मिजोरम । विश्वको सबभन्दा ठूलो परिवारका घरमुली मानिने ७६ वर्षीय पुरुषको निधन भएको छ । वर्तमान विश्वमा भारतका जिओना चाना विश्वकै धेरै सन्तानका मुखिया मानिन्थे । बीबीसीका अनुसार उनको भारतको मिजोरम राज्यमा निधन भएको हो । बहुपत्नी प्रथा भएको एउटा धार्मिक सम्प्रदायका प्रमुख रहेका चानाका ३८ श्रीमती, ८९ सन्तान र ३६ नातिनातिना रहेको पाइएको छ… Continue reading विश्वकै ठूलो परिवारका घरमुलीको मृत्यु
Category: विश्व
१२ वर्षपछि इजरायलमा बेन्जामिन नेतान्याहु सत्ता बाहिर
काठमाडौं\एजेन्सी । इजरायलमा सर्वाधिक समय सत्तामा रहेका नेता बेन्जामिन नेतान्याहुको सत्ता यात्रा पुरा भएको छ । त्यहाँको संसद्ले नयाँ नेता निर्वाचित गरेसँगै १२ वर्ष सत्तामा रहेका बेन्जामिन नेतान्याहुको पद गुमेको बीबीसीले लेखेको छ । दक्षिणपन्थी राष्ट्रवादी नाफ्ताली बेनेटले परिवर्तनको सरकार को नेतृत्व गर्दै शपथ ग्रहण गरेका छन्। ६०\५९ बहुमतका आधारमा अभूतपूर्व गठबन्धनको नेतृत्व गर्दै बेनेट… Continue reading १२ वर्षपछि इजरायलमा बेन्जामिन नेतान्याहु सत्ता बाहिर
भारतमा ७० दिन यताकै सबैभन्दा कम संक्रमण पुष्टी, मृत्यु भने अझै दैनिक ४ हजार माथि
नयाँ दिल्ली । भारतमा कोरोना महामारीको ग्राफ उल्लेख्य घट्ने क्रममा रहेको छ । पछिल्लो २४ घण्टामा यहाँ ७० दिन यताकै सबैभन्दा कम संक्रमण पुष्टी भएको खबर भारतीय संचारमाध्यमले छापेका छन् । पछिल्लो २४ घण्टामा यहाँ ८४३३२ जनामा कोरोना पुष्टी भएको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार यो अवधिमा ४००२ जनाको कोरोनाका कारण ज्यान गएको छ… Continue reading भारतमा ७० दिन यताकै सबैभन्दा कम संक्रमण पुष्टी, मृत्यु भने अझै दैनिक ४ हजार माथि
भारतको कानपुरमा भयानक सडक दुर्घटना, कम्तिमा १७ मारिए
कानपुर । भारतको भारत उत्तर प्रदेश राज्यको कानपुरमा भएको भयानक सडक दुर्घटनामा कम्तिमा १७ जना मारिएका छन् । कानपुर–इलाहाबाद सडकखण्डमा बस र अटो एक आपसमा ठोक्किएर भएको दुर्घटनामा ठूलो मानवीय क्षति भएको भारतीय संचारमाध्यमले जनाएका छन् । मंगलबार साँझ भएको यो दुर्घटनामा थप ६ जना गम्भीर घाइते रहेको समाचारमा उल्लेख छ । घटनाप्रति भारतीय प्रधानमन्त्री… Continue reading भारतको कानपुरमा भयानक सडक दुर्घटना, कम्तिमा १७ मारिए
फ्रान्सका राष्ट्रपति इमानुएल माक्रोनलाई सार्वजनिक स्थलमा हानियो थप्पड, दुई गिरफ्तार
