काठमाडौं। पछिल्लो २४ घण्टामा देशभरका विभिन्न आइसोलेसनबाट ९६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । धरानबाट झापाका २८ पुरुष, ,दाङबाट बर्दियाका ४ पुरुष र जिल्ला अस्पताल दैलेखबाट १ महिला कोरोना संक्रमण निको भएका छन्। जनकपुरबाट ६ महिलासहित २६ जना पुरुषहरु डिस्चार्ज भएका छन्। बाँके कोहलपुर २२ जना र राप्तिसोनारी आइसोलेसनबाट ७ जना डिस्चार्ज भएका छन्।… Continue reading नेपालमा कोरोना जित्नेको संख्या ५८४ पुग्यो, एकैदिन ९६ जना डिस्चार्ज
Author: Vishwanews.com
नेपालमा कोरोना संक्रमित ४ हजार माथि
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या ४ हजार ८५ पुगेको छ । यसैगरी निको भएर घर फर्कनेहरुको संख्या पनि ५सय ८४ पुगेको… Continue reading नेपालमा कोरोना संक्रमित ४ हजार माथि
गण्डकी प्रदेशमा मंगलबार थपिए २४ कोरोना संक्रमित
पोखरा । भारतबाट नेपाली घर फर्किएसँगै नेपालमा तिब्र रुपमा कोरोना संक्तमित बढिरहेकाछन् । मंगलबार बिहानै गण्डकी प्रदेशमा थप २४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ। गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका अनुसार मंगलबार नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को बौदीकाली गाउँपालिकाका १२ जना पुरुषमा कोरोना देखिएको हो । सोही गाउँपालिकामा निर्माण भएको क्वारेन्टाइनमा उनीहरु बसेका छन्… Continue reading गण्डकी प्रदेशमा मंगलबार थपिए २४ कोरोना संक्रमित
नेपालमा कोरोनाका कारण थप एक जनाको मृत्यु
भरतपुर । चितवनमा कोरोना भाइरसको संक्रमणका कारण एक जनाको ज्यान गएको छ । चितवनको भरतपुर अस्पतालमा कोरोना संक्रमण पुष्टी भएका एक जना व्यक्तिको उपचारका क्रममा मृत्यु भएको हो । मृत्यु भएका व्यक्ती भरतपुर नगरपालिका ११ का भएको अस्पतालले जनाएको छ । उनी ६८ वर्षका पुरूष हुन् । अस्पतालका अनुसार उनको शुक्रबारदेखि नारायणी सामुदायिक अस्पतालको आइसियूमा… Continue reading नेपालमा कोरोनाका कारण थप एक जनाको मृत्यु
रुपन्देहीमा ५ जनाको सामुहिक हत्या, एक जना पक्राउ
बुटवल । रुपन्देहीमा एक निर्मम हत्याकाण्ड बाहिर आएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१० मा ५ जनाको सामुहिक हत्या भएको हो । प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुर्खेतका झसेन्द्र सिंजाली छन् । उनलाई गाउँलेले पक्राउ गरी प्रहरीमा बुझाएको बताइएको छ । गाउँलेले पक्राउ गर्दा अचेत बनेका उनको तिलोत्तमास्थित प्रिन्सन अस्पताल उपचार भइरहेको… Continue reading रुपन्देहीमा ५ जनाको सामुहिक हत्या, एक जना पक्राउ
रुकुम घटनाको छानविन गर्न संसदीय समिति गठन
काठमाडौं । रुकुममा ६ जनाको ज्यान जाने गरी भएको घटना छानबिन तथा अनुसन्धानका लागि संसदीय विषेश समिति गठन भएको छ । प्रतिनिधिसभाको सोमबारको बैठकले नेकपाका सांसद देवेन्द्र पौडेलको संयोजकत्वमा ९ सदस्यीय संसदीय विशेष समिति गठन गर्ने निर्णय गरेको हो । ‘चौरजहारी नगरपालिका, सोती घटना छानविन समिति’का नाममा गठित यो समितिले एक महिनाभित्र प्रतिवेदन बुझाउने सभाुमख… Continue reading रुकुम घटनाको छानविन गर्न संसदीय समिति गठन
