प्रधानमन्त्रीले पार्टी फुटाउने कानुनमा संशोधन चाहनुको अर्थ यस्तो हुन सक्छ

न्युयोर्क पछिल्ला दिनहरूमा नेकपाभित्र विवाद चर्किँदै गएको देखिएको थियो। हालसालै एक अध्यक्ष प्रचण्डले कोरोना भाइरसले निम्त्याएको सङ्कटको सामना गर्न उच्चस्तरीय संयन्त्र गठनको पक्षमा धारणा राखेका थिए। तर प्रधानमन्त्रीले त्यसप्रति असन्तुष्टि जनाउँदै उक्त प्रस्ताव लत्याइ दिएका थिए। प्रचण्डले पूर्वएमालेका नेताहरूबीच फाटो ल्याएर चलखेल गरिरहेको र ओलीको विकल्प खोज्ने तयारी समेत गरेको भन्ने सूचना पाएको प्रधानमन्त्री निकटहरूले… Continue reading प्रधानमन्त्रीले पार्टी फुटाउने कानुनमा संशोधन चाहनुको अर्थ यस्तो हुन सक्छ

पैसा कुरेर बसेका झन्डै ६ करोड ५० लाख अमेरिकाबासीले प्राप्त नगर्ने भए अमेरिकी सरकारको राहत रकम

न्युयोर्क अमेरिकी संघिय सरकार मार्फत प्राप्त हुने कोरोना महामारी राहत रकम कुरेर बसेका थुप्रै अमेरिकाबासीले त्यो रकम प्राप्त गर्ने छैनन् ।  शुक्रबारसम्म अमेरिकामा  ४ लाख ७५ हजार अमेरिकन कोरोना संक्रमित र १७ हजारको मृत्‍यु भै सकेको छ भने झन्डै १ करोड ७० लाख मानिसले बेरोजगार  भत्ताको लागि सरकारी निकायमा निबेदन गरेका छँन् ।  कोरोना महामारीमा… Continue reading पैसा कुरेर बसेका झन्डै ६ करोड ५० लाख अमेरिकाबासीले प्राप्त नगर्ने भए अमेरिकी सरकारको राहत रकम

अमेरिकामा स्वास्थ बीमा नहुनेले कोरोना संक्रमण उपचारको चिन्ता गर्नु नपर्ने

न्युयोर्क अमेरिकामा यती बेला कोरोनाको महामारी चलेको छ । कतिपयलाई कोरोना भाईरसको संक्रमण भै हाल्यो भने स्वास्थ बिमा नहुँदा कसरी उपचार गर्ने होला र ठुलो खर्चको ब्यबस्थापन गर्ने होला भन्ने चिन्ताले समेत सताएको छ ।तर अब स्वास्थ बिमा नहुनेले पनि कोरोना संक्रमणको उपचारको लागि चिन्ता गर्नु नपर्ने भएको छ ।स्वास्थ बिमा नभएका कोरोनाका त्यस्ता बिरामीको… Continue reading अमेरिकामा स्वास्थ बीमा नहुनेले कोरोना संक्रमण उपचारको चिन्ता गर्नु नपर्ने

कोभिड -१९ को उपचारमा अमेरिकामा उदायो नयाँ आशा

न्युयोर्क हरेक अंध्यारो पछी उज्यालो पक्का आउँछ अनी खराब समय सधैं रहदैन भने जस्तो अमेरिकामा अब बिस्तारै कोरोना भाईरसबाट बच्ने उपचार बिधी पहिल्याईदै छ।अमेरिकाको न्युयोर्क शहरमा ४ हजार जना कोभिडका बिरामीहरुलाई एन्टीमलेरियाको औषधी  हाईड्रोक्सक्लोरोकुईन दिएर उपचार सुरु गरिएको राज्यका स्वास्थ अधिकारीहरुले जनाएका छँन् ।न्युयोर्क राज्यका स्वास्थ अधिकारीहरुले बताएका छँन् -डिपार्ट्मेन्ट अफ हेल्थले न्युयोर्कका ५६ वटा अस्पातलमा उपचारत ४… Continue reading कोभिड -१९ को उपचारमा अमेरिकामा उदायो नयाँ आशा

