काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा सरकार र पार्टी संचालनका दौरान कमीकमजोरी भएकोमा शीर्ष नेतृत्वले आत्मआलोचना गरेको छ । पार्टी भित्रको चर्को विवादका सम्बन्धमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आत्मआलोचना सहित सच्चिएर जाने प्रतिवद्धता व्यक्त गरेका हुन् । शनिबार साँझ बालुवाटारमा बसेको सचिवालय बैठकमा सरकारले गरेका… Continue reading नेकपा नेतृत्वबाट कमी कमजोरी स्वीकार, तत्काल कुनै परिवर्तन नहुने
Author: Vishwanews.com
सार्क मुलुकमा कोरोना रोकथाम गर्न भुटानपछि नेपाल सफल
काठमाडौं । कोरोना रोकथाम तथा नियन्त्रणको अहिलेसम्मको अवस्थाका सार्क मुलुकमध्ये भुटान र नेपाल सफल देखिएका छन् । सार्कमा कोभिड– १९ को रोकथाम र नियन्त्रणमा नेपालको भूमिमा भूटानपछि राम्रो रहेको निकष्कर्षमा सरकारले पुगेको हो । नेपाल र भुटानमा अहिलेसम्म कोरोनाका कारण बिरामीले ज्यान गुमाउनु परेको छैन । यी दुबै मुलुकमा मानिसलाई संक्रमण समेत निकै कम छ… Continue reading सार्क मुलुकमा कोरोना रोकथाम गर्न भुटानपछि नेपाल सफल
प्रचण्ड र ओलीको समान आशन बनाई शुरु भयो नेकपा सचिवालय बैठक
काठमाडौं । सत्तारुढ नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक शुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । उनका अनुसार आज आशनमा नयाँपन दिइएको छ । यसअघि प्रधानमन्त्री केपी शर्मा ओली अगाडी बसेर प्रचण्डसहित अन्य नेताहरु लहरै बस्थे । यस पटक भने प्रचण्ड र ओलीको आशन… Continue reading प्रचण्ड र ओलीको समान आशन बनाई शुरु भयो नेकपा सचिवालय बैठक
महोत्तरीमा ११ जनाको मृत्युको कारण अझै खुलेन
महोत्तरी । महोत्तरीको भङ्गाहा र बर्दिवास नगरपालिका जोडिएका बस्तीमा पछिल्लो केही दिनयता मानिसहरु बिरामी पर्ने र ज्यानै जाने भइरहेको छ । नेपालको सरकारी समाचार एजेन्सी राष्ट्रिय समाचार समितिका अनुसार यस स्थानमा अज्ञात रोगका कारण मर्ने मानिसको संख्या ११ पुगेको हो । शनिबार बर्दिवास १२ स्थित इँटाभट्टामा काम गर्ने ५५ वर्षीय भारतीय नागरिक मोतीलाल प्रजापति र… Continue reading महोत्तरीमा ११ जनाको मृत्युको कारण अझै खुलेन
कोरोनाविरुद्धको लडाईमा डा. रुना झाको अन्तराष्ट्रिय चर्चा
काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को महामारीविरुद्ध संसार लडिरहेको छ। विश्वभरका लाखौं डाक्टर र नर्स यस रोगलाई परास्त गरी मानव जीवनको रक्षामा अहोरात्र खटिएका छन् । सुरक्षाकर्मी, सफाईकर्मी र अन्य प्रत्यक्ष संलग्नको सूचि लामो छ । यस अभियानमा खटिएका मध्ये नेपालकी चेली डा. रुना झाको नाम यतिबेला अन्तर्राष्ट्रिय चर्चामा आएको छ । कोभिड १९… Continue reading कोरोनाविरुद्धको लडाईमा डा. रुना झाको अन्तराष्ट्रिय चर्चा
३४ लाखमा पुग्यो कोरोना संक्रमण
काठमाडौं । विश्वभर कोरोना महामारीबाट संक्रमित हुने मानिसको संख्या ३४ लाख पुगेको छ । ३३ लाख ९८ हजार ४ सय ५८ जना मानिसलाई यस रोगले संक्रमित बनाइसकेको तथ्यांक छ । शनिबार बिहानसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या भने २ लाख ३९ हजार ४४३ पुगेको छ । ३१ डिसेम्बरमा चीनको बुहानबाट शुरु भएको यो रोगको संक्रमण विश्वका… Continue reading ३४ लाखमा पुग्यो कोरोना संक्रमण
‘प्रधानमन्त्रीका मान्छे’ले धम्की दिएको सांसद भट्टको दावी
काठमाडौं । राष्ट्रिय सभा सांसद शारदा भट्टले नेकपामा विवाद चर्किरहेका बेला बालुवाटारले चलाएको हस्ताक्षर अभियानमा सहभागी नभए ‘जे पनि हुन सक्छ’ भन्दै प्रधानमन्त्रीका मान्छेले धम्की दिएको दावि गरेकी छिन् । शुक्रबार र शनिबार विभिन्न नेपाली संचारमाध्यमसँगको बयानमा उनले यस्तो दावि गरेकी हुन् । उनका अनुसार नेकपा केन्द्रीय सदस्य गौरी ओलीले फोनबाट यस्तो धम्की दिएको उनको… Continue reading ‘प्रधानमन्त्रीका मान्छे’ले धम्की दिएको सांसद भट्टको दावी
ताप्लेजुङ बजारमा रातभरी आगलागी, ७ घर जले
ताप्लेजुङ । ताप्लेजुङको सदरमुकाम फुङलिङ बजार पुनः एकपटक आगलागीको चपेटामा परेको छ । शुक्रबार राती करीव १० बजेबाट शुरु भएको आगो रातभरसम्म बलिरह्यो । यसले ठूलो भौतिक क्षति गरेको छ । यद्दपी मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । १० बजेदेखि लागेको आगो शनिबार बिहान साढे ५ बजेसम्म पनि रहेको थियो । जिल्ला प्रहरी… Continue reading ताप्लेजुङ बजारमा रातभरी आगलागी, ७ घर जले
आज बस्दैछ नेकपा सचिवालय बैठक, बामदेव प्रधानमन्त्री बन्ने निर्णय होला ?
काठमाडौं । बुधबार बसेको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले एक राजनीतिक कार्ड फ्ँयाकेका छन् । जसमा बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने र माधव नेपाललाई तेस्रो अध्यक्ष बनाउने उल्लेख छ । यो निर्णय पनि कोरोना भाइरसको सन्त्रास सकिएपछि कार्यान्वयनमा ल्याउने भन्ने उल्लेख छ । माधव नेपाललाई अध्यक्ष घोषणा गर्न त कुनै समस्या भएन् । यद्दपी… Continue reading आज बस्दैछ नेकपा सचिवालय बैठक, बामदेव प्रधानमन्त्री बन्ने निर्णय होला ?
