Author: Vishwanews.com

  • देशभर थप ९३६ जनामा कोरोना पुष्टि, १९९६ जना संक्रमण मुक्त

    देशभर थप ९३६ जनामा कोरोना पुष्टि, १९९६ जना संक्रमण मुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ९३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ९३६ जनामा कोरोना संक्रमण देखिएको हो ।

    यो संगै नेपालभर कोरोना संक्रमितको संख्या २ लाख ५० हजार १ सय ८० पुगेको छ । थप १९९६ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त मुक्त हुनेको संख्या २ लाख ३८ हजार ५६९ पुगेको छ ।

    हाल संक्रिय संक्रमितको संख्या ९ हजार ८८१ जना रहेको छ ।

  • थप १४ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १७३० पुग्यो

    थप १४ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १७३० पुग्यो

    काठमाडौं । कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १४ जना संक्रमतिको मृत्यु भएको हो ।

    यो सहित अहिलेसम्म नेपालमा १७३० जना संक्रमितको मृत्यु भएको छ ।

  • झिनो अंकले घट्यो नेप्से, ६ अर्ब ६ करोडको कारोबार

    झिनो अंकले घट्यो नेप्से, ६ अर्ब ६ करोडको कारोबार

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकले घटेको छ । मंगलबार सेयर बजार मापक सूचक नेप्से ५.७५अंकले घटेर २०६१.४२ विन्दुमा आइपुगेको छ ।

    यसदिन २०५ कम्पनीको ९७ लाख ५५ हजार ५४७ कित्ता सेयर ६ अर्ब ६ करोड ९३ लाख ३१ हजार ६८६ रुपैयाँमा कारोबार भएको छ ।

    कारोबारमा आएका १२ वटा समूहमध्ये जीवन बीमा र माइक्रोफाइनान्स समूह बाहेक अन्य सबै समूहको परिसूचक ओरालो लागेका छन् ।

    आज माइक्रोफाइनान्स समूहको परिसूचक सबैभन्दा धेरै ५९.५९ अंकले बढेको छ भने उत्पादनमूलक समूह ११५.१३ अंकले घटेको छ ।

    क्षेत्रगत रुपमा आज लगानीकर्ता माइक्रोफाइनान्स कम्पनीहरुको सेयरमा आकर्षित भएका छन् । घट्दो बजारमा पनि करिब आधादर्जन माइक्रोफाइनान्स कम्पनीको मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

    उन्नति सहकार्य, गुँरास, महुली सामुदायिक, ग्लोबल आइएमई, एनएमबी माइक्रोफाइनान्स र नारायणी विकास बैंकका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।

    लगानीकर्ता नेपाल लाइफ इन्स्योरेन्सको सेयरमा झुम्मिएका छन् । यसको सबैभन्दा धेरै ५२ करोड ३८ लाख रुपैयाँ बढीको कारोबार भएको छ ।

    कारोबार रकमकै आधारमा नेपाल पुनर्बीमा कम्पनी ३६ करोड र नेपाल बैंक २२ करोड सहित क्रमशः दोस्रो र तेस्रोमा रहे ।

  • उखु किसानको पैसा नदिने उद्योगी पक्राउ गर्ने सरकारको निर्णय

    उखु किसानको पैसा नदिने उद्योगी पक्राउ गर्ने सरकारको निर्णय

    काठमाडौं । सरकारले उखु किसानको पैसा भुक्तानी नदिने चिनी उद्योगीलाई पक्राउ गर्ने निर्णय गरेको छ। मंगलबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’को अध्यक्षतामा बसेको तीन मन्त्रीको बैठकले

    पैसा नदिने व्यापारीलाई पक्राउ गर्ने निर्णय गरेको हो।

    गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा कृषि मन्त्री घनश्याम भुसाल, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट र संघीय मामिला तथा स्थानीय विकास मन्त्री हृदयश त्रिपाठी बैठक बसेको थियो। एक वर्ष अघि पुष १८ गतेको सहमति अनुसार चिनी मिलहरुबाट उखुको भुक्तानी नपाएपछि काठमाडौंको माइतीघर मण्डलमा आएर आइतबारबाट आन्दोलन शुरु गरेका छन् ।

    उखु किसानहरुले माइतीघर मण्डलामा आइतबारदेखि सुरु भएको धर्ना ते्िरो दिन पनि जारी छ । बिहान ११ बजेबाट सुरु भएको आन्दोलनमा किसानहरु सडकमा बसेर आफ्ना मागहरु प्लेकार्ड मार्फत प्रर्दशन गरिरहेका छन् ।

    अघिल्लो वर्ष १ अर्ब ६० करोड बक्यौता थियो। गत वर्षको सम्झौता र त्यसपछि मन्त्रालयले गरेको ताकेताका कारण धेरै बक्यौता रकम तिरिसकेर अहिले ४ वटा मिलले ७६ करोड रुपैयाँ बराबर तिर्न बाँकी रहेको मन्त्रालय स्रोतको दाबी छ ।

    चिनी मिलबाट किसानहरुले ९० करोड रुपैयाँ भुक्तानी पाउन बाँकी रहेको उखु किसान संघर्ष समितिले जनाएको छ ।

  • संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी, उपस्थित बहुमतले निर्णय गर्न सक्ने व्यवस्था

    संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी, उपस्थित बहुमतले निर्णय गर्न सक्ने व्यवस्था

    काठमाडौं । सरकारले संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएको छ। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला सरकारले संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएको हो।

    मन्त्रिपरिषद् बैठकको सिफारिसका आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार अध्यादेश जारी गरेकी हुन् ।

    मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।

    मन्त्रिपरिषद् बैठकको सिफारिसका आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार अध्यादेश जारी गरेकी हुन्।

    राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ जारी गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

  • गणपूरक नपुगेपछि संवैधानिक परिषद् बैठक स्थगित

    गणपूरक नपुगेपछि संवैधानिक परिषद् बैठक स्थगित

    काठमाडौं । संवैधानिक परिषद्को बैठक कोरम नपुगेपछि स्थगित भएको छ ।

    मंगलबार बिहान १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको बैठकमा सभामुख अग्नी प्रसाद सापकोटा अनुपस्थित भएपछि बैठक स्थगित भएको हो ।

    अर्को बैठक आज साँझ ५ बजेका लागि बोलाइएको छ । बैठकमा सभामुख अग्निप्रसाद सापकोटा उपस्थित भएनन् । सापकोटा नगएसँगै गणपूरक संख्या नपुगेको हो ।

    परिषद् बैठकमा अध्यक्ष र कम्तीमा चारजना अन्य सदस्यहरु उपस्थित भएमा परिषद्को बैठकका लागि गणपूरक संख्या पुगेको मानिने व्यवस्था छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक नियुक्तिका लागि पार्टीमा समेत कुनै छलफल नगरेको भन्दै सत्तारुढ दल नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसमेत असन्तुष्ट छन् । सोही कारण पनि सभामुख सापकोटा बैठकमा नगएको बुझिएको छ ।

