काठमाडौं । स्थानीय तह र केन्द्रमा रहेका सांसदहरुको पहलमा काठमाडौंमा अलपत्र परेका मानिसलाई घर पठाउन थालिएको छ । यद्दपी यो सरकारको घोषित नीति भने होइन । काठमाडौंबाट नेता तथा मन्त्रीहरुले गाडी रिजर्भ गरेर मजदुर तथा नागरिकलाई घर पठाउन थालिएको करीव एक साता भएको छ । उर्जामन्त्री वर्षमान पुनको पहलमा ४ हजारभन्दा बढी व्यक्तिलाई गाउँ पठाइएको… Continue reading लकडाउनकै बीच हजारौं मानिसले काठमाडौं छाड्दै
Author: Vishwanews.com
नेपाली सेनाले चीनबाट ल्याउने भयो स्वास्थ्य सामग्री
काठमाडौं । नेपाली सेनाले चीनबाट स्वास्थ्य सामग्री ल्याउने भएको छ । त्यसका लागि सवा २ अर्ब रुपैयाँ चीन पठाइसकेको नेपाली सेनाले जानकारी दिएको छ । सैन्य प्रवक्ता विज्ञानदेव पाण्डेले मंगलबार पत्रकारसँग भिडियो वार्ता गर्दै उक्त जानकारी गराएका हुन् । चीनका तर्फबाट खरिद सम्झौतामा हस्ताक्षर भएलत्तै सेनाले राष्ट्र बैंक मार्फत २ अर्ब २६ करोड ७ लाख… Continue reading नेपाली सेनाले चीनबाट ल्याउने भयो स्वास्थ्य सामग्री
नेपालमा ३७ हजारमा कोरोना परीक्षण, ४२ पुष्टी
काठमाडौं । नेपालमा ४२ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ । त्यसमध्ये मंगलबार मात्र १२ जना थपिएका छन् । यी संक्रमित पत्ता लगाउने क्रममा कूल ३७ हजार मानिसमा कोरोनाको परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार मंगलबार सम्म आजसम्म पीसीआर र र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) विधिबाट गरी ३६ हजार… Continue reading नेपालमा ३७ हजारमा कोरोना परीक्षण, ४२ पुष्टी
स्वास्थ्य मन्त्रालयको नयाँ अपडेट, ४२ पुगे कोरोना संक्रमित
काठमाडौं । स्वास्थ्य मन्त्रालयले मंगलबारको अध्यावधिक अपडेट सार्वजनिक गरेको छ । जसअनुसार मंगलबार साँझसम्म कोरोना संक्रमितको संख्या ४२ पुगेको छ । मंगलबार उदयपुरमा मात्र ११ जनामा कोरोना पुष्टी भएको हो । यससँगै देशभर ४२ जनामा संक्रमण पुष्टी भएको छ । मंगलबार काठमाडौंमा ३ जना र कोशी अस्पतालमा ८ जनाको नमुना पोजेटिभ पाइएको हो । यअसघि… Continue reading स्वास्थ्य मन्त्रालयको नयाँ अपडेट, ४२ पुगे कोरोना संक्रमित
नेपालका पाँचौ संक्रमितले पनि जीते कोरोना, धनगढीका युवा डिस्चार्ज
धनगढी । नेपालमा कोरोना संक्रमित मध्ये पाँचौ व्यक्तिले पनि कोरोना भाइरसको आक्रमणलाई जित्न सफल भएका छन् । कैलालीको धनगढीका युवक ३० दिनमा कोरोना जितेर घर फर्किएका हुन् । सुदूरपश्चिम क्षेत्रमै पहिलो पटक उनमा कोरोना भाइरसको संक्रमण देखिएको थियो । सेती प्रादेशिक अस्पतालमा उपचार गराइरहेका उनको मंगलबार साँझ डिस्चार्ज गरिएको अस्पतालले जानकारी दिएको छ । यससँगै… Continue reading नेपालका पाँचौ संक्रमितले पनि जीते कोरोना, धनगढीका युवा डिस्चार्ज
नेपालमा उदयपुर बन्यो कोरोना इपिसेन्टर, एकै दिन १० जनामा संक्रमण, नेपालभर ४१ जनामा कोरोना
विराटनगर । नेपालमा एकै दिन १० जनामा कोरोना संक्रमण भेटिएको छ । सबै व्यक्ति उदयपुरको भूल्केका हुन् । उदयपुरमा मंगलबार बिहान एक जनामा कोरोना संक्रमण भएको पुष्टी भएको थियो । साँझ थप ९ जनाका कोरोना संक्रमण पुष्टी भएको हो । यससँगै उदयपुर अब नेपालमा कोरोना भाइरसको इपिसेन्टर बनेको छ । यहा मात्र कूल २३ जनामा… Continue reading नेपालमा उदयपुर बन्यो कोरोना इपिसेन्टर, एकै दिन १० जनामा संक्रमण, नेपालभर ४१ जनामा कोरोना
के किम जोङ उन गम्भिर बिरामी छन् ?