नेपाली युवा सम्मेलन टेक्सासमा आज, युवाका विविध मुद्दामा छलफल हुने

माधव गुरुङ/टेक्सास गैर आवासिय नेपाली संघ अमेरिकाको युवा समितिको आयोजनामा पहिलो पटक नेपाली युवा सम्मेलन आइतबार (फेब्रुअरी २३) हुँदैछ । अमेरिकाको टेक्सास राज्यस्थित टेक्सास युनिभर्सिटिको स्टार हलमा आयोजना हुन लागेको सम्मेलनमा विभिन्न राज्यमा बसोबास गर्ने नेपाली युवाहरुलगायत विभिन्न विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरुको उल्लेख्य सहभागिता रहनेछ । कार्यक्रममा अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कार्की, एनआरएन… Continue reading नेपाली युवा सम्मेलन टेक्सासमा आज, युवाका विविध मुद्दामा छलफल हुने

अमेरिकाको भर्जिनियामा बन्दुकसम्बन्धी र्‍यालीमा हिँसाको आशंकामा आपत्‌काल घोषणा गरियो

बन्दुक राख्न पाउने अधिकारको समर्थनमा अमेरिकाको भर्जिनिया राज्यको रिचमन्ड शहरमा हजारौँ मानिस सोमवार एउटा वार्षिक र्‍यालीमा सहभागी हुने अपेक्षा गरिएको छ।उक्त र्‍याली हिंसात्मक हुन सक्ने राज्यका अधिकारीहरूको आशङ्का छ। गभर्नर राल्फ नर्थमले भर्जिनियामा आपत्‌कालीन अवस्थाको घोषणा गर्दै संसद्‌ भवन वरिपरिका क्षेत्रमा गोलीगट्ठाको प्रदर्शनमा प्रतिबन्ध लगाएका छन्। तर बन्दुक राख्न पाउने नियम हुँदाहुँदै नियन्त्रण गर्ने कैयौँ… Continue reading अमेरिकाको भर्जिनियामा बन्दुकसम्बन्धी र्‍यालीमा हिँसाको आशंकामा आपत्‌काल घोषणा गरियो

न्युयोर्कस्थित एक धार्मिक पर्वमा ५ जुईस माथि खुँडा प्रहार

न्युयोर्क न्युयोर्क राज्यस्थित एक शहरमा हनुक्का पर्व मनाईरहेका जुईसहरु माथि सांघातिक आक्रमण हुँदा ५ जना घाईते भएका छन् ।अन्य राज्यहरुका तुलनामा धेरै भाषा, बर्ण जाती र धर्मलाई प्रतिनिधित्व गर्ने न्युयोर्क राज्यस्थित रकल्यान्ड काउन्टीको एक घरमा हनुक्का पर्व मनाई रहेको समयमा शनिबार राती एक अज्ञात ब्यक्ती प्रबेस गरी खुँडा प्रहार गरेको हो । घटनामा दुई जनाको… Continue reading न्युयोर्कस्थित एक धार्मिक पर्वमा ५ जुईस माथि खुँडा प्रहार

छुट्टिमा निस्किएका रास्ट्रपति ट्रम्पलाई बढ्दैछ बेचैनी ,छटपटिमा पटक पटक ट्विट

गुगल फाईल फोटो

प्रभात भट्टराई/अमेरिका अमेरिका लगायत क्रिश्चियन बहुल पश्चिमा मुलुकहरुमा चाडको माहोल छ । क्रिसमस मनाउन राज्य चलाउने नेता, विजनेश दुनियाँका बादशाह अर्बपति देखि आम नागरिकसम्म ‘छुट्टि’को मुडमा छन् । गाउँ शहर सबैतिरका घर झिलिमिली सजाइएको छ । ठाउँ ठाउँमा क्रिसमस ट्रि ठड्याइएका छन् । कुनै चोकमा शान्ताक्लर्कहरु उभिएर चकलेट बाँड्दैछन् । हरेक स्टोरमा कामगर्नेहरु क्रिसमसको प्रतिनिधी… Continue reading छुट्टिमा निस्किएका रास्ट्रपति ट्रम्पलाई बढ्दैछ बेचैनी ,छटपटिमा पटक पटक ट्विट

