नयाँ वर्षमा राष्ट्रिय गान गाउन र ताली बजाउन प्रधानमन्त्रीको आह्वान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षको दिन सोमबार राष्ट्रिय गान गाउन र ताली बजाउन आग्रह गरेका छन् । चिकित्सक, नर्स तथा अत्यावश्यक सेवामा खटिएकाको सम्मानमा सोमबार राष्ट्रिय गान गाउन र ताली बजाउन प्रधानमन्त्रीले आह्वान गरेका हुन् । संयुक्त राष्ट्रसंघ ग्लोबल कम्प्याक्ट नेपालको आग्रहलाई प्रधानमन्त्रीले समेत स्वीकार गर्दै यस्तो आह्वान गरेका हुन । उनले… Continue reading नयाँ वर्षमा राष्ट्रिय गान गाउन र ताली बजाउन प्रधानमन्त्रीको आह्वान

कोरोना महामारीबाट मृत्यु हुने गैरआवासीय नेपालीको संख्या १४ पुग्यो

काठमाडौं । विश्वभर फैलिएको कोरोना महामारी (कोबिड–१९) बाट शनिवार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपाली (एनआरएनए) को संख्या १४ पुगेको छ । गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित उच्चस्तरीय समितिअन्तरर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार बेलायतमा ८, अमेरिकामा ५, युएईमा १ जनाको ज्यान गएको छ । स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार ६… Continue reading कोरोना महामारीबाट मृत्यु हुने गैरआवासीय नेपालीको संख्या १४ पुग्यो

नेपालमा थप तीन जनामा कोरोना पुष्टी

काठमाडौं । लगातार एक सातासम्म कोरोना नदेखिएको नेपालमा एकै दिन थप तीन जनामा कोरोनाको पुष्टी भएको छ । पर्साको वीरगञ्जमा तीन जना भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा नमुना परीक्षणले नतिजा पोजेटिभ देखाएको हो । वीरगञ्जबाट नमुना संकलन गरी हेटौंडास्थित प्रयोगशालामा परीक्षणका लागि पठाइएको थियो ।… Continue reading नेपालमा थप तीन जनामा कोरोना पुष्टी

डडेलधुरा अस्पतालको आइसुलेसनबाट आमाछोरा फरार

डडेलधुरा । कोरोना भाइरसको संक्रमण भएको आंशकामा आइसुलेसनमा राखेर उपचार गराइराखेका दुई बिरामी डडेलधुरा अस्पतालबाट भागेका छन् । स्थानीय प्रशासनका अनुसार उनीहरु शनिबार दिउँदो अस्पताललाई जानकारी नै नगराई भागेका हुन् । भागेका मध्ये आमा छोरा रहेको बताइएको छ । छोरा भारतबाट नेपाल आएका थिए । कोरोनाको आंशका पछि उनीहरुको नमुना परिक्षणका लागि काठमाडौं पठाएर उनीहरुलाई… Continue reading डडेलधुरा अस्पतालको आइसुलेसनबाट आमाछोरा फरार

बेलायतमा कोरोनाबाट थप एक नेपालीको ज्यान गयो

लण्डन । कोरोना भाइरसले विश्वभर करीव एक दर्जन नेपालीको ज्यान गइसकेको छ । यसमा एक नेपाली बेलायतमा थप भएका छन् । बेलायतमा शनिबार पूर्वगोरखा सैनिकको मृत्यु भएको हो । स्जाङजा वालिङ घर भई अहिले बेलायतको स्वीन्डन सहरमा बस्दै आएका ८६ वर्षीय यामबहादुर मल्लको उपचारका क्रममा निधन भएको पुष्टी भएको छ । उनी ग्रेट वेष्टर्न अस्पताल… Continue reading बेलायतमा कोरोनाबाट थप एक नेपालीको ज्यान गयो

सीमा नाका झन कडा, भावनामा बगेर लकडाउन खुल्दैन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सीमा नाकामा अझ बढी कडाई गरिने बताएका छन् । उनले भावनामा बगेर लकडाउन समेत नखुल्ने स्पष्ट पारेका छन् । कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि अपनाइएका सबै कदमललाई अझ कडाईका साथ लागु गरिने प्रधानमन्त्रीको भनाई छ । शनिबार सिंहदरबारस्थित एक्सन रूमबाट सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै प्रधानमन्त्री ओलीले… Continue reading सीमा नाका झन कडा, भावनामा बगेर लकडाउन खुल्दैन