काठमाडौं । उत्तर कोरियाली नेता किम जोङ उन गम्भीर बिरामी भएको पश्चिमा संचारमाध्यमले उल्लेख गरेका छन् । यद्दपी यसको पुष्टी भएको छैन । अमेरिकी गुप्तचर निकायको हवाला दिँदै सिएनएनले यसबारेमा एक रिपोर्ट गरेको छ । जसनअनुसार उनको एक शल्यक्रिया भएको थियो । त्यसपछि उनको स्वास्थ्यमा गडबडी देखिएको छ । उनी अहिले गम्भीर बिरामी भएका छन्… Continue reading के किम जोङ उन गम्भिर बिरामी छन् ?
कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख ७० हजार नाघ्यो
काठमाडौं । संसारभर कोरोना भाइरसका कारण मृत्यु हुने मानिसको संख्या १ लाख ७० हजार भन्दा माथि पुगेको छ । पछिल्लो २४ घन्टा भित्र विश्वभर ५ हजार ३ सय ३९ जनाको ज्यान गएसँगै कूल आंकडाले क्रमशः उचाई छोइरहेको छ । विश्वभर संक्रमितको संख्या २४ लाख ८० हजार नाघेको छ। संक्रमितमध्ये ६ लाख ४६ हजार २ सय… Continue reading कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख ७० हजार नाघ्यो
आज कांग्रेस पदाधिकारी बैठक बस्दै, दुई अध्यादेशबारे आधिकारिक धारणा बनाउने
काठमाडौं । आज प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्ने भएको छ । सरकारले ल्याएका दुई अध्यादेशबारे छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारी बैठक मंगलबार बस्न लागेको हो । खासगरी संवैधानिक परिषद्मा विपक्षी दलको नेता नभएपनि निर्णय दिन सक्ने व्यवस्थ र दल विभाजनलाई सहज बनाउने गरी सरकारले सोमबार दुई अध्यादेश ल्याएको थियो । त्यसमध्य एक… Continue reading आज कांग्रेस पदाधिकारी बैठक बस्दै, दुई अध्यादेशबारे आधिकारिक धारणा बनाउने
आज दिनभरजसो वर्षाको सम्भावना, नदीमा जल प्रवाह बढ्ने चेतावनी
काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा भइरहेको वर्षा आज दिनभर जसो हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोमबार रातीदेखि जारी वर्षा मंगलबार बिहान केही सुस्ताएको छ । प्रदेश नम्बर २, बागमती, गण्डकी, प्रदेश नम्बर ५ र कर्णाली प्रदेशका अधिकांश स्थानमा बर्षा जारी रहेको मौसम विज्ञान विभागले जानकारी दिएको छ । ती स्थानहरुमा मेघ… Continue reading आज दिनभरजसो वर्षाको सम्भावना, नदीमा जल प्रवाह बढ्ने चेतावनी
पर्यटन क्षेत्रमा एक खर्ब ६० अर्ब क्षतिको आंकलन, वार्षिक एक महिना पर्यटन विदाको योजना
काठमाडौं । कोरोनाका कारण धरासायी भएको पर्यटन क्षेत्रलाई उकास्न सरकारले वार्षिक एक महिना पर्यटन विदा दिने योजना बनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले कोरोना संक्रमण रोकिएपछि आन्तरिक पर्यटकमार्फत पर्यटन क्षेत्र बचाउन एक महिना विदा दिने गरि योजना बनाइरहेको जानकारी दिएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले ‘कोरोना महामारीले पर्यटन… Continue reading पर्यटन क्षेत्रमा एक खर्ब ६० अर्ब क्षतिको आंकलन, वार्षिक एक महिना पर्यटन विदाको योजना
