काठमाडौं । कांग्रेस सभापति शेर बहादुर देउवाले बिदेशमा अफ्ठ्यारो अवस्थाका रहेका नेपालीलाई उद्दार गर्न सरकारसँग माग गरेका छन् । शुक्रबारदेखि शुरु भएको बजेट अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै सभापति देउवाले विदेशमा नेपाली कोरोनाबाट प्रताडित रहेको र अप्ठ्यारोमा परेका नेपालीलाई उद्दार गर्नु सरकारको कर्तव्य रहेको बताए । उनले यस सम्बन्धि आवश्यक ब्यवस्थापनको योजना निर्माण गरी संसदमा… Continue reading बिदेशमा अप्ठ्यारोमा परेका नेपालीको उद्दार गर : देउवा
Author: Vishwanews.com
सिंहदरबारको मुखमै चिनियाँ नागरिक र प्रहरीबीच घम्साघम्सी, ३३ चिनियाँ पक्राउ
काठमाडौं । नेपालबाट चीन फिर्ता हुन पाउनु पर्ने भन्दै प्रदर्शनमा उत्रिएका चिनियाँ नागरिक र प्रहरीबीच शुक्रबार झडप भएको छ । लकडाउनपछि नेपालमै अड्किएका चिनिया नागरिकले पैसा सकिएको र आफुहरु स्वदेश फर्कन पाउनु पर्ने माग गर्दै प्रर्दशनमा उत्रिएका हुन् । सिंहदरबार अगाडी निषेधित क्षेत्रमा भेला भएर प्रदर्शन गरेका उनीहरुले प्रहरीमाथि नै जाइलागेका थिए । त्यसपछि प्रहरीले… Continue reading सिंहदरबारको मुखमै चिनियाँ नागरिक र प्रहरीबीच घम्साघम्सी, ३३ चिनियाँ पक्राउ
शुरु भयो बजेट अधिवेशन, भट्टराईले मागे प्रधानमन्त्रीको राजिनामा
काठमाडौं । बजेट अधिवेशन शुरु भएको छ । कोरोना भाइरसको त्रासका बीच पूर्ण सृुरक्षा सचेतना अपनाएर शुक्रबारबाट संसदको अधिवेशन प्रारम्भ भएको हो । बजेट अधिवेशनको पहिलो दिन नेताहरुले आफ्नो धारणा राखे । त्यसक्रममा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले राजिनामा दिनुपर्ने बताए । उनले जीर्ण शरीरलाई आराम दिन समेत प्रधानमन्त्री समक्ष अपिल गरे… Continue reading शुरु भयो बजेट अधिवेशन, भट्टराईले मागे प्रधानमन्त्रीको राजिनामा
जर्मन लीग बुन्डेस लिगा १६ मे बाट पुनः सूचारु
काठमाडौं । कोरोनाको कहरबीच केही सुखदः समाचार आउन थालेका छन् । कुनै समय कोरोनाबाट सबैभन्दा प्रताडित भएको यूरोप र त्यसमा नि जर्मनीले अब राष्ट्रिय फूटबल लीग संचालनको तयारी गरेको छ । जर्मनीको प्रतिष्ठित फुटबल प्रतियोगिता बुन्डेस लिगा १६ मे बाट बन्द रंगशालामा सुरु गर्ने निर्णय भएको हो । जर्मन फुटबल संघले बिहीबार कोरोनाका कारण अनिश्चित… Continue reading जर्मन लीग बुन्डेस लिगा १६ मे बाट पुनः सूचारु
आजबाट बजेट अधिवेशन, ४ जेठमा नीति तथा कार्यक्रम
काठमाडौं । आजबाट सङ्घीय संसद्को छैटौँ अधिवेशन शुरु हुने भएको छ । शुक्रबार ४ः०० बजे सङ्घीय संसद्को बैठक बोलाइएको छ । बजेट अधिवेशनका दौरान सरकारको वार्षिक नीति तथा कार्यक्रम र बजेट प्रस्तुत हुने गर्छ । सरकारले ४ जेठमा नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको छ । शुक्रबारको बैठकमा छैटौँ अधिवेशन प्रारम्भसम्बन्धी पत्र तथा राष्ट्रपतिबाट सङ्घीय… Continue reading आजबाट बजेट अधिवेशन, ४ जेठमा नीति तथा कार्यक्रम
