काठमाडौं । कोरोना भाइरसको इपिसेन्टर अमेरिकामा यस भाइरसको कहर जारी रहेको छ । विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांक अनुसार अमेरिकामा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणकै कारण १९ सय मानिसले ज्यान गएको छ । २४ घण्टामा अमेरिकामा १८ सय ९७ मानिसको ज्यान गएको बताइएको छ । यहाँ एक दिनमै थप २९ हजार ९ सय ३६… Continue reading कोरोना संक्रमित १५ लाख नाघे, अमेरिकामा एकै दिन १९ सयको मृत्यु
Author: Vishwanews.com
विश्व स्वास्थ्य संगठनको ट्रम्पलाई जवाफ, महामारीलाई राजनीतिकरण नगर
काठमाडौं । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस (कोभिड–१९) को महामारीका विषयर्ला लिएर राजनीतिकरण नगर्न विश्वका नेताहरुसँग आह्वान गरेको छ । बुधबार डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानम घेब्रेससले नियमित पत्रकार सम्मेलनका दौरान यस्तो आग्रह गरेका हुन । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संगठन चीनको मात्र समर्थनमा रहेको र अमेरिकालाई गलत सुझाव दिएको आरोप लगाएका थिए । घेब्रेससले… Continue reading विश्व स्वास्थ्य संगठनको ट्रम्पलाई जवाफ, महामारीलाई राजनीतिकरण नगर
अवैतनिक वाणिज्यदूतको कूटनीतिक सुविधा खोसियो
काठमाडौं । अवैतनिक वाणिज्यदूतले कुटनीतिक सुविधाअन्तर्गत सवारीमा नीलो नम्बर प्लेट लगाउन पाउने सुविधा खोसिएको छ । यसअघि सुलभ अग्रवालले कालोबजारीको काममा कुटनीतिक सुविधाको सवारी साधन प्रयोग गरेका थिए । उनी पक्राउ परेका छन् । यस काण्डपछि परराष्ट्र मन्त्रालयले बुधबार यस्तो निर्णय गरेको हो । मन्त्रालयका अनुसार कुनै पनि अवैतनिक वाणिज्यदूतहरुले आफ्नो सवारीमा निलो नम्बर प्लेट… Continue reading अवैतनिक वाणिज्यदूतको कूटनीतिक सुविधा खोसियो
कोरोनाका कारण विदेशमा ८ नेपालीको गयो ज्यान
काठमाडौं । तुलनात्मक रुपमा नेपाल भित्र कोरोनाको संक्रमण नियन्त्रण मै छ । संसारभर करीव ८० हजार मानिसको ज्यान जाँदा नेपाल भित्र मात्र ९ जनामा संक्रमण देखिएको छ । संक्रमितको अवस्था पनि सामान्य छ । तर, नेपाल बाहिर संक्रमण भएका नेपालीलाई भने यस भाइरसले पनि नराम्रोसँग सताएको छ । नेपालको सरकारी समाचार एजेन्सी राष्ट्रिय समाचार समितिका… Continue reading कोरोनाका कारण विदेशमा ८ नेपालीको गयो ज्यान
वुहानमा खुल्यो लकडाउन, रेल र एयरलाइन्स सुचारु
वुहान । कोरोनाको उद्गमस्थल चीनको हुबेई प्रान्तको राजधानी वुहानमा लकडाउन खुलेको छ । यससँगै चीनबाट यो रोगको संक्रमण उन्मुलन भएको छ । बुधबारदेखि यहाँ यातायात सेवा सूचारु भएको चिनियाँ संचारमाध्यमले उल्लेख गरेका छन् । यहाँ लगातार ७६ दिन लकडाउन भयो । सरकारले यसबीचमा व्यापक स्वास्थ्य अभियान संचालन गरेको थियो । यो शहरले करीव ३ हजार… Continue reading वुहानमा खुल्यो लकडाउन, रेल र एयरलाइन्स सुचारु
प्रधानमन्त्रीलाई गगन थापाका प्रश्नै-प्रश्न
