बनेपा (काभ्रपेलाञ्चोक), २१ कात्तिकः सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) आफ्नै मुद्रण मेसिनबाट छाप्न सुरु गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको सुरक्षण मुद्रण केन्द्रले आजदेखि लाइसेन्स छाप्न सुरु गरेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले काभ्रेको बनेपास्थित केन्द्रमा रहेको मेसिनबाट छपाइ शुभारम्भ गरे । सञ्चारमन्त्री जगदीश खरेलले कानुनी उल्झन र विविध कठिनाइका… Continue reading सुरक्षण मुद्रण केन्द्रबाटै ‘लाइसेन्स’ छपाइ सुरु
Author: Vishwanews.com
आन्दोलनमा आगजनी गरिएको चन्द्रागिरि केबलकार तथा रिसोर्ट शनिबारबाट पुनः सञ्चालनमा
२१ कात्तिक, काठमाडौं । चन्द्रागिरि केबलकार तथा रिसोर्ट शनिवार बिहानदेखि पुनः सञ्चालनमा आउने भएको छ। चन्द्रागिरि हिल्सको सेवा ६० दिनअघि अस्थायी रूपमा बन्द भएको थियो। केबलकार सेवा पुनः सुचारु भएपछि नेपालकै उत्कृष्ट पर्यटकीय तथा धार्मिक गन्तव्य भालेश्वर महादेव मन्दिर दर्शन गर्न भक्तजनहरूलाई सहज हुने छ भने पर्यटकहरूले रिसोर्टको आतिथ्य तथा अन्य सेवाहरु प्राप्त गर्न सक्ने… Continue reading आन्दोलनमा आगजनी गरिएको चन्द्रागिरि केबलकार तथा रिसोर्ट शनिबारबाट पुनः सञ्चालनमा
सर्वोच्च अदालत आगामी मङ्सिर १ देखि पूर्णरुपमा सञ्चालन हुने
काठमाडौँ, २१ कात्तिकः आगामी मङ्सिर १ गतेदेखि सर्वोच्च अदालत पूर्णरुपमा सञ्चालनमा आउने भएको छ । गत भदौ २४ गतेको जेनजी आन्दोलनमा आगजनी भएपछि सर्वोच्चले आशिंक रुपमा मात्रै सेवा प्रवाह गर्दै आएको छ । सर्वोच्च अदालतको बिहीबार बसेको पूर्ण बैठकलेले आगजनी, ढुङ्गामुढा, तोडफोड र लुटपाट समेतका घटनाबाट बचेका मुद्दाहरु, अवरुद्ध सबै सेवाहरुको नियमित रुपमा सञ्चालन गर्ने… Continue reading सर्वोच्च अदालत आगामी मङ्सिर १ देखि पूर्णरुपमा सञ्चालन हुने
रास्वपाको विस्तारित बैठक सौराहामा सुरु
चितवन, २१ कात्तिकः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को विस्तारित बैठक सौराहामा सुरु भएको छ । बिस्तारित बैठक सुरु हुनुअघि आज बिहान पार्टीको केन्द्रीय समितिको बैठकले कार्यतालिका अनुमोदन गरेको हो । पार्टी प्रवक्ता मनिस झाका अनुसार कार्यतालिकासँगै पार्टीको आन्तरिक र राजनैतिक विषयमा छलफल भएको हो । केन्द्रीय समितिको बैठकपछि विस्तारित बैठक सुरु भएको उनले बताए । दुई… Continue reading रास्वपाको विस्तारित बैठक सौराहामा सुरु
हङकङ सिक्सेस क्रिकेट : नेपाल अफगानिस्तानसँग पराजित
