तेहरान । आगामी नोभेम्बरमा कतारले आयोजना गर्ने फिफा विश्वकप-२०२२ मा इरानले आफ्नो स्थान पक्का गरेको छ । कतार विश्वकपको लागि एसियाली क्षेत्रको तेस्रो चरणमा इराकविरुद्धको खेलमा १-० को जित निकाल्दै इरान विश्वकपमा छनोट हुने पहिलो एसियाली मुलुक बनेको छ । तेहरानस्थित आजादी स्टेडियममा भएको खेलमा इरानका मेहदी तारेमीले ४८औं मिनेटमा गरेको गोल निर्णायक बन्यो ।… Continue reading एसियाली महादेशबाट इरान विश्वकपमा छनोट
Category: विश्व
अमेरिका र रुसको चेपुवामा युक्रेन
काठमाडौं । दुई शक्तिशाली राष्ट्र बीचको तानातानीमा एक निरिह मुलुक चेपुवामा परेको छ । रुसले युक्रेनलाई नेटो सदस्य बन्नबाट रोक्न चाहन्छ । यदी बनेमा उसमाथि सैन्य कारवाहीको तयारी गरिरहेको अमेरिकाले आरोप लगाउँदै आएको छ । अमेरिकाले युक्रेनलाई नेटो सदस्य बन्न रोक लगाउनुपर्ने रुसको मागलाई अस्वीकार गर्दै आएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले युक्रेन सङ्कट… Continue reading अमेरिका र रुसको चेपुवामा युक्रेन
भारतको गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीले पठाए शुभकामना सन्देश
काठमाडौं । भारतको ७३ औँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय समकक्षी रामनाथ कोविन्दलाई शुभकामना सन्देश पठाउँदै उनको सुस्वास्थ्य र सुखका साथै भारतीय जनताको उत्तरोत्तर प्रगति र समृद्धिको कामना गरेकी छन्। भारतको स्वतन्त्रताको ७५औं वार्षिकोत्सव भारतमा ‘आजादीको अमृत महोत्सव’का रूपमा मनाइन लागेकामा राष्ट्रपति भण्डारीले बधाई तथा शुभकामना व्यक्त गरेकी हुन्। प्रधानमन्त्री शेरबहादुर देउवाले पनि… Continue reading भारतको गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीले पठाए शुभकामना सन्देश
अत्यधिक हिमपातका कारण अफगानिस्तानमा ४२ जनाको मृत्यु, ७६ घाइते
काबुल । अत्यधिक हिमपातका कारण अफगानिस्तानमा कम्तीमा ४२ जनाको मृत्यु भएको छ । हिमपातमै परी अरु ७६ जना घाइते समेत भएको स्थानीय सञ्चार माध्यमहरुले सोमबार समाचार सम्प्रेषण गरेका छन् । तालिवान सरकारको प्रकोप व्यवस्थापन मामिला मन्त्रालयले देशका १५ प्रान्तमा हिमपात भएको जानकारी दिएको छ । मन्त्रालयका अधिकारीहरुले हिमपातका कारण दुई हजारभन्दा बढी घरहरुमा क्षति पुगेको… Continue reading अत्यधिक हिमपातका कारण अफगानिस्तानमा ४२ जनाको मृत्यु, ७६ घाइते
युक्रेनमा बढ्यो युद्धको खतरा, अमेरिकाले दुतावासका कर्मचारीलाई देश छाड्न भन्यो
वासिंटन डिसी । अमेरिकी विदेश मन्त्रालयले युक्रेनस्थित आफ्नो दूतावासका कर्मचारीका आफन्तलाई सो देश छाड्न आदेश दिएको छ। यसले सो मुलुकमा युद्धको खतरा बढेको संकेत गरेको छ । बीबीसीका अनुसार रुसले युक्रेनमाथि हमला गर्ने चिन्ताबीच त्यस क्षेत्रमा तनाव बढेको हो । अमेरिकी विदेश मन्त्रालयको एक आदेशमा यस्तो भनेको छ । अमेरिकी विदेश मन्त्रालयले दूतावासमा रहेका अत्यावश्यक… Continue reading युक्रेनमा बढ्यो युद्धको खतरा, अमेरिकाले दुतावासका कर्मचारीलाई देश छाड्न भन्यो
युक्रेन विवादमा बोलेका जर्मन नौसेना प्रमुखले गरे राजिनामा
