Category: विश्व

  • भुकम्पबाट मृत्यु हुनेको सङ्ख्या चीनमा ५३ पुग्यो

    भुकम्पबाट मृत्यु हुनेको सङ्ख्या चीनमा ५३ पुग्यो

    काठमाडौं । मङ्गलबार बिहान गएको शक्तिशाली भुकम्पमा परि चीनमा कम्तीमा ५३ जनाको मृत्यु भएको छ । कयौं घाइते भएका कारण मृत्यु हुनेको सङ्ख्या अझ बढ्न सक्ने बताइएको छ । नेपालमा ७ रेक्टर स्केल मापन भएको भुकम्पको केन्द्र चीनको तिब्बत रहेको थियो । सिजाङ अटोनोमस रिजनको डिग्री काउन्टी केन्द्रविन्दु भएर भुकम्प गएको हो । नेपालमा भने अहिलेसम्म मानवीय क्षति भएको खबर छैन ।

  • हमासले ३४ बन्दी मुक्त गर्दै, छैन विपिनको नाम

    हमासले ३४ बन्दी मुक्त गर्दै, छैन विपिनको नाम

    काठमाडौं । हमासले इजरायल आक्रमणको क्रममा कब्जामा लिइएकामध्ये थप ३४ बन्दीलाई रिहा गर्ने तयारी गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरूले जनाएका छन् । समाचार संस्था बीबीसीले हमासका एक उच्च अधिकारीले रिहा गर्न लागिएका बन्दीहरूको नाम रहेको सूची प्राप्त भएको जनाएका छन् । सूचीमा एकदेखि ८५ वर्ष उमेर समूहका बन्दी छन् ।

    बीबीसीले हमासका ती वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै लेखेको छ, सो सूची इजरायलसँग सम्भावित युद्धविराम सम्झौताको लागि रिहाइ प्रक्रिया अगाडि बढाउन तयार पारिएको हो । हमासका ती अधिकारीले सूची इजरायल सरकारलाई समेत बुझाइसकेको बताएका छन् ।

    तर, इजरायल सरकारले भने अहिलेसम्म त्यस्तो कुनै सुची प्राप्त नभएको प्रतिक्रिया दिएको छ । हमासले गत ७ अक्टुबर सन् २०२२ मा इजरायली भूमिमा प्रवेश गरी आक्रमण गरी एक हजार दुई सयभन्दा बढीको ज्यान लिएको थियो भने दुई सय ५१ जनालाई बन्धक बनाएको थियो । मृत्यु हुनेमा दश नेपाली विद्यार्थी पनि थिए । गाजामा युद्धविराम र बन्धक रिहाइको सम्झौताको प्रयास स्वरुप कतारमा लगातार वार्ता चलिरहेको छ । वार्ताको क्रममा आफ्नो कब्जामा रहेका ३४ बन्धकलाई रिहा गर्न हमास तयार भएको खबर पनि आएको छ ।

    यसैबीच, अमेरिकी विदेशमन्त्री एन्टनी ब्लिङ्कनले दक्षिण कोरियाको भ्रमणको क्रममा सोमबार प्रतिक्रिया दिँदै गाजामा युद्धविरामलाई लिएर दुई पक्षीय सहमति हुनेमा आफू विश्वस्त रहेको बताएका छन् । यद्यपि, उनले त्यस्तो सहमति नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पद सम्हाल्नुभन्दा अघि सम्भव नभएको पनि उल्लेख गरेका छन् ।

    इजरायल हमास लडाकुले मुक्त गर्न लागेका व्यक्तिहरूको सूचीमा नेपालका विपिन जोशी नरहेको इजरायलस्थित नेपाली दूतावासले जनाएको छ । इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले हमासले उपलब्ध गराएको सूचीमा जोशीको नाम नरहेको बताएका हुन् । सूचीमा १० महिला र ५० देखि ८५ वर्षसम्मका ११ पुरुष छन् । त्यसबाहेक यसअघि हमासले ‘मृत्यु भइसकेको’ भनेका केही बालबालिका पनि रहेका बीबीसीले जनाएको छ । उनीहरू सबै इजरायलकै नागरिक हुन् ।

    आक्रमणको क्रममा हमासका लडाकुहरूले कञ्चनपुरका विपिन जोशीसहित दुई सय ५१ जनालाई बन्धक बनाएर प्यालेस्टिनी भूमितिर लगेका थिए । त्यसयता जोशीको अवस्था अज्ञात छ । सन् २०२३ को नोभेम्बरमा सार्वजनिक भएको उत्तरी गाजास्थित अल–शिफा अस्पतालको एउटा सीसीटीभी फुटेजमा हमासले नियन्त्रणमा लिएका केही व्यक्तिहरू दखिएका थिए । तीमध्ये एकजना नेपाली पनि रहेको इजरेली सेनाले जनाएको थियो ।

    नेपाली भनिएका ती व्यक्ति विपिन हुनसक्ने अनुमान नेपाली अधिकारीले गरेका थिए । विपिनका दाजु किशोरले पनि भिडियोमा देखिएका व्यक्ति आफ्नो भाइ नै रहेको बताएका थिए । विपिनको रिहाइका लागि नेपाल सरकारले कूटनीतिक पहल तीव्र पारेको बताए पनि उनको अवस्था अझै थाहा हुन सकेको छैन ।


    एक महिनाअघि मात्रै राजदूत नियुक्त भएर इजरायलको राजधानी तेलअभिभ पुगेका पण्डित नेपालीहरू मारिएको र विपिन अपहरणमा परेको गाजा नजिकैको शहर किबुत्ज अलुमिम पुगेर घटनाक्रमबारे जानकारी लिएका थिए । विपिनको खोजीमा सम्भव सबै प्रयास गरिरहेको बताउँदै राजदूत पण्डितले भने, ’विपिन जोशीको खोजीमा सम्पूर्ण संयन्त्र परिचालन गरिएको छ । यदि सकुशल भए उनी मुक्त हुने आशा गर्न सकिन्छ ।’

  • क्यानडाका प्रधानमन्त्रीले किन दिए राजिनामा ?

    क्यानडाका प्रधानमन्त्रीले किन दिए राजिनामा ?

    काठमाडौं । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले पदबाट राजीनाको घोषणा गरेका छन् । यद्यपि लिबरल पार्टीबाट नयाँ नेता नचुनिएसम्म ट्रुडोले नै सरकार सञ्चालन गर्नेछन् । पत्रकार सम्मेलनमा ट्रुडोले दलको नेताबाट राजीनामा दिएको र अर्को नेता चुनिएपछि सत्ता हस्तान्तरण गर्ने जनाए ।

    राजीनामाको घोषणा गर्दै उनले आफूलाई योद्धाको संज्ञा दिए । उनले भने, ‘प्रधानमन्त्रीको रूपमा हरेक दिन सेवा गर्न पाउनु मेरो लागि गर्वको कुरा हो । हामीले महामारीका बेला सेवा गर्‍यौँं । बलियो लोकतान्त्रका लागि काम गर्‍यौँं । तपाईंहरू सबैलाई थाहा छ म योद्धा हुँ ।’ उनले सन् २०१५ मा प्रधानमन्त्री बनेदेखि नै क्यानडाको हितका लागि र मध्यम वर्गीय जनतालाई माथि उकास्नका लागि काम गरेको बताए ।

    तर, उनले किन राजीनामा दिए भन्नेमा चाहिँ चासो छ । जानकारहरू भन्छन्– ट्रुडोको लोकप्रियता खस्किँदै गएको थियो । त्यसैले लिबरल पार्टीका नेताहरूले नै राजीनामा दिन दबाब दिँदै आएका थिए । त्यसैले उनले राजीनामा दिएको बीबीसीले जनाएको छ । क्यानडामा सन् २०२५ को अक्टोबर महिनामा चुनाव हुँदैछ ।

  • यूरोपका विभिन्न शहरमा भारी हिमपात, जनजीवन प्रभावित

    यूरोपका विभिन्न शहरमा भारी हिमपात, जनजीवन प्रभावित

    काठमाडौं । भारी हिमपात र चिसो वर्षाले आइतबार युरोपभर व्यापक अवरोध ल्याएको छ । बेलायत र जर्मनीमा धेरै प्रमुख विमानस्थलले उडानहरू स्थगित गर्न बाध्य भएको खबर सार्वजनिक भएको छ । बेलायतमा अझै केही दिन मौसम प्रतिकूल रहने अनुमान गरिएको छ । त्यहाँ तीन सय मिटर (९८५ फिट) माथिको भू–भागमा ४० सेन्टिमिटर (१५ इन्च) सम्म हिउँ जम्ने भएकाले विशेषगरी इङ्ल्यान्डको उत्तरी भेगका धेरै ग्रामीण समुदाय अलग्गिन सक्ने चिन्ता छ ।

    देशको विद्युत सञ्जालको निरीक्षण गर्ने नेसनल ग्रिडले देशभर विद्युत आपूर्ति बन्द भएपछि पुनःस्थापना गर्ने काम गरिरहेको बताएको छ । कम्पनीको प्रत्यक्ष नक्शाले मध्य इङ्गल्यान्डको बर्मिङ्घम, पश्चिममा ब्रिस्टल र वेल्सको कार्डिफमा विद्युत् कटौती देखाएको छ । धेरै खेलकुद कार्यक्रम पहिले नै स्थगित भइसकेका छन् तर लिभरपूल र म्यानचेस्टर युनाइटेड बीचको हेभिवेट प्रिमियर लिग फिक्स्चर अझै हुने तय छ । यद्यपि त्यहाँ पछि थप निरीक्षण गरिनेछ ।