भारतमा लम्बियो लकडाउन, तर खुकुलो पार्दै लैजाने रणनीति
नयाँ दिल्ली । भारतमा लकडाउन दुई साताका लागि बढाइएको छ । कोरोना भाइरस फैलिन नदिन भारतमा लकडाउन थप्ने निर्ण भएको हो । मे ३ तारिखमा सकिन लागेको अहिलेको लकडाउनको अवधि भारत सरकारले शुक्रबार १७ मेसम्म जारी राख्ने निर्णय गरेको छ । अब १४ दिन थपिएको लकडाउनको प्रवृत्ति भने विगतको भन्दा फरक हुने भएको छ ।… Continue reading भारतमा लम्बियो लकडाउन, तर खुकुलो पार्दै लैजाने रणनीति
नेकपा कार्यदलले तयार पार्यो एमसीसी प्रतिवेदन, इन्डो-प्यासिफिक रणनीति कै अंश भएको निष्कर्ष
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले गठन गरेको अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन एमसीसी) सम्बन्धी अध्ययन कार्यदल एमसीसी कार्यक्रम इन्डो-प्यासिफिक स्ट्राटेजी (हिन्द प्रशान्त रणनीति) कै अंश भएको निष्कर्षमा पुगेको छ । आफ्नो अन्तिम प्रतिवेदन तयार पारेको कार्यदलले उक्त निष्कर्ष निकालेको हो । पूर्वप्रधानमन्त्री तथा वरिष्ठ नेता झलनाथ खनाल, नेताद्वय भीमबहादुर रावल र प्रदीपकुमार… Continue reading नेकपा कार्यदलले तयार पार्यो एमसीसी प्रतिवेदन, इन्डो-प्यासिफिक रणनीति कै अंश भएको निष्कर्ष
नेपालमा थपिए दुई संक्रमित, ५९ जनामा पुष्टी
काठमाडौं । नेपालमा कोरोनाका दुई संक्रमित थपिएका छन् । शुक्रबार रुपन्देही र बाँकेमा कोरोना भाइरसका संक्रमित भेटिएका हुन् । यससँगै कुल संक्रमितको संख्या ५९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रुपन्देहीका २५ वर्षीय र बाँकेका ६० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । रूपन्देहीका संक्रमित युवक वैशाख ५ गते भारतबाट आएका थिए… Continue reading नेपालमा थपिए दुई संक्रमित, ५९ जनामा पुष्टी
कोरोना चिनियाँ प्रयोगशालाबाटै फैलिएको ट्रम्पको दावि
वासिंटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस चिनियाँ प्रयोगशालाबाटै फैलिएको दावि गरेका छन् । कोरोना भाइरस चीनको भाइरोलोजी प्रयोगशालाबाट फैलिएको र यसका लागि आधारहरु समेत रहेको उनले बताए । यद्दपी उनले त्यसको आधार सार्वजनिक गर्न भने नमिल्ने उल्लेख गरेका छन् । कोरोना भाइरस वुहानको प्रयोगशालाबाट फैलिएको पुष्टी हुने आधार रहेको तर, त्यसलाई सार्वजनिक भने… Continue reading कोरोना चिनियाँ प्रयोगशालाबाटै फैलिएको ट्रम्पको दावि
श्रमिक लक्षित प्याकेज ल्याउ : प्रचण्ड
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले श्रमिकलई लक्षित गरी आर्थिक प्याकेज ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन् । १३१औँ अन्तरराष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका मजदुरलाई शुभकामना दिँदै उनले यस्तो माग गरेका छन् । विश्वव्यापी महामारीका रुपमा देखा परेको कोभिड–१९ नामक घातक भाइरसको सामना गर्न सिङ्गो विश्व नै… Continue reading श्रमिक लक्षित प्याकेज ल्याउ : प्रचण्ड
विश्वभर कोरोना संक्रमितको संख्या ३३ लाख नाघ्यो
काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित हुनेको संख्या ३३ लाख पार भएको छ । ज्यान गुमाउनेको संख्या भने २ लाख ३४ हजार नजिक पुगेको छ। शुक्रबार बिहानसम्मको तथ्यांकअनुसार विश्वभर २ लाख ३३ हजार ९ सय ६६ जनाले यस भाइरसका कारण ज्यान गुमाउनु परेको छ । ३३ लाख ५ हजार मानिसमा संक्रमण पुष्टी… Continue reading विश्वभर कोरोना संक्रमितको संख्या ३३ लाख नाघ्यो
अफ्ठयारो मौका छोपेर अस्थिरता ल्याउन खोजियो : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अफ्ठ्यारो अवस्थाको मौका छोपेर मुलुकमा अस्थरता निम्त्याउन खोजिएको आरोप लगाएका छन् । शुक्रबार मजदुर दिवसका उपलक्ष्यमा शुभकामना सन्देश जारी गर्दै प्रधनमन्त्रीले अप्ठ्यारो परिस्थितिलाई मौका छोपेर अस्थितरताका प्रयास भएको बताएका छन् । यस्तो कमद दुःखद् भएको भन्दै आफ्ना ससाना स्वार्थ वा कुनै गलत उद्देश्यका साथ कसैले यस परिस्थितिलाई बिथोल्न र… Continue reading अफ्ठयारो मौका छोपेर अस्थिरता ल्याउन खोजियो : प्रधानमन्त्री
सन्दर्भ मजदुर दिवस : रोजिरोटीकै समस्यामा छन मजदुर
काठमाडौं । कोभिड १९ को कहरले आज विश्व घर भित्र थुनिएको छ । आर्थिक गतिविधिमा ब्रेक लागेको छ । यसले औपचारिक क्षेत्रमा रोजगारी गर्ने केही सिमित मानिस र व्यापार व्यवसायबाट बचत गर्न सक्ने व्यक्ति बाहेक आम मजदुरको हालत भने कमजोर बनाइदिएको छ । सामाजिक सुरक्षा प्रणाली बलियोसँग लागु भएका मुलुकमा मजदुरका लागि केही सुहलियत भएपनि… Continue reading सन्दर्भ मजदुर दिवस : रोजिरोटीकै समस्यामा छन मजदुर
बहराइनमा कोरोना संक्रमित नेपालीको संख्या १५७ पुग्यो
काठमाडौं । बहराइनमा नेपालीमाथि कोरोनाको संक्रमण निरन्तर बढ्दो छ । बिहीबार मात्र बहराइनमा रहेका थप ३१ जना नेपालीमा कोरोना पुष्टी भएको त्यहास्थित नेपाली दूतावासले जनाएको छ । यस मुलुकमा अब कोरोना संक्रमित नेपालीको संख्या १५७ पुगेको हो । बहराइनस्थित नेपाली दूतावासका अनुसार मंगलबार पनि एकैपटक ७७ जना नेपालीमा संक्रमण पुटी भएको थियो । नेपाली कामदारलाई… Continue reading बहराइनमा कोरोना संक्रमित नेपालीको संख्या १५७ पुग्यो
रोल्पामा बम विस्पोट, ४ जना बालबालिकाको ज्यान गयो
रोल्पा । रोल्पाको जंगलमा वेवारिसे बम विस्फोट हुँदा ४ जना बालबालिकाको ज्यान गएको छ । जंगलमा छोडिएको बमलाई खेलौना ठानेर खेलाउँदा ४ जना बालबालिकाको ज्यान गएको हो । बालबालिका गाईबाख्रा चराउन गएको बेला बम फेला पारेको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा जिल्लाको त्रिवेणी गाउँपालिका वडा नं. ७ निवासी लालबहादुर खत्रीका ५ वर्षीय छोरा विजय… Continue reading रोल्पामा बम विस्पोट, ४ जना बालबालिकाको ज्यान गयो
इन्टरनेट र विजुलीको महसुलमा निरन्तर छूट, वैशाखपछिको घरभाडा के गर्ने ?
काठमाडौं । सरकारले इन्टरनेट र विजुलीको महसुलमा २५ प्रतिशत छुट दिने निर्णयलाई वैशाख महिनामा समेत निरन्तरता दिने भएको छ । सरकारले कोरोना भाइरसले पारेको प्रभाव न्यूनिकरणका लागि ल्याएको दोस्रो चरणको आर्थिक प्याकजेमा उक्त निर्णय गरिएको हो । नेपाल दूरसञ्चार प्राधिकरणले लकडाउन अवधिको इन्टरनेट तथा डाटा प्याकेजमा २५ प्रतिशत छुटलाई निरन्रता दिने अर्थ मन्त्रालयले उल्लेख गरेको… Continue reading इन्टरनेट र विजुलीको महसुलमा निरन्तर छूट, वैशाखपछिको घरभाडा के गर्ने ?
