३० जेठ, ढोरपाटन । आज साँझ बागलुङको ढोरपाटन नगरपालिका–५ अस्तुमा भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परी ढोरपाटन नगरपालिका–२ की ७० वर्षीय नरबहादर कार्की र सोही ठाउँकी ७५ वर्षीया भीमकुमारी बुढाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते हुनेमा जिप चालक बागलुङ ढोरपाटन नगरपालिका–२ का २७ वर्षीय गोविन्द थापा, यात्रुहरु… Continue reading बागलुङमा जिप दुर्घटना, कम्तिमा २ जनाको मृत्यु
Author: Vishwanews.com
इजरायलको आक्रमणबाट इरानी सेनामा अकल्पनीय क्षति, रिभोल्युशनरी गार्ड प्रमुख मारिए
३० जेठ, काठमाडौं । ईरान रिभोल्युशनरी गार्ड कर्प्स (आईआरजीसी) प्रमुख हुसेन सलामीलाई इजरायले निसाना बनाएर मारेको छ । इजरायली आक्रमणबाट उनको मृत्यु भएको ईरानको सरकारी मिडियाले पुष्टी गरेका छन् । उनी इजरायलको पछिल्लो हमलामा मृत्यु भएका शीर्ष अधिकारीमा पर्छन् । ईरानी सरकारी टेलिभिजनले इजरायली हमलामा मृत्यु भएका दुई वरिष्ठ परमाणु वैज्ञानिकहरूका नाम समेत सार्वजनिक गरेको… Continue reading इजरायलको आक्रमणबाट इरानी सेनामा अकल्पनीय क्षति, रिभोल्युशनरी गार्ड प्रमुख मारिए
इजरायलको इरान हमलाबारे अमेरिकी प्रतिक्रिया सार्वजनिक
३० जेठ, काठमाडौं । इजरायलले इरानमा हरेको हमलाप्रति अमेरिकाले प्रतिक्रिया सार्वजनिक गरेको छ र। अमेरिकी विदेश मन्त्री मार्को रुबियोले यसबारे बोलेका छन् । उनले आज रात इजरायली सेनाले ईरान विरुद्ध एकतर्फी कार्रवाही गरेको बताएका छन् । अमेरिका ईरानको विरुद्धको हमलामा सहभागी नभएको स्पष्टीकरण उनले दिएका छन् । उनले अमेरिकाको प्राथमिकता क्षेत्रमा अमेरिकी सेनाको सुरक्षा चाहेको… Continue reading इजरायलको इरान हमलाबारे अमेरिकी प्रतिक्रिया सार्वजनिक
भारतले इरानमा जारी गर्यो एडभाइजरी
३० जेठ, काठमाडौं । इजरायली आक्रमण पछि भारतले ईरानमा रहेका आफ्ना नागरिकलाई लक्षित गर्दै एडभाइजरी जारी गरेको छ । तेहरानस्थित भारतीय दूतावासले यस्तो एडभाइजरी जारी गरेको हो । दूतावासले एक्स अकाउन्टमा इरानको वर्तमान स्थितिमा सबै भारतीय नागरिकलाई सतर्क रहन भनिएको छ । नागरिकलाई अनावश्यक गतिविधिमा भाग लिनबाट बच्न र स्थानीय सुरक्षा सल्लाहकारका आदेशहरु मान्न समेत… Continue reading भारतले इरानमा जारी गर्यो एडभाइजरी
इजरायलद्धारा इरानविरुद्ध युद्ध घोषणा, संकटकाल लगाइयो
३० जेठ, काठमाडौं । इजरायलले इरानको परमाणु कार्यक्रमहरूमा हमला गरेको इजरायली डिफेन्स फोर्सले बताएको छ । इरानको राजधानी तेहरानका विभिन्न स्थानमा विस्फोटका आवाज सुनिएका छन्। इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहुले उक्त हमला अपरेशन राइजिङ लाइअन नाम दिइएको सैन्य कार्वाही को एक भाग भएको भन्दै इरान इजरायलको अस्तित्वको लागि खतरा भएको बताएका छन्। उनले आवश्यकता रहेसम्म आक्रमण… Continue reading इजरायलद्धारा इरानविरुद्ध युद्ध घोषणा, संकटकाल लगाइयो