काठमाडौँ, २१ कात्तिक । हङकङमा आजदेखि सुरु भएको हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा नेपाल अफगानिस्तानसँग पराजित भएको छ । हङकङको मोङ कोकस्थित मिसन रोड ग्राउन्डमा आज भएको आफ्नो पहिलो खेलमा नेपाल अफगानिस्तानसँग १७ रनले पराजित भएको हो । जितका लागि ११३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ६ ओभरमा २ विकेट गुमाएर ९५ रन मात्र बनाउन सक्यो… Continue reading हङकङ सिक्सेस क्रिकेट : नेपाल अफगानिस्तानसँग पराजित
मेलम्चीको पानी पूर्ण रूपमा रोकियो
काठमाडौँ, २१ कात्तिक । आफ्ना माग पुरा नभएको भन्दै भेण्डर, मेलम्ची बाढी पीडितलगायतका समितिहरुको समूहले मेलम्ची खानेपानी काठमाडौँ पथान्तरण बन्द गरेका छन् । मेलम्ची खानेपानी आयोजना अन्तर्गतको मुहान क्षेत्रमा बिहीबार स्थानीयवासीले काठमाडौँ पथान्तरण गरिने पानी बन्द गरेको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जगरनाथ दासले जानकारी दिए । उनले भने, “गतवर्ष तत्कालीन खानेपानीमन्त्री प्रदीप यादवसँग… Continue reading मेलम्चीको पानी पूर्ण रूपमा रोकियो
एलन मस्कको स्टारलिङ्कले भारतमा सेवा विस्तार गर्दै, महाराष्ट्र पहिलो राज्य बन्ने
नयाँदिल्ली, २१ कात्तिक (रासस–एएफपी) ।विश्वका चर्चित उद्यमी एलन मस्कको स्वामित्वमा रहेको स्टारलिङ्क इन्टरनेट सेवा अब भारतमा आधिकारिक रूपमा सुरु हुन लागेको छ । राजधानी वित्तीय केन्द्र मुम्बई रहेको भारतको महाराष्ट्र राज्य यो सेवा सञ्चालन गर्ने पहिलो भारतीय राज्य बन्ने भएको मुख्यमन्त्रीले बुधबार घोषणा गरेका छन् । स्टारलिङ्कले कम–कक्षीय उपग्रहहरू (लो–अर्थ अर्बिट स्याटेलाइट्स) मार्फत दुर्गम तथा… Continue reading एलन मस्कको स्टारलिङ्कले भारतमा सेवा विस्तार गर्दै, महाराष्ट्र पहिलो राज्य बन्ने
अफगानिस्तानमा अफिम खेती २० प्रतिशतले घट्यो
काबुल, २१ कात्तिक (रासस/एएफपी) :अफगानिस्तानमा सन् २०२५ मा अफिम खेती २० प्रतिशतले घटेको संयुक्त राष्ट्रसङ्घले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । यसैसँगै उक्त निकायले सिन्थेटिक औषधि उत्पादन र तस्करीमा एकैसाथ तीव्र वृद्धि हुने खतरा रहेको चेतावनीसमेत दिएको छ । तालिबान सरकारका अधिकारीहरूले सत्तामा पुनः फर्किएको एक वर्षपछि सन् २०२२ मा राष्ट्रव्यापी रूपमा अफिम… Continue reading अफगानिस्तानमा अफिम खेती २० प्रतिशतले घट्यो
नेपालगन्जमा कर्णालीको स्याउ ‘ब्राण्डिङ’ गर्दै प्रेमलाल
राँझा (बाँके), २१ कात्तिक । नेपालगञ्जका फलफूल व्यवसायी प्रेमलाल साहु तेली कर्णालीको स्याउलाई पश्चिम नेपालको बजारमा स्थापित गर्न चार दशकदेखि अनवरत रूपमा लागिपरेका छन् । कर्णाली राजमार्ग सञ्चालनमा आउनुअघि कर्णालीको स्याउ तराईका सहरहरूमा पुर्याउनु ठूलो चुनौती थियो । प्रेमलाल साहु तेलीसँग वर्षौँअघि हवाईजहाजबाट नेपालगञ्जसम्म स्याउ ढुवानी गरेर बिक्री गरेको अनुभव छ । कमजोर ढुवानी व्यवस्थापनका… Continue reading नेपालगन्जमा कर्णालीको स्याउ ‘ब्राण्डिङ’ गर्दै प्रेमलाल
