काठमाडौं । खगोलविदहरुका अनुसार एउटा ठूलो दुर्घटना टरेको छ । केही समयअघि मात्रै एउटा ठूलो क्षुद्रग्रह एस्टेरोइड पृथ्वीको नजिकै भएर गएको छ। एउटा मिनिबस जत्रो आकारको उक्त क्षुद्रग्रह वा अन्तरिक्ष चट्टानलाई २०२३ बीयू नाम दिइएको छ र त्यो दक्षिण अमेरिका महादेशको दक्षिणी कुनामाथिको आकाशभन्दा पनि माथि अन्तरिक्षबाट पार भएर गएको छ। उक्त क्षुद्रग्रह पृथ्वीभन्दा ३,६००… Continue reading पृथ्वी नजिकैबाट गयो क्षुद्रग्रह, ठूलो दुर्घटना टरेको खगोलविद्को भनाई
Category: विश्व
इजरायलमा बन्दुकधारीले लिए ७ को ज्यान
काठमाडौं । इजरायलको पूर्वी जेरुसेलममा बन्दुकधारीको आक्रमणमा कम्तीमा सातको मृत्यु भएको छ । घटनामा दश जना गम्भीर घाइते भएका छन् । इजरायली सेनाले बिहीवार उत्तरी वेस्ट बैंकको जेनिन शरणार्थी शिविरमा आक्रमण गरेको २४ घण्टा नबित्दै जेरुसेलममा गोली हानाहान भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन् । जेनिन शरणार्थी शिविरमा भएको आक्रमणमा ९ जना प्यालेस्टिनी मारिएका छन् ।… Continue reading इजरायलमा बन्दुकधारीले लिए ७ को ज्यान
उडान डिले भएको झोकमा जब यात्रुले दिए विमान हाइज्याकको झुटो खबर
नयाँ दिल्ली । दुबईबाट भारतको जयपुर आइरहेको एक विमान भारतको नयाँ दिल्ली अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्यो । त्यसपछि एक यात्रुले ट्वीट नगरे, दुबईबाट जयपुर गइरहेको फ्लाइट अपहरणमा परेको छ । त्यसपछि यो खबर भाइरल भयो । वास्तवमा जहाज जयपुरको मौसम खराबीका कारण दिल्ली डाइभर्ट भएको थियो । पौने १० बजे दिल्ली अवतरण भएको जहाजले १… Continue reading उडान डिले भएको झोकमा जब यात्रुले दिए विमान हाइज्याकको झुटो खबर
नेपाली क्रिकेटरलाई पहिलो आइसीसी अवार्ड, आसिफले जिते ‘आईसीसी स्पिरिट अफ क्रिकेट अवार्ड’
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर आसिफ शेखले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को प्रतिष्ठित ‘आईसीसी स्पिरिट अफ क्रिकेट अवार्ड’ (खेल भावना अवार्ड) जित्न सफल भएका छन् । यो कुनै पनि नेपालीले जितेको आइसीसी स्तरको पहिलो अवार्ड हो । नेपाली क्रिकेट खेलाडी आसिफलाई यस अवार्ड प्रदान गरिएको आईसीसीले जनाएको छ । आईसीसीका अनुसार गतवर्ष फागनुमा… Continue reading नेपाली क्रिकेटरलाई पहिलो आइसीसी अवार्ड, आसिफले जिते ‘आईसीसी स्पिरिट अफ क्रिकेट अवार्ड’
७४ औं गणतन्त्र दिवस मनाउँदै भारत
काठमाडौं । भारत आज ७४औँ गणतन्त्र दिवस मनाउँदैछ । यस अवसरमा प्रधानमन्त्री र राष्ट्रपति सवार हुने विशेष परेडका लागि दिल्लीमा सुरक्षा व्यवस्था कडा पारिएको छ । यस वर्ष दिवसका अवसरमा इजिप्टका राष्ट्रपति अब्देल फतह अल सीसी मुख्य अतिथिका रुपमा सहभागी हुने कार्यक्रम रहेको बताइएको छ । भारतले हरेक वर्ष जनवरी २६ तारिखलाई गणतन्त्र दिवसका रुपमा… Continue reading ७४ औं गणतन्त्र दिवस मनाउँदै भारत
