Author: Vishwanews.com

  • कोरोनाको खोप छिटो ल्याउन गृहकार्य भइरहेको छ : प्रधानमन्त्री

    कोरोनाको खोप छिटो ल्याउन गृहकार्य भइरहेको छ : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड–१९) को खोप नेपालमा समेत छिटो उपलब्ध गराउन र सबै नागरिकको पहुँचमा पुर्‍याउन गृहकार्य भइरहेको जानकारी दिएका छन् ।

    विश्व मानव अधिकार दिवसका अवसरमा शुभकामना सन्तब्य सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले ‘समृद्ध देशका लागि स्वस्थ नागरिक’को अवधारणा साकार पार्न निःशुल्क आधारभूत स्वास्थ्य सेवा तथा आकस्मिक स्वास्थ्य सेवामा पहुँचको व्यवस्था सुनिश्चित गर्न ‘एक स्थानीय तह, एक स्वास्थ्य संस्था’, ज्येष्ठ नागरिक निःशुल्क स्वास्थ्य बीमालगायत कार्यक्रम सञ्चालन गरिएको उल्लेख गरेका छन् ।

    विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड–१९ को सङ्क्रमणले मानवअधिकारको उपभोगमा चुनौति थपिदिएको उनको भनाई छ ।

    सङ्घीय, प्रदेश र स्थानीय सरकारले आफ्नो स्रोत, साधन र क्षमताको अधिकतम उपयोग गरी यसको रोकथाम, नियन्त्रण र उपचारमा दत्तचित्त रही कार्य गरिरहेको समेत प्रधानमन्त्रीको दावि छ ।

    एउटा पनि परीक्षण गर्न नसक्ने अवस्थाबाट नेपाल एकैदिन हजारौँको सङ्ख्यामा परीक्षण गर्न सक्ने अवस्थामा पुगेको भन्दै स्वास्थ्य पूर्वाधारमा ऐतिहासिक बढोत्तरी गरिएको दावि गरेका छन् ।

  • आजबाट खुल्यो चिडियाखाना, १ पुसबाट पशुपति दर्शन खुल्दै

    आजबाट खुल्यो चिडियाखाना, १ पुसबाट पशुपति दर्शन खुल्दै

    काठमाडौं । कोरोना भाइरसको महामारीसँगै बन्द भएका धार्मिक तथा पर्यटकीय क्षेत्र क्रमशः खुला हुँदैछन् । सोहीक्रममा आजबाट सदर चिडियाखाना खुला भएको छ । चिडियाखाना चैत ७ देखि बन्द थियो । स्वास्थ्य सुरक्षाका आवश्यक मापदण्ड पालना गरि चिडियाखाना खोलिएको हो । चिडियाखानामा प्रवेश गर्दा हरेक व्यक्तिले मास्क अनिवार्य लगाउनुपर्ने नियम छ । प्रवेश क्षेत्रमा स्यानिटाइजरको व्यवस्था गरिएको छ ।

    भीडभाड व्यवस्थापन गर्न एकपटकमा बढीमा ७०० देखि ८०० व्यक्तिलाई मात्र प्रवेश अनुमति दिइने भएको छ । चिडियाखाना भित्र प्रवेश गरेको बढीमा डेढ घण्टाभित्र बाहिर निस्कनुपर्ने बताइएको छ । चिडियाखानाभित्र बसेर खान र वन्यजन्तुलाई खुवाउन तथा छुन पाइने छैन । बालबालिकालाई खेलाउन नपाइने समेत नियम छ । चिडियाखाना बिहान १० देखि बेलुका ५ बजेसम्म खुल्छ ।

    उता, पशुपतिनाथ दर्शनको व्यवस्थापन समेत अहिले धमाधम भइरहेको छ । १ पुसबाट पशुपतिनाथ मन्दिरमा दर्शन गर्न सकिने भएको छ । हरेक वर्ष मार्गशीर्ष कृष्ण औँसीका दिन पशुपति मूल मन्दिर परिसरमा प्रदर्शनमा राखिने बहुमूल्य सामग्रीको प्रदर्शनी भने यो वर्ष नहुने भएको छ ।

    बाला चतुर्दशीको भोलिपल्ट पशुपतिको पश्चिमढोकाअघि नागमणि, एकमुखे रुद्राक्ष, गोलोचन, दाहिने शङ्खलगायतका ऐतिहासिक, पुरातात्विक, धार्मिक र सांस्कृतिक दृष्टिले महत्वपूर्ण सामग्री प्रदर्शनमा राख्ने परम्परा छ ।

    कोरोना महामारीका कारण मन्दिर भक्तजनका लागि बन्द रहेकाले नदेखाइने निर्णय भएको हो । मन्दिर खोल्ने अघिल्लो दिन मङ्सिर ३० गते पशुपतिमा क्षमापूजा गरिने भएको छ । त्यसपछि मन्दिर सर्वसाधारणका लागि खुल्नेछ ।

  • विप्लव समुहले हत्या गरेका शिक्षकको आज अन्त्येष्टि

    विप्लव समुहले हत्या गरेका शिक्षकको आज अन्त्येष्टि

    मोरङ । मोरङमा सुराकी गरेको आरोपमा नेत्र विक्रम चन्द विप्लव नेतृत्वको समूहले हत्या गरेका शिक्षक राजेन्द्रकुमार श्रेष्ठको आज अन्त्येष्टि गरिने भएको छ । उनको बुधबार शव आफन्तले बुझेका छन् । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टम गरिएको थियो । त्यसपछि शव आफन्तलाई बुझाइएको हो ।

    उनका पुत्र छत्रले शव बुझेका छन् । मोरङको मिक्लाजुङ गाउँपालिका–१ बर्खेका उनी स्थानीय सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक थिए । उनको विप्लव समूहले मंगलबार बिहान अपहरण पछि जंगलमा हत्या गरेको हो । समुहले हत्याको जिम्मेवारी समेत लिएको छ । प्रहरीले हत्याराको खोजी जारी रहेको बताइको छ ।


    पार्टीविरुद्ध सुराकी गरेको, नेता तथा कार्यकर्ता पक्राउ गराउनतर्फ लागेको र पार्टीका गतिविधी सुरक्षा निकायलाई जानकारी गराउन थालेको पाइएपछि हत्या गरेको विप्लव समूहको भनाई छ ।

  • पोखरामा पर्यटक आकर्षित गर्न अभियान शुरु

    पोखरामा पर्यटक आकर्षित गर्न अभियान शुरु

    पोखरा । पश्चिमाञ्चल होटल सङ्घ पोखराले आन्तरिक पर्यटन प्रवद्र्धनका लागि अभियान शुरु गरेको छ । सुस्ताएको पर्यटन चलायमान बनाउने उद्देश्यले बिहीबारदेखि चारदिने ‘जाऔँ है पोखरा अभियान’ सुरु भएको हो ।

