काठमाडौं । म्यानमारको एक अदालतले आङ सान सूचीलाई ४ वर्षको जेल सजाय सुनाएको छ। फेब्रुअरी १ मा ‘कू’ गर्दै सेनाले सूची सहित सयौं नेतालाई पक्राउ गरेको थियो। सूची त्यसयता सेनाकै नजरबन्दमा छिन्। म्यानमारको जुन्ती सरकारले जुनमा सूचीमाथि भ्रष्टाचारको थप अभियोगहरु लगाएको थियो। त्यसअघि सूचीविरुद्ध गैरकानुनी रुपमा वाकी टकी राखेको, स्वास्थ्य प्रोटोकल उल्लंघन गरेको र भ्रष्टचारका… Continue reading म्यानमार कू: आङ सान सूचीलाई चार वर्षको जेल सजाय
Category: विश्व
रुसी राष्ट्रपति पुटिन आज भारत आउँदै, सुरक्षाका कारण समय सार्वजनिक गरिएन
नयाँ दिल्ली । रुसी राष्ट्रपति भ्यादिमिर पुटिन आजबाट भारत भ्रमणमा आउने भएका छन् । भारतमा बढ्दो असुरक्षाका बीच सरकारले उनी अवतरण हुने समय भने सार्वजनिक गरेको छैन । तर, भारतीय संचारमाध्यमले उनी भारतीय समाय अनुसार दिउँसो २ बजे दिल्ली विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ । साथे उनको यो भ्रमण निकै छोटो हुने छ । अर्थातः… Continue reading रुसी राष्ट्रपति पुटिन आज भारत आउँदै, सुरक्षाका कारण समय सार्वजनिक गरिएन
भारतको नागाल्याण्डमा सेनाको गोलीले एकै पटक १३ सर्वसाधारण मारिएको घटना के हो ?
नागाल्याण्ड । भारतको नागाल्यान्डमा शनिबार सेनाको गोली लागेर एकै पटक १३ जना सर्वसाधारणको ज्यान गएको छ । यसले पुनः एक पटक भारतको सुरक्षा अवस्थाबारे विश्वभर बहस शुरु गरेको छ । भारतीय संचारमाध्यमहरुका अनुसार म्यानमारसँगको सीमा नजिक मोन जिल्लामा गस्ति गरिरहेको सैन्य टोलीले खानीमा काम गर्ने स्थानीयमाथि अन्धाधुन्ध गोली चलाएको थियो । उनीहरु कामबाट फर्किरहेका थिए… Continue reading भारतको नागाल्याण्डमा सेनाको गोलीले एकै पटक १३ सर्वसाधारण मारिएको घटना के हो ?
इण्डोनेसियामा ज्वालामुखीमा परि कम्तिमा १३ को मृत्यु
जकार्ता । इन्डोनेशियाको जाभा टापुमा शनिवार ज्वालामुखी विस्फोटमा परि कम्तीमा १३ जनाको मृत्यु भएको छ । दर्जनौँ अरू घाइते भएको बीबीसीले लेखेको छ । माउन्ट सेमेरुबाट निस्किएको खरानीको बादलबाट बच्न स्थानीय बासिन्दाहरू भागिरहेका दृश्यहरू सार्वजनिक भएका छन्। तस्बिरहरूमा देखिए अनुसार एउटा गाउँ पुरै ज्वालामुखीको खरानीले पुरिएको छ। गाउँका बासिन्दाहरूले जनाए अनुसार खरानीको बाक्लो बादलले सूर्यको… Continue reading इण्डोनेसियामा ज्वालामुखीमा परि कम्तिमा १३ को मृत्यु
कोभिडको नयाँ भेरियन्ट ४० मुलुकमा पुष्टी
