काठमाडौं । दैलेखमा कोरोना भाइरसको संक्रमणबाट एक जनाको निधन भएको छ । अब नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ पुगेको छ । दैलेखको दुल्लुस्थित विद्यूत कार्यालयमा बनाइएको क्वारेन्टिनमा शनिबार बिहान एक जनाको निधन भएको थियो । उनको शनिबार आएको कोरोना परीक्षणको रिपार्टे पोजेटिभ आएको छ । दुल्लु–११ का ३५ वर्षीय पुरुषको बिहान निधन भएको थियो… Continue reading नेपालमा कोरोनाबाट सातौं व्यक्तिको ज्यान गयो, दैलेखमा पुष्टी
Author: Vishwanews.com
कांग्रेसले संविधान संशोधनको पक्षमा मतदान गर्ने
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संविधान संशोधनको पक्षमा मतदान गर्ने भएको छ । शनिबार बसेको केन्द्रीय समिति बैठकले संविधान संशोधन प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको हो । सोहीअनुसार पार्टीका सांसदलाई निर्देशन समेत दिएको छ। शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्दीय समिति बैठकले संशोधनका पक्षमा मतदान गर्न संसदीय दललाई निर्देशन दिएको हो… Continue reading कांग्रेसले संविधान संशोधनको पक्षमा मतदान गर्ने
नेपालमा २४ घण्टामा थपिए १८९ बिरामी, १४ सय नाघ्यो संक्रमित
काठमाडौं । नेपालमा २४ घण्टा भित्र कोरोना भाइरसका थप १८९ जना नयाँ बिरामी थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसको पुष्टी गरेको हो । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार देशका विभिन्न स्थानमा प्रयोगशालामा भएको परीक्षणमा संक्रमितको संख्या थप भएको हो । मन्त्रालयका अनुसार यस अवधिमा एक सय ८५ पुरूष र चार जना महिलामा… Continue reading नेपालमा २४ घण्टामा थपिए १८९ बिरामी, १४ सय नाघ्यो संक्रमित
कपिलवस्तुमा थपिए ७७ संक्रमित, प्रदेश नं ५ सबैभन्दा बढी जोखिममा
बुटवल । प्रदेश नं ५ को कपिलवस्तुमा शनिबार थप ७७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । महाराजगञ्ज नगरपालिकामा १६ वर्षदेखि ४५ वर्षसम्मका ३३ जना पुरुष, कृष्णनगर नगरपालिकाका १८ वर्षदेखि ४५ वर्षसम्मका १६ जना पुरुष, यशोधरा गाउँपालिकाका १६ वर्षदेखि ४८ वर्षसम्मका २६ जना पुरुष र २५ र १९ वर्षका दुई जना महिलामा कोरोना पुष्टी भएको… Continue reading कपिलवस्तुमा थपिए ७७ संक्रमित, प्रदेश नं ५ सबैभन्दा बढी जोखिममा
ललितपुर लुभूका प्रहरी इन्चार्जको मृत्यु
काठमाडौं । ललितपुर महानगरीय प्रहरी प्रभाग लुभूका इन्चार्ज टेकबहादुर माझीको अकस्मात निधन भएको छ । शनिबार बिहान अल्का अस्पतालमा इन्चार्ज प्रहरी नायब निरीक्षक (सई)को निधन भएको प्रहरीले पुष्टी गरेको छ । उनको उपचाको क्रममा मृत्यु भएको हो । शुक्रबार अकस्मात स्वास्थ्य समस्या आएपछि उनलाई पाटन अस्पताल लगिएको थियो। पाटनमा आइसियू खाली नभएको भन्दै उनलाई अल्का… Continue reading ललितपुर लुभूका प्रहरी इन्चार्जको मृत्यु
बजेटमा एमसीसी परेपछि नेकपामा चुलियो विवाद, निर्णयको अधिकार संसदलाई
काठमाडौं । आगामी आर्थिक वर्ष २०७७, ७८ को बजेटमा एमसीसी अन्तर्गतका कार्यक्रम परेपछि नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)मा विवाद बढेको छ । सोही विषयलाई लिएर शनिबार सचिवालय बैठक बसेकोछ । बैठकले संसदमा विचाराधीन एमसीसी सम्झौताबारे संसदबाटै निर्णय गर्ने सहमति जुटाएको छ । संसदले एमसीसी अनुमोदन नगरे बजेटको अनुसूची हेरफेर हुने नेकपा बैठकको निश्कर्ष रहेको छ ।… Continue reading बजेटमा एमसीसी परेपछि नेकपामा चुलियो विवाद, निर्णयको अधिकार संसदलाई
