अमेरिकामा एकै दिन १० लाख माथि कोरोना पुष्टि

GETTY IMAGES

वासिङ्टन डिसि । अमेरिकामा एकै दिन १० लाखभन्दा बढीमा मानिसमा कोरोना संक्रमण पुष्टि भएको तथ्यांक आएको छ ।जोन्स हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको यो आङ्कडा अनुसार सोमबार अमेरिकामा १० लाख ८० हजार २११ नयाँ संक्रमित फेला परेका हुन् । यो कुनै पनि मुलुकमा देखिएको हालसम्म कै सबैभन्दा ठूलो सङ्ख्यामा सङ्क्रमण हो । संक्रमण बढ्दो क्रममा रहे पनि… Continue reading अमेरिकामा एकै दिन १० लाख माथि कोरोना पुष्टि

६ महिनाअघि रास्ट्रपतिको हत्या भएको हाइटीमा प्रधानमन्त्रीको हत्या प्रयास

काठमाडौं/एजेन्सी । हाइटीका प्रधानमन्त्री एरिअल आङ्ग्रीको हत्या प्रयास भएको छ । यो मुलुकमा ६ महिना अगाडि रास्ट्रपतिको हत्या भएको थियो । बिबिसीका अनुसार उत्तरी सहर गोनाएभको एउटा गिर्जाघरमा आयोजना गरिएको कार्यक्रममा उनी सहभागी भइरहेका बेला उक्त घटना भएको हो । अनलाइनमा पोस्ट गरिएका भिडिओहरूमा प्रधानमन्त्री र उनको टोली तीव्र गोली प्रहारकाबीच गाडी तर्फ गएको देखिन्छ।… Continue reading ६ महिनाअघि रास्ट्रपतिको हत्या भएको हाइटीमा प्रधानमन्त्रीको हत्या प्रयास

सुडानका प्रधानमन्त्री अब्दुल्लाह ह्यामदकले किन छाडे पद ?

काठमाडौं ।  सुडानका प्रधानमन्त्री अब्दुल्लाह ह्यामदकले पद त्यागको घोषणा गरेका छन् । सुडानमा अहिले आन्दोलन चर्किएको छ । जहाँ सेनाले गोलि चलाएको खबर छ । त्यसलगत्तै प्रधानमन्त्रीले राजीनामा दिएका हुन् । उनलेकेही हप्ता अघि मात्रै सेनासँग विवादास्पद सम्झौता गरेका थिए । सोको विरोधमा सुडानमा आन्दोलन चर्किएको हो ।  प्रदर्शनकारीले विवादास्पद सम्झौताको खारेजीको माग गर्दै आएका… Continue reading सुडानका प्रधानमन्त्री अब्दुल्लाह ह्यामदकले किन छाडे पद ?

भारतमा कोरोनाले विष्फोटक रुप लिँदै, नेपालमा बढ्यो जोखिम

File

नयाँ दिल्ली । भारतमा कोरोना भाइरसको संक्रमणले पुनः विष्फोटक रुपम लिएको छ । पछिल्लो २४ घण्टामा मात्र २२ हजार ७७५ जनामा कोरोना पुष्टी भएको त्यहाँको स्वास्थ्य मन्त्रालयको आंकडा रहेको छ । भारतमा बढेको संक्रमणले जोखिम भने नेपालमा समेत बढाएको छ । किनकी नेपाल र भारतबीच अहिले निर्वाध आवतजावत भइरहेको छ । पछिल्लो २४ घण्टामा भारतमा… Continue reading भारतमा कोरोनाले विष्फोटक रुप लिँदै, नेपालमा बढ्यो जोखिम

