चार्ल्स तृतीयलाई औपचारिक रुपमा ब्रिटेनको राजा घोषणा

Reuters

लण्डन । चार्ल्स तृतीयलाई लन्डनस्थित सेन्ट जेम्स प्यालेसमा आयोजित एक विशेष समारोहमा राजा घोषणा गरिएको छ। शनिवार बिहान भएको परम्परागत कार्यक्रममा (जुन पहिलो पटक टेलिभिजनमा प्रसारण गरिएको थियो( दिवङ्गत महारानीको शोकमा झुकाइएको झण्डा नयाँ राजा बनेको खुसीयालीका अवसरमा पूर्ण रूपमा फहराइएको थियो। यूकेभर आइतवारसम्म थप घोषणाहरू हुनेछन् त्यसपछि ८ सेप्टेम्बरमा दिवङ्गत भएकी महारानीको शोक मनाउने… Continue reading चार्ल्स तृतीयलाई औपचारिक रुपमा ब्रिटेनको राजा घोषणा

प्रधानमन्त्री देउवाले दूतावास पुगेर दिए ब्रिटेन महारानीलाई श्रद्धान्जली

RSS

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंस्थित संयुक्त अधिराज्य बेलायतको राजदूतावास पुगेर बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधनप्रति दुःख व्यक्त गरेका छन्। शोक व्यक्त गर्न देउवा शनिबार दूतावास पुगेका हुन्। उनले त्यहाँ राखिएको शोक पुस्तिकामा शोक सन्देश लेखेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले पनि शुक्रबार दूतावास पुगेर शोक व्यक्त गरेकी थिइन्। महारानी एलिजाबेथ द्वितीयको… Continue reading प्रधानमन्त्री देउवाले दूतावास पुगेर दिए ब्रिटेन महारानीलाई श्रद्धान्जली

राजा चार्ल्स तृतीयले गरे पहिलो पटक राष्ट्रका नाममा सम्बोधन

Reuters

लण्डन । राजा चार्ल्स तृतीयले पहिलो पटक राष्ट्र र राष्ट्रमण्डलका नाममा सम्बोधन गरेका छन् । उनले सम्बोधनका क्रममा आमा एलिजावेथलाई पटक पटक सम्झिएका छन् । यस्तो छ, सम्बोधनको सार…. म आज तपाईँहरूसँग गहिरो दुखका साथ बोलिरहेको छु। आफ्नो जीवनभर महामहिम महारानी, मेरी प्यारी आमा- म र मेरो सम्पूर्ण परिवारका लागि एक प्रेरणा र उदाहरण हुनुहुन्थ्यो।… Continue reading राजा चार्ल्स तृतीयले गरे पहिलो पटक राष्ट्रका नाममा सम्बोधन

ब्रिटेनकी महारानी एलिजाबेथ द्वितीयाको निधनमा नेपालमा तीन दिन शोक घोषणा

काठमाडौं । ब्रिटेनकी महारानी एलिजाबेथ द्वितीयाको निधनमा नेपाल सरकारले तीन दिन शोक घोषणा गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । यसबीचमा बिदा भने दिइएको छैन । निधन भएकी महारानीको सम्मानमा शनिवारदेखि तीन दिन नेपालभरिका सरकारी कार्यालय एवम् विदेशस्थित नेपाली दूतावास तथा नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाएर शोक व्यक्त गर्ने निर्णय… Continue reading ब्रिटेनकी महारानी एलिजाबेथ द्वितीयाको निधनमा नेपालमा तीन दिन शोक घोषणा

बेलायती दूतावास पुगेर राष्ट्रपति भण्डारीले दिइन महारानी एलिजावेथलाई श्रद्धान्जली

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको निधनमा शोक व्यक्त गर्दै बेलायती जनता र बेलायतका महाराज चार्ल्स तृतीयलाई समवेदना सन्देश पठाएकी छिन् । उनले महारानी एलिजावेथ विश्‍वले सम्मान गर्ने योग्य राजनेता भएको समेत बताइन् । काठमाडौंस्थित बेलायती राजदूतावासमा राखिएको शोकपुस्तिकामा हस्ताक्षर गर्दै राष्ट्रपति भण्डारीले भनेकि छिन्, ‘‘बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको निधनबाट मलाई अत्यन्तै… Continue reading बेलायती दूतावास पुगेर राष्ट्रपति भण्डारीले दिइन महारानी एलिजावेथलाई श्रद्धान्जली

महारानीको अन्तिम संस्कार कहाँ र कहिले हुँदैछ ?

