श्रीलंकामा नयाँ राष्ट्रपति छान्न मतदान हुँदै

काठमाडौं । व्यापक प्रदर्शनबाट राष्ट्रपति हटेको डेढ वर्षपछि श्रीलङ्कामा नयाँ राष्ट्रपति चयनका लागि शनिवार निर्वाचन हुँदै छ। देशको नवौँ कार्यकारी राष्ट्रपति चयनका लागि बिहान ७ बजेदेखि मतदान सुरु भएको छ । श्रीलङ्काको सबैभन्दा खराब आर्थिक सङ्कटसँगै सुरु भएको प्रदर्शन उत्कर्षमा पुगेपछि सन् २०२२ को जुलाईमा मा राष्ट्रपति गोटाबय राजपक्षले राजीनामा दिएका थिए। राष्ट्रपति पदमा आसीन… Continue reading श्रीलंकामा नयाँ राष्ट्रपति छान्न मतदान हुँदै

मालीको राजधानीमा आतंकवादी आक्रमण, कम्तिमा ७७ जना मारिए

काठमाडौं । मालीको राजधानी बामाकोमा सैनिक प्रहरी तालिम शिविर र सैनिक विमानस्थललाई लक्षित गरी भएको जिहादी आक्रमणमा ७७ जनाको मृत्यु र दुई सय ५५ जना घाइते भएका छन् । पछिल्ला वर्षहरूमा सुरक्षा बलहरूले भोग्नुपरेको यो सबैभन्दा उच्च हताहतको घटनाहरू मध्ये एक हो । मृतकको सङ्ख्या लगभग एक सय पुगेको र ८१ जनाको नाम सूचीकृत गरेको… Continue reading मालीको राजधानीमा आतंकवादी आक्रमण, कम्तिमा ७७ जना मारिए

प्यालेस्टिनी भूभागबाट इजरायल हट्नु पर्ने प्रस्ताव पारित, नेपाल तटस्थ

काठमाडौं । प्यालेस्टिनी भूभागबाट इजरायल हट्नुपर्ने प्रस्ताव संयुक्त राष्ट्र संघको महासभाबाट पारित भएको छ । यो प्रस्तावमा भने नेपाल तटस्थ बसेको थियो । प्यालेस्टाइनले गरेको उक्त प्रस्तावको पक्षमा रुस, चीन, फ्रान्स, बंगलादेश, भुटान, श्रीलंका, पाकिस्तान, माल्दिभ्स सहित १२४ देश उभिएका थिए । अमेरिकासहित १४ देशले विपक्षमा मतदान गरे । संयुक्त राष्ट्रसंघका स्थायी सदस्यहरुमध्ये विपक्षमा उभिएको… Continue reading प्यालेस्टिनी भूभागबाट इजरायल हट्नु पर्ने प्रस्ताव पारित, नेपाल तटस्थ

लेवनानमा पेजर र वाकीटकी विष्फोटपछि संसारभर सुरक्षा चासो

People gather outside a hospital after hundreds were seriously wounded by exploding communications devices, in Beirut, Lebanon, on 17 September 2024 (Mohamed Azakir/Reuters)

काठमाडौं । यस साता लेबनानभर भएको अपत्यारिलो आक्रमणमा हिजबुल्लाहद्वारा प्रयोग गरिएका पेजर र वाकी(टाकी विस्फोटमा ३७ जनाको मृत्यु भएको छ । दुई हजार नौ सयभन्दा बढी घाइते भएका छन् । दुई दिनसम्म भएका यी विस्फोटले इरान समर्थित उग्रवादी समूह हिजबुल्लाहलाई ठूलो धक्का पुगेको छ । उसले आफ्नो कट्टर शत्रु इजरायलमाथि आक्रमणको दोष लगाएको छ र… Continue reading लेवनानमा पेजर र वाकीटकी विष्फोटपछि संसारभर सुरक्षा चासो

बेवनन र सिरियामा पेजर आक्रमण, कम्तिमा ९ जना मारिए–२ हजार घाइते

People gather outside a hospital after hundreds were seriously wounded by exploding communications devices, in Beirut, Lebanon, on 17 September 2024 (Mohamed Azakir/Reuters)