पेरिस । फ्रान्सका राष्ट्रपति इमानुएल माक्रोनलाई सार्वजनिक स्थलमा थप्पड हानिएको छ । यो घटना मंगलबार भएको हो । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार मंगलवार फ्रान्सको दक्षिण पूर्वी इलाकामा आयोजना भएको एक सार्वजनिक कार्यक्रममा उनी सहभागी भएका थिए । सोशलमा भाइरल भएको एक भिडियो अनुसार सार्वजनिक स्थलमा रहेका समर्थकलाई अभिवादन गर्ने क्रममा एक व्यक्ति उनको नजिक आउँछन्, त्यसपछि… Continue reading फ्रान्सका राष्ट्रपति इमानुएल माक्रोनलाई सार्वजनिक स्थलमा हानियो थप्पड, दुई गिरफ्तार
क्यानडामा मुस्लिम परिवारमाथि नियोजित रुपमा चलाईयो ट्रक, चार जनाको हत्या
काठमाडौं\एजेन्सी । क्यानडामा एक मुस्लिम समुदायका परिवारमाथि नियोजित रुपमा ट्रकले आक्रमण गरिएको छ । घटनामा चार जनाको मृत्यु भएको छ । घटना आइतबारको हो । बीबीसीका अनुसार क्यानडा पुलिसले यसको पुष्टी समेत गरेको छ । क्यानडाको ओटारियो प्रान्तको सिटी अफ लन्डन भन्ने स्थानमा भएको हो । यस घटनामा परिवारका एक ९ वर्षिय बालक मात्र बच्न… Continue reading क्यानडामा मुस्लिम परिवारमाथि नियोजित रुपमा चलाईयो ट्रक, चार जनाको हत्या
चीनमा तीन वर्षभन्दा माथिका सबै बालबालिकालाई कोरोना खोप लगाउन अनुमति
काठमाडौं । चीनले तीन वर्षमाथिका सबै बालबालिकामा कोरोना विरुद्धको खोप लगाउने भएको छ । चीनको स्वास्थ्य विभागले चिनियाँ खोप उत्पादक कम्पनी सिनोभ्याकको खोप तीन वर्षमाथिका बालबालिकामा समेत लगाउन सकिने गरि अनुमति प्रदान गरेको हो । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार चीनले यसअघि १८ वर्ष भन्दा माथिकाले मात्र खोप लगाउन सक्ने अनुमति पाएका थिए । तीन वर्षमाथि उमेर… Continue reading चीनमा तीन वर्षभन्दा माथिका सबै बालबालिकालाई कोरोना खोप लगाउन अनुमति
भारतको पूणेमा केमिकल उद्योगमा आगोलागी, कम्तिमा १८ जनाको मृत्यु
पुणे । भारतको महाराष्ट्र राज्यस्थित पुणेमा एक केमिकल फ्याट्रीमा भिषण आगलागी भएको छ । यस दुर्घटनामा कम्तिमा १८ जना मजदुरको ज्यान गएको छ । कैयौं मानिस घाइते भएका छ । अहिले उद्धारको काम जारी रहेको भारतीय संचारमाध्यमले जनाएका छन् । उद्योग पुणेको घोटावडे फाटा क्षेत्रमा अवस्थित रहेको छ । सोमवार साँझ चार बजेबाट आगो लागेको… Continue reading भारतको पूणेमा केमिकल उद्योगमा आगोलागी, कम्तिमा १८ जनाको मृत्यु
पाकिस्तानमा दुई रेल ठोक्किए, कम्तिमा २५ जनाको मृत्यु
सिन्ध । पाकिस्तानमा दुई रेल एक आपसमा ठोक्किएर भएको दुर्घटनामा कम्तिमा २५ जना मारिएका छन् । यो दुर्घटना पाकिस्तानको सिन्ध प्रान्तमा भएको हो । यहाँको डहरकीमा सर सैयद एक्सप्रेस र मिल्लत एक्सप्रेसका रेल एक आपसमा ठक्कर खाँदा कम्तिमा २५ जना मारिएको खबर समाचार एजेन्सीले प्रसारण गरेका छन् । कैयौं व्यक्ति घाइते रहेका र उद्धारको काम… Continue reading पाकिस्तानमा दुई रेल ठोक्किए, कम्तिमा २५ जनाको मृत्यु
