काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो मुलुकमा सैन्य कानुन लागु गर्ने कुनै योजना नरहेको बताएका छन्। राष्ट्रिय टेलिभिजनमा देखाइएको एरोफ्लट विमान सेवाका कर्मचारीहरूसँग भेटघाटमा पुटिनले आफ्ना कदमहरू ‘सैन्य कारबाही लक्षित क्षेत्रमा बाह्य उक्साहटका घटनाका आधारमा’ मात्र चालिने बताए। “तर हामीसँग त्यस्तो अवस्था छैन र त्यस्तो अवस्था आउने समेत छैन,” उनले भनेका छन् । बीबीसीका… Continue reading रुसमा सैन्य कानून लागु गर्ने योजना नरहेको पुटीनको स्पष्टिकरण
Category: विश्व
युक्रेनका दुई शहरमा रुसले बनायो आक्रमण मथ्थर, मानवीय सहयोग मार्ग खुला
काठमाडौं । रुसको रक्षा मन्त्रालयले युक्रेनी सहर मारिओपोल र भोल्नोभाखाबाट शनिवार मस्को समय अनुसार १० बजेबाट मानवीय सहयोग मार्ग खुल्ने जनाएको छ। त्यहाँबाट आमनागरिकलाई निस्कन सहज गर्न युक्रेनी अधिकारीहरूसँग सहमति गरिएको रुसी रक्षा मन्त्रालयलाई जनाउँदै त्यहाँका सञ्चारमाध्यमहरूले जनाएका छन्। युक्रेनी पक्षले भने यसको पुष्टी गरिसकेको छैन । बीबीसीका अनुसार यसअघि मारिओपोका नगरप्रमुखले जारी नाकाबन्दीबीच रुसी… Continue reading युक्रेनका दुई शहरमा रुसले बनायो आक्रमण मथ्थर, मानवीय सहयोग मार्ग खुला
रुसको राष्ट्रिय विमान सेवाद्धारा बेलारुसबाहेक विश्वभरको उडान कटौती
काठमाडौं । रुसको राष्ट्रिय विमान कम्पनी एरोफ्लटले मार्च ८ देखि लगभग सबै अन्तर्राष्ट्रिय उडानहरू रद्द गरेको छ। आफ्नो सेवा अवरुद्ध गर्नुलाई उसले ‘थप परिस्थितिहरू’ कारण रहेको जनाएको छ। बीबीसीका अनुसार उक्त विमान सेवाका अनुसार आन्तरिक र छिमेकी देश बेलारुससँगका उडानहरूमा भने त्यसको कुनै असर पर्ने छैन। युरोपेली सङ्घ, यूके, अमेरिका र क्यानडाले आफ्ना आकाशमा रुसी… Continue reading रुसको राष्ट्रिय विमान सेवाद्धारा बेलारुसबाहेक विश्वभरको उडान कटौती
पाकिस्तानको पेशावरमा शक्तिशाली बम विष्फोट, कम्तिमा ५६ जनाको मृत्यु
कराँची । पाकिस्तानको पेशावर शहरमा भएको एक शक्तिशाली बम विष्फोटमा कम्तिमा ५६ जना मारिएका छन् । पेशावरको क़िस्सा ख़्वानी बजार इलाकामा शुक्रवार नमाज पढ्ने समयमा एक शिया मस्जिदमा यस्तो बम हमला भएको हो । अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाए अनुसार घटनामा १९४ जना घाइते छन् । जसमा ९ जनाको अवस्था गम्भीर रहेको छ । लेडी रीडिङ्ग अस्पतालका… Continue reading पाकिस्तानको पेशावरमा शक्तिशाली बम विष्फोट, कम्तिमा ५६ जनाको मृत्यु
युक्रेनमा रहेको सबैभन्दा ठूलो परमाणु उर्जा रुसी कब्जामा, आक्रमणको विश्वभर निन्दा