अष्ट्रेलियामा संक्रमित नेपाली निको भए

मेलवर्न । अष्ट्रेलियामा कोरोना भाइरस ९कोभिड—१९० बाट संक्रमित नेपाली निको भएका छन् । अष्ट्रेलियामा कूल ८ जना नेपालीमा कोरोनाको संक्रमण देखिएको थियो । दुई साता अगाडि सिड्नीका ४ र मेलबर्नका ३ नेपालीमा कोरोना देखिएको थियो । त्यसअगाडी तासमेनियामा एक जना नेपालीमा संक्रमण देखिएको थियो । कोरोना संक्रमणमा पर्ने ८ मध्ये ६ जना विद्यार्थी हुन् ।… Continue reading अष्ट्रेलियामा संक्रमित नेपाली निको भए

एक सातायता नेपालमा देखिएन थप संक्रमण

काठमाडौं । नेपालमा एक सातायता कोरोना भाइरसको थप संक्रमण नदेखिएको सरकारले जनाएको छ । नेपालमा अहिलेसम्म ४ हजार ४ सय २६ जनामा कोरोनाको परिक्षण भएको छ । पछिल्लो २४ घण्टामा ८ सय ९७ जनामा नमुना परिक्षण भएको छ । त्यस परिक्षणबाट कुनै पनि थप संक्रमण पुष्टी नभएको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ । पछिल्लो… Continue reading एक सातायता नेपालमा देखिएन थप संक्रमण

कोरोना कोषमा सबै मुलुकले हाले रकम, कति उठ्यो ?

काठमाडौं । दक्षिण एशियाली सहयोग संगठन (सार्क) अन्तर्गत कोभिड १९ आपतकालिन कोषमा पाकिस्तानले ३० लाख अमेरिकी डलर सहयोग गरेको छ । यस कोषमा भारतले १ करोड डलर हालेको थियो । नेपालले १० लाख डलर सहयोग घोषणा गरेको थियो । सार्क कोभिड १९ आपतकालिन कोषको प्रतिवद्धतामा सबै सदस्य राष्ट्रले समय, तरिका र त्यसको कार्यन्वयनका बारेमा निर्णय… Continue reading कोरोना कोषमा सबै मुलुकले हाले रकम, कति उठ्यो ?

हृदयघातका कारण मृत्यु भएका सैनिकलाई लिन श्री एयर सुडानतर्फ

काठमाडौं । श्री एयरलाइन्सको जहाज शनिबार काठमाडौंबाट सुडानका लागि उडेको छ । यो जहाज नेपाली सेनाले चार्टर्ड गरेको हो । श्री एयरलाइन्सका अनुसार एक सैन्य अधिकारीको सुडानमा भएको शव लिन यो जहाज सुडानतर्फ गएको हो । हृदयघातका कारण उनको निधन भएको थियो । त्रिभुवन विमानस्थलबाट उडेको यो जहाजले सैनिकको शव बोकेर आइतबार काठमाडौं आइपुग्ने बताइएको… Continue reading हृदयघातका कारण मृत्यु भएका सैनिकलाई लिन श्री एयर सुडानतर्फ

भारतमा संक्रमित ७ हजारभन्दा माथि, २ सय ३९ को ज्यान गयो

नयाँ दिल्ली । नेपालको छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्तमण हरेक दिन बढ्दो क्रममा रहेको छ । कोभिड–१९बाट मृत्यु हुने मानिसको संख्या दुई सय ३९ पुगेको भारतीय संचारमाध्यमले जनाएका छन् । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ४० जना मानिसको मृत्यु भएको हो । भारतमा सबैभन्दा धेरै प्रभावित प्रदेश महाराष्ट्र हो… Continue reading भारतमा संक्रमित ७ हजारभन्दा माथि, २ सय ३९ को ज्यान गयो

मूख्यमन्त्रीहरुसँग प्रधानमन्त्रीको भिडियो कन्फ्रेन्स

काठमाडौं । कोभिड १९ संक्रमण नियन्त्रण तथा रोकथामका सम्बन्धमा केन्द्र सरकार र प्रदेश सरकारबीच समन्वयलाई अझ प्रभावकारी बनाइने भएको छ । शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग भिडियो संवाद गरेका छन्। उक्त अवसरमा समन्वयलाई प्रभावकारी बनाउने सम्बन्धमा छलफल भएको छ । प्रधानमन्त्री शनिबार सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा आएका थिए । दोस्रो पटक मिगौला प्रत्यारोपणपछि… Continue reading मूख्यमन्त्रीहरुसँग प्रधानमन्त्रीको भिडियो कन्फ्रेन्स

