स्कटल्याण्डमा आगलागीमा परी दुई नेपाली दिदीबहिनीको निधन

काठमाडौं । स्कटल्यान्डस्थित एबरडिन सहरमा आगलागीमा परी दुई नेपाली दिदीबहिनीको मृत्यु भएको छ । एबरडिनको ब्याक हिल्टन रोड बस्ने अन्दाजी २२ वर्षीया आँचल सुवेदी र २४ वर्षीया शिक्षा सुवेदीको गत सोमबार साँझ ६ बजे भएको आगलागीमा परेर मृत्यु भएको हो । छिमेकीको तल्लो फ्ल्याटमा आगो लागेपछि दोस्रो तल्लामा रहेका उनीहरु आत्तिँदै भुईंतलामा झर्दा धुंवाको मुस्लोले… Continue reading स्कटल्याण्डमा आगलागीमा परी दुई नेपाली दिदीबहिनीको निधन

भारतमा पहिलो चार महिनाका लागि आज बजेट आउँदै

काठमाडौं । भारतीय केन्द्रीय वित्त मन्त्री निर्मला सीतारमणले आज संसदमा वित्त वर्ष २०२४\२५ को पहिलो चार महिनाका लागि अन्तरिम बजेट पेश गर्दैछिन् । मोदी सरकारको दोस्रो कार्यकालको यो अन्तिम बजेट हुनेछ । वित्तमन्त्री सीतारमणको यो कुल छैठौं र पहिलो अन्तरिम बजेट हुनेछ । निर्मला सीतारमणले बिहान ११ बजे लोकसभामा बजेट भाषण पढ़न सुरु गर्ने तयारी… Continue reading भारतमा पहिलो चार महिनाका लागि आज बजेट आउँदै

झारखण्डका मूख्यमन्त्री किन परे पक्राउ ?

काठमाडौं । भारतको झारखण्डका मुख्यमन्त्री हेमन्त सोरेनलाई जग्गा घोटाला सम्बन्धी आरोपमा प्रवर्तन निर्देशालय (ईडी) को टोलीले पक्राउ गरेको छ । बुधबार दिनभर झारखण्डको राँचीमा उनकै निवासमा बयान लिएको ईडीले गतरात मुख्यमन्त्री सोरेनलाई पक्राउ गरेको हो । पक्राउ परेकोबारे औपचारिक घोषणा हुनुपूर्व सोरेनले राति नै राज्यपालकहाँ गएर मुख्यमन्त्री पदबाट राजिनामा दिएका बीबीसीले जनाएको छ । ईडी… Continue reading झारखण्डका मूख्यमन्त्री किन परे पक्राउ ?

भारतमा कुहिरो कहर-हवाई र रेल सेवामा व्यापक कटौती

Photo : DNA India

काठमाडौं । मङ्गलबार बिहान राजधानी र उत्तर भारतमा बाक्लो कुहिरोका कारण दृश्यता कम भएपछि दिल्ली जाने १९ वटा रेलहरू निर्धारित समयभन्दा पछि हिँडेको रेलवे अधिकारीहरूले जानकारी दिएका छन् । खराब मौसमका कारण जम्मुतवी–दिल्ली एक्सप्रेस, हावडा–दिल्ली डोरोन्थो, हावडा–दिल्ली राजधानी एक्सप्रेस, भुवनेश्वर–दिल्ली राजधानी एक्सप्रेस, डिब्रूगढ–दिल्ली राजधानी एक्सप्रेस र पुरी–दिल्ली एक्सप्रेस ढिला भएका थिए । रेवा–आनन्द विहार टर्मिनल,… Continue reading भारतमा कुहिरो कहर-हवाई र रेल सेवामा व्यापक कटौती

भारतीय सेनाले सोमालियाका समुन्द्री डाकाको कब्जामा रहेका १९ पाकिस्तानीको गरे उद्धार

