Author: Vishwanews.com

  • अमेरिकामा अगस्ट १ यताकै धेरै कोरोना संक्रमित फेला

    अमेरिकामा अगस्ट १ यताकै धेरै कोरोना संक्रमित फेला

    काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ । कोरोना भाइरसका कारण हालसम्म विश्वमा ११ लाख २ हजार ८४४ जनाको मृत्यु भएको छ भने ३ करोड ९१ लाख ५८ हजार १०१ जनालाई कोरोना संक्रमण भएको छ ।

    त्यस्तै २ करोड ९३ लाख ७५ हजार ९३० जना कोरोना संक्रमण मुक्त भएका छन् भने ७० हजार ८८८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

    विश्वमा सक्रिय कोरोना संक्रमितको संख्या ८६ लाख ७९ हजार ३२७ रहेको छ । यसैबीच अमेरिकामा २ लाख २२ हजार ७१७ जनाको मृत्यु भएको छ भने ८२ लाख १६ हजार ३१५ जनालाई कोरोना संक्रमण भएको छ ।

    त्यस्तै ५३ लाख २० हजार १३९ जना संक्रमण मुक्त भएका छन् भने २६ लाख ७३ हजार ४५९ जना उपचाररत छन् । त्यस्तै १५ हजार २७० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

    अमेरिकाको क्यालिफोर्नियामा हालसम्म १६ हजार ८४० जनाको मृत्यु भएको छ भने ८ लाख ६८ हजार ५६९ जनालाई कोरोना संक्रमण भएको छ । त्यस्तै टेक्सासमा ८ लाख ५७ हजार १०२ जना संक्रमित रहेका छन् भने १७ हजार ३९३ जनाको मृत्यु भएको छ ।

    त्यस्तै फ्लोरिडामा ७ लाख ४४ हजार ९८८ जनालाई संक्रमण भएको छ भने १५ हजार ७३७ जनाको मृत्यु भएको छ ।

    अमेरिकामा बिहीवार मात्रै ६६ हजार १२९ जना संक्रमित थपिएका छन् । यो संख्या अगस्ट १ यताकै सबैभन्दा धेरै हो । त्यस्तै अमेरिकामा बिहीवार ८७४ जनाको मृत्यु भएको छ ।

  • सानिमा जनरल इन्स्योरेन्सको आइपीओ बाँडफाँड, ५ लाख ९० आवेदकको हात खाली

    सानिमा जनरल इन्स्योरेन्सको आइपीओ बाँडफाँड, ५ लाख ९० आवेदकको हात खाली

    काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सले सर्वसाधारणमा बिक्री गरेको आइपीओ बाँडफाँड भएको छ।

    कम्पनी शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलको कार्यालयमा भएको भएको हो । आईपीओ बाँडफाँड कार्यक्रम फेसबुक लाइभबाट समेत प्रसारण गरिएको थियो । बाँडफाँडमा ५ लाख ९० हजार ५८५ जना आवेदकको हात खाली भएको छ।

    कम्पनीको शेयरमा आवेदन गर्ने २ लाख ७३ हजार जना आवेदकले सेयर निष्काशन तथा बाँडफाँड नियमावली अनुसार गोलाप्रथाबाट १० कित्ता हात परेका छन्।

    इन्स्योरेन्सको आइपीओमा कुल ८ लाख ६६ हजार ९०५ जना आवेदकबाट १ करोड ८५ लाख ९१ हजार ५२० कित्ता आइपीओ खरिदको लागि आवेदन परेकोमा ३ हजार ३६० जना आवेदकबाट परेको ६२ हजार २८० कित्ता सेयरको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ।

    आइपीओमा ८ लाख ६३ हजार ५८५ आवेदनबाट १ करोड ८५ लाख २९ हजार २४० कित्ता शेयर खरिदको लागि रितपुर्वक आवेदन परेकोमा गोलाप्रथाबाट २ लाख ७३ हजारलाई बाँडफाँड गरिएको हो।

    यो आइपीओलाई केयर रेटिङ नेपालले मध्यम अवस्था अर्थात् औसत जोखिम जनाउने केयर एनपीबीबी प्लस’ रेटिङ प्रदान गरेको छ ।

    हाल यस कम्पनीको चुक्ता पुँजी ७० करोड रुपैयाँ रहेको छ । आइपीओपछि चुक्ता पुँजी १ अर्ब रुपैयाँ पुग्नेछ । निर्जीवन बिमा कम्पनीहरुको न्यूनतम चुक्ता पुँजी १ अर्ब रुपैयाँ हुनुपर्ने प्रावधान छ ।

  • कोरोना संक्रमितलाई लोकसेवाले परीक्षामा रोक लगाउन नपाउने

    कोरोना संक्रमितलाई लोकसेवाले परीक्षामा रोक लगाउन नपाउने

    काठमाडौं । लोकसेवा आयोगले उत्तरपुस्तिकाबाट कोरोना भाइरस सर्ने भन्दै संक्रमित परीक्षार्थीले परिक्षामा भाग लिन नपाउने निर्णय गरेको थियो । यो निर्णय खारेज गर्न र सुरक्षित तरिकाले जाँच दिन पाउनु पर्ने माग गर्दै सर्वोच्च अदालतमा परेको रिटमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतले संक्रमितको पक्षमा अन्तरिम आदेश जारी गरेको छ ।

