आज दिनभर पानी पर्ने संभावना

Surging waves hit against the breakwater while Typhoon Hagibis approaches at a port in town of Kiho, Mie prefecture, Japan Friday, Oct. 11, 2019. A powerful typhoon is advancing toward the Tokyo area, where torrential rains are expected this weekend. (AP Photo/Toru Hanai)

काठमाडौं । बंगालको खाडीमा उत्पत्ति भएको शक्तिशाली चक्रवात अम्पुन बङ्गलादेश र भारतका विभिन्न शहरमा पसेको छ । यसको प्रभाव नेपालमा समेत देखिएको छ । चक्रवातको सिधा प्रभाव समुन्द्रले छोएका क्षेत्रमा पर्छ । नेपालमा भने यसले पानी पारिरहेको छ । नेपालको पूर्वी र मध्य क्षेत्रमा वर्षा भएको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । अहिले… Continue reading आज दिनभर पानी पर्ने संभावना

उपत्यका र दार्चुलामा भुकम्पको झट्का

काठमाडौं । बिहिवार काठमाडौं उपत्यका र दार्चुला केन्द्रबिन्दु भएर छुट्टाछुट्टै समयमा भुकम्पको झट्का महसुस गरिएको छ । भक्तपुर केन्द्रविन्दु भएर ३.४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । बिहीबार बिहान ८ बजेर १४ मिनेटमा भूकम्प गएको हो ।भूकम्पको केन्द्रविन्दु अनन्तलिंगेश्वर आसपास रहेको छ । बिहिवार नै बिहान २ बजेर ४१ मिनेट… Continue reading उपत्यका र दार्चुलामा भुकम्पको झट्का

नेपालमा थपिए १७ कोरोना सङ्क्रमित, ४४४ पुगे कुल बिरामी

काठमाडौं । नेपालमा बिहिवार १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार बिहान जारी गरेको सूचना अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिठान धरान र प्रादेशिक प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणअनुसार नयाँ पुष्टि भएको हो । नयाँ संक्रमितहरु झापा कचनकवल गाउँपालिका वडा नम्बर ३, ६ र ८ निवासी १८, १८, १९, १९, २२,… Continue reading नेपालमा थपिए १७ कोरोना सङ्क्रमित, ४४४ पुगे कुल बिरामी

मनिषा कोइराला नेपालको पक्षमा उभिदा भारतीय मिडियाको रोदन

काठमाडौं । अभिनेत्री मनिषा कोइरालाले नेपालले जारी गरेको नयाँ नक्सालाई समर्थन गरिन् । यसको विरुद्ध भारतीय मिडिया तल्लो स्तरमा झरेर उनको आलोचनामा लागेको छ । भारतका ठुला र चर्चित भनिएका एबिपी न्युजसहितका मिडियाले भारतको नुन खाएर चीनको समर्थन गरेको भन्दै उनी विरुद्ध लागेका हुन् । मनिषाले नेपालका परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीको नक्सासम्बन्धित टुइटमा कोट गर्दै… Continue reading मनिषा कोइराला नेपालको पक्षमा उभिदा भारतीय मिडियाको रोदन

नेपालमा हवाई उडानको प्रतिवन्ध जेठ मसान्तसम्म

काठमाडौं । सरकारले नेपालमा हवाई उडान माथिको प्रतिवन्ध जेठ मसान्तसम्म लम्ब्याएको छ । बुधबार बसेको कोभिड १९ सङ्ग सम्बन्धित उच्चस्तरीय समितिले यस्तो निर्णय गरेको हो । यसअघि १८ जेठसम्म उडानमाथि प्रतिवन्ध थियो । नेपालमा जेठ २० सम्म लकडाउन जारी छ । पछिल्लो दिनमा लकडाउन कडा गरिएको छ । हरेक दिन औसत ५० भन्दा बढी कोरोनाका… Continue reading नेपालमा हवाई उडानको प्रतिवन्ध जेठ मसान्तसम्म