    लिभरपुलको जोन लेनन विमानस्थल र म्यानचेस्टर विमानस्थलले धावनमार्गहरू बन्द गर्नुपरेको थियो तर तर दुवै आइतबार बिहान ढिलोसम्ममा पुनः खोल्न तयार देखिन्थे । यद्यपि लिड्स ब्राडफोर्ड विमानस्थलले आइतबार बिहान आफ्नो धावनमार्ग बन्द गरेको बताएको छ । क्रिसमस र नयाँ वर्षको बिदाबाट धेरै परिवारहरू घर फर्किने र विद्यार्थीहरू विश्वविद्यालयतर्फ फर्कने दिन भएकाले अत्यन्त व्यस्त हुने यो दिनमा सडक सञ्जाल पनि व्यापक रूपमा प्रभावित भएको थियो ।

    स्थानीय अधिकारीहरूले धेरै सडकहरू पहिले नै बन्द गरेका थिए तर अन्यत्र फसेका सवारी साधन र दुर्घटनाहरूले अवरोध सिर्जना गरेका छन् । रेलमार्गमा धेरै सेवाहरू रद्द गरिए र राष्ट्रिय रेलले अवरोध कार्य हप्तासम्म जारी रहने चेतावनी दिएको छ ।

    बेलायतको मुख्य मौसम पूर्वानुमानकर्ता मेट अफिसले आइतबार हिमपात र असिना उत्तरतर्फ बढ्ने र उत्तरी इङ्गल्यान्ड र दक्षिणी स्कटल्याण्डमा सबैभन्दा बढी हुने बताएको छ । अति चिसो पानी ठोक्किएर जम्ने जमाउने वर्षाको अनुभव गरेपछि दक्षिणी क्षेत्र केही न्यानो हुनेछ ।

    वातावरण एजेन्सीले दक्षिणी इङ्गल्यान्डमा टाव नदी र एभन नदीमा आठवटा बाढीको चेतावनी पनि जारी गरेको छ । हिउँ र बरफले जर्मनीमा पनि विनाश निम्त्याइरहेको छ । त्यहाँ जहाँ दक्षिणपश्चिमबाट जाडो मौसम फैलिएको छ । अधिकारीहरूले चालक र पैदल यात्रीहरूका लागि कालो बरफ चेतावनी जारी गरेका छन् र मानिसहरूलाई सम्भव भएसम्म घरमै बस्न सल्लाह दिएका छन् ।

    फ्रेङ्कफर्ट विमानस्थलले आइतबार योजना गरिएका एक हजार ९० उडान र अवतरणमध्ये १२० रद्द गरेको फ्रापोर्ट प्रेस कार्यालयले जनायो । म्युनिख विमानस्थलमा एउटा धावनमार्ग खुला थियो भने अर्को सफा गरिँदै थियो । बाडेन–वुर्टेमबर्गमा हेमिङ्गेन सहर नजिकै एउटा बस चिप्लेर सडकबाट बाहिर जाँदा आठ जना घाइते भए । फ्रेङ्कफर्ट क्षेत्रमा लामो दूरीका रेल सम्पर्कहरूमा पनि अनियमितता देखियो । रासस, एपी

  • अमेरिकी विदेशमन्त्री कोरिया, जापान र फ्रान्सको भ्रमणमा निस्कँदै

    अमेरिकी विदेशमन्त्री कोरिया, जापान र फ्रान्सको भ्रमणमा निस्कँदै

    काठमाडौं । दक्षिण कोरियामा जारी राजनीतिक उथलपुथलका बिच अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले दक्षिण कोरियाको भ्रमण गर्ने भएका छन् । विदेशमन्त्री ब्लिन्केनले सियोलमा रहँदा ‘स्वतन्त्र, खुला र समृद्ध इन्डो-प्यासिफिक’ प्रवर्द्धन गर्ने प्रयासलाई कसरी बढावा दिन सकिन्छ भन्ने विषयमा छलफल गर्ने बताएका छन् । अमेरिकी विदेश मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘विदेशमन्त्री ब्लिन्केनले जनवरी ४ देखि ९ सम्म दक्षिण कोरिया, जापान र फ्रान्सको भ्रमण गर्नुहुनेछ ।

    विदेशमन्त्री ब्लिन्केनले संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाली गठबन्धनलाई पुनः पुष्टि गर्न र हाम्रा साझा मूल्य मान्यतामा आधारित विश्वका चुनौतीमा हाम्रा महत्त्वपूर्ण सहयोगलाई कसरी अगाडि बढाउन सकिन्छ भन्नेबारे छलफल गर्न कोरियाली वरिष्ठ सरकारी अधिकारीहरूसँग भेटघाट गर्नेछन् । “संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाले स्वतन्त्र, खुला र समृद्ध इन्डो–प्यासिफिक क्षेत्रको सुरक्षाका लागि जापानसँग त्रिपक्षीय प्रयासलाई कसरी मजबुत बनाउन सकिन्छ भन्ने विषयमा पनि विदेशमन्त्रीले छलफल गर्नुहुनेछ,” अमेरिकी विदेश मन्त्रालयले भनेको छ ।

    “जापानमा विदेशमन्त्री ब्लिन्केनले जापान सरकारका वरिष्ठ अधिकारीसँग अमेरिका–जापान गठबन्धनले पछिल्ला केही वर्षमा हासिल गरेको प्रगतिको समीक्षा गर्नेछन्। विदेशमन्त्री ब्लिन्केनले द्विपक्षीय, क्षेत्रीय र विश्वव्यापी मुद्दाको एक श्रृङ्खलालाई सम्बोधन गर्न गठबन्धनको महत्त्वलाई पुनः पुष्टि गर्नुहुनेछ र अमेरिका–जापान–दक्षिण कोरिया त्रिपक्षीय सहयोगको गतिलाई जारी राख्नेछन् ।

    फ्रान्समा विदेशमन्त्री ब्लिन्केनले युरोप, मध्यपूर्व र त्यसभन्दा बाहिरका चुनौतीको सामना गर्न अमेरिकी साझेदारीको एक भागको रूपमा फ्रान्सका वरिष्ठ अधिकारीसँग भेटघाट गर्नेछन् । यसैबिच, ब्लिन्केनले शनिबार इजिप्टका विदेशमन्त्री बद्र अब्देलाटीसँग पनि कुराकानी गर्ने भएका छन् ।

    अमेरिकी विदेश मन्त्रालयले भनेको छ, “विदेशमन्त्री ब्लिन्केन र उहाँका इजिप्टका समकक्षीले गाजामा बन्धकको रिहाई, मानवीय सहायताको प्रवाह बढाउने र युद्धको अन्त्य गर्ने युद्धविरामका लागि जारी प्रयासको पछिल्लो घटनाक्रमबारे छलफल गरेका छन्। उनीहरूले सिरियाको अवस्थाबारे पनि थप छलफल गरेका छन्।”

  • अमेरिकामा ठुलो आँधीबेहरी र हिमवर्षाको चेतावनी

    अमेरिकामा ठुलो आँधीबेहरी र हिमवर्षाको चेतावनी

    काठमाडौं । रासस–एएफपी। संयुक्त राज्य अमेरिकामा आइतबार आँधीबेहरीसहित देशका धेरै भागमा हिमवर्षा हुने बताइएको छ। मौसमविद्ले पूर्वका लाखौँ मानिसले हिमआँधीको सामना गर्नुपर्ने र केही क्षेत्रमा एक दशकयताकै सबैभन्दा भारी हिमपात हुनेछ। छ करोडभन्दा बढी मानिसल खतरनाक हिमआँधीको जोखिम सहनुपर्ने देखिएका हो। संयुक्त राज्य अमेरिकाको पूर्वी आधा भागलाई आर्कटिक हावाको चिसोले प्रभावित पार्नेछ भने हिमवर्षाका कारण प्रमुख राजमार्गको यात्रामा गम्भीर अवरोध उत्पन्न भएको छ।

    राष्ट्रिय मौसम सेवा (एनडब्ल्यूएस) ले मध्य(एटलान्टिकसम्मका राज्यहरूमा हिमपात र आँधीबेहरीको प्रभावको चेतावनी दिएको छ। पश्चिमी कान्सास क्लियरबाट तटीय राज्य मेरिल्यान्ड, डेलावेयर र भर्जिनियासम्म जाडो यामको चिसो आँधीको चेतावनी जारी गरिएको छ, जसले असामान्य रूपमा १५ सय माइल ९दुई हजार चार सय किलोमिटर० क्षेत्रमा तत्काल खतरा उत्पन्न गरेको छ।

    एनडब्लुएसले आफ्नो पछिल्लो प्रतिवेदनमा भनेको छ, “भारी हिमपातले अत्यधिक ठण्डी निम्त्याउदा मध्य–एटलान्टिक क्षेत्रमा सोमबारसम्म प्रभाव पार्नेछ।”
    उत्तरपूर्वी कन्सासदेखि उत्तर–मध्य मिसौरीसम्मका क्षेत्रमा दशकयताकै सबैभन्दा ठुलो हिमपात हुने चेतावनी मौसम पुर्वानुमान निकायले दिएको छ। मानव सिर्जित जलवायु परिवर्तनका कारण मौसम सामान्यबाट चरम र गम्भीर बन्दै गएको वैज्ञानिकहरूले बताएका छन्।

    सन् २०२५ को पहिलो ठुलो आँधीले यात्रामा आतङ्क मच्चाइरहेको छ भने कन्सास सिटी अन्तर्राष्ट्रिय विमानस्थलले शनिबार आफ्नो उडान बन्द गर्ने घोषणा गरेको छ। कन्सास सिटीका मेयर क्विन्टन लुकासले सामाजिक सञ्जालमा लेखेका छन्, “एयरफिल्ड रनवे र ट्याक्सीवेको सरसफाइपछि उडान पुनः सुरु भएको छ।

