काठमाडौं । काठमाडौं उपत्यकामा १५५२ कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा १२ ८३, ललितपुरमा १५७ र भक्तपुरमा १११२ जनालाई कोरोना संक्रमण देखिएको छ।

काठमाडौं । काठमाडौं उपत्यकामा १५५२ कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा १२ ८३, ललितपुरमा १५७ र भक्तपुरमा १११२ जनालाई कोरोना संक्रमण देखिएको छ।

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको १५ हजार २५५ पीसीआर परीक्षणमा थप ३६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ४८ हजार ५०९ जना पुगेको छ। जना पुगेको छ। पछिल्लो २४ घण्टामा ३२१५ जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् ।
योसँगै हालसम्म १ लाख २ हजार ८२० जना निको भएका छन्। देशभर ४४ हजार ८७७ जना सक्रिय संक्रमित छन्।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय गुप्तचर संस्थाका प्रमुखलाई दिएको स्वागत विवादित बनेको छ । प्रधानमन्त्रीलाई भेट्न रअ प्रमुख सामन्तकुमार गोयल बुधबार अपरान्ह काठमाडौं आएका थिए । भारतीय एयरफोर्सको विशेष जहाजबाट काठमाडौं आएका उनी बिहीबार दिल्ली फर्किए ।
प्रधानमन्त्रीले कुटनीतिक मर्यादा बिर्सेर रअका प्रमुखसँग करीव २ घण्टा भेटवार्ता गरेका थिए । यस कदमको नेपाल भित्र तिब्र आलोचना भइरहेको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा पूर्वमन्त्री भीम रावलले प्रधानमन्त्री र भारतीय गुप्तचर संस्थाका प्रमुखबीचको भेटलाई आपत्तिजनकको संज्ञा दिएका छन् ।
उनले ट्विटरमार्फत नेता नेपालको संविधानद्वारा निर्देशित परराष्ट्र नीति स्वाधिनता र नेकपाको विचार नीति र घोषणाको विपरीत प्रधानमन्त्री र रअ प्रमुख सामन्तकुमार गोयलबीच भेट भएको उल्लेख गरेका छन् । सामाजिक संजालमा यो भेटवार्तालाई लिएर प्रधानमन्त्रीको राष्ट्रवादबारे खरो टिप्पणी भइरहेको छ ।

ललितपुर । ललितपुरको बालकुमारीमा पैदल हिँडिरहेका दुई जनालाई गाडीले ठक्कर दिएको छ । बिहीबार बिहान भएको यस घटनामा एक जनाको मृत्यु भइसकेको छ । ठक्कर दिएर भागेको गाडी भने सानेपाबाट पक्राउ परेको छ । प्रहरीले गाडी र चालक दुबैलाई नियन्त्रणमा लिएको हो ।
बिहीबार बिहान ५ बजे मर्निङ वाकका लागि निस्किएका दुई जना वृद्धलाई बोलेरो गाडीले ठक्कर दिएर भागेको थियो। ठक्करबाट महालक्ष्मी नगरपालिका ४ इमाडोल बस्ने ७८ वर्षीय बाबुकाजी महर्जनको मृत्यु भएको छ ।
उनीसँग मर्निङ वाकमा हिँडेका सोही स्थानका ७० वर्षीय भाइलाल महर्जन घाइते भएका छन्। उनको उपचार बिएन्डबी अस्पताल ललितपुरमा उपचार जारी छ । प्रहरीका अनुसार बा १२ च ४२२८ नम्बरको बोलेरोले उनीहरुलाई बालकुमारी पुलमुनी ठक्कर दिएको हो । भक्तपुर डेरा गरी बस्ने ३२ वर्षीय कुवेर खड्का यस बोलेरोका चालक थिए ।

