माइक्रोसफ्टको सर्भरमा समस्या आउँदा विश्वभर सेवा प्रभावित

काठमाडौं । माइक्रोसफ्टको सर्भरमा समस्या आउँदा शुक्रबार विश्वभरिका वायुसेवा कम्पनी, मिडियासहितको सेवा प्रभावित भयो । तर, यसले नेपालमा भने कुनै असर नपारेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । नेपालमा उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीमध्ये टर्किस एयरलाइन्सले यो सफ्टवेयर प्रयोग गरिरहेको छ । तर, उसको आज र भोलि काठमाडौं उडान छैन । अन्य वायुसेवा कम्पनीमा… Continue reading माइक्रोसफ्टको सर्भरमा समस्या आउँदा विश्वभर सेवा प्रभावित

झरनामा रिल बनाउँदा एक युवतीको गयो ज्यान

काठमाडौं । इन्टाग्राम रिल्समा राख्ने भिडियो बनाउने क्रममा भारतको महाराष्ट्रस्थित एक झरनामा युवतिको ज्यान गएको छ । महाराष्ट्रको रायगढ जिल्लास्थित कुम्भे झरनामा आफ्ना साथिहरुसँग घुम्न गएकी युवति अन्वी कामदारको चिप्लिएर ज्यान गएको हो । उनी मुम्बईकी बासिन्दा रहेको बताइएको छ । उनी ३ सय फिट गहिरो खोँचमा झरेकी थिइन् । उनी सोसल इन्फ्यूएन्सर समेत हुन्… Continue reading झरनामा रिल बनाउँदा एक युवतीको गयो ज्यान

भारतको उत्तर प्रदेशमा रेल दुर्घटना, क्षतिको विवरण आउँदै

file

काठमाडौं । भारतको उत्तर प्रदेशमा रेल दुर्घटनामा परेको छ । उत्तर प्रदेशको गोंडा जिल्लामा रेलका केही डिब्बा पटरीबाट उछिट्टिएको समाचारमा जनाइएको छ । घटनामा कसम्तमा दुई जनाको ज्यान गएको र २६ जना घाइते भएको विवरण आएको छ । चन्डीगढ डिबुगढ एक्सप्रेसको रेल दुर्घटनामा परेको हो । दुर्घटनापछि यस रुटको सबै रेल सेवा बन्द गरिएको छ… Continue reading भारतको उत्तर प्रदेशमा रेल दुर्घटना, क्षतिको विवरण आउँदै

बंगलादेशमा हिंसा जारी, टेलिभिजनमा लगाइयो आगो

Photo : AA.COM

काठमाडौं । प्रदर्शनकारीले बिहीबार बङ्गलादेशको मुख्य सरकारी प्रसारक बिटिभीको मुख्यालयमा आगजनी गरेका छन् । आगजनीबाट ‘धेरै मानिस’ कार्यालयभित्र फसेको नेटवर्कले बताएको छ । स्टेसनका एक अधिकारीले नाम उल्लेख नगर्ने सर्तमा सयौँ प्रदर्शनकारीहरूले परिसरमा आक्रमण गर्दै कम्तीमा ६० सवारी साधन र एउटा कार्यालय भवनमा आगो लगाएको बताए । “प्रदर्शनकारीहरूले सबैभन्दा पहिला रामपुरामा एक प्रहरी चौकीमा आगो… Continue reading बंगलादेशमा हिंसा जारी, टेलिभिजनमा लगाइयो आगो

क्रिप्टो व्यवसायले मुलुकको विद्युत आपूर्ति समाप्त पार्ने रुसी राष्ट्रपतिको चेतावनी

KREMLIN.RU/AFP

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार रुसमा क्रिप्टोकरेन्सी व्यवसायका बारेमा चेतावनी दिएका छन् । उनले यसले मुलुकको धेरै विद्युत् आपूर्ति समाप्त गरेको र क्षेत्रीय ऊर्जा अभाव निम्त्याउने जोखिममा पारेको बताए । रुस विश्वको क्रिप्टोकरेन्सी व्यवसायको शीर्ष स्थानमध्येको एक हो । यसमा ह्याङ्गर वा गोदामहरूमा राखिएका हजारौँ कम्प्युटरका अपरेटरहरूले नयाँ क्रिप्टोकरेन्सीको बदलामा लेनदेन मान्य गर्छन्… Continue reading क्रिप्टो व्यवसायले मुलुकको विद्युत आपूर्ति समाप्त पार्ने रुसी राष्ट्रपतिको चेतावनी