  • नेपालले टी-२० विश्वकप ग्लोबल छनोट खेल्न पाउने

    नेपालले टी-२० विश्वकप ग्लोबल छनोट खेल्न पाउने

    काठमाडौं । नेपालले सन् २०२२ मा आयोजना गरिने टी २० विश्वकप क्रिकेटमा स्थान बनाउन सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्न पाउनु भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले वरियतामा राम्रो गरेका कारण नेपालसहित चार मुलुकलाई सिधै ग्लोबल छनोटको स्थानमा लगेको हो । प्रतियोगिता अष्ट्रेलियामा सन् २०२२ मा आयोजना हुनेछ ।

    सोही प्रतियोगिताक लागि अहिले विभिन्न चरणमा छनोट प्रतियोगिताहरु जारी रहेका छन् । आइसीसीले सोमबार छनोट प्रक्रिया सार्वजनिक गर्दै नेपालसहित यूएई, सिंगापुर र जिम्बावेलाई सिधै ग्लोबल छनोटमा स्थान दिएको छ । फेब्रुअरी र मे २०२२ मा ग्लोबल छनोटका खेल हुनेछन् ।

    यस प्रतियोगितामा भने कुल १६ टोली सहभागी हुनेछन् । यहाँबाट ४ टोलीले विश्वकपमा स्थान बनाउने भएका छन् । छनोटबाट पहिलो चार स्थानमा रहन सफल भएमा नेपालले सन् २०२२ अक्टोबरमा आयोजना हुने विश्वकप खेल्न पाउने छ ।

    नेपालले सन् २०१४ मा विश्वकप खेलिसकेको छ । त्यसपछि भने छनोट हुन सकेको छैन । दुई समूहमा हुने ग्लोबल छनोटबाट २, २ टोली विश्वकपमा खेल्नेछन् । ग्लोबल छनोटमा कुल १६ टोलीले प्रतिस्पर्धा गर्ने भएको आइसीसीले जनाएको छ ।

    क्षेत्रीय छनोटबाट ८ टोली तथा सन् २०२१ को टि२० विश्वकप खेलेका विश्व वरियताको पुछारमा रहेका ४ टोली ग्लोबल छनोटमा पुग्नेछन् ।

  • आज बस्दै संवैधानिक परिषद् बैठक, बन्ला नियुक्तिमा सहमति ?

    आज बस्दै संवैधानिक परिषद् बैठक, बन्ला नियुक्तिमा सहमति ?

    काठमाडौं । आज संवैधानिक परिषद्को बैठक बोलाइएको छ । यसअघि आइतबारका लागि बोलाइएको बैठक कांग्रेस सभापति शेरबहादुर देउवा उपस्थित नहुने भएपछि स्थगित भएको थियो । उनी प्रमुख प्रतिपक्षी दलका नेता हुन् ।


    प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बिहान बैठक बोलाएका छन् । नेपाली कांग्रेसका सभापति देउवाले सोमबार कांग्रेसले सरकारविरुद्ध प्रदर्शन गर्न लागेकाले बैठकमा नआउने जानकारी पठाएपछि बैठक अवरुद्ध भएको हो । सोही अनुसार सोमबार कांग्रेसले सोमबार देशव्यापी सरकारविरोधी प्रदर्शन गरेको छ ।

    संवैधानिक परिषद्मा प्रधानमन्त्री, सभामुख, प्रधानन्यायाधीश, राष्ट्रियसभा अध्यक्ष र प्रमुख प्रतिपक्षी दलका नेता उपस्थित हुनुपर्छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोगसहित विभिन्न ४५ पदमा नियुक्ति गर्नुपर्नेछ । तर, बैठक नबस्दा संवैधानिक नियुक्ति रोकिएको छ ।

  • अमेरिकामा दुई नर्सलाई खोप दिएर थालियो कोभिड खोप वितरण

    अमेरिकामा दुई नर्सलाई खोप दिएर थालियो कोभिड खोप वितरण

    न्यूयोर्क । अमेरिकामा कोरोना भाइरसविरुद्धको खोप सर्वसाधारण मानिसमा लगाउने अभियान प्रारम्भ भएको छ । कोरोना भाइरसबाट संसारमा सबैभन्दा बढी प्रभावित यो मुलुकले यूरोपेली मुलुक बेलायतले खोप लगाउन थालेको एक सातापछि सर्वसाधारणलाई खोप वितरण थालेको हो । पहिलो चरणमा अमेरिकाले कोरोना भाइस विरुद्धको लडाइँमा पहिलो पंक्तिमा खटिएका जनशक्तिलाई खोप लगाउन लागेको हो ।

    सोही क्रममा न्यूयोर्कको लोन्ग आइल्याण्डकी नर्सलाई पहिलो खोप लगाइएको छ । बीबीसीका अनुसार नर्स आईसीयूमा कार्यरत रहेकी छिन् । अमेरिकाले फाइजर, बायोएनटेक खोप प्रयोगमा ल्याएको हो । फाइजर, बायोएनटेकलाई प्रयोगमा ल्याउन अमेरिकाले गत शुक्रबार अनुमति दिइएको हो । सोमबार १५० अस्पतालमा यो भ्याक्सिन लगाइएको छ ।

    अमेरिकाले यो अभियानअन्तर्गत सन् २०२१ को अप्रिल महिनासम्म १० करोड मानिसमा खोप पुर्याउने लक्ष्य लिएको बताइएको छ । कोरोना संक्रमणबाट अमेरिकामा करिब तीन लाख मानिसको ज्यान गइसकेको छ ।

  • आज ३ डिग्रीमा झर्यो काठमाडौंको तापक्रम

    आज ३ डिग्रीमा झर्यो काठमाडौंको तापक्रम

    काठमाडौं । आज काठमाडौं उपत्यकाको तापक्रम ३ डिग्री सेल्सियसमा झरेको छ । जसले गर्दा उपत्यकामा चिसो बढेको छ । सोमबार ४ डिग्री सेल्सियस तापक्रम मापन भएको थियो । विहान साढे ६ बजे गरिएको मापनमा काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

    यो तापक्रम यस वर्षकै सबैभन्दा कम हो । तराई–मधेसका अधिकांश भागमा हुस्सु लागेको छ । तराईका अधिकांश भाग र पहाडका केही भागहरुमा हुस्सु तथा कुहिरोको कारण वायुको पारदर्शितामा कमी हुन गइ सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले महाशाखाले उल्लेख गरेको छ ।

    आज प्रदेश नं. १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका भूभागहरुमा आंशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहने भएको छ ।

  • स्वास्थ्यकर्मीद्धारा माग पुरा गर्न एक साताको अल्टिमेटम, नभए आन्दोलन

    स्वास्थ्यकर्मीद्धारा माग पुरा गर्न एक साताको अल्टिमेटम, नभए आन्दोलन

    काठमाडौं । सरकारले आफ्ना माग वेवास्था गरेको भन्दै स्वास्थ्यकर्मीले माग पुरा गर्न एक साताको समय दिएका छन् । नेपाल संयुक्त स्वास्थ्य संघर्ष समितिले माग पुरा नभए चरणबद्ध रूपमा आन्दोलन गर्ने चेतावनी समेत दिएको छ।

