काठमाडौं । टापु राष्ट्र टोङ्गामा शनिवारको ज्वालामुखी विस्फोटनपछि सिर्जित अवस्थामा अत्यावश्यक आपूर्ति सुरु गर्न त्यहाँको मुख्य विमानस्थलबाट खरानीहरू हटाउने प्रयास भइरहेको समाचार आएको छ । बीबीसीका अनुसार प्रशान्त महासागरको उक्त टापु राष्ट्रमा खाद्यान्न र पानी आउने आसमा झन्डै २०० मानिस विमानस्थल सफा गर्न जुटेका छन् । विपद्मा अहिलेसम्म चार जनाको मृत्युको पुष्टी भइसकेको छ ।… Continue reading ज्वालामुखीको मुस्लोले पुरिएको टोंगाको अवस्था के छ ?
Category: विश्व
अफगानिस्तानमा भुकम्प, कम्तीमा २६ जनाको मृत्यु
काबुल । अफगानिस्तानमा भूकम्पमा परि कम्तीमा २६ जनाको मृत्यु भएको छ । पश्चिमी अफगानिस्तानमा ५.३ म्याग्निच्युटको भूकम्प जाँदा २६ जनाको मृत्यु भएको समाचार एजेन्सी एएफपीले उल्लेख गरेको छ । बादघिस प्रान्तको कादिस जिल्लामा भूकम्पले धेरै क्षति पुर्याएको छ । भूकम्पका कारण धेरै भौतिक संरचनाहरु भत्किएका छन् । घरको छत खसेर च्यापिंदा मानिसहरुको मृत्यु भएको अधिकारीहरुले… Continue reading अफगानिस्तानमा भुकम्प, कम्तीमा २६ जनाको मृत्यु
आबुधाबी विमानस्थलमा ड्रोन हमला, तीन जनाको मृत्यु
आवुधावी । संयुक्त अरव इमिरेट्सको आबुधाबीस्थित विमानस्थलमा ड्रोन हमला भएको छ । सो क्रममा सोमबार विमानस्थलमा विष्फोट गराइएको अन्तर्राष्ट्रिय संचारमाध्यमले लेखेका छन् । आक्रमण यमनमा ईरानले समर्थन गरिरहेको हूती विद्रोहि समूहले गरेको बताइएको छ । यो समूहले यसअघि साउदीलाई लक्षित गरि आक्रमण गरिरहेको थियो । आज भएको आक्रमणमा तीन जना मारिएका छन् । जसमध्ये दुई… Continue reading आबुधाबी विमानस्थलमा ड्रोन हमला, तीन जनाको मृत्यु
अष्ट्रेलियाबाट देश निकालामा परे विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिच
मेलबर्न । विश्व नम्बर एक टेनिस स्टार नोभाक जोकोभिच अस्ट्रेलियाबाट देशनिकालामा परेका छन् । सरकारले उनको भिसा रद्द गरेको थियो ।उक्त निर्णयलाई सङ्घीय अदालतले सदर गरेपछि आइतवार उनी मेलबर्नबाट देश निकालामा परेका हुन् । उनी आइतबार नै दुबईको उडानबाट बाहिरिएको बीबीसीले जनाएको छ । अस्ट्रेलियाको सङ्घीय अदालतले ३४ वर्षीय सर्बियाली नागरिक जोकोभिचले भिसा रद्द गर्ने… Continue reading अष्ट्रेलियाबाट देश निकालामा परे विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिच
सिमा विवादमा बोल्यो भारतीय दूतावास, यस्तो छ भनाइ
काठमाडौं । नेपालस्थित भारतीय राजदूतावासले सीमा विवादबारे भारतको धारणा नेपाल सरकारलाई जानकारी गराइसकेको बताएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विवादित क्षेत्र लिपुलेकमा सडक विस्तार गरिरहेको बताउनुभएपछि नेपालमा त्यसको आलोचना भइराखेको छ । यसै सन्दर्भमा शनिबार विज्ञप्ति सार्वजनिक गर्दै भारतीय दूतावासले यो विषयमा नेपाल सरकारलाई जानकारी भएको बताएको हो । विज्ञप्तिमा विवादको विषयमा अन्तर सरकारी… Continue reading सिमा विवादमा बोल्यो भारतीय दूतावास, यस्तो छ भनाइ