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटीईभिटी)का विभिन्न तहका परीक्षा ८ मंसिरबाट सुरु हुने भएको छ । कोरोना भाइरसको संक्रमणका कारण रोकिएका परीक्षा पुनः सुर गर्न लागिएको सीटीइभिटीले जनाएको छ ।
डिप्लोमा तहको नियमित तथा आंशिक सेमेस्टर र डेन्टल कन्भर्जनको परीक्षा ८ मंसिरबाट सुरु गर्ने निर्णय भएको छ । सिटीईभिटीका अनुसार परीक्षा पूर्वनिर्धारित परीक्षा केन्द्रहरूमै सञ्चालन हुनेछ ।
नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर परीक्षा सञ्चालनको तयारी गरिएको छ । कोभिड–१९ संक्रमण देखिएका परीक्षार्थीले होम आइसोलेसन वा संस्थागत आइसोलेसनमा बसेको प्रमाण पेस गरेमा छुट्टै परीक्षाको व्यवस्था हुने भएको छ ।
परीक्षा जुध्न गएका परीक्षार्थीहरूलाई सूचना प्रकाशित भएको मितिले सात दिनभित्र परीक्षा नियन्त्रण कार्यालयमा सम्पर्क गर्न सक्ने संस्थाले जनाएको छ । सिटीईभिटीले डिप्लोमा÷प्रमाणपत्र तहको एक विषय मौका परीक्षाको मिति २२ कात्तिकलाई तोकेको छ ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले यसको पुष्टी गरेका हुन् ।
यसअघि बुधबार सुटुक्क काठमाडौं आएका रअका प्रमुखसँगको भेटवार्ता गुपचुप राखिएको थियो । प्रधानमन्त्रीलाई भेट गरी उनी बिहीबार दिल्ली फर्किसकेका छन् । उनी विशेष विमान चढेर प्रधानमन्त्रीलाई भेट्न काठमाडौं आएका हुन् । रअ प्रमुखले बुधबार बेलुका प्रधानमन्त्रीलाई उनको सरकारी निवास बालुवाटारमा भेटेको थापाले पुष्टी गरेका छन् ।
भेटका क्रममा गोलयले नेपाल र भारतबीचको मैत्री सम्बन्ध खलबलिन नदिने, समस्याहरूको वार्ताद्वारा समाधान गर्ने र पारस्परिक सहयोगलाई निरन्तर अगाडि बढाउने बिषयमा आफ्नो धारणा राखेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले उल्लेख गरेका छन् ।
उता, नेकपा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधव कुमार नेपाल र कांग्रेस सभापति शेर बहादुर देउवाले भने रअका प्रमुखसँग भेट नभएको स्पष्ट पारेका छन् । यसअघि नेपालका केही संचारमाध्यमले नेताहरुलाई समेत भेटेको बारे समाचार लेखेका थिए ।
तीन वटै नेताको सचिवालयले यो खबरको खण्डन गरेका छन् । नेपाल र भारतको सम्बन्ध चिसिएको समयमा भएको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

काठमाडौं । अस्ट्राजेनिका र अक्सफोर्ड विश्वविद्यालयले तयार पारेको कोरोनाभाइरस विरुद्धको खोप दिइएका एक व्यक्तिको ब्राजिलमा मृत्यु भएको छ।
ब्राजिलको स्वास्थ्य सेवा विभाग एन्भिसाले तेस्रो चरणको परीक्षणका क्रममा उक्त खोप दिइएका व्यक्तिको मृत्यु भएको जनाएको छ।
तर एभिन्साले खोप परीक्षणको कार्य जारी रहने बताएको छ। एन्भिसाले स्वयंसेवी ती व्यक्तिले खोप लगाएका हुन् वा प्लासेबो लगाएका हुन् भन्ने स्पष्ट भइ नसकेको जनाएको छ। तर एन्भिसाले ती व्यक्तिको वैयक्तिक विवरण भने उपलब्ध गराउन अस्वीकार गरेको छ।
अक्सफोर्ड विश्वविद्यालयले ब्राजिली नियामक निकाय एन्भिसाको सिफारिस बमोजिम खोप परीक्षण अभियान जारी रहने जनाएको छ। विश्वविद्यालयले क्लिनिकल परीक्षणका बारेमा सुरक्षात्मक कुनै समस्या नरहेको पनि बताएको छ।
खोप निर्माता अस्ट्राजेनिकाले भने उक्त घटनाका बारेमा टिप्पणी गर्न अस्वीकार गरेको छ। अस्ट्राजेनिकाले खोप अभियान रोक्ने वा स्थगित गर्ने बारेमा पनि केही बताएको छैन।
जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो अद्यावधिक विवरण अनुसार ब्राजिलमा ५२ लाख ७४ हजार व्यक्ति कोरोना संक्रमित भएका र १ लाख ५४ हजार ८३७ जनाको मृत्यु भइसकेको छ।

काठमाडौं । चीनमा फुड पोइजनिंगका कारण ९ जनाको मृत्यु भएको छ । मिडिया रिपोर्टका अनुसार फ्रिजमा राखिराखेको करिब १ वर्ष पुरानो नुडल्स खाँदा ९ जनाको ज्यान गएको हो ।
स्वाद अनौठो मानेर मन नपरेपछि नखाएका परिवारका अन्य ३ सदस्य भने बचेका छन् ।
उनीहरुले नुडल्स ५ अक्टोबरमा खाएका थिए । त्यसपछि १० अक्टोबरसम्म ७ जनालाई मृत घोषित गरिसकिएको थियो । आठौं व्यक्तिको मृत्यु २ दिनपछि १२ अक्टोबरमा भएको थियो ।
अन्तिम बिरामीको मृत्यु यही सोमबार भयो । पीडित परिवार उत्तर पूर्वी चीनको हेलोंगजिआन प्रान्तमा बस्थे । घटनापछि चीनको स्वास्थ्य आयोगले राष्ट्रिय चेतावनी जारी गर्दै नागरिकहरुलाई फर्मेन्टेड पिठोबाट बनेको खाना नखान सल्लाह दिएको छ ।