    कोभिड १९ को महामारीमा आन्तरिक पर्यटन प्रवद्र्धन गर्न सङ्घले मङ्सिर २४ देखि २७ गतेसम्म चारदिने भ्रमण कार्यक्रमको शुरुआत गरेको सङ्घका अध्यक्ष विकल तुलाचनले बताएका छन् ।

    जनकपुर, पर्सा, वीरगञ्ज, विराटनगर र चितवनलाई समेटिएको अभियानमा अन्तर्गत ती स्थानमा पत्रकार सम्मेलन, प्रदेशस्तरीय, स्थानीय सरकारी तथा गैरसरकारी र पर्यटन व्यवसायीलगायतका सरोकार पक्षसँग अन्तरक्रिया गरिने भएको छ ।

    पहिलो दिन वीरगञ्जमा स्थानीय सरकार, पत्रकार र पर्यटन व्यवसायीबीच अन्तक्रिया गरिएको छ । सङ्घले १८ वर्षदेखि सो अभियान सुरु गर्दै आएको छ । कोरोनाले सुस्ताएको पर्यटनलाई जगाउनु नै मुख्य उद्देश्य भएको आन्तरिक पर्यटन पुनरोत्थान समिति गण्डकीका सहसंयोजकसमेत रहेका तुलाचनले बताए ।

    अभियानका कार्यक्रममा होटल सञ्चालक, पर्यटन व्यवसायी, नेपाल पर्यटन बोर्डका प्रतिनिधि र पत्रकार सहभागी हुनेछन् । सङ्क्रमण जारी रहे पनि कोरोनासँगसँगै स्वास्थ्य सतर्कतासहित पर्यटन चलायमान बनाउनुको विकल्प नरहेकाले जाऔँ है पोखरा कार्यक्रमलाई निरन्तरता दिएको आयोजकले जनाएको छ ।

  • शिक्षक हत्यापछि गृहको आकस्मिक बैठक, के आयो निष्कर्ष ?

    शिक्षक हत्यापछि गृहको आकस्मिक बैठक, के आयो निष्कर्ष ?

    काठमाडौं । मंगलबार मोरङमा शिक्षकको विभत्स हत्याको जिम्मेवारी विप्लव समुहले लिएसँगै सरकार उक्त समुहविरुद्ध रणनीति बनाउन जुटेको छ । सोही क्रममा गृह मन्त्रालयले आज सुरक्षा निकायका प्रमुखहरुको आकस्मिक बैठक डाडेको छ ।

    बैठकले प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूह हिंसात्मक गतिविधिमा उन्मुख भएको निष्कर्ष निकालेको छ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले बुधबार केन्द्रीय सुरक्षा समितिको आकस्मिक बैठक बोलाएका हुन् ।

    बैठकमा नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी बलका प्रमुख शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीलगायत सहभागी भए ।

    बैठकमा सुरक्षा निकायका प्रमुखले विप्लव समूहका गतिविधिबारे गृहमन्त्रीसमक्ष रिपोर्टिङ गरेका थिए । गृहमन्त्रीले विप्लव समुहविरुद्ध थप आक्रमक हुन सुरक्षा निकायलाई निर्देशन दिएका छन् । समुहविरुद्ध अब प्रहरीले थप निगरानी बढाउने भएको छ ।

  • लाइसेन्स र रुट परमिट मंसिरसम्म निःशुल्क नविकरण हुने

    लाइसेन्स र रुट परमिट मंसिरसम्म निःशुल्क नविकरण हुने

    काठमाडौं । सरकारले मंसिर मसान्तसम्म सवारी चालक अनुमतिपत्र (लाइसेन्स), रुट इजाजत नवीकरण, सवारीसाधन जाँचपासलगायतमा जरिवाना छूट दिएको छ । मन्त्रिपरिषद्‍ बैठकले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको प्रस्तावमा केन्द्रको अधिकार क्षेत्रमा पर्ने सवारीसाधन जाँचपास र रुट इजाजत नवीकरण गर्दा लिने जरिवाना छूट दिने निर्णय गरेको हो ।

    सरकारका प्रवक्ता एवम् सञ्‍चारमन्त्री पार्वत गुरुङका अनुसार कोभिडको असरलाई मध्यजनर गर्दै छुट दिने प्रस्ताव स्वीकृति गरिएको हो । यातायात व्यवस्था विभागले हाल अन्तर प्रदेशमा सञ्‍चालन हुने सार्वजनिक सवारी साधनको जाँचपास र रुट इजाजत दिने गर्छ। ट्रायल भने प्रदेश स्तरमा हुने गरेको छ। लाइसेन्स भने केन्द्र सरकारबाटै वितरण हुने गरेको छ ।

  • विश्व बैंक र एसियाली विकास बैंकबाट नेपालले सवा १४ अर्ब ऋण लिने

    विश्व बैंक र एसियाली विकास बैंकबाट नेपालले सवा १४ अर्ब ऋण लिने

    काठमाडौं । नेपालले विश्व बैंक र एसियाली विकास बैंकबाट सवा १४ अर्ब रुपैयाँ हाराहारी सहुलियतपूर्ण ऋण लिने भएको छ । मन्त्रिपरिषद्को मंसिर १५ र १८ गतेको बैठकले यस्तो निर्णय गरेको हो ।

    सरकारका प्रवक्ता तथा सूचना तथा संचार प्रविधि मन्त्री पार्वत गुरुङका अनुसार १५ मंसिरको मन्त्रीपरिषद् बैठकले प्राथमिकता प्राप्त नदी बेसिन बाढी जोखिम व्यवस्थापन आयोजनाका लागि एसियाली विकास बैैंकबाट ४० मिलियन डलर (४ अर्ब ७७ करोड) बराबरको सहुलियतपूर्ण ऋण लिने निर्णय भएको छ ।


    सोही आयोजनाका लागि १० मिलियन डलर (१ अर्ब १९ करोड) बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय समेत भएको छ । साथै, मंसिर १८ मा बसेको मन्त्रिपरिषद् बैठकले ग्रामिण उद्यम तथा आर्थिक विकास परियोजना संचालन गर्न विश्व बैंकबाट ९ अर्ब ३८ करोड (८० मिलियन डलर) सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय समेत अर्थ मन्त्रालयले गरेको छ ।