क्वारेन्टाइनमा बसेका एक जनाको मृत्यु, कोरोना रिर्पोट आउन बाँकि
दैलेख । दैलेखमा क्वारेन्टाइनमा बसेको अवस्थामा एक जनाको ज्यान गएको छ । भारतबाट फर्किएका एक जनाको दुल्लु नगरपालिका वाड न ७ क्रितिखम्ब बजारस्थित विद्युत प्राधिकरण भवनको क्वारेन्टाइनमा मृत्यु भएको हो । उनी भारतको गुजरातबाट जेठ ९ गते दैलेख फर्किएका थिए । उनको शनिबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । बिहानको खाजा खाएर आराम लागि… Continue reading क्वारेन्टाइनमा बसेका एक जनाको मृत्यु, कोरोना रिर्पोट आउन बाँकि
कर्णालीमा शनिबार थपिए १४ संक्रमित
सुर्खेत । नेपालमा शनिबार बिहानै १४ जनामा कोरोना पुष्टी भएको छ । कर्णाली प्रदेशमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (शिक्षण अस्पताल) जुम्लामा भएको परीक्षणमा दैलेखका १४ जनामा कोरोना पुष्टि भएको छ । पीसीआर परीक्षणबाट १४ जनाको रिपोर्ट पोजेटिभ आएको प्रतिष्ठानले उल्लेख गरेको छ । थपिएका संक्रमित दैलेखको… Continue reading कर्णालीमा शनिबार थपिए १४ संक्रमित
भूमि विवादबारे नेपाल-भारत वार्ता कहिले होला ?
काठमाडौं । पश्चिम नेपालको कालापानी क्षेत्रमा भारतले सडक निर्माण गरेपछि चुलिएको सीमा विवाद प्रकरण फेरी सेलाएको छ । सरकारले संविधान संशोधन गरी नक्सालाई वैधानिकता दिने प्रस्ताव संसदबाट फिर्ता लिएसँगै कतै नेपाल फेरी भारतसँग लम्पसार परेको हो की भन्ने आशंका बढेको छ । यसै सन्दर्भमा परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवालीले भने सीमा समस्याको समाधान गर्न प्रयत्न… Continue reading भूमि विवादबारे नेपाल-भारत वार्ता कहिले होला ?
नेपालमा कोरानाबाट निको हुनेको संख्या २०६
काठमाडौं । नेपालमा कोरोना संक्रमण संक्रमणपछि निको हुने बिरामीको संख्या २ सय नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार साँझसम्म २०६ जनाले कोरोनालाई जित्न सफल भएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार पुरुष १६२ जना र महिला ४४ जनाले कोरोनालाई जित्न सफल भएका छन् । पछिल्लो पटक १९… Continue reading नेपालमा कोरानाबाट निको हुनेको संख्या २०६
भारतबाट फर्कने नेपालीलाई २० नाकाबाट ल्याइने
काठमाडौं । सरकारले अहिले धमाधम भारतबाट नेपाली नागरिकलाई स्वदेश ल्याइरहेको छ । त्यसका लागि अब भने २० वटा नाका प्रयोग गरिने भएको छ ।कोभिड–१९सम्बन्धी उच्चस्तरीय समितिले भारतबाट घर फर्किने नेपालीहरुका लागि २० वटा नाका तोक्ने निर्णय गरेको हो । समितिको शुक्रबार बसेको बैठकले विदेशमा रहेका नेपालीहरुलाई आउन दिने निर्णय गरेसँगै २० नाका समेत तोकेको हो… Continue reading भारतबाट फर्कने नेपालीलाई २० नाकाबाट ल्याइने
यसरी ल्याइदैछ विदेशबाट नेपाली, प्राथमिकता अनुसार खर्च यात्रु स्वयमले बेहोर्नुपर्ने
