वीरगन्ज । कोरोनाबाट प्रभावित क्षेत्र वीरगञ्जमा सर्वसाधारणको उपस्थितिलाई अब कम गरिने भएको छ । बिहीबारदेखि अत्यावश्यक वस्तुका पसल बिहान ७ बजेसम्म मात्र खोल्न पाइने गरी स्थानीय प्रशासनले सूचना जारी गरेको छ । खाद्यान्न, दूध, ग्यास, तरकारीजस्ता अत्यावश्यक वस्तुको किनमेल बिहान ७ बजेसम्म मात्र गर्न पाइने प्रशासनले जनाएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले बुधबार जारी… Continue reading वीरगन्जमा अत्यावश्यक सामानको किनमेल ७ बजेसम्म मात्र
Author: Vishwanews.com
नेपाल एयरलाइन्सको कार्यकारी अध्यक्षमा घिमिरे नियुक्त
काठमाडौं । सरकारले नेपाल एयरलाइन्सलाई हाक्ने जिम्मेवारी पूर्वसचिव सुशील घिमिरेलाई दिएको छ । मंगलबार बसेको मन्त्रीपरिषद्को बैठकले घिमिरेलाई कार्यकारी भूमिकासहितको अध्यक्ष पद दिएको हो । करीव ४० अर्ब ऋण बोकेको यो कम्पनीलाई माथि उकास्न घिमिरेको भूमिका महत्वपूर्ण हुने छ । किनकी उनी नेपाल एयरलाइन्समा करीव १८ महिना संचालक समिति अध्यक्षको भूमिकामा समेत रहेर काम गरिसकेका… Continue reading नेपाल एयरलाइन्सको कार्यकारी अध्यक्षमा घिमिरे नियुक्त
कुवेतमा कोरोना संक्रमित नेपाली १४ पुगे
कुवेत । धेरै नेपाली कामदार रहेको कुवेतमा कोरोनाबाट नेपाली नागरिक संक्रमित हुने क्रम बढेको छ । बुधबारको तथ्यांक अनुसार कुवेतमा बसिरहेका १४ जना नेपालीमा कोरानाको संक्रमण भएको छ । कुवेतको स्वास्थ्य मन्त्रालयले बुधबार सार्वजनिक गरेको तथ्यांकमा यस्तो देखिएको हो । सङ्क्रमित सबैको स्वास्थ्य अवस्था स्थिर रहेको छ । कुवेतले सबै संक्रमितलाई समान व्यवहार गरी उपचार… Continue reading कुवेतमा कोरोना संक्रमित नेपाली १४ पुगे
नेपालमा रेकर्ड ब्रेक परीक्षण, थपिएनन् संक्रमित
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टा भित्र अहिलेसम्मकै बढी मानिसमा कोरोना परीक्षण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा ३ हजार मानिसमा कोरोनाको परीक्षण भएको हो । तर, यस परीक्षणबाट कुनै पनि मानिसमा कोरोनाको संक्रमण पुष्टी भएन । यसअघि मंगलबार दुई जनामा कोरोना पुष्टी भएसँगै नेपालमा कूल संक्रमित १६ पुगेको छ ।… Continue reading नेपालमा रेकर्ड ब्रेक परीक्षण, थपिएनन् संक्रमित
सनसीटीमा ३ सय जनाको आरडीटी टेस्टमा कोरोना नेगेटिभ
काठमाडौं । भक्तपुरको पेप्सिकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टमा आज करीव ३ जना व्यक्तिमा कोरोनाको परीक्षण भएको छ । कोरोना संक्रमण पुष्टी भएका दुई जना नागरिक बस्ने ब्लकमा आज र्यापिड टेस्ट (आरडीटी) प्रविधिबाट कोरोनाको परीक्षण गरिएको हो । परीक्षणमा नतिजा नेगेटिभ आएको छ । यसले उक्त क्षेत्रमा दुई दिनदेखि व्याप्त डर केही हदसम्म कम भएको छ… Continue reading सनसीटीमा ३ सय जनाको आरडीटी टेस्टमा कोरोना नेगेटिभ