उदयपुरमा कोरोना भेटिएकामध्ये थप ८ जनाले जिते कोरोना, आज डिस्चार्ज
विराटनगर । नेपालमा कोरोना संक्रमणको दर तुलनात्मक रुपमा सुस्त छ । त्यसमा पनि कोरोनाबाट रिकोभर हुनेको संख्याले समेत उत्साहित बनाइरहेको छ । उदयपुरको भुल्केबाट कोरोना संक्रमित पुष्टी भई बिराटनगरमा उपचार गराइरहेका थप ८ जना आज डिस्चार्ज हुँदैछन् । लगातार तेस्रो पटकको परीक्षणमा समेत नतिजा नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गर्न लागिएको हो । ८ जना मध्ये… Continue reading उदयपुरमा कोरोना भेटिएकामध्ये थप ८ जनाले जिते कोरोना, आज डिस्चार्ज
कपिलवस्तुमा लुकिछिपी नेपाल छिरेका दुई जनामा देखिएयो कोरोना
काठमाडौं । बिहीवार कपिलवस्तुमा दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यी दुई युवा एक साता अगाडी मात्र खुला सीमानाको फाइदा उठाउँदै लुकिछिपी नेपाल छिरेको पाइएको छ । १६ र २२ वर्षका ती युवक भारतको मुम्बईबाट एकसाता अघि मात्र कपिलवस्तु आएका थिए । उनीहरु भारतबाट आएको थाहा पाएलगत्तै स्थानीयले क्वारेन्टाइनमा लगेका थिए ।… Continue reading कपिलवस्तुमा लुकिछिपी नेपाल छिरेका दुई जनामा देखिएयो कोरोना
आजबाट खुकुलो हुँदैछ लकडाउन, उद्योग, उत्पादन र बैंक खुल्ने
काठमाडौं । आजबाट नेपालमा लकडाउन खुकुलो हुँदैछ । खासगरी बैंक, वित्तीय संस्थाको सेवा अब सूचारु भएको छ । अत्यावश्यक क्षेत्रका ४४ प्रकारका उद्योग धन्दासमेत आजबाट सूचारु हुने भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन सर्तसहित खुकुलो बनाएको हो। उद्योग खोल्दा भने ३० प्रतिशत मात्र कामदारलाई काममा लगाउनु पर्ने, सामाजिक दूरी कायम गर्नुपर्ने तथा उद्योग… Continue reading आजबाट खुकुलो हुँदैछ लकडाउन, उद्योग, उत्पादन र बैंक खुल्ने
बजेट अधिवेशनभर सांसदलाई आचारसंहिता, सीट फेर्न नपाइने
काठमाडौं । शुक्रबारबाट संसदको बजेट अधिवेशन शुरु हुँदैछ । शुक्रबार राष्ट्रिय र प्रतिनिधिसभा, दुबै सदनको अधिवेशन बस्दैछ । त्यसअगाडी बिहीबार सबै सांसदको पिसिआर विधिबाट कोरोना परीक्षण गरिएको छ । यसको नतिजा भोली सम्म आइपुग्नेछ । कोरोना भाइरसको महामारीकोबीच सुरु हुन लागेको बजेट अधिवेशनको संसद सचिवालयले भने सांसदका लागि आचारसंहिता बनाएको छ । यो आचारसंहिता अनिवार्य… Continue reading बजेट अधिवेशनभर सांसदलाई आचारसंहिता, सीट फेर्न नपाइने
साउदी अरबमा ४६ जना नेपालीमा देखियो कोरोना
काठमाडौं । साउदी अरवमा ४६ जना नेपालीमा कोरोना भाइरसको पुष्टी भएको छ । साउदीको जेद्दा क्षेत्रमा मात्र ४१ जना नेपाली श्रमिकमा कोरोना सङ्क्रमण भएको त्यहास्थित नेपाली दूतावासले जनाएको छ । उनीहरुमध्ये ६ जना भने निको भएर स्वस्थ बनिसकेका छन् । अन्यको अवस्था समेत सामान्य रहेको बताइएको छ । दूतावासले सबैको स्वास्स्थ्य अवस्थाबारे जानकारी लिइरहेको बताएको… Continue reading साउदी अरबमा ४६ जना नेपालीमा देखियो कोरोना
