म्यानचेष्टर न्यूह्यामसर नेपाली समाजको आयोजनामा शनिबार बृहत दशैं उत्सव साँझ सम्पन्न भएको छ । राज्यका बिभिन्न भेगमा बसोबास गर्ने नेपालीहरु म्यानचेस्टरमा भेला भएर सामुहिक रुपले दशै साँझ मनाएका हुन् । उत्सवमा बिभिन्न सांगितक एवं सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । साथै दशैं साँझको अवसर पारेर समाजले पूर्व अध्यक्ष एवं समाजवेसी रविन थापालाई सम्मान समेत गरेको… Continue reading न्यूह्यामसरमा दशैं उत्सव, समाजसेवी थापा र गुरुङ सम्मान्नित
Author: Vishwanews.com
समिट एनएचएनसी कप–२०२४ सम्पन्न
म्यानचेस्टर न्यूह्यामसर नेपाली समाजले आयोजना गरेको ‘समिट एनएचएनसी कप–२०२४’ को उपाधि एनएचएनसी फूटबल टिमले हात पारेको छ । न्यूह्यामसर राज्यको म्यान्चेष्टर शहरस्थित रकरिमन फूटबल मैदानमा शनिबार आयोजित फाईनल खेलमा एनएचएनसी फूटबल टिमले भरमण्ट फूटबल क्लबलाई पराजित गर्दै उपाधि जितेको हो । विजेता एनएचएनसी फूटबल टिमले नगद पाँच हजार डलरसहित ट्रफी र मेडल प्राप्त गरेको छ… Continue reading समिट एनएचएनसी कप–२०२४ सम्पन्न
न्यूह्यामसायरमा सामुहीक तीजको रौनक (तस्वीरहरु)
म्यानचेस्टर न्यूह्यामसायरमा बसोबास गर्ने नेपाली महिलाहरुले संयुक्त रुपमा तीज मनाउने एवं दर खाने कार्यक्रम सम्पन्न छन् । न्यूह्यामसायर नेपाली समाजको सहजिकरणमा न्यूह्यामसायर दिदी बहिनी समुहले आयोजना गरेको सामुहिक तीज उत्सवमा राज्यभरबाट महिलाहरुले सहभागिता जनाएका थिए । अघिल्लो शनिबार मेरिम्याकमा आयोजित उत्सवमा २०० हाराहारी दिदी बहिनी सहभागी भएको समुहकी अध्यक्ष किरण गुरुङले जानकारी दिइन् । ‘सिकोष्ट… Continue reading न्यूह्यामसायरमा सामुहीक तीजको रौनक (तस्वीरहरु)
बाल्यकालको क्यान्सरबारे सचेतना जगाउन काठमाडौँ-इलाम साइकल यात्रा
काठमाडौँ दिर्घजिवी स्वयंसेवी संस्थाका संस्थापक अध्यक्ष समिर श्रेष्ठले लाइन्स क्लव अफ काठमाडौँ दिर्घजिवीको सहकार्यमा काठमाडौँ देखि इलामसम्मको साइकल यात्रा सम्पन्न गरेका छन् । ‘ह्विल्स अफ होप’ नाम दिएर नोभेम्बर ६ मा साताव्यापी साइकल यात्रा सुरु गरिएको थियो । बाल्यकालमा लाग्ने क्यान्सरबारे सचेजना जगाउने उद्धेश्यले साइकल यात्रा आयोजना गरिएको लाइन्स क्लव अफ काठमाडौँ दिर्घजिवीका प्रेसिडेन्ट महेश… Continue reading बाल्यकालको क्यान्सरबारे सचेतना जगाउन काठमाडौँ-इलाम साइकल यात्रा
क्यान्सर जितेका बालबालीकाहरुको भेला, रोगबारे चेतना जगाउने प्रण