क्यालिफोर्निया : आफु नियमित जाने नाचघरमै गोली हानेर लिए ७२ वर्षिय वृद्धले ११ जनाको ज्यान
क्यालिफोर्निया\बीबीसी। संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया राज्यमा भएको घातक गोलीकाण्डमा मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ। उपचारका क्रममा रहेका थप एक जनाको अत्यधिक चोटका कारण मृत्यु भएको अधिकारीहरूले बताएका छन्। गोलीकाण्डमा नौ जना घाइते भएका छन्। उक्त संलग्न भएको आशङ्का गरिएका व्यक्तिको परिचय खुलेको प्रहरीले जनाएको छ। चान्द्रमानअनुसार मनाइने चिनियाँ नववर्षको उत्सव मनाउन आयोजित कार्यमक्रमपछि लस… Continue reading क्यालिफोर्निया : आफु नियमित जाने नाचघरमै गोली हानेर लिए ७२ वर्षिय वृद्धले ११ जनाको ज्यान
पीएसजीका लागि एम्बाप्पे एक्लैले गरे ५ गोल
पेरिस । पेरिस सेन्ट जर्मेन (पिएसजी)का लागि केलियन एमबाप्पे एक्लैले ५ गोल गरेका छन् । फ्रेन्च कप फुटबलमा पाएस डी कासेलाई फराकिलो अन्तरले हराउने क्रममा उनले गोल गरेका हुन् । पीएसजी अन्तिम १६ मा प्रवेश गरेको छ। सोमबार राति भएको खेलमा छैटौँ श्रेणीको पाएस डी कासेललाई ७–० गोल अन्तरले हराउँदै पिएसजी अन्तिम १६ मा प्रवेश… Continue reading पीएसजीका लागि एम्बाप्पे एक्लैले गरे ५ गोल
क्यालिफोर्नियामा गोलीकाण्ड मच्याउने व्यक्ति ७२ वर्षीय हुउ क्यान
क्यालिफोर्निया । अमेरिकाको क्यालिफोर्नियामा गोलीकाण्ड मच्याउने व्यक्ति ७२ वर्षीय हुउ क्यान ट्रान रहेको खुलेको छ । आइतबार भएको यो घटनामा १० जनाको मृत्यु भएको थियो । क्यालिफोर्नियाको लस एन्जलस सहरको एक डान्स क्लबमा ती व्यक्तिले गोली चलाएका थिए । मृत्यु हुनेमा पाँच जना महिला र पाँच जना पुरुष रहेका छन् । घटनामा अन्य १० जना… Continue reading क्यालिफोर्नियामा गोलीकाण्ड मच्याउने व्यक्ति ७२ वर्षीय हुउ क्यान
बीबीसीले नरेन्द्र मोदीबारे बनाएको वृत्तचित्रमा भारत सरकारले किन लगायो रोक ?
नयाँ दिल्ली । भारतको सूचना र प्रसारण मन्त्रालयले प्रधानमन्त्री नरेन्द्र मोदीमाथि बीबीसीले निर्माण गरेको वृत्तचित्रको पहिलो एपिसोडलाई यूट्यूब र ट्विटरमा ब्लक गर्न भनेको छ । मन्त्रालयले उक्त भिडिओको लिङ्क शेयर गर्ने ट्विटर पोस्टहरूलाई पनि हटाउन निर्देशन दिएको स्वयमः बीबीसीले जनाएको छ । इकोनोमिक टाइम्स खबरलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाए अनुसार ‘इन्डियाः द मोदी क्वेशन’… Continue reading बीबीसीले नरेन्द्र मोदीबारे बनाएको वृत्तचित्रमा भारत सरकारले किन लगायो रोक ?