  • साझा र विवेकशीलबीच एकता:अध्यक्षमा मिश्र, संयोजकमा पाण्डे

    साझा र विवेकशीलबीच एकता:अध्यक्षमा मिश्र, संयोजकमा पाण्डे

    काठमाडौं । साझा पार्टी र विवेकशील नेपाली पार्टीबिच एकता भएको छ । पार्टी विभाजन भएको २२ महिनापछि बुधबार साझा र विवेकशील नेपाली दलबीच पार्टी एकीकरण भएको हो।

    वैकल्पिक राजनीतिक दलका रुपमा दाबी गर्दै आएका दुई दलबीचको एकतासँगै अध्यक्षमा रवीन्द्र मिश्र र संयोजक मिलन पाण्डे रहेका छन् । उनीहरुले भर्चुअल माध्यममार्फत एकता घोषणा गरेका हुन् ।

    यस्तै, एकीकृत पार्टीको चुनाव चिन्ह तराजु नै रहनेछ। यस्तै, १३० सदस्यीय केन्द्रीय समितिमा दुवै पार्टीबाट ६५–६५ जना रहने सहमति भएको छ। यसैगरी, केन्द्रीय समितिको पहिलो बैठकले दुवै पक्षबाट १३–१३ जना रहने गरी २६ सदस्यीय केन्द्रीय सचिवालय गठन गरेको छ।

    पार्टी एकतापछि गरिने संगठन संरचना गठन, पुनर्गठन र समायोजनको काम दुई महिनामा सकेर ६ महिनाभित्र एकता महाधिवेशन गर्ने सहमति दुई पार्टीबीच भएको छ।

  • थप १०५६ जनामा कोरोना पुष्टि, कुन जिल्लामा कति थपिए ?

    थप १०५६ जनामा कोरोना पुष्टि, कुन जिल्लामा कति थपिए ?

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १०५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको ६ हजार २ सय ८६ जनाको पीसीआर परीक्षणमा १०५६ जनामा कोरोना संक्रमण देखिएको हो ।

    योसंगै नेपालभर कोरोना संक्रमितको संख्या दुई लाख ४४ हजार ४३३ रहेको छ । थप १४८३ जना संक्रमण मुक्त भएका छन् ।

    संक्रमित मध्ये संक्रमित मध्ये २ लाख ३० हजार ५३७ जना निको भएर घर फर्किसकेका छन् । हाल संक्रिय संक्रमितको संख्या १२ हजार २४५ जना रहेको छ ।

    प्रदेश १ को इलाममा ६, उदयपुरमा २, ओखलढुंगामा २, झापामा २५, धनकुटामा १, पाँचथरमा ४, भोजपुरमा १, मोरङमा ५५, संखुवासभामा ९, सुनसरीमा ७५ र सोलुखुम्बुमा ३ जनामा कोरोना भेटिएको छ।

    प्रदेश २ को धुनषामा ५, पर्सामा १, रौतहटमा २, सप्तरीमा ९, सर्लाहीमा २ र सिरहामा ६ जनामा कोरोना पाइएको छ।

    बागमती प्रदेशको काठमाडौंमा मात्र ४ सय १२ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा १८, चितवनमा ६९, दोलखामा १०, धादिङमा १८, नुवाकोटमा १, भक्तपुरमा ६९, मकवानपुरमा ६, रसुवामा २, रामेछापमा ४, ललितपुरमा १ सय १३ र सिन्धुपाल्चोकमा ९ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

    गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा ९७, गोरखामा ६, तनहुँमा ८, नवलपरासी पूर्वमा २४, पर्वतमा २, लमजुङमा ७, बागलुङमा ११ र स्याङजामा ७ जनामा कोरोना पुष्टि भएको छ।

    लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ४, कपिलवस्तुमा १, गुल्मीमा १४, दाङमा १५, नलवपरासीमा ६, पाल्पामा १५, प्यूठानमा १, बर्दियामा १४, बाँकेमा ३६, रोल्पामा १ र रुपन्देहीमा ५१ जनामा कोरोना पाइएको छ।

    कर्णाली प्रदेशको कालिकोटमा १, रुकुम पश्चिममा ३, सल्यानमा १, सुर्खेतमा २ र हुम्लामा १ जनामा कोरोना भेटिएको छ।

    यस्तै, सुदूरपश्चिम प्रदेशको अछाममा ७, कञ्चनपुरमा २८, कैलालीमा ६२, डडेल्धुरामा ४, डोटीमा १, बझाङमा ८, बाजुरामा २ र बैतडीमा ३ कोरोना भेटिएको छ।

  • थप १४ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १६५१ पुग्यो

    थप १४ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १६५१ पुग्यो

    काठमाडौं । कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १४ जना संक्रमतिको मृत्यु भएको हो ।

    यो सहित अहिलेसम्म नेपालमा १६५१ जना संक्रमितको मृत्यु भएको छ ।

  • काठमाडौं उपत्यकामा थप ४९६ जनामा कोरोना संक्रमण

    काठमाडौं उपत्यकामा थप ४९६ जनामा कोरोना संक्रमण

    काठमाडौं । काठमाडौं उपत्यकामा थप ४९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ३९३ , ललितपुरमा ७५ र भक्तपुरमा ३९ जनालाई कोरोना संक्रमण देखिएको हो । जसमा २१४ महिला र २८८ पुरुष रहेका छन् ।

    योसँगै उपत्यकामा एक लाख १४ हजार ५ जना व्यक्ति संक्रमित भएका छन्।

  • फ्रान्समा हेलिकप्टर दुर्घटना, ५ जनाको मृत्यु

    फ्रान्समा हेलिकप्टर दुर्घटना, ५ जनाको मृत्यु

    पेरिस । फ्रान्समा हेलिकप्टर दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ । फ्रान्सको अल्पस्मा हेलिकप्टर दुर्घटनामा परेको छ । बीबीसीका अनुसार हेलिकोप्टरमा ६ जना सवार थिए । एक जना गम्भीर घाइते भएका छन् ।

    एक निजी कम्पनीको हेलिकप्टर साभोई क्षेत्रको बोनभिलारमा दुर्घटनामा परेका बताइएको छ । सो हेलिकोप्टर दूर्गम भेगमा उद्धारका दौरान पुगेको थियो । दुर्घटनाको कारण नखुलेको अधिकारीहरुले जनाएका छन् ।

  • चक्रपथ बिस्तारका क्रममा स्वयम्भुको बुद्धको हजार मूर्ति र स्तूप नभत्काइने

    चक्रपथ बिस्तारका क्रममा स्वयम्भुको बुद्धको हजार मूर्ति र स्तूप नभत्काइने

    काठमाडौं । चक्रपथ बिस्तारका क्रममा स्वयम्भुको बुद्धको हजार मूर्ति र स्तूप नभत्काइने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले यस्तो आश्वासन दिएका हुने । काठमाडौं चक्रपथ विस्तारको क्रममा विश्व सम्पदा क्षेत्रभित्र पर्ने बुद्धका मूर्ति र स्तूप नहटाइने उनले बताएका छन् ।