लकडाउन खोल्ने हतार नगर्न डब्ल्यूएचओको चेतावनी

जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोनाबाट बच्न घोषित लकडाउन खोल्ने विषयमा हतार नगर्न मुलुकहरुलाई सचेत गराएको छ । संगठनका प्रमुख टेड्रोस अदोनम गिब्रियससले कोरोना संक्रमण रोकथाम गर्न लगाइएको लकडाउन हतारमा हटाए स्थिति झनै भयावह हुने चेतावनी दिएका हुन् । लकडाउन अन्त्य गर्नेबारे संसारभरका मुलुकहरु सतर्क हुनुपर्ने उनको सुझाव छ । किनकी भाइरस सुशुप्त अवस्थामा… Continue reading लकडाउन खोल्ने हतार नगर्न डब्ल्यूएचओको चेतावनी

कोरोनाबाट बढी ज्यान जाने मुलुकमा अमेरिका दोस्रो

काठमाडौं । कोरोना भाइरसका कारण सबैभन्दा बढी मानिसको ज्यान गएको मुलुकमा अमेरिका दोस्रो स्थानमा आइसकेको छ । कोरोना भाइरसबाट अमेरिकामा एकैदिन २ हजार ३७ जनाको मृत्यु भयो । यो सँगै अमेरिकामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १८ हजार ७ सय १९ पुगेको छ। अमेरिकाभन्दा माथि इटली छ । इटलीमा १८ हजार ८ सय मानिसको ज्यान… Continue reading कोरोनाबाट बढी ज्यान जाने मुलुकमा अमेरिका दोस्रो

१० एसएसपीको भयो डीआइजीमा बढुवा

काठमाडौं । शुक्रबार रातीसम्म बालुवाटारमा भएको छलफलपछि डीआइजी बढुवा प्रक्रिया टुंगो लागेको छ । गृह मन्त्रायलले नेपाल प्रहरीका १० जना वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक (डीआईजी)मा बढुवाका लागि सिफारिस गर्न गरेको छ । बढुवा गरिएका मध्ये चार जना ०४९ वैशाखमा एकै पटक प्रहरी सेवामा छिरेका हुन् । ६ जना भने ०४९ चैतमा प्रहरीमा… Continue reading १० एसएसपीको भयो डीआइजीमा बढुवा

लकडाउनका कारण संसारभर घट्यो पेट्रोलियम पदार्थ खपत, तेलको उत्पादन कटौती

मस्को । कोरोना भाइरसका कारण संसारभर हरेक जसो मुलुक लकडाउनमा छन् । जसले गर्दा आर्थिक गतिविधि र यातायात ठप्प प्राय भएका छन् । यसको असर पेट्रोलियम पदार्थको खपतमा देखिएको छ । सोहीकारण पेट्रोलियम निर्यात गर्ने देश र यसमा संलग्न सहयोगी संगठन कोरोना भाइरस लकडाउनका कारण तेलको मागमा आएको गिरावटको प्रतिरोधमा उत्पादन कटौती गर्न सहमत भएका… Continue reading लकडाउनका कारण संसारभर घट्यो पेट्रोलियम पदार्थ खपत, तेलको उत्पादन कटौती

नेपाल एयरलाइन्सका दुई वटै जहाज आकासमा

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगमका दुई वटै जहाज आज दुई गन्तब्यमा उडेका छन् । निगमको एक जहाज जापानका करीव २ सय नागरिकलाई बोकेर नारितातर्फ उडेको छ । अर्को जहाज भने चीनको ग्वाङ्जाओ तर्फ उडेको हो । चीनबाट यो जहाजले मेडिकल सामान ल्याउने छ । यहाबाट नेपाल एयरलाइन्सले निजी क्षेत्रका व्यवसायीको अर्डरमा सामान… Continue reading नेपाल एयरलाइन्सका दुई वटै जहाज आकासमा

कोरोना संक्रमणबारे ओली-मोदी टेलिफोनवार्ता

काठमाडौं । कोरोना संक्रमण र यसले निम्त्याएको आर्थिक तथा सामाजिक समस्याबारे नेपाल र भारतका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शुक्रबार टेलिफोन वार्ता भएको हो । नेपाल र भारतबीच लकडाउनका कारण एकअर्काका देशमा रोकिएका नागरिकलाई आ–आफ्नो देशमा हेरचाह गर्ने विषयमा दुई देशका प्रधानमन्त्रीबीच छलफल भएको प्रधानमन्त्री… Continue reading कोरोना संक्रमणबारे ओली-मोदी टेलिफोनवार्ता