    महामारीको अवस्थामा थुप्रै परीक्षार्थी प्रतिस्पर्धाबाट बञ्चित हुने भन्दै संक्रमित परीक्षार्थीलाई परीक्षा केन्द्रको पृथक स्थानमा राखेर सुरक्षित तरिकाले जाँच लिने व्यवस्था गर्न अन्तरिम आदेश जारी गरिपाउँ भनि शैलेन्द्रप्रसादसहितले रिट दिएका हुन् । सर्वोच्चले यो विषयलाई लिखित जवाफमार्फत स्पष्ट पार्न आयोगलाई १५ दिनको समय दिएको छ ।


    सर्वोच्चले आयोगबाट जारी मापदण्डमा कोरोना संक्रमितलाई परीक्षामा नरोक्न भन्दै सबै परीक्षार्थीलाई र परीक्षा लिने वा व्यवस्थापनमा संलग्न हुने व्यक्तिले सुरक्षित तरिकाले परीक्षा लिन आदेश गरेको छ ।

    ‘स्वघोषित संक्रमित व्यक्तिहरूलाई निजको गोपनीयता र आत्मसम्मानको संरक्षण गर्दै आवश्यक वैकल्पिक सुरक्षित व्यवस्थासहित परीक्षा सञ्चालन गर्ने व्यवस्था गर्नू भनी सर्वोच्च अदालत नियमावली २०७४ को नियम ४९ (२) क बमोजिम अन्तरिम आदेश जारी गरिदिएको छ। आदेशको कार्यान्वयनका लागि यसको जानकारी महान्यायाधीवक्ताको कार्यालयमार्फत् विपक्षीलाई दिनू,’ सर्वोच्चको आदेशमा उल्लेख छ ।

  • बानेश्वरमा बैंकका सुरक्षा गार्डमाथि खुकुरी प्रहार

    बानेश्वरमा बैंकका सुरक्षा गार्डमाथि खुकुरी प्रहार

    काठमाडौं । मध्यबानेश्वरमा दिउँदै बैंकको सुरक्षामा खटिएका गार्डमाथि खुकुरी प्रहार भएको छ । गाडीले आफ्नो सुरक्षाका लागि भिरेको खुकुरी खोसेर एक जनाले गाडी माथि नै प्रहार गरेका हुन् । प्रहरीका अनुसार ग्लोबल आईएमई बैंकका सुरक्षा गार्डमाथि खुकुरी प्रहार भएको हो ।

    बैंकमा पुगेका एक सेवाग्राहीले लाइन लाग्ने विषयमा भएको विवादपछि सुरक्षा गार्ड रुद्रबहादुर मगरमाथि खुकुरी प्रहार गरेका हुन् । खुकुरी लागेर उनको हातमा गहिरो चोट परेको र उपचार भइरहेको छ । प्रहरीका अनुसार आक्रमणकारीको खोजी भइरहेको छ । तर, कुनै पनि व्यक्ति पक्राउ परेका छैनन् । घाइते मगरको बीएण्डबी अस्पतालमा उपचार भइरहेको छ ।

  • नेपालमा कोरोना संक्रमणबाट एकैदिन १९ जनाको मृत्यु

    नेपालमा कोरोना संक्रमणबाट एकैदिन १९ जनाको मृत्यु

    काठमाडौं । नेपालमा एकै दिन १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर १९ जनाको मृत्यु भएको हो ।

    यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ६ सय ९४ पुगेको छ । सोमबार देशभर कोरोना संक्रमणबाट ९ जना र आइतबार देशभर कोरोना संक्रमणबाट २२ जनाको मृत्यु भएको थियो ।

  • काठमाडौं उपत्यकामा १९३५ जना कोरोना संक्रमित थपिए

    काठमाडौं उपत्यकामा १९३५ जना कोरोना संक्रमित थपिए

    काठमाडौं । काठमाडौं उपत्यकामा १९३५ जना कोरोना संक्रमित थपिएका छन्।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा १६९३, ललितपुरमा १०८ र भक्तपुरमा १३४ जनालाई कोरोना संक्रमण देखिएको छ।

  • नेपालमा थप ३७४९ जनामा कोरोना संक्रमण, ३५६४ जना डिस्चार्ज

    नेपालमा थप ३७४९ जनामा कोरोना संक्रमण, ३५६४ जना डिस्चार्ज

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३७४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको १६ हजार ५९८ जनाको पीसीआर परीक्षणमा थप ३७४९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख २१ हजार ७४५ पुगेको छ।

    पछिल्लो २४ घण्टामा ३५६४ जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ८४हजार ५१८ पुगेको छ । देशभर ३६ हजार ५३३ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

  • काठमाडौं सोह्रखुट्टेमा ग्यास सिलिण्डर विस्फोट, ११ घाइते

    काठमाडौं सोह्रखुट्टेमा ग्यास सिलिण्डर विस्फोट, ११ घाइते

    काठमाडौं । काठमाडौंको सोह्रखुट्टे (नयाँबजार)मा ग्यास सिलिण्डर विस्फोट भएको छ । यस घटनामा ११ जना घाइते भएको प्रहरीले जनाएको छ । स्थानीय नीलकुमारी क्षेत्रीको तीन तले घरको पहिलो तलामा ग्यास सिलिण्डर विस्फोट भएको प्रहरीको भनाई छ ।