    स्वयम्भू विश्वसम्पदा क्षेत्र बचाऔँ अभियानले बुझाएको ज्ञापनपत्र बुझ्दै मन्त्री नेम्वाङले सम्पदा संरक्षण गर्दै विकास निर्माणका काम अगाडी बढाइने बताएका छन् । उनका अनुसर सडक विस्तारका क्रममा कम्तीमा पनि स्वयम्भू क्षेत्रमा रहेका भगवान् बुद्धको हजार मूर्ति र स्तूप जोगाउनुपर्छ भन्ने मान्यता प्रष्ट भएको बताए ।

    सडकको आवश्यक डिजाइन, सडक निर्माणको मापदण्ड, पुरातत्व विभाग र युनेस्कोको प्रावधानका परिधिमा रहेर हजार मूर्तिको स्तूप जोगाउनुपर्छ भन्ने प्रष्ट भएको उनले बताए । प्राविधिक रुपमा सम्भव भए स्वयम्भू क्षेत्रका अन्य सम्पदा समेत जोगाउने आश्वासन उनले दिएका छन् ।
    सरकार विभिन्न समुदायको संस्कृति संरक्षणमा सक्रिय रहेको समेत दावि गरे ।


    मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले स्वयम्भूसहितका सम्पदा सरकारले नै विश्वसम्पदा सूचीमा सूचीकृत गराएकाले त्यसको संरक्षणको दायित्व समेत सरकारको हुने बताए । काठमाडौं चक्रपथ पहिलो चरणमा कोटेश्वर–कलङ्की बिस्तार भइसकेको छ ।

    अहिले दोस्रो खण्डमा धमाधम काम भइरहेको छ । कुल ११ दशमलव ६ किमी लम्बाइको कलङ्कीदेखि धोबीखोला सडक बिस्तार हुन लागेको हो । यो आयोजनामा चीनले सहयोग गरिरहेको छ ।

  • बिहीबारबाट खुल्ने भयो चिडियाखाना

    बिहीबारबाट खुल्ने भयो चिडियाखाना

    काठमाडौं । सदर चिडियाखाना सर्वसाधारणका लागि बिहिबारबाट खुला हुने भएको छ । कोरोना भाइरसको महामारी फैलिएसँगै चैत ७, २०७६ पछि चिडियाखाना बन्द रहेको छ । सरकारले लागू गरेको स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना गर्दै चिडियाखाना खोल्न लागिएको चिडियाखानाले जनाएको छ ।

    अनिवार्य मास्क लगाउने र भौतिक दूरी कायम गर्नुपर्ने नियम चिडियाखानामा बनाइएको छ । एक पटकमा ७ सयदेखि ८ सयजनासम्म मात्र दर्शकलाई चिडियाखाना भित्र प्रवेश दिने तयारी रहेको छ । भित्र प्रवेश गरेको दुईदेखि साढे दुई घण्टामा बाहिर निस्कि सक्नु पर्ने भएको छ ।

    ई-सेवामार्फत बुधबार बेलुकाबाटै चिडियाखाना प्रवेशको अनलाइन टिकट लिन सकिने भएको छ । चिडियाखानामा १५० रुपैयाँको टिकट काट्नु पर्छ । विद्यार्थी र ज्येष्ठ नागरिकका लागि ९० रुपैयाँ तोकिएको छ ।४ देखि १२ वर्षसम्मका बालबालिकाको लागि भने टिकटको ५० रुपैयाँ छ ।

  • एकै पटक ५१३ शाखा अधिकृतका लागि विज्ञापन खुल्यो

    एकै पटक ५१३ शाखा अधिकृतका लागि विज्ञापन खुल्यो

    काठमाडौं । लोक सेवा आयोगले एकै पटक ५१३ जना शाखा अधिकृतका लागि विज्ञापन आह्वान गरेको छ । आयोगले बुधवार सूचना जारी गर्दै अप्राविधिकतर्फ ५१३ जना शाखा अधिकृतमा विज्ञापन गरेको हो । आयोगले सामान्य प्रशासन, राजस्व, लेखा, लेखा परीक्षण, परराष्ट्र, न्याय, कानुन र सरकारी वकिलका लागि खुला र ज्येष्ठतामा दरखास्त आह्वान गरेको छ।

    जसमध्ये १५३ जना ज्येष्ठता र बाँकी खुला प्रतिष्पर्धाबाट परिपूर्ति गरिने भएको छ । लोकसेवाले न्याय सेवाको खुलातर्फ ३६, महिला १८, आदिवासी जनजाति १४, मधेसी ११, दलित ६, अपांग दुई र पिछडिएको क्षेत्रका लागि दुई जना माग गरेको छ ।

    परराष्ट्र, प्रशासन र महालेखा परीक्षक संयुक्त र एकीकृत परीक्षा प्रणालीअन्तर्गत खुलामा १३२ जना, समावेशीतर्फ महिलाका लागि ३५, आदिवासी जनजातिका लागि २८ मधेसीका लागि २५, दलितका लागि ।आठ, अपाङ्गका लागि ७ र पिछडिएको क्षेत्रका लागि पाँच जनाको दरखास्त आह्वान गरिएको छ ।

    ज्येष्ठतातर्फ सामान्य प्रशासन ४३, राजश्व ३३, लेखा २७, लेखापरीक्षण ८, परराष्ट्र २, न्याय २७, कानून ५ र सरकारी वकिल तर्फ १७ जनामो माग गरिएको छ । परीक्षा केन्द्र भने प्रथम चरणका लागि आयोगका सबै कार्यालय तोकिएको छ। द्वितीय चरणका लागि आयोगका धनकुटा, काठमाडौं, पोखरा, जलेश्वर, बुटवल, सुर्खेत र दिपायल कार्यालय तोकिएको छ।

    दरखास्त दिने अन्तिम मिति पुस १४ सम्म राखिएको छ । दोब्बर दस्तुर तिरेर पुस २१ सम्म दिन सकिने भएको छ । दरखास्त आयोगको वेबसाइटमा गई अनलाइन माध्यमबाट भर्नु सकिने छ । आयोगले विज्ञापन खुला गरे पनि परीक्षा मिति भने पछि प्रकाशन गरिने जानकारी गराएको छ