अब काम गरेमात्र सरकारी राहत पाइने
काठमाडौं । अब सरकारले राहत वितरणलाई कामसँग जोड्ने भएको छ । कोरोना भाइरसको संक्रमण फैलिन नलिन घोषणा गरेको लकडाउनबाट प्रभावित विपन्न तथा मजदुर परिवारलाई काममा लगाएर मात्र राहत पाउने गरी सरकारले निर्णय गरेको हो । काम नगरी राहत माग्नेले भने काम गर्नेले पाउने राहतको तुलनामा मात्र २५ प्रतिशत मात्र पाउने भएको मन्त्रीपरिषद्ले निर्णय गरेको छ… Continue reading अब काम गरेमात्र सरकारी राहत पाइने
लकडाउनमा झ्याल भित्रबाट खिचेका उत्कृष्ट ५ तस्वीरले पुरस्कार पाउने
काठमाडौं । नेपाल पर्यटन बोर्डले लकडाउनमा घर भित्रै बसेर पर्यटन प्रवद्र्धन गर्ने गज्जबको अभियान थालेको छ । यसै सिलसिलामा झ्याल भित्र बसेर त्यहाबाट देखिने सुन्दर तस्वीर पठाएर त्यसबाट उत्कृष्ट ५ तस्वीरलाई नगद पुरस्कार दिने गरी प्रतियोगिता थालेको छ । लकडाउनमा घर बसाइको समयलाई सिर्जनात्मक बनाउँदै आफ्नो ठाउँलाई प्रचार गर्ने उद्देश्यका साथ बोर्डले प्रतियोगिता आयोजना गरेको… Continue reading लकडाउनमा झ्याल भित्रबाट खिचेका उत्कृष्ट ५ तस्वीरले पुरस्कार पाउने
अन्धविश्वासले इरानमा ठूलो मानवीय क्षति, कोरोना भगाउन विषाक्त रक्सी खाँदा ७ सयको ज्यान गयो
तेहरान । इरान कोरोना भाइरसको तिव्र संक्रमणलाई केही हदसम्म नियन्त्रण गर्न सफल मुलुक हो । तर, यस मुलुकलाई अहिले मानिसहरुमा रहेको अन्धविश्वासका कारण ठूलो मानवीय मूल्य चुकाउनु परेको छ । कोरोना भाइरसे शुरु भएयता यस भाइरसको संक्रमणबाट बच्न भन्दै विषाक्त रक्सी सेवन गर्दा करीव ७ सय मानिसको ज्यान गएको इरानी संचरमाध्यमले उल्लेख गरेका छन् ।… Continue reading अन्धविश्वासले इरानमा ठूलो मानवीय क्षति, कोरोना भगाउन विषाक्त रक्सी खाँदा ७ सयको ज्यान गयो
बलिउड अभिनेता ऋषि कपुरको निधन
काठमाडौं । बलिउड अभिनेता ऋषि कपुरको निधन भएको छ। क्यान्सर र स्वासप्रश्वाससम्बन्धी समस्यासँग जुध्दै आएका ६७ वर्षीय कपुरको एचएन रिलायन्स अस्पतालमा उपचारका क्रममा विहिबार निधन भएको हो। स्वास्थ्यमा समस्या देखिएपछि बुधवार अस्पताल भर्ना गरिएको थियो। अमेरिकामा करिब एक वर्षसम्म क्यान्सरको उपचार गराएपछि उनी गत वर्ष सेप्टेम्बर महिनामा भारत फर्किएका थिए । फेब्रुअरी महिनामा पनि स्वास्थ्य… Continue reading बलिउड अभिनेता ऋषि कपुरको निधन
देशभर मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित वर्षाको सम्भावना
काठमाडौं । बिहीबार देशभरको मौसममा परिवर्तन आउने भएको छ । देशका विभिन्न ठाउँमा मेघगर्जन, चट्याङ्ग, हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्व नजिकै बनेको न्यून चापीय क्षेत्र, पश्चिमी र स्थानीय वायु तथा बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले दिउँसोपछि विभिन्न ठाउँमा मेघगर्जन, चट्याङ्ग, हावाहुरीसहित पानी पर्ने सम्भावना… Continue reading देशभर मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित वर्षाको सम्भावना