विश्व वातावरण सुविधाबाट प्राप्त रकमका लागि अर्थले माग्यो प्रस्ताव
काठमाडौँ, २१ कात्तिक । अर्थ मन्त्रालयले विश्व वातावरण सुविधाबाट प्राप्त रकमका लागि प्रस्ताव पेस गर्न आह्वान गरेको छ । अर्थ मन्त्रालयको वैदेशिक सहायता समन्वय महाशाखाले सार्वजनिक सूचनामार्फत विश्व वातावरण सुविधामार्फत प्राप्त हुने १० लाख ८९ हजार पाँच सय ५५ अमेरिकी डलर रकम उपयोगका लागि प्रस्ताव पेस गर्न आग्रह गरेको हो । विश्व वातावरण सुविधाको ग्लोबल… Continue reading विश्व वातावरण सुविधाबाट प्राप्त रकमका लागि अर्थले माग्यो प्रस्ताव
विश्व तापक्रमलाई १.५ डिग्री सेल्सियसभन्दा कम राख्न असफल
बेलेम, ब्राजिल, २१ कात्तिक (रासस-एएफपी) । विश्व तापक्रम १.५ डिग्री सेल्सियसभन्दा कम राख्ने आफ्नो वाचामा ‘असफल’ भएको संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले बिहीबार बताएका छन् । उनले कोप–३० सम्मेलनका अवसरमा ब्राजिलमा विश्व नेताहरूसँगको एक छलफलमा भने, “हामी तापक्रमलाई १.५ डिग्री सेल्सियसभन्दा कम राख्ने आफ्नो वाचामा ‘असफल’ भएका छौँ । यो विश्वका सवै राष्ट्रको लागि ठूलो… Continue reading विश्व तापक्रमलाई १.५ डिग्री सेल्सियसभन्दा कम राख्न असफल
निःशुल्क वितरण गर्ने औषधि सिंहदरबार वैद्यखानाबाट लिँदै काठमाडौं महानगर
काठमाडौँ, २१ कात्तिक । काठमाडौँ महानगरपालिकाले आयुर्वेद तथा वैकल्पिक स्वास्थ्य केन्द्रबाट निःशुल्क वितरण गर्ने औषधि र औषधिजन्य सामग्री सिंहदरबार वैद्यखानाबाट लिने भएको छ । यसरी औषधि लिनका लागि कामपा स्वास्थ्य विभाग र सरकार–सरकार साझेदारी कार्यक्रमअन्तर्गत कामपाले माग गर्ने आयुर्वेदिक औषधि लागत मूल्यमा वैद्यखानाले उपलब्ध गराउनेगरी सम्झौता पनि भइसकेको कामपाले जानकारी दिएको छ । कामपा स्वास्थ्य… Continue reading निःशुल्क वितरण गर्ने औषधि सिंहदरबार वैद्यखानाबाट लिँदै काठमाडौं महानगर
देशका अधिकांश भागमा आज मौसम सफा रहने
काठमाडौँ, २१ कात्तिकः जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । देशका अधिकांश भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ । कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रहने अनुमान गरिएको छ भने बाँकी भागमा मौसम मुख्यतः सफा रहनेछ । विभागका अनुसार कोशी र गण्डकी प्रदेशका… Continue reading देशका अधिकांश भागमा आज मौसम सफा रहने
धान बेच्न किसान रातभर लाइनमा, सरकारी खरिद केन्द्रमा भीड