अमेरिकामा कोरोना संक्रमित ६ लाख माथि
न्यूयोर्क । कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित मानिसको संख्या ६ लाख नाघेको छ । बुधबार बिहानसम्मको तथ्याङ्कअनुसार अमेरिकामा अहिलेसम्म कोरोना भाइरसबाट ६ लाख ८ हजार नाघेको हो । अमेरिकामा मृत्यु हुने मानिसको संख्या २५ हजार ९ सय ८१ पुगेको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट २ हजार १ सय २९ जनाको मृत्यु… Continue reading अमेरिकामा कोरोना संक्रमित ६ लाख माथि
लकडाउनको पिडा-विदेशमा आफन्तको शव, नेपाल ल्याउन पाइएन
काठमाडौं । कोरोना भाइरसको संक्रमण र त्यसको नियन्त्रणका लागि चालिएको कदम लकडाउन । यसले अन्ततः समाज र व्यक्तिका धेरै पाटोमा असर पार्न थालेको छ । मानिसहरुले जोहो गरेर राखेको खाद्यान्न सकिन लागेको छ । धेरै मानिसका योजना र सपना चकनाचुर पारिदिएको छ । यो त सामान्य समस्या भयो । अहिले कतिपयलाई आफन्त गुमाउनुको पिडामा मृत… Continue reading लकडाउनको पिडा-विदेशमा आफन्तको शव, नेपाल ल्याउन पाइएन
चट्याङको असर विद्यूत प्रसारणमा, देशभर एकै पटक गयो लाइन
काठमाडौं । हावाहुरी र चट्याङले मुलुकभरको विद्यूत प्रसारण लाइनमा असर गरेको छ । बुधबार राती पौने ९ बजे देभैभर लाइन गएको हो । यसले करिब १५ मिनेट देश अन्धकार बनेको छ । राष्ट्रिय विद्युत प्रसारण लाइनमार्फत वितरित विद्युत सेवा पूर्ण रुपमा अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरणले जानकारी दिएको छ । अवरुद्ध सेवा सूचारु गर्न तत्काल… Continue reading चट्याङको असर विद्यूत प्रसारणमा, देशभर एकै पटक गयो लाइन
नेपालमा एकै दिन १८ सयमा कोरोनाको परीक्षण
काठमाडौं । नेपालमा एकै दिन १८ सयभन्दा बढी मानिसमा कोरोनाको परीक्षण भएको छ । सरकारले पछिल्ला दिनमा कोरोना परीक्षणलाई तिब्रता दिएको हो । यससँगै हालसम्म करिब १३ हजार मानिसमा कोरोनाको परीक्षण भएको हो । जसबाट १६ जनामा कोरोना पुष्टी भएको छ । कोरोना पुष्टी भएकामध्ये १४ जना विदेशबाट आएका व्यक्ति हुने । एक जनालाई परिवारबाटै… Continue reading नेपालमा एकै दिन १८ सयमा कोरोनाको परीक्षण
र्यापिड टेस्टले काभ्रेका दुई युवामा देखायो कोरोना पोजेटिभ
काभ्रे । नेपालमा लकडाउन शुरु हुनु अगाडी नै छिरिसकेका काभ्रेका दुई युवामा र्यापिड टेस्टका दौराना कोरोनाको लक्षण पोजेटिभ पाइएको छ । अब उनीहरुको पीसीआर विधिबाट फाइनल परीक्षण गरिने छ । उक्त परीक्षणसमेत समेत पोजेटिभ देखाएमा भने उनीहरुमा कोरोना पुष्टी हुनेछ । उनीहरु दुबै जनालाई मंगलबार धुलिखेल अस्पताल ल्याइएको छ । आजै उनीहरुको पीसीआर विधिबाट परीक्षण… Continue reading र्यापिड टेस्टले काभ्रेका दुई युवामा देखायो कोरोना पोजेटिभ
नेपालमा १२ दिन बढ्यो लकडाउन
