सुनकोशी मरिण डाइभर्सनमा पुन: ठेक्का लगाउने तयारी

७ पुस, काठमाडौं । राष्ट्रिय गौरवको सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँध (हेडवक्र्स), विद्युतगृहलगायत सिभिल संरचना, गेटलगायत हाइड्रोमेकानिकल उपकरण आपूर्ति तथा जडानको कामको ठेक्का तोडेपछिको मूल्याङ्कन भइरहेको छ । आयोजनाले २४ कात्तिकमा उक्त प्याकेज निर्माणका लागि पटेल—रमण जेभी, जनकपुर—९ धनुषासँगको ठेक्का सम्झौता तोड्ने १४ दिने सार्वजनिक सूचना जारी गरेको थियो । सम्झौतामा भएको व्यवस्था बमोजिम… Continue reading सुनकोशी मरिण डाइभर्सनमा पुन: ठेक्का लगाउने तयारी

सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता, संसद पुनर्स्थापनामा जोड

काठमाडौँ, ७ पुस । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । सभापति देउवा निवास महाराजगन्जमा आज भएको भेटमा उनीहरुबीच समसामयिक राजनीतिक बिषयमा कुराकानी भएको सभापति देउवाको सचिवालयले जनाएको छ । भेटमा अध्यक्ष ओलीसँग एमाले महासचिव शङ्कर पोखरेल पनि थिए । यसअघि गत मङ्सिर १९… Continue reading सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता, संसद पुनर्स्थापनामा जोड

निर्वाचन आयोगले भन्यो : तोकिएको मितिमै चुनाव गर्न तयार छौं

सर्वदलीय बैठकमा सहभागी

काठमाडौँ, ७ पुस । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आयोग सरकारको प्राथमिकताअनुसार आगामी फागुन २१ मा प्रतिनिधिसभा सदस्य निर्वाचन गराउन पूर्ण तयार रहेको बताएका छन् । सिंहदरबारमा आज प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा निर्वाचन आयोग, राजनीतिक दल, जेनजी प्रतिनिधि तथा सरोकार भएकाहरूबीच भएको छलफलमा उनले तोकिएको समयमै निर्वाचन गर्न आयोगले आवश्यक सबै तयारी पूरा गरिसकेको… Continue reading निर्वाचन आयोगले भन्यो : तोकिएको मितिमै चुनाव गर्न तयार छौं

प्रधानमन्त्रीले सर्वदलीय बैठकलाई सम्बोधन गर्दै भनिन् : समयमै निर्वाचन हुन्छ

प्रधानमन्त्री सुशीला कार्की सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रतिनिधिसभा सदस्य निर्वाचन, कानुन एवं व्यवस्थापनसम्बन्धी राजनीतिक दलहरु र नागरिक प्रतिनिधिहरुसँगको छलफलमा सहभागी हुँदै । तस्बिरः रत्न श्रेष्ठ/रासस

काठमाडौँ, ७ पुसः प्रधानमन्त्री सुशीला कार्कीले सबै राजनीतिक दललाई निर्वाचन प्रक्रियामा सहभागी भई शान्ति कायम गर्न आह्वान गरेकी छिन् । सिंहदरबारमा आज निर्वाचन आयोग, राजनीतिक दल, जेनजी प्रतिनिधि तथा सरोकारभएकाहरूबीच भएको बैठकमा उनले सबै दल एकजुट भए कुनै पनि नकारात्मक तत्वले देशमा हिंसा मच्चाउन नसक्ने स्पष्ट पारिन् । प्रधानमन्त्री कार्कीले भनिन्, “निर्वाचनका सवालमा धेरैले सुरक्षा… Continue reading प्रधानमन्त्रीले सर्वदलीय बैठकलाई सम्बोधन गर्दै भनिन् : समयमै निर्वाचन हुन्छ