    घाइतेहरुको उपचार जारी रहेको छ । विस्फोटपछि घरमा आगलागीसमेत भएको र आगलागी भने नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ । ग्यास सिलिण्डर विस्फोटबाट वरपरका आधा दर्जन घरका सिसा फुटेका र कतिपय घरको भित्ता समेत चर्किएको छ । घटनापछि स्थानीय र प्रहरीले उद्दार कार्य गरेका थिए ।

  • तीन मन्त्रीले लिए सपथ, पदभार समेत ग्रहण

    तीन मन्त्रीले लिए सपथ, पदभार समेत ग्रहण

    काठमाडौं । बुधबार मात्र नियुक्त भएका तीन जना मन्त्रीले पद तथा गोपनीयताको सपथ लिएका छन् । नवनियुक्त अर्थमन्त्री विष्णु पौडेल, सहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठ र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री लीलानाथ श्रेष्ठले पद तथा गोपनीयताको सपथ लिएका हुन् ।

    बिहीबार बिहान राष्ट्रपति कार्यालय शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट नवनियुक्त मन्त्रीलाई सपथ खुवाइएको हो । सपथसँगै मन्त्रीहरु सम्बन्धित मन्त्रालय पुगेर पदभार सम्हालेका छन् ।

  • यूरोपमा पुनः बढ्न थाल्यो संक्रमण, विभिन्न मुलुकमा प्रतिवन्ध

    यूरोपमा पुनः बढ्न थाल्यो संक्रमण, विभिन्न मुलुकमा प्रतिवन्ध

    काठमाडौं । यूरोपमा कोरोना भाइरसको महामारीले पुनः फैलावट लिन थालेको छ । यससँगै विभिन्न मुलुकले प्रतिवन्ध र कर्फ्यु शुरु गरेका छन् । फ्रान्सले कोरोना संक्रमण नियन्त्रणका लागि राजधानी पेरिससहित ९ वटा शहरमा कर्फ्यु लगाएको छ।

    संक्रमण बढ्दै गएपछि राति ९ बजेदेखि विहान ६ बजेसम्म कर्फ्यु लगाइएको राष्ट्रपति इम्यानुएल म्याक्रोले घोषणा गरेका छन् । उनका अनुसार कर्फ्यु शनिबारदेखि लागू हुनेछ र आगामी चार हप्तासम्म कायम रहने छ ।

    फ्रान्सले देशमा स्वास्थ्य आपतकाल समेत घोषणा गरेको छ। उता, नेदरल्याण्डमा आंशिक लकडाउन गरिएको छ। स्पेनले उत्तर पूर्वी क्याटलोनियामा बार र रेष्टुरेन्टहरु १५ दिनका लागि बन्द गरेको छ । चेक गणराज्यले स्कूल र बार बन्द गरेको छ ।

  • नवनियुक्त मन्त्रीको सपथ र पदभार ग्रहण आज

    नवनियुक्त मन्त्रीको सपथ र पदभार ग्रहण आज

    काठमाडौं । नेपाल सरकारका नवनियुक्त मन्त्रीको सथप तथा पदभार ग्रहण आजै हुने भएको छ । आज साढे ११ बजे तीन जना मन्त्रीलाई राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको सपथ ग्रहण कार्यक्रम राखिएको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ गरेको मन्त्रिमण्डल हेरफेरमा तीन जना नयाँ मन्त्री आएका छन् । महासचिव बिष्णु पौडेललाई अर्थ, काठमाडौंका सांसद कृष्णगोपाल श्रेष्ठलाई सहरी विकास र सिरहाका सांसद लीलानाथ श्रेष्ठलाई महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नियुक्त गरिएको छ ।

  • आइपीएलमा दिल्लीको निरन्तर जित

    आइपीएलमा दिल्लीको निरन्तर जित

    दुबई । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले आफ्नो विजयी यात्रा कायम राखेको छ । बुधबार राती सम्पन्न खेलमा दिल्लीले राजस्थान रोयल्सलाई १३ रनले हराएको हो । आइपीएलमा अब दोस्रो राउण्डका खेलहरु शुरु भएका छन् । पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा १६१ रन मात्र जोडको थियो ।

    मध्यम योगफललाई राजस्थानले भेटाउन सकेन । राजस्थानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर मात्र १४७ रन बनायो । दिल्लीका लागि शिखर धवनले अर्धशतकीय पारी खेलेका थिए । उनले ३३ बलमा ६ चौका र २ छक्काको मद्दतमा ५७ रन योगदान गरे । कप्तान श्रेयस अय्यर ४३ बलमा ३ चौका र दुई छक्काको मद्दतमा ५३ रन बनाए ।

  • विवादित भारतीय सेनाध्यक्ष नेपाल भ्रमणमा आउँदै

    विवादित भारतीय सेनाध्यक्ष नेपाल भ्रमणमा आउँदै

    काठमाडौं । दुई मुलुकबीच सीमा विवाद चर्केको समयमा विवादित अभिव्यक्ति दिएका भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरभाने नेपाल भ्रमणमा आउने भएका छन् । उनी आगामी महिना नेपाल भ्रमणमा आउने तय भएको नेपाली सेनाले जनाएको छ । दुई मुलुकबीचको विवाद उत्कर्षमा रहेका बेला हुने लागेको यो उच्च तहको भ्रमण समेत हो ।