काठमाडौं । नेपालमा लकडाउन १२ दिन थप भएको छ । सरकारले कोरोना भाइरस रोकथामका लागि जारी राखेको लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको हो । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो । यस अवधिसम्म आन्तरिक तर्फको हवाई उडान समेत बन्द हुने भएको छ । अन्तर्राष्ट्रिय हवाई उडान १८ वैशाखसम्म बन्द छ ।… Continue reading नेपालमा १२ दिन बढ्यो लकडाउन
सनसीटी अपार्टमेण्टमा बस्ने दुई जनामा कोरोना पुष्टी
भक्तपुर । सोमबार साँझ सनसीटी अपार्टमेन्टबाट अस्पताल भर्ना भएका तीन जना मध्ये दुई जनामा कोरोना पुष्टी भएको छ । यससँगै अब नेपालमा कोरोना संक्रमितको संख्या १६ पुगेको छ । आमा, छोरा र बुहारी मध्ये आमा र छोरामा कोरोना पुष्टी भएको हो । तर, बुहारीको भने नेगेटिभ आएको छ । भक्तपुरको पेप्सीकोला–टाउनप्लानिङमा रहेको सनसिटी अपार्टमेन्टमा एकै… Continue reading सनसीटी अपार्टमेण्टमा बस्ने दुई जनामा कोरोना पुष्टी
भीआइपीका सुरक्षाकर्मी कटौती हुने, सीमामा थप बल पठाउने तयारी
काठमाडौं । भारतमा कोरोना भाइरसको बढ्दो संक्रमण र नेपालमा हुन सक्ने अनाधिकृत प्रवेश रोक्न सीमा नाकामा सुरक्षा बल थप हुने भएको छ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले भीआईपीको सुरक्षामा अनावश्यक रहेका सुरक्षाकर्मीलाई फिर्ता बोलाएर सीमामा बल खटाउन प्रहरी प्रशासनलाई निर्देशन दिएका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबाट विशिष्ट व्यक्तिको सुरक्षामा खटाइएका उनीहरुलाई… Continue reading भीआइपीका सुरक्षाकर्मी कटौती हुने, सीमामा थप बल पठाउने तयारी
मंगलबारसमेत हावाहुरी र चट्याङको सम्भावना
काठमाडौं । नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभावले मौसममा प्रभाव पार्न थालिसकेको छ । जसले गर्दा मंगलबारसमेत देशका विभिन्न स्थानमा मेघ गर्जन, हावाहुरी र चट्याङसहित पानी पर्ने संभावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मंगलबार दिउँसो पुर्व, मध्य र पश्चिमी भेगका केहि स्थानमा पानी पर्ने विभागले उल्लेख गरेको छ । मौसम पुर्वानुमान… Continue reading मंगलबारसमेत हावाहुरी र चट्याङको सम्भावना
नेपालमा थपिदैछ लकडाउन, आज मन्त्रीपरिषद् बैठक
काठमाडौं । सरकारले नेपालमा लकडाउन लब्याउने तयारी गरेको छ । सोही प्रयोजनका लागि आज मन्त्रीपरिषद् बैठक समेत बोलाइएको छ । बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले एकसाता लकडाउन थप्ने निर्णय गर्ने तयारी गरिएको छ । सरकारले अन्तिमपटक थपेको लकडाउनको अवधि भोली सकिदैछ । मुलुकभित्र कोरोना सङ्क्रमितको संख्या पछिल्लो साता बढेको छ । सोहीकारण… Continue reading नेपालमा थपिदैछ लकडाउन, आज मन्त्रीपरिषद् बैठक
कोरोनाले अमेरिकामा मात्र साढे २३ हजारको मृत्यु
