेटको समयमा दुवै टोलीबाट गोल नभएपछि खेलमा ३० मिनेटको… Continue reading बंगलादेशलाई हराउँदै कुवेत साफको फाइनलमा
महाराष्ट्रमा गुड्दै गरेको बसमा आगलागी, २५ जनाको मृत्यु
काठमाडौं । भारतको महाराष्ट्रस्थित मुम्बई–नागपुर द्रुतमार्गमा गुड्दै गरेको एक निजी बस शनिवार बिहान दुर्घटना हुँदा २५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। नागपुरबाट समृद्धि राजमार्ग हुँदै पुणेतर्फ आइरहेको ३३ जना सवार बसको टायर फुटेर चालकको नियन्त्रण बाहिर गएको बताइएको छ। अनियन्त्रित बस एउटा खम्बामा ठोकिएको थियो। ठक्करका कारण बसको डिजेल ट्याङ्की विस्फोट भएपछि बसमा आगो… Continue reading महाराष्ट्रमा गुड्दै गरेको बसमा आगलागी, २५ जनाको मृत्यु
पेरिसमा भीषण दंगा, के हो कारण ?
काठमाडौं । पेरिस नजिकै भएको ट्राफिक जाँचको क्रममा मङ्गलवार एक किशोरको गोली लागि मृत्यु भएपछि अहिले फ्रान्सभरि भीषण दङ्गा मच्चिएको छ र प्रदर्शनहरू व्यापक बन्दै गएका छन्। सत्र वर्षीय किशोर नाहेल एममाथि एक जना प्रहरी अधिकारीले गोली प्रहार गरेको भिडिओ सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि घटनाले उग्र रूप लिएको हो। घटनामा संलग्न अधिकारीले पीडितको परिवारसँग माफी… Continue reading पेरिसमा भीषण दंगा, के हो कारण ?