काठमाडौं । कोभिड १९ को नयाँ भेरियन्ट ओमिक्रोन ४० मुलुकमा देखिएको छ । यो भाइरसको फैलावटसँगै संसारभर त्रास बढेको छ । तर, विश्व स्वास्थ्य सङ्गठनले भने आत्तिनु भन्दा पनि सतर्क रहेर न्यूनिकरणको तयारी गर्न आह्वान गरेको छ । एउटा सम्मेलनलाई सम्बोधन गर्ने क्रममा डब्ल्यूएचओकी वरिष्ठ वैज्ञानिक सौम्या स्वामीनाथनले शुक्रवार अहिलेको अवस्था गत वर्षको भन्दा निकै… Continue reading कोभिडको नयाँ भेरियन्ट ४० मुलुकमा पुष्टी
सिंगापुरको स्वास्थ्य मन्त्रालयले भन्यो : ओमिक्रोन अन्य भेरियन्टभन्दा खतरनाक भएको प्रमाण छैन
सिंगापुर । संसारका विकसित मुलुक कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनसँग तर्सिरहेको सयममा सिंगापुरले एक वहस शुरु गरेको छ । सिंगापुरको स्वास्थ्य मन्त्रालयले ओमिक्रोन कोरोनाका अन्य भेरियन्ट भन्दा बढी खतरनाक रहेको बारे कुनै प्रमाण नभएको उल्लेख गरेको छ । मन्त्रालयले यस भाइरस विरुद्ध लड्न पर्याप्त समय रहेको समेत उल्लेख गरेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार… Continue reading सिंगापुरको स्वास्थ्य मन्त्रालयले भन्यो : ओमिक्रोन अन्य भेरियन्टभन्दा खतरनाक भएको प्रमाण छैन
धर्मका नाममा पाकिस्तानमा एक श्रीलंकन नागरिकको जघन्य हत्यापछि विश्वभर निन्दा
पन्जाब । पाकिस्तानको पन्जाबस्थित सियालकोट शहरमा एक श्रीलंकन नागरिकको जघन्य हत्या भएको छ । उनीमाथि इश्वर निन्दाको आरोप लगाएर उत्तेजित भिडले आक्रमण गरेको थियो । उनको हत्यापछि शव जलाउँदै गरेको अवस्थामा प्रहरीले फेला पारेको थियो । यो घटनापछि पाकिस्तानको मुलुकभित्र र बाहिरबाट व्यापक निन्दा भइरहेको छ । पाकिस्तानका प्रधानमन्त्री इमरान ख़ानले पाकिस्तानका लागि यो दिन… Continue reading धर्मका नाममा पाकिस्तानमा एक श्रीलंकन नागरिकको जघन्य हत्यापछि विश्वभर निन्दा
बंगालको खाडीबाट आउँदै छ शक्तिशाली चक्रवाती तुफान, नेपालमा कति असर ?
ओडिशा । बंगालको खाडीबाट एक शक्तिशाली चक्रवाती तूफान जवाद उत्पन्न भएको छ । भारतीय संचारमाध्यमहरुका अनुसार यो तुफान शनिबार आ्न्ध्र प्रदेशको समुन्द्री निकारामा आइपुग्ने छ । सोही अनुसार भारत सरकारले आन्ध्र प्रदेश, ओडिशा र बंगालमा हाई एलर्ट जारी गरेको छ र यहाँ आपतकालिन अवस्थाका लागि उद्धार टीम खटिएका छन् । नदी निकारबाट मानिसहरुलाई सुरक्षित स्थानमा… Continue reading बंगालको खाडीबाट आउँदै छ शक्तिशाली चक्रवाती तुफान, नेपालमा कति असर ?