काठमाडौं । अमेरिकामा कोरोना भाइरसको संक्रमण पुनः बढ्न थालेको छ।
केही सातायता संक्रमण दरमा केही कमी आएपनि पछिल्ला दुईतीन दिन यता संक्रमण पुनः बढ्न थालेको हो।
वल्र्डओमिटरका अनुसार पछिल्लो २४ घण्टामा त्यहाँ ६२ हजार सात सय ४४ जनामा संक्रमण पुष्टि भएको छ। यस बीचमा त्यहाँ संक्रमणबाट एक हजार दुई सय १५ जनाले ज्यान गुमाएका छन्।
मृत्यु र संक्रमणको यो संख्या पछिल्लो २४ घण्टामा विश्वका अन्य सबै देशको भन्दा धेरै हो।
बुधबार अमेरिकामा दुई महिनापछि ठूलो संख्यामा कोरोनाका नयाँ बिरामी अस्पताल भर्ना भएका अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।
बुधबार एकैदिन त्यहाँ ४० हजारको संख्यामा कोरोनाका बिरामी अस्पताल भर्ना भएका छन्। यो अगस्ट यताकै सबैभन्दा धेरै हो।
अमेरिकाका मध्यमश्चिमका राज्यहरूमा संक्रमण बढी देखिन थालेको छ। आयोवा, कन्सास, मिसौरी, नेब्रास्का, उत्तर डकोटा, दक्षिण डकोटा, विस्कॉन्सिन लगायतका राज्यमा संक्रमण दर उच्च रहेको रोयटर्सले जनाएको छ।
गएको शुक्रबार अमेरिकामा ६९ हजार ४ सय ७८ जना नयाँ संक्रमित फेला परेका थिए।
पछिल्लो २४ घण्टामा विश्वरभर संक्रमणबाट ६ हजार आठ सय ३९ जनाले ज्यान गुमाएका छन्। अमेरिकापछि भारतमा धेरैको मृत्यु भएको छ। त्यहाँ पछिल्लो २४ घण्टामा सात सय तीन जनाले ज्यान गुमाएका छन् भने ब्राजिलमा पाँच सय ७१ जनाले ज्यान गुमाएका छन्।
पछिल्लो २४ घण्टामा विश्वभर चार लाख ३६ हजार एक सय ३० जनामा संक्रमण पुष्टि भएको छ। छिमेकी देश भारतमा हिजो एकै दिन ५६ हजारमा संक्रमण देखिएको छ।
कोरोना संक्रमणबाट अहिलेसम्म विश्वमा ११ लाख ३६ हजार तीन सय ३५ जनाले ज्यान गुमाएका छन् भने चार करोड १४ लाख ८४ हजार भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ।

काठमाडौं । नेपालमा एकै दिन २६ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर २६ जनाको मृत्यु भएको हो ।
यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ७ सय ९१ पुगेको मन्त्रालयले जनाएको छ।
मंगलबार कोरोना भाइरसको संक्रमणबाट आठजनाको मृत्यु भएको थियो ।

काठमाडौं । काठमाडौं उपत्यकामा ३१०७ कोरोना संक्रमित थपिएका छन।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा २३९१ , ललितपुरमा ५४३ र भक्तपुरमा १७३ जनालाई कोरोना संक्रमण देखिएको छ।

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको २० हजार ११८ पीसीआर परीक्षणमा थप ५७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ४४ हजार ८७२ जना पुगेको छ।
पछिल्लो २४ घण्टामा २९९६ जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् ।
योसँगै हालसम्म ९९ हजार ६०५ जना निको भएका छन्। देशभर ४४ हजार ४७६ जना सक्रिय संक्रमित छन्।

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कोरोना महामारीका कारण रोकिएको कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ ।
वैशाख ८ गतेदेखि हुने भनिएपनि लकडाउनका कारण रोकिएको परीक्षा मंसिर ९ गतेबाट सुरु हुने गरि तालिका सार्वजनिक गरेको हो ।
कक्षा १२ को साधारण (संगीत, ललितकला र संस्कृत विषय समूह समेत) तथा प्राविधिक विषय समूह तर्फका नियमित परीक्षार्थीहरुको वार्षिक परिक्षा सञ्चालन हुनेछ ।
बोर्डका अनुसार कक्षा १२ को परीक्षा मंसिर ९ गते विहान ८ बजेदेखि शुरु हुनेछ ।


काठमाडौं । ऐतिहासिक सम्पदा रानीपोखरीको उद्घाटन भएको छ । पुननिर्माणको काम पुरा भएसँगै बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट रानीपोखरीको उद्घाटन भएको हो । २०७२ वैशाख १२ गतेको भूकम्पबाट क्षतिग्रस्त बनेको रानीपोखरीको पुनर्निर्माणको काम भने २०७२ माघ २ बाट शुरु भएको थियो । त्यसबेला राष्ट्रपतिबाटै यसको शिलान्यास भएको थियो ।
रानीपोखरी र त्यहाँस्थित बालगोपालेश्वर महादेव मन्दिर पुरानै स्वरुपमा तयार भइसकेका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार रानीपोखरी सर्वसाधारणको दर्शनका लागि भने तिहारमा भाइटिकाका दिन खुला हुने छ । काठमाडौंको ऐतिहासिक तथा पुरातात्विक सम्पदा पुनर्निर्माणले अहिले गति लिएको छ ।