अमेरिकाको सिकागोमा अाईतबार बिहान फेरी मास सुटिङ् ,१३ घाईते

सिकागो अमेरिकाको सिकागो स्थित दक्षिणि शहर एङलउडमा अाईतबार बिहान गोली चल्दा १३ जना घाईते भएका छँन् ।स्थानिय प्रहरीले  घटना ब्यक्तिगत निवासमा आयोजित एक भोजमा घटेको जनाएको छ ।घटना रातको १२:३० बजे घटेको प्रहरी श्रोतले बताएको छ ।अन्दाजी  ६ ,७ राउन्ड गोलीको आवाज सुनिएको र केही समय पछी मानिसहरु भागाभाग गरेको देखेको एक छिमेकीले स्थानिय संचार माध्यमहरुलाई… Continue reading अमेरिकाको सिकागोमा अाईतबार बिहान फेरी मास सुटिङ् ,१३ घाईते

दिन आएपछि यसरी पनि मृत्‍यु

मान्छे संसार जित्न कोशिस गर्ने प्राणी हो । सफलता हासिल गरेर शिखर चुम्ने प्राणी पनि हो – मानव । जंगली युगलाई आजको बिज्ञान र प्रबिधिको युगमा ल्याउने पनि मानिस नै हो । तर के गर्नु जे नै गरे पनि, जसो नै गरे पनि भाग- भोग सकिएको दिन यो भौतिक शरीर छाडेर जानै पर्छ । न… Continue reading दिन आएपछि यसरी पनि मृत्‍यु

आठ वर्षसम्म जिब्रो छेड्ने जुजुभाइको नछापिएको कथा

तस्बिर श्रोत : काठमाडौ पोस्ट

विश्वन्युज संवाददाता काठमाडौं ‘तिम्ले यो गर्न सक्दैनौँ, तीन दिन भोकै बस्नुपर्छ, एक महीनादेखि तयारी गर्नुपर्छ, सबैलाई भोज खुवाउनुपर्छ’ भनेर गाउँलेले जिब्रो छेड्न डर देखाएका थिए । त्यसो त झक्तपुर थिमिको बिस्का (बिस्केट) जात्रामा जिब्रो छेड्दा रगत बग्यो भने अनिष्ट हुन्छ भन्ने जनविश्वास रहेकोले डर पलाउनु स्वभाविक थियो । “गाउँलेको कुरा मेरो दिमागमा खेलिरह्यो, डर पनि… Continue reading आठ वर्षसम्म जिब्रो छेड्ने जुजुभाइको नछापिएको कथा

एन आर एनमा विवादका बीच कार्य विभाजन, बैठक सञ्चालनमा महासचिवको असक्षमता

विश्वन्युज संवाददाता काठमाडौं गैरआवासीय नेपाली संघ (एनआरएनए)को साइबर कन्फ्रेन्स बैठक शनिबार सम्पन्न भएको छ । एनआरएनए आईसीसीका २१ नयाँ सदस्य चयनमा चर्को विवाद भएको छ । विवादबीच अमेरिका क्षेत्रबाट पासाङ शेर्र्पा, डा. हरि दाहाल, विष्णुमाया परियार, यमुना भट्टराई, प्रमोद सिटौला र पुरुषोत्तम बोहोरा आईसीसी सदस्य बनेका छन् । त्यस्तै, युरोप क्षेत्रबाट रामशरण सिंखडा, भक्त गुरुङ,… Continue reading एन आर एनमा विवादका बीच कार्य विभाजन, बैठक सञ्चालनमा महासचिवको असक्षमता