INDIAN NAVY

काठमाडौं । भारतीय जलसेनाले सोमालियानजिकै समुद्रमा समुद्री डाँकाहरूले अपहरण गरेका १९ पाकिस्तानी नाविकलाई मुक्त गराएका छन्। भारतीय सेनाको पानीजहाज ‘आईएनएस सुमित्रा’ले ३६ घण्टाको अवधिमा दोस्रो पटक कारबाही गर्दै उनीहरूको उद्धार गरेको हो। त्यसअघि समुद्री डाँकाहरूले अपहरण गरेको एउटा इरानी जहाजका १७ जनालाई मुक्त गराइएको भारतीय जलसेनाले जनाएको छ। विगत केही सातामा विभिन्न पानीजहाज र नाविकहरूले… Continue reading भारतीय सेनाले सोमालियाका समुन्द्री डाकाको कब्जामा रहेका १९ पाकिस्तानीको गरे उद्धार

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई १० वर्षको जेल सजाय

काठमाडौं । पाकिस्तानको विशेष अदालतले पूर्वप्रधानमन्त्री इमरान खान र पूर्वविदेशमन्त्री शाह महमूद कुरैशीलाई साइफर केस अर्थात् राज्यको गोप्य सूचना चुहाएको आरोपमा १० वर्षको कैद सजाय सुनाएको छ । अदालतको यो फैसलाले इमरान खानलाई ठूलो झट्का लागेको छ । उनी आमचुनावमा प्रतिस्पर्धा गर्ने तयारीमा थिए । पाकिस्तानमा आउँदो फेब्रुअरी ८ मा आमचुनाव हुँदैछ । इमरान खानको… Continue reading पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई १० वर्षको जेल सजाय

माल्दिभ्सका राष्ट्रपति विरुद्ध आउँदैछ महाअभियोग ?

काठमाडौं । मालदिभ्सको मुख्य विपक्षी दल मालदिभियन डेमोक्रेटिक पार्टी (एमडीपी)ले राष्ट्रपति मोहम्मद मुइज्जुविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने तयारी गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । स्थानीय मिडिया सन इन्टरनेशनलका अनुसार एमडीपीले महाअभियोग प्रस्तावमा पर्याप्त संख्यामा सांसदहरुको समर्थन पाएको छ । एमडीपीका एक सांसदले सन इन्टरनेशनललाई महाअभियोगको तयारीबारे जानकारी दिएका छन् । यद्यपि महाअभियोग प्रस्ताव दर्ता भने भइसकेको… Continue reading माल्दिभ्सका राष्ट्रपति विरुद्ध आउँदैछ महाअभियोग ?

राम मन्दिरको गर्भ गृहमा चाँदीको झाडु प्रयोग हुने

एजेन्सी । भारत अयोध्यास्थित राम मन्दिरमा चाँदीको झाडु प्रयोग हुने भएको छ। दानमा दिइएको चाँदीको झाडू अबदेखि मन्दिरको गर्भ गृहमा प्रयोग हुने भएको हो। अखिल भारतीय माग समाजले राम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टलाई चाँदीको झाडू दान गरेको हो। उक्त झाडू १ हजार ७५१ किलोग्रामको रहेको बताइएको छ। यसैबीच, मन्दिरको उद्घाटन भएको ६ दिनसम्म करिब १९… Continue reading राम मन्दिरको गर्भ गृहमा चाँदीको झाडु प्रयोग हुने