उत्तर कोरियाली ह्याकरले चोरे ४० करोड डलरको क्रिप्टोकरेन्सी
काठमाडौं । उत्तर कोरियाली ह्याकरले ४० करोड डलर बराबरको क्रिप्टोकरेन्सी चोरी गरेको खुलासा भएको छ । गत वर्ष उत्तर कोरियाली ह्याकरहरूले विभिन्न क्रिप्टोकरेन्सी मञ्चमा कम्तीमा सात पटक आक्रमण गरेर झन्डै ४० करोड अमेरिकी डलरजतिको डिजिटल मुद्रा चोरेको दाबी एउटा प्रतिवेदनले गरेको बीबीसीले लेखेको छ । ब्लकचेनबारे अनुसन्धान गर्ने संस्था चेनएनलिसिसुका अनुसार उत्तर कोरियाका साइबर अपराधीका… Continue reading उत्तर कोरियाली ह्याकरले चोरे ४० करोड डलरको क्रिप्टोकरेन्सी
स्पेनिस सुपरकपमा बार्सिलोनालाई हराउँदै रियल म्याड्रिड फाइनलमा
काठमाडौं । बार्सिलोनालाई हराउँदै रियल म्याड्रिड स्पेनिस सुपर कपको फाइनल प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा अतिरिक्त समयमा निर्णायक गोल गर्दै रियल विजयी भएको हो । साउदी अरबको रियादस्थित किङ फाद इन्टरनेसन स्टेडियममा भएको पहिलो सेमिफाइनलमा रियलले ३-२ को रोमाञ्चक जित निकाल्यो । रियलको जितमा भिनिसियस जुनियर, कप्तान करिम बेन्जिमा र फेडे भाल्भेर्डेले… Continue reading स्पेनिस सुपरकपमा बार्सिलोनालाई हराउँदै रियल म्याड्रिड फाइनलमा
तालिवान शासनमा असुरक्षित बन्दै पत्रकारिता, ८० प्रतिशत पत्रकार पलायन
काबुल । अफगानिस्तानमा तालिवान शासन शुरु भएपछि पत्रकारिता पेशाा सबैभन्दा असुरक्षित बनेको छ । तालिवान सत्तामा आएपछि करिब ८० प्रतिशत अफगान पत्रकारले पेसा परिवर्तन गरेको समाचार एजेन्सीहरुले जनाएका छन् । अफगानिस्तानको पत्रकार फाउन्डेसनका अनुसार अफगान पत्रकारहरू सबैभन्दा खराब आर्थिक अवस्थाबाट गुज्रिरहेका छन् । करिब ७९ प्रतिशतले आफ्नो जागिर गुमाएका छन् । जीविकोपार्जनका लागि अन्य पेसाको सहारा… Continue reading तालिवान शासनमा असुरक्षित बन्दै पत्रकारिता, ८० प्रतिशत पत्रकार पलायन
म्यानमारमा नेत्री आङ सान सूचीलाई थप चार वर्षको सजाय सुनाइयो
काठमाडौं । म्यान्मारमा नेत्री आङ सान सूचीलाई थप चार वर्ष जेल सजाय सुनाएको छ। सैन्य सरकारले उनीविरुद्ध चलाएका अनेकौँ मुद्दामध्ये सोमवार एक मुद्दामा यस्तो फैसला सुनाएको हो । अदालतले सूचीले अवैध रूपमा वाकीटकी राखेको र आयात गरेको एवं कोभिड १९ सम्बन्धी नियम उल्लङ्घन गरेको ठहर गरेको बीबीसीले लेखेको छ । यसअघि सू चीलाई गत डिसेम्बरमा… Continue reading म्यानमारमा नेत्री आङ सान सूचीलाई थप चार वर्षको सजाय सुनाइयो
न्यूयोर्कमा अपार्टमेन्टमा आगलागी, कम्तिमा १९ जनाको ज्यान गयो