    भारतीय सेना प्रमुखलाई नेपाली सेनाको मानार्थ महारथीको उपाधि दिने प्रचलन रहेको छ । सोही सिलसिलामा उनी नेपाल भ्रमणमा आउन लागेका हुन् । सेना प्रमुखको पदभार सम्हालेपछि एक अर्काको मुलुकको भ्रमण गरेर मानार्थ महारथीको उपाधि दिने प्रचलन दुबै मुलुकका सेनाबीच रहेको छ ।

    नोभेम्बर २०१९ मा भारतले नेपाली भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरालाई समावेश गरेर नयाँ नक्सा जारी गरेयता नै दुबै मुलुकबाट उच्च स्तरको भ्रमण हुन पाएको छैन । यसबीचमा दुई प्रधानमन्त्रीले टेलिफोनमा वार्ता भने गरेका छन् ।

    नेपाल भारत सीमा विवादका बेला सेना प्रमुख नरभानेले लिपुलेकमा विगतमा कुनै समस्या नभएको र यो मुद्दा नेपालले कसैको इसारामा उठाएको बताएको थिए ।

  • बहराइन रोयल फोर्सबाट मनास्लु हिमाल सफल आरोहण

    बहराइन रोयल फोर्सबाट मनास्लु हिमाल सफल आरोहण

    काठमाडौं । बहराइनका राजकुमारसहितको टोलीले आज नेपालको ८ हजार मिटरभन्दा अग्लो हिमाल गोरखास्थित मनास्लुको सफल आरोहण गरेको छ । कुल १८ जना मध्ये १४ जना आराही बिहान करीव ७ बजे चुचुरोमा पुगेको पर्यटन विभागले जनाएको छ । विभागकी निर्देशक मिरा आचार्यले फेसबुकमार्फत यसको पुष्टी गरेकी छिन् ।

    मनास्लु आधार शिविरमा रहेका सरकारी सम्पर्क अधिकृतलाई उदृत गर्दै उनले बहराइन रोयल फोर्सको टोली चुुचुरोमा पुग्न सफल भएको पुष्टी गरेकी हुन् । यो टोलीको साथमा रहेको शेर्पा सहयोगीहरुसमेत चुचुरो पुग्न सफल भएका छन् ।

    नेपाली पर्यटनमा बहराइन राजकुमारको यो भ्रमणलाई महत्वपूर्ण मानिएको छ । मनास्लु ८१६३ मिटर अग्लो हिमाल हो । यसअघि यो टोलीले सोलुखुम्बुको लोबुचे हिमालको आरोहण गरेर फर्किएको थियो ।

  • विष्णु पौडेल बने अर्थमन्त्री

    विष्णु पौडेल बने अर्थमन्त्री

    काठमाडौं । नेकपा महासचिव विष्णु पौडेल अर्थ मन्त्री बनेका छन् । डा. युवराज खतिवडाको बहिर्गमनसँगै अर्थ मन्त्रालयमा उनको ढोका खुलेको हो । करीव साढे दुई महिना लामो रिक्ततापछि अर्थमन्त्रालयले नेतृत्व पाएको हो ।

    विष्णु पौडेल दोस्रो पटक अर्थमन्त्री बनेका छन् । पहिलो कार्यकाल अर्थतन्त्रको आधारभुत विषयवस्तु बुझेका कारण दोस्रो कार्यकाल उनका लागि सहज हुने अनुमान गरिएको छ ।

    कोरोना भाइरसको महामारीका बीच थला परेको अर्थतन्त्र उकास्नु, मुलुक भित्रै रोजगारी सिर्जना गरी बेरोनगारी समस्या समाधान गर्नु उनको अगाडी ठूलो चूनौति रहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिबाट आज मन्त्रिपरिषद् बिस्तार तथा हेरफेर भएको हो ।

  • इश्वर पोखरेलको विभागीय मन्त्रालय खोसियो

    इश्वर पोखरेलको विभागीय मन्त्रालय खोसियो

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उपप्रधानमन्त्री इश्वर पोखरेलको विभागीय मन्त्रालय खोसेका छन् । उक्त मन्त्रालय प्रधानमन्त्री स्वयमःले राखेर पोखरेललाई भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेर्ने गरी जिम्मेवारी तोकिएको छ ।

    पहिलो पटक मन्त्रिपरिषद्मा यस प्रकारको संरचना देखिएको हो । राष्ट्रपति कार्यालयले बुधबार साँझ विज्ञप्तिमार्फत प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीहरुको नियुक्ति, हेरफेर र कार्यविभाजन गरेको पुष्टी गरेको हो ।

    प्रधानमन्त्रीले विष्णु पौडेललाई अर्थ मन्त्रालय, कृष्णगोपाल श्रेष्ठलाई शहरी विकास मन्त्रालय र लीलानाथ श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिएका छन् । यसअघि महिला बालबालिका मन्त्री पार्वत गुरुङलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी दिएका छन् । अन्य मन्त्री यथावत छन् ।

  • कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु

    कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु

    काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप १२ जनाको मृत्यु भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु भएको हो ।

    योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म नेपालमा मृत्यु हुनेको संख्या ६७५ पुगेको छ।