माल्दिभ्सको संसदमा हंगामा, भिडे सत्तापक्ष र विपक्षी

काठमाडौं । मालदिभ्सको संसदमा झडप भएको छ । विपक्षी र सत्ता पक्षका सांसदबीच भएको झडपमा परी केही सांसद घाइते समेत भएका छन् । चीनसँग निकट प्रधानमन्त्री मोहम्मद मुइज्जु नेतृत्वको गठबन्धन सरकारमा ३ मन्त्री र एक महान्यायाधिवक्ता नियुक्तिको प्रस्तावमा भारतसँग निकट प्रमुख प्रतिपक्षी दल मालदिभियन डेमोक्रेटिक पार्टी (एमडीपी)ले विरोध जनाएपछि झडप भएको हो । प्रस्तावित मन्त्रीहरुको… Continue reading माल्दिभ्सको संसदमा हंगामा, भिडे सत्तापक्ष र विपक्षी

चीन र थाइल्याण्डले एक-अर्का मुलुकका नागरिकको भ्रमणमा भिसा नलिने

काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यीले चीन र थाइल्याण्डले आधिकारिकरूपमा मार्च १ देखि ‘भिसामुक्त युग’ मा प्रवेश गर्ने बताएका छन् । दुई पक्षले एकअर्काका नागरिकलाई भिसा छुट दिनेसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन्। थाइल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री पर्णप्री बहिद्धा–नुकारासँगको परामर्शपछि संयुक्त पत्रकार सम्मेलनमा वाङले यस्तो टिप्पणी गरेका छन् । यसले पक्कै पनि द्विपक्षीय जनता–जनताबीचको सम्बन्धलाई नयाँ… Continue reading चीन र थाइल्याण्डले एक-अर्का मुलुकका नागरिकको भ्रमणमा भिसा नलिने

नीतिश कुमार बिहारमा ९ औं पटक बने मूख्यमन्त्री

Photo : The Indian Express

काठमाडौं । भारत बिहारको मुख्यमन्त्रीमा नीतिश कुमार नियुक्त भएका छन् । यसअघि राष्ट्रिय जनता दलको समर्थनमा मुख्यमन्त्री रहेका उनी भारतीय जनना पार्टी बीजेपीको समर्थनमा मुख्यमन्त्री बनेका हुन् । उनले शपथ पनि लिएका छन् । शपथ ग्रहण समारोहमा बीजेपी अध्यक्ष जेपी नड्डा, लोक जनशक्ति पार्टी ९रामविलास० नेता चिराग पासवान सहित धेरै नेताहरू उपस्थित थिए । आज… Continue reading नीतिश कुमार बिहारमा ९ औं पटक बने मूख्यमन्त्री

टर्की र अमेरिकाबीच ‘विग डिल’, २३ अर्ब डलरमा लडाकु विमान किनबेचको सहमति

काठमाडौं । टर्की र अमेरिकाबीच २३ अर्ब डबर बराबरका लडाकु विमान किनबेच गर्ने सहमति भएको छ । स्वीडेनलाई नेटोको सदस्यता अनुमोदन गर्ने निर्णय गरेसँगै अमेरिका र टर्कीबीच लडाकु विमान खरिदको सम्झौता भएको हो । टर्कीले चार वर्षदेखि अमेरिकासँग अत्याधुनिक सैन्य विमान खरिद गर्ने योजना बनाए पनि अमेरिकाले स्वीडेनलाई नेटोको सदस्य बन्ने बाटो खोलिदिनुपर्ने सर्त राखेको… Continue reading टर्की र अमेरिकाबीच ‘विग डिल’, २३ अर्ब डलरमा लडाकु विमान किनबेचको सहमति

निरन्तरको असफलतासँगै बार्सिलोनाका प्रशिक्षक जाभीले गरे पद त्यागको घोषणा

काठमाडौं । बार्सिलोनाले स्पेनी ला लिगामा शनिबार फेरि अर्को हार बेहोरेको छ । नु क्याम्पमा बार्सिलोना भिल्लारियलको हातबाट ५–३ ले पराजित भयो । यो नतिजासँगै शीर्ष स्थानमा रहेको रियल म्याड्रिडसँग दस अंकको दूरीमा रह्यो । यस नतिजासँगै प्रशिक्षक जाभीले यस सिजनको अन्त्यमा क्लब छाड्ने पनि घोषणा गरेका छन् । उनले सन् २०२१ को नोभेम्बरमा बार्सिलोना… Continue reading निरन्तरको असफलतासँगै बार्सिलोनाका प्रशिक्षक जाभीले गरे पद त्यागको घोषणा

