४ साउन, झापा । खुला सीमाका कारण झापामा लागुऔषधको कारोबार बढेपछि प्रहरीले कारोबारी र प्रयोगकर्ताविरुद्ध कडाइका साथ अभियान सञ्चालन गरिरहेको छ । लागुऔषधको ओसारपसार, बिक्रीवितरण र भण्डारणविरुद्ध आक्रामक कारबाहीमा उत्रिएको प्रहरीले पछिल्लो समय विर्तामोड–५ मा एक लाख क्याप्सुलसहित ठूलोमात्रामा लागुऔषध भण्डारण गरिएको गोदाम फेला पारेको छ । त्यसलाई प्रहरीले अभियानको उपलब्धिका रुपमा हेरिएको छ ।… Continue reading लागुऔषधविरुद्ध अभियानः झापामा ५५९ जना पक्राउ
Author: Vishwanews.com
खोलामा डुबेर दुई बालकको मृत्यु
४ साउन, इटहरी । इटहरीको ट्याङ्ग्राखोलामा डुबेर दुई बालकको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका–३ स्थित खोलामा साथीसँग पौडी खेल्ने क्रममा आज दिउँसो दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा इटहरी–३ कल्याण चोकका आठ वर्षीय दीपसन चौधरी र सङ्खुवासभा चौनपुर घर भई हाल इटहरी–२ आफन्तकामा बस्ने ११ वर्षीय क्रिवास लिम्बू रहेका छन् । इलाका… Continue reading खोलामा डुबेर दुई बालकको मृत्यु
एमाले अध्यक्ष ओली र पूर्वराष्ट्रपति भण्डारीबीच भेट, के भयो कुराकानी ?
४ साउन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएकोछ । अध्यक्ष ओली र पूर्वराष्ट्रपति भण्डारीबीच आज एमाले केन्द्रीय कार्यालय, च्यासलमा करिब डेढ घण्टा भेटवार्ता भएको थियो । पूर्वराष्ट्रपति भण्डारीले पार्टीको राजनीतिमा आउन मिल्ने नमिल्ने बहसका बीच उनीहरु बीच भएको छलफलले बहसलाई निचोडमा लिन सहयोग… Continue reading एमाले अध्यक्ष ओली र पूर्वराष्ट्रपति भण्डारीबीच भेट, के भयो कुराकानी ?
साउने सोमबार पशुपतिनाथ दर्शनमा आउनेलाई निःशुल्क यातायात सेवा दिइने
४ साउन, काठमाडौं । यस वर्ष साउने सोमबारका दिन पशुपतिनाथ दर्शनमा आउनेले निःशुल्क यातायात सुविधा पाउने भएका छन् । धार्मिक, सांस्कृतिक पत्रकार समाज, नेपाल (रेक्जोन) का नवनिर्वाचित पदाधिकारी एवं कार्यसमिति सदस्यहरूसँग भएको अन्तरक्रियामा पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव सुवासचन्द्र जोशीले निःशुल्क बस सेवा दिइने बताए । धर्म, संस्कृतिसँग सम्बन्धित संस्था र यातायात व्यवसायीको सहयोगमा साउन… Continue reading साउने सोमबार पशुपतिनाथ दर्शनमा आउनेलाई निःशुल्क यातायात सेवा दिइने
वन्यजन्तु जोगाउन संरक्षण पाठशाला सञ्चालन
४ साउन, भरतपुर । चितवनमा वन्यजन्तु, बासस्थान संरक्षण र प्रदूषण नियन्त्रणसम्बन्धी सचेतना कक्षा सञ्चालन गरिएको छ । शनिबार भरतपुर महानगरपालिका–२२ को पटलहरामा संरक्षण पाठशाला कार्यक्रम गरिएको हो । सो कार्यक्रममा विद्यार्थी तहका बालबालिकालाई सहभागी गराइएको छ । पाठशालामा वन्यजन्तुको जानकारी, बासस्थान, आहारा, जीवन र आनीबानीबारेमा बालबालिकालाई प्रशिक्षण दिइएको छ । बढ्दो प्रदूषणले गर्दा वन्यजन्तु, जलचर,… Continue reading वन्यजन्तु जोगाउन संरक्षण पाठशाला सञ्चालन
चितवनमा डेङ्गु सङ्क्रमणदर उच्च