    मंसिर ७ गते स्वास्थ्य तथा जनसंख्या मन्त्री समक्ष स्वास्थ्यकर्मी तथा स्वास्थ्य सेवामा क्रियाशील ट्रेड युनियन संघ संगठनहरूले संयुक्तरूपमा १८ बुँदे ज्ञापनपत्र बुझाएका थिए । उक्त दिन समितिले माग पूरा गर्न २१ दिनको समय राखेर अल्टिमेटम तोकेको थियो ।

    तर, सरकारले यस अवधिमा समेत माग पुरा गर्न गम्भीर नभएको भन्दै स्वास्थ्यकर्मी थप आन्दोलित हुन लागेका हुन् । समितिले आफ्ना माग पूरा गर्न सोमबारदेखि लागू हुने गरी एक हप्ताको समयावधि थप गरेको छ ।

    अब पनि माग पूरा नभए आन्दोलनमा जाने चेतावनी स्वास्थ्यकर्मीको छ । कोरोनाको महामारी फैलिरहेको बेलामा स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीहरूले जोखिम तथा प्रोत्साहन भत्ता अहिलेसम्म पनि नपाएको उनीहरुको भनाई छ ।

  • ‘ सरकारकै कारण राजा आऊ, देश बचाऊ भन्न थाले, हामीलाई पनि सडकमा आउन बाध्य बनायो’-देउवा

    ‘ सरकारकै कारण राजा आऊ, देश बचाऊ भन्न थाले, हामीलाई पनि सडकमा आउन बाध्य बनायो’-देउवा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीकै कारण सडकबाट राजतन्त्रको माग हुन थालेको आरोप लगाएका छन् ।

    देउवाले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीकै कारण सडकमा ‘राजा आऊ देश बचाऊ’ भन्ने नारा सुनिन थालेको बताएका छन् ।

    सरकार विरुद्ध कांग्रेसले आयोजना गरेको देशव्यापी प्रदर्शनका क्रममा हेटौंडा पुगेका सभापति देउवाले सरकारले जनताका लागि केही काम गर्न नसकेको आरोप लगाए ।

    ‘राजा आऊ देश बचाऊ भन्दै हिँडिरहेका छन्। किन यो भन्दै हिँडिरहेका छन् ?,’ देउवाले प्रश्न गर्दै भने, ‘ओलीकै कारणले राजा आउ देश बचाउ भनेर कराइरहेका छन्।’

    देउवाले माओवादी र एमाले एकता भएसँगै कम्युनिष्टको सरकार आउँदा कसैले रुन पनि पाउँदैन भनेर आफूले भनेको सम्झँदै भने, ‘मैले कम्युनिष्ट पार्टी एक हुँदा भनेको थिएँ। कम्युनिष्ट जित्दा रुन पनि पाइँने छैन। किन रोइस् भनेर आउन बेर छैन। ‘कोरोना वा औषधि नपाएर रोए पनि ओलीको खिलापमा जस्तो लाग्छ। पक्रेर लैजाने अवस्था छ । यो सरकारले एकदलीय सर्वसत्तावादी शासन लागू गर्न खोजेको छ’ उनले भने।

    देउवाले जनतालाई सडकमा भेला गरेर दुख दिने उद्देश्य आफ्नो नभएको बताएका छन्। आफूहरु बाध्यभएपछि सडकमा आएको उनको भनाइ छ ।

    ओलीले एक दलिया सर्वसत्तावादी लागू गरेको छ कम्युनिष्ट शासन गरेको उनको आरोप छ। देउवाले वर्तमान सरकार कोरोना महामारी नियन्त्रण गर्न असफल भएको भन्दै भ्रष्टाचार र घुसमा भुलेको पनि बताए। कांग्रेसले अहिलेसम्म शून्य सहशीलता अपनाएको उनको दाबी छ।

    ‘देशमा एकतर्फी, एकलौटी शासन, बोल्ने लेख्ने अधिकार बन्द गर्न खोजिरहेको छ,’ उनले भने, ‘सर्वसत्ताबादी सरकार ल्याउन हामीले यो व्यवस्था ल्याएका होइनौँ। कोरोनाको महामारीको बेलामा जनता आज वाक्क भइसकेका छन्। देशभर आन्दोलन गर्नुपर्ने बाध्यता छ।’

  • थप १८ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १७१६ पुग्यो

    थप १८ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १७१६ पुग्यो

    काठमाडौं । कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १८ जना संक्रमतिको मृत्यु भएको हो ।

    यो सहित अहिलेसम्म नेपालमा १७१६ जना संक्रमितको मृत्यु भएको छ ।

  • काठमाडौं उपत्यकामा ३३३ जना कोरोना संक्रमित थपिए

    काठमाडौं उपत्यकामा ३३३ जना कोरोना संक्रमित थपिए

    काठमाडौं । काठमाडौं उपत्यकामा थप ३३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा काठमाडौंमा २४६ , ललितपुरमा ५३ र भक्तपुरमा ३४ जनालाई कोरोना संक्रमण देखिएको हो ।

    जसमा १४२ महिला र १९१ पुरुष रहेका छन् । योसँगै उपत्यकामा एक लाख १६ हजार ११३ जना व्यक्ति संक्रमित भएका छन्। हालसम्म काठमाडौंमा मात्र ९३ हजार १९२ जना संक्रमित भएका छन्, जसमध्ये ४४६ जनाको मृत्यु भएको छ।

    हालसम्म ८८ हजार २५८ जना निको भएका छन्। ललितपुरमा १४ हजार ४३५ जना संक्रमित भएका छन्। जसमा १३४ जना संक्रमितको मृत्यु भएको छ।

    ललितपुरमा १३ हजार ४७२ जना निको भएका छन्।भक्तपुरमा ८ हजार ४८६ संक्रमितमध्ये ९७ जनाको मृत्यु भएको छ। हालसम्म ८ हजार ३१ जना निको भएका छन्।

  • नेपालभर थप ८२१ जनामा कोरोना पुष्टि, कुन जिल्लामा कति भेटिए ?

    नेपालभर थप ८२१ जनामा कोरोना पुष्टि, कुन जिल्लामा कति भेटिए ?