इजरायलले नरसंहार गरिरहेको हेगको निष्कर्ष

काठमाडौं । दी हेग अर्थात संयुक्त राष्ट्रसङ्घको सर्वोच्च अदालत (आइसीजे)ले इजरायलले गाजामा नरसंहार गरिरहेको निष्कर्ष निकालेको छ । उसले नरसंहार रोक्नुपर्ने र कब्जा गरिएको क्षेत्रमा ‘तत्काल आवश्यक’ मानवीय सहायता प्रदान गर्नुपर्ने फैसला गरेको छ । विश्वव्यापी ध्यानाकर्षण भएको मुद्दामा शुक्रबार फैसला गर्दै आइसीजेले प्यालेस्टिनीहरूले सामना गरिरहेको जीवनको प्रतिकूल परिस्थितिलाई सम्बोधन गर्न आवश्यक आधारभूत सेवा र… Continue reading इजरायलले नरसंहार गरिरहेको हेगको निष्कर्ष

कार चढाएर सिंह घुमाउने महिला पक्राउ

BBC

काठमाडौं । थाईल्यान्डमा सडकमा कार चढाएर सिंह घुमाउने एक महिला पक्राउ परेकी छिन् । पतायाको सडकमा घरपालुवा सिंह चढेको एउटा कार गुडिरहेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि एक महिला पक्राउ परेको बीबीसीले जनाएको छ । उक्त भिडिओमा पछाडिपट्टिको भाग खुल्ला हुने बेन्ट्ली कारमा सिंहको बच्चा बसेको देखिन्छ। घाँटीमा पेटी बाँधिएको उक्त सिंहलाई कारमा राखेर डुलाउने… Continue reading कार चढाएर सिंह घुमाउने महिला पक्राउ

चीनमा आगलागीमा परी कम्तिमा ३९ जनाको मृत्यु

bbc

काठमाडौं । चीनको जियाङ्सी प्रान्तको एउटा पसलमा आगलागी हुँदा ३९ जनाको ज्यान गएको छ । ९ जना घाइते भएका छन् । घाइते भएकाहरुको उपचार भइरहेको त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएको छ । भवनको तल्लो तल्लाबाट आगलागी शुरु भएको र अझै केही मानिस आगलागीमा फसेका बीबीसीको खबरमा उल्लेख छ । आगलागी पछि चिनियाँ राष्ट्रपति सी जिनपिङले देशमा… Continue reading चीनमा आगलागीमा परी कम्तिमा ३९ जनाको मृत्यु

युक्रेन सीमा नजिक रुसी विमान दुर्घटना ग्रस्त, कम्तिमा ७४ जना मारिए

काठमाडौं । रुस र युक्रेनको सीमामा रुसी विमान दुर्घटनामा परेको छ । यस क्रममा ७४ जनाको ज्यान गएको अन्तर्राष्टिय सञ्चारमाध्यमले जनाएका छन् । चालक दलका ६ सदस्यसहित ७४ जना सवार एक रुसी विमान युक्रेनको सीमा नजिक दुर्घटनामा परेको हो । रुसी रक्षा मन्त्रालयका अनुसार इल्युशिन–७६ नामको सैन्य विमान युक्रेनको नजिक पर्ने बेलगोरोद प्रान्तको याबलोनोवो गाउँमा… Continue reading युक्रेन सीमा नजिक रुसी विमान दुर्घटना ग्रस्त, कम्तिमा ७४ जना मारिए

