Category: विश्व

  • सेवा र उत्पादन वृद्धिसँगै श्रीलङ्कामा रोजगारी वृद्धि

    सेवा र उत्पादन वृद्धिसँगै श्रीलङ्कामा रोजगारी वृद्धि

    एजेन्सी
    १ असोज, कोलम्बो । सेवा र निर्माण क्षेत्रले भर्तीलाई निरन्तरता दिँदा अगस्ट महिनामा श्रीलङ्कामा रोजगारी वृद्धि भएको छ । यो तथ्याङ्क श्रीलङ्का सेन्ट्रल बैंकले सङ्कलन गरेको पछिल्लो खरिद प्रबन्धक सूचकाङ्क (पिएमआई) मा सार्वजनिक गरिएको हो । सेवा क्षेत्रको पीिएमआई अगस्टमा ६८.९ मा पुगेको छ । यसले सेवा गतिविधिमा बलियो विस्तार भएको सङ्केत गर्दछ । यस विस्तारलाई उच्च सङ्ख्यामा बढेका पर्यटक आगमनसँग जोडिएको थोक तथा खुद्रा व्यापार, व्यक्तिगत सेवाहरू, आवास, खाना र पेय सेवाहरूको उत्कृष्ट प्रदर्शनले टेवा दिएको हो । साथै, ऋण दिने गतिविधि बढेकाले वित्तीय सेवासम्बन्धी व्यवसायिक क्रियाकलाप पनि सुधारिएको देखिन्छ ।

    उत्पादन क्षेत्रको पिएमआई भने अगस्टमा ५५.२ मा पुगेको छ । यसले अघिल्लो महिनाभन्दा केही सुस्त दरमा भए पनि उत्पादन गतिविधि विस्तार भएको जनाउँछ । नयाँ अर्डर र उत्पादन मुख्यतया खाद्य तथा पेय पदार्थ निर्माण क्षेत्रको बलियो प्रदर्शनकै कारण बढेको हो । खरिदको स्टक पनि नयाँ अर्डर र उत्पादनसँगै विस्तार भएको तथ्याङ्कले देखाएको छ । पिएमआईले आगामी तीन महिनामा उत्पादन गतिविधि सकारात्मक रहने अपेक्षा जनाएको छ । यो विशेषगरी वर्षको अन्त्यतिर हुने मौसमी मागका कारण थप सुदृढ हुने अनुमान गरिएको छ ।

  • स्पेनको अर्थतन्त्रमा सुधार, वृद्धि अनुमान २.७ पूतिशत

    स्पेनको अर्थतन्त्रमा सुधार, वृद्धि अनुमान २.७ पूतिशत

    एजेन्सी
    १ असोज, काठमाडौं । उपभोग र लगानीको राम्रो प्रवृत्तिका कारण स्पेन सरकारले सन् २०२५ का लागि देशको आर्थिक वृद्धिको अनुमान २.६ प्रतिशतबाट बढाएर २.७ प्रतिशतमा पु¥याएको छ । अर्थमन्त्री कार्लोस कुएर्पोले पत्रकार सम्मेलनमा यसलाई ‘सावधानीपूर्वक गरिएको अनुमान’ भन्दै देशको अर्थतन्त्र बलियो अवस्थाबाट अघि बढिरहेको टिप्पणी गरे । “यो संशोधनले हाम्रो अर्थतन्त्रको मजबुती पुष्टि गर्छ,” उनले भने । स्पेन सन् २०२४ मा विश्वकै सबैभन्दा तीव्र गतिमा वृद्धि हुने विकसित देश बनेको थियो र सन् २०२५ मा पनि यो गति कायम रहने अपेक्षा गरिएको छ ।

    स्पेनको केन्द्रीय बैंकले पनि २०२५ को आर्थिक वृद्धिको पूर्वानुमान २.४ प्रतिशतबाट बढाएर २.६ प्रतिशतमा पु¥याएको छ । बैङ्कले उत्पादन र मागमा देखिएको स्थायीत्वलाई यसको मुख्य कारण मानेको छ । सन् २०२५ को दोस्रो त्रैमासिकमा स्पेनको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ०.७ प्रतिशतले वृद्धि भएको थियो, जुन युरोजोनको औसत ०.१ प्रतिशतभन्दा धेरै माथि हो । स्पेनको अर्थतन्त्र सन् २०२४ मा ३.२ प्रतिशतले वृद्धि भएको थियो ।

  • इजरायलद्वारा गाजा शहरमा सैन्य कारबाही तीव्र

    इजरायलद्वारा गाजा शहरमा सैन्य कारबाही तीव्र

    एजेन्सी
    १ असोज, काठमाडौं । इजरायलले मङ्गलबार बिहान गाजा सहरमा तीव्र हवाई आक्रमण गरेको विभिन्न सञ्चार माध्यमहरूले जनाएका छन् । अन्तर्राष्ट्रिय समाचारका अनुसार, इजरायली सेनाले सोमबार रातिबाट गाजा सहरलाई लक्षित गर्दै स्थलगत कारबाही सुरु गरेको जानकारी दिएका छन् । यद्यपि केही स्रोतहरूले भने आकाशमार्गबाट गरिएका आक्रमणहरू तिव्र भए पनि हालसम्म घनाबस्ती रहेको उत्तर गाजा सहरमा स्थलगत सेनाको औपचारिक प्रवेश भएको पुष्टि नभएको बताएका छन् ।
    गाजास्थित केही स्थानीय बासिन्दा र प्रत्यक्षदर्शीहरूले सहरमा इजरायली ट्याङ्कहरू देखिएको जानकारी नभएको जनाएका छन् । तर अधिकांश क्षेत्रहरूमा हवाई आक्रमण र मानवरहित विमानद्वारा गरिएका बम आक्रमणहरू निकै तीव्र रूपमा भइरहेको उनीहरूले पुष्टि गरेका छन् । आक्रमणपछि, इजरायली रक्षामन्त्री इजरायल काट्जले एक विज्ञप्ति मार्फत भने, “गाजा अहिले ठूलो संकटमा छ । हाम्रो सेना आतङ्ककारी संरचना विरुद्ध कठोर कारबाही गर्दैछ, जसको उद्देश्य बन्दीहरूको सुरक्षित मुक्तिको सुनिश्चितता र हमासको अन्त्य गर्नु हो ।”

    उनले भने, “हामी हाम्रो उद्देश्य पूरा नभएसम्म पछि हट्ने छैनौं ।” प्यालेस्टिनी सरकारी समाचार संस्था वाफा ले पनि सोमबार रातिदेखि इजरायली सेनाले गाजा सहरमाथि आक्रमणलाई तीव्र बनाएको जानकारी दिएको छ । स्थानीय स्रोतहरूको हवाला दिँदै वाफाले लगभग निरन्तर बमबारी भइरहेको उल्लेख गरेको छ । इजरायली सेनाको रेडियो प्रसारण अनुसार, हालसम्म करिब तीन लाखभन्दा बढी गाजा सहरका नागरिकहरू सुरक्षित स्थानतर्फ विस्थापित भइसकेका छन् । गाजा सहरमा करिब १० लाख मानिसको बसोबास रहेको मानिन्छ ।

    सोमबार, अमेरिकाका परराष्ट्रमन्त्री मार्को रुबियोले इजरायल भ्रमणको क्रममा पत्रकार सम्मेलनमा भने, “गाजाका जनताले राम्रो र शान्तिपूर्ण भविष्यको अधिकार राख्छन् । तर त्यो सम्भव हमासको अन्त्य भएपछि मात्र हुनेछ।” उनले इजरायललाई पूर्ण समर्थन रहने प्रतिवद्धता जनाए । यसअघि साउन महिनामा इजरायली सुरक्षा मन्त्रिपरिषद्ले गाजा सहर नियन्त्रणमा लिने योजना पारित गरेको थियो । इजरायली सेनाका प्रवक्ताले हाल गाजा सहरको करिब ४० प्रतिशत भू–भाग सेनाको नियन्त्रणमा रहेको र आगामी दिनमा कारबाही अझ तीव्र हुने जानकारी दिए ।

  • बेलायतमा प्यालेस्टाइन समर्थकहरू अदालतमा, आरोप अस्वीकार

    बेलायतमा प्यालेस्टाइन समर्थकहरू अदालतमा, आरोप अस्वीकार

    एजेन्सी
    १ असोज, काठमाडौं । बेलायत सरकारले ‘आतङ्कवादी समूह’ घोषणा गरेको ‘प्यालेस्टाइन एक्शन’ लाई समर्थन गरेको आरोपमा पक्राउ परेका तीन जनाले मङ्गलबार लन्डनको अदालतमा आफूमाथि लागेको आरोप अस्वीकार गरेका छन् । जुलाईमा प्रतिबन्ध लगाएर प्यालेस्टाइन एक्शनलाई गैरकानुनी घोषणा गरेपछि सयौं प्रदर्शनकारीहरूलाई गिरफ्तार गरिएको थियो । मङ्गलबार अदालतमा उपस्थित ती तीन मध्ये दुई जना ७० वर्षमुनिका छन् । वेस्टमिन्स्टर म्याजिस्ट्रेट अदालत बाहिर समर्थकहरूले नारा लगाउँदै स्वागत गरेका थिए ।


    जेरमी शिपम (७२), जूडिट मरे (७१) र फियोना म्याक्लिन (५३) ले आफूहरू निर्दोष भएको बताउनुभयो र मार्च १६ सम्म जमानतमा रिहा भएका छन् । यी तीनैलाई जुलाई ५ मा वेस्टमिन्स्टरमा भएको प्रदर्शनपछि पक्राउ गरिएको थियो, जहाँ उनीहरूले सार्वजनिक स्थानमा “म जनसंहारको विरोध गर्छु, म प्यालेस्टाइन एक्शनलाई समर्थन गर्छु” लेखिएको प्लेकार्ड बोकेर आन्दोलन गरेको आरोप छ ।

    सरकारले प्यालेस्टाइन एक्शनलाई प्रतिबन्ध लगाएको कारण यसले केही तोडफोड गरेको थियो, जसमा दुई रॉयल एयर फोर्सका विमानहरूलाई क्षति पुर्याइएको थियो। उक्त क्षतिको अनुमान करीब ७० लाख पाउन्ड (१ करोड डलर) रहेको छ । प्रतिबन्धलाई संयुक्त राष्ट्रसङ्घ र अन्य आलोचकहरूले अभिव्यक्ति स्वतन्त्रताको हनन भन्दै विरोध गरेका छन् ।


    प्रदर्शनकारीहरूको साथी के वेग्ल्यान्डले भने, ,“सरकारले शान्तिपूर्ण आन्दोलन गर्ने समूहलाई आतङ्कवादी घोषणा गरेको छ, जुन गलत छ ।” यसैबीच, सरकारले आतङ्कवाद विरोधी कानुनअन्तर्गत धेरै प्रदर्शनकारीहरूलाई गिरफ्तार गरिरहेको छ । सेप्टेम्बर ६ मा लन्डनमा भएको प्रदर्शनमा ८९० जनालाई पक्राउ गरिएको थियो ।

  • टिकटकको स्वामित्वमा चीनसँग अमेरिकाको सैद्धान्तिक सहमति

    टिकटकको स्वामित्वमा चीनसँग अमेरिकाको सैद्धान्तिक सहमति

    एजेन्सी
    ३१ भदौ, काठमाडौं । संयुक्त राज्य अमेरिकाले सोमबार टिकटकको विवादलाई समाधान गर्न चीनसँग सम्झौताको ‘ढाँचा’ तयार गरिएको घोषणा गरेको छ । सम्झौताका लागि चिनियाँ स्वामित्वको एपलाई अमेरिकी नियन्त्रित स्वामित्वमा सार्न सैद्धान्तिक सहमति भएको हो । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सामाजिक सञ्जाल पोष्ट गर्दै प्रसिद्ध सामाजिक सञ्जाल टिकटकको नाम नलिईकन भनेका छन्, “एउटा निश्चित कम्पनीसँग सम्झौता भएको छ, जसलाई हाम्रो देशका युवाहरू निकै बचाउन चाहन्छन्। तिनीहरू धेरै खुशी हुनेछन्।”