अध्यादेशबारे कांग्रेसले भन्यो : बेमौसमको बाँसुरी
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारले ल्याएको अध्यादेशलाई बेमौसमको बाँसुरीको संज्ञा दिएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारले आज जारी गरेका अध्यादेशबारे प्रतिक्रिया सार्वजनिक गर्दै यस्तो बताएका हुन् । उनले अध्यादेश आउनु इतिहासकै सबैभन्दा दुःखद घटना भएको उल्लेख गरेका छन् । कोरोना भाइरसको महामारी फैलिरहेका बेला अध्यादेश जारी हुनुलाई संकटको घडीमा सत्ताको… Continue reading अध्यादेशबारे कांग्रेसले भन्यो : बेमौसमको बाँसुरी
नेकपा सचिवालय बैठक चल्दाचल्दै अध्यादेश पारित, बैठकको औचित्य नभएको प्रतिक्रिया
काठमाडौं । सरकारले पार्टीमा बीना छलफल दुई वटा अध्यादेश पारित गरेसँगै राजनीतिक मौहाल गर्माएको छ । यसै सन्दर्भमा नेकपा अध्यक्ष प्रचण्डको आग्रहमा सोमबार साँझ नै नेकपा सचिवालय बैठक बस्यो । तर, बैठकले कुनै ठोस निर्णय भने नगरेको नेकपाका प्रवक्ता तथा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले जानकारी दिए । उनका अनुसार सचिवालय बैठक बस्दाबस्दै राष्ट्रपतिबाट अध्यादेश पारित… Continue reading नेकपा सचिवालय बैठक चल्दाचल्दै अध्यादेश पारित, बैठकको औचित्य नभएको प्रतिक्रिया
राष्ट्रपतिबाट दुबै अध्यादेश जारी
काठमाडौं । मन्त्रीपरिषद् बैठकले सोमबार सिफारिस गरेका दुई अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले आजै जारी गरिदिएकी छिन् । मन्त्रिपरिषद्ले सिफारिस गरेर शितल निवास पठाएको दुबै अध्यादेश राष्ट्रपतिबाट तत्काल जारी भएको हो । राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश २०७७ र संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन अध्यादेश,२०७७ जारी भएको राष्ट्रपति कार्यालयले जनाएको… Continue reading राष्ट्रपतिबाट दुबै अध्यादेश जारी
अब विपक्षी दलको नेताबीनै संवैधानिक परिषद्ले निर्णय गर्न सक्ने
काठमाडौं । अब विपक्षी दलका नेता उपस्थित नभए पनि संवैधानिक परिषद्को बैठक बस्न र बैठकले निर्णय गर्न सक्ने भएको छ । सरकारले सोमबार दुई अध्यादेश जारी गरेको छ । जसमा पहिलो अध्यादेश राजनीतिक दलको विभाजनसम्बन्धी थियो भने दोस्रो चाही संवैधानिक परिषद्सम्बन्धी थियो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दल र संवैधानिक… Continue reading अब विपक्षी दलको नेताबीनै संवैधानिक परिषद्ले निर्णय गर्न सक्ने
सरकारले गर्यो अध्यादेशबाट दल फुटाउने कानून संशोधन, चौतर्फी आलोचना
