काठमाडौं । दक्षिण अफ्रिकाले आईसीसी टी२० विश्वकप २०२४ को पहिलो सेमिफाइनल अफगानिस्तानलाई ९ विकेटले हराएको छ । उसले फाइनलमा स्थान बनाउन सफल भयो । दक्षिण अफिका विश्वकप क्रिकेटमा पहिलो पटक फाइनलमा पुगेको हो । यसअघि एकदिवसीयमा पाँच र टी२० मा दुई पटक सेमिफाइनलबाट बाहिरिएको चोट यस टिमसँग छ । ५७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले… Continue reading दक्षिण अफ्रिका पहिलो पटक पुग्यो विश्वकप फाइनलमा, अफगानिस्तान पराजित
Category: विश्व
विषाक्त मदिरा सेवनबाट भारतमा कम्तिमा ५३ जनाको मृत्यु
काठमाडौं । भारतमा विषाक्त मदीराको सेवनबाट ज्यान गुमाउनेको सङ्ख्या ५३ पुगेको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार तमिलनाडु राज्यका मुख्यमन्त्री एमके स्टालिनले मङ्गलबार मदीरा पिएका ३७ जनाको केही घण्टाभित्रै मृत्यु भएको जानकारी दिएका छन् । अन्य व्यक्तिलाई अस्पतालमा भर्ना गरिएको थियो ।स्थानीयस्तरमा उत्पादन गरेको मदीरामा विषाक्त मेथानोल मिसाइएको पुष्टि भएको उनले बताए । रक्सी पिउने १००… Continue reading विषाक्त मदिरा सेवनबाट भारतमा कम्तिमा ५३ जनाको मृत्यु
चीनमा बाढीका कारण कम्तिमा ३८ जना मारिए
काठमाडौं । यस साता दक्षिणी चीनको गुआङडोङ प्रान्तमा मुसलधारे वर्षा र आएको बाढीबाट मर्नेको सङ्ख्या बढेर शुक्रबार ३८ पुगेको सरकारी सञ्चारमाध्यमले बताएका छन् । सरकारी प्रसारक सिसिटिभीले पूरा साता मुसलधारे वर्षाका कारण आएको पहिरो र बाढीबाट हजारौँ घर र सडक क्षतिग्रस्त भएको तथा अर्बौं युआनको नोक्सान भएको छ । केही क्षेत्रमा यो साता शताब्दीकै सबैभन्दा… Continue reading चीनमा बाढीका कारण कम्तिमा ३८ जना मारिए
साउदीमा भिषण गर्मी, कम्तिमा ५६२ हजयात्रीको मृत्यु
काठमाडौं । साउदी अरेवियाा भिषण गर्मीका कारण कम्तिमा ५६२ हजयात्रुको ज्यान गएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अधिक गर्मी र सेवा सुविधाको कमीले हजयात्रुको ज्यान गएको हो । यसले प्रशासनको चर्को आलोचना भएको छ । कतिपय सञ्चारमाध्यमले मर्नेको संख्या १ हजार माथि पुगेको समेत बताएका छन् । यसरी मारिनेमा अधिकांश इजिप्टका हजयात्रु छन् । पाकिस्तान… Continue reading साउदीमा भिषण गर्मी, कम्तिमा ५६२ हजयात्रीको मृत्यु
उत्तर कोरियाबाट भियतनाम भ्रमणमा पुगे पुटिन
काठमाडौं । रूसी राष्ट्रपति भ्लादिमिर पुटिन आधिकारिक भियतनाम भ्रमणमा निस्किएका छन् । उनी दुई दिने उत्तर कोरिया भ्रमण पुरा गरी भियतनाम पुगेका हुन् । उनले भियतनाम भ्रमणका दौरान दुइ पक्षिय सहायता वृद्धिमा जोड दिएका छन् । हनोइमा उनको भब्य स्वागत गरिएको छ । यो भ्रमणको उद्देश्य भियतनाममा आफ्ना राजनीतिक प्रभाव बढाउनु रहेको बताइएको छ ।… Continue reading उत्तर कोरियाबाट भियतनाम भ्रमणमा पुगे पुटिन
किम र पुटिनबीच के भयो सहमति ?