कक्षा ९ मै लभबारे थाहा पाएँ ः केकी

फाईल तस्बिर

केकी अधिकारी नेपाली चलचित्र क्षेत्रमा चर्चित नाम हो । काठमाडौंको जोरपाटीमा सन् १९८८ मा जन्मिएकी अधिकारी नेपाली चलचित्र क्षेत्रमा सफल नायिकाका रुपमा स्थापित छन् । स्वर चलचित्रबाट अभिनय थालेकी अधिकारी पछिल्लो समय चालबाजको अभिनयमा व्यस्त छन् । यो चलचित्रको सुटिङ भारतको दार्जीलिङबाट सुरु भएको हो । यो चलचित्रमा केकीको मुख्य भूमिका छ । केकी छ… Continue reading कक्षा ९ मै लभबारे थाहा पाएँ ः केकी

नियमित खुर्सानी खाँदा यस्तो अचम्मको फाईदा

भान्छामा स्वादको लागि प्रयोग गरिने खुर्सानीमा अचम्मको गुण पत्ता लागेको छ । बढ्दो हृदयघातको समाचार आईरहँदा नियमित रुपमा खुर्सानी खाने मानिसहरुलाई हृदयघातको सम्भावना निकै कम हुने गरेको नयाँ तथ्य सार्वजनिक भएको छ । हप्तामा चार पटक पिरो खुर्सानी खाने मानिसहरुको मृत्‍यु हृदयघातका कारण हुने सम्भावनामा ४० प्रतिशतले कमी हुने गरेको तथ्य सार्वजनिक भएको हो ।… Continue reading नियमित खुर्सानी खाँदा यस्तो अचम्मको फाईदा

लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थल रोक्ने षड्यन्त्र गर्दै भारत

तस्बिर श्रोत : गुगल फ़ाईल फोटो

विश्वन्युज संवाददाता काठमाडौं भारतले एकपछि अर्को गर्दै नेपालमा प्रहार गरिरहेको छ । सीमा विवाद चर्किएको अवस्थामा भारतले नेपालको हवाई उडड्यन क्षेत्रलाई समस्यामा पार्न थालेको छ । रुपन्देहीको भैरहवामा निर्माण भैरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अन्तिम चरणमा छ । तर, सञ्चालनका लागि तयार भैसक्ने बेलामा भारतले हवाई रुट नदिएकाले नेपाल समस्यामा परेको छ । नेपालले… Continue reading लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थल रोक्ने षड्यन्त्र गर्दै भारत

एकजनालाई अनुकूल हुने गरी प्रदेश राजधानी हुँदैन

अष्टलक्ष्मी शाक्य नेता, नेकपा अष्टलक्ष्मी शाक्य नेकपाको नेता हुन् । पूर्वमन्त्रीसमेत रहेकी शाक्यको पछिल्लो समय सक्रियता निकै घटेको छ । अहिले शाक्यको जिम्मेवारी प्रदेश तीनको सांसदको मात्र रहेको छ । त्यसले पनि उनको सक्रियता घटेको होला भन्ने अनुमान धेरैले गरेका छन् । वर्तमान सरकारको गतिविधि, काम गर्ने शैली लगायतका बारेमा शाक्यको धारणा के छ त… Continue reading एकजनालाई अनुकूल हुने गरी प्रदेश राजधानी हुँदैन

मेरो जितले काँग्रेस मात्तिनु र नेकपा आत्तिनु पर्दैन ।

कृष्णलाल भँडेल नवनिर्वाचित प्रदेश सांसद क्षेत्र नम्बर १ (क), भक्तपुर देशभरिका १ प्रतिनिधि सभा, ३ प्रदेश सभा, १ उपमहानगर, ४ गाउँपलिका र ४३ वडा अध्यक्षका लागि भएको चुनावमा पहिलो स्थान सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले हात पारेको छ भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले दोस्रो स्थान पक्का गरेको छ । यी दुई दलबीच प्रतिष्पर्धा मात्र… Continue reading मेरो जितले काँग्रेस मात्तिनु र नेकपा आत्तिनु पर्दैन ।

