Author: Vishwanews.com

  • नेपालमा थप २७५३ जनामा कोरोना पुष्टि, २२०६ जना संक्रमणमुक्त

    नेपालमा थप २७५३ जनामा कोरोना पुष्टि, २२०६ जना संक्रमणमुक्त

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २७५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको परीक्षणमा थप २७५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    यससँगै कुल संक्रमितको संख्या १ लाख ९१ हजार ६३६ पुगेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २२०६ जना निको भइ घर फर्केका छन्।

    यो सँगै नेपालमा एक लाख ५५ हजार १ सय १४ जना संक्रमित उपचारपछि निको भएका छन्।

  • ग्वाटेमालामा भिषण पहिरो, कम्तिमा ५० जनाको मृत्यु

    ग्वाटेमालामा भिषण पहिरो, कम्तिमा ५० जनाको मृत्यु

    भेरापाज । ग्वाटेमालामा अविरल परेको वर्षाका कारण आएको भिषण पहिरोमा परी कम्तिमा ५० जनाको मृत्यु भएको छ । बीबीसीका अनुसार राष्ट्रपति एलेजान्डे गिएमाट्टीले थप १ सय जनाभन्दा धेरै पुरिएको र मानवीय क्षति अझै बढी हुन सक्ने जानकारी गराएका छन् ।

    आँधीको कारण परेको ठूलो वर्षाका कारण अल्टा भेरापाज क्षेत्रको क्वीजा गाउँका घरहरु पुरिएका छन् । अहिले सेनाले प्रभावित क्षेत्रमा उद्धार र राहतको काम थालेको बताइएको छ ।

  • विदेशी पर्यटक र विद्यार्थी कहिलेबाट छिर्न पाउँछन् अष्ट्रेलिया ?

    विदेशी पर्यटक र विद्यार्थी कहिलेबाट छिर्न पाउँछन् अष्ट्रेलिया ?

    सिड्नी । अस्ट्रेलियाले विदेशी पर्यटक र विद्यार्थीका लागि आफ्नो मुलुक खुला गर्ने तयारी गरेको छ । अष्ट्रेलियाका कार्यवाहक अध्यागमन मन्त्री एलन टजले अब सुरक्षित तरिका अपनाएर विदेशीलाई अस्ट्रेलिया प्रवेश अनुमति दिने तयारी भइरहेको बताएका छन् ।

    कोभिड १९ को प्रभावका कारण आठ महिनादेखि अष्ट्रेलियाले विदेशीको अनुमति रोकेको छ । अब भने प्राथमिकता हेरेर खुला गरिने उनले जानकारी दिए उनका अनुसार सबैभन्दा पहिला भिषा लागेर बसेका अन्तराष्ट्रिय विद्यार्थीलाई सुरक्षित रुपमा बिस्तारै अस्ट्रेलिया आगमन अनुमति दिइने भएको छ । पर्यटक र सर्वसाधारणलाई भने कोरोनाबाट सुरक्षित राष्ट्रहरूको प्राथमिकता हरेर खोलिने भएको छ ।

  • यो वर्ष शिकार आरक्षमा एक नाउर र एक झारलको मात्र शिकार हुने

    यो वर्ष शिकार आरक्षमा एक नाउर र एक झारलको मात्र शिकार हुने

    काठमाडौं । कोरोना भाइरसको प्रभावले यो वर्ष शिकार आरक्षमा हुने शिकार घट्ने भएको छ । नेपालमा बागलुङको ढोरपाटन सिकार आरक्षमा विदेशी पर्यटकका लागि शिकार गर्न अनुमति दिइन्छ ।

    कोरोना अगाडि धेरै नाउर र झारल शिकार गर्ने नेपालको एक मात्रै ढोरपाटन सिकार आरक्षमा यस वर्षको पहिलो सिकार याममा जम्मा एक नाउर र एक झारल मात्र सिकार हुने भएको नेपालको राष्ट्रिय समाचार समितिले जनाएको छ।


    कोरोना महामारीका कारण गत वर्षको चैतदेखि सिकार हुन नसकेको आरक्षमा यस वर्षको पहिलो याममा एक मात्र झारल र नाउरको सिकार हुने भएको हो।

    राष्ट्रिय निकुञ्ज तथा वन्य जन्तु संरक्षण विभागले चालु आर्थिक वर्षको पहिलो याममा १० नाउर र ६ झारलको शिकारको लागि असोज ९ गते बोलपत्र प्रकाशन गरेको थियो । तर, यसबीचमा एउटा कम्पनीको आवेदन गरेको हो ।

    नेपाल ट्राभल्स सफारी कम्पनीमार्फत बेल्जियम नागरिक मंसिर पहिलो साता ढोरपाटन आउने छन्। विदेशी सिकारीले नाउरको लागि एक लाख ६० हजार र झारलको लागि ९० हजार रूपैयाँ राजश्व बुझाएका छन्।

    सिकार अनुमति प्राप्त कम्पनीले १५ दिनको अवधिमा आरक्षबाट खटिएका कर्मचारीको प्रत्यक्ष निगरानीमा सिकार गर्नेछन्। यसअघि आरक्षणमा सिकारका लागि अमेरिका, रसिया, स्पेनलगायतका देशबाट धनाढ्य सिकारी हेलिकप्टर चार्टर गरी ढोरपाटन आउने गरेका थिए ।

  • मर्निङ वाक हिँडेका व्यक्ति चोभारमा मृत भेटिए

    मर्निङ वाक हिँडेका व्यक्ति चोभारमा मृत भेटिए

    काठमाडौं । चोभारमा शनिबार बिहान मर्निङ वाक हिँडेका एक व्यक्ति मृत अवस्थामा भेटिएका छन्।
    प्रहरीका अनुसार उनी शनिबार धोबीघाट सनराईज अपार्टमेन्ट नजिक मृत अवस्थामा फेला परेका हुन्। उनी करिब ५ बजेतिर बीच बाटोमा आराम गर्दै थिए।