‘भूतपूर्व गोर्खाका मागबारे बेलायत सकारात्मक’
३० जेठ, लण्डन । बेलायतीसरह समान पेन्सनलगायत भूतपूर्व गोर्खासैनिकका मागका सम्बन्धमा करिब एक वर्षपछि बेलायतीसँग वार्ता भएको छ । मागका सम्बन्धमा बिहीबार भएको वार्तामा बेलायती पक्षले सकारात्मक जवाफ दिएको यहाँस्थित नेपाली राजदूतावासका उपप्रमुख विपिन दुवाडीले बताए । उपप्रमुख दुवाडी, संयुक्त अधिराज्यको रक्षा मन्त्रालयका अधिकारी तथा भूतपूर्व गोर्खा प्रतिनिधि संलग्न वार्तामा बेलायतले मागका बारेमा सकारात्मक जवाफ… Continue reading ‘भूतपूर्व गोर्खाका मागबारे बेलायत सकारात्मक’
अनेरास्ववियुको अध्यक्षमा डा सुजन कडरिया निर्वाचित
३० जेठ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९एमाले०को भ्रातृ सङ्गठन अनेरास्ववियुको अध्यक्षमा डा सुजन कडरिया निर्वाचित भएका छन् । कीर्तिपुरमा जारी सम्मेलनमा बिहीबार भएको विद्युतीय मतदानमा निकटतम प्रतिद्वन्द्वी प्रकाश पौडेललाई सात मतले पछि पार्दै कडरिया अध्यक्षमा निर्वाचित भएका हुन् । मतपरिणामअनुसार कडरियाले सात सय ३२ मत ल्याएर विजयी हुँदा पौडेलले सात सय २५ मत पाए… Continue reading अनेरास्ववियुको अध्यक्षमा डा सुजन कडरिया निर्वाचित
शुक्रबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
३० जेठ, काठमाडौं । हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही भागका साथै लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका केही भागमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशको पश्चिमी भेगमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव पनि रहेको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली हुनेछ ।… Continue reading शुक्रबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
प्रसाईँसहित सात जना पुर्पक्षका लागि थुनामा
३० जेठ, काठमाडौं । जिल्ला अदालत काठमाडौँले आपराधिक उपद्रवको आरोपमा दुर्गा प्रसाईँसहित सात जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । न्यायाधीश धु्रवराज कार्कीको इजलासले बिहीबार राति गत चैत १५ गते तीनकुनेमा भएको घटनाका सन्दर्भमा प्रसाईँसहित सात जनालाई थुनामा पठाउने आदेश दिएको हो । अदालतले सोही घटनामा संलग्न ३२ जनालाई रु १० हजारदेखि रु… Continue reading प्रसाईँसहित सात जना पुर्पक्षका लागि थुनामा
भारत विमान दुर्घटना : बिहीबार रातिसम्ममा के के जानकारी प्राप्त भयो ?
३० जेठ, काठमाडौं । भारतको गुजरात राज्यको मुख्य शहर अहमदाबादबाट २४२ जना यात्रु लिएर बेलायतको ग्याटविक विमानस्थलतर्फ जाँदै गरेको बोइङ ७८७–८ ड्रिमलाइनर बिहीबार दिउसो उडेको केही समयपछि अहमदाबाद शहरस्थित एक बस्तीमा खसेको थियो । एयर इन्डियाको उडान नम्बर १७१ ले ‘मे डे’ कल जारी गर्दै सङ्कटको सङ्केत गरेको थियो । नागरिक उड्डयन महानिर्देशनालयले विमान स्थानीय… Continue reading भारत विमान दुर्घटना : बिहीबार रातिसम्ममा के के जानकारी प्राप्त भयो ?