  • कोरोना बीमा गरेका व्यक्तिमा संक्रमण भए परीक्षण र उपचार खर्च सरकारले नव्यहोर्ने

    कोरोना बीमा गरेका व्यक्तिमा संक्रमण भए परीक्षण र उपचार खर्च सरकारले नव्यहोर्ने

    काठमाडौं । कोरोना बीमा गरेका व्यक्तिमा संक्रमण भए कोरोनाको परीक्षण र उपचार खर्च स्वयंले नै व्यहोर्नु पर्ने भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले कोरोना प्रयोगशाला परीक्षण निर्देशकाको पाँचौँ पटक परिमार्जन गर्दै बीमा गरेका व्यक्तिको परिक्षण शुल्क बिमा रकमबाट कटिने व्यवस्था गरिएको जानकारी दिए।

    कोरोना भाइरस संक्रमणको परीक्षणदेखि उपचारसम्म सरकारले नै निःशुल्क गरिरहेको भएपनि अबदेखि भने कोरोना बीमा रकमबाट उपचार खर्च कटाउन लागिएको गौतमले बताए ।

    उनका अनुसार प्रयोगशाला परीक्षण निर्देशकाको पाँचौँ पटक परिमार्जन गर्दै सरकारको निशुल्क परीक्षण र उपचारको मापदण्डमा परेका कुनै पनि व्यक्तिले कोरोना बीमा गरेको भए परीक्षण र उपचार खर्च बीमा रकमबाट नै व्यहोर्नेछ ।

    आर्थिक रुपमा विपन्‍न, अशक्त, असहाय, एकल महिला, अपाङ्ग ,ज्येष्ठ नागरिक, फ्रन्टलाइनमा खटिने स्वास्थयकर्मी, सुरक्षाकर्मी र जोखिम क्षेत्रमा काम गर्ने कर्मचारीको मात्र कोरोना संक्रमण परीक्षण र उपचार सरकारले निशुल्क गर्नेछ ।

  • काठमाडौं उपत्यकामा १४०३ जना कोरोना संक्रमित थपिए

    काठमाडौं उपत्यकामा १४०३ जना कोरोना संक्रमित थपिए

    काठमाडौं । काठमाडौं उपत्यकामा १४०३ जना कोरोना संक्रमित थपिएका छन्।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ९९६, ललितपुरमा ३०५ र भक्तपुरमा १०२ जनालाई कोरोना संक्रमण देखिएको छ।

  • नेपालमा थप २६३८ जनालाई कोरोना संक्रमण, सक्रिय संक्रमितको संख्या ३६,३६७ पुग्यो

    नेपालमा थप २६३८ जनालाई कोरोना संक्रमण, सक्रिय संक्रमितको संख्या ३६,३६७ पुग्यो

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २६३८जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको १३ हजार ९४७ जनाको पीसीआर परीक्षणमा थप २६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख १७ हजार ९९६ पुगेको मन्त्रालयले बताएको छ ।

    पछिल्लो २४ घण्टामा २१७४ जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ८० हजार ९५४ पुगेको छ । आज देशभर ३६ हजार ३६७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

  • नेपालमा कोरोना सङ्क्रमणबाट एकै परिवारका तीनको मृत्यु

    नेपालमा कोरोना सङ्क्रमणबाट एकै परिवारका तीनको मृत्यु

    तनहुँ । तनहुँको भीमाद नगरपालिकाका एकै परिवारका तीन जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा भीमाद नगरपालिका–६ का ९८, ७५ र ७२ वर्षीय पुरुष रहेका छन् । तीमध्ये एक बाबु र दुई छोरा छन् ।

    ९८ वर्षीय पुरुषको काठमाडौँस्थित मेडिसिटी अस्पतालमा असोज २५ गते, ७५ वर्षीय पुरुषको काठमाडौँस्थित बिएण्डवी अस्पतालमा असोज २४ गते र ७२ वर्षीय पुरुषको चितवन मेडिकल कलेजमा असोज १९ गते मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

    ९८ वर्षीय बाबु बिरामी परेपछि चितवनस्थित एक अस्पतालमा भर्ना गरिएको थियो । अवस्था सुधार नभएपछि उनलाई काठमाडौं लगियो । उपचारका क्रममा उहाँलाई कोरोना सङ्क्रमण पुष्टि भएको थियो । बुबाको स्यहारसुसारमा खटिएका दुई छोरालाई पनि पछि कोरोना देखिएको थियो ।

    योसँगै तनहुँमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ । यस अगाडि ब्यास नगरपालिकाका दुई, म्याग्दे गाउँपालिकाका एक, आँबुखैरेनी गाउँपालिकाका दुई जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको थियो ।

  • कात्तिक ७ भित्र क्लिनफिड लागू गर्न मन्त्रालयको निर्देशन, अटेर गरे च्यानल बन्द गर्ने चेतावनी

    कात्तिक ७ भित्र क्लिनफिड लागू गर्न मन्त्रालयको निर्देशन, अटेर गरे च्यानल बन्द गर्ने चेतावनी

    काठमाडौं । सरकारले कात्तिक ७ गते भित्र विज्ञापनरहित प्रसारण गर्न नेपाल केवल टेलिभिजन महासंघ लगायतका संघ संस्थाहरुलाई निर्देशन दिएको छ । सञ्चार तथा सुचना प्रविधि मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै २०७७ कार्तिक ७ गतेभित्र विज्ञापनरहित(क्लिन फिड) प्रसारण गर्न निर्देशन दिएको हो ।