    ट्रम्पले शुक्रबार चिनियाँ राष्ट्रपति सी जिनपिङसँग कुराकानी गर्ने पनि बताएका छन् । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले म्याड्रिडमा चिनियाँ उपप्रधानमन्त्री हे लिफेङसँगको दोस्रो दिनको वार्तापछि सम्झौताको सहमतिको खाकाबारे जानकारी गराए । “हामीसँग टिकटकसँगको सम्झौताको लागि एक ढाँचा तयार बनेको छ,” बेसेन्टले पत्रकारहरूसँग भने, “यसले एपलाई ‘अमेरिकी नियन्त्रित स्वामित्वमा सञ्चालन गर्न’ मार्ग प्रशस्त गर्ने विश्वास लिइएको छ।”

    “दुई निजी पक्षहरूबीच व्यावसायिक सर्तहरूमा सहमति भएको छ,” उनले भने । बेसेन्टले थप विवरण दिन अस्वीकार गर्नुभएको छ। राष्ट्रपतिद्वय ट्रम्प र सीले शुक्रबार सम्झौता पूरा गर्न थप कुराकानी गर्ने उनले बताए । विश्वमै करिब दुई अर्ब प्रयोगकर्ता रहेको टिकटक चीनको इन्टरनेट कम्पनी बाइटडान्सको स्वामित्वमा रहेको छ ।

    तर रिपब्लिकन, जसको २०२४ को चुनाव अभियान सोशल मिडियामा धेरै निर्भर थियो र जसले आफूलाई टिकटकको शौखिन भएको बताएको छ, प्रतिबन्धलाई रोक्यो। गत जुनको मध्यतिर ट्रम्पले भिडियो सेयरिङ एपका लागि ९० दिनको म्याद थप गर्नुभएको थियो । त्यो म्याद बुधबार सकिँदैछ। यसअघि, बेसेन्टले सोमबार म्याड्रिडमा दुई पक्षबीच व्यापार वार्ता पुनः सुरु भएपछि टिकटकको विवादलाई सुल्झाउन चीनसँग सम्झौताको ‘धेरै नजिक’ रहेको बताए ।
    बेसेन्ट र चिनियाँ उपप्रधानमन्त्री हे लिफेङले आइतबार म्याड्रिडमा पछिल्लो चरणको छलफलको उद्घाटन गरेका थिए। विश्वका दुई ठूला अर्थतन्त्रहरूबीचको सम्बन्ध तनावपूर्ण बनेका समय यसले व्यापार र प्रविधिमा मतभेदहरू कम गर्न खोजेको छ ।

    टिकटकको लागि अमेरिकी खरीदकर्ता खोज्ने वा प्रतिबन्धको सामना गर्ने अन्तिम मिति बुधबारसम्म जारी रहने अपेक्षा गरिएको वार्ताले प्रतिशोधात्मक करका सम्बन्धमा पनि नयाँ निकास निकाल्ने अपेक्षा गरिएको छ । “टिकटक सम्झौताका बाबजुद हामी यो मुद्दाको समाधानको नजिक छौं,” स्पेनको विदेश मन्त्रालयमा दोस्रो दिनको वार्ताका लागि आइपुगेका बेसेन्टले पत्रकारहरूलाई भने ।


    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जनवरी २० मा टिकटकलाई सञ्चालनका लागि अस्थायी अनुमति दिनुभन्दा अघिल्लो दिनदेखि टिकटकको बिक्री वा प्रतिबन्ध लगाउनुपर्ने संघीय कानुन लागू हुने बताएका थिए । तर सन् २०२४ कोे चुनाव अभियानमा रिपब्लिकन सामाजिक सञ्जालमा अत्यधिक धेरै निर्भर थियो । यसले आफूलाई टिकटकको शौखिन भएको बताउँदै प्रतिबन्धलाई रोकेको थियो ।

    गत जुनको मध्यतिर ट्रम्पले भिडियो सेयरिङ एप टिकटकका लागि ९० दिनको म्याद थप गरेका थिए । त्यो म्याद बुधबार सकिँदैछ। ट्रम्पले अमेरिकी राष्ट्रपतीय निर्बाचन अभियान पहिले लामो समयदेखि प्रतिबन्ध वा विनिवेशको समर्थन गर्दै आएका थिए । तर निर्वाचनको समयमा उनले आफ्नो अडान उल्ट्याउँदै उक्त सामाजिक प्लेटफर्मको रक्षा गर्ने वाचा गरे । टिकटकका विश्वभर लगभग दुई अर्ब प्रयोगकर्ताहरू भएको बताउने गरेको छ भने अमेरिकी राष्ट्रपतिले नोभेम्बरको चुनावमा युवा मतदाताहरूको समर्थन जित्न यसैले व्यापक मद्दत गरेको विश्वास गरिएको छ ।

    बेइजिङको वाणिज्य मन्त्रालयले शुक्रबार वासिङ्टनलाई ‘आपसी सम्मान र समान परामर्शका आधारमा चीनसँग काम गर्न, वार्ताको माध्यमबाट एक अर्काको चासोलाई समाधान गर्न र समस्याको समाधान खोज्न’ आग्रह गरेको छ । म्याड्रिडमा भएको वार्तामा चिनियाँ आयातमा ट्रम्पको कडा कर लगाउने चेतावनीलाई पनि समेटिएको छ । यस वर्षको सुरुमा व्यापार तनाव तीव्र रूपमा बढेको र चीन र अमेरिकाबीच प्रतिशोधात्मक करवृद्धि तीन अङ्कमा पुगेपछि र आपूर्ति श्रृंखलाहरू अवरुद्ध भएका थिए।

    चिनियाँ सामानको आयातमा ३० प्रतिशत कर लगाउने र चीनले अमेरिकी सामानमा १० प्रतिशत कर लगाउने घोषणा गरेसँगै दुवै सरकारबीच करवृद्धि घटाउने सहमति भएको थियो । अमेरिका–चीन व्यापार युद्धविराम निकै असहज बनेको छ । वासिङटनले बेइजिङले आफ्नो सम्झौता उल्लङ्घन गरेको र दुर्लभ वस्तुका लागि निर्यात इजाजतपत्रको स्वीकृतिलाई ढिलो गतिमा अघि बढाएको आरोप लगाएको छ। चीन दुर्लभ खनिजको विश्वको अग्रणी उत्पादक हो, जुन मोटर वाहन, इलेक्ट्रोनिक्स र रक्षा उद्योगहरूको लागि आवश्यक चुम्बक बनाउन प्रयोग गरिन्छ।

  • ट्रम्पको दोस्रो राजकीय भ्रमणमा बेलायतको भव्य तयारी

    ट्रम्पको दोस्रो राजकीय भ्रमणमा बेलायतको भव्य तयारी

    एजेन्सी
    ३१ भदौ, लण्डन । विन्डसर क्यासलमा ५० मिटर लामो महोगनी (एक प्रकारको वृक्ष) टेबल सजिँदैछ, शाही गाडी तान्ने घोडाहरू अभ्यास गर्दैछन् र सैन्य गार्डले सटीक अभ्यास गरिरहेका छन् । लन्डनको पश्चिममा रहेको करिब एक हजार वर्ष पुरानो महलको हल र मैदाभरि सयौँ मानिसहरूले राजा चार्ल्स तृतीयले यस हप्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दोस्रो राजकीय भ्रमणमा स्वागत गर्न सम्भव भएसम्म उत्तम प्रदर्शन गर्न सुनिश्चित गर्न काम गरिरहेका छन् ।


    यो भ्रमण, चम्किलो मुकुट, ब्रास ब्यान्ड र दुई सय वर्ष पुरानो चाँदीमा पस्किने भोजसहित बेलायतले विशेष पाहुनालाई दिने बेलायतमा अन्य कतै नभएको भव्यता र समारोहको प्रदर्शन हो । तर यसको उद्देश्य स्पष्ट छ—ट्रम्पको ‘अमेरिका फर्स्ट’ नीतिका कारण कमजोर भएको व्यापार र सुरक्षा सम्बन्धलाई बलियो बनाउनु ।

    शाही इतिहासकार रोबर्ट लेसी भन्छन्, “यदि ट्रम्पले विन्डसर क्यासलमा बस्ने मौका पाउनुभएन भने उहाँ आउनुहुन्न, बरु स्वर्गीय महारानीलाई श्रद्धाञ्जलि दिन र राजालाई भेट्न चाहनुहुन्छ ।” राजनीतिक शक्ति त्यागेर औपचारिक भूमिकामा सीमित भए पनि शाही परिवार ‘सफ्ट पावर’ को शक्तिशाली साधन बनेको छ । राजकीय भ्रमण शाही कूटनीतिको सर्वोच्च औजार हो, जसका लागि विश्व नेताहरू प्रतिस्पर्धा गर्छन् ।

    स्वर्गीय महारानी एलिजाबेथ द्वितीयले सात दशक लामो शासनमा तानाशाहदेखि नेल्सन मन्डेलासम्मलाई आतिथ्य दिनुभएको थियो । पछिल्ला चार अमेरिकी राष्ट्रपति पनि शाही आतिथ्यको हिस्सा भएका छन् । न्युक्यासल विश्वविद्यालयका विज्ञ मार्टिन फारका अनुसार यस्ता आतिथ्यले मित्रताको भावना जगाउँछ, जसले ‘अनुरोधलाई सजिलै स्वीकार गर्ने वातावरण’ बनाउँछ । यस पटक बेलायत अनुकूल व्यापार सर्त र युक्रेनबारे सहयोग खोजिरहेको छ ।

    त्यसैले प्रधानमन्त्री किर स्टार्मरले ट्रम्पको दोस्रो कार्यकाल सुरु भएको पाँच सातापछि वासिङ्टन पुगेर राजकीय निमन्त्रणा दिएका थिए । विश्व नेतामध्ये पहिलो पटक ट्रम्पले दोस्रो राजकीय भ्रमण पाउनुभएको हो र यसपटक निमन्त्रणा राजाको व्यक्तिगत पत्रमार्फत आएको थियो । मङ्गलबार राति ट्रम्प र मेलानिया बेलायत पुग्ने छन् । बुधबार राजा चार्ल्स र रानी क्यामिलाले उनीहरुलाई विन्डसर एस्टेटमा स्वागत गर्नेछन् । गार्ड अफ अनर, सैन्य ब्यान्ड र दुवै देशका राष्ट्रिय गान बजाइनेछन् ।

    सैन्य अभ्यास महिनौँअगाडि सुरु भइसकेको छ । सयौँ सैनिक, माउन्टेड गार्ड, फुट गार्ड र सङ्गीतकारले कार्यक्रमलाई भव्य बनाउनेछन् । कार्यक्रमपछि ट्रम्पले बेलायत–अमेरिकाको साझा इतिहास झल्काउने प्रदर्शनी हेर्नुहुनेछ, जसमा म्याग्ना कार्टाजस्ता ऐतिहासिक कागजात देखाइने सम्भावना छ । मुख्य आकर्षण भने बुधबार रातिको राजकीय भोज हुनेछ । पुरुषले सेतो टाई र पुच्छर कोट लगाउनेछन्, महिलाले गाउन र गहना । प्राचीन क्यान्डेलाब्राको उज्यालोमा मुकुटहरू चम्किनेछन् ।

    राजा र रानीले पाहुनालाई वाटरलू टेबलमा भोज दिनेछन् । टेबलको लम्बाइ फुटबल मैदानको आधा बराबर छ र एक सय ६० पाहुनाका लागि ठाउँ छ । यो टेबल सजाउन पाँच दिन लाग्छ र चार हजारभन्दा बढी चाँदी–सुनका भाँडाकुँडाले सजाइनेछ । शाही जीवनीकार ह्युगो विकर्स भन्नुहुन्छ, “चाँदी र समारोहले मेलमिलापको बाटो खोल्छ, जुन एलिजाबेथको विश्वास थियो ।”

    उनका अनुसार प्रधानमन्त्री स्टार्मरले राजाको माध्यमबाट ट्रम्पलाई आकर्षित गरेका छन् । यसैमार्फत युक्रेनलगायत संवेदनशील मुद्दामा सकारात्मक छलफल सम्भव हुनेछ । मुख्य छलफल बिहीबार चेकर्समा हुनेछ, जहाँ ट्रम्प र स्टार्मरबीच भेट हुनेछ ।