चिकित्सक र सुरक्षाकर्मीको तलव नकाटिने

काठमाडौं । सरकारले चिकित्सक र सुरक्षाकर्मीको तलव सुविधा नकाट्ने स्पष्ट पारेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार नियमित प्रेस ब्रिफिंगका दौरान यस्तो स्पष्टिकरण दिएको हो । मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार कोरोना कोषमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको तलव नकाटिएको बताए । यता, प्रहरी प्रधान कार्यालयले भने यसअघि अधिकृत तहभन्दा माथिका कर्मचारीको तलव कटौती गरी कोरोना… Continue reading चिकित्सक र सुरक्षाकर्मीको तलव नकाटिने

लगातार छैटौं दिन पनि नेपालमा भेटिएनन् थप संक्रमित

काठमाडौं । नेपालमा लगातार छैटौं दिनसम्म पनि कोरोना भाइरसका थप संक्रमित फेला परेनन् । यसअघि अघिल्लो साता शनिबार एकैपटक तीन जनामा संक्रमण पुष्टी भएको थियो । तर, त्यसपछिको परिक्षणमा भने कोरोना देखिएन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक सातायता कोरोनाको परिक्षण तिब्र बनाइएको छ । अघिल्लो सताको तुलनामा दोब्बर भन्दा बढीमा परिक्षण भएको छ… Continue reading लगातार छैटौं दिन पनि नेपालमा भेटिएनन् थप संक्रमित

भारतमा बढ्दो संक्रमण, नेपालमा जोखिम

काठमाडौं । भारतमा कोरोना भाइरसको संक्रमण र मानवीय क्षति निरन्तर बढिरहेको छ । बिहीबार सम्मको तथ्यांक अनुसार कोभिड–१९ बाट भारतमा २ सय २७ जनाको ज्यान गइसकेको छ । भारतमा यस भाइरसबाट संक्रमित मानिसको संख्या ६ हजार ७ सय २५ रहेको छ । भारतमा पछिल्लो समय संक्रमित बढ्ने क्रम तिब्र रहेको छ । २१ दिनको लकडाउन… Continue reading भारतमा बढ्दो संक्रमण, नेपालमा जोखिम

कोरोना उपचार कोषमा प्रधानमन्त्तीले राखे एक महिनाको तलव

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषमा एक महिनाको तलव योगदान गरेका छन् । प्रधानमन्त्रीको एक महिनाको तलव बराबर ७७ हजार २ सय ८० रुपैयाँ कोषमा जम्मा भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईबाट ७० हजार ७ सय ३० रुपैयाँ जम्मा भएको छ । … Continue reading कोरोना उपचार कोषमा प्रधानमन्त्तीले राखे एक महिनाको तलव

ओमानका सबै नेपाली सुरक्षित

मस्कट । कोभिड १९ संसारका सबैजसो मुलुकमा फैलिएको छ । यसले सबै देशका नागरिकलाई समस्यामा पारेको छ । त्यसमा पनि संकटका बेला आप्रबासी नागरिक तथा कामदार बढी समस्यामा पर्छन् । किनकी स्वाभाविक रुपमा मुलुकहरुको प्राथमिकता आफ्ना देशका नागरिकको सुरक्षा प्रमुख हुन्छ । कोभिड–१९ बाट ओमानमा रहेका नेपाली भने सुरक्षित रहेको पाइएको छ । मस्कटस्थित नेपाली… Continue reading ओमानका सबै नेपाली सुरक्षित

कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख नजिक

काठमाडौं । कोभिड १९ को संक्रमणबाट ज्यान गुमाउनेको संख्या अब १ लाख हाराहारी पुगेको छ । बिहीबार सम्मको तथ्यांका अनुसार संसारभर कोरोना भाइरसले ९५ हजार ५ सय ६ जनाको ज्यान लिइसकेको छ । यो भाइरसले सबैभन्दा बढी इटलीमा मानवीय क्षति भएको छ । यहाँ अहिलेसम्म १८ हजार दुई सय ७९ जनाको मृत्यु भएको तथ्यांक रहेको… Continue reading कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख नजिक

नेपाल-भारत सीमानामा बढाइयो प्रहरी बल

काठमाडौं । सरकारले नेपाल र भारतको सीमा क्षेत्रमा सशस्त्र प्रहरीको सुरक्षा दस्ता बढाएको छ । भारतमा कोरोना संक्रमितको संख्यामा उल्लेख्य वृद्धि भएसँगै सरकारले नेपाल-भारत सीमानामा कडाई थालेको हो । भारतसँग सिमाना जोडिएका जिल्लामा थप २२ सय ८० जना जनशक्ति थपिएको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्रले जनशक्तिसँगै सीमा नाकामा चेकपोस्टको संख्या समेत बढाएको छ ।… Continue reading नेपाल-भारत सीमानामा बढाइयो प्रहरी बल