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सोधेका करीव एक दर्जन प्रश्न सामाजिक संजालबाट सार्वजनिक गरेका छन् । संसद स्थगित भएको अवस्थामा प्रधानमन्त्रीलाई सोध्नु पर्ने प्रश्नहरु आफुले सामाजिक संजालबाटै सोधेको उनको भनाई छ । प्रधानमन्त्रीलाई सम्बोधन गर्दै लेखेको पत्रमा उनले कूल ११ प्रश्न सोधेका छन् । प्रधानमन्त्री ओलीले मंगलबार… Continue reading प्रधानमन्त्रीलाई गगन थापाका प्रश्नै-प्रश्न
कोरोना संकटका बेला पनि सेवामा नखट्ने ५ डाक्टर निलम्बित
बुटवल । प्रदेश नं ५ सरकारको निर्देशनमा कोरोनाका बेला बिरामीको सेवामा नखटिने ५ डाक्टर निलम्बनमा परेका छन् । लुम्बिनी प्रादेशिक अस्पतालमा करारमा नियुक्त भई काम गर्दै आएका पाँच जना चिकित्सक पछिल्लो डेढ सातायता अस्पतालमा अनुपस्थित थिए । उनीहरुबारे सूचना प्रदेश सरकारमा पुगेको थियो । सरकारले बर्खास्त गर्न सिफारिस गरेसँगै अस्पतालले उनीहरुलाई सेवाबाट निकालेको हो ।… Continue reading कोरोना संकटका बेला पनि सेवामा नखट्ने ५ डाक्टर निलम्बित
अमेरिकी राष्ट्रपतिबाट डब्लूएचओको आलोचना, सहयोग रोक्ने चेतावनी
वासिंटन डिसी । विश्व स्वास्थ्य संगठन चीन परस्त भएको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आलोचना गरेका छन् । उनले संगठनलाई अमेरिकाले दिदै आएको सहयोग समेत रोक्ने चेतावनी दिएका छन् । संगठनले कोरोना भाइरसको महामारी फैलिएका बेला गलत सुझाव दिएको उनको आरोप छ । मंगलबार ह्वाईट हाउसमा नियमित प्रेस ब्रिफिंगका दौरान राष्ट्रपति ट्रम्पले अमेरिकाबाटै धेरै रकम… Continue reading अमेरिकी राष्ट्रपतिबाट डब्लूएचओको आलोचना, सहयोग रोक्ने चेतावनी
लगातार चौथो दिन नेपालमा भेटिएनन् कोरोना संक्रमित, बढाइयो परिक्षणको दायरा
काठमाडौं । सरकारले कोरोना परिक्षणको दायरा बढाएको छ । बुधबारसम्म कूल २३६६ जनाको नमुना परिक्षण भएको छ । त्यसमध्ये ९ जनामा मात्र कोरोना पोजेटिभ पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार लगातार चौथो दिन नेपालमा थप संक्रमित भने फेला परेनन् । सरकारले अहिले काठमाडौंस्थित केन्द्रिय प्रयोगशालासहित देशभर १० स्थानबाट कोरोनाको… Continue reading लगातार चौथो दिन नेपालमा भेटिएनन् कोरोना संक्रमित, बढाइयो परिक्षणको दायरा
अमेरिकामा एकै दिन सर्वाधिक व्यक्तिको मृत्यु
न्यूयोर्क । कोरोनाको इपीसेन्टर अमेरिकामा एकै दिन सर्वाधिक जिन्दगीको अन्त्य भएको छ । । यसले कोरोनाको उच्चतम रुप यहाँ देखिएको छ । मंगलबार अमेरिकामा १९ सय ५२ जनाको ज्यान गयो । उक्त अवधिमा ३३ हजार भन्दा बढी नयाँ संक्रमित फेला परे । यसले कोरोनाको संक्रमण अमेरिकाको नियन्त्रणबाट बाहिर गएको देखिएको छ । अमेरिकामा कोरोना संक्रमणबाट… Continue reading अमेरिकामा एकै दिन सर्वाधिक व्यक्तिको मृत्यु
विश्वभर कोरोनाका कारण ८२ हजारको ज्यान गयो