    सोहीक्रममा ढलेका उनी त्यसपछि उठेनन् । प्रहरीले हृदयघातका कारण मृत्यु भएको हुनसक्ने अनुमान गरेको छ । उनको सनाखत भइसकेको छैन ।

  • बाइडनले राष्ट्रपति पदको दाबी नगरुन : ट्रम्प

    बाइडनले राष्ट्रपति पदको दाबी नगरुन : ट्रम्प

    काठमाडौं । राष्ट्रपति तथा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले आफ्ना प्रतिस्पर्धी जो बाइडनलाई आफु राष्ट्रपतिमा निर्वाचित भएको घोषणा नगर्न भनेका छन् । यस्तो दावि र घोषणा आफुले पनि गर्न सक्ने भन्दै कानूनी प्रक्रियाको सम्मान गर्न उनले सचेत गराएका हुन् ।

    राष्ट्रपति पदमा बाइडन जित नजिक पुगेका छन् । तर, ट्रम्प यो नतिजा स्वीकार गर्ने पक्षमा भने छैनन् । ट्रम्पले सामाजिक संजाल टुइटरबाट यस्तो चेतावनी दिएका हुन् । कानुनी प्रक्रिया सुरु भएपछि आफ्नो अग्रता फेरि फर्किने विश्वास उनले लिएका छ् ।

    उनले भनेका छन, ‘चुनाव भएको राति सबै राज्यहरुमा मेरो अग्रता थियो तर दिन बित्नासाथ चामत्कारिक ढंगले गायब भएको देखियो । हाम्रो कानुनी कारबाही अगाडि बढेपछि सायद त्यो अग्रता फर्कने छ ।’

    मत गणनामा धाँधली भएको भन्दै ट्रम्प र उनका समर्थकहरु अदालत गएका छन् । तर उनले धाँधलीको प्रमाण जुटाउन भने सकिरहेका छैनन् । अहिले पेन्सलभेनियामा बाइडनले ट्रम्पविरुद्ध अग्रता लिएका छन् । एरिजोना, नेभाडा र जर्जियामा पनि बाइडन अगाडी बढेका छन् ।

  • गोरखामा समेत देउसी भैलो बन्द

    गोरखामा समेत देउसी भैलो बन्द

    गोरखा । नजिकिएको तिहारलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय गोरखाले देउसी भैलो खेल्न प्रतिबन्ध लगाएको छ । कोराना भाइरस संक्रमणको डर रहेको भन्दै तिहारमा जिल्लामा देउसी भैलो खेल्ने, नाचगान गर्ने, पिङ हाल्ने र खेल्ने गर्न पाइने छैन ।

    तिहार आफू र आफ्नो परिवारसँगै मनाउन र विगतमा जस्तो आफन्तकोमा जाने, भिड गर्ने काम नगर्न निमित्त प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले आग्रह गरेकी छन् ।

    तिहारमा जुवातास खेल्ने, पटका, आतिशवाजी र भुइचम्मा जस्ता विस्फोटक पदार्थ बिक्री र प्रयोग नगर्न पनि प्रशासन कार्यालयले आग्रह गरेको छ ।

    धार्मिक स्थल जस्तै चर्च, मस्जिद, गुम्बाहरुमा भेला भई कार्यक्रम गर्ने, प्रार्थना गर्ने, संगती गर्ने काम समेत रोक लगाइएको छ ।


    कोरोना भाइरस संक्रमणविरुद्ध सचेतता नअपनाए संक्रामक रोग ऐन २०२० अनुसार र भुइचम्पा, पटका आतिशबाजी जस्ता विस्फोटक पदार्थको कारोबार र प्रयोग गरे स्थानीय प्रशासन ऐन २०२८ अनुसार कारबाही गर्ने चेतावनी पनि दिइएको छ

  • भीआइपी भेटसँगै भम्रणमा समेत रमाएर फर्किए भारतीय सेनाध्यक्ष

    भीआइपी भेटसँगै भम्रणमा समेत रमाएर फर्किए भारतीय सेनाध्यक्ष

    काठमाडौं । भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे तीन दिने नेपाल भ्रमण पुरा गरी स्वदेश फर्किए । उनी शुक्रबार साढे ४ बजे भारतीय वायु सेनाको विशेष विमान चढेर दिल्ली फर्किएका हुन् । उनी बुधबार काठमाडौं आएका थिए ।

    बुधबार काठमाडौं ओर्लिएर होटेलमा पुगेपछि उनी काठमाडौंका धार्मिक तथा पर्यटकीय क्षेत्रको भ्रमणमा निस्किएका थिए । बिहीबार भने उनी सैन्य गतिविधि मै व्यस्त रहे । उक्त दिन उनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्थ महारथीको उपाधी लिएका थिए ।

    भ्रमणको अन्तिम दिन समेत उनले भ्रमणलाई रोमाञ्चक बनाउन कुनै कसुर बाँकि राखेनन् । किनकी शुक्रबार उनी सगरमाथा क्षेत्रमा माउण्टेन फ्लाइटमा पुगे । सोलखुम्बु मै खाना खाए ।

    त्यसपछि काठमाडौं फर्किएका उनले प्रधानमन्त्री एवं रक्षामन्त्री केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरे । भेटमा ओलीले नेपाल र भारतबीच असल मित्रता रहेको र कतिपय विषयमा दुई देशबीच रहेका समस्या संवादमार्फत् समाधान हुने विश्वास व्यक्त गरे ।

  • काठमाडौं उपत्यकामा १३३८ जना कोरोना संक्रमित थपिए

    काठमाडौं उपत्यकामा १३३८ जना कोरोना संक्रमित थपिए

    काठमाडौं । काठमाडौं उपत्यकामा थप १३३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा १३ ३८ जनामा संक्रमण पुष्टि भएको हो।