काठमाडौं । रुसी सेनाले युक्रेनमा रहेको यूरोपकै सबैभन्दा ठूलो परमाणु ऊर्जा केन्द्र कब्जा गरेको छ । रुसी सैनिकहरूले जापोरिज्या परमाणु ऊर्जा केन्द्र कब्जामा लिएको युक्रेनी निकायहरूले बताएका छन्। बीबीसीका अनुसार कर्मचारीहरूले ऊर्जा एकाइको अवस्था निगरानी गरिरहेका छन् । उक्त निकायका अनुसार स्टेशनका कर्मचारीहरूले कामलाई निरतन्तरता दिइरहेका छन्। रुसले प्रहार गरेको एउटा बम विस्फोट हुँदा युरोपकै… Continue reading युक्रेनमा रहेको सबैभन्दा ठूलो परमाणु उर्जा रुसी कब्जामा, आक्रमणको विश्वभर निन्दा
युक्रेनी शरणार्थीले यूरोपेली संघका मुलुकमा तीन वर्षको अस्थायी आवास सुविधा पाउने
काठमाडौं । रुसको आक्रमणबाट विस्थापित भई अन्य मुलुक पुगेका शरणार्थीलाई युरोपेली सङ्घमा आबद्ध देशले विशेष सुविधा दिन सहमत भएका छन् । ती मुलुकका आन्तरिक मामिलामन्त्रीहरू युक्रेनी शरणार्थीहरूलाई तीन वर्षसम्म विशेष अस्थायी सुविधा दिने विषयमा सहमत भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले लेखेका छन् । यसमा आप्रवासीको अवस्था के हुन्छ भन्ने बारे भने उल्लेख छैन । सहमतिअनुसार उनीहरूलाई रोजगारी… Continue reading युक्रेनी शरणार्थीले यूरोपेली संघका मुलुकमा तीन वर्षको अस्थायी आवास सुविधा पाउने
रुस-युक्रेन युद्धले महंगी बढाउँछ : विश्व बैंक
काठमाडौं । रुस र युक्रेनबीचको युद्धले महंगी बढाउने विश्व बैंकले बताएको छ । विश्व बैंकका प्रमुख डेभिड मालपाससँग बीबीसीले लिएको प्रतिक्रियामा उनले जारी युद्ध विश्वका लागि एउटा विध्वंस भएको भन्दै त्यसले आर्थिक वृद्धि रोक्ने र महँगी बढाउने बताएका छन् । युक्रेनले ठूलो मात्रामा गर्ने सूर्यमुखीको तेल, मकै र गहुँको निर्यात रोकिँदा विश्वभरि खानेकुराको मूल्यमा वृद्धि… Continue reading रुस-युक्रेन युद्धले महंगी बढाउँछ : विश्व बैंक
युक्रेनमा रहेका सबै रुसी नागरिकको सम्पत्ति जफत हुने
काठमाडौं । रुसविरुद्ध युक्रेनले रणनीतिक निर्णय लिएको छ । युक्रेनको संसदले बिहीबार कानून पारित गर्दै रुसी नागरिकको सम्पत्ति जफत गर्न सरकारलाई मन्जुरी दिएको हो । राष्ट्रपति भ्लादमिर जेलेन्स्कीले यो निर्णयलाई ऐतिहासिक भनेका छन् । संसदमा उपस्थित सबै सांसदले राष्ट्रिय गान गाएर जनतालाई हौसला प्रदान गरेको रोयटर्सले लेखेको छ । यसअघि संसदमा राष्ट्रपतिले गत मंगलबार सम्बोधन… Continue reading युक्रेनमा रहेका सबै रुसी नागरिकको सम्पत्ति जफत हुने
रुस-युक्रेन युद्ध शुरु भएयता १८ हजार भारतीयले छाडे युक्रेन