काठमाडौं । लेवनन र सिरियामा मंगलबार अपराह्न सयौंको संख्यामा पेजरबाट आक्रमण भएको छ । बिबिसीका अनुसार विस्फोटमा परी अहिलेसम्म ९ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा उग्रवादी समूह हिजबुल्लाहका सदस्य र एक बालिका छन्। घटनामा २ हजार सात सय पचास जनाभन्दा बढी घाइते भएका छन्। घाइतेमध्ये दुई सय जनाको अवस्था गम्भीर भएको लेबननका स्वास्थ्य मन्त्री… Continue reading बेवनन र सिरियामा पेजर आक्रमण, कम्तिमा ९ जना मारिए–२ हजार घाइते

दिल्लीका मूख्यमन्त्री केजरीवालले दिए राजिनामा, आतिशी नयाँ मूख्यमन्त्री

काठमाडौं । भारतको दिल्ली राज्यका मुख्यमन्त्री अरविन्द केजरीवालले पदबाट राजीनामा दिएका छन् । केजरीवालले दिल्लीका उपराज्यपाल भीके सक्सेनासमक्ष राजीनामा बुझाएको बीबीसीले जनाएको छ । आतिशी मार्लेना दिल्लीको नयाँ मुख्यमन्त्री बनेकी छिन् । आम आदमी पार्टीको विधायक दलको बैठकले आतिशीलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको छ । दिल्ली सरकारका मन्त्री गोपाल रायले आतिशी कठिन परिस्थितिमा दिल्लीको मुख्यमन्त्री… Continue reading दिल्लीका मूख्यमन्त्री केजरीवालले दिए राजिनामा, आतिशी नयाँ मूख्यमन्त्री

यूरोपका विभिन्न शहरमा बाढी, कम्तिमा ८ जनाको मृत्यु

file

काठमाडौं । मध्य तथा पूर्वी युरोपका विभिन्न देशमा दशकयताकै ठूलो बाढीका कारण कम्तीमा ८ जनाको ज्यान गएको छ । बाढीका कारण रोमानियामा ६ जनाले ज्यान गुमाएका बीबीसीले जनाएको छ । पोल्यान्ड र अस्ट्रियामा एक–एक जनाको मृत्यु भएको हो । रोमानियका गृहमन्त्री कटालिन प्रेडोयुले देशका विभिन्न सात क्षेत्रमा बाढीले निकै क्षति पुर्‍याएको जनाएका छन् । उनले… Continue reading यूरोपका विभिन्न शहरमा बाढी, कम्तिमा ८ जनाको मृत्यु

क्यानडासँग हार्यो नेपाल, ब्याटिङ कमजोर

काठमाडौं । नेपाल आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजमा घरेलु टोली क्यानडासँग खराब ब्याटिङ गर्दै १०३ रनले पराजित भएको छ । नेपालको ओडीआईमा क्यानडासँग यो पहिलो हार हो । २५४ रनको लक्ष्य पछ्याएको नेपाल ४०.१ ओभरमा १५० रनमा अल आउट भयो । नेपालका करण केसीले २४ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक २७ रन बनाए… Continue reading क्यानडासँग हार्यो नेपाल, ब्याटिङ कमजोर

गाम्बियाले नेपालको खनिज र पर्यटनमा लगानी गर्न चासो देखायो

काठमाडौं । जाम्बियाले नेपालको खनिज र पर्यटनमा लगानी गर्न चासो देखाएको छ । नेपालको ४ दिने भ्रमणका रहेका नेपालका लागि जाम्बियाका गैरआवासीय राजदूत पर्सि प्याट्सन चन्दाले राष्ट्रपति रामचन्द्र पौडेल, विभागीय मन्त्री र निजी क्षेत्रसँगको भेटमा यस्तो जानकारी गराएका हुन् । उनले उद्योगमन्त्री दामोदर भण्डारीसँगको भेटमा नेपालको खानी तथा खानीजन्य क्षेत्रमा प्राविधिक तथा आर्थिक लगानीको प्रस्ताव… Continue reading गाम्बियाले नेपालको खनिज र पर्यटनमा लगानी गर्न चासो देखायो

जेलमुक्त हुनासाथ किन मूख्यमन्त्रीको पद छाड्ने घोषणा गरे केजरीवालले ?

काठमाडौं । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले राजीनामा दिने घोषणा गरेका छन् । तिहाड जेलबाट छुटेको दुई दिनपछि आइतबार आम आदमी पार्टीको मुख्यालयमा आयोजित कार्यक्रममा उनले अबको दुई दिनपछि राजीनामा दिने बताएका हुन् । सराब घोटाला प्रकरणमा सरकारी निकाय ईडीले पक्राउ गरेलगत्तै भारतीय जनता पार्टी (बीजेपी) ले मुख्यमन्त्री केजरीवालको राजीनामा मागेको थियो । तर सर्वोच्च अदालतले… Continue reading जेलमुक्त हुनासाथ किन मूख्यमन्त्रीको पद छाड्ने घोषणा गरे केजरीवालले ?