    थपिएका संक्रमितमध्ये ५ सय ७० महिला र ७ सय ६८ जना पुरुष छन्।

    हालसम्म काठमाडौंमा १५ हजार १, भक्तपुरमा एक हजार २ सय ४२ र ललितपुरमा २ हजार २ सय २६ सक्रिय संक्रमित छन्।

  • आवास पुनर्निर्माणका लागि अनुदान लिने अन्तिम समयसीमा बैशाख मसान्तसम्म

    आवास पुनर्निर्माणका लागि अनुदान लिने अन्तिम समयसीमा बैशाख मसान्तसम्म

    काठमाडौं । काठमाडौं, २१ कात्तिक । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास पुनर्निर्माणका लागि अनुदान लिने नयाँ तथा अन्तिम समयसीमा तय गरेको छ ।

    शुक्रबार बसेको प्राधिकरणको कार्यकारी समितिको बैठकले २०७७ मंसिर मसान्तसम्म अनुदान सझौता गरी २०७७ पौष १५ सम्ममा पहिलो किस्ता लिई सक्नु पर्ने अन्तिम समयसीमा तोकेको हो।

    सबै लाभग्राहीहरुले ०७७ पौष १५ भित्र पहिलो किस्ता लिइसक्नुपर्नेछ भने ०७७ माघ मसान्तभित्र दोस्रो र ०७८ बैशाख मसान्तभित्र तेस्रो किस्ताका लागि निवदेन दिइसक्नु पर्नेछ।

    प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले प्राधिकरणको कार्यावधि नै सकिनँ लागेकोले यो नै अन्तिम समयसीमा हुने बताए ।

    ‘निजी आवास अनुदानका लागि योग्य सबै लाभग्राहीहरुलाई यथाशीघ्र सम्झौता गर्न र अनुदानका किस्ता लिन बाँकी भए स्थानीय तहमा निवेदन दिन आग्रह गर्दछौं,’ उनले भने।

    त्यसैगरी, प्राधिकरणले साविक घर भत्काई नयाँ घर निर्माण गर्न चाहने प्रवलीकरण लाभग्राहीलाई यथाशीघ्र सम्बन्धित जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) मा निवेदन दिन पनि अनुरोध गरेको छ।

    त्यसैगरी, प्राधिकरणले साविक घर भत्काई नयाँ घर निर्माण गर्न चाहने प्रवलीकरण लाभग्राहीलाई यथाशीघ्र सम्बन्धित जिल्ला आयोजना कार्यान्वयन इकाईमा निवेदन दिन पनि अनुरोध गरेको छ ।

  • थप १८ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १०७० पुग्यो

    थप १८ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १०७० पुग्यो

    काठमाडौं । नेपालमा थप १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर थप १८ जनाको मृत्यु भएको हो ।

    यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ७० पुगेको छ। यसअघि विहिबार पनि १८ जनाको र बुधबार ३० जनाको मृत्यु भएको थियो।

  • नेपालमा थप २९०९ जनामा कोरोना पुष्टि, ४५०० जना संक्रमणमुक्त

    नेपालमा थप २९०९ जनामा कोरोना पुष्टि, ४५०० जना संक्रमणमुक्त

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २९०९जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको परीक्षणमा थप २९०९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    यससँगै कुल संक्रमितको संख्या १ लाख ८८ हजार ८८३ पुगेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४५०० जना निको भइ घर फर्केका छन्। निको हुनेको संख्या एक लाख ५२ हजार ९०८ पुगेको मन्त्रालयले जनाएको छ।

    हाल देशभर सक्रिय संक्रमितको संख्या ३४ हजार ९०५ रहेको मन्त्रालयले जनाएको छ।

  • भाइटीकापछि खुलामञ्च लगायतका सार्वजनिक स्थानमा निःशुल्क खाना खुवाउने अभियान बन्द

    भाइटीकापछि खुलामञ्च लगायतका सार्वजनिक स्थानमा निःशुल्क खाना खुवाउने अभियान बन्द

    काठमाडौं । काठमाडौंको खुलामञ्चलगायत सार्वजनिक ठाउँमा अब निःशुल्क खाना खुवाउने अभियान बन्द हुने भएको छ ।

    काठमाडौं महानगरपालिका र अभियन्ताहरुबीच मंसिर २ अर्थात् भाइटीकाको भोलिपल्टदेखि सार्वजनिक स्थानमा खाना नखुवाउने सहमति शुक्रबार भएको हो ।

    लकडाउनपछि खाना खुवाइरहेका अभियन्ताहरु र काठमाडौं महानगरपालिकाबीच भाइटीकाको भोलिपल्टदेखि निश्चित स्थान पहिचान गर्ने वा प्याकेटमा मात्र खाना वितरण गर्ने सहमति भएको छ ।

    खुलामञ्चमा खाना खुवाउँदा संक्रमण झन् बढ्न सक्ने, स्वास्थ्यवर्द्धक वातावरण नहुने र सामाजिक प्रतिष्ठा कायम नहुने भएकाले व्यवस्थित गर्न दुबै पक्ष सहमत भएका हुन् ।

    सहमतिपत्रमा हाम्रो सानो प्रयास, हन्ड्रेड्स गु्रप, गसिप क्वीन, हाम्रो टिम नेपाल, मानवी क्रिएटिभ एसोसियसनलगायत अभियान–संघसंस्थाका प्रतिनिधि र काठमाडौं महानगरपालिका सहरी स्वास्थ्य महाशाखाका निर्देशक हरिबहादुर कुँवर, बसन्त आचार्यल,धनपति सापकोटा,राजु पाण्डेलगायका अधिकारीले हस्ताक्षर गरेका छन्।