  • पाकिस्तानको बलुचिस्तानमा बसमा हमला, कम्तिमा चार मारिए

    पाकिस्तानको बलुचिस्तानमा बसमा हमला, कम्तिमा चार मारिए

    काठमाडौं । ईरानसँग सीमा जोडिएको पाकिस्तानी शहर बलूचिस्तानमा बसमा आत्मघाती हमला गरिएको छ । केछ ज़िल्लामा भएको यो घटनामा ४ जनाको ज्यान गएको छ भने २५ जना घाइते रहेको समाचारमा उल्लेख छ । बलूचिस्तान सरकारका प्रवक्ता शाहिद रंदले हमलाको पुष्टी गरेका छन् ।

    उनका अनुसार हमलामा क्राइम विंगका एसएसपी ज़ोहैब मोहसिन समेत घाइते छन् । केछ जिल्लाका पुलिस अधिकारीले मारिनेमा सुरक्षाबलका मानिस समेत रहेको बताएका छन् । उनका अनुसार यो आत्मघाती हमला थियो ।

  • पोर्टस्टारलाई चुप रहन पैसा दिएको ट्रम्पको मुद्दामा सपथग्रहण अगाडी नै फैसला आउँदै

    पोर्टस्टारलाई चुप रहन पैसा दिएको ट्रम्पको मुद्दामा सपथग्रहण अगाडी नै फैसला आउँदै

    काठमाडौं । अमेरिकामा एकजना न्यायाधीशले डोनाल्ड ट्रम्पविरुद्ध मुख नखोल्न पैसा दिएको मुद्दामा १० जनवरीका दिन सजाय सुनाउनेभएको छ । राष्ट्रपतिको शपथ लिने मितिको १० दिनअघि त्यस्तो सजाय सुनाउन लागिएको बीबीसीले जनाएको छ ।

    न्यूयोर्कका न्यायाधीश ह्वान मर्चनले ट्रम्पलाई जेल, जेलबाहिर रहेर चालचलन सुधार्ने मौका वा जरिबाना नतोक्ने बरु निःसर्त छाड्नेू सङ्केत गरेको समाचारमा उल्लेख छ । उनले आफ्नो आदेशमा राष्ट्रपति(निर्वाचित ट्रम्प सुनुवाइका लागि प्रत्यक्ष वा भर्चुअल माध्यममार्फत् उपस्थित हुनसक्ने बताएका छन्। ट्रम्पले राष्ट्रपतिमा भएको आफ्नो जितलाई आफूविरुद्धका मुद्दा खारेज गर्न प्रयोग गर्न खोजेका थिए।

    न्यायाधीशको आदेशबारे प्रतिक्रिया जनाउने क्रममा राष्ट्रपति(निर्वाचित ट्रम्पले त्यसलाई अवैध राजनीतिक हमला भन्दै त्यो बदनियतपूर्ण परिहास बाहेक केही नभएको बताएका छन्। ट्रम्पको टोलीले सजाय तोक्ने काममा अघि बढ्ने न्यायाधीशको निर्णयको आलोचना गर्दै कानुनहीन मुद्दा तत्काल खारेज हुनुपर्ने बताएको छ।

    गत मे महिनामा पूर्वपोर्नस्टार स्टोर्मी ड्यान्यल्सलाई झूटो व्यापारिक विवरण तयार पारेर १,३०,००० अमेरिकी डलर दिएको बारे ३४ वटा कसुरमा उनी दोषी ठहरिएका थिए। ती अभियोग ट्रम्पका पूर्व वकिल माइकल कोएनले सन् २०१६ को चुनावअघि ड्यान्यल्सलाई ट्रम्पसँग भएको भनिएको यौन सम्बन्धबारे चुप रहनका रकम दिएको विषय लुकाउने प्रयास सम्बन्धी छन्। ट्रम्पले आफूले कुनै गलत काम नगरेको भन्दै दोष स्वीकारेका छैनन्।

    उनले उक्त मुद्दा सन् २०२४ को राष्ट्रपतीय निर्वाचनमा आफ्नो प्रचार अभियानलाई बिथोल्ने प्रयास स्वरूप ल्याइएको तर्क गरेका छन्। शुक्रवार उनका प्रवक्ताले समेत न्यायाधीशको सजाय सुनाउने आदेशको आलोचना गर्दै ट्रम्पलाई यस्ता कुनै अवरोधबिना राष्ट्रपतीय शक्ति हस्तान्तरण प्रक्रिया जारी राख्न र राष्ट्रपतिका रूपमा महत्त्वपूर्ण जिम्मेवारीहरू कार्यान्वयन गर्न दिनुपर्ने बताए।

  • दक्षिण कोरियाली राष्ट्रपतिलाई पक्राउ गर्ने प्रहरीको ६ घण्टा लामो प्रयास असफल

    दक्षिण कोरियाली राष्ट्रपतिलाई पक्राउ गर्ने प्रहरीको ६ घण्टा लामो प्रयास असफल

    काठमाडौं । प्रहरीले महाभियोगपछि निलम्बित दक्षिण कोरियाका राष्ट्रपति पक्राउ गर्ने प्रहरीको प्रयास विफल भएको छ । करिब छ घण्टा लामो संघर्षपछि दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युन सुक योललाई पक्राउ गर्ने प्रहरीको कदम रोकिएको छ । युनको सुरक्षामा रहेको सेनाको टोलीले मानव पर्खाल बनाएर पक्राउ गर्न आएका प्रहरीको बाटो छेकेको कोरियाली समाचार संस्था योन्हापले जनाएको छ ।

    युनको सुरक्षा दस्ता तथा दक्षिण कोरियाली सेनाले प्रहरीलाई रोक्नका लागि बाटोमा सवारी साधन समेत तेर्स्याएको थियो । युनमाथि शक्तिको दुरुपयोग गरेको र सैन्य कानुन लागू गर्न खोजेको भन्दै महाभियोग प्रस्ताव संसदमा पुगेको छ । संसदमा महाभियोग प्रस्ताव पुगेपछि उनी निलम्बित भएका थिए । दक्षिण कोरियामा संसद्को महाभियोग प्रस्तावको अन्तिम निर्णय संवैधानिक अदालतले गर्छ ।

  • ट्रम्प होटलबाहिर कसरी पुग्यो इन्धन र बारुद भएको टेस्ला साइबरट्रक, कसले गरायो विस्फोट ?

    ट्रम्प होटलबाहिर कसरी पुग्यो इन्धन र बारुद भएको टेस्ला साइबरट्रक, कसले गरायो विस्फोट ?

    काठमाडौं÷बीबीसी । संयुक्त राज्य अमेरिकाको नभाडा राज्यस्थित लास भेगसमा ट्रम्प होटलबाहिर इन्धन भरिएका क्यान र पटका राखिएको एउटा टेस्ला साइबरट्रक विस्फोटन भएपछि प्रहरीले उक्त घटनाबारे अनुसन्धान थालेको छ। प्रहरीका अनुसार उक्त घटनामा सवारीचालकको मृत्यु भएको थियो भने अरू सात जना घाइते भएका छन्।

    प्रहरीले घटनामा संलग्न भएको आशङ्का गरिएका कसैको पनि नाम सार्वजनिक गरेको छैन। अधिकारीहरूका अनुसार घाइते भएका सातै जना नाबालक हुन्। उक्त सवारीसाधान कोलोराडो राज्यबाट भाडामा लिइएको र बुधवार बिहान लास भेगस आइपुगेको प्रहरीले जनाएको छ। सहरमा प्रवेश गरेको दुई घण्टाभित्रै विस्फोटन भएको हो।

    होटलअगाडि सिसाको प्रवेशद्वारनजिकै पार्क गरिएको साइबरट्रकबाट पहिला धुँवा निस्किएको थियो र त्यसपछि त्यसमा विस्फोटन भयो। बुधवार साँझ राष्ट्रपति जो बाइडनले उक्त घटनाबारे ह्वाइट हाउसले निगरानी गरिरहेको र कानुन कार्यान्वयन गर्ने निकायले त्यसको र न्यूओर्लिअन्समा भएको आक्रमणबीच कुनै सम्बन्ध छ कि छैन भनेर अनुसन्धान गरिरहेको बताए।

    सङ्घीय जाँच ब्युरो एफबीआईले १५ जनाको ज्यान जाने गरी न्यूओर्लिन्समा मानिसहरूको भीडमा ट्रक चलाउने व्यक्तिले एक्लै त्यस्तो नगरेको ठानिएको जनाएको छ। राष्ट्रपति जो बाइडनले हमलाकारी इस्लामिक स्टेट ९आईएस० समूहबाट प्रभावित भएको बताएका छन्।

    आईएसले भने उक्त हमलाको दाबी गरेको छैन तर उक्त समूहका समर्थकहरूले सामाजिक सञ्जालमा त्यसबारे समाचारहरू शेअर गरेका छन्। दिउँसो आयोजित पत्रकार सम्मेलनमा लास भेगस प्रहरी प्रमुख केभिन मक्मेहिलले लास भेगस होटलमा भएको नाटकीय विस्फोटनको भिडिओ र त्यसपछिका तस्बिरहरू सार्वजनिक गरे। ती सामग्रीमा साइबरट्रकमा इन्धन भरिएका कैयौँ क्यान र पटका देखिन्थ्यो।