रासस४ साउन, नारायणगढ । जिल्लामा गत आर्थिक वर्षमा तीन हजार ८८९ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । जनस्वास्थ्य कार्यालयका अनुसार सो अवधिमा एक हजार ५४८ पुरुष र एक हजार ४७२ महिला गरी तीन हजार २० जना चितवन जिल्लाभित्रै डेङ्गु सङ्क्रमित भएका हुन् । त्यसैगरी, अन्य जिल्लाबाट आएका चार सय १२ पुरुष र चार सय… Continue reading चितवनमा डेङ्गु सङ्क्रमणदर उच्च
ब्राजिलका न्यायाधीशमाथि अमेरिकाले लगायो प्रतिबन्ध
४ साउन, काठमाडौं । ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले पूर्वनेता जायर बोल्सोनारोविरुद्धको ‘कू’ मुद्दामा न्यायाधीशमाथि लगाइएको अमेरिकी भिसा प्रतिबन्धको आलोचना गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प निकट मानिने बोल्सोनारोविरुद्धको ‘कू’ मुद्दामा सुनुवाई गरेका ती न्यायाधीशले बोल्सोनारोले ‘इलेक्ट्रोनिक मोनिटरिङ डिभाइस’ लगाउनुपर्ने, रातको समयमा घरमै बस्नुपर्ने र फैसलाको पर्खाइमा रहेका बेला सामाजिक सञ्जालबाट टाढा… Continue reading ब्राजिलका न्यायाधीशमाथि अमेरिकाले लगायो प्रतिबन्ध
रङ्गीबिरङ्गी फूलले सजियो ढोरपाटन
४ साउन, गलकोट । शान्त वातावरणमा रङ्गीबिरङ्गी फूल, छिनछिनमा परिवर्तन हुने मौसम र शीतल हावापानी बर्खायाममा ढोरपाटनको विशेषता हो यो । थरिथरिका फूलले रङ्गिएको ढोरपाटन बर्खायाम अन्य यामभन्दा झनै रमाइलो छ । बर्खायाम अन्यत्र पर्यटकीय गतिविधि शून्यप्रायः जस्तै हुँदा यसपटक भने बागलुङको ढोरपाटन पर्यटकले ‘गुल्जार’ बनेको छ । आठ किलोमिटर वरपर फैलिएको ढोरपाटन उपत्यकामा फुलेका… Continue reading रङ्गीबिरङ्गी फूलले सजियो ढोरपाटन
बुटवल–नारायणगढ दाउन्ने सडकः एक वर्षमै ६३ पटक बन्द
४ साउन, मध्यविन्दु । बुटवल–नारायणगढ सडकअन्तर्गतको दाउन्ने खण्ड एक वर्षमा ६३ पटक अवरुद्ध भएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका–२ अन्तर्गत पर्ने दाउन्ने क्षेत्र २०८१ साउन १ गतेदेखि २०८२ असार ३२ गतेसम्म ६३ पटक अवरुद्ध भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासी ९बर्दघाट सुस्तापूर्व० का प्रमुख जनक बन्जाराका अनुसार पछिल्लो एक… Continue reading बुटवल–नारायणगढ दाउन्ने सडकः एक वर्षमै ६३ पटक बन्द
कास्कीको लुम्ले क्षेत्रमा भारी वर्षा, सतर्कता अपनाउन आग्रह
४ साउन, काठमाडौं । कास्कीको लुम्ले र आसपासको क्षेत्रमा भारी वर्षा भएकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । विभागले आज बिहान एक सूचना जारी गर्दै कास्कीको लुम्ले र आसपासको क्षेत्रमा भारी वर्षा भएको र थप वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन भनेको हो । विभागले थप वर्षाको सम्भावना रहेकाले सो क्षेत्र… Continue reading कास्कीको लुम्ले क्षेत्रमा भारी वर्षा, सतर्कता अपनाउन आग्रह
यस्तो आज नेपालको मौसम पूर्वानुमान
४ साउन, काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा थोरै उत्तरतिर रहेको हुँदा कोशी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेशलगायत देशका पहाडी भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको पूर्वानुमान रहेको छ ।जल तथा मौसम विज्ञान विभागका अनुसार ती प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी… Continue reading यस्तो आज नेपालको मौसम पूर्वानुमान