जागिर गएपछि जिउमा आगो लगाएर आत्मदाहको प्रयास, उपचारका क्रममा मृत्यु
कोहलपुर । सोमबार बिहान अछाम बयलपाटा अस्पतालका कर्मचारी सिद्धार्थ आउजीले आफ्नै जिउमा पेट्रोल छर्केर आगो लगाए । बिहान जिउमा आगो लगाएको उनको साँझ उपचारका क्रममा मृत्यु भएको छ । उनले अस्पताल परिसरमै आफ्नो जीउमा आगो लगाएका २७ वर्षिय सिद्धार्थको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । श्रीमति, एक छोरा र एक छोरीको बुबा… Continue reading जागिर गएपछि जिउमा आगो लगाएर आत्मदाहको प्रयास, उपचारका क्रममा मृत्यु
साथिको शव बोकेर नेपाल आएका अर्घाखाँचीका ३० जनामा कोरोना पुष्टी
काठमाडौं । भारतबाट नेपाल आउने क्रममा १० जेठमा बाटोमै ज्यान गुमाएका एक युवकको शव बोकेर आएका ३० जना युवामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । नेपाल ल्याइसकेपछि ती युवकको स्वाव परीक्षण गर्दा कोरोना पुष्टी भएको थियो । बाटोमै ज्यान गुमाएका युवाको शव बोकेका र सोही समूहमा आएकामध्ये ३० जनामा कोरोना पुष्टी भएको हो ।… Continue reading साथिको शव बोकेर नेपाल आएका अर्घाखाँचीका ३० जनामा कोरोना पुष्टी
अमेरिकामा संकटमा रहेका ६४६ नेपाली घर फर्कन चाहन्छन्, अन्य मुलुकमा कति ?
काठमाडौं । अमेरिकाबाट बेखर्ची भई तत्काल नेपाल फर्कन चाहने नेपालीको संख्या ६४६ रहेको छ । सरकारले कोभिड–१९ महामारी र लकडाउनका कारण अप्ठ्यारोमा परेका नेपालीमध्ये तत्कालै उद्दार गर्नुपर्ने सूचिमा अमेरिकाबाट मात्र ६४६ जनाको नाम परेको छ । उनीहरु नेपाल सरकारले उद्दार गर्नुपर्ने पहिलो प्राथमिकतामा परेका हुन् । सोमबार परराष्ट्र मन्त्रालयले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई… Continue reading अमेरिकामा संकटमा रहेका ६४६ नेपाली घर फर्कन चाहन्छन्, अन्य मुलुकमा कति ?
थप २१ जनाले जिते कोरोना, संक्रमण मुक्त हुनेको संख्या ४८८
काठमाडौं सोमबार थप २१ जना डिस्चार्ज भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार बाँकेबाट २० जना र काठमाडौंको बलम्बु अस्पतालबाट एकजना महिलाले कोरोना जितेर डिस्चार्ज भएका हुन् । योसहित निको हुनेको संख्या ४८८ पुगेको छ। प्रवक्ताका अनुसार निको हुनेमा पुरुष ४१९ र महिला ६९ छन्।
नेपालमा थप ३ सय १४ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ३७६२ पुग्यो
काठमाडौं । नेपालमा थप ३ सय १४ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा सय संख्यामा संक्रमित थपिएका हुन् । थपिनेमा २ सय ९४ पुरुष र २० महिला छन् । योसंगै नेपालमा संक्रमितको कुल संख्या ३ हजार ७ सय ६१२ पुगेको… Continue reading नेपालमा थप ३ सय १४ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ३७६२ पुग्यो
कोरोनाबाट विश्वभर ४ लाख ५ हजारको मृत्यु
काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट विश्वभर मृत्यु हुने मानिसको संख्या ४ लाख नाघेको छ । सोमबार बिहानसम्मको तथ्यांक अनुसार विश्वभर ४ लाख ५ हजार ७४ जनाको निधन भएको हो । पछिल्लो २४ घण्टामा मात्र ३ हजार ३ सय ७५ जनाको ज्यान गएको छ । ५ महिनादेखि जारी महामारीले विश्वका २१३ मुलुकलाई प्रभावित बनाइसकेको छ ।… Continue reading कोरोनाबाट विश्वभर ४ लाख ५ हजारको मृत्यु