Photo by Chris Jackson/Getty Images

बेलायतमा ७० वर्ष भन्दा लामो समय शासन गरेर इतिहास कायम गर्न सफल महारानी एलिजाबेथ द्वितीयको निधन भएको छ । सन् १९५२ मा गद्दी सम्हालेकी उनले त्यसयता १५ जना प्रधानमन्त्रीसँगकाम गरिन् । उनी बाल्मोरलमा रहेका बेला परिवारका सदस्यका बीचमै उनको निधन भएको छ । अब उनको अन्त्येष्टि प्रक्रिया सुरु हुनेछ । बीबीसीका अनुसार यो झण्डै दुई… Continue reading महारानीको अन्तिम संस्कार कहाँ र कहिले हुँदैछ ?

महारानी एलिजावेथको निधनमा नेपालले महान प्रशंसक गुमायो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको निधनमा गहिरो दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री देउवाले उनको निधनको खबरबाट आफूलाई निक्कै दुःखित बनाएको समेत उल्लेख गरेका छन् । उनको निधनले नेपाल र नेपाली नागरिकले एक महान् प्रशंसक गुमाएको प्रधानमन्त्रीको शोक सन्देशमाउल्लेख छ । उनले बेलायतको राजपरिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन् । ट्वीटरमार्फत… Continue reading महारानी एलिजावेथको निधनमा नेपालले महान प्रशंसक गुमायो : प्रधानमन्त्री

बेलायती महामारी एलिजाबेथ द्वितीयको निधन

File Photo by: zz/KGC-178/STAR MAX/IPx 2017

लण्डन । बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधन भएको छ । उनको बिहीबार ९६ वर्षको उमेरमा निधन भएको हो । उनी बेलायतमा ७० वर्षसम्म शासन गरेकी लोकप्रिय व्यक्ति थिइन् । बकिङ्घम प्यालेसले रानी एजिलाबेथ द्वितीयको निधन भएको पुष्टि गरेको छ । अब उनका ७३ वर्षीय छोरा चार्ल्स बेलायतको नयाँ राजा बन्ने छन् । महारानी एलिजाबेथको जन्म… Continue reading बेलायती महामारी एलिजाबेथ द्वितीयको निधन

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ८ महिनायताकै न्यून

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी गिरावट आएको छ । अमेरिकी बेन्चमार्क वेस्ट टेक्सास इन्टरमिडिएट (डब्ल्यूटीआई) प्रति ब्यारेल ८५ डलरभन्दा तल झरेको छ भने ग्लोबल ब्रेन्ट बेन्चमार्क ९० डलरभन्दा तल कारोबार भइरहेको छ । रुसले तेलको आपूर्ति रोक्ने धम्की दिइरहेको अवस्थामा तेलको भाउ घटेको हो । अन्तरराष्टिय बजारमा डलरको भाउ बढ्दा माग घट्ने… Continue reading अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ८ महिनायताकै न्यून

भियतनाममा बारमा आगलागी, कम्तिमा ३२ जनाको मृत्यु

काठमाडौं–एजेन्सी । भियतनामको दक्षिणी सहर होचीमिन्ह सिटी नजिकैको कराओके बारमा भएको भीषण आगलागीमा परि कम्तीमा ३२ जनाको मृत्यु भएको छ। मंगलबार राति कम्प्लेक्सको दोस्रो तल्लाबाट सल्किएको आगो र धुवाँमा धेरै ग्राहक र कर्मचारी फसेको भियतनामको सरकारी सञ्चारमाध्यमले जनाएका छन्।त्यहाँबाट निस्कने आकस्मिक बाटो पनि आगोले बन्द गरेपछि केहीले झ्यालको सिसा फोरेर हाफ फालेका थिए। केही बरन्डाबाट… Continue reading भियतनाममा बारमा आगलागी, कम्तिमा ३२ जनाको मृत्यु

यूरोपको सबैभन्दा ठूलो परमाणु केन्द्रको सुरक्षालाई लिएर संयुक्त राष्ट्रसंघको गम्भीर चेतावनी