न्यूयोर्क । कोरोना भाइरसको संक्रमणका कारण अमेरिकामा मात्र करीव २४ हजार मानिसको ज्यान गएको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार कोरोनाका कारण सोमबार साँझसम्म २३ हजार ६ सय ४० जना मानिसिको ज्यान गएको छ । यो कुनै पनि मुलुकमा कोरोना भाइरसको संक्रमणबाट भएको सर्वाधिक मानवीय क्षति हो । विश्वभर भने मृत्यु हुनेको संख्या १… Continue reading कोरोनाले अमेरिकामा मात्र साढे २३ हजारको मृत्यु
भ्याक्सिन नबनेसम्म कोरोना नियन्त्रणमा नआउने
जेनेभा । कोरोना भाइरसको भ्याक्सिन नबनेसम्म यसको संक्रमण नियन्त्रणमा आउन नसक्ने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले स्पष्ट पारेको छ । कोरोना भाइरस संक्रमणलाई एक प्रभावकारी भ्याक्सिनले मात्र रोक्न सक्ने संगठनको भनाई छ । भ्याक्सिन नबनेसम्म कोरोनाको संक्रमणलाई केही हदसम्म नियन्त्रणमा राख्न सकिएपनि पूर्णरुपमा निर्मुल गर्न भने नसकिने डब्लुएचओले जानकारी गराएको छ । डब्लुएचओका प्रमुख डा. टेड्रोस… Continue reading भ्याक्सिन नबनेसम्म कोरोना नियन्त्रणमा नआउने
र्यापिड टेस्टले पोजेटिभ देखिएको नमुना पिसिआर टेष्टमा नेगेटिभ
पोखरा । कोरोना भाइरस संक्रमणको आशंकामा बागलुङमा अहिले द्रुत परिक्षण (र्यापिड डाइगोनोस्टिक टेष्ट) जारी रहेको छ । आइतबार र्यापिड टेस्टले पोजेटिभ देखाएको एक नमुना अन्ततः नेगेटिभ सावित भएको छ । ६५ वर्षिय महिलामा पोजेटिभ देखिएको थियो । काठेखोला–६ मा कूल ५७ जनामा गरिएको परिक्षणबाट एक महिलामा पोजेटिभ देखिएको थियो । र्यापिड टेष्टका क्रममा पोजेटिभ देखिएपछि… Continue reading र्यापिड टेस्टले पोजेटिभ देखिएको नमुना पिसिआर टेष्टमा नेगेटिभ
जुल्याहा शिशुको नाम कोरोना र भाइरस
हुम्ला । कोरोना भाइरसको संक्रमण विश्वव्यापी छ । यसले नेपाल पनि अछुतो छैन । यसै सन्दर्भमा हुम्ला सदरमुकाम सिमकोटस्थित जिल्ला अस्पतालको प्रसूतिगृहमा सिमकोट गाउँपालिका वडा नं ८ याङ्गु गाउँकी वीरमता शाहीले जन्माएका जुम्ल्याहा शिशुको नाम नै कोरोना र भाइरस राखिएको छ। संसारभर फैलिएको कोरोना र नेपालमा समेत यसको संक्रमणको त्रासका समयमा जन्मिएकाले बच्चाको नाम यस्तो… Continue reading जुल्याहा शिशुको नाम कोरोना र भाइरस
बढ्दैछन् कोरोना संक्रमित, तर लकडाउन तोड्ने उत्तिकै
काठमाडौं । नेपालमा काठमाडौं उपत्यकासहित देशभर कोरोनाको संक्रमण निरन्तर बढिरहेको छ । पछिल्लो २ दिनमा ५ जना थप संक्रमित बढे । तीन जना उच्च जोखिममा रहेका छन् । उनीहरुको परिक्षण जारी रहेको छ । तर, यसले काठमाडौंबासीलाई कुनै मतलव नभएको जस्तो भान हुन्छ । किनकी साँझ परेपछि तरकारी किन्ने बाहना र बिहान मर्निग वाकमा जाने… Continue reading बढ्दैछन् कोरोना संक्रमित, तर लकडाउन तोड्ने उत्तिकै
कोरोना परिक्षण ५२ जिल्लामा बिस्तार