नयाँ दिल्ली । रुस र युक्रेनबीच युद्ध हुरु भएको एक साताको अवधिमा १८ हजार भारतीय नागरिकले युक्रेन छाडेका छन् । भारतीय विदेश मन्त्रालयले यस्तो आंकडा सार्वजनिक गरेको हो । मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीका अनुसार भारतले आफ्ना नागरिकलाई स्वदेश फर्काउन अपरेशन गंगा चलाइरहेको छ । अहिलेसम्म हरेक दिन न्यूनतम १५ वटा उडानबाट ३ हजार भारतीय नागरिकलाई… Continue reading रुस-युक्रेन युद्ध शुरु भएयता १८ हजार भारतीयले छाडे युक्रेन
पुटिन भन्छन् : रुसले आफ्नो उद्देश्य प्राप्त गरिछाड्ने छ
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उनका फ्रेन्च समकक्षी एमानुएल माक्रोँसँगको कुराकानीमा युक्रेनलाई असैनिकृत गरिदिने र तटस्थ बनाइदिने आफ्नो उद्देश्य सफलतापूर्वक सम्पन्न गरिने बताएका छन् । बीबीसीका अनुसार उनीहरूबीच भएको टेलिफोन कुराकानीबारे दिइएको विवरणमा युक्रेनद्वारा वार्तामा गरिने ढिलाइले केवल रुसका मागहरू बढ्दै जाने पुटिनको तर्क थियो । साथै पुटिनले बुधवार माक्रोँले गरेको एक सम्बोधनप्रति आफ्नो… Continue reading पुटिन भन्छन् : रुसले आफ्नो उद्देश्य प्राप्त गरिछाड्ने छ
संयुक्त राष्ट्र संघमा नेपालसहित १४१ देश युक्रेनको पक्षमा, भारत र पाकिस्तान अनुपस्थित
काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभामा रुसले गरेको युक्रेन आक्रमणको विरुद्धमा नेपालसहित विश्वभरबाट १४१२ मुलुक उभिएका छन् । ५ मुलुक रुसको समर्थनमा देखिएका छन् । भारत र पाकस्तानसहित ३५ देशले भने कुनै पनि मुलुकको पक्षमा भोट दिएनन् । उनीहरु अनुपस्थित भए । कुल १९३ मुलुक संयुक्त राष्ट्रसंघमा आवद्ध रहेका छन् । मतदानमा भाग नलिने मुलुकमा चीन,… Continue reading संयुक्त राष्ट्र संघमा नेपालसहित १४१ देश युक्रेनको पक्षमा, भारत र पाकिस्तान अनुपस्थित
रुसको स्वीकारोक्ति : ५ सय सैनिक मारिए
काठमाडौं । युक्रेनमाथि आक्रमण गरेयता रुसले ठूलो संख्यामा सैनिक गुमाएको स्वयमः स्वीकार गरेको छ । यसअघि दावि भए पनि रुसले स्वीकार भने गरेको थिएन । युक्रेनमाथि आक्रमण गरेको एक सातामा आफ्ना सैनिकको हताहतीबारे रुसी रक्षा मन्त्रालयले पहिलो पटक विवरण सार्वजनिक गरेको हो । बीबीसीले लेखे अनुसार आक्रमणका दौरान करिब पाँच सय सैनिक मारिएका छन् ।… Continue reading रुसको स्वीकारोक्ति : ५ सय सैनिक मारिए
युक्रेनबाट १० लाख मानिस विस्थापित
काठमाडौं । रुस र युक्रेनबीचको युद्धका कारण युक्रेनबाट मात्र १० लाख मानिस विस्थापित भएका छन् । संयुक्त राष्ट्रसङ्घले सार्वजनिक गरेको तथ्यांकमा यस्तो देखाइएको हो । बीबीसीका अनुसार दश लाख शरणार्थीहरू युक्रेन छोडेर छिमेकी मुलुकमा पुगेका छन् । सात दिनको अवधिमा लाखौँ मानिसले युक्रेन छाडेका हुन्। रुसले गत बिहीवार युक्रेनमाथि आक्रमण सुरु गरेको थियो। सन् २०१५मा… Continue reading युक्रेनबाट १० लाख मानिस विस्थापित
