मङ्गोलियामा अत्यधिक चिसोका कारण १३ जनाको मृत्यु

प्रतिकात्मक तस्वीर (Xinhua/Zhang Fengguo)

उलान बाटोर (मङ्गोलिया), १४ माघ (रासस–सिन्ह्वा) । मङ्गोलियामा सन् २०२६ को जनवरी मा मात्र अत्यधिक चिसो (हाइपोथर्मिया) को कारण १३ जनाको मृत्यु भएको रेकर्ड गरेको देशको राष्ट्रिय प्रहरी एजेन्सी (एनपिए) ले मङ्गलबार जनाएको छ । मृतक मध्ये अधिकाशंले रक्सी पिएको एनपिएले विज्ञप्ति मार्फत जनाएको छ । चिसोको उच्च जोखिमको समयमा हाइपोथर्मियाको कारण मृत्यु हुनुको मुख्य… Continue reading मङ्गोलियामा अत्यधिक चिसोका कारण १३ जनाको मृत्यु

अमेरिकामा भीषण आँधी : कम्तीमा ३० जनाको मृत्यु

A tree blocks the road days after an ice storm in Nashville, Tenn., on Tuesday, Jan. 27, 2026. (AP Photo/Travis Loller)

न्युयोर्क,१४ माघ (रासस–एएफपी) । अमेरिकाका विभिन्न राज्यहरूमा आएको भीषण आँधीका कारण कम्तीमा ३० जनाको मृत्यु भएको छ भने पाँच लाखभन्दा बढी मानिस विद्युत् सेवाबाट वञ्चित भएका छन् । न्यु मेक्सिकोदेखि मेन राज्यसम्म फैलिएको आँधीले भारी हिमपात, चिसो वर्षा, असिना र तेज हावासहित जनजीवन अस्तव्यस्त बनाएको छ । अत्यधिक चिसो आर्कटिक हावाका कारण उद्धार तथा पुनःस्थापना… Continue reading अमेरिकामा भीषण आँधी : कम्तीमा ३० जनाको मृत्यु

क्यालिफोर्नियामा ३० हजारभन्दा बढी स्वास्थ्यकर्मी हडतालमा

/Getty Images/AFP (Photo by Brandon Bell / GETTY IMAGES NORTH AMERICA / Getty Images via AFP)

लस एन्जलस, १४ माघ (रासस–सिन्ह्वा) । अमेरिकाको क्यालिफोर्निया राज्यमा काइजर पर्मानेन्टे नामक स्वास्थ्य सेवा संस्थामा कार्यरत ३० हजारभन्दा बढी स्वास्थ्यकर्मी सोमबार बिहानदेखि खुला अवधिको हडतालमा उत्रिएका छन् । यो हडताल अमेरिकाको सबैभन्दा ठूलो गैरनाफामुखी स्वास्थ्य सेवा प्रणालीमा देखिएको पछिल्लो श्रमिक आन्दोलन हो । क्यालिफोर्निया संयुक्त नर्स सङ्घ तथा स्वास्थ्य सेवा पेशाकर्मी सङ्घअन्तर्गत रहेका करिब ३१… Continue reading क्यालिफोर्नियामा ३० हजारभन्दा बढी स्वास्थ्यकर्मी हडतालमा

बेइजिङ–अबुधाबी सिधा उडान सुरु

file

बेइजिङ, १२ माघ (रासस–एएफपी) । चीनको राजधानी बेइजिङ र संयुक्त अरब इमिरेट्स (युएई) को अबुधाबी बीचको सिधा हवाई मार्ग सुरु गरिएको छ । यो चिनियाँ एयरलाइनद्वारा संचालित दुई राजधानीहरू बीचको पहिलो सीधा सम्पर्क हो। बोकेर एयर चाइनाको बोइङ ७८७ विमानले २७८ यात्रु लिएर गरेको पहिलो उडान शनिबार राति अबुधाबीस्थित जायद अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो… Continue reading बेइजिङ–अबुधाबी सिधा उडान सुरु