आतंकवादी समूह बोको हरामका नाइके मारिएको दावि
काठमाडौं\एजेन्सी । नाइजिरियाको आतंकवादी समूह बोको हरामका नेता अबुबकार सेकाउ मारिएको खबर सार्वजनिक भएको छ । उनले आफ्नो ज्यान आफैँ लिएको एउटा विपक्षी लडाकू समूहले एउटा अडिओ रेकर्डिङमार्फत दावि गरेको छ । बीबीसीका अनुसार समाचार संस्थाहरूले प्राप्त गरेको उक्त अडिओ रेकर्डिङमा दुईवटा समूहबीचको लडाइँपछि सेकाउले आफैँलाई विस्फोटन गराएको हुन् । यस्तो दावि इस्लामिक स्टेट वेस्ट… Continue reading आतंकवादी समूह बोको हरामका नाइके मारिएको दावि
बुर्किना फासोमा आतंकवादीद्धारा कम्तिमा १ सयको हत्या
काठमाडौं\एजेन्सी । बुर्किना फासोमा आतकंवादीको आक्रमणमा परी कम्तिमा एक सय जना मारिएको छन् । बीबीसीले समाचार एजेन्सी रोयटर्सलाई उदृत गर्दै जनाए अनुसार देशमो उत्तरी भागमा रहेको एउटा गाउँमा हतियारधारिहरूले आक्रमण गरेका छन् । यो घटना शुक्रबार रातीको हो । घटनामा कम्तिमा एक सय जना मारिएको राष्ट्रपति रोक कबोरेले जानकारी गराएका छन् । शुक्रवार राति सोल्हान… Continue reading बुर्किना फासोमा आतंकवादीद्धारा कम्तिमा १ सयको हत्या
संक्रमण घटेपछि लकडाउन खुकुलो पार्दै दिल्ली
नयाँ दिल्ली र भारतको राजधानी नयाँ दिल्लीले कोरोना भाइरसको उच्च संक्रमण दरलाई नियन्त्रणमा लिन सफल भएको छ । यससँगै अब लकडाउन खुकुलो बनाउने तयारी दिल्ली सरकारले गरेको छ । भारतीय संचारमाध्यमहरुका अनुसार पछिल्लो साता सङ्क्रमण दर ०.६८ प्रतिशत मात्र देखिएको छ । दिल्लीमा शुक्रबार ५२३ व्यक्तिमा मात्र संक्रमण देखियो । दिल्ली २ करोड भन्दा बढी… Continue reading संक्रमण घटेपछि लकडाउन खुकुलो पार्दै दिल्ली
नेपाललाई खोप दिन प्रधानमन्त्रीद्धारा बेलायतसँग आह्वान
काठमाडौं । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले ब्रिटिश समकक्षी बोरिस जोनसनसँग नेपाललाई कोरोना विरुद्धको खोप दिन आह्वान गरेका छन् । ओलीले बीबीसीकी दक्षिण एशिया संवाददाता रजनी वैद्यनाथनसँग कुरा गर्दै दुई देशको ऐतिहासिक सम्बन्धका आधारमा त्यसो गर्नु ब्रिटेनको दायित्व हुने समेत बताए । ओलीले यूकेका लागि नेपाली गोर्खा सैनिकहरूले गरेको त्याग र सेवाका कारण कोभिड सहायतामा… Continue reading नेपाललाई खोप दिन प्रधानमन्त्रीद्धारा बेलायतसँग आह्वान
सन् २०२२ सम्म विश्वमा बेरोजगारको संख्या साढे २० करोड पुग्ने