अमेरिकामा पुनः अन्धाधुन्ध गोली काण्ड, कम्तिमा १० जना मारिए
काठमाडौं । अमेरिकाको दक्षिणी क्यालिफोर्नियाको एक एसियाली सहरमा गोली चल्दा कम्तिमा पनि १० जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । बीबीसीका अनुसार घटनामा थप १० जना घाइते छन् । स्थानीय समुदायले ‘लुनार नयाँ वर्ष’ मनाइरहेका बेला मोन्टेरी पार्कमा रहेको एक नृत्य स्थलमा बन्दुकधारीले गोली चलाएको प्रहरीले जनाएको छ। लस एन्जलस काउन्टी शेरिफ डिपार्टमेन्टका क्याप्टेन… Continue reading अमेरिकामा पुनः अन्धाधुन्ध गोली काण्ड, कम्तिमा १० जना मारिए
अमेरिकी राष्ट्रपतिको घरमा एफबीआईले मार्यो छापा
काठमाडौं\एजेन्सी । अमेरिकाका राष्ट्रपति जो बाइडनको निवासमा एफबीआईले छापा मारेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार सो क्रममा गोप्य सरकारी दस्ताबेजहरू जफत भएको छ । अमेरिकी न्याय विभाग (डीओजे) अन्वेषकहरूले डेलावेयरस्थित राष्ट्रपति वाइडेनको घरमा १३ घन्टासम्म खोजी गरेका छन् । यस क्रममा चिन्ह लगाएर राखिएका ६ वटा थप गोप्य कागजात फेला पारेको समाचार संस्था एपीलाई उदृत… Continue reading अमेरिकी राष्ट्रपतिको घरमा एफबीआईले मार्यो छापा
इरानको रेभलुशन गार्ड कोरलाई आतंकवादी संगठन घोषणा गर्ने तयारी
लण्डन । यूके र ईयूले इस्लामिक रेभलुशन गार्ड कोर (आईआरजीसी) लाई छिटै आतङ्कवादी सङ्गठन घोषणा गर्ने सक्ने बीबीसीले लेखेको छ । आईआरजीसी इरानको सैन्य, राजनीतिक र आर्थिक बल हो जसले देशभित्र सत्ताका लागि रहेका खतराको सामना गर्छ भने देशबाहिर उसको सामर्थ्यलाई देखाउँछ। यूकेका विदेशमन्त्री जेम्स क्लेभर्लीले अलीरेजा अकबरीलाई इरान सरकारले मृत्युदण्ड दिएपछि आईआरजीसीलाई आतङ्कवादी सङ्गठन… Continue reading इरानको रेभलुशन गार्ड कोरलाई आतंकवादी संगठन घोषणा गर्ने तयारी
बेलायतका प्रधानमन्त्री ऋषि सुनक परे ट्राफिक कारवाहीमा
लण्डन । बेलायतका प्रधानमन्त्री ऋषि सुनक ट्राफिक कारवाहीमा परेका छन् । कारको सिट बेल्ट नलगाएको भन्दै प्रहरीले उनलाई जरिबाना गराएको छ । सामाजिक सञ्जालमा भिडियो खिच्ने क्रममा चलिरहेको कारमा सिट बेल्ट नलगाएको भेटिएपछि प्रधानमन्त्री सुनकलाई जरिबाना गरिएको हो । लन्कशायर प्रहरीले लन्डनका ४२ वर्षीय पुरुषलाई निश्चित जरिबानाको ससर्त प्रस्ताव जारी गरेको जनाएको बीबीसीले लेखेको छ… Continue reading बेलायतका प्रधानमन्त्री ऋषि सुनक परे ट्राफिक कारवाहीमा
जहाज दुर्घटनाका कारण इयूको कालोसूची अझै लम्बिने, नआउने भयो मूल्यांकन टोली
काठमाडौं । नेपालमाथि यूरोपेली यूनियनको कालोसूची अझै लम्बिने भएको छ । उड्डयन सुरक्षाबारे ‘अनसाइट मूल्यांकन’ गर्न नेपाल आउने योजनामा रहेको युरोपेली युनियनले तत्कालका लागि नेपाल भ्रमण रोकेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र नेपालका लागि युरोपेली युनियनका राजदूत नोना डेप्रेजले शुक्रबार एक संयुक्त विज्ञप्ति जारी गर्दै ईयूको अनसाइट मूल्यांकन तत्कालका रोकिएको… Continue reading जहाज दुर्घटनाका कारण इयूको कालोसूची अझै लम्बिने, नआउने भयो मूल्यांकन टोली
युक्रेनमा हेलिकोप्टर दुर्घटना, गृहमन्त्रीसहित १८ जनाको मृत्यु