भारतमा पनि पुष्टी भयो ओमिक्रोन भेरियन्ट
काठमाडौं । नेपालको छिमेकी मुलुक भारतमा समेत ओमिक्रोन भेरियन्ट पुष्टी भएको छ । दक्षिण भारतको कर्नाटक राज्यमा दुई व्यक्तिमा कोरोनाभाइरसको नयाँ भेरियन्ट पुष्टी भएको भारतीय संचारमाँध्यमले जनाएका छन् । ६६ र ४६ वर्षका ती दुई पुरुषलाई अहिले निगरानीमा राखिएको बीबीसीले जनाएको छ । भारतमा पहिलो पटक कोरोनाभाइरसको यो नयाँ भेरियन्ट फेला परेको पुष्टि भएको हो।… Continue reading भारतमा पनि पुष्टी भयो ओमिक्रोन भेरियन्ट
नयाँ भेरियन्टपछि दक्षिण अफ्रिकामा ह्वात्तै बढ्यो संक्रमण, अमेरिकामा पनि पुष्टी
काठमाडौं । कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टी भएसँगै दक्षिण अफ्रिकामा कोरोनाभाइरसको सङ्क्रमणमा तीव्र वृद्धि भएको छ। सोमवारयतामात्रै देशभरि सङ्क्रमितको सङख्या दोबरले बढेको बीबीसीले लखेको छ । स्वास्थ्य अधिकारीहरूले कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनले सङ्क्रमण यसरी तीव्र रूपमा वृद्धि गरेको हुनसक्ने बताएका छन्। यद्यपि त्यसकै कारण कति बढेको छ भन्ने पुष्टी भइसकेको छैन । विगत २४ घन्टामा… Continue reading नयाँ भेरियन्टपछि दक्षिण अफ्रिकामा ह्वात्तै बढ्यो संक्रमण, अमेरिकामा पनि पुष्टी
नाइजेरियामा डुंगा पल्टियो, स्कुले बालबालिकासहित २९ को मृत्यु
काठमाडौं । नाइजेरियामा डुंगा पल्टिएपछि भएको दुर्घटनामा २९ जनाको मृत्यु भएको छ । नाइजेरियाको उत्तरी राज्य कानोमा एउटा डुङ्गा पल्टँदा बालबालिका सहित कम्तिमा २९ जनाको मृत्यु भएको बीबीसीले लेखेको छ । मृत्यु हुनेमा धेरैजसो ६ देखि १२ वर्षका बालबालिका छन् । उनीहरु एक इस्लामिक विद्यालयका बालबालिका हुन् । उनीहरू एउटा धार्मिक कार्यक्रममा सहभागी हुनका लागि… Continue reading नाइजेरियामा डुंगा पल्टियो, स्कुले बालबालिकासहित २९ को मृत्यु
भारतले १५ डिसेम्बरबाट खोल्ने भनेको हवाई उडान ओमिक्रोन भेरियन्टका कारण स्थगित
काठमाडौं । भारतले डिसेम्बर १५ बाट खोल्ने भनेको अन्तर्राष्ट्रिय हवाई उडान पुनः स्थगित भएको छ । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढ्दै गएपछि भारतले यस्तो निर्णय गरेको हो । जसले गर्दा नेपाल एयरलाइन्सले भारतीय शहरमा गर्ने भनेको उडान समेत प्रभावित बनेको छ । भारतीय नागरिक उड्डयन महानिर्देशनालयले बुधबार एक परिपत्र जारी गर्दै ओमिक्रोनबाट उत्पन्न… Continue reading भारतले १५ डिसेम्बरबाट खोल्ने भनेको हवाई उडान ओमिक्रोन भेरियन्टका कारण स्थगित
बार्बेडोस बन्यो कान्छो गणतन्त्रात्मक मुलुक, ब्रिटेनकी महारानीलाई राष्ट्रप्रमुख नमान्ने