बेइजिङ । कोरोना महामारीका कारण यो वर्ष मात्र ७ करोड ५० लाखले रोजगारी गुमाएको अन्तराष्ट्रिय श्रमिक संगठन (आईएलओ) ले जनाएको छ । आईएलओका निर्देशक गाय राइडका अनुसार महामारी शुरु हुनुभन्दा अगाडि बेरोजगारको संख्या १८ करोड ७० लाख रहेकोमा अब बढेर २०२२ सम्ममा २० करोड ५० लाख पुग्ने अनुमान गरिएको जानकारी दिए। बेरोजगार भएका ३ करोड… Continue reading सन् २०२२ सम्म विश्वमा बेरोजगारको संख्या साढे २० करोड पुग्ने
जो बाइडेन र महारानी एलिजाबेथ द्वितीयबीच भेटवार्ता हुने
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेन र बेलायती महारानी एलिजाबेथ द्वितीयबीच भेटवार्ता हुने भएको छ । आगामी साता जो बेलायत जाँदैछन् । उनी जी सेभेन समिटमा भाग लिने सिलसिलामा त्यहाँ जान लागेका हुन् । सो अवसरमा जो र प्रथम महिला जिल बाइडेनसहित एलिजाबेथसँग भेटवार्ताको समय तय भएको बकिङ्हम प्यालेसलाई उदृत गर्दै समाचार एजेन्सीहरुले जनाएका छन्… Continue reading जो बाइडेन र महारानी एलिजाबेथ द्वितीयबीच भेटवार्ता हुने
श्रीलंकाली तटमा डुब्न लागेको विशाल पानीजहाजप्रति किन चिन्तित छन् वातावरण संरक्षणकर्मी ?
कोलम्बो । श्रीलङ्काको एक तटमा विशाल पानीजहाज क्रमशः समुन्द्रमा डुब्ने क्रममा छ । दुई साता अगाडी लागो लागेको यो जहाज डुब्न लागेसँगै यसले संरक्षणकर्मीहरुको चिन्ता बढेको छ । समाचारमा जनाइए अनुसार यो जहाजमा रसायन भरिएको छ । जहाज डुब्दा वातावरणीय प्रकोपको जोखिम उत्पन्न हुने भन्दै संरक्षणकर्मीले चिन्ता जनाएका छन् । यो जहाज सिंगापुरमा दर्ता भएको… Continue reading श्रीलंकाली तटमा डुब्न लागेको विशाल पानीजहाजप्रति किन चिन्तित छन् वातावरण संरक्षणकर्मी ?
भारतमा दैनिक संक्रमण साढे १ लाख हाराहारी मात्र
नयाँ दिल्ली । कोरोना भाइरसको चपेटाबाट छिमेकी मुलुक भारत क्रमशः बाहिर निस्कँदैछ । खासगरी राजधानी दिल्लीले चामत्कारिक रुपमा कोरोना नियन्त्रण गर्न सफल भएसँगै यहाँ अन्य राज्यमा समेत कोरोनाको वृद्धि घटेको छ । तीन साता अगाडी सम्म दैनिक ४ लाख संक्रमित भेटिएकोमा अहिले यो संख्या मात्र डेढ लाख र त्यस भन्दा पनि कम मानिसमा झरेको छ… Continue reading भारतमा दैनिक संक्रमण साढे १ लाख हाराहारी मात्र
चीनमा अब एक दम्पत्तिले तीन सन्तानसम्म जन्माउन पाउने
काठमाडौं । चीनले दुई सन्तानको कडा नीति हटाएको छ । जनसंख्या सन्तुलनको अवधारणा अनुसार अब चीनले एक दम्पत्तिलाई तीन जना सम्म सन्तान जन्माउन दिने निर्णय गरेको हो । विश्वको सबैभन्दा धेरै जनसंख्या भएको मुलुक चीनले कडा नियममार्फत जनसंख्या वृद्धिदर रोक्ने गरेको छ । सिन्ह्वाले जनाए अनुसार सोमवार चिनियाँ कम्युनिष्ट पार्टीको पोलिटब्यूरो बैठकमा राष्ट्रपति सी जिन्पिङले… Continue reading चीनमा अब एक दम्पत्तिले तीन सन्तानसम्म जन्माउन पाउने
