काठमाडौं (बीबीसी) । युक्रेन युद्धमा बेहोर्नुपरिरहेको चर्को प्रतिरोधका कारण रुसी नेता भ्लादिमिर पुटिनले अब त्यहाँ जैविक तथा रासायनिक अस्त्र प्रयोग गर्नसक्ने अमेरिकी राष्ट्रपति जो बाइडनले बताएका छन्। त्यसैको तयारी स्वरूप रुसले युक्रेनमा जैविक तथा रासायनिक अस्त्र रहेका जस्ता झुटा खबर फैलाएको उनले बताए। बितेका २६ दिनका लडाइँमा युक्रेनी सेनाको चर्को प्रतिरोध अनि पश्चिमा समुदायको एकताबद्ध… Continue reading ठूलो क्षति भएकाले पुटिनले युक्रेनमा रासायनिक हतियार प्रयोग गर्न सक्ने बाइडनको दावि
Category: विश्व
चीनमा १३३ जना यात्रु बोकेको विमान दुर्घटना
काठमाडौं । चीनमा १३३ जना यात्रु बोकेको हवाईजहाज दुर्घटनामा परेको छ । युनान प्रान्तको राजधानी कुनमिङबाट ग्वान्जाओका लागि उडेको चाइना इस्टर्न एअरलाइन्सको बोइङ ७३७ जहाज गुवाङ्सी प्रान्तमा दुर्घटनाग्रस्त भएको हो । चिनियाँ सरकारी टेलिभिजन सीसीटीभीलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाए अनुसार उक्त विमान ३स्७ मिनेटमा ग्वान्झावमा अवतरण गर्ने तालिका रहेको थियो । सिन्ह्वाका अनुसार… Continue reading चीनमा १३३ जना यात्रु बोकेको विमान दुर्घटना
सैन्य क्याम्प केन्द्रीत गर्दै रुसले थाल्यो मिसाइल आक्रमण
काठमाडौं । रुस–युक्रेन युद्धको आज २६ औं दिन हो । दुई देशबीच यूक्रेनमा भीषण युद्ध जारी छ । युद्ध रोक्न वार्ताहरु भए पनि सहमति हुने सम्भावना न्यून देखिन्छ । यूक्रेनले आत्मसमर्पण नगर्ने स्पष्ट संकेत दिएको छ । युक्रेनी सेनाले मारिउपोलमा भएको भीषण युद्धमा पनि हतियार राख्न अस्वीकार गरेको छ । यूक्रेनले रुसी सेनालाई फिर्ता पठाउन… Continue reading सैन्य क्याम्प केन्द्रीत गर्दै रुसले थाल्यो मिसाइल आक्रमण
मारिओपोल सहरमा आत्मसमर्पण गर्न रुसले दिएको आदेश युक्रेनद्धारा अस्वीकार
काठमाडौं (बीबीसी) । मस्कोले दिएको समयसीमाभन्दा अगावै युक्रेनी सरकारले निरन्तर आक्रमणमा परिरहेको मारिओपोल सहरमा आत्मसमर्पण नगर्ने जबाफ दिएको छ। आत्मसमर्पण गरेर हतियार त्यागे लडाकु र गैरसैनिकलाई सुरक्षित मार्ग दिने रुसले भनेको थियो। युक्रेनकी उपप्रधानमन्त्री इरिना भेरेस्चुकले आफ्ना सैनिकले हतियार त्याग्ने प्रश्नै नउठ्ने बताएकी छन्। रुसले आत्मसमर्पण गर्न दिएको समयसीमा सकिनु घण्टौँ अगाडि नै उनले त्यसो… Continue reading मारिओपोल सहरमा आत्मसमर्पण गर्न रुसले दिएको आदेश युक्रेनद्धारा अस्वीकार
एल क्लासिको : रियलमाथि बार्सिलोनाको रवाफिलो जित