  • कार्यकालको पहिलो १ सय दिनमै १० करोडलाई खोप लगाउने बाइडेनको घोषणा

    कार्यकालको पहिलो १ सय दिनमै १० करोडलाई खोप लगाउने बाइडेनको घोषणा

    डेलावर । अमेरिकी नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले आफ्नो कार्यकालको पहिलो १ सय दिन भित्रै १० करोड नागरिकले कोरोना खोप प्राप्त गर्ने बताएका छन् । मंगलबार डेलावरमा पत्रकारहरुसँग बोल्दै उनले यस्तो जानकारी दिएका हुन् । उनले सो अवसरमा आफ्ना स्वास्थ्यमन्त्रीको नाम समेत सार्वजनिक गरेका थिए ।

    आफ्नो कार्यकालको १०० दिन भित्रै कोभिड–१९ को कोर्ष चेन्ज हुने भन्दै महामारी नियन्त्रणका लागि प्रभावकारी कदम चालिने बताएका छन् । यसअघि उनले सोही १ सय दिनका लागि अनिवार्य मास्क लगाउने अभियान थाल्ने जानकारी दिएका थिए ।

    अमेरिकी नियामक निकायबाट फाइजर, बायोएनटेकको खोप ९५ प्रतिसतसम्म प्रभावकारी रहेको पुष्टि भंगलबार नै भएको छ । अब उक्त खोप आपतकालिन अवस्थामा अमेरिकाले प्रयोग गर्न सक्छ । अहिले बेलायतले आफ्ना नागरिकलाई औपचारिक रुपमा खोप वितरण शुरु गरेको छ ।

    उनले बालबालिकालाई पुनः विद्यालय फर्काउनु पनि आफ्नो प्राथमिकतामा रहेको समेत जानकारी दिए । बाइडेनले स्वास्थ्यमन्त्रीको रुपमा क्यालिफोर्नियाका महान्यायाधिवक्ता जेभियर बेकेरा तथा रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी) को प्रमुखमा रोचेल वालेन्स्कीलाई नियुक्ति दिने घोषणा गरेका हुन् ।

  • विप्लव समुहले लियो शिक्षक हत्याको जिम्मेवारी

    विप्लव समुहले लियो शिक्षक हत्याको जिम्मेवारी

    काठमाडौं । नेत्रविक्रम चन्द विप्लव समूहले मोरङ मिक्लाजुङ गाउँपालिका १ का शिक्षक राजेन्द्र श्रेष्ठको हत्याको जिम्मेवारी औपचारिक रुपमै लिएको छ । पार्टी विरुद्ध सुराकी गरेको भन्दै सम्झाई बुझाई गर्ने क्रममा हतियारसहित आक्रमणमा उत्रिएको र प्रतिकारका क्रममा उनको मृत्यु भएको समुहले उल्लेख गरेको छ ।

    स्थानीय सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक श्रेष्ठलाई विप्लव समूहले अपहरण गरी मंगलबार बिहान नजिकैको बर्खे जंगलमा घाँटी रेटी हत्या गरेको थियो।
    नेपालमा प्रतिवन्धित यस समुहका मेची, कोसी ब्युरोले मंगलबार साँझ विज्ञप्ति जारी गरी श्रेष्ठको हत्याबारे समुहको आधिकारिक धारणा सार्वजनिक गरेको हो ।

    विप्लव समूहले श्रेष्ठलाई सम्झाउन जाँदा हतियार लिएर आक्रमण गर्न आइलागेको समेत दाबी गरेको छ। तर, उनलाई हात बाँधेर अपहरण गरिएको स्थानीयले यसअघि नै प्रहरीलाई जानकारी गराएका थिए । उनको शवसमेत हात बाँधिएको र घाँटी रेटिएको अवस्थामा भेटिएको हो ।

    समुहले श्रेष्ठबाट २०७६ फागुन २६ मा पार्टीको मेची-कोसी ब्युरो बैठकमा प्रहरी बोलाएर ‘दमन गराएको’ दावी गरेको छ । श्रेष्ठले लामो समयदेखि पार्टीका विरुद्धमा सुराकी गर्दै आएको र सच्चिन पटक पटक चेतावनी दिँदा पनि नसुध्रिएको समेत उल्लेख गरेको छ ।

    समुहको विज्ञप्तीमा भनिएको छ, ‘उनले जनमुक्ति सेनाको अभियानमा सशस्त्र प्रहरी ल्याएर अपरेसन सञ्चालक गराएका थिए, २०७७ कात्तिक १२ गते ब्युरो इञ्चार्ज बसेको ठाउँमा प्रहरी अपरेसन गराएर ब्युरो सदस्य काशीराम घिमिरे र विज्ञान राईलाई गिरफ्तार गराएका थिए।’

    श्रेष्ठले जनताका घरमा पटक, पटक प्रहरी पठाएर नेता कार्यकर्तालाई खान बस्न दिए तातो गोली खान्छौ भन्दै आतंकित पारेको समेत समूहले दावि गरेको छ । समुहको यो आततायी घटनाको भने नेपालमा कडा विरोध भइरहेको छ ।

  • विप्लव कार्यक्रताले शिक्षक राजेन्द्र श्रेष्ठको घाँटी रेटेर हत्या गरेको पुष्टी

    विप्लव कार्यक्रताले शिक्षक राजेन्द्र श्रेष्ठको घाँटी रेटेर हत्या गरेको पुष्टी

    विराटनगर । मोरङमा विप्लव समुहका कार्यक्रताले शिक्षक राजेन्द्र श्रेष्ठको घाँटी रेटेर हत्या गरेको पुष्टी भएको छ । यसअघि प्रहरीले गोली हानेर हत्या भएको जानकारी संचारमाध्यमलाई गराएका थियो । प्रहरीले स्थानीयबासीले दिएको जानकारीलाई आधार मानेको र घटनास्थलमा गई प्रकृति हेर्दा घाँटी रेटेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

    मोरङको मिक्लाजुङ गाउँपालिका १, बर्खेस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक श्रेष्ठलाई सोमबार विहानै विप्लव समूहका कार्यकर्ताले घरबाटै अपहरण गरेर लगेका थिए । त्यसको केहीबेरमै गाउँलेले ठूलो आवाज आएको सुनेका थिए । सोही आधारमा गाउँलेले प्रहरीलाई गोली हानेर श्रेष्ठको हत्या भएको जानकारी गराएका थिए ।

    उनको अपरिचित समूहले लिएर गएको र गोली पड्किएको आवाज सुनेपछि स्थानीयबासी समेत खोज तलासमा जुटेका थिए । त्यसक्रममा श्रेष्ठको शव घरबाट केही सय मिटर पर जंगलमा रगताम्ये अवस्थामा भेटिएको हो ।