कंगोमा सत्ताच्यूतको आरोपमा ३७ जनालाई मृत्युदण्डको सजाय, तीन अमेरिकी

काठमाडौं । डीआर कङ्गोमा राष्ट्रपतिलाई सत्ताच्युत पार्न प्रयास गरेको भन्दै ३७ जनालाई मृत्युदण्डको सजाय सुनाइएको छ। जसमा तीन जना अमेरिकी, एक जना ब्रिटिश, एक जना बेल्जिअन र एक जना क्यानडेली नागरिक समेत छन्। ती मानिसलाई गत मे महिनामा राष्ट्रपति निवास र राष्ट्रपति फेलिक्स चिसकेडीका एक जना साझेदारको घरमा भएका हमलाको नेतृत्व गरेको आरोप लगाइएको छ।… Continue reading कंगोमा सत्ताच्यूतको आरोपमा ३७ जनालाई मृत्युदण्डको सजाय, तीन अमेरिकी

कस्तो छ आजको विनिमय दर ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ९३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ५३ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४८ रुपैयाँ ४९ पैसा र बिक्रीदर एक सय ४८… Continue reading कस्तो छ आजको विनिमय दर ?

अन्तरिक्षमा अड्किएका दुई यात्री भन्छन् : स्टेशनबाटै मतदान गर्न उत्सुक छौं

काठमाडौं । नासाका अमेरिकी अन्तरिक्ष यात्री सुनीता विलियम्स र बुच विलमोरले अन्तरिक्षमा अझै सन् २०२५ को फेब्रुअरीसम्म बस्नुपर्ने भएपछि आसन्न अमेरिकी राष्ट्रपति चुनावमा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आइएसएस)बाट मतदान गर्न उत्सुक रहेको बताएका छन् । अन्तरिक्ष यान स्टारलाइनर पृथ्वीमा फर्किएको एक हप्तापछि शुक्रबार आयोजित पत्रकार सम्मेलनमा विलियम्स र विल्मोरले आइएसएसबाट सहभागी भएको न्यूओर्क टाइम्सले जनाएको छ… Continue reading अन्तरिक्षमा अड्किएका दुई यात्री भन्छन् : स्टेशनबाटै मतदान गर्न उत्सुक छौं

पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरानलाई आरोपमुक्त गर्न अदालतको अश्विकार

पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरानलाई आरोपमुक्त गर्न अदालतको अश्विकारकाठमाडौं । पाकिस्तानको एक अदालतले पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीको भ्रष्टाचारको मुद्दामा सन् १९९९ को संशोधित राष्ट्रिय उत्तरदायित्व अध्यादेशअन्तर्गत आरोपमुक्त माग गर्दै दायर गरेको जाहेरी अस्वीकार गरेको छ । संशोधित राष्ट्रिय उत्तरदायित्व अध्यादेशको आधारमा खानले आफूविरुद्धको मुद्दा सङ्घीय मन्त्रिपरिषद् बैठकको आधारमा सुरु गरी कानुनले… Continue reading पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरानलाई आरोपमुक्त गर्न अदालतको अश्विकार

चीनले बढायो अवकास हुने उमेर

AFP

काठमाडौं । चीनले अवकाश (रिटायरमेन्ट)को उमेर बढाएको छ । सरकारले अवकाशको उमेर बढाउने प्रस्ताव शुक्रबार स्वीकृत गरेको हो । यसअनुसार अब ब्लू कलर जब (फ्याक्टी, कन्स्ट्रक्सन जस्ता श्रम गर्नुपर्ने क्षेत्रको काम) का लागि महिलाको उमेर ५० वर्षबाट बढाएर ५५ वर्ष कायम गरिएको छ । यस्तै ह्वाइट कलर (पेशेवर) महिलाका लागि उमेर हद ५५ बाट ५८… Continue reading चीनले बढायो अवकास हुने उमेर