काठमाडौँ क्यान्सर पिडित बालबालिकाहरुलाई सहयोग गर्दै आएको दिर्घजिवी स्वयंसंवी संस्था एवं लाइन्स क्लव डिस्ट्रिक्ट ३२५ के अन्तर्गत जोन २१ (ट्रिजा ढकाल) र जोन २८ (सुलोचना मानन्धर) को आयोजनामा राजधानीमा दुई दिने ‘चाइल्डहुड क्यान्सर सर्भाइभर मिट’ सम्पन्न भएको छ । भदौ १० र ११ मा आयोजित बरिस्ठ हास्य कलाकार मदन कृष्ण श्रेष्ठ, लाइन्स क्लव डिस्ट्रिक्ट ३२५… Continue reading क्यान्सर जितेका बालबालीकाहरुको भेला, रोगबारे चेतना जगाउने प्रण
फेसबुकमा लाइकमा शुल्क लाग्ने
लन्डन—फेसबुकले लाइक तथा सेयरको मात्राका आधारमा शुल्क लाग्ने नयाँ नियम ल्याउने तयारी गरेको छ। उक्त नियम अनुसार थोरै मात्र बजार विस्तार गरेका सञ्चार क्षेत्रलाई प्रभाव पार्ने देखिन्छ। फेसबुकले अहिले परीक्षण गरिरहेको यो नियम कार्यान्वयनमा आएपछि फेसबुकमा कुनै पनि समाचारले पाउने लाइक तथा सेयरका मात्राअनुसार फेसबुक कम्पनीलाई शुल्क तिर्नुपर्ने हुन्छ। फेसबुकको उक्त नियमले साना मिडियाहरू प्रत्यक्ष… Continue reading फेसबुकमा लाइकमा शुल्क लाग्ने
टेलिकमको अफर तीन महिना थपिंदै
नेपाल टेलिकमले हाल उपलब्ध गराएको ‘प्रमोसनल अफर’हरुलाई थप तीन महिनाका लागि निरन्तरता दिएको छ । कम्पनीले अलटाइम डाटा प्याकेज, नाइट डाटा प्याकेज, फोरजी डाटा प्याक, नाइट भ्वाइस प्याक, सियुजी प्याकेज, फेसबुकरइन्स्टाग्राम डाटा प्याकलगायत १० किसिमका अफरहरुलाई निरन्तरता दिएको जनाएको हो । उपभोक्ताहरुले अत्यधिकरुपमा रुचाएकाले यी अफरलाई निरन्तरता दिइएको कम्पनीको भनाइ छ । यी अफर २०७४… Continue reading टेलिकमको अफर तीन महिना थपिंदै
बढी समय स्क्रीनमा बिताउने बच्चाको मस्तिष्कमा नकारात्मक प्रभाव
वासिङ्टन, (एजेन्सी) । अनुसन्धाताले प्रारम्भिक तथ्याङ्कको विश्लेषणबाट मोबाइलजस्ता स्मार्ट उपकरणको बढी प्रयोग गर्ने तथा भिडियो खेलमा बढी समय बिताउने बालबच्चाको मस्तिष्कमा ‘भिन्न संरचना’ भेटिएको बताएका छन् । आधुनिक यस्ता उपकरणबाट बाल मस्तिष्कमा पर्ने प्रभावका बारेमा हाल संयुक्त राज्य अमेरिकामा गहन अध्ययन भइरहेको छ । राष्ट्रिय स्वास्थ्य इन्स्टिच्यूट (एनआईएच)को प्रारम्भिक अध्ययनमा दिनमा सात घण्टाभन्दा बढी समय… Continue reading बढी समय स्क्रीनमा बिताउने बच्चाको मस्तिष्कमा नकारात्मक प्रभाव
किन लगाउछन राष्ट्रपती ट्रम्प लामो टाई ?
अमेरिका । हरेक मान्छेले लगाउने टाई फरक फरक रङ्गका हुन्छन् । फरक फरक गुणस्तरका हुन्छन् । टाई कसैले लामो पारेर तल सम्म झारेका हुन्छन् त कसैले अली छोटो टाई लगाउछन् । लामो टाई लागाउनेमा एकजना हुन अमेरिकी राष्ट्रपती डोनाल्ड ट्रम्प । आखिर किन राष्ट्रपती ट्रम्प निक्कै लामो टाई लगाउछन् । म्यासिचुइस्टेट्स युनिभर्सिटीका मनोविज्ञान बिषयका प्रोफेसर… Continue reading किन लगाउछन राष्ट्रपती ट्रम्प लामो टाई ?