नेपालमा थपिए दुई कोरोना संक्रमित, १ सय १ पुगे कूल बिरामी
काठमाडौं । नेपालमा दुई जना कोरोना संक्रमित थपिएका छन् । बिहीबार कपिलवस्तुमा दुई जनामा कोरोना सङ्क्रमण पुष्टी भएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा १६ र २२ वर्षका पुरुषमा कोरोना भाइरस सङ्क्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उल्लेख गरेको छ । अब नेपालमा नेपालमा कोरोना सङ्क्रमितको सख्या १ सय १ पुगेको छ… Continue reading नेपालमा थपिए दुई कोरोना संक्रमित, १ सय १ पुगे कूल बिरामी
रोल्पा र पर्सामा चट्याङ लागेर तीनको मृत्यु
काठमाडौं । रोल्पा र पर्सामा चट्याङ लागेर तीन जनाको मृत्यु भएको छ । बिहीबार भएका छुट्टाछुट्टै घटनामा तीन जनाले ज्यान गुमाएको प्रहरीको भनाई छ । रोल्पामा लुंग्री गाउँपालिका २ सीर्पका ६३ वर्षीय भिमबहादुर विक र ४० वर्षीय चित्रबहादुर पुनको ज्यान गएको हो । बिहान करिब साढे ८ बजे विकको घर नजिकैको रुखमा चट्याङ पर्दा उनीहरुलाई… Continue reading रोल्पा र पर्सामा चट्याङ लागेर तीनको मृत्यु
भारतीय नागरिक नेपाल छिर्न खोजेपछि सीमामा विवाद, प्रहरीले गर्यो हवाई फायर
बारा । नेपाल र भारतीय सिमाना बन्द छ । यसकारण सिमा नाकाबाट एक अर्काको मुलुकमा छिर्न प्रतिवन्ध लागेको छ । तर, बाराको सुवर्ण गाउँपालिकामा भारतीयको ठूलो संख्या नेपाल छिर्न खोजेपछि बिहीबार तनाव उत्पन्न भएको छ । शुरुमा दुई जना भारतीय नागरिक नेपाल छिर्न खोजेको र उनीहरुलाई प्रहरीले रोकेपछि ठूलो संख्यामा भारतीय चेकपोष्टमा आक्रमण गर्न थालेको… Continue reading भारतीय नागरिक नेपाल छिर्न खोजेपछि सीमामा विवाद, प्रहरीले गर्यो हवाई फायर
प्रचण्ड भन्छन्, ‘एक दुई दिनमै बस्छ स्थायी कमिटि बैठक’
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटि बैठक एक दुई दिनमै बस्ने कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले जानकारी दिएका छन् । बिहीबार कोरोना परीक्षणका सिलसिलामा संसद भवनमा पुगेका अध्यक्ष प्रचण्डले पत्रकारसँग संक्षिप्त कुराकानी गरेका थिए । त्यसक्रममा उनले एक–दुई दिनभित्र पार्टीको स्थायी कमिटी बैठक बोलाइने बताएका हुन् । यसअघि बिहीबारका लागि बैठक डाकिएको थियो… Continue reading प्रचण्ड भन्छन्, ‘एक दुई दिनमै बस्छ स्थायी कमिटि बैठक’
कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ लाख ६५ हजार
काठमाडौं । विश्वभर कोरोना भाइरसका कारण ज्यान गुमाउने व्यक्तिको संख्या पौने तीन लाख पुगेको छ । बिहीबार बिहानसम्मको तथ्यांक अनुसार विश्वभर २ लाख ६५ हजार ५१ मानिसले यस भाइरसका कारण ज्यान गुमाएका छन् । विश्वका २१२ मुलुक र २ वटा पानीजहाजमा यो रोगको फैलावट रहेको छ । विश्वमा यस भाइरसले ३८ लाख २१ हजार ९१७… Continue reading कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ लाख ६५ हजार
