नेपालमा एकै दिन थपिए सर्वाधिक संक्रमित, कुल संक्रमण ८८६ मा

काठमाडौं । नेपालमा थप ११४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार देशका विभिन्न जिल्लामा गरी ११४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो। यो सहित नेपालमा कुल संक्रमितको संख्या ८८६ पुगेको छ। एकैपटक यतिधेरै संख्यामा नेपालमा कोरोना संक्रमित थपिएको यो नै पहिलो पटक हो। मंगलबार मात्रै देशभर… Continue reading नेपालमा एकै दिन थपिए सर्वाधिक संक्रमित, कुल संक्रमण ८८६ मा

स्वास्थ्य मन्त्री काममा फर्किए, पिसिआर रिपोर्ट नेगेटिभ

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ। उनले महाराजगञ्‍जस्थित शिक्षण अस्पतालमा भर्ना भएका एकजना कोरोना संक्रमितलाई भेटेका थिए । बिरामीमा कोरोना संक्रमण पुष्टी भएपछि मन्त्री ढकाल होम क्‍वारेन्टाइनमा थिए । उनको मंगलबार कोरोना परीक्षण गरिएको छ । जसमा रिपोर्ट नेगेटिभ आएको छ । त्यसपछि भने उनी मंगलबार नै… Continue reading स्वास्थ्य मन्त्री काममा फर्किए, पिसिआर रिपोर्ट नेगेटिभ

अमेरिकामा कोरोनाबाट १ लाख माथि मृत्यु

President Donald Trump speaks about the coronavirus in the Rose Garden of the White House, Wednesday, April 15, 2020, in Washington. (AP Photo/Alex Brandon)

काठमाडौं । कोरोना भाइरसका कारण सबैभन्दा बढी प्रभावित अमेरिकामा ज्यान गुमाउने संक्रमितको संख्या १ लाख नाघेको छ । मंगलबार एकै दिन ७ सय ४० जनाको ज्यान गएसँगै अमेरिकामा ज्यान गुमाउने कुल संख्या १ लाख भन्दा माथि नाघेको हो । पछिल्लो तथ्यांक अनुसार अमेरिकामा एक लाख ५ सय ४५ जनाको ज्यान गईसकेको छ। यस मुलुकमा १७… Continue reading अमेरिकामा कोरोनाबाट १ लाख माथि मृत्यु

एडीबीले नेपाललाई दिने भयो ३० अर्ब ऋण सहायता

काठमाडौं । एसियाली विकास बैंक (एडीबी)ले नेपाललाई दिने ३० अर्ब रुपैयाँ (२५ करोड डलर) ऋण सहायता स्वीकृत गरेको छ । एडीबीले मंगलबार यस्तो जानकारी गराएको हो । कोरोना भाइरससँग लड्न नेपाल सरकारलाई २५ करोड अमेरिकी डलर ऋण सहायता स्विकृत भएको बताइएको छ । सार्वजनिक स्वास्थ्य सेवाको सुदृढीकरण तथा कोभिड १९का कारण परेको आर्थिक तथा सामाजिक… Continue reading एडीबीले नेपाललाई दिने भयो ३० अर्ब ऋण सहायता

पर्साबाट एकै पटक २१ जना डिस्चार्ज

वीरगन्ज । कोरोना कहरका बीच पर्सामा एकै पटक २१ जना डिस्चार्ज भएका छन् । कोभिड–१९ संक्रमित उनीहरुको लगातार दोस्रो रिर्पोट नेगेटिभ आएको छ । सोहीकारण नारायणी कोभिड अस्पतालको एक शाखा गण्डक अस्पतालले मंगलबार राती डिस्चार्ज गरेको हो । गण्डक अस्पतालबाट डिस्चार्ज भएका व्यक्तिलाई वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगी र स्वास्थ्यकर्मीहरुले फूल दिएर विदाई गरे ।… Continue reading पर्साबाट एकै पटक २१ जना डिस्चार्ज