अमेरिका र बेलायतले यमनमा पुन: थाले आक्रमण

File\cnn

काठमाडौं । संयुक्त राज्य अमेरिका र बेलायतले यमनमा विद्रोही समूह हुथीविरुद्ध संयुक्त हवाई आक्रमण शुरु गरेका छन् । नयाँ हवाई आक्रमणले हुथी समूहको भूमिगत भण्डारण, मिसाइल र यसको निगरानी क्षमतालाई लक्षित गरेको अमेरिकी रक्षा विभाग पेन्टागनलाई उदृत गर्दै बीबीसीले जनाएको छ । इरान समर्थित हुथीहरूले महत्त्वपूर्ण लाल सागर व्यापार मार्गबाट यात्रा गर्ने इजरायल र पश्चिमसँग… Continue reading अमेरिका र बेलायतले यमनमा पुन: थाले आक्रमण

अयोध्यामा चर्चित राम मन्दिरको प्राण-प्रतिष्ठा आज, को -को पुग्दैछन् ?

GETTY IMAGES\BBC

काठमाडौं । अयोध्यामा बनेको भव्य राम मन्दिरमा भगवान रामललाको प्राण प्रतिष्ठा गर्ने कार्यक्रम आज (सोमवार)का लागि राखिएको छ यस अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी प्रमुख अतिथिका रुपमा उपस्थित हुनेछन् । राम जन्मभूमि ट्रस्टका अनुसार कार्यक्रमको सबै तयारी पुरा भएको छ । प्राण प्रतिष्ठा समारोहमा आमन्त्रित व्यक्तिहरु अयोध्या पुग्न सुरु भइसकेको छ । जसमा प्रमुख सन्त,… Continue reading अयोध्यामा चर्चित राम मन्दिरको प्राण-प्रतिष्ठा आज, को -को पुग्दैछन् ?

रुसको एक शहरमा बम विष्फोट, कम्तिमा २५ जनाको मृत्यु

Agency

काठमाडौं । रुस नियन्त्रित दोनेत्स्क सहरमा भएको शक्तिशाली विस्फोटमा कम्तीमा २५ जनाको मृत्यु भएको रुसी सञ्चारमाध्यमले पुष्टी गरेकाछन् । दोनेत्स्क क्षेत्रका रुसी नेता डेनिस पुसिलिनले आक्रमणको पुष्टि गर्दै २५ जनाको ज्यान गएको र २० भन्दा बढी घाइते भएको बताएका छन् । आपतकालिन सेवाका अधिकारीहरू उद्धारका लागि जुटिसकेका र मृतक तथा घाइतेको संख्या बढ्न सक्ने उनको… Continue reading रुसको एक शहरमा बम विष्फोट, कम्तिमा २५ जनाको मृत्यु

चन्द्रमा पुग्ने पाँचौं देश बन्यो जापान

JAXA

काठमाडौं । चन्द्रमामा नियन्त्रित उपकरणद्धारा सफल अवतरण गर्ने मुलुकमा जापान पाँचौं मुलुक बनेको छ । एक जापानी रोबोट चन्द्रमामा सफलतापूर्वक अवतरण गरेको अन्तर्राष्ट्रिय सञ्चामाध्यमले जनाएका छन् । तर त्यसको सौर्य ऊर्जा प्रणालीमा समस्या देखिएसँगै उक्त मिसनले केही घण्टा मात्र काम गर्न सक्ने देखिएको छ। द स्मार्ट ल्यान्डर फर इन्भेस्टिगेटिङ मुन (स्लिम) ‘इक्वेटर’ पनि भनिने चन्द्रमाको… Continue reading चन्द्रमा पुग्ने पाँचौं देश बन्यो जापान