  • विश्व समुदायबाट एक्लिँलै इजरायल : आत्मनिर्भरता आवश्यक रहेको नेतान्याहुको भनाइ

    विश्व समुदायबाट एक्लिँलै इजरायल : आत्मनिर्भरता आवश्यक रहेको नेतान्याहुको भनाइ

    एजेन्सी
    ३१ भदौ, काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले सोमबार गाजा पट्टीमा करिब दुई वर्षको आक्रमणका कारण इजरायल अन्तर्राष्ट्रिय एक्लोपनमा जान लागेको र आत्मनिर्भर बन्न आवश्यक रहेको बताएका छन् । जेरुसेलममा आयोजित एक आर्थिक सम्मेलनमा बोल्दै नेतान्याहूले मिडिया र सामाजिक सञ्जालमा इजरायल विरोधी बहसलाई दोष दिँदै भने, “इजरायल एक प्रकारको एक्लोपनमा प्रवेश गरिरहेको छ ।” “हामी अनुसन्धान र विकासमा मात्र होइन तर वास्तविक उत्पादनमा पनि आफैंलाई यस्तो अवस्थामा फेला पार्नेछौँ,” उनले भने ।


    उनले भने, “इजरायलले मुख्यतया हतियार उद्योगलाई ध्यानमा राख्दै नयाँ अलगावलाई अनुकूलन गर्न र आफ्नै उत्पादन क्षमताहरू विकास गर्न आवश्यक छ। हामी यस्तो अवस्थामा पुग्न सक्छौं जहाँ हाम्रा उत्पादनहरू निर्यातका लागि बन्द हुनेछन्।” उनले थपे “हामीले यहाँ हतियार उद्योग विकास गर्नुपर्नेछ । हामी एथेन्स र सुपर–स्पार्टा हुनु पर्छ।”

    “इजरायलको अन्तर्राष्ट्रिय अवस्था परिवर्तन हुँदैछ”, उनले चेतावनीको स्वरमा भने, “यसले हामीलाई आर्थिक प्रतिबन्धको सुरुवात र हतियार र हतियारका पार्टपुर्जाहरू आयात गर्ने समस्या निम्त्याउनेछ।” विपक्षी नेता याइर लापिडले नेतान्याहूको टिप्पणीलाई ‘एक अर्थहीन टिप्पणि’ को रूपमा निन्दा गरे । उनले भने, “अलगाव ‘नेतान्याहू र उनको सरकारको असफल र त्रुटिपूर्ण नीतिहरूको परिणाम हो।”

    स्पेनले इजरायलको सबैभन्दा ठूलो निजी स्वामित्वको रक्षा कम्पनी एल्बिट सिस्टम्सबाट रकेट लन्चर खरिद गर्न करिब ७० करोड युरोको सम्झौता रद्द गरेको छ । गाजा युद्धका बीच स्पेनले यसै महिना रद्द गरेको यो दोस्रो इजरायली हतियार सम्झौता हो । गाजामा इजरायलको आक्रमणले ६४ हजार भन्दा बढी व्यक्तिको ज्यान लिएको छ भने प्यालेष्टिनी भूभागलाई तहसनहस पारेको छ । त्यहाँ भोकमरी निम्त्याएको छ। गाजा द्वन्द्वको समयमा अन्तर्राष्ट्रिय मानवीय कानूनको सम्भावित उल्लङ्घनको चिन्तालाई उद्धृत गर्दै धेरै राष्ट्रहरूले सन् २०२३ अक्टोबरदेखि इजरायलसँग हतियार व्यापार घटाएका छन् वा स्थगित गरेका छन्।

  • एक महिनामा एक खर्ब ४३ अर्बको आयात हुँदा २३ अर्बको निर्यात

    एक महिनामा एक खर्ब ४३ अर्बको आयात हुँदा २३ अर्बको निर्यात

    ३१ भदौ, काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनामा मुलुकको व्यापार घाटा रु एक खर्ब १९ अर्ब ११ करोड बराबर पुगेको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको विवरणअनुसार कूल वस्तु व्यापार घाटा दुई दशमलव पाँच प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटामा शून्य दशमलव चार प्रतिशतले वृद्धि भएको थियो । चालु आवको पहिलो महिना अर्थात् गत साउनमा कूल वस्तु आयात ११ दशमलव चार प्रतिशतले वृद्धि भई रु एक खर्ब ४३ अर्ब चार करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा शून्य दशमलव छ प्रतिशतले कमी आएको थियो ।

    वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन र अन्य मुलुकबाट भएको आयात क्रमशः सात दशमलव पाँच प्रतिशत, १४ दशमलव एक प्रतिशत र २० दशमलव पाँच प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा भटमासको कच्चा तेल, यातायातका उपकरण, सवारीसाधन तथा स्पेयर पार्टस्, चामलरधान, कोइला, रासायनिक मललगायत वस्तुको आयात बढेको छ भने हट रोल्ड सिट इन क्वाइल, खाने तेल, पेट्रोलियम पदार्थ, अन्य मेसिनरी तथा पार्टस्, तेलहनलगायत वस्तुको आयात घटेको छ ।

    समीक्षा अवधिमा निर्यातआयात अनुपात १६ दशमलव सात प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात नौ दशमलव पाँच प्रतिशत थियो । समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी रु १३ अर्ब ४३ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात रु १३ अर्ब ९८ करोड बराबर भएको थियो ।

    यस्तै, चालु आवको पहिलो महिनामा कूल वस्तु निर्यात ९५ दशमलव सात प्रतिशतले वृद्धि भई रु २३ अर्ब ९३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा नौ दशमलव छ प्रतिशतले कमी आएको थियो । गन्तव्यका आधारमा भारततर्फको निर्यात १५६ दशमलव सात प्रतिशतले वृद्धि भएको छ भने चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः ६५ दशमलव दुई प्रतिशत र एक दशमलव चार प्रतिशतले कमी आएको छ ।

    वस्तुगत आधारमा भटमासको तेल, पाम तेल, पोलिस्टरको धागो, अलैँची, जुटका सामानलगायत वस्तुको निर्यात बढेको छ भने जिङ्क सिट, पार्टिकल बोर्ड, ऊनी गलैँचा, पिना, चियालगायत वस्तुको निर्यात घटेको छ ।

  • कङ्गोमा डुङ्गा दुर्घटनामा १०० भन्दा बढीको मृत्यु, १४६ बेपत्ता

    कङ्गोमा डुङ्गा दुर्घटनामा १०० भन्दा बढीको मृत्यु, १४६ बेपत्ता

    एजेन्सी
    २९ भदौ, काठमाडौं । डेमोक्रेटिक गणराज्य कांगोको उत्तर(पश्चिमी क्षेत्रमा बिहीबार एक डुङ्गा पल्टिँदा कम्तीमा १०७ व्यक्तिको मृत्यु भएको र १४६ अन्य बेपत्ता भएको छ। स्थानीय सञ्चार माध्यमका अनुसार, यो दुर्घटना कांगो नदीमा म्बाण्डाका, इक्वाटेउर प्रान्तको राजधानीबाट करिब १२२ किलोमिटर टाढा भएको थियो। स्रोतले जनाए अनुसार, २०९ जना यात्रुलाई उद्धार गरिएको छ, जस मध्ये केही घाइते भएका छन्। दुर्घटनामा दुंगामा रहेका सबै सामग्री आगोले जलेर नष्ट भएका छन्।

    दुर्घटनाको कारण भने अहिलेसम्म अज्ञात रहेको छ। विशेष गरी कांगो नदीमा डुङ्गा दुर्घटनाहरू प्रायः घट्ने गर्छन्, जहाँ अत्यधिक भार लोड भएका र बिग्रिएका जहाजहरूले प्रायः यस्ता दुर्घटनाहरू निम्त्याउँछन्। यसै साता, बुधबार राति, इक्वाटेउर प्रान्तको बासान्कुसु क्षेत्रको एक मोटराइज्ड डुङ्गा पल्टिँदा कम्तीमा १०० जनाको मृत्यु भएको थियो।

  • पाकिस्तानको दक्षिण वजिरिस्तानमा तालिबानको आक्रमण, १२ जनाको मृत्यु

    पाकिस्तानको दक्षिण वजिरिस्तानमा तालिबानको आक्रमण, १२ जनाको मृत्यु

    २९ भदौ, काठमाडौं । पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा रहेको दक्षिण वजिरिस्तान जिल्लामा शनिबार बिहान करिब ४ बजे पाकिस्तानी तालिबान समूहद्वारा गरिएको आक्रमणमा कम्तीमा १२ सुरक्षाकर्मीको ज्यान गएको छ। स्थानीय सरकारी अधिकारीका अनुसार सैनिकहरूको एक गस्ती दल गुडिरहेको बेलामा दुवैपट्टिबाट भारी हतियारसहित आक्रमण गरिएको थियो। आक्रमणमा १२ सुरक्षाकर्मी मारिएका र अन्य ४ घाइते भएका छन्। घटनास्थलमा तैनाथ अर्का एक सुरक्षाकर्मीले पनि मृत्युको सङ्ख्या पुष्टि गरेका छन् र आक्रमणकारीहरूले सुरक्षाकर्मीहरूको हतियार पनि कब्जामा लिएको जानकारी दिए ।

    पाकिस्तानी तालिबान, जसलाई तहरीक–ए–तालिबान पाकिस्तान भनिन्छ, यो समूह अफगान तालिबानबाट पृथक भए पनि घनिष्ठ सम्बन्ध रहेको मानिन्छ। उक्त आक्रमणको जिम्मेवारी सोही समूहले सामाजिक सञ्जालमार्फत लिएको छ। यो आक्रमण पछिल्ला महिनाहरूमा खैबर पख्तुनख्वा प्रान्तमा भएको सबैभन्दा घातक घटनामध्ये एक हो। सो क्षेत्र केही वर्षअघिसम्म तहरीक–ए–तालिबानको प्रभावमा थियो, जसलाई सन् २०१४ देखि सुरु भएको सैनिक कारबाहीपछि पछि धकेलिएको थियो।

    पाकिस्तानी सरकारले अफगानिस्तानमाथि आतंककारीहरूलाई आफ्नो भूमिबाट पाकिस्तानमाथि आक्रमण गर्न दिएको आरोप लगाउँदै आएको छ, जुन आरोपलाई काबुलस्थित अफगान सरकारले अस्वीकार गर्दै आएको छ। खैबर पख्तुनख्वा प्रान्तका विभिन्न जिल्लाहरूमा स्थानीयहरूले तहरीक–ए–तालिबानको नाम लेखिएको पर्खाल लेखोटहरू देखिएको बताएका छन्। उनीहरू पुनः सोही समूहको त्रासद शासन फर्कने डर व्यक्त गर्छन्, जुन अमेरिकी ुआतङ्कविरुद्धको युद्धु को समयमा अफगानिस्तानबाट फैलिएको थियो।

    एक वरिष्ठ स्थानीय अधिकारीका अनुसार पछिल्लो समय तहरीक–ए–तालिबानका लडाकूहरूको सङ्ख्या र आक्रमणहरूको संख्या दुबै बढेको छ। सन् २०२५ को जनवरी १ देखि हालसम्म करिब ४६० जनाको ज्यान गइसकेको छ, जसमा धेरैजसो सुरक्षाकर्मीहरू रहेका छन्। यी आक्रमणहरू खैबर पख्तुनख्वा र बलुचिस्तान प्रान्तमा भएका हुन्। सन् २०२४ पाकिस्तानका लागि झन्डै एक दशक यताकै सबैभन्दा रक्तपातपूर्ण वर्ष बनेको थियो, जसमा एक हजार ६०० भन्दा बढी मानिसको मृत्यु भएको थियो, तीमध्ये करिब आधा सुरक्षाकर्मी र प्रहरी थिए, जसको विवरण इस्लामाबादस्थित अनुसन्धान संस्था ‘सुरक्षा अध्ययन तथा अनुसन्धान केन्द्र’ले दिएको हो।

  • कतार–इजरायलबीच कूटनीतिक दूरी बढ्दै, गाजा युद्ध अझै जटिल बन्दै

    कतार–इजरायलबीच कूटनीतिक दूरी बढ्दै, गाजा युद्ध अझै जटिल बन्दै

    एजेन्सी
    २९ भदौ, अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इजरायल भ्रमणअघि कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीसँग महत्वपूर्ण भेटवार्ता गरेका छन् । यो भेटले अमेरिका, कतार र इजरायलबीचको संवेदनशील कूटनीतिक सन्तुलनमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ। उक्त भेटपछि रुबियो आइतबारदेखि दुई दिने इजरायल भ्रमणमा जानेछन् । जहाँ उनले इजरायली नेतृत्वसँग क्षेत्रीय सुरक्षा, गाजा युद्धसम्बन्धी वर्तमान अवस्था तथा बन्धक मुक्तिका सम्भावनाबारे छलफल गर्नेछन्् ।