    निर्देशनलाई बेवास्ता गरेमा कानुन बमोजिम कारवाही हुने चेतावनी समेत मन्त्रालयले दिएको छ । इन्डियन ब्रोडकास्टर्स फोरम, डिस्कवरी नेटवर्कस, बीबीसी न्युज, नेपाल केवल टेलिभिजन महासंघ लगायतका संघ संस्थाहरुले विज्ञापनरहित प्रसारणका लागि क्याद थप गर्न माग गरेकोमा ध्यानाकर्षण भएको उल्लेख गर्दै मन्त्रालयले विज्ञप्तिमा कात्तिक ७ गतेभित्र वित्रापनरहित प्रसारण गर्नु पर्ने व्यवस्था ऐनद्वारा नै गरिएको जनाएको छ ।

    उसले ऐनद्वारा नै एक वर्षको तयारी अविधि समेतको व्यवसथ भएकाले तोकिएको मिति देखि विज्ञापनरहित प्रसारण गर्न गराउन सबै संघ संस्थाहरुलाई निर्देशन दिएको जनाएको छ ।

  • लयमा फर्कियो अर्जेन्टिना, लगातार दोस्रो खेलमा जित

    लयमा फर्कियो अर्जेन्टिना, लगातार दोस्रो खेलमा जित

    काठमाडौं । फिफा विश्वकप २०२२ अन्तर्गत दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले संतोषजनक खेल देखाइरहेको छ । यसअघि स्टार खेलाडी मेसीमा अधिक भर पर्ने यो टोलीमा अब भने अन्य खेलाडीले समेत कौशल देखाउन थालेका छन् ।

    बुधबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले दोस्रो खेलमा बोलिभियामाथि २-१ गोल अन्तरको जित निकाल्यो । खेलमा अर्जेन्टिनाले एक गोलले पछि परेको अवस्था उल्टाउँदै जित निकालेको हो ।
    खेलको २४ मिनेटमा घरेलु टिम बोलिभियाले खेलमा अग्रता लियो । उसका लागि मार्टिन्सले गोल गरे । पहिलो हाफको अन्तिम मिनेटमा अर्जेन्टिनाले बराबरी गोल फर्कायो ।

    टोलीका लागि मार्टिनेजले दर्शनीय गोल गरेका थिए । दोस्रो हाफमा मैदान छिरेका योकिन कोरियाले ७९ मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई जित तर्फ डोर्याएका थिए । कप्तान मेसी र फरवार्ड मार्टिनेजको तालमेलबाट निस्किएको सटीक पासलाई उनले गोलमा परिणत गरेका थिए । त्यसपछि दुबै टोलीबाट थप गोल भएनन् । एजेन्सी

  • आईफोन १२ सिरिजमा ४ नयाँ फोन सार्वजनिक, कति पर्छ मूल्य ?

    आईफोन १२ सिरिजमा ४ नयाँ फोन सार्वजनिक, कति पर्छ मूल्य ?

    काठमाडौं । एप्पलले आइफोन-१२ सिरिजका ४ वटा फोन सार्वजनिक गरेको छ ।

    भर्चुअल माध्यमवाट आइफोन-१२, आइफोन-१२ मिनी फाइफोन–१२ प्रो , आइफोन–१२ प्रो म्याक्स सार्वजनिक गरेको हो । उक्त फोनहरुमा फाइभजी नेटवर्क चल्ने कम्पनीले जनाएको छ ।

    एप्पलका नयाँ आइफोन आइफोन-१२(६४, १२८ र २५६ जिबी स्टोरेज), आइफोन-१२ मिनी (६४, १२८ र २५६ जिबी स्टोरेज)का अलावा आइफोन-१२ प्रो (१२८, २५६ र ५१२ जिबी स्टोरेज), आइफोन १२ प्रो म्याक्स (१२८, २५६ र ५१२ जिबी स्टोरे) स्टोरेज क्षमता छ ।

    आइफोन–१२ सिरिजका फोनहरुको मूल्य एक लाख १२ हजारदेखि दुई लाख ८ हजार रुपैयाँसम्म रहेको छ । नयाँ फोनको अर्डर नोभेम्बर छ देखि सुरु हुने बताइएको छ ।

    कम्पनीले सार्वजनिक गरेको मूल्य अनुसार आइफोन–१२ मिनीको मूल्य ६ सय ४९ डलर छ भने आइफोन–१२ को मूल्य ७ सय ९९ अमेरिकी डलरबाट सुरु हुन्छ ।

    यसरी नै आइफोन–१२ प्रो र आइफोन–१२ प्रोम्याक्सको मूल्य क्रमश ९ सय ९९ डलर तथा ११ सय ९९ डलर सुरु हुने कम्पनीले जनाएको छ ।

    मोवाइलमा उपलब्ध विभिन्न सुविधा तथा स्टोरेज अनुसार मूल्यमा फरक पर्छ ।

    विश्व बजारमा आइफोन-१२ मिनिको प्रि-अडर ६ नोभेम्बरबाट सिरू हुनेछ भने १३ नोभेम्बरदेखि ग्राहकको हातमा पर्नेछ।

    यस्तै आइफोन-१२ आइफोन-१२ प्रोको प्रिअडर १६ अक्टुबरबाट सुरू हुनेछ भने २३ अक्टोबरबाट ग्राहकले पाउनेछन्। आइफोनको स्क्रिन परिवर्तन गरिएको छ । आगामी दिनमा ग्राहकहरुले मोवाइल फोन बोक्दा आइफोनको स्क्रिनमा परिवर्तन भएको पाउँन सक्नेछन् ।