    यसअघि महानगरले खाना खुवाउन रोक्न निर्देशन दिएपछि विवाद भएको थियो ।

  • एनआरएनएद्धारा १ करोड २० लाखको स्वास्थ्य सामाग्री मन्त्रालयलाई हस्तान्तरण

    एनआरएनएद्धारा १ करोड २० लाखको स्वास्थ्य सामाग्री मन्त्रालयलाई हस्तान्तरण

    काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जापानबाट प्राप्त १० हजार पिस एन्टी जिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरेको छ । करिब एक करोड रुपैयाँ मूल्य पर्ने उक्त एन्टी जेन एनआरएनए उपाध्यक्ष डा बद्री केसीले स्वास्थ्य राज्यमन्त्री नवराज रावतलाई शुक्रबार हस्तान्तरण गरेका हुन्।

    स्वास्थ्य मन्त्रालयमा आयोजित सामाग्री हस्तान्तरण कार्यक्रमलाई सम्वोधन गर्दै स्वास्थ्य राज्यमन्त्री नवराज रावतले विदेशमा रहेर नेपाल र नेपालीप्रति देखाएको सहयोगी भावनाको प्रशंसा गरे। कोभिड–१९ विरुद्ध लड्न प्रवासमा रहेका नेपालीहरुले ठूलो योगदान पुर्‍याएको भन्दै मन्त्री रावतले भने, ‘यो पुन्य कार्यक्रममा एनआरएनएलाई सरकारले सहयोग गर्न तयार छ ।’

    मन्त्री रावतले नेपाल सरकार र संघबीच सहकार्यको आवश्यकता रहेको बताउदै कोरोना महामारीकाबिरुद्ध एकजुट हुन आग्रह गरे ।

    हस्तान्तरण कार्यक्रमलाई सम्वोधन गर्दै एनआरएनए उपाध्यक्ष डा केसीले संघले विश्वव्यापी कोरोना संक्रमण सुरु भए देखिनै विदेशमा रहेका नेपालीहरुले स्वास्थ्य सम्वन्धी सामाग्री सहयोग गरेको चर्चा गरे । विदेशमा नेपालीको अवस्था र उनीहरुले भोगिरहेको समास्याबारे प्रष्ट पार्दै उनले करिब १ करोड २० लाख रुपैयाँका ती स्वास्थ्य सम्वन्धी सामग्री जुटाउन सहयोग गर्ने जापानवासी नेपालीप्रति आभार व्यक्त गरे ।

    कार्यक्रममा गैरआवासीय नेपाली संघका केन्द्रीय पार्षद कपिलदेव थापाले आफ्नो पहलमा केही भए पनि स्वास्थ्य सम्वन्धी सामाग्री नेपाललाई जुटाउन सकेकोमा प्रसन्नता प्रकट गरे। थापाले यसअघि जापान सरकारले गरेको प्रतिवद्धता अनुसार थप स्वास्थ्य सम्वन्धी सामाग्री नेपाल भित्राउन पहल गरिने जानकारी दिए । यसअघि थापाकै पहलमा संघले नेपाल सरकारलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको थियो ।

    सामग्री हस्तान्तरण कार्यक्रममा स्वस्थ्य सेवा विभागका कार्यकारी निर्देशक दिपेन्द्ररमण सिंह, गैरआवासीय नेपाली संघका कार्यकारी निर्देशक राजेश रानालगायतको उपस्थिती थियो। कार्यक्रमको संचालन गैरआवासीय नेपाली संघ कोभिड १९ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले गरेका थिए।

    गैरआवासीय नेपाली संघले कोभिड १९ को महामारी सुरु भएदेखि २ करोड रुपैयाँ बराबरको स्वास्थ्य सम्वन्धी सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो ।

    संघले पहिलो चरणमा विश्वका ५० भन्दा बढी देशमा करिब २५ सय स्वयसेवक परिचालन गर्दै कोभिड पिडित नेपालीहरुलाई सहयोग गरेको थियो । यस्तै संघले कोभिड बिरुद्धको लड्न अध्यक्ष कुमार पन्तको अध्यक्षतामा एक उच्चस्तरिय समिति समेत गठन गरेको छ ।

  • मिचिगनबाट बाइडेनलाई विजेता घोषणा, ट्रम्प प्रशासनले दर्ता गरेको मुद्धा खारेज

    मिचिगनबाट बाइडेनलाई विजेता घोषणा, ट्रम्प प्रशासनले दर्ता गरेको मुद्धा खारेज

    काठमाडौं । चुनाव प्रक्रियालाई लिएर कोर्ट गएका ट्रम्प खेमालाई मिचिगन र जर्जियामा निराशा हात लागेको छ ।

    अमेरिकी अदालतले चुनाव सम्बन्धी धाँदली भएको भन्दै ट्रम्प प्रशासनले दर्ता गरेको मुद्धा खारेज गरिदिएको छ ।

    मिचिगनमा ट्रम्प क्याम्पेनको तर्फबाट अनुपस्थित मतपत्रको गणना रोक्न माग गरिएको थियो । तर जर्जियामा भने अनुचित मतपत्र पनि गणना गरिएको आरोप लगाईएको थियो । तर मिचिगन कोर्ट अफ क्लेम्सका न्यायाधीश सिन्थिया स्टीफेन्सले बिहीवार मुद्धा खारेज गरिदिएका हुन् ।

    जसमा मिचिगन राज्य सचिव स्थानीय गणना प्रक्रियामा सामेल नभएको बताइएको छ । यसलाई लिएर औपचारिक आदेश जारी गरिनेछ ।

    स्थानीय मिडिया रिपोर्टमा मिचिगनबाट डेमोक्रेटिक पार्टीका राष्ट्रपति पदका उम्मेद्वार जो बाइडेनलाई विजेता घोषणा गरिएको छ ।

    त्यस्तै जर्जियामा न्यायाधीश जेम्स एफ बासले ट्रम्प क्याम्पेनको तर्फबाट दर्ता गरिएको मुद्दा खारेज गरेका छन् ।

    ट्रम्प क्याम्पेनको तर्फबाट पेन्सिल्भेनिया र नेवादामा पनि मुद्दा दर्ता गरिएको छ । त्यो बाहेक विस्कोन्सिनमा भोटको रिकाउन्टिङको माग गरिएको छ ।