कोरोनाबाट विश्वभर २ लाख २८ हजार १ सय ८९ को मृत्यु
काठमाडौं । विश्वभर कोरोनाको कहर जारी छ । यसले ठूलो मानवीय क्षति निम्त्याएको छ । तथ्यांकहरुका अनुसार अमेरिकाले मात्र भियतनाम युद्धपछिकै बढी संख्यामा आफ्ना नागरिक कोरोना भाइरसका कारण गुमाइसकेको छ । बिहीबार बिहानसम्मको तथ्यांक अनुसार विश्वभर कोभिड १९ का कारण २ लाख २८ हजार १ सय ८९ जनाको ज्यान गएको छ । अमेरिका यसबाट सबैभन्दा… Continue reading कोरोनाबाट विश्वभर २ लाख २८ हजार १ सय ८९ को मृत्यु
सन् २०२० को पहिलो त्रैमासमा ४.८ प्रतिशतले गिर्यो अमेरिकी अर्थतन्त्र
वासिंटन । कोरोना भाइरसको महामारीबाट सबैभन्दा बढी प्रभावित संयुक्त राज्य अमेरिकामा यसले पार्ने बहुआयामित असरका प्रभाव देखिन थालेका छन् । खासगरी अमेरिकाको अर्थतन्त्रलाई कोरोनाले ठूलो धक्का दिने अमेरिकी सरकारका अधिकारीहरुले बताएका छन् । सन् २०२० को पहिलो त्रैमासमा मात्र ठूलो गिरावट आएको छ । अमेरिकी वाणिज्य मन्त्रालयको आंकडाअनुसार यस अवधिमा अमेरिकाको अर्थतन्त्र ४.८ प्रतिशतले कम… Continue reading सन् २०२० को पहिलो त्रैमासमा ४.८ प्रतिशतले गिर्यो अमेरिकी अर्थतन्त्र
केपी ओलीको नयाँ कार्डले नेकपामा तरंग
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने नयाँ कार्ड बजारमा फालेका छन् । उनले बुधबारको सचिवालय बैठकमा कोरोना भाइरसको महामारी सकिएपछि आफूले राजिनामा दिने र उपाध्यक्ष बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेका हुन् । उनले वरिष्ठ नेता माधवकुमार नेपाललाई तेस्रो अध्यक्ष बनाउने समेत प्रस्ताव गरेका छन् । उनको यस प्रस्तावले नेकपामा भने… Continue reading केपी ओलीको नयाँ कार्डले नेकपामा तरंग
दुई खाडी मुलुकले नेपाललाई जहाज चार्टर्ड गरी पठाए स्वास्थ सामग्री
काठमाडौं । नेपाली कामदारले उच्च योगदान गरिरहेका दुई खाडी मुलुकका सरकारले आज नेपाललाई आफ्नै खर्चमा जहाज चार्टर्ड गरी स्वास्थ्य सामग्री पठाएका छन् । संयुक्त अरब इमिरेट्स र कतारले नेपाल सरकारलाई मेडिकल सामग्री उपहारस्वरुप पठाएका हुन् । कतार एयरवेज र इत्तिहाद एयरको जहाज आज काठमाडौं अवतरण भए । दुबै जहाजले कोरोना भाइरससँग लड्ने विविध मेडिकल सामग्री… Continue reading दुई खाडी मुलुकले नेपाललाई जहाज चार्टर्ड गरी पठाए स्वास्थ सामग्री
बीना निष्कर्ष सकियो नेकपा सचिवालय बैठक
काठमाडौं । नेताहरुबी विवाद चरमोत्कर्षमा पुगेका बेला बुधबार साँझ बसेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक बीना निष्कर्ष सकिएको छ । बैठकमा समसामयिक परिस्थितिको विषयमा गम्भिर रुपले समिक्षा भएपनि कुनै निर्णय भने नभएको प्रवक्ता नारायणकाजी श्रेठले जानकारी दिए । उनका अनुसार अर्को सचिवालय बैठक आगामी २० गते बस्ने भएको छ । यस बैठकले अहिलेसम्म… Continue reading बीना निष्कर्ष सकियो नेकपा सचिवालय बैठक