फ्रान्समा एक पानी जहाजबाट हराए ४४ कन्टेनर, खोजी सुरु

file

काठमाडौं । फ्रान्सको एक पानीजहाजबाट ४४ वटा कन्टेनर दक्षिण अफ्रिका नजिकै समुद्रमा हराएका छन् । कन्टेनरको खोजी भइरहेको बताइएको छ । दक्षिण अफ्रिकाको पूर्वी तटमा खोजी भइरहेको छ । दक्षिण अफ्रिकी सामुद्रिक सुरक्षा प्राधिकरणले एशियाबाट फ्रान्सको उत्तरी क्षेत्र हाभ्रेतर्फ गइरहेको जहाजले जुलाई ९ मा दक्षिण अफ्रिकी डरबन नजिकै हिन्द महासागरमा खराब मौसमको सामना गर्नुपरेको टाइम्स… Continue reading फ्रान्समा एक पानी जहाजबाट हराए ४४ कन्टेनर, खोजी सुरु

थाइल्याण्डको एक होटेलमा ६ पर्यटक मृत फेला, कारण के हो ?

काठमाडौं । थाइल्यान्डको राजधानी बैङ्ककस्थित एक होटलमा छ विदेशी नागरिक मृत फेला परेका छन् । प्रहरीले उनीहरूलाई विष खुवाइएको आशङ्का गरेको छ । प्रधानमन्त्री श्रेथा थाभिसिनले पत्रकार सम्मेलन गरेर यो घटना चोरीसँग सम्बन्धित र गोलाबारी हुँदा भएको भन्ने हल्ला निराधार रहेको बताएका छन् । उनले शव परिक्षण गरेर मात्र घटनाबारे थप जानकारी हुने भन्दै प्रहरीलाई… Continue reading थाइल्याण्डको एक होटेलमा ६ पर्यटक मृत फेला, कारण के हो ?

बंगलादेशमा हिंस्रक प्रदर्शन, ६ जनाको मृत्यु

AP Photo/Mahmud Hossain Opu

काठमाडौं । बंगलादेशमा हिंस्रक प्रदर्शन हुँदा कम्तिमा ६ जनाको मृत्यु भएको छ । नोकरीमा आरक्षण माग गर्दै बंगलादेशमा आन्दोलन भएको हो । हिस्रक घटनापछि देशभर स्कुल तथा विश्वविद्यालय बन्द गरिएको छ । शिक्षण संस्थाहरु अनिश्चितकालका लागि बन्द भएका हुन् । बंगलादेशमा सरकारी नोकरीमा स्वतन्त्रता सेनानीका बालबच्चालाई आरक्षण दिइएको छ । बंगलादेश १९७१ मा पाकिस्तानबाट छुट्टिएको… Continue reading बंगलादेशमा हिंस्रक प्रदर्शन, ६ जनाको मृत्यु

ट्रम्प र म एक अर्काका विरोधी होइनौं : बाइडेन

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले डोनाल्ड ट्रम्प र आफु एक अर्काका विरोधी नभएको बताएका छन् । गोली काण्डपछि देशका नाममा सम्बोधन गर्दै उनले अमेरिकाले यसअघि धेरै हिंसा भोगिसकेको भन्दै अब सह्य नहुने बताए । उनले यसअघि संसदमा भएको आक्रमणको समेत स्मरण गरे । उनले भने, अमेरिकामा यस प्रकारका हिंसालाई कुनै स्थान छैन । अमेरिकाको… Continue reading ट्रम्प र म एक अर्काका विरोधी होइनौं : बाइडेन

गाजामा इजरायली सेनाको अन्धाधुन्ध आक्रमण, कम्तिमा ९० जना मारिए

काठमाडौं । इजरायली सेनाले गाजाको एक मानवीय क्षेत्रमा अन्धाधुन्ध हवाई आक्रमण गरेको छ । घटनामा कम्तीमा ९० जना मारिएको खबर छ । तीन सय जनाभन्दा धेरै घाइते भएका प्यालेष्टिनी विद्रोही समूह हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । हमासका अनुसार इजरायली सेनाले युद्धक्षेत्रबाट विस्थापित भई बसेका मानिसको बसोबास रहेको क्षेत्रमा आक्रमण गरेको… Continue reading गाजामा इजरायली सेनाको अन्धाधुन्ध आक्रमण, कम्तिमा ९० जना मारिए

