काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमण परीक्षणको दायरा बढेको छ ।सरकारले लक्ष्यित समूह र स्थानलाइ सिल गरि कोरोना परिक्षण बढाइएको हो । स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार बिहिबार टिचिङ अस्पताल र कालिमाटी तरकारी बजारमा नमुना परिक्षण गरिएको छ ।मन्त्रालयका अनुसार नेपालमा पीसीआर विधिबाट मात्र बिहिवारसम्म साढे २२ हजार वटा नमुना परीक्षण गरिएको छ । स्वास्थ्य… Continue reading नेपालमा बढ्यो कोरोना परिक्षणको दायरा
Author: Vishwanews.com
काठमाडौं उपत्यकामा लकडाउन कडा पारिने
काठमाडौं । अब काठमाडौं उपत्यकामा लकडाउन कडा पारिने भएको छ ।काठमाडौंमा औसधि पसलबाहेक अन्य पसल खोल्न नपाउने गरि प्रहरीले कडाइ थालेको छ ।बिहीवार गृह मन्त्रालयमा सुरक्षा सम्यन्त्रको बैठक बसेको थियो ।बैठकले अब काठमाडौंमा भने लकडाउनको कार्यान्वयन कडा पार्ने निर्णय गरेको हो । काठमाडौंमा मङ्गलबार र बुधबार तिन जना तथा भक्तपुरमा २ जनामा कोरोना देखिएको थियो… Continue reading काठमाडौं उपत्यकामा लकडाउन कडा पारिने
गृहबाट जारी सबै सवारी पास खारेज
काठमाडौं । सवारी साधन चलाउन गृह मन्त्रालयबाट जारी गरेको सवारी पास रद्द भएका छन ।यस्तो निर्णय शनिबारदेखि लागू हुने भएको छ । सरकारी पासको दुरुपयोग गरि अनाधिकृत रुपमा आवतजावत बढेको र यसले कोरोनाको सङ्क्रमण बढाएको निचोडमा सरकार पुगेको हो । बिहीबारदेखि एक जिल्लाबाट अर्को जिल्ला जानका लागि जारी भएको पास रद्ध गरिएको थियो ।शनिबारदेखि भने… Continue reading गृहबाट जारी सबै सवारी पास खारेज
नेपालमा एकाबिहानै थपिए ७ संक्रमित, २ सय ५० पुग्यो कुल संक्रमण
काठमाडौं । नेपालमा बिहीबार बिहानै थप ७ जना कोरोना स्रक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसको पुष्टी गरेको हो । अब नेपालमा कुल संक्रमितको संख्या २ सय ५० पुगेको छ । बिहीबार सर्लाहीमा १, धनुषा र महोत्तरीमा २, २ जनामा कोरोना संक्रमण देखिएको हो ।उता, कपिलवस्तु र काठमाडौंमा पनि बिहीबार एक एक जनामा… Continue reading नेपालमा एकाबिहानै थपिए ७ संक्रमित, २ सय ५० पुग्यो कुल संक्रमण
आजबाट लकडाउनमा कडाई, यस्तो छ नयाँ नियम
काठमाडौं । आजबाट लकडाउन कार्यान्वयनमा सरकार कडा बन्ने भएको छ । सरकारले १ जेठबाट लकडाउनमा कडाई गर्ने नीति अनुसार कार्यान्वयनमा थाल्ने भएको छ । मंगलबार र बुधबार लगातार करीव १ सय जनामा कोरोना देखिएपछि सरकारले देशभर लकडाउन कडा बनाउने नीति लिएको छ । त्यसअनुसार अब एक जिल्लाबाट अर्को जिल्लामा जान जारी भएका सबै पास रद्द… Continue reading आजबाट लकडाउनमा कडाई, यस्तो छ नयाँ नियम
कपिलवस्तुमा कोरोना देखिएकोमा ४ जना सुरक्षाकर्मी संक्रमित