जेलमुक्त भए दिल्लीका मुख्यमन्त्री केजरीवाल

काठमाडौं । सर्वोच्च अदालतले आदेशपछि दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल जेलमुक्त भएका छन् । तिहाड जेलबाट बाहिर आएका केजरीवालले आफ्नो हौसला १०० गुणा बढेको प्रतिक्रिया दिएका छन् । भारतको सर्वोच्च अदालतले शुक्रबार आम आदमी पार्टीका प्रमुख समेत रहेका मुख्यमन्त्री केजरीवाललाई १० लाख धरौटीमा छोड्न आदेश दिएको थियो । ईडीले केजरीवाललाई २१ मार्चमा पक्राउ गरेको थियो ।… Continue reading जेलमुक्त भए दिल्लीका मुख्यमन्त्री केजरीवाल

संयुक्त राष्ट्रसंघको ७९ औं महासभा सुरु

काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभाको ७९ औं सत्र विहीबारदेखि औपचारिक रुपमा सुरु भएको छ । ७८ औं सत्रका अध्यक्ष डेनिस फ्रान्सिसले ७९ औं सत्रका अध्यक्ष फिलेमान यङ्गले हथौडा हस्तान्तरण गरेपछि औपचारिक रुपमा सुरु भएको हो । सत्रलाई सम्बोधन गर्दै क्यामरुनका पूर्व प्रधानमन्त्री समेत रहेका यङ्गले जलवायु परिवर्तन, हिंस्रक संघर्ष र दिगो विकासको धिमा गति लगायत… Continue reading संयुक्त राष्ट्रसंघको ७९ औं महासभा सुरु

भियतनाममा आँधी, १२७ को मृत्यु

काठमाडौं । उत्तरी भियतनाममा शक्तिशाली टाइफुन यागी आँधीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ सय २७ जना पुगेको छ । गएको शनिवार आएको शक्तिशाली टाइफुन पछि भइरहेको ठूलो वर्षा, पहिरो र बाढीमा परी अरु ५४ जना हराइरहेका छन् । पछिल्लो ३० वर्षमा भियतनाममा आएको सबैभन्दा शक्तिशाली आँधीले देशको उत्तरी भागमा विनाश निम्त्याएको छ भने १५ लाख… Continue reading भियतनाममा आँधी, १२७ को मृत्यु

विश्वविजेता अर्जेण्टिनालाई कोलम्बियाले हरायो

काठमाडौं । फिफा विश्वकपको दक्षिण अमेरिकी छनोटमा कोलम्बियाले विश्व विजेता अर्जेन्टिनालाई २–१ ले पराजित गरेको छ । कोलम्बियाको लागि कप्तान जेम्स रोड्रिग्वेज एक गोल र एक असिस्ट तथा यरसन मोस्केराले एक गोल गरे । खेलको २५औं मिनेटमा मोस्केराले रोड्रिग्वेजको पासमा गोल गर्दै कोलम्बियालाई अग्रता दिलाएका थिए । पहिलो हाफमा पछि परेको अर्जेन्टिनाले दोस्रो हाफमा सुरुमै… Continue reading विश्वविजेता अर्जेण्टिनालाई कोलम्बियाले हरायो

राष्ट्रसङ्घको ७९औँ महासभा मंगलबारबाट, प्रधानमन्त्री ओलीको सम्बोधन १० असोजमा

काठमाडौं । कसैलाई पनि पछाडि नछाडौँः सँगसँगै कार्य गर्दै शान्तिको प्रगति, दिगो विकास र मानव सम्मान वर्तमान र भावी पुस्ताका लागि’भन्ने नाराका साथ संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभा अमेरिकाको न्युयोर्कमा मंगलबारदेखि सुरु हुँदैछ । राष्ट्रसङ्घको महासभा मंगलबारदेखि सुरु भए पनि उच्चस्तरीय साधारण छलफल भने आगामी असोज ८ गतेदेखि हुनेछ । उक्त छलफल असोज १२ गतेसम्म हुने… Continue reading राष्ट्रसङ्घको ७९औँ महासभा मंगलबारबाट, प्रधानमन्त्री ओलीको सम्बोधन १० असोजमा

भारतमा चट्याङ्ग लागेर ७ जनाको मृत्यु

काठमाडौं । भारतको छत्तीसगढमा चट्याङ लागेर ७ जनाको ज्यान गएको छ । छत्तीसगढको बालोदबजार जिल्लामा चट्याङ पर्दा अरु थुप्रै मानिस घाइते भएका छन् छत्तीसगढका मुख्यमन्त्री विष्णु देव साईले मोहत्रा गाउँमा चट्याङ लागेर ७ जनाको ज्यान गएको र कैयौँ घाइते भएका पुष्टि गरेका छन् । उनले घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेलाई तत्काल उपचारका लागि अस्पताल पुर्‍याएको… Continue reading भारतमा चट्याङ्ग लागेर ७ जनाको मृत्यु

