तान्जनियाका राष्ट्रपतिको कोरोनाका कारण मृत्यु ?

REUTERS

काठमाडौं । तान्जनियाका राष्ट्रपति जोन मगुफुलीको ६१ वर्षको उमेरमा निधन भएको त्यहाँका उपराष्ट्रपतिले घोषणा गरेका छन्। राजधानी दारेसलाममा मुटुको समस्याबारे उपचारका क्रममा मगुफुलीको बुधवार मृत्यु भएको उपराष्ट्रपति समिआ सुल्हु हसनले एक टेलिभिजनमार्फत् घोषणा गरेका हुन्। मगुफुली दुई साताभन्दा बढी समयदेखि सार्वजनिक रूपमा देखा परेका थिएनन् र उनको स्वास्थ्यबारे विभिन्न हल्ला चलेका थिए। विपक्षी नेताहरूले उनलाई… Continue reading तान्जनियाका राष्ट्रपतिको कोरोनाका कारण मृत्यु ?

अफगानिस्तानमा सैनिक हेलिकोप्टर दुर्घटनामा ९ जनाको मृत्यु

Photo : orissapost.com

काबुल । अफगानिस्तानमा भएको सैनिक हेलिकोप्टर दुर्घटनामा ९ जनाको मृत्यु भएको छ । अफगानिस्तानको वार्दाक प्रान्तमा अफगान वायु सेनाको हेलिकोप्टर दुर्घटनामा परेको हो । बुधवार राति वार्दाक प्रान्तको बिहसुद जिल्लाको सो दुर्घटना भएको अफगान रक्षा मन्त्रालयले पुष्टी गरेको छ । यस दुर्घटनामा चार जना चालक दलका सदस्य र पाँच अफगान राष्ट्रिय सेना मारिएका मन्त्रालयले जनाएको… Continue reading अफगानिस्तानमा सैनिक हेलिकोप्टर दुर्घटनामा ९ जनाको मृत्यु

म्यानमारमा नरसंहार जारी, थप ३८ जनाको प्रहरीको गोली लागेर मृत्यु

file Photo: AFP

यांगुन । म्यानमारमा सैनिक कूविरूद्ध आन्दोलन जारी छ । यस क्रममा सुरक्षाकर्मी र आन्दोलनकारी दुबै उग्र बन्द परिस्थिति हिंसात्मक बनेको छ । प्रदर्शनका क्रममा अहिलेसम्म १ सय २६ जनाको ज्यान गइसकेको छ। त्यहा सेनाले प्रजातन्त्रवादी नेताहरुलाई नजरबन्द गरी कु गरेको र देशमा संकटकाल लगाएको छ । आइतबार मात्र देशका विभिन्न स्थानमा प्रहरीको गोली लागेर थप… Continue reading म्यानमारमा नरसंहार जारी, थप ३८ जनाको प्रहरीको गोली लागेर मृत्यु

म्यानमारमा श्रद्धान्जली सभामा सेनाले चलायो गोली, १२ जनाको मृत्यु

SAI AUNG MAIN/AFP/GETTY IMAGES

काठमाडौं । म्यानमारमा श्रद्धान्जली सभामा गोली चलाएर सेनाले निहत्था जनताको ज्यान गएको छ । शनिबार श्रद्धान्जली सभामा उपस्थित भएकामाथि सेनाले अन्धाधुन्ध गोली चलाएको त्यहाँका संचारमायमले जनाएका छन् । घटनामा कम्तिमा १२ जनाको ज्यान गएको छ । सैन्य शासकको गोलीबाट हत्या गरिएका एक छात्रको पुन्यतिथिमा सहभागी भएका नागरिक माथि सुरक्षाकर्मीले गोली चलाएको बताइएको छ । म्यानमारको… Continue reading म्यानमारमा श्रद्धान्जली सभामा सेनाले चलायो गोली, १२ जनाको मृत्यु