काठमाडौं । कोभिड १९ को त्रास यूरोप र अमेरिकामा अझै बढ्दो क्रममा छ । यसको संक्रमणको उग्र रुप मंगलबार पनि देखियो । मंगलबार रातीसम्म विश्वभर मृत्यु हुनेको संख्या ८२ हजार १९ पुगेको छ । विश्व स्वास्थ्य संगठनका नुसार संक्रमितको संख्या १४ लाख २८ हजार ४ सय २८ पुगेको छ । ३ लाख १ सय ९८… Continue reading विश्वभर कोरोनाका कारण ८२ हजारको ज्यान गयो
शंकर ग्रुपका मालिक कालोबजारी गर्दागर्दै पक्राउ
काठमाडौं । संकटको समयमा केही पैसावाल मानिसले धेरै गरिब मानिसहरुको उद्धार गर्न सक्छन् । त्यसकारण त भनिन्छ, ‘तिमलाई भगवानले दिएको पैसा थोरै भएपनि अफ्ठयारोमा परेका मानिसका लागि प्रयोग गर, सामान्य अवस्थामा अझै धनी बन्नेछौं ।’ यो त भनाई भयो । नेपालमा भने संकटमा राज्य र जनतालाई केही मात्रामा भएपनि सहयोग गर्नु त कता हो कता… Continue reading शंकर ग्रुपका मालिक कालोबजारी गर्दागर्दै पक्राउ
राहत वितरण गरेको फोटो-भिडियो सामाजिक संजालबाट प्रचार गर्न नपाइने
काठमाडौं । कोरोना संकटका कारण हरेक दिन ज्यालादारी गरेर कमाउने वर्ग समस्यामा परेको छ । उनीहरुलाई अहिले विभिन्न क्षेत्रले सहयोग गरिरहेका छन् । तर, केही मानिसले सहयोगका नाममा आफ्नो प्रचारको काम बढी गरेको भन्दै गुनासो आएपछि सरकारले अब सामाजिक संजालबाट राहत वितरणको फोटो तस्वीर सार्वजनिक गर्न नपाउने निर्णय गरेको छ । राहत वितरणको सस्तो प्रचार… Continue reading राहत वितरण गरेको फोटो-भिडियो सामाजिक संजालबाट प्रचार गर्न नपाइने
अन्तर्राष्ट्रिय उडान प्रतिवन्ध थप १५ दिन लम्बियो
काठमाडौं । सरकारले व्यवसायिक अन्तर्राष्ट्रिय हवाई उडान अवतरण थप १५ दिन प्रतिवन्ध लगाएको छ । यसअघि ३ वैशाखसम्म रहेको प्रतिवन्ध अब वैशाख १८ सम्म पुगेको हो । कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समितिको मंगलबार बसेको बैठकले प्रतिबन्ध लम्ब्याएको हो । सरकारले आन्तरिक उडानका सम्बन्धमा भने कुनै निर्णय गरिसकेको छैन । सरकारको यो निर्णयले चार्टर्ड उडान, आकस्मिक अवस्थामा… Continue reading अन्तर्राष्ट्रिय उडान प्रतिवन्ध थप १५ दिन लम्बियो
विदेशमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउन सर्वोच्चबाट सरकारलाई निर्देशन
काठमाडौं । सर्वोच्च अदालतले विदेशमा समस्यामा परेका नेपालीलाई घर फर्काउन सरकारका नाममा आदेश दिएको छ । विदेशमा खाना, बस्न र उपचारको समस्या झेलिरहेका नेपाली नागरिकलाई स्वदेश ल्याउने व्यवस्था मिलाउन सर्वोच्चले आदेश दिएको हो । न्यायाधीशद्वय दीपककुमार कार्की र मनोजकुमार शर्माको संयुक्त इजलासले मंगलबार विपतमा परेका र नेपाल फर्कन इच्छुक नागरिकलाई स्वदेश फर्कने वातावरण बनाउन सरकारका… Continue reading विदेशमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउन सर्वोच्चबाट सरकारलाई निर्देशन
प्रधानमन्त्रीको सन्देश : अझै केही साता कठिन समयबाट गुज्रनु पर्नेछ