काठमाडौं । युक्रेनको विवादबारे टिप्पणी गरेका जर्मनीका नौसेना प्रमुखले राजीनामा गरेका छन्। के-खिम श्योनबाखले युक्रेनमाथि रुसले आक्रमण गर्न चाहेको भन्ने कुरा बकवास रहेको बताएका थिए। उनले रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले मात्र सम्मान खोजेको समेत बताएका थिए । बीबीसीका अनुसार युक्रेनलाई अमेरिका र यूके सहितका अन्य केही राष्ट्रहरूले हातहतियार उपलब्ध गराएका छन्। तर जर्मनीले भने हतियार… Continue reading युक्रेन विवादमा बोलेका जर्मन नौसेना प्रमुखले गरे राजिनामा
अफगानिस्तानमा यात्रु चढेको बसमा विष्फोट, कम्तिमा सात मारिए
काबुल । अफगानिस्तानमा यात्रु चढेको एक मिनिबसमा विष्फोट हुँदा कम्तिमा सात जनाको मृत्यु भएको छ । घटना हेरात प्रान्तमा भएको हो । घटनामा नौ जना घाइते छन् । इन्धन ट्यांकीमा जडान गरिएको बम विष्फोट भएको प्रारम्भिक अनुमान गरिएको छ । घटनाको जिम्मा कसैले लिएको छैन । अलजजिराका अनुसार हेरात इरानसँग सीमा जोडिएको अफगानिस्तानको तेस्रो ठूलो… Continue reading अफगानिस्तानमा यात्रु चढेको बसमा विष्फोट, कम्तिमा सात मारिए
मुम्बईमा २० तले भवनमा लाग्यो आगो, कम्तिमा ७ को मृत्यु
मुम्बई । भारतको मुम्बईमा २० तले भवनमा लागेको आगोका परि कम्तिमा ७ जना मारिएका छन् । मुम्बईको तारदेवस्थित भाटिया अस्पतालकाृे नजिकै रहेको यो भवनमा आगोलागेको हो । शनिबार बिहान १८ औं तलाबाट आगो शुरु भएको हो । घटनामा १५ जना घाइते छन् । उनीहरुलाई अस्पताल भर्ना गरिएको छ । तत्काल पुगेको दमकलले उद्धार गरेका कारण… Continue reading मुम्बईमा २० तले भवनमा लाग्यो आगो, कम्तिमा ७ को मृत्यु
यमनमा साउदी अरबले गरेको हवाई आक्रमणमा कम्तिमा ७० मारिए
काठमाडौं । यमनमा साउदी अरवले गरेको आक्रमणमा कम्तिमा ७० जना मारिएका छन् । यमनको डिटेक्सन सेन्टरमा साउदी नेतृत्वको सेनाले हवाई आक्रमण गरेको हो । यस घटनामा कम्तिमा ७० जनाको मृत्युको पुष्टी संयुक्त राष्ट्र संघले गरेको छ । राष्ट्र संघले घटनाको निन्दा समेत गरेको छ । शुक्रबार हमला भएको थियो । यो हुती विद्रोहीको गढ मानिन्छ… Continue reading यमनमा साउदी अरबले गरेको हवाई आक्रमणमा कम्तिमा ७० मारिए
हिउँले ढाकियो सहारा मरुभूमी
काठमाडौं । सामान्यतया हिमाली भेगमा हिमपात नौलो विषय होइन । तर, पछिल्ला दिनमा सहारा मरुभूमिमा हरेक वर्ष जसो हिउँ पर्न थालेको छ । यस वर्ष समेत यहाँ हिमपात भएको छ । नाइजेरियाको उत्तरपश्चिम क्षेत्रमा पर्ने सहारा मरुभूमिमा हल्का हिमपात भएको छ । बीबीसीका अनुसार यहाँ सबैभन्दा पहिले सन् १९७९ मा पहिलो पटक हिमपात भएको थियो… Continue reading हिउँले ढाकियो सहारा मरुभूमी
अष्ट्रिया यूरोपमै खोप कार्ड अनिवार्य गर्ने पहिलो मुलुक बन्यो
भियना । अस्ट्रिया यूरोप महादेशमै खोप कार्ड अनिवार्य गर्ने पहिलो मुलुक बनेको छ । त्यहाँको सरकारले ल्याएको अनिवार्य खोप लगाउनुपर्ने प्रस्तावलाई त्यहाँको तल्लो सदनले पारित गरेपछि उक्त युरोपेली देश ईयुकै त्यस्तो व्यवस्था गर्ने पहिलो राष्ट्र बनेको हो । बीबीसीका अनुसार यहाँ अहिलेसम्म ७२ प्रतिशतले पूर्ण मात्रा खोप लगाइसकेका छन् । अस्ट्रियामा नयाँ नियम फ्रेबुअरी १… Continue reading अष्ट्रिया यूरोपमै खोप कार्ड अनिवार्य गर्ने पहिलो मुलुक बन्यो
युक्रेनको विषयमा अमेरिका रुससँग किन त्रसित छ ?