काठमाडौं । देश कोराना कहरमा छ, जनता भोक र अभावसँग जुधिरहेका छन् । यस्तो अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत राजनीतिक दल त्यागसम्बन्धी कानून संशोधन गरिदिएको छ । हुनपर्ने प्राथमिकता एकातर्फ छाडेर सरकारले गरेको यो अलोकप्रिय निर्णयको भने चौतर्फी आलोचना भइरहेको किनकी अहिले कोरोना त्रासका कारण संसदसमेत बस्न सक्ने अवस्था छलेर सरकारले अध्यादेश… Continue reading सरकारले गर्यो अध्यादेशबाट दल फुटाउने कानून संशोधन, चौतर्फी आलोचना
क्यानडा गोलीकाण्ड : एक व्यक्तिले लिए १६ को ज्यान
नोभा स्कोसा । क्यानडामा एक व्यक्तिले अन्धाधुन्ध गोली चलाएर १६ जनाको ज्यान लिएका छन् । क्यानडाको नोभा स्कोसा प्रान्तमा एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा १६ जनाको मृत्यु भएको अन्तरराष्ट्रिय संचारमाध्यमले जनाएका छन् । प्रहरीको बर्दी लगाएका बन्दुकधारीले ग्रामीण बजार पोर्तापिक्युमा शनिबार रातिदेखि लगातार १२ घण्टासम्म गोली काण्ड मच्याएको बताइएको छ । स्थानीय प्रहरीका अनुसार… Continue reading क्यानडा गोलीकाण्ड : एक व्यक्तिले लिए १६ को ज्यान
आज नेपालबाट रुसले आफ्ना नागरिक लैजाने
काठमाडौं । आज नेपालबाट रुसले आफ्ना नागरिकलाई फिर्ता लैजाने भएको छ । रुसको रोयल फ्लाइट एयरलाइन्स बिहान काठमाडौं अवतरण गर्दैछ । जहाजले लकडाउनपछि नेपालमा अडकिएका नागरिकलाई रुस फिर्ता लैजाने रुसी दूतावासले जनाएको छ । जहाज १ बजे काठमाडौंबाट फिर्ता हुनेछ । यो जहाजको उडान मस्कोसम्मको हो । उक्त जहाजले काठमाडौंमा रहेका १ सय ४३ यात्रु… Continue reading आज नेपालबाट रुसले आफ्ना नागरिक लैजाने
अमेरिकामा कोरोना कहर जारी, मर्नेको संख्या ४१ हजार नाघ्यो
न्यूयोर्क । अमेरिकामा कोरोना भाइरसले मानिसको ज्यान लिने क्रम जारी छ । सोमबार बिहानसम्मको तथ्यांक अनुसार यहाँ मृत्यु हुनेको संख्या ४१ हजार नाघेको छ । अमेरिकामा यस भाइरसबाट ४१ हजार ३ सय ७९ जनाको ज्यान गएको छ । यस मुलुकमा ७ लाख ६९ हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । संसारमा बढी मानिस मर्ने… Continue reading अमेरिकामा कोरोना कहर जारी, मर्नेको संख्या ४१ हजार नाघ्यो
सीमा पारी आमाको किरिया बसेका भट्टलाई नेपाल ल्याइयो
काठमाडौं । नेपालमा लकडाउन भएपछि सीमा पारी रोकिएका नेपालीमध्ये एक बासुदेव भट्टलाई दोहोरो पिडा आइपर्यो । घरमा आमाको निधन भएपछि किरिया गर्न घरमा आउन हिँडेका उनी सीमा नाकामै रोकिएपछि क्वारेन्टाइन स्थलमै किरिया बसेका थिए । संचारमाध्यमबाट यो खबर सार्वजनिक भएसँगै गृह मन्त्रालयले उनलाई घर फर्काउन निर्देशन दिएको थियो । सोहीकारण उनलाई स्थानीय प्रशासनको पहलमा नेपाल… Continue reading सीमा पारी आमाको किरिया बसेका भट्टलाई नेपाल ल्याइयो
उद्योगका श्रमिकले लकडाउन अवधिभरको तलव पाउने