विदेशमा रहेका नेपालीमा कोरोना संक्रमण र मृत्युदर दुबै घट्यो
काठमाडौं । विदेशमा रहेका नेपाली नागरिकमा कोरोना भाइरसको संक्रमण र मृत्युदर दबै घटेको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले साप्ताहिक कोरोना अपडेट सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो । संघका अनुसार कोरोना भाइरस सङ्क्रमणले विदेशमा नेपालीको मृत्यु र सङ्क्रमण दर दुबैमा उल्लेख्य कमी आएको छ । शनिबार साँझसम्म नेपालबाहिर १२५ नेपालीको ज्यान गएको छ… Continue reading विदेशमा रहेका नेपालीमा कोरोना संक्रमण र मृत्युदर दुबै घट्यो
आज कांग्रेस कार्यसमितिको बैठक, सरकारका कामबारे समिक्षा गर्ने
काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने गरी बैठक बोलाइएको कांगेस सचिवालयले जानकारी दिएको छ । बैठकमा कोरोना भाइरस संक्रमण र यसको रोकथाममा सरकारले गरेका कामको समिक्षा हुने भएको छ । संविधान संशोधन, एमसीसीलगायत समसामयीक विषयमा समेत छलफलको तयारी रहेको… Continue reading आज कांग्रेस कार्यसमितिको बैठक, सरकारका कामबारे समिक्षा गर्ने
नेपालमा कोरोनाबाट थप एकको मृत्यु
पोखरा । नेपालमा कोरोना रोगको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । स्याङजा वालिङ नगरपालिकाका ६० वर्षीय कोरोना संक्रमित पुरुषको उपचारका क्रममा मृत्यु भएको हो । उनको पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । उनको निधनबारे स्वास्थ्य निर्देशनालय गण्डकीले पुष्टि गरेको छ । उनमा आइतबार मात्र कोरोना पुष्टि भएको थियो ।… Continue reading नेपालमा कोरोनाबाट थप एकको मृत्यु
नयाँ दिल्लीमा मृत्यु भएका दाङका एक जनामा कोरोना पुष्टी
दाङ । भारतको नयाँ दिल्लीमा ज्यान गएका एक जना नेपालीमा कोरोना पुष्टी भएको छ । दाङका एक व्यक्तिमा कोरोना भाइरस पुष्टि भएको हो । घोराही उपमहानगरपालिका वडा नं. १८ अम्वापुरका ४० वर्षीय एक व्यक्तिको भारतमा निधन भएको थियो । उनको शव नेपाल ल्याएपछि कोरोना आंशकामा आइतबार दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वावको नमुना लिइएको थियो… Continue reading नयाँ दिल्लीमा मृत्यु भएका दाङका एक जनामा कोरोना पुष्टी
जनता समाजवादी पार्टीले दल दर्ताका लागि दियो निवेदन, डा. बाबुराम भट्टराईको वरियता कुन ?
काठमाडौं । राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीको एकिकरणपछि बनेको जनता समाजवादी पार्टी नेपाल (जसपा) ले दल दर्ता गर्ने प्रयोजनका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ। नयाँ पार्टीमा महन्थ ठाकुर र उपेन्द्र यादव दुई अध्यक्ष रहने भएका छन् । पार्टीको पहिलो र दोस्रो वरियतामा उनीहरु नै रहने गरी वरियता तय गरिएको छ । तेस्रो वरियतामा… Continue reading जनता समाजवादी पार्टीले दल दर्ताका लागि दियो निवेदन, डा. बाबुराम भट्टराईको वरियता कुन ?