अफगानिस्तानमा भयाभह बन्दै दादूरा, कम्तिमा १६० को मृत्यु

काठमाडौं । अफगानिस्तानमा पछिल्लो छ महिनामा दादुराका कारण कम्तीमा १६० जनाको मृत्यु भएको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले जनाएको छ । प्रतिवेदनअनुसार चालु आर्थिक वर्षमा ३६ हजार ६१८ जनामा यो रोग लागेको छ भने १६० जनाको मृत्यु भएको छ । यसमध्ये ८१.१ प्रतिशत दादुराको शङ्कास्पद घटनामा पाँच वर्ष मुनिका बालबालिका र ४५ प्रतिशत महिला रहेका… Continue reading अफगानिस्तानमा भयाभह बन्दै दादूरा, कम्तिमा १६० को मृत्यु

कसले चलायो ट्रम्पमाथि गोली ?

काठमाडौं । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको छ । गोली लागे पनि उनी सुरक्षित रहेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् । घटनास्थलको तस्वीरहरुमा ट्रम्पको कानबाट गालासम्म रगत बगेको देखिन्छ । उनलाई सुरक्षा टोलीले त्यहाँबाट अस्पताल पुर्‍याएका छन् । पेन्सिलभेनियाको ग्रेटर पिट्सबर्ग क्षेत्रको बटलर काउन्टीमा चुनावी र्‍याली गरिरहेका बेला ट्रम्पमाथि गोली प्रहार भएको… Continue reading कसले चलायो ट्रम्पमाथि गोली ?

अमेरिकामा ट्रम्पमाथि गोली प्रहार

काठमाडौं । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको छ । गोली लागे पनि उनी सुरक्षित रहेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् । घटनास्थलको तस्वीरहरुमा ट्रम्पको कानबाट गालासम्म रगत बगेको देखिन्छ । उनलाई सुरक्षा टोलीले त्यहाँबाट अस्पताल पुर्‍याएका छन् । पेन्सिलभेनियाको ग्रेटर पिट्सबर्ग क्षेत्रको बटलर काउन्टीमा चुनावी र्‍याली गरिरहेका बेला ट्रम्पमाथि गोली प्रहार भएको… Continue reading अमेरिकामा ट्रम्पमाथि गोली प्रहार

अल्जेरियाको मरुभूमिा १४ आप्रवासीको शव फेला, कहाँका नागरिक थिए ?

In this UGC photo Syrian Kurdish migrants wait for cars to arrive at a meeting point in a desert near the Libyan-Algeria border in the town of Debdeb, Algeria, on Monday, March 28, 2022. A growing number of Syrian Kurds are making the journey to Europe on a circuitous course that includes travel by car and plane across Lebanon, Egypt, Libya, Algeria, then finally by boat to Spain. (AP Photo)

काठमाडौं । अल्जेरियाको दक्षिणी मरुभूमि प्रान्त इलिजीमा १२ जना सिरियाली आप्रवासीसहित १४ जनाको शव फेला परेको छ । बेपत्ता भएका अरु पाँच जनाको खोजी भइरहेको अल्जेरियामा रहेको सिरियाली दूतावासले जनाएको छ । लिबियाबाट अल्जेरिया पुगेका उनीहरु मरुभूमिमा हराएपछि खोजी भएको थियो । दूतावासका बसेम फारुखले लिबियाका अधिकारीहरूले आप्रवासीलाई भाग्न सघाई अल्जेरिया पुर्‍याइएको आरोप लगाउनु भएको… Continue reading अल्जेरियाको मरुभूमिा १४ आप्रवासीको शव फेला, कहाँका नागरिक थिए ?

युक्रेनमा रुसको अर्को ठूलो आक्रमण, कम्तिमा ४१ को मृत्यु

काठमाडौं । युक्रेनको राजधानी किभसहित विभिन्न सहरमा मिसाइल आक्रमण हुँदा कम्तिमा ४१ जनाको मृत्यु भएको छ। सोमबार दिउँसो राजधानी किभमा रूसी मिसाइल आक्रमण हुँदा कम्तिमा ४१ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। जसमध्ये २७ जनाको मृत्यु राजधानीमा भएको हो। मिसाइलले किभको बाल अस्पतालमा समेत क्षति पुर्‍याएको समाचारमा उल्लेख छ। उक्त आक्रमणपछि अभिभावकहरू… Continue reading युक्रेनमा रुसको अर्को ठूलो आक्रमण, कम्तिमा ४१ को मृत्यु