  • अमेरिकामा कोरोना संक्रमितको सबै रेकर्ड तोडियो

    अमेरिकामा कोरोना संक्रमितको सबै रेकर्ड तोडियो

    काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।

    कोरोना भाइरसका कारण हालसम्म विश्वमा १२ लाख ३९ हजार ३८० जनाको मृत्यु भईसकेको छ भने ४ करोड ९० लाख १६ हजार ९२१ जनालाई संक्रमण भएको छ ।

    त्यस्तै ३ करोड ४९ लाख ८० हजार ३३१ जना संक्रमण मुक्त भएका छन् भने विश्वमा ९० हजार मानिसको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

    त्यस्तै विश्वमा हिजो (बिहीवार)६लाख ४ हजार ६८९ जना संक्रमित थपिएका छन् ।

    जो हालसम्मकै सबैभन्दा धेरै हो । यसैबीच अमेरिकामा हालसम्म २ लाख ४० हजार ९५३ जनाको मृत्यु भएको छ भने ९९ लाख १९ हजार ५२२ जनालाई संक्रमण भएको छ ।

    त्यस्तै ६३ लाख ४० हजार ४७२ जना संक्रमण मुक्त भएका छन् भने ३३ लाख ३८ हजार ९७ जना संक्रमण मुक्त भएका छन् ।

    त्यस्तै १८ हजार १६० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । अमेरिकाको टेक्सासमा १९ हजार ३० जनाको मृत्यु भएको छ भने ९ लाख ९७ हजार ९१६ जनालाई संक्रमण भएको छ ।

    त्यस्तै क्यालिफोर्नियामा १७ हजार ८६४ जनाको मृत्यु भएको छ भने ९ लाख ५८ हजार ८७८ जनालाई संक्रमण भएको छ ।

    त्यस्तै फ्लोरिडामा ८ लाख २७ हजार ३८० जनालाई संक्रमण भएको छ भने १६ हजार ९६४ जनाको मृत्यु भएको छ ।

    अमेरिकामा बिहीवार मात्रै हालसम्मकै सबैभन्दा धेरै संक्रमित थपिएका छन् ।

    बिहीवार अमेरिकामा १ लाख १८ हजार २०४ जनालाई संक्रमण भएको छ भने १ हजार १२५ जनाको मृत्यु भएको छ ।

  • इटलीमा आजबाट दुई साता लकडाउन

    इटलीमा आजबाट दुई साता लकडाउन

    रोम । कोरोना भाइरसको बढ्दो संक्रमणपछि इटली पुनः लकडाउनमा प्रवेश गरेको छ । इटलीमा सरकारले आजबाट लागु हुने गरी दुई हप्ताका लागि लकडाउन घोषणा गरेको हो । इटालीका चार क्षेत्र लोम्बार्डिया, पिओमोन्ते, कालाबृया र भाले डि ओस्टालाई रेड जोन घोषणा गरिसकिएको छ। यी क्षेत्र कोराना भाइरसबाट बढी प्रभावित छन् ।

    कोरोनाको दोस्रो लहर रोक्न र अस्पतालमा कोरोनाले बढेको चाप कम गर्न लकडाउन गरिएको इटालीका प्रधानमन्त्री जुजेप्पे कन्तेले बताएको अन्तर्राष्ट्रिय संचारमाध्यमले लेखेका छन् । इटालीमा यसअघि पहिलोपटक गत मार्चमा लकडाउन गरिएको थियो ।

    लकडाउनको रेड जोन घोषणा गरिएका प्रदेशहरूबाट मानिसको आवतजावत रोकिएको छ ।
    स्वास्थ्यसहितका अत्यावश्यक काममा भने सेल्फ प्रमाणीकरणको सर्टिफिकेटसहित बाहिर निस्कन पाइने छ । संक्रमणको संख्या अत्यधिक बढेसँगै इटालीका अस्पतालमा बिरामी राख्ने ठाँउको पनि अभाव हुन थालेको छ ।

    अस्पतालमा बिरामी राख्ने ठाँउ नभएपछि एम्बुलेन्समै घण्टौँसम्म बिरामी राख्नु पर्ने बाध्यता आएको छ । इटालीमा कोरोना भाइरसको संक्रमणबाट ४० हजार १९२ जनाको मृत्यु भइसकेको छ । संक्रमित संख्या ८ लाख २४ हजार ८७९ पुगेको छ । पछिल्लो २४ घण्टामा ३४ हजार नयाँ संक्रमित थपिए ।

  • राष्ट्रपति निर्वाचन : बाइडेनको अग्रता कायमै

    राष्ट्रपति निर्वाचन : बाइडेनको अग्रता कायमै

    काठमाडौं । अमेरिकामा सम्पन्न राष्ट्रपतीय निर्वाचनको मतगणना जारी छ । कुल ५० मध्ये अहिलेसम्म ४३ राज्यको नतिजा आइसकेको छ । मतगणनामा डेमोक्रेटिक उम्मेदवार जो बाइडेनको अग्रता भने कायमै रहेको अन्तर्राष्ट्रिय संचारमाध्यमले उल्लेख गरेका छन् ।

    दुई उम्मेदवार डेमोक्रेटिक पार्टीका जो बाइडेन र अहिलेका राष्ट्रपति रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पबीच कडा प्रतिस्पर्धा छ । बाइडेन भने जित नजिक पुगेको तथ्यांकले देखाएको छ । उनले अमेरिकी निर्वाचनको इतिहासमै सबैभन्दा धेरै लोकप्रिय मत प्राप्त गरेका छन् । उनले पूर्व राष्ट्रपति बाराक ओबामाको रेकर्ड तोडेका छन् ।

    सन् २००८ मा बाराक ओबामाले ६ करोड ९४ लाख ९८ हजार ५ सय १६ मत पाउँदा त्यो इतिहासकै सर्वाधिक थियो । बाइडेनले भने ७ करोड २७ लाखभन्दा बढी मत कटाइसकेका छन् । अझै केही राज्यमा मत गणना जारी छ ।