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ८२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ८२१ जनामा कोरोना संक्रमण देखिएको हो ।

    यो संगै नेपालभर कोरोना संक्रमितको संख्या २ लाख ४९ हजार २ सय ४४ पुगेको छ । थप ८४२ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त मुक्त हुनेको संख्या २ लाख ३६ हजार ५७३ पुगेको छ ।

    हाल संक्रिय संक्रमितको संख्या १० हजार ९५५ जना रहेको छ ।

    प्रदेश १ को इलाममा ७, उदयपुरमा १, ओखलढुंगामा २, खोटा«मा १, झापामा २६, ताप्लेजुङमा १, तेह्रथुममा २, धनकुटामा १, पाँचथरमा २, मोरङमा ५५, सोलुखुम्बुमा ३ र सुनसरीमा ३३ जनामा कोरोना भेटिएको छ।

    प्रदेश २ को धुनषामा १, पर्सामा २, बारामा ४, महोत्तरीमा ३, रौतहटमा १, सिरहामा ३ र सप्तरीमा १ जनामा कोरोना पाइएको छ।

    बागमती प्रदेशको काठमाडौंमा मात्र २ सय ४६ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा १०, चितवनमा २७, धादिङमा ५, नुवाकोटमा १, भक्तपुरमा ३४, मकवानपुरमा ९, रसुवामा १, ललितपुरमा ५३, सिन्धुलीमा ६ र सिन्धुपाल्चोकमा २ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

    गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा ७३, गोरखामा ३, तनहुँमा ५, नवलपरासी पूर्वमा ८, पर्वतमा १, लमजुङमा १ र स्याङजामा ४ जनामा कोरोना पुष्टि भएको छ।

    लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ८, कपिलवस्तुमा १२, गुल्मीमा १, दाङमा १५, पाल्पामा ७, प्यूठानमा ३, बर्दियामा ९, बाँकेमा १०, रोल्पामा २ र रुपन्देहीमा ३५ जनामा कोरोना पाइएको छ।

    कर्णाली प्रदेशको जुम्लामा १, दैलेखमा १ र सुर्खेतमा ३ जनामा कोरोना भेटिएको छ।

    यस्तै, सुदूरपश्चिम प्रदेशको अछाममा १३, कञ्चनपुरमा ८, कैलालीमा ४६, डडेल्धुरामा २, बझाङमा ५ र बाजुरामा १ कोरोना भेटिएको छ।

  • राष्ट्रपतिलाई गगन थापाको चुनौती : ‘महारानी हिम्मत छ भने काठमाडौंमा चुनाव लड्न तयार होइबक्सियोस्’ !

    राष्ट्रपतिलाई गगन थापाको चुनौती : ‘महारानी हिम्मत छ भने काठमाडौंमा चुनाव लड्न तयार होइबक्सियोस्’ !

    काठमाडौं । नेपाली काँग्रेसका युवा नेता एवं केन्द्रिय सदस्य गगन थापाले राष्ट्रिपतिलाई काठमाडौमा आफूसँग चुनाव लडन चुनौती दिएका छन्।

    नेपाली कांग्रेसले सरकारविरुद् देशव्यापीरुपमा गरेको शक्ति प्रदर्शन गरिरहेको अन्तर्गत सुदुरपश्चिम प्रदेशको कैलाली जिल्लामा विरोध सभालाई सम्बोधन गर्दै थापाले यस्तो बताएका हुन् ।

    सभामा सम्बोधन गर्दै नेता गगन थापाले भने- ‘म मदन भण्डारीको शब्द सापटी लिएर भन्छु, महारानी सितल निवासबाट आँखा नझिम्क्याइ बक्सियोस्, काठमाडौमा आफूसँग चुनाब लडन तयार होइबक्स्योस्।’

    उनले राष्ट्रपतिले आफ्नो गरिमा बिर्सिएर नेकपाको गुटको झगडा मिलाउने मध्यस्तकर्ताको भूमिका निभाईरहेको आरोप लगाए ।

    प्रचण्ड र केपी ओलीको झगडा मिलाउने जिम्मा राष्ट्रपतिको नभएको भन्दै उनले भने, ‘यदि तपाईँ श्री ५ बडामहारानी बन्न चाहनुभएको हो भने भन्न चाहन्छु, राष्ट्रपति महोदय, आँखा नचम्काइबक्स्योस्, हात नलम्क्याइबक्स्योस्’, ‘हिम्मत छ भने काठमाडौंमा चुनाव लड्न आइबस्क्योस् ।’

    संसदमा दुईतिहाइ बहुमत रहेको, ४ सय भन्दा बढी स्थानीय तहमा सरकार बनाएको र ७ मध्ये ६ वटा प्रदेश जितेको नेकपाको सरकार नालायक सावित भएको दाबी गरे ।

    ‘यो सरकार बाहिर भ्रष्टाचार गर्दिन भन्छ तर, बाइडबडी जहाज खर्लप्पै खान्छ, सेक्युरिटी प्रेसमा भ्रष्टाचार गर्छ र बालुवाटार जग्गा समेत खर्लप्प खान्छ। त्यतिमात्र होइन अहिलेसम्म नभएको बजेटभाषण अघि व्यापारीलाई बोलाएर राजस्वको दर तलमाथि गर्छु भनेर पोस्ने काम गर्छ,’ उनको आरोप थियो।

    ‘राजा आऊ, देश बचाऊ’ भन्नेहरुलाई उनले भने, २०५९ सालमा राजाकै कारण आन्दोलनामा लाग्नुपरेको बताए।

    ‘राजा त फाल्यौं, राष्ट्रपति फाल्न हामी सक्छौं,’ थापाले भने। तर, यो भन्दैमा राजा आउ देश बचाउ भन्न नमिल्ने थापाको भनाइ छ । उनले प्रश्न गरे– आफैलाई बचाउन नसकेका राजाले कसरी जनतालाई बचाउन सक्छन्?

  • सेयर बजारमा उछाल, नेपाल लाइफमा झुम्मिए लगानीकर्ता

    सेयर बजारमा उछाल, नेपाल लाइफमा झुम्मिए लगानीकर्ता

    काठमाडौं । साताको दोस्रो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकले बढेको छ ।

    सोमबार कारोबार शुरु भएदेखि नै उकालो लागेको नेप्से ५६.७२ अंकले बढेर २०६७.१७ विन्दुमा कायम भएको हो ।

    यसदिन २०२ कम्पनीको ७ अर्ब २० करोड ४१ लाख ३६ हजार ९ सय २३ रुपैयाँको कारोबार भएको छ । १ करोड २८ लाख ८८ हजार ६६ कित्ता सेयर किनबेच भएका छन् ।

    केहि दिनदेखि घटेको कारोबार भने पुरानै लयमा फर्किएको छ । गतसाता करिब १०० अंकले घटेको बजार यस साताको दुई दिनमै करिब १०२ अंकले बढेको छ ।

    कारोबारमा आएका १२ वटा समूहमध्ये ११ वटा समूहको परिसूचक उकालो लागेका छन् भने १ समूहको परिसूचक ओरालो लागेका छन् ।

    जलविद्युत समूहबाहेक सबै समूहको परिसूचकमा हरियाली छाउदा नेप्से परिसूचक उकालो लागेको हो । यसदिन जलविद्युत समूहका लगानीकर्ताहरुले १.२१ प्रतिशत गुमाए । जीवन बीमा समूहको परिसूचक १०३३.१२ अंकले बढेको छ भने जलविद्युत् समूह २१.१५ अंकले घटेको छ ।