पर्वतको लाङ्दीमा पहिरोले घर पुरिँदा दम्पती बेपत्ता
४ साउन, पर्वत । मोदी गाउँपालिका–३ देउरालीको लाङ्दीमा पहिरामा घर पुरिँदा वृद्ध दम्पती बेपत्ता भएका छन् । आज विहान गएको पहिरामा एकतले घर पुरिँदा ७६ वर्षीय छविलाल विश्वकर्मा र उनकी श्रीमती ७६ वर्षीया विष्णुमती बेपत्ता भएका हुन् । उनकी बुहारी ३२ वर्षीया पवित्रा भने पहिरो खस्नासाथ हम्फालेर बच्न सफल भएको मोदी –३ का वडा सदस्य… Continue reading पर्वतको लाङ्दीमा पहिरोले घर पुरिँदा दम्पती बेपत्ता
यस्तो बन्यो ‘शङ्खामचुली दिमालुङ पदमार्ग’
४ साउन, भोजपुर । हतुवागढी गाउँपालिकामा रहेको जोर आहाल, शङ्खामचुली, दिमालुङ पदमार्ग आकर्षक पर्यटकीय गन्तव्य बनेको छ । प्राकृतिक रूपमा मनोरम ऐतिहासिक हतुवा क्षेत्रलाई समेटेर पदमार्ग निर्माण गरिएसँगै यो स्थान आकर्षक गन्तव्यका रूपमा स्थापित भएको हो । यहाँका पर्यटकीय क्षेत्रलाई समेटेर साढे पाँच किलोमिटर पदमार्ग निर्माण गरिएको छ । यहाँको मुख्य पर्यटन क्षेत्रका रूपमा स्थापित… Continue reading यस्तो बन्यो ‘शङ्खामचुली दिमालुङ पदमार्ग’
अमेरिकाको मध्यस्थतामा सिरिया–इजरायल युद्धविराम, ड्रुज क्षेत्र अझै अशान्त
एजेन्सी४ साउन, काठमाडौं । सिरियाको ड्रुज समुदाय बसोबास गर्ने क्षेत्रमा हिंसा चर्किरहेका बेला संयुक्त राज्य अमेरिकाले सिरिया र इजरायलबीच युद्धविरामको सम्झौता गराएको घोषणा गरेको छ । सिरियन मानव अधिकार अनुगमन केन्द्रका अनुसार, ड्रुज र बेदुइन समुदायबीच आइतबारदेखि सुरु भएको झडपमा कम्तीमा ६३८ जनाको मृत्यु भइसकेको छ । यो सङ्कटले कार्यवाहक राष्ट्रपति अहमद अल–शराआ को नियन्त्रण… Continue reading अमेरिकाको मध्यस्थतामा सिरिया–इजरायल युद्धविराम, ड्रुज क्षेत्र अझै अशान्त
लस एन्जलस : कारले भीडलाई ठक्कर दिँदा २८ जना घाइते
एजेन्सी४ साउन, काठमाडौं । अमेरिकी राज्य लस एन्जेलसको हलिउडमा शनिबार बिहान एउटा गाडीले भीडलाई ठक्कर दिँदा २८ जना घाइते भएको लस एन्जलसको अग्नि नियन्त्रण विभागले जनाएको छ । पूर्वी हलिउडमा १०० भन्दा बढी उद्धारकर्मीहरूले घटनास्थलमा पुगी घाइतेहरूको उद्धार गरी अस्पतालमा पठाएका छन् । घाइतेमध्ये तीन जनाको स्वास्थ्य अवस्था निकै गम्भीर, छ जनालाई गहिरो चोट लागेको… Continue reading लस एन्जलस : कारले भीडलाई ठक्कर दिँदा २८ जना घाइते
बङ्गलादेशमा जमात–ए–इस्लामीद्वारा बृहत् राजनीतिक प्रदर्शन
४ साउन, काठमाडौं । बङ्गलादेश आगामी वर्ष हुने निर्वाचनको तयारीमा रहेको बेला निर्वाचन प्रणालीमा आमूल परिवर्तनको माग गर्दै बङ्गलादेशको प्रमुख इस्लामी पार्टीका दशौँ हजार समर्थकले शनिबार जुलुश प्रदर्शन गरेका छन् । गत वर्ष भएको जनविद्रोहमा प्रधानमन्त्री शेख हसिनालाई सत्ताच्युत गरेपछि जमात–ए–इस्लामी पार्टीले देशको राजनीतिमा महत्वपूर्ण स्थान ओगट्न सफल भएको छ । आफ्नो कार्यकालमा हसिनाले जमातविरुद्ध… Continue reading बङ्गलादेशमा जमात–ए–इस्लामीद्वारा बृहत् राजनीतिक प्रदर्शन