    हालै इजरायलले कतारको राजधानी दोहामा हमासका नेताहरूलाई लक्षित गरी गरेको कारबाहीका कारण कतार, साउदी अरेबिया र युएईजस्ता खाडी मुलुकहरूमा असन्तुष्टि देखिएको थियो। राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि उक्त कारबाहीले अमेरिका वा इजरायलको दीर्घकालीन हितमा योगदान नपुर्‍याउने टिप्पणी गरेका छन् । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले समेत उक्त आक्रमणको आलोचना गर्दै संयम अपनाउन आग्रह गरेको छ।

    कतारका प्रधानमन्त्रीले सुरक्षा परिषद्को बैठकमा बोल्दै गाजामा रहेका बन्धकहरूको सुरक्षाप्रति चासो व्यक्त गर्नुभएको छ र कूटनीतिक प्रयासहरू जारी राख्ने प्रतिबद्धता जनाएका छन् । विदेश मन्त्रालयका अनुसार, रुबियोको इजरायल भ्रमणका क्रममा उनले गाजामा इजरायलको रणनीतिक लक्ष्य, बन्धक मुक्ति प्रयास तथा प्यालेस्टाइनी राज्यका सम्बन्धमा युरोपेली मुलुकहरूको सम्भावित मान्यताबारे अमेरिकी धारणा स्पष्ट पार्नेछन्।

    उनले हमासद्वारा अपहरणमा परेका व्यक्तिहरूका परिवारसँग पनि भेट गर्नेछन् । जसले बन्धकहरूको सुरक्षित फिर्ती अमेरिका र इजरायल दुवैका लागि उच्च प्राथमिकता भएको सन्देश दिन मद्दत गर्नेछ। रुबियो यरुशलेमस्थित ऐतिहासिक स्थल ‘सिटी अफ डेविड’को भ्रमण गर्ने कार्यक्रम समेत रहेको छ, जुन इजरायल र प्यालेस्टाइनबीचको विवादास्पद क्षेत्र मानिन्छ।

  • अफगानिस्तानी भूकम्प पीडितको सहयोगमा युएईले दुई हजार ५०० टन सहयोग पठायो

    अफगानिस्तानी भूकम्प पीडितको सहयोगमा युएईले दुई हजार ५०० टन सहयोग पठायो

    एजेन्सी
    २९ भदौ, काबुल । युएईको सहायता जहाज अफगानिस्तानमा हालै गएको भूकम्पपछि अफगानिस्तानका जनतालाई सहयोग गर्न पाकिस्तानको ग्वादर बन्दरगाहतर्फ प्रस्थान गरेको छ। राष्ट्रपति मोहम्मद बिन जायद अल नाह्यानको निर्देशनमा जहाजले दुई हजार ५०० टन खाना, आश्रय र चिकित्सा सामग्रीहरू बोकेर अफगानिस्तानतर्फ गएको हो। यो देशको पूर्वी क्षेत्रमा गएको भूकम्पपछि अफगानी जनतालाई सहयोग गर्न युएईको राहत सहयोगको एक भागको रूपमा आएको हो।

    जहाज युएई सहायता निकायको सहयोगमा युएईमा धेरै परोपकारी र मानवीय सङ्गठन र संस्थाहरूको सहभागितामा तयार गरिएको थियो र यसले राष्ट्रिय ऐक्यबद्धताको भावना र अफगानिस्तानलाई तत्काल राहत सहयोग प्रदान गर्न विभिन्न संस्थाहरू बीचको प्रयासको एकीकरणलाई प्रतिबिम्बित गरेको युएईका अधिकारीहरूले बताएका छन् ।

    सहयोगले मित्रवत अफगान जनताका लागि तत्काल मानवीय प्रतिक्रियालाई सुदृढ पार्न, उनीहरूलाई यी असाधारण परिस्थितिहरूको परिणामबाट पार लगाउन र उनीहरूको आधारभूत आवश्यकताहरू पूरा गर्न काम गर्न युएईको उत्सुकताको पुष्टि गरेको छ।

    यो मानवीय सहयोगले युएईले अपनाएको महान मूल्यहरूलाई प्रतिबिम्बित गर्दछ, जसको उद्देश्य यस क्षेत्रमा शान्ति र स्थिरता बढाउने, मानवीय सङ्कटबाट प्रभावितहरूलाई सहायता र सहायता प्रदान गर्ने र विश्वभरका राहत प्रयासहरूलाई समर्थन गर्ने आफ्नो प्रतिबद्धतालाई पुष्टि गर्ने हो ।

  • इजरायली आक्रमणमा कम्तीमा ४५ प्यालेस्टिनीको मृत्यु

    इजरायली आक्रमणमा कम्तीमा ४५ प्यालेस्टिनीको मृत्यु

    एजेन्सी
    २९ भदौ, काठमाडौं । गाजा पट्टीका विभिन्न भागमा इजरायली आक्रमणमा परी कम्तीमा ४५ प्यालेस्टिनी नागरिकको मृत्यु भएको सरकारी समाचार संस्था वाफाले जनाएको छ । प्यालेस्टिनी अधिकारीहरूले आवासीय क्षेत्रहरूमा व्यापक भौतिक संरचनाको विनाश र मृत्युको सङ्ख्या बढेको बताएका छन् । अधिकारीहरूले अस्पतालहरूमा थेग्नै नसकिने गरी दबाब बढेको बताएका छन् । पछिल्ला केही दिन यता इजरायली सेनाले गाजा शहरमा आफ्नो कारबाहीलाई विस्तार गर्दै बासिन्दाहरूलाई वस्ती छोड्न चेतावनी दिएको छ ।

    गाजाको नागरिक सुरक्षा निकायले आक्रमणका कारण इजरायलले विस्थापितहरूलाई आश्रय दिने विद्यालयहरू र आवासीय भवनहरू खचाखच भरिएको बताएकोे छ। ऋाक्रमणबाट दर्जनौँको मृत्यु भएको छ र सयौँ घाइते भएका छन्। एक विज्ञप्ति जारी गर्दै इजरायली सेनाले “गाजामा ‘व्यापक भौतिक संरचनाको विनाश’ गरी शहर खाली गर्न खोजेको उल्लेख गरेको छ ।”

    हमास नियन्त्रित गाजाको सरकारी मिडिया कार्यालयले एक विज्ञप्तिमा भनेको छ, “अगस्ट ११ मा आफ्नो भूमि ९गाजामा० आक्रमण सुरु भएदेखि इजरायली सेनाले एक हजार ६०० भन्दा बढी आवासीय भवनहरू र विस्थापित परिवारहरूका लागि बनाइएका १३ हजार टेन्टहरू नष्ट गरेको छ, जसले तीन लाख ५० हजारभन्दा बढी मानिसहरूलाई पूर्वी गाजा शहरबाट मध्य र पश्चिमी क्षेत्रहरूमा भाग्न बाध्य पारेको छ।

    शुजैया, जायतौन, तुफाह, रिमाल र शेख राडवानसहित प्रमुख छिमेकहरू व्यवस्थित विनाशको सामना गरिरहेका विज्ञप्तिमा उल्लेख छ । आक्रमणलाई यसले अन्तर्राष्ट्रिय मानवीय कानूनको उल्लङ्घन भनेको छ। इजरायली सेनाका प्रवक्ता अविचे अद्राईले शनिबार भने, “करिब दुई लाख ५० हजारभन्दा बढी बासिन्दाहरू ‘उनीहरूको सुरक्षाका लागि’ गाजा शहर छोडेका छन्।” उनले नागरिकहरूलाई दक्षिणी गाजाको अल–मवासीको ‘मानवीय क्षेत्र’ वा मध्य गाजाको ‘खाली क्षेत्रहरू’ मा जानको लागि अल–रशीद स्ट्रिट प्रयोग गर्न आग्रह गरे । उनले गाजा शहर ‘खतरनाक युद्ध क्षेत्र’ बनेको र त्यहाँ हमासलाई पराजित गर्न सेना प्रतिबद्ध रहेको बताए ।
    यसैबीच, गाजाको नासिर मेडिकल सेवाका बाल चिकित्सा विभागका प्रमुख अहमद अल–फाराले शनिबार चिकित्सा उपकरण र उपचारात्मक खानाको गम्भीर अभाव भएको चेतावनी दिएका छन् । उनले कुपोषित बालबालिकाको सङ्ख्या अस्पतालको क्षमताभन्दा बढी रहेको र मृत्यु बढ्ने सम्भावना रहेको बताए । गाजाको पूर्वमा रहेको प्यालेस्टिनी शरणार्थीहरूका लागि संयुक्त राष्ट्रसङ्घ राहत र कार्य निकाय (यूएनआरडब्ल्यूए)ले गाजा शहरको अवस्थालाई ‘विनाशकारी’ भनेको छ।

    युएनआरडब्ल्यूएले एक विज्ञप्तिमा भनेको छ, “पूर्व चेतावनी बिना जताततै हवाई आक्रमण जारी छ । लगभग हरेक क्षण, एक घर बम विस्फोटका कारण ध्वस्त हुने गरेको छ। यो डरलाग्दो छ,” विज्ञप्तिमा अगाडी भनिएको छ, “मानिसहरू जाने कुनै ठाउँ छैन। त्यहाँ कुनै सुरक्षित स्थान छैन। यो युद्ध रोकिनुपर्छ ।” सन् २०२३ अक्टोबर ७ मा हमासका लडाकुहरूले दक्षिणी इजरायलमा आक्रमण गरी उक हजार २०० जनाको हत्या गरेपछि सुरु भएको युद्धमा लगभग २५० जनालाई बन्धक बनाइएको थियो । बदलामा गरिएको इजरायली आक्रमणका कारण गाजामा लगभग ६५ हजार प्यालेस्टिनीहरूको ज्यान गएको गाजा क्षेत्रका स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।

  • प्रधानमन्त्री कार्कीप्रति प्रमुख सल्लाहकार युनुसको शुभकामना

    प्रधानमन्त्री कार्कीप्रति प्रमुख सल्लाहकार युनुसको शुभकामना

    २८ भदौ, काठमाडौं । बङ्गलादेश सरकारका प्रमुख सल्लाहकार प्राध्यापक मोहम्मद युनुसले श्री सुशीला कार्की नेपालको प्रधानमन्त्री नियुक्त भएकोमा आज एक शुभकामना सन्देश पठाएर उनीप्रति हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् । देशको जटिल परिस्थितिका बेला प्रधानमन्त्रीको कार्यभार सम्हालेकोमा नेपाली जनताको भरोसा एवं विश्वास हो भन्दै प्रमुख सल्लाहकार युनुसले प्रधानमन्त्री कार्कीको सक्षम नेतृत्वमा नेपाल विकास, शान्ति र स्थायित्वको मार्गमा अग्रसर हुने विश्वास व्यक्त गरे ।


    परराष्ट्र मन्त्रालयकोसमेत कार्यभार सम्हालेकस् प्रधानमन्त्री कार्कीसँग निकट सम्पर्कमा रहेर काम गर्नमा आफू इच्छुक रहेको उल्लेख गर्दै प्रमुख सल्लाहकार युनुसले आपसी सम्मान र सहकार्यमा आधारित बङ्गलादेश र नेपालबीचको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरे । उनले आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

  • नेपालमा नयाँ अन्तरिम सरकार गठन महत्त्वपूर्ण कदमः बेलायत

    नेपालमा नयाँ अन्तरिम सरकार गठन महत्त्वपूर्ण कदमः बेलायत

    २८ भदौ, काठमाडौं । संयुक्त अधिराज्य बेलायतले नेपालमा गत हप्ताको घटनाक्रमपछि सुशिला कार्की प्रधानमन्त्री पदमा नियुक्त भएको बिषय महत्वपूर्ण कदम भनी उल्लेख गरेको छ । पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीले शुक्रबार अन्तरिम प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेलगत्तै यहाँस्थित बेलायती दूतावासले सामाजिक सञ्जाल फेसबुकमार्फत सो प्रतिक्रिया दिएको हो ।

    बेलायतले सबैभन्दा पुरानो मित्रको रूपमा आगामी चुनौतीहरूलाई स्वीकार गर्दै जवाफदेहीता र समावेशी शासनका लागि नेपाली आकाङ्क्षालाई समर्थन गर्ने जनाएको छ ।

  • नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत

    नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत

    २८ भदौ, काठमाडौं । नेपालमा नयाँ अन्तरिम सरकार गठनको छिमेकी मुलुक भारतले स्वागत गरेको छ । पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीले शुक्रबार अन्तरिम प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेलगत्तै भारतीय विदेश मन्त्रालयले विज्ञप्तिमार्फत स्वागत गरेको हो ।

    विज्ञप्तिमा भनिएको छ ,“हामी सुशिला कार्कीको नेतृत्वमा नेपालमा नयाँ अन्तरिम सरकार गठनको स्वागत गर्दछौँ । हामीलाई आशा छ कि यसले शान्ति र स्थिरतालाई प्रवद्र्धन गर्न मद्दत गर्नेछ ।” भारतले नजिकको छिमेकी, लोकतान्त्रिक मित्र र दीर्घकालीन विकास साझेदारको रूपमा दुई देश र जनतको कल्याण र समृद्धिका लागि नेपालसँग मिलेर निरन्तर काम गरिरहने जनाएको छ ।

  • रूसद्वारा पहिलो एआईबाट चल्ने विद्युतीय रेलको सेवा शुभारम्भ

    रूसद्वारा पहिलो एआईबाट चल्ने विद्युतीय रेलको सेवा शुभारम्भ

    २७ भदौ, काठमाडौं । रूसको पहिलो एआईको सहयोगमा चल्ने (स्वचालित) नगर रेल सेवाको मस्कोमा बिहीबार औपचारिक शुभारम्भ गरिएको छ ।
    यो रूसको सार्वजनिक यातायातको नयाँपनका लागि एक महत्त्वपूर्ण कोशेढुङ्गा हो। रूसी सरकारको आधिकारिक वेबसाइटमा यो समाचारको पुष्टि गरिएको छ । यो अग्रगामी परियोजना सन् २०३० सम्मका लागि मस्कोको यातायात विकास रणनीतिको एक महत्त्वपूर्ण भाग हो। यी सवारी साधनहरूले सन् २०३५ सम्ममा ९० प्रतिशत हिस्सा लिने लक्ष्य राख्दै सन् २०३० सम्म शहरले ३०० भन्दा बढी नगर रेल (ट्राम) हरूलाई स्वायत्त प्रविधिले सुसज्जित गर्ने योजना बनाएको छ ।

    टिभी ब्रिक्सका अनुसार भर्खरै प्रस्तुत गरिएको एआईबाट सञ्चालित (स्वचालित) रेल स्वतन्त्र रूपमा स्टपहरूमा रोकिने र ढोकाहरू खोल्ने, ट्राफिक सङ्केतहरू पालन गर्ने, पैदल यात्रीहरूलाई सडकमा वारपार गर्न दिन र स्वचालित रूपमा रेलमार्गहरू तय गर्नेजस्ता सबै तालिकाहरूको कडा पालना कायम राख्न सक्षम छ। सन् २०२४ मेदेखि विद्युतीय यो रेलले कुनै पनि ट्राफिक उल्लङ्घन बिना आठ हजार किलोमिटरभन्दा बढी कठोर परीक्षण पूरा गरेको छ । यसले स्वचालित प्रणालीको रेलको विश्वसनीयता र सुरक्षा प्रदर्शन गर्दछ।

    हालको संघीय कानून अन्तर्गत प्रणालीको निरीक्षण गर्न र भाडा नियन्त्रण जस्ता गैर–ड्राइभिङ कार्यहरू ह्यान्डल गर्न एक जान अपरेटर सेवाको समयमा रेलको क्याबिनमा रहनेछ । रेलको ड्राइभिङ कार्यहरू पूर्ण रूपमा एआई र मस्कोमा विकसित उन्नत सफ्टवेयर द्वारा सुसज्जित गरिएका छन्।
    रेलको शुभारम्भ पहिले तीन चरणको परीक्षणहरू गरिसकिएको छ । पहिलो चरणमा यात्रुहरू बिना रातमा रेलमार्गमा यात्रा, यात्रुहरूसँग पर्यवेक्षण यात्रा र अन्ततः पूर्ण स्वायत्त सेवाको नेतृत्व गर्यो।

    सन् २०२५ को अन्त्यसम्म मस्कोले नियमित सेवामा तीन स्वायत्त रेलहरू राख्ने योजना बनाएको छ भने सन् २०२६ मा यसलाई १५ मा विस्तार गर्नेछ । रेल परियोजनाको अतिरिक्त शहरले सन् २०२५ डिसेम्बरमा सुरु हुने पहिलो स्वायत्त मेट्रो रेलको परीक्षण गर्ने तयारी गरिरहेको छ। स्वायत्त मेट्रो रेलको पूर्ण यात्री सेवा सन् २०२६ का लागि प्रत्याशित गरिएको छ । यसले स्मार्ट सार्वजनिक यातायात समाधानमा विश्वव्यापी नेताको रूपमा मस्कोको स्थितिलाई अझ बलियो बनाउँनेछ। यो पहलले प्राविधिक प्रगति र दिगो शहरी गतिशीलताको लागि मस्कोको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ । यसको उद्देश्य यात्रु अनुभव सुधार गर्ने, उत्सर्जन घटाउने र लामो अवधिमा ट्राफिक दक्षता बढाउने रहेको छ ।

  • पछिल्लो २४ घण्टामा इजरायली आक्रमणमा गाजामा ५२ प्यालेस्टिनीको मृत्यु

    पछिल्लो २४ घण्टामा इजरायली आक्रमणमा गाजामा ५२ प्यालेस्टिनीको मृत्यु

    २६ भदौ, काठमाडौं । गाजा पट्टीका विभिन्न क्षेत्रमा जारी इजरायली हवाई आक्रमणका कारण पछिल्लो २४ घण्टामा ५२ जना प्यालेस्टिनी मारिएको गाजाका चिकित्सा स्रोतहरूले बताएका छन् । मृतकमध्ये नौ जना गाजाको दक्षिणी भागमा मानवीय सहायता प्राप्त गर्न पर्खिरहेका बेला आक्रमणमा परेका थिए । पीडितका शवहरू गाजाका विभिन्न अस्पतालमा पु¥याइएको छ भने एम्बुलेन्स र नागरिक सुरक्षा टोलीहरूले भग्नावशेषमुनि बेपत्ता व्यक्तिहरूको खोजी तथा उद्धार जारी राखेका छन् ।

    गाजा पट्टी अहिले इजरायली बमबारी, खाना, औषधि र इन्धनको चरम अभावका साथै मानवीय सहायतामा कडा प्रतिबन्धका कारण गम्भीर मानवीय तथा स्वास्थ्य सङ्कटमा छ । प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयका अनुसार सन् २०२३ अक्टोबर ७ देखि सुरु भएको इजरायली आक्रमणमा ज्यान गुमाउनेको सङ्ख्या ६४ हजार छ सय पाँच पुगेको छ भने एक लाख ६३ हजार तीन सय १६ जना घाइते भएका छन् ।

  • आक्रमणअघि अमेरिकी चेतावनी प्राप्त नभएको कतारको दावी

    आक्रमणअघि अमेरिकी चेतावनी प्राप्त नभएको कतारको दावी

    २६ भदौ, काठमाडौं । कतारले दोहामा हमासका वार्ताकारमाथि इजरायलले गरेको आक्रमणको बारेमा सचेत गराइएको भन्ने अमेरिकी दाबीलाई खण्डन गरेको छ । कतारले विस्फोट सुरु भएपछि मात्र अमेरिकी फोन आएको बताएको हो । दोहाको आवासीय जिल्लामा इजरायली आक्रमणमा पाँच हमास सदस्य र कतारी सुरक्षा अधिकारीको मृत्यु भएको समूह र दोहाको गृह मन्त्रालयले जनाएको छ ।

    ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेविटले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी राजदूत स्टिभ विटकोफलाई कतारी अधिकारीहरुलाई यस कारबाही अघि नै यसबारे जानकारी गराउन निर्देशन दिएको बताइन् । उनले हमासलाई वैध लक्ष्यको रूपमा चित्रण गर्दै ‘एक सार्वभौम राष्ट्र र नजिकको सहयोगी’ भित्र भएको आक्रमणलाई प्रत्युत्पादक हुने बताइन् ।


    कतारी विदेश मन्त्रालयका प्रवक्ता माजिद अल–अन्सारीले विज्ञप्ति जारी गर्दै पूर्व चेतावनी प्राप्त नभएको भन्दै उक्त विवरणलाई पूर्ण रुपमा झुटो भन्दै अस्वीकार गरे । उनले भने, “कतारलाई आक्रमणको बारेमा पहिल्यै जानकारी दिइएको भन्ने विज्ञप्ति वितरण भइरहेका छन् । दोहामा इजरायली आक्रमणका कारण विस्फोटको आवाज आएको बेला मात्र एक अमेरिकी अधिकारीको फोन आएको हो।”

  • हमासका परिवारमाथि कतारमा आक्रमण, के छ अहिलेको अवस्था ?

    हमासका परिवारमाथि कतारमा आक्रमण, के छ अहिलेको अवस्था ?

    २६ भदौ, काठमाडौं । कतारमा हमासको नेतृत्वमाथि भएको हवाई आक्रमणपछि अपहरितहरूको फिर्तीका लागि आवाज छायामा पर्नसक्ने भन्दै अपहरित परिवारजनले चासो व्यक्त गरेका छन् । उनीहरूले मध्यस्थता गरिरहेको कतारमा भएको आक्रमणले बन्धक रिहाईको सम्भावनालाई बिथोल्नसक्ने र यसको पीडा बन्धकहरूले थप भाग्नुपर्ने हुनसक्ने ‘ठूलो डर’ व्यक्त गरेको छ। “हामी कैँदबाट बचेकाहरूबाट जान्दछौँ कि अपहरितविरुद्ध निर्देशित बदला क्रूर छ। उनीहरूको फिर्तीको सम्भावना अझै पहिलेभन्दा बढी अनिश्चित बनेको छ,” पीडित परिवारको सम्पर्क कार्यालयले भनेको छ।

    इजरायलस्थित पीडित परिवारको सम्पर्क कार्यालयले भनेको छ, “पछिल्लो आक्रमणले ४८ जना अपहरितहरूको ज्यानको मूल्य चुक्न सक्छ । कुनै पनि क्षणमा मानिसहरूको ज्यान जान सक्छ र अपहरित सधैँका लागि फिर्ता नहने वातावरण हुनसक्छ। यो युद्ध अन्त्य गर्ने समय हो।” इजरायली सरकारले “४८ जना अपहरितको फिर्तीका लागि एक विस्तृत सम्झौताको लागि एक योजना’ प्रस्तुत गर्न परिवारहरूले माग गरेका हुन् ।

  • लाल सागरमा अन्डरसी केबल काटिँदा एसिया र मध्यपूर्वमा इन्टरनेट अवरुद्ध

    लाल सागरमा अन्डरसी केबल काटिँदा एसिया र मध्यपूर्वमा इन्टरनेट अवरुद्ध

    एजेन्सी
    २३ भदौ, काठमाडौं । लाल सागरमा अन्डरसी केबल काटिएपछि एसिया र मध्यपूर्वका केही भागहरूमा इन्टरनेट पहुँच अवरुद्ध भएको विज्ञहरूले आइतबार जनाएका छन् । तर घटनाका कारण भने तुरुन्त स्पष्ट भएको छैन । यमनका हुथी विद्रोहीहरूले लाल सागरमा सञ्चालन गर्ने अभियानअन्तर्गत केबलहरूलाई लक्षित गरेको आशङ्का गरिएको छ । उनीहरूले यसलाई गाजा पट्टीमा हमासविरुद्धको युद्ध अन्त्य गर्न इजरायलमाथि दबाब दिने प्रयासको रूपमा व्याख्या गरेका छन् । यद्यपि हुथीहरूले विगतमा यस्ता लाइनहरूमा आक्रमण गरेको कुरा अस्वीकार गरेका थिए ।