    राष्ट्रपतिका लागि २ सय ७० इलेक्टोरल मतमा चाहिन्छ । यसबाट बाइडेन ६ मतले मात्रै पछि छन् । पछिल्लो तथ्यांकमा बाइडेनले २ सय ६४ र ट्रम्पले २ सय १४ इलेक्टोरल मत प्राप्त गरेका छन् ।

  • विहारका मुख्यमन्त्रीको घोषणा : यो चुनाव मेरो अन्तिम हो

    विहारका मुख्यमन्त्रीको घोषणा : यो चुनाव मेरो अन्तिम हो

    विहार । नेपालसँग जोडिएको भारतको रणनीतिक राज्य विहारमा अहिले आम निर्वाचन जारी छ । दोस्रो चरणको निर्वाचन सम्पन्न भइसकेको छ । अब तेस्रो तथा अन्तिम चरणका निर्वाचनपछि विहानमा आगामी ५ वर्षका लागि बन्ने सरकारको टुंगो लाग्ने छ ।

    यसै राज्यका वर्तमान मुख्यमन्त्री नितिश कुमारले यो आफ्नो अन्तिम चुनाव भएको भन्दै अर्को पटकबाट आफु विधान सभामा उम्मेदबार नबन्ने घोषणा गरेका छन्।


    बिहीबार चुनाव अभियानको समेत अन्तिम दिन हो । यस दिन आयोजित र्यालीलाई सम्बोधन गर्दै यो चुनाव अन्तिम रहेको भन्दै भोट मागेका हुन् ।

    उनले भने, ‘आज निर्वाचन प्रचारप्रसारको अन्तिम दिन हो, एक दिनपछि मतदान हुँदैछ, मलाई तपाईहरूले विधान सभाका लागि मतदान गर्ने यो अन्तिम पटक हो, अन्तिमको मौका राम्रो भयो भने सधैँ राम्रो हुन्छ।’

  • नेपाल प्रहरीमा एकै पटक खुल्यो ३६० जनालाई जागिर

    नेपाल प्रहरीमा एकै पटक खुल्यो ३६० जनालाई जागिर

    काठमाडौं । नेपाल प्रहरीले एकै पटक ३६० जनाका लाग जागिर खुलाएको छ । प्रहरीले सहयोगी तथा खेलाडीहरुलाई लक्षित गरी दरखास्त आह्वान गरेको छ । विभिन्न पदमा कुल तीन सय ६० जनाका लागि शुक्रबार प्रहरी प्रधान कार्यालय अन्तर्गत मानवश्रोत एवं प्रशासन विभाग, भर्ना छनौट महाशाखाले दरखास्त मागेको छ ।

    खुला र समावेशी गरी माली, बगैंचे, भान्छे, हजाम, सिलाइ, बुनाइ, कुचिकार र खेलाडीमा दरखास्त आह्वान गरिएको नेपाल प्रहरीले उल्लेख गरेको छ । प्रहरीले एकै पटक ९ जना माली, बगैंचे, २ सय ६१ जना भान्छे, १० जना हजाम, १५ जना सिलाइ, बुनाइतर्फ, ५० जना कुचिकार र १५ जना खेलाडीका लागि जागिर खुलाएको छ ।

    खेलाडी सहयोगीतर्फ १५ जनामा फुटबल, भलिबल, क्रिकेट, एथलेटिक्स, जुडो, कराँते, तेक्वान्दो, उसु, ब्याडमिन्टन, बक्सिङ, भारोत्तलन विधातर्फका महिला, पुरूष खेलाडीले मात्रै दरखास्त दिन पाउने गरी शर्त राखिएको छ ।

    प्रहरीमा मंसिर २ गतेदेखि पुस ६ गतेभित्र दरखास्त फारम दर्ता गन सकिने छ । खेलाडीतर्फ दरखास्त दिनेले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा मात्रै दरखास्त बुझाउन पाउने भएका छन् ।

    अन्य पदमा भने ७७ वटै जिल्ला प्रहरी कार्यालयबाट दरखास्त दिन सकिने भएको छ । दरखास्तको रकम एक सय रूपैयाँ तोकिएको छ । १८ वर्ष पुरा भएको, २५ वर्ष ननाघेको र साधारण लेखपढ गर्न सक्नेले दरखास्त दिन पाउने गरी शर्त राखिएको छ ।

  • मुम्बई आइपिएल फाइनलमा

    मुम्बई आइपिएल फाइनलमा

    दुबई । जारी इन्डियन प्रिमियर लिग (आईपीएल)मा साविक विजेता मुम्बई इन्डियन्सले फाइनलमा स्थान पक्का गरेको छ । बिहीबार राती सम्पन्न पहिलो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई ५७ रनको फराकिलो अन्तरले हराउँदै मुम्बई पाचौं उपाधी दाउ पार्ने मुडमा छ ।

    मुम्बईले दिएको २०१ रनको लक्ष्य पछ्याएको दिल्ली निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४३ रनमा रोकियो । पराजित भएपनि दिल्लीका लागि फाइनल सम्म पुग्ने अर्को बाटो भने अझै जिवित छ । शुक्रबार सनराइजर्स हैदरावाद र रोएल च्यालेन्जर्स बैंगलोरबीच एलिमिनेटर खेल हुनेछ ।

    यो खेलमा पराजित हुने टोली बाहिरिने छ भने विजेता टोलीले दिल्लीसँग भिड्ने छ । सोही खेलबाट फाइनल पुग्ने दोस्रो टोलीको टुंगो लाग्नेछ । मुम्बई फाइनल पुगेको यो छैटौं पटक हो ।

    सन् २०१० मा पहिलो पटक फाइनल पुग्दा चेन्नाई सुपर किंग्ससंग पराजित भएको मुम्बईले २०१३ मा पहिलो पटक उपाधि जितेको थियो । यस्तै २०१५, २०१७ र २०१९ मा पनि मुम्बई च्याम्पियन बनेको छ ।