    भिडिओमा उक्त साइबरट्रक होटलको प्रवेशद्वारअगाडि नै रोकिएको देखियो। विस्फोटन हुनुभन्दा अगाडि केही सेकन्डसम्म उक्त ट्रक स्थिर थियो। त्यसपछि रङ्गीविरङ्गी पटकाहरू पड्किएर चारैतिर उडेका थिए। अर्को एउटा भिडिओमा अनुसन्धानकर्ताहरूले आगो नियन्त्रण गर्न कालो रङ्गको टार्प प्रयोग गरेको र ट्रकभित्र जलेर बाँकी भएको अवशेष देखिएको थियो। साइबरट्रकभित्र ग्यास र इन्धनका क्यानहरू पटकाका मोर्टारका अवशेषसँगै थिए।

    उक्त घटनापछि होटलमा बसेका मानिसहरूलाई अन्यत्र सारिएको थियो। न्यूओर्लिअन्समा एक व्यक्तिले नववर्ष २०२५ को दिन उत्सव मनाइरहेका मानिसहरूको भिडमा गाडी जोतेको एक घण्टापछि लास भेगसमा विस्फोटन भएको थियो। न्यूओर्लिअन्सको घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने दर्जनौँ मानिस घाइते भएका छन्।

    लास भेगस प्रहरीका अनुसार ती दुई घटनाबीच कुनै सम्बन्ध छ कि छैन भनेर अनुसन्धान भइरहेको छ। न्यूओर्लिअन्समा घटनास्थलनजिकै विस्फोटक पदार्थ फेला परेको थियो। मक्मेहिलका अनुसार लास भेगस घटना राष्ट्रपति पदमा निर्वाचित भएका डोनल्ड ट्रम्पसँग वा उनलाई सहयोग गर्दै आएका धनाढ्य उद्योगपति इलोन मस्कप्रति लक्षित थियो कि थिएन भनेर छानबिन हुँदै छ। विस्फोटन भएको होटलमा ट्रम्प लगानी छ भने उक्त घटनाका लागि प्रयोग गरिएको टेस्ला साइबरट्रक मस्कको स्वामित्वमा भएको कम्पनीले उत्पादन गर्छ।

    उनीहरूका अनुसार अहिलेसम्म उक्त घटनामा इस्लामिक स्टेट आईएसको संलग्नता रहेको प्रमाण फेला परिसकेको छैन। सबै जनाको रुचि त्यो शब्दमा छ भन्ने मलाई थाहा छ। अनि उनीहरू हामीले यो आतङ्ककारी आक्रमण हो, भन्छौँ कि भनेर सुन्न खोज्दै छन्। त्यो हाम्रो उद्देश्य हो, अनि हामी त्यसै गर्न खोज्दै छौँ, एफबीआईका विशेष अधिकारी जेरमी श्वार्ट्जले एउटा पत्रकार सम्मेलनमा भने।

  • कोरियामा दुर्घटना भएको जहाजको डाटा रेकर्डर थप विश्लेषणका लागि अमेरिका पठाइने

    कोरियामा दुर्घटना भएको जहाजको डाटा रेकर्डर थप विश्लेषणका लागि अमेरिका पठाइने

    काठमाडौं । दक्षिण कोरियाली सरकारले बुधबार दुर्घटना भएको जेजु एयर विमानको फ्लाइट डाटा रेकर्डर थप विश्लेषणका लागि संयुक्त राज्य अमेरिकामा पठाउने घोषणा गरेको योन्हाप समाचार एजेन्सीले जनाएको छ । भूमि, पूर्वाधार तथा यातायात मन्त्रालयले फ्लाइट रेकर्डर स्थानान्तरण गर्ने समयसीमा अमेरिकी राष्ट्रिय यातायात सुरक्षा बोर्ड (एनटिएसबी) सँगको समन्वयमा निर्धारण गरिने बताएको छ । मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा जेजु एयर बी ७३७–८०० विमानको भग्नावशेषबाट बरामद गरिएको उडान रेकर्डरले डाटा भण्डारण एकाइलाई यसको पावर स्रोतमा जोड्ने हराएको कनेक्टरसहित बाह्य क्षति भएको पाइएको थियो ।

    मन्त्रालयको हवाई नीति विभागका निर्देशक जु जोङ–वानले भने, ‘क्षतिग्रस्त फ्लाइट डाटा रेकर्डरबाट यहाँ डाटा निकाल्न सम्भव छैन भन्ने हामीले निर्धारण गरेका छौँ, त्यसैले हामीले यसलाई अमेरिका पठाउने र त्यहाँ विश्लेषण गर्ने कुरामा एनटिएसबीसँग सहमति गरेका छौँ।’ संयुक्त राज्य अमेरिकाको एउटा टोली सोमबार दक्षिण कोरिया पुगेको थियो र अर्को दिन मुआनमा भूमि, पूर्वाधार र यातायात मन्त्रालयको नेतृत्वमा दक्षिण कोरियाली अधिकारीहरूसँग संयुक्त अनुसन्धान सुरु गरेको थियो ।

    उनीहरूको प्रारम्भिक संयुक्त स्थलगत अनुसन्धानका क्रममा अनुसन्धानकर्ताहरूले विमान अवतरणमा सहयोग गर्ने लोकलाइजर भनिने नेभिगेसन प्रणालीमा ध्यान केन्द्रित गरेका थिए। मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा कङ्क्रिट संरचनामा जडान गरिएको लोकलाइजरलाई जेजु एयर दुर्घटनामा हताहतको गम्भीरता बढाउन जिम्मेवार ठहर्‍याइएको योन्हापले बताएको छ।

    दक्षिण कोरियाली अधिकारीहरूले दक्षिण कोरियाको मुआन क्षेत्रमा भएको विमान दुर्घटनामा १८१ यात्रुमध्ये १७९ जनाको मृत्यु भएको र दुई जनालाई उद्धार गरिएको पुष्टि गरेका थिए । आइतबार बिहान १७५ यात्रु र छ जना चालक दलका सदस्य बोकेको जेजु एयरको यात्रु जेट मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा बेली–ल्यान्ड गरी विस्फोट भएको योन्हाप समाचार एजेन्सीले जनाएको छ । विमान अवतरण गर्दा ल्यान्डिङ गियर नखुलेको अवस्थामा धावनमार्गबाट चुकेर जमिनमा घस्रिँदै कङ्क्रिट पर्खालमा ठोक्किएर आगो लागेको थियो।
    राससको सहयोगमा

  • अमेरिकामा भीडमा गाडी कुदाएर भएको आक्रमणमा मारिने १५ पुगे

    अमेरिकामा भीडमा गाडी कुदाएर भएको आक्रमणमा मारिने १५ पुगे

    काठमाडौं । अमेरिकाको न्यू अर्लिन्समा मानिसको भिडमा गाडी घुसाएर गरिएको आक्रमणमा ज्यान जानेको संख्या १५ पुगेको छ । ३५ जनाभन्दा धेरै घाइते भएका छन् । न्यू अर्लिन्सको बोर्बोन स्ट्रिटमा नयाँ वर्ष मनाउनेको भिडभाड भएका बेला चालकले ट्रक भिडमा छिराएर मानिसहरूलाई किच्दै अघि बढाएका थिए । चालकले जानाजानी ट्रक भिडमा छिराएका अमेरिकी प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । अमेरिकी प्रहरीका अनुसार तीव्र गतिमा ट्रक चलाएका चालकले जतिसक्दो धेरै मानिसको हत्या गर्ने प्रयास गरेका थिए ।

    घटनाको अनुसन्धान गरिरहेको एफबीआईले मानव भिडमा ट्रक चलाउने चालक टेक्सासका ४२ वर्षीय अमेरिकी नागरिक शमसूद–दीन जब्बार रहेको बताएको छ । एफबीआईले ट्रकमा विद्रोही समूह इस्लामिक स्टेट, आईएसको झण्डा भेटिएकोले चालक आतङ्कवादी समूहसँग जोडिएको हुनसक्ने प्रारम्भिक अनुमान गरेको छ । चालकले अधिकारीहरुमाथि गोलीसमेत चलाएका थिए भने ट्रक भएको क्षेत्रमा विष्फोटक उपकरणसमेत भेटिएको थियो ।

  • अमेरिकामा न्यूइयर मनाइरहेको भिडमा कार कुदाइयो, कम्तिमा १० जनाको मृत्यु

    अमेरिकामा न्यूइयर मनाइरहेको भिडमा कार कुदाइयो, कम्तिमा १० जनाको मृत्यु

    काठमाडौं । अमेरिकाको न्यू अर्लिन्स सहरमा एक बन्दुकधारीले धन्दाधुन्द कार चलाउँदा कम्तीमा १० जनाको मृत्यु भएको छ । घटनामा ३० जना घाइते भएका छन् । घाइते हुनेमा केही सञ्चारकर्मीसमेत छन् । नयाँ वर्षको पहिलो दिन घटना भएको हो । मानिसहरूलाई लक्षित गर्दै कार चलाएका ती व्यक्तिले लगत्तै गोलीसमेत चलाएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

    अमेरिकी अधिकारीहरूका अनुसार घटना आतंकवादसँग सम्बन्ध रहे–नरहेको अनुसन्धान भइरहेको छ । मानिसहरूको घुइँचोलाई लक्षित गर्दै ती व्यक्तिले कार हुइँकाएका थिए । घटना भएको स्थान न्यू अर्लिन्सको एक लोकप्रिय रात्रिजीवन गन्तव्य हो । त्यहाँ मानिसहरू नयाँ वर्षको स्वागतमा रमाइरहेका थिए ।