    बढ्दो बजारमा आज १ दर्जन कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । प्राइम लाइफ, ग्लोबल आइएमई लघुवित्त, नेपाल लाइफ इन्स्योरेन्स, नारायणी विकास बैंक, स्वाभिमान लघुवित्त, शिखर इन्स्योरेन्स, एनएमबी, सपोर्ट माइक्रोफाइनान्स, महुली सामुदायिक, लक्ष्मी उन्नति सहकार्य लघुवित्त कम्पनीका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।

    आज कारोबार भएका कुल २०२ कम्पनी मध्ये १४६ कम्पनीको मूल्य बढेको छ भने ४२ कम्पनीको मूल्य घटेको छ । १४ कम्पनीको मूल्य भने स्थिर रहेको छ ।

    आज लगानीकर्ता नेपाल लाइफ इन्स्योरेन्सको सेयरमा झुम्मिएका छन् । यसको सबैभन्दा धेरै ७४ करोड ३९ लाख रुपैयाँ बढीको कारोबार भएको छ ।

    कारोबार रकमकै आधारमा नेपाल पुनर्बीमा कम्पनी ४६ करोड र नेशनल लाइफ इन्स्योरेन्स ४२ करोड सहित क्रमशः दोस्रो र तेस्रोमा रहे ।

  • प्रभु लाइफको आइपीओ विक्री खुला, कति कित्ताका लागि आवेदन दिनु उपयुक्त ?

    प्रभु लाइफको आइपीओ विक्री खुला, कति कित्ताका लागि आवेदन दिनु उपयुक्त ?

    काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सको प्राथमिक सेयर (आइपीओ) खुल्ला गरेको छ । कम्पनीले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ सोमबारदेखि विक्री खुला गरेको हो ।

    सर्वसाधारणका लागि छुट्याईएको कुल कित्तामध्य ५ प्रतिशत अर्थात ३ लाख कित्ता कम्पनीको कर्मचारीहरुका लागि र ५ प्रतिशत सामूहिक लगानीकोषका लागि छुट्याएको छ ।

    सार्वजनिक निष्कासन मार्फत विक्रीमा आउने ५४ लाख कित्तामा मात्र अन्य सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

    उक्त सेयरमा लगानी गर्न इच्छुक सर्वसाधारणले मंसिर २९ गतेदेखि छिटोमा पुस २ गते बैंकिङ्ग समय अघिनै उक्त सेयरमा आवेदन दिन सक्नेछन् ।

    उनीहरुले न्युनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्ता सेयरको लागि आवेदन दिन पाउने व्यवस्था रहेको छ ।

    कम्पनीको आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।

    विक्री प्रबन्धकसँगै सि–आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालय मार्फत आवेदन दिन सकिने व्यवस्था छ । साथै मेरो शेयर सफ्टवेयर मार्फत पनि यो आईपीओमा आवेदन दिन सकिनेछ ।

    हाल कम्पनीमा संस्थापक तर्फको मात्र १ अर्ब ४० करोड रुपैयाँ चुक्तापूँजी रहेको छ । जीवन बीमा कम्पनीहरुले कायम गर्नुपर्ने २ अर्ब रुपैयाँ पूँजी सर्वसाधारणमा आईपीओ विक्री गरेपछि कायम हुनेछ ।

    प्रभु लाइफको यो आइपीओलाई इक्रा नेपालले आधारभूत पक्ष औषतभन्दा कमजोर रहेको इक्रा एनपी आईपीओ ग्रेड ४ रेटिङ प्रदान गरेको छ ।

    कति कित्ताका लागि आवेदन दिनु उपयुक्त

    धितोपत्र निष्काशन तथा बाँडफाँड नियमावली अनुसार सबै योग्य आवेदकलाई कम्तीमा १० कित्ताका दरले समानुपातिक हिसाबले आइपीओ बाँडफाँड गर्नुपर्ने हुन्छ।

    कम्पनीले सर्वसाधरणलाई ५४ लाख कित्ता छुट्याएको छ । सो अनुसार कम्पनीको आइपीओ समानुपातिक रुपमा बाँड्दा ५ हजार ४० आवेदकलाई १० कित्ताका दरले बाँडफाँट गर्न पुग्दछ। तर, ५ लाख ४० हजार जनाभन्दा बढीले आवेदन दिएको खण्डमा गोलाप्रथाबाट भाग्यशाली आवेदकले मात्र १० कित्ता पाउने सम्भावना हुन्छ ।

    पछिल्लो समय खुलेका आइपीओमा करिब ९ लाख हाराहारीमा आवेदन दिँदै आएका छन् । त्यसका आधारमा यस आइपीओमा १० कित्ता पाउन पनि भाग्यकै भर पर्नुपर्ने भएकाले १ हजार रुपैयाँ बराबरको आवेदन दिँदा उपयुक्त हुने देखिन्छ ।

  • सरकारविरूद्ध कांग्रेसको देशभर प्रदर्शन, कुन नेताले कहाँ गर्दैछन् सम्वोधन ?

    सरकारविरूद्ध कांग्रेसको देशभर प्रदर्शन, कुन नेताले कहाँ गर्दैछन् सम्वोधन ?

    काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज देशव्यापी प्रर्दशन गर्दैछ। सरकारका ज्यादती र भ्रष्टाचारका विरुद्ध देशव्यापी प्रर्दशन गर्न लागेको हो। आज हुने विरोध प्रदर्शनमा सहभागिता जनाउन आफ्ना कार्यकर्तालाई कांग्रेसले आव्हान गरेको छ।

    गृह जिल्ला तनहुँमा पुल उद्घाटन गर्न पुगेका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएपछि रूष्ट बनेको कांग्रेसले सरकारविरूद्ध संघर्ष गर्ने पूर्वघोषित कार्यक्रम अन्तर्गत आज प्रदर्शन गर्दैछ। मुलुकभरका ७७ वटै जिल्लामा हुने प्रदर्शनमा पदाधिकारी तथा कांग्रेसका केन्द्रीय तहका नेताहरूलाई परिचालन गरिएको छ। कांग्रेस पार्टी कार्यालयका सूचना अधिकारी केशव रिजालका अनुसार सभापति शेरबहादुर देउवाले मकवानपुरको सभालाई सम्बोधन गर्दैछन्।

    यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेल काठमाडौँमा, उपसभापति विमलेन्द्र नीधि भक्तपुरमा, महामन्त्री डा.शशांक कोइराला मोरङमा, कोषाध्यक्ष सितादेवी यादव ललितपुर, अर्जुननरसिंह केसी पोखरा, डा.रामशरण महतले चितवन र प्रकाशमान सिंहले धनुषामा आयोजित सभालाई सम्बोधन गर्ने रिजालले जानकारी दिए। अरू केन्द्रीय सदस्यहरू पनि विभिन्न जिल्लामा पुगेका छन्। देशभर भएका प्रदर्शनको केन्द्रीय कार्यालय सानेपाबाट मोनिटरिङ गर्ने जिम्मा महामन्त्री पूर्णबहादुर खड्कालाई दिइएको छ।