क्वारेन्टाइन व्यवस्थापनमा खटिएका वडा अध्यक्षको ज्यान गयो, कोरोना परिक्षण हुँदै

 कन्चनपुर । कञ्चनपुरमा क्वारेन्टाइन व्यवस्थापनमा खटिएका वडा अध्यक्षको ज्यान गएको छ । कृष्णपुर नगरपालिका वडा नम्वर ७ का अध्यक्ष कल्लु रानाको मंगलबार राति ज्यान गएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पुष्टि गरेको छ । उनी आफ्नै वडामा रहेको राष्ट्रिय माविमा क्वारेन्टाइन व्यवस्थापनमा जुटेका थिए । काम गर्दागर्दै एक्कासी बेहोस भएका उनलाइ सेती प्रादेशिक अस्पतालमा पुर्याएपछि मृत… Continue reading क्वारेन्टाइन व्यवस्थापनमा खटिएका वडा अध्यक्षको ज्यान गयो, कोरोना परिक्षण हुँदै

प्रेमिका भगाउन पुगेका एक दलित युवासहित तीनको गयो ज्यान, संसदमा हंगामा

काठमाडौं । अन्तरजातीय प्रेम र भागी विवाहका लागि गएका युवाको हत्या भएपछि यतिबेला नेपालमा व्यापक विरोध शुरु भएको छ । गत शनिबार पश्चिम रुकुमको चौरजहारीमा जाजरकोटको भेरी नगरपालिका–४, रानागाउँका नवराज विकको हत्या भएको थियो । उनीसँगै गएका अन्य २ जनाको शव भेरी नदीमा भेटिएको थियो । उक्त घटनामा जोडिएका ३ जना बेपत्ता रहेका छन् ।… Continue reading प्रेमिका भगाउन पुगेका एक दलित युवासहित तीनको गयो ज्यान, संसदमा हंगामा

जापानको फुकुओकामा पहिलो पटक नेपाल एयरलाइन्स पुग्दै

काठमाडौं । मंगलबार राती नेपाल एयरलाइन्स जापानको फुकुओकातर्फ उड्दैछ । नेपालबाट नेपाली विद्यार्थीलाई लिएर पहिलो पटक नेपाल एयरलाइन्स यो शहरमा जान लागेको हो । यसअघि नेपाल एयरलाइन्स नारिता र ओशाकामा पुगेको थियो । लकडाउनका कारण नेपालमै अड्किएका दुई जापानीसहित प्रवासी नेपालीलाई लिएर नेपाल एयरलाइन्सको चार्टर्ड विमान जापानको क्युसुको फुकुओकातर्फ उड्न लागेको नेपालको सरकारी समाचार समिति… Continue reading जापानको फुकुओकामा पहिलो पटक नेपाल एयरलाइन्स पुग्दै

आर्थिक वृद्धिदर २.३ प्रतिशत रहने, कोरोनाले अर्थतन्त्र प्रभावित

काठमाडौं । चालु आर्थिक वर्षको आर्थिक वृ्द्धिदर २.३ प्रतिशत रहने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले मङ्गलबार संसदमा आर्थिक सर्वेक्षण प्रतिवेदन-२००७६/७७ पेश गर्दै यस्तो जानकारी गराएका हुन् । फागुनसम्म अर्थतन्त्रका धेरै परिसूचक सकारात्मक रहेको भए पनि कोरोनाका कारण त्यसपछि नकारात्मक प्रभाव देखिन थालेको उनले जानकारी गराए । केन्द्रिय तथ्यांक विभागले यो वर्षको आर्थिक वृद्धिदर… Continue reading आर्थिक वृद्धिदर २.३ प्रतिशत रहने, कोरोनाले अर्थतन्त्र प्रभावित