    यी आइफोनमो स्क्रीन केही ठूलो (६.१ इन्च) रहेको छ । पर्यावरणमा प्रभाव कम पार्न भन्दै कम्पनीले मोबाइलको साथमा चार्जर र एयरफोन भने नदिने भएको छ ।

    यस्तै, लन्च भएको उक्त आइफोनमा फ्ल्यास बिना नै रातमा सेल्फी लिन सकिने विषेशता छ ।

    आइफोन-१२ प्रो म्याक्सका लागि ग्राहकहरूले १३ अक्टुबरबाट प्रिअडर गर्नसक्नेछन् भने २० नोभेम्बरबाट बिक्री सुरू हुनेछ।

  • विश्वकप छनोट : नेयमार चम्किएको खेलमा ब्राजिल विजयी

    विश्वकप छनोट : नेयमार चम्किएको खेलमा ब्राजिल विजयी

    काठमाडौं । फिफा विश्वकप २०२२ अन्तर्गत दक्षिण अमेरिकी छनोटमा ब्राजिल र पेरुबीचको खेलमा ब्राजिलियन स्टार नेयमारले उत्कृष्ट खेल कौशल देखाए । उनले ह्याट्रिक गरेको खेलमा ब्राजिलले पेरुमाथि ४-२ गोल अन्तरको जित निकाल्यो । नेइमारका पहिलो दुई गोल पेनाल्टी थिए । दोस्रो हाफको इन्जुरी समयमा अर्को गोल थप्दै उनले ह्याट्रिक पुरा गरे ।

    बुधबार बिहान भएको खेलमा ह्याट्रिक गरेका नेइमार ब्राजिलका लागि सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडीको सूचीमा दोस्रो स्थानमा समेत उक्लिए । उनले रोनाल्डोको कीर्तिमान तोडेका हुन् । नेइमारले १०३ खेलबाट देशका लागि ६४ गोल गरिसकेका छन्।

    रोनाल्डोले भने ब्राजिलका लागि ९८ खेलबाट ६२ गोल गरेका थिए। पहिलो नम्बरमा पेले छन् । पेलेले ब्राजिलका लागि ७७ गोल गरेका छन् । एजेन्सी

  • शक्तिपिठहरू कात्तिक १ देखि खुल्ने, पूजाआजा बाहेकका गतिविधि बन्द

    शक्तिपिठहरू कात्तिक १ देखि खुल्ने, पूजाआजा बाहेकका गतिविधि बन्द

    काठमाडौं । कोरोना जोखिमका कारण बन्द रहेका सबै देविदेवताका शक्तिपीठहरु कात्तिक १ गतेदेखि खुल्ने भएका छन्।

    काठमाडौं उपत्यकामा रहेका गुहेश्वरी, भद्रकाली, दक्षिणकाली, शोभाभगवती, बंगलामुखी, मैतिदेवि, भाटभटेनी आकाशे देवीलगायतका शक्तिपीठहरु कात्तिक एक गतेदेखि खुल्ने भएका हुन्।

    दशैंको बेला विशेष पूजाआजा हुने भएकाले पनि शक्तिपीठहरु खोल्नुपर्ने बाध्यता रहेको मन्दिर व्यवस्थापकहरु बताउँछन् । मैतिदेवी मन्दिर क्षेत्र प्रबन्ध समितिका सचिव राजाराम कपालीले दशैंको बेला विशेष पूजाआजा हुने भएकाले मन्दिर खुला गर्नुपर्ने बाध्यता भएको बताए।

    विभिन्न गुठियारहरुको विशेष पूजा हुने र जात्रासमेत निकाल्नुपर्ने प्रचलन रहेकाले पनि पूजाका लागि खुल्ला गरिनुपर्ने बताए। तर सरकारबाट अहिलेसम्म कुनै निर्णय आइनसकेको उनले बताए।

    तर पनि स्थानीय भक्तजनहरुको आग्रहमा कात्तिक एक गतेदेखि धेरै भिड नहुने गरी भक्तालुका लागि खुल्ला गरिने बताए। गुठियारहरुसँग पनि जात्रा ननिकाल्ने तर विशेष पूजाआजा गर्ने सहमति भइसकेको उनले बताए।

    कोभिड १९ संक्रमणको जोखिम भएसँगै सरकारले कुनै पनि मन्दिर क्षेत्रमा भक्तालुका लागि पूजाआजा रोक्ने निर्णय गरेको थियो। यससँगै काठमाडौं उपत्यकाका मूख्य शक्तिपीठहरुमा समेत नियमित पूजाआजा बाहेकका सबै गतिविधि बन्द गरिएको छ।

    अन्य क्षेत्रलाई खुल्ला गरिए पनि मन्दिरमा धेरै भिड हुने भएकाले सरकारले अहिलेसम्म मन्दिरलाई खुल्ला गर्ने निर्णय गरिसकेको छैन्। तर, अधिकांश मन्दिरहरु कात्तिक एक गतेदेखि सीमित रुपमा भएपनि खुल्ला गर्ने तयारीमा जुटेका छन्।