न्यूयोर्क । अमेरिकाको न्यूयोर्कस्थित एक अपार्टमेन्ट भवनमा आगलागी भएको छ । घटनामा ९ बालबालिकासहित कम्तीमा १९ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । न्यूयोर्कका मेयर एरिक यडम्सका अनुसार अन्य ३२ जनालाई उपचारका लागि अस्पताल पठाइएको छ । उनीहरूको अवस्था जटिल छ। मेयरले उक्त घटना सहरका लागि भयानक र पीडादायी क्षण भएको बताएका छन् । डेमोक्र्याट… Continue reading न्यूयोर्कमा अपार्टमेन्टमा आगलागी, कम्तिमा १९ जनाको ज्यान गयो
भारतमा कोरोनाको विष्फोटक रुप, एकैदिन साढे १ लाख मानिसमा पुष्टी
नयाँ दिल्ली । भारतमा कोरोना भाइरसले विष्फोटक रुप लिएको छ । जहाँ एकै दिन १ लाख ४१ हजारभन्दा बढीमा कोरोना संक्रमण देखिएको तथ्यांक सार्वजनिक भएको छ । यसले नेपालमा अझ बढी जोखिम बढाएको छ । किनकी नेपाल र भारतमा खुला सीमानाका कारण मानिसहरुको निर्वाध आवागमन रहेको छ । भारतमा पछिल्लो २४ घन्टामा १ लाख ४१… Continue reading भारतमा कोरोनाको विष्फोटक रुप, एकैदिन साढे १ लाख मानिसमा पुष्टी
पाकिस्तानमा भिषण हिमपात, कम्तिमा २१ को मृत्यु
इस्लामावाद । पाकिस्तानमा हिमपातमा परी ठूलो मानवीय क्षति भएको छ । स्थानीय संचारमाध्यमहरुका अनुसार देशको उत्तरी भेगमा हिमपातमा परि कम्तिमा २१ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एकजना प्रहरी, उनकी श्रीमती र ६ जना छोराछोरी समेत छन् । अर्को एकै परिवारका पाँच सदस्यको समेत ज्यान गएको छ । बीबीसीका अनुसार पाकिस्तानको राजधानी इस्लामावादबाट करिब… Continue reading पाकिस्तानमा भिषण हिमपात, कम्तिमा २१ को मृत्यु
नाइजेरियामा लुटेरा समुहले गरे दुई सय जनाको हत्या
जाम्फारा । नाइजेरियामा लुटेर समूहले एक साताको अवधिमा २ सय जनाको हत्या गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । बन्दुकधारीहरूले नाइजेरियामा स्थानीयको हत्या गरेको परिवारले जानकारी गराएका हुन् । लुटेरा समूहले पछिल्लो एक हप्ताको अवधिमा देशको उत्तरपश्चिमी क्षेत्रको जाम्फारामा यस्तो आतंक फैलाएको रोयटर्सले लेखेको छ । आक्रमणबाट श्रीमती र आफ्ना तीन सन्तान गुमाएका उमारी माकेरी नाम… Continue reading नाइजेरियामा लुटेरा समुहले गरे दुई सय जनाको हत्या
फिफा अवार्ड : अन्तिम तीन जनामा मेसी, लेवान्डोस्की र सलाह
काठमाडौं । फिफाले द बेस्ट फिफा पुरूष वर्ष खेलाडी अवार्डका लागि मनोनित अन्तिम तीन जनाको नाम सार्वजनिक गरेको छ । पुरूषतर्फको फिफा वर्ष खेलाडीको मनोनयनमा अर्जेन्टिना तथा पीएसजीका फरवार्ड लियोनेल मेसी, पोल्याण्ड तथा बार्यन म्युनिखका रोबर्ट लेवान्डोस्की र इजिप्ट तथा लिभरपुलका मोहम्मद सलाह परेका छन् । अन्तिम तीनमा क्रिस्टियानो रोनाल्डो, केलियन एम्बाप्पेजस्ता स्टार भने अटाएनन्… Continue reading फिफा अवार्ड : अन्तिम तीन जनामा मेसी, लेवान्डोस्की र सलाह
रुसी सेना कजाकिस्तान छिर्यो, भिडन्तको सम्भावना कति ?