युक्रेनसँग जोडिएको सीमामा बेलारुसको सैन्य उपस्थिति दोब्बर हुने
काठमाडौं । बेलारुसका राष्ट्रपतिले युक्रेनसँग जोडिएको आफ्नो दक्षिणी सीमामा सैन्य उपस्थिति दोबर पार्ने बताएका छन्। सीमामा रहेका पाँचवटा रणनीतिक बटालियन आगामी दुई दिनमा दशसम्म पुग्ने राष्ट्रपति एलेक्सेन्डर लुकासेन्कोले घोषणा गरेका छन् । ‘यी उच्च प्रशिक्षित जुनसुकै स्थानमा सहजै परिचालित हुनसक्ने समूह हुन् जो बेलारुसलाई उत्तेजित पार्ने र कुनै पनि किसिमको सैन्य कारबाही रोक्न तयार छन्,’… Continue reading युक्रेनसँग जोडिएको सीमामा बेलारुसको सैन्य उपस्थिति दोब्बर हुने
रुसी फौजद्वारा युक्रेनको दोस्रो ठूलो शहरमाथि कब्जा
काठमाडौं । युक्रेनमाथि आक्रमण गरिरहेको रुसले पछिल्लो पटक दक्षिणी शहर खेअरसनमाथि नियन्त्रण कायम गरेका विवरणहरू आएका छन्। बीबीसीका अनुसार साढे दुई लाख जनसङ्ख्या रहेको सो शहरका मेयरले खानेकुरा र औषधि आपूर्तिको सुनिश्चितताका लागि सहायता निकाय तथा सरकारलाई गुहारेका छन्।त्यसैगरी घाइतेहरूको उद्धारमा सघाउन पनि उनीहरुले अपिल गरेका छन्। स्थानीय परिषद्का एक सदस्यले आक्रमणमा परी दुई सयभन्दा… Continue reading रुसी फौजद्वारा युक्रेनको दोस्रो ठूलो शहरमाथि कब्जा
रुसलाई समर्थन गरिरहेको भारतका एक विद्यार्थी रुसी सैनिकको आक्रमणमा युक्रेनमा मारिए
काठमाडौं । युक्रेन र रुसबीचको युद्धमा भारत रुसको पक्षमा लागेको छ । उता, युक्रेनमा रुसकै आक्रमणमा परि एक भारतीय विद्यार्थीको ज्यान गएपछि भने भारत सरकारको व्यापक आलोचना शुरु भएको छ । रूसको आक्रमणमा परि युक्रेनमा बसिरहेका एक भारतीयको मंगलबार मृत्यु भएको हो । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले सामाजिक सञ्जाल ट्विटरमा युक्रेनको दोस्रो ठूलो… Continue reading रुसलाई समर्थन गरिरहेको भारतका एक विद्यार्थी रुसी सैनिकको आक्रमणमा युक्रेनमा मारिए
रुसलाई फिफा र यूईएफले लगाए प्रतिवन्ध
काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) र युरोपेली फुटबल महासंघ (यूईएफ) ले रुसी राष्ट्रिय टिम र क्लबलाईअन्तर्राष्ट्रिय फुटबलमा प्रतिबन्ध लगाएका छन् । रुसले युक्रेनमाथि सैन्य हमला गरेको विरोधमा फुटबलका ठूला नियामककारी निकायले अनिश्चितकालका लागि रुसमाथि प्रतिबन्ध लगाएका हुन् । यसबाट कतार विश्वकप र महिला युरो २०२० मा रुसको सहभागिता अनिश्चित भएको छ । प्रतिवन्ध कायम… Continue reading रुसलाई फिफा र यूईएफले लगाए प्रतिवन्ध
रुस-युक्रेन वार्तामा निस्केन निष्कर्ष, युद्ध जारी