काठमाडौं । कपिलवस्तुमा बुधबार साँझ ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसमध्ये ४ जना सुरक्षाकर्मी रहेको पुष्टी भएको छ । जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार ड्युटीमा खटिएका चार सुरक्षाकर्मीमा कोरोना पुष्टी भएको हो । कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नम्बर २ को महेन्द्र मावि को क्वारेन्टाइनमा ड्युटीमा खटिएका ४ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएको… Continue reading कपिलवस्तुमा कोरोना देखिएकोमा ४ जना सुरक्षाकर्मी संक्रमित
सर्वदलीय बैठकमा निष्कर्ष : भारतले नेपालको भूमि मिचेको छ
काठमाडौं । बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक विवादबारे सर्वदलीय बैठक आह्वान गरेका छन् । साँझ बसेको बैठकले भारतले नेपालको भूमि अतिक्रमण गरी सडक बनाएको निष्कर्ष निकालिएको छ । नेताहरुका अनुसार भारतले नेपालको भूमि मिचेकोमा दुई मत नरहेको निष्कर्षमा सर्वदलीय बैठक पुगेको छ । बैठक बुधबार साँझ बालुवाटारमा बसेको थियो । लिपुलेक क्षेत्रमा भारतले नेपाली… Continue reading सर्वदलीय बैठकमा निष्कर्ष : भारतले नेपालको भूमि मिचेको छ
लिपुलेक नजिकै दार्चुलाको छाङरुमा पुग्यो सशस्त्र प्रहरी
काठमाडौं । भारतले अतिक्रमण गरेको दार्चुलाको पिलुलेक नजिकै छाङरुमा बोर्डर आउट पोष्ट (बीओपी) स्थापना भएको छ । लिपुलेक नजिकै करीव १० किलोमिटर वर छाङरुमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट खोलिएको छ । बुधबार गृह मन्त्रालयको टोली नेपाली सेनाको हेलिकोप्टरबाट दार्चुला सदरमुकाम गएको थियो । सदरमुकामबाट सोही हेलिकोप्टरमा थप सुरक्षाकर्मी लिएर भारतले भूमि अतिक्रमण गरी सडक… Continue reading लिपुलेक नजिकै दार्चुलाको छाङरुमा पुग्यो सशस्त्र प्रहरी
फेरी थपिए २४ संक्रमित, कुल संक्रमण २४३ जनामा
काठमाडौं । बुधबार थप २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार साँझको अपडेट अनुसार रुपन्देही, कपिलवस्तु, पर्सा र नवलपरासीमा समेत कोरोनाका नयाँ संक्रमित देखिएका हुन् । यससँगै अब नेपालमा कुल संक्रमितको संख्य २४३ पुगेको छ । नयाँ आंकडा नुसार रुपन्देहीमा १२, कपिलवस्तुमा ८, पर्सामा ३ र नवलपरासीमा… Continue reading फेरी थपिए २४ संक्रमित, कुल संक्रमण २४३ जनामा
विदेशबाट नेपाली फर्काउनेबारे सरकारको स्पष्टोक्ति : भावनासँगै जोखिम पनि छ
काठमाडौं । विदेशबाट लाखौं नेपाली घर फर्कने आशमा सरकारको मुख हेरिरहेका छन् । नेपालबाट धमाधम मुलुकहरुले जहाज चार्टर्ड गरी आफ्ना नागरिक फर्काइरहँदा नेपालीले पनि त्यो आश गर्नु नौलो विषय रहेन । तर, सरकारले भने यसलाई जोखिमसँग हेरेर विश्लेषण गरेको छ । सरकारका प्रवक्ता तथा अर्थमन्त्री डा. युवराज खतिवडाले विदेशमा रहेका नेपालीलाई घर फर्काउनु पर्छ भन्ने… Continue reading विदेशबाट नेपाली फर्काउनेबारे सरकारको स्पष्टोक्ति : भावनासँगै जोखिम पनि छ
भेन्टिलेसन् फोडेर नारायणी अस्पतालबाटै भागे दुईजना कोरोना संक्रमित