नेपालमा थप २५ जनामा कोरोनाको संक्रमण, संक्रमितको संख्या ४२७ पुग्यो

काठमाडौं । नेपालमा थप २५ जनामा कोरोनाको संक्रमण देखिएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार बाँकेमा ६ जना पुरुष, धनकुटामा ५ जना , नवलपरासी १ पुरुष मा संक्रमण देखिएको हो। यस्तै कपिलवस्तुमा १३ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये ७ महिला र १८ पुरुष रहेका छन्। ३ वर्षीया बालकमा पनि संक्रमण पुष्टि भएको छ। यो सहित नेपालमा… Continue reading नेपालमा थप २५ जनामा कोरोनाको संक्रमण, संक्रमितको संख्या ४२७ पुग्यो

अब यस्तो हुने भयो नेपालको नक्सा

काठमाडौं । सरकारले नेपालको नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेको छ । बुधबार भूमिसुधार मन्त्री पद्मा अर्यालले नयाँ नक्सा सार्वजनिक गरेकी हुन् । उनले नीति तथा कार्यक्रममा उल्लेख भएको एक साता नबित्दै सरकारले नक्सा सार्वजनिक गरेको उल्लेख गरिन् । सबैको साझा प्रयासबाटै यसमा सफलता मिलेको उनको भनाई छ । उनका अनुसार अब नेपालको औपचारिक प्रयोगमा यही… Continue reading अब यस्तो हुने भयो नेपालको नक्सा

नेपालमा थप ८ जना कोरोना संक्रमित डिस्चार्ज

फाइलफोटो

काठमाडौं । विराटनगरस्थित कोशी कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका थप आठ जना संक्रमित आज डिस्चार्ज भएका छन । लगातार दुई पटकको स्वाब परिक्षण रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको हो । डिस्चार्ज हुनेमा पाँच जना भारतीय जमाति र तीन जना उदयपुरका बासिन्दा छन । उनीहरु सबैलाई भुल्केमा संक्रमण पुष्टि भएको थियो । यो सँगै कोशी… Continue reading नेपालमा थप ८ जना कोरोना संक्रमित डिस्चार्ज

आज सार्वजनिक हुँदैछ नेपालको नयाँ नक्सा

काठमाडौं । सरकारले दुई दिन अगाडी मन्त्रिपरिषद्बाट पास गरेको नेपालको नक्सा आज सार्वजनिक गरिने भएको छ । भूमिसुधार मन्त्रालयले आज औपचारिक कार्यक्रममार्फत नयाँ नक्सा सार्वजनिक गर्न लागेको हो । यसअघि सरकारले निर्णय गरेपनि नक्सा सार्वजनिक नगरेको भन्दै संसदमा प्रश्न उठेको थियो । मन्त्रालयले मन्त्रिपरिषद्को निर्णय मूख्यसचिवबाट प्रमाणिकरण गरेसँगै आज सार्वजनिक गर्न लागिएको हो । सरकारले… Continue reading आज सार्वजनिक हुँदैछ नेपालको नयाँ नक्सा

आयल निगमको अमलेखगञ्ज डिपो बन्द गर्न स्थानीयको माग

काठमाडौं । कोरोना भाइरसको सङ्क्रमणको जोखिम रहेको भन्दै नेपालमा सबैभन्दा धेरै पेट्रोलियम पदार्थ आउने अमलेखगञ्ज डिपो बन्द गर्न स्थानीयले माग गरेका छन् । प्रदेश नम्बर २ स्थित नेपाल आयल निगमको अमलेखगञ्ज डिपो बन्द गर्न स्थानीयवासिन्दाले माग गरेका हुन् । यहाँ स्थानीयबाट अवरोध भएको भन्दै निगमले भने सरकारसँग सुरक्षा माग गरेको छ ।  निगमको प्रादेशिक कार्यालयल… Continue reading आयल निगमको अमलेखगञ्ज डिपो बन्द गर्न स्थानीयको माग