आज सांसदहरुको कोरोना परीक्षण गरिदै
काठमाडौं । आज राष्ट्रिय तथा प्रतिनिधिसभा सांसदहरुको कोरोना परीक्षण गरिने भएको छ । शुक्रबारबाट शुरु हुने संघीय संसदको बजेट अधिवेशन संचालन अगाडी आज सबै सांसद र कर्मचारीको कोरोना परीक्षण गरिने भएको हो । कोरोनाको पिसिआर विधिबाट सांसद र कर्मचारीको परिक्षण हुने भएको छ । आज संसदका सबै सांसदको स्वाब संकलन गरी परीक्षणका लागि राष्ट्रिय जन… Continue reading आज सांसदहरुको कोरोना परीक्षण गरिदै
कोरोनाले पारेको असर अध्ययन गर्न कांग्रेसले बनायो समिति
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोनाले अर्थतन्त्रमा पारेको अध्ययन गर्न एक समिति गठन गरेको छ । पूर्वअर्थमन्त्री रामशरण महतका संयोजकत्वमा अर्थतन्त्र विशेष समिति गठन गरिएको नेपाली कांग्रेसले जनाएको छ । गत वैशाख १७ गते बसेको केन्द्रीय समितिको बैठकले गरेको निर्णयअनुसार समिति गठन भएको कांग्रेसको भनाई छ । कोरोनाले अर्थतन्त्रमा पारेको असरबारे अध्ययन, विश्लेषण… Continue reading कोरोनाले पारेको असर अध्ययन गर्न कांग्रेसले बनायो समिति
बहराइनमा कोरोना संक्रमित नेपालीको संख्या २४५ पुग्यो
काठमाडौं । बहराइनमा कोरोनाबाट संक्रमित नेपाली नागरिकको संख्या २ सय ४५ पुगेको छ । त्यहास्थित नेपाली दूतावासले यसको पुष्टी गरेको हो । रोजगारीका सिलसिलामा बहराइन पुगेका करीव ३० हजार नेपालीमध्ये अहिलेसम्म २४५ मा कोरोना भाइरस संक्रमण पुष्टी भइसकेको छ । दूतावासका अनुसार मंगलबार रातिसम्म कोरोना संक्रमणसँग जुधिरहेका नेपालीको संख्या अहिेलसम्मकै उच्च विन्दुमा पुगेको हो ।… Continue reading बहराइनमा कोरोना संक्रमित नेपालीको संख्या २४५ पुग्यो
विदेशमा १ लाख २७ हजार तत्काल उद्धारको पखाईमा, साढे ४ लाख युवाले रोजगार गुमाउने प्रक्षेपण
काठमाडौं । वैदेशिक रोजगारीको सिलसलामा विभिन्न मुलुक पुगेका युवामध्ये एक लाख २७ हजार हाराहारी नेपाली तत्काल उद्धारको पर्खाइमा रहेको सरकारले अनुमान गरेको छ । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका अनुसार यस संख्यामा नेपालीहरु उद्धार गर्नुपर्ने अवस्थामा रहका छन् । विभिन्न मुद्दामा आममाफी पाएका, भिषा अवधि सकिएका, गर्भवती, विभिन्न स्वास्थ्य समस्यामा भोगिरहेका बिरामी, अवैध कामदारलगायतका कारण उनीहरुलाई… Continue reading विदेशमा १ लाख २७ हजार तत्काल उद्धारको पखाईमा, साढे ४ लाख युवाले रोजगार गुमाउने प्रक्षेपण
बिहीबारपछि ४४ प्रकारका उद्योग खुल्ने, बैंक र विकास निर्माण समेत सूचारु (सूचिसहित)
काठमाडौं । सरकारले ५ जेठसम्म लकडाउन थपेको छ । यसअवधिमा मानिसहरुको आवतजावत ठप्प रहनेछ । तर, अत्यावश्यक क्षेत्रका उद्योग, बैंक तथा वित्तीय संस्था तथा निर्माणका काम भने अब सूचारु हुने भएका छन् । यस अनुसार अब लकडाउन केही खुकुलो भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । अर्थमन्त्री डा. युवराज खतिवडाका… Continue reading बिहीबारपछि ४४ प्रकारका उद्योग खुल्ने, बैंक र विकास निर्माण समेत सूचारु (सूचिसहित)