काठमाडौं । युद्धविराम गर्न रुस र युक्रेनबीच भएको वार्ता निष्कर्षमा पुग्न नसकेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । जसका कारण युक्रेनमा रुसी हमला जारी छ । यद्दपी युक्रेनको कडा प्रतिवादका कारण रुसी सैनिकको गतिमा भने कमी आएको बीबीसीले लेखेको छ । मंगलबार पनि युक्रेनमा रुसी र युक्रेनी फौजहरूबीच लडाइँ चर्केको छ। युक्रेनको दोस्रो ठूलो शहर खार्किभमा… Continue reading रुस-युक्रेन वार्तामा निस्केन निष्कर्ष, युद्ध जारी
युक्रेनमा रहेका नेपालीलाई सरकारको आह्वान : छिमेकी मुलुकको सीमामा जानुहोस
काठमाडौं । सरकारले युक्रेनमा रहेका नेपाली नागरिकलाई छिमेकी मुलुकको सीमा क्षेत्रमा जान आह्वान गरेको छ । राजधानी किभमा कर्फ्यु खुकुलो पारिएसँगै नेपालीहरुलाई समेत छिमेकी मुलुकको सीमानामा जान भनिएको हो । जर्मनीस्थित नेपाली दूतावासले युक्रेनको पोल्याण्ड, स्लोभाकिया, हंगेरी र रोमानियाको सीमा क्षेत्रमा आउन आग्रह गरेको हो । युक्रेनको पूर्वी, उत्तरी र मध्य क्षेत्रमा रहेका नेपालीलाई सीमा… Continue reading युक्रेनमा रहेका नेपालीलाई सरकारको आह्वान : छिमेकी मुलुकको सीमामा जानुहोस
रुसी आक्रमणमा विश्वको सबैभन्दा ठूलो विमान क्षतिग्रस्त
काठमाडौं । रुसको आक्रमणबाट विश्वकै सबैभन्दा ठूलो विमान ‘एन्टोनोभ-२२५’ क्षतिग्रस्त भएको छ । रुसी आक्रमणमा परी युक्रेनको राजधानी कीभ नजिकै गोस्टोमेल एयरफिल्डमा मर्मतको क्रममा रहेको उक्त जहाज क्षतिग्रस्त भएको हो । युक्रेनी विदेशमन्त्री दिमित्रो कुलेबाले रुसी आक्रमणमा परी ‘एन्टोनोभ–२२५’ विमान क्षतिग्रस्त भएको जानकारी गराएका छन् ।६ वटा इन्जिन भएको ८४ मिटर लामो एन्टोनोभ कार्गो विमान… Continue reading रुसी आक्रमणमा विश्वको सबैभन्दा ठूलो विमान क्षतिग्रस्त
बेनामे चन्दादाताबाट युक्रेनलाई दिईदैंछ अर्बौको बिटकोइन
काठमाडौं । क्रिप्टोकरेन्सी विज्ञहरूले अहिलेसम्म बेनामे चन्दादाताहरूले युक्रेनलाई कम्तीमा एक करोड ३७ लाख अमेरिकी डलर बराबर बिटकोइन चन्दा दिएको बताएका छन्। बीबीसीका अनुसार अध्ययनकर्ताहरूले युक्रेनी सरकार, गैरसरकारी संस्थाहरू र स्वयंसेवी समूहहरूले इन्टरनेटमा बिटकोइन ठेगाना हालेपछि ती सहयोग दिइएको बताएका छन्। अहिलेसम्म ४,००० भन्दा बढी पटक चन्दा दिइएको र एक चन्दादाताले एउटा गैरसरकारी संस्थालाई ३० लाख… Continue reading बेनामे चन्दादाताबाट युक्रेनलाई दिईदैंछ अर्बौको बिटकोइन
रुसले युक्रेनको सबै दिशाबाट आक्रमण थाल्यो
काठमाडौं । रुसी फौजले युक्रेनको लगभग सबै दिशाबाट हमला थालेको युक्रेनी सेनालाई उदृत गर्दै अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । बीबीसीका अनुसार लडाइँबारे पछिल्लो विवरण दिँदै युक्रेनी सशस्त्र फौजका प्रमुखले आफ्नो सेनाका लागि आइतवार कठिन समय भएको बताए । उनका अनुसार रुसी फौजले लगभग सबै दिशाबाट हमला जारी राखेको छ। रुसी सेनाले आक्रमण गरे पनि खार्किभ… Continue reading रुसले युक्रेनको सबै दिशाबाट आक्रमण थाल्यो