सङ्कटमा रहेका नेपालीको उद्दार गर्न कम्तीमा तीन महिना लाग्ने

काठमाडौं । विदेशमा सङ्कटमा रहेका नेपालीलाई अब सरकारले क्रमश घर ल्याउने भएको छ । सरकारको तयारीअनुसार अहिलेकै अवस्थाबाट उद्धार प्रारम्भ गर्दा समेत सङ्कटमा रहेका नेपालीलाइ घर फर्काउन कम्तीमा तीन महिना लाग्ने देखिएको छ । क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) बाट कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिमा प्रस्तुत विवरणअनुसार सङ्कटमा रहेका वा स्वच्छाले समेत हवाई… Continue reading सङ्कटमा रहेका नेपालीको उद्दार गर्न कम्तीमा तीन महिना लाग्ने

काठमाडौंमा दुई प्रहरीमा कोरोना भएको पुष्टि

काठमाडौं । काठमाडौंमा ड्युटीमा खटिएका दुई प्रहरीमाथी कोरोना संक्रमण पुष्टि भएको छ। महानगरीय प्रहरी वृत्त कालीमाटीमा कार्यरत दुई जना प्रहरीमा कोरोना भएको देखिएको पुष्टि भएको छ ।राजधानीमा प्रहरी नायव निरीक्षक( सई) र प्रहरी जवानमा कोरोना संक्रमण देखिएको वृत्तले पुष्टि गरेको छ । उनीहरु दुवैजना लकडाउनको समयमा फिल्डमा खटिएको बताइएको छ । यसअघि काठमाडौं र भक्तपुरमा… Continue reading काठमाडौंमा दुई प्रहरीमा कोरोना भएको पुष्टि

नेपालमा अहिलेसम्म पीसीआर विधिबाट ३२ हजार ६ सयको परीक्षण

काठमाडौं । कोरोनाको आशंकामा पछिल्लो २४ घण्टामा २ हजार २ सय ८० जनाको पिसिआरबाट नमूना परीक्षण भएको छ। नेपालमा हालसम्म ३२ हजार ६ सय ४ जनाको पिसिआर परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए। आरडीटी विधिबाट ७४ हजार ६ सय ४९ जनाको परीक्षण भएको छ। प्रवक्ता देवकोटाका अनुसार २१ हजार ६ सय २३ जना… Continue reading नेपालमा अहिलेसम्म पीसीआर विधिबाट ३२ हजार ६ सयको परीक्षण

मङ्गलबार थपिए २७ सङ्क्रमित, कुल ४०२

काठमाडौं । नेपालमा मङ्गलबार थप २७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यका भित्र तीन सहित देशभर २७ सङ्क्रमित थप भएका हुन् । पछिल्लो समय सरकारले कोरोना परिक्षण बढाएको छ । मङ्गलबार थपिएकामा भक्तपुर र ललितपुरमा एक एक जना छन् । स्वास्थ मन्त्रालयले मङ्गलबार बिहान पुष्टि भएका समेत… Continue reading मङ्गलबार थपिए २७ सङ्क्रमित, कुल ४०२

‘एमसीसी सभामुखको टेबलमा आइसकेको छ, पास गर्ने नगर्ने संसदले निर्णय गर्छ’- प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन सम्झौता (एमसीसी) पास गर्ने कि नगर्ने संसदको विषय भएको बताएका छन् । मंगलबार प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले उक्त कुरा बताएका हुन् । जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले भने एमसीसी सभामुखको टेबलमा आइसकेको छ, एमसीसी पास… Continue reading ‘एमसीसी सभामुखको टेबलमा आइसकेको छ, पास गर्ने नगर्ने संसदले निर्णय गर्छ’- प्रधानमन्त्री

भारतलाई प्रधानमन्त्रीको प्रश्न– सत्यमेव जयते कि सिंहमेव जयते ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको भूमी मिचेको भन्दै भारतलाई उसको राष्ट्रिय नारामाथि प्रश्न उठाएका छन् । प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले लिम्पियाधुरा, कालापानी र लिपुलेकको विषय प्रधानमन्त्री ओलीले भारतलाई उसको नारा सिंहमेव जयते कि सत्यमेव जयते हो ? भन्दै प्रश्न गरे । प्रधानमन्त्री ओलीले भने,… Continue reading भारतलाई प्रधानमन्त्रीको प्रश्न– सत्यमेव जयते कि सिंहमेव जयते ?