पहिलो पटक सिड्नी र बेइजिंग उडे नेपाल एयरलाइन्सका जहाज
काठमाडौं । नेपाल एयरलाइन्सको वाइडबडी जहाज अष्ट्रेलियाको सिड्नी उडेको छ । अष्ट्रेलिया र न्यूजिल्याण्डका कूल २ सय ८१ जना यात्रु बोकेर नेपाल एयरलाइन्सको जहाज सिड्नीतर्फ उडेको हो । नेपाल एयरलाइन्सको जहाज पहिलो पटक सिड्नी उडेको हो । यसअघि नेपाल एयरलाइन्सको जहाज अष्ट्रेलियाको ब्रिस्वेनका लागि उडेको थियो । यो जहाजले मलेसियाको क्वालालाम्पुरमा तेल भरेर सिड्नीतर्फ उडेको… Continue reading पहिलो पटक सिड्नी र बेइजिंग उडे नेपाल एयरलाइन्सका जहाज
नेकपा स्थायी समिति बैठक अनिश्चित
काठमाडौं । नेकपा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र केपी ओलीले स्थायी कमिटि बैठकका लागि एजेण्डा तय गर्न नसकेपछि बिहीबार बस्ने भनिएको स्थायी कमिटीको बैठक अनिश्चित बनेको छ । बुधबार बसेको सचिवालय बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले एजेण्डा तय गर्नु पर्ने थियो । तर, २० गतेको निर्णयअनुसार… Continue reading नेकपा स्थायी समिति बैठक अनिश्चित
दुई महिने शिशुसहित नेपालमा एकैदिन थपिए १७ जना कोरोना संक्रमित
काठमाडौं । नेपालमा एकैदिन थपिए १७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा पर्साका १७ जनामा कोरोनाभाइरस पुष्टि भएको हो। स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार आज कोरोना भाइरसको संक्रमण पुष्टि भएकामा २ महिनाका शिशु पनि छन्। थपिएका सबै संक्रमित पर्सा जिल्लाका हुन्। उनीहरूमध्ये १० पुरूष र ७ महिला छन्।… Continue reading दुई महिने शिशुसहित नेपालमा एकैदिन थपिए १७ जना कोरोना संक्रमित
जेठ १८ गतेसम्म हवाई उडान बन्द, सीमा सिल
काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय सीमानाका जेठ १८ गतेसम्मलाई बन्द राख्ने निर्णय गरेको छ। मन्त्रिपरिषदको बैठकले भारत कोरोनाको जोखिम दिनप्रतिदिन बढिरहेकाले जेठ १८ गतेसम्म आवागमन रोक्ने निर्णय भएको एकमन्त्रीले जानकारी दिए । बैठकले लक डाउनको १० दिन थपेसँगै सीमानाका बन्दलाई पनि निरन्तरता दिएको हो। कोरोना परीक्षणको दायरा अझै बढाउने निर्णय गरेको छ । त्यस्तै सरकारले आन्तरिक… Continue reading जेठ १८ गतेसम्म हवाई उडान बन्द, सीमा सिल
जेठ ५ गतेसम्म लकडाउन गर्ने सरकारको निर्णय
काठमाडौं । सरकारले लकडाउनलाई जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनको समय थप गर्दै जेठ ५ गतेसम्म पुर्याएको हो। त्यस्तै हिजो बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले सरकारले गर्दै आएको लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको थियो। पछिल्लोपटक थपेको १० दिने लकडाउन… Continue reading जेठ ५ गतेसम्म लकडाउन गर्ने सरकारको निर्णय