काठमाडौं । एल क्लासिको भिडन्तमा बार्सिलोनाले रियल म्याड्रिडलाई रियलकै घरेलु मैदानमा रवाफिलो जित निकालेको छ । स्पेनिस ला लिगा अन्तर्गत आइतबार भएको एल क्लासिकोमा क्याटलान क्लब बार्सिलोनाले रियललाई ४–० गोल अन्तरले हरायो । पछिल्लो समय बार्सिलोना उच्च लयबाट गुज्रिरहेको छ । सान्टियागो बर्नाबाउमा बार्सिलोनालाई जिताउन पिएर एमेरिक औबामेयाङले २ गोल गरे । रोनाल्ड अराउजो र… Continue reading एल क्लासिको : रियलमाथि बार्सिलोनाको रवाफिलो जित
युक्रेनमा ६४ बालबालिकासहित कम्तिमा ८४७ गैरसैनिक नागरिकको मृत्यु
काठमाडौं । रुसले युक्रेनमा गरेको हमलायता त्यहाँ कम्तिमा ६४ जना बालबालिकासहित ८४७ जनाको मृत्यु भएको पुष्टी गरिएको छ । संयुक्त राष्ट्रसङ्घको मानवअधिकारसम्बन्धी निकायले युक्रेनमा आक्रमण सुरु भएदेखि हालसम्म उक्त मानवीय क्षतिको पुष्टी भएको जनाएको छ । अन्तर्राष्ट्रिंय संचारमाध्यमहरुका अनुसार यो संख्या अझ ठूलो पनि हुन सक्छ । किनकी युद्ध जारी रहेका कारण सबै स्थानमा स्वतन्त्रपूर्वक… Continue reading युक्रेनमा ६४ बालबालिकासहित कम्तिमा ८४७ गैरसैनिक नागरिकको मृत्यु
युक्रेनको हवाई क्षेत्र नियन्त्रणमा लिन रुस असफल
लण्डन (बीबीसी) । बेलायतको रक्षा मन्त्रालयले रुसले युक्रेनको हवाई क्षेत्रमाथि नियन्त्रण गर्न असफल भएको दावि गरेको छ । रुसी हवाई क्षेत्रबाट प्रक्षेपण गरिएका अस्त्रहरूमा मात्र रुस भर पर्नु परेको जनाएको छ । युक्रेनको हवाई क्षेत्रलाई कब्जा गर्नु मस्कोको प्रमुख उद्देश्यमध्ये एक भएको बेलायती रक्षा मन्त्रालयको दाबी छ। द्वन्द्वको सुरुवाती दिनमा युक्रेनको हवाई क्षेत्र आफ्नो नियन्त्रणमा… Continue reading युक्रेनको हवाई क्षेत्र नियन्त्रणमा लिन रुस असफल
अमेरिकाले रुससँग सम्बन्ध भएको कम्पनीका १ सय वटा जहाजको उडानमा लगायो प्रतिवन्ध
काठमाडौं । रुससँग सम्बन्धका भएका झन्डै १०० वटा विमानलाई अमेरिकामा सरकारले उडानमा प्रतिवन्ध लगाएको छ । अमेरिकी संचारमाध्यमहरुका अनुसार तीमध्ये रुसी धनाढ्य रोमन अब्रामोभिचको एउटा निजी विमान समेत प्रतिवन्धमा परेको छ । ५५ वर्षीय अब्रामोविच चेल्सी फुटबल क्लबका मालिक हुन्। उनको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग निकट सम्बन्ध रहेको बताइन्छ। तर उनले यो विषय अस्वीकार गरिरहेका… Continue reading अमेरिकाले रुससँग सम्बन्ध भएको कम्पनीका १ सय वटा जहाजको उडानमा लगायो प्रतिवन्ध
युक्रेनको महत्वपूर्ण शहर मारिओपोलको केन्द्रमा रुसी सैनिक पुगे, भिडन्त जारी
काठमाडौं । रुसी सेना युक्रेनको महत्त्वपूर्ण सहर मारिओपोलको केन्द्रमा पुगेपछि त्यहाँ दुई पक्षबीच सङ्घर्ष भइरहेको अन्त्र्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । रुसी सञ्चारमाध्यमले यसबारे विवरणहरू प्रकाशित गरेको बीबीसीले लेखेको छ । मारिओपोलका नगरप्रमुखले भाडिम बोइचेन्कोले बीबीसीसँग सहरको केन्द्रमा सङ्घर्ष भइरहेको पुष्टि गरेका छन् । शसहरको केन्द्र बाँकी छैन। सहरमा युद्धको प्रभाव परेको नदेखिने एउटा सानो ठाउँ… Continue reading युक्रेनको महत्वपूर्ण शहर मारिओपोलको केन्द्रमा रुसी सैनिक पुगे, भिडन्त जारी
अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि बढेको प्रधानमन्त्रीको दावि
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकार सत्तामा आएपछि अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि र विश्वसनीयतामा उल्लेख्य वृद्धि भएको बताएका छन् । नेपाल विश्व सम्बन्ध परिषद्को ७४औँ वार्षिकोत्सवको अवसरमा आयोजित समारोहमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । नेपाल र नेपाली जनताको हित प्रवद्र्धनमा केन्द्रित भएर अन्तर्राष्ट्रिय समुदायमा देशको छवि उकास्ने, सबै देशबाट अधिकतम सद्भाव, समर्थन… Continue reading अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि बढेको प्रधानमन्त्रीको दावि
कच्चा तेलको मूल्यमा भारी गिरावट
काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी गिरावट आएको छ । रुस–युक्रेन युद्ध सुरु भएसँगै आकासिएको कच्चा तेलको मूल्य पछिल्लो एकसाता यता लगातार गिरावट आएको हो । मार्च ७ (फागुन २३)मा कच्चा तेलको मूल्य डेढ दशक यताकै उच्च प्रतिब्यारेल १३९ डलर पुगेको थियो । पछिल्लो दुई साता यता घट्न थालेको कच्चा तेलको मूल्य शुक्रबार… Continue reading कच्चा तेलको मूल्यमा भारी गिरावट
रुसलाई चीनले हतियार आपूर्ति गर्न सक्ने अमेरिकाको चिन्ता
काठमाडौं । चीनले रुसलाई सैन्य उपकरण आपूर्ति गर्नसक्ने र युक्रेनविरुद्ध त्यसको प्रयोग हुनसक्ने भन्दै अमेरिकाले चिन्ता व्यक्त गरेको छ । बीबीसीका अनुसार वाशिङ्गटनमा एउटा पत्रकार सम्मेलनमा ह्वाइट हाउसकी प्रवक्ता जेन साकीले युक्रेनमाथि रुसी अतिक्रमणको निन्दा गर्न अस्वीकार गरेको चीनको मुहारमा उसले चाहिरहेका सबै कुरा देखिएको टिप्पणी गरेकी छिन् । अमेरिकी राष्ट्रपति जो बाइडनले शुक्रवार आफ्ना… Continue reading रुसलाई चीनले हतियार आपूर्ति गर्न सक्ने अमेरिकाको चिन्ता
पुटिनले युक्रेनसँग युद्ध रोक्न के चाहन्छन् ?
काठमाडौं (बीबीसी । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग शान्ति सम्झौताका लागि आफ्ना टर्किश समकक्षीसमक्ष मागहरू सार्वजनिक गरेका छन् ।बिहीवार टेलिफोनवार्ताका क्रममा पुटिनले रेजेप तय्यीप एर्दोआनलाई रुसका ठोस मागहरू बताएका हुन्। एर्दोआनका एक प्रमुख सल्लाहकार इब्राहिम कालिनसँग बीबीसीले कुराकानी गरेको थियो । पुटिन र एर्दोआनबीच भएको कुराकानी टर्किश अधिकारीहरूको एउटा सानो समूहले पनि सुनेको थियो जुन… Continue reading पुटिनले युक्रेनसँग युद्ध रोक्न के चाहन्छन् ?