श्रीलंकाले उघारिदियो बुर्का, मदरसा समेत बन्द हुने

Photo : telegraph.co.uk

कोलम्बो । नेपालको छिमेकी मुलुक श्रीलंकाले मुस्लिम महिलाले अनुहार र शरिर छोप्न लगाउने बुर्का हटाउने निर्णय गरेको छ । केही वर्ष पहिले श्रीलंकामा अनुहार छोप्ने प्रचलन नभए पनि अहिले धार्मिक अतिवाद बढेको निष्कर्षमा त्यहाँको सरकार पुगेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । श्रीलंकाले १ हजार बढी मदरसालाई समेत बन्द गर्ने भएको हो । यसका लागि श्रीलंकाले… Continue reading श्रीलंकाले उघारिदियो बुर्का, मदरसा समेत बन्द हुने

अमेरिकासहित चार मुलुकका सरकार प्रमुखको वार्ताले के निर्णय गर्यो ?

Photo : 24newsHD

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनको पहलमा अमेरिका, भारत, जापान र अस्ट्रेलियाका सरकार तथा राष्ट्रप्रमुखबीचको वार्ता सम्पन्न भएको छ । यी चार मुलुकबीचको समुहलाई क्वाड समूह नाम दिइएको छ । एसियामा चीनको बढ्दो प्रभाव कम गर्न जापानको रणनीतिमा यो समुह सक्रिय भएको हो । लामो समयदेखि बस्न नसकेको बैठक बाइडेनले डाकेका हुन् । शुक्रबार सम्पन्न… Continue reading अमेरिकासहित चार मुलुकका सरकार प्रमुखको वार्ताले के निर्णय गर्यो ?

राष्ट्रपति भण्डारी ढाका जाने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बंगलादेशको भ्रमण गर्ने कार्यक्रम तय भएको छ । राष्ट्रपति निवास स्रोतलाई उदृत गर्दै नेपाली संचारमाध्यमले जनाए अनुसार उनी चैत्र ९ गते दुई दिने भ्रमणका क्रममा ढाका जाने मिति तय भएको हो । बंगलादेश स्वतन्त्र भएको ५० वर्ष पुगेको अवसरमा स्वर्णजयन्ती मनाइदैछ । सोही अवसरमा आयोजना हुने विषय कार्यक्रमको प्रमुख अतिथिका… Continue reading राष्ट्रपति भण्डारी ढाका जाने

सुकीमाथि म्यानमारी सेनाले लगायो घुस लिएको आरोप

काठमाडौं । म्यानमारी सेनाले प्रजातन्त्रवादी नेतृ आङ सान सुकीमाथि घुस लिएको आरोपमा मुद्दा चलाउने तयारी गरेको छ । बीबीसीका अनुसार उनीमाथि सेनाले ६ लाख अमेरिकी डलर बराबरको रकम र सुन अवैध रुपमा लिएको आरोप लगाएको छ । फेब्रुअरी १ मा सेनाले त्यहाँको सरकारलाई अपदस्त गरी सत्ता हातमा लिएको थियो । यो सुकीमाथि लगाइएको सबैभन्दा ठूलो… Continue reading सुकीमाथि म्यानमारी सेनाले लगायो घुस लिएको आरोप

इण्डोनेसियामा पर्यटक बस दुर्घटना, कम्तिमा २६ जनाको मृत्य

Photo: AFP/BAGUS AHMAD

जावा इण्डोनेसिया । इण्डोनेसियामा एक पर्यटक बस दुर्घटनामा परी कम्तिमा २६ जनाको मृत्यु भएको छ । ३५ भन्दा बढी घाइते छन् । यहाँको जावा द्वीपमा पर्यटक सवार बस दुर्घटनामा परेको स्थानीय संचारमाध्यमले जनाएका छन् । घटना बुधबारको हो । स्थानीय पुलिस प्रमुख एको प्रासेत्यो रोब्बियांतोका अनुसार यो बस पश्चिमी जावास्थित सुबांग शहरबाट इस्लामी माध्यमिक स्कूलका… Continue reading इण्डोनेसियामा पर्यटक बस दुर्घटना, कम्तिमा २६ जनाको मृत्य