चिकित्सकसंग विवाह गर्दै नायिका आँचल

काठमाण्डौ बेलाबेलामा चर्चामा आउने नायिका आँचल शर्मा दवाडी विवाहको अन्तिम तयारीमा छन् । मंसिरको अन्तिम हप्ता उनले विवाह गर्ने तयारी गरेकी छन् । डा. उदीप श्रेष्ठसँग उनले घरजम गर्न लागेकी हुन् । यी दुई एक वर्षदेखि प्रेममा रहेको उनी निकटहरुले बताएका छन् । दुवैतर्फको परिवारसमेत सहमत भएकाले यही मंसिरमा उनले घरजम गर्ने लगभग निश्चित भएको… Continue reading चिकित्सकसंग विवाह गर्दै नायिका आँचल

काम गर्दा गर्दै लुटेरासंग झडप भएको छ ? क्राइम भिक्टिमहरुलाई व्यवस्था यस्तो छ ।

रमेश श्रेष्ठ कानुन ब्यबसायी, न्युयोर्क म टेक्ससमा बस्छु । मलाई स्टोरमा काम गरिरहेका बेला केही व्यक्तिहरुले आई लुट्न खोज्दा मैले प्रतिवाद गरें र उनीहरुले मलाई कुटपिट गरे । मेरो शरीरमा विभिन्न चोटपटकका साथै मेरो दाहिने हात फ्रयाक्चर हुन पुग्यो । अहिले त्यो घटनाको पुलिस केस चलिरहेको छ । लोकल अस्पतालमा ट्रिटमेन्ट गरिरहेको छु । म… Continue reading काम गर्दा गर्दै लुटेरासंग झडप भएको छ ? क्राइम भिक्टिमहरुलाई व्यवस्था यस्तो छ ।

पीडामा पूर्व राजा ज्ञानेन्द्र, पीडित हिमानी र पारसको मस्ती नै मस्ती

तस्बिर : साझा संजाल

विश्वन्युज संवाददाता काठमाडांंै पूर्वराजा ज्ञानेन्द्र शाह बेलाबेलामा विभिन्न क्रियाकलापले चर्चामा आउने गरेका छन् । छोरा पारसका कारण धेरैजसो समय उनी समस्यामा पर्छन् । तर, बेलाबेलामा सार्वजनिक रुपमा गर्ने विभिन्न कारणले उनी चर्चामा आउँछन् । पछिल्लो समय उनको चर्चा काठमाडौंको एक नाइट क्लबमा नाचेपछि भएको छ । धेरैले उनलाई खुसी र हँसिलो देखे । तर, उनको… Continue reading पीडामा पूर्व राजा ज्ञानेन्द्र, पीडित हिमानी र पारसको मस्ती नै मस्ती

मृगौला दिने आफन्त सहित प्रधानमन्त्री ओली बाल्टिमोरको अस्पतालमा उपचार गर्न आउंदै

बिश्वन्युज संवाददाता काठमाडांैं प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि बाल्टीमोर आउने तयारीमा छन् । प्रधानमन्त्रीको उपचारका लागि अमेरिकास्थित नेपाली राजदूत डा. अर्जुनकुमार कार्कीले तयारी थालेका छन् । त्यसका लागि नेपालबाट चिकित्सकसहितको टोली अमेरिका आएर तयारी थालेको बालुवाटार स्रोतले जनाएको छ । चर्चा–परिचर्चा भए पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले भने अहिलेसम्म औपचारिक रुपमा अमेरिकामा उपचार हुने… Continue reading मृगौला दिने आफन्त सहित प्रधानमन्त्री ओली बाल्टिमोरको अस्पतालमा उपचार गर्न आउंदै

अब अमेरिका र युरोपमा पर्वतको  सातु

काठमाडौं । नेपालको पर्वत जिल्लामा उत्पादन भएको सातु अब अमेरिकामा पनि पाइने भएको छ । सामुदायिक खाद्य प्रशोधन उद्योग मार्फत उत्पादन भएको मकैको सातुले अमेरिका र युरोपको बजारमा लोकप्रीय बनेको छ । पोषिलो खानेकुरा भए पनि आजभोली गाउँमा मकै लगायतका अन्न पिसेर बनाइने सातुको भाग हराएको छ । तर शहर बजार र विदेशमा बस्ने नेपालीका… Continue reading अब अमेरिका र युरोपमा पर्वतको  सातु