फ्रान्समा १५ वर्ष मुनिका बालबालिकामाथि सामाजिक सञ्जालमा प्रतिबन्धको तयारी

agency

पेरिस, ११ माघ (रासस–एएफपी) । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले १५ वर्षमुनिका बालबालिकामाथि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने कानुनी प्रक्रियालाई तीव्र बनाउने प्रतिबद्धता दोहोर्याएका छन् । “मैले सरकारलाई द्रुत प्रक्रियालाई सक्रिय गर्न भनेको छु ताकि यो सकेसम्म चाँडो पार गर्न सकियोस्,” उनले बिएफएम टेलिभिजनमा प्रसारण गरिएको आफैले रेकर्ड गरेको भिडियोमा भनेका छन् । भिडियोमा उनले यसलाई अर्को… Continue reading फ्रान्समा १५ वर्ष मुनिका बालबालिकामाथि सामाजिक सञ्जालमा प्रतिबन्धको तयारी

भारत-बंगलादेशको विवादका बीच बंगलादेश टि–२० विश्वकपबाट आउट, स्कटल्याण्डलाई अवसर

नयाँदिल्ली, ११ माघ (रासस–एएफपी) । भारतमा खेल खेल्ने विवादका कारण बङगलादेशले प्रतियोगिताबाट नाम फिर्ता लिएपछि स्कटल्यान्डले आगामी महिना हुने ट्वन्टी–२० विश्वकपमा बङ्गलादेशलाई प्रतिस्थापन गर्ने शनिबार क्रिकेटको प्रशासकीय निकायले जनाएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले भनेको छ, “समूह ‘सी’ मा बङ्गलादेशलाई प्रतिस्थापन गर्न स्कटल्याण्डलाई बोलाइएको छ, जसमा इङ्ग्ल्यान्ड, इटाली, नेपाल र वेस्ट इन्डिज पनि रहेका… Continue reading भारत-बंगलादेशको विवादका बीच बंगलादेश टि–२० विश्वकपबाट आउट, स्कटल्याण्डलाई अवसर

नाइजेरियाली चर्चमा १५० लाई बन्धक, आक्रमणकारीद्वारा फिरौतीस्वरूप १७ मोटरसाइकल माग

file

अबुजा, नाइजेरिया, ८ माघ (रासस–एएफपी) । नाइजेरियाको द्वन्द्वग्रस्त उत्तरपश्चिमा १५० भन्दा बढी चर्चका उपासकहरूलाई अपहरण गर्ने बन्दुकधारी र बन्धक बनाइएका व्यक्तिको खोजी कार्य तीब्र पारिएको छ । आक्रमणकारीले बन्धकका परिवारसँग फिरौतीका लागि १७ वटा मोटरसाइकल माग गरेका छन् । हालैका महिनाहरूमा पश्चिम अफ्रिकी राष्ट्रमा धार्मिक पूजा केन्द्रहरूलाई लक्षित गरी गरिएको सबैभन्दा ठूलो सामूहिक अपहरणमा, आक्रमणकारीहरूले… Continue reading नाइजेरियाली चर्चमा १५० लाई बन्धक, आक्रमणकारीद्वारा फिरौतीस्वरूप १७ मोटरसाइकल माग

बोन्डी गोलीकाण्डपछि अस्ट्रेलियामा कडा कानून

Australian Prime Minister Anthony Albanese speaks to the media during a press conference at Parliament House in Canberra, Australia, Thursday, Jan. 8, 2026. (Lukas Coch/AAP Image via AP)