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अझै केही साता नेपालले कठिन अवस्थाका सामना गर्नुपर्ने बताएका छन् । मंगलबार नेपाल टेलिभिजनबाट देशका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले समुदायमा कोरोनाको सन्त्रास नफैलियोस भन्नकै लागि लकडाउन लम्ब्याउनु परेको उल्लेख गरे । सरकारले आजबाट लकडाउन ८ दिन थपेको छ । सम्बोधनका क्रममा उनले आगामी दुई साता थप चुनौतीपूर्ण हुन… Continue reading प्रधानमन्त्रीको सन्देश : अझै केही साता कठिन समयबाट गुज्रनु पर्नेछ
अब काठमाडौंका ११ स्थानमा अस्थायी तरकारी बजार
काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौंका विभिन्न ११ स्थानमा अस्थायी तरकारी बजार सञ्चालन गर्ने भएको छ । कालिमाटी तरकारी बजारमा अधिक भिडभाड भएको र अन्य स्थानमा तरकारीको अभाव भएको भन्दै महानगरपालिकाले भोलीबाट अस्थायी तरकारी बजार सञ्चालनको योजना बनाएको हो । अहिले कालीमाटी र बल्खुस्थित फलफूल तथा तरकारी बजारमा मानिसहरुको बढी भीड लाग्ने गरेको छ । तर,… Continue reading अब काठमाडौंका ११ स्थानमा अस्थायी तरकारी बजार
यूएईका युवराजले गरे नेपालीको प्रसंशा, आफ्नै नागरिक सरह व्यवहार गर्ने प्रतिवद्धता
काठमाडौं । यूएइका युवराज मोहम्मद बीन जायदले नेपालीको प्रसंशा गरेका छन् । सोमबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीसँगको टेलिफोन वार्ताका क्रममा उनले नेपाली इमानदार र परिश्रमी रहेको भन्दै प्रसंशा गरेका हुन । युवराज जायदले नेपालीलाई यूएइले आफ्नै नागरिक सरह व्यवहार गर्ने भन्दै उनीहरुको सुरक्षामा ढुक्क हुन समेत प्रधानमन्त्रीलाई आश्वस्त पारेका छन् । प्रधानमन्त्रीले यूएईमा रहेका… Continue reading यूएईका युवराजले गरे नेपालीको प्रसंशा, आफ्नै नागरिक सरह व्यवहार गर्ने प्रतिवद्धता
प्रधानमन्त्रीले आज देशबासीलाई सम्बोधन गर्दै, लकडाउनको औचित्य पुष्टी गर्ने तयारी
काठमाडौं । सरकारले आजबाट सकिएको लकडाउनलाई थप ८ दिन लब्याउने निर्णय लिएको छ । यससँगै अब ३ वैशाखसम्म मुलुक अहिलेकै अवस्थामा ठप्प रहनेछ । यसै सन्दर्भलाई लिएर प्रधानमन्त्री केपी ओलीले आज देशवासीका नाममा सम्बोधन गर्दैछन् । प्रधानमन्त्री निकट स्रोतका अनुसार आज उनले सरकारले गरेको लकडाउनको औचित्य पुष्टी गर्ने प्रयास गर्नेछन् । साथै, सरकारले कारोना संक्रमणसाग… Continue reading प्रधानमन्त्रीले आज देशबासीलाई सम्बोधन गर्दै, लकडाउनको औचित्य पुष्टी गर्ने तयारी
कोरोनाबाट मर्नेको संख्या ७४ हजार ६ सय, साढे १३ लाखमा संक्रमण
काठमाडौं । संसारभर कोभिड १९ को त्रास जारी छ । ३१ डिसेम्बर २०१९ मा चीनको बुहानमा पहिलो पटक देखिएको यस भाइरसले विश्वका करीव सबैजसो मुलुक प्रभावित बनेका छन् । सोमबार रातीसम्मको तथ्यांक अनुसार कोरोनाका कारण विश्वभर ७४ हजार ६ सय ७८ मानिसको ज्यान गएको छ । विश्वभर १३ लाख ४६ हजार दुई सय ९९ जनामा… Continue reading कोरोनाबाट मर्नेको संख्या ७४ हजार ६ सय, साढे १३ लाखमा संक्रमण