राष्ट्रिय समाचार समिति (रासस)घोडाघोडी (कैलाली), २१ कात्तिक । यहाँको घोडाघोडी नगरपालिका–३ निम्दीका स्वरूप चौधरी शनिबार बिहानै भजनीमा धान बिक्रीका लागि पुगे । सरकारले धानको समर्थन मूल्य तोकी धान खरिद सुरु गरेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनीको उपकेन्द्र भजनी गोदाममा पुग्नुभएका स्वरुपले त्यो दिन पालो पाएनन् । उनलाई धान बेच्नका लागि चार दिन लाग्यो । जिल्लाको… Continue reading धान बेच्न किसान रातभर लाइनमा, सरकारी खरिद केन्द्रमा भीड
अन्तरदेशीय प्रसारण लाइनको लाभ प्राधिकरणले पनि पाउने ऊर्जा मन्त्रालयको दाबी
काठमाडौँ, २१ कात्तिक । सरकारले नेपाल र भारतबीच निर्माण हुने अन्तरदेशीय प्रसारण लाइनबाट प्राप्त हुने लाभ नेपाल विद्युत् प्राधिकरणले पनि प्राप्त गर्ने स्पष्ट पारेको छ । नेपाल–भारतबीच इनरुवा–पूर्णीया र दोदोधारा–बरेली थप दुईवटा चार सय किलोभोल्ट क्षमताका अन्तरदेशीय प्रसारण लाइनहरू संयुक्त लगानीमा निर्माण गर्नेसम्बन्धी सम्झौता भएको छ । संयुक्त निर्देशक समिति ९जेएसी०को १२औँ बैठकमा निर्णय भएको… Continue reading अन्तरदेशीय प्रसारण लाइनको लाभ प्राधिकरणले पनि पाउने ऊर्जा मन्त्रालयको दाबी
भोजपुरमा बन्छन् पाँच सयदेखि ५२ हजारसम्मका ‘भोजपुरे खुकुरी’
भोजपुर, २१ कात्तिक स् देशविदेशमा आफ्नो विशेष पहिचान बनाएको ‘भोजपुरे खुकुरी’ आज पनि स्थानीय कालीगढहरूको हातमै चम्किरहेको छ । भोजपुर खुकुरी उद्योगका लागि परिचित जिल्ला हो । यहाँ अहिले पनि मागअनुसारका विभिन्न प्रकारका खुकुरी तयार पारिन्छन् । स्थानीय खुकुरी व्यवसायी हीरा श्रेष्ठका अनुसार भोजपुरमा बन्ने खुकुरीको मूल्य न्यूनतम रु पाँच सयदेखि अधिकतम रु ५२ हजारसम्म… Continue reading भोजपुरमा बन्छन् पाँच सयदेखि ५२ हजारसम्मका ‘भोजपुरे खुकुरी’
बिया विश्वकै सबैभन्दा वृद्ध जीवित राष्ट्रपति, क्यामरुनको राष्ट्रपतिमा आठौँ कार्यकालको लागि शपथ ग्रहण
याउन्डे, २१ कात्तिक (रासस–एएफपी) । विगत ४३ वर्षदेखि क्यामरुनमा राष्ट्रपति रहेका पल बियाले बिहीबार आठौं कार्यकालको लागि शपथ लिएका छन् । यस बर्षको निर्वाचनमा ठूलो विरोध प्रदर्शन दमनपछि उनलदे ५३.७ प्रतिशत मत प्राप्त गरी विजय भएका थिए । विश्वकै सबैभन्दा वृद्ध राष्ट्रप्रमुख बन्न सफल ९२ वर्षीय बियाले अक्टोबर १२ मा भएको मतदानमा बहुमत प्राप्त भएको… Continue reading बिया विश्वकै सबैभन्दा वृद्ध जीवित राष्ट्रपति, क्यामरुनको राष्ट्रपतिमा आठौँ कार्यकालको लागि शपथ ग्रहण
सुदन गुरुङले मागे गृहमन्त्रीको राजिनामा, रक्षा बम भन्छिन्, त्यो पर्दैन