रुसलाई महँगो पर्यो युक्रेन युद्ध, ७ हजारभन्दा बढी सैनिक मारिएको दाबी
काठमाडौं । अफगानिस्तान र सिरिया युद्धभन्दा पनि क्षतिको हिसाबले रुसलाई यूक्रेन युद्ध महँगो बनेको छ । बिबिसीको रिपोर्टअनुसार यूक्रेनमा मानवीय र आर्थिक हिसाबले रुसले धेरै मूल्य चुकाइरहेको छ । रुस–यूक्रेनबीचको युद्ध तत्कालै अन्त्य नहुने देखिएको बेला रुसलाई थप क्षति हुने सम्भावना छ । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आफ्नो सम्बोधनमा पनि रुस फिर्ता हुने अवस्थामा रहेको… Continue reading रुसलाई महँगो पर्यो युक्रेन युद्ध, ७ हजारभन्दा बढी सैनिक मारिएको दाबी
रुसद्धारा अमेरिका र युरोपबाट भाडामा ल्याएका सयौं विमान कब्जा
काठमाडौं । अमेरिका र युरोपेली देशहरुको प्रतिबन्ध सामना गरिरहेको रुसले सयौं व्यवसायिक विमान कब्जा गरेको छ । रुसले आफ्नो देशका वायु सेवा कम्पनीहरुले भाडामा ल्याएका अमेरिका र युरोपेली कम्पनीका सयौं व्यावसायिक विमान कब्जामा लिएको हो । युक्रेनमा आक्रमण गरेपछि लागेको प्रतिबन्धका कारण रुसी एयरलाइन्स कम्पनीले भोगेका चुनौती सामना गर्ने उपाय खोज्ने क्रममा रुसले कानून नै… Continue reading रुसद्धारा अमेरिका र युरोपबाट भाडामा ल्याएका सयौं विमान कब्जा
बाइडेनले रुसी राष्ट्रपतिलाई ‘युद्ध अपराधी’ भनेपछि…
काठमाडौं (बीबीसी) । अमेरिकी राष्ट्रपति जो बाइडनले पहिलो पटक रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई ‘युद्ध अपराधी’को संज्ञा दिएका छन् । यससँगै रुस एक पटक पुनः भड्किएको छ । रुसी समाचार संस्था टासका अनुसार क्रेमलिनले बाइडनको उक्त टिप्पणीलाई ‘अस्वीकार्य अनि अक्षम्य’ बताएको छ। अमेरिकी राष्ट्रपतिको पछिल्लो टिप्पणीले अमेरिका र रुसबीच कूटनीतिक तनाव थप्ने सम्भावना रहेको छ ।… Continue reading बाइडेनले रुसी राष्ट्रपतिलाई ‘युद्ध अपराधी’ भनेपछि…
जापानमा शक्तिशाली भुकम्प, सुनामीको चेतावनी
टोकियो (एपी) । उत्तरी जापानको फुकुशिमाको तटमा बुधबार साँझ आएको शक्तिशाली ७.३ म्याग्निच्युडको भूकम्पपछि सुनामीको सूचना जारी भएको छ । भुकम्पका कारण विद्युत आपूर्ति बन्द हुँदा टोकियो क्षेत्रमा रहेका २० लाखभन्दा बढी घरमा अन्धकार छाएको छ । भुकम्प गएको यो क्षेत्र उत्तरी जापानको भाग हो जुन ११ वर्षअघि ९.० रेक्टर स्केलको भूकम्प र सुनामीले क्षतिग्रस्त… Continue reading जापानमा शक्तिशाली भुकम्प, सुनामीको चेतावनी
शान्तिको नेतृत्व गर्न बाइडनलाई जेलेन्स्कीको आह्वान, भन्छन् : बालबालिकाको मृत्यु नरोके जीवनको अर्थ छैन
काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति जो बाइडनलाई शान्तिको नेतृत्व गर्न आग्रह गरेका छन्। अमेरिकी कङ्ग्रेसलाई गरेको ऐतिहासिक सम्बोधनको अन्त्यमा उनले बाइडनलाई विश्वका र शान्तिका नेता बन्न आग्रह गरेको बीबीसीले लेखेको छ । “राष्ट्रपति बाइडन, तपाईँ आफ्नो देशका नेता हो। म तपाईँ विश्वका नेता हुनुहोस् भन्ने कामना गर्छु। विश्वका नेता हुनु भनेको शान्तिका… Continue reading शान्तिको नेतृत्व गर्न बाइडनलाई जेलेन्स्कीको आह्वान, भन्छन् : बालबालिकाको मृत्यु नरोके जीवनको अर्थ छैन
सुनसान बन्यो कीभ, निरन्तर सुनिँदै बम आक्रमणको आवाज
काठमाडौं । रूसले यूक्रेनकाे राजधानी कीभ कब्जाकाे अन्तिम तयारी गरिरहेकाे छ । जसका लागि उसले चाैतर्फी घेराबन्दी गर्दै आक्रमण जारी राखेकाे छ । नागरिकलाई कीभ छाड्न भनेकाे रूसले आवासीय भवनमा समेत आक्रमण गर्न थालेकाे छ । बीबीसीका युक्रेन सम्वाददाता जेम्स वाटरहाउसका अनुसार किभ बुधबार चराहरूको चिरबिर सुनिने गरी सुनसान बनेकाे छ । तर, सहरको उत्तर-पश्चिमी… Continue reading सुनसान बन्यो कीभ, निरन्तर सुनिँदै बम आक्रमणको आवाज
युक्रेनका राष्ट्रपतिलाई युद्ध शुरु भएयता पहिलो पटक तीन मुलुकका प्रधानमन्त्रीले संयुक्त रुपमा भेटे
काठमाडौं । रुस र युक्रेनबीचको युद्धपछि निरन्तर रुससँग लडिरहेका युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सकीसँग पहिलो पटक अन्तर्राष्ट्रिय नेताले औपचारिक रुपमा भेट गर्न सफल भएका छन् । बीबीसीका अनुसार रुसी आक्रमण चर्किएसँगै युक्रेनको साथमा उभिनका लागि पोल्याण्डदेखि किएभसम्म लामो खतरनाक रेल यात्रा गरेर पुगेका तीन जना युरोपेली नेताहरूको युक्रेनले प्रशंसा गरेको छ। मङ्गलवार साँझ किएभमा कर्फ्यु लागु… Continue reading युक्रेनका राष्ट्रपतिलाई युद्ध शुरु भएयता पहिलो पटक तीन मुलुकका प्रधानमन्त्रीले संयुक्त रुपमा भेटे
यक्रुेनमा रुसको गति रोकिएको अमेरिकाको दावि
काठमाडौं । भीषण बमबारीका वावजुत युक्रेनमा अघि बढ्ने रुसी प्रयास केही दिन देखि रोकिएको पेन्टागनको विश्लेषण छ । उसको पछिल्लो मूल्याङ्कन अनुसार युक्रेनी सहरहरूले बहादुरीपूर्वक आफ्नो रक्षा गर्न सफल भएका छन्। बीबीसीका अनुसार अमेरिकी रक्षा मन्त्रालयले युक्रेनले प्रभावकारी रूपमा हवाई प्रतिरक्षा प्रणाली प्रयोग गरेका कारण रुसी सेना हवाई हमलामा पनि त्यति धेरै अघि बढ्न नसकेको… Continue reading यक्रुेनमा रुसको गति रोकिएको अमेरिकाको दावि
चीनलाई अमेरिकाको चेतावनी : रुसलाई आर्थिक तथा सैन्य सहयोग नगर्नु