कोरोना उपचारपछि एकैदिन १०२ जना डिस्चार्ज, संक्रमण मुक्त हुनेको संख्या ४६७
काठमाडौं । नेपालमा एकैदिन थप १०२ जना कोरोना संक्रमणमुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार देशको विभिन्न अस्पतालबाट २ महिला र एक सय जना पुरुषहरु डिस्चार्ज भएका हुन् । दाङ कोरोना विशेष अस्पताल बेलझुण्डीबाट १० जना बाँके, बर्दिया, दाङ र कपिलबस्तुबाट संक्रमित निको भएर डिस्चार्ज भएका छन्। कलैया अस्पताल बाराबाट ३४ जना, युनिफाइड कोभिड… Continue reading कोरोना उपचारपछि एकैदिन १०२ जना डिस्चार्ज, संक्रमण मुक्त हुनेको संख्या ४६७
नेपालमा थप २१३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३४४८ पुग्यो
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २१३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जसमा २०९ जना पुरुष रहेका छन् भने ४ जना महिला रहेका छन् । दुई हजार ९६८ जनाको देशभरका विभिन्न अस्पताल र आइसोलेसन सेन्टरमा उपचार भइरहेको छ… Continue reading नेपालमा थप २१३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३४४८ पुग्यो
गण्डकी प्रदेशमा आइतबार थपिए ३८ संक्रमित
पोखरा । गण्डकी प्रदेशमा आइतबार ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको विवरण अनुसार स्याङ्जामा १४, बाग्लुङमा १०, गोरखामा १० र नवलपरासी बर्दघाट सुस्ता पूर्वमा ४ जनामा कोरोना देखिएको हो । पोखरास्थित स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा भएको परीक्षणले ३८ जनामा कोरोना पुष्टी भएको हो । कोरोना पुष्टी हुने… Continue reading गण्डकी प्रदेशमा आइतबार थपिए ३८ संक्रमित
झापाका १२ संक्रमित डिस्चार्ज
धरान । शनिबार राती झापाका १२ जनाले एकै पटक कोरोनालाई जत्न सफल भएका छन् । झापाका १८ देखि ५८ वर्ष उमेर समूहका १२ जना अस्पतालबाट डिस्चार्ज भएका हुन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत १२ जनाको लगातार दोस्रो पीसीआर रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । यो अस्पतालमा अझै ८३ जनाको… Continue reading झापाका १२ संक्रमित डिस्चार्ज
विदेशबाट फर्केर बस्न चाहनेलाई होटेल तय, चारतारेदेखि पर्यटकस्तरसम्म
काठमाडौं । कोरोना भाइरसका कारण विदेशमा रोकिएका व्यक्तिलाई सरकारले घर फर्काइरहेको छ । यसक्रममा नेपाल आइसकेपछि आफ्नै खर्चमा होटेलमा क्वारेन्टाइन बस्न चाहने व्यक्तिका लागि होटेलको सूचि तय भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई उपलब्ध गराएको होटेलमा तत्कालका लागि ४७ वटा होटेल क्वारेन्टाइनका लागि तय भएका छन् । यसरी तय… Continue reading विदेशबाट फर्केर बस्न चाहनेलाई होटेल तय, चारतारेदेखि पर्यटकस्तरसम्म
लकडाउनबारे सरकार अझै अलमलमा, आइतबार के प्रस्ताव जाँदैछ मन्त्रिपरिषद्
काठमाडौं । नेपालमा उद्योगी व्यवसायीबाट लकडाउनको तिब्र विरोध भइरहेको छ । यता, खर्च पुर्याउन कठिन भइरहेको सरकारलाई पनि कुनै न कुनै रुपबाट लकडाउन खोलेर कर तिर्न आउने वातावरण बनाउनु छ । तर, सरुवा रोगको संक्रमणलाई आँखा चिम्लन समेत मिल्दैन । किनकी यो अन्तर्राष्ट्रिय मामला समेत हो । यसबीचमा लकडाउनको मोडालिटी बनाउन शनिबार बसेको कोभिड १९… Continue reading लकडाउनबारे सरकार अझै अलमलमा, आइतबार के प्रस्ताव जाँदैछ मन्त्रिपरिषद्
कांग्रेसले भन्यो : विदेशबाट आउन चाहने सबैलाई घर ल्याउ
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरस संक्रमणका कारण विदेशबाट घर फर्कन चाहने सबै नागरिकलाई घर फर्कने वातावरण बनाउन सरकारसँग माग गरेको छ । नेपाली कांग्रेस जनसम्पर्क समिति समन्वय विभाग प्रमुख गोविन्द भट्टराईले शनिबार विज्ञप्तिमार्फत सरकारसँग घर आउन चाहने सबैलाई घर ल्याउन आग्रह गरेका हुन् । विदेशका जुकसुकै पनि कुनामा रहेका नेपालीहरुलाई आफ्नो… Continue reading कांग्रेसले भन्यो : विदेशबाट आउन चाहने सबैलाई घर ल्याउ