    स्याटेलाइट जडान र भूमिगत केबलहरूसँगै अन्डरसी केबलहरू इन्टरनेटको मेरुदण्ड मानिन्छन् । सामान्यतया, इन्टरनेट सेवा प्रदायकहरूसँग धेरै पहुँच विन्दु हुन्छन्, जसले कुनै एक असफल भएमा ट्राफिकलाई अर्को बाटोमार्फत सार्न सक्छ । तर यसले प्रयोगकर्ताहरूका लागि इन्टरनेट गति सुस्त पार्ने सम्भावना हुन्छ । माइक्रोसफ्टले आफ्नो स्थिति वेबसाइटमार्फत घोषणा गर्दै मध्यपूर्वले ‘लाल सागरमा अन्डरसी फाइबर कटका कारण बढेको विलम्बता अनुभव गर्नसक्ने बताएको छ । वासिङ्टनस्थित कम्पनीले विस्तृत जानकारी नदिए पनि मध्यपूर्व बाहेकको ट्राफिक प्रभावित नभएको स्पष्ट पारेको छ ।

    इन्टरनेट पहुँच अनुगमन गर्ने नेटब्लक्सले ‘लाल सागरमा सबसी केबल आउटेजको शृङ्खलाले भारत र पाकिस्तानसहित धेरै देशहरूमा इन्टरनेट कनेक्टिभिटी बिगारेको बताएको छ । संस्थाले यसका लागि ‘साउदी अरबको जेद्दानजिकै एसएमडब्लु४ र आइएमइडब्लुई केबल प्रणालीमा देखिएका विफलताहरू’ लाई जिम्मेवार ठहराएको छ ।

    दक्षिणपूर्वी एसिया–मध्यपूर्व–पश्चिमी युरोप ४ केबल भारतीय समूह टाटा कम्युनिकेसनले सञ्चालन गर्छ । भारत–मध्यपूर्व–पश्चिमी युरोप केबल भने अल्काटेल–लुसेन्टको निरीक्षणमा अर्को कन्सोर्टियमद्वारा सञ्चालित छ । तर दुवै कम्पनीले यसबारे टिप्पणी गर्न अस्वीकार गरेका छन् । पाकिस्तान टेलिकम्युनिकेसन कम्पनी लिमिटेड (पिटिसिएल) ले शनिबार नै विज्ञप्ति जारी गर्दै कटौती भएको पुष्टि गरिसकेको छ । तर साउदी अरेबियाले अहिलेसम्म आधिकारिक रूपमा अवरोधलाई स्वीकार गरेको छैन ।

    संयुक्त अरब इमिरेट्स (युएई) मा दुबई र अबुधाबीका प्रयोगकर्ताहरूले राज्य स्वामित्वका डु र एतिसालात नेटवर्कमार्फत इन्टरनेट सुस्त भएको गुनासो गरेका छन् । तर सरकारले तत्काल यसबारे कुनै प्रतिक्रिया दिएको छैन । सबसी केबलहरू जहाजका लङ्गर खस्दा काटिन सक्ने भए पनि यस्ता घटनामा लक्षित आक्रमणको सम्भावना पनि रहन्छ । क्षतिग्रस्त केबल मर्मत गर्न प्रायः हप्तौँ लाग्छ र जहाजले समुद्रको पिँधमा काटिएको स्थान पहिचान गर्नुपर्छ ।
    गाजा पट्टीमा इजरायल–हमास युद्धलाई लिएर यमनका हुथी विद्रोहीहरूले हालै शृङ्खलाबद्ध आक्रमण चालेका थिए । इजरायलले यसलाई हवाई आक्रमणमार्फत जवाफ दिएको थियो, जसमा विद्रोही नेताहरू मारिएका थिए ।

    सन् २०२४ को प्रारम्भमै निर्वासनमा रहेको यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले हुथीहरूले लाल सागरका समुद्री केबलहरूमा आक्रमण गर्ने योजना बनाएको आरोप लगाएको थियो । त्यतिबेला पनि केही केबल काटिएका थिए, तर विद्रोहीहरूले जिम्मेवारी लिएका थिएनन् । आइतबार बिहान हुथीहरूको अल–मासिराह स्याटेलाइट समाचार च्यानलले नेटब्लक्सलाई उद्धृत गर्दै कटौती भएको स्वीकार गरेको छ ।

    सन् २०२३ नोभेम्बरदेखि सन् २०२४ डिसेम्बरसम्म हुथीहरूले गाजा युद्धसँगै एक सयभन्दा बढी जहाजहरूलाई मिसाइल र ड्रोनमार्फत निशाना बनाएका थिए । ती आक्रमणमा अहिलेसम्म चारवटा जहाज डुबाइएका छन् र कम्तीमा आठ नाविकको मृत्यु भएको छ । इरान समर्थित हुथीहरूले छोटो युद्धविराम अवधिमा आक्रमण रोकेका थिए । तर त्यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा एक सातासम्म तीव्र हवाई आक्रमण चलाइएको थियो । त्यसक्रममा हुथीहरूले दुई जहाज डुबाएका थिए, जसमा चार जनाको मृत्यु भएको थियो भने अन्य केही नाविकलाई विद्रोहीहरूले कब्जा गरेको विश्वास गरिन्छ ।

    हुथीहरूको नयाँ आक्रमणबीच इजरायल–हमास युद्धमा सम्भावित नयाँ युद्धविरामबारे छलफल भइरहेका छ । त्यस्तै, इजरायलले हालै १२ दिन लामो युद्ध सञ्चालन गर्दै अमेरिकी सहयोगमा इरानका तीनवटा आणविक साइटमा बम प्रहार गरेपछि तेहरानको आणविक कार्यक्रमबारे वासिङ्टन–तेहरान वार्ताको भविष्य पनि अनिश्चित बनेको छ ।

  • इराकको बगदादमा झडप, चार प्रहरीसहित छ जनाको मृत्यु

    इराकको बगदादमा झडप, चार प्रहरीसहित छ जनाको मृत्यु

    २३ भदौ, काठमाडौं । इराकको राजधानी बगदादमा दुई स्थानीय जातबीच भएको हिंसात्मक झडपमा चार सुरक्षाकर्मीसहित छ जनाको मृत्यु भएको छ । घटनाको पुष्टि इराकको आन्तरिक मामिला मन्त्रालयले आइतबार गरेको हो । शनिबार राति बगदादको सादा क्षेत्रमा सुरु भएको विवाद निजी बिद्युत् उत्पादन गर्ने यन्त्रको शुल्क वृद्धिका कारण भएको थियो ।

    इराकमा दैनिक लामो समयसम्म सरकारी बिद्युत् सेवा अवरुद्ध हुने भएकाले अधिकांश नागरिकले निजी यन्त्रमा निर्भर रहनु परेको छ । झडप नियन्त्रणका लागि पुगेको सुरक्षाफौजमाथि आक्रमण हुँदा दुई वरिष्ठ अधिकृतसहित चार सुरक्षाकर्मी मारिएका हुन् । यसअघि दुई जनाको मृत्यु भएको उल्लेख गरिएको भए पनि उपचारको क्रममा थप दुई जनाको ज्यान गएपछि संख्या परिमार्जन गरिएको मन्त्रालयले जनाएको छ ।

    घटनामा नौ सुरक्षाकर्मी घाइते भएका छन् । सुरक्षाकर्मीमाथि आक्रमण गर्ने समूहले नै गोली चलाएको र जवाफी कारबाहीमा दुई जना मारिएको मन्त्रालयले जानकारी दिएको छ । झडपमा संलग्न पाँच जना घाइते भएका छन् भने केही व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको छ । इराकमा जातीय तथा गुटीय झगडा सामान्यजस्तै बनेको छ । दशकौं लामो युद्ध, अशान्ति र अस्थिरताले गर्दा त्यहाँ सामान्य विवाद पनि घातक झडपमा परिणत हुने गरेको छ । स्थानीय गुटहरूले आफ्नै नियम, आचारसंहिता र न्याय प्रणाली अनुसार चल्ने गर्छन् र उनीहरूसँग ठूलो मात्रामा हातहतियार समेत रहेको हुन्छ ।

  • विपक्षी दबाबपछि जापानका प्रधानमन्त्री शिगेरु इशिबाको राजीनामा गर्ने निर्णय

    विपक्षी दबाबपछि जापानका प्रधानमन्त्री शिगेरु इशिबाको राजीनामा गर्ने निर्णय

    २३ भदौ, टोकियो । जापानका प्रधानमन्त्री शिगेरु इशिबाले राजीनामा गर्ने निर्णय गर्नुभएको स्थानीय मिडियाले आइतबार जानकारी दिएका छन् । सत्तारूढ पार्टीका सदस्यहरूले माथिल्लो सदनमा भएको विनाशकारी चुनावी हारपछि नयाँ नेतृत्व खोज्दै गरेको अवस्थामा इशिबाले यस्तो निर्णय गरेका हुन् । लामो समयदेखि प्रभावशाली लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) को नेतृत्व सम्हालेको एक वर्ष पनि नपुग्दै ६८ वर्षीय इशिबाले यस्तो कदम चालेका हुन् । त्यसयता उनले संसद्का दुवै सदनमा बहुमत गुमाएका छन् ।


    सार्वजनिक प्रसारणकर्ता एनएचकेले इशिबाले पार्टीलाई विभाजनबाट जोगाउन राजीनामा गर्न निर्णय गरेको जनाएको छ भने दैनिक आसाही सिम्बुनले उहाँलाई राजीनामा गर्न दबाब बढिरहेको उल्लेख गरेको छ । शनिबार राति कृषिमन्त्री र एकजना पूर्व प्रधानमन्त्रीले इशिबालाई भेटी स्वेच्छिक रूपमा पद छोड्न आग्रह गरेका थिए । गत हप्तामात्रै पार्टीका नम्बर दुई नेता हिरोशी मोरियामासहित एलडिपीका चार वरिष्ठ अधिकारीले पनि राजीनामा दिनुपर्ने प्रस्ताव गरेका थिए ।

    जुलाईमा सम्पन्न माथिल्लो सदनको निर्वाचनपछि इशिबाका विपक्षीहरूले चुनावी हारको जिम्मेवारी लिई पदत्याग गर्न निरन्तर दबाब दिँदै आएका थिए । अब नयाँ नेतृत्वको चुनावका लागि जापानभरका एलडिपी सांसद र क्षेत्रीय अधिकारीहरूले सोमबार आधिकारिक अनुरोध पेस गर्नेछन् । आवश्यक बहुमत प्राप्त भएमा पार्टीमा नेतृत्व प्रतिस्पर्धा सुरु हुनेछ ।

  • ‘एमपक्स’का कारण अफ्रिकामा दुई हजार जनाको मृत्यु, सङ्क्रमण घट्दै

    ‘एमपक्स’का कारण अफ्रिकामा दुई हजार जनाको मृत्यु, सङ्क्रमण घट्दै

    एजेन्सी
    २१ भदौ, काठमाडौं । अफ्रिकामा फैलिरहेको ‘एमपक्स’ का (मन्कीपक्स) को महामारीले सन् २०२४ को सुरुबाट हालसम्म झन्डै दुई हजार जनाको ज्यान लिइसकेको छ । यद्यपि पछिल्लो केही सातादेखि सङ्क्रमणको सङ्ख्यामा उत्साहजनक कमी देखिएको छ भनी अफ्रिकी रोग नियन्त्रण तथा निवारण केन्द्र (अफ्रिका सिडिसी) ले जनाएको छ ।

    बिहीबार साँझ आयोजित अनलाइन पत्रकार सम्मेलनमा अफ्रिका सिडिसीका एमपक्स घटनाका सह–प्रबन्धक याप बाउम द्वितीयले सन् २०२४ को सुरुयता २९ अफ्रिकी मुलुकहरूबाट एक लाख ८५ हजार ९ सय ९४ एमपोक्स सङ्क्रमणको घटना दर्ता भएको बताउनुभयो । तीमध्ये ५१ हजार ९ सय ६९ सङ्क्रमण पुष्टि भएका छन् भने एक हजार हजार ९ सय ८७ जनाको मृत्यु भएको छ ।

    अफ्रिकी सङ्घको स्वास्थ्यसम्बन्धी विशेष निकायका अनुसार सन् २०२५ मा अहिलेसम्म एक लाख लाख ५ हजार ६ सय ९७ एमपोक्स सङ्क्रमणका घटना दर्ता भइसकेका छन्, जुन सङ्ख्या सन् २०२४ को कुल सङ्ख्या ८० हजार २ सय ९७ भन्दा धेरै हो । तर, क्षेत्रीय तहमा भइरहेको सुधारात्मक प्रयासका कारण पछिल्लो समय एमपक्सका पुष्टि भएका तथा आशंकित दुबै प्रकारका घटनामा क्रमिक रूपमा गिरावट आएको छ । विशेषतः सन् २०२५ को मे महिनामा देखिएको उच्च स्तरको सङ्क्रमणको तुलनामा अहिले उल्लेखनीय कमी आएको बताइएको छ ।