थाई राजसंस्थाको अपमानजनक टिप्पणी गरेको भन्दै ५० वर्षको जेल सजाय

GETTY IMAGES\bbc

काठमाडौं । राजसंस्थाको अपमान हुने खालको टिप्पणीका लागि थाईल्यान्डमा एउटा अदालतले एक व्यक्तिलाई ५० वर्षको जेल सजाय सुनाएको छ। थाई राजसंस्थाको आलोचना गर्न प्रतिबन्ध लगाउने गरी ल्याइएको कानुनअन्तर्गत अहिलेसम्म दिइएको यो सबैभन्दा कठोर सजाय हो। तीन वर्षअघि फेसबुकमा पोस्ट गरेको सामग्रीका लागि यसअघि मङ्कोन तिराकोटलाई दोषी ठहर गर्दै २८ वर्षको जेल सजाय सुनाइएको थियो। अहिले… Continue reading थाई राजसंस्थाको अपमानजनक टिप्पणी गरेको भन्दै ५० वर्षको जेल सजाय

गुजरातमा डुङ्गा दुर्घटना, कम्तीमा १४ जनाको मृत्यु

काठमाडौं । भारतको गुजरातमा रहेको वडोदराको हरनी तालमा डुङ्गा डुब्दा १४ जनाको ज्यान गएको छ । छ जना बेपत्ता भएका छन् ।  हिजो भएको दुर्घटनामा १२ जना बालबालिका र दुई जना शिक्षकको ज्यान गएको बीबीसीले जनाएको छ । डुङ्गामा २७ जना रहेकामा सात जनालाई उद्धार गरेर अस्पतालमा भर्ना गरिएको छ । हराएकाहरुकाे खोजी भइरहेको खबरमा उल्लेख छ… Continue reading गुजरातमा डुङ्गा दुर्घटना, कम्तीमा १४ जनाको मृत्यु

डेनमार्कका युवराज फ्रेडरिक बने नयाँ राजा

news.sky.com

काठमाडौं । डेनमार्कका युवराज फ्रेडरिक राजा घोषित भएका छन् । उनलाई आइतबार डेनमार्कका प्रधानमन्त्रीले औपचारिक रूपमा राजा घोषणा गरेका हुन् ।महारानी मार्गरेट द्वितीयले गद्दी परित्यागको घोषणामा हस्ताक्षर गरेसँगै तत्कालीन युवराज फ्रेडेरिकलाई राजगद्दी हस्तान्तरण गरिएको हो । यसअघि डेनमार्ककी महारानी मार्गरेट द्वितीयले नयाँ वर्षको टेलिभिजन सम्बोधनमा पद त्यागको घोषणा गरेकी थिइन् । त्यही समयमा उनले सिंहासन… Continue reading डेनमार्कका युवराज फ्रेडरिक बने नयाँ राजा

ब्रुनाईका राजकुमारको विवाहले विश्वभर पाएको चर्चा

AFP\BBC

काठमाडौं । एसियाकै सबैभन्दा योग्य वरको उपमा पाएका ब्रुनाईका राजकुमार अब्दुल मतीन विवाह बन्धनमा बाँधिएका छन् । उनको विवाहको चर्चा विश्वभर भइरहेको छ । सैन्य सेवामा गरेको काम र आकर्षक व्यक्तित्वका कारण उनी प्रशंसामा रहने गर्छन् । राजकुमारको विवाह एक सर्वसाधारण महिलासँग भएसँगै उनको चर्चा अझ चुलिएको हो । उनको वैवाहिक कार्यक्रम १० दिनसम्म चलेको… Continue reading ब्रुनाईका राजकुमारको विवाहले विश्वभर पाएको चर्चा

ताइवानका नयाँ राष्ट्रपतिलाई बधाई दिएपछि अमेरिकासँग रिसायो चीन

GETTY IMAGES\BBC

काठमाडौं । ताइवानको राष्ट्रपतिमा निर्वाचित विलियम लाईलाई बधाई दिएपछि अमेरिकासँग चीन रिसाएको छ । अमेरिकाको यस्तो कदमले यो टापुको स्वतन्त्रताका लागि वकालत गरिरहेकाहरूमाझ गलत सन्देश गएको चीनले बताएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले बधाई दिन जारी गरेको वक्तव्यले ताइवानसँग अनौपचारिक सम्बन्ध मात्रै कायम राख्ने वासिङ्टनको प्रतिबद्धता उल्लङ्घन गरेको समेत बेइजिङको टिप्पणी छ। बेइजिङले यस… Continue reading ताइवानका नयाँ राष्ट्रपतिलाई बधाई दिएपछि अमेरिकासँग रिसायो चीन