काठमाडौं । सन् २०२० को विश्वका सबैभन्दा शक्तिशाली देशहरुको सूची सार्वजनिक भएको छ ।
आर्थिक, राजनीतिक र सैन्य शक्तिका आधारमा प्रकाशित गरेको सूचीमा शक्तिशाली देशहरुको सूचीमा अमेरिकाले नै कब्जा जमाएको छ ।
सिड्नी स्थित लबी इन्स्टिच्युटको एसिया पावर इन्डेक्स २०२० अनुसार शक्तिशाली देशको सुचीमा दोस्रो स्थानमा चीन रहेको छ । अमेरिका र चीनलाई अंकका आधारमा महाशक्तीको दर्जा दिइएको छ । तेस्रो स्थानमा रहेको जापानलाई प्रमुख शक्तिको दर्जामा राखिएको छ ।
प्रमुख शक्तिराष्ट्रको दर्जा हासिल गर्न आवश्यक ४० अंक पाउन यो पटक भारत चुकेको छ । यो बर्ष करिब २ अंकको कमीले गर्दा भारत शक्ति राष्ट्रको दर्जा हासिल गर्न बन्चित भएको हो ।
गतबर्ष अर्थात सन् २०१९ को सुचीमा भारत पनि विश्वको प्रमुख शक्ति राष्ट्रको दर्जामा थियो । यो बर्ष कोरोना भाइरस प्रकोपका कारण भारत यो सुचिबाट बाहिरिएको छ ।
सिड्नी स्थित लबी इन्स्टिच्युटको एसिया पावर इन्डेक्स २०२० अनुसार सन् २०१९ मा भारतको पावर स्कोर ४१ थियो जुन यो बर्ष घटेर ३९ दशमलव ७ मा झरेको छ ।
यो सुचीमा जुन देशको स्कोर ४० वा त्योभन्दा बढी हुन्छ त्यसलाई प्रमुख शक्ति मानिन्छ । अघिल्लो वर्ष शक्तिशाली बनेको छिमेकी यस पटक घटुवामा परेको हो।
रिपोर्टमा इन्डो९प्यासिफिकका सबै देशमध्ये भारत कोरोना महामारीका कारण विकास क्षमता गुमाएको देश भनिएको छ। भारत एसियाको दोस्रो ठूलो जनसंख्या भएको देश हो।
भारत र अर्को हाम्रो छिमेकी चीनमा पनि जनसंख्या विशाल छ। यी दुई देशको आवादी लगभग बराबर छ। अनुमान के गरिँदै छ भने, केही वर्षमा भारतले जनसंख्यामा चीनलाई उछिन्ने छ।
केही बर्षपछि सम्भवत भारत जनसंख्याको मामिलामा चीनलाई पछाडी पार्नेछ । तर भारतिय समाजमा कोरोना भाइरसको मारले दुई देश बीच शक्तीको असमानता बढाएको छ ।
हालको रुझान अनुसार यो दशकको अन्तसम्ममा भारत र चीनको कुल आर्थिक उत्पादन ४० प्रतिशत मात्र रहने पनि प्रतिवेदनले जनाएको छ । सन् २०१९ मा यो पुर्वानुमान ५० प्रतिशत हुने आशा गरिएको थियो ।
सन् २०३० सम्म भारतिय अर्थब्यवस्था मुल रुपमा महामारी पुर्वको पुर्वानुमानको तुलनामा १३ प्रतिशत कम रहनेछ । यसले भारतियहरुको खरिद गर्ने क्षमतामा पनि नकारात्मक असर पर्नेछ । यसले भविष्यको संसाधानको मापनमा भारतको स्कोर करिब पाँच अंकले गिरावत आएको लबी इन्स्टिच्युटले उल्लेख गरेको छ ।
अष्ट्रेलियाको लवी इन्स्टिच्युट हरेक बर्ष विश्वका प्रमुख देशको आर्थिक क्षमता, सैन्य क्षमता, आन्तरिक स्थिति, भविष्यको योजना, दोस्रो देशसँगको आर्थिक सम्बन्ध, डिफेन्स नेटवर्क, राजनितिक तथा कुटनिटिक प्रभाव र सांस्कृतिक प्रभावको अध्ययन गरि यो सुची जारी गर्छ ।
यो बर्षको सुचीमा सबैभन्दा तिब्र रुपमा अगाडी बढ्ने देशमा भियतनाम पहिलो स्थानमा पर्छ । दोस्रो स्थानमा अष्ट्रेलिया र तेस्रो स्थानमा ताइवान रहेको छ । एजेन्सी