    अफ्रिका सिडिसीको तथ्याङ्क अनुसार, साप्ताहिक रूपमा पुष्टि हुने सङ्क्रमणको औसत सङ्ख्या ५२ प्रतिशतले घटेको छ । मे महिनामा साप्ताहिक औसत एक हजार ४४१ थियो भने पछिल्ला पाँच सातामा त्यो घटेर ६९५ मा झरेको छ । परीक्षणको पहुँचसम्बन्धी विवरण पनि सकारात्मक देखिएको छ । पछिल्लो ६ सातामा आशंकित घटनाहरूमा गरिएको परीक्षणको दर ३० प्रतिशतबाट बढेर ६६ प्रतिशत पुगेको छ ।

    सन् १९५८ मा प्रयोगशालामा रहेका बाँदरहरूमा पहिलोपटक देखिएको एमपक्स एक दुर्लभ भाइरसजन्य रोग हो । यसले प्रायः ज्वरो, ¥यास ९छाला रोग० र ग्रन्थी सुन्निने लक्षण देखाउने गर्दछ । अफ्रिका सिडिसीले गत वर्ष अगस्टमा यस रोगलाई सम्पूर्ण महादेशको सार्वजनिक स्वास्थ्य सुरक्षाका लागि आपतकालीन अवस्था घोषणा गरेको थियो । त्यसको केही समयपछि विश्व स्वास्थ्य सङ्गठनले यसलाई अन्तर्राष्ट्रिय चिन्ताको सार्वजनिक स्वास्थ्य आपतकालका रूपमा वर्गीकृत गरेको थियो ।

  • शान्ति सम्झौता नभए युक्रेनमा युद्ध जारी राख्ने पुटिनको चेतावनी

    शान्ति सम्झौता नभए युक्रेनमा युद्ध जारी राख्ने पुटिनको चेतावनी

    एजेन्सी
    १९ भदौ, काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार चीनको भ्रमण पूरा गरी स्वदेश फर्कँदै गर्दा शान्ति सम्झौता हुन नसके युक्रेनमा लडाइँ जारी राख्ने बताएका छन् । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले गत महिना आफ्ना रुसी र युक्रेनी समकक्षीलाई भेटी युद्धविरामका लागि मध्यस्थता गरेका थिए ।

    तर राष्ट्रपति ट्रम्पको कूटनीतिक प्रयासका बावजुद साढे तीन वर्ष लामो युद्ध सुल्झाउने दिशामा हाल प्रगति रोकिएको देखिन्छ । पुटिनले ‘सुरुङको अन्त्यमा उज्यालो हुन्छ’ भन्ने आफूले सोचेको तर युद्धविरामका लागि वेवास्ता गरिए युद्ध जारी राख्ने प्रतिबद्धता व्यक्त गर्दै आफ्ना सेना ‘सबै मोर्चामा अघि बढिरहेको’ दाबी गरे ।

    “हेरौं, परिस्थिति कसरी विकसित हुन्छ । यदि त्यसो भएन भने हामीले हाम्रा सबै कार्यहरू सैन्य रूपमा समाधान गर्नुपर्नेछ,” पुटिनले बेइजिङमा पत्रकारहरूसँग सम्झौताको सम्भावनाबारे सोधिएको प्रश्नमा भने । युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँग तत्काल भेट गर्न अस्वीकार गरेका क्रेमलिन प्रमुखले युक्रेनी नेताको वैधतामाथि प्रश्न उठाए । रूसी राष्ट्रपति पुटिनले जेलेन्स्कीलाई मस्को आउन निमन्त्रणा दिएको बताए । पुटिनले भने, “राष्ट्रपति ट्रम्पले मलाई यस्तो बैठकका लागि आग्रह गर्नुभयो, मैले जेलेन्स्कीलाई मस्को आउन दिनुहोस् । यो सम्भव छ भने।”

    एक स्रोतले गत अगस्टमा एएफपीलाई दिएको जानकारीअनुसार जेलेन्स्कीले मस्कोमा वार्ताका लागि गरिएको पहललाई अस्वीकार गरेका थिए । पुटिनले युक्रेनसँगको शान्ति वार्तामा थप उच्चस्तरीय प्रतिनिधिमण्डल पठाउन रुस तयार रहेको बताए पनि त्यो को हुने भन्नेबारे भने केही बताउन चाहनुभएन ।


    “यदि प्रतिनिधिमण्डलको स्तर बढाउन आवश्यक छ भने हामी त्यसका लागि तयार छौं,” रुसी नेता पुटिनले भने । मस्कोले बुधबार बिहान युक्रेनमा ५०० भन्दा बढी ड्रोन प्रहार गरेको थियो र पछि पूर्वी युक्रेनको एक सीमा शहरमा भएको गोलाबारीमा नौ जना सर्वसाधारणको मृत्यु भएको थियो।

  • कतारले कङ्गोमा २१ अर्ब डलर लगानी गर्न तयार

    कतारले कङ्गोमा २१ अर्ब डलर लगानी गर्न तयार

    १९ भदौ, काठमाडौं । कतारी लगानी कम्पनी अल मन्सुर होल्डिङले प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डिआरसी)मा २१ अर्ब अमेरिकी डलर लगानी गर्न तयार रहेको बताएको छ । कङ्गोको पूर्वमा वर्षौंदेखि जारी द्वन्द्व अन्त्यका लागि दोहाले मध्यस्थता गरिरहेको छ। समूहका संस्थापक तथा शाही परिवारका सदस्य शेख मन्सुर बिन जाबोर बिन जसिम अल थानीले अफ्रिकी भ्रमणका क्रममा मङ्गलबार डिआरसीको राजधानी किन्शासाको भ्रमण गरेका थिए । कतारी प्रतिनिधिमण्डलले प्रधानमन्त्री जुडिथ सुमिन्वासँगको भेटमा डिआरसीमा करिब २१ अर्ब अमेरिकी डलर लगानीका लागि ‘आशयपत्र’ पेश गरेको कतारी प्रतिनिधिमण्डलको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    लगानी कृषि, वित्त, खानी, औषधि, हाइड्रोकार्बनलगायत विभिन्न क्षेत्रमा लक्षित गरिनेछ । गत महिना अल मन्सुर होल्डिङले १० दिने भ्रमणका क्रममा दक्षिण अफ्रिकाका चार देशमा ७० अर्ब अमेरिकी डलर लगानी गर्ने प्रतिबद्धता जनाएका थिए । बोत्सवाना, मोजाम्बिक, जाम्बिया र जिम्बाब्वेलाई दिइने आर्थिक सहायताको प्रतिबद्धता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट हाउसमा फर्केपछि स्रोतसाधनले भरिपूर्ण यस क्षेत्रका गरिब देशहरूले अमेरिकी सहायतामा व्यापक कटौतीको सामना गरिरहेका छन्।

    रुवान्डासमर्थित एम–२३ सशस्त्र समूहले केही हप्ताभित्रै दुई प्रान्तीय राजधानी कब्जा गरी कडा आक्रमण गरेपछि यस वर्षको सुरुमा देशको पूर्वी भागमा व्यापक द्वन्द्व भएको थियो । रुवान्डाका राष्ट्रपति पल कागामे र उहाँका कङ्गोली समकक्षी फेलिक्स शिसेकेडीबीच मार्चको मध्यतिर दोहामा युद्धविरामका लागि भेटवार्ता भएको थियो ।

    यद्यपि, कतारले अनपेक्षित रूपमा सङ्कट समाधानका लागि भएको कूटनीतिक प्रयास सफल हुन नसकेको र प्रयासहरू निरन्तर जारी राखिएको घोषणा गरेको थियो । गत जुनमा वासिङ्टनमा दुई देशबीच शान्ति सम्झौतामा हस्ताक्षर भएको थियो । समानान्तर रूपमा, कङ्गोली सरकार र एम २३ ले अप्रिलमा दोहामा पनि वार्ता गरे र जुलाईमा युद्धविरामको प्रतिबद्धता व्यक्त गरे। यद्यपि, त्यहाँ द्वन्द्व जारी छ।

  • प्रधानमन्त्री मोदीद्वारा सेमिकन इन्डिया २०२५ को उद्घाटन, भारतको सेमिकन्डक्टर यात्रा सशक्त

    प्रधानमन्त्री मोदीद्वारा सेमिकन इन्डिया २०२५ को उद्घाटन, भारतको सेमिकन्डक्टर यात्रा सशक्त

    १८ भदौ, काठमाडौं । भारतको सेमिकन्डक्टर उद्योगको वृद्धिको महत्त्वपूर्ण मोडमा प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलबार नयाँदिल्लीको यशोभूमि (भारत अन्तर्राष्ट्रिय सम्मेलन र एक्सपो सेन्टर) मा सेमिकन इन्डिया २०२५ को उद्घाटन गरेका छन् । जापान र चीन भ्रमणबाट फर्किएपछि उनले भने, “त्यो दिन टाढा छैन जब विश्वले भन्नेछ—भारतमा डिजाइन, भारतमा निर्मित, विश्वद्वारा विश्वास गरिएको ।” उहाँले सेमिकन्डक्टरलाई ‘डिजिटल हीरा’ भन्दै यसको महत्त्व उजागर गरे ।

    देशको सबैभन्दा ठूलो सेमिकन्डक्टर र इलेक्ट्रोनिक्स शोमा २० हजारभन्दा बढी सहभागी, ४८ देशका प्रतिनिधि, ५० भन्दा बढी ग्लोबल सिएक्सओ र एक हजार दुई सय ७५ बुथहरू प्रस्तुत थिए । प्रधानमन्त्री मोदीले उद्योगमा भारतको नवप्रवर्तन र युवा शक्ति स्पष्ट रूपमा उपस्थित रहेकोमा जोड दिए । केन्द्रीय मन्त्री अश्विनी वैष्णवले भने, “सेप्टेम्बर २ मा प्रधानमन्त्रीलाई पहिलो मेड–इन–इन्डिया चिप प्रस्तुत गरियो । आगामी केही महिनामा थप पाइलट लाइनहरू पूरा हुने क्रममा छन् । विद्यार्थीहरूले डिजाइन गरेका २० वटा चिप पनि प्रदर्शन गरियो ।”

    एसइएमआइका अध्यक्ष अजित मनोचाले भने, “भारतीय सेमिकन्डक्टर उद्योगले प्रधानमन्त्रीको दृष्टिकोणअनुसार तीव्र वृद्धि अनुभव गरिरहेको छ । एआई र टेक्नोलोजीमा प्रगतिसँगै हामी विश्वव्यापी स्तरमा मान्यता प्राप्त गर्दैछौँ ।” एसइएमआइ इन्डिया र आइइएसएका अध्यक्ष अशोक चन्दकले १२ वटा समझदारी पत्रमा हस्ताक्षर भएको घोषणा गर्दै भारतलाई सेमिकन्डक्टर डिजाइन, निर्माण र प्रविधि विकासको विश्वव्यापी केन्द्र बनाउन सरकारको प्रतिबद्धता स्पष्ट भए बताए ।


    सेमिकन इन्डिया २०२५ ले ४८ देशका प्रतिनिधिहरूसँग एक हजार दुई सय ७५ बुथ र २० हजारभन्दा बढी सहभागीलाई एकै स्थानमा ल्याइदिएको छ । कार्यक्रमले उद्योगका नेताहरू, नवप्रवर्तक, नीति निर्माता, स्टार्टअप र शिक्षाविद्हरूलाई अर्धचालक क्षेत्रमा नवीनतम प्रवृत्ति, अवसर र चुनौतीहरूमा छलफल गर्न, विश्वव्यापी सहयोग प्रवद्र्धन गर्न र स्वदेशी नवप्रवर्तन समर्थन गर्न अवसर दिएको छ ।

    कार्यक्रममा एप्लाइड मटेरियल्स, एएसएमएल, आइबिएम, इन्फिनियन, केएलए, लाम रिसर्च, मर्क, माइक्रोन, पिएसएमसी, र्‍यापिडस, स्यान्डिस्क, सिमेन्स, एसके हाइनिक्स, टाटा इलेक्ट्रोनिक्स, टोकियो इलेक्ट्रोन लगायत विश्वका प्रमुख कम्पनीहरूले सहभागिता जनाएका थिए । प्रधानमन्त्री मोदीको उद्घाटनले भारतको सेमिकन्डक्टर उद्योगमा नवप्रवर्तन, विश्वसनीयता र विश्वसामु प्रतिस्पर्धी क्षमता सुदृढ गर्ने महत्त्वपूर्ण सन्देश पठाएको छ ।