वासिंटन डिसी । अमेरिकी राष्ट्रपति जो बाइडनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा हस्तक्षेप गर्न चाहेको पुनः दोहोर्याएका छन् । तर, पूर्ण आकारको युद्ध नचाहेको भने पुटिनले गर्न नसक्ने उनको भनाई छ । उनको यो भनाई लगत्तै मस्कोको तर्फबाट एक बयान जारी गरि बाइडनको भनाईको खण्डन गरिएको छ । युक्रेनमा रुसले हस्तक्षेप अथवा हमलाको तयारी गरिराखेको… Continue reading युक्रेनको विषयमा अमेरिका रुससँग किन त्रसित छ ?
ज्वालामुखीको मुस्लोले पुरिएको टोंगाको अवस्था के छ ?
काठमाडौं । टापु राष्ट्र टोङ्गामा शनिवारको ज्वालामुखी विस्फोटनपछि सिर्जित अवस्थामा अत्यावश्यक आपूर्ति सुरु गर्न त्यहाँको मुख्य विमानस्थलबाट खरानीहरू हटाउने प्रयास भइरहेको समाचार आएको छ । बीबीसीका अनुसार प्रशान्त महासागरको उक्त टापु राष्ट्रमा खाद्यान्न र पानी आउने आसमा झन्डै २०० मानिस विमानस्थल सफा गर्न जुटेका छन् । विपद्मा अहिलेसम्म चार जनाको मृत्युको पुष्टी भइसकेको छ ।… Continue reading ज्वालामुखीको मुस्लोले पुरिएको टोंगाको अवस्था के छ ?
अफगानिस्तानमा भुकम्प, कम्तीमा २६ जनाको मृत्यु
काबुल । अफगानिस्तानमा भूकम्पमा परि कम्तीमा २६ जनाको मृत्यु भएको छ । पश्चिमी अफगानिस्तानमा ५.३ म्याग्निच्युटको भूकम्प जाँदा २६ जनाको मृत्यु भएको समाचार एजेन्सी एएफपीले उल्लेख गरेको छ । बादघिस प्रान्तको कादिस जिल्लामा भूकम्पले धेरै क्षति पुर्याएको छ । भूकम्पका कारण धेरै भौतिक संरचनाहरु भत्किएका छन् । घरको छत खसेर च्यापिंदा मानिसहरुको मृत्यु भएको अधिकारीहरुले… Continue reading अफगानिस्तानमा भुकम्प, कम्तीमा २६ जनाको मृत्यु
आबुधाबी विमानस्थलमा ड्रोन हमला, तीन जनाको मृत्यु
आवुधावी । संयुक्त अरव इमिरेट्सको आबुधाबीस्थित विमानस्थलमा ड्रोन हमला भएको छ । सो क्रममा सोमबार विमानस्थलमा विष्फोट गराइएको अन्तर्राष्ट्रिय संचारमाध्यमले लेखेका छन् । आक्रमण यमनमा ईरानले समर्थन गरिरहेको हूती विद्रोहि समूहले गरेको बताइएको छ । यो समूहले यसअघि साउदीलाई लक्षित गरि आक्रमण गरिरहेको थियो । आज भएको आक्रमणमा तीन जना मारिएका छन् । जसमध्ये दुई… Continue reading आबुधाबी विमानस्थलमा ड्रोन हमला, तीन जनाको मृत्यु
अष्ट्रेलियाबाट देश निकालामा परे विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिच
मेलबर्न । विश्व नम्बर एक टेनिस स्टार नोभाक जोकोभिच अस्ट्रेलियाबाट देशनिकालामा परेका छन् । सरकारले उनको भिसा रद्द गरेको थियो ।उक्त निर्णयलाई सङ्घीय अदालतले सदर गरेपछि आइतवार उनी मेलबर्नबाट देश निकालामा परेका हुन् । उनी आइतबार नै दुबईको उडानबाट बाहिरिएको बीबीसीले जनाएको छ । अस्ट्रेलियाको सङ्घीय अदालतले ३४ वर्षीय सर्बियाली नागरिक जोकोभिचले भिसा रद्द गर्ने… Continue reading अष्ट्रेलियाबाट देश निकालामा परे विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिच
सिमा विवादमा बोल्यो भारतीय दूतावास, यस्तो छ भनाइ