शनिबार यता नेपालमा थपिएनन् कोरोना संक्रमित, सुदुरपश्चिमबाट आउन थाल्यो रिपोर्ट

काठमाडौं । शनिबार यता नेपालमा कोरोना संक्रमित फेला परेनन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना अतिप्रभावित क्षेत्रबाट प्राप्त कूल ६६ वटा नतिजा परिक्षण भएको थियो । तर, सबै परिक्षण नेगेटिभ आएको छ । सरकारले सातवटै प्रदेशमा र्‍यापिड डाइगोनिस्टिक किटबाट कोरोनाको परीक्षणको तयारी समेत गरेको छ । लकडाउन गरिरहेको सरकारले परिक्षण समेत… Continue reading शनिबार यता नेपालमा थपिएनन् कोरोना संक्रमित, सुदुरपश्चिमबाट आउन थाल्यो रिपोर्ट

फिफा वरियतामा नेपाल यथास्थानमा

File Photo

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)को वरियताक्रममा नेपाल साविककै स्थानमा रहन सफल भएको छ । बिहीबार सार्वजनिक वरियता अनुसार नेपाल १७०औँ स्थानमा रहेको छ । यसअघि पनि यसै स्थानमा थियो । कोरोना भाइरसका कारण विश्वभर गत महिना विश्वभर मात्र चार वटा खेल भएका थिए । त्यसकारण धेरै जसो देशको वरीयता परिवर्तन भएको छैन ।… Continue reading फिफा वरियतामा नेपाल यथास्थानमा

अवकास प्राप्त चिकित्सकलाई पनि सेवामा खटाउने तयारी

काठमाडौं । सरकारले कोरोना भाइरस रोकथाम र नियन्त्रणमा अवकाशप्राप्त चिकित्सकलाई समेत सेवामा खटाउने भएको छ । यसबाहेक सरकारी छात्रवृत्तिमा गएर फर्किएका चिकित्सकलाई समेत परिचालनको योजना बनाएको छ । सरकारले पारिश्रमिक लिएर वा स्वयंसेवी रुपमा केही अवधिका लागि उनीहरुको सेवा लिने तयारी गरिएको हो । यसका लागि सार्वजनिक आह्वान गर्न लागिएको  छ । सरकारले निजी स्वास्थ्य… Continue reading अवकास प्राप्त चिकित्सकलाई पनि सेवामा खटाउने तयारी

कांग्रेसका १० नेताको सुझाव, सांसद विकास कोषको रकम कोरोना रोकथाममा लगाउ

काठमाडौं । नेपाली कांग्रेसका १० नेताले सांसद विकास कोष र पूर्वपदाधिकारीको सुविधा कटौती गरी कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा लगाउन सुझाव दिएका छन् । उनीहरुले बिहीबार एक विज्ञप्ति जारी गरी यस्तो सुझाव दिएका हुन् । अहिले सरकारले खर्च कटौती गरी रकमको जोहो गर्न खोजिरहेको छ । संकटको समयमा खर्च कटौतीका लागि सांसद विकास कोषको रकम… Continue reading कांग्रेसका १० नेताको सुझाव, सांसद विकास कोषको रकम कोरोना रोकथाममा लगाउ

सरकारको आलोकाँचो निर्णयले जनता अन्यौलमा, यातायात खुलाउने निर्णय डेढ घण्टामै फिर्ता

काठमाडौं । बिहीबार अपरान्ह सरकारले एक निर्णय गर्यो । निर्णय अनुसार काठमाडौंबाट उपत्यका छाड्ने चाहनेका लागि शुक्रबार र शनिबार सार्वजनिक यातायात खुला गर्ने । काठमाडौं लकडाउनका कारण अलपत्र परेकाहरुलाई उपत्यका बाहिर जान दिने निर्णय कोभिड १९ सम्बन्धी उच्चस्तरीय संयन्त्रबाट भयो । तर, यो निर्णय करीव डेढ घण्टा मात्र टिक्यो । सरकारको यो निर्णयलाई प्रदेश सरकारहरुले… Continue reading सरकारको आलोकाँचो निर्णयले जनता अन्यौलमा, यातायात खुलाउने निर्णय डेढ घण्टामै फिर्ता