अहमदावाद विमान दुर्घटनाः एक व्यक्तिको जीवितै उद्धार
एजेन्सी२९ जेठ, अहमदावादमा भएको विमा दुर्घटनामा परी घाइते बनेका एक व्यक्तिलाई उद्धार गरी उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ । अहमदाबादका प्रहरी आयुक्त जीएस मलिकले एयर इन्डियाको विमान उडेको केही बेरमै नजिकैको चिकित्सकहरूको होस्टलमा ठोक्किएर दुर्घटना भएको र उक्त घटनामा एक जना जीवित फेला परेको पुष्टि गरेका छन् । बिहीबार दिउँसो लण्डनका लागि उडेको बोइङ… Continue reading अहमदावाद विमान दुर्घटनाः एक व्यक्तिको जीवितै उद्धार
थप चार प्रदेशमा फैलियो मनसुन
२९ जेठ, काठमाडौं । नेपालमा १५ दिनअगावै भित्रिएर रोकिएको मनसुन आज थप चार प्रदेशमा फैलिएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज मनसुन कोशी प्रदेशका बाँकी भू–भागसहित मधेस प्रदेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न क्षेत्रमा फैलिएको छ । महाशाखाका मौसमविद् गोविन्द झाले मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशका केही… Continue reading थप चार प्रदेशमा फैलियो मनसुन
प्रतिनिधिसभाको बैठक आज पनि अबरुद्ध, शुक्रबार दिउँसो बस्ने
२९ जेठ, काठमाडौं । प्रतिनिधिसभाको बैठक शुक्रबार दिउँसो १ः०० बजे बस्ने गरी स्थगित भएको छ । प्रतिनिधिसभाको आजको बैठक प्रुमख प्रतिपक्षीलगायतका विपक्षी दलहरुको अवरोधका कारण नियमित कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको छ । आज अपराह्न ३ः०० बजेका लागि बोलाइएको बैठक दलहरुबीचको आन्तरिक छलफलका कारण सूचना प्रकाशित गरेर साँझ ५ः३० लागि सारिएको थियो । सो… Continue reading प्रतिनिधिसभाको बैठक आज पनि अबरुद्ध, शुक्रबार दिउँसो बस्ने
भारतमा दुर्घटनामा परेको ड्रिमलाइनर : अमेरिकी कम्पनीको लामो दूरीका लागि ख्याति कमाएको नमूना विमान
२९ जेठ, काठमाडौं । भारतमा बिहीबार दुर्घटनाग्रस्त भएको ईन्धन–कुशल, वाइड–बडी भएको बोइङ ७८७ ड्रिमलाइनर अमेरिकी कम्पनीको लामो दूरीका विमानहरूको सूचीको गौरव हो । सन् २०११ को अक्टोबरमा जापानको अल निप्पोन एयरवेजसँग पहिलो पटक सेवामा प्रवेश गरेपछि विश्वका ८० भन्दा बढी एयरलाइन्सले दुईहजार ५९८ वटा जहाजअर्डर गरिसकेका छन् भने ८८९ वटा अझै डेलिभरीको पर्खाइमा छन् ।… Continue reading भारतमा दुर्घटनामा परेको ड्रिमलाइनर : अमेरिकी कम्पनीको लामो दूरीका लागि ख्याति कमाएको नमूना विमान
अहमदावाद विमान दुर्घटनामा कोही जीवित भेटिने आशा क्षीणः प्रहरी
२९ जेठ, काठमाडौं । बिहीबार लण्डन जाँदै गरेको भारतीय यात्रुबाहक विमान भारतको अहमदाबाद शहरको एक आवासीय क्षेत्रमा दुर्घटना हुँदा त्यसमा सवार सबै २४२ जनाको मृत्यु भएको विश्वास गरिएको छ । “अहमदाबादको त्रासदीले हामीलाई स्तब्ध र दुःखी बनाएको छ। एयर इन्डियाको उडान नम्बर १७१ उडेको केही क्षणमा नै दुर्घटनाग्रस्त भएको हृदयविदारक घटनाले विश्वलाई नै स्तब्ध बनाएको… Continue reading अहमदावाद विमान दुर्घटनामा कोही जीवित भेटिने आशा क्षीणः प्रहरी