काठमाडौं । नेपालस्थित भारतीय राजदूतावासले सीमा विवादबारे भारतको धारणा नेपाल सरकारलाई जानकारी गराइसकेको बताएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विवादित क्षेत्र लिपुलेकमा सडक विस्तार गरिरहेको बताउनुभएपछि नेपालमा त्यसको आलोचना भइराखेको छ । यसै सन्दर्भमा शनिबार विज्ञप्ति सार्वजनिक गर्दै भारतीय दूतावासले यो विषयमा नेपाल सरकारलाई जानकारी भएको बताएको हो । विज्ञप्तिमा विवादको विषयमा अन्तर सरकारी… Continue reading सिमा विवादमा बोल्यो भारतीय दूतावास, यस्तो छ भनाइ
उत्तर कोरियाली ह्याकरले चोरे ४० करोड डलरको क्रिप्टोकरेन्सी
काठमाडौं । उत्तर कोरियाली ह्याकरले ४० करोड डलर बराबरको क्रिप्टोकरेन्सी चोरी गरेको खुलासा भएको छ । गत वर्ष उत्तर कोरियाली ह्याकरहरूले विभिन्न क्रिप्टोकरेन्सी मञ्चमा कम्तीमा सात पटक आक्रमण गरेर झन्डै ४० करोड अमेरिकी डलरजतिको डिजिटल मुद्रा चोरेको दाबी एउटा प्रतिवेदनले गरेको बीबीसीले लेखेको छ । ब्लकचेनबारे अनुसन्धान गर्ने संस्था चेनएनलिसिसुका अनुसार उत्तर कोरियाका साइबर अपराधीका… Continue reading उत्तर कोरियाली ह्याकरले चोरे ४० करोड डलरको क्रिप्टोकरेन्सी
स्पेनिस सुपरकपमा बार्सिलोनालाई हराउँदै रियल म्याड्रिड फाइनलमा
काठमाडौं । बार्सिलोनालाई हराउँदै रियल म्याड्रिड स्पेनिस सुपर कपको फाइनल प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा अतिरिक्त समयमा निर्णायक गोल गर्दै रियल विजयी भएको हो । साउदी अरबको रियादस्थित किङ फाद इन्टरनेसन स्टेडियममा भएको पहिलो सेमिफाइनलमा रियलले ३-२ को रोमाञ्चक जित निकाल्यो । रियलको जितमा भिनिसियस जुनियर, कप्तान करिम बेन्जिमा र फेडे भाल्भेर्डेले… Continue reading स्पेनिस सुपरकपमा बार्सिलोनालाई हराउँदै रियल म्याड्रिड फाइनलमा
तालिवान शासनमा असुरक्षित बन्दै पत्रकारिता, ८० प्रतिशत पत्रकार पलायन
काबुल । अफगानिस्तानमा तालिवान शासन शुरु भएपछि पत्रकारिता पेशाा सबैभन्दा असुरक्षित बनेको छ । तालिवान सत्तामा आएपछि करिब ८० प्रतिशत अफगान पत्रकारले पेसा परिवर्तन गरेको समाचार एजेन्सीहरुले जनाएका छन् । अफगानिस्तानको पत्रकार फाउन्डेसनका अनुसार अफगान पत्रकारहरू सबैभन्दा खराब आर्थिक अवस्थाबाट गुज्रिरहेका छन् । करिब ७९ प्रतिशतले आफ्नो जागिर गुमाएका छन् । जीविकोपार्जनका लागि अन्य पेसाको सहारा… Continue reading तालिवान शासनमा असुरक्षित बन्दै पत्रकारिता, ८० प्रतिशत पत्रकार पलायन
म्यानमारमा नेत्री आङ सान सूचीलाई थप चार वर्षको सजाय सुनाइयो
काठमाडौं । म्यान्मारमा नेत्री आङ सान सूचीलाई थप चार वर्ष जेल सजाय सुनाएको छ। सैन्य सरकारले उनीविरुद्ध चलाएका अनेकौँ मुद्दामध्ये सोमवार एक मुद्दामा यस्तो फैसला सुनाएको हो । अदालतले सूचीले अवैध रूपमा वाकीटकी राखेको र आयात गरेको एवं कोभिड १९ सम्बन्धी नियम उल्लङ्घन गरेको ठहर गरेको बीबीसीले लेखेको छ । यसअघि सू चीलाई गत डिसेम्बरमा… Continue reading म्यानमारमा नेत्री आङ सान सूचीलाई थप चार वर्षको सजाय सुनाइयो