लण्डन । क्यारेबियन टापु मुलुक बार्बेडोस विश्वकै कान्छो गणतन्त्रात्मक मुलुक बनेको छ । ब्रिटेनकी महारानी एलिजाबेथलाई आफ्नो राष्ट्रप्रमुखको पदबाट औपचारिक रूपमा हटाउँदै यो देश विश्वकै कान्छो गणतन्त्र बनेको हो । राजधानी ब्रिजटाउनमा गए राति गरिएको समारोहमा डेम स्यान्ड्रा मेसनलाई बार्बाडोसको राष्ट्रपति पदको शपथ दिलाइएको छ। बीबीसीका अनुसार ब्रिजटाउनमा आयोजित उक्त समारोहमा ब्रिटेनका युवराज प्रिन्स अफ… Continue reading बार्बेडोस बन्यो कान्छो गणतन्त्रात्मक मुलुक, ब्रिटेनकी महारानीलाई राष्ट्रप्रमुख नमान्ने
कछुवाको मासु खाँदा तान्जानियामा सात जनाको मृत्यु
काठमाडौं । तान्जानियामा कछुवाको मासु खाँदा कम्तिमा सात जनको मृत्यु भएको छ । त्यहाँको पेम्बा द्वीपमा कछुवाको विषालु मासु खाँदा सात जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । मृतकमध्ये एक जना तीनवर्षे बालक समेत छन् । विषालु मासुका कारण बिरामी परेका अरू तीन जना अस्पतालमा छन्। तान्जानियाका टापु र तटीय क्षेत्रमा कछुवाको मासु खाने चलन… Continue reading कछुवाको मासु खाँदा तान्जानियामा सात जनाको मृत्यु
विकसित मुलुकले लगाएको प्रतिवन्ध तत्काल हटाउन दक्षिण अफ्रिकी राष्ट्रपतिको माग
काठमाडौं । दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामापोसाले कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोन देखिएपछि आफ्नो देश र छिमेकी मुलुकविरुद्ध लगाइएका यात्रा प्रतिबन्ध हटाउन माग गरेका छन् । उनले विकसित मुलुकले लगाएका यस्ता प्रतिबन्ध अनुचित भएको भन्दै तत्काल हटाउन भनेका हुन् । बीबीसीका अनुसार उनीहरुको कदमबाट आफु निराश रहेको समेत उनले बताएका छन् । दक्षिण अफ्रिकामाथि यात्रा प्रतिबन्ध… Continue reading विकसित मुलुकले लगाएको प्रतिवन्ध तत्काल हटाउन दक्षिण अफ्रिकी राष्ट्रपतिको माग
नयाँ भेरियन्ट सार्वजनिक गरेको बदला प्रतिवन्ध लगाइएको भन्दै दक्षिण अफ्रिका असन्तुष्ट
काठमाडौं । संसारलाई नयाँ भेरियन्टबारे पत्ता लगाएर सूचना दिने दक्षिण अफ्रिकालाई स्याबासी दिनुको साटो प्रतिवन्ध लगाइएको भन्दै दक्षिण अफ्रीका भड्किएको छ । कोरोनाको नयाँ भेरियन्ट ओमीक्रान मपहिलो पटक दक्षिण अफ्रिकामा पुष्टी भएको ओ । दक्षिण अफ्रीकाको विदेश मन्त्रालयले एक बयान जारी गरि यस्तो बताएको हो । ज ुन मुलुकले नयाँ भेरियन्ट पुष्टी गरि संसारलाई सचेत… Continue reading नयाँ भेरियन्ट सार्वजनिक गरेको बदला प्रतिवन्ध लगाइएको भन्दै दक्षिण अफ्रिका असन्तुष्ट
१३९ यात्रु बोकेको जहाजको इन्जिनमा खराबी, नागपुरमा आपतकालिन अवतरण
नागपुर । भारतको बैलौरबाट पटनका लागि उडेको जहाजको इन्जिनमा खराबी आएपछि आपतकालिन अवतरण गर्नु परेको छ । गो एयरको सो जहाजमा १३९ जना यात्रु रहेका थिए । भारतीय संचारमाध्यमहरुका अनुसार शनिवार बिहान सवा ११ बजे नागपुरमा सुरक्षित अवतरण गराइएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार जहाज पाइलटले नागपुर एटीसीलाई जहाजको इन्जिनमा खराबी आएको सूचना दिएका… Continue reading १३९ यात्रु बोकेको जहाजको इन्जिनमा खराबी, नागपुरमा आपतकालिन अवतरण