अमेरिकामा लोखर्केले गर्यो जाडो सकिएको भबिश्यबाणी
न्यूयोर्क शनिबार बिहान पेन्सेलभनिया राज्यको पंसटोनी शहरमा झिसमिसे देखी हजारौँको भिड लाग्यो । कारण थियो मौसम बिज्ञ लोखर्केले घोषणा गर्ने आगामी मौसमको भबिस्यबाणी । हरेक बर्ष फेबरुअरीमा क्यानडा र अमेरिकामा मनाइने ‘ग्राउन्ड हग डे’ उत्सव पेन्सलभानियामा शनिबार (फेब्रुअरी २) मनाईयो । सन् २०१० मा जन्मिएको पंसटोनी फिल नामक लोखर्केले आज बिहान घाममा आफ्नो छाँया नदेखेका… Continue reading अमेरिकामा लोखर्केले गर्यो जाडो सकिएको भबिश्यबाणी
एउटा खुट्टाले कत्थक नाच्ने सीताको कथा
म चञ्चले स्वभावकी थिएँ, नाम सीता सुवेदी । आमाले कति फुरफुर गरिराकी भन्नुहुन्थ्यो । गीत बजेको सुन्नेबित्तिकै खुट्टा सलबलाउन थाल्थ्यो । एक ठाउँमा बस्नै नसक्ने खालकी थिएँ । चितवन मेघौलीको हाम्रो घरमा आउने आफन्त पाहुनाले कति राम्री फुच्ची, हिरोइन बन्ला जस्ती छे, भन्थे । म गदगद भएर भित्र बाहिर गरिरहन्थे । ‘चकचके सीता’ भन्थे मलाई… Continue reading एउटा खुट्टाले कत्थक नाच्ने सीताको कथा
कम सुत्नेलाई मुटु रोगको जोखिम
अमेरिका । जो मानिस रातिमा ६ घण्टा भन्दा कम सुत्छ उसलाई ६ घण्टा भन्दा धेरै सुत्नेलाई भन्दा ३५ प्रतिशत बढी हृदय रोग लाग्ने सम्भावना भएको खोज तथा अनुसन्धानकर्ताहरुले बताएका छन् । कम सुताईको कारण मानिसको मुटुमा भएको धमनीहरु साघुरो हुन पुग्दछन् र कोरोनरी आर्ट्रिज सम्बन्धी रोग लाग्दछ र जसवाट हृदयघात हुन पुग्दछ । म्याड्रिड स्थित… Continue reading कम सुत्नेलाई मुटु रोगको जोखिम
दादुराको कारण वासिङ्टन राज्यमा संकटकाल घोषणा
न्युयोर्क दादुराको प्रकोप एक्कासी बढे पछी वासिङ्टन राज्यका गभर्नर जे ऐन्स्लीले जनस्वास्थमा संकटकाल घोषणा गरेका छन् । गत २६ तारिक शनिबार सम्म वासिङ्टन राज्यमा ३५ जना बिरामीमा दादुरा प्रकोप देखिएको छ । दादुरा पुस्टि भएका ३५ मध्ये ३० जना बिरामीले दादुरा बिरुद्धको खोप नलगाएको, स्वास्थ अधिकारिहरुले बताएका छन् ।बांकी ५ जनाले खोप लगाएको नलगाएको प्रमाणित… Continue reading दादुराको कारण वासिङ्टन राज्यमा संकटकाल घोषणा
पानीले दियो युट्युब सेलिब्रेटीलाई डरलाग्दो पिडा
न्युयोर्क “म शार्क जस्तै पौडी खेल्थें । डिप डाईभिङ एटेम्प्ट गर्थें । घण्टौ समुन्द्रको वीचमा रमाउँथें । व्यायाम गर्थें । दौडन्थें । अब त्यो सबै सपनाको कथा बनेका छन् । बिहान उठेर बाथरुम जानु नै पिडादायी हुन्छ । इष्ट ससेक्स एरियामा यसैपनि धेरै पानी पर्छ, त्यो डरले घरबाट निस्कन पनि सक्दिन । यो समस्यासँग जुध्दै… Continue reading पानीले दियो युट्युब सेलिब्रेटीलाई डरलाग्दो पिडा
माया मारेर मारिने चिज होइन रहेछ