एकैपटक डिस्चार्ज भए ६ कोरोना संक्रमित
विराटनगर । नेपालमा ६ जना कोरोना संक्रमित बिरामी एकै पटक डिस्चार्ज भएका छन् । कोरोना भाइरस पुष्टी भएपछि विराटनगरस्थित कोशी अस्पतालको कोरोना विशेष कक्षमा उपचार गराइरहेका ६ जनाको आज डिस्चार्ज भएको हो । उदयरपुरमा रहेका बेला कोरोना पुष्टी भएका उनीहरु सबै जना भारतीय नागरिक हुन् । लगातार तीन पटकको परीक्षण नेगेटिभ आएपछि उनीहरुलाई अस्पतालले डिस्चार्ज… Continue reading एकैपटक डिस्चार्ज भए ६ कोरोना संक्रमित
नेकपा सचिवालयको बैठक आज बस्दै, स्थायी समिति बैठकका एजेण्डा तय गर्ने
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बुधबार बस्दैछ । बिहीबारबाट शुरु हुने स्थायी कमिटि बैठकमा पार्टीको एजेण्डा तय गर्ने उद्देश्यले सचिवालय बैठक बस्न लागेको नेकपाले जनाएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह तीन बजे डाकिएको छ । यसअघि २० बैशाखमा बसेको सचिवालय बैठकले तत्कालिन विवाद मत्थर पारेको भएपनि त्यसलाई स्थायी… Continue reading नेकपा सचिवालयको बैठक आज बस्दै, स्थायी समिति बैठकका एजेण्डा तय गर्ने
विश्वभर २ लाख ५८ हजारले गुमाए कोरोनाका कारण ज्यान
काठमाडौं । संसारभर कोरोना भाइरसका कारण मत्यु हुने व्यक्तिको संख्या २ लाख ५८ हजार नाघेको छ । बुधबार बिहानसम्मको तथ्यांक अनुसार कोरोना भाइरसको संक्रमणबाट विश्वभर ज्यान गुमाउनेको संख्या २ लाख ५८ हजारको नेटो कटेको छ । २ लाख ५८ हजार सात जनाको ज्यान गएको तथ्यांक सार्वजनिक भएको छ । कोरोनाले सबैभन्दा ठूलो मानवीय क्षति अमेरिकामा… Continue reading विश्वभर २ लाख ५८ हजारले गुमाए कोरोनाका कारण ज्यान
विराटनगरमा उपचारार्थ ६ जनाले जिते कोरोना, आज डिस्चार्जको तयारी
विराटनगर । कोशी अस्पतालमा उपचारका लागि भर्ना भएका ६ जना कोरोना संक्रमितले यस रोगलाई जित्न सफल भएका छन् । विराटनगरस्थित कोभिड १९ उपचार केन्द्रमा कूल ३१ जना संक्रमित उपचारार्थ भर्ना भएका छन् । त्यसमध्ये ६ जनामा लगातार तेस्रो नेगेटिभ रिपोर्ट आएको छ । ६ जना व्यक्ति नै भारतीय नागरिक रहेको बताइएकोछ । कोशी अस्पतालका अनुसार… Continue reading विराटनगरमा उपचारार्थ ६ जनाले जिते कोरोना, आज डिस्चार्जको तयारी
भारतमा संक्रमित र मर्ने आंकडा अहिलेसम्म कै धेरै
नयाँ दिल्ली । नेपालको छिमेकी मुलुक भारतमा कोरोनाले उग्र रुप देखाइरहेको छ । जहाँ एकै दिन मर्ने र संक्रमित हुनेको संख्या अहिलेसम्म कै उच्च विन्दुमा पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसबाट संक्रमित हुने र ज्यान गुमाउनेको संख्यामा रेकर्ड ब्रेक वृद्धि भएको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार यस अवधिमा ३ हजार ९००… Continue reading भारतमा संक्रमित र मर्ने आंकडा अहिलेसम्म कै धेरै