अहमदावाद विमान दुर्घटनाः भारतीय राष्ट्रपति, प्रधानमन्त्री, सत्तासिन तथा विपक्षी दलका नेता तथा कलाकारद्वारा शोक व्यक्त
२९ जेठ, काठमाडौं । अहमदावादमा भएको विमान दुर्घटनाप्रति भारतीय राष्ट्रपति, प्रधानमन्त्री, विपक्षी दलका नेतालगायत अधिकारीले दुःख व्यक्त गरेका छन् ।बिहीबार लण्डन जाँदै गरेको भारतीय यात्रुबाहक विमान भारतको अहमदाबाद शहरको एक आवासीय क्षेत्रमा दुर्घटना हुँदा त्यसमा सवार सबै २४२ जनाको मृत्यु भएको विश्वास गरिएको छ । राष्ट्रपति द्रोपदी मुर्मूले राष्ट्रपति मुर्मूले गुजरातको अहमदाबादमा भएको विमान दुर्घटनाप्रति… Continue reading अहमदावाद विमान दुर्घटनाः भारतीय राष्ट्रपति, प्रधानमन्त्री, सत्तासिन तथा विपक्षी दलका नेता तथा कलाकारद्वारा शोक व्यक्त
२४२ यात्रु बोकेको एयर इन्डियाको जहाज दुर्घटनाग्रस्त
काठमाडौं । २४२ यात्रु बोकेको एयर इन्डियाको जहाज दुर्घटनामा परेको छ । बिहिवार गुजरातको अहमदावादबाट लन्डन उडेको सो जहाज दुर्घटनामा परेको हो । जहाज बस्तीमा खसेका कारण थप क्षति हुने अनुमान छ । यतिबेला उद्दारको काम जारी रहेको छ । अहिलेसम्म कसैलाई पनि जिवित उद्दार गरिएको छैन । जहाज टेकअफ गर्नासाथ भुइमा झरेको भिडियो क्लिप्सहरु… Continue reading २४२ यात्रु बोकेको एयर इन्डियाको जहाज दुर्घटनाग्रस्त
द्वन्द्व भड्किए अमेरिकी सैन्य अखडालाई निशाना बनाउने इरानको चेतावनी
एजेन्सी२९ जेठ, इरानले द्वन्द्व भड्किए उक्त क्षेत्रमा रहेको अमेरिकी सैन्य अखडालाई निशाना बनाउने चेतावनी दिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आणविक सम्झौतामा पुग्नेमा आफू ‘कम विश्वस्त’ रहेको बताएका छन् । ट्रम्पले आफ्नो पहिलो कार्यकालमा (सन् २०१८) मा त्यागेको इरान र विश्वका शक्ति राष्ट्रहरूबीच भएको सन् २०१५ को सम्झौतालाई प्रतिस्थापन गर्ने नयाँ आणविक सम्झौताका लागि… Continue reading द्वन्द्व भड्किए अमेरिकी सैन्य अखडालाई निशाना बनाउने इरानको चेतावनी
पर्यटकको पर्खाइमा माडीको ‘धनलक्ष्मी झरना’
रासस२९ जेठ, भरतपुर । यहाँको दक्षिणी भेगमा पर्ने माडी उपत्यका प्राकृतिक, धार्मिक र सांस्कृतिक सम्पदाले भरिपूर्ण छ । यहाँ रहेको सामेश्वर मन्दिर, गोद्धक, बैकुण्ठ ताल, राम मन्दिरलगायत क्षेत्र पर्यटकीय हिसाबले महत्वपूर्ण छन् । यसबारे धेरैलाई जानकारीसमेत छ, तर माडीमै रहेको सुन्दर ‘धनलक्ष्मी झरना’ का विषयमा भने धेरैजसो बेखबर छन् । करिब ६० मिटर उचाइबाट खस्ने… Continue reading पर्यटकको पर्खाइमा माडीको ‘धनलक्ष्मी झरना’
कर्णालीमा छ दिनमा २७ फरार अभियुक्त पक्राउ
रासस२९ जेठ, कर्णाली । नेपाल प्रहरीले कर्णाली प्रदेशभर छ दिनमा २७ जना फरार अभियुक्त पक्राउ गरेको छ । प्रदेश प्रहरी कार्यालय मातहतका विभिन्न जिल्लाहरूमा फरार अभियुक्तलाई पक्राउ गर्ने अभियानअन्तर्गत पछिल्ला छ दिनमा २७ जनालाई पक्राउ गरिएको हो । विभिन्न अपराधमा संलग्न रही अदालतबाट कैद तथा जरिवाना तोकिएका फरार अभियुक्तलाई पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालय सुर्खेतका… Continue reading कर्णालीमा छ दिनमा २७ फरार अभियुक्त पक्राउ