    दुबईमा टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले सूर्य कुमार यादव र इशन किसनको अर्धशतक तथा हार्दिक पाण्ड्याको आक्रामक ब्याटिङ मद्दतमा २० ओभरमा ६ विकेट गुमाएर २०० रन बनाउन सक्यो ।
    दिल्लीका लागि आश्विनले ४ ओभरमा २९ रन खर्चेर ३ विकेट लिए । २०१ रनको लक्ष्य पछ्याएको दिल्लीले खराब सुरुवात गर्यो ।

    दिल्लीका लागि मार्कुस स्टोइनिङले अर्धशतक र अक्क्षर पटेलले ४२ रन जोडे । मुम्बईका जसप्रित बुमराह एक्लैले ४ विकेट लिए । ट्रेन्ट बोल्टले पहिलो ओभरमै दुई विकेट लिँदै मुम्बईको जितको आधार खडा गरिदिएका थिए ।

  • नवलपरासीमा टिपर दुर्घटना, दुई जनाको निधन

    नवलपरासीमा टिपर दुर्घटना, दुई जनाको निधन

    नवलपुर । नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) नवलपुरमा टिपर दुर्घटनामा दुई जनाको ज्यान गएको छ । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका ३ मा टिपर भिरबाट खसेको हो ।

    विनयी त्रिवेणी गाउँपालिका ३ को भुटुकेडाँडा सल्लाघारीको भित्री सडक खण्डमा होङ्शी सिमेन्ट कम्पनीबाट पाल्पाको ज्यामिरे जाँदै गरेको २–०३–००१ क ००७५ नम्बरको टिपर बिहीबार दुर्घटनामा परेको हो ।

    टिपर भिरबाट झण्डै तीन सय मिटर तल खसेको थियो । प्रहरीका अनुसार टिपर चालक बारा, सिमराका ४२ वर्षीय रामहरी थापा र सहचालक ३५ वर्षीय राजेन्द्र चौधरीको घटनास्थलमै ज्यान गएको हो ।

  • कांग्रेस नेता पाण्डे बन्ने भए सांसद

    कांग्रेस नेता पाण्डे बन्ने भए सांसद

    काठमाडौं । नेपाली कांग्रेसका महासमिति सदस्य मोहनप्रसाद पाण्डे प्रतिनिधिसभाका सांसद बन्ने भएका छन् । प्रतिनिधिसभा सदस्य सुर्यप्रसाद केसीको मृत्यु भएपछि पाण्डे सांसद बन्न लागेका हुन् ।
    केसीको मंगलबार निधन भएको हो । उनी खस आर्य कोटाबाट सांसद समानुपातिक सांसद बनेका हुन् ।

    कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातीकको बन्दसूचीमा केसीपछि पाण्डेको नाम छ । सोहीकारण उनी सांसद बन्न लागेका हुन् । २०७४ मा भएको निर्वाचनमा कांग्रेसबाट खस आर्य पुरुषको सूचिबाट पाँच जना सांसद बनेका थिए ।

    पाण्डेको नाम छैठौं नम्बरमा रहेको छ । कालीगण्डकी गाउँपालिका, स्याङ्जाका पाण्डे पहिलो संविधानसभाका भने प्रत्यक्ष निर्वाचित सभासद हुन् । उनी २०६४ को संविधानसभा निर्वाचनमा उनी प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ स्याङ्जा–३ बाट विजयी भएका थिए ।

  • भारतीय सेनाध्यक्ष नरवणेलाई नेपाली सेनाको मानार्थ महारथी उपाधी प्रदान

    भारतीय सेनाध्यक्ष नरवणेलाई नेपाली सेनाको मानार्थ महारथी उपाधी प्रदान

    काठमाडौं । भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेलाई नेपाली सेनाको मानार्थ महारथीको उपाधि प्रदान गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार शितल निवासमा आयोजित एक विशेष समारोहणमा भारतीय सेनाध्यक्षलाई उक्त उपाधी प्रदान गरेकी हुन् ।

    नेपाल र भारतबीच एक देशका सेनापति अर्को देशको मानार्थ सेनापति हुने प्रचलन लामो समयदेखि रहीआएको छ । भारतीय सेनाध्यक्ष नरवणे तीन दिने नेपाल भ्रमणका सिलसिलामा बुधबार काठमाडौं अवतरण गरेका थिए । उनी बुधबार व्यक्तिगत भ्रमणमा व्यस्त रहे ।

    आज दोस्रो दिन भने उनी व्यस्त रहे । आज उनले प्रधानसेनापतीसँग द्धिपक्षीय सैन्य सम्बन्धका विषयमा छलफल गरेका छन् । आजै नेपाल र भारतीय सेनाबीच सहयोग आदान प्रदान समेत भएको छ । उनले शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।

  • थप १८ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १०५२ पुग्यो

    थप १८ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १०५२ पुग्यो

    काठमाडौं। नेपालमा थप १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर थप १८ जनाको मृत्यु भएको हो ।

    यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ५२ पुगेको छ। यसअघि बुधबार ३० जनाको मृत्यु भएको थियो।

  • काठमाडौं उपत्यकामा १३९८ जना कोरोना संक्रमित थपिए

    काठमाडौं उपत्यकामा १३९८ जना कोरोना संक्रमित थपिए

    काठमाडौं। काठमाडौं उपत्यकामा १३९८ जना कोरोना संक्रमित थपिएका छन।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १०९१, भक्तपुरमा १४७ र ललितपुरमा १ ६० जना संक्रमित भेटिएका हुन्।

    जसमा ६०१ महिला र ७९७ जना पुरुष रहेका छन् ।

  • नेपालमा थप ३०५१ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १ लाख ८५ हजार नाघ्यो

    नेपालमा थप ३०५१ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १ लाख ८५ हजार नाघ्यो