काठमाडौं–बीबसिी । युरोपको सबैभन्दा ठूलो परमाणु ऊर्जा केन्द्र वरपर भएको गोलाबारीका कारण त्यहाँको रेडियोधर्मी विकिरणहरूको असीमित निकास हुनसक्ने र त्यस क्षेत्रमा रुसी सैन्य उपकरणहरूले गर्दा त्यसको सुरक्षालाई कमजोर पार्न सक्ने संयुक्त राष्ट्रसङ्घको परमाणु ऊर्जा सम्बन्धी निकायले चेतावनी दिएको छ। गत मार्च महिनादेखि युक्रेनको जापोरीजा केन्द्र रुसको कब्जामा छ र त्यहाँ पटकपटक आक्रमण भएका छन्। गत… Continue reading यूरोपको सबैभन्दा ठूलो परमाणु केन्द्रको सुरक्षालाई लिएर संयुक्त राष्ट्रसंघको गम्भीर चेतावनी

चीनमा विनासकारी भूकम्प, कम्तिमा ४६ जनाको मृत्यु भएको पुष्टी

काठमाडौं\एजेन्सी । चीनमा सोमबार शक्तिशाली भूकम्प गएको छ । जसमा परी कम्तिमा ४६ जनाको मृत्यु भएको पुष्टी भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । दक्षिण पश्चिम चीनको सिचुवान प्रान्तमा सोमबार ६ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको हो । १६ जना वेपत्ता भएको र दर्जनौ घाइते भएको समेत समाचारमा उल्लेख छ । स्थानीय समय अनुसार सोमबार दिउँसो… Continue reading चीनमा विनासकारी भूकम्प, कम्तिमा ४६ जनाको मृत्यु भएको पुष्टी

४७ वर्षीया लिज ट्रस बेलायतको प्रधानमन्त्री बन्ने तेस्रो महिला

काठमाडौं । कन्जरभेटिभ्स पार्टीकी नेता लिज ट्रस बेलायतकी नयाँ प्रधानमन्त्री बन्ने भएकी छन्। अहिले विदेश मन्त्री रहेकी ट्रसले कन्जरभेटिभ्स पार्टीको नेतृत्वका लागि भएको चुनावमा जित हात पारेसँगै उनी बेलायतकी नयाँ प्रधानमन्त्री बन्ने भएकी हुन्। बिबिसीका अनुसार सोमबार दिउँसो चुनावी नतिजा सार्वजनिक भएको हो। नतिजामा भारतीय मूलका अर्का प्रतिष्पर्धी ऋषि सुनक पराजित भएका हुन्। ट्रसले ८१… Continue reading ४७ वर्षीया लिज ट्रस बेलायतको प्रधानमन्त्री बन्ने तेस्रो महिला

एसिया कप : रोमान्चक खेलमा पाकिस्तानले भारतलाई हरायो

काठमाडौं । मोहम्मद रिजवान र मोहम्मद नवाजको उत्कृष्ट प्रदर्शनमा पाकिस्तानले युएईमा जारी टी–२० एसिया कप २०२२ को सुपर फोरमा भारतलाई ५ विकेटले गराएको छ । जितको लागि १ सय ८२ रनको लक्ष्य पछ्याएको पाकिस्तानले अन्तिम बल अगाडिनै ५ विकेट गुमाएर लक्ष्य भेटायो । उसका लागि ओपनर मोहम्मद रिजवानले ७१ रनको उत्कृष्ट पारी खेले। उनले ५१… Continue reading एसिया कप : रोमान्चक खेलमा पाकिस्तानले भारतलाई हरायो

क्यानडामा अन्धाधुन्ध चक्कु प्रहारबाट १० जनाको हत्या

Skynews

काठमाडौं । क्यानडामा अन्धाधुन्ध चक्कु प्रहार गरी १० जनाको हत्या गरिएको छ । १५ जना घाइते भएका छन् । क्यानडाका अलग–अलग १३ स्थानमा श्रृंखलाबद्ध चक्कु प्रहार भएको हो । चक्कु प्रहारबाट १० जनाको मृत्यु र १५ जना घाइते भएको सेन्ट्रल सस्केचेवान प्रान्तको प्रहरीलाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ । हमलामा ३१ वर्षीय डेमिइन स्यान्डर्सन… Continue reading क्यानडामा अन्धाधुन्ध चक्कु प्रहारबाट १० जनाको हत्या