ठाउँ-ठाउँमा वर्षाः तापक्रम क्रमशः घट्दै
२९ जेठ, काठमाडौं । मौसम बदली भएसँगै ठाउँठाउँमा परेको वर्षाका कारण क्रमशः तापक्रम केही घट्न थालेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालको पूर्वक्षेत्रमा यो दुई दिन अलि बढी वर्षा भएकाले तापक्रम घटेका छ । अन्य क्षेत्रमा तातो नै रहे पनि क्रमशः केही घट्ने जनाइएको छ । महाशाखाका मौसमविद् रोजन… Continue reading ठाउँ-ठाउँमा वर्षाः तापक्रम क्रमशः घट्दै
राष्ट्रपति ट्रम्पसमक्ष राजदूत रेग्मीद्वारा ओहोदाको प्रमाणपत्र पेस
२९ जेठ, वाशिङ्गटन डिसी । अमेरिकाका लागि नेपालका राजदूत लोकदर्शन रेग्मीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन् । बुधबार राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसमा आयोजित एक समारोहमा राजदूत रेग्मीले ओहोदाको प्रमाणपत्र पेस गरेको नेपाली नियोगले जनाएको छ । कार्यक्रममा राजदूत रेग्मीले नेपालका राष्ट्रपति, प्रधानमन्त्री र नेपाली नागरिकका तर्फबाट राष्ट्रपति ट्रम्पको सुस्वास्थ्य, खुसी… Continue reading राष्ट्रपति ट्रम्पसमक्ष राजदूत रेग्मीद्वारा ओहोदाको प्रमाणपत्र पेस
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आज भारी वर्षाको अनुमान
२९ जेठ, काठमाडौं । हाल देशका पश्चिम र मध्य भागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भागमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत पहाडी भागका केही स्थानमा मेघगर्जन र… Continue reading कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आज भारी वर्षाको अनुमान
आप्रवासन छापाको विरोधमा प्रदर्शनबीच लस एन्जलसमा कर्फ्यू घोषणा
२९ जेठ, काठमाडौं । लस एन्जलसका मेयर करेन बासले बुधबार लस एन्जलसको डाउनटाउनमा ‘आपत्कालीन कर्फ्यू’ लागु हुने घोषणा गरेका छन् । अमेरिकी अध्यागमन तथा भन्सार प्रवर्तन (आइसिई) ले कागजातविहीन आप्रवासीहरूलाई लक्षित गरेको छापाको विरुद्धमा धेरै दिनको विरोध प्रदर्शन पछि कर्फ्यू लगाइएको हो । एक प्रेस सम्मेलनमा बासले कर्फ्यू साँझ ८ः०० देखि बिहान ६ः०० बजे सम्म… Continue reading आप्रवासन छापाको विरोधमा प्रदर्शनबीच लस एन्जलसमा कर्फ्यू घोषणा
जिबुटीमा तस्करद्वारा डुङ्गामा सवार आप्रबासीमाथि आक्रमण हुँदा आठ जनाको मृत्यु, २२ बेपत्ता
एजेन्सी२९ जेठ, काठमाडौं । मानव तस्करको एक समूहले आप्रवासी डुङ्गामा आक्रमण गरी उनीहरूलाई डुङ्गाबाट ओर्लन बाध्य पार्दा कम्तीमा आठ जनाको मृत्यु हुनुका साथै २२ जना बेपत्ता भएको संयुक्त राष्ट्रसङ्घको आप्रवासन निकायले बुधबार जनाएको छ । गत बिहीबार करिब १५० जना यात्रु बोकेको डुङ्गालाई तस्करले रोकी आक्रमण गरेपछि उनीहरू ‘तटदेखि निकै टाढा’ समुद्रमा हाम फाल्न बाध्य… Continue reading जिबुटीमा तस्करद्वारा डुङ्गामा सवार आप्रबासीमाथि आक्रमण हुँदा आठ जनाको मृत्यु, २२ बेपत्ता