नेपालमा कोरोनाका कारण थप २ जनाको मृत्यु
काठमाडौं । नेपालमा कोरोनाका कारण थप दुई जनाको मृत्यु भएको छ । मन्त्रालयले यसको पुष्टी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार डोल्पा जगदुल्ला गाउँपालिका–३ का ५८ वर्षीय पुरुष र धनगढी ४ की ५५ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो । अब नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३ पुगेको स्वास्थ्य मन्त्रालयले पुष्टी… Continue reading नेपालमा कोरोनाका कारण थप २ जनाको मृत्यु
नेपालमा एकै दिन थपिए ३२३ संक्रमित, ३२३५ पुगे संक्रमित
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३२३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । काठमाडौंमा ४ जनासहित देशभर ३२३ जना नयाँ बिरामी थप भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अब नेपालमा कुल संक्रमितको संख्या ३२ सय ३५ पुगेको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा उनीहरू पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका… Continue reading नेपालमा एकै दिन थपिए ३२३ संक्रमित, ३२३५ पुगे संक्रमित
महामारीका बीच पाकिस्तानले खुलाउने भयो लकडाउन
इस्लामावाद । कोरोना भाइरसको महामारीका बीच पाकिस्तानले भने लकडाउन खोल्ने घोषणा गरेको छ । यहाँ सोमबारबाट लकडाउन खुला हुने भएको छ । तर, यो मुलुकमा कोरोना भाइरसबाट सङ्क्रमित हुने मानिस र ज्यान जाने मानिसको संख्या निरन्रता बढ्दो क्रममा रहेको छ । आर्थिक संकटको सामना गर्न नसकेपछि पाकिस्तान लकडाउन खोल्ने निष्कर्षमा पुगेको हो । प्रधानमन्त्री इमरान… Continue reading महामारीका बीच पाकिस्तानले खुलाउने भयो लकडाउन
नेपाललगायत मुलुकले खेल्ने विश्वकप छनोटका खेल ४ महिनापछि गराउने प्रस्ताव
काठमाडौं । कोरोना भाइरसको विश्वव्यापी बिस्तारसँगै देशभर खेल गतिविधि ठप्प छ । यसले आगामी वर्ष आयोजना हुने महत्वपूर्ण खेल गतिविधिलाई असर गरेको छ । यसै सन्दर्भम एशियाली फुटबल महासङ्घ (एएफसी) ले स्थगित भएको फिफा विश्वकप २०२२ तथा एएफसी एशियन कप २०२३ को छनोट खेल आगामी चार महिनापछि गराउने प्रस्ताव गरेको छ । यस प्रतियोगितामा नेपालले… Continue reading नेपाललगायत मुलुकले खेल्ने विश्वकप छनोटका खेल ४ महिनापछि गराउने प्रस्ताव
डोल्पामा ५ दिन अगाडी मृत्यु भएका व्यक्तिमा कोरोना पुष्टी
डोल्पा । डोल्पामा २० जेठमा मृत्यु भएका एक व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । जगदुल्ला गाँउपालिका–३ का ५८ वर्षीय पुरुषमा कोरोना पुष्टी भएको हो । उनको २० गते ज्यान गएको थियो । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुने बिरामीको संख्या १२ पुगेको छ । यसलाई स्वास्थ्य मन्त्रालयले घोषणा गर्न भने बाँकि रहेको छ ।… Continue reading डोल्पामा ५ दिन अगाडी मृत्यु भएका व्यक्तिमा कोरोना पुष्टी
शनिबार पनि देशका धेरै स्थानमा दिनभर वर्षा हुने
काठमाडौं । नेपालको अधिकांश स्थानमा शनिबार दिनभर पानी पर्ने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिनभर जसो नै वर्षातको सम्भावना रहेको छ । निसर्ग आँधीका कारण आज देशैभरी दिनभरजसो वर्षात हुने महाशाखाले उल्लेख गरेको छ । अरब सागरमा बनेको चक्रवातका कारण बनेको मौसम प्रणाली भारत हुँदै नेपाल भित्रिएपछि पानी पर्न लागेको हो । महाशाखाका… Continue reading शनिबार पनि देशका धेरै स्थानमा दिनभर वर्षा हुने