न्यूयोर्कमा अपार्टमेन्टमा आगलागी, कम्तिमा १९ जनाको ज्यान गयो
न्यूयोर्क । अमेरिकाको न्यूयोर्कस्थित एक अपार्टमेन्ट भवनमा आगलागी भएको छ । घटनामा ९ बालबालिकासहित कम्तीमा १९ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । न्यूयोर्कका मेयर एरिक यडम्सका अनुसार अन्य ३२ जनालाई उपचारका लागि अस्पताल पठाइएको छ । उनीहरूको अवस्था जटिल छ। मेयरले उक्त घटना सहरका लागि भयानक र पीडादायी क्षण भएको बताएका छन् । डेमोक्र्याट… Continue reading न्यूयोर्कमा अपार्टमेन्टमा आगलागी, कम्तिमा १९ जनाको ज्यान गयो
भारतमा कोरोनाको विष्फोटक रुप, एकैदिन साढे १ लाख मानिसमा पुष्टी
नयाँ दिल्ली । भारतमा कोरोना भाइरसले विष्फोटक रुप लिएको छ । जहाँ एकै दिन १ लाख ४१ हजारभन्दा बढीमा कोरोना संक्रमण देखिएको तथ्यांक सार्वजनिक भएको छ । यसले नेपालमा अझ बढी जोखिम बढाएको छ । किनकी नेपाल र भारतमा खुला सीमानाका कारण मानिसहरुको निर्वाध आवागमन रहेको छ । भारतमा पछिल्लो २४ घन्टामा १ लाख ४१… Continue reading भारतमा कोरोनाको विष्फोटक रुप, एकैदिन साढे १ लाख मानिसमा पुष्टी
पाकिस्तानमा भिषण हिमपात, कम्तिमा २१ को मृत्यु
इस्लामावाद । पाकिस्तानमा हिमपातमा परी ठूलो मानवीय क्षति भएको छ । स्थानीय संचारमाध्यमहरुका अनुसार देशको उत्तरी भेगमा हिमपातमा परि कम्तिमा २१ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एकजना प्रहरी, उनकी श्रीमती र ६ जना छोराछोरी समेत छन् । अर्को एकै परिवारका पाँच सदस्यको समेत ज्यान गएको छ । बीबीसीका अनुसार पाकिस्तानको राजधानी इस्लामावादबाट करिब… Continue reading पाकिस्तानमा भिषण हिमपात, कम्तिमा २१ को मृत्यु
नाइजेरियामा लुटेरा समुहले गरे दुई सय जनाको हत्या
जाम्फारा । नाइजेरियामा लुटेर समूहले एक साताको अवधिमा २ सय जनाको हत्या गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । बन्दुकधारीहरूले नाइजेरियामा स्थानीयको हत्या गरेको परिवारले जानकारी गराएका हुन् । लुटेरा समूहले पछिल्लो एक हप्ताको अवधिमा देशको उत्तरपश्चिमी क्षेत्रको जाम्फारामा यस्तो आतंक फैलाएको रोयटर्सले लेखेको छ । आक्रमणबाट श्रीमती र आफ्ना तीन सन्तान गुमाएका उमारी माकेरी नाम… Continue reading नाइजेरियामा लुटेरा समुहले गरे दुई सय जनाको हत्या
फिफा अवार्ड : अन्तिम तीन जनामा मेसी, लेवान्डोस्की र सलाह
काठमाडौं । फिफाले द बेस्ट फिफा पुरूष वर्ष खेलाडी अवार्डका लागि मनोनित अन्तिम तीन जनाको नाम सार्वजनिक गरेको छ । पुरूषतर्फको फिफा वर्ष खेलाडीको मनोनयनमा अर्जेन्टिना तथा पीएसजीका फरवार्ड लियोनेल मेसी, पोल्याण्ड तथा बार्यन म्युनिखका रोबर्ट लेवान्डोस्की र इजिप्ट तथा लिभरपुलका मोहम्मद सलाह परेका छन् । अन्तिम तीनमा क्रिस्टियानो रोनाल्डो, केलियन एम्बाप्पेजस्ता स्टार भने अटाएनन्… Continue reading फिफा अवार्ड : अन्तिम तीन जनामा मेसी, लेवान्डोस्की र सलाह
रुसी सेना कजाकिस्तान छिर्यो, भिडन्तको सम्भावना कति ?