    प्रवक्ता विश्वप्रकाश शर्माले सरकार गलत मार्गमा हिडेकाले देशभर आयोजना गरिएको प्रदर्शनमा सहभागी हुन कार्यकर्तालाई आह्वान गरेका छन्। सोमबार बिहानै ट्वीट गर्दै उनले प्रदर्शनमा भौतिक दूरी राख्न, मास्क अनिवार्य लगाउन पनि पार्टी सदस्य र शुभचिन्तकलाई आग्रह गरिएको जनाएका थिए।

    शर्माले ट्वीटमा लेखेका छन्, जांगरले प्रदर्शनमा जुटौं तर परिस्थिति अनुरुपको सजगता अनिवार्य राखौँ।’ भ्रष्टाचार बढ्दा पनि प्रधानमन्त्री नै भ्रष्टाचारीको संरक्षक बनेको, कोरोना नियन्त्रण र न्यूनीकरणमा बेवास्ता गरिएको तथा निश्चित स्वार्थ समूहको हितमा मात्र सरकार केन्द्रीत भएपछि आन्दोलनमा उत्रन परेको कांग्रेसले जनाएको छ। आज हुन लागेको प्रर्दशनमा सभापति शेरबहादुर देउवाले मकवानपुरमा सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ। यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेलले काठमाडौंमा सम्बोधन गर्नेछन्। उपसभापति विमलेन्द्र निधिले भक्तपुर र महामन्त्री शशांक कोइरालाले विराटनगरमा सम्बोधन गर्ने कांग्रेसले जनाएको छ।

    पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले महोत्तरीमा सम्बोधन गर्ने भनिए पनि उनी कोरोना संक्रमित भएकाले तत्काल कुनै सार्वजनिक कार्यक्रममा जाने छैनन्। चित्रलेखा यादवले सप्तरी, रामशरण महतले चितवन, अर्जुननरसिंह केसीले पोखरा र एनपी साउदले अछाममा सम्बोधन गर्ने भएका छन्।

    यसैगरि कोषाध्यक्ष सीतादेवी यादवले ललितपुरमा, सहमहामन्त्री प्रकाशशरण महतले झापा, गोपालमान श्रेष्ठले काभ्रेमा, प्रकाशमान सिंह धनुषा, गगन थापा कैलाली र प्रदीप पौडेलले कञ्चनपुरमा सम्बोधन गर्ने बताइएको छ।तनहुँमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई पक्राउ गरिएको, महिला हिंसा, भ्रष्टाचार, अनियमितता, कोभिड संकट लगायत घटनामा सरकार उदासीन बनेको भन्दै कांग्रेसले प्रदर्शन गर्न लागेको हो।

  • मेसीको एक मात्र गोलले बार्सिलोना विजयी

    मेसीको एक मात्र गोलले बार्सिलोना विजयी

    काठमाडौं । स्पेनिस ला लिगामा बार्सिलोना विजयी भएको छ । लियोनल मेसीको एक मात्र गोलमा बार्सिलोनाले आइतबार स्पेनी ला लिगामा लेभान्टेमाथि १–० संघर्षपूर्ण जित निकालेको छ ।

    लगातारको खराब प्रदर्शनपछि राहतका रूपमा टिमले यो जित हात पारेको हो । बार्सिलोनाको जितमा लियोनेल मेसीले खेलको ७६औ मिनेटमा निर्णायक गोल गरेका थिए ।

    योसँगै मेसीले बार्सिलोनाका लागि १० नम्बर जर्सीमा आफ्नो ६ सय गोल पुरा गरेका छन् । यो जितपछि बार्सिलोनाको ११ खेलमा १७ अंक भएको छ भने लिगमा आठौ स्थानमा रहेको छ । त्यस्तै लेभान्टेको भने १२ खेलमा ११ अंक रहेको छ ।

  • अमेरिकामा आजदेखि सर्वसाधारणमा कोरोना भाइरसविरुद्धको खोप लगाइने

    अमेरिकामा आजदेखि सर्वसाधारणमा कोरोना भाइरसविरुद्धको खोप लगाइने

    न्यूयोर्क । अमेरिकामा आजदेखि कोरोना भाइरसविरुद्धको खोप सर्वसाधारणमा लगाउन सुरु गरिदैछ । पहिलो चरणमा जोखिम क्षेत्रका काम गर्ने व्यक्ति, स्वास्थ्यकर्मी, अग्रपंक्तिमा रहेर जोखिमयुक्त काम गर्ने र ज्येष्ठ नागरिकलाई खोप दिने तयारी रहेको छ ।

    विश्वमा सबैभन्दा बढी प्रभावित तथा मानवीय क्षति भएको अमेरिकाका विभिन्न राज्यका १ सय ४५ ठाउँमा आज खोप लगाउने कार्यक्रम तय भएको छ । मंगलबार थप ४ सय २५ ठाउँमा खोप दिइने भएको छ ।

    बीबीसीका अनुसार पहिलो चरणमा लगाउन तीस लाख डोज खोप उपलब्ध भएको अमेरिकी अधिकारीले जनाएका छन् । अमेरिकाले फाइजर र बायोएनटेक कम्पनीले बनाएका खोपलाई आकस्मिक प्रयोगमा अनुमति दिएको हो ।

    अमेरिकाको खाद्य तथा औषधि विभागले कोभिड–१९ विरुद्धको खोपलाई स्वीकृति दिएको थियो । फाइजरले पहिलो चरणमा डिसेम्बर अन्त्यसम्म अमेरिकाका लागि ६४ लाख डोज खोप तयार पार्ने बताइएको छ ।

    यस्तो खोप दुई डोज लगाउनुपर्ने चिकित्सकले बताएका छन् । पहिलो खोप लगाएको तेस्रो हप्तामा अर्को खोप लगाउनु पर्छ । फाइजरले बनाएको खोपलाई अमेरिकासहित, बेलायत, क्यानडा, साउदी अरेबिया र बहराइनले अनुमति दिइसकेका छन् ।

  • दाङमा गुड्दागुड्दै बसमा आगो लाग्यो, यात्रु सकुसल

    दाङमा गुड्दागुड्दै बसमा आगो लाग्यो, यात्रु सकुसल

    तुल्सिपुर । दाङमा गुडिरहेको बसमा आगोलागी हुँदा बस क्षतिग्रस्त भएको छ । तर, चालकले चलाखीपूर्ण तयारीको यात्रुलाई उतारेका कारण मानवीय क्षति भने हुन नपाएको प्रहरीले जनाएको छ । तुलसीपुर उपमहानगरपालिका–१३ बखरियामा गुडिरहेको यात्रुबाहक बसमा आगलागी भएको हो ।

    ब्याट्री सर्ट हुँदा बसमा आगलागी भएको प्रहरीको भनाई छ । तुलसीपुरबाट नेपालगञ्ज जाँदै गरेको रा १ ख २३७४ नम्बरको बसमा सोमबार बिहान पौने ६ बजे आगलागी भएको हो। बस भने जलेर नष्ट भएको छ । दमकल र स्थानीयको सहयोगमा आगो निभाइएको थियो ।