सरकारले राजनीतिक दलका क्षतिग्रस्त कार्यालयको अनुगमन गर्ने

काठमाडौँ, ७ पुस । सरकारले जेनजी आन्दोलनका क्रममा क्षति भएको राजनीतिक दलका कार्यालयको अनुगमन गर्ने भएको छ । यही पुस ८ गते नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले) र माओवादी केन्द्रलगायतका दलका कार्यालय अनुगमन गर्न लागेको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हा, सञ्चार तथा सूचना प्रविधिमन्त्री… Continue reading सरकारले राजनीतिक दलका क्षतिग्रस्त कार्यालयको अनुगमन गर्ने

कोदो, मकै फल्ने बारीभरी लटरम्म सुन्तला : यस वर्ष रु १५ लाखको बिक्री

राससढोरपाटन (बागलुङ), ७ पुस । पछिल्ला समयमा बसाइँसराले गाउँ रित्तिदै छ । गाउँमा भएकाहरु पनि सहर झर्ने मिति जुराउँदै छन् । जिल्लास्थित किमबोटबाट बसाइँ सर्नेमध्येका लोकनाथ कँडेल एक हुनुहुन्छ । १३ वर्ष अगाडि सुबिधा खोज्दै बागलुङ बजार झर्नुभएका उहाँ अहिले पनि प्रायः गाउँमै भेटिनुहुन्छ । कँडेल गाउँमै भेटिनुको मुख्य कारण हो, सुन्तला । जिल्लामै अगुवा… Continue reading कोदो, मकै फल्ने बारीभरी लटरम्म सुन्तला : यस वर्ष रु १५ लाखको बिक्री

पर्ल हार्बरका अन्तिम साक्षीमध्ये एक इरा स्काबको निधन

FILE - An attendee asks Pearl Harbor survivor Ira "Ike" Schab, 103, to sign an U.S. flag during the 82nd Pearl Harbor Remembrance Day ceremony on Thursday, Dec. 7, 2023, at Pearl Harbor in Honolulu, Hawaii. (AP Photo/Mengshin Lin, File)

होनोलुलु (अमेरिका), ७ पुस (रासस–एपी) । दोस्रो विश्वयुद्धका नौसेनाका दिग्गज इरा ‘इके’ स्काब, सन् १९४१ मा पर्ल हार्बरमा भएको जापानी आक्रमणबाट बाँच्न सफल अन्तिम व्यक्तिहरूमध्ये एक, को १०५ वर्षको उमेरमा निधन भएको छ । उनको निधन शनिबार बिहान आफ्नै घरमा परिवारको उपस्थितिमा भएको उनकी छोरी किम्बर्ली हेनरिकसले जानकारी दिइन् । उनको निधनसँगै पर्ल हार्बरको आकस्मिक… Continue reading पर्ल हार्बरका अन्तिम साक्षीमध्ये एक इरा स्काबको निधन

योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’

राससम्याग्दी, ७ पुसः पृष्ठभूमिमा लहरै हिमाल । वरपर घना जङगल । शान्त र एकान्त वातावरण । पहाडको मध्यभागमा अवस्थित थुम्को । तलतिर देखिने नागबेली परेर बगेको म्याग्दी नदी र ग्रामीण बस्ती चराचुरुङ्गी र वन्यजन्तुका आवाज । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीमा रहेको ‘स्वर्गाश्रम’ प्राकृतिक रुपमा रमणीय, धार्मिक हिसाबले ऐतिहासिक र पर्यटकीय सम्भावना बोकेको ठाउँ हो ।… Continue reading योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’

पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ

राससपर्वत, ७ पुस । यहाँका अधिकांश पाखापखेरा, डाँडाकाँडामा लप्सी पाकेर पहेँलपुर बनिरहेका छन् । लप्सी जिल्लाको रुपमा परिचित जिल्लामा यसवर्ष फलेका लप्सी टिपेर बिक्री तथा प्रशोधन गर्न किसानलाई भ्याइनभ्याइ भएको छ । जिल्लाका अधिकांश किसानले लप्सीका दाना बिक्री गर्दै आएका छन् भने जिल्लाको फलेवास नगरपालिका–४ मुडिकुँवामा सञ्चालित सामुदायिक खाद्य प्रशोधन उद्योगले लप्सीको प्रशोधन गर्दै आएको… Continue reading पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ

ग्रीसको पर्यटनमा सन् २०२५ ले ‘उच्च रेकर्ड’ कायम

photo : Google

एथेन्स, ७ पुस (रासस–एएफपी) । ग्रीसको अर्थतन्त्रको एक प्रमुख क्षेत्रमा श्रम अभाव जारी भए पनि ग्रीसले सन् २०२५ मा पर्यटनका लागि ‘अर्को उच्च रेकर्ड’ कोर्ने बाटोमा रहेको बताएको छ । नोभेम्बरको अन्त्यमा प्रकाशित ‘बैङ्क अफ ग्रीस’को तथ्याङ्क अनुसार सन् २०२५ जनवरीदेखि सेप्टेम्बरको अन्त्यसम्ममा लामो समयदेखि घमाइलो टापु र सम्पन्न पुरातात्विक स्थलहरूको लागि पर्यटकहरूको प्रिय भूमध्यसागरीय… Continue reading ग्रीसको पर्यटनमा सन् २०२५ ले ‘उच्च रेकर्ड’ कायम

अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र

काभ्रेपलाञ्चोक, ७ पुस । अरनिको राजमार्गको सूर्यबिनायक–धुलिखेल सडकखण्डअन्तर्गत पहिलो खण्ड साँगा–धुलिखेल सडकको स्तरोन्न्तीकार्यलाई तीब्रता दिइएको छ । गत मङ्सिर अन्तिम साता म्याद सकिएर पुनः एकवर्ष थपिएपछि स्तरोन्नतीकार्यलाई तीव्रता दिइएको हो । आठ किलोमिटर दूरीको साँगा–धुलिखेल सडक विस्तारका लागि विसं २०७९ मङ्सिर २७ गते सम्झौता भई २०८२ मङ्सिर २५ गते आयोजनाको म्याद सकिएको थियो । उक्त… Continue reading अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र

सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

७ पुस, काठमाडौं । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका—३ दोभानस्थित निर्माणाधीन सुरुङ मार्ग निर्माण ६५ प्रतिशत सकिएको छ । आयोजनाको वित्तीय प्रगति ५६ प्रतिशत रहेको छ । ११२६ मिटर लम्बाइ भएको सुरुङ निर्माण सम्पन्न भएको छ । १५१, १६१ र १३० मिटर लम्बाइ भएका तीन वटा पाइपास सुरुङको पनि निर्माण सकिएको छ । सुरुङ मार्गसम्म… Continue reading सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

निर्वाचन ७३ दिन बाँकी : यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत

काठमाडौँ, ७ पुस । राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका लागि उम्मेद्वारको बन्द सूची पेस गर्दा बढीमा ११० र कम्तीमा ११ जनाको नाम सूचीकृत गर्नुपर्ने भएको छ । आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन हुँदैछ । प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन (पहिलो संशोधन) निर्देशिका, २०८२ ले गरेको व्यवस्था बमोजिम राजनीतिक दलले उम्मेद्वारको बन्द… Continue reading निर्वाचन ७३ दिन बाँकी : यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत

साउदी अरबमा गैर–मुस्लिम विदेशीका लागि मदिरा पसलको पहुँच विस्तार

Festivalgoers gather near food and beverage stands, including a booth serving nonalcoholic beer, during the Soundstorm music festival in Riyadh, Saudi Arabia, Thursday, Dec. 11, 2025. (AP Photo/Baraa Anwer)

रियाद, ७ पुस (रासस–एपी) । साउदी अरेबियाले चुपचाप आफ्नो एक मात्र मदिरा बिक्री केन्द्रमा पहुँच विस्तार गरेको छ । यस निर्णयसँगै अब धनी गैर–मुस्लिम विदेशी बासिन्दाहरूले पनि मदिरा किन्न पाउने भएका छन् । यो कदमलाई एक समय अत्यन्त रूढीवादी मानिएको राज्यले अपनाइरहेको उदारीकरण नीतिको पछिल्लो चरणका रूपमा हेरिएको छ । यस विषयमा कुनै औपचारिक घोषणा… Continue reading साउदी अरबमा गैर–मुस्लिम विदेशीका लागि मदिरा पसलको पहुँच विस्तार