कोरोनाको नयाँ भेरियन्टलाई विश्व स्वास्थ्य संगठनले दियो ओमिक्रोन नाम, विश्वभर बढाइयो सतर्कता
काठमाडौं । विश्व स्वास्थ्य सङ्गठनले कोरोनाभाइरसको नयाँ भेरिअन्टलाई भेरिअन्ट अफ कन्सर्न घोषणा गरेको छ । सो भाइरसलाई ओमिक्रोन नाम दिइएको छ। यो भेरिअन्टको ठूलो सङ्ख्यामा उत्परिवर्तित भएको समाचार छ । बीबीसीका अनुसार प्रारम्भिक प्रमाण अनुसार यो भेरिअन्टबाट सङ्क्रमणको जोखिम उच्च रहेको डब्लुएचओले जनाएको छ। यो भेरिअन्ट पहिलो पटक नोभेम्बर २४ तारिखमा दक्षिण अफ्रिकामा पाइएको हो… Continue reading कोरोनाको नयाँ भेरियन्टलाई विश्व स्वास्थ्य संगठनले दियो ओमिक्रोन नाम, विश्वभर बढाइयो सतर्कता
अफ्रिकामा देखिएको संक्रामक भेरियन्टका कारण बेलायतले रोक्यो ६ मुलुकको हवाई उडान
लण्डन । अति सङ्क्रामक मानिएको कोरोनाभाइरसको नयाँ भेरियन्ट पुष्टी भएपछि बेलायतले विभिन्न ६ वटा मुलुसँगको उडान रद्द गरेको छ । बेलायतका स्वास्थ्यमन्त्री शाजिद जावेदले शुक्रवार मध्याह्न १२ बजेदेखि ती देशहरूलाई रातो सूचीमा राखिएको बताएका छन् । त्यहाँबाट आउने यात्रुले क्वारन्टीनमा बस्नुपर्ने नियम समेत बेलायतले बनाएको छ । नयाँ भेरियन्टलाई अहिलेसम्मकै सबैभन्दा खराब मानिएको छ ।… Continue reading अफ्रिकामा देखिएको संक्रामक भेरियन्टका कारण बेलायतले रोक्यो ६ मुलुकको हवाई उडान
कोरोनाका कारण युरोपमा आगामी मार्चसम्म थप ७ लाख मानिसको मृत्यु हुन सक्ने डब्लूएचओको भनाइ
काठमाडौं । सन् २०२२ को मार्चसम्म युरोपमा थप सात लाख मानिसको कोभिड-१९ का कारण मृत्यु हुनसक्ने विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले जनाएको छ। बिबिसीका अनुसार डब्ल्यूएचओले युरोप क्षेत्रमा राखेका ५३ देशमा अहिलेसम्म कोभिडका कारण १५ लाखभन्दा बढी मानिसको मृत्यु भइसकेको छ। सन् २०२२ को मार्चसम्म तीमध्ये ४९ देशका सघन उपचार कक्षमा “उच्च वा चरम दबाव” हुने… Continue reading कोरोनाका कारण युरोपमा आगामी मार्चसम्म थप ७ लाख मानिसको मृत्यु हुन सक्ने डब्लूएचओको भनाइ
अफगान महिलालाई टेलिभिजन नाटकमा अभिनय रोक, यस्ता छन् तालिबानका नयाँ प्रतिबन्ध
एजेन्सी । अफगानिस्तानमा महिलालाई टेलिभिजन नाटकमा अभिनय गर्न प्रतिबन्ध लगाइएको छ । तालिबान सरकारले एउटा नयाँ निर्देशिका जारी गर्दै महिलालाई टेलिभिजन नाटकमा प्रतिबन्ध लगाएको हो । त्यसैगरी महिला पत्रकार र टेलिभिजन प्रस्तोतालाई सम्पूर्ण अनुहार छोप्ने बस्त्र लगाउन निर्देशन दिइएको छ । अफगानिस्तान टेलिभिजन च्यानलका लागि जारी गरिएको निर्देशिकामा आठ ओटा नयाँ नियम रहेको जनाइएको छ… Continue reading अफगान महिलालाई टेलिभिजन नाटकमा अभिनय रोक, यस्ता छन् तालिबानका नयाँ प्रतिबन्ध
चीनमा चर्चित टेनिस खेलाडी हराएको र भिडियो कलमा देखिएको घटनाको वास्तविकता के हो ?