मेलबर्न, ८ माघ (रासस–एपी) । सिड्नीको बोन्डी बिचमा भएको घातक गोलीकाण्डपछि अस्ट्रेलियाको संसद्ले बन्दुक नियन्त्रण कडा बनाउने र घृणा–विरोधी भाषणसम्बन्धी नयाँ कानून पारित गरेको छ । प्रधानमन्त्री एन्थोनी अल्बानिजले यी कानूनहरू हिंसा र घृणाविरुद्धको एकताबद्ध कदम भएको बताउँदै स्वागत गरेका छन् । गत डिसेम्बर १४ मा यहुदी पर्व हनुक्काका क्रममा दुई बन्दुकधारीले १५ जनाको हत्या… Continue reading बोन्डी गोलीकाण्डपछि अस्ट्रेलियामा कडा कानून

विश्वकपको भेन्यू सार्ने बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार

नयाँ दिल्ली, ८ माघ (रासस–एएफपी) । क्रिकेटको नियामक निकायले बुधबार टी–२० विश्वकपका खेलहरू भारतबाहिर सार्न बङ्गलादेशको अनुरोधलाई अस्वीकार गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘बङ्गलादेशी टोलीको सुरक्षामा सम्झौता गर्ने कुनै पनि स्वतन्त्र सुरक्षा खोजको अभावमा आईसीसीले खेल सार्न असमर्थ छ।” बङ्गलादेश क्रिकेट बोर्डले बारम्बार भारतमा खेल खेल्न अस्वीकार… Continue reading विश्वकपको भेन्यू सार्ने बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार

स्पेनमा द्रुत गतिको रेल दुर्घटना, कम्तिमा २१ को मृत्यु

्५ माघ, काठमाडौं । दक्षिणी स्पेनमा रेल दुर्घटना हुँदा कम्तीमा २१ जनाको ज्यान गएको छ । ३० भन्दा बढी यात्रुहरुको अवस्था गम्भीर छ । मालागाबाट म्याड्रिडतर्फ गइरहेको उच्चगतिको एक रेल कोर्डोबा सहर नजिकै पर्ने आदामुज नगर नजिकै दुर्घटनाग्रस्त भएको थियो । सो रेल लिक छाडेर अर्को ट्रयाकमा पुगेपछि विपरीत दिशाबाट (म्याड्रिडबाट हुएल्भातर्फ) आइरहेको अर्को रेलसँग… Continue reading स्पेनमा द्रुत गतिको रेल दुर्घटना, कम्तिमा २१ को मृत्यु

पाकिस्तानको पन्जावमा घना कुइरोका कारण सडक दुर्घटना, कम्तिमा १४ को मृत्यु

इस्लामाबाद, माघ ३ गते । पाकिस्तानको पूर्वी पन्जाब प्रान्तको सरगोधा जिल्लामा शनिबार घना कुहिरोका कारण भएको सडक दुर्घटनामा कम्तीमा १४ जनाको ज्यान गएको छ भने अन्य व्यक्ति घाइते भएका छन् । उद्धार अधिकारीका अनुसार अत्यन्त कम दृश्यताका कारण मिनीट्रक अनियन्त्रित भई सडकबाट खस्दै सुक्खा नहरमा पुगेको थियो । दुर्घटना स्थलमै सात जनाको मृत्यु भएको थियो… Continue reading पाकिस्तानको पन्जावमा घना कुइरोका कारण सडक दुर्घटना, कम्तिमा १४ को मृत्यु

बंगलादेशमा आवासीय भवनमा आगलागी, कम्तिमा ६ जनाको मृत्यु

File (AP Photo/Rajib Dhar)

ढाका, माघ ३ गते। बङ्गलादेशको राजधानी ढाकाको आवासीय भवनमा शुक्रबार आगलागी हुँदा कम्तीमा छ जनाको मृत्यु हुनुका साथै १३ जना घाइते भएको जनाइएको छ। “फायर सर्भिस” र “सिभिल डिफेन्स कन्ट्रोल रुम ” का ड्युटी अफिसर मोहम्मद रफी अल फारुकलाई उदृत गर्दै छ तले आवासिय भवनको पहिलो तलामा स्थानीय समय अनुसार विहान ७ः५४ मा आगलागी भएको… Continue reading बंगलादेशमा आवासीय भवनमा आगलागी, कम्तिमा ६ जनाको मृत्यु