२४ घण्टामा ९० जनामा कोरोना, अब नेपालमा ७७२ पुग्यो संक्रमण

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ९० जनामा संक्रमण थपिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको पुष्टी गरेको हो । अब नेपालमा कुल संक्रमित ७७२ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले दिएको जानकारीअनुसार महत्तरीका २, बारामा कार्यरत जुम्लाका२, बाराका ३, रौतहटका २२, सिरहाका ५, धनुषाका १, बाँकेका ८, कपिलवस्तुका २६, अर्घाखाँचीका २,… Continue reading २४ घण्टामा ९० जनामा कोरोना, अब नेपालमा ७७२ पुग्यो संक्रमण

गुल्मीको धुर्कोटमा जनप्रतिनिधीलाई देखियो कोरोना

गुल्मी । गुल्मीमा एक जना जनप्रतिनिधिमा कोरोना पुष्टी भएको छ । गुल्मीको धुर्कोट गाउँपालिकाका जनप्रतिनिधिमा कोरोना पुष्टी भएको हो । गुल्मीमा सोमबार दुई जनामा कोरोना पुष्टी भएको थियो । त्यसमध्ये एक गाउँपालिकाका जनप्रतिनिधि र अर्को एक जना भारतबाट आएर क्वारेन्टाइनमा बसेका व्यक्ति भएको जिल्ला प्रशासन कार्यालयका एक अधिकारीले पुष्टी गरे । जनप्रतिनि सरकारी निवासमा बस्दै… Continue reading गुल्मीको धुर्कोटमा जनप्रतिनिधीलाई देखियो कोरोना

नेपालमा ६९९ पुगे कोरोना सङ्क्रमित, मङ्गलबार थपिए १७ जना

काठमाडौं । नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ६९९ पुगेको छ । मङ्गलबार बिहान थप १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । मङ्गलबार सुर्खेतमा १२ जना र सिरहामा ५ जनामा संक्रमण भेटिएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ६९९ पुगेको छ । सुर्खेतको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार प्रदेश अस्पताल र… Continue reading नेपालमा ६९९ पुगे कोरोना सङ्क्रमित, मङ्गलबार थपिए १७ जना

हाइड्रोक्सिक्लोरोक्विन औषधिलाई कोरोनाको उपचारमा प्रयोग गर्न रोक

काठमाडौं । मलेरियाको उपचारमा प्रयोग हुँदै आएको हाइड्रोक्सिक्लोरोक्विन औषधिलाई कोरोना भाइरसको उपचारमा प्रतिबन्ध लगाइएको छ । विश्व स्वास्थ्य संगठन(डब्ल्युएचओ)ले कोरोना संक्रमितमा हाइड्रोक्सिक्लोरोक्विनको क्लिनिकल ट्रायललाई प्रयोग गर्न अस्थायी रुपले प्रतिबन्ध लगाएको हो । कोरोनासँग बच्न भनेर हाइड्रोक्सिक्लोरोक्विन औषधि दिइएको स्थानमा मृत्युको खतरा धेरै रहेको अनुसन्धान रिपोर्ट सार्वजनिक भएपछि विश्वस्वास्थ्य संगठनले उक्त निर्णय गरेको हो । यो… Continue reading हाइड्रोक्सिक्लोरोक्विन औषधिलाई कोरोनाको उपचारमा प्रयोग गर्न रोक

कर्णालीमा थपिए नयाँ संक्रमित : सुर्खेतका १२ जनामा कोरोना

काठमाडौं । सुर्खेतमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार बिहान थप पुष्टि भएसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या २३ पुगेको छ । थपिएका संक्रमित मध्ये ८ जना वीरेन्द्रनगर नगरपालिका, भेरीगंगा-८ का २ जना र २ जना सिम्ता गाउँपालिकाका रहेको सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशको स्वास्थ्य सेवा महाशाखा विज्ञप्तिमा जनाईएको छ ।… Continue reading कर्णालीमा थपिए नयाँ संक्रमित : सुर्खेतका १२ जनामा कोरोना