काठमाडौं । नेपालका औद्योगिक प्रतिष्ठानमा कार्यरत श्रमिकले लकडाउन अवधिको पारिश्रमिक पाउने भएका छन् । निजी क्षेत्र, श्रमिकहरुको छाता संगठन र सरकारबीच यस सम्बन्धमा त्रिपक्षीय सहमति जुटेको छ । उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयमा आईतबार भएको छलफलमा यो सहमति जुटेको हो । मन्त्रालयका अनुसार नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, घरेलु तथा साना उद्योग महासंघ,… Continue reading उद्योगका श्रमिकले लकडाउन अवधिभरको तलव पाउने
नेपालका चौथो संक्रमित पनि निको भएर घर फर्किए
धनगढी । नेपालमा कूल ३१ जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको छ । यसरी संक्रमण पुष्टी भएका ३१ जनामध्ये १२ जना भारतीय रहेका छन् । नेपाल भित्रका नागरिकमध्ये पनि ४ जना भने निको भएर घर फर्किएका छन् । आइतबार धनगढीस्थित सेती अस्पतालमा उपचाररत कोरोना संक्रमित युवक निको भएर घर फर्किएका हुन् । कैलाली लम्कीचुहा नगरपालिका–९… Continue reading नेपालका चौथो संक्रमित पनि निको भएर घर फर्किए
विश्वभर कोरोनाका कारण २८ गैरआवासीय नेपालीको मृत्यु
काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरसले २८ जना गैरआवासीय नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघले उपलब्ध गराएको तथ्यांक अनुसार शनिबार साँझसम्म उक्त संख्यामा एनआरएनको मृत्यु भएको हो । एनआरएनका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित कोभिड –१९ उच्चस्तरीय समिति, स्वास्थ्य उपसमितिले संकलन गरेको तथ्यांकअनुसार बेलायतमा १७, अमेरिकामा ८, संयुक्त अरब इमिरेट्समा दुई र आयरल्याण्डमा… Continue reading विश्वभर कोरोनाका कारण २८ गैरआवासीय नेपालीको मृत्यु
कोरोनाले जापानको स्वास्थ्य प्रणाली नै जोखिममा जाने चेतावनी
टोकियो । कोरोना भाइरसले संसारका विकसित मुलुकलाई हायलकायल पारेको छ । किनकी उनीहरुलाई चूनौति गिर्दो साँख जोजाउनु पनि रहेको छ । गरिब त यसै गरिब, उसलाई खासै गुमाउनु केही छैन । तर, विकसित मुलुकलाई आफ्ना नागरिकको जीवन बचाउनु एकातर्फ छ भने आफ्नो मुलुकको स्वास्थ्य प्रणालीबार् विश्वभर उठिरहेको प्रश्नको जवाफ दिनु र त्यो साँखा गिरेको छैन… Continue reading कोरोनाले जापानको स्वास्थ्य प्रणाली नै जोखिममा जाने चेतावनी
स्पेनमा थामिदैछ कोरोना कहर, लकडाउन खुकुलो बनाइने
स्पेन । यूरोपमा इटलीपछि कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा बढी प्रभावित स्पेनमा अब कोरोनाको उच्चतम गति घट्न थालेको छ । यसलाई त्यहाको सरकारको कोरोना नियन्त्रणउन्मुख रहेको विश्लेषण समेत गरेको छ । सोहीकारण कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि पाँच हप्तादेखि जारी लकडाउनका कारण घरभित्रै बसिरहन बाध्य स्पेनका बालबालिका घर बाहिर निस्किन पाउने गरी निर्णय भएको… Continue reading स्पेनमा थामिदैछ कोरोना कहर, लकडाउन खुकुलो बनाइने