    आज दिउँसो मधुमल्लाबाट प्रहरी नायब निरीक्षक (सई) को नेतृत्वमा गएको टोली अपराधस्थलमा पुगेर मृतकको श्रेष्ठको शव हेर्दा घाँटी रेटेर हत्या गरेको पाइएको हो ।

    शिक्षक श्रेष्ठलाई जंगलमा लगेपछि हात बाँधेर घाँटी रेटेको पाइएको प्रदेश प्रहरी प्रमुख डीआईजी ईश्वरबाबु कार्कीले नेपाली संचारमाध्यमलाई जानकारी गराएका छन् । घटनास्थल मोरङको बिकट क्षेत्र रहेको बताइएको छ । मधुमल्लाबाट चार घण्टाको अवधिपछि मात्र प्रहरी उक्त स्थानमा पुग्न सकेको थियो ।

  • काठमाडौं उपत्यकामा थप ५९४ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं उपत्यकामा थप ५९४ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । काठमाडौं उपत्यकामा थप ५९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ४१२, भक्तपुरमा ६९ र ललितपुरमा ११३ जना नयाँ कोरोना संक्रमित थपिएका हुन् ।

  • थप २३ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १६३७ पुग्यो

    थप २३ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १६३७ पुग्यो

    काठमाडौं । कोरोना संक्रमणबाट थप २३ जनाको मृत्यु भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर २३ जना संक्रमतिको मृत्यु भएको हो ।

    यो सहित अहिलेसम्म नेपालमा १६३७ जना संक्रमितको मृत्यु भएको छ ।

  • नेपालमा थप १३८२ जनामा कोरोना पुष्टि, १६२१ जना संक्रमणमुक्त

    नेपालमा थप १३८२ जनामा कोरोना पुष्टि, १६२१ जना संक्रमणमुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १३८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा १३८२ जनामा कोरोना संक्रमण देखिएको हो ।

    योसंगै नेपालभर कोरोना संक्रमितको संख्या दुई लाख ४३ हजार ३७७ रहेको छ । थप १६२१ जना संक्रमण मुक्त भएको छन् ।

    संक्रमित मध्ये संक्रमित मध्ये २ लाख २९ हजार ५४ जना निको भएर घर फर्किसकेका छन् । हाल संक्रिय संक्रमितको संख्या १२हजार ६ सय ८६ रहेको छ ।

  • कांग्रेसको प्रश्न-‘शासन गर्ने नैतिक शक्ति तपाईंले गुमाइसक्नु भयो, सरकार सच्चिने कि नसच्चिने ?

    कांग्रेसको प्रश्न-‘शासन गर्ने नैतिक शक्ति तपाईंले गुमाइसक्नु भयो, सरकार सच्चिने कि नसच्चिने ?

    काठमाडौं । नेपाली कांग्रेसले सरकारले गलत काम गरेकाले सडकमा असन्तुष्टि देखिएको बताएको छ । प्रधानमन्त्री केपी ओलीले बोलाएको सर्वदलिय बैठकमा कांग्रेस नेताहरुले सरकार सच्चिएर संविधानको मर्म अनुसार चल्दा सवै कुरा ठिक हुने बताएका छन् ।

    पौडेलले प्रधानमन्त्री ओली आफ्ना आफन्त र मन्त्रीहरुका भ्रष्टाचारका आरोपहरुको ढाकछोप गर्न आफैँ अघि सरेको पनि आरोप लगाए। ‘तपाईं आफ्ना आफन्त र मन्त्रीहरुका भ्रष्टाचारका आरोपहरु ढाकछोप आफैँ अगाडि सरेर गर्नुहुन्छ,’ बैठकमा पौडेलले भने,‘ देशमा भ्रष्टाचारको बिगबिगी छ। तर, ठूला भ्रष्टाचार काण्ड चलाउन नसक्ने अवस्थामा किन सरकार र अख्तियार पुगे?’

    पौडेलले पछिल्लो समय सरकारले अदालतलाई पनि पभावमा पारेको आरोप लगाएका थिए। पौडेलले झण्डै दुई तिहाइ बहुमतको सरकार भएपनि अहिले जनतालाई परेको सममस्याबारे कुनै चिन्ता नलिएको आरोप लगाए।

    कोरोना महामारी रोक्न प्रभावकारी काम गर्न सरकारले नसकेको भन्दै पौडेलले प्रधानमन्त्री ओलीको आलोचना गरेका थिए। ‘अहिले जनतालाई परेको समस्याबारे कुनै सोच्नु भएको छ,’ पौडेलले प्रधानमन्त्री ओलीलाई सोधे,‘कोरोना रोकथाम गर्न के के गर्नु भएको छ? ’

    बैठकमा राजवादीहरुको प्रर्दशनका बारेमा छलफल भएको थियो । कांग्रेस नेताहरुले भने अहिलेको सडकमा देखिएको असन्तुष्टि वर्तमान सरकारप्रति असन्तुष्टि भएको बताएका छन् । सरकारका कामका कारण देशमा व्यापक असन्तुष्टि भएको र त्यो असंतुष्टी राजवादी वा अरु नाममा सडकमा प्रकट भएको कांग्रेस सहमहामन्त्री डा प्रकाशशरण महतले बताए ।

    यस्ता प्रवृत्तिहरुले व्यपकता लिने नलिने सरकारको गतिविधिमा भरपर्ने कांग्रेसले बताएको छ । बैठकमा कांग्रेस नेताहरुले कोरोना रोकथाम र नियन्त्रणमा सरकार असफल भएको बताएको छ । तनहुँमा वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि भएको धरपकडको विरोध गर्नुका साथै संसदको बैठक तत्काल बोलाउन समेत माग गरेको छ ।

  • बेलायतमा शुरु भयो कोरोना विरुद्धको खोप, ९० वर्षीया वृद्धालाई पहिलो खोप

    बेलायतमा शुरु भयो कोरोना विरुद्धको खोप, ९० वर्षीया वृद्धालाई पहिलो खोप

    काठमाडौं । बेलायतले कोरोनाको खोप औपचारिक रुपमा लगाउन शुरु गरेको छ । एक ९० वर्षीया महिलालाई खोप लगाएर देशव्यापी कोरोनाभाइरस विरुद्धको खोप अभियान शुरु गरेको हो ।

    आगामी साता ९१ वर्ष पुग्ने मार्गारेटले बेलायती समय अनुसार साढे ६ बजे कोरोनाको खोप लगाएकी हुन्।

    उनले खोपलाई सबैभन्दा राम्रो जन्मदिनको उपहार बताएकी छन्। उनलाई फाइजर र बायोएनटेकले विकास गरेको खोप दिइएको थियो।

    यो महिनाको अन्त्यसम्ममा बेलायतमा ४० लाखलाई खोप लगाइने बताइएको छ।
    सुरुमा ८० वर्षभन्दा माथिका र केही स्वास्थ्यकर्मीहरूलाई यो खोप दिइने छ।

    बेलायत फाइजरको खोपलाई अनुमति दिने पहिलो राष्ट्र हो। सो खोपको चार करोड मात्रा किन्न फाइजरसँग सहमति गरेको छ।

  • कोरिया, श्रीलंका र इजिप्टका लागि राजदूत सिफारिस, को–को परे ?