  • सप्तरीमा तस्कर समुह र प्रहरीबीच झडप, दुई प्रहरी घाइते

    सप्तरीमा तस्कर समुह र प्रहरीबीच झडप, दुई प्रहरी घाइते

    राजविराज । सप्तरीमा प्रहरी र तस्कर समुहबीच झडप भएको छ । मंगलबार राती भएको झडपमा दुई प्रहरी घाइते भएको प्रहरीले जानकारी दिएको छ । राजविराज नगरपालिका १३ मुसहर्नियाँममा प्रहरी र तस्कर समुहबीच झडप भएको हो ।

    यो क्षेत्रमा पटक पटक प्रहरीसँग तस्करको मुडभेट हुने गर्छ । भारतबाट तीन वटा मोटरसाइकलमा सामान बोकेर आएका उनीहरुलाई सीमा सुरक्षामा खटिएका प्रहरीले रोकेका थिए । त्यसपछि उनीहरुले स्थानीयलाई गुहारेका थिए। स्थानीयको ६०\७० जनाको भीडले प्रहरीमाथि आक्रमण गरेको थियो ।

    सो क्रममा प्रहरीले ४ राउण्ड हवाई फायर समेत गर्नु परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । प्रहरीको संख्या कम भएको र गाँउलेले भालालगायत घरेलु हतियार बोकेर निस्किएपछि प्रहरीले हवाई फायर गरेको हो ।

    उक्त घटनामा दुई जना प्रहरी घाइते भएका हुन् । घटनापछि प्रहरीले जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको कमान्डमा थप फोर्स मगाएको थियो । कोरोना भाइरसको संक्रमणसँगै सीमाना नाका बन्द छन् । सोहीकारण भारतबाट चोरी शिकारी गरी सामान नेपाल भित्रने गरेको छ ।

  • नेपाल यूएन मानव अधिकार परिषद् सदस्यमा निर्वाचित

    नेपाल यूएन मानव अधिकार परिषद् सदस्यमा निर्वाचित

    काठमाडौं । नेपाल संयुक्त राष्ट्र संघीय मानव अधिकार परिषदको सदस्यमा पुनः निर्वाचित भएको छ । मंगलबार राति राष्ट्र संघ मुख्यालयमा मतदान भएको थियो । यसमा नेपाल विजयी भएको हो । नेपाल सन् २०१८ देखि यसको सदस्य छ ।

    परिषद्मा कुनै एक मुलुक लगातार दुई कार्यकाल सदस्य रहन सक्छ । मतदानमा नेपालले १५० भोट प्राप्त गरेको त्यँहास्थित नेपाली नियोगले जनाएको छ । नेपाल सन् २०२३ सम्म नेपाल परिषद्को सदस्य बनेको हो । एसियाबाट नेपालसहित चीन, पाकिस्तान र उजबेकिस्तान निर्वाचित भए ।

  • नेकपा सांसद सानु शिवाको निधन

    नेकपा सांसद सानु शिवाको निधन

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को तर्फबाट प्रतिनिधिसभा सदस्य रहेकी सांसद सानु शिवाको निधन भएको छ।

    उपचारको क्रममा बुधवार बिहान सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा निधन भएको हो । शिवाको केही वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

    शिवा सत्तारुढ दल नेकपाको तर्फबाट समानुपातिकतर्फको संघीय सांसद हुन् ।

  • संसदीय समितिको निर्देशन, जग्गाको कित्ताकाट कार्यान्वयन नगर्नु

    संसदीय समितिको निर्देशन, जग्गाको कित्ताकाट कार्यान्वयन नगर्नु

    काठमाडौं । संसदीय समितिले भूउपयोग ऐन २०७६ कार्यान्वयन नभएसम्म कित्ताकाट खुला गर्ने सम्बन्धी कुनै पनि निर्णय कार्यान्वयन नगराउन सरकालाई निर्देशन दिएको छ । राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले तत्काल नियमावली बनाएर ऐन कार्यान्वयन नगर्दासम्म कित्ताकाटसम्बन्धी कुनै पनि निर्णय कार्यान्वयन नगर्न भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई निर्देशन दिएको छ ।

    समितिले मन्त्रालयको निर्णय कानून संगत नभएको निष्कर्ष समेत निकालेको छ । त्यसो त यो निर्णयविरुद्ध अदालतमा समेत रिट दायर भइ अन्तरिम आदेश आइसकेको छ । जसले गर्दा सरकारले तत्काल यसको कार्यान्वयन गर्न सक्दैन ।

    कित्ताकाटसम्बन्धी कुनै पनि द्विविधायुक्त कुरा परिपत्र र आदेशका आधारमा गर्न नमिल्ने समिति सभापति रामनारायण बिडारीले बताएका छन् । उनले भूउपयोगसम्बन्धी ऐन बमोजिम बनाउनुपर्ने नियमावली नबनाइकन गरिने अन्य निर्देशन मापदण्डलगायत कार्यान्वयन हुन नसक्ने उल्लेख गरे ।

    सरकारले नियमावली नबनाइ कित्ताकाट गर्न सकिने निर्णय गरेसँगै यो निर्णय आलोचित बनेको छ । उक्त छलफलमा भुमिसुधार मन्त्री पद्मा अर्यालले जग्गा कारोबारका नाममा हुने आर्थिक चलखेल रोक्न कित्ताकाट फुकुवा गरिएको बताएकी छिन् ।