भारतको मणिपुर पुनः अशान्त, कारण के हो ?

file

काठमाडौं । भारतको मणिपुर राज्यमा विद्रोहीले रकेट प्रहार गर्दा एक जना सर्वसाधारणको मृत्यु हुनुका साथै अन्य छ जना घाइते भएपछि शनिबारदेखि विद्यालयहरू बन्द गर्ने आदेश दिइएको छ । जातीय विभाजनका कारण एक वर्षअघि मणिपुरमा हिन्दू मेइतेई बहुमत र इसाई कुकी समुदायबीच लडाइँ सुरु भएको थियो । स्थानीय सरकारको सूचनामा ‘विद्यार्थी र शिक्षकहरूको सुरक्षाका लागि राज्यका… Continue reading भारतको मणिपुर पुनः अशान्त, कारण के हो ?

डढेकोको चपेटामा जर्मनी, के छ अवस्था ?

Martin Bernetti / AFP / Getty

काठमाडौं । मध्य जर्मनीको पहाडी क्षेत्रमा लागेको भीषण डढेलो नियन्त्रणका लागि शनिबार अग्नि नियन्त्रक र विमानले प्रयास तीव्र पारेका छन् । हर्ज पर्वतमा शुक्रबारदेखि धेरैतिरबाट डढेलो सुरु भएको र साँझसम्ममा यसले भीषण रूप लिएको थियो । स्याक्सोनी–अनहाल्ट राज्यको हर्ज जिल्लाका अधिकारीहरूका अनुसार ब्रोकेन पर्वतमा करिब १५० अग्नि नियन्त्रक, विमान र हेलिकोप्टरहरू तैनाथ गरिएको छ र… Continue reading डढेकोको चपेटामा जर्मनी, के छ अवस्था ?

केन्यामा विद्यालयमा आगलागी, कम्तिमा १७ जना मारिए

file

काठमाडौं । केन्यामा एउटा विद्यालयमा आगलागी हुँदा कम्तीमा १७ विद्यार्थीको मृत्यु भएको प्रहरीले जनाएको छ। मध्यकेन्याको न्येरी काउन्टीमा बिहीवार राति भएको उक्त घटनामा परेर गम्भीर रूपमा जलेका एक दर्जनभन्दा बढी बालबालिकालाई अस्पताल लगिएको छ। मृतकको सङ्ख्या बढ्न सक्ने प्रहरीले जनाएको छ।केन्याका राष्ट्रपति विलिअम रुटोले भयङ्करू र विनाशकारी घटना भएको भन्दै छानबिन गर्न आदेश दिएका छन्।… Continue reading केन्यामा विद्यालयमा आगलागी, कम्तिमा १७ जना मारिए

अमेरिकी राष्ट्रपति बाइडेनका छोराले स्वीकार गरे कर छलिको अभियोग, अब के हुन्छ ?

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनका छोरा हन्टर बाइडेनले संघीय कर सम्बन्धी मुद्दामा गल्ती गरेको अभियोग स्वीकार गरेका छन्। हन्टरले कर छलेको र करका लागि झुटो व्यहोरा बुझाएको सम्बन्धी लस एन्जलसको संघीय अदालतमा चलिरहेको मुद्दामा उनले बिहीबार एक्कासी नौ वटा कसुर गरेर घटीमा १४ लाख डलर कर नतिरेको स्वीकार गरेका छन्। अदालतमा सो मुद्दा हेर्ने… Continue reading अमेरिकी राष्ट्रपति बाइडेनका छोराले स्वीकार गरे कर छलिको अभियोग, अब के हुन्छ ?