    कोरिया, श्रीलंका र इजिप्टका लागि राजदूत सिफारिस, को–को परे ?

    काठमाडौं । मन्त्रिपरिषद बैठकले तीन देशका लागि राजदूत सिफारिस गरेको छ । मंगलबार बिहान बालुवाटारमा बसेको बैठकले कोरिया, श्रीलंका र इजिप्टका लागि राजदूत सिफारिस गरेको हो ।

    श्रोतका अनुसार कोरियाका लागि डा कृष्णचन्द्र शर्मा, श्रीलंकाका लागि रमेशचन्द्र पौडेल र इजिप्टका लागि निर्मलराज काफ्लेको नाम सिफारिस भएको छ ।

  • सगरमाथाको उचाइ ८६ सेन्टिमिटर बढ्यो, नयाँ उचाइ ८८४८.८६ मिटर

    सगरमाथाको उचाइ ८६ सेन्टिमिटर बढ्यो, नयाँ उचाइ ८८४८.८६ मिटर

    काठमाडौं । सगरमाथाको नयाँ उचाइ ८,८४८.८६ मिटर रहेको नयाँ तथ्य सार्वजनिक भएको छ ।

    यो नयाँ उचाइ हिउँसहितको भएको नेपाल र चीनले गरेको संयुक्त घोषणा कार्यक्रममा जानकारी गराइएको हो ।

    नेपालले आफ्नै स्रोतसाधन प्रयोग गरी सगरमाथाको उचाइ पत्ता लगाएको हो । मंगलबार नेपाल र चीनले संयुक्तरुपमा सगरमाथाको उचाइ घोषणा गरेका हुन् ।

    मंगलवार नेपाल र चीनले संयुक्त रुपमा सगरमाथाको नयाँ उचाइ घोषणा गरेसंगै सगरमाथाको नयाँ उचाइ ८८४८.८६ मिटर कायम भएको हो ।

    हिउँको सतहलाई पनि उचाइको आधार मान्नुपर्ने नेपालको प्रतावलाई चीनले यसअघि स्विकार नगरेपनि पछिल्लो समय हिउँको सतहलाई उचाइको आधार मान्ने विषयमा सहमति भएसंगै नेपाल र चीनले संयुक्त रुपमा सगरमाथाको नयाँ उचाइ घोषणा गरेका थिए ।

    सगरमाथाको अहिलेको उचाइ भारतको सर्वे विभागले सन् १९५४ मा घोषणा गरेको हो ।

    सगरमाथाको उचाइ मापनको कार्य सबैभन्दा अघि सन् १८४७ मा अघि बढाउने तत्कालीन भारतीय सर्वेयर जनरल कर्णेल जर्ज एभरेष्टको नाममा विश्वको सर्वोच्च हिमशिखरलाई अङ्ग्रेजीमा माउन्ट एभरेष्ट नामाकरण गरिएको हो ।

    विगतमा कैयौँ पटक सगरमाथाको उचाइ मापन गरिएपनि हालसम्म नेपाल र अन्तराष्ट्रिय स्तरबाट सर्वे अफ इण्डियाले मापन गरेको ८ हजार ८ सय ४८ मिटर उचाइलाई आधिकारीक मान्दै आएका थिए ।

    चीनले आफ्नो नापी निकाय न्याश्नल एडमिनिस्ट्रेशन अफ सर्भेइङ्, म्यापिङ एण्ड जीयो इन्फरमेशन (एनएएसजी) ले सन् २००५ मा गरेको उचाइलाई आधार झुमालाङ्माको उचाइ समुद्र सतहबाट ८ हजार ८ सय ४४ दशमलब ४४ मिटर रहेको बताउँदै आएको थियो ।

    चिनियाँ निकायले सगरमाथाको चट्टान सहित उक्त उचाइ रहेको र माथि चुचुरोमा तीन दशमलब ५ मिटर हिउँ रहेको बताउने गरेको थियो ।

    नेपालको विभागका दुई अधिकारी सम्मिलित टोलीले सन् २०१९ मा सगरमाथाको चुचुरोमा पुगेर उचाइ मापन सम्बन्धी काम गरेका थिए ।

  • संविधानविरोधी र हिंसात्मक गतिविधि विरुद्ध एकजुट हुन प्रधानमन्त्रीको आग्रह

    संविधानविरोधी र हिंसात्मक गतिविधि विरुद्ध एकजुट हुन प्रधानमन्त्रीको आग्रह

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानविरोधी र हिंसात्मक गतिविधि विरुद्ध एकजुट हुन सबैमा आग्रह गरेका छन्।

    बालुवाटारमा आयोजित सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले यस्तो आग्रह गरेका हुन्। प्रधानमन्त्रीले बैठकको शुरूमै सहभागी नेताज्यूलाई स्वागत गर्दै छलफल आयोजना गर्नुपर्ने उद्देश्यमाथि प्रकाश पारेका थिए। समसामयिक राजनीतिक विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक बोलाएका हुन् । बैठकमा संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै राष्ट्रिय दलका प्रमुख एवं प्रतिनिधिहरू सहभागी छन् ।

    बैठकमा प्रधानमन्त्री ओलीसहित नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, कांग्रेसको तर्फबाट सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्ण सिटौला, सहमहामन्त्री डा प्रकाशशरण महत, नेमकिपाको तर्फबाट प्रेम सुवाल, जनता समाजवादी पार्टीका तर्फबाट उपेन्द्र यादव लगायतको सहभागिता रहेको छ ।

  • विप्लव समूहद्वारा मोरङमा शिक्षकको गोली हानी हत्या

    विप्लव समूहद्वारा मोरङमा शिक्षकको गोली हानी हत्या

    काठमाडौं । मोरङमा शिक्षकको अपहरणपछि गोली हानी हत्या भएको छ ।

    मिक्लाजुङ गाउँपालिका–१ बर्खेका ५४ वर्षीय शिक्षक राजेन्द्र श्रेष्ठको मंगलबार बिहान गोली हानी हत्या भएको हो ।

    मंगलबार बिहानै उनलाई घरबाटै ‘अज्ञात समूह’ले अपहरण गरेको मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष देवीप्रसाद आचार्यले बताए ।