एजेन्सी । युक्रेनमा हेलिकोप्टर दुर्घटना हुँदा गृहमन्त्रीसहित १८ जनाको मृत्यु भएको छ। राजधानी किभको बाहिरी क्षेत्रमा एउटा किन्डरकार्टेनमा सो हेलिकोप्टर खसेको थियो। गृहमन्त्री डेनिस मोनास्तिर्स्की र अन्य आठ जना हेलिकोप्टरमा सवार थिए। मृत्यु हुनेहरुमा उपमन्त्री तथा सचिव पनि छन्। दुर्घटनामा ज्यान गुमाउनेमध्ये ३ जना बालबालिका छन्। २२ जना भन्दा धेरै घाइते भएका छन्। उनीहरुको उपचार… Continue reading युक्रेनमा हेलिकोप्टर दुर्घटना, गृहमन्त्रीसहित १८ जनाको मृत्यु
भारतीय कम्पनीले बनाएको दुई कफ सिरप औषधीको प्रयोगमा डब्लूएचओले लगायो प्रतिवन्ध
काठमाडौं । विश्व स्वास्थ्य संगठन डब्लूएचओले भारतीय कम्पनीले बनाएको दुई कफ सिरपको प्रयोगमा रोक लगाएको छ । डब्लूएचओले बुधबार मरीन बायोटिकले बनाएको कफ सिरप प्रयोग गर्न योग्न नभएको निष्कर्ष निकाल्दै यस्तो सिफारिस गरेको हो । विश्व स्वास्थ्य संगठनले यी औषधी पूर्णतया रोक्न समेत भनेको छ । साथै मुलुकहरुले यो औषधीको प्रयोग रोक्न निगरानी गर्न समेत… Continue reading भारतीय कम्पनीले बनाएको दुई कफ सिरप औषधीको प्रयोगमा डब्लूएचओले लगायो प्रतिवन्ध
विश्वकप विजेता बनेपछि पहिलो पटक मैदानमा मेसी, गरे गोल
काठमाडौं । विश्वकपपछि पहिलो पटक लियोनल मेसी मैदानमा उत्रिएका छन् । उनले विश्वकप पछिको पहिलो खेलमा पनि गोल गर्न सफल भए । उनको क्लव पिएसजीले फ्रेन्च लिग वानमा सहज जित निकालेको छ। गतराति एन्जर्सविरूद्ध घरेलु मैदानमा पिएसजीले २–० को जित निकाल्ने क्रममा मेसीले गोल गरेका हुन् । पिएसजीको जितमा मेसी र ह्यूगो इकिटिकेले गोल गरे।… Continue reading विश्वकप विजेता बनेपछि पहिलो पटक मैदानमा मेसी, गरे गोल
अफगानिस्तानको विदेश मन्त्रालय नजिकै बम विष्फोट, कम्तिमा २० जना मारिए
काबुल । अफगानिस्तानको विदेश मन्त्रालय नजिक आत्मघाती बम विस्फोटमा परी कम्तिमा २० जना मारिएका छन् । बम विस्फोटमा परी २० जनाको मृत्यु भएको तालिबान अधिकारीले बताएका छन् । प्रहरीले अहिलेसम्म पाँच जनाको मृत्यु भएको पुष्टी गरेको छ । आक्रमणमा ४० जनाभन्दा बढी घाइते भएका छन् । टर्की, चीन लगायतका धेरै देशका दूतावास भएको क्षेत्रमा विस्फोट… Continue reading अफगानिस्तानको विदेश मन्त्रालय नजिकै बम विष्फोट, कम्तिमा २० जना मारिए
अमेरिकामा आन्तरिक उडानमा एक साथ समस्या, समाधान गरी उडान सूचारु
काठमाडौं । संयुक्त राज्य अमेरिकामा प्राविधिक समस्याका कारण सबै आन्तरिक उडानमा लगाइएको रोक हटाइएको देशको सङ्घीय नागरिक उड्डयन प्रशासन एफएए जनाएको छ। यसअघि त्यहाँको नोटिस टु एअर मिसन्स सिस्टमको नियन्त्रण प्रणालीमा खराबी देखिएको बताइएको थियो। यस अवरोधका कारण चार हजारभन्दा धेरै उडान ढिलो र ६ सय भन्दा धेरै उडान रद्द भएका थिए। समस्याहरू समाधान हुन… Continue reading अमेरिकामा आन्तरिक उडानमा एक साथ समस्या, समाधान गरी उडान सूचारु
इन्डोनेसियामा शक्तिशाली भूकम्प, क्षतिको विवरण आउँदै