काठमाडौं । सरकारले कोरोना भाइरसको संक्रमणका कारण विदेशमा अड्कििएका नेपालीलाई घर फिर्ता ल्याउन तयारी थालेको छ । शुक्रबार कोरोना भाइरससँग सम्बन्धित उच्चस्तरीय समितिले विदेशमा रहेका नेपाली फर्काउने कार्ययोजना पारित समेत गरेको छ। शुक्रबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्च स्तरिय समन्वय समितिले नेपाल आउनै पर्ने अवस्थामा रहेका नागरिकलाई स्वदेश फर्काउने निर्णय… Continue reading यसरी ल्याइदैछ विदेशबाट नेपाली, प्राथमिकता अनुसार खर्च यात्रु स्वयमले बेहोर्नुपर्ने
प्रदेश र स्थानीय तहले कति-कति पाए बजेट ? (सूचीसहित)
काठमाडौं । आगामी आर्थिक वर्ष २०७७/०७८ मा केन्द्र सरकार मार्फत प्रदेश र स्थानीय सरकारले पाउने अनुदान अनुदान रकम अर्थ मन्त्रालयले सार्वजनिक गरेको छ । आफ्नो वेबसाइटमार्फत केन्द्र सरकारले आगामी वर्ष समानीकरण, सशर्त, विशेष र समपूरक अनुदान गरी चार शीर्षकमा प्रदेश र स्थानीय तहलाई कुल ३ खर्ब ६२ अर्ब ६३ करोड १३ लाख रुपैयाँ विनियोजन गरिएको… Continue reading प्रदेश र स्थानीय तहले कति-कति पाए बजेट ? (सूचीसहित)
कोरोना संक्रमण देखिएका थप एक जनाको मृत्यु, मृतकको संख्या ६ पुग्यो
काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमण देखिएका थप एक जनाको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार भारतबाट फर्किदै गर्दा कृष्णनगर सीमामा मृत्यु भएका पुरुषमा कोरोना पुष्टि भएको हो।नेपाल प्रवेश भएसँगै जेठ ११ गते ती व्यक्तको नमुना लिइएको थियो। स्वाब परीक्षणका क्रममा उनमा कोरोना पोजेटिभ देखिएको डा देवकोटाले जानकारी दिए। अर्घाखाँचीको भूमिकास्थान… Continue reading कोरोना संक्रमण देखिएका थप एक जनाको मृत्यु, मृतकको संख्या ६ पुग्यो
नेपालमा कोरोना संक्रमित संख्या १२ सय नाघ्यो
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १७० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार देशको विभिन्न ठाँउमा रहेको प्रयोगशालामा गरिएको परीक्षणमा संक्रमितको संख्या थपिएको हो । यससँगै नेपालमा संक्रमितहरुको संख्या १२ सय १२ पुगेको छ । एकै दिन सय जनाभन्दा बढी संक्रमित भेटिएको यो लगातार… Continue reading नेपालमा कोरोना संक्रमित संख्या १२ सय नाघ्यो
महँगो हुने भयो पेट्रोलियम पदार्थ
काठमाडौँ । नेपालमा पेट्रोलियम पदार्थको मुल्यमा भारी वृद्धि हुने भएको छ । सरकारले पेट्रोल, डिजेल र मट्टितेलमा लगाउँदै आएको भन्सार शुल्कमा थप १० रुपैयाँ बढाउने निर्णय गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट वक्तव्यमार्फत इन्धनको भन्सार शुल्क बढेको घोषणा गरेका हुन् । अब सर्वसाधारणलाई मासिक थप पौने २ अर्ब रुपैयाँ भार थपिने भएको… Continue reading महँगो हुने भयो पेट्रोलियम पदार्थ
कर्मचारीको सेवा सुबिधा कटौती, जनप्रतिनिधिको यथावत
काठमाडौं । सरकारले कर्मचारीको सेवा सुबिधामा व्यापक कटौतीको घोषणा गरेको छ कोरोना रोकथाम र नियन्त्रणमा खटिने कर्मचारी बाहेक सबै कर्मचारीले यसअघि पाउदै आएको सबै प्रकारको भत्ता कटौती गरिएको अर्थ मन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । उनका अनुसार आगामी वर्ष खर्च पुनरावलोकन आयोगको सिफारिस अनुसार अनावश्यक खर्च हुने शीर्षकको रकम कटौती गरिएको जानकारी गराए ।… Continue reading कर्मचारीको सेवा सुबिधा कटौती, जनप्रतिनिधिको यथावत
कालीमाटीका ११६ प्रहरीको कोरोना नेगेटिभ, अरुको रिपोर्ट आउन बाँकी