निजी अस्पतालका डाक्टरले समेत सरकारीसरह सुविधा पाउने
काठमाडौं । अब निजी अस्पतालका डाक्टरले पनि कोरोना रोगसँग लड्दा सरकारी डाक्टरसरह सुविधा पाउने भएको छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले निजी क्षेत्रका डाक्टर सरकारी अस्पतालमा आएमा सम्बन्धित तहअनुसार मिलान गरी कामको अवसर दिने निर्णय गरेको छ । सरकारले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारी अस्पतालमा आएर काम गर्न इच्छुक निजी डाक्टरहरुलाई सरकारी डाक्टरसरह… Continue reading निजी अस्पतालका डाक्टरले समेत सरकारीसरह सुविधा पाउने
भारतीय प्रधानमन्त्रीसहित सांसदको ३० प्रतिशत तलव कटौती हुने
काठमाडौं । भारतीय प्रधानमन्त्रीसहित सांसदको तलब कटौती हुने भएको छ । मन्त्रीपरिषद् बैठकले प्रधानमन्त्री, मन्त्रीपरिषद्का सदस्य र सांसदहरुको तलवबाट ३० प्रतिशत कटौती गर्ने निर्णय गरेको हो । पछिल्ला दिनमा भारत कोरोनाको संक्रमण तिब्र रुपमा फैलिरहेको छ । यसविरुद्ध लड्न भारतलाई समेत हम्मेहम्मे पर्ने देखिएको छ । भारतीय सूचना प्रसारणमन्त्री प्रकाश जावडेकरले सांसदको तलब कटौती गर्ने… Continue reading भारतीय प्रधानमन्त्रीसहित सांसदको ३० प्रतिशत तलव कटौती हुने
२४ घण्टामा कोरोनाको २२५ नमुना परीक्षण, नयाँ संक्रमण देखिएन
काठमाडौं । नेपालमा लगातार दोस्रो दिन कोरोनाका नयाँ संक्रमित बिरामी फेला परेनन् । स्वास्थ्य मन्त्रालयले सोमबार जारी गरेको नियमित प्रेस ब्रिफिंग अनुसार आइतबार र सोमबार थप संक्रमण पुष्टी भएन । २४ घण्टा भित्र कूल २२५ वटा नमुनाको परीक्षण भएको थियो । यससँगै नेपालमा कूल नमूना परीक्षणको संख्या १८९० पुगेको छ । जसमध्ये ९ जनामा मात्र… Continue reading २४ घण्टामा कोरोनाको २२५ नमुना परीक्षण, नयाँ संक्रमण देखिएन
देशले पायो नयाँ गभर्नर, महाप्रसाद अधिकारी नियुक्त
काठमाडौं । देशले १८ औं गभर्नरका रुपमा महाप्रसाद अधिकारीलाई प्राप्त गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको हो । यससँगै आगामी पाँच बर्षे कार्यकालका लागि अधिकारी गभर्नर बनेका हुन् । अर्थमन्त्री संयोजक रहेको सिफारिस समितिले गभर्नरका लागि सोमबार तीन जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो।… Continue reading देशले पायो नयाँ गभर्नर, महाप्रसाद अधिकारी नियुक्त
लकडाउन ३ वैशाखसम्म लम्बियो
काठमाडौं । सरकारले लकडाउनको अवधि बढाएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले लकडाउन ८ दिन थप गर्ने निर्णय गरेको हो । अब बैशाख ३ सम्म लकडाउन कायम हुने भएको छ । लकडाउनको अवधि प्रारम्भमा तोकेको भन्दा दोस्रो पटक थपिएको हो । नेपालमा दोस्रो संक्रमण पुष्टी भएसँगै ११ चैतबाट चैत १८ सम्म लकडाउन घोषणा भएको थियो… Continue reading लकडाउन ३ वैशाखसम्म लम्बियो