काठमाडौं । कोरोना भाइरसको संक्रमण पुष्टि भएका दुईजना अस्पतालबाट भागेका छन्। वीरगन्जस्थित नारायणी अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमित शौचालयको भेन्टिलेसन् फोडेर भागेका हुन्। उनीहरूको अहिले खोजीकार्य भइरहेको छ। उनीहरु मंगलबार भर्ना भएका थिए। महानगरपालिकाकै वडा नम्बर १६ र १३ का दुई संक्रमितमध्ये एकजना १७ र अर्का ३० वर्षका छन्। वीरगन्जको नारायणी अस्पतालमा ६९ जना… Continue reading भेन्टिलेसन् फोडेर नारायणी अस्पतालबाटै भागे दुईजना कोरोना संक्रमित
थप दुईजनामा कोरोना पोजेटिभ, संक्रमितको संख्या २१९ पुग्यो
काठमाडौं । कपिलवस्तु र बाँकेमा गरि थप २ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तु नगरपालिका ५ का २२ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणका क्रममा कोरोना पोजेटिभ देखिएको हो। आजै दिउसो नेपालगञ्जका एक युवाको धुलिखेल प्रयोगशालामा गरिएको परीक्षणका क्रममा कोरोना पोजेटिभ रिपोर्ट आएको थियो। उनि… Continue reading थप दुईजनामा कोरोना पोजेटिभ, संक्रमितको संख्या २१९ पुग्यो
भीम रावलको सुरक्षामा खटिएका प्रहरीमा कोरोना पुष्टी, नेकपा स्थायी समिति बैठक स्थगित
काठमाडौं । पूर्वगृहमन्त्री तथा नेकपाका नेता भीम रावलको सुरक्षामा खटिएका एक सशस्त्र प्रहरीमा कोरोना पुष्टी भएको छ । मंगलबार भक्तपुरमा कोरोना पुष्टी भएका २ जनामध्ये एक जना सुरक्षाकर्मी थिए । उनी भीम रावलको सुरक्षामा खटिने गरेको पाइएको छ । यद्दपी उनी पछिल्लो एक महिना भने बिदामा रहेका थिए । भीम रावलको सुरक्षामा खटिएका सुरक्षाकर्मी नै… Continue reading भीम रावलको सुरक्षामा खटिएका प्रहरीमा कोरोना पुष्टी, नेकपा स्थायी समिति बैठक स्थगित
आज दार्चुलामा नेपाली फौजको पोष्ट स्थापना हुँदै
काठमाडौं । भारतीय अतिक्रमणमा परेको लिपुलेक नजिकै आज नेपाली फौजको एक टोली खट्ने भएको छ । नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौंबाट टोली दार्चुलातर्फ लागिसकेको छ । दार्चुलाको छाङरुमा सशस्त्र प्रहरी इन्सपेक्टरको नेतृत्वमा २५ जनाको टोली आजबाट फिल्डमा खट्ने भएको छ । यो क्षेत्र भारतले अतिक्रमण गरेको नेपाली भूमि लिपुलेकभन्दा करिब १०–१२ किलोमिटर नेपालतर्फ पर्ने गृह मन्त्रालयले… Continue reading आज दार्चुलामा नेपाली फौजको पोष्ट स्थापना हुँदै
उपत्यकामा को कसलाई देखियो नयाँ संक्रमण ?
काठमाडौं । काठमाडौं उपत्यकामा मंगलबार तीन जना नयाँ संक्रमित देखिए । यसअघि उपत्यका कोरोना मुक्त थियो । उपत्यका भित्र भक्तपुरमा दुई र काठमाडौंमा एक जनामा कोरोना भेटिएको हो । भक्तपुरमा कोरोना भाइरस संक्रमण देखिएका पुरुष सशस्त्र प्रहरीमा कार्यरत जवान रहेको पुष्टी भएको छ । उनी पूर्वगृहमन्त्री भीम रावलको सुरक्षामा खटिने प्रहरी जवान रहेको बताइएको छ… Continue reading उपत्यकामा को कसलाई देखियो नयाँ संक्रमण ?