काठमाडौं । रुस र उत्तर कोरियाले एक अर्कामाथि आक्रमण भए आपसी सहयोग गर्ने सम्झौतामा हस्ताक्षर गरेका छन् । रूसी राष्ट्रपति भ्लादमिर पुटिनको उत्तर कोरिया भ्रमणका अवसरमा उक्त सम्झौता भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । जसले कुनै एकविरुद्ध आक्रमण भएको अवस्थामा आपसी सहयोग प्रदान गर्दछ, बीसीसीले रुसी मिडिया रिपोर्टलाई उदृृत गर्दै लेखेको छ । उक्त… Continue reading किम र पुटिनबीच के भयो सहमति ?
गर्मीका कारण एक हप्तामा ५७७ हजयात्रीको मृत्यु, तापक्रम ५१.८ डिग्री सेल्सियस
काठमाडौं । साउदी अरेबियाको मक्कामा गर्मीका कारण जुन १२ देखि जुन १९ सम्म ५ सय ७७ हज यात्रीको मृत्यु भएको छ । जुन १७ मा मक्काको ग्रान्ड मस्जिदमा ५१.८ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको थियो । जुन यस वर्षको उच्च थियो । द गार्डियनको रिपोर्टका अनुसार मृत्यु हुनेमा ३ सय २३ जना इजिप्टका र ६०… Continue reading गर्मीका कारण एक हप्तामा ५७७ हजयात्रीको मृत्यु, तापक्रम ५१.८ डिग्री सेल्सियस
उत्तर कोरियाको राजधानी पुगे पुटिन
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन स्थानीय समय अनुसार बुधवार बिहानका राति तीन बजे उत्तर कोरियाको राजधानी पुगेका छन्। उनलाई विमानस्थलमा उत्तर कोरियाली नेता किम जङ अनले स्वागत गरे । विमानस्थलमा अनले पुटिनलाई स्वागत गरेपछि दुवै नेताहरू एउटै गाडीमा पुटिनलाई राखिएको स्टेट गेस्टहाउसतर्फ लागेका थिए। सडकभरि रुसी राष्ट्रपतिको स्वागतमा उनका तस्बिरहरू राखिएका थिए। युक्रेनमा युद्ध… Continue reading उत्तर कोरियाको राजधानी पुगे पुटिन
उत्तर कोरिया भ्रमणमा जाँदै पुटिन
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियाको भ्रमण गर्ने भएका छन् । राष्ट्रपति पुटिनले करिब २४ वर्षपछि उत्तर कोरियाको भ्रमण गर्न लागेका हुन् । यसअघि सन् २००० मा पुटिन प्योङयाङ पुगेका थिए । दक्षिण कोरियाली समाचार संस्था योन्हाप न्युज एजेन्सीले उत्तर कोरियाली पुटिनको स्वागतका लागि भव्य तयारी गरेको जनाएको छ । दक्षिण कोरियाली अधिकारीहरूले… Continue reading उत्तर कोरिया भ्रमणमा जाँदै पुटिन
द्धन्द्धले यस वर्ष अझ धेरै मानिस मारिए : राष्ट्रसंघ
काठमाडौं । सन् २०२३ मा विश्वव्यापी द्वन्द्वले अघिल्लो वर्षको तुलनामा तीन गुणा बढी बालबालिका र दुई गुणा धेरै महिलाहरूको ज्यान लिनुका साथै समग्रमा ७२ प्रतिशत बढी नागरिक मृत्यु भएको संयुक्त राष्ट्रसङ्घले मङ्गलबार जनाएको छ । संयुक्त राष्ट्रसङ्घका अधिकार प्रमुख भोल्कर टर्कले जेनेभामा राष्ट्रसङ्घको मानव अधिकार परिषदमा युद्धरत दलहरूले बढ्दो रूपमा “स्वीकार्य र कानुनी सीमा भन्दा… Continue reading द्धन्द्धले यस वर्ष अझ धेरै मानिस मारिए : राष्ट्रसंघ
आप्रवासीलाई सजिलो पार्न नयाँ नीति ल्याउँदै बाइडेन