फिलिपिन्समा लकडाउन तोड्दा पुलिसले चलायो गोली, एक जनाको मृत्यु
मनिला । कोरोना भाइरसको त्रासका बीच सबैजसो मुलुकले लकडाउन घोषणा गरेका छन् । तर, केही उच्छृंकल मानिसका कारण प्रहरीलाई लकडाउन कार्यान्वयनमा समस्या परिरहेको छ । त्यसकारण प्रहरीले लकडाउन तोड्ने मानिसमाथि अनेक प्रकारका कारवाही गरिरहेको छ । भारतमा लकडाउन तोड्नेलाई प्रहरीले लाठिले चुट्ने गरेको छ । नेपालमा मानिसहरुलाई सडकमा दुई घण्टा उभ्याएर क्लास दिने गरिन्छ ।… Continue reading फिलिपिन्समा लकडाउन तोड्दा पुलिसले चलायो गोली, एक जनाको मृत्यु
आयरल्याण्डका प्रधानमन्त्री पुनः चिकित्सकको भूमिकामा देखिने
आयरल्याण्ड । कोरोना भाइरसको संक्रमणले उग्ररुप लिएसँगै आयरल्याण्डका प्रधानमन्त्ती लियो वराडकर अब चिकित्सकको समेत भूमिकामा देखिने भएका छन् । कोरोना भाइरससँग लड्न उनले आफु पुनः मेडिकल पेशामा फर्कने घोषणा गरेका हुन् । उनी पेशाले चिकित्सक हुन् । लियो भारतीय मूलका डाक्टर हुन् । तर, राजनीतिमा आएपछि भने उनको पेशागत जिम्मेवारीमा समय दिन पाएका थिएनन् ।… Continue reading आयरल्याण्डका प्रधानमन्त्री पुनः चिकित्सकको भूमिकामा देखिने
कोरोनाबाट मृत्यु हुनेको संख्या ६९ हजार नाघ्यो
काठमाडौं । कोरोना भाइरसले संसारभर उत्पन्न गराएको त्रास अझै जारी छ । यस भाइरसले अहिलेसम्म ६९ हजार ३ सय ५० जनाको ज्यान गएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार सोमबार बिहानसम्म संसारभर १२ लाख ७२ हजार मानिसमा संक्रमण भएको छ । उनीहरुमध्ये दुई लाख ६० हजार मानिसमा संक्रमण ठिक भइसकेको छ । यसरी निको हुनेहरु… Continue reading कोरोनाबाट मृत्यु हुनेको संख्या ६९ हजार नाघ्यो
एकैपटक करीव २० हजार जनामा कोरोना परीक्षणको तयारी
काठमाडौं । सरकारले नेपालमा एकै पटक २० हजार व्यक्तिमा कोभिड १९ को परीक्षण गर्ने भएको छ । यो परीक्षण सुदूरपश्चिम प्रदेश र बागलुङमा गर्न लागिएको हो । सुदुरपश्चिममा समुदायस्तरमा कोरोना भाइरसको संक्रमणको आंशका सहित सरकारले र्यापिड टेष्टको तयारी थालेको हो । यसअघि मन्त्रिपरिषद्को शनिबार बसेको बैठकले र्यापिड डायग्नोस्टिक टेष्ट प्रविधिबाट कोभिड१९ को परीक्षण गर्ने निर्णय… Continue reading एकैपटक करीव २० हजार जनामा कोरोना परीक्षणको तयारी
कांग्रेस सभापति देउवाबाट कोरोनाबारे पूर्वप्रधानमन्त्रीसँग टेलिफोन वार्ता
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना भाइरस संक्रमणका विषयमा पूर्वप्रधानमन्त्रीहरुसँग छलफल गरेका छन् । उनले कोरोनाको संकटसँग जुध्न आवश्यक रणनीति तयार गर्नु पर्नेबारे छलफल गरेको बताइएको छ । उनले पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई र मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मीसँग टेलिफोनमा वार्ता गरेका हुन् ।… Continue reading कांग्रेस सभापति देउवाबाट कोरोनाबारे पूर्वप्रधानमन्त्रीसँग टेलिफोन वार्ता