२१ कात्तिक, काठमाडौं । जेनजी अगुवाका नाममा उदाएका सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालको राजिनामा मागेका छन् । उता अर्की अगुवा रक्षा बमले भने अहिले गृहमन्त्रीको राजिनामा आवश्यक नभएको बताएकी छिन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन समूह सुदन प्रति निकट मानिन्छ । सोहीकारण सुदनको आक्रोस बालेन समूहको आक्रोसका रुपमा हेरिएको छ । गुरुङले सामाजिक मार्फत धारणा… Continue reading सुदन गुरुङले मागे गृहमन्त्रीको राजिनामा, रक्षा बम भन्छिन्, त्यो पर्दैन
एक जना पनि घाइते नहुने गरी निर्वाचन गराउन सरकार प्रयासरत छः प्रधानमन्त्री
काठमाडौँ, २० कात्तिकः प्रधानमन्त्री सुशीला कार्कीले एकथोपा रगत नबग्ने र एक जना पनि घाइते नहुने गरी निर्वाचन गराउन आफू प्रयासरत रहेको बताएकी छिन् । द एसियन नेटवर्क फर फ्रि इलेक्सन्स (आन्फ्रेल) को प्रतिनिधिमण्डलसँग आज भएको भेटमा प्रधानमन्त्री कार्कीले शान्तिपूर्ण र भयरहित वातावरणमा स्वच्छ र निष्पक्ष चुनाव गराउन सरकार प्रतिबद्ध रहेको पनि जानकारी दिइन् । आन्फ्रेल… Continue reading एक जना पनि घाइते नहुने गरी निर्वाचन गराउन सरकार प्रयासरत छः प्रधानमन्त्री
काठमाडौँ महानगरपालिकाका प्रमुख साहविरुद्ध दिइयो उजुरी
काठमाडौँ, २० कात्तिकः राष्ट्रिय युवा सङ्घ नेपालले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएको छ । प्रमुख साहले केही दिनअघि नेपालमा प्रमुख दल, छिमेकीलगायत मित्रराष्ट्रविरुद्ध सामाजिक सञ्जालमा लेखेको विषयलाई साइबर कानुनअन्तर्गत कारबाही गर्न भोटाहिटीस्थित ब्युरोका कार्यालयमा पुगेर सङ्घले आज उजुरी दिएको हो । सङ्घका उपाध्यक्ष महाराज गुरूङले आफूहरुले ब्युरोका प्रमुख प्रहरी… Continue reading काठमाडौँ महानगरपालिकाका प्रमुख साहविरुद्ध दिइयो उजुरी
लामिछाने र जोशीको मुद्दाका फाइल झिकाउन आदेश
लुम्बिनी २०, कात्तिकः उच्च अदालत तुलसीपुर, बुटवल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको फाइल जिल्ला अदालतबाट झिकाउन आदेश भएको छ । उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा बुटवलको सुप्रिम सहकारी संस्थाको रकम ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा रहेका उनीहरुको सुनुवाइका लागि आज पेसी तोकिएको थियो ।… Continue reading लामिछाने र जोशीको मुद्दाका फाइल झिकाउन आदेश
राहदानीको विषय समाधान उन्मुख छः परराष्ट्र मन्त्रालय
काठमाडौँ, २० कात्तिकः परराष्ट्र मन्त्रालयले हाल सेवाग्राहीको उच्च मागअनुसार राहदानी पुस्तिका केही न्यून सङ्ख्या भएपनि यो विषय समाधान उन्मुख रहेको जनाएको छ । राहदानी पुस्तिका बाहिर प्रचारमा आएजस्तो अवस्थामा नरहेको मन्त्रालयले स्पष्ट पारेको हो । मन्त्रालयअन्तर्गतको राहदानी विभागले विद्युतीय राहदानी आपूर्तिका लागि नयाँ आपूर्तिकर्तासँग विसं २०८२ साउनमा खरिद सम्झौता गरिसकेको छ । उक्त सम्झौताअनुसार आगामी… Continue reading राहदानीको विषय समाधान उन्मुख छः परराष्ट्र मन्त्रालय