भारतको उत्तर प्रदेशमा विषालु रक्सी सेवनबाट कम्तिमा ५१ को मृत्यु
उत्तर प्रदेश । नेपालको छिमेकी मुलुक भारतको उत्तर प्रदेश राज्यमा विषालु रक्सी सेवनका कारण कम्तिमा ५१ जनाको मृत्यु भएको छ । भारतीय संचारमाध्यमहरुका अनुसार यस राज्यको अलिगढ जिल्लामा शुक्रबारबाट मानिसहरुको ज्यान गइरहेको छ । प्रहरीका अनुसार अकस्मात ज्यान गुमाएका ६२ जनाको पोष्टमार्टम गर्दा ५१ जनाको मृत्युको कारण विषालु रक्सी भएको खुलेको छ । अस्पतालमा ठूलो… Continue reading भारतको उत्तर प्रदेशमा विषालु रक्सी सेवनबाट कम्तिमा ५१ को मृत्यु
भियतनाममा कोरोनाको हाइब्रिड भेरियन्ट, हावाबाट पनि सर्ने
काठमाडौं\एजेन्सी । एसियाली मुलुक भियतनाममा कोरोनाभाइरसको हाइब्रिड भेरियन्ट पुष्टी भएको छ । संचारमाध्यमहरुका अनुसार यहाँ भारतीय र युके भेरियन्टका दुबै विशेषतासहितको भाइरस पुष्टी भएको छ । यो हावाबाट पनि सर्न सक्ने बताइएको छ । यहाँ कोरोना भाइरस करीव नियन्त्रणमा थिए । भियतनामका स्वास्थ्य मन्त्री एनगुयन थान्ह लोङका अनुसार यो भेरियन्टमा इन्डियन भेरियन्ट जस्तै तीव्र म्युटेसन… Continue reading भियतनाममा कोरोनाको हाइब्रिड भेरियन्ट, हावाबाट पनि सर्ने
कोरोना नियन्त्रण उन्मुख दिल्लीमा ‘ब्ल्याक फंगस’लाई महामारी घोषणा
नयाँ दिल्ली । कोरोना भाइरसलाई नियन्त्रणमा लिन सफल देखिएको भारतको राजधानी नयाँ दिल्ली अब आँखा बिगार्ने घातक रोग कालो ढुँसीको चपेटामा आएको छ । यससँगै दिल्ली सरकारले ब्ल्याक फंगसलाई महामारी घोषणा गरेको छ ।दिल्लीका राज्यपालले इपियोडेमिक एक्ट अनुसार बिहीबार यस्तो सूचना जारी गरेका हुन् । म्यूकोरमाइकोसिस भनिने यो रोगका बिरामी दिल्लीमा तिब्र गतिमा फैलिएका छन्… Continue reading कोरोना नियन्त्रण उन्मुख दिल्लीमा ‘ब्ल्याक फंगस’लाई महामारी घोषणा
यास आँधीबाट भारत र बंगलादेशमा १० लाख भन्दा बढी घरमा क्षति, कम्तिमा चारको मुत्यु
पश्चिम बंगाल । पूर्वी भारतमा बङ्गालको खाडीबाट आएको शक्तिशाली यासले ठूलो धनजनको क्षति पुर्याएको छ । चक्रवातका कारण कम्तीमा चार जनाको ज्यान रिर्पोट आएको छ । भारतीय संचारमाध्यमहरुका अनुसार भारत र बंगलादेशमा मात्र १० लाख भन्दा बढी घरमा क्षति पुगेको छ । पश्चिम बंगालमा मात्र ३ लाख घरमा क्षति पुगेको त्यहाँकी मूख्यमन्त्री ममत वेनर्जीले बताएकी… Continue reading यास आँधीबाट भारत र बंगलादेशमा १० लाख भन्दा बढी घरमा क्षति, कम्तिमा चारको मुत्यु