देश छाडेर भागेका श्रीलंकाका पूर्वराष्ट्रपति राजपक्ष स्वदेश फिर्ता

कोलम्बो । श्रीलङ्काका पूर्वराष्ट्रपति गोटाबय राजपक्ष स्वदेश फर्किएका छन्। गत जुलाई महिनामा आफूविरुद्ध आयोजित विरोधप्रदर्शन उत्कर्षमा पुगेपछि राष्ट्रपति पदमा आसीन हुँदै उनी भागेर विदेश गएका थिए। तर पछि उनले राजीनामा दिएका थिए। अस्थायी भिसामा थाईल्यान्डमा बसिरहेका राजपक्ष सिङ्गापुर हुँदै घर फर्केको बीबीसीले जनाएको छ । केही श्रीलङ्काली मन्त्रीहरूले उनलाई विमानस्थलमा भेटेको बताइएको छ। श्रीलङ्कालीहरूले उनको… Continue reading देश छाडेर भागेका श्रीलंकाका पूर्वराष्ट्रपति राजपक्ष स्वदेश फिर्ता

नयाँ प्रधानमन्त्रीको नियुक्ति पहिलो पटक लण्डनभन्दा बाहिरको शहरबाट गर्दै बेलायती महारानी

लण्डन\बीबीसी । यूकेकी महारानीले परम्परा तोड्दै लण्डन बाहिरस्थित कार्यालयमा देशको नयाँ प्रधानमन्त्रीको नियुक्ति समारोह गर्ने बकिङ्घम राजदरबारले जनाएको छ। नयाँ नियुक्त हुने प्रधानमन्त्री र पदबाट बाहिरिँदै गरेका बोरिस जोनसन यसअघिको परम्परा तोड्दै सेप्टेम्बर ६ मा महारानी एलिजाबेथ द्वितियासँगको भेटका निम्ति स्कटल्याण्डस्थित उनको निवासमा जाने भएका छन्। आफ्नो ७० वर्षको शासनकालमा ९६ वर्षीय महारानी एलिजाबेथले देशका… Continue reading नयाँ प्रधानमन्त्रीको नियुक्ति पहिलो पटक लण्डनभन्दा बाहिरको शहरबाट गर्दै बेलायती महारानी

रुसले रोक्यो मुख्य पाइपलाइनबाट युरोप आपूर्ति हुने ग्यास

काठमाडौं । मर्मत सम्भारको भन्दै रुसले मुख्य पाइपलाइनबाट युरोप आपूर्ति हुने ग्यास आपूर्ति रोकेको छ । रुसी सरकारको स्वामित्वमा रहेको उर्जा कम्पनी गाजप्रोमले नर्ड स्ट्रिम १ पाइपलाइनमाथिको प्रतिबन्ध आगामी ३ दिनसम्म लागू हुने बताए । रुसले यसअघि नै पाइपलाईनमार्फत हुने ग्यास निर्यात रोक्का गरेको छ । युक्रेनको आक्रमणपछि प्रतिबन्ध लगाउने पश्चिमी राष्ट्रहरूलाई दण्ड दिन उर्जा… Continue reading रुसले रोक्यो मुख्य पाइपलाइनबाट युरोप आपूर्ति हुने ग्यास

सोभियत संघका अन्तिम नेता मिखाइलको निधन

मस्को । सोभियत युगका अन्तिम नेता मिखाइल गोर्भाचोभको ९१ वर्षको उमेरमा निधन भएको छ । सन् १९८५ देखि १९९१ सम्म सोभियत संघको सत्तामा रहेका मिखाइल सोभियत युगका अन्तिम नेता मानिन्छन् । उनी लामो समयदेखि मृगौला रोगसँग लडिरहेका थिए । मिखाइलको उपचाररत अस्पतालमै निधन भएको बीबीसीले जनाएको छ । स्वर्गीय मिखाइलले शीतयुद्धको शान्तिपूर्ण अन्त्य गर्दै तत्कालीन… Continue reading सोभियत संघका अन्तिम नेता मिखाइलको निधन

भारतका गौतम अडानी बने विश्वका तेस्रो धनी, कति छ सम्पत्ति ?

काठमाडौं । भारतको औद्योगिक घराना अडानी समूहका अध्यक्ष गौतम अडानी विश्वका तेस्रो धनी व्यक्तिमा दरिएका छन्। फ्रान्सका बर्नार्ड अर्नाल्टलाई पछि पार्दै उनी विश्वको तेस्रो धनी व्यक्ति बनेका हुन्। अडानी विश्वकै धनीहरूको सूचीमा शीर्ष तीनमा पुग्ने एसियाकै पहिलो व्यक्ति बनेका छन् । भारतीय धनाढ्य मुकेश अम्बानी र चिनियाँ अर्बपति ज्याक मा पनि शीर्ष तीनमा पुग्न सकेका… Continue reading भारतका गौतम अडानी बने विश्वका तेस्रो धनी, कति छ सम्पत्ति ?