फ्रान्सको संसदीय चुनावमा वामपन्थी गठबन्धन जित उन्मुख

CNN

काठमाडौं । फ्रान्सको संसदीय चुनावमा वामपन्थी गठबन्धनले जित हात पार्ने देखिएको छ । फ्रान्समा निर्वाचनको प्रारम्भिक रुझान आउँदै गर्दा पेरिसका केही स्थानमा हिंसाका घटना समेत भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । आइतबार दोस्रो तथा अन्तिम चरणको निर्वाचन सकिएको छ । जसमा वामपन्थी गठबन्धन अगाडी देखिएको छ । रुझान आएसँगै हजारौं मासिन पेरिसको सडकमा भेला भएका… Continue reading फ्रान्सको संसदीय चुनावमा वामपन्थी गठबन्धन जित उन्मुख

इजरायल आक्रमणको ९ महिना पुरा, कम्तिमा ४० हजार मानिस मारिए

काठमाडौं । प्यालेस्टिनी विद्रोही समूह हमासले इजरायलमा गएको वर्षको अक्टोबर ८ तारिखमा गरेको आक्रमणको ९ महिना पूरा भएको छ । युद्धमा प्यालेस्टिनी भूमि गाजामा ३८ हजार १ सय जनाभन्दा धेरैको ज्यान गएको छ भने हजारौँ घाइते भएका छन् । युद्धका कारण लाखौँ मानिस विस्थापित भएका छन् । हमासले अक्टोबर ८ मा गरेको आक्रमणमा इजरायलमा १… Continue reading इजरायल आक्रमणको ९ महिना पुरा, कम्तिमा ४० हजार मानिस मारिए

बेलायतमा १४ वर्षपछि लेवर पार्टीको पुनरागमन

agency

काठमाडौं । लेबर पार्टीका नेता सर कियर स्टार्मर संयुक्त अधिराज्य (बेलायत) को नयाँ प्रधानमन्त्री बनेका छन् । बेलायतका राजा चाल्र्स तृतीयले उनलाई शुक्रवार प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् । लेबर पार्टी १४ वर्षपछि सत्तामा फर्केको छ । त्यसअघि प्रधानमन्त्री ऋषि सुनकले शुक्रबार नै राजासमक्ष राजीनामा बुझाएका थिए । बेलायतमा बिहीबार सम्पन्न आम निर्वाचनमा विपक्षी लेबर पार्टीले… Continue reading बेलायतमा १४ वर्षपछि लेवर पार्टीको पुनरागमन

गाजामा स्कुलमा इजरायलको आक्रमण, कम्तिमा १६ जना मारिए

EPA

काठमाडौं । गाजा पट्टीको एक विद्यालयमा इजरायली हवाई हमलामा परी कम्तीमा १६ जनाको मृतयु भएको छ । कैयौं घाइते भएका छन् । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार हजारौं विस्थापितलाई आश्रय दिइएको भवनमा गाजाको मध्य भागमा रहेका भवनमा इजरायलले हवाई हमला गरेको हो । इजरायली रक्षा बलले भने यो भवनमा आतंकवादी रहेको भनेको छ । शिविरको… Continue reading गाजामा स्कुलमा इजरायलको आक्रमण, कम्तिमा १६ जना मारिए

जापानमा जबरजस्ती बन्ध्याकरण गराइएका १६ हजार जनाले क्षतिपूर्ति पाउने

काठमाडौं । जापानमा जबरजस्ती बन्ध्याकरण गरिएका १६ हजार जनाले क्षतिपूर्ति पाउने भएका छन् । सहमतिविना नै बन्ध्याकरण गरिएका उनीहरूलाई सर्वोच्च अदालतको पछिल्लो फैसलासँगै क्षतिपूर्तिको बाटो खुलेको हो । अदालतले अहिले जीवित रहेका पीडितलाई क्षतिपूर्ति दिन भनेको छ । क्षतिपूर्तिको फैसलासँगै पीडितले दशकौँ लामो समयदेखि लड्दै आएको कानुनी लडाइँ पनि निष्कर्षमा पुगेको बीबीसीले जनाएको छ ।… Continue reading जापानमा जबरजस्ती बन्ध्याकरण गराइएका १६ हजार जनाले क्षतिपूर्ति पाउने

अन्तर्राष्ट्रिय विद्यार्थी सीमित गर्ने योजना अस्ट्रेलियाको अर्थतन्त्रका लागि घातक