बेइजिङ । टेनिस डलब तर्फकी पहिलो बरियताकी पूर्व खेलाडी पेङ्ग स्वाअएले नोभेम्बरको सुरुमा चीनको सामाजिक सञ्जाल वेबोमा आफूमाथि चीनका पूर्व उप(प्रधानमन्त्री झाङ गाओलीले यौन सम्बन्ध राख्न दबाब दिएको उल्लेख गर्दै एउटा पोष्ट राखिन् । पोष्ट भाइरल भयो र उनले त्यसलाई तत्काल हटाइन् । बीबीसीले जनाए अनुसार चीनका वरिष्ठ नेताामाथि यस्तो प्रकारको आरोप लगाइएको यो पहिलोपटक… Continue reading चीनमा चर्चित टेनिस खेलाडी हराएको र भिडियो कलमा देखिएको घटनाको वास्तविकता के हो ?
पुनः कोरोनाको इपिसेन्टर बन्दै यूरोप, अष्ट्रियामा पूर्ण लकडाउन
काठमाडौ्र । यूरोप कोरोना भाइरसको पुनः इपिसेन्टर बन्दै गएको छ । युरोपका केही देशमा कोरोनाभाइरस सङ्क्रमणका घटनामा वृद्धि भएको बीबीसीले लेखेको छ । कोभिडको नयाँ लहरका बारेमा चिन्ता समेत व्यक्त गरिएका छ । जर्मनी, अस्ट्रिया, नेदरल्यान्ड्स, इटली र बेलायतमा कोभिड सङ्क्रमण दर उकालो लाग्न थालेपछि त्यहाँ विभिन्न प्रतिबन्धात्मक उपायहरू अपनाउनुका साथै खोप अभियानलाई तीव्र बनाउन… Continue reading पुनः कोरोनाको इपिसेन्टर बन्दै यूरोप, अष्ट्रियामा पूर्ण लकडाउन
माओवादीको आह्वानमा आज भारत बन्द, रेल पटरीहरुमा बम विष्फोट
नयाँ दिल्ली । आफ्ना नेताको गिरफ्तारीको विरोधमा सीपीआई (माओवादी)ले आज भारत बन्दको आयोजना गरेको छ । भारतीय माओवादकिा शीर्ष नेता प्रशांत बोसको गिरफ्तारीको विरोधमा माओवादीले भारत बन्द आयोजना गरेको हो । भारत बन्दका दौरान झारखण्डमा रेलको पटरीमा बम विष्फोट गरि सेवा अवरुद्ध गराइएको भारतीय संचारमाध्यमले लेखेका छन् । घटना रातको एक बजे भएको हो ।… Continue reading माओवादीको आह्वानमा आज भारत बन्द, रेल पटरीहरुमा बम विष्फोट
मोदी सरकारले किसान सामु घुँडा टेक्यो, विवादास्पद तीनैवटा कृषि कानून खारेजीको घोषणा
काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले एक वर्षको विरोधपछि कृषिसम्बन्धी विवादास्पद तीनवटा कानुन खारेज गर्ने घोषणा गरेका छन्। गत नोभेम्बरदेखि ती कानुनको विरोधमा हजारौँ किसानले राजधानी दिल्लीको सीमाक्षेत्रमा धर्ना दिइरहेका थिए। कृषकहरू ती कानुनले कृषिमा निजी क्षेत्रको आगमन सहज बनाउने र त्यसले आफ्नो आयमा असर गर्ने बताउँछन्।मन्त्रीहरूले ती कानुन कृषकका लागि लाभदायक भएको दाबी गरेका… Continue reading मोदी सरकारले किसान सामु घुँडा टेक्यो, विवादास्पद तीनैवटा कृषि कानून खारेजीको घोषणा
पाकिस्तानमा बलात्कारीलाई नपुंशक बनाउने ऐतिहासिक कानून पारित