काठमाडौं । नेपालमा कोरोनाको परिक्षण ५२ जिल्लामा बिस्तार भएको छ । सरकारले ५२ जिल्लाबाट कोभिड–१९ को परीक्षण सुरु गरेको जानकारी दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार रियल टाइम पोलिमरेज चेन्ज रियाक्सन (पीसीआर) र र्यापिड डाइग्नोष्टिक टेष्ट गरी दुवै विधिबाट ५२ जिल्लामा परीक्षण शुरु गरिएको छ । अहिले पीसीआरबाट देशभर… Continue reading कोरोना परिक्षण ५२ जिल्लामा बिस्तार
बेलायतबाट फर्किएका पेप्सीकोलाका तीन जनामा कोरोनाको लक्षण
काठमाडौं । बेलायतबाट फर्किएपछि पनि घरमै लुकेर बसिरहेका एकै परिवारका तीन जनामा कोरोनाको लक्षण देखिएको छ । उनीहरुको र्यापिड टेष्टमा पोजेटिभ रिपोर्ट आएको छ । विदेशबाट फर्किएपछि पनि अस्पताल जचाउन नगएका उनीहरुबारे छिमेकीले प्रहरीलाई खबर गरेका थिए । उनीहरु आएपछि नै छिमेकीमा भने त्रास बढेको बताईको छ । उनीहरु पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्दै आएका थिए… Continue reading बेलायतबाट फर्किएका पेप्सीकोलाका तीन जनामा कोरोनाको लक्षण
कैलाली र रौटहतमा भेटिए कोरोना संक्रमित, कूल संक्रमण १४ जनामा
काठमाडौं । नेपालमा कैलाली र रौटहतमा कारोना भाइरस (कोभिड–१९)का एक एक जना संक्रमित फेला परेका छन् । सोमबार दुई जनामा बढेसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १४ पुगेको छ । वीरगन्जमा चिया पसल गरेर बस्ने एक ६५ वर्षिय महिलामा कोरोना देखिएको हो । उनी कैलाली निवासी रहेको बुझिएको छ । यता, भारतको राजधानी नयाँ दिल्लीबाट… Continue reading कैलाली र रौटहतमा भेटिए कोरोना संक्रमित, कूल संक्रमण १४ जनामा
लकडाउनले घरभित्रै थुनेको नयाँ साल
काठमाडौं । आज विक्रम संवत् २०७७ वैशाख १ गते, नयाँ वर्षको पहिलो दिन नेपालभर हर्षोल्लासपूर्ण तरिकाले मनाइँदैछ। सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग शुरु गर्ने दिन वैशाख सङ्क्रान्ति हो । त्यसकारण यस दिनलाई धार्मिक र सामाजिक मान्यता अनुसार पनि वर्षका जेठो दिन मानिन्छ । नयाँ वर्षले हरेक पटक उत्साह बोकेर आउँछ ।… Continue reading लकडाउनले घरभित्रै थुनेको नयाँ साल
राष्ट्रपतिको कामना : साझा प्रयासले कोरोनाविरुद्ध जीत प्राप्त हुनेछ
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले साझा प्रयासबाट कोरोना भाइरसविरुद्ध जीत प्राप्त हुने बताएकी छिन् । नयाँ वर्ष २०७७ को उपलक्ष्यमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपतिले नयाँ वर्षमा आपसी सहयोग, लोककल्याण, त्याग र समर्पणलाई अझ सशक्त बनाउनु पर्ने बताएकी छिन् । उनले कोरोनाभाइरस सिर्जित यस विपदमा साझा प्रयास गर्दा मानवजातिको जीत सुनिश्चित रहेको बताएकी छिन् ।… Continue reading राष्ट्रपतिको कामना : साझा प्रयासले कोरोनाविरुद्ध जीत प्राप्त हुनेछ