काठमाडौं । अमेरिकाले रुसलाई कुनै पनि किसिमको आर्थिक वा सैन्य सहायता उपलब्ध नगराउन चीनलाई चेतावनी दिएको छ। बीबीसीका अनुसार रुसले चीनसँग त्यस्तो सहायता मागेको अमेरिकी अधिकारीहरूले भिन्नाभिन्नै पत्रिकाहरूलाई बताएका छन्। तर चीनका एक अधिकारीले आफूहरू लडाइँ नचर्कोस् भन्ने पक्षमा रहेको बताए। अमेरिकाले रुसलाई थप आर्थिक मद्दत नगर्न चीनलाई चेतावनी दिएको हो। अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार… Continue reading चीनलाई अमेरिकाको चेतावनी : रुसलाई आर्थिक तथा सैन्य सहयोग नगर्नु
युक्रेनको दावि : युद्धमा १२ हजार रुसी सैनिक मारिए
काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले युक्रेनमाथि आक्रमण गरेपछि अहिलेसम्म १,३०० युक्रेनी सैनिक र झन्डै १२,००० रुसी सैनिकको मृत्यु भएको दाबी गरेका छन्। एउटा पत्रकार सम्मेलनमा बोल्दै उनले शुक्रवारसम्म झन्डै ५०० देखि ६०० रुसी सैनिकले युक्रेनमा आत्मसमर्पण गरेको बताएको बीबीसीले लेखेको छ । जेलेन्स्कीले युद्धमा ज्यान गुमाउने रुसी सैनिकको सङ्ख्या ठूलो भएको भए पनि… Continue reading युक्रेनको दावि : युद्धमा १२ हजार रुसी सैनिक मारिए
इराकमा अमेरिकी वाणिज्य दूतावासमा मिसाइल हमला
काठमाडौं । इराकमा अमेरिकी वाणिज्य दूतावासमा मिसाइल हमला भएको छ र इराकी सुरक्षा अधिकारीलाई उदृत गर्दै अन्तर्राष्ट्रिय संचारमाध्यमले यसको पुष्टी गरेका छन् । इराकको उत्तर क्षेत्रम अवस्थित स्वायत्त कुर्द इलाकास्थित इरबिल शहरमा यस्तो आक्रमण भएको हो । अमेरिकी वाणिज्य दूतावासको भवनमा मिसाइल गिरेको पाइएको छ । सामाजिक संजालमा समेत वाणिज्य दूतावास नजिकै शक्तिशाली विष्फोटको आवाज… Continue reading इराकमा अमेरिकी वाणिज्य दूतावासमा मिसाइल हमला
रोनाल्डोले गरे ह्याट्रिक, बन्यो कीर्तिमान
लण्डन । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले टोटनहमलाई ३–२ ले हराएको छ । शनिबार भएको यो खेलमा क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक पुरा गरे । यससँगै उनको नाममा एक अर्को गोलको कीर्तिमान बनेको छ । रोनाल्डो पछिल्ला १० खेलमा गोलविहिन थिए । तर, आलोचकको मुख थुन्दै उनले सुन्दर गोल गरेका छन् । क्लब र देशका लागि रोनाल्डाले… Continue reading रोनाल्डोले गरे ह्याट्रिक, बन्यो कीर्तिमान
साउदी अरबमा एकै दिन ८१ जनालाई मृत्युदण्ड
काठमाडौं । साउदी अरबमा एकैदिन ८१ जनालाई मृत्युदण्ड दिइएको समाचार एजेन्सीहरुले पुष्टी गरेका छन् । बिबिसीका अनुसार शनिबार उनीहरूलाई फाँसी दिइएको छ । मृत्युदण्ड पाउनेमा सात जना यमनका नागरिक र एक जना सिरियाली छन् । स्लामिक स्टेटमा आवद्ध भई आतंकवादी गतिविधि गरेको अभियोग उनीहरुमाथि लागेको थियो । मृत्युदण्ड पाउनेहरुले साउदी नागरिकमाथि महत्वपूर्ण आर्थिक क्षेत्रमा आक्रमणको… Continue reading साउदी अरबमा एकै दिन ८१ जनालाई मृत्युदण्ड