सेनाले चीनबाट जहाजमा ल्यायो स्वास्थ्य सामग्री

काठमाडौं । नेपाली सेनाले चीनबाट स्वास्थ्य सामग्री आज काठमाडौं ल्याएको छ । नेपाल एयरलाइन्सको जहाजले १८.८४ टन सामान मंगलबार बिहान काठमाडौं ल्याएको हो । पिपिई, एन ९५ मास्क तथा टेस्ट किटहरु यस पटक ल्याइएको छ । नेपाल एयरलाइन्सको वाइडबडी जहाजले सामान ग्वाङ्जाओबाट नेपाल ल्याइएको हो । सेनाले यसअघि स्थलमार्गबाट शनिबार १० कन्टेनर सामान ल्याइसकेको थियो… Continue reading सेनाले चीनबाट जहाजमा ल्यायो स्वास्थ्य सामग्री

झापा, सुनसरी र कपिलवस्तुमा थपिए १५ संक्रमित

काठमाडौं । नेपालमा मंगलबार १५ संक्रमित थप भएका छन् । प्रदेश १ मा मंगलबार ११ जना र प्रदेश ५ मा ४ जना नयाँ संक्रमित थपिएका हुन् । मंगलबार झापाका ९, कपिलवस्तुमा ४ र सुनसरीमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोशी अस्पतालले पूर्वमा भएको संक्रमणको पुष्टी गरेको हो । सोही अस्पतालमा भएको परीक्षणमा… Continue reading झापा, सुनसरी र कपिलवस्तुमा थपिए १५ संक्रमित

विश्वमा करिब ४९ लाख कोरोना सङ्क्रमित

काठमाडौं । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ४९ लाख नजिकै पुगेको छ । मङ्गलबार बिहानसम्मको तथ्यांक अनुसार विश्वभर ४८ लाख ८५ हजार ९४५ जना संक्रमित पुष्टि भएको छ । यसमा नेपालका ३७५ जना समेत सामेल छन् । तथ्यांक अनुसार १९ लाख ३ हजार २०० जना संक्रमणलाई जित्न सफल भएका हुन् । विश्वभर ३ लाख १९… Continue reading विश्वमा करिब ४९ लाख कोरोना सङ्क्रमित

विदेशमा अलपत्र नेपालीलाई चार चरणमा भित्राइने

काठमाडौं । कोरोना भाइरसको महामारीका बीच सरकारले विदेशमा अलपत्र नेपालीलाई फर्काउने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपालीलाई घर फर्काउने, तर यसका लागि चरणवद्द रुपमा काम गर्ने निर्णय गरेको हो । परराष्ट्र मन्त्रालयका अनुसार सात वटै प्रदेशमा वडा तहसम्म सुरक्षित क्वारेन्टाइन बनाएर बिदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउने निर्णय भएको छ । मन्त्रालयका अनुसारको सिलसिलामा… Continue reading विदेशमा अलपत्र नेपालीलाई चार चरणमा भित्राइने