टिपरको ठक्करले ट्राफिक अधिकृतको मृत्यु, चालकले गरेका थिए मापसे

भक्तपुरमा टिपरको ठक्करले एक प्रहरी अधिकृतको ज्यान गएको छ । टिपरको ठक्करबाट ड्युटीमा खटिएका प्रहरी नायब निरीक्षक (सइ) निमबहादुर घर्ती मगरको ज्यान गएको हो । टिपरको ठक्करले गम्भीर घाइते उनको उपचारका क्रममा नर्भिक अस्पतालमा मृत्यु भएको हो । काठमाडौंबाट भक्तपुरतर्फ आउँदै गरेको बा ४ ख ४७०१ नम्बरको खाली टिपर र बा ४ ख ४३१८ नम्बरको… Continue reading टिपरको ठक्करले ट्राफिक अधिकृतको मृत्यु, चालकले गरेका थिए मापसे

विश्वभर ५५ लाख मानिसमा कोरोना सङ्क्रमण

काठमाडौं । विश्वभर कोरोना संक्रमित बिरामीको संख्या ५५ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ९० हजार १२८ नयाँ संक्रमित थपिएसँगै मंगलबार बिहानसम्म ५५ लाख ८६ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । संक्रमितमध्ये २३ लाख ६५ हजार ४६७ जना संक्रमण मुक्त भएका छन् । २८ लाख ७३ हजार ५५४ जनाको उपचार भइरहेको छ ।… Continue reading विश्वभर ५५ लाख मानिसमा कोरोना सङ्क्रमण

नयाँ शैक्षिक सत्र शुरु गर्ने तयारी, एसईई परिक्षा पनि छिट्टै

काठमाडौं । सरकारले छिट्टै नया शैक्षिक सत्र संचालनको तयारी गरेको छ । प्रधानमन्त्री केपि शर्मा ओलिले यस्तो जानकारी गराएका हुन् । उनका अनुसार शैक्षिकसत्र छिट्टै शुरु हुनेछ । उता रोकिएको एसईई परिक्षा संचालनको तयारीमा समेत शिक्षा मन्त्रालय जुटेको छ । ११ चैतमा लकडाउन शुरु हुने भएपछि सरकारले पुर्वनिर्धारित सबै परिक्षा स्थगित गरेको थियो । सोही… Continue reading नयाँ शैक्षिक सत्र शुरु गर्ने तयारी, एसईई परिक्षा पनि छिट्टै

थपिए ७ सङ्क्रमित, अर्घाखाँचीमा पहिलोपटक देखियो

काठमाडौं । नेपालमा सोमबार साझ थप ७ जनामा कोरोना भाइरसको पुष्टि भएको छ । प्रदेश ५ को पहाडी जिल्ला अर्घाखाँचीमा पहिलोपटक कोरोना देखिँदा अर्को छिमेकी जिल्ला गुल्मीमा थप भएको छ । अर्घाखाँचीको पाणिनीको क्वारेन्टाइनमा रहेका मध्ये दुईजनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवाले जानकारी दिएको छ । उता, गुल्मीमा दुईजनामा कोरोना पोजेटिभ देखिएको… Continue reading थपिए ७ सङ्क्रमित, अर्घाखाँचीमा पहिलोपटक देखियो

नेपालमा थप ४३ जनाले जिते कोरोना, सोमबार डिस्चार्ज

वीरगञ्ज । नेपालमा कोरोनाको सङ्क्रमण बढ्दो छ । सोही रफ्तारमा निको हुनेको सङ्ख्या समेत निरन्तर बढ्दो छ । सोमबार कपिलवस्तुबाट ११ जना डिस्चार्ज भएका थिए । सोमबार नै वीरगञ्जस्थित नारायणी अस्पतालबाट ४३ जना सङ्क्रमित निको भएका छन् । दुई पत्रकार सहित कोरोना निको भएर ४३ जना सोमबार डिस्चार्ज भएको अस्पतालले जनाएको छ । लगातार दुई… Continue reading नेपालमा थप ४३ जनाले जिते कोरोना, सोमबार डिस्चार्ज