वासिङटन । अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकी नागरिकसँग विवाह गरेका हजारौँ कागजातविहीन आप्रवासीलाई सहुलियत दिने खालको कार्यक्रम ल्याउने तयारी गरेका छन् । राष्ट्रपति पदको निर्वाचन हुनुभन्दा केही समयअघि उनले यस्तो तयारी गरेका हुन् । उनको यो योजनाका बारेमा जानकार दुई फेडरल अधिकारीले बताएअनुसार अब अमेरिकी नागरिकका कागजातविहीन पति वा पत्नीले अमेरिका छोड्नुपर्ने छैन ।पहिला अवैध… Continue reading आप्रवासीलाई सजिलो पार्न नयाँ नीति ल्याउँदै बाइडेन
राहुलले छाडेको सिटमा पहिलो पटक प्रियंका गान्धी उठ्दै
काठमाडौं । भारतीय राष्ट्रिय कंग्रेस नेता राहुल गान्धीले चुनाव जितेका दुई लोकसभा सिटमध्ये केरलको वायनाड छाड्ने निर्णय गरेका छन्। बिबिसीका अनुसार उक्त क्षेत्रबाट राहुलकी बहिनी तथा कांग्रेस नेता प्रियंका गान्धीले चुनाव लड्ने कांग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गेले बताएका छन्। पछिल्लो लोकसभा निर्वाचनमा राहुल केरलको वायनाड र उत्तर प्रदेशको रायबरेलीबाट निर्वाचित भएका थिए। ‘रायबरेली र वायनाडबाट अब… Continue reading राहुलले छाडेको सिटमा पहिलो पटक प्रियंका गान्धी उठ्दै
रोमानियाले रच्यो इतिहास, २०२४ पछि यूरोकपमा पहिलो जित
काठमाडौं । रोमानियाले युरो २०२४ मा युक्रेनलाई सोमबार ३–० हराउँदै इतिहास रचेको छ । युरो इतिहासमा रोमानियाले २४ वर्षपछि पहिलो जित निकालेको छ । कप्तान निकोलस स्टासिउले २९औं मिनेटमा गोल गर्दै रोमानियालाई अग्रता दिलाए । उनले २० यार्डबाट टप कर्नरमा प्रहार गर्दै उत्कृष्ट गोल गरे । त्यसपछि राजभान मारिनले ५३औं मिनेटमा गोल गर्दै रोमानियाको अग्रता… Continue reading रोमानियाले रच्यो इतिहास, २०२४ पछि यूरोकपमा पहिलो जित
यूरोकपका दौरान चोटिल बने एम्बाप्पे
काठमाडौं । युरो २०२४ को दाबेदारमध्ये एक टोली फ्रान्सले पहिलो खेलमा अष्ट्रियाविरुद्ध संघर्षपूर्ण जित निकालेको छ । यस खेलमा कप्तान केलिएन एमबाप्पेलाई चोट लागेको छ । समूह डी अन्तर्गत डुसेलडोर्फ एरेनामा गतराति सम्पन्न खेलमा फ्रान्सले आत्मघाती गोल मद्दतमा अष्ट्रियालाई हराएर सुरुआती ३ अंक जोड्यो । नाकमा चोट लागेर मैदान बाहिरिनुअघि एमबाप्पेल उत्कृष्ट प्रदर्शन गरेका थिए… Continue reading यूरोकपका दौरान चोटिल बने एम्बाप्पे
प्रधानमन्त्री र अर्थमन्त्रीसँग विश्व बैंकका वरिष्ठ प्रवन्ध निर्देशकको भेट
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल भान ट्रोस्टसेन्बर्गले शिष्टाचार भेट गरेका छन् । बालुवाटारमा आज साँझ भएको भेटमा उनीहरुबीच नेपालको विकास र विश्व बैंकले नेपाल पुर्याउँदै आएको सहयोगलगायत विविध विषयमा छलफल भएको थियो । सो अवसरमा प्रधानमन्त्री प्रचण्डले स्थिर विकास साझेदार विश्व बैंकले विगत छ दशकभन्दा बढी समयदेखि… Continue reading प्रधानमन्त्री र अर्थमन्त्रीसँग विश्व बैंकका वरिष्ठ प्रवन्ध निर्देशकको भेट