काठमाडौं। काठमाडौंको एक बालगृहमा अलपत्र अवस्थामा रहेका ११ बालबालिकालाई उद्धार गरिएको छ ।
काठमाडौंको सहारा अन्तर्राष्ट्रिय बालगृह र केअर बालगृहमा अलपत्र अवस्थामा रहेका हुम्लासहित विभिन्न जिल्लाका ११ बालबालिकालाई उद्धार गरिएको हो ।
लामो समयदेखि बालबालिकाको क्षेत्रमा काम गर्दै आएका हिमाली नवीन समाजले ती बालबालिकालाई उद्धार गरी परिवारको जिम्मा लगाएको छ ।
उद्धार गरिएकामध्ये सात बालबालिकालाई जिल्ला बाहिर नेपालगञ्ज, काठमाडौँमा रहेका आफन्तलाई बुझाइएको छ भने बाँकी हुम्लाका चार जनालाई परिवारसँग पुनःमिलन गराइएको छ ।
गाउँका नातेदारले १२ कक्षासम्म निःशुल्क पढाइ दिने भन्दै रु ४० हजारसमेत लिएको खुलासा भएको छ ।
कमजोर आर्थिक अवस्थाका कारणले गर्दा कपी, कलमसमेत किन्न नसक्ने अवस्थामा भएपछि आफन्तले कुनै बालगृहमा लगिदिन्छु भनेपछि मेरो छोरालाई विश्वास मानेर पठाएको हुम्लाका अदानचुली गाउँपालिका–५ का कुल टमटाले बताए ।
जोखिम अवस्थामा बालगृहमा रहेका ती बालबालिकालाई बूढानीलकण्ठ नगरपालिका वडा नं ११ ले उद्धार गरी हिमाली नवीन समाज संस्थालाई जिम्मा लगाएपछि उनीहरुलाई घरपरिवारसँग पुनःमिलन गराएको समाजका पारिवारिक पुनःमिलन अधिकृत मङ्गल लामाले बताउनुभयो ।
हुम्लाबाट बालबालिका ओसारपसार हुन नदिनका लागि सरकारी निकाय, नागरिक समाज, स्थानीय तह र अभिभावकले पनि यसमा ध्यान दिनुपर्ने प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि गिरीले आग्रह गर्नुभयो ।
जिल्ला प्रशासन कार्यालयमा एक कार्यक्रमको आयोजना गरी प्रजिअ गिरी, खार्पुनाथ गाउँपालिका उपाध्यक्ष शाही, सिमकोट गाउँपालिका–२ का वडाध्यक्ष नरबहादुर भण्डारीलगायत अभिभावकको उपस्थितिमा बालबालिकालाई आफन्तको जिम्मा लगाइएको छ ।

काठमाडौं । व्यवसायी वसन्त चौधरीलाई कोरोना पोजेटिभ देखिएको छ । सामाजिक सञ्जालमार्फत आफूलाई पोजेटिभ भएको उल्लेख गरेका छन् ।
चौधरीले आफूलाई केही लक्षणहरु देखिएको र आफू चिकित्सकको सल्लाहमा रहेको बताएका छन् ।
घरमा नै आइसोलेसनमा बस्नुभएका चौधरीले आफूसँग पाँच दिन देखि सम्पर्कमा रहेकाहरुलाई चिकित्सकको सल्लाह लिन पनि आग्रह गरेका छन् ।

काठमाडौं । बडा दशैंअन्तर्गत नवरात्रको पाँचौ दिन आज हिन्दू धर्मावलम्बीहरुले शक्तिस्वरुपा देवी स्कन्दमाता भगवतीको पूजा आराधना गरि मनाउंदै छन् ।
भगवान स्कन्दकुमार कार्तिकेयको बालस्वरुपलाई सदैव काखमा राखी ममतामयी स्नेह प्रदान गर्ने हुनाले नवरात्रीको पाँचौ दिन यिनलाई स्कन्दमाताको नामबाट पुकार्ने गरिन्छ ।
चार हात मध्ये दायाँतर्फको माथिल्लो हातले स्कन्दकुमार कार्तिकेयलाई काखमा च्याप्दै बायाँतर्फको तल्लो हातमा कमलको फूल र माथिल्लो हातले बरमुद्रा धारण गर्ने यिनी पद्मासन सहित सिंहमा सवार रहन्छिन् ।
सौर्य मण्डलकी अधिष्ठात्री देवी हुनाले यिनको वर्ण पनि सूर्यकै जस्तै देदिप्यमान हुन्छ । यसै अवसरमा देशभर आदिकालदेखि उत्पत्ति भइरहेका र प्रतिस्थापित अष्टमातृकाका विभिन्न शक्तिपीठमा हिन्दु धर्माबलम्बीहरुले आज नवदुर्गा भगवानीको दर्शन गरी पूजाअर्चना गरिरहेका छन् ।
आ–आफ्नो घरमा राखिएको जमरा तथा प्रतिस्थापना गरिएको दुर्गा भवानीको पूजा आराधनाका साथै दुर्गा सप्तशती चण्डी पाठ पनि गर्दैछन् ।