काठमाडौं । अस्ट्रेलियाको सबैभन्दा ठुलो व्यापारिक समूहले विश्वविद्यालयहरूमा अन्तर्राष्ट्रिय विद्यार्थीहरूको सङ्ख्या सीमित गर्ने सरकारको योजनाले अर्थतन्त्रलाई क्षति पुर्‍याउने चेतावनी दिएको छ । अस्ट्रेलियाका एक सयभन्दा बढी ठुला निगमका प्रमुख कार्यकारी समावेश बिजनेस काउन्सिल अफ अस्ट्रेलिया ९बिसिए० ले बुधबार अीट्रेलियाको अन्तर्राष्ट्रिय विद्यार्थीको प्रवेश कटौतीले देशको आवास आपूर्तिको अभाव समाधान नगरी अर्थतन्त्रलाई नोक्सान पुर्‍याउने जनाएको छ ।… Continue reading अन्तर्राष्ट्रिय विद्यार्थी सीमित गर्ने योजना अस्ट्रेलियाको अर्थतन्त्रका लागि घातक

कोकिनसहित दुई तान्जानियाका नागरिक ठमेलबाट पक्राउ

काठमाडौं । एक किलो दुई सय ४७ ग्राम अवैध लागूऔषध कोकिनसहित दुई विदेशी नागरिक पक्राउ परेका छन् । प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले काठमाडौं महानगरपालिका–१६ ठमेलस्थित एक होटलबाट कोकिनसहित दुई विदेशी नागरिकलाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो । तान्जानियाका नागरिक ४६ वर्षीय रामधानी सिम्बा मवाबुम्बा र ५२ वर्षीय तवालिब किपेवु पशुआ पक्राउ परेका छन्… Continue reading कोकिनसहित दुई तान्जानियाका नागरिक ठमेलबाट पक्राउ

अमेरिकाले युक्रेनलाई २.३ अर्ब डलर सैन्य सहयोग गर्ने

काठमाडौं । संयुक्त राज्य अमेरिकाले युक्रेनलाई २.३ अर्ब डलरभन्दा बढी सैन्य सहयोग थर्ने भएको छ । यसको औपचारिक घोषणा छिट्टै हुने अमेरिकी रक्षा सचिव लोयड अस्टिनले बताएका छन् । ‘राष्ट्रपति ड्रडाउन प्राधिकरणअन्तर्गतको यो प्याकेजले नयाँ हवाई रक्षा इन्टरसेप्टर, एन्टी–ट्याङ्क हतियार र अमेरिकी इन्भेन्टरीबाट अन्य महत्वपूर्ण हतियारहरू प्रदान गर्नेछ,’ अस्टिनले युक्रेनी रक्षामन्त्री रूस्टेम उमेरोभसँगको बैठकमा बताएका… Continue reading अमेरिकाले युक्रेनलाई २.३ अर्ब डलर सैन्य सहयोग गर्ने

उत्तर प्रदेशमा भागदौडमा ज्यान गुमाउनेको संख्या ११६ माथि

Agency

काठमाडौं । भारतको उत्तर प्रदेश राज्यको हाथरस जिल्लामा एक धार्मिक कार्यक्रममा भएको भागदौडमा ज्यान गुमाउनेका संख्या १ सय १६ जना पुगेको छ । जसमा अधिकांश महिला र बालबालिका छन् । हाथरस जिल्लाको रतिभानपुर गाउँमा धार्मिक कार्यक्रम समाप्त भएर बाहिरिने क्रममा मंगलबार भागदौड मच्चिएको स्थानीय प्रहरी अधिकृतलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भागदौडमा परेर १… Continue reading उत्तर प्रदेशमा भागदौडमा ज्यान गुमाउनेको संख्या ११६ माथि

उत्तर प्रदेशमा धार्मिक भेलामा भागदौड, कम्तिमा १ सय मारिए

Agency

काठमाडौं । नेपालको सीमावर्ती भारतीय राज्यमा एक धार्मिक भेलामा भागदौड हुँदा कम्तिमा १ सय मानिस मारिएका छन् । मारिनेमा अधिकांश महिला र बालबालिका छन् । उत्तर प्रदेशको हाथरस जिल्लामा आयोजित हिन्दूहरूको एक सत्सङ्ग कार्यक्रममा यो घटना भएको बीबीसीले लेखेको छ । कैयौँ मानिसहरूको अस्पतालमा उपचार भइरहेको र मृतकको सङ्ख्या अझै बढ्न सक्ने आकलन गरिएको छ… Continue reading उत्तर प्रदेशमा धार्मिक भेलामा भागदौड, कम्तिमा १ सय मारिए