काठमाडौं\एजेन्सी । सरकार विरोधी प्रदर्शन जारी रहेका बेला कजाकस्तानका राष्ट्रपति कासीम जोमाट टोकाएभको आग्रहमा रुसले नेतृत्व गरेको सैन्य बल कजाकस्तान छिरेको छ । इन्धनको मूल्यवृद्धिलाई लिएर केही दिनदेखि सुरु भएको अस्थिरताबीच प्रमुख सहरमध्ये एक एल्माटीमा मसिन गन प्रहारको आवाज सुनिएको बीबीसीले लेखेको छ । अधिकारीहरूले त्यहाँ प्रहरी र प्रदर्शनकारीहरूको मृत्यु भएको जनाएका छन्। राष्ट्रपतिले विना… Continue reading रुसी सेना कजाकिस्तान छिर्यो, भिडन्तको सम्भावना कति ?
टेनिस स्टार नोभाक जोकोभिचलाई अष्ट्रेलियाले किन प्रवेशमा रोक्यो ?
मेलवर्न । टेनिसका विश्व चर्चित खेलाडी स्टार खेलाडी नोभाक जोकोभिचलाई अष्ट्रेलियाले आफ्नो मुलुकमा प्रवेशमा रोक लगाएको विषयले सर्विया र अष्ट्रेलियामा बहस सिर्जना गरेको छ । अष्ट्रेलिया प्रवेश गर्न चाहिने आवश्यक मापदण्ड नपुगेको भन्दै अष्ट्रेलियाको अध्यागमनले उनको भिसा रद्द गरिदिएको खबर छ । उनी नौ पटकका अस्ट्रेलियन ओपन विजेता हुन् । जोकोभिच बुधबार राति मेलबर्न पुगेका… Continue reading टेनिस स्टार नोभाक जोकोभिचलाई अष्ट्रेलियाले किन प्रवेशमा रोक्यो ?
नरेन्द्र मोदीको सवारीलाई प्रदर्शनकारीले छेकेपछि…
पञ्जाव । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सवारीलाई प्रदर्शनकारीले विफल पारेको घटनाले यतिबेला भारतमा ठूलो वहस सिर्जना गरेको छ । बुधबार एक कार्यक्रममा जाने बाटो नपाएपछि उनी बीच बाटो बाटै फर्कनु परेको छ । भारतीय संचारमाध्यमहरुका अनुसार मोदी बुधबार पन्जाब राज्यमा यसरी फसेका हुन् । यहाँ निर्वाचनको प्रचार प्रसार शुरु भएको छ । सोही सिलसिलामा उनी… Continue reading नरेन्द्र मोदीको सवारीलाई प्रदर्शनकारीले छेकेपछि…
भारतमा ओमिक्रानका कारण एक जनाको मृत्यु भएको पुष्टी