भक्तपुरमा एक महिनामा १४ वटा जघन्य अपराध

राससभक्तपुर, ७ पुस ।भक्तपुरमा पछिल्लो एक महिनामा १४ वटा जघन्य अपराधका घटना घटेका छन् । जिल्ला प्रहरी परिसर भक्तपुरले गत मङ्सिरभरि जिल्लामा घटेका घटनाको विवरण आज सार्वजनिक गर्दै १४ वटा गम्भीर अपराधका घटना भएका जनाएको हो । परिसरका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक प्रकाश जवेजुले एक महिनामा ३७ जना पक्राउ परेका जनाउँदै १३२ मुद्दा… Continue reading भक्तपुरमा एक महिनामा १४ वटा जघन्य अपराध

निर्वाचनको तयारीमा लाग्न सुहाङलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौँ, ७ पुस । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्ति र स्थिरताका लागि प्रतिनिधिसभाको निर्वाचन तोकिएकै समयमा हुनुपर्ने बताएकी छिन् ।प्रधानमन्त्री कार्कीले इलाम क्षेत्र नं २ का निवर्तमान सांसद सुहाङ नेम्बाङ नेतृत्वको प्रतिनिधिमण्डलसँग सिंहदरबारमा आज भएको भेटमा यो सरकार चुनाव गराउनैका लागि आएकाले अब कुनै दुविधा नराखी चुनावको तयारी गर्न पनि आग्रह गरिन् । उनले भनिन्,… Continue reading निर्वाचनको तयारीमा लाग्न सुहाङलाई प्रधानमन्त्रीको आग्रह

ग्रे लिस्टबाट नेपाललाई बाहिर निकाल्न भएका तयारीबारे प्रधानमन्त्रीको चासो

rss

काठमाडौँ, ७ पुस । प्रधानमन्त्री सुशीला कार्कीले सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न भएका तयारीबारे सम्बन्धित निकायहरुसँग जानकारी लिएकी छिन् । आज अर्थमन्त्री रामेश्वर खनाल, अर्थ मन्त्रालयकै राजस्वसचिव भुपाल बराल र नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्व पौडेलसमेतको उपस्थितिमा प्रधानमन्त्री कार्कीले विभिन्न अनुसन्धान गर्ने निकायहरुबाट ब्रिफिङ लिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । ती निकायका… Continue reading ग्रे लिस्टबाट नेपाललाई बाहिर निकाल्न भएका तयारीबारे प्रधानमन्त्रीको चासो

सञ्चारमन्त्री खरेलले सार्वजनिक गरे तीन महिनामा महत्वपूर्ण कामको सूची

काठमाडौँ, ७ पुस । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जिम्मेवारी सम्हालेको तीन महिनाको अवधिमा विभिन्न उपलब्धि हासिल भएको दावि गरेका छन् । उनले गत असोज ६ गते सञ्चारमन्त्रीको रुपमा नेतृत्व लिएका थिए । मन्त्री खरेलले सिंहदरबारस्थित मन्त्रालयमा आज पत्रकार सम्मेलन गरी मन्त्रीको रुपमा पदबहाली भएको तीन महिनामा सम्पन्न भएका आमसञ्चार, दूरसञ्चार, सूचना प्रविधि, हुलाक… Continue reading सञ्चारमन्त्री खरेलले सार्वजनिक गरे तीन महिनामा महत्वपूर्ण कामको सूची

लुम्बिनी लायन्सको ट्रफी उत्सव र्‍याली घोराहीमा

घोराही (दाङ), ७ पुस । नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–२ को विजेता लुम्बिनी लायन्सको ट्रफी उत्सव र्‍याली दाङको घोराही आइपुगेको छ । बाँकेबाट सुरु भएको ट्रफी उत्सव र्‍याली बर्दिया, दाङको तुलसीपुर हुँदै आइतबार घोराही आइपुगेको हो । र्‍यालीलाई घोराहीमा दाङ क्रिकेट सङ्घका अध्यक्ष तथा नेपाल क्रिकेट सङ्घका केन्द्रीय सदस्य प्रदीप मजगैया, लुम्बिनी प्रदेश क्रिकेट सङ्घका… Continue reading लुम्बिनी लायन्सको ट्रफी उत्सव र्‍याली घोराहीमा