भारतको जम्मू कश्मीरको वैष्णोदेवी मन्दिरमा भागदौड, कम्तिमा १२ मारिए

जम्मू कश्मीर । भारतको जम्मू(कश्मीरस्थित वैष्णोदेवी मन्दिर परिसरमा भागदौड मच्चिँदा कम्तिमा १२ जनाको मृत्यु भएको समाचार एजेन्सीहरुले बताएका छन् । घटनामा २० भन्दा बढी घाइते छन् । भारतीय समाचार संस्था एएनआईका अनुसार त्रिकुटा पहाडमा रहेको मन्दिरको गर्भगृहमा अत्यधिक भीडका कारण भागदौड भएको हो । नयाँ वर्ष २०२२ को पहिलो दिन मन्दिर दर्शनमा पुगेकाहरु यस घटनामा… Continue reading भारतको जम्मू कश्मीरको वैष्णोदेवी मन्दिरमा भागदौड, कम्तिमा १२ मारिए

कोरोनाको डेल्टा र ओमिक्रोनको चेपुवामा विश्व स्वास्थ प्रणाली

जुरिच । डेल्टा र ओमिक्रोन भेरिअन्टको मिश्रणले कोभिड घटनाहरूको एउटा डरलाग्दो सुनामी ल्याउन लागिरहेको भन्दै  विश्व स्वास्थ्य सङ्गठनले चिन्ता व्यक्त गरेको छ । युरोप र अमेरिकामा कीर्तिमानी सङ्ख्यामा कोभिडका नयाँ सङ्क्रमितहरू देखा परिरहँदा सङ्गठनका अध्यक्ष डा. टेड्रोस एड्हानोम गेहब्रेयससले यस्तो चिन्ता व्यक्त गरेका हुन् । बिबिसीका अनुसार अध्ययनहरूले कैयौँ देशमा निकै छिटो मुख्य भेरिअन्ट बनेको… Continue reading कोरोनाको डेल्टा र ओमिक्रोनको चेपुवामा विश्व स्वास्थ प्रणाली

विश्वभर ओमिक्रोन जोखिम बढेको डब्लुएचओको चेतावनी, स्वास्थ्य प्रणालीलाई ओझेलमा पार्न सक्ने

काठमाडौं । ओमिक्रोनले अझै पनि धेरै उच्च जोखिम खडा गरेको र यसले स्वास्थ्य सेवा प्रणालीलाई ओझेलमा पार्न सक्ने डब्लुएचओले बुधबार चेतावनी दिएको छ । धेरै देशहरूमा अत्याधिक मात्रामा कोरोनाभाइरस ओमिक्रोन संस्करणले प्रकोप बढेको जनाएको छ ।गत हप्तामा विश्वव्यापी रूपमा कोरोना सङ्क्रमण ११ प्रतिशतले बढेको छ । नेदरल्याण्ड्स र स्विट्जरल्याण्ड ओमिक्रोन भेरियन्टले तनाव भएको छ ।… Continue reading विश्वभर ओमिक्रोन जोखिम बढेको डब्लुएचओको चेतावनी, स्वास्थ्य प्रणालीलाई ओझेलमा पार्न सक्ने

यूरोपमा अहिलेसम्मकै उच्च संख्यामा देखियो कोरोना संक्रमण

Photo source : Reuters

पेरिस । यूरोपमा अहिलेसम्मकै बढी संख्यामा कोरोना भाइरसको संक्रमण देखिएको छ । फ्रान्समा युरोपकै हालसम्मकै सर्वाधिक उच्च एक लाख ८० हजार नयाँ दैनिक कोभिड(१९ सङ्क्रमण पुष्टि भएको बीबीसीले लेखेको छ । युरोपका सबै देशले ओमिक्रोन भेरिअन्ट नियन्त्रण गर्न सङ्घर्ष गरिरहेका छन् र इट्ली, ग्रीस, पोर्चुगल र इङ्ग्ल्यान्ड सबैमा कीर्तिमानी सङ्ख्यामा सङ्क्रमणहरू पुष्टि भएका छन्। क्रिसमसका… Continue reading यूरोपमा अहिलेसम्मकै उच्च संख्यामा देखियो कोरोना संक्रमण