इरानका आणविक स्थल पूर्णतया ध्वस्त भएको ट्रम्पको दाबी
एजेन्सी४ साउन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी आणविक केन्द्रहरूमा अमेरिकी बमबारीले ती स्थानहरू ‘पूर्णतया ध्वस्त’ भएको बताएका छन् । आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा ट्रम्पले ‘इरानका तीनवटै आणविक स्थलहरू पूर्णरुपमा ध्वस्त वा नष्ट गरिएको’ दाबी दोहो¥याएका हुन् । उनले भने, “उनीहरूलाई सेवामा फर्काउन वर्षौं लाग्नेछ र यदि इरानले त्यसो गर्न चाहेको खण्डमा उनीहरूले तीन… Continue reading इरानका आणविक स्थल पूर्णतया ध्वस्त भएको ट्रम्पको दाबी
नहरमा डुबेर एक जनाको मृत्यु
४ साउन, लम्की । कैलालीको लम्की चुहानगरपालिका– ६ बाघमारा, रानीजमरा कुलरिया सिँचाइ आयोजनाको नहरमा नुहाउने क्रममा डुबेर शनिबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दैलेख आठबिस नगरपालिका– २ का २२ वर्षीय प्रेम रसाइली रहेका इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरीक्षक लोकेन्द्रबहादुर सिंहले जानकारी दिए । रसाइली लम्कीचुहा– ६ गुलरास्थित ससुराली घरमा बस्दै… Continue reading नहरमा डुबेर एक जनाको मृत्यु
मोरङमा जङ्गली हात्तीको आक्रमणबाट एकवर्षमा पाँच जनाको मृत्यु
४ साउन, बेलबारी । मोरङको बेलबारीमा जङ्गली हात्तीको आक्रमणबाट यसै साताको आइतबार ४५ वर्षीया अमिना राजवंशीको मृत्यु भयो । उनी जस्तै एकवर्षको अवधिमा जङ्गली हात्तीको आक्रमणबाट मोरङमा पाँच जनाको मृत्यु भएको छ । बेलबारी नगरपालिका-८ बाँसबारीकी राजवंशी घर नजिकै खेतमा पानी हाल्न गएको बेला जङ्गली हात्तीको आक्रमणमा परेकी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब… Continue reading मोरङमा जङ्गली हात्तीको आक्रमणबाट एकवर्षमा पाँच जनाको मृत्यु
हल गोरु पाल्ने दुई सय ४० किसानलाई प्रोत्साहन
३ साउन, सिन्धुपाल्चोक । यहाँको मेलम्ची नगरपालिकाले गत आर्थिक वर्षमा हल गोरु पाल्ने किसानलाई प्रोत्साहन रकम उपलब्ध गराएको छ । हल गोरु पाल्ने दुई सय ४० किसानलाई रु पाँच हजारका दरले प्रोत्साहन रकम उपलब्ध गराइएको नगरप्रमुख आइतमान तामाङले जानकारी दिए । पछिल्लो समय प्रविधियुक्त ट्र्याक्टर भित्रिने क्रम बढेपछि हल गोरु पाल्ने प्रचलन हट्दै गएको भन्दै… Continue reading हल गोरु पाल्ने दुई सय ४० किसानलाई प्रोत्साहन
आन्तरिक पर्यटकको रोजाइमा भकुण्डेको बराहताल
३ साउन, गलकोट । बागलुङ बजारबाट नजिकैको पर्यटकीय गन्तव्य भकुण्डेको बराहताल आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । हरियाली खेतबारीले घेरिएको मनमोहक बराहताल आन्तरिक पर्यटकको पहिलो रोजाइमा पर्ने गरेको हो । बागलुङको पर्यटकीय गाउँका रूपमा नाम कमाएको भकुण्डेस्थित बराहतालमा युवायुवती घुम्न तथा भकुण्डेको शिरमा रहेको घरबास (होमस्टे)मा अर्गानिक परिकारका स्वाद लिन पुग्ने गरेका छन् ।… Continue reading आन्तरिक पर्यटकको रोजाइमा भकुण्डेको बराहताल
एमाले पोलिटब्यूरो बैठक सकियो, के भयो निर्णय ?