गहना चोरी गरी बिक्री गर्ने दुई जना काठमाडौंमा पक्राउ

काठमाडौँ, ६ पुस । सुनका गरगहना चोरी गरी बिक्री गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बालाजुको टोलीले तारकेश्वर नगरपालिका–४ माछापुच्छ्रे टोलस्थित एक व्यक्तिको डेराबाट सुनका गरगहना चोरी गर्ने तथा बिक्री गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा धादिङको गजुरी गाउँपालिका घर भई काठमाडौँको नयाँबसपार्क बस्ने २४ वर्षीय… Continue reading गहना चोरी गरी बिक्री गर्ने दुई जना काठमाडौंमा पक्राउ

विश्वकप क्रिकेटका लागि खेलाडी छनोट

काठमाडौँ, ६ पुस । आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म भारत र श्रीलङ्कामा संयुक्त रूपमा आयोजना हुने आइसिसी टी–२० विश्वकप क्रिकेट २०२६ का लागि नेपाली क्रिकेट टोलीको प्रारम्भिक चरणमा २४ खेलाडी छनोट भएका छन् । सोमबारदेखि सुरु हुने प्रशिक्षण क्याम्पका लागि २४ जना खेलाडी छनोट गरिएको नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ ।… Continue reading विश्वकप क्रिकेटका लागि खेलाडी छनोट

प्रधानमन्त्री कार्कीसँग रास्वपा सभापति लामिछानेको भेट

काठमाडौँ, ६ पुस । प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले भेटवार्ता गरेका छन् । आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा उनीहरुबीच समसामयिक विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । त्यस अवसरमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल, रास्वपाका पदाधिकारी र सदस्य सहभागी थिए ।

जेनजी अगुवा ढुङ्गानाले गरे सरकारविरुद्ध आन्दोलनको घोषणा

काठमाडौँ, ७ पुस । जेनजी अगुवा मिराज ढुङ्गानाको समूहले जेनजीको माग, मुद्दा सम्बोधन नभएको भन्दै १० बुँदे एजेण्डासहित आन्दोलनको घोषणा गरेको छ । सो समूहले आज यहाँ पत्रकार सम्मेलन गरी युवाको भावनाबमोजिम सरकार सञ्चालन नभएको आरोप लगाउँदै सोमबारदेखि शान्तिपूर्ण आन्दोलन गर्ने जनाएको छ । सो अवसरमा जेनजी अगुवा ढुङ्गानाले विकृति, विसङ्गति र भ्रष्टाचारको अन्त्यसहित सुशासनका… Continue reading जेनजी अगुवा ढुङ्गानाले गरे सरकारविरुद्ध आन्दोलनको घोषणा

चिसोले गरिब बस्तीको जनजीवन कष्टकर

गोपालप्रसाद बराल–रासस महोत्तरी, ६ पुस । मङ्सिरभरि झलमल्ल घाम लाग्दा सामान्य रहेको यहाँको जनजीवन पुस लागेयता बढ्दै गएको जाडोले प्रभावित बनेको छ । पुस लागेसँगै ह्वात्तै बढेको चिसोले गरिब बस्ती बढी प्रभावित भएका छन् । जिल्लाको दक्षिणी क्षेत्रमा पुस लागेसँगै बिहानदेखि नै मध्याह्नसम्म बाक्लो हुस्सुले ढाकेर चिसो बतास चल्न थालेसँगै गरिब बस्तीको बिजोग बढेको हो… Continue reading चिसोले गरिब बस्तीको जनजीवन कष्टकर

मौन पीडामा रहेकी कालिमायाको याचना…..