चार करोड जनसंख्या भएको युक्रेनमा चौथो दिन पनि रुसको भिषण आक्रमण जारी
काठमाडौं । रुसको भिषण आक्रमणका बीच युक्रेनमा ठूलो मानवीय क्षति हुने आंकलन गरिएको छ । युक्रेनको जनसंख्या चार करोड रहेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको आदेशपछि सेनाले युक्रेनको धेरैजसो सीमा क्षेत्रबाट आक्रमण गरेको छ । रुसी फौज राजधानी किएभ नजिकै आएको छ । जसलाई युक्रेनको सेनाले प्रतिरोध गरिरहेको अन्तर्राष्ट्रिय संचारमाध्यमले लेखेका छन् । युक्रेनका… Continue reading चार करोड जनसंख्या भएको युक्रेनमा चौथो दिन पनि रुसको भिषण आक्रमण जारी
धमाधम युक्रेन छाड्दै नेपाली, २२५ जना छिमेकी मुलुकमा पुगे
काठमाडौं । रुसले आक्रमण गरेपछि युद्धग्रस्त बनेको युक्रेनबाट नेपालीहरु धमाधम छिमेकी मुलुक जान थालेका छन् । जर्मनीमा रहेको नेपाली दूतावासका अनुसार अहिलेसम्म २२५ जना नेपाली सम्पर्कमा आइसकेका छन् । उनीहरु सबै सुरक्षित रहेको जर्मनीको वर्लिनस्थित नेपाली दूतावासले जनाएको छ । कही नेपालीहरु युक्रेनबाट सुरक्षित तरिकाले सिमाना जोडिएका पोल्याण्ड, स्लोभाकिया, हंगेरी र रोमानियामा समेत गएको दूतावासले… Continue reading धमाधम युक्रेन छाड्दै नेपाली, २२५ जना छिमेकी मुलुकमा पुगे
युक्रेनका राष्ट्रपतिले देश छाड्न मानेनन्, अमेरिकाले गरेको थियो प्रस्ताव
काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले राति आफूलाई पक्राउ गरेर आफ्नो पक्षका नेतालाई राष्ट्रपति बनाउने रुसी योजना युक्रेनी सुरक्षा बलले विफल बनाइदिएको सार्वजनिक गरेका छन् । भिडिओ सन्देशमा उनले युक्रेनमाथिको आक्रमण रोक्नका लागि आफ्ना राष्ट्रपति भ्लादिमिर पुटिनमाथि दबाव सिर्जना गर्न रुसी जनतालाई आग्रह समेत गरेका छन्। बीबीसीका अनुसार युक्रेनी सेनाले किएभ र वरपरका सहरहरू आफ्नो… Continue reading युक्रेनका राष्ट्रपतिले देश छाड्न मानेनन्, अमेरिकाले गरेको थियो प्रस्ताव
युक्रेनको राजधानी मै पुग्यो रुसी सेना
काठमाडौं । रुसी सैनिकहरू युक्रेनको राजधानी किएभको उत्तरी भेगमा पुगेको युक्रेनले जनाएको छ । भिडिओमा रुसी सैन्य वाहनहरू देखिएको बिबिसीले लेखेको छ । सरकारले नागरिकहरूलाई ‘मोलोटोभ ककटेल’ बनाएर सहरको रक्षा गर्न आह्वान गरेको छ । संयुक्त राष्ट्रसङ्घका अनुसार देशभरि भएका हवाई आक्रमणहरूमा परेर कम्तीमा २५ गैरसैनिक नागरिकको मृत्यु भएको र १०२ जना घाइते भएका छन्… Continue reading युक्रेनको राजधानी मै पुग्यो रुसी सेना