आरएल श्रमजीवी युरोपबाट भोटु भनेर सम्बोधन गरौं कि खै के भनेर सम्बोधन गरुँ तिमीलाई ? हिजो तिमीले नै मलाई छोटु भनेर सम्बोधन ग¥यौ मैले त्यसको सट्टा तिम्रो बाल्यकालको प्रिय नाम भोटु भनेर सम्बोधन गरेको थिएँ । सम्बोधनमा पनि यति ठूलो बहस किन भनेर तिमी भन्दी हौ । हो, सम्बोधनबाटै सम्बन्धहरु नजिक र टाढा हुन्छन् ।… Continue reading माया मारेर मारिने चिज होइन रहेछ
तीन रोटी र रोदन दिवाली
अच्युत सिग्देल,न्युयोर्क भारतीय व्यवसायीहरू लक्ष्मी पूजाको विशेष महत्व राख्दछन् । त्यो एक दिन राम्रो भातृत्व र भाइचाराको आत्मीय प्रदर्शन हुने गर्दछ । मुस्लिम, शिख र कृश्चियनहरू पनि पूजामा सरिक हुन्छन् । टीका प्रसाद ग्रहण गर्छन् । शुभकामना आदानप्रदान हुन्छ । सबैले एकआपसमा गला मिलाउँछन् । अलि–अलि कहीँकतै वैमनस्यता पलाएको पनि मर्ने गर्छ । भेण्डरहरू बोटल… Continue reading तीन रोटी र रोदन दिवाली
यात्रा कवि र कविताको
पीपलमणि सिग्देल न्यूयोर्क संस्कृतमा कवृवर्णने कुङ शब्दे धातुबाट कवि शब्द बन्दछ । कविता र काव्य एकै मूलबाट व्यूत्पन्न शब्द हो । काव्यलाई श्रव्य र दृश्य अनि श्रव्य काव्यभित्र गद्य र पद्य गरी विभाजन गरिएको छ । रस र भावको विमर्श गर्ने व्यक्ति नै कवि हो । कवितालाई साहित्यको पुरानो विधा मानिन्छ । मानव सभ्यताको विकासको… Continue reading यात्रा कवि र कविताको
साहु
हाकुचाले मुग्लानमा आएर काम गरेको पनि एघार महिना भइसकेछ । एउटा घरको घरेलु नोकर हो ऊ । युरोप अमेरिकातिर भए हाउसम्यान, हाउसकिपर, हाउसमेड जस्ता मीठो अङ्ग्रेजी नाम पाउँथ्यो होला । यहाँ त कि गोर्खाली, कि बहादुर, कि भाइ, कि कान्छा भनेर चिनिन्छ ऊ हाकुचाले मुग्लानमा आएर काम गरेको पनि एघार महिना भइसकेछ । एउटा घरको… Continue reading साहु
अमेरिका चीन व्यापार युद्ध चर्कियो, भन्सारदर बढाउने होडको मारमा शेयर बजार
न्यूयोर्क चीनसँगको व्यापारिक बार्ता असफल भए लगत्तै नयाँ भन्सारदर घोषणा गरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चीनले उस्तै जवाफ फर्काएको छ । चीनले आगामी जुन देखि लागु हुने गरि ६० अर्ब डलर बराबरका अमेरिकी उत्पादनमा भन्सारदर बढाउने घोषणा गरेको हो । चीनसँगको व्यापार वार्ता असफल भए पछि ट्रम्पले गत साता २०० अर्ब डलर बराबरका चिनियाँ उत्पादनमा… Continue reading अमेरिका चीन व्यापार युद्ध चर्कियो, भन्सारदर बढाउने होडको मारमा शेयर बजार
न्यूजिल्याण्ड नरसंहार पछि फेसबुकको लाइभ स्ट्रिमिङ नियम फेरियो, अब तत्काल लाइभ रोकिने
न्यूयोर्क न्यूजिल्याण्डको मस्जिदमा गोली प्रहार भएको दुई महिना पश्चात फेसबुकले आफ्नो लाइभ स्ट्रिमिङ नियममा परिवर्तन ल्याएको छ । अब कसैले फेसबुकको ‘गम्भीर नीति’ उल्लंघन गरे तत्कालै लाइभ सुविधा प्रयोग गर्नमा रोक लगाउने जनाइएको हो । बुधबारबाट लागु नयाँ नियम अनुसार यस्तो प्रतिबन्ध साधारणतया ३० दिनको हुनेछ । फेसबुकले त्यस बाहेक नियमका सबै मापदण्डबारे भने प्रष्ट… Continue reading न्यूजिल्याण्ड नरसंहार पछि फेसबुकको लाइभ स्ट्रिमिङ नियम फेरियो, अब तत्काल लाइभ रोकिने