  • भारी मनसुनी वर्षाका कारण भारतद्वारा पाकिस्तानलाई सीमापार थप बाढीको चेतावनी

    भारी मनसुनी वर्षाका कारण भारतद्वारा पाकिस्तानलाई सीमापार थप बाढीको चेतावनी

    एजेन्सी
    १८ भदौ, काठमाडौं । मनसुनी वर्षाबाट आएको बाढीले दुवै मुलुकमा मानवीय क्षति र व्यापक विनाश निम्त्याइरहेकाले भारतले पाकिस्तानलाई केही हप्तामै दोस्रो पटक सम्भावित सीमापार बाढीको चेतावनी दिएको छ । पूर्वी पाकिस्तानको विपद् व्यवस्थापन प्राधिकरणले मङ्गलबार यो चेतावनी जारी गरेको हो । नयाँदिल्लीले सिन्धु जल सन्धि प्रयोग नगरी, इस्लामाबादस्थित भारतीय उच्च आयोगमार्फत ‘मानवीय आधारमा’ यो जानकारी साझा गरेको भारत सरकारका एक अधिकारीले बताएका छन् । सिन्धु जल सन्धि हाल स्थगित अवस्थामा छ ।

    गत महिनाको अन्त्यतिर भारतले बाँधबाट पानी छोड्दा र नदीहरूमा उग्र बहाव आउँदा पाकिस्तानले सीमावर्ती क्षेत्रहरूमा सामूहिक रूपमा स्थानीयवासीलाई सुरक्षित स्थलमा स्थानान्तरण गर्नुपरेको थियो । यी दुई देश मे महिनामा युद्धको नजिक पुगेका थिए र दुवै आणविक शक्ति भएका प्रतिद्वन्द्वीबीच बारम्बार तनाव बढ्दै गएको छ, जसले कूटनीतिक सम्पर्कलाई असामान्य रूपमा प्रभावित पारेको छ ।

    पछिल्लो चेतावनी सतलज नदीको बढ्दो जलस्तरसँग सम्बन्धित छ । यो बाढीको पानी बुधबार पाकिस्तानमा प्रवेश गर्ने अपेक्षा गरिएको छ । तीव्र धारले पहिले नै कसुर, ओकारा, वेहारी र बहावलनगरका सीमावर्ती समुदायहरूलाई प्रभावित गरिसकेको छ । पञ्जाबको विपद् व्यवस्थापन प्राधिकरणका अनुसार भारतीय उच्च आयोगले जलस्रोत मन्त्रालयमार्फत पाकिस्तानलाई यसबारे औपचारिक जानकारी दिएको छ ।

    उत्तरी भारतका धेरै भागमा भारी वर्षा भएको छ । विगत २४ घण्टामा मात्र कम्तीमा १० जनाको मृत्यु भएको छ । यस कारण मङ्गलबार केही विद्यालय र कार्यालयहरू बन्द गर्न बाध्य भएका थिए । करिब तीन करोड मानिस बस्ने भारतको पञ्जाब राज्यमा गत महिनामा मात्र भूस्खलन, बाढी र नदीको उग्र वहावका कारण कम्तीमा २९ जनाले ज्यान गुमाएका छन् । सेनाको सहयोगमा उद्धार टोलीहरूले हजारौँ मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेका छन्।

    नयाँदिल्लीमा हिमालयबाट बग्ने यमुना नदीको जलस्तरले मङ्गलबार खतराको स्तर नाघेको छ, जसले सहरको तल्लो क्षेत्रमा बाढीको जोखिम बढाएको छ ।
    राजधानी बाहिरको गुरुग्राम सहरमा समेत भारी वर्षापछि सडक र अपार्टमेन्टहरू जलमग्न हुँदा गम्भीर यातायात अवरोध उत्पन्न भएको छ । यसैबीच पाकिस्तानको पञ्जाब प्रान्तका अधिकारीहरूले हालका महिनामा मनसुनी बाढीका कारण १० लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको र करिब २४ लाख ५० हजार मानिस प्रत्यक्ष रूपमा प्रभावित भएको बताएका छन् ।

  • दक्षिण-पश्चिमी पाकिस्तानमा राजनीतिक र्‍याली नजिक आत्मघाती विस्फोट, १३ को मृत्यु र ३० घाइते

    दक्षिण-पश्चिमी पाकिस्तानमा राजनीतिक र्‍याली नजिक आत्मघाती विस्फोट, १३ को मृत्यु र ३० घाइते

    एजेन्सी
    १८ भदौ, काठमाडौं । मङ्गलबार राति विद्रोह प्रभावित दक्षिणपश्चिम पाकिस्तानमा एक राष्ट्रवादी पार्टीका समर्थकहरू र्‍यालीबाट बाहिरिँदै गर्दा स्टेडियम बाहिर आत्मघाती आक्रमणकारीले विस्फोट गराउँदा कम्तीमा १३ जनाको मृत्यु भएको र ३० जना घाइते भएको प्रहरी तथा अस्पताल अधिकारीहरूले बुधबार जानकारी दिएका छन् ।

    स्थानीय प्रहरी प्रमुख मजीद कैसरानीका अनुसार बलुचिस्तान प्रान्तको राजधानी क्वेटाको बाहिरी क्षेत्रमा चिहान नजिकै विस्फोट भएको हो । उनले आक्रमणकारीको शरीरका अङ्गहरू घटनास्थलबाट बरामद गरिएको बताए । सरकारी अस्पतालका प्रवक्ता वसीम बेगले १३ जनाको शव र दर्जनौँ घाइतेहरू अस्पताल भर्ना भएको उल्लेख गर्दै तीमध्ये केहीको अवस्था गम्भीर रहेको जानकारी दिए ।

    यस आक्रमणको जिम्मेवारी अहिलेसम्म कुनै समूहले दाबी गरेको छैन । यो र्‍याली दिग्गज राष्ट्रवादी नेता तथा पूर्व प्रान्तीय मुख्यमन्त्री सरदार अताउल्ला मेङ्गलको पुण्यतिथिको अवसरमा आयोजना गरिएको थियो । घटनामा बलुचिस्तान नेसनल पार्टीका नेता अख्तर मेङ्गल सुरक्षित छन्, तर उनका केही समर्थकहरू मारिन पुगेका वा घाइते भएका वरिष्ठ प्रहरी अधिकारी उसामा अमीनले बताए ।


    मेङ्गल सरकारका मुखर आलोचक हुनुहुन्छ र प्रायः बेपत्ता बलुच राष्ट्रवादीहरूको रिहाइको माग गर्दै र्‍यालीहरू आयोजना गर्ने गर्छन् । बलुचिस्तानका मुख्यमन्त्री सरफराज बुगतीले विस्फोटलाई ‘मानवताका शत्रुहरूको कायरतापूर्ण कार्य’ भन्दै कडा शब्दमा निन्दा गरेका छन् । उनले घाइतेहरूलाई उत्कृष्ट उपचार उपलब्ध गराउन र अपराधीहरूलाई न्यायको कठघरामा ल्याउन उच्चस्तरीय अनुसन्धान गर्न आदेश दिएका छन् ।


    इस्लामाबादमा गृहमन्त्री मोहसिन नकवीले पनि आक्रमणको निन्दा गर्दै ‘भारत समर्थित आतङ्कवादीहरू र तिनीहरूको सहयोगीहरूले नागरिकहरूलाई लक्षित गर्दै देशलाई अस्थिर बनाउन खोजेको’ आरोप लगाए । तर उनले आफ्ना दाबीलाई समर्थन गर्ने कुनै प्रमाण प्रस्तुत गर्नुभएन । हालैका महिनामा पाकिस्तान सरकार र मुख्यमन्त्री बुगतीले बारम्बार भारतले पाकिस्तानी तालिबान र बलुच पृथकतावादीहरूलाई समर्थन गरेको आरोप लगाएका छन् । उक्त आरोपलाई भारतले अस्वीकार गर्दै आएको छ ।

    बलुचिस्तान लामो समयदेखि तल्लो स्तरको विद्रोहको केन्द्र बनेको छ । त्यहाँ बलुचिस्तान मुक्ति सेना (बिएलए) जस्ता समूहहरूले केन्द्र सरकारबाट स्वतन्त्रताको माग गर्दै आएका छन् । यी पृथकतावादीहरूले विशेषगरी पञ्जाब प्रान्तका सुरक्षा बल र कामदारहरूलाई लक्षित गरेका छन् ।

    अधिकारीहरूले विद्रोह कम भएको बताए पनि यस क्षेत्रमा हिंसा भने निरन्तर जारी छ । गत जुलाईमा क्वेटाबाट पञ्जाब प्रान्ततर्फ जाँदै गरेका दुईवटा यात्रु बसलाई बलुचिस्तानको राजमार्गमा रोकेर बन्दुकधारीहरूले नौ जनालाई अपहरण गरी हत्या गरेका थिए । यस्ता अधिकांश आक्रमणहरू प्रतिबन्धित बिएलए समूहले दाबी गर्दै आएको छ ।

  • बेइजिङमा पुटिन र किमबीच भेटवार्ता

    बेइजिङमा पुटिन र किमबीच भेटवार्ता

    एजेन्सी
    १८ भदौ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङ–उनले चीनको राजधानी बेइजिङमा भेटवार्ता गरेका छन् । दोस्रो विश्वयुद्धको अन्त्यको ८०औँ वार्षिकोत्सवका अवसरमा चिनियाँ राजधानीको मुटुमै आयोजना गरिएको भव्य सैन्य परेडमा सहभागिता जनाएपछि दुवै नेताले दियाओयुताई राज्य अतिथिगृहमा औपचारिक भेट गरेका थिए ।

    क्रेमलिनले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै पुटिन र किम एउटै कारमा औपचारिक स्वागतदेखि वार्तास्थलसम्म सँगै पुगेको उल्लेख गरेको छ । बैठक सुरु हुँदा पत्रकारहरूलाई सम्बोधन गर्दै पुटिनले युक्रेनसँगको युद्धमा रुसी सेनासँगै लडेका उत्तर कोरियाली सैनिकहरूको साहस र वीरताको प्रशंसा गरे ।


    दक्षिण कोरियाको अनुमानअनुसार, गत वर्षदेखि उत्तर कोरियाले करिब १५ हजार सैनिक रुस पठाइसकेको छ । यससँगै उसले ब्यालेस्टिक मिसाइल र तोपखानासहित ठूलो मात्रामा सैन्य उपकरण पनि उपलब्ध गराएको छ, जसले युक्रेनमा पुटिनको तीन वर्ष लामो आक्रमणलाई थप बल प्रदान गरेको छ ।

    प्रारम्भिक टिप्पणीमा किमले गत वर्ष जुनमा प्योङयाङमा सम्पन्न शिखर सम्मेलनपछि मस्को–प्योङयाङबीचको रणनीतिक साझेदारी उल्लेखनीय रूपमा मजबुत भएको बताए । युद्धबारे प्रत्यक्ष रूपमा उल्लेख नगरी उहाँले भन्नुभयो, “यदि म तपाईं र रुसका जनताका लागि केही गर्न सक्छु भने र त्यस्तो आवश्यक छ भने म त्यसलाई भ्रातृ कर्तव्यको रूपमा लिन्छु । यो हाम्रो साझा दायित्व हो, जसलाई पूरा गर्न म सबै प्रकारले सहयोग गर्न तयार छु ।”

    बेइजिङको वार्षिकोत्सव समारोहले किमको १४ वर्ष लामो शासनकालमा पहिलो पटक प्रमुख बहुपक्षीय कार्यक्रममा उपस्थिति जनाएको हो । यस अवसरमा पहिलो पटक किम, पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङ एउटै स्थानमा भेला भएका थिए । पर्यवेक्षकहरू किमले सीसँग द्विपक्षीय भेट गर्नुहुन्छ कि वा सी र पुटिनसँग त्रिपक्षीय निजी बैठक बस्नुहुन्छ भन्ने विषयमा चासो दिइरहेका छन् । तर हालसम्म कुनै पक्षले त्यसबारे आधिकारिक पुष्टि गरेको छैन ।