ब्राजिलमा कोरोनाबाट एकै दिन २ हजार २ सय ८६ को मृत्यु

काठमाडौं । ब्राजिलमा कोरोना भाइरसको सङ्क्रमणले भयाभह रुप लिन थालेको छ । बिबिसीका अनुसार बुधबार यहाँ एकै दिन २ हजार मानिसको कोरोना भाइरसको संक्रमणका कारण ज्यान गएको छ । यो ब्राजिलमा कोरोना महामारीपछि पहिलो पटक भएको ठूलो मानवीय क्षति हो । यस दिन २ हजार २ सय ८६ जनाको मृत्यु भएको छ । कोरोनाबाट सबैभन्दा… Continue reading ब्राजिलमा कोरोनाबाट एकै दिन २ हजार २ सय ८६ को मृत्यु

राष्ट्रपति बाइडेनले एकै पटक तीन मुलुकका प्रधानमन्त्रीसँग सामुहिक वार्ता गर्दै

Photo : 24newsHD

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले एकै पटक अस्ट्रेलिया, भारत र जापानका प्रधानमन्त्रीसँग सामुहिक वार्ता गर्ने भएका छन् । अमेरिकी संचारमाध्यमहरुका अनुसार यो कदमलाई चीनको बढ्दो प्रभाव न्यूनिकरणको पाइलाका रुपमा हेरिएको छ । राष्ट्रपतिबाट पहिलो पटक यस प्रकारको पहल हुन लागेको संचारमाध्यमले लेखेका छन् । वार्ता भर्चुअल विधिबाट शुक्रबार हुनेछ । निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पको… Continue reading राष्ट्रपति बाइडेनले एकै पटक तीन मुलुकका प्रधानमन्त्रीसँग सामुहिक वार्ता गर्दै

ह्यारी र मेघनको अन्तर्वार्ताबारे बेलायती महारानीको प्रतिक्रिया सार्वजनिक, दुःख व्यक्त

लण्डन । राजकुमार ह्यारी र उनकी पत्नी मेघन मर्केलले बेलायती राजपदवी त्याग गरी अलग भएका छन् । उनीहरु राजदरबार छोडेर पहिला क्यानडा पुगे, त्यसपछि एक धनाढ्यको सहायतामा अमेरिका पुगेर त्यही बसोबास गरिरहेका छन् । बेलायतकी महारानी एलिजावेथका नाती राजकुमार ह्यारी र उनकी पत्नी मेघन मर्केलले यसै साता अमेरिकामा एक दिएको एक अन्तर्वाता बहुचर्चित बन्यो ।… Continue reading ह्यारी र मेघनको अन्तर्वार्ताबारे बेलायती महारानीको प्रतिक्रिया सार्वजनिक, दुःख व्यक्त

ट्यूनिसियामा डुंगा दुर्घटना, कम्तिमा ३९ जनाको मृत्यु

Reuters

ट्यूनिसिया । ट्यूनिसियामा भएको डुंगा दुर्घटनामा कम्तिमा ३९ जनाको मृत्यु भएको छ । १६५ जना भन्दा बढी घाइते भएको आंकडा आएको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार दुई वटा डुङ्गा दुर्घटनामा परेका छन् । डुंगा मंगलबार अफ्रिकी साहारा क्षेत्रबाट छुटेका थिए । डुङ्गामा गरिबी र द्वन्द्वका कारण विभिन्न अफ्रिकी मुलुकबाट गैर–कानुनी रूपमा यूरोप छिर्न हिँडेका अफ्रिकी… Continue reading ट्यूनिसियामा डुंगा दुर्घटना, कम्तिमा ३९ जनाको मृत्यु