जीडीपीमा बागमति प्रदेशको हिस्सा धेरै, आर्थिक वृद्धिदरमा सुप अगाडी
काठमाडौं । मुलुकको कुल गार्हस्थ उत्पादनमा सबैभन्दा ठूलो हिस्सा बागमति प्रदेशको रहेको तथ्यांक सार्वजनिक भएको छ ।जीडीपीमा बागमती प्रदेशको हिस्सा ३५.८४ प्रतिशत रहने प्रक्षेपण केन्द्रिय तथ्यांक विभागले गरेको हो । मंगलबार सार्वजनिक आर्थिक वर्ष २०७६\७७ को प्रादेशिक कुल गार्हस्थ उत्पादन (जीडीपी)को तथ्यांकअनुसार सात प्रदेशमध्ये जीडीपीमा बागमति प्रदेशले ठूलो योगदान गर्छ ।यहाँ अधिकांश सेवा तथा खुद्रा… Continue reading जीडीपीमा बागमति प्रदेशको हिस्सा धेरै, आर्थिक वृद्धिदरमा सुप अगाडी
यूएईमा मंगलबार कोरोनाबाट दुई नेपालीको मृत्यु
काठमाडौं । कोरोना भाइरको संक्रमणबाट मंगलबार यूएईमा दुई जना नेपालीको ज्यान गएको छ । त्यहास्थित नेपाली दूतावास स्रोतका अनुसार यूएईको आबुधाबीमा अर्घाखाँचीका ३९ वर्षिय एक पुरुषको ज्यान गएको छ । यूएईकै अलऐनमा अर्का नेपालीको ज्यान गएपनि नेपालको ठेगाना भने स्पष्ट भइनसकेको बताइएको छ । कोरोना सङ्क्रमणका कारण मृत्यु भएको अर्घाखाँचीका युवा लामो समय अस्पतालमा उपचारार्थ… Continue reading यूएईमा मंगलबार कोरोनाबाट दुई नेपालीको मृत्यु
कोरोना शुरु भएयता साउदी अरबमा ३१ नेपालीको मृत्यु, एक जनाको कोरोना कारण
काठमाडौं । संसारभर कोरोना भाइरसको संक्रमण शुरु भएयता साउदी अरबमा ३१ जना नेपाली नागरिकको ज्यान गएको छ । त्यसमध्ये एक जनाको मृत्युका कारण कोरोना रहेको साउदी अरेबियास्थित नेपाली दूतावासले जानकारी दिएको छ । । यो मुलुक नेपाली कामदारको प्रमुख श्रम गन्तब्य मध्ये एक हो । साउदी अरेबियामा कोरोना भाइरसबाट संक्रमित नेपालीको संख्या भने ६७४ पुगेको… Continue reading कोरोना शुरु भएयता साउदी अरबमा ३१ नेपालीको मृत्यु, एक जनाको कोरोना कारण
काठमाडौं र भक्तपुरसहित मंगलबार फेरी थपिए २६ संक्रमित, कुल संक्रमित २१७
काठमाडौं । नेपालमा थप २६ जनामा कोरोना पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १० बजेर १५ मिनेटमा सार्वजनिक गरेको नयाँ अपडेट अनुसार आज थप २६ जनामा कोरोना जनामा कोरोना देखिएको थियो । दिउँसो ५७ जनामा कोरोना देखिएको थियो । मंगलबार मात्र ८३ जनामा कोरोना पुष्टी हुँदा कुल संक्रमित भने २१७ पुगेको छ ।… Continue reading काठमाडौं र भक्तपुरसहित मंगलबार फेरी थपिए २६ संक्रमित, कुल संक्रमित २१७
एकै दिन ३९ संक्रमित भेटिएपछि पर्सामा निषेधाज्ञा
वीरगन्ज । कोरोना भाइरसको जोखिम ह्वात्तै बढेसँगै पर्सामा निषेधाज्ञा जारी भएको छ । खासगरी वीरगञ्ज महानगरपालिकामा अब अत्यावश्यक बाहेक सबै प्रकारका गतिविधि रोकिने भएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार निषेधाज्ञा मंगलबार बेलुकाबाटै कार्यान्वयनमा आएको छ । पर्सामा दुई जना पत्रकारसहित मंगलबार एकै दिन ३९ जनामा कोरोना पुष्टी भएको छ । यस जिल्लामा समुदाय स्तरमै… Continue reading एकै दिन ३९ संक्रमित भेटिएपछि पर्सामा निषेधाज्ञा