ट्रम्पले घोषणा गरे प्रविधीमा संकटकाल, अमेरिकी कम्पनीलाई विदेशी दूरसञ्चार उपकरण प्रयोगमा रोक
न्यूयोर्क अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सूचना प्रविधिमाथि राष्ट्रिय संकटकाल घोषणा गरेका छन् । संकटकाल घोषणासँगै उनले अमेरिकी कम्पनीहरूलाई विदेशी दूरसञ्चार उपकरण प्रयोगमा रोक लगाएका छन् । बिदेशी दूरसञ्चार उपकरणहरूको प्रयोगका कारण राष्ट्रिय सुरक्षामा जोखिम उत्पन्न भएको र साइबर आक्रमणको खतरा बढेको ट्रम्पको भनाइ छ । सञ्चार सञ्जालहरूलाई विदेशी प्रतिद्वन्द्वबाट बचाउन पनि संकटकाल आवश्यक भएको ट्रम्पले… Continue reading ट्रम्पले घोषणा गरे प्रविधीमा संकटकाल, अमेरिकी कम्पनीलाई विदेशी दूरसञ्चार उपकरण प्रयोगमा रोक
ट्रम्पको आप्रवासी नीति आज, कागजात विहिनलाई सम्बोधन नहुने
न्यूयोर्क राष्ट्रपति डोनाल्ड ट्रम्पले आज अपरान्ह आफ्नो आप्रवासी नीति सम्बन्धि योजना सार्वजनिक गर्दैछन् । ट्रम्पले अमेरिकाको वैधानिक आप्रवास सम्बन्धि वर्तमान स्वरुपमा ठूलो परिवर्तनको प्रस्ताव गर्ने अपेक्षा गरिएको छ । आज ह्वाइट हाउस स्थित रोज गार्डेनमा ट्रम्पले आफ्नो प्रस्ताव सार्वजनिक गर्नेछन् । तर, उक्त प्रस्तावमा अमेरिकामा रहेका एक करोड बढि कागजात विहिन आप्रवासीबारे भने केही उल्लेख… Continue reading ट्रम्पको आप्रवासी नीति आज, कागजात विहिनलाई सम्बोधन नहुने
मोदीले सरसफाई कर्मचारीको खुट्टा धोए राहुल दुई घण्टा पहाड चढे
नयाँ दिल्ली । लोक सभाकाको ५४३ सदश्यको लागि भारतमा यो बर्ष निर्वाचन सम्पन्न हुदै छ । भारतको यो बर्षको निर्वाचन भारतीय ईतिहासमा सबै भन्दा खर्चिलो हुने अनुमान बिज्ञहरुले गरेका छन् ।निर्वाचन आयोगले निकट भबिस्यमा निर्वाचन कार्यक्रम सार्बजनिक गर्दै छ । एक ढंगले मतदातालाई आफुतिर आकर्षित गर्ने क्रम सुरु भै सकेको छ । बितेका केहि दिन… Continue reading मोदीले सरसफाई कर्मचारीको खुट्टा धोए राहुल दुई घण्टा पहाड चढे
उडान भर्न ठिक्क परेको जहाजको इन्जिनमा पैसा चढाउदा …….
न्यूयोर्क । एक चाईनिज बिमान कम्पनीले हवाई जहाजको इन्जिनमा सिक्का चढाएको कारण यात्रुलाई मुद्धा हालेको छ । लु नामका ती यात्रुले जहाज चढनु अघि साईत पर्छ भन्दै लक्की एयर बिमान कम्पनीको एक जहाजको इन्जिनमा सिक्का चढाएका थिए । चिनको आन्तरिक उडानका लागि यान्क्युनदेखि कुन्मिङको लागि उडान भर्ने तयारीमा रहेको उक्त जहाजमा साईत पर्ने भ्रममा लु… Continue reading उडान भर्न ठिक्क परेको जहाजको इन्जिनमा पैसा चढाउदा …….