थाइल्यान्ड रेल दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ३२ पुग्यो

A construction worker stands near the wreckage of a train that crashed when a construction crane collapsed in Thailand's Nakhon Ratchasima province on January 14, 2026. A crane at a China-backed high-speed rail project in Thailand collapsed onto a passenger train on January 14 and caused it to derail, killing at least 28 people and injuring dozens more, authorities said. (Photo by Lillian SUWANRUMPHA / AFP)

नाखोन रत्चासिमा, थाइल्यान्ड, ३० पुस (रासस–एएफपी) । थाइल्यान्डमा चीन समर्थित उच्च गतिको रेल परियोजनामा बुधबार एउटा क्रेन यात्रुवाहक रेलमा खस्दा भएको दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या कम्तीमा ३२ पुगेको अधिकारीहरूले बताएका छन्। राजधानी बैङ्ककको उत्तरपूर्वमा रहेको नाखोन रत्चासिमा प्रान्तमा दर्जनौँ उद्धारकर्ताहरूले क्षतिग्रस्त रेलका डिब्बाहरूमा बेपत्ता व्यक्तिहरूको खोजी गरिरहेका छन् । थाइल्यान्डमा कार्यरत सबैभन्दा ठूलो निर्माण फर्महरू… Continue reading थाइल्यान्ड रेल दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ३२ पुग्यो

इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो

People attend a rally in Frankfurt, Germany, Monday, Jan. 12, 2026. (Boris Roessler/dpa via AP)

तेहरान, ३० पुस (रासस–एपी) । इरानले आफ्ना नागरिकमाथि लगाइएका केही प्रतिबन्धहरू मङ्गलबार आंशिक रूपमा खुकुलो पारेको छ । देशभर फैलिएको रक्तपातपूर्ण विरोध प्रदर्शनपछि पहिलोपटक इरानी नागरिकलाई मोबाइल फोनमार्फत विदेशमा फोन कल गर्न अनुमति दिइएको हो । तर इन्टरनेटमा लगाइएका प्रतिबन्ध भने यथावत् राखिएका छन् र एसएमएस टेक्स्ट सन्देश सेवा अझै पुनः सञ्चालन गरिएको छैन ।… Continue reading इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो

इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४

In this frame grab from footage circulating on social media from Iran shows protesters taking to the streets despite an intensifying crackdown as the Islamic Republic remains cut off from the rest of the world in Tehran, Iran, Friday, Jan. 9, 2026.(UGC via AP)

दुबई, २९ पुस (रासस–एपी) । इरानमा जारी सरकारविरोधी प्रदर्शनका क्रममा ज्यान गुमाउनेहरूको सङ्ख्या कम्तीमा ५४४ पुगेको मानव अधिकार कार्यकर्ताहरूले बताएका छन् । यसैबीच, संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्ताका लागि तयार भएको दाबी गरेका छन् । तर अवस्था गम्भीर बन्दै गएमा बैठकअघि नै कडा कदम चाल्नुपर्ने चेतावनी पनि दिएका छन् । आइतबार राति… Continue reading इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४

अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प

(Photo by ANDREW CABALLERO-REYNOLDS / AFP)

एयर फोर्स वन, २९ पुस (रासस–एएफपी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ आफ्नो नियन्त्रणमा लिने दाबी गरेका छन् । आइतबार एयर फोर्स वनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यदि वासिङ्टनले कदम नचाले रुस वा चीनले उक्त टापु ‘कब्जा’ गर्ने चेतावनी दिए । राष्ट्रपति ट्रम्पका अनुसार आर्कटिक क्षेत्रमा रुस र… Continue reading अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प

अपदस्थ नेता ममुरोको पहिलो प्रतिक्रिया सार्वजनिक, के भने ?