अफ्ठ्यारोमा परेका नेपालीको उद्धार हुन्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा अफ्ठ्यारोमा परेका सबै नेपालीको उद्धार सरकारले गर्ने बताएका छन् । सोमबार देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले त्यसका लागि कार्ययोजना बनिरहेको उनले जानकारी दिए । उनले भारतबाट आउने व्यक्तिलाई उपयुक्त तवरबाट कोरोना परीक्षण हुन नसक्दा समुदाय स्तरमा कोरोना फैलिएको समेत स्वीकार गरे । आगामी दिनमा कोरोना भाइरसको परीक्षण बढाउँदै… Continue reading अफ्ठ्यारोमा परेका नेपालीको उद्धार हुन्छ : प्रधानमन्त्री

नेपालमा कुल ६८२ जना कोरोना संक्रमित, ४ जना मृत्यु, ११२ संक्रमण मुक्त

काठमाडौं  । नेपालमा कोरोनाको आशंकामा हालसम्म १ लाख ४६ हजार ८ सय ३४ जनाको नमूना परीक्षण भएको छ । ५१ हजार ६ सय ४२ जनाको पिसिआर र ९५ हजार १ सय ९२ जनाको आरडिटिबाट परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा २ हजार ९ सय ४ जनाको नमूना परीक्षण भएको… Continue reading नेपालमा कुल ६८२ जना कोरोना संक्रमित, ४ जना मृत्यु, ११२ संक्रमण मुक्त

नेपालमा ७ थप जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६८२

काठमाडौं । नेपालमा ७ थप जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले उक्त जानकारी दिएका हुन्। भेरीमा गरिएको परीक्षणमा कोरोना देखिनेमा बर्दियाको गुलरियका-१० मा २२ र २४ वर्षीय पुरुषहरु, गुलरिया -२ का १८ वर्षीय पुरुष रहेका छन् । त्यसैगरी नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा… Continue reading नेपालमा ७ थप जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६८२

नेपालमा कोरोनाबाट चौथो मृत्यु, बिरगंजमा मृत्यु भएका वृद्धमा कोरोना पोजेटिभ

काठमाडौं । नेपालमा कोरोनाका कारण ज्यान गुमाउने व्यक्तिको सङ्ख्या ४ पुगेको छ । जेठ ४ मा बाराको करैयामाइ गाउँपालिका, ७ उम्जनकान ७० वर्षका वृद्धको ज्यान गएको थियो । उनमा कोरोना पुष्टि भएको छ । स्वास्थ तथा जनसंख्या मन्त्रालयले यसको पुष्टि गरेको छ । ४ गते ज्यान गएपनि उनको सोमबार मात्र रिपोर्ट आएको थियो । वृद्धको… Continue reading नेपालमा कोरोनाबाट चौथो मृत्यु, बिरगंजमा मृत्यु भएका वृद्धमा कोरोना पोजेटिभ

कपिलवस्तुबाट ११ जना कोरोना संक्रमित डिस्चार्ज

काठमाडौं । एकै दिन ७२ जना कोरोना संक्रमित थपिएको दिन ११ जना भने डिस्चार्ज भएका छन् । नेपालको सरकारी समाचार संस्था राष्ट्रिय समाचार समितिका अनुसार कपिलवस्तुमा नर्ससहित ११ जना कोरोनामुक्त भएर घर फर्किएका छन् । कपिलवस्तु अस्पतालमा कार्यरत नर्स कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएकी हुन् । अब कोरोनालाई जित्ने नेपालीको संख्या ११२ पुगेको छ ।

डा. गोविन्द केसीद्धारा दार्चुलामा दुई दिने सत्याग्रहको घोषणा

काठमाडौं । स्वास्थ्य क्षेत्रका अभियन्ता डा. गोविन्द केसीले जेठ २० देखि दार्चुला जिल्लामा दुई दिने सत्याग्रह गर्ने घोषणा गरेका छन्। सोमबार विज्ञप्ति जारी गरेर सर्वसाधारणको जीविकाको उचित व्यवस्था गर्न र नेपाली भूमि फिर्ताको प्रक्रिया सुरु गर्न माग गर्दै दुई दिने सत्याग्रह घोषणा गरेका हुन् । उनले दुर्गम जिल्लाका मानिसहरुको पीडाप्रति राज्यको ध्यानाकर्षण गराउँदै त्यहाँको शिक्षा,… Continue reading डा. गोविन्द केसीद्धारा दार्चुलामा दुई दिने सत्याग्रहको घोषणा