कैलाली । कैलालीमा ड्युटीमा खटिएकै समयमा कब्जामा लिएर दुई प्रहरी कर्मचारीको विभत्स हत्या गरेको अभियोगमा पक्राउ परेका ७ जनालाई आज प्रहरीले सार्वजनिक गरेको छ । कैलालीको अस्थायी प्रहरी बिट, जुगेडाका इञ्चार्ज प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विक र जवान रामबहादुर साउदको हत्यामा संलग्न रहेको अभियोगमा पक्राउ परेका ७ जनालाई प्रहरीले मंगलबार सार्वजनिक गरेको हो ।
जिल्ला प्रहरी कार्यालय, कैलालीले घटनामा संलग्नता पुष्टि भएको अभियोगमा धनगढी–१० का ३१ वर्षीय पर्कु भन्ने रोहित राना, २० वर्षीय राजेन्द्र राना, ३० वर्षीय चोर भन्ने सुरेश राना, २५ वर्षीय गब्बर भन्ने राजकुमार राना, २२ वर्षीय राम निवास राना, २९ वर्षीय टल्लु भन्ने दलराम राना र २५ वर्षीय राम गोपाल रानालाई सार्वजनिक गरेको छ ।
उनीहरु नेपाल र भारतको सीमा क्षेत्रबाट पक्राउ परेका हुन् । प्रहरीले कुल १३ जनालाई पक्राउ गरेको थियो । असई विकले केराउको तस्करीमा अवरोध गरेपछि सामुहिक आक्रमण गरी प्रहरीको हत्या गरिएको उनीहरुले स्वीकार गरेका छन् ।
शनिबार राति बा ५८ प ५२८४ नम्बरको मोटरसाइकल चढेर नियमित गस्तीमा निस्किएका असई विक र जवान साउद माथि तस्कर समूहले आक्रमण गरेको थियो । विकको शव आइतबार मोहना नदीमा भेटिएको थियो । साउदको शव मंगलबार मात्र भेटिएको हो । तस्करहरुले घरेलु हतियारको प्रयोग गरी प्रहरीको हत्या गरेका छन् ।

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर ८ जनाको मृत्यु भएको हो ।
यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ७ सय ६५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। सोमबार कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु भएको थियो ।

काठमाडौं । काठमाडौं उपत्यकामा १७०२ कोरोना संक्रमित थपिएका छन।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा १४३१ , ललितपुरमा १२३ र भक्तपुरमा १४८ जनालाई कोरोना संक्रमण देखिएको छ।

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३०९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको १३हजार ८६१ पीसीआर परीक्षणमा थप ३०९३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ३९ हजार १२९ जना पुगेको छ। जना पुगेको छ।
पछिल्लो २४ घण्टामा २१०८ जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् ।
यससँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ९६ हजार ६०९ पुगेको छ ।
देशभर ४१ हजार ७७५ जना सक्रिय संक्रमित छन्।

काठमाडौं । दशैको विदामा पाँचै दिन बैंकका सबै शाखा बन्द हुने भएको छ । नेपाल बैंकर्स संघले मंगलबार सूचना जारी गर्दै कात्तिक ७ गतेदेखि ११ गतेसम्म सबै बैंकका शाखाहरु बन्द हुने जानाकारी गराएको हो ।
यसअघि दशैको विदाको दिन पनि बैंकहरुले केही घण्टा आफ्ना काउन्टर खोलेर सेवा दिने गरेको थियो ।
बैंकका शाखा बन्द भए पनि डिजिटल बैंकिङ सेवा र एटीएम सेवा भने सुचारु रहने संघले जनाएको छ ।
वाणिज्य बैंकका कर्मचारीहरुमा पनि कोरोना संक्रमणको दर दिनप्रतिदिन बढ्दै गएको र ३ हजार ७ सय भन्दा धेरै कर्मचारी संक्रमित भएकाले संक्रमणबाट बच्न जोखिम न्यूनीकरणका लागि डिजिटल बैंकिङको प्रयोगमाजोड दिन संघले अनुरोध समेत गरेको छ ।