पाकिस्तानमा बाढी, १ हजार भन्दा बढी मानिसको मृत्यु

Skynews

इस्लामावाद । बाढीले धेरै जनधनको क्षति गरेपछि पाकिस्तानले अन्तर्राष्ट्रिय सहयोगका लागि अपिल गरेको छ । अमेरिका, बेलायत, संयुक्त अरब एमिरेट्स र अरू देशहरूले सहयोग उपलब्ध गराउँदै आए पनि अझै धेरै सहयोगको आवश्यकता रहेको पाकिस्तानले बताएको बीबीसीले जनाएको छ । यो वर्ष जुनयता धेरै पानी परेर आएको बाढीका कारण पाकिस्तानमा ज्यान गुमाउनेको सङ्ख्या १ हजार ३३… Continue reading पाकिस्तानमा बाढी, १ हजार भन्दा बढी मानिसको मृत्यु

एसिया कप : बहुचर्चित खेलमा पाकिस्तानलाई भारतले हरायो

काठमाडौं । एसिया कप टी–२० क्रिकेट प्रतियोगितमा भारत र पाकिस्तानबीचको खेलमा भारत विजयी भएको छ । यी दुई मुलुकबीचको भिडन्तलाई विश्व क्रिकेटमा ‘हाइ भोल्टेज म्याच’का रुपमा चिनिन्छ । आइतबार राति भएको समूह ए अन्तर्गत भएको खेलमा भारतले पाकिस्तानलाई ५ विकेटले हराएको हो । दुबईमा भएको खेलमा पाकिस्तानले दिएको १४८ रनको लक्ष्य भारतले २ बल खेल्न… Continue reading एसिया कप : बहुचर्चित खेलमा पाकिस्तानलाई भारतले हरायो

विष्फोट गरेर ढालियो भारतमा अवैध रूपमा बनाइएका दुई गगनचुम्बी भवन

काठमाडौं । भारतको नोयडामा अवैध रूपमा बनाइएका दुई गगनचुम्बी भवन ध्वस्त पारिएको छ। आइतबार दिउँसो नेपाली समयअनुसार पौने तीन बजे ती दुई भवन भत्काइएको हो। राजधानी नयाँदिल्लीसँग जोडिएको उत्तर प्रदेशको नोयडामा रहेका दुईमध्ये एउटा भवन एक सय मिटर र अर्को ९७ मिटर अग्ला थिए। उनीहरूको नाम एपेक्स र सियान राखिएको थियो। टावर भएको स्थान वरिपरि… Continue reading विष्फोट गरेर ढालियो भारतमा अवैध रूपमा बनाइएका दुई गगनचुम्बी भवन

बर्नमाउथविरुद्ध लिभरपुलले गर्यो ९ गोल

काठमाडौं\एजेन्सी । इंग्लिस प्रिमियर लिगमा गत राती लिभरपुलले बर्नमाउथमाथि सानदार जित निकालेको छ । उसले बर्नमाउथलाई ९–० को विशाल अन्तरले हरायो । लिभरपुलको जितमा डियाज र फिर्मिन्होले २–२ तथा इलियोट, आर्नोल्ड, डाइक र कार्भाल्होले १–१ गोल गरे। लिभरपुलले एक गोल आत्मघाती उपहार पायो । खेलको तेस्रो मिनेटमा डियाजले गोल गर्दै टिमलाई सुरूआती अग्रता दिलाए। छैठौं… Continue reading बर्नमाउथविरुद्ध लिभरपुलले गर्यो ९ गोल

यूरोपमा चरम खडेरी, ५ सय वर्षयताकै खराब भएको रेकर्ड

HENRY NICHOLLS

काठमाडौं\एजेन्सी । युरोपेली सङ्घले हाल युरोपमा जारी चरम खडेरी पाँच सय वर्षयताकै खराब भएको बताएको छ । खडेरीका कारण यस महादेशका झन्डै दुई तिहाइ क्षेत्रमा कुनै न कुनै प्रकारको चेतावनी जारी गरिएको छ । बीबीसीका अनुसार सङ्घले यो खराब अवस्था पाँच वर्षयताको खराब भएको बताएको छ । युरोपमा ४७ प्रतिशत भू–भागमा माटोको चिसोपना सुकेको र… Continue reading यूरोपमा चरम खडेरी, ५ सय वर्षयताकै खराब भएको रेकर्ड