३ साउन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) पोलिटब्यूरो बैठकले विधान संशोधन प्रतिवेदन पारित गरेको छ । पार्टी मुख्यालय च्यासल, ललितपुरमा आज सम्पन्न चौथो पूर्ण बैठकले केन्द्रीय सचिवालय बैठकबाट पारित गरिएको विधान संशोधन प्रस्ताव प्रतिवेदनलाई सर्वसम्मतिले पारित गरेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । बैठकमा पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव… Continue reading एमाले पोलिटब्यूरो बैठक सकियो, के भयो निर्णय ?
अमेरिका द्वारा डब्लुएचओको नयाँ ‘महामारी नियम’ अस्वीकार
एजेन्सी३ असार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा रहेको सरकारद्वारा विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले अघिल्लो वर्ष पारित गरेका ‘महामारीसम्बन्धी नियम’ संशोधन अस्वीकार गरिएको छ, जसमा अमेरिकी प्रशासनको भनाइ अनुसार ती परिवर्तनले राष्ट्रको संप्रभुतामा हस्तक्षेप गर्छन् ।ट्रम्पले जनवरी २० मा राष्ट्रपति पदमा पुनः फर्किएपछि अमेरिका डब्लुएचओबाट औपचारिक रूपमा हट्ने प्रक्रिया सुरु गरेका थिए ।… Continue reading अमेरिका द्वारा डब्लुएचओको नयाँ ‘महामारी नियम’ अस्वीकार
इरानमा बस दुर्घटनामा २१ जनाको मृत्यु, ३० घाइते
३ साउन, काठमाडौं । इरानको दक्षिणी क्षेत्रमा शनिबार एउटा बस दुर्घटना हुँदा कम्तीमा २१ जनाको मृत्यु हुनुका साथै ३० जना घाइते भएका छन् । राजधानी तेहरानबाट करिब एक हजार किलोमिटर टाढा रहेको काभर शहरनजिकै दुर्घटना भएको हो । कावर अस्पतालका निर्देशक मोहसेन अफ्रासियाबीले इरानी सरकारी टेलिभिजनलाई घटनामा भएको हताहतबारे भन्नुभयो, “शनिबारको बस दुर्घटनामा २१ जनाको… Continue reading इरानमा बस दुर्घटनामा २१ जनाको मृत्यु, ३० घाइते
तिब्बतमा ‘मेगा ड्याम’ निर्माण सुरु
३ साउन, काठमाडौं । प्रधानमन्त्री ली कियाङको उपस्थितिमा चीनले तिब्बत र भारत भएर बग्ने एक नदीमा शनिबारदेखि ठूलो बाँध निर्माण सुरु गरेको छ ।तिब्बतमा यार्लुङ साङ्पो भनिने उक्त नदी भारतमा ब्रह्मपुत्रको नामले चिनिन्छ । चीनको कार्बन तटस्थता लक्ष्य र तिब्बत क्षेत्रमा आर्थिक लक्ष्यसँग जोड्ने यो परियोजनालाई बेइजिङले डिसेम्बरमा अनुमोदन गरेको थियो । दक्षिणपूर्वी तिब्बतको निङ्चीमा… Continue reading तिब्बतमा ‘मेगा ड्याम’ निर्माण सुरु
बाढी आउनसक्ने भन्दै सतर्कता अपनाउन जलविद्युत् आयोजनालाई इप्पानको आग्रह