काठमाडौं । सरकारले देशभर वर्ग र समूह निर्धारण गरेर मात्रै निःशुल्क कोरोना भाइरसको परीक्षण र उपचार गर्न निर्देशन दिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वर्ग र समुदाय लक्षित गर्दै कोरोना परीक्षण तथा उपचार निःशुल्क गर्नेहरुबारेको परिपत्र देशभरका सबै अस्पताल र प्रयोगशालालाई पठाएको हो ।
मन्त्रालयले निस्शुल्क उपचार पाउने संक्रमितहरूलाई सात वटा सूचीमा वर्गीकरण गरेको छ। आपतकालिन कार्यसंचालन केन्द्रले सार्वजनिक गरेको सूचीअनुसार पहिलो नम्बरमा विपन्नहरूको निःशुल्क उपचार गर्ने भनिएको छ।
अब कुनै पनि संक्रमितले आफू विपन्न भएको प्रमाण पत्र पेस गरे वा स्वयं घोषणा गरे भने त्यस्ता संक्रमितहरूको सरकारले निःशुल्क उपचार गर्नेछ।
अब, सरकारले तय गरेको नयाँ मापदण्ड भित्र नपर्नेले कोरोनाको निःशुल्क परीक्षण र उपचार पाउ ने छैनन् ।
मन्त्रिपरिषद्को यही असोज १९ गतेको निर्णयानुसार विपन्न, अशक्त, असहाय, एकल महिला, अतिअपांगता भएका, ७० वर्षमाथिका जेष्ठ नागरिकले कोरोनाको निःशुल्क परीक्षण तथा उपचार सरकारबाट पाउनेछन्।
अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी र सुरक्षाकर्मी लगायत जोखिम क्षेत्रमा कार्यरत कर्मचारीको निःशुल्क कोरोना जाँच र उपचार हुनेछ। त्यस्ता व्यक्तिहरूले सम्बन्धित कार्यालयको परिचयपत्र वा सिफारिस पेस गर्नुपर्ने हुन्छ।
तर उल्लेखित आधार पुगेका संक्रमितहरूको विमा गरिएको अवस्थामा भने सम्पूर्ण परीक्षण तथा उपचार खर्च निजको बीमा रकमबाट कटौति गरिने उल्लेख छ।


काठमाडौं, ४ कात्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले लक्षण देखिएका कोरोना संक्रमितको नि:शुल्क उपचार यथावत रहेको जानकारी दिएका छन् ।
सरकारले आर्थिकस्तर ठिक भएकालाई सशुल्क उपचार गराउने निर्णय लिएको बेला लुम्बिनी प्रदेशले भने लक्षण देखिएका विरामीलाई नि:शुल्क उपचार जारी राख्ने भएको हो ।
मुख्यमन्त्री पोखरेलले सामाजिक सञ्जालबाट प्रदेशमा रहेका चारवटै कोरोना विशेष अस्पतालमा लक्षण देखिएका विरामीका लागि नि:शुल्क उपचारको व्यवस्था यथावत रहेको जानकारी दिए ।
उनले सामाजिक सञ्जालमा लेखेका छन् , ‘लुम्विनी प्रदेशका चारवटै कोरोना विशेष अस्पतालमा लक्षण देखिएका विरामीका लागि नि:शुल्क उपचारको व्यवस्था यथावत रहेको छ ।’
सरकारले आर्थिक रुपमा विपन्न, अशक्त तथा असहाय अवस्थामा रहेका नागरिक, असहाय एकल महिला, अति अपांगता भएका नागरिक, जेष्ठ नागरिक, अग्रपंतिमा खटिने स्वास्थ्यकर्मी, सरसफाई कर्मचारी, सुरक्षाकर्मी लगायतको मात्रै निस्शुल्क परीक्षण र उपचार गर्ने निर्णय गरेको छ ।

काठमाडौं । विश्वभर कोरोना संक्रमण निको हुनेको संख्या ३ करोड नाघेको छ । हालसम्म कोरोना पुष्टि भएका ४ करोड ६ लाखमध्ये ३ करोड ३ लाख २९ हजार ७ सय जना निको भएका छन् ।
वल्ड्रोमिटरका अनुसार गएको २४ घण्टामा मात्रै २ लाख २१ हजार ३ सय ६५ जना निको भएका हुन् । अहिले विश्वभर ९१ लाख ५१ हजार सक्रिय संक्रमित छन् ।
जसमध्ये एक प्रतिशत अर्थात् ७२ हजारको अवस्था जटिल छ भने बाँकी ९० लाखको अवस्था सामान्य छ । ११ लाख २२ हजारको भने कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ ।
हालसम्म सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकामा ८४ लाख ४६ हजारमा कोरोना पुष्टि भएकोमा ५४ लाख ९३ हजार निको भएका छन् ।
२ लाख २५ हजारको मृत्यु भएको छ । यस्तै ७५ लाख ९४ हजार संक्रमित रहेका भारतमा ६७ लाख ३० हजारले कोरोना जितेका छन् । १ लाख १५ हजारको ज्यान गएको छ ।
यसैगरी ५२ लाख ५० हजारमा कोरोना पुष्टि भएको ब्राजिलमा ४६ लाख ८१ हजार निको भएका छन् । ब्राजिलमा १ लाख ५४ हजारको मृत्यु भएको छ ।