इस्लामावाद । पाकिस्त्तानमा अब बलात्कार कसुरमा दोषि सावित हुनेलाई नपुंशक बनाइने भएको छ । यससम्बन्धी कानून पाकिस्तानको संसदबाट पारित भएको छ । विपक्षी दलले भने यसलाई इस्लाम कानूनको विपरित भएको भन्दै विरोध जनाएको छ । पाकिस्तानमा पछिल्लो दिनमा बलात्कारका घटना बढिरहेको समयमा यो कानून पास हुनुलाई भने ऐतिहासिक उपलब्धी मानिएको छ । फितलो कानून र… Continue reading पाकिस्तानमा बलात्कारीलाई नपुंशक बनाउने ऐतिहासिक कानून पारित
क्यानडामा भिषण तुफान, ब्रिटिश कोलम्बिया क्षेत्रमा सङ्कटकाल
ब्रिटिश कोलम्बिया । क्यानडामा भिषण तुफानले जनधनको क्षति गरेको छ । एउटा ठूलो तुफानपछि सडक र रेल सञ्जालमा अवरोध उत्पन्न भएको बीबीसीले जनाएको छ । क्यानडाको पश्चिमी प्रान्त ब्रिटिश कोलम्बियामा अहिले सङ्कटकाल घोषणा गरिएको छ। विपद्बाट प्रभावित त्यस क्षेत्रका बासिन्दाको सहायताका लागि क्यानडाको फौजका कैयौँ जवान र अधिकृतहरू खटिएका छन्। उक्त क्षेत्रमा आइतवार राति ठूलो… Continue reading क्यानडामा भिषण तुफान, ब्रिटिश कोलम्बिया क्षेत्रमा सङ्कटकाल
युगाण्डाको राजधानीमा आत्मघाती बम विष्फोट, कम्तिमा तीन जना मारिए
कम्पाला । युगाण्डाको राजधानी कम्पालामा भएको आत्मघाती विष्फोटमा कम्तिमा तीन जना मारिएका छन् । ३० भन्दा बढी घाइते भएको र त्यसमध्ये जना गम्भीर घाइते अवस्थामा उपचारार्थ भर्ना गरिएको छ । मृतकको संख्या अझ बढ्न सक्ने बताइएको छ । मंगलवार तीन मिनेटको फरकमा दुई आत्मघाती विष्फोट भएका थिए । मारिनेमा प्रहरी समेत रहेको बताइएको छ ।… Continue reading युगाण्डाको राजधानीमा आत्मघाती बम विष्फोट, कम्तिमा तीन जना मारिए
अमेरिकालाई चीनको चेतावनी : ताइवानको पक्षपोषण् गर्नु प्रत्यूत्पादक हुनेछ
काठमाडौं । चीनले अमेरिकालाई ताइवानको पक्षपोषण नगर्न कडा चेतावनी दिएको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाए अनुसार मंगलबार चिनियाँ राष्ट्रपति सी जिन्पिङले अमेरिकी समकक्षी जो बाइडेनलाई यस्तो चेतावनी दिएका हुन् । बीबीसीका अनुसार ताइवानको पक्षपोषण गर्नु अमेरिकाका लागि प्रत्युपादक हुन सक्ने चेतावनी उनको छ । दुई नेताबीच भर्चूअल माध्यमबाट भएको वार्ताका क्रममा सीले बाइडेनलाई ताइवानले खोजे… Continue reading अमेरिकालाई चीनको चेतावनी : ताइवानको पक्षपोषण् गर्नु प्रत्यूत्पादक हुनेछ
अमेरिकी र चिनियाँ राष्ट्रपतिबीच भर्चुअल वार्ता, के भयो कुराकानी ?
काठमाडौं एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति शी जिनपिंगबीचको बहुप्रतिक्षित भर्चुअल वार्ता भएको छ । वार्तामा चिनियाँ राष्ट्रपतिले आफ्नो मुलुक अमेरिकासँगको सम्बन्ध सकारात्मक दिशमा लैजान चाहेको बताएको समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ । दुई नेताबीच भएको यो वार्ताले दुबै मुलुकबीचको संवादहिनता तोड्न महत्वपूर्ण भूमिका खेलेको समेत समाचारमा जनाइएको छ । बाइडेनले… Continue reading अमेरिकी र चिनियाँ राष्ट्रपतिबीच भर्चुअल वार्ता, के भयो कुराकानी ?