विश्व बैंक समूहको अहिलेसम्मकै ठूलो सम्मेलन भोलीबाट नेपालमा
काठमाडौं । विश्व बैंक समूह अन्तर्गत अन्तर्राष्ट्रिय विकास संघ (आईडीए) २१ को तेस्रो बैठक मंगलबारदेखि काठमाडौंमा सुरु हुँदैछ । विश्व बैंक समूहले नेपालमा आयोजना गरेको यो अहिलेसम्मकै ठूलो बैठक हो । ४ असारदेखि ७ असार ९१८ जुनदेखि २१ जुन २०२४० सम्म बैठक काठमाडौंमा चल्नेछ । नेपालले गरेको प्रस्तावलाई विश्व बैंक व्यवस्थापनले स्वीकार गरी नेपालमा सञ्चालन… Continue reading विश्व बैंक समूहको अहिलेसम्मकै ठूलो सम्मेलन भोलीबाट नेपालमा
रुसी रोक्का सम्पत्तिबाट युक्रेनलाई ५० अर्ब डलर दिन जी ७ राष्ट्र सहमत
काठमाडौं । संसारका सबैभन्दा धनी राष्ट्रहरूको समूह जी७ (जीसेभन) ले रोक्कामा राखिएको रुसी सम्पत्तिबाट रुसी सेनासँग लड्न सघाउन युक्रेनलाई ५० अर्ब डलर उपलब्ध गराउने सहमति गरेको छ। अमेरिकी राष्ट्रपति जो बाइडनले उक्त निर्णय रुसलाई हामी पछाडि हट्ने छैनौ भनेर सम्झना दिलाउने अर्को कदम हुने बताए। तर मस्कोले प्रत्युत्तर दिन ूनिकै पीडादायी’ कदम चाल्ने चेतावनी दिएको… Continue reading रुसी रोक्का सम्पत्तिबाट युक्रेनलाई ५० अर्ब डलर दिन जी ७ राष्ट्र सहमत
विश्व बैंक समूहको अन्तराष्ट्रिय विकास संघको बैठक नेपालमा हुने
काठमाडौं । विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास सङ्घ (आईडीए) को २१ औँ बैठक नेपालमा हुने भएको छ । नेपालमा हुन लागेको यो विश्व बैंकको अहिलेसम्मकै ठूलो कार्यक्रम हो । आउँदो असार ४ देखि ७ गतेसम्म काठमाण्डौमा हुने बैठकको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नेछन् । आईडीएको २१ औँ बैठक आयोजना गर्न विभिन्न देशले प्रस्ताव पेश… Continue reading विश्व बैंक समूहको अन्तराष्ट्रिय विकास संघको बैठक नेपालमा हुने
भारतीय प्रधानमन्त्रीले लिए सपथ, प्रचण्ड सहभागी
काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवनमा भएको भव्य शपथ समारोहमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका साथै विभिन्न देशका प्रमुख पनि उपस्थित थिए । प्रधानमन्त्री मोदीले आइतबार नै ७२ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । जसमा ३१ क्याबिनेट मन्त्री छन्, ५ स्वतन्त्र प्रभाव र ३६ राज्यमन्त्री छन्… Continue reading भारतीय प्रधानमन्त्रीले लिए सपथ, प्रचण्ड सहभागी
मोदीले गरे नेहरुसँग बराबरी
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगातार तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्ने निश्चित भएको छ । उनको दल भाजपा नेतृत्वको गठबन्धनले बहुमत पाएको छ । मोदी सन् २०१४ देखि २०१९सम्म र २०१९ देखि २०२४सम्म लगातार दुई कार्यकाल सरकारको नेतृत्व गरिसकेका छन् । अब उनी तेस्रो कार्यकालका लागि सरकारको नेतृत्वमा हुनेछन् । भारतीय जनता पार्टीका अध्यक्ष… Continue reading मोदीले गरे नेहरुसँग बराबरी