काठमाडौं । सरकारले आपूर्ति व्यवस्थालाई प्रभावकारी र बजारलाई व्यवस्थित बनाउन आफ्नो भूमिकालाई थप सक्रिय बनाउँदै लगेको छ ।
चाडवाड नजिकिएसँगैं सरकारले स्वच्छ, सर्वसुलभ दरमा उपभोग गर्न पाउने नागरिकको अधिकारको रक्षार्थ आफूलाई दरिलोसँग उभ्याएको छ ।
पछिल्लो समय सरकारले उपभोक्तामाथि विभिन्न प्रकारले ठगी गर्ने व्यावसायिक फर्ममाथिको अनुगमन र कारबाहीलाई तीव्र पारेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अनुगमनको क्रममा कानून र मापदण्डविपरीत कार्य गर्ने बढी कारबाहीमा परेका छन् ।
विभागका तथ्यांकअनुसार असोज १ देखि ३० गतेसम्म गरेको बजार अनुगमनका क्रममा कानून र मापदण्डविपरीत कार्य गर्ने १३७ पसललाई कारबाही गरेको छ ।
जसबाट जरिवानास्वरूप ७८ लाख ५७ हजार राजस्व असुल भएको विभागले जनाएको छ । १ महिना अवधिमा ८०१ फर्मको अनुगमन गर्दा १३७ फर्म कारबाहीमा परेको हो ।
अनुगमनका क्रममा ९८ हजार ७८२ रुपैयाँ बराबरको खान अयोग्य तथा म्याद सकिएको खाद्य वस्तु नष्ट गरिएको थियो ।
अन्य जिल्लाका तुलनामा सबैभन्दा धेरै काठमाडौं उपत्यकाभित्र सञ्चालन गरिएका फर्म नै कारवाहीमा परेका छन्। गैरकानूनी व्यापारिक क्रियाकलाप गर्नेमध्ये सबैभन्दा धेरै फलफूल तथा तरकारी पसललाई जरिवाना गरिएको छ ।
३३ ओटा फलफूल तथा तरकारी पसलको अनुगमन गर्दा २२ पसललाई कारबाही गरिएको थियो । कारबाहीबाट १४ लाख ६२ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।
यसैगरी ४५ पानी उद्योगको अनुगमन गर्दा १४ उद्योगलाई कारबाही गरिएको छ, जसबाट १४ लाख रुपैयाँ जरीवाना संकलन भएको विभागले बताएको छ ।
विभागका अनुसार अनलाइन पसलबाट ५ लाख ८० हजार, औषधि पसलबाट ५ लाख १५ हजार, खाद्य तथा किराना पसलबाट ९५ हजार र गार्मेन्टबाट ५० हजार रुपैयाँ राजस्व संकलन भएको छ ।
यसैगरी ग्यास पसलबाट १ लाख, पार्टी प्यालेसबाट ३ लाख, मार्टबाट ५ लाख र मासु पसलबाट ३ लाख, रेष्टुराँबाट २ लाख रुपैयाँ राजस्व असुली भएको छ ।

काठमाडौं । बडा दसैंको चौथो दिन आज देवी कुष्माण्डाको पूजा आराधना गरि मनाइँदै छ । दसैं घर तथा पूजा कोठामा दुर्गा स्थापना गरिएको स्थलमा नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाको पूजा आराधना गरिन्छ ।
कुष्माण्डा मातालाई शुभकर्म थालनी वा सृष्टिको प्रतीकको रुपमा पूजा गरिन्छ । आफ्नो उदरमा त्रिविध ताप धारण गरी संसारको सृष्टि गर्न कुष्माण्डा देवीको आविर्भाव भएको ग्रन्थहरुमा उल्लेख गरिएको छ ।
उष्ण र शीतललाई समभाव सिर्जना गर्ने शक्ति कुष्माण्डा देवीमा रहेको बताइन्छ ।
देवी कुष्माण्डाले ब्रह्माण्डको सृष्टि गरी पृथ्वी रचनाका लागि सूर्य भगवानलाई आफ्नो तापशक्ति दिएर प्रज्जवलित बनाएको र अन्य ग्रहको समेत रचना गरी पूरै सौरमण्डल सञ्चालन गरेको देवीभागवत् लगायतका ग्रन्थहरुमा उल्लेख छ ।
कुष्माण्डाको लौकिक अर्थ कुभिण्डो हो । उष्ण हावापानीको प्रकृतिमा हुर्किने तर भित्री गुण शीतप्रद हुने फल कुभिण्डोलाई कुष्माण्डा देवीको प्रतीक मानेर दशैंमा यसको पूजाआजा गर्ने चलन छ ।
शक्तिपीठ तथा देवी मन्दिरहरुमा कुभिण्डाको विधिपूर्वक पूजा गरी बलि समेत चढाउने गरिन्छ ।
यी देवी उष्ण रक्तसमूह मानव, चराचरुङ्गी तथा शीतरक्त समूह माछा, सर्पलगायतका सारा प्राणीको सिर्जना शक्ति भएकी माता भनेर शास्त्रमा उल्लेख रहेको छ ।

काठमाडौं । नेपालमा कोरोनाबाट थप १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर १८ जनाको मृत्यु भएको हो । यो सहित कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७५७ पुगेको छ । यसअघि आइतबार १२ जनाको मृत्यु भएको थियो।

काठमाडौं । काठमाडौं उपत्यकामा थप २३८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा २ हजार ८, ललितपुरमा २ सय ८१ र भक्तपुरमा ९९ जनालाई कोरोना संक्रमण देखिएको छ।