चीनमा कोइला खानीमा दुर्घटना, कम्तिमा १० जनाको मृत्यु

file

काठमाडौं । चीनको हेनान प्रान्तस्थित कोइला खानीमा भएको दुर्घटनामा कम्तीमा १० जनाको मृत्यु हुनुका साथै छ जना बेपत्ता भएको चिनियाँ सञ्चार माध्यमले शनिबार जनाएका छन् । दुर्घटना कोइलाखानीमा ग्यास विस्फोटको कारण भएको र खोजी तथा उद्धार कार्य जारी रहेको सिसिटिभीले जनाएको छ । चिनियाँ समाचार संस्था सिन्ह्वाले विस्फोट हुँदा ४२५ जनाले भूमिगत काम गरिरहेको बताएको… Continue reading चीनमा कोइला खानीमा दुर्घटना, कम्तिमा १० जनाको मृत्यु

यमनमा विदेशी सेनाले किन गरे आक्रमण ?

File\cnn

काठमाडौं । यमनमा अमेरिकी र बेलायती सैनिकले आक्रमण थालेका छन् । उनीहरुले हुथी विद्रोहीलाई लक्षित गरी हवाई आक्रमण थालेको बीबीसीले लेखेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले गएको नोभेम्बरदेखि लाल सागरमा इरान समर्थित हुथीहरूले गरेको आक्रमणको जवाफमा आक्रमण थालिएको बताएका छन् । नेदरल्यान्ड्स, अष्ट्रेलिया, क्यानडा र बहराइनले पनि मिशनको एक भागको रूपमा सहयोग गरेको उनले… Continue reading यमनमा विदेशी सेनाले किन गरे आक्रमण ?

कोरियामा अब कुकुरको मासुको कारोबारमा प्रतिवन्ध

काठमाडौं । दक्षिण कोरियाको संसद्ले मङ्गलबार कुकुरको प्रजनन, बध तथा मासु बिक्रीमाथि प्रतिबन्ध लगाउने विधेयक पारित गरेको छ । कुकुरको प्रजनन, बध तथा मासु बिक्री गर्ने परम्परागत अभ्यासलाई कार्यकर्ताहरूले मुलुकका लागि शर्मनाक भनेका छन् । कार्यकर्ताहरूका अनुसार कुकुरको मासु लामो समयदेखि दक्षिण कोरियाली परिकारको हिस्सा रहेको छ र एक समयमा उक्त व्यापारका लागि प्रत्येक वर्ष… Continue reading कोरियामा अब कुकुरको मासुको कारोबारमा प्रतिवन्ध

फ्रान्समा ३४ वर्षिय युवा बने प्रधानमन्त्री

France24.com

काठमाडौं । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले आफ्नो राष्ट्रपति पदलाई नयाँ गति दिन युवा प्रधानमन्त्री नियुक्त गरेका छन् । मङ्गलबार उनले ग्याब्रियल एटललाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् । खुलारूपमा आफूलाई समलिङ्गी बताउने ३४ वर्षीय एटल फ्रान्सको सबैभन्दा कम उमेरमा सरकार प्रमुख बनेका हुन् । धेरै दिनको अडकलबाजीसँगै कार्यालयमा दुई वर्षभन्दा कम समय सेवा गरेपछि ६२ वर्षीया… Continue reading फ्रान्समा ३४ वर्षिय युवा बने प्रधानमन्त्री