रुपन्देहीका पहिलो संक्रमित युवकले जिते कोरोना
बुटवल । रुपन्देहीका पहिलो कोरोना संक्रमित युवकले कोरोना जित्न सफल भएका छन् । उनी मंगलबार बुटवलस्थित कोरोना अस्पतालबाट डिस्चार्ज भएका हुन् । रुपन्देहीको कोटहीमाई गाउँपालिका वडा नंं १ का २५ वर्षका युवकमा कोरोना पुष्टी भएपछि वैशाख १९ मा अस्पताल भर्ना गरिएको थियो । १२ दिनसम्म आइसोलेसन अस्पतालमा बिताएका उनमा कोरानाको लक्षण भने नदेखिएको अस्पतालले जनाएको… Continue reading रुपन्देहीका पहिलो संक्रमित युवकले जिते कोरोना
अब जिल्ला कटेर बाहिर जान नपाइने
काठमाडौं । अब एक जिल्लाबाट अर्को जिल्लासम्म जान नपाइने भएको छ । गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जाने गरी जारी भएका सबै सवारी पास रद्द गर्ने निर्णय गरेको छ । मंगलबार एकै दिन ५७ जनामा कोरोना संक्रमण पुष्टी भएसँगै सरकार झस्किएको छ । लकडाउन केही खुकुलो पारेको सरकारले अब लकडाउन कार्यान्वयनलाई कडाईका साथ पालना… Continue reading अब जिल्ला कटेर बाहिर जान नपाइने
भारतसँग सीमा जोडिएका प्रदेश कोरोनाको उच्च जोखिममा, कुनमा कति संक्रमित ?
काठमाडौं । पछिल्लो समय नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको रिपोर्ट अनुसार हालसम्म १७ जिल्लामा कोरोना संक्रमित भेटिएको छन्। भारतसँग सीमा जोडिएका प्रदेश २ र ५ उच्च जोखिमा देखिएको छन् । प्रदेश २ पर्सामा एकै दिन ३९ जना संक्रमित भेटिएसँगै ७१ जनामा संक्रमण देखिएको छ । प्रदेश ५ मा… Continue reading भारतसँग सीमा जोडिएका प्रदेश कोरोनाको उच्च जोखिममा, कुनमा कति संक्रमित ?
नेकपा स्थायी कमिटी बैठक बुधबार
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले स्थायी कमिटी बैठक बोलाएको छ। स्थायी कमिटी बैठक बुधबार बिहान ११ बजे पार्टी कार्यालय धुम्बाराही बस्नेछ। गत वैशाख २० गते बसेको नेकपा सचिवालय बैठकले वैशाख २५ गते स्थायी कमिटी बैठक राख्ने निर्णय गरे पनि अन्तिम समयमा स्थगित गरिएको थियो। बैठकमा पेश गर्ने एजेन्डामा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी… Continue reading नेकपा स्थायी कमिटी बैठक बुधबार
नेपालमा एकैदिन ५७ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । नेपालमा ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार कपिलवस्तु, रूपन्देही, पर्सा र बारामा संक्रमित भेटिएका हुन्। स्वास्थ्य मन्त्रालयका अनुसार कपिलवस्तु, रूपन्देही, पर्सा र बारामा संक्रमित भेटिएका हुन्। जसमध्ये कपिलवस्तुमा ८, रूपन्देहीमा ९, पर्सामा ३९ र बारामा १ जना नयाँ संक्रमित भेटिएका हुन्। उनीहरू सबै पुरूष रहेको मन्त्रालयले जनाएको छ।… Continue reading नेपालमा एकैदिन ५७ जनामा कोरोना संक्रमण पुष्टि
भारतमा रेल सेवा सूचारु, लाखौं मजदुरलाई घर पठाउन थालियो