नयाँ दिल्ली । नेपालको छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण तिब्र बनेको छ । यसैबीच, भारतमा कोरोनाको ओमिक्रोन भेरियन्टबाट संक्रमित एक जनाको मृत्यु भएको पुष्टी भएको छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा ओमिक्रोनका कारण मृत्यु भएको यो पहिलो घटना हो । मन्त्रालयका अनुसार राजस्थानको उदयपुरमा ओमिक्रोनबाट संक्रमित एक वृद्धको मृत्यु हो । मन्त्रालयका सचिव… Continue reading भारतमा ओमिक्रानका कारण एक जनाको मृत्यु भएको पुष्टी
अमेरिकामा एकै दिन १० लाख माथि कोरोना पुष्टि
वासिङ्टन डिसि । अमेरिकामा एकै दिन १० लाखभन्दा बढीमा मानिसमा कोरोना संक्रमण पुष्टि भएको तथ्यांक आएको छ ।जोन्स हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको यो आङ्कडा अनुसार सोमबार अमेरिकामा १० लाख ८० हजार २११ नयाँ संक्रमित फेला परेका हुन् । यो कुनै पनि मुलुकमा देखिएको हालसम्म कै सबैभन्दा ठूलो सङ्ख्यामा सङ्क्रमण हो । संक्रमण बढ्दो क्रममा रहे पनि… Continue reading अमेरिकामा एकै दिन १० लाख माथि कोरोना पुष्टि
६ महिनाअघि रास्ट्रपतिको हत्या भएको हाइटीमा प्रधानमन्त्रीको हत्या प्रयास
काठमाडौं/एजेन्सी । हाइटीका प्रधानमन्त्री एरिअल आङ्ग्रीको हत्या प्रयास भएको छ । यो मुलुकमा ६ महिना अगाडि रास्ट्रपतिको हत्या भएको थियो । बिबिसीका अनुसार उत्तरी सहर गोनाएभको एउटा गिर्जाघरमा आयोजना गरिएको कार्यक्रममा उनी सहभागी भइरहेका बेला उक्त घटना भएको हो । अनलाइनमा पोस्ट गरिएका भिडिओहरूमा प्रधानमन्त्री र उनको टोली तीव्र गोली प्रहारकाबीच गाडी तर्फ गएको देखिन्छ।… Continue reading ६ महिनाअघि रास्ट्रपतिको हत्या भएको हाइटीमा प्रधानमन्त्रीको हत्या प्रयास
सुडानका प्रधानमन्त्री अब्दुल्लाह ह्यामदकले किन छाडे पद ?
काठमाडौं । सुडानका प्रधानमन्त्री अब्दुल्लाह ह्यामदकले पद त्यागको घोषणा गरेका छन् । सुडानमा अहिले आन्दोलन चर्किएको छ । जहाँ सेनाले गोलि चलाएको खबर छ । त्यसलगत्तै प्रधानमन्त्रीले राजीनामा दिएका हुन् । उनलेकेही हप्ता अघि मात्रै सेनासँग विवादास्पद सम्झौता गरेका थिए । सोको विरोधमा सुडानमा आन्दोलन चर्किएको हो । प्रदर्शनकारीले विवादास्पद सम्झौताको खारेजीको माग गर्दै आएका… Continue reading सुडानका प्रधानमन्त्री अब्दुल्लाह ह्यामदकले किन छाडे पद ?