  • २ पुसबाट नयाँदिल्ली उड्ने भयो नेपाल एयरलाइन्स, ९ महिनापछि खुल्दै उडान

    २ पुसबाट नयाँदिल्ली उड्ने भयो नेपाल एयरलाइन्स, ९ महिनापछि खुल्दै उडान

    काठमाडौं । कोरोना महमारीका कारण बन्द भएको काठमाडौं-दिल्ली रुटमा २ पुसबाट नियमित उडान हुने भएको छ । नेपाल एयरलाइन्सले यो रुटमा दैनिक एक उडानको अनुमति पाएको छ । पहिलो चरणमा न्यारोबडी जहाज ए३२० बाट दिल्ली उडान गर्न लागेको निगमले जनाएको छ ।

    काठमाडौ–नयाँदिल्ली गन्तव्यमा दुवै देशले दैनिक दुई उडान गर्नेछन् । भारतको तर्फबाट एयर इण्डियाले अनुमति पाएको छ । उसको भने मिति तय भइसकेको छैन । दुवै पक्षका सरकारले ‘एयर ट्रान्सपोर्ट बबल संयन्त्र’ मार्फत काठमाडौं र नयाँ दिल्लीलाई जोड्न लागेका हुन् ।

    २०७६ चैत १० यता नेपाल र भारतबीच हवाई उडान बन्द भएको हो । यसले लाखौं यात्रु प्रभावित बनेका छन् । भदौ १६ देखि नियमित अन्तरराष्ट्रिय उडान शुरु भएपनि दक्षिण एसियामा भने उडान खुलेको थिएन । उडानमा नेपालतर्फ यात्रुले ७२ घण्टे पिसिआर रिपोर्ट पेश गर्नु पर्नेछ ।

  • आज कांग्रेसको देशव्यापी सरकार विरोधी प्रदर्शन, जिल्ला-जिल्ला पुगे नेता

    आज कांग्रेसको देशव्यापी सरकार विरोधी प्रदर्शन, जिल्ला-जिल्ला पुगे नेता

    काठमाडौं । नेपाली कांग्रेसले आज सरकारविरुद्ध देशव्यापी जनप्रदर्शन गर्दैछ । जनजिविकाका सवालमा सरकार उदासिन भएको भन्दै कांग्रेसले सरकारलाई दवाव दिन प्रदर्शन गर्न लागेको हो । कोरोना भाइरसको नियन्त्रणमा असफल भएको, भ्रष्टाचार नियन्त्रण गर्न नसकेको, संसदलाई पार्टी विवादको बन्धक बनाएकोजस्ता विषयलाई कांग्रेसले प्राथमिकताका साथ उठाइरहेको छ ।

    कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारलाई सडकदेखि संसदसम्म तीव्र दबाब दिने रणनीति बनाएको बताएका छन् । प्रतिपक्षका रूपमा कांग्रेसले निरन्तर शालीन, संवादमैत्री र जिम्मेवार भूमिका निभाउँदै आए पनि वर्तमान सरकारले त्यसलाई कमजोरीका रूपमा बुझ्ने धृष्टता गरेको कारण प्रदर्शनमा जानु परेको उनको भनाई छ ।

    भ्रष्टाचार, कुशासन र अधिनायकवादी आकांक्षामा आफूलाई केन्द्रित गर्दै लगेको समेत उनले उल्लेख गरेका छन् । उनले देशभर हुने प्रदर्शनमा भाग लिन समेत अपिल गरेका छन् । कांगेसले आफ्ना केन्द्रय सदस्यहरुलाई जिल्ला जिल्ला पठाएको छ ।

    प्रदर्शन ११ बजेबाट शुरु गर्ने तयारी छ । सभालाई कांग्रेस नेताहरुले सम्बोधन गर्नेछन् । आजको प्रदर्शनबाट शक्ति हासिल गर्दै आगामी संसदमा नेपाली कांग्रेस थप प्रभावकारी ढंगले प्रस्तुत हुने देउवाको दावि छ । उनले प्रदर्शनलाई व्यवस्थित र शान्तिपूर्ण बनाउन, भौतिक दुरी राख्न तथा मास्क प्रयोग गर्न अपील गरेका छन् ।

  • अख्तियारका पूर्वआयुक्त दीप बस्न्यातलाई थुनामा राख्न अदालतको आदेश

    अख्तियारका पूर्वआयुक्त दीप बस्न्यातलाई थुनामा राख्न अदालतको आदेश

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दिप बस्न्यातलाई थुनामा पठाउन विशेष अदालतबाट आदेश आएको छ । वालुवाटारको ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा बनाएर भ्रष्टाचार गरेको अभियोगमा बस्न्यातलाई आइतबार विशेष अदालत उपस्थित गराएर ४ घन्टा बयान लिइएको थियो । त्यसपछि अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

    न्यायाधीश प्रेमराज कार्की, अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले उनलाई थुनामा पठाउन आदेश गरेको हो । बस्न्यातमाथि आफ्नो क्षेत्राधिकार नहुँदासमेत भौतिक योजना तथा निर्माण मन्त्रालयको सचिव हुँदा ललिता निवासको जग्गा मोहीका नाममा बाँड्ने प्रस्ताव मन्त्रिपरिषद्‌मामा लगेको आरोप छ ।

    अब यस आदेशमा चित्त नबुझेमा बस्न्यातले सर्वोच्च अदालतमा जान पाउने अधिकार भने रहेको छ । अदालतले मुद्दाको अन्तिम टुङ्गो नलागेसम्म बस्न्यातलाई थुनामा राख्ने, धरौटीमा वा तारेखमा छाड्ने भन्नेबारे निर्णय दिन्छ ।

    बस्न्यातमाथि भ्रष्टाचार निवारण ऐनअनुसार तीन वटा अभियोग लागेको छ । सरकारी सम्पत्ति गैरकानुनी रूपमा अरूको नाममा दर्ता र भोग चलन गराएको, नेपाल सरकारलाई हानी पुर्‍याउने बदनियतले लिखत तयार गरेको र सरकारी सम्पत्तिको हानी नोक्सानी गरेको अभियोग उनीमाथि रहेको छ ।

  • भौतिक दूरी कायम राख्दै सरकार विरोधी प्रदर्शनमा उपस्थित हुन देउवाको अपिल

    भौतिक दूरी कायम राख्दै सरकार विरोधी प्रदर्शनमा उपस्थित हुन देउवाको अपिल

    काठमाडौं । नेपाली कांग्रेसले सोमवार (भोलि) देशभर गर्न लागेको सरकार विरोधी प्रदर्शनमा उत्साह र एकतासाथ भौतिक दूरि राख्दै उपस्थित हुन कांग्रेसले अपिल गरेको छ ।

    कांग्रेस सभापति शेरबहादुर देउवाले आज एक विज्ञप्ति जारी गर्दै देशभर उत्साह र एकताको साथ भौतिक दूरी कायम गर्दै सहभागिताका लागि अपिल गरेका हुन् ।

    देशब्यापी प्रदर्शनमा उत्साह र एकतासाथ भौतिक दुरि राख्दै शान्तिपूर्ण सहभागीताका लागि अपील सभापति देउवाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