अफगानिस्तानमा मारिए २१ तालिवान लडाकु

File

काठमाडौं । अफगानिस्तानको दक्षिणी कान्दाहार प्रान्तमा २१ तालिवान मारिएका छन् । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार सरकारी सुरक्षाफौजको कारबाहीमा ती लडाकु मारिएका हुन् । थप १३ जना घाइते रहेको बताइएको छ । तालिबान लडाकू लुकेर बुसेको इलाकालाई लक्षित गरी सेनाले आक्रमण गरेको अफगान हवाईबलको भनाई छ । बलले विज्ञप्ति जारी गर्दै यसको पुष्टी गरेको हो । कान्दाहारको… Continue reading अफगानिस्तानमा मारिए २१ तालिवान लडाकु

पाकिस्तानी प्रधानमन्त्री इमरानले लिए विश्वासको मत, जोगियो पद

इस्लामावाद । पाकिस्तानी प्रधानमन्त्री इमरान खानको प्रधानमन्त्री पद जोगिएको छ । उनले शनिबार संसदको तल्लो सदन नेशनल एसेम्लीबाट विश्वासको मत प्राप्त गरेका छन् । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार सभामुख असद कैसरले प्रधानमन्त्री खानलाई विश्वासको मत मिलेको पुष्टि गरेका हुन् । पाकिस्तानी प्रधानमन्त्रीले आफू प्रधानमन्त्री हुँदा सन् २०१८ मा पाएको कूल मतभन्दा दुई मत बढी अर्थात् १७८… Continue reading पाकिस्तानी प्रधानमन्त्री इमरानले लिए विश्वासको मत, जोगियो पद

म्यानमारमा सेनाको नरसंहार, एकै दिन ३८ प्रदर्शनकारी मारिए

SAI AUNG MAIN/AFP/GETTY IMAGES

काठमाडौं । म्यानमारमा सैन्य शासकविरुद्धको आन्दोलनमा एकै दिन ३८ प्रदर्शनकारीको ज्यान गएको छ । प्रदर्शनमा उत्रिएकाहरुमाथि सुरक्षाकर्मीले गोली चलाएका हुन् । बीबीसीका अनुसार सेनाले सत्ता हातमा लिएपछि अहिलेसम्म ५० प्रदर्शनकारीको मृत्यु भइसकेको छ । सबैको गोली लागेर ज्यान गएको छ । म्यानमारी सेनाले फेब्रुअरी १ मा शासन हत्याएको थियो । सेनाले सत्ता हातमा लिएर एक… Continue reading म्यानमारमा सेनाको नरसंहार, एकै दिन ३८ प्रदर्शनकारी मारिए

जनकपुर र अयोध्या हवाईमार्गबाट जोडिने

Ayodhya Photo Source : Ruhi\wikipedia

काठमाडौं । नेपालको जनकपुर र भारतको अयोध्या हवाईमार्गबाट जोडिने भएका छन् । नेपालको निजी क्षेत्रबाट संचालित बुद्ध एयरले यी दुई शहरको बीचमा हवाई सेवा शुरु गर्ने तयारी थालेको हो । बुद्ध एयरले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणसँग अनुमति मागेको छ । अयोध्यामा अहिले भारतले राम मन्दिर बनाइरहेको छ ।… Continue reading जनकपुर र अयोध्या हवाईमार्गबाट जोडिने

नाइजेरियामा अपहरणमा परेका सयौं किशोरी रिहा

Photo : eminetra.co

जाम्फारा\नाइजेरिया । नाइजेरियामा अपहरणमा परेका सयौं विद्यार्थी किशोरी रिहा भएका छन् । उनीहरुलाई गत शुक्रबार एक हतियारधारी समुहले विद्यालयबाटै अपहरण गरेको थियो । यसअघि प्रहरीले ३ सय १७ जना किशोरी अपहरणमा परेको बताएको थियो । बीबीसीका अनुसार त्यसमध्ये केही किशोरी भाग्न सफल भएका थिए । सोहीकारण कुल अपहरणमा परेका २७९ जना छात्रा रिहा भएका हुन्… Continue reading नाइजेरियामा अपहरणमा परेका सयौं किशोरी रिहा

कस्तो छ बेलायती राजकुमार फिलिपको स्वास्थ्य ?