चिनियाँ लगानीको विलासी पाकिस्तानी होटलमा आक्रमण, पाँचको मृत्यु
एजेन्सी चिनियाँ लगानीमा निर्मित पाकिस्तानको एक विलासी होटलमा आक्रमण हुँदा पाँच जनाको मृत्यु भएको छ । बलोचिस्तान प्रान्तको जाभेर पर्ल कन्टिनेन्टल होटलमा एक शसस्त्र समुहले आक्रमण गरेर चार कर्मचारी र एक सैनिकको हत्या गरेको स्थानीय सेनाले जनाएको हो । अरब सागर नजिकैको होटलमा शनिबार अपरान्ह तीन बन्दुकधारी छिरेका थिए । सुरक्षाकर्मीसँगको भिडन्तमा उनीहरुको पनि मृत्यु… Continue reading चिनियाँ लगानीको विलासी पाकिस्तानी होटलमा आक्रमण, पाँचको मृत्यु
स्विडेनको सडकमा चालक बिना नै गुड्यो मालबाहक ट्रक
स्विडेन स्थित एक ब्यस्त ब्यापारिक केन्द्रको सडकमा बुधबार चालक बिनाको मालबाहक ट्रकलाई परिक्षणका लागि गुडाईएको छ । २६ टनको उक्त ट्रकलाई बिना चालक सार्वजनिक सडकमा अन्य सवारीहरु संगै मिसाएर चलाईएको यो प्रथम पटक हो । स्विडेनको स्टकहोम स्थित यातायात कंम्पनी इंरिडले प्रयोगमा ल्याउन लागेको उक्त स्वचालित ट्रकलाई परिक्षणका लागि सन् २०२० को अन्त्य सम्म बिना… Continue reading स्विडेनको सडकमा चालक बिना नै गुड्यो मालबाहक ट्रक
सुदूरपश्चिममा सोट्टो नेपालको आन्तरिक पर्यटन प्रवद्र्धन
कञ्चनपुर । प्रत्येक वर्ष एक उत्कृष्ट गन्तव्यको प्रवद्र्धन गर्दै आएको सोसाइटी अफ ट्राभल एण्ड टूर अपरेटर्स नेपाल (सोट्टो–नेपाल)ले यस वर्ष सुन्दर सुदूरपश्चिमको प्रवद्र्धनात्मक कार्य शुरु गरेको छ । वैशाख ३० कञ्चनपुरमा रहेका पर्यटकीय सम्पदाको अध्ययन अवलोकनसँगै स्थानीय वेदकोट र भीमदत्त नगरपालिका र होटल एसोसियसन अफ कञ्चनपुर लगायत स्थानीय पर्यटन व्यवसायीहरुसँग अन्तक्रियासहित स्थलगत भ्रमण गरी सोट्टोले… Continue reading सुदूरपश्चिममा सोट्टो नेपालको आन्तरिक पर्यटन प्रवद्र्धन
एकैदिन ९४ आरोही सगरमाथा शिखरमा
सोलुखुम्बु । सगरमाथा आरोहणको चौथो दिन अर्थात् बुधबार एकैपटक करिब १ सय जनाले शिखरको चुचुरोमा पाइला टेकेका छन् । विभिन्न आरोहण दलबाट गएकाले फरक–फरक समयमा एकै दिनमा ९४ जनाले सगरमाथाको सफल आरोहण गरेको पर्यटन विभागका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए । आरोहणको तेस्रो दिन मौसम प्रतिकूलताका कारण कुनै पनि आरोहण नभए पनि चौथो दिन… Continue reading एकैदिन ९४ आरोही सगरमाथा शिखरमा
भरिभराउ मुक्तिनाथ
बागलुङ । मुस्ताङको मुक्तिनाथ क्षेत्र पर्यटकले भरिभराउ छ । मुक्तिनाथ जानेमा बढीजसो धार्मिक पर्यटक रहेका छन् । नेपालीपछि सबैभन्दा बढी भारतीय पर्यटक त्यहाँ पुग्ने गरेका छन् । धार्मिक पर्यटनको उत्कृष्ट गन्तव्य मुक्तिनाथ क्षेत्र अन्य पर्यटकको समेत रोजाइमा पर्ने गरेको छ । गएको चैत र वैशाखमा सबैभन्दा बढी पर्यटकले मुक्तिनाथको भ्रमण गरेका छन् । फागुन र… Continue reading भरिभराउ मुक्तिनाथ
हिउँमा हराउँदा…
कुमार न्यौपाने हिमाली जिल्लाहरूमा हिउँ पर्नु सामान्य नै हो, तर पनि खेतीको समयमा पर्नु भाग्यको कुरा मानिन्छ । ओंठमा हाँसोसहित भन्ने गर्छन्– ‘अब त बाली सप्रने भयो । हिँउले पानीको स्रोत बढाउँछ ।’ नेपाल आफैँमा हिमाली देश, तर मैले हिउँ आँखाभरि हेरेको परारको साल अमेरिकातिर मात्रै हो । ४० हजार फीटमाथिको जहाजबाट खुबै हिउँ देखियो,… Continue reading हिउँमा हराउँदा…