काठमाडौं\एजेन्सी । सरकार विरोधी प्रदर्शन जारी रहेका बेला कजाकस्तानका राष्ट्रपति कासीम जोमाट टोकाएभको आग्रहमा रुसले नेतृत्व गरेको सैन्य बल कजाकस्तान छिरेको छ । इन्धनको मूल्यवृद्धिलाई लिएर केही दिनदेखि सुरु भएको अस्थिरताबीच प्रमुख सहरमध्ये एक एल्माटीमा मसिन गन प्रहारको आवाज सुनिएको बीबीसीले लेखेको छ । अधिकारीहरूले त्यहाँ प्रहरी र प्रदर्शनकारीहरूको मृत्यु भएको जनाएका छन्। राष्ट्रपतिले विना… Continue reading रुसी सेना कजाकिस्तान छिर्यो, भिडन्तको सम्भावना कति ?
टेनिस स्टार नोभाक जोकोभिचलाई अष्ट्रेलियाले किन प्रवेशमा रोक्यो ?
मेलवर्न । टेनिसका विश्व चर्चित खेलाडी स्टार खेलाडी नोभाक जोकोभिचलाई अष्ट्रेलियाले आफ्नो मुलुकमा प्रवेशमा रोक लगाएको विषयले सर्विया र अष्ट्रेलियामा बहस सिर्जना गरेको छ । अष्ट्रेलिया प्रवेश गर्न चाहिने आवश्यक मापदण्ड नपुगेको भन्दै अष्ट्रेलियाको अध्यागमनले उनको भिसा रद्द गरिदिएको खबर छ । उनी नौ पटकका अस्ट्रेलियन ओपन विजेता हुन् । जोकोभिच बुधबार राति मेलबर्न पुगेका… Continue reading टेनिस स्टार नोभाक जोकोभिचलाई अष्ट्रेलियाले किन प्रवेशमा रोक्यो ?
नरेन्द्र मोदीको सवारीलाई प्रदर्शनकारीले छेकेपछि…
पञ्जाव । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सवारीलाई प्रदर्शनकारीले विफल पारेको घटनाले यतिबेला भारतमा ठूलो वहस सिर्जना गरेको छ । बुधबार एक कार्यक्रममा जाने बाटो नपाएपछि उनी बीच बाटो बाटै फर्कनु परेको छ । भारतीय संचारमाध्यमहरुका अनुसार मोदी बुधबार पन्जाब राज्यमा यसरी फसेका हुन् । यहाँ निर्वाचनको प्रचार प्रसार शुरु भएको छ । सोही सिलसिलामा उनी… Continue reading नरेन्द्र मोदीको सवारीलाई प्रदर्शनकारीले छेकेपछि…
भारतमा ओमिक्रानका कारण एक जनाको मृत्यु भएको पुष्टी
नयाँ दिल्ली । नेपालको छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण तिब्र बनेको छ । यसैबीच, भारतमा कोरोनाको ओमिक्रोन भेरियन्टबाट संक्रमित एक जनाको मृत्यु भएको पुष्टी भएको छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा ओमिक्रोनका कारण मृत्यु भएको यो पहिलो घटना हो । मन्त्रालयका अनुसार राजस्थानको उदयपुरमा ओमिक्रोनबाट संक्रमित एक वृद्धको मृत्यु हो । मन्त्रालयका सचिव… Continue reading भारतमा ओमिक्रानका कारण एक जनाको मृत्यु भएको पुष्टी