ओमिक्रोन बढेपछि भारतको राजधानी दिल्लीमा आजबाट रात्रिकालिन कर्फ्यू

नयाँ दिल्ली । भारतमा बढ्दो कोभिड संक्रमण नियन्त्रणका लागि पुनः कर्फ्यू आदेश जारी भएको छ । राजधानी नयाँ दिल्लीमा आजबाट रात्रिकालीन कर्फ्यू शूरु भएको हो । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनका कारण संक्रमितहरुको संख्या बढेपछि राज्य सरकारले सोमबारबाटै लागू हुने गरी राति ११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यू लगाएको हो । भारतको उत्तर प्रदेश र हरियाणाले… Continue reading ओमिक्रोन बढेपछि भारतको राजधानी दिल्लीमा आजबाट रात्रिकालिन कर्फ्यू

ग्रीसमा आप्रवासी शरणार्थी चढेको डुङ्गा डुब्दा कम्तिमा १६ को मृत्यु

file

काठमाडौं । ग्रीसमा आप्रवासी शरणार्थी चढेको डुङ्गा डुब्दा कम्तिमा १६ जनाको मृत्यु भएको अन्र्तारष्ट्रिय संचारमाधयमले जनाएका छन् । सामुद्रिक टापु पारोस नजिकै आप्रवासी शरणार्थी चढेको डुङ्गा डुबेको हो । बीबीसीका अनुसार ज्यान गुमाउनेमा १२ पुरुष, तीन महिला र एक शिशु समेत छन् । मध्य एसियन सागरमा चार दिनको अन्तरमा आप्रवासी शरणार्थीहरू दुर्घटनामा परेको यो तेस्रो… Continue reading ग्रीसमा आप्रवासी शरणार्थी चढेको डुङ्गा डुब्दा कम्तिमा १६ को मृत्यु

बंगलादेशमा ५ सय यात्रु चढेको पानीजहाजमा आगलागी, कम्तिमा ३७ जना मारिए

REUTERS

ढाका । बंगलादेशमा एक यात्रुवाहक पाजीजहाजमा आगलागी हुँदा कम्तीमा ३७ जनाको ज्यान गएको छ। कैयौं मानिस घाइते भएका कारण मृतक अझै बढ्न सक्ने अनुमान गरिएको छ । त्यहाँको सुगन्धा नदीमा घटना भएको हो। घटना भएको झालकोटी जिल्लाका अतिरिक्त प्रहरी उपरीक्षक मोइनुल हकले अहिलेसम्म कम्तीमा ३७ वटा शव फेला पारिएको जानकारी गराएको बीबीसीले लेखेको छ ।… Continue reading बंगलादेशमा ५ सय यात्रु चढेको पानीजहाजमा आगलागी, कम्तिमा ३७ जना मारिए

अध्ययनको निष्कर्ष : ओमिक्रोन घातक छैन

Photo source : Axios

लण्डन । ओमिक्रोन सङ्क्रमणको लहर तुलनात्मक रूपमा मध्यम स्तरको मात्रै भएको बेलायत र दक्षिण अफ्रिकामा गरिएका प्रारम्भिक अध्ययनले देखाएका छन्। बीबीसीका अनुसार प्रारम्भिक नतिजाले अन्य भेरियन्टले सङ्क्रमण भएका व्यक्तिभन्दा ओमिक्रोन भेरियन्टले सङ्क्रमण भएका ५० देखि ७० प्रतिशतसम्म कम मानिस अस्पताल भर्ना भएको देखाएको छ। तर ओमिक्रोन सङ्क्रमित थोरै मात्रै अस्पताल पुगे पनि यसले एकदमै धेरै… Continue reading अध्ययनको निष्कर्ष : ओमिक्रोन घातक छैन