भारतमा कोरोनाले विष्फोटक रुप लिँदै, नेपालमा बढ्यो जोखिम
नयाँ दिल्ली । भारतमा कोरोना भाइरसको संक्रमणले पुनः विष्फोटक रुपम लिएको छ । पछिल्लो २४ घण्टामा मात्र २२ हजार ७७५ जनामा कोरोना पुष्टी भएको त्यहाँको स्वास्थ्य मन्त्रालयको आंकडा रहेको छ । भारतमा बढेको संक्रमणले जोखिम भने नेपालमा समेत बढाएको छ । किनकी नेपाल र भारतबीच अहिले निर्वाध आवतजावत भइरहेको छ । पछिल्लो २४ घण्टामा भारतमा… Continue reading भारतमा कोरोनाले विष्फोटक रुप लिँदै, नेपालमा बढ्यो जोखिम
भारतको जम्मू कश्मीरको वैष्णोदेवी मन्दिरमा भागदौड, कम्तिमा १२ मारिए
जम्मू कश्मीर । भारतको जम्मू(कश्मीरस्थित वैष्णोदेवी मन्दिर परिसरमा भागदौड मच्चिँदा कम्तिमा १२ जनाको मृत्यु भएको समाचार एजेन्सीहरुले बताएका छन् । घटनामा २० भन्दा बढी घाइते छन् । भारतीय समाचार संस्था एएनआईका अनुसार त्रिकुटा पहाडमा रहेको मन्दिरको गर्भगृहमा अत्यधिक भीडका कारण भागदौड भएको हो । नयाँ वर्ष २०२२ को पहिलो दिन मन्दिर दर्शनमा पुगेकाहरु यस घटनामा… Continue reading भारतको जम्मू कश्मीरको वैष्णोदेवी मन्दिरमा भागदौड, कम्तिमा १२ मारिए
कोरोनाको डेल्टा र ओमिक्रोनको चेपुवामा विश्व स्वास्थ प्रणाली
जुरिच । डेल्टा र ओमिक्रोन भेरिअन्टको मिश्रणले कोभिड घटनाहरूको एउटा डरलाग्दो सुनामी ल्याउन लागिरहेको भन्दै विश्व स्वास्थ्य सङ्गठनले चिन्ता व्यक्त गरेको छ । युरोप र अमेरिकामा कीर्तिमानी सङ्ख्यामा कोभिडका नयाँ सङ्क्रमितहरू देखा परिरहँदा सङ्गठनका अध्यक्ष डा. टेड्रोस एड्हानोम गेहब्रेयससले यस्तो चिन्ता व्यक्त गरेका हुन् । बिबिसीका अनुसार अध्ययनहरूले कैयौँ देशमा निकै छिटो मुख्य भेरिअन्ट बनेको… Continue reading कोरोनाको डेल्टा र ओमिक्रोनको चेपुवामा विश्व स्वास्थ प्रणाली
विश्वभर ओमिक्रोन जोखिम बढेको डब्लुएचओको चेतावनी, स्वास्थ्य प्रणालीलाई ओझेलमा पार्न सक्ने
काठमाडौं । ओमिक्रोनले अझै पनि धेरै उच्च जोखिम खडा गरेको र यसले स्वास्थ्य सेवा प्रणालीलाई ओझेलमा पार्न सक्ने डब्लुएचओले बुधबार चेतावनी दिएको छ । धेरै देशहरूमा अत्याधिक मात्रामा कोरोनाभाइरस ओमिक्रोन संस्करणले प्रकोप बढेको जनाएको छ ।गत हप्तामा विश्वव्यापी रूपमा कोरोना सङ्क्रमण ११ प्रतिशतले बढेको छ । नेदरल्याण्ड्स र स्विट्जरल्याण्ड ओमिक्रोन भेरियन्टले तनाव भएको छ ।… Continue reading विश्वभर ओमिक्रोन जोखिम बढेको डब्लुएचओको चेतावनी, स्वास्थ्य प्रणालीलाई ओझेलमा पार्न सक्ने
यूरोपमा अहिलेसम्मकै उच्च संख्यामा देखियो कोरोना संक्रमण