३ साउन, काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले सम्पूर्ण जलविद्युत् आयोजनालाई आगामी ३ दिनमा उच्चसतर्कता अपनाउन आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभागबाट यही साउन ३, ४ र ५ गते देशभर अत्यधिक वर्षा भई नदीमा पानीको सतहले सतकर्ता बिन्दु पार गर्नसक्ने पूर्वानुमान भएकाले इप्पानले विज्ञप्ति जारी गर्दै जलविद्युत् आयोजनामा पूर्वतयारी स्वरुप… Continue reading बाढी आउनसक्ने भन्दै सतर्कता अपनाउन जलविद्युत् आयोजनालाई इप्पानको आग्रह
‘कोरा पाल्पा साइक्लिङ च्यालेञ्ज’ सुरू
३ साउन, तानसेन । पाल्पालाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय साइक्लिङ गन्तव्य बनाउने उद्देश्यले ५५ किलोमिटर लामो ‘दोस्रो कोरा पाल्पा साइक्लिङ च्यालेञ्ज–२०२५’ सुरू भएको छ । पाल्पा साइक्लिङ सङ्घको आयोजनामा आज तानसेनको टुँडिखेलबाट उक्त च्यालेञ्ज सुरू भएको हो । तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले साइकल चलाएर च्यालेञ्जको शुभारम्भ गरे । ‘कोरा साइक्लिङ च्यालेञ्ज’ले नेपाललाई विश्वमा चिनाउन… Continue reading ‘कोरा पाल्पा साइक्लिङ च्यालेञ्ज’ सुरू
एमाले पोलिटब्युरो बैठक सुरु
३ साउन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९एमाले०को पोलिटब्युरो बैठक सुरु भएको छ । ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा केही बेरअघि बैठक सुरु भएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्तावमाथि आज पनि पोलिटब्युरो सदस्यहरुले आफ्नो धारणा… Continue reading एमाले पोलिटब्युरो बैठक सुरु
जडीबुटीका विरुवासँगै तालिम दिँदै वनस्पती अनुसन्धान केन्द्र
३ समउा, कैलाली । वनस्पती अनुसन्धान केन्द्र, कैलालीअन्तर्गत रहेको देवहरिया वनस्पति उद्यान, धनगढीले किसानलाई जडीबुटीका बिरुवा वितरणसँगै तालिम पनि दिएको छ । व्यावसायिक रुपमा जडीबुटी खेती गर्न इच्छुक किसान तथा व्यक्तिगत प्रयोजनको लागि बिरुवा रोप्ने व्यक्तिलाई आर्थिक वर्ष २०८१÷८२ मा ८१ हजार २४२ वटा विभिन्न प्रजातिका जडीबुटीका बिरुवा वितरण गरेको वनस्पति अनुसन्धान केन्द्र कार्यालयका प्रमुख… Continue reading जडीबुटीका विरुवासँगै तालिम दिँदै वनस्पती अनुसन्धान केन्द्र
भारतमा चट्याङका कारण ३३ जनाको मृत्यु
एजेन्सी३ साउन, काठमाडौं । पूर्वी भाारतमा मनसुनी आँधीका क्रममा चट्याङ् पर्दा कम्तीमा ३३ जनाको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएको अधिकारीले शुक्रबार बताएका छन् । बिहारमा बुधवार र बिहीबार आएको भीषण आँधीका क्रममा यस्तो घटना घटेको भारतको विपद् व्यवस्थापन विभागले विज्ञप्तिमार्फत जानकारी गराएको छ । विभागका अनुसार खुला ठाउँमा काम गरिरहेका प्रायः किसान र मजदुरहरू… Continue reading भारतमा चट्याङका कारण ३३ जनाको मृत्यु