यौन दुर्व्यवहारको अभियोगमा ८४ वर्षिय अमेरिकी पादरीमाथि १२ वर्ष जेल सजाय

AFP/VALENTINO DARIEL SOUSA

काठमाडौं । इस्ट टिमोरमा एक अदालतले अमेरिकी क्रिश्चियन पादरीमाथि १२ वर्षको जेल सजाय सुनाएको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार उनीमाथि यौन दुर्व्यवहारको अभियोग लागेको छ । थुप्रै टुहुरा बालिकाहरूमाथि यौन दुर्व्यवहार गरेकोमा ८४ वर्षीय रिचर्ड डासबाचलाई मंगलबार अदालतले यस्तो सजाय सुनाएको हो । रिचर्डले १९९० को दशकमा जोखिममा रहेका बालबालिकाका लागि आश्रय दिँदैआएका थिए ।… Continue reading यौन दुर्व्यवहारको अभियोगमा ८४ वर्षिय अमेरिकी पादरीमाथि १२ वर्ष जेल सजाय

ओमिक्रोनबारे दक्षिण अफ्रिकी अनुभव : खोप नलगाउनेलाई बढी जोखिम

Nipah Dennis—AFP/Getty Images

काठमाडौंं । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन दक्षिण अफ्रीकाबाट पहिलो पटक देखा परेको थियो । यसमा सो मुलुकले धेरै अध्ययन समेत गरेको छ । ओमिक्रोन अहिले तिकै तिव्रताका साथ विश्वभर फैलिरहेको छ । खासगरि यूरोपमा यसले बढी नै प्रभाव पारेको छ । यसैबीच दक्षिण अफ्रीकाका डाक्टर कोएत्जीले खोप नै यस भाइरसको न्यूनिकरणको एक मात्र उपाय… Continue reading ओमिक्रोनबारे दक्षिण अफ्रिकी अनुभव : खोप नलगाउनेलाई बढी जोखिम

म्यानमारमा सेनाले ४० निहत्था नागरिकको सामुहिक हत्या गरेको खुलासा

file Photo: AFP

लण्डन । म्यान्मारमा सेनाले ४० निहत्था नागरिकको सामुहिक हत्या गरेको खुलेको छ । गत जुलाई महिनामा गरेका शृङ्खलाबद्ध सामूहिक हत्याका घटनामा कम्तीमा ४० जनाको ज्यान गएको बीबीसीको अनुसन्धानले देखाएको हो । सबै मृतक पुरुष छन् । उनीहरूलाई अलग पारी हत्या गर्नुअघि १७ वर्ष उमेरसहितका सैनिक जवानहरूले गाउँलेलाई घेरा हालेको प्रत्यक्षदर्शी तथा बाँच्न सफल व्यक्तिहरूले बताएको… Continue reading म्यानमारमा सेनाले ४० निहत्था नागरिकको सामुहिक हत्या गरेको खुलासा

फिलिपिन्स आँधीमा मर्नेको संख्या २०८ पुग्यो

मनिला । फिलिपिन्समा अघिल्लो साता आएको राई नामक आँधीमा परि ज्यान गुमाउनेको संख्या २०८ पुगेको छ । विनासकारी आँधीमा परि अझै कैयौं मानिस वेपत्ता रहेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । दक्षिण र मध्य फिलिपिन्सका समुन्द्री टापुलाई आँधीले तहसनहस पारेको छ । यसले आकर्षक पर्यटकयि गन्तब्य समेत प्रभावित बनेको समाचारमा उल्लेख छ । अहिलेसम्म २३९ जना… Continue reading फिलिपिन्स आँधीमा मर्नेको संख्या २०८ पुग्यो

दक्षिण अमेरिकी मुलुक चिलीमा ३५ वर्षिय युवा बने राष्ट्रपति

CNN

काठमाडौं । दक्षिण अमेरिकी मुलुक चिलीमा ३५ वर्षिय युवा राष्ट्रपति बनेका छन् । उनी इतिहासकै सबैभन्दा कम उमेरका राष्ट्रपति बनेका हुन् । ३५ वर्षका वामपन्थी नेता गाब्रिएल बोरिक राष्ट्रपति बन्ने पक्का भएको समाचार एजेन्सीहरुले लेखेका छन् । उनले दक्षिणपन्थी नेता होसे एन्तोनिओ कास्तलाई पराजित गरेका छन् । बीबीसीका अनुसार आइतबार राष्ट्रपतीय चुनावमा सम्पन भएको छ… Continue reading दक्षिण अमेरिकी मुलुक चिलीमा ३५ वर्षिय युवा बने राष्ट्रपति