(FILES) Venezuela's President Nicolas Maduro and his wife Cilia Flores wave to supporters as they leave the Capitolio -home of the National Assembly- after taking the oath during the presidential inauguration in Caracas on January 10, 2025. President Donald Trump said on January 3, 2026, that US forces had captured Venezuelan leader Nicolas Maduro after launching a "large scale strike" on the South American country. "The United States of America has successfully carried out a large scale strike against Venezuela and its leader, President Nicolas Maduro, who has been, along with his wife, captured and flown out of the Country," Trump said on Truth Social. (Photo by Juan BARRETO / AFP)

काराकास, २८ पुस (रासस–एएफपी) । भेनेजुएलाका अपदस्थ राष्ट्रपति निकोलस मदुरोले एक साताअघि अमेरिकी सेनाले पक्राउ परेपछि अहिलेसम्म आफू ठीक रहेको बताएका छन् । अमेरिकाले भने भेनेजुएलाको वर्तमान् प्रशासनलाई विपक्षी दलका नेता तथा पूर्व प्रशासक मदुरोको समयमा उनको विरोध गरेको आरोपमा विभिन्न ठाउँमा जेलमा राखिएका कैदीहरूलाई प्रक्रिया मिलाएर रिहा गर्न दवाव दिइरहेको छ। भेनेजुएलाका दल तथा… Continue reading अपदस्थ नेता ममुरोको पहिलो प्रतिक्रिया सार्वजनिक, के भने ?

इरानमा दुई हप्तानजिक विरोध, दमन अझ कडा

In this frame grab from video taken by an individual not employed by The Associated Press and obtained by the AP outside Iran shows people during a protest in Tehran, Iran, Friday, Jan. 9, 2026. (UGC via AP)

दुबईरपेरिस, २७ पुस (रासस–एपी–एएफपी) । इरानभर फैलिएको सरकारविरोधी प्रदर्शन शनिबार दुई हप्ताको नजिक पुगेको छ । अधिकारीहरूले कडा दमन जारी राखेको भए पनि आन्दोलन रोकिएको छैन, बरु प्रमुख सहरहरूमा नयाँ र्‍यालीहरू देखिएका छन् । इन्टरनेट र अन्तर्राष्ट्रिय फोन सेवा लगभग पूर्ण रूपमा बन्द गरिएपछि देशभित्रको वास्तविक अवस्था बाहिरी संसारका लागि झनै अस्पष्ट बनेको छ ।… Continue reading इरानमा दुई हप्तानजिक विरोध, दमन अझ कडा

मिसिसिपी गोलीकाण्डमा ६ जनाको मृत्यु, एक व्यक्ति हिरासतमा

प्रतिकात्मक तस्वीर

वेस्ट पोइन्ट (मिसिसिपी), २७ पुस (रासस–एपी) । अमेरिकाको पूर्वी मिसिसिपी राज्यमा आपसमा सम्बन्धित गोलीबारीका घटनाहरूको शृङ्खलामा परी छ जनाको ज्यान गएको छ । उक्त घटनापछि शनिबार एक जना संदिग्धलाई हिरासतमा लिइएको स्थानीय अधिकारीहरूले बताएका छन् । क्ले काउन्टीका शेरिफ एडी स्कटले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गर्नुभएको वक्तव्यमा अलाबामा राज्यको सीमा नजिकै पर्ने वेस्ट पोइन्ट सहरमा… Continue reading मिसिसिपी गोलीकाण्डमा ६ जनाको मृत्यु, एक व्यक्ति हिरासतमा

रुसको घातक आक्रमण, नयाँ मिसाइलद्वारा पश्चिमलाई चेतावनी

A residential building burns after a Russian strike in Kyiv, Ukraine, Friday, Jan. 9, 2026. (AP Photo/Efrem Lukatsky)