जाकार्ता । इन्डोनेसियामा मंगलबार ७.७ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । इन्डोनेसियाको तानिम्बर क्षेत्रमा शक्तिशाली भुकम्प गएको स्थानीय संचारमाध्यमले जनाएका छन् । युरोपेली भूमध्य भूगर्भ केन्द्र (इएमएससी) का अनुसार भूकम्प पृथ्वीको सतहबाट ९७ किलोमिटर (६०.२७ माइल) गहिराइमा रहेको छ। उत्तरी अष्ट्रेलियाका केही भागहरूमा पनि भुकम्पको धक्का महसुस गरिएको थियो। भूकम्पपछि कम्तिमा चार पराकम्पनहरू गएका… Continue reading इन्डोनेसियामा शक्तिशाली भूकम्प, क्षतिको विवरण आउँदै
मस्कोबाट गोवा उडेको जहाजमा बमको हल्ला, आकस्मिक अवतरण
नयाँ दिल्ली । रुसको मस्कोबाट गोवाका लागि उडेको जहाजमा बम राखेको हल्लासँगै जहाजको आकस्मिक अवतरण गरिएको छ । बम रहेको सूचनापछि रूसको मस्कोबाट भारतको गोवातर्फ आइरहेको एक चार्टर्ड जहाज सोमबार राति गुजरातको जमनगरमा आपतकालीन अवतरण गराइएको हो । समाचार एजेन्सी पीटीआईका अनुसार विमानमा सवार सबै २३६ यात्रु र चालक दलका सदस्यलाई सुरक्षित बाहिर निकालेर प्रहरी… Continue reading मस्कोबाट गोवा उडेको जहाजमा बमको हल्ला, आकस्मिक अवतरण
वेल्सका कप्तान बेलले लिए सन्यास
काठमाडौं । वेल्सका कप्तान ग्यारेथ बेलले सबै प्रकारको फुटबलबाट सन्यास लिएको घोषणा गरेका छन् । उनी अहिले मात्र ३३ वर्षका भए । उनले क्लब र अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका हुन् । उनले ट्वीट गरेर सन्यास लिएको जानकारी गराएका हुन् । उनले भनेका छन्, ‘अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने यो निर्णय मेरो करियरकै अहिलेसम्मकै सबैभन्दा… Continue reading वेल्सका कप्तान बेलले लिए सन्यास
ब्राजिलमा राष्ट्रपति भवन र संसदमा नागरिकको हंगामा
काठमाडौं । ब्राजिलमा नागरिकले राष्ट्रपति भवन र संसद छिरेर हंगामा मच्याएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार पूर्वराष्ट्रपति जैर बोल्सोनारोका समर्थकहरूले आइतबार यस्तो हंगामा मच्याएका हुन् । प्रदर्शनकारी सुरक्षा अवरोध र प्रहरी ब्यारिकेड तोडेर संसद भवन, सर्वोच्च अदालत र राष्ट्रपति भवनमा प्रवेश गरेको बताइएको छ । उनीहरूले देशको सर्वोच्च लोकतान्त्रिक संस्थाहरूमा तोडफोड समेत गरेका सीएनएनले ब्राजिलको… Continue reading ब्राजिलमा राष्ट्रपति भवन र संसदमा नागरिकको हंगामा
कच्चा तेलको भाउ १ वर्ष यताकै सस्तो
काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्ने क्रम जारी छ । पछिल्लो दुई महिनामा विश्व बजारमा कच्चा तेलको भाउ २० प्रतिशत बढीले घटेको हो । विश्वभर देखिएको आर्थिक मन्दी र यरोपियन युनियनले रुसी तेलमा लगाएको ‘क्याप’का कारण अन्तर्राष्ट्रिय बजारमा कच्चातेलको भाउमा भारी गिरावट आएको हो । दुई महिनामै कच्चा तेलको भाउ प्रतिब्यारेल २५ डलरसम्म… Continue reading कच्चा तेलको भाउ १ वर्ष यताकै सस्तो
अन्ततः अमेरिकी संसदले पायो सभामुख, १५ औं पटक निर्वाचन
काठमाडौं । १५ औं पटकको निर्वाचनबाट अमेरिकाले सभामुख पाएको छ । अमेरिकाको तल्लो सदन ९हाउस अफ रेफ्रिजेन्टेटिभ्स०को सभामुखमा रिपब्लिकन पार्टीका केभिन म्याकक्याथी चुनिए । क्यालिफोर्नियाका सांसद रहेका केभिन म्याकक्याथीलाई सभामुख चुनिन २१८ मत चाहिनेमा उनी आबद्ध रिपब्लिकन पार्टीसँग २२२ सिट थियो । रिपब्लिकन पार्टीभित्रका करिब २० चरम दक्षिणपन्थी नेताहरुले उनको विपक्षमा उभिंदा नतिजा आउन सकेको… Continue reading अन्ततः अमेरिकी संसदले पायो सभामुख, १५ औं पटक निर्वाचन