File Photo by: zz/KGC-178/STAR MAX/IPx 2017

लण्डन । बेलायती महारानी एलिजावेथ द्वितीयाका ९९ बर्षीय श्रीमान् फिलिप बिरामी परेका छन् । बेलायती राजसंस्थाका ज्यूदो इतिहास मानिने राजदम्पत्ति वृद्ध अवस्थामा पनि बिरामी परेको खबर खासै सार्वजनिक भएको थिएन । तर, राजकुमार फिलिपको स्वास्थ्य अवस्थाबारे भने दरवारले नियमित जानकारी सार्वजनिक गरिरहेको छ । बेलायती संचारमाध्यमहरुक अनुसार उनको झण्डै दुई हप्तादेखि लण्डनस्थित अस्पतालमा उपचार जारी… Continue reading कस्तो छ बेलायती राजकुमार फिलिपको स्वास्थ्य ?

म्यानमारमा हिंस्रक बन्यो सरकारविरोधी प्रदर्शन, कम्तिमा १८ को मृत्यु

SAI AUNG MAIN/AFP/GETTY IMAGES

काठमाडौं । म्यानमारमा सैन्य ‘कू’ को विरोधमा ठूल्ठूला प्रदर्शन जारी छन् । पछिल्लो समय प्रदर्शन उग्र बनेको छ । त्यस क्रममा दमन गर्न प्रहरीले गोली चलाएको छ । अहिलेसम्म कम्तिमा १८ जनाको मृत्यु भइसकेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । संयुक्त राष्ट्र संघको मानवाधिकार कार्यालयका अनुसार सबैभन्दा ठूलो हताहती शनिबारयता भएका प्रदर्शनमा भएको छ । कार्यालयका… Continue reading म्यानमारमा हिंस्रक बन्यो सरकारविरोधी प्रदर्शन, कम्तिमा १८ को मृत्यु

भारतमा आजबाट दोस्रो चरणको खोप अभियान, प्रधानमन्त्री मोदीले लगाए खोप

नयाँ दिल्ली । भारतमा आजबाट कोरोना भाइरसको खोप अभियानको दोस्रो चरण प्रारम्भ हुँदैछ । पहिलो चरणमा प्राथमिकतामा रहेकाहरुलाई खोप लगाएर भ्याएको भारतले दोस्रो चरणमा ६० वर्ष भन्दा माथिका नागरिकलाई खोप लगाउँदैछ । यो उमेर समुहमा प्रधानमन्त्री नरेन्द्र मोदी समेत पर्छन् । उनले सोमबार बिहान दिल्लीको एम्स अस्पतालमा खोपको पहिलो डोज लगाएका छन् । मोदी स्वयमःले… Continue reading भारतमा आजबाट दोस्रो चरणको खोप अभियान, प्रधानमन्त्री मोदीले लगाए खोप

एक दशकमा कतारमा मात्र १६४१ नेपालीको मृत्यु

काठमाडौं । वैदेशिक रोजगारीका लागि पुगेका श्रमिकमध्ये नेपालमा औसतः दैनिक दुई जनाको शव आउने गरेको छ । यसमा पनि खाडी मुलुकको तथ्यांक डरलाग्दो छ । त्यसो त खाडी मुलुकमै नेपालीको संख्या पनि अधिक छ । बेलायती पत्रिका द गार्जियनले एक रिर्पोटमा आधारित हुँदै भनेको छ, पछिल्लो एक दशकमा कतारमा मात्र १ हजार ६ सय ४१… Continue reading एक दशकमा कतारमा मात्र १६४१ नेपालीको मृत्यु