गृहमन्त्रीद्वारा पूर्व राष्ट्रपति भण्डारीको घरको अवलोकन
काठमाडौँ, २० कात्तिकः गृहमन्त्री ओमप्रकाश अर्यालले आज पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको काठमाडौँको चपलीस्थित घरको अवलोकन गरेका छन् । पूर्वराष्ट्रपति भण्डारीको घर गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा आजगनी भएको थियो । यसअघि अर्यालले काठमाडौँको बोहोराटारस्थित राष्ट्रपति रामचन्द्र पौडेलको घरको अवलोकन गरेका हुन् । त्यसैगरी अर्यालले मङ्गलबार प्रथम राष्ट्रपति डा रामवरण यादवको ललितपुर बागडोलस्थित… Continue reading गृहमन्त्रीद्वारा पूर्व राष्ट्रपति भण्डारीको घरको अवलोकन
अघिल्लो साताको हिमपातपछि छार्का भेरोलमा अलपत्र दुई पर्यटकको उद्धार
मुस्ताङ, २० कात्तिकः मुस्ताङ र डोल्पाको सिमाना छार्का भेरोलको हिउँमा फसेका दुई जना नेपाली पर्यटकको आज बिहान हेलिकप्टरमार्फत उद्धार गरिएको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङको समन्वयमा इन्द्रबक्स गणको नेपाली सेनाको सहयोगमा एयर डाइनोष्टिक हेलिकप्टरमार्फत सकुशल उद्धार गरिएको हो । पर्वतका मनिष जिसी र म्याग्दीका सन्तोष कुँवर भारी हिमपातका कारण मुस्ताङ र डोल्पाको सिमानामा फसेका… Continue reading अघिल्लो साताको हिमपातपछि छार्का भेरोलमा अलपत्र दुई पर्यटकको उद्धार
टेलिकम कम्पनीको घट्दो आम्दानी, चर्को कर
कमलकुमार बस्नेत / रासस काठमाडौँ, २० कात्तिकः पछिल्ला सात वर्षमा टेलिकम सेवाप्रदायक कम्पनीको आम्दानी करिब २८ प्रतिशतले घटेको छ । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार दुई टेलिकम सेवाप्रदायकको आम्दानी आर्थिक वर्ष २०७४\७५ मा रु ९८ अर्ब ७१ करोड आम्दानी गरेकामा गत आवमा यो रु ७१ अर्ब २१ करोडमा सीमित भएको छ । यो निरन्तर ओरालो लागिरहेको… Continue reading टेलिकम कम्पनीको घट्दो आम्दानी, चर्को कर
हरिवंशलाई लिएर ‘पाँच पाण्डव’ चलचित्र घोषणा
काठमाडौँ, २० कात्तिकः अभिनेता हरिवंश आचार्यलाई लिएर नयाँ चलचित्र ‘पाँच पाण्डव’ निर्माण हुने भएको छ । सुशील पौडेलको लेखन तथा वसन्त निरौलाको निर्देशनमा तयार हुने उक्त चलचित्रको हालै मुहूर्त गर्दै निर्माण घोषणा गरिएको हो । उनले चलचित्रको नाम धार्मिक सुनिए पनि कथा सामाजिक विषयवस्तुमा निर्माण भएको जानकारी दिए । निर्देशक निरौलाले भने, “हामीले पाँच जना… Continue reading हरिवंशलाई लिएर ‘पाँच पाण्डव’ चलचित्र घोषणा
न्यूयोर्कका सबैभन्दा कान्छा मेयर जोहरान मम्दानी को हुन् ?