अाईतबार बिहान राष्ट्रपती ट्रम्पले राष्ट्रका नाममा बिशेष सम्बोधन गर्दै

शनिबार  राती राष्ट्रपती डोनाल्ड ट्रम्पले एकदम ठुलो घटना घटेको जनाउदै ट्विट गरेका छँन् ।सामान्यतया दिनमा १० देखी १५ ,१६ पटक सम्म ट्विट गर्ने राष्ट्रपती ट्रम्पको उक्त ट्विटले निकै ठुलो राजनीतिक घटनाको संकेत गेरेको छ । शनिबार  राती ९ बजेर २० मिनेटमा ट्विट गर्दै ट्रम्पले लेखेका छँन् ” समथिङ भेरी बिग ह्याज जस्ट ह्यापेन्ड ” ।  … Continue reading अाईतबार बिहान राष्ट्रपती ट्रम्पले राष्ट्रका नाममा बिशेष सम्बोधन गर्दै

गैर आवासीय नेपाली संघको नयाँ नेत्रित्वमा कुमार पन्त

काठमाडौ ।   गैर आवासीय  नेपाली संघको आगामी दुई बर्षको लागि नयाँ नेत्रित्वमा कुमार पन्त बिजयी भएका छँन् । नेकपा समर्थन पाएको भनिएका पन्त ले १२१७ मत पाएका थिए भने उनका प्रतिद्वन्दी नेपाली काङ्रेस समर्थक उमेद्वार कुल आचार्यले १०७० प्राप्त गरे ।  त्यसैगरी उपाध्यक्षमा बद्री केसी -११६३ अर्जुन कुमार श्रेष्ठ-१०२६  मन केसी -९६१ र सोनाम… Continue reading गैर आवासीय नेपाली संघको नयाँ नेत्रित्वमा कुमार पन्त

काठमाडौको जगडोलस्थित झन्डा पार्कमा बडा दसैंको उपलक्ष्यमा चंगा चेट प्रतियोगिता सम्पन्न

तस्बिर: अजय पौडेल

काठमाडौं काठमाडौं उपत्यकाको सुन्दर गाउँ कपनको जगडोलस्थित झण्डा पार्कमा बडा दशैंको उपलक्ष्यमा चङ्गा चेट प्रतियोगिता तथा बिबिध मनोरन्जनात्मक कार्यक्रम सम्पन्न भएको छ ।यज्ञडोल जगडोल युवा क्लबको आयोजनामा आयोजित चङ्गा चेट प्रतियोगितामा कपन, बौद्ध, जोरपाटी, गोकर्ण, आरुबारी, तिनचुले, चुनिखेल लगायतका गाउँका स्थानीयहरुको बाक्लो उपस्थिती रहेको थियो । स्थानीय गोकर्णेश्वर र बुढानिलकण्ठ नगरपालिकाका मेयरद्वय सन्तोष चालिसे र… Continue reading काठमाडौको जगडोलस्थित झन्डा पार्कमा बडा दसैंको उपलक्ष्यमा चंगा चेट प्रतियोगिता सम्पन्न

न्यूयोर्क ज्याक्सन हाइट्समा एभरेष्ट क्रेडिट युनियनको औपचारिक सुभारम्भ

न्यूयोर्क । अमेरिकामा नेपालीहरुले प्रवद्र्धन गरेको पहिलो सामुदायीक बैंक एभरेष्ट क्रेडिट युनियनको शनिबार (अक्टुबर ५ तारिख) औपचारिक उद्घाटन भएको छ । न्यूयोर्क ज्याक्सन हाइट्स स्थित ७४–१८ ३७ रोडमा रहेको युनियनको मुख्यालयमा आयोजित एक समारोहमा फूलपातीको अवसर पारेर संस्थाको औपचारिक उद्घाटन गरिएको हो । क्रेडिट युनियनका अध्यक्ष डिल्ली भट्ट, शेर्पा किदुगका अध्यक्ष उर्गेन शेर्पा र गैर… Continue reading न्यूयोर्क ज्याक्सन हाइट्समा एभरेष्ट क्रेडिट युनियनको औपचारिक सुभारम्भ