    साथै सरकारका प्रवृतीका कारण जनताहरुमा वितृष्णा पलाएको र त्यसको विरोधमा कांग्रेसले गर्न लागेको आन्दोलन महत्वपूर्ण समेत कांग्रेसले जनाएको छ ।

    प्रतिपक्षका रूपमा नेपाली कांग्रेसले निरन्तर सालिन, संवाद मैत्री र जिम्मेवार भूमिका निभाउंदै आएको, तर वर्तमान सरकारले एकातर्फ त्यसलाई कमजोरीका रूपमा बुझ्ने धृष्टता गरेको साथै अर्कातर्फ भ्रष्टाचार, कुशासन र अधिनायकवादी आकांक्षामा आफुलाई केन्द्रित गर्दै आएको कांग्रेसका आरोप रहेको छ ।

    त्यस्तै जनताको वितृष्णालाई सम्बोधन गर्न कांग्रेसले सडकदेखि सदनसम्म सरकारलाई दवाव दिन लागेको भोलिको आन्दोलन शुरुवात भएको समेत सभापति देउवाद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    “प्रतिपक्षका रूपमा नेपाली कांग्रेसले निरन्तर सालिन, संवाद मैत्री र जिम्मेवार भूमिका निभाउंदै आयो, तर वर्तमान सरकारले एकातर्फ त्यसलाई कमजोरीका रूपमा बुझ्ने धृष्टता ग¥यो भने अर्कातर्फ भ्रष्टाचार, कुशासन र अधिनायकवादी आकांक्षामा आफुलाई केन्द्रित गर्दै लग्यो । यस्तो प्रवृत्तिको परिणाममा नेपाली जनतामा सरकारप्रति व्यापक वितृष्णा फैलिएको छ ।

    सरकारप्रतिको वितृष्णा मुलत अहिलेको अवस्थाप्रतिको वितृष्णा हो । नेपाली जनताले लामो संघर्षबाट स्थापित गरेको संघीय, लोकतान्त्रिक गणतन्त्र मार्फत सार्थक परिणामको अपेक्षा जनताले राख्नु जनताको स्वभाविक हक हो । अतः नेपाली कांग्रेसले सडक देखि संसदसम्म अब सरकारलाई तिब्र दबाब दिनु छ र जनताको वितृष्णालाई सम्बोधन गर्न संयम तर शसक्त ढंगले अघि बढ्नुछ । त्यसकै शुरूवात हो भोलिको सांकेतिक प्रदर्शन ।” जारी विज्ञप्तिमा भनिएको छ ।

    जनता कोरोनाका कारण मर्दै गर्दा स्वास्थ सामाग्रीमा समेत भ्रष्टाचार भएको घटना भन्दा लज्जास्पद घटना इतिहासमा अर्को के हुनसक्छ ? शक्ति सबै प्रधानमन्त्री कार्यालयमा थुपार्ने अनि जनविरोधी विधेयकहरु मार्फत अघि बढ्न खोज्ने, अधिनायक आकांक्षाको अर्को उदाहरण के जरुरी पर्छ ? महिला हिंसा र बलात्कार व्यापक वृद्धि हुंदा विकसित देशमा पनि यस्तै हुन्छ भन्ने जवाफ भन्दा गैह्र जिम्मेवार जवाफ के हुनसक्छ ? कोरोनाका कारण हजारौं युवा थप बेरोजगार अनि लाखौं बिद्यार्थीको भविष्य अन्यौलमा पर्दा सरकारसंग कुनै भविष्य दृष्टि नहुनु भन्दा अर्को सोच शुन्यता के हुन सक्दछ ? भन्दै सभापति देउवाले प्रश्न समेत गरेका छन् ।

  • काठमाडौं उपत्यकामा ३४८ संक्रमित थपिए

    काठमाडौं उपत्यकामा ३४८ संक्रमित थपिए

    काठमाडौं । काठमाडौं उपत्यकामा थप ३४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा काठमाडौंमा २५८ , ललितपुरमा ६५ र भक्तपुरमा २५ जनालाई कोरोना संक्रमण देखिएको हो । जसमा १५० महिला र १९८ पुरुष रहेका छन् ।

    योसँगै उपत्यकामा एक लाख १५ हजार ७८० जना व्यक्ति संक्रमित भएका छन्। हालसम्म काठमाडौंमा मात्र ९२ हजार ९४६ जना संक्रमित भएका छन्, जसमध्ये ४४३ जनाको मृत्यु भएको छ। हालसम्म ८८ हजार २५८ जना निको भएका छन्।

    ललितपुरमा १४ हजार ३८२ जना संक्रमित भएका छन्। जसमा १३३ जना संक्रमितको मृत्यु भएको छ। ललितपुरमा १३ हजार ३९२ जना निको भएका छन्। भक्तपुरमा ८ हजार ४५२ संक्रमितमध्ये ९७ जनाको मृत्यु भएको छ। हालसम्म ८ हजार ५ जना निको भएका छन्।

  • थप ९ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १६९८ पुग्यो

    थप ९ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १६९८ पुग्यो

    काठमाडौं । कोरोना संक्रमणबाट थप ९जनाको मृत्यु भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ९ जना संक्रमतिको मृत्यु भएको हो ।

    यो सहित अहिलेसम्म नेपालमा १६९८ जना संक्रमितको मृत्यु भएको छ ।

  • नेपालमा थप ८३० जनामा कोरोना पुष्टि,१५०० जना संक्रमण मुक्त

    नेपालमा थप ८३० जनामा कोरोना पुष्टि,१५०० जना संक्रमण मुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ८३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ८३० जनामा कोरोना संक्रमण देखिएको हो ।

    यो संगै नेपालभर कोरोना संक्रमितको संख्या २ लाख ४८ हजार ४ सय ९३ २३ पुगेको छ । थप १५०० जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त मुक्त हुनेको संख्या २ लाख ३५ हजार ७३१ पुगेको छ ।

    हाल संक्रिय संक्रमितको संख्या १० हजार ९९४ जना रहेको छ ।

  • दोहोरो अंकले बढ्यो नेप्से, ४ अर्ब ८९ करोडको कारोबार

    दोहोरो अंकले बढ्यो नेप्से, ४ अर्ब ८९ करोडको कारोबार

    काठमाडौं । साताको पहिलोदिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकले बढेको छ ।

    आइतबार कारोबार शुरु भएदेखि नै उकालो लागेको नेप्से ४६.४३ अंकले बढेर २०१०.४५ विन्दुमा कायम भएको हो ।

    यसदिन २०३ कम्पनीको ४ अर्ब ८९ करोड ९४ लाख ८४ हजार १ सय ३१ रुपैयाँको कारोबार भएको छ । ९० लाख ५० हजार १६ कित्ता सेयर किनबेच भएका छन् ।

    कारोबारमा आएका १२ वटा समूहमध्ये ९ वटा समूहको परिसूचक उकालो लागेका छन् भने बाँकी ३ समूहको परिसूचक ओरालो लागेका छन् ।