पाकिस्तानको कराँचीमा विष्फोट, कम्तिमा १० जना मारिए

file

कराँची । पाकिस्तानको दक्षिणी बन्दरगाह शहर कराँचीमा शनिबार भएको एक विष्फोटमा कम्तिमा १० जना मारिएका छन् । त्यहाँ एउटा दुई तले भवनको भुइँ तल्लामा भएको विष्फोटमा कम्तीमा १० जनाको मृत्यु भएको र १२ जना घाइते भएको प्रहरी र अस्पताल स्रोतलाई उदृत गर्दै समाचार एजेन्सीहरुले जनाएका छन् । अस्पतालको अभिलेखमा १० शव र १२ घाइतेको नाम… Continue reading पाकिस्तानको कराँचीमा विष्फोट, कम्तिमा १० जना मारिए

फिलिपिन्समा विनासकारी आँधी, कम्तिमा १२ को मृत्यु-लाखौं विस्थापित

मनिला । दक्षिण फिलिपिन्समा आएको विनासकारी आँधीमा परि १२ जनाको मृत्यु भएको छ । शक्तिशाली समुद्री आँधीका कारण मुलुकको लोकप्रिय पर्यटकीय क्षेत्र नै तहसनहस भएको समाचार छ । बीबीसीका अनुसार मानिसहरू बिदा मनाउन पुग्ने सिरगाओ टापुमा १९५ किलोमिटर प्रतिघण्टाको हुरीसहित बिहीवार आएको राई समुद्री आँधीले भारी वर्षा गराएको छ । तीव्र गतिको आँधीले बाटोमा परेका… Continue reading फिलिपिन्समा विनासकारी आँधी, कम्तिमा १२ को मृत्यु-लाखौं विस्थापित

भारतमा प्रत्येक २५ मिनेटमा गर्छिन् एक गृहिणीले आत्महत्या

business-standard

नयाँ दिल्ली । भारतमा प्रत्येक २५ मिनेटमा एक गृहिणीले आत्महत्या गर्ने तथ्य खुलासा भएको छ । त्यसो त भारत आत्महत्या बढी हुने मुलुक पनि हो । किनकी यहाँ चरम गरिबी र सामाजिक असमानताका कारण यस्ता घटना बढी हुने गरेका छन् । हालै भारतको न्याश्नल क्राइम रेकर्ड्स ब्यूरो एनसीआरबीले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत वर्ष देशभरि २२,३७२… Continue reading भारतमा प्रत्येक २५ मिनेटमा गर्छिन् एक गृहिणीले आत्महत्या

बेलायतको सेनाले सिरियामा ड्रोनमाथि गर्यो आक्रमण

File

लण्डन । ४० वर्षअघि फोल्कल्याण्डमा भएको युद्धयता बेलायतले दोस्रो मुलुकमा आक्रमण गरेको थिएन । तर, त्यहाँको रोयल एयर फोर्सको टाइफुन जेटले सिरियामा शत्रुपक्षको एउटा ड्रोन खसालिदिएको बीबीसीले जनाएको छ । यस्तो कारवाही बेलायतले ४० वर्षपछि पहिलो पटक गरेको हो । बेलायती रक्षा मन्त्रालयका अनुसार ३ दिनअघि खसालिएको उक्त ड्रोनले दक्षिणी सिरियामा इस्लामिक स्टेटविरुद्ध लडिरहेका गठबन्धन… Continue reading बेलायतको सेनाले सिरियामा ड्रोनमाथि गर्यो आक्रमण