    न्यू अर्लिन्सका मेयर लाटोया क्यान्ट्रेलले भने शहर ‘आतंकवादी हमलाबाट प्रभावित’ भएको प्रारम्भिक प्रतिक्रिया दिएका छन् । समाचार संस्था सीएनएनले प्रत्यक्षदर्शीहरूलाई उद्धृत गर्दै मानिसहरूमाथि कार चलाएलगत्तै चालकले बन्दुकसमेत चलाएको उल्लेख गरेको छ । लगत्तै प्रहरीले जवाफी फायर गरेका थिए ।

  • चिनियाँ ह्याकरद्वारा अमेरिकी अर्थ मन्त्रालयको प्रणाली ह्याक

    चिनियाँ ह्याकरद्वारा अमेरिकी अर्थ मन्त्रालयको प्रणाली ह्याक

    काठमाडौं । अमेरिकी अधिकारीहरूले चिनियाँ राज्यद्वारा प्रायोजित एक ह्याकरले आफ्नो अर्थ मन्त्रालयको प्रणाली ह्याक गरेको आरोप लगाएका छन्।
    उनीहरूका अनुसार उक्त ह्याकरले अर्थ मन्त्रालयका कर्मचारीहरू काम गर्ने प्रणाली र केही गोप्य कागजातहरूमा पहुँच पाउन सफल भएको बताएका हुन्।
    उक्त घटना डिसेम्बर महिनाको सुरुमा भएको थियो।

    अर्थ मन्त्रालयले सांसदहरूलाई घटनाबारे जानकारी दिन पत्र लेखेपछि त्यसबारे जानकारी सार्वजनिक भएको हो। अमेरिकी अर्थ मन्त्रालयले उक्त ह्याकिङलाई ठूलो घटनाको रूपमा चित्रण गरेको छ। त्यसको प्रभावबारे सङ्घीय जाँच ब्यूरो एफबीआई र अन्य निकायहरूले अनुसन्धान गरिरहेको उसले जनाएको छ।

    वाशिङ्टन डीसीस्थित चिनियाँ दूतावासका प्रवक्ताले बीबीसीसँग उक्त आरोपलाई खण्डन गर्दै त्यो अमेरिकाले जानाजान चिनियाँ प्रतिष्ठामा आँच पुर्‍याउन गरेको ूकुनै पनि तथ्य र आधार विनाकोू सार्वजनिक आरोप बताएका छन्।

    अमेरिकी सांसदहरूलाई पठाएको पत्रमा अर्थ मन्त्रालयले चीनस्थित आक्रमणकारीले उक्त मन्त्रालयका कर्मचारीका निम्ति रिमोट टेक्निकल सर्भिस अर्थात् कार्यालयमा उपस्थित नभईकन दिइने प्राविधिक सेवामार्फत् ह्याकिङ गर्न सफल भएको उल्लेख गरिएको छ। उक्त प्राविधिक सेवा तेस्रो पक्षबाट लिइएको थियो र त्यसको साइबर सुरक्षा प्रणालीलाई ह्याकरले छल्न सफल भएको बताइएको छ।

    मन्त्रालयले वियोन्डट्रस्ट नामक रिमोट टेक्निकल सर्भिस लिइरहेको थियो। त्यसको सुरक्षा प्रणालीलाई ह्याकरले छल्न सफल भएपछि अहिले उक्त सेवा बन्द गरिएको जनाइएको छ। एफबीआईसँगै मन्त्रालयले साइबर तथा पूर्वाधार सुरक्षासम्बन्धी निकायहरू र तेस्रो पक्षका साइबरसम्बन्धी फोरेन्सिक विज्ञहरूसँग मिलेर उक्त आक्रमणको समग्र प्रभावबारे जाँच गरिरहेको बताइएको छ।

  • थाइल्याण्डको राजधानी बैंककको होटेलमा आगलागी, कम्तिमा तीन विदेशीको मृत्यु

    थाइल्याण्डको राजधानी बैंककको होटेलमा आगलागी, कम्तिमा तीन विदेशीको मृत्यु

    काठमाडौं । थाइल्यान्डको राजधानी बेङ्ककको लोकप्रिय पर्यटकीय क्षेत्रको एक होटलमा आगलागी हुँदा तीन विदेशी पर्यटकको मृत्यु हुनुका साथै अन्य सात जना घाइते भएका छन् । खाओ सान रोड नजिकैको एम्बर होटलमा आइतबार राति भएको आगलागीमा परी घाइते भएका एक महिला र दुई पुरुषको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । घटनामा अन्य पाँच विदेशी र दुई थाई नागरिक घाइते भएको बैङ्कक महानगर प्रशासनले सोमबार जनाएको छ ।

    बैङ्ककका गभर्नर चाडचार्ट सिटिपन्टका अनुसार अग्निनियन्त्रकहरू सूचना पाएको पाँच मिनेटभित्रै छ तले होटल रहेकोे घटनास्थलमा पुगेका थिए र तीनवटा क्रेनसहित पुगेका उद्धारकर्मीले करिब ७५ जनालाई उद्धार गरेका थिए । आगलागीको कारण खुल्न सकेको छैन । अधिकारीहरूले घटनापछि होटल बन्द गर्न र चेतावनी प्रणालीको अनुसन्धान गर्न आदेश दिएका छन् । रासस\एएफपी

  • राष्ट्रपति पौडेलद्वारा अमेरिकाका पूर्वराष्ट्रपति कार्टरको निधनप्रति दुःख व्यक्त

    राष्ट्रपति पौडेलद्वारा अमेरिकाका पूर्वराष्ट्रपति कार्टरको निधनप्रति दुःख व्यक्त

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त राज्य अमेरिकाका पूर्वराष्ट्रपति जिम्मी कार्टरको निधनप्रति दुःख व्यक्त गरेका छन्। राष्ट्रपति पौडेलले आज सामाजिक सञ्जाल एक्समार्फत उहाँको निधनप्रति दुःख व्यक्त गर्दै शान्ति, मानव अधिकार र परोपकारमा कार्टरको योगदान विश्वका लागि प्रेरणा बनेको उल्लेख गरेका छन्।

    राष्ट्रपति पौडेलले उनको परिवार र अमेरिकी जनताप्रति समवेदना समेत प्रकट गरेका छन्। अमेरिकाका ३९औँ राष्ट्रपति कार्टरको एक सय वर्षको उमेरमा आइतबार जर्जियाको सानो शहर प्लेन्समा रहेको आफ्नै घर होस्पिस केयरमा निधन भएको हो। उनकी श्रीमती रोजालिनको सन् २०२३ नोभेम्बरमा ९६ वर्षको उमेरमा निधन भएको थियो।

    आफ्नो ८० को दशकमा कूटनीतिक मिसनहरू सञ्चालन गरेका कार्टरले ९० को दशकमा गरिबहरूका लागि घरहरू निर्माण गरेका थिए। पूर्वराष्ट्रपति कार्टरले नेपालमा पहिलो पटक भएको संविधानसभा निर्वाचनको पर्यवेक्षणका लागि नेपाल भ्रमण गरेका थिए।

  • अमेरिकी पूर्वराष्ट्रपति कार्टरको १०० वर्षको उमेरमा निधन

    अमेरिकी पूर्वराष्ट्रपति कार्टरको १०० वर्षको उमेरमा निधन

    काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति जिमी कार्टरको निधन भएको छ । उनको २९ डिसेम्बरको दिन अमेरिकाको जर्जियामा १०० वर्षको उमेरमा निधन भएको हो । उनका छोराले कार्टरको निधन भएको पुष्टि गरेका छन् । १ अक्टुबर १९२४ मा जन्मिएका उनी १९७७ देखि १९८१ सम्म अमेरिकाको राष्ट्रपति बनेका थिए । आर फोर्डलाई हराएर उनी अमेरिकाको ३९ औं राष्ट्रपति बनेका थिए ।

    मध्यपूर्वमा शान्ति स्थापनाका लागि ऐतिहासिक क्याम्प डेभिड सम्झौता गर्न मध्यस्थता गरेकाले उनले सन् २००२ मा नोबेल शान्ति पुरस्कार पनि पाएका थिए । उनले पदमा रहँदा वा नरहँदा पनि कार्टर सेन्टरको नामबाट शान्ति, मानवअधिकार, चुनाव पर्यवेक्षण लगायतका सेवामुलक क्षेत्रमा काम गर्दै आएका थिए । उनी अमेरिकाको इतिहासमा सबैभन्दा लामो समयसम्म जीवित रहेका राष्ट्रपति थिए ।

  • कोरिया दुर्घटना : मृत्यु हुनेको सङ्ख्या १७९ पुग्यो

    कोरिया दुर्घटना : मृत्यु हुनेको सङ्ख्या १७९ पुग्यो

    काठमाडौं । दक्षिण कोरियामा भएको जहाज दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या १७९ पुगेको छ । समाचार एजेन्सीहरुका अनुसार आइतबार बिहानै भएको जहाज दुर्घटनामा २ जनाको जिवितै उद्वार गरिएको थियो । जहाजमा १८१ यात्रु सवार थिए । उनीहरु बाहेक अन्य सबैको ज्यान गएको समाचारमा उल्लेख छ । थाइल्यान्डको बैंककबाट जेजु एयरको जहाज मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा परेको हो । दुर्घटनाको कारण खुलेको छैन ।