नयाँ दिल्ली । भारतमा करीव डेढ महिनायता बन्द रहेको रेलसेवा आजबाट सूचारु भएको छ । भारतले कोरोना भाइरसको सन्त्रासकै बीचमा रेल सेवा भने सूचारु गर्ने निर्णय लिएको छ । कोरोना भाइरस संक्रमण रोकथामका लागि भारतमा शुरु लकडाउनपछि भारतमा रेल सेवा बन्द गरिएको थियो । भारतीय रेल मन्त्रालयले राजधानी दिल्लीसहित १५ शहरहरुमा रेल सेवा सुरु गरेको… Continue reading भारतमा रेल सेवा सूचारु, लाखौं मजदुरलाई घर पठाउन थालियो
सील गरिएको कर्णाली अब केही खुकुलो हुने
सुर्खेत । नेपालगन्जमा कोरोना भाइरस फैलिएपछि अघिल्लो साता नाका सील गरेको कर्णालीमा अब लकडाउन केही खुकुलो हुने भएको छ । कर्णाली प्रदेश कोरोना नियन्त्रण, रोकथाम उच्च स्तरीय समितिले यस्तो निर्णय गरेको हो । कर्णालीमा अब नाकामा आवतजावत कडाइ हुने भएको छ । स्थानीय सामग्रीको ओसारपसार खुला गरिएको छ । कृषि र विकास निर्माणका गतिविधि अब… Continue reading सील गरिएको कर्णाली अब केही खुकुलो हुने
आफन्तको शव विदेशमै अन्त्येष्टी गर्ने अनुमति दिए ५० हजार पाइने
काठमाडौं । नेपालले अन्तराष्ट्रिय उडानमा लगाएको प्रतिवन्ध र कोरोना भाइरसको संक्रमणको डरले मुलुक भित्र जारी लकडाउनका कारण विदेशमा कैयौं नेपालीका शव अलपत्र अवस्थामा छन् । सरकारले यी शवको अन्त्येष्टी विदेशमा होस भन्ने चाहन्छ । किनकी त्यसले शव नेपालसम्म ल्याउन लाग्ने खर्च बच्नेछ । सोहीकारण अहिले सरकारले विदेशमा मृत्यु भएका नेपाली कामदारका परिवारसँग विदेशमै शव अन्त्येष्टि… Continue reading आफन्तको शव विदेशमै अन्त्येष्टी गर्ने अनुमति दिए ५० हजार पाइने
लिपुलेक नजिकै अब नेपाली फौजको पोष्ट, हेलिकोप्टरबाट सशस्त्र प्रहरी लगिदै
काठमाडौं । लिपुलेकमा अब नेपाल सरकारले समेत आफ्नो उपस्थिति जनाउने भएको छ । नेपाली भूमि अतिक्रमण गरेर भारतले तिब्बतको मानसरोवर जोड्ने सडक बनाएपछि सरकारले समेत यस क्षेत्रमा आफ्नो उपस्थिति जनाउन लागेको हो । भारतले नेपाली भूमि अक्रिमण गरेको दार्चुलाको माथिल्लो भेगमा सरकारको उपस्थिति नहुँदा भारतले नेपाली भूमिमा हालिमुहाली गर्न पाएको छ । अब कालापानी नजिकैको… Continue reading लिपुलेक नजिकै अब नेपाली फौजको पोष्ट, हेलिकोप्टरबाट सशस्त्र प्रहरी लगिदै
सीमा अतिक्रमणबारे तत्काल वार्ताको पक्षमा नेपाल, टार्न खोज्दै भारत
काठमाडौं । नेपाल र भारतबीच लिपुकेल विवाद लामोसमय देखि जारी छ । यसको कूटनीतिक समाधानबारे नेपाल सरकारले सिघ्र वार्ताको तयारी गरेपनि भारतले विविध बाहना बनाउँदै टार्दै आएको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले बताए । भारत सरकारले लिपुलेकमा नेपालको भूमि अतिक्रमण गरी सडक बनाएपछि फेरी एकपटक यो विषय टुंग्याउन भारतसँग आग्रह गरेको छ । साथै सडक संचालनमा… Continue reading सीमा अतिक्रमणबारे तत्काल वार्ताको पक्षमा नेपाल, टार्न खोज्दै भारत