काठमाडौं । महानगरीय प्रहरी वृत्त कालीमाटी र सोही क्षेत्रमा कार्यरत ११६ प्रहरीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवालीले एक सय १६ को नमूना परीक्षण भएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको जानकारी दिए। थप ११५ जनाको रिपोर्ट आउन बाँकी रहेको उनले बताए । वृत्तमा कार्यरत दुई प्रहरीमा कोरोना… Continue reading कालीमाटीका ११६ प्रहरीको कोरोना नेगेटिभ, अरुको रिपोर्ट आउन बाँकी
भारतबाट फर्किदा बाटोमै मृत्यु भएका पुरुषमा कोरोना पुष्टि
काठमाडौं । भारतबाट अर्घाखाँची फर्किदै गर्दा बाटोमै मृत्यु भएका एक युवकमा कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएको छ । भारतको गुजरातबाट फर्किदै गर्दा कपिलवस्तुको कृष्णनगर सीमा नजिकै मृत्यु भएका पुरुषमा कोरोना भएको पुष्टि भएको स्रोतले जनाएको छ । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नम्बर ९ का ३५ वर्षीय पुरुषको बाटोमा ज्यान गएको थियो । बसमा सवार… Continue reading भारतबाट फर्किदा बाटोमै मृत्यु भएका पुरुषमा कोरोना पुष्टि
२०७७/७८ का लागि आर्थिक बृद्धिदरको लक्ष्य ७ प्रतिशत, बजेटको पूर्णपाठ
काठमाडौं । सरकारले आर्थिक बर्ष २०७७/७८ का लागि ७ प्रतिशत आर्थिक बृद्धिदर गर्ने लक्ष्य लिएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बजेटमार्फत आगामी आबका लागि ७ प्रतिशतको आर्थिक बृद्धिदर हासिल गर्ने लक्ष्य लिएका हुन् । आर्थिक वर्ष २०७७/०७८ का लागि १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ। संघीय प्रतिनिधिसभा र राष्ट्रियसभाको… Continue reading २०७७/७८ का लागि आर्थिक बृद्धिदरको लक्ष्य ७ प्रतिशत, बजेटको पूर्णपाठ
१४ खर्ब ७४ अर्ब ६४ करोड बजेट विनियोजन
काठमाडौं । सरकारले आर्थिक वर्ष २०७७/०७८ का लागि १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ। संघीय प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आवको लागि उक्त परिमाणको बजेट विनियोजन गरेको जानकारी दिएका हुन्। कुल विनियोजनमध्ये चालूतर्फ ९ खर्ब ४८ अर्ब ९४ करोड अर्थात् ६४.४ प्रतिशत, पुँजीगततर्फ ३ खर्ब… Continue reading १४ खर्ब ७४ अर्ब ६४ करोड बजेट विनियोजन
नेपालमा कोरोना संक्रमितको संख्या १ हजार नाघ्यो
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १५६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार देशको विभिन्न ठाँउमा रहेको प्रयोगशालामा गरिएको परीक्षणमा संक्रमितको संख्या थपिएको हो । देवकोटाका अनुसार बिहीबार दैलेख ८, कैलाली २, दार्चुला १, स्याङ्जा ३, नवलपुर १, धनुषा २९, महोत्तरी १७, सप्तरी १४,… Continue reading नेपालमा कोरोना संक्रमितको संख्या १ हजार नाघ्यो
कोराना महामारी: कस्तो छ सार्क राष्ट्रको अवस्था ?
काठमाडौं । नेपालमा बुधबारसम्म स्वास्थ्य मन्त्रालयले पुष्टि गरे अनुसार ८ सय ८६ जनामा संक्रमण देखिएको छ । बुधबार एकैदिन १ सय १४ जनामा संक्रमण देखिएको थियो। अहिलेसम्म ४७ जिल्लामा संक्रमण देखिइसकेको छ। त्यस्तै, १ सय ८३ जना संक्रमणमुक्त भइसकेका छन् भने ४ जनाको भने मृत्यु भएको छ। सार्कदेशमा देखिएको संक्रमण सबैभन्दा कम भुटानमा रहेको छ… Continue reading कोराना महामारी: कस्तो छ सार्क राष्ट्रको अवस्था ?