रुस-युक्रेन युद्ध जारी, युद्धविराम गर्न पुटिनलाई तिब्र दवाव
काठमाडौं । युक्रेनमाथि रुसी आक्रमणको १७औँ दिन शनिवार पनि आक्रमण जारी रह्यो । शनिबार निकोलेभ, निप्रो र क्रोपीभीन्टस्की शहरमा बम विस्फोट भएका खबर प्राप्त भएको बीबीसीले लेखेको छ । जर्मन चान्सलर ओलाफ सोल्ज र फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोँले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेन द्वन्द्वमा तत्काल युद्धविरामका लागि सहमति जनाउन आग्रह गरेका छन्। युक्रेनमा जारी युद्ध… Continue reading रुस-युक्रेन युद्ध जारी, युद्धविराम गर्न पुटिनलाई तिब्र दवाव
भारतमा वैकल्पिक शक्तिको सानदार बिस्तार : दिल्लीपछि पंजावमा आम आदमीको दुई तिहाईको सरकार
नयाँ दिल्ली । परम्परागत राजनीतिक शक्तिलाई चूनौति दिँदै वैकल्पिक शक्तिका रुपमा उदाए्का अरविन्द केजरीवालले आफ्नो शक्तिलाई अझ मजवुत बनाउन सफल भएका छन् । भारतको राजधानी शहर नयाँ दिल्ली राज्यमा लगातार दुई कार्यकाल मूख्यमन्त्री पद सम्हालिरहेका उनले आफ्नो पार्टीलाई पंजाव राज्यमा समेत ऐतिहासिक जित दिलाएका छन् । कुल ११७ सीट रहेको यो राज्यमा आम आदमी एक्लैले… Continue reading भारतमा वैकल्पिक शक्तिको सानदार बिस्तार : दिल्लीपछि पंजावमा आम आदमीको दुई तिहाईको सरकार
रुसविरुद्ध लड्न अमेरिकाले सेना नपठाउने राष्ट्रपति बाइडनको घोषणा
काठमाडौं । रुसविरुद्ध लड्न अमेरिकाले सेना नपठाउने भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले शुक्रवार यस्तो बताएका हुन् । उनले अमेरिका रूससँग लड्न यूक्रेनमा आफ्नो सेना पठाउने पक्षमा नरहेको बताए । उनले ट्वीट गर्दै यस्तो बताएका हुन् । यद्दपी नेटोलाई सक्षम बनाएर नेटो क्षेत्रको हर भूमी रक्षाका लागि भने प्रतिवद्ध रहेको उनले बताएका छन् ।… Continue reading रुसविरुद्ध लड्न अमेरिकाले सेना नपठाउने राष्ट्रपति बाइडनको घोषणा
युक्रेनबाट २५ लाख मानिस विस्थापित, थप तीन शहरमा रुसको आक्रमण
काठमाडौं । रुस युक्रेन युद्धका कारण युक्रेनबाट विस्थापित हुनेको संख्या २५ लाख नाघेको छ । संयुक्त राष्ट्रसङ्घका शरणार्थीसम्बन्धी उच्चायुक्त फिलिपो ग्रान्डीले यस्तो जानकारी गराएका हुन् । बीबीसीका अनुसार तीमध्ये झण्डै १,१६,००० तेस्रो देशका नागरिक हुन् । समाचार संस्था एएफपीका अनुसार झण्डै २० लाख मानिसहरू युक्रेन भित्रै विस्थापित बनेका छन् । रुसले युक्रेनेका लुट्स र नीप्रो… Continue reading युक्रेनबाट २५ लाख मानिस विस्थापित, थप तीन शहरमा रुसको आक्रमण