विश्वका २३ देशमा नेपाली रक्तदाता संघ बिस्तार

प्रेम लामिछाने फ्रान्स नेपाली रक्तदाता संघ, फ्रान्सको उद्घाटन तथा शपथ ग्रहण समारोह फ्रान्सको कुर्कुरोनमा सम्पन्न भएको छ । फ्रान्ससँगै अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघ विश्वको २३ वटा देशमा बिस्तार भएको छ । गैरआवासीय नेपालीहरुबीच रक्तदान गर्न प्रोत्साहन गर्ने उद्देश्यले विश्वका विभिन्न देशहरुमा बिस्तार भएसँगै यो संस्थाको स्थापनाले रक्तदानको क्षेत्रमा युरोपमा विशेष भूमिका खेल्ने विश्वास गरिएको छ… Continue reading विश्वका २३ देशमा नेपाली रक्तदाता संघ बिस्तार

अमेरिकी रास्ट्रपति महाअभियोग- यता टाल्यो उता भत्किने अवस्थामा ट्रम्प प्रशासन

फाईल फोटो

प्रभात भट्टराई अमेरिका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध हाउस डेमोक्र्याटले महाअभियोग प्रक्रिया अघि बढाउने निर्णय गरेसँगै सरकार र यसका निकट व्यक्तिबारे एकपछि अर्को पोल खुल्न थालेका छन् । यसले ट्रम्प प्रशासनलाई थप अप्ठ्यारोमा धकेल्न थालेको छ । ट्रम्प लोकप्रिय रहेका राज्यमा २०२० मा पुनर्निर्वाचित हुन चुनाव लड्न लागेका केही सिनेटरबाहेक अरु रिपब्लिकन सिनेटरले ट्रम्पको बचाउ गरेका… Continue reading अमेरिकी रास्ट्रपति महाअभियोग- यता टाल्यो उता भत्किने अवस्थामा ट्रम्प प्रशासन

पर्यटन वर्ष २०२० को सन्देश प्रवाहमा सरकार जुटेको छ : मन्त्री भट्टराई

विश्व न्यूज संवाददाता अमेरिका । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पर्यटन बर्ष २०२० को सन्देश प्रवाहको कार्यमा सरकार जुटिरहेको बताएका छन् । इन्टरनेशनल सिभिल एभियसन अर्गनाइजेशन(आइकाओ)को वैठकमा सहभागि हुने क्रममा हाल क्यानडामा रहेका पर्यटनमन्त्री भट्टराईले नेपाल भ्रमणको निम्ति राम्रो गन्तव्य भएको प्रचारमा सरकारको ध्यान केन्द्रीत रहेको बताए । विभिन्न देशका झण्डैं २… Continue reading पर्यटन वर्ष २०२० को सन्देश प्रवाहमा सरकार जुटेको छ : मन्त्री भट्टराई

नेपाल र युएईका बीचमा हवाई सम्झौता

विश्व न्यूज संवाददाता अमेरिका । नेपाल र संयुक्त अरब इमिरेट्स(युएई) का बीचमा हवाई सेवा सम्झौतामा हस्ताक्षर भएको छ । इन्टरनेशनल सिभिल एभियसन अर्गनाइजेशनको वैठकमा सहभागि हुनका लागि क्यानडामा रहेका नेपालका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई र युएईका अर्थमन्त्री सुल्तान बीन साइद अल्मान्सोरीले हवाई सेवा सम्झौतामा हस्ताक्षर गरेका हुन् । दुई देशका बीचमा… Continue reading नेपाल र युएईका बीचमा हवाई सम्झौता