  • अजरबैजानको जहाज रुसले खसालेको हुन सक्ने अमेरिकाको आशंका

    अजरबैजानको जहाज रुसले खसालेको हुन सक्ने अमेरिकाको आशंका

    काठमाडौं । ह्वाइटहाउसका प्रवक्ता जोन किर्बीले अजरबैजान एअरलाइन्स दुर्घटनाग्रस्त भएको घटनामा रुस जिम्मेवार भएको हुनसक्ने ूप्रारम्भिक सङ्केतू अमेरिकाले पाएको जनाएका छन्। डिसेम्बरका २५ का दिन बुधवार भएको उक्त दुर्घटनामा ३८ जनाको मृत्यु भएको थियो। किर्बीले त्यसबारे थप व्याख्या गरेनन्। तर पत्रकारहरूसँग बोल्ने क्रममा उनले दुर्घटनाको अनुसन्धानका लागि अमेरिकाले सहायता गर्ने प्रस्ताव गरेको बताए। चेचन्यामा अवतरणको प्रयास गर्ने क्रममा उक्त विमानमा रुसी हवाई प्रतिरक्षा प्रणालीबाट प्रहार भएको ठानिएको छ।

    तर पछि उक्त विमान त्यसो नगरीकन क्यास्पिअन सागरतर्फ मोडिँदै काजाकस्तानतर्फ लागेको थियो जहाँ त्यो दुर्घटना हुन पुग्यो। यसबारे क्रेमलिनले प्रतिक्रिया जनाउन अस्वीकार गरेको छ। तर रुसी नागरिक उड्डयन निकायले चेचन्याको अवस्था त्यसमा हुने युक्रेनी ड्रोन हमलाका कारण निकै जटिल रहेको जनाएको छ।
    किर्बीका अनुसार अमेरिकाले पाएका सङ्केत दुर्घटनाग्रस्त विमानका व्यापक रूपमा फैलिएका तस्बिरभन्दा भिन्न रहेको जनाएको वासिङ्टन पोस्टले लेखेको छ। अजरबैजानका उड्डयन विज्ञ र अन्यले इलेक्ट्रोनिक जामिङका कारण विमानको जीपिएस प्रणालीहरू प्रभावित भएको र त्यसपछि त्यो रुसी हवाई प्रतिरक्षा क्षेप्यास्त्र विस्फोटनबाट निस्किएको छर्रा लागेर नस्ट भएको बताएका छन्। अजरबैजानले रुसलाई आरोप नलगाए तापनि उक्त विमान बाह्य हस्तक्षेपको मारमा परेको र अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त भएको त्यहाँका यातायात मन्त्रीले बताएका छन्।

    ूबिना अपवाद बाँच्न सफले सबैले विमान चेचन्याकोे ग्रोज्नी माथि हुँदा तीनवटा विस्फोटनको आवाज सुनेको बताएका छन्, रशाद नबियबले बताए। नबियबले अनुसन्धानहरूले कस्ता खाले अस्त्र वा अझ कस्तो खाले रकेट प्रयोग भएको थियो भनेर जाँच गर्ने बताए। समाचार संस्था एएफफीसँग कुरा गर्दै उनले विमान क्षतिग्रस्त भइसकेपछि पाइलटले गोज्नीमा आपत्कालीन अवतरण गर्न दिन भनेको बताए। नजिकैका विमानस्थलतर्फ पठाउनुका साटो जीपिएसबीनै क्यास्पिअन सागरतर्फ निकै पर पठाइएको बताए।

    एम्ब्राएर १९० विमानका पाइलटहरूलाई विमानमा सवार २९ जनाको जीवन बचाउन सकेको श्रेय दिइएको छ। यद्यपि दुर्घटनाका क्रममा उनीहरू स्वयंले ज्यान गुमाए। अजरबैजान एअरलाइन्सको उक्त विमानमा रुसी हवाई प्रतिरक्षा प्रणालीको प्रहार लागेको भन्दै व्यापक रूपमा आइरहेका खबरबारे प्रतिक्रिया जनाउन क्रेमलिनले अस्वीकार गरेको छ।
    बीबीसीको सहयोगमा

  • दक्षिण कोरियामा विमानस्थल भित्रै भयानक जहाज दुर्घटना, कम्तिमा २८ को मृत्यु

    दक्षिण कोरियामा विमानस्थल भित्रै भयानक जहाज दुर्घटना, कम्तिमा २८ को मृत्यु

    काठमाडौं । दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा करिब १८१ जना सवार एक विमान दुर्घटना भएको छ । अवतरणका दौरान धावनमार्गमा चिप्लिएर विमान दुर्घटना भएको हो । त्यसपछि विमानमा आगो लागेको थियो । समाचार एजेन्सी योनहापले यो दुर्घटनामा अहिलेसम्म २८ जनाको मृत्यु भएको पुष्टि भएको जनाएको छ ।

    सो विमानमा १७५ जना यात्री र चालक दलका ६ सदस्य थिए । विमानमा दुई जना थाइल्याण्डका र अरु सबै दक्षिण कोरियाका नागरिकहरु थिए । थाइल्याण्डको राजधानी बैंककबाट फर्किएको जेजु एयरको विमान स्थानीय समय अनुसार ९ बजेर ७ मिनेटमा दुर्घटनामा परेको हो ।


    दुर्घटनास्थलबाट दुई जनालाई जीवितै उद्धार गरिएको रोयटर्सले जनाएको छ । दुर्घटनास्थल दक्षिण कोरियाको राजधानी सियोलबाट २८८ किलोमिटर दक्षिण पश्चिम क्षेत्रमा पर्दछ ।

  • मोरक्कोमा डुंगा पल्टियो, कम्तिमा ६९ जना मारिए

    मोरक्कोमा डुंगा पल्टियो, कम्तिमा ६९ जना मारिए

    काठमाडौं । मोरक्कोमा डुंगा पल्टिँदा कम्तीमा ६९ जनाको मृत्यु भएको छ । पश्चिमी अफ्रिकाबाट स्पेन गइरहेको डुंगा मोरक्कोमा पल्टिएको हो । बीबीसीका अनुसार मृत्यु हुनेमा कम्तीमा २५ जना नागरिक मालीका रहेका छन् । डुंगामा करिब ८० जना यात्री रहेको र ११ जना बाँच्न सफल भएको समाचारमा उल्लेख छ । दुर्घटना पछिल्लो साताको भए पनि मालीले भर्खर पुष्टि गरेको बीबीसीले जनाएको छ ।

    मालीमा लामो समय हिंसात्मक द्वन्द्व चर्किएपछि २०२० र २०२१ मा सेनाले सत्ता हातमा लिएको थियो । सैनिक सरकारले सन् २०२४ आम चुनाव गराउने वाचा गरे पनि अहिलेसम्म हुन सकेको छैन । देशको अवस्था हेरेर मालीका अधिकांश नागरिक युरोप जानका लागि डुंगामा जोखिमपूर्ण यात्रा तय गर्न खोजिरहेका छन् ।

  • सिंहको निधनप्रति राष्ट्रपतिले जनाए दुःख

    सिंहको निधनप्रति राष्ट्रपतिले जनाए दुःख

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भारतका पूर्व प्रधानमन्त्री डा. मनमोहन सिंहको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । राष्ट्रपति पौडेलले बिहीबार शोक सन्देश जारी गर्दै भारतका जनप्रिय र दूरदर्शी नेताका रूपमा डा सिंहले पुर्‍याएको योगदानको स्मरण गरेका छन् ।

    उनले भनेका छन्, “डा. सिंह भारतका दूरदर्शी नेताका रूपमा परिचित हुनुहुन्थ्यो। उहाँको निधनले भारतले एक असल मार्गदर्शक गुमाएको छ।” राष्ट्रपति पौडेलले भारत सरकार, भारतीय जनसमुदाय तथा शोकाकुल परिवारजनप्रति आफ्नो गहिरो समवेदना व्यक्त गरेका छन् । नेपाल र भारतबिचको मैत्री सम्बन्धलाई थप बलियो बनाउन डा। सिंहले खेलेको भूमिकाको चर्चा गर्दै राष्ट्रपति पौडेलले उनको योगदान चिरकालसम्म स्मरणीय रहने बताए ।

  • भारतका पूर्वप्रधानमन्त्री सिंहको निधनमा अमेरिकाले जनायो शोक

    भारतका पूर्वप्रधानमन्त्री सिंहको निधनमा अमेरिकाले जनायो शोक

    काठमाडौं । भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधनमा अमेरिकाले शोक जनाएको छ । अमेरिकी विदेशमन्त्री एन्टनी जे ब्लिकेनले सिंहको निधनमा समवेदना व्यक्त गरेका छन् । यूएयस डिपार्टमेन्ट अफ स्टेटद्धारा जारी बयानमा उनले भनेका छन्, मनमोहन सिंह अमेरिका भारत रणनीतिक साझेदारीका सबैभन्दा ठूला समर्थक मध्ये एक थिए ।

    पछिल्ला दशकमा दुई देश मिलेर धेरै उपलब्धी गरेको स्मरण समेत उनले गरेका छन् । सिंह भारतका आर्थिक सुधारक समेत मानिन्छन् । जसले भारतमा आर्थिक विकासलाई गति दिने काम गरेका थिए । उनको बिहीबार साँझ निधन भएको छ ।

  • सिरियामा एम्बुसमा परी १४ सुरक्षाकर्मीको मृत्यु

    सिरियामा एम्बुसमा परी १४ सुरक्षाकर्मीको मृत्यु

    काठमाडौं । सिरियाका अपदस्थ नेता बशर अल असदप्रति बफादार समूहको आक्रमणमा परेर त्यहाँको विद्रोही(नियन्त्रित नयाँ प्रशासनको आन्तरिक मामिला मन्त्रालयका १४ सुरक्षाकर्मी मारिएका र अन्य १० अन्य घाइते भएका नयाँ प्रशासनका अधिकारीहरूले बताएका छन्। ती अलवाइत समूहका समर्थकहरू पूर्वनेता असदले मान्ने गरेको धार्मिक समूहका सदस्यहरू हुन्। यूके मुख्यालय रहेको एउटा अधिकारवादी समूह सिरिअन अब्जर्भेटरी फर ह्यूमन राइट्सका अनुसार कुख्यात सैदनाय जेलसँग सम्बन्धित एक जना पूर्वअधिकारीलाई सुरक्षा फौजले टार्टुस सहरमा पक्राउ गर्ने प्रयास गरेपछि यो घटना भएको हो।