भारतमाथिको फिफाको निलम्बन फुकुवा

काठमाडौं । भारतमाथि फिफाले गरेको निलम्बन फुकुवा भएको छ । तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै अल इन्डिया फुटबल फेडेरेसन (एआइएफएफ)लाई विश्व फुटबल महासंघ फिफाले निलम्बन गरेको थियो । निलम्बन दुई साता नबित्दै फिर्ता भएको हो । शनिबार बिहान फिफा काउन्सिलले भारतीय फुटबलमाथि लागेको सबै निलम्बन फिर्ताको निर्णय गरेको हो । भारतको सर्वोच्च अदालतले कार्यकारी समिति… Continue reading भारतमाथिको फिफाको निलम्बन फुकुवा

केन्यालाई नेपालले हरायो

काठमाडौं । केन्यालाई नेपालले हराएको छ । पहिलो टी–२० अन्तर्राष्ट्रियमा नेपाल ५ विकेटले विजयी भएको हो । नैरोबीस्थित जिमखना क्रिकेट मैदानमा बिहीबार भएको खेलमा केन्याले दिएको १३१ रनको लक्ष्य नेपालले १९.२ ओभर खेल्दै ५ विकेट गुमाएर १३३ रन बनाउँदै पूरा गरेको हो । यस जितसँगै नेपालले पाँच खेलको शृंखलामा १–० को अग्रता लिएको छ ।… Continue reading केन्यालाई नेपालले हरायो

स्वतन्त्रता दिवसकै दिन युक्रेनमा रुसको आक्रमण, कम्तिमा २२ जना मारिए

File : Emilio Morenatti / AP / TASS

काठमाडौं\बीबीसी । युक्रेनी रेल स्टेसनमा रुसले गरेको रकेट हमलामा परी २२ जनाको मृत्यु भएको युक्रेनले जनाएको छ। मस्कोले युक्रेनमा आक्रमण सुरु गरेको ६ महिना पूरा भएको दिन उक्त घटना भएको हो। पूर्वी सहर च्याप्लिनमा भएको आक्रमणका पीडितमध्ये पाँच जनाको सवारी साधन भित्रै जलेर मृत्यु भएको बताइएको छ। आक्रमणमा परी एक ११ वर्षीय बालकको पनि मृत्यु… Continue reading स्वतन्त्रता दिवसकै दिन युक्रेनमा रुसको आक्रमण, कम्तिमा २२ जना मारिए

भ्रष्टाचार अभियोग पुष्टी भएपछि मलेसियाका पूर्वप्रधानमन्त्री रजक १२ वर्ष जेल चलान

क्वालालाम्पुर । भ्रष्टाचार अभियोग पुष्टी भएसँगै मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजकलाई १२ वर्ष जेल सजाय तोकिएको छ। मलेसियाको उच्च अदालतले उनको अपील अस्वीकार गरेसँगै नजिब जेल चलान भएका हुन् । सरकारी स्वामित्वमा रहेको स्वास्थ्य कोष वान मलेसिया डेभलभमेन्ट बरहाड (वानएमडीबी) दुरूपयोग गरेको अभियोगमा ६९ वर्षीय पूर्वप्रधानमन्त्रीलाई जेल सजाय तोकिएको हो। उनलाई सन् २०२० को जुलाईमा दोषी… Continue reading भ्रष्टाचार अभियोग पुष्टी भएपछि मलेसियाका पूर्वप्रधानमन्त्री रजक १२ वर्ष जेल चलान

भारतीय सेनाध्यक्ष पाण्डे नेपाल भ्रमणमा आउने

काठमाडौं । भारतीय स्थल सेनाअध्यक्ष मनोज पाण्डे १९ भदौमा नेपाल भ्रमणमा आउने भएका छन् । उनी ५ दिने भ्रमणमा नेपाल आउन लागेका हुन् । नेपाल–भारत दुवै मुलुकका सेना प्रमुखलाई एकअर्काको मुलुकमा मानार्थ महारथीको सम्मान दिने परम्परा अनुसार उनी नेपाल आउन लागेका हुन् । उनी नेपाली सेनाको मानार्थ महारथीको सम्मान पाउने १९ औं भारतीय सैन्य अधिकारी… Continue reading भारतीय सेनाध्यक्ष पाण्डे नेपाल भ्रमणमा आउने