प्रदेश २ : धनुषाका २९ सहित थप ७६ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । प्रदेश दुईका थप ७४ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ। स्वास्थ्य निर्देशनालयका वरिष्ठ प्रशासकीय अधिकृत विजय झाले आज बिहान थप ७४ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन्। वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सबैभन्दा धेरै धनुषाका २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितहरूमा धनुषाका २९, महोत्तरीका… Continue reading प्रदेश २ : धनुषाका २९ सहित थप ७६ जनामा कोरोना संक्रमण पुष्टि
अफ्रिकी रैथाने सलह नेपाल छिर्ने सम्भावना, कृषि बालीमा उच्च जोखिम
काठमाडौं । अफ्रिकाको रैथाने सलह प्रजातीको विनासकारी किरा नेपाल आउन सक्ने सम्भावना बढेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार अफ्रिकामा उत्पत्ती भएको यो किरा इरान, पाकिस्तान, भारत हुँदै नेपालतर्फ आउने सम्भावना छ । फट्याङ्ग्रा प्रजातिमा पर्ने यो किरा प्रवेश गर्यो भने हरियो बालिनाली सखाप पार्छ । त्यसले ठूलो खाद्य संकट निम्त्याउन सक्ने चेतावनी… Continue reading अफ्रिकी रैथाने सलह नेपाल छिर्ने सम्भावना, कृषि बालीमा उच्च जोखिम
२४१ कैदीको सजाय मिनाहा
काठमाडौं । आज सरकारले २४१ जना कैदीको कैद सजाय मिनाह गरिदिएको छ । गणतन्त्र दिवसको अवसरमा २ सय ३३ जना कैदीको कैद सजाय मिनाहा र आठ जना व्यक्तिको कैद, दण्ड जरिवाना, विगो, सर्वस्वलगायत सजायँ माफ गरिएको हो । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट कैद सजायँ मिनाहा तथा दण्ड जरिवाना माफी दिएको राष्ट्रपति कार्यालयले जानकारी दिएको… Continue reading २४१ कैदीको सजाय मिनाहा
आज संघीय सरकारको बजेट, कम स्रोत र बढ्दो अपेक्षाबीच अग्नीपरिक्षामा अर्थमन्त्री
काठमाडौं । आज नेपाल सरकारले संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७\७८ को वार्षिक बजेट प्रस्तुत गर्दैछ । अर्थमन्त्री डा. युवराज खतिवडाले लगातार तेस्रो आर्थिक वर्षका लागि बजेट पढ्ने शौभाग्य पाएका छन् । बिहीबार दिउँसो ४ बजेट बजेट वक्तत्व संसदका दुबै सदनको संयुक्त बैठकमा अर्थमन्त्रीबाट प्रस्तुत हुने संसद सचिवालयले जानकारी दिएको छ । बजेट लगत्तै… Continue reading आज संघीय सरकारको बजेट, कम स्रोत र बढ्दो अपेक्षाबीच अग्नीपरिक्षामा अर्थमन्त्री
आज १३ औं गणतन्त्र दिवस, दिपावली गर्न सरकारको आह्वान
काठमाडौं । आज नेपालमा गणतन्त्र दिवस मनाइदैछ । नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरेको दिनको सम्झनामा यो दिवस मनाउने गरिन्छ । सरकारले यस दिनको उपलक्ष्यमा दिपावली गर्न समेत आम जनतासँग आह्वान गरेको छ । जनआन्दोलन २०६२\६३ को बलमा आम निर्वाचनबाट गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको… Continue reading आज १३ औं गणतन्त्र दिवस, दिपावली गर्न सरकारको आह्वान
नेपालमा एक दिनमा अहिलेसम्म कै धेरै सङ्क्रमित भेटिए, कुल बिरामी ९ सयभन्दा माथि
काठमाडौं । नेपालमा बुधबार सर्वाधिक सङ्ख्यामा कोरोना सङ्क्रमित पुष्टि भएको छ । बुधबार एकैदिन १२९ जनामा कोरोना (कोभिड-१९) पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, धरान, विराटनगर, पोखरा, हेटौंडा, दाङ, पोखरा र सुर्खेतमा गरिएको परीक्षणमा एकैदिन उक्त संख्यामा कोरोनाका बिरामी भेटिएका हुन् । बुधबार थपिएको सङ्ख्यासँगै नेपालमा कुल संक्रमित संख्या ९०१ पुगेको… Continue reading नेपालमा एक दिनमा अहिलेसम्म कै धेरै सङ्क्रमित भेटिए, कुल बिरामी ९ सयभन्दा माथि
ललितपुरमा कोरोना सङ्क्रमितको मृत्यु, नेपालमा ज्यान गुमाउनेको सङ्ख्या ५ पुग्यो
नेपालमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमित थप एक बिरामीको ज्यान गएको छ । ललितपुरमा एक जनाको मृत्यु भएको हो। अब नेपालमा कोरोनाबाट ज्यान गुमाउने व्यक्तिको संख्या ५ पुगेको छ । ललितपुर महानगरपालिका-२२ का ५७ वर्षीय पुरुषको किष्ट अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । अस्पताल स्रोतका अनुसार उनमा कोरोना पोजेटिभ थियो । ललितपुरकी साम्सद पम्फा भुसालले… Continue reading ललितपुरमा कोरोना सङ्क्रमितको मृत्यु, नेपालमा ज्यान गुमाउनेको सङ्ख्या ५ पुग्यो