    अलवाइत समूहको धार्मिक स्थलमा आक्रमण भएको एउटा भिडिओ सार्वजनिक भएपछि अन्य कैयौँ स्थानमा पनि प्रदर्शन भएका छन्। सिरियाको विद्रोही-नियन्त्रित सरकारका अधिकारीहरूले लडाइँ भूमध्यसागरको तटमा रहेको टार्टुस बन्दरगाहनजिकै मङ्गलवार भएको जनाएका छन्। दमास्कसनजिकैको कुख्यात सैदनाय जेलमा भएका गतिविधिसँग जोडिएको एक पूर्वअधिकारीलाई पक्राउ गर्ने प्रयास गरेका सुरक्षाकर्मीलाई एम्बुसमा परिएको विवरणहरूमा जनाइएको छ।

    दुई हप्ता मात्रै अघि राष्ट्रपति असदले सत्ता गुमाएका थिए। इस्लामवादी हायत तहरिर अल–शाम (एचटीएस) नेतृत्वको विद्रोही समूहले सिरियामा सत्ता चलाइरहेको छ। यूके मुख्यालय भएको सिरिअन अब्जर्भेटरी फर ह्यूमन राइट्सका अनुसार तीन जना विद्रोही पनि उक्त झडपमा मारिएका थिए। उसका अनुसार त्यसपछि सुरक्षाकर्मीहरूले थप सहयोग मागेका थिए। विद्रोहीहरूले सिरियाको उत्तरपूर्वबाट सुरु गरेको लडाइँ देशभर विस्तार भएको थियो। त्यसले असद परिवारको ५० वर्षको सत्ता अन्त्य गराएको थियो।

    त्यसपछि असद र उनको परिवार रुसमा भाग्न बाध्य भएका थिए। एचटीएसले सिरियाका विभिन्न धार्मिक र जातीय अल्पसङ्ख्यक समुदायको अधिकार र स्वतन्त्रता रक्षा गर्ने वाचा गरेको छ। उक्त सङ्गठनलाई संयुक्त राष्ट्रसङ्घ, संयुक्त राज्य अमेरिका, युरोपेली सङ्घ र यूकेसहितका देशले आतङ्कवादी सङ्गठन सूचीमा राखेका छन्। मङ्गलवार एउट क्रिसमस ट्री जलाइएपछि देशभर प्रदर्शनहरू भएका थिए। त्यसपछि अल्पसङ्ख्यकको सुरक्षा गर्न नयाँ सरकारमाथि दबाव परेको थियो।

    सामाजिक सञ्जालमा पोस्ट गरिएको एउटा भिडिओमा मध्य सिरियाको एउटा इसाईबहुल नगरको एउटा मुख्य चोकमा क्रिसमस ट्री जलिरहेको देखिएको थियो। भिडओ फुटेजमा मास्क लगाएका व्यक्तिहरूले सिरियाका इसाईहरूले क्रिसमस ईभ मनाउने तयारी गरेको अघिल्लो रात क्रिसमस ट्री पहिचान नखुलेको तरल पदार्थ छर्किरहेको देखाइएको थियो। उनीहरूले आगो निभाउन खोजेका वा त्यसलाई थप बाल्न खोजेका थिए भन्ने स्पष्ट भएको छैन। एचटीएसले उक्त घटनालाई लिएर विदेशी फौजका सदस्यहरूलाई पक्राउ गरिएको जनाएको थियो।
    बीबीसीबाट साभार

  • भारतीय पूर्वप्रधानमन्त्री सिंहको निधन

    भारतीय पूर्वप्रधानमन्त्री सिंहको निधन

    काठमाडौं । भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको निधन भएको छ । सन् २००४ देखि २०१४ सम्म भारतको प्रधानमन्त्रीको पद सम्हालेका सिंह ९२ वर्षका थिए । कांग्रेसका दिग्गज नेतासमेत रहेका सिंहको बिहीबार राति दिल्लीको एम्स अस्पतालमा उपचारको क्रममा निधन भएको हो। अस्पतालले केहीअघि एक मेडिकल बुलेटिन जारी गर्दै राति नौ बजेर ५१ मिनेटमा सिंहको निधन भएको पुष्टि गरेको छ ।

    मेडिकल बुलेटिनमा भनिएको छ, ‘गहिरो शोकको साथ हामी भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको ९२ वर्षको उमेरमा निधन भएको जानकारी गराउँदछौं । उहाँ उमेरसँग सम्बन्धित स्वास्थ्य अवस्थाको लागि उपचार गरिरहनुभएको थियो र बिहीबार घरमा अचानक बेहोस हुनुभएको थियो । बेलुकी आठ बजेर ६ मिनेटमा नयाँ दिल्लीको एम्समा मेडिकल इमर्जेन्सीमा ल्याइएकोमा सबै प्रयासका बाबजुद राति नौ बजेर ५१ मिनेटमा मृत घोषणा गरियो ।’ सिंहलाई भारतीय अर्थतन्त्रको विकासमा बलियो जग बसाएको भन्दै सुदृढ आर्थिक परिवर्तनको श्रेय दिने गरिन्छ ।

  • जापान एयरलाइन्समा साइबर आक्रमण

    जापान एयरलाइन्समा साइबर आक्रमण

    काठमाडौं । जापान एयरलाइन्सले बिहीबार साइबर आक्रमणको रिपोर्ट गरेको छ । एयरलाइन्सले यसबाट घरेलु र अन्तर्राष्ट्रिय उडानहरूमा ढिलाइ भएको तर पछि उक्त कारण पत्ता लगाएर समाधान गरेको बतायो । एयरलाइन्सको ब्यागेज चेक–इन प्रणालीमा समस्याहरूले धेरै जापानी विमानस्थलमा एक दर्जनभन्दा बढी उडानमा ढिलाइ भएको तर कुनै सामूहिक रद्द वा ठुलो अवरोध नभएको सार्वजनिक प्रसारक एनएचकेले बतायो । जापान एयरलाइन्स (जेएएल) अल निप्पन एयरवेज (एएनए) पछिको देशको दोस्रो ठुलो एयरलाइन्स हो ।

    “हामीले समस्याको कारण पत्ता लगायौँ र सम्बोधन गर्यौँ । हामी प्रणाली पुनल्स्थापना स्थितिको जाँच गरिरहेका छौँ”, जेएएलले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा एक पोस्टमा भन्यो, “आज प्रस्थान गर्ने दुवै घरेलु र अन्तर्राष्ट्रिय उडानको बिक्री स्थगित गरिएको छ । कुनै पनि असुविधाका लागि हामी माफी चाहन्छौँ ।” यसअघि बिहीबार जेएएलका प्रवक्ताले कम्पनीमाथि साइबर आक्रमण भएको बताउनुभएको थियो ।

    स्थानीय समयानुसार बिहीबार बिहान ७ः२४ बजे नेटवर्क अवरोध सुरु भएको जेएएलले विज्ञप्तिमा जनायो । “त्यसपछि बिहान ८ः५६ बजे हामीले अवरोध सिर्जना गरिरहेको राउटर (नेटवर्कहरू बिच डाटा आदानप्रदान गर्ने उपकरण) लाई अस्थायी रूपमा अलग गर्‍यौँ”, विज्ञप्तिमा उल्लेख छ । यो खबर सार्वजनिक भएपछि जेएएलको शेयर बिहानको कारोबारमा २।५ प्रतिशतसम्म घट्यो । त्यसपछि केही सुधार भयो । एयरलाइन्स साइबर आक्रमणबाट प्रभावित हुने पछिल्लो जापानी कम्पनी मात्र हो ।

    जापानको अन्तरिक्ष एजेन्सी जाक्साले सन् २०२३ मा अज्ञात संस्थाहरूले साइबर आक्रमण गरेर प्रवेश गरेको तर रकेट वा स्याटेलाइटबारे कुनै संवेदनशील जानकारी प्राप्त नभएको बताएको थियो । सोही वर्ष जापानको व्यस्त बन्दरगाहमध्ये एक नागोया बन्दरगाह र्‍यान्समवेयर आक्रमणबाट प्रभावित भएको थियो । यसको दोष रुसमा आधारित साइबर अपराध सङ्गठन लकबिटलाई दिइएको थियो ।

    जापानको साइबरट्याक्स विरुद्धको रक्षाका लागि जिम्मेवार एजेन्सी नेसनल सेन्टर अफ इन्सिडेन्ट रेडिनेस एन्ड स्ट्रेटेजी फर साइबरसिक्योरिटी ९एनआइएससी० ले सन् २०२३ मा नै ह्याकरहरूले नौ महिनासम्म घुसपैठ गरेको बताएको छ । सन् २०२२ मा सरकारले टोयोटा आपूर्तिकर्तामा अवरोधको पछाडि साइबर आक्रमण भएको बताएको थियो । यसले शीर्ष बिक्री हुने अटो निर्मातालाई एक दिनका लागि घरेलु कारखानाहरूमा सञ्चालन रोक्न बाध्य तुल्याएको थियो ।

    हालै लोकप्रिय जापानी भिडियो साझेदारी वेबसाइट निकोनिकोले ठुलो स्तरको साइबर आक्रमणको प्रभावमा परेको भन्दै जुन महिनामा आफ्ना सेवाहरू स्थगित गरेको थियो । रासस–एएफपी