भारतमा मोदीको लोकप्रियता घट्यो, तर गठबन्धनले पायो बहुमत
काठमाडौं । भारतमा १८ औं लोक सभा निर्वाचनको मतगणना सम्पन्न हुँदा प्रधानमन्त्री नरेन्द्र मोदीको लोकप्रियता घटेको देखिएको छ । निर्वाचन आयोगका अनुसार भाजपा नेतृत्वको सत्ता गठबन्धन (एनडीए)ले २९३ सिट जितेको छ । जुन सरकार बनाउने सहज बहुमत हो । कांग्रेस नेतृत्वको विपक्षी गठबन्धन (इण्डिया) गठबन्धनले २३१ सिट जित्न सफल भयो । भाजपा एक्लैले बहुमत हासिल… Continue reading भारतमा मोदीको लोकप्रियता घट्यो, तर गठबन्धनले पायो बहुमत
बलियो टोली इंल्याण्डविरुद्ध स्कटल्याण्डको सानदार प्रदर्शन, तर वर्षा बाधक
काठमाडौं । आईसीसी टी–२० पुरुष क्रिकेट विश्वकपअन्तर्गत इंग्ल्याण्ड र स्कटल्याण्डबीचको खेल रद्ध भएको छ । बार्बाडोसस्थित केनसिङ्गटन ओभलमा भएको खेल सुरु भएपनि नतिजा आउन नसकेपछि दुवै टोलीले १–१ अंक पाए । वर्षाका कारण निर्धारित समयमभन्दा आधा घण्टा ढिला सुरु भएको खेलमा स्कटल्याण्डले टस जितेर पहिले ब्याटिङ गरेको थियो । स्कटल्याण्डले ६।२ ओभरमा कुनै विकेट नगुमाई… Continue reading बलियो टोली इंल्याण्डविरुद्ध स्कटल्याण्डको सानदार प्रदर्शन, तर वर्षा बाधक
भारतमा निर्वाचनको मतगणना सुरु, मोदीलाई ह्याट्रिक मत आउला ?
काठमाडौं । भारतको १८औं लोक सभा निर्वाचनको मतगणना आजबाट सुरु हुँदै छ । मतगणना स्थानीय समय अनुसार बिहान ८ बजेदेखि सुरु गभएको छ । लोक सभामा कुल ५४२ सिट छन् । लोक सभा निर्वाचनमा भाजपा नेतृत्वको एनडीए गठबन्धन र कांग्रेस नेतृत्वको इन्डिया गठबन्धन मुख्य प्रतिस्पर्धामा छन् । निर्वाचन सकिएलगत्तै सार्वजनिक भएका मत सर्वेक्षणमा यसपटक पनि… Continue reading भारतमा निर्वाचनको मतगणना सुरु, मोदीलाई ह्याट्रिक मत आउला ?
श्रीलंकामा बाढी -पहिरो, कम्तिमा ७ जनाको मृत्यु
काठमाडौं । श्रीलंकमा बाढी र पहिरोमा परी कम्तिमा ७ जनाको मृत्यु भएको छ । आपतकालिन प्रवन्धन केन्द्रले सो जानकारी गराएको हो । कोलम्बो भन्दा बाहिर पर्ने सितावामा एकै परिवारका तीन जना बाढीमा परेको समाचार छ । श्रीलंकाका कतिपय स्थानमा विजुली बन्द भएको छ । सोमबार विद्यालयहरु बन्द गरिएका छन् । कुल ९ जिल्लामा भूस्खलनको चेतावनी… Continue reading श्रीलंकामा बाढी -पहिरो, कम्तिमा ७ जनाको मृत्यु
सिक्किममा क्रान्तिकारी मोर्चाको जादु, ३२ सिटमा ३१ जित
काठमाडौं । सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) ले सिक्किम विधानसभामा जादु देखाएको छ । अप्रिल १९ मा सम्पन्न विधानसभा चुनावको नतिजा आइतबार सार्वजनिक भएको छ । भारतीय निर्वाचन आयोगका अनुसार एसकेएमले कुल ३२ सिटमध्ये ३१ सिटमा जित निकालेको छ । पूर्वमुख्यमन्त्री पवन चाम्लिङ नेतृत्वको सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ)ले १ सिटमा मात्र जित निकाल्न सक्यो । पूर्वमुख्यमन्त्री… Continue reading सिक्किममा क्रान्तिकारी मोर्चाको जादु, ३२ सिटमा ३१ जित