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३०५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको परीक्षणमा थप ३०५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    जसमा १२०९ महिला र १८४२ पुरुष रहेका छन् । यससँगै कुल संक्रमितको संख्या १ लाख ८५ हजार ९७४ पुगेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३४३० जना निको भइ घर फर्केका छन्। निको हुनेको संख्या एक लाख ४८ हजार ४०८ पुगेको मन्त्रालयले जनाएको छ।

    हाल देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ५१४ रहेको मन्त्रालयले जनाएको छ।

  • सरकारले दिएको पुनरावलोकन निवेदन सर्वोच्चद्धारा खारेज, कोरोना परीक्षण र उपचार निःशुल्क गर्नुपर्ने

    सरकारले दिएको पुनरावलोकन निवेदन सर्वोच्चद्धारा खारेज, कोरोना परीक्षण र उपचार निःशुल्क गर्नुपर्ने

    काठमाडौं । सर्वोच्च अदालतले सरकारले कोरोना परीक्षण र उपचार निःशुल्क गर्ने आदेश पुनरावलोकन गर्न दिएको निवेदन खारेज गरेको छ ।

    न्यायाधीश हरिकृष्ण कार्की, सपना मल्ल प्रधान र पुरुषोत्तम भण्डारीको पूर्ण इजलासले पुनरावलोकन निवेदन खारेज गरेको हो ।

    कोरोना संक्रमणको परीक्षणको शुल्क लिनु संविधान र कानुन सम्वत भएको जिकिर गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले महान्यायाधिवक्ताको कार्यालयमार्फत पुनरावलोकनको निवेदन दिएको थियो ।

    उक्त निवेदन खारेन भएसँगै सरकारले कोरोना परीक्षण र संक्रमतिको उपचार निःशुल्क गर्नुपर्ने छ । सर्वोच्चले १५ असोजमा पीसीआर टेस्ट र उपचार निःशुल्क गर्न सरकारको नाममा परमादेश दिएको थियो ।

  • प्रधानमन्त्रीको ब्रिफिङ : ‘खतरा टाढा छैन, संकटको सामना गर्न तयार होऔं’

    प्रधानमन्त्रीको ब्रिफिङ : ‘खतरा टाढा छैन, संकटको सामना गर्न तयार होऔं’

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइपर्न सक्ने राजनीतिक संकटको सामना गर्न तयारी अवस्थामा रहन मन्त्रीहरुलाई निर्देशन दिएका छन् ।

    बिहीबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई ब्रिफिङ गर्दै सरकारमाथि चौतर्फी हमला भइरहेको आइपर्न सक्ने संकटको सामना गर्न तयारी अवस्थामा रहन निर्देशन दिएका हुन् ।

    उनले यो संकट थप जटिल बन्ने दिशतार्फ गईरहेकाले खतरा टाढा नरहेको सामना गर्न तयार रहन निर्देशन दिएको एक मन्त्रीले बताए ।

    ‘प्रधानमन्त्री चिन्तित मुद्रामा हुनुहुन्थ्यो, ‘पार्टी भित्रैबाट पनि सहयोग भएन । घेराबन्दी गरिन्छ, राजीनामा मागिन्छ । काम गर्न दिइँदैन । तर म राजीनामा दिने पक्षमा अझै छैन ।

    कुनै हालतमा म पछि हट्दिनँ’ ओलीउहाँले पार्टीको आन्तरिक राजनीति संकटमा परेको र यसले मूलुकलाई पनि संकटमा पार्न आँटेको बताउनुभयो’ एक मन्त्रीले भने, ‘सबै प्रकारका संकटहरुको सामना गर्न हामी तयारी अवस्थामा रहनुपर्छ भन्ने उहाँको आशय थियो ।’

    ‘प्रधानमन्त्रीले कस्ता खालका जतिल आएका छन् र जटिलता कसरी सिर्जना भयो भनेर चाँही भन्नुभएन, तर पार्टीभित्र देखिएका गतिरोधलाई नै उहाँले संकेत गर्नु भएको हो’ ती मन्त्रीले भने ।

    अहिले बालुवाटारमा प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष ओली र कार्यकारी अध्यक्ष प्रचण्डबीच भेटवार्ता जारी छ ।

  • बाइडेनलाई अमेरिकी चुनाव इतिहासकै सबैभन्दा धेरै मत

    बाइडेनलाई अमेरिकी चुनाव इतिहासकै सबैभन्दा धेरै मत

    काठमाडौं । डेमोक्रेटिकबाट चुनावी मैदानमा उत्रिएका उम्मेदवार जो बाइडेनले अमेरिकी राष्ट्रपति निर्वाचन इतिहासकै लोकप्रिय मत प्राप्त गरेका छन् ।

    बाइडेनले सन् २००८ को निर्वाचनमा बाराक ओबामाले प्राप्त गरेको मतभन्दापनि धेरै मत प्राप्त गरिसकेका छन् ।

    २००८ मा ओबामाले ६ करोड ९४ लाख ९८ हजार ५ सय १६ मत प्राप्त गरेका थिए भने यस पटक जो बाइडेनले अहिलेसम्म ७ करोड २१ लाख ५०.५३ प्रतिशतभन्दा धेरै मत प्राप्त गरेको अमेरिकी सञ्चार माध्यमहरुले जनाएको छन्

    केही राज्यमा मतगणना नसकिएकाले बाइडेनको मत अझ बढ्नेछ ।

    समाचार तयार पार्दाको समसम्म डेमोक्रेटिक उम्मेदवार बाइडेन २६४ इलेक्टोरल भोटसहित अगाडि रहेका छन् भने ट्रम्प २१४ इलेक्टोरल भोटसहित बाइडेनलाई टक्कर दिइरहेका छन् ।

    पेन्सिलभेनिया, नर्थ क्यारोलाइना, जर्जिया, अलास्का र नेभादा जस्ता स्थानमा मतगणना जारी नै रहेको कारण मतदानको अन्तिम निर्णय आउन अझै केही समय लाग्ने बताईएको छ ।