    नेत्रविक्रम चन्द विप्लव समूहका कार्यकर्ताले श्रेष्ठलाई घरबाटै उठाएर बर्खे जंगलमा लगेर हत्या गरेको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।

    प्रहरीले हत्या गर्नेहरूको खोजी गरिरहेको जनाएको छ । श्रेष्ठ स्थानीय सरस्वती आधारभूत स्कुलका प्रधानाध्यापक रहेको थिए ।

  • आज मेसी र रोनाल्डो आमने-सामने

    आज मेसी र रोनाल्डो आमने-सामने

    काठमाडौं । फुटबल प्रेमीहरुका लागि आज खास दिन रहेको छ । समकालिन फुटबलका सर्वाधिक सफल दुई खेलाडी लियोनल मेसी र रोनाल्डोबीच आज दुई वर्षपछि पहिलो पटक मैदानमा भिडन्त हुँदैछ । अर्कोतर्फ यो अवसर पुनः कहिले जुट्ने हो भन्ने पनि निश्चित छैन ।

    यस अवस्थामा बहुप्रतिक्षित खेल आज राती नेपाली समय अनुसार राती पौने २ बजे हुँदैछ । युरोपियन च्याम्पियन्स लिगमा आज दुई टोली युभेन्टस र बार्सिलोना भिडन् लागेका हुन् । जसमा मेसी र रोनाल्डो एक अर्काविरुद्ध खेल्नेछन् । यसअघि रोनाल्डो स्पेनिस लालिगामा रियल म्याड्रिडको तर्फबाट खेल्ने गर्थे ।

    त्यसबेला उनीहरु बीचको भिडन्त रोमान्चक हुने गथ्र्यो । युरोपियन च्याम्पियन्स लिगको समुह चरणबाट दुबै टोली अन्तिम १६ मा पुगिसकेका छन् । तर, यो भिडन्त समुहको शीर्ष स्थानमा रहनु मात्र नभई मेसी र रोनाल्डोको उत्कृष्तता भिडन्तका रुपमा समेत हेरिएको छ ।

    खेल बार्सिलोनाको मैदान क्याप नोउमा हुनेछ । अपराजित रहेको बार्सिलोना शीर्ष स्थानमा रहँदै अघिल्लो चरणमा प्रवेश गरेको छ । युभेन्टस दोस्रो स्थानमा रहँदै अन्तिम १६ मा प्रवेश गरेको हो ।यसअघि बार्सिलोनाले युभेन्टसलाई उसैको मैदानमा २–० गोलले हराएको थियो ।

  • कम्बोडियाले सबै नागरिकलाई कोरोनाको खोप  निःशुल्क लगाउने

    कम्बोडियाले सबै नागरिकलाई कोरोनाको खोप निःशुल्क लगाउने

    काठमाडौं । कम्बोडियाले आफ्ना सबै नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप निःशुल्क लगाउने भएको छ । प्रधानमन्त्री हुन सेनले यस्तो घोषणा गरेका हुन् । उनका अनुसार खोप पुरै जनसंख्याले प्राप्त गर्नेछ ।

    नागरिकबाट खोपवापत सरकारले कुनै शुल्क पनि लिने छैन । उनले निःशुल्क खोप प्रदान गर्ने गरी सरोकारवालासँग परामर्श गर्न सरकारी संयन्त्रलाई निर्देशन दिएका छन् । त्यसका लागि स्रोत व्यवस्थापनको जिम्मा उनले आफ्ना अर्थमन्त्रीलाई दिएका छन् ।

    उनका अनुसार मुलुकमा पहिलो चरणमा उच्च जोखिममा रहेका नागरिकले खोप पाउने छन् । यसका लागि पहिलो चरणमै १० लाख खोप ल्याइने भएको छ । दोस्रो चरणमा ३० लाख खोप ल्याएर क्रमशः सबै नागरिकमा लगाउने तयारी कम्बोडियाले गरेको हो ।

    कम्बोडिया कोरोना भाइरसको उच्च संक्रमणबाट बच्न सफल मुलुकमध्ये एक हा । यहाँ अहिलेसम्म मात्र ३४८ जनामा मात्रै कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । यहाँ मृत्युको रेकर्ड छैन ।
    एजेन्सी

  • आज सर्वदलीय बैठक बस्दै, जनसरोकारका विषय उठाउने कांग्रेसको तयारी

    आज सर्वदलीय बैठक बस्दै, जनसरोकारका विषय उठाउने कांग्रेसको तयारी

    काठमाडौं । आज प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा सर्वदलीय बैठक बस्दैछ । दिउँसो ११ बजे बोलाइएको बैठकमा सरकारका एजेण्डा भने सार्वजनिक गरिएको छैन । आज सरकारले सगरमाथाको नयाँ उचाई घोषणा गर्दैछ । त्यसको औपचारिक जानकारी सबै दललाई प्रधानमन्त्रीले दिने बताइएको छ । यता, विपक्षी नेपाली कांग्रेसले भने सर्वदलीय बैठकमा जनसरोकारका विषय उठाउने तयारी गरेको छ ।

    प्रधानमन्त्रीले बैठकका लागि डाकेपछि कांग्रेस सभापति शेरबहादुर देउवाले सर्वदलीय बैठकका लागि कांग्रेसका तर्फबाट एजेन्डा तयार गर्न सोमबार शीर्ष नेताहरूको बैठक बोलाएका थिए । उक्त बैठकले कोरोना रोकथाम र नियन्त्रणमा सरकार असफल भएको, भ्रष्टाचार बढेको, सरकारका गतिविधिका कारण नागरिकमा निराशा छाएको विषयलाई प्राथमिकताका साथ उठाउने भएको छ ।

    राजतन्त्रको पक्षमा सडकमा प्रदर्शन बढेको विषयमा समेत सरकारको ध्यानाकर्षण गराउने तयारी कांग्रेसको छ । पार्टीभित्र तिब्र विवादको सामना गरिरहेका प्रधानमन्त्रीले संसद् अधिवेशनसमेत बोलाउन सकेका छैनन् । यसअवस्थामा उनले बोलाएको सर्वदलीय बैठकलाई चासोका साथ हेरिएको छ ।

    बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलहरु सहभागी हुनेछन् । बैठकमा समसामयिक राष्ट्रिय राजनीतिका विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले उल्लेख गरेको छ ।
    प्रधानमन्त्री ओलीले यसअघि गएको जेठमा भारतले लिपुलेक, कालापानीमा नेपाली भूभाग अतिक्रमण गरी सडक बनाएपछि छलफल गर्न सर्वदलीय बैठक बोलाएका थिए ।