सडकमा पैसा फ्याक्दै हिड्ने महिलामा आरडिटी रिपोर्ट पोजेटिभ
जनकपुरधाम । जनकपुरको महावीर चोकमा पैसा फालेर फरार दुई महिना पक्राउ परेका छन् । पक्राउ लगत्तै उनीहरुको आरडिटी विधिबाट कोरोना परीक्षण गरिएको थियो । जसमा एक महिनामा आरडीटी रिपोर्ट पोजेटिभ आएको प्रादेशिक अस्पताल जनकपुरले जानकारी दिएको छ । कोरोना भाइरस संक्रमणको संत्रास फैलिरहेका बेला शुक्रबार जनकपुरमा दुई जना महिलाले सडकमा पैसा फ्याँक्दै हिँडेका थिए ।… Continue reading सडकमा पैसा फ्याक्दै हिड्ने महिलामा आरडिटी रिपोर्ट पोजेटिभ
शनिबार नेपालमा थपिए एक संक्रमित, अब कुल ३१ जनामा संक्रमण
काठमाडौं । नेपालमा थप एक जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार यो सँगै संक्रमितको संख्या नेपालमा ३१ पुगेको छ । मन्त्रालय स्रोतका अनुसार रौटहतमा १२ जनामा कोरोना देखिएकै समूहका थप एक जनामा कोरोना पुष्टी भएको हो । नयाँ संक्रमित ३१ वर्षिय पुरुष भएको मन्त्रालयले जनाएको छ । उनी पनि भारतीय नागरिक… Continue reading शनिबार नेपालमा थपिए एक संक्रमित, अब कुल ३१ जनामा संक्रमण
बेलायतमा कोरोनाका कारण १६ नेपालीको गयो ज्यान
लण्डन । कोरोना भाइरसको संक्रमणबाट बेलायतमा मात्र १६ जना नेपालीको मृत्यु भएको छ । लन्डनस्थित नेपाली दूतावासका अनुसार शुक्रबारसम्म १६ जना नेपालीको मृत्यु भएको पुष्टी भएको छ । कोरोनाका कारण ज्यान गुमाउनेमा धेरैजसो पूर्वगोर्खा सैनिक र दीर्घरोगी रहेका छन् । बेलायतमा १५ जना नेपाली भने कोरोनाको संक्रमणलाई जित्दै निको भइसकेका छन् । अहिले विभिन्न अस्पतालमा… Continue reading बेलायतमा कोरोनाका कारण १६ नेपालीको गयो ज्यान
कोरोना संक्रमित बागलुङकी ६५ वर्षीया महिला पनि डिस्चार्ज
पोखरा । कोरोना सम्बन्धी शनिबार नेपालमा दुई उत्साहजनक खबर सार्वजनिक भएका छन् । कोरोनाबाट दोस्रो संक्रमित युवती अस्पतालबाट डिस्चार्ज भएकै दिन बागलुङकी ६५ वर्षीया महिला पनि डिस्चार्ज भएकी छिन् । यससँगै नेपालमा तीन जनाले कोरोना रोगलाई जित्दै घर फर्कन सफल भएका छन् । नेपालमा कूल ३० जनामा संक्रमण पुष्टी भएको छ । त्यसमध्ये एक जना… Continue reading कोरोना संक्रमित बागलुङकी ६५ वर्षीया महिला पनि डिस्चार्ज
उदयरपुरमा कोरोना संक्रमितलाई विराटनगर लगियो, सबैको अवस्था सामान्य
विराटनगर । उदयपुरमा कोरोना संक्रमण पुष्टी भएका १२ सहित कूल १६ जनालाई विराटनगर लगिएको छ । एउटै मस्जिदमा बसेका १६ मध्ये १२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । ४ जनामा भने नेगेटिभ देखिएको छ । तर , उनीहरु पनि अब क्वारेन्टाइनमा भने बस्नु पर्नेछ । १२ जनालाई भने कोरोना अस्पतालमा भर्ना गरिएको छ ।… Continue reading उदयरपुरमा कोरोना संक्रमितलाई विराटनगर लगियो, सबैको अवस्था सामान्य