पुटिनको ३६ घण्टे युद्धविराम प्रस्ताव युक्रेनद्धारा अश्विकार
काठमाडौं । रुसी अर्थोडक्स क्रिसमसको समयसँग जुध्नेगरी राष्ट्रपति भ्लादिमिर पुटिनले घोषणा गरेका ३६ घण्टे युद्धविरामलाई युक्रेनले खारेज गरिदिएको छ। युक्रेनका फौजहरूको अग्रतालाई रोक्ने र रुसी सैनिकहरूलाई युद्धमोर्चा नजिक पुग्न दिने प्रयास स्वरूप मस्कोद्वारा युद्धविराम घोषणा गरिएको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएको बीबीसीले लेखेको छ । मस्कोको समय अनुसार शुक्रवार राति १२ बजेबाट युद्धविराम शुरू हुनेछ… Continue reading पुटिनको ३६ घण्टे युद्धविराम प्रस्ताव युक्रेनद्धारा अश्विकार
चिसो बढेसँगै बेलायतमा स्वास्थ्य संकट
लण्डन । चिसो बढेसँगै बेलायतमा स्वास्थ्य सेवामा संकट सुरु भएको छ । नेसनल हेल्थ सर्भिस (एनएचएस) इंग्ल्यान्डले अहिलेकै अवस्थामा बिरामीको चाप थेग्न अस्पताललाई कठिन भइरहेको बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सोमबारसम्म कम्तीमा ६ अस्पताल ट्रस्टले संकटको अवस्था सामना गर्नुपरेको बीबीसीको समाचारमा उल्लेख छ । संकटको अर्थ उनीहरू पूर्ववत् अवस्थामा बिरामीको उपचार गर्ने सामर्थ्यमा छैनन्… Continue reading चिसो बढेसँगै बेलायतमा स्वास्थ्य संकट
विश्वकपपछि फ्रान्स फर्किएका मेसीलाई ‘गार्ड अफ अनर’
काठमाडौं । विश्व विजेता अर्जेन्टिनाका कप्तान लियोनल मेसीलाई फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) विशिष्ट सम्मान प्रकट गरेको छ । उसले मैदानमा मेसीलाई गार्ड अफ अनर प्रदान गरेको हो । विश्वकपपछि प्रशिक्षणमा फर्किएका मेसीलाई क्लबले यस्तो सम्मान दिएको हो । गार्ड अफ अनर सम्मानलाई खेलकुदमा विशिष्ट सम्मानमा रूपमा लिइन्छ। घरेलु मैदान सेन्ट जर्मेन ओँ लेनमा… Continue reading विश्वकपपछि फ्रान्स फर्किएका मेसीलाई ‘गार्ड अफ अनर’
चीनबाट हुने यात्रालाई यूरोपमा कडाई गरिँदै
काठमाडौं । कोरोना संक्रमण फैलिएको भन्दै चीनबाट आउने हरेक यात्रुमाथि कडाई गर्न विपद् नियन्त्रणसम्बन्धी युरोपेली संघका अधिकारीहरूले सिफारिस गरेका छन्। चीनबाट प्रस्थान गर्नुअघि कोरोना परीक्षण गराइएको नेगेटिभ रिपोर्ट पेश गर्नुपर्ने, आगमनका बेला पनि परीक्षण गराउनुपर्ने र उडान अवधिमा अनिवार्य मास्क लगाउनुपर्नेलगायतका व्यवस्था गर्न सिफारिस गरिएको हो। यसैबीच हवाई यात्राका क्रममा प्रयोग भएको पानीमा पनि भाइरसबारे… Continue reading चीनबाट हुने यात्रालाई यूरोपमा कडाई गरिँदै
कीर्तिमानी मूल्यमा एसिया पसेका रोनाल्डोलाई साउदीमा भब्य स्वागत
काठमाडौं । कीर्तिमानी रकममा साउदी क्लब अल नासरमा आवद्ध भएका पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो अब एसिया महादेशमा व्यवसायिक फुटबल खेल्नेछन् । उनलाई साउदीमा भब्य स्वागत गरियो । क्लबले मंगलबार राति रोनाल्डोको स्वागतमा भब्य स्वागत समारोह आयोजना गरेको हो । कार्यक्रम मार्सूल पार्कमा दुई घण्टासम्म चलेको थियो । अल नासरको पहेँलो र नीलो जर्सी लगाएका रोनाल्डो… Continue reading कीर्तिमानी मूल्यमा एसिया पसेका रोनाल्डोलाई साउदीमा भब्य स्वागत