  • मोजाम्बिकमा हिंस्रक प्रदर्शन जारी, १५ सय जना जेलबाट फरार

    मोजाम्बिकमा हिंस्रक प्रदर्शन जारी, १५ सय जना जेलबाट फरार

    काठमाडौं । अफ्रिकी मुलुक मोजाम्बिकमा हिंस्रह प्रदर्शन जारी छ । सो क्रममा कम्तिमा १५ सय मानिस जेलबाट फरार भएको समाचार माध्यमहरुले जनाएका छन् । यस मुलुकमा चुनावी नतिजाबाट असन्तुष्टी जनाएसँगै प्रदर्शन जारी छ । प्रदर्शन हिंस्रक बन्दै गएको छ ।

    अहिलेसम्म ३३ जनाको मृत्यु भइसकेको समेत समाचारमा जनाइएको छ । मोजाम्बिक प्रहरीका अनुसार १५ भन्दा धेरै घाइते छन् । १५० भन्दा धेरै मानिसलाई गिरफ्तार गरिएको छ । सोमबार अदालतको एक आदेशपछि यहाँ प्रदर्शन सुरु भएको हो । जसमा सत्तारुढ दलको जितको पक्षमा फैसला आएको हो ।

  • पाकिस्तानी सेनाको आक्रमणबाट अफगानिस्तानमा कम्तिमा ४६ जनाको मृत्यु

    पाकिस्तानी सेनाको आक्रमणबाट अफगानिस्तानमा कम्तिमा ४६ जनाको मृत्यु

    काठमाडौं । पाकिस्तानले आक्रमण गर्दा ४६ जनाको मृत्यु भएको अफगानिस्तानको तालिबान सरकारले बताएको छ । तालिबानका अनुसार पकतिका प्रान्तको बरमल जिल्लामा २४ डिसेम्बरको दिन राति पाकिस्तानले हवाई आक्रमण गरेको थियो । तालिबान सरकारका उपप्रवक्ता हमदुल्ला फितरिनले मृत्यु हुनेमा धेरैजसो महिला र बालिबालिका रहेको बताएका छन् । बरमल जिल्ला दक्षिण बजिरिस्तानको वाना र रजमक क्षेत्र नजिक पर्दछ । तालिबान अधिकारीहरुका अनुसार वजिरिस्तानाका शरणार्थीहरुलाई निशाना बनाइएको छ ।

    तालिबानका प्रवक्ता जबिउल्लाह मुजाहितले समाचार एजेन्सी एएफपीलाई दिएको जानकारी अनुसार पकतिका प्रान्तका चार क्षेत्रलाई निशाना बनाइएको थियो । आक्रमणबाट धेरै घरहरुमा क्षति पुगेको बताइएको छ । तालिबान सरकारको रक्षा मन्त्रालयले एक विज्ञप्ति जारी गरी आक्रमणको निन्दा गरेको छ र उजित जवाफ दिने चेतावनी दिएको छ । उसले भनेको छ, ‘पाकिस्तानी सेनाले बजिरिस्तानका शरणार्थीहरुमाथि अन्तराष्ट्रिय नियमको उल्लंघन गरेर बर्बर आक्रमण गरेको छ । यस क्रूर आक्रमणको जवाफ दिइने छ ।’

  • कजाकस्तानमा यात्रुबाहक जहाज दुर्घटना, कैंयौ हताहत

    कजाकस्तानमा यात्रुबाहक जहाज दुर्घटना, कैंयौ हताहत

    काठमाडौं । कजाकस्तानको अक्ताउ सहरमा बुधबार यात्रुवाहक जहाज दुर्घटनामा परेको छ । जहाजमा ६७ जना सवार थिए । जसमध्ये २५ जनाको जीवितै उद्धार गरिएको अधिकारीहरुले बताएका छन् । कजाकस्तानको आपतकालीन मन्त्रालयका अनुसार विमानमा सवार २५ जना यात्रुहरूको जीवितै उद्धार गरिएको र जसमध्ये २२ जनालाई उपचारका लागि अस्पताल लगिएको छ । जहाज अवतरण गर्ने क्रममा विमानमा आगो लागेको बताइएको छ ।

    दुर्घटनामा परेको एम्ब्रेयर १९० विमानमा ६२ यात्रु र पाँच जना चालक दलका सदस्य थिए । समाचार एजेन्सी रोयटर्सले रुसी समाचार एजेन्सीहरूलाई उद्धृत गर्दै लेखेको छ, ‘यो विमान अजरबैजान एयरलाइन्सको हो । जुन बाकुबाट रुसको चेचन्यास्थित ग्रोज्नीतर्फ जाँदै थियो । तर, बाक्लो हुस्सुका कारण उक्त विमानको रुट परिवर्तन गरिएको थियो ।’

  • नासाको ‘प्रोब’ले रच्यो इतिहास, पुग्यो सूर्यको निकट

    नासाको ‘प्रोब’ले रच्यो इतिहास, पुग्यो सूर्यको निकट

    काठमाडौं । नासाको अग्रणी पार्कर सोलार प्रोब (अन्तरिक्षयान) ले मङ्गलबार इतिहास रचेको छ । यो एक हजार सात सय डिग्री फरेनहाइट (९३० डिग्री सेल्सियस) भन्दा बढीको तातो तापक्रमको सामना गर्दै ताप ढालसहित सूर्यको सबैभन्दा नजिक पुग्ने कुनै पनि अन्तरिक्ष यान बन्यो । सन् २०१८ अगस्टमा प्रक्षेपण गरिएको यो अन्तरिक्ष यान हाम्रो ताराको वैज्ञानिक बुझाइलाई गहिराइमा बुझ्न र पृथ्वीमा जीवनलाई असर गर्न सक्ने अन्तरिक्ष–मौसम घटनाहरूको पूर्वानुमान गर्न मद्दत गर्ने सात वर्षे मिसनमा छ ।

    मङ्गलबारको ऐतिहासिक उडान बिहान ठीक ६ः५३ बजे (११५३ जिएमटी) मा भएको हुनुपर्ने थियो । यद्यपि मिसन वैज्ञानिकहरूले पुष्टिका लागि शुक्रबारसम्म पर्खनुपर्नेछ किनभने सूर्यको निकटताका कारण केही दिनसम्म यानसँग सम्पर्क टुट्नेछ । यदि पृथ्वी र सूर्यबीचको दूरी अमेरिकी फुटबल मैदानको लम्बाइ बराबर छ भने अन्तरिक्ष यान नजिकको दृष्टिकोणको क्षणमा अन्तिम क्षेत्रबाट लगभग चार गज (मिटर) हुनुपर्दछ । यसलाई पेरिहेलियन भनिन्छ ।

    “यो नासाको साहसी मिसनको एउटा उदाहरण हो, यसले हाम्रो ब्रह्माण्डको बारेमा लामो समयदेखि रहेका प्रश्नहरूको जवाफ दिन पहिले कसैले नगरेको कुरा गरेको छ”, पार्कर सोलर प्रोब कार्यक्रमका वैज्ञानिक एरिक पोसनरले सोमबार एक विज्ञप्तिमा भने, “हामी अन्तरिक्ष यानबाट त्यो पहिलो स्थिति अद्यावधिक प्राप्त गर्न र आउँदो हप्ताहरूमा वैज्ञानिक डाटा प्राप्त गर्न प्रतीक्षा गर्न सक्दैनौँ ।”

    ताप ढाल यति प्रभावकारी छ कि प्रोबले सूर्यको बाहिरी वातावरणको अध्ययन गर्दा पनि यसका आन्तरिक उपकरणहरू कोठाको तापक्रम – लगभग ८५ फरेनहाइट (२९ सेल्सियस)– मै रहन्छन् । सूर्यको बाहिरी वातावरणलाई कोरोना भनिन्छ । पार्कर पनि करिब चार लाख ३० हजार माइल प्रतिघन्टा (छ लाख ९० हजार किलोमिटर प्रतिघण्टा) को तीव्र गतिमा अघि बढ्नेछ । यो भनेको अमेरिकाको राजधानी वासिङ्टनबाट टोकियोसम्म एक मिनेटभन्दा कम समयमा पुग्ने गति हो ।

    “कुनै पनि मानव निर्मित वस्तु ताराको यति नजिक कहिल्यै गएको छैन, त्यसैले पार्करले साँच्चै अज्ञात क्षेत्रबाट डाटा फर्काउनेछ” “मेरिल्यान्डको लरेलस्थित जोन्स हप्किन्स एप्लाइड फिजिक्स लेबोरेटरी (एपिएल) का मिसन अपरेसन म्यानेजर निक पिङ्किनले भन्नुभयो, “हामी अन्तरिक्षयान सूर्यको वरिपरि घुमेर फर्किँदा यसबाट सुन्न उत्साहित छौँ ।”

    यी चरम अवस्थाहरूमा प्रवेश गरेर पार्करले वैज्ञानिकहरूलाई सौर्य हावा कसरी उत्पन्न हुन्छ, कोरोना किन तलको सतह भन्दा तातो छ र कसरी कोरोनल मास इजेक्सनहरू– अन्तरिक्षमा फ्याँकिने प्लाज्माका विशाल बादलहरू–गठन हुन्छन् भन्ने जस्ता सूर्यका केही सबैभन्दा ठूला रहस्यहरू सामना गर्न मद्दत गरिरहेको छ । क्रिसमस इभको यो उडान तीन रेकर्ड–सेटिङ नजिकको पासहरूमध्ये पहिलो हो । अर्को दुई – सन् २०२५ मार्च २२ र सन् २०२५ जुन १९ मा – दुवैले प्रोबलाई सूर्यको उस्तै नजिकको दूरीमा फर्काउने अपेक्षा गरिएको छ । रासस–एएफपी