पेरिस । यूरोपमा अहिलेसम्मकै बढी संख्यामा कोरोना भाइरसको संक्रमण देखिएको छ । फ्रान्समा युरोपकै हालसम्मकै सर्वाधिक उच्च एक लाख ८० हजार नयाँ दैनिक कोभिड(१९ सङ्क्रमण पुष्टि भएको बीबीसीले लेखेको छ । युरोपका सबै देशले ओमिक्रोन भेरिअन्ट नियन्त्रण गर्न सङ्घर्ष गरिरहेका छन् र इट्ली, ग्रीस, पोर्चुगल र इङ्ग्ल्यान्ड सबैमा कीर्तिमानी सङ्ख्यामा सङ्क्रमणहरू पुष्टि भएका छन्। क्रिसमसका… Continue reading यूरोपमा अहिलेसम्मकै उच्च संख्यामा देखियो कोरोना संक्रमण
ओमिक्रोन बढेपछि भारतको राजधानी दिल्लीमा आजबाट रात्रिकालिन कर्फ्यू
नयाँ दिल्ली । भारतमा बढ्दो कोभिड संक्रमण नियन्त्रणका लागि पुनः कर्फ्यू आदेश जारी भएको छ । राजधानी नयाँ दिल्लीमा आजबाट रात्रिकालीन कर्फ्यू शूरु भएको हो । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनका कारण संक्रमितहरुको संख्या बढेपछि राज्य सरकारले सोमबारबाटै लागू हुने गरी राति ११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यू लगाएको हो । भारतको उत्तर प्रदेश र हरियाणाले… Continue reading ओमिक्रोन बढेपछि भारतको राजधानी दिल्लीमा आजबाट रात्रिकालिन कर्फ्यू
ग्रीसमा आप्रवासी शरणार्थी चढेको डुङ्गा डुब्दा कम्तिमा १६ को मृत्यु
काठमाडौं । ग्रीसमा आप्रवासी शरणार्थी चढेको डुङ्गा डुब्दा कम्तिमा १६ जनाको मृत्यु भएको अन्र्तारष्ट्रिय संचारमाधयमले जनाएका छन् । सामुद्रिक टापु पारोस नजिकै आप्रवासी शरणार्थी चढेको डुङ्गा डुबेको हो । बीबीसीका अनुसार ज्यान गुमाउनेमा १२ पुरुष, तीन महिला र एक शिशु समेत छन् । मध्य एसियन सागरमा चार दिनको अन्तरमा आप्रवासी शरणार्थीहरू दुर्घटनामा परेको यो तेस्रो… Continue reading ग्रीसमा आप्रवासी शरणार्थी चढेको डुङ्गा डुब्दा कम्तिमा १६ को मृत्यु
बंगलादेशमा ५ सय यात्रु चढेको पानीजहाजमा आगलागी, कम्तिमा ३७ जना मारिए
ढाका । बंगलादेशमा एक यात्रुवाहक पाजीजहाजमा आगलागी हुँदा कम्तीमा ३७ जनाको ज्यान गएको छ। कैयौं मानिस घाइते भएका कारण मृतक अझै बढ्न सक्ने अनुमान गरिएको छ । त्यहाँको सुगन्धा नदीमा घटना भएको हो। घटना भएको झालकोटी जिल्लाका अतिरिक्त प्रहरी उपरीक्षक मोइनुल हकले अहिलेसम्म कम्तीमा ३७ वटा शव फेला पारिएको जानकारी गराएको बीबीसीले लेखेको छ ।… Continue reading बंगलादेशमा ५ सय यात्रु चढेको पानीजहाजमा आगलागी, कम्तिमा ३७ जना मारिए
अध्ययनको निष्कर्ष : ओमिक्रोन घातक छैन
लण्डन । ओमिक्रोन सङ्क्रमणको लहर तुलनात्मक रूपमा मध्यम स्तरको मात्रै भएको बेलायत र दक्षिण अफ्रिकामा गरिएका प्रारम्भिक अध्ययनले देखाएका छन्। बीबीसीका अनुसार प्रारम्भिक नतिजाले अन्य भेरियन्टले सङ्क्रमण भएका व्यक्तिभन्दा ओमिक्रोन भेरियन्टले सङ्क्रमण भएका ५० देखि ७० प्रतिशतसम्म कम मानिस अस्पताल भर्ना भएको देखाएको छ। तर ओमिक्रोन सङ्क्रमित थोरै मात्रै अस्पताल पुगे पनि यसले एकदमै धेरै… Continue reading अध्ययनको निष्कर्ष : ओमिक्रोन घातक छैन