बेलायतमा कोरोनाको विष्फोटक रुप, एकै दिन रेकर्ड ब्रेक ७८ हजारमा संक्रमण पुष्टी

REUTERS\BBC

लण्डन । बेलायतमा कोरोना भाइरसको संक्रमणले पुनः विष्फोटक रुप लिएको छ । बुधवार सो मुलुकमा ७८ हजारभन्दा धेरै मानिसमा कोरोना पुष्टी भएको बीबीसीले जनाएको छ । यो रेकर्ड ब्रेक आंकडा हो । किनकी कोरोना महामारी शुरु भएको दुई वर्ष यता यो मुलुकमा यति धेरै संख्यामा यसअघि संक्रमण पुष्टी भएको तथ्यांक छैन । यसअघि गत जनवरीमा… Continue reading बेलायतमा कोरोनाको विष्फोटक रुप, एकै दिन रेकर्ड ब्रेक ७८ हजारमा संक्रमण पुष्टी

ओमिक्रोनबाट बेलायतमा पहिलो मृत्यु

Getty Images

लण्डन । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनबाट बेलायतमा पहिलो मृत्यु भएको पुष्टी भएको छ । यो संसारकै पहिलो घटना हो । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले मृत्युको पुष्टि गरेको बेलायती संचारमाध्यमले लेखेका छन् । लण्डनमा खोप केन्द्र भ्रमण गर्दै उनले ओमिक्रोन संक्रमणलाई हल्का ढंगले नलिन समेत चेतावनी दिए । ओमिक्रोन संक्रमणपछि मानिसहरु अस्पताल भर्ना हुने क्रम… Continue reading ओमिक्रोनबाट बेलायतमा पहिलो मृत्यु

भारतकी हरनाज सन्धुले जितिन् मिस यूनिभर्सको उपाधी

REUTERS

काठमाडौं । भारतको पञ्जाबकी हरनाज सन्धु मिस यूनिभर्सको उपाधि जितेकी छिन् । उनी यस्तो उपाधी जित्ने तेस्री भारतीय युवती बनेकी हुन् । बीबीसीका अनुसार सन्धूले मिस यूनिभर्स २०२१ का उपाधि जितेकी हुन् । सन् २००० मा भारतकी लारा दत्ताले उक्त उपाधि जितेकी थिइन् । लारा दत्ता मिस यूनिभर्स बनेको वर्ष नै हरनाज सन्धूको जन्म भएको… Continue reading भारतकी हरनाज सन्धुले जितिन् मिस यूनिभर्सको उपाधी

युक्रेनमा सैन्य हमला नगर्न रुसलाई बेलायतको चेतावनी

File Photo : AFP\TET

लण्डन । बेलायतले युक्रेनमाथि हमला नगर्न रुसलाई चेतावनी दिएको छ । बेलायती विदेशमन्त्री लिज ट्रसले रुसले युक्रेनमाथि हमला गरे उसले गम्भीर आर्थिक परिणाम भोग्नुपर्ने चेतावनी दिएकी हुन् । बीबीसीका अनुसार यो साता लिभरपूलमा हुने जी-सेभेन राष्ट्रका विदेशमन्त्रीको बैठकमा एकताको प्रदर्शन गरिने र रुसको त्यस्तो खाले कदम चालेमा रणनीतिक गल्ती हुने उक्त बैठकबाट स्पष्ट पारिने बताएकी… Continue reading युक्रेनमा सैन्य हमला नगर्न रुसलाई बेलायतको चेतावनी

भारतीय सेनाका सर्वोच्च कमाण्डर बिपिन रावतसहित मृतकको गरियो अन्तिम संस्कार

ANI

नयाँ दिल्ली । भारतको पहिलो चिफ अफ डिफेन्स स्टाफ जनरल बिपिन रावतसहित हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएकाहरुको शुक्रबार अन्तिम संस्कार गरिएको छ । रावत पत्नी मधुलिका रावतको समेत एक साथ अन्त्येष्टी गरिएको छ । दिल्लीस्थित बरार स्क्वायरमा रावत दम्पित्तिका दुई छोरी कृतिका र तारिणी रावतले बुबा तथा आमालाई दागवत्ती दिएका छन् । अंतिम संस्कार सैनिक सम्मानका… Continue reading भारतीय सेनाका सर्वोच्च कमाण्डर बिपिन रावतसहित मृतकको गरियो अन्तिम संस्कार