पेरिसमा डुङ्गा दुर्घटना, कम्तीमा १३ आप्रवासीको निधन

file

काठमाडौं । इङ्ग्लिस च्यानल पार गर्ने प्रयासमा मङ्गलबार एउटा डुङ्गा क्षतिग्रस्त हुँदा १३ आप्रवासीको मृत्यु भएको उद्धार कार्यमा प्रयोग भइरहेको फ्रान्सेली तटीय सहरका मेयरले बताएका छन् । दर्जनौँ आप्रवासी व्यस्त च्यानलको खतरनाक पानीमा डुबेका थिए । “दुर्भाग्यवश डुङ्गाको तल्लो भाग खुल्यो”, बोलोग्ने–सुर–मेरको माछा मार्ने बन्दरगाह नजिकैको ले पोर्टेलका मेयर ओलिभियर बार्बरिनले भने, “यहाँ पीडितहरूको उपचारका… Continue reading पेरिसमा डुङ्गा दुर्घटना, कम्तीमा १३ आप्रवासीको निधन

कंगोमा जेल तोडेर भाग्ने प्रयास, कम्तिमा १२९ जनाको मृत्यु

काठमाडौं । गणतन्त्र कङ्गोको सबैभन्दा ठूलो जेल तोड्ने प्रयासमा कम्तीमा एक सय २९ जनाको ज्यान गएको छ । ५५ जनाभन्दा धेरै घाइते भएका कङ्गोका आन्तरिक मन्त्री ज्याक्वेमेन शाबानीलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ । जेल तोड्ने प्रयासलाई रोक्न नसकेपछि गोली चलाउनुपरेको उनले बताए । धेरै मानिसहरू भीडभाडमा कुल्चिएर पनि मारिएका तथा घाइते भएका… Continue reading कंगोमा जेल तोडेर भाग्ने प्रयास, कम्तिमा १२९ जनाको मृत्यु

रुसले दुई दर्जन पत्रकारसहित ९२ अमेरिकीलाई लगायो प्रवेश प्रतिवन्ध

काठमाडौं । रुसले दुई दर्जनभन्दा बढी पत्रकारसहित ९२ अमेरिकी नागरिकमाथि प्रतिबन्ध लगाएको रुसी विदेश मन्त्रालयले बिहीबार घोषणा गरेको छ । ‘‘मस्कोलाई रणनीतिक पराजय गराउने’ घोषित लक्ष्यका साथ बाइडेन प्रशासनको ‘रूसोफोबिक’ नीतिको प्रतिक्रियामा प्रतिबन्ध लगाइएको हो,” रुसको राष्ट्रिय समाचार संस्था तासले जनाएको छ । रुसले प्रतिबन्ध लगाएको अमेरिकी नागरिकको सूचीमा अमेरिकी सरकारका सदस्यहरू, प्रजातन्त्र समर्थक कार्यकर्ता,… Continue reading रुसले दुई दर्जन पत्रकारसहित ९२ अमेरिकीलाई लगायो प्रवेश प्रतिवन्ध

पाकिस्तानमा गाडीबाट झारेर ३९ जनालाई सडकमै हानियो गोली

काठमाडौं । पाकिस्तानको बलोचिस्तान प्रान्तमा सशस्त्र आक्रमणकारीहरूले गोली हानी कम्तीमा ३९ जनालाई मारेका छन् । आइतवार राति आक्रमणकारीहरूले उक्त दक्षिणपश्चिमी प्रान्तस्थित एउटा राजमार्गमा बस र ट्रकबाट मानिसहरूलाई बाहिर निकालेर परिचयपत्र जाँच्दै गोली हानेको बताइएको छ। सरकारी सुरक्षाकर्मीहरूले प्रत्याक्रमण गर्दा विभिन्न स्थानमा गरी कम्तीमा १२ जनाको मृत्यु भएको बीबीसी उर्दूले जनाएको छ। बलोचिस्तान प्रान्तमा साम्प्रदायिक, जातीय… Continue reading पाकिस्तानमा गाडीबाट झारेर ३९ जनालाई सडकमै हानियो गोली

रुसले युक्रेनमा थाल्यो मिसाइल आक्रमण

OLEKSANDR TRETYAK\BBC

काठमाडौं । रुसले युक्रेनमा मिसाइल र ड्रोनमार्फत् आक्रमण गर्दा कम्तिमा ७ जनाको मृत्यु भएको छ । युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले रुसले एक सयभन्दा बढी ड्रोन र मिसाइलबाट आक्रमण गरेको बताए । रुसले कियभ, खारकिभ, ओडेसा र पश्चिमी क्षेत्रमा आक्रमण गरेको हो । युक्रेनका प्रधानमन्त्री डेनिस शमिशालले पनि देशका १५ क्षेत्रका शहरहरुमा विष्फोट भएको बताएका छन्… Continue reading रुसले युक्रेनमा थाल्यो मिसाइल आक्रमण