महोत्तरीमा प्रहरीको गोली लागि एक जना मारिए

महोत्तरी । महोत्तरीमा प्रहरीको गोली लागेर एक जनाको ज्यान गएको छ । प्रहरीले ज्यान जाने व्यक्ति लागुऔषध कारोवारी भएको दाबी गरेको छ। लागुऔषधध कारोबारीलाई समात्न गएको प्रहरीको कारवाहीमा रौतहट रामगोपालपुर नगरपालिका ७ सहसौलाका सुरेन्द्र यादवका १६ वर्षीय  छोरा राजन यादवको ज्यान गएको प्रहरीले जनाएको छ । उनको खुट्टा र तिघ्रामा गोली लागेको थियो । गम्भीर… Continue reading महोत्तरीमा प्रहरीको गोली लागि एक जना मारिए

काठमाडौंमा भेटिएका संक्रमित टोखा र बुढानिलकण्ठका, टोखामा एक किराना पसले

काठमाडौं । काठमाडौंको टोखा र बुढानिलकण्ठका तीन पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा सोमबार जारी गरिएको विज्ञप्ति अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थप तीन जनमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार टोखा नगरपालिका ३ का २७ वर्षीय पुरुष, सोही नगरपालिकाको वडा ६ का ४१ वर्षीय पुरुष तथा बूढानीलकण्ठ… Continue reading काठमाडौंमा भेटिएका संक्रमित टोखा र बुढानिलकण्ठका, टोखामा एक किराना पसले

काठमाडौंमा तीन सहित ७२ सङ्क्रमित थपिए

काठमाडौं । नेपालमा सोमबार बिहान ७२ सङ्क्रमित थपिएका छन् । काठमाडौंमा तीन जना सहित ७२ जना थप बिरामी पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार धनुषामा ३, कपिलवस्तुमा ३ र काठमाडौंमा ३ जनामा कोरोना देखियो । यसैगरी बारामा २, रौतहटमा २६ जनामा कोरोना पुष्टि भएको छ । सप्तरिमा २, बर्दियामा 1,… Continue reading काठमाडौंमा तीन सहित ७२ सङ्क्रमित थपिए

भारतमा खुल्यो आन्तरिक उडान

नयाँ दिल्ली । आजबाट भारतमा आन्तरिक हवाई उडान सुचारु भएको छ । कोरोना संक्रमण तीव्र रूपमा फैलिए पनि भारतले क्रमशः लकडाउन खोल्न थालेको छ । सोहीक्रममा आन्तरिक उडान सुचारु गरिएको हो । भारतमा करिब दुई महिनायता बन्द रहेको आन्तरिक हवाई सेवा सोमबारदेखि शुरु भएकोहो । पहिलो चरणमा पश्चिम बंगाल र आन्ध्र प्रदेशमा भने अझै खुलेको… Continue reading भारतमा खुल्यो आन्तरिक उडान

नेपालमा कोरोना सङ्क्रमित बिरामी ६०८

काठमाडौं । नेपालमा कोरोनाबाट सङ्क्रमित हुने बिरामीको सङ्ख्या ६०८ पुगेको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पछिल्लो परीक्षणमा आइतबार साझ ५ जनामा कोरोना पुष्टि भएको हो । बर्दियाका एक र बाँकेका चार गरी पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भएको प्रतिस्ठानले जनाएको छ। प्रतिष्ठानका अनुसार बर्दियामा सङ्कलित एक सय नमूनामध्ये बाँसगढी –९ निवासी एक २५… Continue reading नेपालमा कोरोना सङ्क्रमित बिरामी ६०८