हाइटीमा कैदीले गरे जेल ब्रेक, २ सय भागे-२५ को मृत्यु

Photo source : AP

पोर्ट ओ प्रिन्स। हाइटीमा कैदीले गरेको जेल ब्रेक र झडपमा कम्तीमा २५ जनाको मृत्यु भएको छ । २ सय भन्दा बढी कैदी भोगेको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् । घटना शुक्रबार भएको हो । झडपका क्रममा जेलका निर्देशक समेतको ज्यान गएको बताइएको छ । जेलमा झण्डै ४०० कैदी रहेका थिए। राजधानी पोर्ट ओ प्रिन्समा रहेको जेलमा… Continue reading हाइटीमा कैदीले गरे जेल ब्रेक, २ सय भागे-२५ को मृत्यु

साउदी पत्रकार खशोग्जीको हत्या युवराज सलमानको आदेशमा : अमेरिका

खशोग्जी (बायाँ), सलमान (दायाँ) Photo : Asia News

न्यूयोर्क । अमेरिकाले साउदी अरवका पत्रकार जमाल खशोग्जीको हत्या साउदी अरबका युवराज सलमान बिन मोहम्मदकै आदेशमा भएको निष्कर्ष निकालेको छ । अमेरिकी गुप्तचर विभागले खशोग्जीको हत्याबारे रिपोर्ट सार्वजनिक गर्दै यस्तो दावि गरेको हो । राष्ट्रपति जो बाइडेनको प्रशासनले रिपोर्ट सार्वजनिक गर्दै साउदी अरबका युवराज सलमान बिन मोहम्मदले खशोग्जीको अपहरण गरेर हत्याको आदेश दिएको खुलेको बताएको… Continue reading साउदी पत्रकार खशोग्जीको हत्या युवराज सलमानको आदेशमा : अमेरिका

नाइजेरियामा हतियारधारीले गरे ३ सय छात्राको अपहरण, अवस्था अज्ञात

Photo source : AP

जम्फारा\नाइजेरिया । एक साता अगाडी दर्जनौं विद्यार्थी अपहरणमा परी अवस्था अज्ञात रहेको नाइजिरियामा पुनः सयौं छात्रालाई हतियारधारीले अपहरण गरेका छन् । बीबीसीका अनुसार नाइजेरियाको उत्तर पश्चिमी जम्फारा राज्यबाट सयौँ स्कुले बालिका अपहरणमा परेको आशंका छ । रातको एक बजेको समयमा हतियारधारीले ति छात्रालाई अपहरण गरेको एकजना शिक्षकले पुष्टी गरेका छन् । यो घटना शुक्रबार बिहानको… Continue reading नाइजेरियामा हतियारधारीले गरे ३ सय छात्राको अपहरण, अवस्था अज्ञात

संसद पुनर्स्थापना नेपालको आन्तरिक मामिला हो : भारत

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरी मध्यावधी निर्वाचनको मिति तोक्दा धेरैले यसमा भारतले साथ दिएको आशंका गरेका थिए । सोहीकारण प्रधानमन्त्री अतिआत्मविश्वासका साथ प्रस्तुत भएको र यसमा अदालतले समेत प्रधानमन्त्रीकै साथ दिने अनुमान धेरैको थियो । त्यसविपरित सर्वोच्च अदालतले नेपालको संविधानको स्पष्ट व्याख्यासहित प्रधानमन्त्रीको कदमको विपरित फैसला सुनायो । यो प्रकरणबारे भारतले… Continue reading संसद पुनर्स्थापना नेपालको आन्तरिक मामिला हो : भारत