किएभ, २६ पुस (रासस–एपी) । रुसले युक्रेनमाथि सयौँ ड्रोन र दर्जनौँ क्षेप्यास्त्र प्रहार गर्दै रातभर व्यापक आक्रमण गरेको छ । यस आक्रमणमा राजधानी किएभमा कम्तीमा चार जनाको ज्यान गएको र २५ भन्दा बढी घाइते भएको युक्रेनी अधिकारीहरूले जनाएका छन् । करिब चार वर्षदेखि जारी युद्धमा दोस्रो पटक मात्र रुसले शक्तिशाली नयाँ हाइपरसोनिक ब्यालेस्टिक मिसाइल ‘ओरेसनिक’… Continue reading रुसको घातक आक्रमण, नयाँ मिसाइलद्वारा पश्चिमलाई चेतावनी

युक्रेनमा नयाँ ‘ओरेसनिक’ ब्यालेस्टिक मिसाइल प्रयोग गरेको रुसको दाबी

A residential building burns after a Russian strike in Kyiv, Ukraine, Friday, Jan. 9, 2026. (AP Photo/Efrem Lukatsky)

मस्को, २६ पुस (रासस–एपी) । रुसले युक्रेनविरुद्धको पछिल्लो आक्रमणमा नयाँ ‘ओरेसनिक’ मध्यम दूरीको ब्यालेस्टिक क्षेप्यास्त्र प्रयोग गरेको दाबी गरेको छ । रुसी रक्षा मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा उक्त मिसाइल प्रयोग गर्दै युक्रेनको महत्त्वपूर्ण पूर्वाधारलाई लक्षित गरी व्यापक आक्रमण गरिएको जनाएको हो । मन्त्रालयका अनुसार यो आक्रमण गत महिना रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको निवास नजिक… Continue reading युक्रेनमा नयाँ ‘ओरेसनिक’ ब्यालेस्टिक मिसाइल प्रयोग गरेको रुसको दाबी

पेट्रो–ट्रम्प टकरावले कोलम्बिया कूटनीतिक दोधारमा

Colombian President Gustavo Petro addresses supporters in a rally he called to protest comments by U.S. President Donald Trump, in Bogota, Colombia, Wednesday, Jan. 7, 2026. (AP Photo/Santiago Saldarriaga)

बोगोटा, २५ पुस (रासस–एपी) । भेनेजुएलामा ट्रम्प प्रशासनले गरेको सैन्य हस्तक्षेपलाई लिएर कोलम्बियाका वामपन्थी राष्ट्रपति गुस्ताभो पेट्रोले गरेको कडा आलोचनाले वासिङ्टन र बोगोटाबीचको सम्बन्धलाई अभूतपूर्व तनावमा पु¥याएको छ । यस हस्तक्षेपलाई पेट्रोले ल्याटिन अमेरिकी सार्वभौमसत्तामाथिको ‘घृणित उल्लङ्घन’ भन्दै सन् १९३७ मा नाजी जर्मनीले स्पेनको गुएर्निकामा गरेको कार्पेट बमबारीसँग तुलना गरेका छन् । अमेरिकाको ऐतिहासिक रूपमा… Continue reading पेट्रो–ट्रम्प टकरावले कोलम्बिया कूटनीतिक दोधारमा

अमेरिकी व्यापार घाटा सन् २००९ पछि सबैभन्दा न्यून

File : (Photo by AFP) / China OUT

वासिङ्टन, २५ पुस (रासस–एएफपी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विदेशी सामानमा अतिरिक्त करवृद्धि गर्ने नीतिका कारण सामानको आयातमा कमी आएसँगै अमेरिकी व्यापार घाटा अक्टोबरमा तीव्र र अप्रत्याशित रूपमा घटेको देखिएको छ । यो सन् २००९ पछिको सबैभन्दा न्यून स्तरमा पुगेको अमेरिकी सरकारी तथ्याङ्कले देखाएको छ । वाणिज्य विभागका अनुसार अक्टोबरमा कुल व्यापार घाटा ३९ प्रतिशतले… Continue reading अमेरिकी व्यापार घाटा सन् २००९ पछि सबैभन्दा न्यून