२० कात्तिक, काठमाडौं । अमेरिकाको सबैभन्दा ठूलो सहर न्यूयोर्क सिटीमा मुस्लिम समुदायका जोहरान मम्दानी नगरप्रमुख निर्वाचित भएका छन्। केही महिनाअघिसम्म खासै नचिनिएका मम्दानीले आफ्नो निर्वाचन अभियानका क्रममा समाजवादी नाराअघि सारेका थिए। अमेरिकी राष्ट्रपति ट्रम्पले माम्दानी निर्वाचित भए न्यूयोर्कलाई दिइने सङ्घीय बजेट कटौती गर्ने चेतावनी दिएका थिए। चुनाव जितेपछि समर्थकहरूलाई सम्बोधन गर्दै मम्दानीले यो विजयले न्यूयोर्कवासीहरूले… Continue reading न्यूयोर्कका सबैभन्दा कान्छा मेयर जोहरान मम्दानी को हुन् ?
म्यानमानरबाट १४ नेपालीको उद्धार
२० कात्तिक, काठमाडौं । विभिन्न प्रलोभनमा म्यानमार पुगेका १४ जना नेपालीको उद्धार गरी नेपाल फर्काइएको छ । म्यानमारस्थित नेपाली राजदूतावास र थाइल्याण्डका सम्बन्धित निकायहरूको सहयोगमा उनीहरुको उद्धार गरी थाइल्यान्ड पुर्याएर बुधबार नेपाल फर्काइएको हो । थाइल्यान्डस्थित नेपाली दूतावासका अनुसार थाइल्याण्डको टाक प्रान्तको अध्यागमन कार्यालय मेसोट हुँदै बिहीबार नेपाल एयरलाइन्समार्फत् फर्काइएको छ । यस्तै अनुसार म्यानमारमा… Continue reading म्यानमानरबाट १४ नेपालीको उद्धार
धार्मिक पर्यटकीयस्थल तिनचुलेमा पूर्वाधार निर्माण
म्याग्दी, कात्तिक २० गते । मङ्गला गाउँपालिका–५ र बागलुङको ताराखोला गाउँपालिका–४ को सिमानामा अवस्थित धार्मिक पर्यटकीयस्थल तिनचुलेमा पूर्वाधार निर्माण भएको छ । समुद्र सतहदेखि दुई हजार ९३२ मिटर उचाइमा अवस्थित तिनचुले पुग्ने सडक, पदमार्ग, खानेपानी र आश्रयस्थलको व्यवस्था भएपछि त्यहाँको शिवालय मन्दिर, बराह तालमा पूजाआजा, हिमशृङ्खला, सूर्योदय र पहाडी भूगोलको दृष्यावलोकन गर्न आउनेको चहलपहल बढेको… Continue reading धार्मिक पर्यटकीयस्थल तिनचुलेमा पूर्वाधार निर्माण
जलवायु प्रतिरोधात्मक पूर्वाधार निर्माणमा दातृ निकायले सघाउने
काठमाडौँ, कात्तिक २० गते । नेपालमा विपद् जोखिम न्यूनीकरण, जलवायु परिवर्तन अनुकूलन तथा प्रतिरोधात्मक पूर्वाधार विकासकामा एसियाली विकास बैंक (एडिबी) विश्व बैंक समूहअन्तर्गतको अन्तरराष्ट्रिय विकास सङ्घ र स्वीस विकास सहयोग (एसडिसी) ले सहयोग गर्ने भएका छन् । तीन दातृ निकायले आगामी तीन वर्षसम्म प्रदान गर्ने सहायतासम्बन्धी समझदारीपत्रमा बुधबार यहाँ हस्ताक्षर गरेका यहाँस्थित विश्व बैंकको कार्यालयले… Continue reading जलवायु प्रतिरोधात्मक पूर्वाधार निर्माणमा दातृ निकायले सघाउने