बङ्गालको खाडीबाट आउदैछ शक्तिशाली आधी, नेपाल समेत प्रभावित हुने

फाइल तस्वीर

काठमाडौं । बंगालको खाडीमा विकसित शक्तिशाली चक्रवात ‘अम्पुन’ले दक्षिण एसियाली मुलुकमा प्रभाव पार्ने भएको छ । यसले नेपालमा समेत अप्रत्यक्ष प्रभाव पार्ने मौसमविदले जानकारी दिएका छन् । स्थानीय वायु र अम्पुनको अप्रत्यक्ष प्रभावका कारण काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा बदली भइसकेको छ । काठमाडौंका केही स्थानमा मंगलबार बिहान हल्का वर्षा पनि भएको छ । यो… Continue reading बङ्गालको खाडीबाट आउदैछ शक्तिशाली आधी, नेपाल समेत प्रभावित हुने

विश्व स्वास्थ सङ्गठनलाइ चीनले दिने भयो २ अर्ब डलर

काठमाडौं । कोरोना महामारीबाट उम्किसकेको चीनले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)लाई दुई अर्ब अमेरिकी डलर सहयोग प्रदान गर्ने घोषणा गरेको छ । अमेरिकाले डब्लुएचको सहयोग कटौती गर्ने घोषणाका बिच चीनको उक्त सहयोग आएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्लुएचओले चीनको समर्थन गरेको भन्दै सहयोग रोक्न निर्देशन दिएका छन् । अहिले सङ्गठनको वार्सिक बैठक जारी छ… Continue reading विश्व स्वास्थ सङ्गठनलाइ चीनले दिने भयो २ अर्ब डलर

कर्णाली प्रदेशमा पनि कोरोनाको इन्ट्री

काठमाडौं । कर्णाली प्रदेशमा पहिलोपटक एक व्यक्तिमा कोरोना संक्रमण देखिएको छ। दैलेखको आठविसकोट नगरपालिका–१, साततलाका ३५ वर्षीय युवकमा कोरोना भाइरस पोजेटिभ देखिएको हो। मन्त्रालयका अनुसार उनको अवस्था सामान्य छ। स्वास्थ्यकर्मीको सम्पर्कमा छन्। सोमबार बिहान सुर्खेतमा रहेको जनस्वास्थ्य प्रयोगशालामा स्वाब परीक्षण गर्दा पोजेटिभ देखिएको थियो। सुर्खेतमा गरिएको पिसिआर परीक्षणमा पहिलोपटक कोरोना पोजेटिभ देखिएपछि पुनः परीक्षणका लागि… Continue reading कर्णाली प्रदेशमा पनि कोरोनाको इन्ट्री

थप १८ जनामा कोरोना, एकैदिन थपिएको संख्या अहिलेसम्मकै उच्च

काठमाडौं । नेपालमा थप १८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार राती सार्वजनिक गरेको विवरण अनुसार धनुषा, खोटाङ, बाँके, दैलेख, सुनसरी र झापामा गरी १८ जनामा संक्रमण देखिएको हो। आजै सोमबार विहान ९ र दिउसो ५३ गरी ६२ जनामा कोरोना संक्रमण देखिएको थियो। राती थपिएका १८ सहित सोमबार मात्र ८०… Continue reading थप १८ जनामा कोरोना, एकैदिन थपिएको संख्या अहिलेसम्मकै उच्च

कस्तो हुनेछ अब नेपालको नयाँ नक्सा ?

काठमाडौं । भारतले अतिक्रमण गरेको नक्सा समेत समेटेर नेपाल सरकारले सोमबार नयाँ नक्सा पारित गरेको छ । अब नेपालले नयाँ नक्सा प्रयोगमा ल्याउने भएको छ । जहाँ अब लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको हुनेछ । ‘उत्तरी पूर्व र पश्चिमी नक्साहरुसहित राजनीतिक र प्रशासनिक प्रवन्ध पनि समेटेको सरकारका प्रवक्ता एवं सञ्चार र अर्थमन्त्री डा. युवराज खतिवडाले… Continue reading कस्तो हुनेछ अब नेपालको नयाँ नक्सा ?