युरोपभर हिउँ–बरफको कहर

Cars drive around a curve in a snow covered forest of the Taunus region near Frankfurt, Germany, Tuesday, Jan. 6, 2026. (AP Photo/Michael Probst)

द हेग (नेदरल्यान्ड्स), २२ पुस (रासस–एपी) । हिउँ, बरफ र चिसो तापक्रमका कारण मङ्गलबार युरोपका विभिन्न देश गम्भीर रूपमा प्रभावित भएका छन् । खराब मौसमले फ्रान्समा कम्तीमा पाँच जनाको ज्यान लिएको छ भने युरोपकै सबैभन्दा व्यस्त विमानस्थलहरूमध्ये एकबाट सयौँ उडान रद्द भएका छन् । सडक, रेल र हवाई यातायात अवरुद्ध हुँदा जनजीवन अस्तव्यस्त बनेको छ… Continue reading युरोपभर हिउँ–बरफको कहर

स्याङ्जा सहयोग समाज यूएईको आठौं अधिवेशन सम्पन्न

२३ पुस, दुबई । स्याङ्जा सहयोग समाज यूएईको आठौं अधिवेशन भव्य, शान्तिपूर्ण र सफल रुपमा सम्पन्न भएको छ । अधिवेशनले रेशमराज खनालको अध्यक्षतामा २३ सदस्यीय निर्विरोध कार्यसमिति गठन गरेको छ । प्रमुख पदाधिकारीहरुमा उपसभापति कल्पित भण्डारी, हरि पन्त, शंकर भट्ट, महामन्त्री लक्ष्मण पौडेल, सहमहामन्त्री रामबहादुर भुसाल, प्रदीप अधिकारी, कोषाध्यक्ष पुष्कर अधिकारी रहेका छन् । यस्तै,… Continue reading स्याङ्जा सहयोग समाज यूएईको आठौं अधिवेशन सम्पन्न

चीनको भ्रमणमा दक्षिण कोरियाली राष्ट्रपति

(260106) -- BEIJING, Jan. 6, 2026 (Xinhua) -- Zhao Leji, chairman of the Standing Committee of the National People's Congress, meets with President of the Republic of Korea (ROK) Lee Jae Myung in Beijing, capital of China, Jan. 6, 2026. (Xinhua/Liu Weibing)

बेइजिङ, २२ पुस (रासस\एएफपी) । चीनका शीर्ष सांसदले मङ्गलबार बेइजिङमा दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङसँग भेट गर्दै दुई देशबीच स्थिर सम्बन्ध र गहिरो सहयोगको अपेक्षा व्यक्त गरेको सरकारी मिडियाले जनाएको छ । राष्ट्रपति ली छ वर्षपछि चिनियाँ राजधानी भ्रमण गर्ने पहिलो दक्षिण कोरियाली नेता हुन् । उनले पछिल्ला वर्षहरूमा देखिएको कूटनीतिक गतिरोधपछि चीनसँगको सम्बन्ध… Continue reading चीनको भ्रमणमा दक्षिण कोरियाली राष्ट्रपति

भेनेजुएला कारबाहीमा राष्ट्रसङ्घको चिन्ता

TOPSHOT - A burnt missile interceptor vehicle is seen at La Carlota air base in Caracas on January 3, 2026, after US forces captured Venezuelan leader Nicolas Maduro after launching a "large scale strike" on the South American country. President Donald Trump said on January 3, 2026, that US forces had captured Venezuela's leader Nicolas Maduro after bombing the capital Caracas and other cities in a dramatic climax to a months-long standoff between Trump and his Venezuelan arch-foe. (Photo by Federico PARRA / AFP)