दक्षिण अफ्रिकामा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ४९ पुग्यो
२८ जेठ, काठमाडौं । दक्षिण अफ्रिकाको पूर्वी क्षेत्रमा आएको बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ४९ पुगेको छ । बाढीले एक स्कुल बस बगाउँदा त्यसमा सवार चार बालबालिकाको मृत्यु भएको र चार जना वेपत्ता भएको जनाइएको छ । भारी वर्षा, हिमपात र चिसो वायुले विशेष गरी पूर्वी केप प्रान्तका क्षेत्रहरूलाई प्रभावित गरेको छ र देशका अधिकांश… Continue reading दक्षिण अफ्रिकामा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ४९ पुग्यो
संवैधानिक आयोगका पदाधिकारीविरुद्धको सुनवाइको फैसला पुनः सर्यो
२८ जेठ, काठमाडौं । सर्वोच्च अदालतले ५२ जना संवैधानिक आयोगका पदाधिकारीविरुद्ध दायर रिट निवेदनमाथिको निर्णय सुनाउने मिति आगामी असार १८ गतेलाई तोकेको छ। प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, न्यायाधीश सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, डा कुमार चुँडाल र डा नहकुल सुवेदीका इजलासमा रहेको सो मुद्दाविरुद्धको फैसलाको निर्णय सुनाउने मिति पुनः सरेको हो । सर्वोच्च अदालतका सहप्रवक्ता नीराजन… Continue reading संवैधानिक आयोगका पदाधिकारीविरुद्धको सुनवाइको फैसला पुनः सर्यो
मर्स्याङ्दी नदीमा गरियो मनसुन विपद् उद्धार अभ्यास
२८ जेठ, मनाङ । मनसुन सुरूआतसँगै हुनसक्ने विभिन्न विपद् उद्धार अभ्यास गरिएको छ । नेपाली सेना नयाँ भैरवी दल गुल्म र सशस्त्र प्रहरी बल नं ३२ गुल्म मनाङको संयुक्त आयोजनामा आज नासो गाउँपालिका–१ तालगाउँस्थित मस्र्याङ्दी नदीमा मनसुन विपद् उद्धार अभ्यास गरिएको छ । मनसुनलाई मध्यनजर गरी नेपाली सेना, सशस्त्र प्रहरी बललगायत सुरक्षा निकायले विपद् उद्धार… Continue reading मर्स्याङ्दी नदीमा गरियो मनसुन विपद् उद्धार अभ्यास
संसद बैठक आज पनि प्रतिपक्षीद्वारा अवरोध
२८ जेठ, काठमाडौं । प्रतिनिधिसभाको बैठकमा आज पनि प्रतिपक्षी दलहरूले अवरोध गरेका छन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा दिनुपर्ने अडान राख्दै विपक्षी दलहरूले दुई सातादेखि निरन्तर बैठक अवरोध गर्दै आइरहेका हुन् । आज बैठक सुरु भएलगत्तै विपक्षी दलका सांसदहरूले उठेर नाराबाजीसहित विरोध जनाए । सत्तापक्षका सांसदहरूले पनि गृहमन्त्रीले संसद्मा बोल्न पाउनुपर्ने माग… Continue reading संसद बैठक आज पनि प्रतिपक्षीद्वारा अवरोध
प्याराग्लाइडिङ दुर्घटनामा परेका चार जनाको सकुशल उद्धार
२८ जेठ, पोखरा । कास्कीको पोखरा महानगरपालिका–१८ खपौँदीस्थित फेवातालमा प्याराग्लाइडिङ दुर्घटनामा परेका दुई चालक सहित चार जनाको आज सकुशल उद्धार गरिएको छ । कास्कीस्थित सशस्त्र प्रहरी बल नं २४ गणबाट फेवा उद्धार टावरमा खटिएको विपद् व्यवस्थापन टोलीले उनीहरूको उद्धार गरेको हो । अवतरणका क्रममा अनियन्त्रित भई फेवातालका बीचमा खसेका अग्नि प्याराग्लाइडिङका पाइलट मिलन शाह र… Continue reading प्याराग्लाइडिङ दुर्घटनामा परेका चार जनाको सकुशल उद्धार