रुस-युक्रेन युद्ध : एक दिनमै १३७ युक्रेनी मारिएको पुष्टी
काठमाडौं । रुसले युक्रेनमाथि बिहीबार गरेको आक्रमणयता एक दिनमै १३७ जना मारिएको पुष्टी भएको छ । त्यहाँका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यस्तो पुष्टी गरेका हुन् । यो संख्या अझै बढ्न सक्ने बताइएको छ । रुसतर्फको क्षति सार्वजनिक गरिएको छैन । तर, दर्जनौं सैनिक मारिएको हुन सक्ने खबर छ । रुसले आक्रमण गरिरहँदा त्यसको विरोधमा रुसकै हजारौँ… Continue reading रुस-युक्रेन युद्ध : एक दिनमै १३७ युक्रेनी मारिएको पुष्टी
युक्रेन पनि होमियो युद्धमा, १८ देखि ६० वर्षसम्मका पुरुषलाई देश छाड्न रोक
काठमाडौं । रुससँगको युद्धमा युक्रेन समेत अब होमिएको छ । रुससँग विभिन्न स्थानमा युद्ध भइरहेको अवस्थामा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले आम रूपमा सेना परिचालनको आदेश दिएका छन्। बीबीसीका अनुसार युक्रनेको आन्तरिक मामिलासम्बन्धी मन्त्रालयले सबै युक्रेनीहरूले हतियार उठाएर देशको रक्षा गर्ने बेला आएको जनाएको छ। जगेडामा राखिएका सेनालाई काममा बोलाइएको छ भने १८ देखि ६० वर्षका… Continue reading युक्रेन पनि होमियो युद्धमा, १८ देखि ६० वर्षसम्मका पुरुषलाई देश छाड्न रोक
रुससँग युक्रेनले तोड्यो कूटनीतिक सम्बन्ध, रूसी आक्रमण ४० जना नागरिकको मृत्यु
काठमाडौं । युक्रेनले रुससँगको कूटनीतिक सम्बन्ध तोडेको घोषणा युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले गरेका छन् । बिहीवार बिहान रुसले युक्रेनका विभिन्न भागमा आक्रमण गरेपछि जेलेन्स्कीले यस्तो घोषणा गरेका हुन् । एएफपीले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई उद्धृत गर्दै युक्रेनले रुससँगको कूटनीतिक सम्बन्ध तोडेको जनाएको छ । त्यस्तै रूसी आक्रमणमा परी ४० जना युक्रेनियन नागरिकको मृत्यु भएको छ।… Continue reading रुससँग युक्रेनले तोड्यो कूटनीतिक सम्बन्ध, रूसी आक्रमण ४० जना नागरिकको मृत्यु
रुसी राष्ट्रपतिको आदेशसँगै युक्रेनमा युद्ध चर्कियो,५० रुसी सैनिक मारिए, ६ विमान ध्वस्त
काठमाडौं । बिहीबार बिहानै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो सेनाले युक्रेनमा आक्रमणको आदेश दिएसँगै युक्रेनसँग युद्ध चर्किएको छ । रुसले युक्रेन स्थित सैन्य पूर्वाधारहरू लक्षित गर्दै विभिन्न सहरमा हवाइ आक्रमण सुरु गरेको बताइएको छ । समाचार एजेन्सी एएफपीका अनुसार रुसी भुसेना युक्रेनमा पसिसकेका छन् भने, युक्रेनको दक्षिणी तटमा समेत रुसी सेना अवतरण भएको छ ।… Continue reading रुसी राष्ट्रपतिको आदेशसँगै युक्रेनमा युद्ध चर्कियो,५० रुसी सैनिक मारिए, ६ विमान ध्वस्त