अमेरिकाद्धारा डब्लूएचओलाई आह्वान : कोरोना उत्पत्तिको पारदर्शी छानविन गर
न्यूयोर्क\बीबीसी । अमेरिकाले विश्वलाई ठूलो मानवीय क्षति पुर्याएको कोरोना भाइरसको महामारी उत्पत्तिबारे पारदर्शी छानविन गर्न विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)सँग आह्वान गरेको छ । बीबीसीका अनुसार अमेरिकी स्वास्थ्यमन्त्रीले कोभिड १९ बारे अर्को चरणको छानबिन पारदर्शी भएको सुनिश्चित गर्न डब्ल्यूएचओसँग आग्रह गरेका हुन्। अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार भाइरस चीनको वुहानस्थित प्रयोगशालाबाट निस्किएका सम्बन्धमा प्रमाणहरू बढ्दो देखिएको विवरण आएको… Continue reading अमेरिकाद्धारा डब्लूएचओलाई आह्वान : कोरोना उत्पत्तिको पारदर्शी छानविन गर
आधुनिक चिकित्सा प्रणालीको आलोचना गरेपछि भारतमा रामदेवको व्यापक विरोध
नयाँ दिल्ली । योगगुरु रामदेव भारतका ठूला व्यापारी पनि हुन् । उनले परम्परागत चिकित्सा प्रणालीको वकालत गर्छन् र त्यसलाई व्यापारको माध्यम बनाउँछन, सोहीमार्फत व्यापारमा राज गरिरहेका उनी पुनः एक पटक नराम्रोसँग फसेका छन् । आधुनिक चिकित्साप्रति योगगुरु बाबा रामदेवले दिएको विवादास्पद अभिव्यक्तिकै कारण उनी विवादित बनेका हुन् । उनको भारतका चिकित्सकले कडा विरोध गरेका छन्… Continue reading आधुनिक चिकित्सा प्रणालीको आलोचना गरेपछि भारतमा रामदेवको व्यापक विरोध
मालीमा सैन्य कू, राष्ट्रपति, प्रधानमन्त्रीसहित उच्च अधिकारीलाई पक्राउ
काठमाडौं\एजेन्सी । पश्चिमी अफ्रिकी मुलुक मालीमा सैन्य कू भएको छ । त्यहाँको सेनाले राष्ट्रपति, प्रधानमन्त्री र रक्षामन्त्रीलाई पक्राउ गरेको खबर अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले प्रेसित गरेका छ् । मालीमा अघिल्लो साल निर्वाचित राष्ट्रपतिलाई सेनाले राजीनामा दिन बाध्य पारेको थियो । यहाँ सोमबार अन्तरिम सरकारका राष्ट्रपति बाह एनडअ, प्रधानमन्त्री मोक्तार ओउने र रक्षामन्त्री सोउलेमेन डोउकोरेलाई नियन्त्रणमा लिएको… Continue reading मालीमा सैन्य कू, राष्ट्रपति, प्रधानमन्त्रीसहित उच्च अधिकारीलाई पक्राउ
इटलीमा यात्रुबाहक केवलकार दुर्घटना : कम्तिमा १४ को मृत्यु्