इरान राष्ट्रपति निर्वाचन : पहिलो चरणमा पुगेन बहुमत

काठमाडौं । इरानमा सम्पन्न राष्ट्रपति निर्वाचनमा कसैको पनि बहुमत नपुगेको इरानी सञ्चारमाध्यमले जनाएका छन् । अब दोस्रोपटक मतदान हुने भएको छ । दोस्रो पटकको मतदान ५ जुलाईमा तोकिएको छ । इरानका तत्कालीन राष्ट्रपति इब्राहिम रइसीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि त्यहाँ शुक्रबार राष्ट्रपति पदको निर्वाचन भएको हो । प्रतिस्पर्धामा कट्टरपन्थी उम्मेदवार सइद जलिली र सुधारवादी नेता… Continue reading इरान राष्ट्रपति निर्वाचन : पहिलो चरणमा पुगेन बहुमत

यूरोकप : ९० मिनेटपछि पुनरागमन गर्दै इङ्ल्यान्ड क्वाटरफाइनलमा

काठमाडौं । युरो २०२४ मा इङ्ल्यान्डले स्लोभाकियासँग पुनरागमन जित निकालेको छ । सो टोली अन्तिम ८ मा समेत प्रवेश गरेको छ । आइतबार राति सम्पन्न प्रिक्वाटरफानलमा स्लोभाकिया ९० मिनेटसम्म अगाडी थियो । खेलको २५औं मिनेटमा गोल गर्दै स्लोभाकियाका इभान स्क्रान्जले टिमलाई अग्रता दिएका थिए । निर्धारित समयमा इंग्ल्यान्डले खेल बराबरी गर्यो र अतिरिक्त समयमा गोल… Continue reading यूरोकप : ९० मिनेटपछि पुनरागमन गर्दै इङ्ल्यान्ड क्वाटरफाइनलमा

भारतले जित्यो विश्वकप क्रिकेट, दक्षिण अफ्रिका पराजित

icc

काठमाडौं । भारतले आईसीसी टी–२० विश्वकप २०२४ को उपाधी जितेको छ । फाइनलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै भारतले उपाधि कब्जा गरेको हो । भारतले सन् २००७ पछि पहिलो पटक टी२० विश्वकप उपाधि जितेको हो । १७७ रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले २० ओभरमा ८ विकेट गुमाउँदै १६९ रन बनायो । दक्षिण अफ्रिकाका हेनरिक… Continue reading भारतले जित्यो विश्वकप क्रिकेट, दक्षिण अफ्रिका पराजित

युक्रेनले हानेको ड्रोन आक्रमणमा रुसमा कम्तिमा ५ जनाको मृत्यु

file

काठमाडौं । रुसी सीमावर्ती गाउँमा रहेको एउटा घरमा भएको युक्रेनी ड्रोन आक्रमणमा दुई बालबालिकासहित पाँच जनाको मृत्यु भएको क्षेत्रीय गभर्नरले शनिबार बताएका छन् । युक्रेनको सिमानाबाट केही मिटर पर रहेको रुसको कुस्र्क क्षेत्रको एउटा सानो गाउँ गोरोडिस्चको एउटा घरमा ड्रोन आक्रमण भएको हो । कुर्स्कका गभर्नर एलेक्सई स्मिर्नोभले सामाजिक सञ्जाल टेलिग्राममा उल्लेख गरे । “उक्त… Continue reading युक्रेनले हानेको ड्रोन आक्रमणमा रुसमा कम्तिमा ५ जनाको मृत्यु

पाकिस्तानमा अधिक गर्मीले कम्तिमा ६ सय मानिसको मृत्यु

काठमाडौं । दक्षिणी पाकिस्तानमा अत्यधिक गर्मीका कारण कम्तिमा ६ सय मानिस मारिएका छन् । एम्बुलेन्स सेवा दिने इधीका अनुसार कराचीका शवगृहमा प्रायः दैनिक ३० देखि ४० मृतकलाई पुर्‍याउने गरेको थियो। यद्यपि विगत छ दिनमा इधीले ५६८ वटा शव सङ्कलन गरेको छ र तीमध्ये मङ्गलवार सङ्कलन गरिएका शवको सङ्ख्या १४१ थियो। प्रत्येक घटनामा मृत्युको कारण के… Continue reading पाकिस्तानमा अधिक गर्मीले कम्तिमा ६ सय मानिसको मृत्यु