धनि देशले पुनः कोरोना खोप अभाव गराउन सक्ने चिन्ता

Nipah Dennis—AFP/Getty Images

काठमाडौं । संसारभर कोरोनाको ओमिक्रोन भाइरस तीव्र गतिमा फैलिएसँगै धनी देशले कोभिड विरुद्धको खोप भण्डारण गरि बजारमा अभाव सिर्जना गर्न सक्ने भन्दै विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले चिन्ता व्यक्त गरेको छ। बीबीसीका अनुसार यसले अझै धेरै मानिसहरूले खोप प्राप्त गर्न नसकेका राष्ट्रहरूमा खोप आपूर्ति प्रभावित हुन सक्ने सम्भावना समेत बढेको छ । ओमिक्रोन भाइरसबाट जोगिनका लागि… Continue reading धनि देशले पुनः कोरोना खोप अभाव गराउन सक्ने चिन्ता

भारतमा अन्तर्राष्ट्रिय उडान ३१ जनवरीसम्म प्रतिवन्ध, नेपाली यात्रु समेत प्रभावित हुने

काठमाडौं । भारत सरकारले कोरोनाको ओमिक्रोन भेरियन्टलाई लक्षित गर्दै यात्रा प्रतिवन्ध बढाएको छ । नियमित अन्तरराष्ट्रीय व्यापारिक उडान र त्यसबाट आउने यात्रुलाई भारतमा प्रतिवन्ध लागेको छ । यस्तो प्रतिवन्ध अब ३१ जनवरी २०२२ सम्म लम्ब्याइएको छ । यसमा कार्गो उडान र अनुमति प्राप्त सबै प्रकारका उडान भने खुला हुने छन् । नेपाल र भारतबीच एयर… Continue reading भारतमा अन्तर्राष्ट्रिय उडान ३१ जनवरीसम्म प्रतिवन्ध, नेपाली यात्रु समेत प्रभावित हुने

तामिलनाडु हेलिकोप्टर दुर्घटनामा एक मात्र जिवित क्याप्टेन सिंहको स्वास्थ्य कस्तो छ ?

Photo : Zee News

नयाँ दिल्ली । बुधबार भारतको तामिलनाडुमा भएको हेलिकोप्टर दुर्घटनामा भारतीय सेनाका सबैभन्दा माथिल्लो पदका अधिकारी बिपिन रावतसहित १३ को मृत्यु भयो । आगोले जलेर शवहरु चिन्न नसकिने अवस्थामा रहेको भारतीय संचारमाध्यमले जनाएका छन् । यद्दपी रावत र उनकी पत्नीको शवको भने पहिचान बुधबार नै भएको थियो । यस्तो भयानक दुर्धटनामा समेत एक चमत्कारको आश अझै… Continue reading तामिलनाडु हेलिकोप्टर दुर्घटनामा एक मात्र जिवित क्याप्टेन सिंहको स्वास्थ्य कस्तो छ ?

भारतीय सेनाको सबैभन्दा उच्च अधिकारी विपिन रावतको हेलिकोप्टर दुर्घटनामा मृत्यु

GETTY IMAGES

कर्नाटका । भारतीय सेनाका सबैभन्दा उच्च अधिकारी चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) जनरल विपिन रावतको हेलिकप्टर दुर्घटनामा निधन भएको छ । भारतीय वायुसेनाले ट्वीट गरि यो खरबको पुष्टी गरेको हो । यसअघि उनी सवार हेलिकोप्टर बुधबार बिहान दुर्घटनमा परेको थियो । हेलिकप्टरमा कुल १४ जना सवार थिए । त्यसमध्ये १३ जनाको निधन भएको सेनाले पुष्टी… Continue reading भारतीय सेनाको सबैभन्दा उच्च अधिकारी विपिन रावतको हेलिकोप्टर दुर्घटनामा मृत्यु