नयाँ वर्षमा प्रधानमन्त्रीको लोकप्रिय निर्णय, कोरोना नसकिएसम्म पारिश्रमिक नलिने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको महामारी समाप्त नभएसम्म तलव नलिने घोषणा गरेका छन् । नयाँ वर्षमा देशबासीलाई उपहारस्वरुप उनले तलव नलिने घोषणा गरेका हुन् । उनले बुझ्ने सबै तलव सिधै कोभिड–१९ प्रधानमन्त्री राहत कोषमा जम्मा हुने भएको छ । नयाँ वर्ष २०७७ को अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्रीले यस्तो घोषणा गरेका… Continue reading नयाँ वर्षमा प्रधानमन्त्रीको लोकप्रिय निर्णय, कोरोना नसकिएसम्म पारिश्रमिक नलिने
नेपालमा साढे ८ हजार जनामा कोरोना परिक्षण, १२ जनामा पुष्टी
काठमाडौं । नेपालमा अहिलेसम्म साढे ८ हजार मानिसमा कोरोना परिक्षण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ५ सय भन्दा बढी मानिसको नमुना परीक्षण गरिएको छ । मन्त्रालयका अनुसार पीसीआर मेसिनबाट ५ हजार १८४ र र्यापिट टेष्ट किटबाट ३ हजार ३२१ गरी कुल ८ हजार ५ सय ५ जनाको नमुना परीक्षण गरिएको… Continue reading नेपालमा साढे ८ हजार जनामा कोरोना परिक्षण, १२ जनामा पुष्टी
कोरोनालाई जितेर निको भए बेलायती प्रधानमन्त्री बोरिस
लण्डन । कोरोना भाइरसको संक्रमणबाट गम्भीर बिरामी भएका बेलायती प्रधानमन्त्री बोरिस जोनसनले कोरोनालाई परास्त गर्न सफल भएका छन् । अन्ततः उनी उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन्। यसअघि एक साता अगाडी उनीलाई अस्पताल भर्ना गरिएको थियो । तीन दिन सम्म उनलाई लन्डनको सेन्ट थोमस अस्पतालमा आइसियूमा राखेर उपचार गर्नु परेको थियो । निको भएपनि उनी केही… Continue reading कोरोनालाई जितेर निको भए बेलायती प्रधानमन्त्री बोरिस
एनसेलद्धारा सबै पूँजिगत लाभकर चुक्ता, एकै दिन बुझायो १४ अर्ब ३३ करोड
काठमाडौं । दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलले सेयर स्वामित्व खरिद बिक्रीवापतको सरकारलाई बुझाउनु पर्ने सबै कर चुक्ता गरेको छ । एनसेल प्रालिबाट आइतबार मात्र १४ अर्ब ३३ करोड रुपैयाँ पुँजीगत लाभकर प्राप्त भएको ठूला करदाता कार्यालयले जनाएको छ । अब कम्पनीले सरकारलाई तिनुपर्ने लाभकर चुक्ता भएको कार्यालयले जनाएको छ । ठूला करदाता कार्यालयका अनुसार एनसेलले आइतबार… Continue reading एनसेलद्धारा सबै पूँजिगत लाभकर चुक्ता, एकै दिन बुझायो १४ अर्ब ३३ करोड
विश्व बैंकले भन्यो : नेपालको आर्थिक क्षेत्रमा गहिरो प्रभाव, वृद्धिदर १.५ प्रतिशतमा झर्छ
काठमाडौं । विश्व बैंकले कोरोना भाइरसले उत्पन्न गराएको संकटले नेपालको अर्थतन्त्रमा गहिरो प्रभाव पर्ने आंकलन गरेको छ । यसले आर्थिक वृद्धिलाई संकुचनमा पार्ने भएको छ । सरकारले ८.५ प्रतिशतको आर्थिक वृद्धिको अनुमान गरेको थियो । तर, अब कोरोनाका कारण आर्थिक् गतिविधि ठप्प भएको अवस्थामा नेपालको आर्थिक वृद्धिदर १.५ प्रतिशतसम्म झर्न सक्ने आंकलन विश्व बैंकले गरेको… Continue reading विश्व बैंकले भन्यो : नेपालको आर्थिक क्षेत्रमा गहिरो प्रभाव, वृद्धिदर १.५ प्रतिशतमा झर्छ