जर्मनीमा कोरोनाको तेस्रो लहर शुरु, लकडाउन लम्बियो

Photo : THOMAS KIENZLE/AFP VIA GETTY IMAGES

जर्मनी । यूरोपेली मुलुक जर्मनीमा कोरोना भाइरसका संक्रमित बढ्न थालेका छन् । तेस्रो लहरका रुपमा आएको भाइरसको संक्रमणले जोखिम बढाएको जर्मन चान्सलर एन्गेला मर्केलले बताएकी छिन् । उनले कन्जरभेटिभ पार्टीका सांसदलाई यसबारे ब्रिफ्रिंग गरेको स्थानीय संचारमाध्यमले जनाएका छन् । उनका अनुसार जर्मनीमा कोरोनाको तेस्रो लहर प्रारम्भ भएको छ । रोयटर्सका अनुसार जर्मनीले लकडाउन केही खुकुलो… Continue reading जर्मनीमा कोरोनाको तेस्रो लहर शुरु, लकडाउन लम्बियो

नेपालसँग अमेरिका सुदृढ सम्बन्ध चाहन्छ : राष्ट्रपति बाइडेन

काठमाडौं । अमेरिकाका राष्ट्रपति जो वाइडेनले अमेरिकाले नेपालसँग सुदृढ सम्बन्ध स्थापित गर्न चाहेको बताएका छन् । अमेरिकाका लागि नेपाली राजदूत डा.युवराज खतिवडाले अमेरिकी विदेश मन्त्रालयमार्फत पठाएको ओहदाको प्रमाणपत्र बुझ्दै राष्ट्रपति वाइडनले यस्तो बताएका हुन् । अमेरिकास्थित नेपाली दूतावासले यस्तो जानकारी गराएको छ । ओहोदाको प्रमाणपत्र बुझ्दै राष्ट्रपतिले साझा एजेण्डाको आधारमा नेपालसँगको सम्बन्ध सुदृढ बनाउन चाहेको… Continue reading नेपालसँग अमेरिका सुदृढ सम्बन्ध चाहन्छ : राष्ट्रपति बाइडेन

कंगोमा इटलीका राजदूतसहित तीनको हत्या

A medical vehicle of the North Kivu hospital is loaded with the body of the driver on a road on the edge of the Virunga National Park near the village of Kibumba, some 25km from Goma, where Italy's ambassador to the Democratic Republic of Congo, his bodyguard and driver, were killed earlier when their car came under gunfire while he was on a field trip on February 22, 2021. (Photo by ALEXIS HUGUET / AFP) (Photo by ALEXIS HUGUET/AFP via Getty Images)

रोम । कङ्गोका लागि इटलीका राजदूत लुका अट्टानासिओसहित तीन जनाको कङ्गोमा हत्या भएको छ। इटलीयन संचारमाध्यमहरुका अनुसार कंगोको पूर्वी क्षेत्रमा पर्ने भिरुङ्गा नेशनल पार्कमा विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)का सुरक्षा दलमाथि आक्रमण भएको थियो । सोही समयमा राजदूतमाथि समेत आक्रमण भयो । आक्रमण राजदूत, उनका अङ्ग रक्षक र चालक मारिएको पुष्टी भएको छ । अन्य केही… Continue reading कंगोमा इटलीका राजदूतसहित तीनको हत्या

विश्वयुद्ध र भियतनाम युद्धमा भन्दा धेरै अमेरिकीको कोरोनाले ज्यान लिनु दुखदः बाइडेन

File Photo : (AP Photo/Paul Sancya)

वासिंटन डिसी । संयुक्त राज्य अमेरिकामा कोरोनाभाइरसको संक्रमणबाट सोमबारसम्म ५ लाख मानिसको ज्यान गएको पुष्टी भएको छ । संसारमा सबैभन्दा बढी प्रभावित मुलुक अमेरिकामा ५ लाख ७१ जनाको ज्यान गइसकेको पुष्टी भएको छ । यो आंकडालाई अमेरिकी राष्ट्रपति जो बाइडेनले एक दुखद पक्ष भएको बताएका छन् । उनका अनुसार पहिलो र दोस्रो विश्वयुद्ध र भियतनामसँगको… Continue reading विश्वयुद्ध र भियतनाम युद्धमा भन्दा धेरै अमेरिकीको कोरोनाले ज्यान लिनु दुखदः बाइडेन