भारतमा निर्वाचनको दिन गर्मीका कारण ३३ कर्मचारीको मृत्यु
काठमाडौं । देशभर बढिरहेको गर्मीबिच भारतमा निर्वाचनको अन्तिम दिन एकै राज्यका ३३ जना मतदान स्थलमा खटिएका कर्मचारीहरूको हृदयाघातका कारण मृत्यु भएको छ । निर्वाचन अधिकारीले दिएको जानकारीअनुसार ती कर्मचारीको गर्मीका कारण मृत्यु भएको हो । भारतको विभिन्न ठाउँमा ४५ डिग्री सेल्सियसभन्दा माथिको तापक्रम रहेको छ । सोही कारण धेरैको मृत्यु भएको खबर आइरहेको छ ।… Continue reading भारतमा निर्वाचनको दिन गर्मीका कारण ३३ कर्मचारीको मृत्यु
जेल फर्किए केजरीवाल
काठमाडौं । भारतको नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल तिहाड जेलमा फर्किएका छन् । भारतको सर्वोच्च अदालतले १० मेमा केजरीवाललाई लोकसभा निर्वाचनका लागि अन्तरिम जमानतमा छाड्न आदेश दिएको थियो । २१ दिनका लागि बाहिर रहेका केजरीवाल आइतबार तिहाड जेल फर्किएको एनडीटीभीले उल्लेख गरेको छ । उनले भनेका छन्, ‘मलाई २१ दिनको लागि सर्वोच्च अदालतले बाहिर रहन… Continue reading जेल फर्किए केजरीवाल
हमासलाई अत्य नगरेसम्म युद्ध नरोकिने इजरायली प्रधानमन्त्रीको दावि
काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले शनिबार गाजा युद्ध अन्त्य गर्न अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रस्तुतीपछि द्वन्द्वको एक हिस्साको रूपमा हमासको बिनास नभएसम्म युद्धको अन्त्ये नहुने दाबी गरेका छन् । युद्ध अन्त्य गर्न इजरायलको अवस्था परिवर्तन नभएको जनाउँदै इजरायली नेताले हमासको बिनासले सबै बन्धकलाई मुक्त गर्ने र इजरायललाई खतरा नभएको सुनिश्चित गर्ने विज्ञप्तिमार्फत जनाएका छन्… Continue reading हमासलाई अत्य नगरेसम्म युद्ध नरोकिने इजरायली प्रधानमन्त्रीको दावि
भारत निर्वाचन : सर्वेक्षणको नतिजा मोदीको पक्षमा
काठमाडौं । भारतको लोक सभा चुनावको मतगणना सुरु हुनु अगाडि मत सर्वेक्षणका नतिजा सार्वजनिक हुन थालेका छन् । अहिलेसम्म भएका एक दर्जन मत सर्वेक्षणले नरेन्द्र मोदीले प्रधानमन्त्री पदमा ह्याट्रिक गर्ने देखिएको छ । विभिन्न न्यूज एजेन्सी र च्यानलहरुले भाजपा नेतृत्वको एनडीए गठबन्धनले बहुमत ल्याउने र विपक्षी कांग्रेस नेतृत्वको इन्डिया गठबन्धन हार्ने सर्वेक्षण गरेका छन् ।… Continue reading भारत निर्वाचन : सर्वेक्षणको नतिजा मोदीको पक्षमा
भारतमा भीषण गर्मी, कम्तिमा ६० जनाको मृत्यु
काठमाडौं । भारतमा भीषण गर्मीले कम्तिमा ६० जनाको मृत्यु भएको आंकडा सार्वजनिक भएको छ । यो संख्या अझै धेरै हुन सक्ने अनुमान अधिकारीहरुले गरेका छन् । भारतीय सञ्चारमाध्यमहरुका अनुसार हिटवेवको सबैभन्दा धेरै असर विहार, राजस्थान, आन्द्र प्रदेश र ओडिशामा देखिएको छ । राष्ट्रिय रोय नियन्त्रण केन्द्रले ६० जनाको मृत्यु भएको विवरण सार्वजनिक गर्दै यो यकिन… Continue reading भारतमा भीषण गर्मी, कम्तिमा ६० जनाको मृत्यु