जेनेभा, २३ पुस (रासस\एएफपी) । संयुक्त राष्ट्रसङ्घले भेनेजुएलामा गरिएको अमेरिकी सैन्य कारबाहीप्रति गहिरो चिन्ता व्यक्त गर्दै यसले अन्तर्राष्ट्रिय कानूनका मौलिक सिद्धान्तहरूलाई स्पष्ट रूपमा अवमूल्यन गरेको चेतावनी दिएको छ । मङ्गलबार जेनेभामा पत्रकारहरूसँग कुरा गर्दै संयुक्त राष्ट्रसङ्घको मानव अधिकार कार्यालयकी प्रवक्ता रविना शामदासानीले भनिन्, “कुनै पनि राज्यले अर्को राज्यको क्षेत्रीय अखण्डता वा राजनीतिक स्वतन्त्रताको विरुद्ध धम्की… Continue reading भेनेजुएला कारबाहीमा राष्ट्रसङ्घको चिन्ता

अफगानिस्तानमा सुन खानी विवादमा झडप, धेरै हताहत

file

अफगानिस्तान, (रासस\एएफपी)।उत्तरी अफगानिस्तानको तखर प्रान्तमा सुन खानीको कामलाई लिएर स्थानीय बासिन्दा र खानी कम्पनीका कर्मचारीबीच भएको झडपमा केही व्यक्तिको मृत्यु भएको तालिबान अधिकारीले मङ्गलबार पुष्टि गरेका छन् । खानी तथा पेट्रोलियम मन्त्रालयका प्रवक्ता हुमायूँ अफगानका अनुसार चाह अब जिल्लामा भएको झडपले मानवीय र आर्थिक दुवै प्रकारको क्षति पुगेको छ । मन्त्रालयको प्रतिनिधिमण्डललाई घटनास्थलमा अनुसन्धानका लागि… Continue reading अफगानिस्तानमा सुन खानी विवादमा झडप, धेरै हताहत

बेलायतमा दिउँसोको समयमा “जङ्क फूड” को विज्ञापनमा प्रतिबन्ध

लन्डन, २२ पुस (रासस–एएफपी) । बेलायतमा सोमबार देखि लागु भएको नयाँ नियमले दिउँसोको समयमा जङ्क फुडको टिभी र अनलाइन विज्ञापनहरूमा प्रतिबन्ध लगाएको छ । यसलाई बेलायत सरकारले बाल्यकालको मोटोपनाको सामना गर्न “विश्वकै अग्रणी कार्य“ भनि अर्थायएको छ । प्रतिबन्ध–चिल्लो पदार्थ, नुन वा चिनीमा उच्च उत्पादनहरूका विज्ञापनहरूलाई लक्षित गर्दै–हरेक वर्ष बच्चाहरूको आहारबाट उल्लेख्य क्यालोरीहरू हटाउने अपेक्षाले… Continue reading बेलायतमा दिउँसोको समयमा “जङ्क फूड” को विज्ञापनमा प्रतिबन्ध

ग्रिनल्याण्डलाई गाभ्ने चेतावनीलाई नदोहोराउन अमेरिकालाई आग्रह

(Xinhua)

कोपनहेगन, २२ पुस (रासस–एएफपी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्याण्डलाई अमेरिकाको हिस्सा बनाउन गरेको आह्वानको सोमबार अन्तर्राष्ट्रिय स्तरमा निन्दा भएको छ । भेनेजुएलामा वासिङ्टनको सैन्य हस्तक्षेपले खनिजको धनी आर्कटिक क्षेत्र ग्रिनल्यान्डबारे चिन्ता उत्पन्न भएपछि अन्तरराष्ट्रिय समुदायको भनाई आएका हुन् । आइतबार राति एयर फोर्स वानमा पत्रकारसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले भने, “हामीलाई राष्ट्रिय सुरक्षाको दृष्टिकोणले… Continue reading ग्रिनल्याण्डलाई गाभ्ने चेतावनीलाई नदोहोराउन अमेरिकालाई आग्रह