राससदमौली (तनहुँ), ६ पुस । यहाँस्थित व्यास नगरपालिका–८ बर्लाचीको एक घरको आँगनमा डोरीमा बाँधिएर जीवन बिताउन बाध्य छन्, झलक विक । छब्बीस वर्षीय उनका लागि हिँडडुल गर्नु, मनका भावनालाई साटासाट गर्नु र अन्य दैनिकी काम गर्नु अकल्पनीय कुरा हुन् । उनी आफ्नो शरिरलाई आफै नियन्त्रण गर्न सक्दैनन् र घिस्रिएर अर्को स्थानमा पुग्न बाध्य छन् ।… Continue reading मौन पीडामा रहेकी कालिमायाको याचना…..

चितवनमा गैरआवासीय नागरिकता लिने बढे

चितवन, ६ पुसः नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या यहाँ बढेको छ । गत साउनयता यहाँ ४० जनाले नागरिकता परित्याग गर्दा ४९ जनाले गैरआवासीय नागरिकता लिएका छन् । सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माका अनुसार नागरिकता परित्याग गर्नेमा १३ महिला र २७ पुरुष छन् । गैरआवासीय नागरिकता लिन नेपाल आएका समयमा नेपाली नागरिकता… Continue reading चितवनमा गैरआवासीय नागरिकता लिने बढे

भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

FILE

ताप्लेजुङ, ६ पुसः बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख वेदप्रसाद गौतमका अनुसार मैवाखोला गाउँपालिका–३, लेकुवाका २६ वर्षका फुर्वा शेर्पाको घाँटीमा गोली लागेर आज बिहान मृत्यु भएको हो । स्थानीय तिलोकसिंह लिम्बूको अलैंचीबारीमा बन्दुकसहित शेर्पाको शव फेला परेको जानकारी वडाध्यक्ष खगेन्द्र थक्लुङले प्रहरीलाई दिएपछि सुरक्षाकर्मीको… Continue reading भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

सुनचाँदीको मूल्यमा उतारचढाव, सुन दुई लाख ६० हजार नजिक

file

काठमाडौँ, ६ पुस । पछिल्ला केही दिनयता स्थानीय बजारमा सुन र चाँदीको मूल्यमा निरन्तर उतारचढाव आएको छ । गत शुक्रबार एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ६० हजार ४०० सय पुगेको थियो भने आज त्यति नै परिमाणको सुन रु दुई लाख ५८ हजार ३०० मा झरेको छ । गत मङ्गलबार रु दुई लाख… Continue reading सुनचाँदीको मूल्यमा उतारचढाव, सुन दुई लाख ६० हजार नजिक

बागमतीमा तैरिने फोहर पदार्थ सङ्कलन गर्न राखियो ‘ट्रास बेरियर’

काठमाडौँ, ६ पुसः सहरी विकास मन्त्रालयअन्तर्गतको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले काठमाडौँका नदीहरूमा तैरिने फोहर सङ्कलन गर्न ‘ट्रास बेरियर’ जडान गरेको छ । गुह्येश्वरीबाट ट्रास बेरियर जडान सम्पन्न गरी वाग्मती नदीका पाँच स्थान क्रमशः गोकर्ण ब्यारेज, गुह्येश्वरी, तिलगङ्गा आँखा अस्पताल, वाग्मती मनहरा दोभान, युएन पार्क र मनोहरा नदीको कर्मनाशा दोभानमा एक स्थान गरी… Continue reading बागमतीमा तैरिने फोहर पदार्थ सङ्कलन गर्न राखियो ‘ट्रास बेरियर’

पसिनाका गन्धमा सफलता खोज्ने तिवारी

राससपथरी (मोरङ), ६ पुस । उर्लाबारी–२ भुसिका युवराज तिवारीले रु तीन लाखबाट सुरुआत गरेको कृषि फार्म अहिले एक करोड बराबरको लगानी भएको छ । स्वदेशमै केही गर्ने उद्देश्यका साथ आठ वर्ष अगाडि उहाँले एउटा कुखुराको फार्म खोलेका थिए । सुरुमा १५० कुखुराबाट सुरु भएको फार्ममा अहिले १५ होलिस्टेन गाई र एक हजार ५०० भन्दा बढी… Continue reading पसिनाका गन्धमा सफलता खोज्ने तिवारी