लिम्पियाधुरासहितको नेपालको नक्सा मन्त्रिपरिषदबाट पारित

काठमाडौं । सरकारले भारतको अतिक्रमणमा परेको दार्चुलाको लिम्पियाधुरासहित समेटेर नयाँ नक्सा मन्त्रिपरिषद्ले पारित गरेको छ । भूमिसुधार मन्त्री पद्मा अर्यालले गरेको प्रस्तावलाई सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले पारित गरेको हो । यसले अब सीमा विवादलाई सरकारले गम्भिर रुपमा लिएको देखिएको छ । यसअघि आइतबार बसेको मन्त्रिपरिषद् बैठकबाटै यो पारित गर्ने सम्भावना थियो । तर, अन्तिममा… Continue reading लिम्पियाधुरासहितको नेपालको नक्सा मन्त्रिपरिषदबाट पारित

उपत्यकाको लकडाउनमा कडाइ गर्न स्थानिय नै खटिए

काठमाडौं । कोरोना भाइरसको जोखिम हुन नदिन काठमाडौँ महानगरपालिकाको भित्री क्षेत्रमा स्थानीयले नै ‘लकडाउन’लाई कडा बनाउन थालेका छन् । कामपाको भित्री क्षेत्रका नागरिकले टोलटोलमा खटिएर कडा गरेका हुन् । कोही नागरिक अनावश्यक बाटामा हिँडेको पाइए सम्बन्धित वडाका युवाले जहाँबाट आएको हो त्यही फर्काउन थालेको छ । खाद्य सामग्रीको पसलमा पनि प्रवेश स्थानमा नै टोरी टाँगेर… Continue reading उपत्यकाको लकडाउनमा कडाइ गर्न स्थानिय नै खटिए

नेपालमा थप ५३ जनामा कोरोना संक्रमणको पुष्टि

काठमाडौं । नेपालमा थप ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रायलका प्रवक्ता डा. विकास देवकोटाले जनाए अनुसार सोमबार बाँके, गुल्मी, धादिङ, रौतहट र धनुषामा आज कोरोनाभाइरसका सक्रमित थपिएका हुन्। बाँकेका थप ४७ सहित ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। भेरी अस्पतालस्थित प्रयोगशालामा गरेको १९० जनाको परीक्षण गर्दा बाँकेका… Continue reading नेपालमा थप ५३ जनामा कोरोना संक्रमणको पुष्टि

बाँकेमा कोरोना सङ्क्रमित युवाको मृत्युपछि सरकारप्रति काङ्ग्रेसको गम्भीर प्रश्न

काठमाडौं । बाँकेको नरैनापुरस्थि क्वारेन्टाइनमा एक युवकको कोरोना सङ्क्रमणका कारण ज्यान गएपछि काङ्ग्रेसले सरकारप्रती प्रश्न उठाएको छ । ती युवाको मृत्यु केवल थप एक थान मृत्यु मात्र नभइ सरकारी वेवास्थाको नमुना समेत भएको काङ्ग्रेसको आरोप छ । यो मृत्युले गम्भीर प्रश्नहरु नजरअन्दाज गर्न नसकिने काङ्ग्रेस प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी प्रेस नोटमा उल्लेख छ । सरकारको… Continue reading बाँकेमा कोरोना सङ्क्रमित युवाको मृत्युपछि सरकारप्रति काङ्ग्रेसको गम्भीर प्रश्न

संसदमा भीम रावलको आक्रोस, एमसीसी चोर बाटोबाट पारित गर्न खोजिदैछ

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सांसद भीम रावलले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)लाई नियमित प्रक्रियाबाट अवरोध हुने देखेपछि चोरबाटोबाट ल्याउने प्रयास भइरहेको बताएका छन् । सोमबार व्यवस्थापिका संसदमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् । प्रतिनिधिसभा बैठकमा अहिले नीति तथा कार्यक्रममाथिको छलफल जारी छ । सरकारले नीति तथा कार्यक्रममा एमसीसीका केही कार्यक्रम छिराएपछि उनी… Continue reading संसदमा भीम रावलको आक्रोस, एमसीसी चोर बाटोबाट पारित गर्न खोजिदैछ