रोम । इटलीमा यात्रुसवार केवलकार दुर्घटनामा पर्दा कम्तिमा १४ जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार इटलीको माजीओरी तालनजिकै केबलकार खसेको हो । १४ जनाको मृत्यु भएको पुष्टी भएको छ । दुर्घटनामा ज्यान गुमाउनेमा एक जना बालक छन् । अर्का एक बालक गम्भीर घाइते रहेको बताइएको छ । स्ट्रेजा सहरबाट मोटारोने पर्वततर्फ जाँदै गर्दा… Continue reading इटलीमा यात्रुबाहक केवलकार दुर्घटना : कम्तिमा १४ को मृत्यु्
हङकङकी आरोहीका नाममा रह्यो सबैभन्दा छिटो सगरमाथा चढ्ने महिलाको कीर्तिमान
काठमाडौं । हङकङकी आरोही साङ यी हङका नाममा सगरमाथामा सबैभन्दा छिटो आरोहण गर्ने महिला आरोहीको कीर्तिमान कायम भएको छ । यसअघि यो कीर्तिमान नेपालकी फुन्जो झ्याङ्मु लामाको नाममा थियो । हङकङ ती आरोही शनिबार दिउँसो १ बजेर २० मिनेटमा सगरमाथाको आधार शिविरबाट हिँडेकी थिइन् । उनी उनी आइतबार दिउँसो ३ बजेर १० मिनेटमा चुचुरो पुगेको… Continue reading हङकङकी आरोहीका नाममा रह्यो सबैभन्दा छिटो सगरमाथा चढ्ने महिलाको कीर्तिमान
चीनमा अल्ट्राम्याराथनमा भाग लिएका २१ धावकको एकै पटक मृत्यु
काठमाडौं\ एजेन्सी । चीनमा अल्ट्राम्याराथन प्रतियोगितामा भाग लिइरहेका २१ जना धावकको एकै पटक मृत्यु भएको छ । बीबीसीका अनुसार चीनको पश्चिमी भेगमा पर्ने एक पहाडी भेगमा अचानक मौसम बिग्रिएपछि क्रसकन्ट्री अल्ट्राम्याराथन प्रतियोगितामा भाग लिएका कम्तिमा २१ धावकको ज्यान गएको हो ।सरकारी सञ्चारमाध्यमका अनुसार शनिवार येलो रिभर स्टोन फरेस्टमा आयोजित प्रतियोगिताका बेला तीव्र वेगको हावासहित कठ्याङ्ग्रिनेगरी… Continue reading चीनमा अल्ट्राम्याराथनमा भाग लिएका २१ धावकको एकै पटक मृत्यु
ताउ ते थामिएपछि भारतमा साइक्लोन एसको चेतावनी
उडिसा । चक्रवाती तूफ़ान ताउ ते भारतमा अघिल्लो साता व्यापक मानवीय तथा भौतिक क्षति गर्यो । अहिले तुफान केही थामिएको छ । उद्धार र राहतको काम जारी छ । यसैबीच त्यहाँको मौसम विभागले अर्को आँधी साइक्लोन एसको चेतावनी जारी गरेको छ । भारतीय मौसम विभागका अनुसार बंगालको खाड़ीबाट उठ्ने चक्रवाती यो तूफ़ानले उडिसा र पश्चिम… Continue reading ताउ ते थामिएपछि भारतमा साइक्लोन एसको चेतावनी
खोपको मात्रा पुरा गरेका पर्यटकका लागि युरोप खुल्दै
फ्रान्स । कोरोना भाईरस बिरुद्धको खोप पूर्ण गरेका सबैको लागि युरोप खुल्ला हुने भएको छ। बुधबार युरोपियन युनियन अन्तर्गतका राजदुतहरुको राष्ट्रियस्तरको सहमतीले आगामी गर्मी याममा खोप पुरा गरेर छुट्टी मनाउन युरोप जानेहरुलाई प्रबेशमा कुनै रोक तोक नहुने निर्णय गरेको हो । राजदुतहरुको सहमतीले खोप पुरा गरेकाहरुले क्वेरण्टिनमा बस्नु नपर्ने र जाँच पनि गर्नु पर्ने छैन… Continue reading खोपको मात्रा पुरा गरेका पर्यटकका लागि युरोप खुल्दै